News

May 5, 2013

हङकङमा धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक सौगात सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ रविन लिङदेन, 
हङकङ, २९ अप्रिल । धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक उत्सव सौगात आइतवार जोर्डनमा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम आइतवार हुने धारावाहिक साझा साहित्य श्रङखलाको वाह्रौं श्रङखला अर्थात एक वर्ष पुगेको अवसरमा वार्षिक उत्सव सौगात कार्यक्रम भएको थियो । कवि चन्द्र मादेन आन्छनको संयोजकमा रहेको धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक उत्सवको अवसरमा नेतृत्व परिवर्तन भई टोप वाहादुर याख्खाको हातमा गएको छ । ‘नेतृत्व एउटै ब्यक्तिले ओगटि रहनु नहुने, दोश्रो पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने’ कार्यक्रममा वोल्दै कवि आन्छनले आफ्नो नेतृत्व कवि याख्खालाई सुम्पेका थिए । कवयत्रि पुर्णिमा शाहा, सान्ता पन्धाक, गीता पालुङवा, कवि त्रिभुवन लुङफङवा, डि. वि. पालुङवा, टोप वहादुर याख्खा, आसिष साम्पाङ, विष्णु इङनाम, वल्लव रोक्का, हेम थापा, राज तामाङ, चन्द्र मादेन लगायत एक दर्जन भन्दा वढि हङकङका कवि, कवयत्रिले कार्यक्रमको दोश्रो चरणमा आ–आफ्नो कविता वाचन गरेका थिए । चित्रकारले विभिन्न रंग भरेर आर्कशक र महङगो चित्र वनाएझैं कवितामा पनि विभिन्न रंग भरिएको हुनु पर्ने, संख्यात्मक भन्दा गुणत्मक हुनु पर्ने भन्दै कवि दाजु गुरुङले दोश्रो चरणमा भएको कविता वाचन कार्यक्रमको समिक्षा गरेका थिए । औपचारिक कार्यक्रम र कविता वाचन गरि दुई चरणमा भएको “धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक सौगात” कार्यक्रम कवयत्रि पुर्णिमा शाहाले संचालन गरेका थिए । उक्त कार्यक्रममा वालकलाकार निङवा सक्ति मादेनले भाइलुन वजाएर मनोरञ्जन दिलाएका थिए भने भैरवी सिंहले नृत्य प्रस्तुत गरेकी थिइन । वार्षिक सौगात कार्यक्रमका प्रमुख अतिथि नेपाली महासंघको सल्लाहकार हेम लिम्बु, विशेष अतिथिमा महासंघको सचिव तथा नेपाली आर्टस एण्ड कल्चर्सका अध्यक्ष नन्द चङसु, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्हाम्फे, संखुवा सभा समाजका अध्यक्ष प्रेम कोरुङगी लगायतका वक्ताहरुले औपचारिक कार्यक्रममा आ–आफ्नो मन्तब्य राखेका थिए । वरिष्ठ संगितकार दिनेश सुब्बा, चन्द्र दुमि लगायत विधिन्न संघ–सस्था तथा संचारकर्मीहरुलाई कार्यक्रममा आसन ग्रहण गराएको थियो ।

No comments: