News

May 5, 2013

भोकमरीका कारण सोमालियामा २ लाख ६० हजारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रसंघको एक प्रतिवेदन अनुसार भोकमरीका कारण सोमालियामा २ लाख ६० हजारको मृत्यु भएको छ। राष्ट्रसंघको प्रतिवेदन अनुसार भोकमरीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीका कारण लाखौँ मानिसको मृत्यु हुदा समेत केही गर्न नसकेको उल्लेख गरिएको छ । खाद्यान्नको संकटका कारण त्यहाँ अधिकांश बालबालिकाको मृत्यु भएको उल्लेख गरिएको छ । सन् २०१०–२०१२ को खाद्य संकटका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको उल्लेख गरिएको छ । सोमालियामा यस अघि सन् १९९२ मा भएको भोकमरीका कारण २ लाख २० हजारको मृत्यु भएको थियो । त्यसपछि भने सन् २०१०–१२ को अवधिमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो । राष्ट्र संघको प्रतिवेदनमा सन् २०१० मा भोकमरीको महामारी फैलिएको थाहा पाएर पनि उचित व्यवस्थापन गर्न नसक्दै धेरै मानिसको मृत्यु भएको स्वीकार गरिएको छ । राष्ट्रसंघको खाद्य तथा कृषि संगठन तथा अमेरिकी सहयोगमा सञ्चालित भोकमरीसम्बन्धी पूर्वचेतावनी प्रणाली सञ्जालले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनले सोमालियामा दुई वर्षको अवधिमा दुई लाख बढीको मृत्यु भएको तथ्याङक सार्वजनिक गरेको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार ५ वर्षमुनिका १ लाख ३३ हजार बालबालिकाको मृत्यु भएको छ ।

मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रेस-विज्ञप्ति

मिति २०७०|०१| २० 
 बैशाख २१ गतेदेखि अनिश्चितकालीन लिम्बुवान बन्द आब्हानको प्रेस-विज्ञप्ति: 
चार दलले पहिचानसहितको संघीय गणतन्त्र धर्मनिरापेक्ष्य नेपाललाई उल्टाएर ०४७ सालको संविधान लागूगर्ने वातावरण तयार गर्न चैत्र १ गते असंवैधानिक कदम चालेका छन् | यस कदमको बिरुद्धमा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल सुरुदेखि नै आन्दोलित छौं | यही असंवैधानिक कदमको आडमा निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली र गृह मन्त्रालयले जन्मको आधारमा बितरण गरिएको नागरिकतालाई बंशजको आधारमा वितरण गर्दैछ | यी दुवै कार्यहरु असंवैधानिक छन् र यो संकलन र वितरण प्रक्रिया तुरुन्त रोकिनुपर्छ भनी यस परिषदले आन्दोलन तेज गरेको छ | यसैक्रममा आज बैशाख २० गते धनकुटा, पान्थर र मोरङको सिमाना जोडिएको छ नं. बुधबारेमा ''फोटोसहितको मतदाता नामावली संकलन रोकिनुपर्छ'' भनेर शान्तिपूर्ण आवाज उठारहेका मंच सम्बद्ध स. लि. रा. प. का नेता, कार्यकर्ताहरुमाथि एकात्मक प्रशासनले अमानवीयरुपले दमन गरेको छ | प्रहरीको दमनमा परी के. स. सुकबहादुर थेगिम, एलभी कमान्डर अग्नि पन्धाक गम्भीर घाइते हुनुभएको छ | सोही ठाउंबाट सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ, के. स. सुकबहादुर थेगिम, एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुङ, एल भी कमान्डर अग्नि पन्धाक, इलाम बाँझो गा. बि. स. अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अदक्ष्य नेल्कन माखिम, पान्थर जि. स. खाम्बेक आङदेम्बेलाई प्रहरीले पक्राउ गरी अत्यन्त दुर्ब्यबहार गरेको छ | त्यसमध्ये सुकबहादुर थेगिम र अग्नि पन्धाकलाई सम्बेदनशील अंगमा सशस्त्र प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् | एकात्मक सशस्त्र प्रहरीको दानवीय कुकृत्यको भन्डाफोर गर्दै घाइतेहरुको सीघ्र उपचार र गिरफ्तार नेताहरुको विनाशर्त तत्काल रिहाईको माग गर्दछौं| पक्राउ परेका नेताहरुको विनाशर्त रिहाई नभइन्जेल र अवैधानिक नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलन नरोकिन्जेलसम्म भोलि बैशाख २१ गतेदेखि अरुण–सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ | सदाझैँ लिम्बुवानका सम्पूर्ण जनताहरु एकात्मकताको बिरुद्ध र संघीय लिम्बुवानको पक्षमा सडकमा ओर्लन अनुरोध गर्दछौं | जय लिम्बुवान ! संघीय अभिभादन !
 ............ 
कुमार लिङ्देन 'मिराक' 
के. अध्यक्ष मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद 
केन्द्रीय कार्य समिति लिम्बुवान, नेपाल

हङकङमा धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक सौगात सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ रविन लिङदेन, 
हङकङ, २९ अप्रिल । धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक उत्सव सौगात आइतवार जोर्डनमा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम आइतवार हुने धारावाहिक साझा साहित्य श्रङखलाको वाह्रौं श्रङखला अर्थात एक वर्ष पुगेको अवसरमा वार्षिक उत्सव सौगात कार्यक्रम भएको थियो । कवि चन्द्र मादेन आन्छनको संयोजकमा रहेको धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक उत्सवको अवसरमा नेतृत्व परिवर्तन भई टोप वाहादुर याख्खाको हातमा गएको छ । ‘नेतृत्व एउटै ब्यक्तिले ओगटि रहनु नहुने, दोश्रो पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने’ कार्यक्रममा वोल्दै कवि आन्छनले आफ्नो नेतृत्व कवि याख्खालाई सुम्पेका थिए । कवयत्रि पुर्णिमा शाहा, सान्ता पन्धाक, गीता पालुङवा, कवि त्रिभुवन लुङफङवा, डि. वि. पालुङवा, टोप वहादुर याख्खा, आसिष साम्पाङ, विष्णु इङनाम, वल्लव रोक्का, हेम थापा, राज तामाङ, चन्द्र मादेन लगायत एक दर्जन भन्दा वढि हङकङका कवि, कवयत्रिले कार्यक्रमको दोश्रो चरणमा आ–आफ्नो कविता वाचन गरेका थिए । चित्रकारले विभिन्न रंग भरेर आर्कशक र महङगो चित्र वनाएझैं कवितामा पनि विभिन्न रंग भरिएको हुनु पर्ने, संख्यात्मक भन्दा गुणत्मक हुनु पर्ने भन्दै कवि दाजु गुरुङले दोश्रो चरणमा भएको कविता वाचन कार्यक्रमको समिक्षा गरेका थिए । औपचारिक कार्यक्रम र कविता वाचन गरि दुई चरणमा भएको “धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक सौगात” कार्यक्रम कवयत्रि पुर्णिमा शाहाले संचालन गरेका थिए । उक्त कार्यक्रममा वालकलाकार निङवा सक्ति मादेनले भाइलुन वजाएर मनोरञ्जन दिलाएका थिए भने भैरवी सिंहले नृत्य प्रस्तुत गरेकी थिइन । वार्षिक सौगात कार्यक्रमका प्रमुख अतिथि नेपाली महासंघको सल्लाहकार हेम लिम्बु, विशेष अतिथिमा महासंघको सचिव तथा नेपाली आर्टस एण्ड कल्चर्सका अध्यक्ष नन्द चङसु, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्हाम्फे, संखुवा सभा समाजका अध्यक्ष प्रेम कोरुङगी लगायतका वक्ताहरुले औपचारिक कार्यक्रममा आ–आफ्नो मन्तब्य राखेका थिए । वरिष्ठ संगितकार दिनेश सुब्बा, चन्द्र दुमि लगायत विधिन्न संघ–सस्था तथा संचारकर्मीहरुलाई कार्यक्रममा आसन ग्रहण गराएको थियो ।

धनकुटाको छ नं. बुधबारेमा लिम्बुवान र एकात्मक प्रशासनबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिम्बुवान, बैशाख २० । एकात्मक कर्मचारी सरकार र प्रशासनले विदेशी दलाल र ४ दलीय सिण्डिकेटको निर्देशनमा पूर्वराजा ज्ञानेन्द्रशैलीको कथित चुनाव गराउन जनतालाई औषधी र नागरिकताको प्रलोभन देखाउँदै जबर्जस्त मतदाता नामावली सङ्कलन गर्नेक्रम्मा धनकुटाको छ नं. बुधबारेमा प्रशासन र लिम्बुवानबीचमा आज झडप भएको छ । पहिचानसहितको संघीयता र लिम्बुवान स्वायत्तताका लागि विगतदेखि नै आन्दोलनरत् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यो एकात्मक र अवैधानिक कर्मचारी सरकारलाई लिम्बुवानमा कथित चुनावलको लागि कुनै तयारी नगर्न र पहिले निर्वाचन आयोगले र सरकारले लिम्बुवानसँग गरेको सम्झौता पूरा नगरी कुनै पनि तवरले चुनावी गतिविधि नगर्न पटक पटक आग्रह गरेको थियो । मञ्चसम्बद्ध लिम्बुवानको यो राजनीतिक आग्रहलाई बेवास्ता गर्दै मोरङ, पान्थर र धनकुटाको मध्यक्षेत्र छ नं. बुधबारेमा बैशाख १९ गतेबाट सहायक प्रमुख जिल्ला अधिकारी र सयौंको सङ्ख्यामा प्रहरी तैनाथ गरेर चुनावी तयारीको कार्य सुरुगरेको थियो । एकात्मक प्रशासनको कथित चुनावी तयारीको कार्यलाई राजनीतिक रुपमा रोक्न स्थानीय कार्यकर्तासहित १९ गते लिम्बुवानका एलभी कमिश्नर प्रेम थाम्सुहाङको नेतृत्वमा छ नं. बुधबारेमा लिम्बुवानका कार्यकर्ताहरु जुटेका थिए । पहिले प्रशासनलाई लिम्बुवान र ३३ दलीय आन्दोलनकारी मोर्चाको समेत यो कार्य नगर्न माग रहेको जानकारी गराउँदा पनि अटेर गरी प्रशासनले जबर्जस्त गरी पेल्न थालेपछि दोहोरो झडप भएको लिम्बुवान अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान, नेपाललाई बताउनु भएको छ । एकात्मक कदमलाई रोक्ने क्रम्मा प्रशासनले दमन गरेपछि दोहोरो झडपको स्थिति बनेको बताइको छ । झडपमा एकात्मक प्रशासनले लिम्बुवानका केन्द्रीय सदस्य सुकबहादुर थेगिम लिम्बूलाई गम्भीर घाइते हुने गरी कुटेको खबर छ । एकात्मक कदमलाई रोक्नेक्रममा आज धनकुटाको छ नं. बुधबारेबाट लिम्बुवानका सचिवालय सदस्य तथा एलभी कमिश्नर प्रेम थाम्सुहाङसहित, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभी सिनियर उपकमाण्डर मुक्साम लाबुङ, इलाम बाँझो गाउँ अध्यक्ष राजन साम्बा, एलभी फिल्ड कमाण्डर अग्नि फियाक, मिक्लुक थुम अध्यक्ष नेलकन माखिम, दुर्दिम्बा गाउँ अध्यक्ष दलबहादुर तामाङ र पान्थर जिल्ला सदस्य खाम्बेक आङ्देम्बे गरी ८ जनालाई प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । एकात्मक कर्मचारी सरकार र प्रशासनको ज्यादतीको मुकविला गर्न लिम्बुवानको सबै जिल्ला र थुमबाट कार्यकर्ताहरु धनकुटाको छ नं. बुधबारेतर्फ जान निर्देशन गरेको छ । घट्नास्थल जानेक्रम जारी रहेको लिम्बुावन केन्द्रीय अध्यक्ष मिराक लिङ्देनले बताउनु भएको छ । लिम्बुवानका कार्यकर्ताहरुलाई घट्नास्थलतर्फ जानलाई रोक्नको लागि सशस्त्र प्रहरीहरू जङ्गल र बाटोमा तैनाथ गरिएको छ । यो एकात्मक कदम र प्रशासनिक दमनलाई अविलम्ब रोकेर गिरफ्तार गरिएका लिम्बुवानका नेता तथा कार्यकर्ताहरुलाई विनासर्त तुरुन्त रिहाई नगरे भोलि बैशाख २१ गतेदेखि अनिश्चितकालको लागि अरुणपूर्व लिम्बुवान बन्द गर्न बाध्य हुनेसमेत लिम्बुवान केन्द्रमा सल्लाह भइरहेको अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले बताउनु भएको छ । - लिम्बुवान नेपाल

Apr 26, 2013

जहाज खरिद सम्झौता वार्ता सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र युरोपेली जहाज निर्माता कम्पनी एयरबसबीच बिहीबारबाट 'जहाज खरिद सम्झौता' वार्ता सुरु भएको छ। वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज किन्न प्रतिबद्धता रकम (बैना) पठाएपछि एयरबसका उच्च अधिकारीहरू खरिद सम्झौता गर्न काठमाडौं आएका हुन्। एयरबस टोली वार्ता गर्न बुधबार काठमाडौं आएको हो। एयरबसका सिनियर सेल्स डाइरेक्टर शील शुक्लाको नेतृत्वमा आएको उक्त टोलीमा सेल्स कन्ट्याक्ट्स डाइरेक्टर रोव गर्डन सहभागी छन्। गत चैत २३ गते दुवै कम्पनीबीच भएको जहाज खरिद समझदारीमा एयरबसका तर्फबाट यिनै दुईजनाले हस्ताक्षर गरेका थिए। जहाज बेच्नै भनेर शुक्ला यअअघि करिब तीन दर्जन पटक नेपाल आइसकेका छन्। 'निगम र एयरबसबीच जहाज खरिद सम्झौता गर्न वार्ता सुरु भएको छ,' निगमका प्रवक्ता तथा कर्पोरेट डाइरेक्टर गणेशबहादुर चन्दले बिहीबार नागरिकसँग भने, 'वार्ता अझै केही दिन चल्नेछ।' वार्तामा निगमका अधिकारीहरू एयरबसबाट जहाज खरिद गर्दा संस्थाका लागि कसरी बढिभन्दा बढी सुविधा र फाइदा लिने भन्नेमा केन्द्रित रहेको चन्दले जानकारी दिए। जहाज खरिद समझदारीमा हस्ताक्षर भएको केही दिनभित्रै एयरबसलाई बैना पठाउने भनिए पनि निगमले तीन साता ढिलो पठाएको थियो। 'वार्ता सकारात्मक तरिकामा अगाडि बढेको छ,' चन्दले भने, 'केही दिनभित्रै सकारात्मक नतिजासहित टुंगोमा पुग्छौं।' खरिद सम्झौताकै लागि वार्ता सुरु भएकाले अब भने नयाँ जहाज आउनेमा कुनै शंका बाँकी नरहेको उनको भनाइ छ। कर्मचारी सञ्चय कोषले वैशाख ७ मा निगमलाई दुईवटा जहाज किन्न आवश्यक १५ करोड अमेरिकी डलर (१३ अर्ब ५ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएपछि निगम त्यसपछिका कामकारबाहीका लागि तीव्र गतिमा अगाडि बढेको हो। लगत्तै भोलिपल्ट वैशाख ८ मा निगमले एयरबसलाई ५ लाख अमेरिकी डलर ((४ करोड ३५ लाख रुपैयाँ) बैना पठाएको थियो। बैना हात परेको तेस्रो दिनमै एयरबसका उच्च अधिकारीहरू जहाज खरिद सम्झौता गर्न यहाँ आएका हुन्। जहाजमा लगानी गर्न आफू तयार रहेको भन्दै सञ्चय कोषले आशयपत्र पठाएपछि निगम व्यवस्थापनलाई बैना पठाउने बाटो खुलेको थियो। अर्थ मन्त्रालयले निगमका तर्फबाट जमानी बस्न आफू तयार रहेको भन्दै निगमलाई ऋण दिन निर्देशन दिएपछि सञ्चय कोष लगानी गर्न सहमत भएको थियो। अर्थले निगमलाई जहाज किन्न आवश्यक १३ अर्ब रुपैयाँका लागि जमानी बसिदिन आफू तयार रहेको बेहोराको पत्र त्यसअघि नै निगम व्यवस्थापनलाई पठाएको थियो। निगमसँग सञ्चय कोषबाहेक नेपाली सेना, नेपाल प्रहरी, नागरिक लगानी कोष, विभिन्न वाणिज्य बैंकहरूको सहवित्तीयकरण (कन्सोर्टियम) लगायत विकल्प पनि थिए। तर, निगमले भने सञ्चय कोषलाई पहिलो प्राथमिकतामा राखेको थियो। निगम र एयरबसबीच गत चैत २३ मा भएको समझदारीअनुसार बैना पठाएको एक महिनाभित्र जहाज खरिद सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। त्यसैलाई पछ्याउँदै एयरबस टोली आएको हो। उता सञ्चय कोषले पठाएको आशयपत्रमा भने आगामी ६ महिनाभित्र दुवै संस्थाबीच ऋण सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। आशयपत्रमा ऋणको ब्याज, चुक्ता प्रक्रिया र सेवाबारे केही पनि उल्लेख गरिएको छैन। यसबारे दुवै संस्थाले छलफल गरी आउने ६ महिनाभित्र टुंगो लगाइसक्नुपर्छ। दुवै कम्पनीबीच करिब पाँच वर्ष (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सहमति भएको छ। निगमले अहिले किन्न लागेको जहाज एयरबस ए३२०–२०० सिरिजको हो। यसमा १ सय ५० सिट हुन्छ। यो 'न्यारो बडी' जहाज हो। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।

सिरियाको एक विमानस्थल विद्रोहीको कब्जामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सिरियाको विद्रोही समूहले सिरियणको पश्चिमी मागमा रहेको एक विमानस्थल आफ्नो कब्जामा लिएका छन्। सिरियाको पश्चिमी भू–भागमा रहेको विमानस्थल विद्रोहीहरुले आफ्नो कब्जामा रहेको बताएका हुन् । सिरियाली सैनिकको नियन्त्रणमा रहेको भनिएको विमानस्थललाई विद्रोहीहरुले आफ्नो कब्जामा भएको बताएका हुन् । विद्रोहीहरुले उक्त विमानस्थल कब्जा गरेको कुरा सिरियाली आन्दोलनको अनुगमनमा सक्रिय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले समेत पुष्टि गरेको समाचार संस्थाले उल्लेख गरेका छन् । विद्रोहीहरुले विमानस्थलको सुरक्षामा खटिएका १३ जना सैनिकलाई कब्जामा लिइसकेको समेत बताएका छन् । विद्रोहीहरुले विमानस्थल कब्जामा लिएको बताएपनि विद्रोही र सरकारी सेनाका बीचमा भिसड भिडन्तहरु जारी रहेको समाचार संस्थाहरुमा उल्लेख गरिएको छ । सिरियामा जारी हिंसालाई चाडोभन्दा चाडो समाधान गर्नुपर्नेमा राष्ट्रसंघका महासचिव वानकी मुनले आग्रह गरेका छन् ।

बंगलादेशामा भवन भत्कदा मृत्यु हुनेको संख्या २७३

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बंगलादेशको राजधानी ढाकामा भत्किएको भवनमा पुरिएर मृत्यु हुनेको संख्या २७३ पुगेको छ। शुक्रबार बिहानसम्ममा भवनले पुरिएर मृत्यु हुनेको संख्या २७३ पुगेको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । तयारी पोशाक उत्पादन गर्दै आएको आठतले भवन बुधबार भत्किएको हो । समाचार संस्थाहरुले बिहिबारसम्ममा १९५ जनाको शव निकालेको उल्लेख गरेका छन् । भवनभित्र पुरिएका शव निकाल्ने काम जारी भएको भए पनि अब जिउँदो मानिस निकाल्ने सम्भावना घट्दै गएको बताइएको छ । बंगलादेशमा यस अघि गत नोभेम्बर महिनामा समेत तयारी पोशाक उत्पादन गर्ने एक कारखानामा आगलागी हुँदा ११२ को मृत्यु भएको थियो । बंगलादेशमा यस्ता दुर्घटना पटक पटक दोहोरिदै आएको विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।