News

Jun 17, 2008

युवती बेच्ने सैनिक जवान पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नक्कली विवाहको नाटक गरी युवतीलाई लल्याइफकाई बेच्नका लागि भारतको मुर्म्बई लग्ने तयारी गरिरहेको अवस्थामा नेपाली सेनाका एक जवान पक्राउ परेका छन् । गणेश दत्त भट्टले महेन्द्रनगरबाट प्रेषित गरेको खबरअनुसार सुर्खेतको रक्तकाली गणमा कार्यरत नेपालगञ्ज घर बताउने २३ वषिर्य लालबहादुर नेपालीलाई सुर्खेतकी १९ वषिर्या सरस्वती नेपालीलाई बेच्नका लागि भारत लग्ने तयारी गरिरहेका बेला प्रहरीले उनलाई बसपार्कबाट समातेको हो । साथी संस्था कञ्चनपुरका संयोजक पुष्पराज जोशी तथा प्रहरीका अनुसार उनले आफू रक्तकाली गणमा कार्यरत बताए पनि साथमा कुनै पनि परिचयपत्रहरू पाइएको छैन ।
श्रीमतीसहित दुइ छोराछोरीका बाबु समेत रहेका नेपाली छुट्टीमा घर गएको केही दिनपछि सरस्वतीलाई भगाएर सुर्खेतबाट नेपालगञ्ज पुर्‍याएका थिए । उनले नेपालगञ्जको वानेश्वरी मन्दिरमा लगी सिउँदो भरिदिएका थिए । महेन्द्रनगरको मुख्य नाका गड्डाचौकीबाट नभई छिपेर भारत जान दोधारा-चाँदनीको झोलुङे पुलको बाटो जाने तयारी गरिरहेका बेला एक स्थानीयवासीले शंका लागि साथी संस्थाका प्रतिनिधिलाई खबर गरेको साथी संस्थाकी सावित्री भट्टले बताइन् ।
'महेन्द्रनगर बसपार्कमा आफूलाई बेच्न लगिरहेको थाहा पाएपछि सरस्वती रुन, कराउन थालिन् र अरुको सहारा लिन थालिन्,' साथी संस्था महेन्द्रनगरका संयोजक पुष्पराज जोशीले भने । बेचिनबाट जोगिएकी सरस्वतीले भनिन्, 'उसको बिहे भएको र छोराछोरी पनि भएको मलाई थाहा थियो, तर उसले भारतमै बस्ने, उतै काम गर्ने भनेर बाचा गर्‍यो र बाटोमै सिन्दुर हालिदियो, मेरा कानका रिङ बेचेर उसले पैसा पनि खाइदियो ।'
यसैबीच, साथी संस्थाकै सक्रियतामा कञ्चनपुरको कृष्णपुर गाविस-२ बंककी २२ वषिर्या जयन्ती वादीको पनि उद्दार गरिएको छ । झलारीकी शर्मिला थापाले उनलाई तीस हजारमा साउदी अरब पुर्‍याइदिन्छु भनेर मुर्म्बई हुँदै साउदी पुर्‍याएर अलपत्र पारेको पीडितले बताइन् ।
'राम्रो काम पाइन्छ, बसी-बसी खान पाइन्छ, तलब पनि धेरै हुन्छ,' पीडित जयन्ती र उनका श्रीमान धौले वादीले दलाललाई उद्धृत गर्दै बताए । 'शर्मिला थापा महिला बेच्ने दलाल भएको आफुहरूलाई थाहा भएपनि उसका चिल्ला मिठा कुरामा विश्वास गरी जाँदा हामीले एक वर्षो बच्चा पनि गुमायौं,' उनीहरूले एकै स्वरमा भने । शर्मिलाले मुर्म्बईमा रहेका सुनिल थापा र बिरु जोशीमार्फ जयन्तीलाई साउदी अरब पुर्‍याएकी थिइन् । 'पासपोर्ट पनि उनीहरूले नै बनाई दिए, १२/१३ दिन मुर्म्बई बसी मलाई साउदी पुर्‍याइयो,' पीडितले आँशु पुछ्दै भनिन्, 'भाडा धुने, झाडु लगाउने र फोहर सफा गर्ने काम बाहेक अरु केहीपनि पाइएन । पेटभरी खान पनि पाइएन ।'
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पीडितले गरिबीका कारण आफूलाई लोभ्याएर शारीरिक र मानसिक यातना दिएको बताइन् । उनका अनुसार दलालहरू सुनिल थापा बाजुरा घर भई कैलाली चौमाला बस्दै आएको र विरु जोशी पनि चौमाला निवासी हो । हाल दुबै जना नेपालीहरूलाई साउदी अरब पुर्‍याउने शर्मिलाका एजेन्टका रुपमा मुर्म्बईमा बस्दै आएका छन् । मुर्म्बईमा एक कोठा भाडामा लिई शर्मिला, सुनिल र विरुले १८ जना महिलाहरूलाई राखेको पीडित जयन्तीले बताइन् । जयन्तीसँगै गएका ४ जना महिलाहरू मध्ये उनीलगायत २ जना घर फिर्ता हुन सफल भएका छन् भने अन्य २ जना अझै बेपत्ता छन् । तीनै जना दलालहरूले ७० हजार अग्रिम बुक गरी प्रति महिना ४ हजारका दरले कोठा भाडा तिरिरहेका उनले बताइन् ।

No comments: