News

Jun 19, 2008

दलहरूको अनिर्णयले संविधानसभा एजेन्डाविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक दलहरूबीच समयमा निर्णयहुन नसक्दा संविधानसभा प्रभावित भएको छ। दलहरूले महत्त्वपर्ण विषयमा निर्णय गर्न गरेको ढिलाइका कारण संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
बैठक अनिश्चित
संविधान निर्माण गर्ने प्रमुख जिम्मेवारी बोकेको संविधानसभा एजेन्डाविहीन बनेको छ। गणतन्त्र कार्यान्वयन गर्नेबाहेक अन्य विषयमा संविधानसभा प्रवेश गर्न पाएको छैन। गणतन्त्र कार्यान्वयनपछिका चारवटा संविधानसभा बैठकहरू केवल औपचारिकतामा मात्र सीमित भएका छन्।बैठक सञ्चालन हुनुभन्दा पाँच मिनेटअघिसम्म पनि संविधानसभा सचिवालयले दलहरूको निर्णयआउँछ कि भनेर पर्खिरहेको हुन्थ्यो तर चारवटा बैठक दलहरूको सहमतिपर्ण निर्णयो प्रतीक्षामा मात्रै बित्यो र बुधबारको बैठक पनि त्यस्तै भयो।मुलुकमा विद्यमान सबै समस्याको समाधान संविधानसभा निर्वाचनबाट हुने भनिएको र सोहीबमोजिम निर्वाचन सम्पन्न भएको पनि दुइ महिना बितिसकेको छ तर अहिलेसम्म नयाँ सत्ताको स्वरूप निर्धारण र गठन, सभाध्यक्ष चयन, राष्ट्रपतिको चयन हुन नसक्नुले जनतामा निराशा छाउन थालेको भन्दै सभासद्हरूले तीखो टिप्पणी गरेका छन्।बुधबार बसेको संविधानसभाको बैठकमा सभासद्हरूले राजनीतिक दलले संविधानसभालाई रबर छाप बनाएको, यन्त्रमानव बनाएको, अधिकारविहीन बनाउन खोजेकोलगायतका टिप्पणी गरेका थिए। संविधानसभाको मूल भूमिकामा अहिलेसम्म प्रवेश नगर्नुलाई दलहरूको सत्ता भागबन्डाको खिचातानी हो भन्दै सभासद्हरूले यस्तै हो भने जनताले माफी नदिने चेतावनी पनि दिएका थिए।सभासद्हरूले एजेन्डाविहीन बैठक बोलाउनुको कुनै औचित्य नभएकोतर्फध्यानाकर्षा गराएका थिए।

No comments: