News

Jun 19, 2008

राजीनामा दिने ठाउँ देखाइदिन प्रधानमन्त्रीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पदबाट राजीनामा दिन तयार भएको खबर आइरहेको बेला सात दलको बैठकमा उनले राजीनामा दिने ठाउँ देखाइदिन सहयात्रीहरुसँग आग्रह गरेका छन् ।प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निवास बालुवाटारमा जारी सत्तारुढ सात दलीय गठबन्धनको बैठकमा आफू राजीनामा दिन तयार भए पनि राजीनामा दिने ठाउँ नभएको बताएका छन् । असार ५ गते बेलुका सुरु भएको बैठकमा करिब तीन मिनेट लामो सम्बोधनको क्रममा कोइरालाले सहयात्रीसँग राजीनामा दिने ठाउँ देखाइदिन आग्रह गरेको श्रोतले बताएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई मात्र राजीनामा दिन सक्नेभएकाले राष्ट्रपति चयन भएपछि मात्र राजीनामा दिने बिचार प्रधानमन्त्री कोइरालाले दोहोर्‍याउदै आएका छन् । तर, आजै बिहान भने माओवादी नेता तथा स्थानीय बिकाश मन्त्री देव गुरुङले प्रधानमन्त्री कोइराला राजीनामा दिन तयार भएको खबर नेपाली कांग्रेस नेताहरुबाट आफूले पाएको संचारकर्मीहरुसँग भनेका थिए । श्रोतले बालुवाटार बैठक प्रधानमन्त्रीको राजीनामा, राष्ट्रपतिको चयन तथा संवैधानिक र राजनीतिक बिषयमा केन्द्रित रहेको जानकारी दिएको छ ।

No comments: