News

Jul 18, 2013

प्रत्यक्षतर्फका २ सय ४० वटा चुनाव क्षेत्रको संख्या बढ्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२ साउन,प्रत्यक्षतर्फका २ सय ४० वटा चुनाव क्षेत्रको संख्या बढ्ने भएको छ । सरकारले हालै ताहिर अलि अन्सारीको अध्यक्षतामा गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगलाई भने दुई सय ४० क्षेत्रलाई नबढाई क्षेत्र निर्धारण गर्न भनिएको छ । तर, मधेसमा ५ सीट थप्नुपर्छ भन्ने मधेसी दलहरुको मागलाई सम्बोधन गर्दै प्रत्यक्षतर्फको २ सय ४० सदस्यीय सीटसंख्या बढाउन प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका हुन् । यसबारे राजनीतिक समितिका नेताहरूले हालै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग समेत छलफल गरिसकेका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारी र उच्चस्तरीय राजनीतिक समितिवीच दुई दिन अघि भएको छलफलमा प्रत्यक्षतर्फका २ सय ४० सीटलाई बढाउनेबारे छलफल भएको हो । छलफलमा सहभागी एक नेताले दिएको जानकारीअनुसार आयोगका सदस्य नेत्र धितालले देशभरिबाट २५ सीट थप्नुपर्ने धारणा रहेको नेताहरुलाई बताउनुभएको थियो । त्यसपछि छलफल सकेर बाहिर निस्कने क्रममा तमलोपाका नेता हृदयेश त्रिपाठीले आयोगले २५ सीट थप्न आग्रह गरेको प्रतिक्रिया दिनुभएको थियो ।

No comments: