News

Jun 18, 2008

गोरखाल्यान्ड मागलाई १४ राजनीतिक दलद्वारा समर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
गोरखा जनमुक्ति मोर्चाको आहृवानमा दार्जिलिङ्मा मंगलबार बसेको र्सवदलीय बैठकमा विभिन्न १४ वटा राजनीतिक दलले गोरखाल्यान्ड मागलाई साझा रूपमा लिई अघि बढ्ने निर्णय गरेको छ । अलग राज्य गोरखाल्यान्डको मागलाई लिएर दार्जिलिङ र जलपाइगुढी जिल्लाको डुवर्स क्षेत्रलाई समेटी माग पूरा नभएसम्म आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने सहमति भएको सो मोर्चाका अध्यक्ष विमल गुरुङले सञ्चारकर्मीलाई बताउनुभएको छ । त्यस्तै पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको आहृवानमा कलकत्तामा मंगलबारै बसेको अर्को र्सवदलीय बैठकमा गोरखा जनमुक्ति मोर्चाले बिना र्सत राज्य सरकारसँग वार्ता गर्नुपर्ने पश्चिम बङ्गालका काङ्गे्रस अध्यक्ष एवम् केन्द्रीय सूचनामन्त्री प्रियरञ्जन दासमुन्सीले बताउनुभएको छ । उक्त र्सवदलीय बैठकले दार्जिलिङ पार्वतीय क्षेत्रमा अनिश्चितकालीन बन्द फिर्ता लिएर वार्ता गर्न खोरखा जनमुक्ति मोर्चा तयार हुनुपर्ने प्रस्ताव पारित गरेको पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले जानकारी दिनुभएको छ । कलकत्तामा सम्पन्न र्सवदलीय बैठकमा विपक्षी दल तृमूल काङ्ग्रेसलगायत दुइ राजनीतिक दलले भाग लिएका थिएनन् भने आन्दोलनकारी गोरखा जनमुक्ति मोर्चालाई आमन्त्रण गरिएको थिएन । गोरखा जनमुक्ति मोर्चाले यही असार २ गतेदेखि पुनः सुरु गरेको अनिश्चितकालीन बन्दले पश्चिम बङ्गालको दाजिर्लिङ र जलपाइगुढी जिल्लाअर्न्तर्गत डुबर्स क्षेत्रलगायत विभिन्न स्थानमा प्रभाव पारेको थियो ।

No comments: