News

Sep 28, 2012

आफ्ना कार्यकर्ता पक्राउको विरोधमा चितवन बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतीय नम्बर प्लेटका सवारीसाधनलाई रोक लगाउन बसेका आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा नेकपा-माओवादीले आज चितवन जिल्ला बन्द गराएका छन् । बन्दका कारण बिहानैदेखि लामो र छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, शैक्षिक संस्था, कलकारखानालगायत ठप्प रहेका छन् । नेकपा-माओवादीका कार्यकर्ताहरु बिहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । त्यस्तै बन्दको समयमा विद्यालय सञ्चालन गरेको भन्दै -माओवादीका कार्यकर्ताहरुले पूर्वी चितवनको पिठुवामा रहेको जनजागृति उच्चमाविमा आज बिहान तोडफोड गरेका छन् । चार जनाको समूहमा आएका बन्दकर्ताहरुले विद्यालयमा तोडफोड गर्नुका साथै महत्वपूर्ण कागपत्रहरु समेत च्यातिदिएको बताइएको छ । बन्दकर्ताको आग्रहपछि विद्यालय बन्द गर्ने तयारी भइरहेको बेला उनीहरुले एक्कासि विद्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । भारतीय नम्बर प्लेटका सवारीसाधनलाई रोक लगाउन बसेका आफ्ना १३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपा–माओवादीले चितवन बन्द गराएका हुन् ।

सीता एयरको विमान काठमाडौमा दुर्घटना, १९ जनाको मृत्‍यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाण्डौँबाट लुक्लाको लागी उडेको सीता एयरको विमान त्रिभुवन विमानस्थल नजिकै पेप्सीकोलाको सुकुम्बासी बस्तिमा आज विहान दुर्घटना हुँदा त्यसमा रहेका १९ जना सबैको मृत्यु भएको छ । विमानस्थलबाट उडे लगत्तै खरावी उत्पन्न भएर विमान पड्किएर भुईमा खसेको थियो । विमानमा १२ विदेशी, ३ नेपाली यात्रु र ३ चालक दलका सदस्य गरी १९ जना रहेको सीता एयरको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा १९ जना सवार रहेको बताईएपनि पुष्टि हुन सकेको छैन । विमान उडेको ५ मिनेट भित्रै आगो लागेको र चालकले सुरक्षित अबतरण गराउने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । शब चिन्नै नसकिने अवस्थामा रहेको छ । मृतकको नाम खुल्न सकेको छैन् । उद्वार कार्य जारी रहेको । दुर्घट्ना कसरी भयो भन्ने अझै खुल्न सकेको छैन् । विमान खस्ने बित्तिकै विस्फोटको ठूलो आवाज सुनिएको स्थानीय वासिन्दाले बताएका छन् ।

Sep 27, 2012

वैद्य माओवादीद्वारा सात युवतीको उद्दार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ललितपुर, आश्विन ११ - वैदेशिक रोजगारीमा पठाउने भनी ठगिएका सात युवतीलाई उद्दार गरी मोहन वैद्य समूहको नेकपा-माओवादी ले ललितपुर प्रहरीको जिम्मा लगाएको छ । बाँके, ओखलढुंगा, धरान लगायतका क्षेत्रबाट युवतीहरुलाई निःशुल्क बैदेशिक रोजगारीमा पठाउने भनी गिरोहले युवतीलाई नियन्त्रणमा लिएको सूचना पाएपछि माओवादी कार्यकर्ताहरुले बालाजुको मनमैजुस्थित एक फ्याटबाट उद्दार गरी कुपण्डोल ल्याएका थिए । ठगीमा संलग्न गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जयनगर ५ का चन्द्रबहादुर खत्री रहेको ललितपुर प्रहरी परिसरका एसपी बसन्त पन्तले बताए । बालाजुबाट उनीहरुलाई उद्दार गरिएकाले प्रहरीले पीडितहरुलाई प्रमाण सहित बालाजु प्रहरी वृत्तमा बुझाएको छ । पीडितहरुले आफूहरुलाई यौनशोषण गरेको आरोप लगाएका छन् । उद्दार हुने अधिकांश १७ देखि २४ वर्षका रहेको प्रहरीले जनायो ।

जलवायु परिवर्तनबाट १० करोड मानिसले ज्यान गुमाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जलवायु परिवर्तनका कारण सन् २०३० सम्ममा विश्वमा १० करोड मानिसको ज्यान जाने तथा विश्वको कुल गाह्रस्थ उत्पादनमा ३.२ प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको दर यहीँ रहेमा सन् २०३० सम्ममा गरीब देशहरुको गाह्रस्थ उत्पादनमा ११ प्रतिशत भन्दा बढिले कमी आउने डरलाग्दो तथ्य समेत सार्वजनिक भएको छ । जलवायु परिवर्तनबाट प्रभावित विभिन्न २० विकाशशील देश सम्मिलित डारा नामक मानवतावादी संगठले गरेको अध्ययनले जलवायु परिवर्तन न्युनिकरण तथा यसका असरसँग जुध्ने सक्षमता वृद्धि नभएमा जलवायु परिवर्तनका नकारात्मक असरबाट विश्वले ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिएको हो । जलवायु परिवर्तन तथा उष्ण्िाकरका कारण हुने हिमगलन, प्रतिकुल मौसम, समुद्रको सतहमा वृद्धि तथा सुख्खा खडेरी जस्ता घटनामा अझै वृद्धि हुने र यसले धनजनमा ठूलो क्षति पूराउने ठहर डाराको छ । संगठनका अनुसार अहिले विश्वमा वायु प्रदुषणका कारण वर्षेनी ५० लाख जनाको मृत्यु हुने गरेको र जलवायु परिवर्तनको दर बढ्दै जाँदा सन् २०३० सम्ममा यो संख्या ६० लाख पुग्नेछ । यो मध्ये ९० प्रतिशत मृत्यु विकाशशील देशमा हुने गरेको छ । जलवायु परिवर्तनको असर गरीब देशहरुलाई निकै धेरै पर्ने गरेको छ । जलवायु परिवर्तनका कारण सिर्जित पानी संकट, खडेरी, कृषि उत्पादनमा कमी, गरिबी तथा रोग जस्ता कारणहरुबाट गरिब देश झनै गरीब बन्ने खतरा रहेको विज्ञहरुको भनाइ छ ।

गुगलले चीनमा गीत डाउनलोड सेवा बन्द गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एजेन्सी, आश्विन ७ - गुगलले चीनमा गीत डाउनलोड सेवा बन्द गर्ने भएको छ । सेन्सरसिप र कम्प्युटर हृयाकिङ्गको विवादका कारण दुई वर्ष अघि नै सर्च इन्जिन बन्द गरेको थियो । आफुले चाहेजस्तो बजारमा असर देखाउन नसकेपछि गुगलले गित डाउनलोड सेवा अक्टोबर १९ देखि बन्द गर्ने भएको हो । चीनको इन्टरनेट एड्रेस भएका कम्प्युटरमा मात्र उपलब्ध रहेकेा डाउनलोड सेवा पाइरेट साइटको विकल्पको रुपमा स्थापित गरिएको थियो । उक्त सेवाले लाइसेन्स विना अनियन्त्रित रुपमा भएको कपीका कारण आफ्नो सेल्स गुमाएका विश्व तथा चिनीया कम्पनीसंग विज्ञापन राजस्व बढाएको थियो । गुगलको ब्लगमा उक्त सेवाले अन्यको तुलनामा खासै फरक पार्न नसकेपछि अन्य उत्पादनमा लगानी गर्ने निर्णय गरेको जनाएको छ । गुगलका प्रवक्ताका अनुसार चीनको र्सच बजारमा गुगलको सेयर घटेपनि उसले चियिा ग्राहकका लागि ग्लोबल साइट मार्फत ब्यापार गरिरहेको छ । गुगलको एन्ड्रोइड मोबाइल सन्चालन प्राणली चीनमा धेरै प्रयोगमा आएको छ । माउन्टेन भ्यु क्यालिफोर्नियामा रहेको गुगल कम्पनीले सन् २०१० मा हृयाकिङ्गका कारण बेइजिङ्गले लगाएको इन्टरनेट सेन्सरसिपसंग आफुले समन्वय गर्न नसक्ने बताउदै सर्च इन्जिन बन्द गरेको थियो ।

गद्धाफीको मृत्युपछि कयौँ रहस्यको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिबियाका पूर्व तानाशाह शासक मुअम्मर गद्धाफीको मृत्युपछि कयौँ रहस्य बाहिर आएको छ । गद्धाफीले युवतीहरुलाई अपहरण गरी बलजबस्ती यौनसम्बन्ध राख्ने गरेको रहस्य खुलेको छ । यस्तो गर्न अस्वीकार गर्ने युवतीलाई उनले कष्ट दिने गरेका थिए । गद्धाफीबारे यो नयाँ जानकारी एक किताबमा दिइएको छ । उक्त किताब फ्रान्सका एक रिपोर्टर एनिक कोजनले लेखेका हुन् । तानाशाहको कैदमा परेका युवतीहरुसँग सोधपुछ गरी यो किताब तयार गरिएको हो । किताबमा १५ वर्षीय सोरायाबारे पनि लेखिएको छ । विद्यालय भ्रमणमा आएका गद्धाफीलाई विद्यार्थी सोरायाले फूल दिएकी थिइन् । त्यसपछि उनको जीवन नर्क भयो । त्यसपछि गद्धाफीले ती किशोरीलाई अपहरण गरेर लगे र बलजफ्ती यौनसम्बन्ध राख्न थाले ।

१६ विपक्षी दलले सोमबार सरकार विरुद्ध गर्ने आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली कांग्रेस, नेकपा एमाले लगायत १६ विपक्षी दलले सोमबार सरकार विरुद्ध गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । बिहिबार एमाले पार्टी कार्यालय बल्खुमा बसेको १६ दलको बैठकले केही विषयमा गृहकार्य बाँकी रहेकाले सोमबार मात्र सरकार विरुद्धको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । विपक्षी दलले १५ गते राजधानीमा पत्रकार सम्मेलन गरी सरकार विरोधी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् । आजको बैठकमा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादी लगायतका १६ दलका शीर्ष नेताको सहभागिता थियो । आजको बैठकपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको भए पनि विपक्षी दलहरुले गृहकार्य नपुगेको भन्दै आन्दोलनका कार्यक्रम सोमबार मात्र सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।