News

Jun 18, 2008

संविधानसभा बैठक अनिश्चित समयसम्मका लागि स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणका लागि सहमति नभएका कारण संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ भने बिधायिकाको बैठक सुरु हुदैछ । नयाँ संविधान निर्माणका लागि राजनीतिक सहमति नबनेपछि संविधानसभाको चौथो बैठक पनि त्यसै सकिएको छ । असार ४ गते साढे १२ बजे सुरु भएको बैठक आधा घण्टापछि अनिश्चित समयसम्मका लागि स्थगित गरिएको घोषणा गर्दै सकियो । बैठकमा सभासदहरुले सबै समस्याहरु संविधानसभा बैठकमै आउनुपर्ने तथा त्यहीबाट समाधान खोज्नुपर्ने माग गरेका थिए। संविधानसभाले नै बिधायिकाको समेत काम गर्ने निर्णयअनुरुप बिधायिकाको बैठक केहीबेरमा अन्तराष्ट्रिय सभा केन्द्रमा हुदैछ । बिधायिकामा पनि संविधानसभासदहरु नै छन् ।

राष्ट्रपति चयन सबैभन्दा बिबादस्पद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने तथा नबनाउने बिषय प्रमुख दलहरुको बैठकमा सबैभन्दा बिबादस्पद बिषय बनेको छ । मुलुकको राष्ट्रपति चयन प्रधानमन्त्री निवास बालुवाटारमा जारी प्रमुख दलहरुको बैठकमा सबैभन्दा बिबादस्पद बिषय बनेको छ । असार ४ गते बिहान बालुवाटार बैठक दलहरुबीचको शक्ति बाँडफाँडको बिबाद टुङ्ग्यान नसकेर स्थगित भएको थियो र अहिले बेलुका त्यही बिषयमा तीनै दलहरु त्यहाँ छलफल गरिरहेका छन् । राष्ट्रपति चयन शक्ति बाँडफाँडको महत्वपूर्ण मुद्धा रहेको बैठकमा उपस्थित नेताहरु बताउछन् । राष्ट्रपति चयनमा आफ्नो पार्टीको धारणा बनाउन संविधानसभाको तेश्रो ठूलो दल एमालेको स्थायी समिति बैठक असार ४ गते दिउँसो बसेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तथा माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति प्रस्ताव गरेको बेला एमालेले पनि आफ्नो नेतालाई राष्ट्रपति बनाउने सम्भावनाको खोजी गरेको बैठकपछि एक एमाले नेताले बताए । 'पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन माओवादीले अस्विकार गरेकाले सहाना प्रधानको सम्भावनाबारे बैठकमा चर्चा भयो' ति नेताले जानकारी दिए । माओवादीले प्रधानमन्त्री कोइरालालाई कुनै हालतमा राष्ट्रपति नस्विकार्ने अडान बैठकमै राखिरहेको छ भने नेपाली कांग्रेसले कोइराला नै राष्ट्रपति बनाउने चाहना दोहोर्‍याइरहेको छ । सेना समायोजनलगायत महत्वपूर्ण मानिएका बिषयमा सहमतिको सम्भावना बढेको भए पनि राष्ट्रपति चयनमा तत्काल सहमति हुने सम्भावना निकै कम रहेको पनि श्रोतको दावी छ।

Jun 17, 2008

युवती बेच्ने सैनिक जवान पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नक्कली विवाहको नाटक गरी युवतीलाई लल्याइफकाई बेच्नका लागि भारतको मुर्म्बई लग्ने तयारी गरिरहेको अवस्थामा नेपाली सेनाका एक जवान पक्राउ परेका छन् । गणेश दत्त भट्टले महेन्द्रनगरबाट प्रेषित गरेको खबरअनुसार सुर्खेतको रक्तकाली गणमा कार्यरत नेपालगञ्ज घर बताउने २३ वषिर्य लालबहादुर नेपालीलाई सुर्खेतकी १९ वषिर्या सरस्वती नेपालीलाई बेच्नका लागि भारत लग्ने तयारी गरिरहेका बेला प्रहरीले उनलाई बसपार्कबाट समातेको हो । साथी संस्था कञ्चनपुरका संयोजक पुष्पराज जोशी तथा प्रहरीका अनुसार उनले आफू रक्तकाली गणमा कार्यरत बताए पनि साथमा कुनै पनि परिचयपत्रहरू पाइएको छैन ।
श्रीमतीसहित दुइ छोराछोरीका बाबु समेत रहेका नेपाली छुट्टीमा घर गएको केही दिनपछि सरस्वतीलाई भगाएर सुर्खेतबाट नेपालगञ्ज पुर्‍याएका थिए । उनले नेपालगञ्जको वानेश्वरी मन्दिरमा लगी सिउँदो भरिदिएका थिए । महेन्द्रनगरको मुख्य नाका गड्डाचौकीबाट नभई छिपेर भारत जान दोधारा-चाँदनीको झोलुङे पुलको बाटो जाने तयारी गरिरहेका बेला एक स्थानीयवासीले शंका लागि साथी संस्थाका प्रतिनिधिलाई खबर गरेको साथी संस्थाकी सावित्री भट्टले बताइन् ।
'महेन्द्रनगर बसपार्कमा आफूलाई बेच्न लगिरहेको थाहा पाएपछि सरस्वती रुन, कराउन थालिन् र अरुको सहारा लिन थालिन्,' साथी संस्था महेन्द्रनगरका संयोजक पुष्पराज जोशीले भने । बेचिनबाट जोगिएकी सरस्वतीले भनिन्, 'उसको बिहे भएको र छोराछोरी पनि भएको मलाई थाहा थियो, तर उसले भारतमै बस्ने, उतै काम गर्ने भनेर बाचा गर्‍यो र बाटोमै सिन्दुर हालिदियो, मेरा कानका रिङ बेचेर उसले पैसा पनि खाइदियो ।'
यसैबीच, साथी संस्थाकै सक्रियतामा कञ्चनपुरको कृष्णपुर गाविस-२ बंककी २२ वषिर्या जयन्ती वादीको पनि उद्दार गरिएको छ । झलारीकी शर्मिला थापाले उनलाई तीस हजारमा साउदी अरब पुर्‍याइदिन्छु भनेर मुर्म्बई हुँदै साउदी पुर्‍याएर अलपत्र पारेको पीडितले बताइन् ।
'राम्रो काम पाइन्छ, बसी-बसी खान पाइन्छ, तलब पनि धेरै हुन्छ,' पीडित जयन्ती र उनका श्रीमान धौले वादीले दलाललाई उद्धृत गर्दै बताए । 'शर्मिला थापा महिला बेच्ने दलाल भएको आफुहरूलाई थाहा भएपनि उसका चिल्ला मिठा कुरामा विश्वास गरी जाँदा हामीले एक वर्षो बच्चा पनि गुमायौं,' उनीहरूले एकै स्वरमा भने । शर्मिलाले मुर्म्बईमा रहेका सुनिल थापा र बिरु जोशीमार्फ जयन्तीलाई साउदी अरब पुर्‍याएकी थिइन् । 'पासपोर्ट पनि उनीहरूले नै बनाई दिए, १२/१३ दिन मुर्म्बई बसी मलाई साउदी पुर्‍याइयो,' पीडितले आँशु पुछ्दै भनिन्, 'भाडा धुने, झाडु लगाउने र फोहर सफा गर्ने काम बाहेक अरु केहीपनि पाइएन । पेटभरी खान पनि पाइएन ।'
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पीडितले गरिबीका कारण आफूलाई लोभ्याएर शारीरिक र मानसिक यातना दिएको बताइन् । उनका अनुसार दलालहरू सुनिल थापा बाजुरा घर भई कैलाली चौमाला बस्दै आएको र विरु जोशी पनि चौमाला निवासी हो । हाल दुबै जना नेपालीहरूलाई साउदी अरब पुर्‍याउने शर्मिलाका एजेन्टका रुपमा मुर्म्बईमा बस्दै आएका छन् । मुर्म्बईमा एक कोठा भाडामा लिई शर्मिला, सुनिल र विरुले १८ जना महिलाहरूलाई राखेको पीडित जयन्तीले बताइन् । जयन्तीसँगै गएका ४ जना महिलाहरू मध्ये उनीलगायत २ जना घर फिर्ता हुन सफल भएका छन् भने अन्य २ जना अझै बेपत्ता छन् । तीनै जना दलालहरूले ७० हजार अग्रिम बुक गरी प्रति महिना ४ हजारका दरले कोठा भाडा तिरिरहेका उनले बताइन् ।

राजधानीमा दिनदहाडै प्रहरीमाथि गोली चल्यो, र्सइ र हवल्दार घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज दिनदहाडै राजधानीको ललितपुरमा अज्ञात समुहले चलाएको गोलीबाट प्रहरीका दुइ जना घाइते भएका छन् । ललितपुरको बटुकभैरव जाने बाटोको कोनबहालमा अचानक प्रहरीमाथि गोली चलाइएको हो । चोरी भएको खबर पाएर ललितपुरस्थित अपराध अनुसन्धान शाखाको प्रहरी टोली घटनास्थलतर्फजाने क्रममा बीच बाटोमा मध्याहृन साढे ११ बजे झगडा भइरहेको र त्यहाँ प्रहरीले झगडा मिलाउन खोज्दा अज्ञात समुहले गोली हानेको हो । गोली लागेर र्सइ प्रेम रेग्मी तथा हवल्दार घाइते भएका छन् । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

तीन दल अझै विमतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमति नभए सरकारबाट बाहिरिने माओवादीले समयसीमा तोकेको असार ४ आउन एक दिन बाँकी हुँदा पनि प्रमुख दलहरूबीच सहमति कायम हुन सकेको छैन। तीन दलीय कार्यदलले हल गर्न नसकेका सेना समायोजन, संवैधानिक परिषद् र सुरक्षापरिषद् गठनका विषयमा समाधान खोज्न सोमबार बसेको तीन दलका शीष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले यसअघि कार्यदलले सहमति गर्न नसकेका विषयमा थप गृहकार्य गरी सहमति कायम गर्न पुनः कार्यदललाई थप जिम्मेवारी दिएको छ।कार्यदलले दिएको प्रतिवेदनको आधारमा मंगलबार पुनः बैठक बस्ने जानकारी कांग्रेस महामन्त्री विमलेन्द्र निधीले दिनुभयो। बैठकमा माओवादी लडाकूलाई समूहगत रूपमा नेपाली सेनामा प्रवेश गराइनुपर्ने माओवादीको मागलाई एमाले र कांग्रेसले अस्वीकार गरेका थिए भने संवैधानिक परिषद्मा विपक्षी दलका नेता र सुरक्षापरिषद्मा प्रधानमन्त्रीले फरक-फरक दलका मन्त्रीलाई मनोनयन गर्नुपर्ने कांग्रेस र एमालेको प्रस्तावलाई माओवादीले अस्वीकार गरेको थियो।माओवादी सेनाको समायोजनको विषयमा भने बैठक सकारात्मक भएको एमाले नेता भीम रावलले जानकारी दिनुभयो। बृहत् शान्ति सम्झौता र राष्ट्रसंघीय मिसन (अन्मिन) को उपस्थितिमा भएको त्रिपक्षीय सहमतिलाई आधार बनाएर माओवादी सेनाको समायोजन गर्ने विषयमा सबै सकारात्मक भएको पनि रावलले जानकारी दिनुभयो। बैठकमा सत्ता बाँडफाँडका विषयमा भने कुनै छलफल भएको थिएन। सहमतिका अन्य आधारहरू तयार भएमा सत्ता बाँडफाँडको विषय सहज हुने कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले संवाददाताहरूलाई जानकारी दिनुभयो।सरकार गठन गर्नुपूव सहमतिको मस्यौदा तयार पार्न गठित तीनदलीय कार्यदलले आ-आफना दलका शीष नेताहरूलाई बुझाएको मस्यौदाका आधारमा शीष नेताहरूको बैठकमा छलफल भएको थियो। बैठकमा एमाले महासचिव झलनाथ खनाल अनुपस्थित हुनुहुन्थ्यो।बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, मोहन वैद्य, रामबहादुर थापा बादल’, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री निधि, प्रवक्ता अर्जुननरसिंह केसी र नेता डा. प्रकाशशरण महत र एमाले पूवमहासचिव माधवकुमार नेपाल, अमृतकुमार बोहरा, भीम रावल र अग्निप्रसाद खरेल हुनुहुन्थ्यो। राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया, माओवादी भ्रातृ संगठन वाईसीएललाई राजनीतिक संगठनको रूपमा परिमार्जन गर्ने, अन्तरिम संविधानमा संशोधन गर्ने, संविधानसभा निर्वाचनमा दलले पाएको मतका आधारमा शक्ति बाँडफाँड गर्नेलगायतका विषयमा सहमति गरेर मस्यौदा तयार पारेको तीनदलीय कार्यदलले द्वन्द्वकालमा माओवादीद्वारा कब्जा गरिएका घरजग्गा फिर्ता, माओवादी सेना समायोजन, हतियार व्यवस्थापन, सुरक्षापरिषद् गठन, संवैधानिक परिषद् गठनजस्ता विषयमा शीष नेतृत्वमा सहमति आवश्यक भएको प्रतिवेदन दिएको थियो। कार्यदलमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत र राधेश्याम अधिकारी, नेकपा (एमाले) का भीम रावल र अग्निप्रसाद खरेल तथा नेकपा (माओवादी) का देवप्रसाद गुरुङ र खिमलाल देवकोटा रहनुभएको छ।

सार्वजनिक यातायातको भाडा वृद्धि ३५ प्रतिशत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र यातायात व्यवसायीबीच सार्वजनिक यातायातको भाडा वृद्धिको सम्बन्धमा ३५ प्रतिशतसम्म बढाउन सिफारिस गर्ने सहमति भएको छ। सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीबीच भएको बैठकमा सार्वजनिक यातायातको प्रकृतिअनुसार २५ देखि ३५ प्रतिशत वृद्धि गर्नका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको हो।

आफ्नो दलले सरकार छाड्ने चेतावनी माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलुकासम्म राजनीतिक सहमति नबने आफ्नो दलले सरकार छाड्ने चेतावनी माओवादी सचिवालय सदस्य पोष्टबहादुर बोगटीले दिएका छन् । माओवादी सचिवालय सदस्य पोष्टबहादुर बोगटीले बेलुकासम्म राजनीतिक सहमति नबने आफ्नो पार्टीले सरकार छाड्ने बताएका छन् । रिपोर्टस क्लबले असार ३ गते आयोजन गरेको कार्यक्रममा बोल्दै बोगटीले आफ्नो पार्टीले सरकार छाडे पनि संविधान निर्माणमा भने रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे । नेपाली कांग्रेसले अनावश्यक सर्तहरु राखेका कारण सहमति बन्न नसकेको कार्यक्रममा बोगटीले दावी गरे । बोगटीले रामराजाप्रसाद सिंहको नाममा सहमति नबनेपछि आफ्नो पार्टीले एमाले नेतृ सहाना प्रधानको नाम राष्ट्रपतिमा अघि सारेको पनि जानकारी दिए । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले माओवादीमा र्सवसत्तावादी चिन्तन कायम रहेकाले दलहरुबीच सहमति हुननसकेको बताए । सेना समायोजनको मुद्धा टुङ्गो नलागी नयाँ सरकार निर्माणको प्रक्रिया सुरु नहुने पनि रिजालको भनाइ थियो । 'छुट्टै सेना राख्ने, कब्जा गरिएको सम्पति फिर्ता नगर्ने, सरकारको नेतृत्व गर्न पनि हतार गर्ने प्रवृति माओवादीमा देखिएको छ' रिजालले भने । नयाँ सरकार गठनमा अभिरुची नभएकाले नै माओवादीले राजनीतिक सहमतिको प्रयत्न नगरेको पनि रिजालले दावी गरे । कार्यक्रमका अर्का वक्ता जनमोर्चा नेता लिलामणि पोखरेलले माओवादी सरकारबाट हटे संविधान निर्माण अवरुद्ध हुनसक्ने चेतावनी दिए भने एमालेका अग्नी खरेलले दलहरुबीच सहमति नबने सबैको भविष्य अध्यारो हुने ठोकुवा गरे । सदभावना महतोका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक पद मधेशीलाई हुनुपर्ने माग राखे ।