News

Jun 18, 2008

कार्यालयमा हाजिर हुन थाले पूर्वराजा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो मंगलबारदेखि नागार्जुन दरबारभित्र रहेको कार्यालयमा काम गर्न थालेका छन्। यसअघि त्यत्तिकै अलमलिइरहेका पूर्वराजा नारायणहिटीबाट बाहिरिएपछि पहिलो पटक यसरी कार्यालयमा हाजिर भएका हुन्। बिहान ११ बजे आफू बस्ने शरदवाससँगै रहेको शिशिरवासस्थित कार्यालयमा उनी गएका थिए।सरकारद्वारा अवकाश पाइसकेका तत्कालीन दरबारका आजीवन प्रमुख पदाधिकारी शारदाप्रसाद प्रधानसँगै गएर उनले कार्यालयको सामान्य काम गरेका थिए। काठमाडौं प्लाजापछाडि रहेको निजी निवासबाट बिहान ११ः३० बजे नागार्जुन पुगेका सरदार शारदाप्रसाद प्रधानले वर्तमान परिस्थिति र पूर्वराजाले गर्नुपर्ने कामबारे छलफल गरेका थिए।ज्ञानेन्द्रबाट घर बक्सिस पाएका प्रधानले घर आफनो नाममा नामसारी गरिदिनसमेत सो अवसरमा आग्रह गरेका थिए। क्यान्सरबाट पीडित ८६ वषीय प्रधानले पूर्वराजा ज्ञानेन्द्र र राजपरिवारका सम्पर्ण काम घरबाटै गर्ने गरेका छन्। उनीसँग अझै पनि दरबारको महत्त्वपर्ण भण्डारको साँचो रहेको स्रोतले बतायो। राति अबेरसम्म नसुत्ने ज्ञानेन्द्र बिहान ढिलो उठ्ने गरेका छन्’, स्रोतले भन्यो- उठ्नेबित्तिकै सामान्य मर्निङ वाक’ गर्ने र दरबारका अवकाशप्राप्त सचिवसँगै भेट्ने गरेका छन्।’पूर्वराजा ज्ञानेन्द्रले मंगलबार अवकाशप्राप्त निजी सचिव सागर तिमिल्सिना, मधुसूदन तिमिल्सिना, डा. फणिराज पाठकलगायतसँग समेत भेटघाट गरेका थिए।दरबारभित्र भेट्न आएका पाहुनालाई उनले हेमन्तवासभित्र भेट्ने गरेको थाहा भएको छ। पूर्वराजाले नागार्जुनमा खडा गरेको कार्यालयको प्रकृतिबारे भने थाहा हुन सकेको छैन।यसैबीच राजाकी आमा रत्नको कार्यालय सञ्चालनका लागि अवकाशप्राप्त खर्च विभाग प्रमुख शम्भु अधिकारीलाई जिम्मा लगाइएको छ।नारायणहिटी दरबारभित्रै विशेष कार्यक्रमका साथ कार्यालय खोल्ने तयारी गरिरहेका दरबारका कर्मचारीले नेकपा -माओवादी) निकट निजामती कर्मचारी राष्ट्रिय संगठनको सदस्यता विस्तार शुरू गरेका छन्। मंगलबारसम्म करिब १ सय कर्मचारीले सदस्यता लिए’, स्रोतले भन्यो- केही दिनभित्रै कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ।’दरबारभित्र ३ सय ४४ जना निम्नस्तरका कर्मचारी रहेका छन्। उता शाही परिवारको सुरक्षामा खटिने सेनालाई ड्रेस’ मा नगई सुटुक्क छिर्न सरकारले निर्देशन दिएको बुझिएको छ।

No comments: