News

Jan 17, 2008

याक्थुङ चुम्लुङ अमेरिकाले येले तङबे ५०६८ मनायो

लिम्वूवान डट व्लगस्पोट डटकम, यू.एस.ए सम्वादाता
नेपालमा किरातिहरुले परापूर्ब कालमा देशको शासन चलाएको आधारमा चलि आएको नेपालका राष्ट्रिय सम्बतहरुमध्ये एउटा यलम्बर सम्बत (येले तङबे) ५०६८ को उपलक्ष्यमा गत साँझ अमेरिकाको न्युयोर्क शहरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो सँस्थाको कार्यालयमा यसपालिको नयाँ वर्षको आगमनमा एक बिशेष कार्यक्रमको आयोजना गरेको छ ।ठिक माघे सक्रान्तिको दिन यो किरात नयाँ साल बदलिने भएकोले माघे सक्रान्ती (माघी पर्ब) सँगै नयाँ वर्ष मनाउने परम्परा अनुसार प्राकृति र ईष्ट देवतालाई तरुल र कन्दमुल चढाई सकेपछि सम्पुर्ण परिवारका सदस्य तथा नातागोताहरु एकसाथ भेला भएर रमाईलो गर्ने चलन किरात जातिहरुमा पहिलादेखि नै चलि आएको हो । यहि आफ्नो अमुल्य सँस्कृतिलाई जिवित राख्ने कार्यलाई यहाँ रहेका किरातिहरु परदेशमा रहेरपनि निरन्तरता दिंदै यसरी जुटेका छन । बर्तमान नेपालमा आदिबासी जनजातिहरु भनेर कहलिएका सबै जातिहरु किरात बँशका पुर्खाकै सन्तानहरु हुन वा होईनन ? यदि होईनन भने किन तिनका कद, रुप, रँग र स्वभाव उस्तोउस्तै मिल्दोजुल्दो छन ? यस बिषयमा ब्यापक खोज र अनुसन्धान भई रहेको अवस्थामा राई, लिम्बू, सुनुवार अनि याख्खा जाति तथा अन्य सम्पुर्ण किरात धर्मावलम्बिहरुले गणना गर्दै ल्याएको यस किरात सम्बतले बिशेष महत्व राख्ने अनुमान लगाउन सकिन्छ

No comments: