News

Jan 17, 2008

किपटको इतिहास खोतल्दै चलचित्र चेसुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,प्रदीप मेयाङ्बो
कुनै जाति, भाषा, संस्कृति र ऐतिहासिकताको आधारमा नेपाली चलचित्र कमै बन्ने गरेका छन् । बने पनि ती चलचित्रले आशागरे अनरुप व्याबसायिक सफलतामा
कब्जा जमाउन सकेका छैनन् । सिमित बौद्धिक परिधि, सम्बन्धित जाति र सरोकारवालाहरु मात्र त्यस्ता चलचित्रका दर्शक, प्रशंसक बनेका छन् । अर्थात ती चलचित्रहरुलाई मूलधारमा आउन फलामको चिउरा चपाउनु जतिकै मुस्कील छ ।
भाषिक र जातिय ऐतिहासिक कथा विषयको आधारमा बनाइएका चलचित्रको बजार सिमित भए पनि माङ्गेना चुम्लुङको प्रस्तुति रहेको सेलुलोइड चलचित्र 'चेसुङ' प्रदर्शनको तयारीमा छ । जातीय फिल्म बनाउनु जोखीमपूर्ण हुदहुदै पनि निर्माताहरु भिष्मा चेम्जोङ, किशोर सम्बाहाङ्फे, विमला लिम्बू, युगकुमारी लिम्बू, प्रमिला मेयाङ्बो र भीम आङ्बोहाङले खुलेर लगानी गरेको उक्त चलचित्र नेपाली दर्शकले मन पराउने निर्देशक मौसम इङ्बुङले बताए । माघको पहिलो साता देखि काठमाण्डौ, धरान, पोखरा, दमक, विर्तामोड लगायतका प्रमुख शरमा र्सार्वजनिक प्रदर्शनी गर्ने बताइएको छ ।पूर्वी पहाडमा बस्ने लिम्बू जातिको मौलिक र ऐतिहासिक किपट प्रथाको कथामा आधारित चलचित्र 'चेसुङ' ले नेपाली चलचित्रको धारमा नया अध्याय थप्ने विश्वास परिकल्पनाकार भीष्मा चेम्जोङले बताइन् । र्सार्वजनिक प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्र छायाङ्कन गर्नु अघि तयार स्क्रीप्टलाई नवीन सुव्वाले पूर्ण रुपमा परिवर्तन गर्नुका साथै आवस्यक निर्देशकीय सल्लाह दिएका थिए । लिम्बूवान क्षेत्र मानिने धनकुटाको राजाराजीमा डेढ महिना समय लगाएर छायाङ्कन गरिएको उक्त चलचित्रमा लिम्बुवानको किपट प्रथालाई शाह बंश र तिनका आसेपासेले जालझेल गरेर भूमिसुधार ऐन ल्याई विस्थापित बनाइएको मार्मीक र ऐतिहासीक कथा समेटिएको छ ।
चलचित्रमा प्रेम सुव्वा, शोभा खजुम, रमेश सिंगक, पुस्प श्रेष्ठ, मनोज श्रेष्ठ, याशेली योङहाङ, कृष्ण आचार्य, राजीव दाहाल, आषिस लिङ्देन, सुवर्ण पालिखे सावित्री इङ्नाम रहेका छन् भने नया प्रस्तुतिमा नेपाल स्टार बनेकी गायिका विष्णु चेम्जोङले अभिनय गरेका छन् । नेपालमा प्रदर्शन पछि हङकङ, सिक्कीम, दार्जिलिङ्, बेलायत, अमेरिका, सिङ्गापुरमा पनि प्रदर्शन गर्न सम्पूर्ण तयारी भइसकेको कार्यकारी निर्माता किशोर सम्वाङ्फेले बताए ।

No comments: