News

Sep 28, 2012

आफ्ना कार्यकर्ता पक्राउको विरोधमा चितवन बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतीय नम्बर प्लेटका सवारीसाधनलाई रोक लगाउन बसेका आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा नेकपा-माओवादीले आज चितवन जिल्ला बन्द गराएका छन् । बन्दका कारण बिहानैदेखि लामो र छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, शैक्षिक संस्था, कलकारखानालगायत ठप्प रहेका छन् । नेकपा-माओवादीका कार्यकर्ताहरु बिहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । त्यस्तै बन्दको समयमा विद्यालय सञ्चालन गरेको भन्दै -माओवादीका कार्यकर्ताहरुले पूर्वी चितवनको पिठुवामा रहेको जनजागृति उच्चमाविमा आज बिहान तोडफोड गरेका छन् । चार जनाको समूहमा आएका बन्दकर्ताहरुले विद्यालयमा तोडफोड गर्नुका साथै महत्वपूर्ण कागपत्रहरु समेत च्यातिदिएको बताइएको छ । बन्दकर्ताको आग्रहपछि विद्यालय बन्द गर्ने तयारी भइरहेको बेला उनीहरुले एक्कासि विद्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । भारतीय नम्बर प्लेटका सवारीसाधनलाई रोक लगाउन बसेका आफ्ना १३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपा–माओवादीले चितवन बन्द गराएका हुन् ।

No comments: