News

Sep 27, 2012

वैद्य माओवादीद्वारा सात युवतीको उद्दार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ललितपुर, आश्विन ११ - वैदेशिक रोजगारीमा पठाउने भनी ठगिएका सात युवतीलाई उद्दार गरी मोहन वैद्य समूहको नेकपा-माओवादी ले ललितपुर प्रहरीको जिम्मा लगाएको छ । बाँके, ओखलढुंगा, धरान लगायतका क्षेत्रबाट युवतीहरुलाई निःशुल्क बैदेशिक रोजगारीमा पठाउने भनी गिरोहले युवतीलाई नियन्त्रणमा लिएको सूचना पाएपछि माओवादी कार्यकर्ताहरुले बालाजुको मनमैजुस्थित एक फ्याटबाट उद्दार गरी कुपण्डोल ल्याएका थिए । ठगीमा संलग्न गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जयनगर ५ का चन्द्रबहादुर खत्री रहेको ललितपुर प्रहरी परिसरका एसपी बसन्त पन्तले बताए । बालाजुबाट उनीहरुलाई उद्दार गरिएकाले प्रहरीले पीडितहरुलाई प्रमाण सहित बालाजु प्रहरी वृत्तमा बुझाएको छ । पीडितहरुले आफूहरुलाई यौनशोषण गरेको आरोप लगाएका छन् । उद्दार हुने अधिकांश १७ देखि २४ वर्षका रहेको प्रहरीले जनायो ।

No comments: