News

Jul 28, 2013

अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुद्वारा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१३ साउन,लामो समयदेखि स्वतह स्थायी हुनु पर्ने माग राख्दै आएका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ११ बुँदे माग अघि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन १६ गते विहान साढे ११ बजेदेखि विहान एक घण्टा सामान्यप्रशासन मन्त्रालयमा धर्ना, साउन १८ गते विहान साढे ११ बजेदेखि एक घण्टा अर्थमन्त्रालयमा धर्ना र साउन २१ गते कर्मचारीहरुले काम बन्द गर्ने, सरकारी र रातो नम्बर प्लेट भएका सरकारी सवारी साधन चल्न नदिने रहेको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजन कार्कीले आफूहरुको मागलाई सरकारले पुरा गर्न तदारुकता नदेखाए थप कडा आन्दोलनको कार्यक्रम जारी गर्ने चेतावनी दिनुभयो । उहाँले सरकारी सेवामा रहे पनि आफूहरुलाई सरकारले विभेद गरेको भन्दै सबै खाले विभेदको अन्त्य गर्नु पर्ने जिकिर गर्नु भयो । संघले २४० दिन काम गरिसकेका सबै अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई स्वतह स्थायी गर्नुपर्ने, स्थायी सरह तलब भत्ता, पोशाक विदा खर्चा , विमा, सञ्चय कोष र ग्रेडको ब्यवस्था गर्नुपर्ने, २०५७ सालको बजेट मार्फत रोकिएको स्थायी प्रक्रिया रोकिनु पर्ने, संविधानसभाको निर्वाचनमा जुन ठाँउमा कार्यरत त्यही मतदान गर्न पाउने ब्यवस्था, ठेकेदारी कर्मचारीलाई न्यूनतम १८ हजार ४० सय र ज्यालादारीको हकमा दैनिक ६५० रुपैया कायम गरिनुपर्ने श्रमजीवि पत्रकार ऐन लागु गर्नु पर्ने लगायतका मागहरु अघि सारेको छ ।

No comments: