News

Jun 19, 2008

भ्रष्टलाई थुनेकै हो, - वन तथा भू-संरक्षणमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वन तथा भू-संरक्षणमन्त्री मातृका यादवले स्थानीय विकास अधिकारीलाई आफूले ट्वाइलेटमा थुनेको स्वीकार्दै त्यस्ता भ्रष्टलाई थुन्नु नै पर्ने बताउनुभएको छ। व्यवस्थापिका-संसद्को हैसियतमा बुधबार बसेको संविधानसभा बैठकमा सभासद्हरूले उठाएको जिज्ञासाको जबाफ दिँदै मन्त्री यादवले भन्नुभयो- भ्रष्टाचारीलाई थुन्नैपर्छ र म वन मन्त्रालयमा छउन्जेल कुनै पनि हालतमा भ्रष्टाचार हुन दिन्न।’र्ँकर्मचारी थुनेको विषयमा छानबिन हुन्छ भने होस्। त्यसमा मेरो पनि सहयोग रहन्छ’ -मन्त्री यादवले अन्य भ्रष्ट कर्मचारीलाई पनि थुन्ने काम हुने चेतावनीसमेत दिनुभयो।भ्रष्ट, फटाहा कर्मचारी होस् वा अरू कोही त्यस्ता कसैलाई पनि आफूले बाँकी नराख्ने बताउँदै मन्त्री यादवले भन्नुभयो- दुगन्धित व्यक्तिलाई दुगन्धमै राख्नुपर्छ भनेर ट्वाइलेटमा थुनेको हो।’गल्ती गर्नेलाई कारबाही गर्दा मैले कारबाही भोग्नुपर्छ भने म तयार छु। तर म जहाँ रहे पनि भ्रष्टलाई छोड्दिनँ’ -मन्त्री यादवले भन्नुभयो।प्रहरीलाई जिम्मा लगायो भने प्रहरीसमेत मिलेर भ्रष्टलाई एस्कर्टिङ’ गर्छ र सफाइ दिन्छ। त्यसैले आफैले कारबाही गर्नुपरेको हो’ -उहाँको थप भनाइ थियो।

No comments: