News

Mar 2, 2011

एयरबस कम्पनीलाइ पठाएको बैना रकम फिर्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल बायु सेबा निगमले जहाज खरीदकालागि एयरबस कम्पनीलाइ पठाएको बैना रकम फिर्ता हुने भएको छ । निगम श्रोतका अनुसार कम्पनीले स्वीकृति जनाइसकेको हुँदा बैना रकम फिर्ता हुने भएको हो । एयर बस कम्पनीको नियम अनुसार प्रकृया पुरा गर्नकालागि अडचालिस घण्टाको समय लाग्ने भएको हुँदा सो रकम बुधबार सम्म फिर्ता भइसक्ने निगम श्रोतले जनाएको छ । बैना फिर्ताका लागि निगम कर्मचारीले सोमबार मूल प्रवेशद्वार बन्द गरी कार्यकारी निर्देशक ओम गुरुङलाई दबाब दिएपछि गुरुङले तत्काल एयर बस कम्पनीलाइ बैना फिर्ताकालागि फ्याक्स पठाएका थिए ।निगमले एयर बस कम्पनीका सिनियर भाइस प्रेसीडेन्ट क्रिसोफे मोरियाको नाममा पठाएको पत्रमा बैना फिर्ताका लागि निगमको हिमालयन बैक रहेको खाता नम्बर पनि उल्लेख गरिएको छ ।

महराको नेतृत्वमा माओवादी सरकारमा जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समयको पर्खाई पछि माओवादी अन्ततः विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने भएको छ । आज साँझ माओवादि मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले महराको नेतृत्वमा ११ जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । माओवादीलाई गृह मन्त्रालय दिने प्रधानमन्त्री झलनाथ खनालको प्रतिबद्धतापछि माओवादी सरकारमा जाने निर्णयमा श्रोतले जनाएको छ।माओवादीले महरासहित वर्षमान पुन, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङलगायतलाई सरकारमा पठाउँने भएको छ।

Mar 1, 2011

वीरका उपकुलपतिलाई कारबाही हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीर अस्पताल चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. दामोदर पोखरेलले नियम मिचेर डा. माधव दाहाललाई उपकुलपतिस्तरीय निर्णय गरी उमेरको हदमा अवकाश प्राप्त भएपछि पनि ईएनटी डिपार्टको प्रमुखमा करारमा नियुक्त गरेको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। अख्तियारस्रोतका अनुसार निर्णय बदरको पत्र पठाएको चार साता बितिसक्दा पनि डा. पोखरेलले कार्यान्वयन नगरी कानुन मिच्ने काममा लागेको ठहर गर्दै डा। पोखरेलउपर अख्तियारले कानुनी कारबाही अघि बढाउन लागेको स्रोतको दाबी छ।अख्तियारस्रोत भन्छ- कर्मचारीसम्बन्धी नियमावलीमा व्यवस्था भएअनुसार ४५ वर्षमाथिको उमेरका व्यक्तिलाई सीधै करारमा नियुक्त गर्न पाइँदैन। त्यति मात्र नभई करारमा कर्मचारी नियुक्त गर्नका लागि सार्वजनिक सूचना जारी गर्नुपर्छ। पदपूर्ति सेवा आयोगमार्फत हुनुपर्नेमा उपकुलपति पोखरेललाई कानुनको मर्मविपरीत काम गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक पत्राचार गर्दा समेत उहाँ कानुनको बर्खिलापमा उत्रिएकाले कारबाही किन नगर्ने ?उपकुलपति स्तरबाट १०औं तहसम्मका चिकित्सक कर्मचारी नियुक्तिको निर्णय गर्न पाउने कानुनी प्रावधान हुँदाहुँदै डा. पोखरेलले सीधै नियम मिचेर डा. दाहाललाई करारमा नियुक्त गरेको प्रस्ट भई निर्णय बदर गर्न पत्राचार गरिएको हो। कानुनमा व्यवस्था भएअनुसार ११औं तहको चिकित्सक अर्थात् कर्मचारी नियुक्ति गर्ने अधिकार स्वास्थ्य मन्त्रालयलाई मात्र भएको र मन्त्रालयले उमेरको हदमा अवकाशप्राप्त डा. दाहालको म्याद नथप्ने निर्णय गरिसकेको छ।डा. दाहालले एकातर्फ यही सरकारी अस्पतालबाट अवकाश पाएको पेन्सन खाँदै आएका छन् भने अर्कातर्फ यही अस्पतालमा रहेर तलब भत्ता खानु र मन्त्रालयको यातायात प्रयोग गर्नु कत्तिको न्यायसंगत हो’ वीर अस्पतालका कर्मचारीहरु भन्छन्- उनले खाइपाई आएको दोहोरो सुविधा कानुनी रुपमा खोसिनुपर्छ र अख्तियारले पठाएको निर्णय बदर गर्ने पत्रको कार्यान्वयन गरिनुपर्छ। यदि यसो नगरेमा डा. पोखरेललाई संवैधानिक अंगको समेत अपमान गरेको ठहर्याई कानुनी कारबाही चलाइने अख्तियारस्रोतको दाबी छ।कुनै पनि पद रिक्त भएको कारणले प्रतिष्ठानको काममा असर पर्ने भएमा पदमा कार्यरत कर्मचारीले अवकाश प्राप्त गर्दा निजको सट्टा काम गर्ने अर्को कुनै कर्मचारी नभई निजलाई नै विशेषज्ञका रुपमा सेवा बहाल राख्न आवश्यक भएमा मन्त्रालयले म्याद थप गर्न सक्छ तर डा. दाहालको हकमा माथिका कुनै पनि अवस्था नभएको भन्दै मन्त्रालयले म्याद नथप्ने निर्णय गत असोज १० गते गरिसकेको छ। अख्तियारले पटकपटक पत्र पठाई सेवा आयोग गठन गरेर मात्र नयाँ कर्मचारी करार अस्थायी र ज्यालादारीमा नियुक्ति गर्नू भन्ने निर्देशन दिएपछि २०६७ साउन २ गते प्रतिष्ठानमा सेवा आयोग गठन भए पनि त्यसले कुनै पनि काम गरेको नदेखिएको स्रोतको दाबी छ।

संसद दुई सदनात्मक हुनेमा दलहरु सहमतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधान जारी भए पछि नेपालमा दुई सदनात्मक संसद हुने भएको छ । संविधान निर्माणको क्रममा दलहरुवीच रहेको विवाद समाधान गर्न माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकमा दलहरुवीच केन्द्रीय संसद दुई सदनात्मक हुनेमा सहमति भएको हो । दुई सदनको नाम यसअघि रहेको जस्तै राज्य सभा र प्रतिनिधिसभा रहने छ । यद्यपि यसको नेतृत्व समय कार्यवीधिका विषयमा कायम रहेको विवाद कायमै छ । संसदको संख्या र नाममाथिको विवाद टुङ्गिएपछि अब तीसहित संसदसँग सम्बन्धीत करिब दुईदर्जन विवाद समाधानको बाटो खुलेको छ ।
नयाँ संविधान निर्माणको क्रममा दलहरुवीच ७५ बटा विषयमा विवाद रहेको थियो । उपसमितिको आज पहिलो पटक बसेको बैठकमा शासकीय स्वरुप निर्धारण समितिको प्रतिबेदनमाथि छलफल भएको थियो । समितिको बिहीबार बस्ने बैठकले शासकीय स्वरुपमा रहेको बाँकी विवादसँगै राज्यको पुर्नसंरचना समितिसहितका बढी विवाद रहेको समितिको प्रतिवेदनमाथि छलफल हुने छ । उपसमितिले फागुण मसान्तसम्ममा विवादित विषयमा सहमति जुटाएर प्रतिवेदन संबैधानिक समितिमा पेश गर्ने जिम्मेवारी पाएको छ । संविधानको पहिलो मस्यौदा लेख्ने क्रममा दलहरुवीचको विवाद बाँधा बनेपछि हिजो माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा उपसमिति बनेको थियो । माओवादीले केन्द्रीय संसद एक सदनात्मक हुनु पर्ने अडान राख्दै आएको थियो भने अन्यदलहरु दुई सदनात्मक हुनु पर्ने अडानमा रहेका कारण विवाद रहँदै आएको थियो ।

अबैध कोरिया पुगेका दुई सय नेपाली पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इपिएस परिक्षा उतिर्ण गरेर रोजगारकोलागी कोरिया पुगेको भए पनि नाम र फोटो अर्कैको राखेको खुलेपछि दुई सय नेपालीलाई कोरियाको अध्यागमन विभागले पक्राउ गरेको छ । भिसा भएका उनीहरुलाई काम गरिररहेको कारखानाबाट नै अध्यागमनका कर्मचारीले गत शनिबारदेखि धमाधम पक्राउ गरिरहेको छ । ख्याडजु वइजन्बु आन्सान इन्छन थेगु सुवन र सिउलबाट यस्ता नेपाली पक्रउ परेका हुन । यसरी समातिएकाहरु पहिले पनि कोरिया आएर काम गरेका तथा समातिएर नेपाल फर्केका तथा पछि फेरि इपिएस प्रणालीद्धारा कोरिया गईसकेको बताईएको छ ।

सुर्खेतको यातायात र शिक्षणसंस्था बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मृतकका आफन्तलाई उचित राहत र दोषीलाई कारबाहीको माग गर्दै बिभिन्न बिद्यार्थि संगठनहरुले आज सुर्खेतमा यातायात र शिक्षणसंस्था बन्द गराएका छन् । बिहानैदेखि शिक्षणसंस्था बन्द गराएर नारा जुलुसमा उत्रिएका बिद्यार्थिहरुले वीरेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्क नजिक ट्याक्टरले किच्दा हिजो दिउँसो डोल्पा लाहा गाविस-८ का २६ बर्षीय मिनबहादुर रोकायाको मृत्यु भएको थियो । ट्याक्टरले जानीजानी किचेको विद्यार्थीहरुको आरोप छ ।

कर्मचारीको हड्तालले एफएम बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोट, फाल्गुन १७ - कर्मचारी तथा पत्रकारहरुले काम छाडेपछि जाजरकोट स्थित एकमात्र सामुदायिक रेडियो खलंगा अनिश्चित कालका लागि बन्द भएको छ । लामो समयदेखि तलब नपाएको भन्दै त्यहाँ कार्यरत १५ जना कर्मचारी काम बन्द गरी आन्दोलनमा उत्रेका छन् । गत भदैमा संचालनमा आएको उक्त एफएमका कर्मचारीहरुले त्यहीबेलादेखि तलब नपाएको बताएका छन् । उनीहरुले एफएमका प्रबन्ध निर्देशक हरिहरसिंह राठौरलाई हटाउनुपर्ने माग गरेको छन् ।