लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाण्डौँबाट लुक्लाको लागी उडेको सीता एयरको विमान त्रिभुवन विमानस्थल नजिकै पेप्सीकोलाको सुकुम्बासी बस्तिमा आज विहान दुर्घटना हुँदा त्यसमा रहेका १९ जना सबैको मृत्यु भएको छ । विमानस्थलबाट उडे लगत्तै खरावी उत्पन्न भएर विमान पड्किएर भुईमा खसेको थियो । विमानमा १२ विदेशी, ३ नेपाली यात्रु र ३ चालक दलका सदस्य गरी १९ जना रहेको सीता एयरको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा १९ जना सवार रहेको बताईएपनि पुष्टि हुन सकेको छैन ।
विमान उडेको ५ मिनेट भित्रै आगो लागेको र चालकले सुरक्षित अबतरण गराउने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । शब चिन्नै नसकिने अवस्थामा रहेको छ । मृतकको नाम खुल्न सकेको छैन् ।
उद्वार कार्य जारी रहेको । दुर्घट्ना कसरी भयो भन्ने अझै खुल्न सकेको छैन् । विमान खस्ने बित्तिकै विस्फोटको ठूलो आवाज सुनिएको स्थानीय वासिन्दाले बताएका छन् ।
No comments:
Post a Comment