News

Jun 19, 2008

बोक्सीको आरोपमा युवतीलाई नांगै बजार परिक्रमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बोक्सीको आरोपमा एक १८ वर्षीया युवतीलाई रसुवाको राम्चेका केही व्यक्तिहरूले निवस्त्र पारेर बजार परिक्रमा गराएका छन् । राम्चे-८ की सार्कीबुटी तामाङलाई गाउँकै पासाङनर्पु तामाङ, छेजु तामाङ्नी, रामकाजी तामाङ र मिङ्जेन तामाङले केही कुरा गर्नुछ भन्दै केही पर लगेर बोक्सीको आरोप लगाउँदै ३ लाख रुपैयाँ माग गरेका थिए । तर ती युवतीले उक्त रकम दिन नसक्ने बताएपछि उनीहरूले युवतीको कपडा जर्बजस्ती च्याति नांगै पारी एक किलोमिटरको राम्चे बजार घुमाएकी थिए । घटनापछि पीडित तामाङले प्रहरीमा उजुरी गरेपछि प्रहरीले घटनामा संलग्न रहेका छेजु तामाङ्नी र मेनन तामाङलाई पक्राउ गरे पनि अन्य दुइ अभियुक्त फरार रहेको बताएको बुझिएको छ ।

भ्रष्टलाई थुनेकै हो, - वन तथा भू-संरक्षणमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वन तथा भू-संरक्षणमन्त्री मातृका यादवले स्थानीय विकास अधिकारीलाई आफूले ट्वाइलेटमा थुनेको स्वीकार्दै त्यस्ता भ्रष्टलाई थुन्नु नै पर्ने बताउनुभएको छ। व्यवस्थापिका-संसद्को हैसियतमा बुधबार बसेको संविधानसभा बैठकमा सभासद्हरूले उठाएको जिज्ञासाको जबाफ दिँदै मन्त्री यादवले भन्नुभयो- भ्रष्टाचारीलाई थुन्नैपर्छ र म वन मन्त्रालयमा छउन्जेल कुनै पनि हालतमा भ्रष्टाचार हुन दिन्न।’र्ँकर्मचारी थुनेको विषयमा छानबिन हुन्छ भने होस्। त्यसमा मेरो पनि सहयोग रहन्छ’ -मन्त्री यादवले अन्य भ्रष्ट कर्मचारीलाई पनि थुन्ने काम हुने चेतावनीसमेत दिनुभयो।भ्रष्ट, फटाहा कर्मचारी होस् वा अरू कोही त्यस्ता कसैलाई पनि आफूले बाँकी नराख्ने बताउँदै मन्त्री यादवले भन्नुभयो- दुगन्धित व्यक्तिलाई दुगन्धमै राख्नुपर्छ भनेर ट्वाइलेटमा थुनेको हो।’गल्ती गर्नेलाई कारबाही गर्दा मैले कारबाही भोग्नुपर्छ भने म तयार छु। तर म जहाँ रहे पनि भ्रष्टलाई छोड्दिनँ’ -मन्त्री यादवले भन्नुभयो।प्रहरीलाई जिम्मा लगायो भने प्रहरीसमेत मिलेर भ्रष्टलाई एस्कर्टिङ’ गर्छ र सफाइ दिन्छ। त्यसैले आफैले कारबाही गर्नुपरेको हो’ -उहाँको थप भनाइ थियो।

दलहरूको अनिर्णयले संविधानसभा एजेन्डाविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक दलहरूबीच समयमा निर्णयहुन नसक्दा संविधानसभा प्रभावित भएको छ। दलहरूले महत्त्वपर्ण विषयमा निर्णय गर्न गरेको ढिलाइका कारण संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
बैठक अनिश्चित
संविधान निर्माण गर्ने प्रमुख जिम्मेवारी बोकेको संविधानसभा एजेन्डाविहीन बनेको छ। गणतन्त्र कार्यान्वयन गर्नेबाहेक अन्य विषयमा संविधानसभा प्रवेश गर्न पाएको छैन। गणतन्त्र कार्यान्वयनपछिका चारवटा संविधानसभा बैठकहरू केवल औपचारिकतामा मात्र सीमित भएका छन्।बैठक सञ्चालन हुनुभन्दा पाँच मिनेटअघिसम्म पनि संविधानसभा सचिवालयले दलहरूको निर्णयआउँछ कि भनेर पर्खिरहेको हुन्थ्यो तर चारवटा बैठक दलहरूको सहमतिपर्ण निर्णयो प्रतीक्षामा मात्रै बित्यो र बुधबारको बैठक पनि त्यस्तै भयो।मुलुकमा विद्यमान सबै समस्याको समाधान संविधानसभा निर्वाचनबाट हुने भनिएको र सोहीबमोजिम निर्वाचन सम्पन्न भएको पनि दुइ महिना बितिसकेको छ तर अहिलेसम्म नयाँ सत्ताको स्वरूप निर्धारण र गठन, सभाध्यक्ष चयन, राष्ट्रपतिको चयन हुन नसक्नुले जनतामा निराशा छाउन थालेको भन्दै सभासद्हरूले तीखो टिप्पणी गरेका छन्।बुधबार बसेको संविधानसभाको बैठकमा सभासद्हरूले राजनीतिक दलले संविधानसभालाई रबर छाप बनाएको, यन्त्रमानव बनाएको, अधिकारविहीन बनाउन खोजेकोलगायतका टिप्पणी गरेका थिए। संविधानसभाको मूल भूमिकामा अहिलेसम्म प्रवेश नगर्नुलाई दलहरूको सत्ता भागबन्डाको खिचातानी हो भन्दै सभासद्हरूले यस्तै हो भने जनताले माफी नदिने चेतावनी पनि दिएका थिए।सभासद्हरूले एजेन्डाविहीन बैठक बोलाउनुको कुनै औचित्य नभएकोतर्फध्यानाकर्षा गराएका थिए।

राजीनामा दिने ठाउँ देखाइदिन प्रधानमन्त्रीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पदबाट राजीनामा दिन तयार भएको खबर आइरहेको बेला सात दलको बैठकमा उनले राजीनामा दिने ठाउँ देखाइदिन सहयात्रीहरुसँग आग्रह गरेका छन् ।प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निवास बालुवाटारमा जारी सत्तारुढ सात दलीय गठबन्धनको बैठकमा आफू राजीनामा दिन तयार भए पनि राजीनामा दिने ठाउँ नभएको बताएका छन् । असार ५ गते बेलुका सुरु भएको बैठकमा करिब तीन मिनेट लामो सम्बोधनको क्रममा कोइरालाले सहयात्रीसँग राजीनामा दिने ठाउँ देखाइदिन आग्रह गरेको श्रोतले बताएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई मात्र राजीनामा दिन सक्नेभएकाले राष्ट्रपति चयन भएपछि मात्र राजीनामा दिने बिचार प्रधानमन्त्री कोइरालाले दोहोर्‍याउदै आएका छन् । तर, आजै बिहान भने माओवादी नेता तथा स्थानीय बिकाश मन्त्री देव गुरुङले प्रधानमन्त्री कोइराला राजीनामा दिन तयार भएको खबर नेपाली कांग्रेस नेताहरुबाट आफूले पाएको संचारकर्मीहरुसँग भनेका थिए । श्रोतले बालुवाटार बैठक प्रधानमन्त्रीको राजीनामा, राष्ट्रपतिको चयन तथा संवैधानिक र राजनीतिक बिषयमा केन्द्रित रहेको जानकारी दिएको छ ।

Jun 18, 2008

गोरखाल्यान्ड मागलाई १४ राजनीतिक दलद्वारा समर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
गोरखा जनमुक्ति मोर्चाको आहृवानमा दार्जिलिङ्मा मंगलबार बसेको र्सवदलीय बैठकमा विभिन्न १४ वटा राजनीतिक दलले गोरखाल्यान्ड मागलाई साझा रूपमा लिई अघि बढ्ने निर्णय गरेको छ । अलग राज्य गोरखाल्यान्डको मागलाई लिएर दार्जिलिङ र जलपाइगुढी जिल्लाको डुवर्स क्षेत्रलाई समेटी माग पूरा नभएसम्म आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने सहमति भएको सो मोर्चाका अध्यक्ष विमल गुरुङले सञ्चारकर्मीलाई बताउनुभएको छ । त्यस्तै पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको आहृवानमा कलकत्तामा मंगलबारै बसेको अर्को र्सवदलीय बैठकमा गोरखा जनमुक्ति मोर्चाले बिना र्सत राज्य सरकारसँग वार्ता गर्नुपर्ने पश्चिम बङ्गालका काङ्गे्रस अध्यक्ष एवम् केन्द्रीय सूचनामन्त्री प्रियरञ्जन दासमुन्सीले बताउनुभएको छ । उक्त र्सवदलीय बैठकले दार्जिलिङ पार्वतीय क्षेत्रमा अनिश्चितकालीन बन्द फिर्ता लिएर वार्ता गर्न खोरखा जनमुक्ति मोर्चा तयार हुनुपर्ने प्रस्ताव पारित गरेको पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले जानकारी दिनुभएको छ । कलकत्तामा सम्पन्न र्सवदलीय बैठकमा विपक्षी दल तृमूल काङ्ग्रेसलगायत दुइ राजनीतिक दलले भाग लिएका थिएनन् भने आन्दोलनकारी गोरखा जनमुक्ति मोर्चालाई आमन्त्रण गरिएको थिएन । गोरखा जनमुक्ति मोर्चाले यही असार २ गतेदेखि पुनः सुरु गरेको अनिश्चितकालीन बन्दले पश्चिम बङ्गालको दाजिर्लिङ र जलपाइगुढी जिल्लाअर्न्तर्गत डुबर्स क्षेत्रलगायत विभिन्न स्थानमा प्रभाव पारेको थियो ।

ज्ञानेन्द्रकी छोरीको बीस करोड सरकारी खातामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ महिनासम्मको प्रयासपछि पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डपश्चात् आफ्नी छोरी प्रेरणाका नाममा नामसारी गरेको २० करोड २० लाख रुपैयाँ बराबरको शेयर नेपाल सरकारद्वारा स्थापित 'नेपाल ट्रस्टमा' सारिएको समाचार छ । प्राप्त समाचारअनुसार नविल बैंकमा रहेको ४० हजार नौ सय ५० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार सात सय ५० कित्ता शेयर नेपाल ट्रस्टका नाममा नामसारी गरिएको बताइएको छ । उक्त शेयरमध्ये नविलको २० करोड तथा निगमको २० लाख रुपैयाँ मूल्य रहेको छ । प्रेरणाको नाममा नामसारी गर्नुअघि स्वर्गीय राजा वीरेन्द्रका छोराद्वय दीपेन्द्र र निराजनका नाममा रहेको थियो ।
यसअघि ट्रस्टले विभिन्न स्थानमा वीरेन्द्र र उनका परिवारको नाममा रहेको आठ सय ४० रोपनी जग्गासमेत आफ्नो नाममा नामसारी गरेको छ । उता, एक साताअघि नारायणहिटीबाट बाहिरिएका
पूर्व राजा ज्ञानेन्द्रले मंगलबारदेखि आफ्नो कार्यालय सञ्चालनमा ल्याएका छन् । नागार्जुनमा गएपछि त्यत्तिकै अल्मलिरहेका पूर्वराजा ज्ञानेन्द्र आफ्ना आजीवन पदाधिकारी शारदाप्रसाद प्रधानसँगै गई नागार्जुनको शिशिरवासमा कार्यालय सञ्चालन गरेको र हिजैदेखि उनले काम थालेको बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र कार्यालय सञ्चालन र काम थालनी गरेको बताए पनि उनले कुन प्रयोजनका निम्ति कार्यालय स्थापना गरेका हुन् खुल्न सकेको छैन । यता, नारायणहिटीमा नै बसेकी पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्नराज्यले पनि नारायणहिटीमा नै कार्यालय स्थापनाको तयारी गरिरहेको बुझिएको छ ।

कार्यालयमा हाजिर हुन थाले पूर्वराजा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो मंगलबारदेखि नागार्जुन दरबारभित्र रहेको कार्यालयमा काम गर्न थालेका छन्। यसअघि त्यत्तिकै अलमलिइरहेका पूर्वराजा नारायणहिटीबाट बाहिरिएपछि पहिलो पटक यसरी कार्यालयमा हाजिर भएका हुन्। बिहान ११ बजे आफू बस्ने शरदवाससँगै रहेको शिशिरवासस्थित कार्यालयमा उनी गएका थिए।सरकारद्वारा अवकाश पाइसकेका तत्कालीन दरबारका आजीवन प्रमुख पदाधिकारी शारदाप्रसाद प्रधानसँगै गएर उनले कार्यालयको सामान्य काम गरेका थिए। काठमाडौं प्लाजापछाडि रहेको निजी निवासबाट बिहान ११ः३० बजे नागार्जुन पुगेका सरदार शारदाप्रसाद प्रधानले वर्तमान परिस्थिति र पूर्वराजाले गर्नुपर्ने कामबारे छलफल गरेका थिए।ज्ञानेन्द्रबाट घर बक्सिस पाएका प्रधानले घर आफनो नाममा नामसारी गरिदिनसमेत सो अवसरमा आग्रह गरेका थिए। क्यान्सरबाट पीडित ८६ वषीय प्रधानले पूर्वराजा ज्ञानेन्द्र र राजपरिवारका सम्पर्ण काम घरबाटै गर्ने गरेका छन्। उनीसँग अझै पनि दरबारको महत्त्वपर्ण भण्डारको साँचो रहेको स्रोतले बतायो। राति अबेरसम्म नसुत्ने ज्ञानेन्द्र बिहान ढिलो उठ्ने गरेका छन्’, स्रोतले भन्यो- उठ्नेबित्तिकै सामान्य मर्निङ वाक’ गर्ने र दरबारका अवकाशप्राप्त सचिवसँगै भेट्ने गरेका छन्।’पूर्वराजा ज्ञानेन्द्रले मंगलबार अवकाशप्राप्त निजी सचिव सागर तिमिल्सिना, मधुसूदन तिमिल्सिना, डा. फणिराज पाठकलगायतसँग समेत भेटघाट गरेका थिए।दरबारभित्र भेट्न आएका पाहुनालाई उनले हेमन्तवासभित्र भेट्ने गरेको थाहा भएको छ। पूर्वराजाले नागार्जुनमा खडा गरेको कार्यालयको प्रकृतिबारे भने थाहा हुन सकेको छैन।यसैबीच राजाकी आमा रत्नको कार्यालय सञ्चालनका लागि अवकाशप्राप्त खर्च विभाग प्रमुख शम्भु अधिकारीलाई जिम्मा लगाइएको छ।नारायणहिटी दरबारभित्रै विशेष कार्यक्रमका साथ कार्यालय खोल्ने तयारी गरिरहेका दरबारका कर्मचारीले नेकपा -माओवादी) निकट निजामती कर्मचारी राष्ट्रिय संगठनको सदस्यता विस्तार शुरू गरेका छन्। मंगलबारसम्म करिब १ सय कर्मचारीले सदस्यता लिए’, स्रोतले भन्यो- केही दिनभित्रै कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ।’दरबारभित्र ३ सय ४४ जना निम्नस्तरका कर्मचारी रहेका छन्। उता शाही परिवारको सुरक्षामा खटिने सेनालाई ड्रेस’ मा नगई सुटुक्क छिर्न सरकारले निर्देशन दिएको बुझिएको छ।