News

Jun 30, 2012

सरकारी कम्प्युटर भाइरसमुक्त बनाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १६,विज्ञान तथा प्रविधि मन्त्रालयले 'भाइरसमुक्त नेपाल' अभियान सुरु गरेको छ। यो अभियान अन्तरगत सरकारी निकायका सबै कम्प्युटरलाई भाइरसमुक्त बनाउन मन्त्रालय र विश्व प्रसिद्ध एन्टीभाइरस सफ्टवयर कम्पनी कास्परस्कीले सम्झौता गरेका छन्। सम्झौता अनुसार सबै सरकारी कार्यालय, शिक्षण संस्था, गाउँ विकास समितिलाई सांकेतिक रुपमा ज्यादै थोरै रकम लिएर कास्परस्कीले एक वर्षको लागि एन्टीभाइरस उपलव्ध गराउनेछ। शुक्रबार विज्ञान प्रविधि मन्त्रालय अन्तरगतको प्रमाणिकरण नियन्त्रक कार्यालय र कास्परस्कीको नेपाल प्रतिनिधि सागर सफ्टवयर एण्ड ट्रेडर्सले सरकारी निकायलाई भाइरसमुक्त बनाउने सम्झौता गरेका छन्। सम्झौतापत्रमा प्रमाणिकरण नियन्त्रक राजनराज पन्त र सागर सफ्टवयरका तर्फबाट प्रवन्ध निर्देशक बासुदेब लाखेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कास्परस्कीले एउटा कम्प्युटरको लागि २५ रुपैयाँमात्र लिएर एक वर्षको लागि इन्टरनेट सेक्युरिटी सहितको एन्टीभाइरस उपलव्ध गराउनेछ। यो एन्टीभाइरसको बजार मूल्य दुईहजार रुपैयाँ पर्छ। 'सरकारले नेपाललाई भाइरसमुक्त बनाउने नीति लिएकोमा त्यसलाई सहयोग गर्न हाम्रो तर्फबाट यो पहल गरेका हौं,' लाखेले भने। कास्परस्कीले एक वर्षसम्म प्रयोगकर्तालाई पर्ने समस्याको समाधान कुनै थप शुल्क नलिई उपलव्ध गराउनेछ। प्रमाणिकरण नियन्त्रक पन्तका अनुसार अहिले सरकारी निकायमा मात्र झण्डै डेढलाख कम्प्युटर प्रयोगमा छन्। खर्च गर्नसक्ने कार्यालयले एन्टीभाइरस राखेपनि धेरै कार्यालयहरुले एन्टीभाइरसको प्रयोग गरेका छैनन्। एन्टीभाइरस नहुँदा इन्टरनेट र पेनड्राइभ लगायत डाटा आदान प्रदान गर्ने डिभाइसको माध्यमबाट भाइरसको प्रवेश कम्प्युटरमा हुन्छ। जसले गर्दा कम्प्युटरमा रहेका महत्वपूर्ण डाटाहरु नष्ट हुन्छ। सरकारी निकायका डाटा र कम्प्युटरलाई समेत सुरक्षित गर्न यो सम्झौता भएको हो। एक वर्ष अवधि सकिएपछि भने एन्टीभाइरसको मूल्यको ४० प्रतिशत छुटमा सरकारी निकायलाई उपलव्ध गराउने सम्झौतामा उल्लेख छ। साउन १ देखि यो सम्झौता लागु हुनेछ। सरकारी निकाय, शिक्षण संस्था र गाविसहरुले जुन दिनदेखि एन्टीभाइरसलाई एक्टीभेट गर्छन् त्यसको एक वर्षसम्म लाइसेन्स अवधि हुन्छ। एक वर्षपछि भने नयाँ संस्करण लिनुपर्ने हुन्छ। प्रति कम्प्युटर २५ रुपैयाँका दरले उपलव्ध गराइने एन्टीभाइरसका लागि सरकारी निकायहरुले प्रमाणिकरण नियन्त्रकको कार्यालय मार्फत फारम भरेर रकम पठाउनुपर्ने व्यबस्था गरिएको छ। प्रमाणिकरण नियन्त्रक कार्यालयले सिफारिस गरेपछिमात्र कास्परस्कीले 'सिङ्गल युजर' एन्टीभाइरस उपलव्ध गराउने सम्झौतामा उल्लेख छ। कास्परस्कीका अनुसार पहिलो चरणमा देशभरिका एकलाख कम्प्युटरलाई एन्टीभाइरस उपलव्ध गराइनेछ। यो अभियानमा सरकारी निकायहरु आवद्ध हुनैपर्ने वाध्यता भने छैन। 'हाम्रो उद्वेश्य सरकारी कम्प्युटरमात्र नभएर त्यसमा रहने महत्वपूर्ण डाटालाई सुरक्षित राख्नु हो,' पन्तले भने। कास्परस्कीले डिभीडी र प्याकिङको मूल्य मात्र लिएर सरकारलाई उपलव्ध गराउने प्रस्ताव राखेकोले त्यसलाई सरकारले स्विकार गरेको उनले बताए। विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्यले भविष्यमा पनि सरकारी निकायलाई सहयोग गर्न आग्रह गरेका थिए। कास्परस्कीका दक्षिण एसिया हेर्ने निर्देशक जगन्नाथ पटनायकेले पाइरेसी सफ्टवयर प्रयोग घटाउन यस्तो सम्झौता गरिएको उल्लेख गरे। छिमेकी बंगलादेश, भारत, पाकिस्तानले सूचना प्रविधिको प्रयोग बढाउन डिजिटल अभियान सुरु गरिसकेका छन्। नेपालमा घोषणा गरिएको 'भाइरसमुक्त' अभियानले 'डिजिटल नेपाल' बनाउने एउटा खुड्किलो सुरु भएको पटनायकेले बताए।

सेनाका नायक गोलीसहित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भक्तपुर, असार १६ - नेपाली सेनाका नायकलाई ३२ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । दघिकोट मध्यपुरठिमी नगरपालिका-१३ नयाँठिमी बस्ने दोलखा बुलुङ घर भएका २६ वर्षीय नायक राजु विकलाई ९ एमएम पेस्तोलको ३२ राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई दधिकोट ९ बाट हिँडिरहेको बेला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी सेनाको विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालय दरबन्दी भई सुन्दरीजलमा कार्यरत छन् । उनलाई शनिबार साढे १२ बजे विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिबार नै कारबाहीको लागि सेनालाई जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ । 'विशेष सूचनाको आधारमा हिँडिरहेका बेला खान्तलासी गर्दा उनको साथबाट गोली बरामद भयो,' स्रोतले भन्यो, 'कोठा खन्तलासी गर्दा केही भेटिएन ।' सेनाका कर्मचारी भए पनि गोली बोकेर हिँड्नु अवैध भएको एक प्रहरी अधिकृतले बताए ।

चिनियाँ राष्ट्रपति हु जिन्ताओ हङकङमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिनियाँ राष्ट्रपति हु जिन्ताओ तीन दिनको भ्रमणको लागि हङकङ पुगेका छन् । हङकङलाई बेलायतले चीनसमक्ष हस्तान्तरण गरिएको पन्ध्रौं वार्षिकोत्सव मनाउने आयोजित समारोहमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । हस्तान्तरण भएको पन्ध्रौ वार्षिकोसत्व समारोहको प्रमुख आतिथ्य ग्रहण गर्न चिनियाँ राष्ट्र हु शुक्रबार हङकङ पुगेका हुन् । सन् २०१२ को अन्त्यतिर चिनियाँ राजनीतिक नेताहरुको नेतृत्व परिवर्तन हुने कार्यक्रम रहेकाले सम्भवतः चिनियाँ राष्ट्रपतिका रुपमा हु जिन्ताओको अन्तिम भ्रमण पनि हुनसक्ने बताइएको छ ।

चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा अवतरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिनियाँ अन्तरिक्ष यान १३ दिनपछि पृथ्वीमा फर्किएको छ । तीन चिनियाँ अन्तरिक्ष यात्री दुई हप्ते आफ्नो मिसन पुरा गरि सफलता पुर्वक फर्किएको हो । त्यहाँको सरकारी टेलिभिजनका अनुसार एक महिला सहित तीन अन्तरिक्ष यात्रीहरु देशको उत्तरी क्षेत्रमा ओर्लिएका छन् । यस मिसनका क्रममा चीनको अन्तरीक्ष यात्रीले पहिलो पटक पृथ्बीमा सफलतापुर्वक अबतरण गराएको हो । सन् २०२० सम्ममा अन्तरिक्ष केन्द्रमा स्टेशन स्थापना गर्न यो सफलताले मद्दत पुग्ने आशा गरिएको छ ।

Jun 29, 2012

सबै पूर्वलडाकुलाई अवकाशमा 'पठाइने'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १५ - एमाओवादीले समायोजन रोजेर बसेका सबै पूर्वलडाकुलाई स्वैच्छिक अवकाश रोज्न लगाउने भएको छ । समायोजनमै जान्छु भन्ने केहीलाई नरोके पनि अधिकांशलाई अवकाशको विकल्प रोज्न लगाएर बाहिर निकाल्ने तयारी भएको उच्चस्रोतले बतायो । दोस्रो चरणको वर्गीकरणका बेला समायोजन रोज्ने पूर्वलडाकुको संख्या ह्वात्तै घटेको र संविधानसभा विघटनपछि कांग्रेस-एमालेले समायोजनसम्बन्धी विशेष समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई अवैधानिक भन्दै बैठक नबस्ने संकेत दिएपछि एमाओवादी सबैलाई अवकाशमा पठाउने मनस्थितिमा पुगेको हो । हाल समायोजन रोज्ने लडाकुको संख्या ३ हजार १ सय २३ मात्र छ । प्रधानमन्त्रीले छिट्टै विशेष समिति बैठक बोलाउने र कांग्रेस-एमालेतर्फका सदस्य नआए सरकारले एकतर्फी रूपमा असार तेस्रो साताबाट प्रक्रिया अगाडि बढाउने तयारी रहेको एमाओवादीका एक शीर्ष नेताले बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि कांग्रेस-एमाले नआए प्रक्रिया रोकेर राख्न नमिल्ने बताए ।

भारतमा दोहोरो भिडन्तमा परी १७ माओवादी मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतमा आज भएको माओवादी र सुरक्षाकर्मीबीचको भिडन्तमा परी १७ जना माओवादीको मृत्यु भएको छ । मध्य भारतको छत्तीसगढ प्रदेशमा भएको सो दोहोरो भिडन्तमा कम्तिमा पनि १७ माओावदी मारिएको सुरक्षा फौजले जनाएको छ । छत्तीसगढ प्रदेशको राजधानी राइपुरबाट करिब २९५ किलोमीटर पश्चिममा पर्ने बस्तार क्षेत्रमा रहेको निकै घना जङ्गलमा भारतीय प्रहरीसँग माओवादी सशस्त्र लडाकुको भिडन्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भिडन्तमा सुरक्षाफौजतर्फ के कतिको ज्यान गएको भन्ने उल्लेख नगरिएपनि ६ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ । गत महिना सोही क्षेत्रमा माओवादीले सो प्रदेशका छ जना प्रहरी अधिकारीको विद्युतीय धरापमा पारी हत्या गरेका थिए ।

स्टायटसबाट पैसा कमाउने धुनमा फेसबुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १५ (नागरिक)- फेसबुक अब मनी माइन्डेड हुन थालेको छ। विश्वको सबभन्दा ठूलो सोसल नेटवर्किङ साइट भएको फाइदा उसले अब उठाउन खोजेको छ। फेसबुकमा धेरै लाइक गरिएका नेपाली पेजहरुमा समेत फेसबुकले विज्ञापनबाट पैसा उठाउने मेलो थालेको छ। ४ सयभन्दा माथि लाइक भएका पेजहरुमा आजभोलि फेसबुकले प्रोमोट योर पोस्ट भन्दै विज्ञापनको अफर गर्न थालेको हो। फेसबुकका अनुसार निश्चित रकम तिरेमा तपाइँको पेजमा रहेको स्टायटस लाइक गर्ने धेरै समक्ष पुग्नेछ। नत्र भने तपाइँको स्टायटस बढीमा १० देखि १५ प्रतिशतले मात्रै देख्ने छन्। विज्ञापन गरी गरी आफ्नो कम्पनीको फेसबुक पेजमा बढी लाइक जुटाएकाहरुलाई यो नयाँ व्यवस्थाले मर्कामा पार्ने देखिएको छ। यदि लाइक गरेका सबै माझ स्टायटस पुर्‍याउने हो भने अब फेसबुकलाई पैसा तिर्नुको विकल्प छैन। फेसबुकले पेजमा जस्तै व्यक्तिको स्टायटसमा पनि रकम लिन थाल्ने हो कि भन्ने शंका पनि यसबाट उब्जन थालिसकेको छ ।

Jun 28, 2012

भण्डारीको पार्टीको नाम, झण्डा र विधान सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १४ - मधेस केन्द्रीत विभिन्न राजनीतिक दलहरुको सूचीमा बिहीबारबाट 'राष्ट्रिय मधेस समाजवादी पार्टी' थपिएको छ । शरतसिंह भण्डारीले बिहीबार आफ्नो पार्टीको औपचारिक घोषणा गरेका छन् । मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) छाडेका भण्डारी सहित अन्य नेताहरुको समूहले उक्त पार्टी निर्माण गरेको हो । दुई दिने राष्ट्रिय राजनीतिक सम्मेलनपछि भण्डारीले पत्रकार सम्मेलन मार्फत पार्टीको नाम, झण्डा र विधान सार्वजनिक गरेका हुन् । भण्डारीको अध्यक्षतामा तत्काललाई १६ सदस्यीय तदर्थ समिति पनि घोषणा गरिएको छ । समितिको सदस्यमा प्रमोदपसाद गुप्ता, निलम बर्मा, रामानन्द मण्डल, कौशल कुमार यादव, ओमप्रकाश यादव, जयप्रकाश यादव, लक्ष्मण महतो, जिवछी चौधरी, युसुफ साफी, पारसप्रसाद साह र शशिकान्त मिश्र छन् । अन्य कार्यविभाजन गरिएको छैन । पदाधिकारी बाहेक केन्द्रीय समिति ६१ सदस्यीय रहनेछ । केही दिनमा केन्द्रीय समितिले पूर्णता पाउने भण्डारीले पत्रकार सम्मेलनमा बताए । पार्टीको झण्डा माथि आधा सेतो र आधा हरियो हुनेछ । सेतो भागमा उदाउँदो सूर्यको संकेत रहने छ । हरियोले भनेको समृद्धि र त्यसले मधेशको प्रतिनिधत्व गर्नेछ भने सेतो भागले शान्ति र हिमाल दर्शाउने भण्डारीले जनाए । अर्द्ध सूर्यमा रहेकेा ५ वटा रेशाले संघीयता, लोकतन्त्र, समावेशिता, समृद्धि र समानता दर्शाउँछ उनले भने । विभेद तथा बिहष्करणमा पारिएका मधेशी, महिला, दलित, मुसलमान, आदिवासी जनजाति पिछडा वर्ग लगायतको राज्यमा पहुँच र सुनिश्चितताका लागि संकल्पका साथ पार्टी अगाडि बढ्ने जनाइएको छ । पार्टी अध्यक्षले लगातार दुई अवधि भन्दा बढी अध्यक्ष हुन नपाउने विधानमा उल्लेख छ । अध्यक्षको पदावधि ५ वर्षको हुने छ ।

मन्त्रिपरिषद्को बैठकद्वारा सेनातर्फ ९ को बढुवा, दसको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १४- मन्त्रिपरिषद्ले प्राड सहायाक रथी निरेन्द्रप्रसाद अर्यालको बढुवा गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले उनलाई सेनामा रिक्त प्राड उपरथी पदमा पदसथापना समेत गरेको छ। त्यस्तै साधारण तर्फको पदमा महासेनानी रामकृष्ण अधिकारी र महासेनानी हिमालय विक्रम खत्रीलाई पनि बढुवा गरी पदस्थपना गर्ने निर्णय गरेको छ। त्यस्तै तीन सहायक रथी, दस महासेनानीको सरुवा र तीन प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताए। यादवका अनुसार बैठकले सायाहक रथी उमेशकुमार भट्टराईको राजीनामा स्विकृति गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै नेपाल सरकार र गणतन्त्र कोरयबीच हुने अनुदानसम्बन्धी हुने सम्झौत स्वीकृत गर्ने, महिला तथा बालबालिका लागि सेवा केन्द्र स्थापना गर्ने र विद्यालय सेवा सुधार परियोजना अन्तर्गतको कार्यक्रमलाई कार्यान्यवनय गर्न एडीबीबाट एक करोड ७१ लाख र ३२ करोड ७१ लाख बराबरको अतिरिक्त अनुदान सहयता स्विकार गरी सम्झौतालाई समर्थन गर्ने निर्णयसमेत गरेको छ।

बेलायतद्वारा नेपाललाई दुई अर्ब रुपैयाँ सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपालको दैवीप्रकोप व्यवस्थापनको क्षमता अभिवृद्धिका लागि बेलायतले नेपाललाई दुई अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपालको भूकम्पीय क्षति व्यवस्थापनका लागि रु दुई अर्ब अनुदान सहयोग दिने भएको छ । बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कनले आफ्नो नेपाल भ्रमणको अन्तिम दिन आज नेपालको भूकम्पीय क्षति व्यवस्थापन सहयोग पुर्याउन भन्दै सो सहयोग गर्ने घोषणा गरिएको बेलायती दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालको दैवीप्रकोप व्यवस्थापनको क्षमता अभिवृद्धि गरी चालीस हजार नेपालीलाई दैवी विपत्तिबाट जोगाउन सक्षम गराउने कार्यमा सो रकम सामुदायिक गतिविधिमार्फत प्रयोग गरिने बताइएको छ । आगामी चार वर्षका लागि डिएफआइडीद्वारा दिइने सो सहयोगबाट गत वर्ष पूर्वी नेपालमा गएको भूकम्पमा भत्किएका १६२ वटा विद्यालय भवन निर्माणका साथै अस्पतालहरूलाई भूकम्पीय जोखिमबाट सुरक्षित राख्ने सरकारको राष्ट्रिय योजनामा उपयोग गरिने जनाइएको छ ।

नेपालबाट धेरै खोजिने विषयमध्ये सेक्स पनि एक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १४ (एजेन्सी)- गुगलमा नेपालबाट धेरै खोजिने विषयमध्ये सेक्स पनि एक हो। नेपालजस्तो इन्टरनेटको पहुँच र स्पिड कम भएको देशमा त यस्तो हुन्छ भने विदेशमा, जहाँ इन्टरनेट फास्ट छ, त्यहाँको अवस्था के होला? इन्टरनेटमा पोर्न साइटको बजारका तथ्यहरू अचम्म लगाउने खालका छन्। इन्टरनेटको ३० प्रतिशतभन्दा बढी स्रोतसाधन पोर्न साइटमा खर्च हुने एउटा अनुमानित तथ्यांक छ। हुन पनि विश्वका सबैभन्दा बढी चलेका पाँच सय वेबसाइटको सूचि हेर्न हो भने त्यसमा दर्जनौँ पोर्न साइट नै हुन्छन्। एक्सटि्रम टेकका अनुसार इन्टरनेटको सबैभन्दा ठूलो पोर्न साइट एक्सभिडियोज प्रतिमहिना चार अर्बभन्दा बढी पटक हेरिन्छ। यो संख्या सिएनएन र इएसपिएन हेरिनेभन्दा तीन गुणाले बढी हो। सेक्सच्याटका लागि प्रख्यात लाइभजस्मिन वा युट्युबको सिको गर्दै खोलिएको युपोर्न, ट्युबएट र पोर्नहब, यी सबको पनि हालत उही हो। फेसबुक र गुगलबाहेक अरू साइटले उनीहरूलाई उछिन्न गाह्रै पर्छ। 

कति कमाउँछन्? 
 भिजिटरको संख्यासँगै यसको विज्ञापनको पाटो पनि महत्वपूर्ण हुन्छ। अनुमानअनुसार लोकप्रियताको दर हेर्दा यस्ता साइटले दिनमा ५० हजार अमेरिकी डलरभन्दा बढी कमाउन सक्ने क्षमता हुन्छ। पोर्नलाई छाडेर सफा साइटमा आउने हो भने यति कमाउन सक्ने साइटमा मान्छेले गुगल, फेसबुक, याहू र माइक्रोसफ्टमात्रै देख्नेछन्। 

समय पनि धेरै बिताउँछन् 
 पोर्न साइटहरूको एउटा विशेषता यस्ता साइटमा बिताइने समय पनि हो। अरु साइटमा सामान्यता मानिसले तीनदेखि सात मिनेटमात्रै बिताए पनि पोर्न साइटमा भने १५ देखि २५ मिनेटसम्म बिताउने गर्छन्। जति धेरै समय बितायो, त्यति विज्ञापनबापत आउने पैसा पनि बढ्ने भएकाले यस्ता साइटका आम्दानी झन् बढ्ने गर्छ। पोर्न साइटहरूले अहिले निःशुल्क भिडियो राख्न थालेका भए पनि परम्परागत साइटहरूमा विशेष भिडियो हेर्नका लागि क्रेडिट कार्डबाट पैसा तिर्नुपर्ने व्यवस्था गरिएको हुन्छ। भारत कै सबिताभाभी जस्ता पोर्नटुन साइटहरूले समेत क्रेडिट कार्डबाट पैसा तिरेपछि मात्र हेर्न पाइने बनाएका छन्। पोर्न साइटहरूको आम्दानी त्यस्ता साइटहरूमा राखिने पप अप (साइट हेर्दाहेर्दै अर्को पेज खुल्ने) विज्ञापनहरूबाट समेत हुने गर्छ। अझ केही साइटमा त तपार्इँका गोप्य जानकारी चोर्न सक्ने सफ्टवेयर आफै इन्स्टल हुने वा झुक्याएर इन्स्टल गर्ने तारतम्यसमेत मिलाइएको हुन्छ। छोटो समयमा लोकप्रिय यस्ता अधिकांश साइट नयाँ छन्। इन्टरनेटमा नयाँ-नयाँ पोर्न साइट जन्मने क्रम पनि बढ्दो छ। अहिले त पोर्न साइटका लागि छुट्टै डोमेन डट एक्सएक्सएक्स दिने कुरा पनि भइरहेको छ। दोस्रो ठूलो पोर्न साइट युपोर्न जन्मेको छ वर्षमात्रै भयो। ट्युबएट त चार वर्षमात्रै भएको छ। एक्सभिडियोजमा प्रति महिना २९ पेटाबाइट्स डाटा ट्रान्सफर हुने गर्छ। यो भन्नु प्रतिसेकेन्ड ५९ जिबी हो। जब कि लन्डन र न्युयोर्कबीचको डाटा कनेक्टिभिटी साढे एक टिबीमात्रै हो। यसको नजिकमा आउने साइट त युट्युब र हुलुमात्रै हो। तर युपोर्न मात्रै हुलुभन्दा छ गुणा ठूलो छ।
• एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ 
• एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन् 
• एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् 
• प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ
 (स्रोतः फेमिलीसेफमिडिया)

पूर्व राजपरिवारको सम्पत्ति खोज्न प्रम भट्टराईको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजपरिवारका सदस्यहरूको सम्पत्ति खोजविनको कामलाई तदारुकताका साथ अगाडि बढाउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिएका छन्। उनले पूर्व राजपरिवारको नाममा विदेशमा रहेका सम्पत्तिसमेत व्यवस्थितरुपमा खोज्न निर्देशन दिए। आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल ट्रष्टको आर्थिक वर्ष २०६७/२०६८ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले भावी सन्ततिका लागि पनि त्यो सम्पत्ति साँस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहने भएकाले त्यसको जगेर्ना गर्न निर्देशन दिएको नेपाल ट्रष्टका सचिव श्रीधर गौतमले जानकारी दिए। ट्रष्टअन्तर्गत रहेका सम्पत्तिहरूलाई आर्थिक उपार्जनको काममा लगाएर त्यसबाट आर्थिक विकास तथा बेरोजगार युवालाई रोजगारी दिनुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिएका थिए। प्रधानमन्त्रीले पूर्व राजपरिवारको स्वदेश तथा विदेशका विभिन्न बैंकहरूमा रहेको नगद तथा स्वदेश तथा विदेशमा रहेका अन्य भौतिक सम्पत्तिको समेत तत्काल खोजविन गर्न निर्देशन दिएकोमा आफूहरुले त्यस कार्यमा इमान्दारिताका साथ लागिरहेको जानकारी गराएको प्रतिवेदन बुझाएपछि सचिव गौतमले जानकारी दिए। सो अवसरमा ट्रष्टको तर्फबाट आफूले ट्रष्टको ऐन समय सापेक्ष बनाउन पहल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको र प्रधानमन्त्री त्यसका लागि सकारात्मक रहेको समेत सचिव गौतमले जानकारी दिए। ट्रष्टअन्तर्गत चारजना सञ्चालकहरू अझैसम्म पनि पूर्ति हुन नसकेको समेत ट्रष्टका तर्फबाट सचिव गौतमले जानकारी गराएका थिए। यसैगरी पूर्व राजा तथा राजपरिवारको सदस्यहरूको सम्पत्ति खोज्नका लागि सहयोग गर्ने स्थानीय जनता र जानकारहरूलाई सम्पत्तिको बारेमा जानकारी दिँदा त्यसबापत दिइने भनिएको प्रोत्साहनमा पनि प्रष्टताको आवश्यकता रहेकामा त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो। प्रतिवेदनमा ट्रष्टले आर्थिक वर्ष २०६७/६८ मा गरेका काम कारबाहीको विवरण समेटिएको छ।

Jun 27, 2012

अफगानिस्तानमा २४ घण्टामा ३७ तालिवानी मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानमा गत २४ घण्टामा आतंकवादीविरुद्ध गरिएको आक्रमणमा ३७ तालिवानी आतङ्तकारी मारिएका छन् । नेटो सुरक्षा फौजसहितको अफगानिस्तानको संयुक्त सेनाले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । सो कारबाहीका क्रममा संयुक्त सुरक्षा फौजले अफगानिस्तानका विभिन्न १२ वटा क्षेत्रमा अपरेसन चलाएको बताएको छ । कारबाहीका क्रममा अरुपनि कयौं हतियारधारी पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आवद्ध सैनिकले नानर्गाहार, लाघमान, हेल्माण्ड, खोस्त र घान्जी प्रान्तमा सो कारबाही गरेको थियो । सो कारबाहीमा ३७ जनाभन्दा बढी सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु हुनुको साथै अन्य करिब २० जना कारबाहीमा परेको पनि अफगानिस्तानको गृह मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीको पार्टी केन्द्रीय कार्यालय लिलामीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादी फुटेपछि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय नयाँ माओवादीको हुने कि पुरानोको भन्ने विषयमा विवाद र संघर्ष चलिरहँदा अन्तत: कार्यालय नै लिलामीमा जाने देखिएको छ । माओवादीले क्यान्टिन र पार्किङका लागि प्रयोग गर्दै आएको १२ आना २ पैसा जग्गा धितोवापतको रकम चुक्त नगरेपछि लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले लिलाम गर्ने भएको हो । एकसाता भित्र धितोको कर्जा चुक्ता नगरे सहकारी ऐन २०६३ अनुसार लालीगुराँसले धितो लिलाम बिक्रिको प्रक्रिया अगाडि बढाउने अन्तिम चेतावनी सहकारीले माओवादीलाई दिएको हो । त्यो जग्गा माओवादीले २०६५ सालमा किनेको भएपनि २०६८ असार ३१ गते भित्र किस्ता बुझाउने सर्तमा धितो राखेको थियो । जग्गा किन्नका लागि माओवादीले १ करोड ६५ लाख ५० हजार लिएको थियो ।

सार्वजनिक स्थानमा चुरोट खाने ८४ जनालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १३- सार्वजनिक स्थानमा चुरोट खाने ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक स्थानहरु, अस्पताल, भिडभाड हुने ठाउँमा उभिएर चुरोट तानिरहेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ। प्रहरी परिसरका डिएसपी धीरजप्रताप सिंहका अनुसार सिंहदरबार, न्युरोड, थापाथली, रत्‍नपार्क, वीर अस्पतालबाट चुरोट तानिरहेकाहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई सचेत गराई १०० रुपियाँ जरिवाना गराएर रिहा गरिने सिंहले बताए। उनका अनुसार बुधबारबाट सुरु भएको अभियान एक महिनासम्म चल्नेछ। सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन, २०६६ लागू गरेपछि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना गर्न कानुनी व्यवस्था छ। ऐनअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्घाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थललाई सार्वजनिक स्थलका रूपमा परिभाषित गरिएको छ। ऐनअनुसार कार्यस्थल भन्नाले उद्योग तथा कलकारखानाले काम गर्न छुट्टयाएको कार्यालय वा स्थल मानिन्छ । यस्तै चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृहलाई समेत सार्वजनिक स्थल मानिएको छ। रंगशाला, कभर्ड हल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउससमेत ऐनअनुसार सार्वजनिक स्थलमा पर्छन्। तर ऐनले सडकलाई सार्वजनिकस्थलको रुपमा राखेको छैन।

Jun 26, 2012

जातीयताको कुरा उठेपछि ट्विटर छाडिन् शोभनाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सामाजिक सञ्जालमा जातीयतामा भेदभाव गरिएपछि ब्रिटिस नायिका शोभना गुलातीले ट्विटर प्रयोग नगर्ने घोषणा गरेकी छिन् । कोरी स्टारको इन्टरनेटमा अतिरञ्जित गरिएका तस्वीर कसैले राखिदिएर तुच्छ किसिमका कमेन्ट गर्न थालेपछि उनले ट्विटर त्यागेकी हुन् । 'तिमी ब्रिटिस होइनौ, बिदेशी हौ म जहिले तिमीलाई समस्या दिनका लागि ट्विटरमा हुनेछु' जस्ता प्रतिक्रिया आउन थालेपछि उनले ट्विटर छोडेको बताएकी छिन् । ट्विटरमा गरिएको प्रतिक्रियाले आफूलाई मर्माहत बनाएको भन्दै उनले यस्तो निर्णय लिएकी हुन् । भारतीय मूलकी ४५ वर्षीया नायिकाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसित यस्तो प्रतिक्रियाले आफूलाई मनोवैज्ञानिक असर पारेको बताएकी छिन् ।

नेविसंघद्वारा विभिन्न क्याम्पस अगाडि प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १२ - नेपाल विद्यार्थी संघले मंगलबार बिहान राजधानीको विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेको छ । उनीहरुले एक घण्टा चक्का जाम पनि गरेका छन् । बिहान ९ देखि १० सम्म प्रदर्शन गरिएको थियो । मंगलबार ब्राजिलबाट प्रधानमन्त्री बाबुराम भट्टराई फर्किने क्रममा बिरोध प्रदर्शनमा उत्रेका बेला प्रहरीले बल प्रयोग गरेको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको पनि विरोध गर्दै नेविसंघ सडकमा उत्रेको हो ।

बेलायतका राज्यमन्त्री एलन डङ्कन नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायतका अन्तराष्ट्रिय विकास सम्बन्धी राज्यमन्त्री तीनदिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका छन् । विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन नेपालको औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका हुन । डङ्कनले नेपाल भ्रमणका क्रममा शीर्ष राजनीतिक दलका नेतालाई भेट्नुका साथै बेलायतले नेपालमा गर्दै आएको विकासको परियोनाको समेत अध्ययन गर्नेछन् । उनले बेलायती संघसंस्थाका प्रतिनिधिसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राज्यमन्त्री टङ्कनको यो तेस्रो नेपाल भ्रमण हो । बेलायतले जलवायु परिवर्तन, मानवअधिकार, विकास, रक्षा कानुनी आधार, अभिव्यक्तिको स्वतन्त्रता लगायतका विभिन्न विषयमा ठूलो आर्थिक सहयोग गर्दै आएको छ ।

लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन युरोप भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन युरोप भ्रमणमा निस्किएका छन् । लिम्बुवान प्रवास शाखा कार्य समिति बेलायतको निमन्त्रणामा सोमबार लिङ्देन युरोप भ्रमणमा निस्किएका हुन । उनका साथ, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य तथा उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बू समेत गएका छन् । यूकेको राजनीतिक भ्रमणमा जानुभन्दा अगाडि असार १० गते एक प्रेस विज्ञप्ति जारी गर्दै आफू यूकेको राजनीतिक भ्रमणमा जान लागेको र संघीय लिम्बुवान आन्दोनलको विश्वव्यापी सञ्जाल निर्माण गर्ने मुख्य मिशन रहेको जनाका छन् । उनले यूके भ्रमणको क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुणपूर्व ९ जिल्ला लिम्बुवान आन्दोलनको सम्भावना र चुनौतीबारे विभिन्न ठाउँमा बहस, अन्तरक्रिया र मन्तव्यहरू राख्ने कार्यक्रम रहेको छ ।

मातृकाको माओवादी फुट्यो, नयाँ क्रान्तिकारी मोर्चाको जन्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
‘एक बाम अठार ठाम’ भन्ने भनाई नेपाली कम्युनिष्ट पार्टीका लागि यथार्थ बन्दै छ । आजबाट मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी फुटेको छ । मातृकाका यादवले नेतृत्व गरेको माओवादीका २८ जिल्ला सेक्रेटरीले नयाँ पार्टी गठन गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी अशोक लामाको नेतृत्वमा नयाँ संयुक्त क्रान्तिकारी मोर्चा गठन भएको जानकारी दिइएको छ । नयाँ मोर्चाले पार्टी अध्यक्ष यादव एकाधिकारवादी, मनोगत र गोलचक्करवादी चिन्तन बोक्ने व्यक्ति भएकाले उनको नेतृत्वबाट अलग भएको बताएका हुन । नयाँ मोर्चाले २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध चुनवाङ बैठक हुँदै १२ बुँदे दिल्ली सम्झौतासम्म आईपुग्दा पार्टीको अस्तित्व समाप्त पर्ने काम यादवले गरेको भन्दै नयाँ मोर्चा खोल्नु परेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नव गठित मोर्चाका संयोजक अशोक लामाले भने ‘अहिलेको परिस्थितिमा मालेमावादी सिद्धान्तको रक्षा गर्दै दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि बृहत क्रान्तिकारी मोर्चाको आवश्यक भएको महशुस गर्दै हामीले नेकपा माओवादीसँग सम्बन्ध विच्छेद गरी नयाँ मोर्चा गठन गरेका हौँ ।’

Jun 25, 2012

कांग्रेसलाई एक साताभित्र आफ्नो प्रधानमन्त्री छान्न सल्लाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ११ - नेकपा एमालेका सचिव शंकर पोखरेलले कांग्रेसलाई एक साताभित्र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीको उमेदवार प्रस्तुत गर्न सल्लाह दिएका छन् । उनले कांग्रेसले त्यसो नगरे आफूहरूले वैकल्पिक प्रधानमन्त्रीको नाम अगाडि सार्ने चेतावनी पनि दिए । रिपोर्टर्स क्लबमा सोमबार सचिव पोखरेलले कांग्रेसको नेतृत्वमा कुनै विवाद नभए पनि उसले उम्मेदवारी तय नगर्ने हो भने अरू दलको नेतृत्वमा सहमति गर्न आग्रह गरे । उनले भने- यसरी कामचलाउ सरकारलाई लामो समय राखिरहन मिल्दैन । पोख्रेलले भने- कांग्रेसले आफ्नो उमेदवारी पनि दिन नसक्ने अनि अरूलाई समर्थन गर्ने विषयमा पनि छलफल नगर्ने, यस्तो क्रियाकलापले मुलुकमा केवल सर्वसत्तावाद मात्र निम्त्याउँछ । राष्ट्रिय सहमतिको सरकार नबनी पूर्ण बजेट आउनै नसक्ने भन्दै यथास्थितिमा पेश्की बजेटभन्दा अर्को कुनै पनि खाले बजेट आउन नसक्ने उनले स्पष्ट पारे । संविधान र संवैधानिक व्यवस्था खतरामा परेको अवस्थालाई राष्ट्रपतिले बुझेको विश्वास व्यक्त गर्दै सचिव पोखरेलले यस्तो अवस्थामा संविधानको संरक्षकको हैसियतले निकासका लागि ठोस कदम चाल्ने दाबी गरे । उनले भने- यति बेला राज्यको सम्पूर्ण कार्यकारी अधिकार समाप्त भएको छ । यस्तो अवस्थामा निकासका लागि कदम नचाल्नु मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ । माओवादीका पोलिटब्युरो व्युरो सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री डा. बाबुराम भट्टराई कामचलाउ भइसकेकाले अब सहमतिमा कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । उनले राजनीतिक सहमतिबिना प्रधानमन्त्रीलाई राष्ट्रपतिले समेत पदमुक्त गर्न नसक्ने ठोकुवा गर्दै दलहरुबीच सहमति बने माओवादीलाई कांग्रेसको नेतृत्व स्वीकार्य भएको बताए । बस्नेतले भने- अहिले काम चलाउ प्रधानमन्त्रीको राजीनामाको औचित्य छैन, सहमतिमा अर्को प्रधानमन्त्रीको टुंगो लाग्नुपर्छ, सरकार परिवर्तन हुने बित्तिकै मुलुकमा कायपलट हुन्छ भन्ने सोच भ्रमपूर्ण छ । कांग्रेसका केन्द्रीय सदस्य नारायण खडकाले कांग्रेसले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक गरेर सभापति सुशील कोइरालालाई सहमतिको प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी भइरहेको खुलासा गरे । उनले भने- सभापति जी ले चाहना नगरे मात्रै शेरबहादुर र रामचन्द्रजीको पालो आउने हो । अहिलेको एकमतको उमेदवार सभापति नै हो । संविधानको संरक्षकको नाताले राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर राजीनामा मागी मुलुकलाई असहज परिस्थितिबाट बाहिर निकाल्नुपर्ने भन्दै खड्काले प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्दै राजीनामा दिएर सहमतिको बाटो खोल्नु सबैभन्दा उपयुक्त विकल्प भएको तर्क गरे । संवैधानिक आधारविना घोषणा गरिएको चुनाव हुने सम्भावना नरहेको ठोकुवा गर्दै उनले सहमतिको सरकारले मात्र चुनाव गर्नसक्ने बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभा व्युत्याएर मुलुकले निकास नपाउने ठोकुवा गर्दै प्रधानमन्त्रीलाई हटाएर सहमतिको सरकार गठन गरेपछि मात्रै मुलुकले निकास पाउने दाबी गरे । मुलुक अहिलेसम्म सत्ता र भत्ताका कारण बर्बाद भएको भन्दै केसीले सीमित कामका लागि सहमतिको सरकार निर्माणमा जोड दिए । म नै सर्वेसर्वा हुँ भन्ने व्यवहारको कारण संविधान निर्माण हुन नसकेको र निर्वाचन पनि हुन नसक्ने भन्दै उनले सहमतिको विकल्प मुलुकका लागि वर्वादीबाहेक केही नहुने धारणा राखे । उनले प्रधानमन्त्र स्वदेश फर्कनासाथ सहमतिको सरकारका लागि सर्वदलीय बैठक गरेर अगाडि बड्नुको विकल्प नरहेको स्पष्ट पारे ।

अफगानिस्तानमा १० नेपाली 'बन्धक'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ११ - अफगानिस्तानमा सुरक्षा गार्डको काम दिने भन्दै काठमाडौं, दिल्ली र काबुलस्थित तीनजना म्यानपावर एजेन्टको नेटवर्कले एक वर्षदेखि अलपत्र पार्दै आएका दस नेपाली कामदार पछिल्लो एक महिनादेखि 'बन्धक' बनेका छन् । राजधानी काबुलबाट झन्डै तीन घन्टा दूरीमा रहेको बाग्रामस्थित एक अफगानीको गेस्ट हाउसमा रहेका कामदारले आफूहरूलाई देश फर्काइदिन आग्रह गर्दा दिल्ली र काठमाडौंका एजेन्टहरू एकाएक सम्पर्कहीन बनेको बताएका छन् । 'हामी एक महिनादेखि यहाँ थन्किएका छौं । बाहिर आवतजावत गर्न दिइन्न, अफगानी होटलवालाले हाम्रो पासपोर्ट र अरू कागजात जफत गरिसकेको छ,' गेस्ट हाउसमा रहेका इलामका लीलबहादुर काफ्लेले कान्तिपुरसँग भने । पीडित कामदारहरूले जनाएअनुसार जनही ४ लाख रुपैयाँ उठाएर भारतको दिल्ली विमानस्थल हुँदै अफगानिस्तान पठाउने एजेन्टहरूमा सुमित्रा राई (काठमाडौं), मिलन थापा (दिल्ली) र गोपाल कार्की (काबुल) रहेका छन् । पीडितको सहयोग र उद्धारका लागि पहल गरिरहेका काबुलस्थित पत्रकार सुबेल भण्डारीका अनुसार पर्यटक भिसामा ल्याइएका यी कामदारहरूलाई 'डिपोर्टेसन भिसा' को व्यवस्था गराएर मात्रै घर फर्काउन सकिने अवस्था छ । गेस्ट हाउसमा खानपिन गरेको रकम नतिरी पासपोर्ट फिर्ता गर्न नसकिने भएकाले र पीडित कामदारहरूको घरपरिवारको नाजुक स्थितिका कारण 'आवश्यक रकम' जुटाउन नेपाल सरकारले पहल गर्नु जरुरी रहेको भण्डारीले बताए । यसरी बिचल्ली बेहोर्नेहरूमा लीलबहादुरसहित जनक ढकाल, विनेश तामाङ, शिवकुमार राई, धनबहादुर गुरुङ, सुवासचन्द्र राई, राजेन्द्र मिश्र, रामानन्द राई, जितेन्द्र गुरुङ र सासन थापा छन् । एक महिने अवधिका लागि 'टुरिस्ट' बनेर कामको खोजीमा जानेहरूले त्यसपछिको अवधिमा नियमित कामदार भिसा नपाउँदा दैनिक १० डलर हर्जानासहित 'डिपोर्टेसन-भिसा' का लागि आवेदन दिनुपर्ने हुन्छ । 'हामीमध्ये धरानका सुवासचन्द्र र झापाका राजेन्द्र यता अलपत्र बनेको एक वर्ष पुगिसक्यो,' लीलबहादुरले भने, 'एजेन्टहरूबीचको पैसाको लेनदेन नमिलेको तनावका माझ हामीलाई बन्धक बनाइएको स्थिति छ ।' एक लाख रुपैयाँ मासिक आम्दानी हुने भनेर दिल्ली हुँदै भिन्न समयमा अफगानिस्तान पुर्‍याएकामा यी दस युवाले आजसम्म काम नपाएको बताएका छन् । पत्रकार भण्डारीले स्थानीय एजेन्ट गोपाल कार्कीसँग गरेको सम्पर्कपछि पाएको जानकारीमा महिनौंदेखि गैरकानुनी भइसकेका पीडित श्रमिकको उद्धारका लागि तत्काल कम्तीमा १५ हजार डलर रकम चाहिने अवस्था छ । 'यो स्थिति परराष्ट्र मन्त्रालयमा सुनाउन गयो भने धेरै गरेमा उसले इस्लामाबादस्थित नियोगलाई पत्र लेखेर स्थिति बुझबुझारथ गर्न आग्रह गरिदिन सक्छ । तर अफगानिस्तान मामला सुल्झाउन पाकिस्तानी नियोगलाई सहयोग मात्रै मागेमा पनि 'स्थिति अझ खराब हुने' देखिन्छ,' भण्डारीले भने । 'हाम्रो दूतावास भइदिए 'एक्जिट' हानेर पठाउन मिल्थ्यो, हाम्रो दूतावास नभएपछि 'डिपोर्ट' मै जानुपर्छ,' भण्डारीसँगको वार्तामा काबुलस्थित एजेन्ट गोपाल कार्कीले भने, 'यो समस्यालाई तत्कालै नेपाल सरकार -परराष्ट्र) ले सम्बोधन नगरे स्थिति अझ बिग्रन सक्छ ।' विगतमा काबुलस्थित तोरा नामको कम्पनीमा काममा लगाइदिन पहल गरेका कार्कीले आफू यी कामदारको बिचल्ली स्थितिमा कुनै 'भागिदार' नरहेको जनाएका छन् । दिल्लीस्थित एजेन्ट थापा र काठमाडौंकी राई भने सम्पर्कबाहिर छन् । लीलबहादुरकी श्रीमती तुलसा काफ्लेका अनुसार पीडित कामदारहरूले आइतबार अपराह्न पनि रुँदै उनलाई फोन गरेका थिए । 'मैले आवश्यक सहयोग र उद्धारका लागि पौरखी नेपालमार्फत परराष्ट्र मन्त्रालयमा भनिसकेकी छु तर सुनुवाइ भएको छैन,' तुलसाले भनिन् । पौरखी अध्यक्ष मञ्जु गुरुङले भने बन्धक रहेका नेपालीको उद्धारमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन, अन्तर्राष्ट्रिय रेडक्रससमेतको सहयोग जरुरी रहेको भन्दै यसका लागि प्रक्रिया सुरु गर्ने बताइन् । परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले यस विषयबारे वस्तुस्थिति पहिल्याउन इस्लामाबादस्थित नेपाली नियोगलाई अवगत गराइने र स्थितिको गम्भीरता हेरी अरू उपायसमेत अवलम्बन गरिने बताए ।

पार्टी खोल्न चौतर्फी दबाब छः आङकाजी शेर्पा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, असार ११ - नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जनजातिहरूको छुट्टै दल बनाउन देश विदेशबाट चर्को दबाब आएको जनाएका छन् । विभिन्न विकल्पहरूमध्येबाट प्रभावकारिता अध्ययन गरी छिट्टै निष्कर्षमा पुग्ने उनले बताए ।नेपाली आदिवासी जनजाति आन्दोलन र संविधानसभा विघटन विषयक जानकारी सभामा सहभागी हुन हङकङ आएका उनले उक्त कुरा बताएका हुन् । शेर्पासँगै एमाले पोलिटब्युरो सदस्य तथा आदिवासी जनजाति सभासदसभा (ककस) का संयोजक पृथ्वी सुब्बा गुरुङ समेत यहाँ आएका छन् । 'जनजातिहरूको छुट्टै पार्टी गठन गर्ने वा आ-आफ्नै विचारधारा अनुसार अहिलेकै पार्टीभित्रै रही हक अधिकारका लागि मोर्चाबन्दी गर्ने लगायतका मोडालिटीबारे हामीले छलफल चलाइरहेका छौँ,' नेपाली आदिवासी जनजाति महासंघ हङकङद्वारा याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, 'पार्टी भावनामा बगेर हतारमा खोल्ने कुरा होइन गंम्भीर छलफलपछि छिट्टै हुने राष्ट्रिय भेलाले यसको टुंगो लगाउने छ ।' सबै जनजाति एकजुट भए नयाँ बन्ने पार्टी राष्ट्रिय शक्तिको रुपमा उदाउने समेत उनले दाबी गरे । अहिलेका प्रमुख राजनीतिक दलहरू जनजातिकै मुद्दा उठाए पनि सत्तामा पुगेपछि त्यस्ता प्रतिबद्धता विर्सने गरेको उनको आरोप थियो । नेपालमा जातिय ध्रुबीकरण हुन नदिन मुख्य राजनीतिक दलहरू सचेत हुनुपर्ने बताउँदै महासचिव शेर्पाले आदिवासी जनजातिका मागमा गंम्भीर बन्न सुझाए । 'हामीले मुलुकमा सबै नागरिकको बरोबरी पहिचान, प्रतिनिधित्व र पहुँच चाहेका हौं', महासचिव शेर्पाले भने, 'गाई, कुकुर र कागका नाम बिदा दिइने नेपालमा आदिवासीले आफ्नो मौलिक चाडपर्व मनाउँदा बिदा पाउँदैनन् ।' जनजातिलाई अधिकार दिने कुरा आउनासाथ माओवादी चीनतिर, कांग्रेस भारततिर, एमाले भुईंतिर र बाँकी आकाशतिर र्फकने गरेको भन्दै उनले व्यगंसमेत गरे । 'हामी संविधानसभा व्युतोस भन्ने चाहन्छौं', निर्वाचनमा जान समेत तयार रहेको बताउँदै शेर्पाले भने, 'तर बाहिर जेसुकै भनेपनि माओवादी, कांग्रेस, एमाले लगायतका पार्टी कोही पनि चुनावमा जान तयार हुने छैनन् ।' संविधान सभाको अवसान गर्नेलाई जनताले चुनावमा दण्डित गर्ने सबैलाई डर रहेको उनको भनाइ थियो । जारी जनजाति आन्दोलनलाई विश्व शक्तिले विशेष महत्वका साथ हेरिरहेको उनले बताए । एमाले नेता पृथ्वी सुब्बा गुरुङले जनजातिहरूले जातिय राज्य नभई पहिचानसहितको लोकतान्त्रिक राज्य चाहेको धारणा राखे । जिम्मेवार नेताहरू समस्या समाधानतिर भन्दा षडयन्त्र र अन्योल सिर्जना गर्नेतर्फ लागेकाले संविधान सभा विघटन हुन पुगेको उनको भनाइ थियो । ' भोट माग्ने बेला कांग्रेस एमाले लगायतका दलले स्वीकार गरेका कुरापनि अस्वीकार गरे', नेता गुरुङले भने, 'तर त्यहाँ भित्रका पनि कृष्ण सिटौला, रामचन्द्र पौडेल र माधव नेपाल लगायतका नेताहरू हाम्रै पक्षमा छन् ।' प्रदेशको नाम पछि नामांकन गर्दा जातीय सदभाव भड्किन सक्ने बताउँदै गुरुङले यस्ता संवेदनशिल कुराहरूका छिनोफानो पहिले नै हुनुपर्ने बताए । संविधानले बहुभाषिक, बहुसांस्कृतिक भनेपनि अहिलेपनि नेपालमा एकात्मक संरचना हाबी रहेको उनको भनाइ थियो । 'हामीले कसैको अधिकार खोस्न चाहेका होइनौं, आफ्नो अधिकार मात्र मागेका हौं ।' नेपाली आदिवासी जनजाति महासंघ हङकङले जनजाति आन्दोलनलाई सफल पार्न संयुक्त सघर्ष सहयोग समिति गठन गरेको छ ।

भारतीय राजदूतले सगरमाथा भारतमा रहेको अभिव्यक्ति दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दक्षिण कोरियाका भारतीय राजदूत विष्णु प्रकाशले सगरमाथा भारतमा रहेको अभिव्यक्ति दिएपछि उनी विवादमा फसेका छन् । उनले भारत र चीनको सिमानामा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ भन्दै अन्तर्वार्ता दिएपछि नेपाल सरकारले कडा प्रतिवाद गरेको छ । कोरिया टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा राजदूत विष्णु प्रकाशले सगरमाथाको चर्चा गरेका हुन् । नेपालको नाम नलिइकन भारतको उत्तरपूर्वी भाग चीनसँग जोडिएको र सिमाना रहेको सगरमाथा सुन्दर र आकर्षक छ भन्ने भनाईले कूटनीतिक क्षेत्रमा हंगामा मच्चिएको छ । अन्तर्वार्ता दिने क्रममा भारत किन भ्रमणयोग्य छ ? भनेर सोधिएको प्रश्नमा विष्णु प्रकाशले भारतमा सगरमाथा भएको र कोरियाका पर्यटकहरुले भारत भ्रमण गर्नुपर्ने तर्क दिएका थिए । भारतीय राजदूतको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल सरकारले प्रतिवाद गरेको छ । "भारतीय राजदूत विष्णु प्रकाशको अभिव्यक्ति कुनै हालतमा हामीलाई मान्य हुँदैन, यो अभिव्यक्ति फिर्ता लिन कूटनीतिक च्यानलबाट हामीले आग्रह गरिसकेका छौं"- परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने । नेपाल सरकारले सगरमाथा भारतमा पर्ने खालका आसय दिने भारतीय कूटनीतिज्ञको अभिव्यक्तिको खण्डन गरिसकेको छ । यसबाट दक्षिण कोरियाबाट सगरमाथा चढ्न नेपाल आउने पर्यटकलाई भ्रममा पार्न खोजिएको प्रष्ट रुपमा बुझ्न सकिन्छ । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले भारतीय राजदूत विष्णु प्रकाशलाई लिखित रूपमै भर्बल नोट दिएका थिए तर भारतीय राजदूतले आफ्नो गल्ती स्वीकार गर्नु त कता हो कता उल्टै नेपाली राजदूतलाई यस विषयमा धेरै नबोल्न निर्देशन दिएका छन् । "भारतीय राजदूतको अभिव्यक्तिको विरोध गर्दै नेपाली दूतावासमार्फत पत्र पठाइयो तर भारतीय राजदूतले टिप्पणी नगर्न दबाब दिएर हाम्रा राजदूतलाई पठाएछन्, तर हामीले सगरमाथा नेपालमा पर्ने र यसबारे अन्यथा टिप्पणी नगर्न औपचारिक रूपमै भनेका छौँ ।"- परराष्ट्र स्रोतले भन्यो । कोरियास्थित नेपाली दूतावासले भारतीय राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराए लगत्तै परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली दूतावासलाई भारतीय राजदूतसँग सोध्न निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालय र कोरियास्थित नेपाली दूतावासका अधिकारीहरूले यसबारे औपचारिक टिप्पणी गर्न चाहेनन् । भारतको विदेश मन्त्रालयका प्रवक्ता रहिसकेका विष्णु प्रकाशले दिएको यस्तो बयानले उनको यो बोलाइ सोची सम्झि गरिएको चाल हुन सक्ने अनुमान लगाइएको छ । भारतले गौतम बुद्ध भारतको हो भनि दाबी गरिरहेको अवस्थामा नेपालीको एक मात्र शान, विश्वको उच्च शिखर सगरमाथा भारतको हो भन्ने भनाइले एका तिर भारतको अधिनायकवाद प्रर्दशित हुन्छ भने अर्को तर्फ एक पछी अर्को नेपालको पहिचान गुम्ने डर छ ।

अमरलाई मृत्युदण्डबाट बचाउन तत्काल पहल गर्न अपिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ११ - अमर बचाउ अभियानले दुवईको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमरबहादुर बमको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग अपिल गरेको छ । रोजगारीको सिलसिलामा दुवई पुगेका अमरलाई इण्डियन सोसल क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकोमा बचाउ अभियानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर उनको जीवन रक्षाका लागि अपिल गरेको हो । सेठ्ठीको हत्यामा अमरलाई थाहै नदिई सवारी चालकका रूपमा प्रयोग गरिएको र सरकारी काम काजको भाषा अरबी समेत उनलाई नआएको कारण उनले आफूलाई निर्दोष सावित गर्न नसकेको भन्दै पत्रकार सम्मेलनमा उनको जीवन रक्षाका लागि अपिल गरेको हो । अदालती प्रकृयामा आफ्ना कुराहरू राख्न नपाउँदा अमर निर्दोष हुँदाहुँदै पनि मृत्युदण्डको सजाय भोग्न बाध्य पारिएको र गोली हान्ने भारतीय नागरिक करण र मनोजले समेत आफूहरूको योजनाबारे अमर बेखबर रहेको र उनी निर्दोष रहेकाले माफी दिन दुबई अदालतलाई लिखित पत्र लेखिसकेको अवस्थामा अमर सरकारले पहल नगर्दा जेल जीवन बिताउन बाध्य भएको बचाउ अभियानका संयोजक अनिल उपाध्ययले गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले निर्दोष नेपाली नागरिक अमर बमलाई फसाईको स्पष्ट भइसकेको उल्लेख गर्दै उनलाई मृत्युदण्डबाट बचाई रिहाई गराउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यसका लागि मानव अधिकारवादी, नागरिक समाज सबैको सक्रिय पहलको आवश्यकता समेत जोड दिए । एनआरएन महासचिव तेञ्जी शेर्पाले नेपाल सरकारको तर्फबाट सहयोग र समन्वयको अभावले अमर निर्दोष हुँदा हुँदै पनि कानुनी कठघरामा उभिएको भन्दै एनआरएनको तर्फबाट उनलाई बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा राजेन्द्र कुँवर, अनुषा ढुंगाना, हरिप्रसाद अवस्थीले पनि निर्दोष अमरको रिहाइमा सरकारले चासो नदिएको प्रति आक्रोश व्यक्त गर्दै सरकार अझै चासो नदिए सिंह दरबारको गेट ढक्ढक्याउने चेतावनी दिए २००३ जनवरी २५ मा भारतीय नागरिकहरू मनोज मुदना, करन सिंह र स्मद कुलतसँगै पक्राउ परेका अमरलाई सवारी चालकका रूपमा काम गरेको भन्दै दुवई अदालतले मृत्यृदण्ड दिने फैसला सुनाएको थियो ।

Jun 21, 2012

हङकङमा १०१ जनाको आदिवासी जनजाति संघर्ष सहयोग समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं आम्भु जेठा, 
हङकङ १६ जुन, आदिवासी जनजाति संघर्ष सहयोग समिति हङकङमा गठन भएको छ । एकल जातिय पहिचान सहितको संघियता चाहानेहरुको भेलाद्घारा शनिवार साँझ समिति निर्माण भएको हो । आदिवासी जनजाति महासंघ हङकङको संयोजनमा अघिल्लो आइतवार ४१ जनाको संघर्ष सहयोग समिति वनेको थियो । समितिको शनिवार साझ वसेको वैठकद्घारा आदिवासी जनजाति महासंघ नेपालका पुर्व सचिव भक्त दुराको संयोजकमा गठन भएको संघर्ष सहयोग समितिमा एघार जनाको सचिवालय सहित १०१ जनाको कार्य समिति रहेका छ । आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष एम वी थापाले संचालन गरेको भेलामा आदिवासी जनजाति पत्रकार महासंघ हङकङको अध्यक्ष भुपेन्द्र चेम्जोङले सचिवालय समितिको नामावली प्रस्ताव गरेका थिए । प्रस्ताव विवाद रहित पारित भएको थियो । संघर्ष सहयोग समिति हङकङले नेपालमा एकल जातिय पहिचान सहितको संघियताको लागि हुने संघर्षहरुलाई सहयोग गर्ने वताएको छ । एघार जनाको सचिवालयले नेपाल र विश्वभरिका संघर्ष समितिहरुसंग समन्वय गर्दै कार्यगत एकता गर्ने जनाएको छ । एकल जातिय पहिचान सहितको संघियतावादिहरुहको भेलाद्घारा १०१ जनाको संघर्ष समिति वनेको भेलाका सहभागिहरुको एउटै भनाइ थियो । संघर्ष सहयोग समितिको भेलामा एकिकृत नेकपा माओवादि पार्टी हङकङका पार्टी सचिव जे. वी. ओख्रावु, लिम्बु लोकतान्त्रिक किरात संघ हङकङका संयोजक ओमराज संवाहाम्फे, लिम्बुवान राष्ट्रिय मोर्चाको केद्रिय अध्यक्ष दिल पालुङवा, किरात धर्म तथा सहित्य उत्थान संघका हङकङका अध्यक्ष मोहनमान नेम्वाङ, मञ्च सम्बन्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका सचिव झहरमान लिङदेन, नेपाली जन संपर्क समिति ने.का. हङकङका महामन्त्रि वसन्त श्रीनेत लगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । महामन्त्रि श्रीनेतले संघर्ष सहोग समिति स्वागत योग्य भएको वताउदै आफु समितिमा रहन नसक्ने वताए । आदिवासी जनजाति संघर्ष सहयोग समिति हङकङको सचिवलय समितिको नामावली 
 संयोजक भक्त दुरा 
 सचिव किशन राई 
सदस्य नरहाङ राई 
हेम थापा 
एम बी थापा 
भुपेन्द्र चेम्जोङ 
नरेश सुनुवार 
जेवि ओख्रावु 
ओमराज सम्बाहाम्फे 
सत्य घले 
वाकी एक जना अर्को वैठकमा छलफ गरि मनोनयन गर्ने वताइएको छ । सम्पुर्ण जातिय संस्थाहरु पदेन सदस्य रहने र त्यसको अभिभावकत्व अदिवासी जनजाति महासंघले गर्ने जनाएको छ ।

प्रथम टेस्टट्युब शिशु जन्माउने आमाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन (एजेन्सी), असार ७ - संसारमा पहिलो टेस्टट्युब शिशुको जन्म दिने आमा लेसली ब्राउनको ६४ वर्षको उमेरमा निधन भएको छ । उनले सन् १९७८ जुलाईमा बेलायतको एक अस्पतालमा छोरी लुइसलाई जन्म दिएर नयाँ इतिहास रचेकी थिइन् ।

१९ भ्रातृसंगठन वैद्यपक्षमा रहेको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ७ - माओवादीका २६ भ्रातृसंगठन मध्ये १९ वटा संगठनको अध्यक्ष सहित बहुमत सदस्य आफ्नो पक्षमा रहेको नव गठित नकेपा-माओवादीले दाबी गरेको छ । कुपन्डोलको कार्यालयमा नव गठित पार्टीका नेताहरूले तिलक परियार र सुरेश आले मगर लगायतका नेताको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा महिला संघ क्रान्तिकारी, दलित संघ र सांस्कृतिक मोर्चा लगायतका १९ संगठन आफ्नो पक्षमा रहेको दाबी गरियो ।

महाधिवेशनको मिति तोक्न विद्यार्थीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ७ - नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति तोक्न विद्यार्थीहरूको प्रतिनिधि मण्डलले कांग्रेस अध्यक्ष सुशील कोइराललाई भेटेको छ । भ्रातृ संगठनका विषयमा पार्टीभित्र देखिएको विवाद मिलिसकेको अवस्थामा महाधिवेशनको मिति तोक्नुपर्ने उनीहरूको राय थियो । अध्यक्ष कोइरालाले तोकिएको समयमा नै महाधिवेशन हुने बताए । कोइरालाले भने, 'सबै मिलेर वातावरण तयार गर्ने हो भने महाधिवेशन तोकिएको समयमा नै हुन्छ ।' उनेले नेवि संघ अध्यक्षलाई बोलाई सल्लाह गर्ने बताएको विद्यार्थी नेता नैनसिंह महरले बताए । महरका अनुसार नेपाल विद्यार्थी संघ विघटन गर्दा ६ महिनाभित्र अधिवेशन गर्ने प्रतिबद्धता थियो । अधिवेशन तयारीका लागि हालसम्म कुनै कदम नचालिएकोमा कोइराला समक्ष विद्यार्थीहरूले असन्तुष्टि जनाएका थिए । कोइरालले कांग्रेस महामन्त्रीको संयोजकत्वमा निर्देशन समिति गठन गरी तोकिएकै समयमा अधिवेशन गर्ने आश्वासन विद्यार्थी नेताहरुलाई दिएका थिए । प्रजातन्त्रप्रति विश्वास गर्ने विद्यार्थी संगठन भएर पनि चार वर्ष अघिदेखि विद्यार्थीहरुले प्राजतान्त्रिक अभ्यास गर्न भने पाएका छैनन् ।

एमालेका जनजाति नेताहरु पार्टी नछाड्ने निष्कर्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ७- एकल जातीय पहिचानसहितको नारा उठाउँदै आएका नेकपा एमालेका असन्तुष्ट जनजाति नेताहरुले तत्काल पार्टी नछाड्ने बताएका छन्। उनीहरु आफ्नो विचारका पक्षमा मत बढाउन बाहिरी सदस्यसँग एकता र भित्रीसँग मिलेर अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्। काभ्रेको धुलिखेलमा बुधबारदेखि भएको सो बैठकमा नेताहरुले पार्टीले आफूहरुको माग पूरा नगरुन्जेल पार्टीको कुनै कार्यक्रममा नजाने घोषणा पनि गरेका छन्। उनीहरुले संविधान सभाको पुनःस्थापनासमेत माग गरेका छन्। अग्रगामी संविधान बनाउनुपर्ने भन्दै नेता मोहम्मद रिजवान अन्सारीले संविधान सभाको पुनःस्थापना गर्नुपर्ने धारणा राखेका थिए। उपाध्यक्ष अशोक राईले पार्टीभित्र आफूहरुको छुट्टै विचार धारा भएकाले छुट्टै बैठक बसेको बताए। 'संविधान बन्नका लागि संविधान सभा पुनर्स्थापनाका लागि त्यसका पक्षमा उभिने सबैसँग सहकार्य गरेर सडक सङ्घर्ष गर्नुपर्ने उनको धारणा थियो। भेलामा अशोक राई, रामचन्द्र झा, पृथ्बी सुब्बा गुरुङ, विजय सुब्बा, राजेन्द्र श्रेष्ट, रकम जेम्जोङ, वीरबहादुर लामा, रणध्वज तङ्दोम्बा, अजम्बर राई, मोहम्मद रिजवान अन्सारी, जोगी राय, सत्रुधन महतो, गोपाल ठाकुरलगायतका दुई दर्जन नेता सहभागी छन्। यसैबीच केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय बल्खुमा बसिरहेको छ। बैठकमा असार ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाले दिएको सुझावको आधारमा राज्य पुनःसंरचनासम्बन्धी पार्टीको नीति ल्याउने कार्यक्रम छ। बैठकमा राष्ट्रिय भेलामा प्राप्त सुझावका आधारमा प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनबारे छलफल हुनेछ।

इक्वेडरमा शरण माग्दै विकिलिक्सका संस्थापक असाञ्ज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विकिलिक्सका संस्थापक जुलियन असाञ्जले इक्वेडर समक्ष शरण मागरेका छन् । केही वर्ष अघि अमेरिकाका विदेश नियोगका सम्पूर्ण गोप्य दस्तावेज सार्वजनिक गरेर चर्चामा आएका विकिलिक्सका संस्थापक असाञ्जले इक्वेडर समक्ष शरण मागेका हुन । बेलायती एक अदालतको आदेशपछि लण्डनस्थित इक्वेडर दूताबासमा बस्दै आएका जुयियनले इक्वेर सरकारसमक्ष शरणका लागि निवेदन दिएका हुन । जुलियनको निवेदनका विषयमा इक्वेडर सरकारले विचार गरिरहेको इक्वेडरको विदेश मन्त्रालयले बताएको छ । बेलायतको अदातले जुलियनलाई स्वीडेन फर्कन आदेश दिएको भए पनि उनीमाथी स्वीडेनमा लागेको यौन अपराधको मुद्धाका कारण उनी स्वीडेन जान चाहेका छैनन् । उनले उक्त यौन मुद्धाको निरन्तर इन्कार गर्दै आएका छन् । उनी सोही मुद्धाका कारण अमेरिका पुग्न सक्ने अनुमान समेत कतिपय विश्लेषकले लगाउँदै आएका छन् । अमेरिकाको विदेश दुतावासका महत्वपूर्ण र गोप्य दस्तावेज विकिलिक्स मार्फत सार्वजनिक भएपछि असाञ्ज प्रति अमेरिका रुष्ट रहेको छ । बेलायती अदालतको आदेश अनुसार स्वीडेन गए उनलाई त्यहाँबाट अमेरिका सुपुर्दगी गरिने र अमेरिकी कानुन अनुसार मुद्धा चलाईने डरका कारण उनी स्वीडेन जान नचाहेर इक्वेडर समक्ष शरण मागिरहेका छन् ।

प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्री सिंहसँग भेट गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दीगो विकास तथा वातावरण सम्मेलनमा भाग लिन ब्राजिलको राजधानी रियो दी जेनेरियो पुग्नुभएका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भारतीय समकक्षी मनमोहन सिंहसँग आज भेट गर्दै हुनुहुन्छ। रियो ट्वान्टी नाम दिइएको सो सम्मेलनमा भाग लिन जानुभएका प्रधानमन्त्री भट्टराईले भारतीय समकक्षी सिंहसँग आज अपरान्ह भेट गर्न लाग्नुभएको हो। नेपालको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने भनिएको दक्षिणी छिमेकी देश भारतीय सिंहसँग प्रधानमन्त्री भट्टराईले गर्न लागेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ। प्रधानमन्त्री भट्टराईले अति कम विकसित देशहरुको बैठक र उच्च पर्वतीय देशहरुको बैठकको अध्यक्षता गर्ने कार्यक्रम छ।

जुन २१ अर्थात् विश्व संगीत दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आज जुन २१ अर्थात् विश्व संगीत दिवस संसार भरी नै विभिन्न कार्यक्रम गरी मनाईदैछ । फ्रान्सबाट सन् १९८२ बाट आजको दिनलाई विश्व संगीत दिवसको रुपमा मनाउने परम्परा शुरु भएको हो । यो दिवस विश्वका सय भन्दा बढि देशहरुमा औपचारिक रुपमा मनाउने गरिन्छ । अन्य देशहरुमा धुमधामका साथ संगीत दिवस मनाई रहँदा नेपालमा पनि विभिन्न कार्यक्रममा आयोजना गरि मनाईदैछ । संगीतको कुनै भाषा हुदैन, संगीतको कुनै सिमाना हुदैन यसबाट केबल मानिसले आनन्द प्राप्त गर्छन् भन्ने मान्यता रहेको छ । नेपालमा पनि विशेष प्राथमिकताका साथ यो दिवस मनाउनु पर्ने संगीतसँग आवद्ध रहेको व्यक्तित्वहरु तथा संघ संस्थाहरुको विचार रहेको छ । नेपालमा संगीतसँग आवद्ध व्यक्तिहरुले यस दिवसको उपलक्ष्यमा संगीतप्रेमी तथा संगीत क्षेत्रमा क्रियाशील रहेका सबैलाई शुभकामना दिएका छन् ।

Jun 19, 2012

एआईजी डीआईजीको सरुवा बदर गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ५ - सरकारले सोमबार गरेको एआईजी र डीआईजीको सरुवा बदर गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मुख्य सचिवमार्फत नेपाल सरकारलाई उक्त निर्देशन दिएको हो । निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले सरुवाको निर्णय बदर गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले ५ एआईजी र १९ डीआईजीको सरुवा गर्ने निर्णय गरेको थियो ।

भारतको राष्ट्रपति निर्वाचनमा प्रणव मुखर्जी एक्लो उमेद्वार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतमा हुने अगामी राष्ट्रपति निर्वाचको लागि अर्थमन्त्री प्रणव मुखर्जी एक्लो उम्मेद्वार बनेका छन् । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामले राष्ट्रपतीय निर्वाचनमा आफू सहभागि नहुने बताएपछि मुखर्जी एक्लो उमेद्वार बनेका हुन । कलामले १९ जुलाई २०१२ मा हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धी नरहने बताएका छन् । भारतका केही राजनीतिक दलले कलामलाई राष्ट्रपति पदको उमेद्वारका रुपमा हेर्न चाहेको भए पनि आफूलाई राष्ट्रपति पदको कार्यकालमा बस्ने इच्छा नभएको उल्लेख गरेका हुन । कलामले विज्ञप्ति मार्फत भनेका छन् ‘उहाँहरुको चाहनाको कदर गर्दै मलाई विश्वास गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु।’ कलाम यसअघि २००२ देखि २००७ सम्म भारतको राष्ट्रपतिको जिम्मेवारी लिइ सकेका अनुभवी राजनीतिज्ञ मानिन्छन् ।

डिजेल र मट्टितेलमा मूल्यवृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ५ - नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । दुवै इन्धनमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ । अब डिजेल र मट्टितेलको प्रति लिटर मूल्य ९३ रुपैयाँ भएको छ । पेट्रोल लगायत अन्य इन्धनको मूल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेको बेला निगमले मूल्य बढाएको छ ।

तीन यात्रीसहित चीन पहिलो पटक अन्तरिक्ष केन्द्रमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विश्व शक्तिमानका रुपमा उदाउँदै गरेको उत्तर छिमेकी राष्ट्र चीनका तीन जना अन्तरिक्ष यात्रीहरू आज पृथ्वीको अन्तरिक्ष केन्द्रमा पहिलो पटक पुगेका छन् । दुई पुरुष तथा एक महिलाको यो अन्तरिक्षयात्रीको समूह तियागोङ–१ अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका हुन् । चीनको राज्यद्वारा सञ्चालित टेलिभिजन सञ्जालले प्रत्यक्ष प्रसारण गरेको सो यात्रा पूरासँगै चीन पहिलो अन्तरिक्ष केन्द्रमा पुग्न सफलता हासिल भएको छ । अन्तरिक्ष पुग्ने यात्रीहरू शेन्झाउ–९ नामक अन्तरिक्षयानमार्फत त्यहाँ पुगेका हुन् । उक्त यान शनिबार पृथ्वीबाट प्रक्षेपण भएको थियो ।

नयाँ माओवादीको पत्रकार सम्मेलन प्रज्ञा भवनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हिजोमात्र एकीकृत माओवादीबाट औपचारिक रुपमा अलग भएको मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीको नयाँ पार्टी घोषणा सहितको पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभा सहलामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मोहन वैद्यले नयाँ पार्टी गठन भएको घोषणा गर्दै पत्रकारले सोधेका प्रश्नको जवाफ दिएका छन् । पत्रकार सम्मेलनमा वैद्यले माओवादीको दस वर्षे जनयुद्धको उपलब्धिलाई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले ध्वत पारेको समेत आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रम जारी छ । पत्रकारले तपाईहरु फेरी प्रचण्ड पक्षसँग मिल्न जाने अवस्था छ कि छैन भनेर गरेको प्रश्नमा वैद्यले भने ‘हामी प्रचण्डसँग जाने होइन अब प्रचण्ड हामीसँग आउँनु पर्छ ।’ पत्रकार सम्मेलनमा वैद्य पक्षले डा.बाबुराम भट्टराई नेतृत्वको सरकार भारतमुखी भएको समेत आरोप लगाएको छ । वैद्यले विपा सम्झौता गरेर भट्टराईले राष्ट्रघाती काम गरेकोमा समेत रोष प्रकट गरेका छन् । त्यस्तै अर्को एक प्रशंगमा वैद्यले प्रचण्डले भारतको एक प्रतिष्ठित पत्रिकामा अन्तर्वाता दिने क्रममा भारतसँग हाम्रो घनिष्ठ सम्बन्ध भएको बताएका छन् भन्दै प्रचण्ड र बाबुराम कांग्रेस एमाले जस्तै भएको आरोप समेत लगाएका छन् । पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिने क्रममा वैद्यले अबको राजनीतिक निकास गोलमेच सम्मेलनमात्र भएको र नयाँ संविधानसभाको निर्वाचन कुनै हालतमा पनि सम्भव नहुने र नस्वीकार्ने समेत बताएका छन् । वैद्यले नयाँ पार्टी बनाउँनुको लक्ष्यका सम्बन्धमा भने ‘यो अवस्थामा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायको रक्षा र जनताको अधिकार रक्षाका लगि आन्दोलनमा जाने निर्णय लिएका हौँ ।’ वैद्यले नयाँ पर्टीको लक्ष्य जनक्रान्तिमा जाने नै रहेको समेत प्रष्ट पारेका छन् ।

Jun 16, 2012

आङकाजी शेर्पा एमालेबाट निकालिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २ - नेकपा एमाले स्थायी समितिको शनिबार बसेको बैठकले एमालेका सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टी साधारण सदस्यताबाटसमेत निस्कासन गरेको छ। जनजाति महासंघका महासचिवसमेत रहेका उनी जातीय राजनीतिमा चर्कोगरी उत्रेपछि विवादित रहँदै आएका थिए। स्थायी समितिको बैठकले विपक्षीका सभामा गएर उत्तेजित भाषण गरेको र पत्रकारमाथि आक्रमण गर्न उक्साएको भन्दै कारवाही गरेको हो। शुक्रबार राजधानीमा एकीकृत माओवादीले आयोजना गरेको सभामा जनजाति महासंघतर्फबाट सम्बोधन गरेका थिए। सभामा उनले एमाले र कांग्रेस उत्पीडित जातिको अधिकार विरोधी भएको आरोप लगाएका थिए। बैठकको निर्णयमाथि प्रश्‍न गर्दा शेर्पाले भने, 'अब एमालेमा जनजातिका लागि स्थान छैन भन्ने पक्का भयो।'

भारतको राष्ट्रपतिमा मुखर्जीलाई जिताउन सोनियाको अपिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतको भावी राष्ट्रपतिपदका उम्मेद्वार प्रणम मुखर्जीलाई जिताउँन भारतको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीले अपील गरेकी छन् । आज गान्धीले मुखर्जीलाई भावी राष्ट्रपतिकारुपमा जिताउन भारतका संसद सदस्य र समर्थकलाई अपील गरेकी हुन । मुखर्जी वर्तमान सरकारका अर्थमन्त्री हुन । मुखर्जीको उम्मेद्वारीलाई युपिएलले समर्थन गरे पनि उनी एक्लो उम्मेद्वावार होइनन । सरकारको अर्को एक प्रमुख घटक तृणमूल कांग्रेसले पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको नाम राष्ट्रपति पदका लागि बाहिर ल्याएको छ । सत्तारुण कांग्रेसले वित्तीय मन्त्री मुखर्जीलाई राष्ट्रपतिय प्रत्यासीका रुपमा अगाडि सारेपछि भारतीय राजनीतिक एक पटक राम्ररी तातेको छ । कांग्रेसले मुखर्जीलाई समर्थन गर्ने निर्णयमा पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले पूर्वराष्ट्रपति अब्दुल कलामको नाम अघिसारेपछि झड्का लागेको छ । भारतका वित्तविज्ञ मुखर्जी र पूर्व राष्ट्रपति एवम् भारतकै अगुपिताका रुपमा चिनिएका कलाम कसले बाजी मार्ने हुन त्यो भने हेर्न बाँकी छ । कलामलाई भारतको प्रमुख राजनीतिक शक्ति कांग्रेसले समर्थन गर्ने सम्भावना कम देखिएकाले मुखर्जीको सम्भावना बलियो भएको विश्लेषण गरिएको छ । तर कलामले संगालेको अनुभव र उनले अणुक्षेत्रमा पुर्र्याएको योगदानको मूल्याङकन भए दोस्रो बाजी नमार्लान भनेर आकलन गर्न सक्ने अवस्था समेत देखिदैन ।

महिला कामदारलाई कुवेत जानबाट रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,
झण्डै ५५ हजार नेपाली महिला कामदार रहेको कुवेतमा थप महिला कामदार ल्याउनबाट कुवेत स्थित नेपाली दुतावासले केही समयको लागि रोक लगाएको छ। व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिएर जाने महिला कामदारहरु मानव तस्कर को सिकार हुन सक्ने आशंकामा दूतावासले अर्को व्यवस्था नहुँदा सम्मको लागी थप कामदार ल्याउन रोकेको हो। दुतावासले कुवेत र नेपालाको एजेन्सीबिच सम्झौता गराएर मात्रै महिला कामदार पठाउने सकिने व्यवस्था गर्ने लागेको छ।

Jun 15, 2012

माओवादी अध्यक्ष पुष्पकमल दाहालले खुलामञ्चमा सम्बोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अषाढ १ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले खुलामञ्चमा सम्बोधन गर्दै आफू कसैलाई गाली गर्ने पक्षमा नरहेको बताए । उनले माओवादीले संघीयता र पहिचान छोड्न नसक्ने पनि बताए । दलहरुबीच नेताहरुको नामै किटेर आरोप प्रत्यारोप भइरहेको बेला दाहालले भने केही लाक्षणिक कुराहरु मात्र गरे । उनले सहमतिको आवश्यकता औल्यौंदै गाली नगर्ने नै बताए । तर, उनले परिवर्तन नचाहनेहरुले संविधान बन्न नदिएको आरोप भने लगाए । उनले भने, ‘हामीले संविधान निर्माणका लागि धेरै विषयमा सम्झौता गर्‍यौं तर संघीयता र पहिचानमा समेत सम्झौता गरेको भए म मात्रै होइन हाम्रो पार्टी नै सिद्धिने खतरा थियो ।’ उनले जेठ २६ गतेको २६ दलको आमसभा र २७ गतेको राप्रपा नेपालको सभाप्रति लक्ष्य गर्दै भने, ‘उहाँहरुले गाएको र माओवादीले सुसेलेको के कति अन्तर छ, बुझिदिए पुग्छ ।’ ‘हामीले साँच्चै गायौं भने कस्तो होला ?’ उनको प्रश्न थियो । जेठ १४ ले परिवर्तनकारी शक्ति र परिवर्तन नचाहने बीचको कित्ता छुट्याएको उनको भनाई थियो । कांग्रेस र एमालेप्रति लक्ष्य गर्दै दाहालले एकात्मक सामन्तवादी सोच भएकाहरूले संविधान बन्न नदिएको अरोप लगाए । नेपाली सेनाका विषयमा आफूले भन्दै नभनेको कुरा बाहिर आएकोमा बताउँदै दाहालले नेपाली सेना अब गणतन्त्रवादी सेना भएको कथन दोहोर्‍याए । आफूले यो सेना शाही सेना नरहेको र सेनालाई विश्वास गरेर नै लडाकु समायोजन गरेको बताए । उनले प्रश्न गरे, 'मुलुकको सेना एउटा पार्टीको सेना कसरी हुन् सक्छ ? अर्को प्रसङ्गमा दाहालले सहमतिको विकल्प नभएको पनि दोहोर्‍याए । उलने आफ्नै पार्टीका असन्तुष्ट पक्ष र विपक्षी पार्टीलाई समेत एकै ठाउँमा आउन आग्रह गरे, त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार भएको बताए । आफ्नो यो आह्वान देशको उन्नतिका लागि र जनताको प्रगतिका लागि भएको पनि उनले बताए ।

संविधान बनाउन नसकेकोमा भट्टराईले माफी मागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अषाढ १ - प्रधानमन्त्री बाबुराम भट्टराईले खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै जेठ १४ संविधान जारी गर्न नसकेकोमा सरकार प्रमुखका तर्फबाट माफी मागे । संविधान जारी गर्ने जिम्मेवारी तपाईहरुले दिनु भएकै हो भन्दै भट्टराईले नौ महिनासम्म कोखमा बोकेकी महिलाले जीवित सन्तान जन्माउन नसक्दा जुन पीडाको अनुभूति गर्छिन् त्यस्तै अनुभूति आफूले गरेको बताए । भट्टराईले संविधान बन्न नसकेको अवस्थामा निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताए । चुनावको घोषणा असंवैधानिक भयो भन्ने राजनीतिक पार्टीहरू माघ १८ र असोज १९ दोहोर्‍याउन राष्ट्रपतिलाई उक्साइ रहेका छन्, यो कुन संवैधानिक बाटो हो भन्दै प्रतिप्रश्न गरे । उनले राष्ट्रपतिको सचेतता प्रति खुसी व्यक्त गरे । ‘बुद्धिमान मानिसले एउटा गाडी बिग्रियो भने अर्को गाडी खोजेर भए पनि गन्तव्यमा पुग्छन्, त्यसैले आउनुहोस् हामी पुनः सहमति गरेर अगाडि बढौं,’भट्टराईले भने । उनले ठुस्किएर गएका साथीहरुलाई पुनः सहमतिमा आउन आग्रहग गरे । राष्ट्रिय सहमति बिना निकास सम्भव छैन भन्दै भट्टराईले सबै दललाई एकै ठाउँमा आउनसमेत आग्रह पनि गरे ।

म्यानमारको सितवेमा जातीय दंगा र जातीय भिडन्त सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
म्यानमार - विगतका केही दिनदेखि म्यनमारमा जातीय दगां फैलिएको छ । जारी जातीय दगांका क्रममा कम्तीमा पनि २८ जनाको ज्यान गएको छ । सो क्रम नरोकिएपछि म्यानमारमा केही स्थानमा सङ्कटकालीन अवस्थाको पनि घोषणा गरिएको छ । म्यनमारका सरकारले त्यहाँको राखिने राज्यमा सङ्कटकालीन अवस्थाको घोषणा गरेको हो । २८ जनाको ज्यान गएको उक्त दगांमा ५३ जना घाइते भएका पनि समाचारमा उल्लेख छ । गएको हप्ता म्यानमारमा बुद्ध र मुस्लिम समुदायका नागरिकका बीचमा धार्मिक द्वन्द्व सुरु भएको थियो । यसका कारण पश्चिमी म्यानमारको सितवेमा जातीय दंगा र जातीय भिडन्त सुरु भएको हो ।

Jun 14, 2012

भारतमा राष्ट्रपति निर्वाचन घोषणापछि राजनीतिक चलहपहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँदिल्ली- भारतमा राष्ट्रपति निर्वाचनको घोषणा लगत्तै राजनीतिक दलबीच चलहपहल बढेको छ । मंगलबार भारतको निर्वाचन आयोगले १९ जुलाईमा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेको थियो । यसैक्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधबार साँझ समाजवादी पाटींका अध्यक्ष मुलायमसिंह यादवसँग भेटवार्ता गरेकी छन् । भेटपछि मुलायम सिंह र ममता बनर्जीले संयुक्त रुपमा राष्ट्रपतिका लागि तीन नाम पेश गरेका छन् । पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम, प्रधानमन्त्री मनमोहन सिंह तथा लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको नाम प्रस्ताव गरिएको छ । ममता र मुलायमले संयुक्त प्रेस सम्मेलनमा सबै दललाई तीनमध्ये एक नाममा आमसहमति गर्न अपिल गरेका छन् । मुलायम र ममताले केन्द्रिय वित्तमन्त्री प्रणव मुखर्जी र उपराष्ट्रपति हामिद अन्सारीको नाम खारेज गरिदिएका छन् । प्रणव मुखर्जी राष्ट्रपति पदका लागि काँग्रेसको पहिलो रोजाइ हो भने दोस्रोमा उपराष्ट्रपति हामिद अन्सारी रहेका छन् । तर बनर्जी र मुलायम सिंहलाई ती दुवै नाम मन परेन । ममताले बुधबार कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेट गरेकी थिइन् । सो भेटपछि ममता र मलायमबीच करिब एक घन्टा विचारविमर्श भएको थियो ।

लोकतन्त्रवादी नेतृ सुकी २४ वर्षपछि युरोप भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेनेभा- म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ साङ सुकी २४ वर्षपछि आफ्नो पहिलो युरोप भ्रमण अन्तर्गत जेनेभा पुगेकी छन्। भ्रमणका क्रममा सुकीले आज अन्तर्राष्ट्रिय मजदूर संघलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुकीले आजै स्विट्जरल्याण्डका विदेशमन्त्री दिदिए बर्कहाल्टरसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमणका सिलसिलामा सुकी नर्वे पनि जाने कार्यक्रम रहेको छ। त्यहाँ सन् १९९१ मा उनलाई दिने घोषणा गरिएको नोबल पुरस्कार पनि औपचारिक रुपमा ग्रहण गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष दाहालको सात बुँदे प्रस्तावको उत्तर छ बुँदेमा दियो वैद्य पक्षले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ३२- पार्टी एकताका लागि माओवादीको संस्थापन पक्षले वैद्य पक्षसमक्ष राखेको ७ बुँदे प्रस्तावप्रति वैद्य पक्षले आफ्नो धारणा पेश गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा रहेको असन्तुष्ट पक्षलाई एकताका लागि यस्तो प्रस्ताव राखेका थिए। अध्यक्षले आत्मालोचना लिखितरुपमै गर्नुपर्ने, अहिले भइरहेको पुरानो प्रवृत्ति नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, बिप्पा सम्झौता खारेज गर्नुपर्ने, शान्ति र संविधान निर्माण गर्ने क्रममा भएका सात बुँदे, चार बुँदे जस्ता सबै सम्झौता खारेज गर्नुपर्नेलगायत् माग यी बुँदामा समेटिएका छन्। 
 वैद्य पक्षको छ बुँदे जवाफ यस्तो छ- 
 पार्टीलाई एकताबद्ध तुल्याउने आधार र उपायबारे
 हाम्रो पार्टी एकीकृत ने क पा (माओवादी) मा विद्यमान दुईलाइन संघर्ष निकै गम्भीर तथा जटिल मोडमा पुगेको छ। यस स्थितिमा पार्टीलाई एकताबद्ध तुल्याउने बारे हामीले पुरानै होइन नयाँ ढंगले फलदायी परिणाम निकाल्ने उद्देश्यमाथि आधारित रही गम्भीरतापूर्वक सांेच्न र ठोस आधार एवं उपाय पत्ता लगाउन आवश्यक छ। यसै प्रक्रियामा अध्यक्ष कमरेड प्रचण्ड पक्ष र हाम्रो विचार समूहकाबीच २०६९ जेठ ३० गते गम्भीर प्रकारको वार्ता सम्पन्न भएको थियो। सो वार्तामा अध्यक्ष कमरेडबाट पार्टीलाई एकताबद्ध तुल्याउनका लागि सम्बन्धित सबै समस्या तथा विवादहरुलाई संबोधन हुने गरी प्रस्ताव प्रस्तुत गर्ने सहमति भएको थियो। यसै क्रममा यही ३१ गते अध्यक्ष पक्षीय विचार समूहको स्थायी समितिको बैठक बसी पारित गरिएको ७ बुँदे प्रस्ताव हामीलाई दिइएको छ। सो प्रस्ताव समस्याहरुको समाधान गरी पार्टीलाई एकताबद्ध तुल्याउने उद्देश्यमा नभई फेरि पनि छलछाम गर्ने र धोखा दिने अभिप्रायमा आधारित रहेको देखिन्छ। पार्टीलाई रुपान्तरण सहित एकताबद्ध तुल्याउनु अहिलेको अपरिहार्य आवश्यकता हो। अहिले लामो समयदेखि आधारभूत कार्यदिशाका साथै पछिल्लो समयमा सरकार बन्ने प्रक्रियासंगै उपन्न भएका चार बुँदे तथा सात बुँदे सहमति, चाबी हस्तान्तरण तथा सेना समायोजन, बिप्पा सम्झौता, जग्गाफिर्ता, लगायतका विषयमा पार्टीमा पैदाहुँदै आएका विवाद तथा समस्याहरुबारे हामीले पार्टीमा राख्दै आएका र समाधान हुन बाँकी रहेका समस्याहरुको सही समाधान नगरी पार्टीलाई एकताबद्ध तुल्याउन सकिदैन। साथै, अध्यक्ष पक्षद्वारा लिइदैं आएका कैयौं निर्णयहरुमा हामी सहभागी रहेका छैनौ र त्यसप्रकारका गलत निर्णयहरुप्रति हामीले जिम्मेवारी लिने प्रश्न नै आउँदैन। यसैगरी कमरेड बाबुरामद्वारा सरकारका तर्फबाट बुलडोजर लगाई सुकुम्बासीहरुलाई हटाउने लगायतका गैरजिम्मेवार क्रियाकलापप्रति पनि हामी सहमत हुन सक्तैनौं। यसप्रकारको स्थितिले पार्टीलाई एकताबद्ध तुल्याउन सकिदैन। तसर्थ, पार्टीलाई एकताबद्ध तुल्याउनका लागि निम्न विषयमा विशेष ध्यानदिन जरुरी छः 
१. पार्टीद्वारा मार्क्सवाद-लेनिनवाद-माओवाद/विचारको पथप्रदर्शनमा नेपालमा सामन्तवाद र साम्राज्यवाद/ विस्तारवादको विरोधमा नयाँ जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने मूल नीति तथा कार्यक्रममा आधारित कार्यदिशा निर्धारण गरिएकोमा त्यसका विरुद्ध पार्टीलाई संसदवादी तथा सुधारवादी भासमा फँसाउने कसरत हुँदै आएको छ। त्यसबारे गम्भीर बन्दै पार्टीको मूल कार्यदिशाप्रति पुनः प्रतिबद्धता जाहेर गर्न जरुरी छ। 
२. हाम्रो पार्टीको केन्द्रीय समितिका बैठकहरुमा जनताको संघीय गणतन्त्रको मूल कार्यनीति पारित गरिएको छ र त्यसअनुसार जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्ने निर्णय लिइएको छ। परन्तु यस प्रकारको निर्णयको बारम्बार अवज्ञा गरिंदै आउने काम भएको छ। २०६८ भाद्र ११ गते कमरेड प्रचण्ड र लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको ४ बुँदे सहमति पत्रमा पनि लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको उल्लेख गरिएको छ। साथै, सोही ४ बुँदे प्रस्तावका कतिपय बुँदामा नेपालको वैदेशिक संबन्धसंग संबन्धित पार्टी नीति विपरीत सहमति कायम गरिएको छ। त्यसो गर्नु सिधै गलत हुन गएको छ। पालुङ्गटार विस्तारित बैठक पश्चात सम्पन्न केन्द्रीय समितिको बैठकमा पारित प्रस्ताव अनुसार देशको प्रधान अन्तर्विरोधमा परिवर्तन भएको र राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न प्रमुख बनेको स्थितिमाथि ध्यानदिंदै राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गर्ने पार्टीको सर्वसम्मत निर्णय हुंदा हंुदै सो मान्यता विपरीत ४ बुंदे सहमति गरेर सरकार गठन गरियो। माघ पहिलो सातामा सम्पन्न केन्द्रीय समितिको बैठकमा सर्वसम्मत रुपमा तात्कालीन सरकारलाई विघटन गरी राष्ट्रिय सहमतिको संयुक्त सरकार निर्माण गर्ने निर्णय लिइएकोमा छ महिना वितसक्दा पनि सो निर्णयको कार्यान्वयन गरिनु त परै जाओस् उल्टो त्यसै सरकारलाई निरन्तरता दिने कसरत हुँदै आएको छ। त्यत्तिमात्र होइन यसै सरकारको रक्षाको लागि संविधान सभा र व्यवस्थापिकालाई समेत बलि चढाइएको छ। 
३. देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न गम्भीर बन्दै आएको कुरा स्पष्ट नै छ। यसै विषयलाई केन्द्रमा राखी विगतमा भएका सन् १९५० का साथै महाकाली सन्धि, अपर कर्णाली, अरुण तेस्रो, उच्च्ा कोशी बाँध लगायतका सबै असमान सन्धि सम्झौताहरुको खारेजी, काला पानी, सुुस्ता, महेशपुर, पशुपतिनगर आदि क्षेत्रमा हुंदै आएका सीमा अतिक्रमण, प्राकृतिक स्रोत साधनमाथि हुँदै गएको हस्तक्षेपको विरोध गरिदै आएको कुरा स्पष्ट नै छ। परन्तु आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको स्थितिमा उक्त विषयबारे सशक्त आवाज उठाउनुको साटो बरु त्यसको ठीक उल्टो प्र.म. बाबुराम भट्टराईद्वारा भारत सरकारसंग बिप्पा, जलस्रोत संबन्धी समझदारी पत्र लगायतका राष्ट्रघाती एवम् जनविरोधी सम्झौताहरु गरिएका छन्। यसो गर्नु सिधै पार्टी नीति विपरीत हुन गएको छ। 
४. हाम्रो पार्टीद्वारा सम्मानजनक रुपमा सेना समायोजन गर्ने र नयाँ संविधान निर्माण तथा सेना समायोजनको कामलाई एकैसाथ अगाडि बढाउने निर्णय लिइएकोमा त्यसका विरुद्ध तीन राजनैतिक दलहरुका बीच भएको ७ बुँदे सहमति, क्यान्टोनमेन्टको चाबी हस्तान्तरण, गत चैत्र २८ गते जनमुक्ति सेनाका विरुद्ध गरिएको नेपाली सेनाको परिचालन र जनमुक्ति सेनाको विघटन र विसर्जन लगायतका निर्णयहरु गलत भएका छन्। यसप्रकारका निर्णयले परिवर्तनकामी नेपाली जनता र जनमुक्ति सेना नेपालको स्वाभिमानमाथि गम्भीर आघात पुर्‍याएको छ। 
५. संविधान निर्माणको प्रक्रियामा पार्टी निर्णय र संविधानसभामा विषयगत समितिहरुद्वारा प्रस्तुत विषयहरुमाथि ध्यान दिंदै जनताको सम्विधान बनाउन अघि बढ्ने कुरा त परै जाओस् , बरु उल्टै संवैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिमा सम्विधान सभाका विषयगत समितिबाट वहुमत र सर्वसम्मत रुपमा आएका विषयहरुलाई समेत उल्ट्याउने काम भयो। साथै सहमति नभएका विषयहरुमा सम्विधान सभाको नियमावली अनुसार प्रकृया अघि बढाएर सम्विधान सभालाई कृयाशील बनाउनु पर्नेमा ती विषयहरु स्वयम् आफैंले रोकेर सभासदहरुको भूमिकालाई अपमानजनक ढंगले समाप्त गर्ने र अन्ततः कार्यसूचीविहीन बनाएर सम्विधान सभा र व्यवस्थापिका संसदलाई नै भंग गराउने जस्तो अत्यन्तै अलोकतान्त्रिक कदम समेत चाल्न पुगियो। यसको निमित्त नेतृत्वमा रहनु भएका सम्बन्धित कमरेडहरु मुख्य रुपमा जिम्मेवार हुनु भएको कुरा स्वतः स्पष्ट छ। 
 ६. खरिपाटी राष्ट्रिय भेलादेखि अहिलेसम्म आउँदा विवादित विषय र कार्यदिशासंग सम्बन्धित विषयमा पटक पटक सहमति कायम हुँदै र तिनलाई कार्यान्वयन गर्ने तर्फ नेतृत्वबाट पटक पटक पूरै अवज्ञा गरिदै र उल्टाउंदै आउने काम भाएको छ। स्थितिमा अब हुने सहमतिबारे कार्यान्वयनको सुनिश्चितता अनिवार्य रुपमा आवश्यक छ। उपरोक्त विषयमा गम्भीर प्रकारका गल्ती, कमी, कमजोरी हुँदै आएकोमा ती सबै विषयबारे लिखित आत्मालोचना र त्यसप्रकारका गल्ती, कमी, कमजोरीहरुको पुनरावृत्ति नहुने प्रतिबद्धतासहितको प्रस्ताव अनिवार्य रुपमा आवश्यक छ। अनि मात्र समस्याको सही समाधान र सम्बोधन हुन सक्तछ। यसरी नै पार्टीलाई एकताबद्ध तुल्याउन सम्भव छ। सो नभएमा आगामी असार १ गतेदेखि आयोजना गरिएको राष्ट्रिय भेला यथासमय र स्थानमा सम्पन्न हुने कुरा पनि यसै साथ जानकारी गराइन्छ। 
 मितिः २०६९ जेठ ३२ 
मोहन वैद्य (किरण) उपाध्यक्ष 
 रामबहादुर थापा (बादल) महासचिव 
 एनेकपा(माओवादी)

राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ३२- विपक्षी दलहरुले विरोध गरिरहे पनि राष्ट्रपति रामवरण यादवले सम्पति शुद्धिकरण (एन्टी मनी लाउन्डरिङ)सँग सम्बन्धित तीन वटा अध्यादेशलाई अनुमति दिने तयारी गरेका छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले अरु अध्यादेश भने राजनीतिक सहमतिबाट ल्याउनु पर्ने सल्लाह दिनेछन्। सम्पति शुद्धिकरण सम्बन्धी तीन वटा अध्यादेश पारित नभए रोममा आउँदो जुन १८ मा हुने फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकले नेपाललाई कालो सुचीमा राख्दैछ। त्यसबाट जोगिन अध्यादेश जरुरी रहेकोमा राष्ट्रपति विश्वस्त रहेको स्रोत बताउँछ। स्रोत बताउँछ- "राष्ट्रपतिले जुन १८ सम्म दलहरुलाई सहमति गर्न सुझाव दिइरहने छन्। तर सहमति नभए पनि देशको छविसँग सम्बन्धित भएकोले ती अध्यादेशहरु अनुमोदन गर्नेछन्।" टास्कफोर्सले नेपाललाई जुन १८ सम्म कानुन ल्याउनु पर्ने समय सीमा तोकेको छ। स्रोतका अनुसार बजेट जस्ता अध्यादेशहरुलाई भने राष्ट्रपतिले सहमतिमै ल्याउन जोड दिनेछन्। कङ्ग्रेस, एमालेसहित २२ दलले सरकारले ल्याउन लागेका कुनै पनि अध्यादेश पारित नगर्न राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन्। अन्तरिम संविधानको धारा ८८ ले संसद अधिवेशन नभएको बेला आवश्यक परे मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ। तर संसदको बैठकले त्यसलाई पारित गर्नुपर्ने प्रावधान पनि त्यसमा छ। संसद्‍को बैठक बसेको ६० दिनभित्र अध्यादेश पारित नभए स्वतः निस्क्रिय हुनेछ। संविधान सभाको स्वतः अवसान सँगै देशमा व्यवस्थापिका संसद पनि रिक्त रहेको अवस्था अहिले छ।

एसएलसी फेलपछि ३ किशोरीद्वारा आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
३२ जेठ,एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि पाल्पा, नेपालगञ्ज र विराटनगरका तीन किशोरीहरूले आत्महत्या गरेका छन्। एसएलसी परीक्षामा असफल भएपछि पाल्पाका छहरा ४ गोलुङ्गसाकी १६ वर्षीया सरिता राना मगरले झुन्डिएर आत्महत्या गरेकी छन्। उनले घरमा कोही नभएको बेला आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनले भैरब नवदीप उच्च माबि छहराबाट परीक्षा दिएकी थिइन्। नेपालगञ्जका १३ गोसाई गाउँकी १५ वर्षीया प्रतिक्षा शर्माले घरमा झुण्डिएर आत्महत्या गरेकी छिन्। उनले नारायण उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन्। त्यसैगरी, विराटनगर २० रानीकी मधु देवानले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनले श्रीराम उच्चमाविबाट एसएलसी परीक्षा दिएकी थिइन्।

Jun 13, 2012

यस्तो छ अध्यक्ष पुष्पकमल दाहालको एकता प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ३१,माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा रहेको असन्तुष्ट पक्षलाई एकताका लागि राखेको सात बुँदे प्रस्तावलाई वैद्य पक्षले 'पुरानै मोडलमा आएको' प्रतिक्रिया दिएको छ। वैद्य पक्षीय नेता देव गुरुङले भने, यसअघि हामीले राख्दै आएका मुद्दाहरुलाई लिपिवद्ध गरेर जवाफ पठाउँछौँ।' उनले १ गतेको भेला जारी रहने बताए। 
 दाहालको एकता प्रस्तावको पूर्ण विवरण यस्तो छ- 
पार्टी एकता कायम राख्ने तात्कालिन आधार र उपायबारे प्रस्ताव देशको समग्र राजनैतिक परिस्थिति र संघर्षको आवश्यकताले हाम्रो महान् तथा गौरवशाली पार्टीमा उत्पन्न विवादको समाधान गरि एकताबद्ध भएर अगाडि बढ्ने आधार र उपायको खोजी गर्नु ऐतिहासिक रुपले अनिवार्य बन्न गएको छ। यो तथ्य निर्विवाद छ कि अर्को अधिवेशन भएर नयाँ आधार प्रस्तुत नगरिँदासम्म पार्टी एकताको वैचारिक, राजनैतिक र साँगठनिक आधार गत केन्द्रीय एकता अधिवेशनद्वारा पारित प्रस्ताव र विधान नै हुन्। यहाँ तात्कालिन अवस्थामा पार्टीमा उत्पन्न विवाद र संगठनात्मक एकताको संकट समाधानको उपायबारे मात्र केही बुँदा अगाडि सारिएको छ। 
 १. मा.ले.मा./विचार, नयाँ जनवादी क्रान्तिको कार्यदिशा समाजवाद र साम्यवादको उद्देश्य, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त जस्ता आधारभूत विषयहरु यतिबेला हाम्रा विवादका मुख्य विषय होइनन्। अहिले जनवादी क्रान्तिको रणनैतिक उद्देश्य प्राप्तिका लागि अपनाइएको शान्ति, संविधान र सरकारसँग सम्बन्धित कार्यनीति र तिन्को कार्यान्वयनका विषयनै हाम्रा विवादका मुख्य विषय बन्न गएका छन्। त्यसमा पनि हाम्रो ध्यान केन्द्रीय समितिको गत पूर्ण बैठकमा पार्टी एकताका निमित्त गरिएको सहमतिको राजनैतिक प्रस्तावमा केन्द्रित हुन जरुरी छ। यसरी हेर्दा शान्ति प्रक्रियाका सन्दर्भमा चावि प्रकरणदेखि सेना-समायोजनको निर्णयसम्म, संविधानका सम्बन्धमा विगतमा पार्टी नेतृत्वले गरेका कतिपय सहमति, सरकारका सम्बन्धमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको विषय एवम् राष्ट्रियताका सन्दर्भमा विप्पा सम्झौता लगायतका विषय नै विवादका मुख्य विषय बन्न गएका छन्। एकताको ऐतिहासिक आवश्यकतालाई महशुस गरि पार्टी नेतृत्व पालुङ्गटारको विस्तारित बैठकपछि लिइएका उपरोक्त सबै निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न तयार रहेको कुरा स्पष्ट गर्दछ। 
 २. उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका आधारभूत हित र अधिकार मुख्यतः पहिचानका आधारमा संघीयताका पक्षमा संघर्ष गर्दागर्दै संविधानसभाको अवसान हुन पुगेको नकरात्मक स्थितिलाई पार्टीमा एकता कायम गरि जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको अभियानमा जुट्ने सकारात्मक परिणाममा लैजाने आधार तयार भएको छ। यो एकताको आधारलाई पक्डेर अगाडि बढ्नका लागि विगतमा भएका निर्णयहरुको समीक्षा गरि कमी-कमजोरीहरुप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको कुरा पनि यहाँ स्पष्ट गरिन्छ। 
 ३. पार्टी एकता र क्रान्तिको समग्र हितलाई ध्यान दिई केन्द्रीय समितिको पूर्ण बैठकमा एजेण्डा राखेर नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा स्पष्ट गरिन्छ। 
४. जुनसुकै स्थितिमा पनि संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने नीतिमा कायम रहनुपर्दछ। संविधान नबन्दासम्म यो नीतिको औचित्य कायम रहने कुरामा स्पष्ट हुनुपर्दछ। 
५. पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनैतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको कुरा स्पष्ट गरिन्छ। 
६. वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादहरुबारे पार्टीमा फोरम सञ्चालन गरि आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउन प्रतिबद्ध हुनुपर्दछ। 
 ७. उपरोक्त प्रयोजनका निमित्त अहिले दुई भिन्न विचार-समूहद्वारा आयोजित आषाढ १ गतेको राष्ट्रिय भेला र आषाढ १५ गतेको केन्द्रीय विस्तारित बैठक दुवै स्थगित गरि अबिलम्ब केन्द्रीय समितिको पूर्ण बैठक बस्ने र समग्र समीक्षा सहित साझा निस्कर्ष निकाल्न प्रयत्न गर्नु पर्दछ। प्रतिक्रियावादी र अवसरवादी तत्वहरुद्वारा हाम्रो महान् र गौरवशाली पार्टीलाई विभाजित पार्न देखेको सपना र गरिरहेको षड्यन्त्रलाई परास्त गर्न उपरोक्त आधार र उपाय अपनाउन एकजुट बनौं। जतिसुकै चुनौतिपूर्ण भए पनि पार्टीको भविष्य उज्ज्वल छ। ३१ जेठ, २०६९
 प्रचण्ड 
अध्यक्ष एनेकपा(माओवादी)

लिम्बुवानको भेडेटारमा परिषदको बृहत् बैठक हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिम्बुवान, नेपाल २९ जेठ २०६९,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद केन्द्रीय कार्य समितिको बृहत् बैठक यही २०६९ जेष्ठ ३० र ३१ गते लिम्बुवान धनकुटाको भेडेटारमा हुने भएको छ । परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा सो बैठकबारे जानकारी गराउन जेठ २९ गते जारी गरिएको एक प्रेस विज्ञप्तिअनुसार देशको राजनैतिक गाम्भीर्यतालाई मध्यनजर गरेर उक्त मिटिङलाई 'बृहत मिटिङ' को स्वरुप दिइएको हो । लिम्बुवानको सो बृहत् बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय पार्षहरू, जिल्ला र उपत्यका समितिका अध्यक्ष, उपाध्यक्ष, सचिवहरू; सबै भातृसङ्गठनका केन्द्रीय पदाधिकारीहरू, एलभी केन्द्रीय कमाण्डका कमाण्डरहरू, स्वायत्त परिषदका पदाधिकारीहरू, विदेशस्थित् समितिका प्रतिनिधिहरू र आमन्त्रित व्यक्तित्वहरूको समेत सहभागिता हुने जनाइएको छ । परिषदको बृहत् बैठकमा निम्न बिषयहरूमा छलफल हुने जनाइएको छ: 
 १. संविधानसभाको ४ वर्ष अवधिमा अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवानको मागहरूलाई संवैधानिक रुपमा संस्थागत गर्न नेपालमा नै सबैभन्दा सक्रियरुपले आन्दोलित भएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सम्पन्न गरेको कार्यक्रमहरूको समीक्षा गर्ने । 
 २. संविधान सभा बिगठन गर्ने मुख्य खलपात्रहरू एमाले र कांग्रेस र अन्य खलनायकहरू एमाओवादी, सभाध्यक्ष, सत्तालिप्सामा डुबेका मधेसी मोर्चाहरूको कुकृत्यबारे भण्डाफोर अभियान चलाउने बारे । 
३. संविधान सभाको बिघठनपछि देशमा भइरहेको पहिचानवादी र पहिचान बिरोधिहरूको तीब्र ध्रुबीकरणमा पहिचानवादीहरूको पक्षमा मञ्च र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले खेल्नसक्ने सकारात्मक भूमिकाबारे । 
 ४. विशेषतः एकात्मक पार्टीमा रहेर पनि लिम्बुवानको लागि निस्वार्थ आन्दोलनरत् व्यक्तित्वहरूलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको ढोका खुला रहेको बारे ।
 ५. संविधान सभाको ताजा चुनावको लागि युद्धस्तरमा तयारी गर्नेबारे । 
 ६. सङ्क्रमणकाल लम्ब्याएर लिम्बुवानलाई थकाउने एकात्मकवादीहरूको सडयन्त्रलाई परास्त गर्ने रणनीतिबारे । 
 ७. परिषदभित्रकै केही पदीय जिम्मेवारीहरू तोक्नेबारे । 
 - डीबी आङ्बुङ लिम्बू, लिम्बुवान

यो वर्ष एसएलसीमा ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष लिएको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । यस वर्ष नियमिततर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्टेडतर्फ १३.७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०६८ सालको एसएलसी परीक्षामा नियमित तर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ जना गरी मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी परीक्षामा सहभागि भएका थिए । कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

फेसबुकमा समाचार खोज्छन् नेपाली पत्रकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ३०,नेपाली पत्रकार सूचना प्रविधिको प्रयोगमा अगाडि रहेको राष्ट्रव्यापी एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर-नेपाल) ले गरेको अनुसन्धानमा नेपाली पत्रकारहरु इमेल र सामाजिक सञ्जालका साइटहरु मात्र हैन, माइक्रोब्लगिङको प्रयोग र श्रव्यदृश्य सेयरिङमा समेत अगाडि देखिएका हुन्। कतिपय सञ्चार संस्थाहरुले कार्यालयमा फेसबुक जस्ता सामाजिक सञ्जालका साइटहरुमा प्रतिबन्ध लगाएका छन्। तर सूचनाको खोजी गर्न पत्रकारहरुले प्रयोग गर्ने उपायमध्ये दोस्रो नम्बरमा फेसबुक रहेको सर्वेक्षणले देखाएको छ। 'सोसल मिडियामा आउने स्टायटस र ट्विटजस्ता सामाग्री नेपाली पत्रकारहरुको समाचारको स्रोत बनेको छ', सीएमआर नेपालले आज सार्वजनिक गरेको सर्वेक्षणको नतिजामा भनिएको छ- '३०.७ प्रतिशत पत्रकारहरु सोसल मिडियामा भेटिने सामाग्री भरपर्दो मान्छन्।' त्यसैगरी अधिकांश पत्रकारहरुले रिपोर्टिङ र आफ्ना समाचारहरुलाई पाठकसमक्ष पुर्‍याउनका लागि सोसल मिडिया र इन्टरनेटको सहायता लिने गरेको सर्वेक्षणले देखाएको छ। यसले सोसल मिडिया न्युजरुमको अलग्याउन नसकिने पाटो हुँदै गरेको देखाएको छ। 'मूलधारका मिडियामा समाचार उत्पादन गर्ने प्रक्रियालाई यसले पुनर्परिभाषित गर्नेछ', सीएमआर-नेपालले भनेको छ। 

लगभग सबै पत्रकार फेसबुकमा 
सर्वेक्षणमा सहभागी देशभरका १९२ पत्रकारमध्ये लगभग सबै पत्रकार (झण्डै ९७ प्रतिशत)सँग फेसबुक खाता रहेको देखिएको छ। माइक्रोब्लगिङमा भने ट्विटर सबैभन्दा लोकप्रिय छ। झण्डै ४० प्रतिशत पत्रकारसँग ट्विटर छ, जसले आफूसित भएका सूचना बाँड्न र लिन यसको प्रयोग गर्ने गर्छन्।

गुगल र जीमेल बढी लोकप्रिय 
नेपाली पत्रकारहरु माझ गुगलका उत्पादन लोकप्रिय देखिएको छ। सर्च इन्जिनका लागि झण्डै ९९ प्रतिशत पत्रकारहरुले गुगलको प्रयोग गर्छन्। त्यसैगरी इमेलमा गुगल कै जीमेल नेपाली पत्रकारहरु माझ सबैभन्दा (झण्डै ९३ प्रतिशत) लोकप्रिय छ। इमेलमा दोस्रो लोकप्रिय याहू (४४.३) रहेको छ भने हटमेल चलाउने ३०.२ प्रतिशत रहेका छन्। कार्यालयकै डोमेनको इमेल प्रयोग गर्ने ६.३ प्रतिशत मात्र छन्।

अफगानिस्तानमा गएको पहिरोमा ८० जना मरेको आशंका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल - अफगानिस्तानको बगलान प्रान्तमा सोमबार दुई भूकम्पपछि आएको पहिरोमा परी ८० जनाको मृत्यु भएको आशंका गरिएको छ । कयौँ शव भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । पहिरोमा परी घाइते भएका २० जनालाई अस्पतालमा लगिएको छ । पहाडको ठूलो भाग खसेको थियो, जसमा परी करिब २५ वटा घर ध्वस्त भए । उक्त पहाडी क्षेत्र काबुलबाट एक सय ६० किलोमिटर उत्तरमा रहेको छ । उद्धारकर्मीहरु भग्नावशेषमा पुरेकाहरुको खोजी गरिरहेका छन् । खोजी कार्यमा बुलडोजरको प्रयोग भइरहेको छ । अफगानिस्तान राजधानी काबुलसहित कयौँ सहरमा सोमबार ५.७ र ५.४ रेक्टर स्केलका दुइपटक भूकम्प गएका थिए ।

Jun 11, 2012

गच्छदारको पार्टीबाट राजीनामा दिनेहरुले असार १३ गते नयाँ पार्टी खोल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २९- उपप्रधान मन्त्री विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकबाट राजीनामा दिएकाहरुले असार १३ गते नयाँ पार्टी खोल्ने भएका छन्। छोड्नेमध्येका नेता शरदसिंह भण्डारीले नयाँ पार्टी गठनकै लागि उक्त दिन राष्ट्रिय भेला बोलाएको जानकारी पनि दिए। यसैगरी आइतबारमात्र १० केन्द्रीय सदस्यले राजीनामा दिएका सोमबार फेरि थप११ जनाले राजीनामा दिएको भण्डारीले पत्रकार सम्मेलनमा जारी दिए। यसरी राजीनामा दिने सल्लाहकार, केन्द्रीय महिला सदस्य तथा केन्द्रीय सदस्यमा रामेश्वर साह, गङ्गाप्रसाद अकेला, जयप्रकाश यादव, महमद युसुफ, जीवदी चौधरी, शशीकान्त मिश्र, रुपा मल्ल, प्रभा चौधरी, रेखा यादव, केबी भण्डारी र रुवी मिश्र छन्। गच्छदार मधेसी राजनीतिको मूल्य र मान्यता छाडेर सत्तामा केन्द्रित भएकाले अर्को पार्टी खोल्नुपरेको पनि भण्डारीले बताए। उनले संविधान नै जारी नगरी संविधान सभा विघटन हुनुमा सरकार दोषी रहेको पनि उक्त अवसरमा बताए।

काम चलाउ सरकारका अध्यादेश जारी नगर्न राष्ट्रपति समक्ष आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २९- राष्ट्रपति रामवरण यादवसँग कांग्रेस-एमालेले प्रधान मन्त्री बाबुराम भट्टराईबाट सिफारिस गरिएका अध्यादेश जारी नगर्न अनुरोध गरेका छन्। राष्ट्रपति यादवलाई ती दुई दलका शीर्ष नेताहरुले भेट गरी वर्तमान भट्टराई सरकार कामचलाउ भएको भन्दै यस्तो सरकारबाट सिफारिस गरिएका अध्यादेश जारी नगर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्री भट्टराईले हिजो राष्ट्रपतिलाई भेटी वर्तमान राजनीतिक अवस्थालगायत अध्यादेश जारीका विषयमा कुराकानी गरेको बताइएको छ। ती दुई दलको आज बिहान बसेको बैठकले संविधानतः पदमुक्त भइसकेको प्रधानमन्त्री भट्टराईबाट संवैधानिक व्यवस्था विपरीत स्वेच्छाचारीरुपमा विभिन्न विधेयकहरु अध्यादेशबाट जारी गराउन प्रयास भएको भन्दै यसप्रति कडा आपत्ति र विरोध गर्ने निर्णय गरेका थिए। 'संविधानसम्मत र राजनीतिक सहमतिमा नै आफूले निर्णय गर्ने जानकारी राष्ट्रपति डा यादवले दिनुभयो'- भेटपछि भेटमा सहभागी नेकाका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग भने। उनका अनुसार राष्ट्रपतिले आफूले यस विषयमा छलफल एवम् विचार गरेरमात्र निर्णयमा पुग्ने जानकारी ती दुई दलका शीर्ष नेताहरुलाई जानकारी गराएका थिए। उपसभापति पौडेलले राष्ट्रिय सहमतिका लागि ठूलो पार्टीको नाताले एनेकपा (माओवादी)बाट पहल हुनुपर्नेमा माओवादी स्वेच्छाचारी ढङ्गमा अघि बढेको आरोप लगाए। उनले भने- 'कामचलाउमा परिणत भइसकेको सरकारले अध्यादेश ल्याउने अधिकार राख्दैन।' 'पदमुक्त भई कामचलाउ रहेका वर्तमान प्रधानमन्त्रीलाई संविधानको धारा ४३ को सरकार सञ्चालनसम्बन्धी व्यवस्थामा अध्यादेश सिफारिस गर्ने अधिकार छैन'- भेटपछि नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सञ्चारकर्मीलाई भने। 'जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको सस्कृतिअनुरुप अध्यादेश सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन', उनले भने। 'एनेकपा (माओवादी) सत्ताकब्जा गर्ने षड्यन्त्रमा लागेका हुँदा अध्यादेशमार्फत शासन चलाउने सपना देखेको छ, यसलाई नेका र एमालेले पूरा हुन दिँदैन'- नेता नेपालले सञ्चारकर्मीलाई बताए। सो अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा संविधान र विगतमा भएका सहमति विपरीत अध्यादेशबाट शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक मान्यताको उल्लङ्घन गर्ने र जनतालाई धोका दिने बदनियतपूर्ण कार्य हो भनिएको छ। विज्ञप्तिमा भनिएको छ- संविधान र सहमति विपरीत षड्यन्त्रपूर्णरुपमा प्रधानमन्त्रीबाट सिफारिस गरिएका अध्यादेश जारी नगर्न हामी सम्माननीय राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध गर्दछौँ। विज्ञप्तिमा नेकाँका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संयुक्तरुपमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति यादवसँगको भेटमा नेका सभापति कोइराला, उपसभापति पौडेल, एमालेका अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाललगायतका नेताहरु सहभागि थिए।

बाल अश्लील चित्रणसँग सम्बन्धित १ सय ९० पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्युयोर्क, जेठ २७ (एजेन्सी)-अमेरिकी सुरक्षा अधिकारीले एक विशेष कारबाही अन्तर्गत उत्तरी अमेरिका, युरोप र एसियामा बालबालिकाको अश्लील सामग्री तयार गर्ने समूहसँग सम्बन्धित १ सय ९० जनालाई नियन्त्रणमा लिएको छ। त्यसक्रममा उनीहरूले १५ जनाभन्दा बढी पीडितको उद्धार गरेका छन्। सुरक्षा अधिकारीहरूले बालबालिकाको अश्लील सामग्री तयार गर्ने, तयसको विवरण र त्यसलाई उपलब्ध गराउने समूहलाई लक्ष्य बनाएर महिना दिन अघि अपरेसन ओरिएन नामको विशेष कारवाही चलाएका थिए। यस कारबाही अन्तर्गत अमेरिका, अर्जेन्टिना, लगायत युरोपका स्पेन, बेलायत र एसियाको फिलिपिन्सलाई लक्ष्य बनाइएको थियो। ती सबै स्थानमा थुपै व्यक्तिहरूलाई पक्राउ गरिएको छ। बाल अश्लील चित्रण अन्तर्गत यौन शोषणको शिकार भएका अधिकांश बालबालिकाहरूले अनलाइन च्याट (अनलाइन कुराकानी) सुरु गरेका थिए। त्यसपछि उनीहरूलाई यसमा फसाइएको थियो।

माओवादीको सत्ता कब्जा गर्ने योजना विफल पार्न सडक जान्छौँ - एमाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले माओवादीको सत्ता कब्जा गर्ने योजना विफल पार्न सडक संघर्ष गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले एकीकृत माओवादीका उपध्यक्ष प्रधानमन्त्री डा.बाबुराम भट्टराईको राजिनामा आउँनु पर्ने माग आइरहेका बेला प्रधानमन्त्री भने चुप लागेर बसेको भन्दै सडक संघर्षमा उत्रने निर्णय गरेको हो । एमालेले सरकारले सहमति गर्ने नाममा एकलौटी निर्णय गर्दै अघि बढेको प्रति आपत्ति जनाउँदै सडक संघर्षमा जाने बताएको छ ।

भण्डारीद्वारा नयाँ पार्टी गठनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २९ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निष्कासित शरतसिंह भण्डारीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत भण्डारीले असार १३ गते नयाँ पार्टीको नाम, झण्डा र विधान सार्वजनिक गर्ने बताए । पत्रकार सम्मेलनमा भण्डारीले जुन विषयको विरोध गर्दै फोरम लोकतान्त्रिक गठन भयो त्यसैको अहिले पुनरावृति भइरहेको बताए । उनले भने- 'पात्र बदलियो प्रवृति बदलिएन ।' मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि निरंकुश भएको, माओवादीसँग बढी सहकार्य गरेको आरोप लगाउँदै विजय गच्छदारको नेतृत्वमा भण्डारी लगायतका नेताहरू फोरम फुटाएर फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । भण्डारीले संविधानसभा विघटनमा सरकारको महत्वपूर्ण भूमिका रहेको र सरकारमा रहेको गच्छदारको पनि उत्तिनै भूमिका देखिएको आरोप लगाए । उनले सरकार निरंकुश बन्दै गएकाले त्यसविरुद्ध लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर आन्दोलन गरिने बताए । उनले आफू सधैं लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको मुद्धामा लोकतान्त्रिक शक्तिसँग तथा संघीयताको मुद्दामा पहिचान सहितको संघीयताका पक्षधरसँग रहने उल्लेख गरे । उनले मधेस आन्दोलनको आधारमा पार्टी गठन गरिने भए पनि मुलुकभरका उत्पीडित तथा पिछिडिएकाहरूका लागि काम गर्ने बताए । लोकतान्त्रिकमा रहेका रामेश्वर साह, डा गंगाप्रसाद अकेला, जयप्रकाश यादव, मो. युसुफ साफी, शशिकान्त मिश्र, रुपा मल्ल, प्रभा चौधरी र रेखा यादव लगायत थप ११ जना केन्द्रीय सदस्यहरू भण्डारीका साथमा आएका छन् । यसअघि आइतबार पनि १० केन्द्रीय नेताले फोरम लोकतान्त्रिक छाडेको घोषणा गरेका थिए ।

माओवादी मजदुर संगठनलाई जनप्रदर्शन सफल पार्न दाहालको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले असार १ गते पार्टीले आयोजना गरेको जनप्रदर्शनलाई सफल बनाउँन पार्टीको मजदुर संगठनलाई निर्देशन दिएका छन् । आज ललितपुरको खन्ना गार्मेन्टमा आयोजित प्रशिक्षणमा दाहालले मजदुर संगठनलाई राजधानीमा हुने जनप्रदर्शन सफल पार्न निर्देशन दिएका हुन । माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ पुनःस्थापना भएपछि दाहालले पहिलो पटक मजदुर संगठनलाई निर्देशन दिएका हनु । मजदुर संगठनको नयाँ नेतृत्वमा मजदुर नेता शालिकराम जम्मरकट्टेल चुनिएका छन् । दाहालले जमरकट्टेल नेतृत्वको टोलीलाई निर्देशन दिए पनि यता बरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षयी मजदुर नेताले समानान्तर समिति बनाइसकेका छन् । दाहालले भने पार्टीमा देखिएको अन्तर संघर्ष समाधान गरी पार्टीलाई एक बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भइरहेको बताएका छन् ।

Jun 10, 2012

हङकङमा गायक कृष्णभक्त राईको एकल गायन साँझ सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ जुन ९ , हङकङको जोर्डनमा रहेको याक एण्ड यति रेस्टुरेण्ट एण्ड बारमा हङकङरहेको एकमात्र नेपाली म्यूजिक कम्पनी हिमालयन टोन्स म्यूजिक कम्पनीले नेत्रबिहिन गायक तथा संगितकार कृष्णभक्त राईको सहयोगार्थ कृष्णभक्त राई एकल गायन साँझ सम्पन गरेको छ । हिमालयन टोन्स म्यूजिक एकेडेमीका सञ्चालक तथा बरिष्ठ संगीतकार दिनेश सुब्बा र लिम्बुवान ब्लगस्पोट डटकम तथा नेपाली साहित्य प्रतिष्ठान हंगकंगका अध्यक्ष टंक सम्बाहाङफेले गायक कृष्णभक्त राई र उहाँका बुबा अजम बहादुर राईलाई खादा ओडाएर कार्यक्रमको शुरुवात गर्नु भएको थियो ।उपस्थित सम्पूर्ण दर्शक तथा स्रोताहरुलाई टंक सम्बाहाङफेले स्वागत गर्नु भएको थियो । नेपाली साहित्य प्रतिष्ठान हंगकंगका अध्यक्षले स्वागत मन्तब्यमा बोल्दै भन्नु भयो । गीतकार,संगीतका र गायकको अपूर्व मिलनले यो एकल गायक निक्कै महत्वपूर्ण भएको छ । कार्यक्रमको उदेश्यको बारेमा बरिष्ठ संगीतकार दिनेश सुब्बाले जानकारी दिनु भए अनुसार कार्यक्रममा उठेको रकम खर्च कटाएर सबै रकम गायकलाई नै प्रदान गर्ने कुरा बताउनु भयो । हिमालयन टोन्स म्यूजिक एकेडेमीका सञ्चालक तथा बरिष्ठ संगीतकार दिनेश सुब्बा र टंक सम्वाहाम्फेको बिशेष पहलमा कार्यक्रम तय गरीएको हो ।यो कार्यक्रम हिमालयन टोन्स म्यूजिक एकेडेमीकाले आफ्नो फाइदाको लागि नभए र गायक तथा संगीतकार कृष्णभक्त राईलाई सहयोग गर्ने उदेश्यले आयोजन गरिएको जानकारी गराउनु भएको थियो ।कार्यक्रम सफल रहयो हङकङमा रहनु हुने संगीत प्रेमी,कबि तथा साहित्यकार र समाजसेवीहरुको उल्लेखय उपस्थित रहेको थियो ।कार्यक्रम देवराज राईले सञ्चालन गर्नु भएको थियो । गायक राईले राष्ट्रिय गीतबाट कार्यक्रमको शुरुवात गरेर हङकङगेली गीतकार टंक सम्बाहाङफेको गीत र संगीतकार दिनेश सुब्बाव्दारा संगीतबद्ध गीतहरु र पुराना चर्चित गीतहरु साथै आफैले संगीतबद्ध गरेका केहि गीतहरु सुनाएर स्रोता तथा दर्शकहरुलार्इ मन्त्रमुग्द बनाउनु भएको थियो । बि.सं २०५७ सालमा पनि हंगकंगमा वहाले सामूहिक रुपमा आफ्नो कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

Jun 8, 2012

सिक्किममा पहिरो, सात नेपाली भाषीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
काँकडभिट्टा, जेष्ठ २६ - भारतको सिक्किममा विहीवार राति पहिरो जाँदा एक घरका तीनसहित ७ जना नेपालीभाषिको मृत्यु भएको छ । पूर्वी सिक्किमको नाथाङ–माओङ क्षेत्रमा पहिरो जाँदा ७ नेपालीभाषीको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अविरल वर्षापछि गएको पहिरोले त्यस क्षेत्रको ८ वटा घर वगाएको थियो । सिक्किम प्रहरीलाई उद्धृत गर्दै नेपाली दैनिक अखवार हिमालय दर्पणले जनाएअनुसार पहिरोमा परी एकै परिवारका दिलमान, मणिमाया र टीका राईसहित महेन्द्य्र राई, नेहाल राई, चन्द्रकुमारी राई र मोहन राईको मृत्यु भएको हो । यसअघि गतवर्ष पश्चिम सिक्किममा गएको पहिरोमा परी १३ जना नेपालीभाषिले ज्यान गुमाएका थिए । यसैवीच सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले शुक्रवार पहिरो ग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको संचारमाध्यमहरुले जनाएका छन् ।

माओवादीले संविधान नै बन्न नदिएको पशुपतिशमशेर राणाको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २६,राप्रपाका नेता पशुपतिशमशेर राणाले माओवादीले एकदलीय टाइपको संविधान बनाउन खोजेको बताउँदै त्यस्तो सम्भावना नभएकाले बरु संविधान नै नबनाउने निर्णयमा पुगेको बताएका छन्। उनले एकजुट भएर यो सरकार ढाल्नुपर्छ भन्दै अहिलेसम्म प्रजातन्त्र नहारेको पनि उल्लेख गरे। उनले त्यसलाई विफल तुल्याउनुपर्ने पनि बताएका छन्। नेपाली कङ्ग्रेस-नेकपा एमालेसहितका सत्ताविरोधी २२ दलको गठनबन्धनले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन। राणाले माओवादीले जसरी पनि दुई तिहाई ल्याएर एकदलीय संविधान बनाउने र त्यसैका आधारमा सधैंका लागि संविधान कब्जा गर्ने रणनीतिअन्तर्गत संविधान सभा विघटन गराएको पनि उनले दाबी गरे। अनि भने- तर हामी उसको यो प्रयासलाई कदापि सफल हुन दिने छैनौं। संविधान सभा विघटन भएको तेह्रौं दिनका दिन यो कार्यक्रम भएको बताउँदै उनले अब बाबुराम सरकारको दाहसंस्कार गर्नुपर्ने पनि उल्लेख गरे। यसअघि पूर्व प्रधान मन्त्री लोकेन्द्रबहादुर चन्दले माओवादीले नेपाली-नेपालीलाई लडाएर आपसमा अविश्वासको वातावरण सिर्जना गरेर धमिलो पानीमा माछा पक्डने प्रयास गरेको बताएका थिए। उनले माओवादीले सङ्घीयता र संविधान देखाउने दाँतका रुपमा मात्र प्रयोग गरेको पनि बताए। यसअघि नेपाली कङ्ग्रेसका नेता रामचन्द्र पौडेलले संविधान सभा विघटन हुनुको कारण सङ्घीयता नभई सत्ता भएको बताएका थिए। अनि माओवादीको सत्ता कब्जाको नियत पनि यसको कारण भएको दाबी गरेका छन्। उनले यो सरकार रहिरहेको भए विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउने भएकाले संविधान विघटन गरेर लामो समय टिक्ने दाउ रहेको पनि बताए। माओवादी अध्यक्ष दाहालले संविधान सभामा अल्पमत-बहुमतको खेल सुरु भएकाले संविधान सभा बचाउन नसकिएको भनेबाट पनि यो प्रमाणित भएको उनको भनाई थियो। सङ्घीयता र समावेशिता प्रचण्ड पथका देखाउने दाँतमात्र भएको भन्दै उनले थपे- संविधान सभा माओवादीको रणनीतिमात्र थियो भन्ने उनीहरुकै शक्तिखोरको भिडियोले पनि प्रष्ट पारिसकेको छ। अहिले माओवादीलगायत केही दलले भ्रम फिँजाएजस्तो सङ्घीयता हुने कि नहुने भन्नेबारे कुनै विवाद नरहेको बताउँदै उनले प्रदेशहरु कसरी बनाउने भन्नेबारे मात्र विवाद रहेको बताए। अनि भने- माओवादीले चाहेको भए संविधान सभा विघटन हुँदैन्थ्यो र त्यो पनि मिल्थ्यो। सङ्घीयताबारे माओवादी अध्यक्ष र अन्य माओवादी नेतासमेत सहमत भई हात्तीवन सम्झौता भएको उल्लेख गर्दै पछि फेरि उनीहरुले विभिन्न बखेडा निकालेर त्यो सहमति तोडेपछि समस्या उत्पन्न भएको बताए। नेपालको झण्डा, नाम आदि फेर्ने बहुलठ्ठी कुराहरु ल्याएर वर्षौं संविधान सभाको समय बिताएकाले पनि संविधान नबनेको र त्यसमा माओवादी दोषी रहेको भनाई उनको थियो। कङ्ग्रेस नेता पौडेलले आफ्नो पार्टीले ५ प : पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा, पहुँच र प्रगतिलाई महत्व दिएको पनि बताए। अनि भने- गल्ती स्वीकारेर सरकार सहमतिमा आएन भने उनीहरुलाई घोक्र्याएर पनि ल्याउने वातावरण बनाउने छौं। यसअघि नेपाली कङ्ग्रेसका नेता प्रकाशमान सिंहले माओवादीले निर्वाचनमा दुई तिहाई मत पाउने दाबी गर्नु सपनामात्र भएको बताएका थिए। उनले तेल, ग्यास, सुरक्षा जस्ता आधारभूत समस्यासमेत हल गर्न असक्षम माओवादीको यस्तो कल्पना धेरै परको कुरा भएको दाबी पनि गरे। खुलामञ्चको यो कार्यक्रममा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट जुलुससहित भेला हुने क्रम जारी छ। भेलाका कारण राजधानीको यातायात पनि प्रभावित बनेको छ। खुलामञ्चमा राजनीतिक दलका नेताहरुले सम्वोधन गर्ने क्रम जारी छ। पार्टीका झन्डासहित कार्यकर्ताहरु कार्यक्रमस्थलमा पुगेका छन्। भाषण सुन्न पुगेकाहरुलाई पालमुनि बस्ने व्यवस्था मिलाइएको छ। कङ्ग्रेसको सुन्धाराबाट, एमालेको भृकुटीमण्डप, राप्रपा र राजपाको नक्साल, चुरे भावरको न्युप्लाजा, नेकपा मालेको गौशाला, जनता दलको लैनचौर र बाँकी दलले भद्रकालीबाट जुलुससहित खुलामञ्च पुग्ने कार्यक्रम तय भएको थियो।

इराकको पूर्वशासक सद्धामका सहयोगीलाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बगदाद - इराकले पूर्वशासक सद्धाम हुसेनका सचिव तथा प्रमुख सुरक्षाकर्मी अबिद हमिद महमुदलाई मृत्युदण्ड सजाय दिएको छ । इराकको न्याय मन्त्रालयका प्रवक्ता हैदर अल सादीले अबिदलाई फाँसी दिइएको बताएका थिए । मन्त्रालयले हत्या गरेको अपराधमा दिइएको निर्णय कार्यान्वय गरेको हो । सन् २००३ मा अमेरिकाले गरेको आक्रमणमा अबिदलाई चौथो स्थानको लक्ष्यको रुपमा लिइएको थियो । पूर्वराष्ट्रपति सद्धाम तथा उनका दुई छोरा उदय तथा कुसेपछिको स्थानमा उनको नाम आउँथ्यो । अबिदलाई सन् २००३ को जुन १६ मा पक्राउ गरिएको थियो र सन् २०१०को अक्टोबर २६ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । सिया मुसलमान धार्मिक समूहमाथि सन् १९८० मा गरेको दमनका लागि उक्त निर्णय सुनाइएको हो । सद्धामलाई सन् २००६ को डिसेम्बर ३० मा मृत्युदण्ड दिइएको थियो । सद्धाम हुसेनले अबिदलाईसँगै लिएर हिँड्थे । अबिदले सद्धामका आदेश सुनाउने गर्थे ।

काँग्रेस र एमालेको आमसभा जनजाती सभासद्ले बहिस्कार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
काङ्ग्रेस–एमाले लगायतका २२ दलहरुले सरकारविरुद्ध आज गर्न लागेको शक्ति प्रदर्शन जनजाती नेताहरुले बहिष्कार गर्ने भएका छन् । नयाँ संविधानमा जनजातिको अधिकार सुनिश्चित गर्न नेतृत्व तह सकारात्मक नभएको भन्दै असन्तुष्ट जनजाति नेताहरुले आजको विरोधसभा बहिष्कार गर्न लागेका हुन् । नेपाली काङ्ग्रेसका नेता ईन्द्रबहादुर गुरुङ्ले आफ्नो पार्टी आदिवासी जनजातिको मुद्दामा सहमत नभएकोले विरोधसभा बहिष्कार गरिने जानकारी दिए । पहिचान स्वीकार गरी जनजातिका मुद्दामा सहमति नजनाएसम्म पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने उनले बताए । यसैगरी नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ्ले सरकारविरुद्धको आन्दोलन एजेण्डाविहीन भएको भन्दै एजेण्डाबिनाको आन्दोलनमा सहभागी नहुने प्रतिक्रिया दिएका छन् ।

Jun 7, 2012

अध्यक्ष दाहाल र वानका बिशेषदूत ताम्राटबीच भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २५,माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनका विशेषदूत स्यामुअल ताम्राटबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बिहीबार भएको भेटमा पछिल्लो समयमा विकसित नेपालको राजनीतिक घटनाक्रम र संविधानसभाबाट संविधान नबनेको विषयमा छलफल भएको थियो । भेटमा विशेषदूत ताम्राटले संविधानसभाबाट संविधान बन्न नसक्नु दुःखद् भएको बताउँदै राजनीतिक दलहरुले सहमतिमै नेपालको भाग्य र भविष्यको फैसला गर्नुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । सो अवसरमा अध्यक्ष दाहालले राजनीतिक दलहरुका बीचमा सङ्घीयताको विषयमा सहमति हुन नसक्दा संविधान बन्न नसककेको बताउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान बनाउनका लागि केही राजनीतिक दलहरु सहमत नभएका कारण देशले निकास पाउन नसकेको बताए । संविधानसभाबाटै संविधान निर्माण गर्नका लागि माओवादीले हदैसम्मको लचकता अपनाए पनि अन्य राजनीतिक दलहरु तयार नहुँदा समस्या पैदा भएको र संविधानसभा विघटन भएको उनले बताए । राजनीतिक दलहरुको सहमतिमै आगामी दिनको यात्रा तय गरिने उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसभन्दा बाहेक अरु कुनै विकल्प नरहेकोसमेत बताए । सो अवसरमा ताम्राटले राजनीतिक दलहरुबीच नयाँ सहमति गरेर देशलाई अगाडि बढाउनका लागि अनुरोध गरेका थिए । भेटमा सेना समायोजन र शान्ति प्रक्रियाको विषयमा पनि कुराकानी भएको बताइएको छ ।

तस्लिमाको आलोचनाको घेरामा पूनम र सन्नी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मुम्बई, जेठ २५ (एजेन्सी)-बंगलादेशी विवादास्पद लेखिका तस्लिमा नसरिनले हट मोडल पूनम पाण्डे र बलिउडमा भित्रिएकी पोर्न स्टार सन्नी लिओनको कडा आलोचना गरेकी छिन्। पूनम पाण्डे र सन्नी लिओनलाई भारतमा आवश्यकताभन्दा बढी महत्व दिदै गरेको उनले बताएकी छिन्। एउटा पोर्न स्टारलाई जसरी सेलिबृटी बनाएर महिमामण्डित गरिदै छ, त्यसले युवतिहरूमा गलत सन्देश प्रवाह भइरहेको तस्लिमाले बताएकी छिन्। 'यही क्रम जारी रहने हो भने तपाइहरूको छोरी इन्जिनियर, डाक्टर, अध्यापक नभएर पोर्न स्टार बन्ने सपना बुन्न थाल्ने छन्।' तस्लिमाले बताएकी छिन्।' तस्लिमाले टि्वटरमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै भनेकी छिन्,'एउटा पोर्न स्टार सन्नी लियोनलाई भारतमा यतिका महत्व किन दिइदै छ? यस अघि तस्लिमाले पूनम पाण्डेको बारेमा लेखेकी थिइन्-पूनम पाण्डे नग्न भइसकेकी छिन् तर उनको मन अझ पनि भरिएको छैन। उनको फोहरो कृयाकलाप अझ पनि जारी रहने छ।

अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा कम्तिमा २२ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
काबुल (अफगानिस्तान), जेठ २४ (एजेन्सी)-दक्षिणी अफगानिस्तानको वजारमा बुधबार भएका दुई विस्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएको अधिकारीहरूले बताएका छन्। ससाना पसलहरू नजिकै अमेरिकाको नेतृत्वमा रहेको गठबन्धन सेनाको कन्दाहार एयर फिल्डमा रसद पुर्‍याउने ट्रकहरू रोकिराख्ने स्थानमा भएको उक्त विस्फोटको जिम्मेवारी तालिबानले लिएको छ। वम वोकेको व्यक्तिले पहिला आफ्नो मोटरसाइकलमा विस्फोट गराएको थियो। त्यसपछि मानिसहरू हताहत भएकाको उद्धारका लागि आए। त्यतिनै बेला उसँगै भएको अर्को बम विस्फोट भएको कान्दाहार क्षेत्रका प्रवक्ता जावेद फैजलले बताए। उनले दुबै विस्फोटमा परी २२ जनाको मृत्यु भएको तथा ५० जना घाइते भएको बताए। मृतक सबै साधारण नागरिक भएको उनले बताए। तालिवानका प्रवक्ता कारी युसुफ अहमदीले त्यो आक्रमणको जिम्मेवारी लिएका छन्। उक्त विस्फोट अफगान सेनाको शिविरभन्दा लगभग ५ सय मिटर पर भएको थियो।