लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरियाको विद्रोही समूहले सिरियणको पश्चिमी मागमा रहेको एक विमानस्थल आफ्नो कब्जामा लिएका छन्।
सिरियाको पश्चिमी भू–भागमा रहेको विमानस्थल विद्रोहीहरुले आफ्नो कब्जामा रहेको बताएका हुन् । सिरियाली सैनिकको नियन्त्रणमा रहेको भनिएको विमानस्थललाई विद्रोहीहरुले आफ्नो कब्जामा भएको बताएका हुन् ।
विद्रोहीहरुले उक्त विमानस्थल कब्जा गरेको कुरा सिरियाली आन्दोलनको अनुगमनमा सक्रिय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले समेत पुष्टि गरेको समाचार संस्थाले उल्लेख गरेका छन् । विद्रोहीहरुले विमानस्थलको सुरक्षामा खटिएका १३ जना सैनिकलाई कब्जामा लिइसकेको समेत बताएका छन् ।
विद्रोहीहरुले विमानस्थल कब्जामा लिएको बताएपनि विद्रोही र सरकारी सेनाका बीचमा भिसड भिडन्तहरु जारी रहेको समाचार संस्थाहरुमा उल्लेख गरिएको छ । सिरियामा जारी हिंसालाई चाडोभन्दा चाडो समाधान गर्नुपर्नेमा राष्ट्रसंघका महासचिव वानकी मुनले आग्रह गरेका छन् ।
No comments:
Post a Comment