News

Mar 1, 2011

कर्मचारीको हड्तालले एफएम बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोट, फाल्गुन १७ - कर्मचारी तथा पत्रकारहरुले काम छाडेपछि जाजरकोट स्थित एकमात्र सामुदायिक रेडियो खलंगा अनिश्चित कालका लागि बन्द भएको छ । लामो समयदेखि तलब नपाएको भन्दै त्यहाँ कार्यरत १५ जना कर्मचारी काम बन्द गरी आन्दोलनमा उत्रेका छन् । गत भदैमा संचालनमा आएको उक्त एफएमका कर्मचारीहरुले त्यहीबेलादेखि तलब नपाएको बताएका छन् । उनीहरुले एफएमका प्रबन्ध निर्देशक हरिहरसिंह राठौरलाई हटाउनुपर्ने माग गरेको छन् ।

No comments: