News

Jun 19, 2013

कियाचु इज़रायलले आयोजना गरेको कार्यक्रममा तक्मे बुढा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /यासिन राई  
गत शुक्रवार किराँत याक्थुंग चुम्लुङ्ग नेपाल इज़रयाल्को आयोजनामा विल्सन बिक्रम राई (तक्मे बुढा) को हास्य व्यंग्यात्मक प्रस्तुती  र उनि व्दारा  नै अभिनित राष्ट्र भावले ओत प्रोत नेपाली  सफल कथानक चलचित्र रिदमको प्रदर्शनी भव्यताका साथ् सम्पन्न गर्यो । इज़रायाल्मा भर्खरै स्थापित
किराँत याक्थुंग चुम्लुङ्ग नेपाल इज़रायल संस्थाले पहिलो पटक गरेको यस कार्यक्रमले सोचे भन्दा बढी सफलता प्राप्त गरेको संस्थाका प्रतिनिधिले बताए । विल्सन बिक्रम राई (तक्मे बुढा) यहीं कार्यक्रमको लागि लन्डन बाट १३ जुन बिहिबार राति इज़रायल आइपुगेका थिए । यो उनको इज़रायल दोस्रो आगमन हो गत बर्ष वडा दशै अवसर पारेर आयोजना गरिएको नमस्ते नेपाल साँझ २०१२ मा उनि पहिलो पटक इज़रायल आएका थिए । त्यस बखतको उनको बेजोड प्रस्तुतिलाई दर्शकले निकै प्रसंसा गर्दै पुनः तक्मेको प्रतिक्षामा रहेकाहरुले यस पटक मजाले नै मजा लिएको बताए । इज़रायलमा सु-सङ्गठित विभिन्न सङ्घ संस्थाहरु, मिडियाहरु र दर्शकहरु सोचे भन्दा बढी नै उपस्थित थिए । साढे चारसयको क्षमता भएको तेल अभिव्को हा-हगना बेद बारबर हल -१३५ मा तक्मे बुढाले हसाएको हेर्न दर्शक अटी नअटी देखिन्थे । बेलका करिव साढे दसमा सुरु भएको उक्त कार्यक्रम रातको साढे तीनमा सकिएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बिबस खापुङ्ग सुमन ले गर्नु भएको थियो भने स्वागत मन्तब्य श्रीमती कृष्णकला वनेमले निकै गहकिलो रुपमा दिदै संस्था स्थापना हुनुको उदेश्य, संस्था भनेको के हो र यस संस्थाले के कस्तो लक्ष्य राखेको छ आदि उत्यादी कुराहरु बारे स्पष्ट धारणा राख्दै पहिले हामी नेपाली  हौँ त्यसपछी हामी जात जाति हौँ तसर्थ हामीले असल नागरिक हुनुको कर्तब्य निभाउनु पर्छ भन्दै संस्थाले त्यस कार्यक्रम बाट उठेको एक एक पैसा सामाजिक सेवामा लगाउने उदेश्य राखेको पनि प्रष्ट्याउनु भयो । संस्था भन्न साथ् राजनीति सँग पर्यायवाचीको रुपमा हेरिन्छ तर यो आफ्नो कला संस्कृतिको संरक्षण र सम्बर्दको लागि खुलेका विशुद्ध संस्थाहरुलाई राजनीति संग जोडेर हेर्न नहुने धारणा पनि स्पष्ट राख्नु हुँदै वनेमले सबैलाई न्यानो स्वागत गर्नु भयो । कार्यक्रमको सुरुवात इज़रायाल्मा स्थापित विभिन्न सङ्घ संस्था, विशेष सहयोगी र मिडियालाई सम्मान गरि अगाडी बढाइएको थियो । करिव दुइ घण्टा जति विल्शन बिक्रम राइले पेट मिची मिची हसायेपछी एक सिङ्गल रिमिक्स गीत (ये दोस्ती हम नही तोड़ेंगे...) गाएका थिए भने सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामा....मा डबल डान्स रोशी राई सँग गरेका थिए र मखमली पछेउरिले सानु मुहारै छोपेको ..... गीतमा लोभलाग्दो सिङ्गल नाचेका थिए । हरेक गीत र नाचमा सम्पूर्ण दर्शकले गडगडाहट तालि र स्वरमा स्वर मिलाउदैथे तक्मे बुढालाई साथ् दिइ रहेका थिए । करिव साढे बाह्र बजे बाट फुरु भएको फिल्म रिदमले स्टारटिंग बाट नै भाबुक बनाएको थियो । साच्चै राष्ट्र भावले ओत प्रोत उक्त फिल्मले त्यहि हसाउथियो त्यहि, रुवाउथियो । दर्शहरुले बीच बिचमा पटक पटक तालि बजाइरहेका थिए फिल्मको डायाल्क साच्चै राष्ट्रियताको रसायनले लपक्क भिजेको थियो जसले दर्शकलाई निकै भाबुक बनाईरह्यो अनि उनीहरुका आँखा रसाएका देखिन्थे । पूर्ण नेपाली पनमा ढालेर बनाइएको फिल्म हेरिसकेपछि सबैको प्रतिक्रिया प्राय एकै थियो फिल्म रिदमले हृदये रिदममय बनायो । सबैले एक पटक हेर्ने पर्ने बर्तमान स्थितिलाई लक्षित गरि बनाइएको चलचित्र रिदम राजधानी तथा मोफसलका विभिन्न हलहरुमा ५१ औं दिन मनाउन सफल प्रदिप दाहालको निर्माण र बिकाश आचार्य द्वारा निर्मित फिल्म रिदम्मा स्थानिय ठेट भाषाहरुको प्रयोग र बिशेष गरि हामीमा आज राष्ट्रियता हराउदै गएको छ भन्ने अनुभूत गराउनु नै मूल हेतु रहेको छ । चलचित्रमा अहिले हास्य व्यंग्य क्षेत्रका निकै नै चर्चीत् विलसन बिक्रम राईको मुख्य भूमिका रहेको छ । शारिरीक रुपमा अपाङ्ग भएका व्यक्तिहरु र अनाथ वालवालिकाहरुलाई प्रमुख पात्र बनाइएको कथावस्तु अत्यन्तै मार्मिक ढंगले प्रस्तूत गरिएको छ । किराँत यक्थुङ्ग चुम्लुङ्गल नेपाल इज़रायलले आयोजना गरेको उक्त कार्यक्रम विलसन बिक्रम राई (तक्मे बुढा ) को दमदार प्रस्तुति र उनै द्वारा अभिनित चलचित्र रिदमले रिदममयबनाएको थियो । सुरु देखि अन्त्य सम्म शान्त वातारणमा समापन भएको थियो ।

No comments: