News

Mar 1, 2011

सुर्खेतको यातायात र शिक्षणसंस्था बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मृतकका आफन्तलाई उचित राहत र दोषीलाई कारबाहीको माग गर्दै बिभिन्न बिद्यार्थि संगठनहरुले आज सुर्खेतमा यातायात र शिक्षणसंस्था बन्द गराएका छन् । बिहानैदेखि शिक्षणसंस्था बन्द गराएर नारा जुलुसमा उत्रिएका बिद्यार्थिहरुले वीरेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्क नजिक ट्याक्टरले किच्दा हिजो दिउँसो डोल्पा लाहा गाविस-८ का २६ बर्षीय मिनबहादुर रोकायाको मृत्यु भएको थियो । ट्याक्टरले जानीजानी किचेको विद्यार्थीहरुको आरोप छ ।

No comments: