News

Jan 2, 2012

राज्य पूनःसंरचना तथा लिम्बुवान स्वयत्तता राज्य" सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन
हङकङ- १ जनवरी २०१२ मा जोर्डन स्थित याक एण्ड येती रेष्टुरेनको सभा हलमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, प्रवास समिति हङकङको आयोजनामा “राज्य पूनःसंरचना तथा लिम्बुवान स्वयत्तता राज्य" सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।मोर्चाको अध्यक्ष एम. बी. थोप्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट आउनु भएका अर्थराज्य मन्त्रि- हरिराज खेवा लिम्बुको प्रमुख अतिथि रहनु भएको थियो भने विशेष अतिथिमा क्रमशः ए-नेकपा -माओवादी) हङकङका पार्टीचिव क. जे. बी. ओख्राबु, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. रमेश कुमार लिङदेन, लिरामुमो नेपालका सचिवालय सदस्य क. ङामुकहाङ मेन्याङबो तथा केन्द्रिय सदस्य क. थर्क नारायण लिम्बु तिगेला रहनु भएको थियो । त्यसरि नै मोर्चाको सह-इर्न्चाजमा हरि पन्धाक र ज्ञानु मेन्याङबो, मोर्चाका सल्लाहकारहरु, महावाणिज्यदूत विनोद कुमार उपाध्याय, मोर्चाको बुद्घजिीवि परिषद सदस्यहरु र अन्य बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो । उक्त कार्यक्रम मोर्चाको सचिव रविन लिङदेनले सञ्चालन गर्नु भएको थियो ।
प्रमुख अतिथि अर्थराज्य मन्त्रि श्री हरिराज खेवा लिम्बुद्घारा दिप प्रज्वलन गरि समुदघाटन् गर्नु भएको थियो भने मोर्चाको उपाध्यक्ष चन्द्रराज सुब्बाले स्वागत मन्तब्य दिनु भएको थियो । उक्त अन्तक्रिया कार्यक्रममा अतिथि लिरामुमो नेपालका केन्द्रिय सदस्य क. ङामुकहाङ मेन्याङबो र लिरामुमो नेपालका केन्द्रिय सदस्य थर्क दिप तिगेला लिम्बु, किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्णराज लावती, मोर्चाका सल्लाहकार भुपेन्द्र चेम्जोङ, बुद्घजिीवि परिषद सदस्य पवन वस्नेत, लिम्बुवान राष्ट्रिय मोर्चाको महाचिव अविचन्द्र इङनाम, महावाणिदूत विनोद कुमार उपाध्याय, किरात धर्म हङकङका अध्यक्ष मोहनमान नेम्बाङ, समाजसेवी भक्त बहादुर दुरा एवं विश्व सहित्य महासंघको महासचिव विश्वास दिप तिगेलाले सम्बोधन गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि मन्त्रि खेवाले अहिलेको शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने र संबिधान निर्माण कार्य प्रमुख रहेकोले अब बन्ने संबिधानमा पहिचान र सामर्थ्यको आधारमा १४ ओटा जातीय राज्यहरु निर्माण हुने निश्चित रहेको दावी गर्नु भयो । प्रवास हङकङबाटै भए पनि नेपाली दाजुभाईहरुले यस बिषयमा विभिन्न तवरबाट सहयोग पुर्याउनु पर्ने धारणा ब्यक्त गर्नु भयो भने बिशेष अतिथि रमेश कुमार लिङदेनले अबको संबिधानले सम्बोधन गर्ने भनेकै राज्यको पुनःसंरचना गर्दा अग्राधिकार, आत्मनिर्णयको अधिकार सहितको स्वायत्त राज्यहरु निर्माण गर्नु पर्ने, अग्राधिकारलाई लोकतान्त्रिक विधि अनुसार ब्याख्या गर्नु पर्ने यस कार्यको लागि लिम्बुवानवादीहरु एक हुनु पर्ने धारणा राख्नु भयो ।
मन्तब्य राख्ने क्रममा एनेकपा (माओवादी) पार्टीचिव क. जे. बी. ओख्राबुले हङकङबासी आम नेपालीहरु अब बन्ने संबिधानले बिभिन्न जातजाती, आदिवासी, पिछडिएका बर्ग समेतलाई सम्बोधन गर्ने गरि बनाईनु पर्छ भन्ने पार्टी धारणा रहेको तर्फजोड दिनु भयो । कार्यक्रमको समापन गर्दै अध्यक्ष एम.बि थोप्राले हङकङ प्रबासमा रहेर पनि हामी लिम्बुवानवासी लिम्बु तथा गैर लिम्बहरुले आत्मनिर्णय सहितको स्वायत्त लिम्बुवान राज्य हुन सक्यो भने मात्र लिम्बुवानबासीको हर क्षेत्रमा प्रगति र समृद्धि संभब छ । तर्सथ हामी सबैले त्यस तर्फसचेत हुन जरुरी छ भन्दै २०१२ सालको शुभकामना ब्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

नेपाल-भारत मैत्री संघको एम्बुलेन्सबाट ब्राउन सुगर बरामद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ पुस १९- एउटा एम्बुलेन्समा ब्राउन सुगर फेला परेको छ। दाङको तुलसीपुरबाट सञ्चालित नेपाल भारत मैत्रीसंघको एम्बुलेन्समा प्रहरीले सोमवार राती २ सय ग्राम ब्राउनसुगर फेला पारेको हो। एम्बुलेन्सका चालकसहित त्यसमा रहेका अन्य दुईजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगञ्जमा विरामी छाडेर तुलसीपुरमा सञ्चालित नेपाल भारत मैत्री संघको रा १ च २९० नंवरको एम्वुलेन्सलाई इलाका प्रहरी कार्यालयले तुलसीपुरको अति व्यस्त गुम्राह चौकमा ब्राउन सुगर सहित पक्राउ गरेको हो। सोमवार बिहानै तुलसीपुरका एक व्यापारीको घरमा बम फेला परेपछि प्रहरीले दिनभर जसो सुरक्षा चेकजांचलाइ तिब्र पारेको थियो। त्यसै क्रममा एम्वुलेन्समा विरामी बोके जस्तो नदेखिएपछि रोकेर जाँच गर्दा ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सहायक प्रहरी निरिक्षक चन्द्रसिंह ओझाले जानकारी दिए। एक ग्राम ब्राउन सुगर कम्तीमा १५ हजार रुपैयाँका दरले किनबेच हुन्छ। राजन पुरी, छवि केसी र चालक निमलाल ज्ञवाली रहेका छन्। एम्वुलेन्सले यसरी लागु औषध बोकेको अवस्थामा पक्राउ परेको घटना जिल्लामै पहिलो हो।

सहिदगेटबाट त्रिभुवनको सालिक हटाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १८ - मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँको सहिदगेटमा रहेको स्वर्गीय राजा त्रिभुवनको सालिकलाई नारायणहिटी सङ्ग्रहालयमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए। लोकतान्त्रिक आन्दोलनको सफलतापछि सहिदगेटमा रहेका चार अमर सहिदको सालिकभन्दा माथि राखिएको स्वर्गीय राजा त्रिभुवनको सालिकलाई त्यहाँबाट हटाउन आवाज उठेको थियो। त्रिभुवनको सालिक हटाइने भएपनि सहिदहरूको सालिक यथावत् रहनेछ। हरेक नयाँ प्रधानमन्त्रीले सपथ ग्रहणपछि सहिदपार्कमा पुगी सलामी गर्ने प्रचलन रहेकामा सहिदपार्कमा त्रिभुवनको पनि सालिक भएका कारण वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सपथ लिएपछि कीर्तिपुरस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्न पुगेका थिए। बैठकले पर्यटन वर्षका कतिपय कार्यक्रमलाई निरन्तरता दिने क्रममा हवाईमार्गबाट एकसयजना विदेशी ल्याई नेपालमा कुनै सभा, सम्मेलन गराउने आयोजकलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी, बैठकले नेपाल खानेपानी संस्थानका महाप्रबन्धक धर्मकुमार बजिमयलाई अवकाश दिई रामकुमार यादवलाई कायम मुकायम महाप्रबन्धकमा नियुक्त गरेको छ। बैठकले आगामी २०६८ चैत्र २३ देखि २४ गतेसम्म पर्वतीय मुलुकहरुको सहभागितामा नेपालमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि वातावरणमन्त्रीको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति पनि गठन गरेको छ।

प्रान्तबारे एमाले सभासद विभाजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १९ ,राज्य पुनर्संरचनाबारे आधिकारिक धारणा बनाउन एमालेले पार्टीभित्र सुरु गरेको छलफलमा सभासद विभाजित देखिएका छन्। उनीहरू संविधानसभा राज्य पुनर्संरचना समितिको १४ प्रदेशको खाकालाई आधार मानेर जाने कि नयाँ अवधारणा खोज्ने भन्नेमा विभाजित भएका हुन्। छलफलका क्रममा जनजाति सभासदले समितिले पारित गरेको १४ प्रदेशलाई नै आधार बनाउनुपर्ने तर्क गरेका छन्। यसरी तर्क गर्नेमा पृथ्वी सुब्बा गुरुङ, मंगलसिद्धि मानन्धर, लक्की शेर्पा, दलबहादुर राना, वीरबहादुर लामालगायत छन्।
अल्पसंख्यक जनजाति सभासद सोनाम छेजुङ, ल्हारक्याल लामालगायतले भने समितिको प्रस्तावले आफ्नो समुदायलाई समेट्न नसकेको भन्दै विरोध जनाए। 'यस्तो प्रदेशले कहाँ हुन्छ? हामीचाहिँ जनजाति होइनौं?' ती सभासदलाई उद्धृत गर्दै सभासद यामलाल कँडेलले भने। गैरजनजातीय सभासदले भने समितिको प्रस्तावमा उल्लिखित प्रान्त आर्थिक हिसाबले सक्षम नभएको भन्दै फरक किसिमको अवधारणा खोज्नुपर्नेमा जोड दिएका थिए। 'अधिकारलाई सुनिश्चितता गरौं, तर पहिचान खोज्ने हो भने सबैको हकमा समान आधार खोजौं र त्यसैअनुसार तय गरौं,' गैरजनजातीय सभासदको भनाइ थियो। राजनीतिक अग्राधिकार राख्न नहुने धारणा अधिकांश सभासदले राखेको कँडेलले जनाए। छलफल जातीय र गैरजातीय हिसाबले हुन थालेपछि उपाध्यक्ष वामदेव गौतमले भने, 'एक जातले अर्को जातिलाई दोषारोपण गरेर होइन, हार्दिकतापूर्वक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने हुन्छ।' संघीय मामिला विभाग प्रमुख परशुराम मेघी गुरुङले नेताहरुले स्थानीय सरकारलाई बलियो बनाउन जोड दिएको बताए। एमालेको संघीय मामिला विभागले राज्य पुनर्संरचनाको विषयमा आधिकारिक धारणा तय गर्न स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीका केही नेताका साथै सभासदहरुसँग छलफल सुरु गरेको हो। छलफल मंगलबार संसदीय दलको कार्यालयमा हुने भएको छ। छलफलमा आएका सबै सुझाव संकलन गरेर पार्टीलाई बुझाउने र त्यसको अन्तिम निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने गुरुङले जनाए।

नेपालमा दैनिक २२०८ को जन्म, मर्नेको संख्या ६३५

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १८ - नेपालमा दैनिक दुई हजार २ सय ८ शिशुको जन्म हुने गरेको छ। सुचना तथा संचारमन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बालकृष्ण सुवेदीले सो जानकारी दिनुभएको हो। त्यसैगरी, नेपालमा प्रत्येक दिन सरदर ६ सय ३५ जनाको मृत्यु हुने गरेको सो अवसरमा जानकारी दिइयो।

हङकङमा इतिहासकार इमान सिंह चेम्जोंङको १०८औ जन्म जयन्ती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/कल्पना तुम्रोक
किरात याक्थुङ चुम्लुङ हङकङको आयोजना मा किराँत भासा र लिपी को इतिहासकार इमान सिंह चेम्जोंङको १०८ औ जन्म जयन्ती समारोह १ जनवरी २०१२ याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न भयो। इमान सिंह चेम्जोंङको जन्म १९०४ जनवरी १ मा र मृत्यु १९७५ मा भएकोथियो। उहाँ लिम्बुजातीको मात्र नभएर नेपालकै पहिलो इतीहासकार,लेखक, भाषाबिद,कोशकार र दार्सनीक ब्यक्ती थिए। उहाको सस्मरण ताजा गराउनको निम्ती हङकङमा किरात याक्थुङ चुम्लुङले पहीलो पल्ट जन्म जयन्ती मनाएकोहो। सस्थाका अध्यक्ष कृष्णराज लावोतिको अध्यक्षतामा रहेको औपचारिक कार्यक्रमको प्रमुख अतिथी चेम्जोङ समाज हङकङ का अध्यक्ष तथा सल्लाहाकार भुपेन्द्र चेम्जोङ, बिषेस अतिथिहरु किरात धर्म तथा साहित्य उत्थान सेवा हङकङका अध्यक्ष मोहनमान नेम्बाङ,बिश्वासदिप तिगेला, अतिथीहरु तेर्हथुम मन्च हङकङ सचिव श्याम इङनाम,चौबिसे समाज हङकङ अध्यक्ष लिला चेम्जोङ,सल्लाहकार टंक चङबाङ, लिम्बु चलचित्र डाइरेक्टर मौसम लिम्बु तथा अन्य लिम्बुवानको संघ सस्था को अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाहरु मुलबाटो डटकम र बगैचा डटकम प्रतिनिधीहरु थिए। उपस्थित महानुभाबहरुबाट पुष्पगुच्छा अर्पन गरेर उक्त कार्यक्रम लाईअगाडी बढाइएको थियो। इमान सिंह चेम्जोंगको जीवनी बारे बृस्तित जानकारी प्रमुख अतिथि चेम्जोङले गराएका थिए,त्यसैगरी इमान सिंह चेम्जोंगको जीवनी बारे र सुभकामना मन्तब्य बिसेस अतिथि हरु मोहनमान नेम्बाङ,बिश्वासदिप तिगेला, सल्लाहकार टंक चङबाङ ले वृस्तित बिवरण
बताएका थिए भने अन्य अतिथिहरूले पनी सुभकामना मन्तब्य दिएका थिए। कार्यक्रमलाई स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष हस्त लिवाङले दिएका थिएभने सन्चालन सचिव नन्द चङसु गरेका थिए। कबीहरु रुद्र नाल्बो,चन्द्र मादेन र हस्त लिवाङले कविता वाचन गरेका थिए।

सार्वजनिक स्थानमा चुरोट खाने १६ पक्राउ गरि रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सार्वजनिक स्थानमा धुमपान गर्ने १६ जनालाई नेपालगन्जमा प्रहरीले नियन्त्रणमा लिई माफी मगाएर छोडेको छ। विभिन्न स्थानमा धुम्रपान गरिरहेको अवस्थामा पक्राउ परेका उनिहरुलाई प्रहरीले पाँच घण्टासम्म नियन्त्रणमा कागज गराएर छोडिदिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए। जिल्ला प्रशासन कार्यालयबाट चार, जिल्ला मालपोत कार्यालयबाट चार, पुष्पलाल चौकबाट तीन, त्रिवेणी मोडबाट तीन र अन्य सार्वजनिक स्थानबाट दुई गरी १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक मल्लले बताए।