News

Apr 3, 2011

माओवादी मन्त्री छान्ने जिम्मा हेडक्वाटरलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टिमा चलिरहेको बिवाद बिच एकीकृत नेकपा माओवादीले सरकारमा जाने नेताहरुको नाम टुङ्गो लगाउने जिम्मा हेडक्वाटरलाई दिएको छ । सिन्धुपाल्चोकको सुकुटेमा दुई दिनसम्म चलेको बैठकले सरकारमा जाने नेताहरुको नाम टुङ्गो लगाउने जिम्मा हेडक्वाटरलाई दिएको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले मन्त्रीहरु छानेर सरकारमा पठाउने जिम्मा हेडक्वाटरलाई दिएको जानकारी दिनुभयो । बैठकले पार्टी एक ढिक्का भएर अगाडि बढ्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

Apr 2, 2011

संघीय विद्यार्थी युनियन लिम्बुवान प्रशिक्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिनेश तुम्बापो,
दमक, झापा, लिम्बुवान २०६७ चैत्र १४,संघीयता, संघीय शिक्षाप्रणाली तथा आत्मनिर्णयको अधिकार र स्वशाससहितको स्वायत्ततावादी विद्यार्थीहरूको लिम्बुवानस्तरीय सङ्गठन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य कार्य समितिको आयोजनामा तीनदिने लिम्बुवान माङतोक-मनिल लेक्चर सेरिज २०६७ चैत्र १२, १३, १४ गते दमक झापामा सम्पन्न भयो । संघीय विद्यार्थी युनियन लिम्बुवानका केन्द्रीय अध्यक्ष जेन्टल लावतीको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन संघीय विद्यार्थी युनियन लिम्बुवानका केन्द्रीय सचिव दिनेश तुम्बापोले गरेका थिए ।
लिम्बुवानस्तरीय विद्यार्थीहरूलाई प्रशिक्षणका लागि आयोजित सो शहीद माङतोक-मनिल लेक्चर सेरिजका प्रशिक्षकहरूमा परिषदका महासचिव तथा एलभी केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङले 'लिम्बुवान भोलेण्टियर्स एलभी र लिम्बुवानी विद्यार्थी बीचको सम्बन्ध'; लिम्बुवानका केन्द्रीय अर्थ सचिव नोनाम लिम्बूले 'लिम्बुवान आन्दोलन, आर्थिक सहयोग सङ्कलन र यसको पारदर्शिता'; लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले 'सङ्गठन र अनुशासन'; र प्रमुख प्रशिक्षक अध्यक्ष कुमार लिङदेन 'मिराक'ले ''प्रस्तावित लिम्बुवान राज्यको खाका, संघीय नेपालको प्रस्तावित स्वरुप, संघीय सह-अस्तित्ववाद, संघीय सामुदायिक समाजवाद, लिम्बुवानी राष्ट्रवाद, संघीय शिक्षाप्रणाली, समानुपातिक एवम् व्यवहारिक शिक्षा, मध्यममार्गीय जीवनदर्शन'' बारे प्रशिक्षण दिएका थिए ।
लिम्बुवानका नौवटै जिल्लाबाट विद्यार्थीको जिल्ला सचिवालय सम्मको पाँच-पाँच जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सम्पूर्ण सहभागीहरूलाई प्रमाण-पत्र वितरण गरिएको थियो । साथै, विद्यार्थीहरूको तर्फबाट पनि प्रशिक्षक द्वय कुमार लिङदेन र ज्ञानबहादुर गरुÞङलाई अभिनन्दनसमेत गरिएको थियो ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले सेरिजको समापन सत्रमा लिम्बुवानी शहीदहरू माङतोक र मनिलको सपनालाई कहिल्यै मर्न नदिने, लिम्बुवान विश्व विद्यालयक स्थापना गर्न जस्तोसुकै कठिन आन्दोलन पनि गर्ने, स्ववियु चुनाव समानुपातिक आधारमै गराउने, लिम्बुवानभर माङतोक-मनिल लेक्चर सेरिज सञ्चालन गर्ने र लिम्बुवानका सबै शैक्षिक संस्थामा अनुगमन गरी व्यवस्थित पर्ढाई भए नभएको, शिक्षण सामग्री भए नभएको र फूलबारी र शौचालयको व्यवस्था गर्न दवाव र सहायोग गर्नेसमेत सामुहिक प्रतिवद्धता गरिएको थियो ।

भूपू डीएसपीसहित दर्जनौं प्रतिष्ठितहरु लिम्बुवान प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिलकुमार लावती
माइधार, झापा, लिम्बुवान १२ चैत्र २०६७,घीयता तथा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको अरुणपूर्वको नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको सुनिश्चिताका लागि निर्णायक आन्दोलनको तयारी गर्न संघीय मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषदले सङ्गठन विस्तार गर्दै गाउँगाउँमा पुगेर सबैलाई समेट्नेक्रममा २०६७ चैत्र १२ गते झापाको माइधारमा एक कार्यक्रमका साथ भूपू डीएसपीसहित दर्जनौं प्रतिष्ठितहरु लिम्बुवान सङ्गठनमा प्रवेश भएका छन् । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् झापा क्षेत्र नं. ५ का अध्यक्ष अग्नि घिमिरेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मञ्च तथा सम्बद्ध लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन 'मिराक' र विशेष अतिथिमा उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ रहेका थिए ।
कार्यक्रममा भूपू डीएसपी सन्तबहादुर आले मगर र कानुन व्यवशायी विष्णु न्यौपानेसहित दर्जनौं प्रतिष्ठित व्यक्तिहरु मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश भएका छन् ।
नव प्रवेशी अधिकांशले लिम्बुवानको ऐतिहासिक भूमि झापा, मोरङ र सुनसरीलाई टुक्राउन नहुने तर्क अघि सार्दै अहिले विभिन्न दलहरुले झापा, मोरङ, सुनसरीलाई लिम्बुवानबाट टुक्राउन खाजिरहेको र त्यसको रक्षाका लागि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद एक्लै लडिरहेको हुँदा यस परिषदलाई सघाउन आवश्यक ठानी आफूहरु सो परिषदमा प्रवेश गरेको बताए ।
प्रमुख अतिथि कुमार लिङ्देन 'मिराक'ले भूपू डीएसपी सन्तबहादुर आलो मगर र कानुन व्यवशायी विष्णु न्यौपानेलगायत नवप्रवेशी सबैलाई परिषदको साधारण सदस्यता पत्र र फूल दिएर मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा स्वागत गरेका थिए ।
नव प्रवेशी महानुभावहरुलाई स्वागत गर्दै प्रमुख अतिथि लिङ्देनले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद संघीय, प्रगतिशील र राष्ट्रवादी पार्टी भएको बताए । मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषदले भ्रष्टाचारविहीन अरुणपूर्व नौ जिल्ला लिम्बुवानको परिकल्पना गरेको र यसको आन्दोलन लिम्बुवानका सम्पूर्ण करहरु लिम्बुवानमा नै खर्च गर्ने पद्धतिको लडाइँ भएको बताए । साथै, अध्यक्ष 'मिराक'ले मञ्च सम्वद्ध परिषदले लिम्बुवानका सबै जाति, वर्ग र लिङ्ग र समुदायलाई समेटेर लिम्बुवानी आन्दोलन अघि बढाउने लक्ष्य लिएको प्रतिवद्धतासमेत जनाए ।

कर्मचारीमाथि सांघातिक आक्रमणमा संलग्न रहेको आरोपमा कांग्रेस नेता पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीले नेपाली कांग्रेसका जिल्ला स्तरीय एक नेतालाई जिल्ला स्तरीय दलीय संयन्त्र प्रतिनिधि र जिविसका कर्मचारीमाथि सांघातिक आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । जिल्ला विकास समितिले प्रशासनलाई दिएको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोलीले नेपाली कांग्रेसका महासमिति सदस्य कुन्साङ लामालाई उनकै घरबाट पक्राउ गरेको हो । दलिय संयन्त्रको निर्णय सहित जिविसले कारवाहीको माग राख्दै १३ जनाको नाममा बिहीवार जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको थियो । प्रशासनले पनि बिहीवार नै लिखित पत्र लेखेर उजुरीमा नाम उल्लेख भएकाहरुलाई पक्राउ गरी कारवाही पक्राउ गर्न निर्देशन दिएको थियो । दलीय संयन्त्र प्रतिनिधिमाथि आफ्नै स्थानीय कार्यकर्ताले सिपाली-बुढाखानी मोटरबाटो मर्मतमा कम बजेट छुट्टाएको भन्दै मंगलवार साँझ आक्रमण गरेका थिए । प्रहरीले लामालाई पक्राउ गरेपछि त्यसको विरुद्धमा कांग्रेस आन्दोलनमा उत्रिने तयारी गरेको छ ।

विवाद मिलाउन छलफलमा व्यस्त माओवादी नेताहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा पटक पटक भएको छलफलबाट पनि पार्टीको विवाद मिल्न नसकेपछि एकीकृत माओवादी अहिले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको किनारमा रहेको एक रिसोर्टमा छलफलमा व्यस्त छ । विवाद मिलाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्षद्वय मोहन वैद्य बाबुराम भट्टराईलगायत स्थायी समितिका सबैजसो नेता सुकुटेस्थित भोटेकोशीको किनारमा रहेको इक्वेटर रिसोर्टमा पुगेका हुन् । बैठकमा पछिल्लो समयमा माओवादीका अध्यक्ष एवं उपाध्यक्षबीच देखिएको मतभेद र यसले भ्रातृ एवं जनवर्गीय संगठनमा देखिएको असर लगायतका विषयमा छलफल हुने जनाइएको छ।

अफगानिस्तानमा ५ नेपालीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १८ अफगानिस्तानको मजार-ए-सरिफस्थित राष्ट्रसंघीय कार्यालयमा आक्रोशित मुस्लिमहरूले शुक्रबार गरेको सांघातिक आक्रमणमा ५ नेपालीसहित १३ जनाको मृत्यु भएको छ । राजधानी काबुलको सुदूर उत्तरी भेगमा पर्ने मजार-ए-सरिफमा रहेको मस्जिदमा शुक्रबारको प्रार्थना सभा पूरा भएपछि सोही प्रार्थनासभामा आएकाहरूले नजिकैको राष्ट्रसंघीय कार्यालयमा अचानक हमला सुरु गरेका थिए । हमला गर्न गएका समूहले सुरक्षाकर्मीको बन्दुक र हतियार खोसेर उनीहरूमाथि प्रहार सुरु गरेका थिए । हमलामा सुरक्षा गार्ड रहेका नेपालीमध्ये दुईको टाउको छिनालिएको र अरू तीनले झडपमा ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमका काबुलस्थित एक प्रतिनिधिले बताए । ती नेपालीको परिचय भने खुल्न सकेको छैन । अमेरिकाको फ्लोरिडास्थित एउटा सानो चर्चमा रहेका पादरीले इस्लाम धर्मग्रन्थ कुरानलाई गत महिना जलाएको विषयलाई मजार-ए-सरिफ मस्जिदका इस्लाम धर्मगुरुले सुनाएपछि प्रार्थनारत समुदाय राष्ट्रसंघ कार्यालयमा हमला गर्न तयार भएको थियो । राष्ट्रसंघीय कार्यालय परिसरमा धर्नाबाजी हुँदै इस्लामिक समूहले आगजनी र प्रतिकार सुरु गरेका थिए । घटनामा हमला गर्न आएका मुस्लिम समुदायका आठ जनासमेत मारिएका छन् । विद्रोही तालिवान समूहको कुनै प्रभाव नरहेको र मुलुककै सात सुरक्षित स्थलमध्ये एक मानिएको मजार-ए-सरिफमा अहिले सयौंको संख्यामा राष्ट्रसंघीय सुरक्षाकर्मीहरू तैनाथ गरिएको एसोसिएट प्रेसले जनाएको छ । फ्लोरिडाको चर्चमा भएको घटनालाई लिएर अफगानिस्तानका अन्य सहरहरूमा पनि अमेरिकाविरोधी विद्रोहहरू देखिन थालेको समाचारमा जनाइएको छ । पश्चिमी अफगानिस्तानको हेरात सहरमा अमेरिकी झन्डा जलाउँदै इस्लामिक समुदायको जुलुसमा 'अमेरिकीको मरण होस्', 'अमेरिकाले इस्लामको मुटु टुक्र्याए' भन्दै नाराबाजी भइरहेको जनाइएको छ । काबुलस्थित अमेरिकी दूतावासमा पनि स्वःस्फुर्त इस्लामिक समुदायको भेला सुरु भएको जनाइएको छ । अफगानिस्तानमा २५ हजारभन्दा बढी नेपाली श्रमिक छन् भने अफगान मामिला पाकिस्तानको इस्लामावादस्थित नियोगले हेर्दै आएको छ ।

Apr 1, 2011

नेपाल सरकार केन्द्रीय तथ्थाङ्क विभागलाई बुझाएको ध्यानाकर्षण-पत्र

श्री महानिर्देशकज्यु,
केन्द्रीय तथ्याङ्क विभाग
रामशाहपथ, काठमाडौं ।
विषय : ध्यानाकर्षा गराइएको बारे ।
महोदय,
राष्ट्रिय जनगणना २०६८, नेपालको एघारौं जनगणनाको रुपमा सञ्चालन हुन लागेको र यसको तयारी व्यापक रुपमा अघि बढिरहेको खबरले हाम्रो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यो पार्टी सम्वद्घ संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद्, तामाङसालीङ स्वायत्त राज्य परिषद्लगायतका परिषद्हरूको ध्यानाकर्षा भएको छ ।
राष्ट्रिय जनगणना २०६८ को र्सार्थक सफलताका लागि नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागलाई एघारौं राष्ट्रिय जनगणना सञ्चालन गर्नुपूर्व हाम्रो पार्टीको तर्फाट निम्न सवालहरूबारे गम्भीर हुन आग्रह गर्दछौं ।
१. प्रत्येक १०/१० वर्षो अन्तरालमा सञ्चालन हुने राष्ट्रिय जनगणनाले सयवर्षो इतिहास पारगरेको छ । नेपालमा यति लामो जनगणनाको इतिहास पार भइसकेता पनि राष्ट्रिय जनगणना गरी केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गर्दै आएको तथ्याङ्कलाई नेपालका आदिवासी जनजाति संघ-सङ्गठन र बुद्घजिवीलगायतले तथाङ्कको सङ्कलन, प्रशोधन र प्रकाशनलगायतमा भएको कमीकमजोरी र त्यसप्रति रहेको अविश्वसनीयताका कारण मिथ्याङ्क भन्दै आएको र्सवविदितै छ । साथै, हाम्रो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि यसलाई अहिलेसम्म सही तथ्याङ्कको रुपमा स्वीकार गर्न सकिरहरेको छैन । सय वर्षो अनुभवपछि सञ्चालन गर्न लागिएको यो एघारौं राष्ट्रिय जनगणनाबाट सही तथ्याङ्क आउँछ भनेर तथ्याङ्क विभागले के, कति र कस्ता आधारहरू तय गरेको छ ? यो एघारौं राष्ट्रिय जनगणनाले दिने तथ्याङ्क सही हो भनेर विश्वस्त हुने विश्वसनीय संयन्त्र के छ ? हाम्रो पार्टीले सही तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रकाशन कार्यसँग सम्बन्धित् उपरोक्त प्रश्नहरूको विश्वासिलो जवाफको अपेक्षा गरेको छ ।
२. दशौं जनगणनाको अवस्था र एघारौं जनगणनाको परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ । देशमा एकात्मक व्यवस्थाको अन्त्य भई संघीय शासनप्रणाली निर्माणको सङ्क्रमणकालीन समयमा तथ्याङ्क विभागले निर्माण गर्ने तथ्याङ्कको महत्व हाम्रो लागि धेरै छ । तर पुनः मिथ्याङ्ककै पुनरावृत्ति गर्ने हो भने राष्ट्रिय ढुकुटीबाट सञ्चालित यत्रो परियोजनाको उपादयता के रहन्छ - हिजो राज्यले आफ्नो स्वार्थसिद्धि गर्न तथ्याङ्क सङ्कलनका परियोजनाहरू सञ्चालन गर्दथ्यो भने अबको लोकतान्त्रिक समाजमा आम जनतालाई नै आफ्नो तथ्याङ्क आफैलाई आवश्यक रहने सर्न्दर्भमा, तथ्याङ्क निर्माणको उपरोक्त क्रियाकलापमा आम जनताको सहभागिता रहने गरी आशङ्कारहित एवम् पूर्वाग्रहरहित निष्पक्ष रुपले कसरी गर्ने गराउने योजना तथ्याङ्क विभागको छ ?
३. जनगणना गर्दा गणकहरू प्राथमिक विद्यालयका शिक्षक, जो गाउँघरमा एक प्रकारको सामाजिक सेवा प्रदायक मात्र नभई सामाजिक हैकम, हैसियतको, कुनै राजनीतिक दलको र उपल्ला जातको पगरी लिएर बसेकाहरू नै धेरैजसो छन् । उनीहरूले समुदाय, लिङ्ग, जाति, धर्म, वा व्यक्ति विशेषसँगको उसको वैमनश्यता, वा पूर्वाग्रह, वा बाधाविरोधका कारण कुनै घरपरिवार छुट्न गएको खण्डमा त्यस्तो सम्भावित क्रियाकलाप हुन नदिन आवश्यक अनुगमनको के कस्तो व्यवस्था विभागसँग छ -
४. विगतका जनगणनामा गणकले सम्बन्धित् व्यक्ति र परिवारको घरदैलोमा नपुगी एक ठाउँमा बसेर टिप्ने तथा कुनै जातिको थर, नाम, ठाउँ आदि गलत टिपोट गरेको व्यापक चर्चा आएको थियो । साथै, जनतासामू पेन्सिलको प्रयोग गरेर सही तथ्याङ्क लिएजस्तो गरेपनि फेरि इरेजरले मेटेर आफूले चाहेको विवरण भर्नेसमेत गरेको चर्चा थियो । त्यसकारण, गणक, सुपरभाइजर र अधिकृतहरूको नियुक्ति जुन जिल्ला र गाउँ/नगरहरूमा जुन जातीय समुदायको बाहुल्यता छ, सोही जातिको गणकहरू नियुक्त गरी जनगणना कार्य निष्पक्षरुपमा अघि बढाउन हामी आग्रह गर्दछौं ।
उपरोक्त सवालहरूका सम्बन्धमा जनगणना कार्यक्रम सञ्चालन गर्नुपूर्व विश्वसनीय वातावरण सुनिश्चित गरेर मात्र जनगणना कार्य अघि बढाउन हुन केन्द्रीय तथ्याङ्क विभागको ध्यानाकर्षा गराउन चाहन्छौं । यदि आम जनताको सुसूचित हुन पाउने हकमाथि वेवास्ता गर्दै राष्ट्रिय जनगणनाजस्तो महत्वपूर्ण परियोजना विगतको सरकारको सरकारी रवैयाकै आधारमा सञ्चालन गरेमा, त्यसबाट उत्पन्न परिणामको जवाफदेहिता स्वयम् तथ्याङ्क विभाग आफै हुनुपर्नेसमेत सचेत गराउन चाहन्छौं ।
धन्यवाद !
..................
खगेन्द्र माखिम
महासचिव
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
संघीय कार्य समिति
अनामनगर, काठमाडौं
मिति २०६७/१२/१७