News

Jan 19, 2008

तामाङ्सालीङ् स्वायत्त राज्य परिषद्को ऐतिहाँसिक् भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,तामाङ्सालीङ्
जनवरी १९'तामाङ्सालीङ् स्वायत्त गणराज्यभित्र बसोबास गर्ने सम्पूर्ण जातिहरु एक्जुट होऔं' भन्ने नाराका साथ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्च: तामाङ्सालीङ् स्वायत्त राज्य परिषदको दुई दिने ऐतिहासिक विस्तारित सम्मेलनको समुदघाटन आज माघ ५ गते जावलाखेल ललितपुरमा सबै क्षेत्रका प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरुको व्यापक जनसहभागीतामा सम्पन्न भयो । मन्चका अध्यक्ष कमल छाराहाङ्को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममाका अन्य अतिथिहरु सङ्घीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक्', मधेशी जन अधिकार फोरम नेपालका उपाध्यक्ष किशोरकुमार विश्वास, सङ्युक्त थारु राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु, दलित जनजाती पार्टिका अध्यक्ष विसेन्द्र पासवान्, लगायत् पर्शुराम् तामाङ् र कुमार् फुदोङ् आदिको उपस्थिति रहेको थियो । परिषद्का उपाध्यक्ष सिङ्मान् तामाङ्ले स्वागत् मन्तव्यको क्रममा कार्यक्रमको औचित्य र उधेश्यबारे प्रस्ट्याउनु भएको थियो । शुभकामना मन्तव्यको क्रममा विधायक् कुमार फुदोङ्ले अब यो नेपाल् राष्ट्रको राजनीतिक पकड् यहांका आदिवासी जनजातिहरुले लिनुपर्ने कुरा बताउनु भयो । मन्तब्यकै क्रममा मधेशी जनअधिकर फोरमका उपाध्यक्ष किशोरकुमार विश्वासले राजासहितको ३० प्रतिशत् खस् बाहुनहरुले ७० प्रतिशत् आदिवासी जनजाति, मधेशी, दलित र महिलाहरुको विरुद्धमा षडयन्त्र गर्न लागेको कुरा प्रष्ट्याउनु भयो । सङ्युक्त्त थारु राष्ट्रिय मोर्चाका अध्यक्ष लक्षमण थारुले अब यहांका बाहुन् क्षेत्री शासकहरुले दिन नसकेको राजनीतिक् विकल्प आदिवासी जनजाति, मधेशि, दलित र महिलाहरुले दिनुपर्ने बिचार् राख्नु भयो । त्यसैगरी, दलित जनजातिका अध्यक्ष विसेन्द्र पासवानले आफू हिन्दू भएर जन्मेको र अहिलेसम्म अछूत भएर बाँचेको, तर अब बौद्ध भएर मर्न चाहेको चाहना प्रकट गर्नुभयो ।परिषदका अधयक्ष तथा मन्चका अध्यक्ष मण्डल सदस्य डी के बुद्धिष्ट्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय कला संस्क्रिति मन्च तामाङ्सालीङ् राज्य परिषदका कलाकारहरुले तामाङ् भषामा गीतसमेत प्रस्तुत् गरेका थिए । तामाङ्सालीङ्को यस ऐतिहासिक विस्तारित भेलाले तामाङ्सालीङ्को भावी राजनीतिक दिशा र सङ्गठनको विधान् तथा घोषणा-पत्र बारे व्यापक छलफल र बहस गरेर पारित गर्दै तामाङ्सालिङ्को नयाँ नेत्रित्वको समेत चयन गर्नेछ ।

यू. के. का किरातहरुले नयाँ बर्षयेले ५०६८ विभिन्न कार्यक्रम गरि मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,सुहिम याक्थुङ, केन्ट
वेलायतमा बसोवास गर्ने लिम्बू, सुनुवार, राइ, याक्खा जातिहरुले किरात नयाँ बर्ष येले ५०६८ विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरि मनाएका छन ।यसवेला चाँप फूल्ने भएकोले माघ १ गते किरात नयाँ बर्षो शुरुवात हुने मान्यता रहेको छ । यो नयाँ बर्षाई चाडको रुपमा पनि मान्ने चलन रही आएको छ । यस चाडलाई कःकफेक्वा तङनाम भनिन्छ । पहिलो किरात राजा यलम्बरले शासन शुरु गरेपछि यो यलम्बर सम्बत् अर्थात छोटकरीमा येले सम्बत शुरुवात भएको विश्वास गरिन्छ । आज भन्दा ५ हजार बर्षअगाडी नेपालमा शासन गर्ने किरातहरुले ३२ पुस्ता सम्म राज्य गरेको इतिहासमा उल्लेख छ ।किरात याक्थुङ चुम्लुङ, आसफोर्ड क्षेत्रले सगरमाथा कम्युनिटी हलमा आयोजना गरेको नयाँ बर्ष शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा किरात मुन्धुमका विज्ञ दिलकुमार सम्वाहाम्फेले कःकफेक्वा तङनामको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै गरि चुम्लुङ यू. के. का अध्यक्ष सिरी लिम्बूले चुम्लुङ परिवारको तर्फाट सबैलाई नयाँबर्षो शुभकामना ब्यक्त गर्नु भएको थियो भने यू. के. चुम्लुङका महासचिव राजन लिम्बूले बोल्नुहुदै यस बर्ष वेलायतको वेल्स, स्कटल्याण्ड लगायत विभिन्न क्षेत्रमा आआफ्नो तरिकाले नयाँबर्षमनाइएको जानकारी गराउनुको साथै आगामी बर्षअझ ब्यापक आयोजना गर्ने पनि बताउनु भयो । शुभकामना साँझ कार्यक्रममा आयोजकको भूमिका नगेन्द्र लिम्बूले निर्वाह गर्नु भएको थियो ।

Jan 18, 2008

संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,विर्तामेड
संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने चेतावनी दिएको छ। सङघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध परिषदले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनअघि नै राजतन्त्रको समूल अन्त्यसहित सङघीय लोकतान्त्रिक गणतन्त्र र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अन्तरिम संविधानमा सुनिश्चत गरिनुपर्ने माग गरेको छ। यो माग पूरा नगरी हुने निर्वाचन शाही कालको नगर निर्वाचन जस्तै हुने भएकोले त्यस्तो निर्वाचन बहिष्कार गरिने परिषदका महासचिव मिसेहाङ थाम्सोहाङको भनाइ थियो। उनले सात दलबीच गठबन्धन सरकारले आफ्ना माग बेवास्ता गरे तेस्रो जनआन्दोलनको आँधिबेहेरी ल्याउने चेतावनी पनि दिए। परिषदले माघ २० गते एक दिने सांकेतिक लिम्बूवान बन्दको आह्‍वानसमेत गरेको छ। परिषदको केन्द्रीय विस्तारित बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्दै महासचिव थाम्सोहाङले अन्तरिम संसदले पारित गरेको आदिवासी अधिकारको प्रयोग गर्दै लिम्बूवान क्षेत्रमा चन्दालगायत आर्थिक संकलनका कार्यलाई निरन्तरता दिने जनाए।

भगत सुब्बाको लिम्वूभाषाको गीतिसंग्रह हङकङ तथा नेपालको बजारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
कर्णप्रिय स्वरका धनी भगत सुब्बा उर्फ लाजेसा याक्थुङवा लिम्वूभाषाका पहिला गायक तथा संगीतकार गीतकार हुनुहुन्छ । वहा विगत १० वर्ष देखि हङकङ रहदै
आउनु भएको छ । प्रजातान्त्रिक संघीय लिम्वूवान का अध्यक्ष भै राजनितीमा पनि सक्रिय हुनुहुन्छ । हालसालै वहा नेपाल जानुहुदा लिम्वूवान भाग १ र २ नामक लिम्वूभाषाको गीतिसंग्रह लिई आउनु भएकोछ । लिम्वूवान भाग १ मा १० गीतहरु र भाग २ मा ११ गीतहरु संग्रहित छन् । लिम्वूवान उत्थान
र लिम्वूवाय स्वायत राज्य प्राप्तिको लागि वहाका गीतहरुले लिम्वूहरुलाइ जागरण गर्ने खालका गीतहरु वढी रहेकाछन् ।उक्त गीति संग्रहमा चर्चित गायिका सुनिता सुब्बा र मञ्जु सम्वाहाम्फेले साथ दिएका छन् । बजार तथा वितरण लिम्वूवानी संस्कृतिक संघ नेपालले गरेको छ । हाल उक्त गीतिसंग्रह हङकङ तथा नेपालमा सर्वत्र पाउन सकिन्छ ।

Jan 17, 2008

बाउन्न जनजातिको चाडमा सार्वजनिक विदा दिन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
हालै मन्त्रिपरिषद्ले सूचीकृत ५९ जनजातिमध्ये ७ वटा जनजातिको चाडमा मात्र १ दिन सार्वजनिक विदा दिएको प्रति विमति जनाउँदै जनजाति नेताहरुले बाँकी ५२ जनजातिको चार्डपर्वमा पनि विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनजातिहरुको सबै माग संविधानसभाअघि नै सुनिश्चित नगरिए चुनावमै भाग नलिने सम्मको निर्णय गर्न समेत पछि नहट्ने उनीहरुले चेतावनी दिएका छन् । मंगलबार नेपाल मगर संघ धरानको आयोजनामा सम्पन्न एक कार्यक्रममा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । तमु छोंज धी सुनसरी अध्यक्ष खम्बसिंह तमुले सूचीकृत ५९ जनजातिमध्ये ७ लाईमात्र पर्व विदा दिएर सरकारले जनजातिको मर्म र भावनामाथि कुठाराघात गरेको भन्दै बाँकी ५२ जनजातिको चाडमा विदा नदिए कडा आन्दोलनमा उत्रने बताउनुभयो ।
आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष ङावालप्टु शेर्पाले सरकारले आदिवासी जनजातिसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले सदियौंदेखि राज्यले जनजातिको भाषा, संस्कृति जगेर्ना गर्नुको सट्टा थिचोमिचो गर्दै आएकाले आउँदो संविधानसभापछि हकअधिकार सुनिश्चित गर्न एकजुट भएर दबाव दिन आदिवासी जनजातिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ सुनसरी अध्यक्ष चन्द्रबहादुर लिम्बू र नगर अध्यक्ष सानु सुब्बा, नेपाल मगर महिला संघकी मीना पुलामीलगायतले बोलेका थिए ।
सो अवसरमा मगर जातिको हुर्रा नाच प्रदर्शन गरिएको थियो । कार्यक्रममा गेसो सुनसरी अध्यक्ष गजेन्द्र इश्वो, भूतपूव गोर्खा सैनिक महिला संघकी सुनसरी अध्यक्ष शशी थापा सुब्बालगायत विभिन्न जातिजाति/संघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीले पनि येले सम्वत् ५०६८ का साथै संक्रान्तिको अवसर पारेर मंगलबार कन्दमूल ग्रहण तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
किरात राई यायोक्खा केन्द्रीय संगठन विभाग प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किरायाका सुनसरी अध्यक्ष मुगाधन राईले आफ्नो जातिको हकअधिकार सुनिश्चित गराउन आगामी संविधानसभाको चुनावमा चुक्नुहुँदैन भन्नुभयो । कार्यक्रममा किरावि संघ सुनसरी उपाध्यक्ष हिमकला
राईलगायतले येले सम्वतका अवसरमा शुभकामना मन्तव्य दिनुभएको थियो भने कलाकारहरुले विभिन्न नेताको क्यारिकेचर, गीत लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

किपटको इतिहास खोतल्दै चलचित्र चेसुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,प्रदीप मेयाङ्बो
कुनै जाति, भाषा, संस्कृति र ऐतिहासिकताको आधारमा नेपाली चलचित्र कमै बन्ने गरेका छन् । बने पनि ती चलचित्रले आशागरे अनरुप व्याबसायिक सफलतामा
कब्जा जमाउन सकेका छैनन् । सिमित बौद्धिक परिधि, सम्बन्धित जाति र सरोकारवालाहरु मात्र त्यस्ता चलचित्रका दर्शक, प्रशंसक बनेका छन् । अर्थात ती चलचित्रहरुलाई मूलधारमा आउन फलामको चिउरा चपाउनु जतिकै मुस्कील छ ।
भाषिक र जातिय ऐतिहासिक कथा विषयको आधारमा बनाइएका चलचित्रको बजार सिमित भए पनि माङ्गेना चुम्लुङको प्रस्तुति रहेको सेलुलोइड चलचित्र 'चेसुङ' प्रदर्शनको तयारीमा छ । जातीय फिल्म बनाउनु जोखीमपूर्ण हुदहुदै पनि निर्माताहरु भिष्मा चेम्जोङ, किशोर सम्बाहाङ्फे, विमला लिम्बू, युगकुमारी लिम्बू, प्रमिला मेयाङ्बो र भीम आङ्बोहाङले खुलेर लगानी गरेको उक्त चलचित्र नेपाली दर्शकले मन पराउने निर्देशक मौसम इङ्बुङले बताए । माघको पहिलो साता देखि काठमाण्डौ, धरान, पोखरा, दमक, विर्तामोड लगायतका प्रमुख शरमा र्सार्वजनिक प्रदर्शनी गर्ने बताइएको छ ।पूर्वी पहाडमा बस्ने लिम्बू जातिको मौलिक र ऐतिहासिक किपट प्रथाको कथामा आधारित चलचित्र 'चेसुङ' ले नेपाली चलचित्रको धारमा नया अध्याय थप्ने विश्वास परिकल्पनाकार भीष्मा चेम्जोङले बताइन् । र्सार्वजनिक प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्र छायाङ्कन गर्नु अघि तयार स्क्रीप्टलाई नवीन सुव्वाले पूर्ण रुपमा परिवर्तन गर्नुका साथै आवस्यक निर्देशकीय सल्लाह दिएका थिए । लिम्बूवान क्षेत्र मानिने धनकुटाको राजाराजीमा डेढ महिना समय लगाएर छायाङ्कन गरिएको उक्त चलचित्रमा लिम्बुवानको किपट प्रथालाई शाह बंश र तिनका आसेपासेले जालझेल गरेर भूमिसुधार ऐन ल्याई विस्थापित बनाइएको मार्मीक र ऐतिहासीक कथा समेटिएको छ ।
चलचित्रमा प्रेम सुव्वा, शोभा खजुम, रमेश सिंगक, पुस्प श्रेष्ठ, मनोज श्रेष्ठ, याशेली योङहाङ, कृष्ण आचार्य, राजीव दाहाल, आषिस लिङ्देन, सुवर्ण पालिखे सावित्री इङ्नाम रहेका छन् भने नया प्रस्तुतिमा नेपाल स्टार बनेकी गायिका विष्णु चेम्जोङले अभिनय गरेका छन् । नेपालमा प्रदर्शन पछि हङकङ, सिक्कीम, दार्जिलिङ्, बेलायत, अमेरिका, सिङ्गापुरमा पनि प्रदर्शन गर्न सम्पूर्ण तयारी भइसकेको कार्यकारी निर्माता किशोर सम्वाङ्फेले बताए ।

याक्थुङ चुम्लुङ अमेरिकाले येले तङबे ५०६८ मनायो

लिम्वूवान डट व्लगस्पोट डटकम, यू.एस.ए सम्वादाता
नेपालमा किरातिहरुले परापूर्ब कालमा देशको शासन चलाएको आधारमा चलि आएको नेपालका राष्ट्रिय सम्बतहरुमध्ये एउटा यलम्बर सम्बत (येले तङबे) ५०६८ को उपलक्ष्यमा गत साँझ अमेरिकाको न्युयोर्क शहरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो सँस्थाको कार्यालयमा यसपालिको नयाँ वर्षको आगमनमा एक बिशेष कार्यक्रमको आयोजना गरेको छ ।ठिक माघे सक्रान्तिको दिन यो किरात नयाँ साल बदलिने भएकोले माघे सक्रान्ती (माघी पर्ब) सँगै नयाँ वर्ष मनाउने परम्परा अनुसार प्राकृति र ईष्ट देवतालाई तरुल र कन्दमुल चढाई सकेपछि सम्पुर्ण परिवारका सदस्य तथा नातागोताहरु एकसाथ भेला भएर रमाईलो गर्ने चलन किरात जातिहरुमा पहिलादेखि नै चलि आएको हो । यहि आफ्नो अमुल्य सँस्कृतिलाई जिवित राख्ने कार्यलाई यहाँ रहेका किरातिहरु परदेशमा रहेरपनि निरन्तरता दिंदै यसरी जुटेका छन । बर्तमान नेपालमा आदिबासी जनजातिहरु भनेर कहलिएका सबै जातिहरु किरात बँशका पुर्खाकै सन्तानहरु हुन वा होईनन ? यदि होईनन भने किन तिनका कद, रुप, रँग र स्वभाव उस्तोउस्तै मिल्दोजुल्दो छन ? यस बिषयमा ब्यापक खोज र अनुसन्धान भई रहेको अवस्थामा राई, लिम्बू, सुनुवार अनि याख्खा जाति तथा अन्य सम्पुर्ण किरात धर्मावलम्बिहरुले गणना गर्दै ल्याएको यस किरात सम्बतले बिशेष महत्व राख्ने अनुमान लगाउन सकिन्छ