News

Jul 28, 2013

पत्रकारको तलब कम्तिमा १५ हजार पुर्याउनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बढ्दो महँगीलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकारको तलब कम्तिमा १५ हजार रुपैयाँ हुनुपर्ने प्रस्ताव पेश भएको छ । सरकारी कर्मचारीको तलब वृद्धि हुँदा महँगी बढेको भन्दै पत्रकार महासंघका सदस्य बालकृष्ण बस्नेत र सूर्यमणि गौतमले यस्तो प्रस्ताव पेश गरेका हुन् । विगत २ वर्षदेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको आधारमा पत्रकारहरुको न्यूनतम पारिश्रमिकको सबैभन्दा ठूलो अंक १० हजार ८ सय रहेको छ । बजार अवस्था र मूल्य वृद्धिसँग श्रमजीवी पत्रकारलाई तोकिएको न्युनतम पारिश्रमिक मेल नखाने हुनाले कम्तिमा १५ हजार रुपैयाँ हुनुपर्ने प्रस्तावमा उल्लेख छ । पत्रकार महासंघको पोखरामा भएको अधिवेशन टुंगोमा नपुगेको उल्लेख गर्दै विशेष महाधिवेशन गर्नको लागि समेत उक्त प्रस्तावमा माग गरिएको छ । तलब माग्दा पत्रकारमाथि हुने गरेको दुर्व्र्यबहारबारे पनि महासंघले छलफल गर्नुपर्ने र व्यवस्थापकसहितको प्रतिनिधित्व अनिवार्य गराई अनुगम गर्नुपर्ने समेत माग गरिएको छ ।

No comments: