News

Jul 18, 2013

उत्तर कोरियाले सैनिक परेडका लागि क्षेप्यास्त्र तयार गर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कोरियाली युद्धपछि उत्तर कोरियाले यस महिनाको अन्त्यतिर आफ्नो ६० औँ वाषिर्कोत्सव मनाउन व्यापक सैनिक परेड आयोजना गर्न विभिन्न प्रकारका क्षेप्यास्त्र परिचान गर्न थालेको समाचार सोलमा केन्द्रीय कार्यालय रहेको योनहाप समाचार संस्थाले दिएको छ । स्याटलाइट चित्रमा दश हजार भन्दा बढी उत्तर कोरियाली सैनिकले प्योङयाङको मिरिन विमानस्थलमा परेडको अभ्यास गरेको देखाइएको छ । दक्षिण कोरियाली सैनिक स्रोतले छोटो तथा मध्यम दूरीको क्षेप्यास्त्र मोबाइल प्रक्षेपणमा राखिएको देखिएको समाचारमा उल्लेख गरिएको छ । सोलमा सैनिक अधिकारीहरूले यस परेडमा उत्तर कोरियाले हालै विकास गरेको पारमाणविक क्षेप्यास्त्र पनि प्रदर्शन गर्नेछ वा छैन भनी निकै ध्यान दिएर हेरेको भनी योनहाप समाचार संस्थाले उल्लेख गरेको छ । दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले सैनिक परेड जुलाई २७ का लागि तयार भएको र त्यो दिन उत्तर कोरियामा विजय दिवसको रूपमा मनाइने गरिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता वी योङ सोबले यो सैनिक विषय भएको र यसमा विस्तृत विवरण दिन नसकिने बताउनुभयो । फेब्रुअरी महिनामा उत्तर कोरियाको सत्ताधारी कम्युनिस्ट पार्टीले सैनिक परेड आयोजना गर्ने त्यसमा आतसवाजी प्रदर्शन गरिने जानकारी दिएको थियो । यसबीच उत्तर कोरियाली नेता किम जोङ उनले युद्ध सङ्ग्रहालय भ्रमण गर्नुभएको प्योङयाङको कोरियाली केन्द्रीय समाचार संस्थाले बिहीबार समाचार दिएको छ । सन् १९५० देखि ५३ सम्मको युद्ध शान्ति सम्झौतामा नभइ युद्ध विराममा टुङ्गिएकाले दुई कोरिया अझै युद्धको अवस्थामा छन् । उत्तर कोरियाले यो युद्धविराम भङ्ग गर्ने चेतावनी दिँदैआएको छ ।

No comments: