News

Jan 31, 2011

सिंगापुरमा नेपाली शिक्षक उत्कष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिंगापुर, माघ १७ - नेपालका अंग्रेजी शिक्षक बासुदेव सापकोटालाई सिंगापुरस्थित क्याम्ब्रिज एजुकेसनल सर्भिस समूह (सिइएस) ले उत्कृष्ठ शिक्षकका रुपमा आइतबार सम्मानित गरेको छ । सिंगापुरको कम्फर्ड इन्टरनेशनल कलेजमा २००८ देखि अंगेजी अध्यापन गराइरहेका सापकोटालाई समूहको मलेसियामा भइरहेको बाषिर्क सम्मेलनमा आइतबार पुरस्कृत गरिएको हो । पढाईको स्तर, कक्षामा विद्यार्थीसँगको सकृय सहभागिता, उपयोगी अध्यापन सामग्री सिर्जना र विद्यार्थीले गरेका प्रगतिका आधारमा सिइएस एकेडेमिक बोर्डले यस्तो निर्णय गरेको जनाइएको छ । गतबर्ष भने उनको टोलीले उत्कृष्ट एकेडेमिक ब्रान्ड अवार्ड हातपारेको थियो । 'यो सम्मानले मलाई मात्र नभई मलेसिया र सिंगापुरका ३ सय भन्दा बढि कलेजका सहभागिमाझ नेपाललाई नै चिनाएको छ' उनले भने ।

मुलुकभरका अस्थायी शिक्षक आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अस्थायी शिक्षकहरुलाई प्रक्रिया पूरा गरी स्थायी गर्नुपर्ने मागसहित आन्दोलनरत अस्थायी शिक्षक आन्दोलन समितिले आज देशैभरका जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना सुरु गरेका छन् । देशैभरका अस्थायी शिक्षकहरुले आज विहान १० देखि ३ बजेसम्म जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना दिने अस्थायी शिक्षक आन्दोलन समितिले जनाएको छ । व्यवस्थापिका संसदले २०६३ सालभित्र नियुक्त भएका शिक्षकहरुलाई छुट्टै प्रतिस्पर्धा गरी स्थायी गर्ने विधेयक पारित भइसकेको अवस्थामा प्रमाणीकरणको बेला सभामुखले खुल्ला प्रतियोगिता उल्लेख गरी त्रुटी गरेकोले त्यसलाई सच्याउन पनि आन्दोलनरत शिक्षकहरुले माग गरेका छन् ।

शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति प्रकृया र सरकार गठन लगायतका विषयमा छलफल आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ। सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकमा दलहरुले पुरानो अडान नछाडेपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। बैठकमा माओवादी लडाकू समायोजन र मोडालिटी लगायतका विषयमा समेत छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठको उपस्थिती रहेको थियो। यसैगरी कांग्रेसबाट सभापति सुशील कोइराला, नेताहरु रामचन्द्र पौडेल, रामशरण महत र कृष्ण सिटौला तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुको सहभागीता रहेको थियो।

किरात समुदायको शब पशुपतिमै विसर्जन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैकल्पिक व्यवस्था नहुन्जेल किरात समुदायको शब पशुपतिमै विसर्जन गर्न दिन प्रधानमन्त्री माधवकुमार नेपालले निर्देशन दिएका छन् । हिन्दुहरुका आराध्यदेव क्षेत्र पशुपतिनाथको मन्दिर परिसरमा रहेको श्लेषमान्तक वनमा शवदाह गर्न पाउनुपर्ने माग गर्दै किराँती सङ्गठनहरुले गरेको प्रदर्शनका क्रममा आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरी हस्तक्षेपका कारण काठमाडौँको गौशाला क्षेत्र आज तनावग्रस्त बनेको थियो । प्रदर्शनका क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गर्नुका साथै सभासद् सुदन राई र रामकुमार राईसहित १५ जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको थिए । उनीहरुले वैकल्पिक व्यवस्था नभएसम्म पशुपतिक्षेत्रमा नै शव बिस्रजन गर्न पाउनुपर्ने माग अघि सारेका छन् । कि्रश्चियन धर्मावलम्बीले त्यस क्षेत्रमा शव गाड्न थालेपछि विवाद उब्जिएको थियो । मन्त्रिपरिषद्ले पशुपति क्षेत्रमा हिन्दुहरुबाहेक अन्यको शव बिसर्जन गर्न नपाउने निर्णय गरेपछि यस्तो विवाद देखिएको हो ।

Jan 30, 2011

सहमतिको सरकारको नेतृत्व माओवादीले पाउनु पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटीले सहमतिको सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने बताएका छन्। शनिबार सानोठिमी क्याम्पसमा आयोजित अनेरास्ववियु क्रान्तिकारी अपाङ्ग विद्यार्थीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले सहमति निर्माणमा माओवादीले लचकता अपनाएको भए पनि काँग्रेस, एमालेले भने सर्त अघि सारेर सहमतीय प्रणाली भङ्ग गर्न खोजेको आरोप लगाएका छन्।
कार्यक्रममा मुलुकभरबाट करिब ७० भन्दा बढी क्रान्तिकारी समर्थित अपाङ्ग विद्यार्थीको सहभागिता थियो। क्रान्तिकारी अपाङ्ग विद्यार्थी सङ्घका अध्यक्ष धनप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका टेकनाथ न्यौपाने, खगेश्वर केसीलगायतका नेताले अब बन्ने संविधानमा अपाङ्गको हकअधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए।

शान्ति र संविधान निर्माणका लागि पाल्पामा दवाब र्‍याली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति र संविधान निर्माणका लागि भन्दै नेपाल पत्रकार महासघं पाल्पा शाखाले तानसेनमा आईतवार दबान र्‍याली निकालेको छ । शाखा कार्यालय रहेको सिल्खानटोलबाट सुरु भएको र्‍याली मखनटोल, शित्तलपाटी, नारायणस्थान, भिमसेनटोल हुँदै टुँडीखेलमा पुगी समापन गरिएको थियो । 'संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित गर' 'तोकिएको मितिमा संविधान जारी गर' 'जनआन्दोलनको म्यान्डेटलाई पालना गर' 'दण्डहिनताको अन्त्य गर' 'शान्ति र संविधानका लागि एकता र सहकार्य कायम गर' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर पत्रकारहरुले बजार परिक्रमा गरेका थिए ।पत्रकार महासंघका शाखा सल्लाहाकार झपेन्द्र गहिरे, नागरिक समाजका भेषराज सुवेदी, शाखा अध्यक्ष भगवान भण्डारीले शान्ति र संविधान निर्माणका लागि सबैको दबाब आवश्यक भएको बताए । महासंघको केन्द्रिय कार्यक्रम अनुसार गरिएको दवाव मुलक कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठन, नेपाल वार एशोसियसन लगायतका संघसंस्थाले ऐक्यवद्धता जनाएका थिए ।

सवैधानिक समितिद्वारा माओवादीसँग परामर्श

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सवैधानिक समितिले एकीकृत नेकपा माओवादीसँग नयाँ संविधानमा देखिएको विवाद र प्रारम्भिक मस्यौदा लेखनका बिषयमा परामर्श गरेको छ । आइतबार विहान सिंहदरबारमा भएको परामर्शमा सहमतिका बिषयमा एकीकृत मस्यौदा तयार गर्ने काम सुरु गर्दै जाने विषयमा छलफल भएको छ । नयाँ संविधानमा रहने बिषयबारे दलहरुबीच सहमति भइसकेका र हुन बाँकी बिषयगत समितिका सातवटा प्रतिवेदनका बारेमा छलफल भएको माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । छलफलमा माओवादीका उपाध्यक्षद्वय डा.बाबुराम भट्टराई, प्रकाश तथा स्थायी समिति सदस्य देव गुरुङको सहभागीता थियो । नयाँ संविधानमा रहने बिषयबारे दलहरुबीच सहमति भइसकेका र हुन बाँकी बिषयगत समितिका सातवटा प्रतिवेदनमा छलफलका लागि संविधानसभाले केहि दिन अघि संवैधानिक समितिमा पठाएको थियो । शनिबार संवैधानिक समितिले संविधानिक कानुनका ज्ञाताहरुसँग परामर्श गरेको थियो ।

अन्तर्राष्ट्रिय फिल्म महोत्सवको निर्णायकमा नेपाली चेली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर/ प्रख्यात फ्रान्सेली फिल्मकर्मीसँगै नेपाली कलाकर्मीलाई पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकका रूपमा देख्न पाइने भएको छ । फ्रान्सेली संस्कृति मन्त्रालयअन्तर्गतको गिमेले नेपाली कलाकर्मी शोभा चन्दलाई जुरीमा आमन्त्रण गरेको छ । फ्रान्सको भेजुलमा फेब्रुअरी ८ देखि १५ तारिखसम्म अहुने '१७औँ भेजुल इन्टरनेसनल फिल्म फेस्टिभल-२०११' का लागि शोभा जुरीमा चयन गरिएकी हुन् । सो महोत्सवको तीन सदस्यीय जुरीका अन्य सदस्यमा विश्वप्रख्यात चलचित्रकर्मी हवर्ट लस र अन्ना निकेल हट छन् । शोभाले आफूलाई सो महोत्सवको जुरीमा बस्ने प्रस्ताव आएको र आफूले स्वीकार गरिसकेको बताइन् । भेजुल फिल्म महोत्सवको जुरीमा छनोट भएका हवर्ट लस फ्रान्सका प्रख्यात निर्देशक हुन् । उनी यसअघि पनि पटक-पटक भेजुलको जुरी रहिसकेका छन् । त्यस्तै अर्की जुरी मेम्बर अन्ना हट फ्रान्सेली संस्कृति मन्त्रालयअन्तर्गत कला संस्कृति विधा हेर्ने चर्चित फिल्मकर्मीर् हुन् । अन्ना १६औँ भेजुल फिल्म महोत्सवमा पनि जुरी रहेकी थिइन् । पेरिसमा थिएटर निर्देशनसमेत गर्दै आएकी नेपाली कलाकर्मी शोभा पेरिसको एक विश्वविद्यालयमा प्राध्यापक छिन् । बैतडी स्थायी घर भएकी शोभाले यसअघि कलाकर्मीका तर्फबाट भेजुलमा सहभागिता जनाउँदै आएकी थिइन् । आफू भेजुल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरीमा आमन्त्रित हुन पाउनु सम्पूर्ण नेपालीका लागि खुसीको कुरा भएको बताउँदै अनलाइन कुराकानीमा शोभाले भनिन्, 'सांस्कृतिक विविधता जगेर्नाका लागि जिन्दगी नै खर्चेका हवर्ट र अन्नासँगै जुरीमा बस्नु पाउनु मेरा लागि ठूलो कुरा हो ।'
युरोपकै पुरानो महोत्सवका रूपमा हेरिने भेजुल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा टर्कीदेखि जापानसम्मका फिल्म सहभागी हुन्छन् । सन् २००३ को भेजुल महोत्सवमा नेपाली निर्देशक नवीन सुब्बाको 'नुमाफुङ' सहभागी थियो । महोत्सवमा नुमाफुङले 'पब्लिक च्वाइस अवार्ड' जितेको थियो । भेजुल महोत्सवमा संसारभरिका चर्चित कलाकर्मीर्को सहभागिता रहन्छ । नेपालीले भेजुल महोत्सवको जुरी हुनु पाउनु गौरवको कुरा भएको शोभा बताउँछिन । 'प्रविधिले साँघुरिँदै गएको संसारमा सामाजिक र सांस्कृतिक सीमा बदलिँदै छन्,' भाषा-राजनीतिकी प्राध्यापक शोभाले भनिन्, 'भाषा र संस्कृति लोप भइरहेका वेला सांस्कृतिक पहिचान जोगाउन सक्नु नै ठूलो कुरा हो ।' भेजुलको जुरीमा चयन भएपछि नेपाली भाषा र संस्कृतिलाई विश्वभरिका कलाकर्मीमाझ ल्याउन अवसर मिल्ने ठम्याइ छ उनको ।

Jan 29, 2011

नेपाली सेनाले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १५ - माओवादीले लडाकु समायोजन सम्बन्धमा नेपाली सेनाले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपाली सेनाले लडाकु समायोजनको मापदण्ड तोक्न नमिल्ने भन्दै माओवादीले यस्ता अभिव्यक्तिले शान्ति प्रक्रियालाई अप्ठयारोमा पार्न सक्ने चेतावनी दिएको छ । नेपाली सेनाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी अन्तरिम संविधान, शान्ति सम्झौता, हतियार र सेनाको अनुगमन सम्झौता तथा हालसम्म भएको सहमतिहरुका आधारमा समायोजनको बृहत खाँका आउनेमा आफु बिश्वस्त रहेको उल्लेख गरेका थिए । साथै सेनाले विशेष समितिले काम गरी रहेको थप टिप्पणी गर्न आवश्यक नभएको जनाएका थियो । शनिबार रेडियो कान्तिपुरसंग कुरा गर्दै माओवादी प्रवक्ता दीनानाथ शर्माले शान्ति प्रक्रियाकै महत्वपूर्ण अंग रहेको लडाकुको समायोजन र पुनस्थापनाबारे दलहरुबीच सहमतिको प्रयास भईरहेकै बेला सेनाबाट पछिल्लो आएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरे । उनले भने,‘लडाकु समायोजनको मुद्दा नितान्त राजनीतिक विषय हो, राज्यको अंगले अनावश्यक राजनीतिक टिका टिप्पणी गर्न मिल्दैन । शान्ति प्रक्रियामा नेपाली सेनाले रचनात्मक भूमिका खेलोस भन्ने आम्रो चाहाना हो ।’

काठमाडौंमा इन्काउन्टर टोली गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा साना हतियारको प्रयोग नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले इन्काउन्टर टोली गठन गरेको छ । प्रहरी निरीक्षकको कमाण्डमा 'स्पेशल स्क्वाएड' गठन गरी साना हतियार र संगठित अपराध केन्द्रित अप्रेशन सुरु गरिएको हो । टोलीलाई आवश्यक परेका बेला अधिकतम बल प्रयोग गर्ने अधिकार दिइएको छ । प्रहरीस्रोतका अनुसार आधुनिक हतियारले सुसज्जित १५ सदस्यीय सो टोलीले आवश्यकताअनुसार आफूसँग रहेको हतियार प्रयोग गर्न सक्ने छ । टोलीमा आवश्यकताअनुसार सादा पोशाक र युनिर्फमसहित दुबै प्रकृतिका प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा सबैभन्दा धेरै साना हतियारको प्रयोग हुने गरेको देखिएकाले नियन्त्रणका लागि स्क्वाएड गठन गरिएको एसपी पुष्कर कार्कीले जानकारी दिनुभएको छ । साथै प्रहरीले राजधानीका विभिन्न सुरक्षा संवेदनशिल स्थानहरुमा सिसिटीभि क्यामरा पनि थप गर्दै छ ।

केटी बेच्ने गिरोह प्रहरीको नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धेरै धनसम्पत्ति कमाउने प्रलोभन देखाएर किशोरीहरूलाई बिक्री गर्न लगिरहेको आशङ्कामा नवलपरासीको प्रगतिनगरमा पाँचजनालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन्। चितवन माडी बस्ने राजेश भनिने राहुल, पोखरा ढुङ्गाधारा निवासी श्याम पौडेल, सुरेश भन्ने मिलन विक, सावित्री सापकोटा र नाम नखुलेकी एक महिलासहित पाँचजनालाई स्थानीय बासिन्दाले नियन्त्रण लिएर इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका हुन्। प्रगतिनगरमा शङ्कास्पद क्रियाकलाप गरेपछि उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बिक्रीका लागि भारततर्फ लैजान लागेको रहस्य खुलेपछि उनीहरूलाई प्रहरीको जिम्मा लगाइएको हो। रुपन्देहीको सालझण्डीकी १७ वर्षीया किशोरीलाई बेच्न हिँडेका अभियुक्तहरूलाई गाउँलेले प्रहरीलाई बुझाएका प्रहरीले जनाएको छ।

सहमतीको सरकार बनाउन दुई वटा बिकल्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले राष्ट्रिय सहमतीको सरकार बनाउन दुई वटा बिकल्प रहेको भन्दै सहमतीका लागि एकीकृत माओवादीलाई विश्वासको बातावरण बनाउन आग्रह गर्नु भएको छ । सञ्चार समिक्षा मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री पोखरेलले कांग्रेस र एमालेको पूर्व सर्त मानेर एकीकृत माओवादी नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउने वा अन्य दलको सहमतीमा राष्ट्रिय सहमतीको सरकार बनाउने बिकल्प रहेको बताउनु भयो । उहाँले सहमतीको सरकार बताउने भन्नेर कांग्रेस र एमालेले राखेका सर्त मान्दिन भनेर हिजो मात्रै गरेको माओवादी स्थायी समिति बैठकका निर्णय सर्वसत्तावादी रहेको बताउनु भयो ।
सहमतीय सरकार बनाउने भएमा माओवादीले कांग्रेस र एमालेलाई विश्वासमा लिनु पर्ने बताउनु भएका सञ्चारमन्त्री पोखरेलले अन्यथा अरु दलको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बताउनु भएको छ । संसद नियमावली संशोधन गरेपनि प्रधानमन्त्री निर्वाचनबाट निकास आउन सक्नेमा आशंका जनाउनु भएका उहाँले कुनै ठुलो दलले नियमन नमानेमा कसैको केही नलाग्ने बताउनु भएको छ । ठुला दललाई कानून वा नियमावलीको कुनै अर्थ नहुने बताउनु भएका सञ्चारमन्त्री पोखरेलले अर्थमन्त्री माथि सांघातिक आक्रमण गर्ने दलका सभासदलाई कुनै कारबाही हुन नसकेको बताउनु भयो । उहाँले सभामुखले मन्त्री माथि आक्रमण गर्ने एकीकृत माओवादीका सभासदलाई कारबाही गर्न नसकेको भन्दै संशोधित नियमावली कार्यान्वयन हुनेमा आशंका ब्यक्त गर्नुभएको छ ।

संसद्मामा मधेसी दलहरू अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ माघ : नयाँ सरकार निर्माणका लागि तीन ठूला दलहरूबीच कसरत तीव्र भइरहेका वेला संसद्मा उल्लेख्य उपस्थिति रहेका मधेसी दलहरू भने अन्योलमै छन् । भावी प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा मधेसी दलहरूबीच अहिलेसम्म साझा धारणा बन्न सकेको छैन । विगतमा मधेसी दलहरूले एकीकृत मोर्चा बनाएर सत्ताको बार्गेनिङ गर्ने गरेका थिए । तर, मधेसी दलहरूको मोर्चा अहिले छिन्नभिन्न अवस्थामा छ । मोर्चा ब्युँताउने पहल भइरहे पनि यस्तो पहलले खासै गति लिएको छैन । मधेसी दलबीच एकीकृत धारणा बन्न नसक्दा उनीहरूको 'बार्गेनिङ पावर' कमजोर हुन पुगेको छ ।
फोरमका सहअध्यक्ष जेपी गुप्ताले एक-दुई दिनभित्र मधेसी मोर्चा ब्युँताएर बैठक बोलाउने तयारी भइरहेको बताए । 'मोर्चालाई सक्रिय बनाउने तयारी भइरहेको छ, तर पहिले यसको विगतका क्रियाकलापबारे गम्भीर समीक्षा हुनु जरुरी छ,' सहअध्यक्ष गुप्ताले भने ।
प्रधानमन्त्रीको छैटौँ चुनावमा मोर्चाले गरेको निर्णयलाई फोरमले उल्लंघन गरेपछि मोर्चा विभाजित भएको थियो । प्रधानमन्त्रीको सोह्रौँ चुनावपछि मोर्चा पूर्ण रूपमा निष्त्रिmय भएको छ । मोर्चामा रहेका दलमध्ये लोकतान्त्रिक फोरम, तमलोपा र सद्भावना पार्टी कांग्रेस-एमालेतिर नजिक र फोरम माओवादीतिर नजिक देखिएका छन् । सहअध्यक्ष गुप्ताले सरकार निर्माणको विषयमा फोरमले अझै कुनै धारणा नबनाएको बताए ।
तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठीले आफूहरू सरकारमा जाने पक्षमा नभएको टिप्पणी गरे । 'मधेसी दलहरू सरकारमा गएर मधेसका मुद्दा ओझेलमा परे,' उनले भने । तमलोपाबाट विभाजित भई तमलोपा नेपाल गठन गरेका महेन्द्र यादवले पनि सरकार निर्माणको विषयमा आफ्नो पार्टीले अझै धारणा नबनाएको बताए । 'सरकार निर्माणको विषयमा अझै हामीले कुनै धारणा बनाएका छैनौँ । मोर्चाको बैठक गरेर साझा धारणा बनाउने प्रयास गर्दै छौँ,' यादवले भने ।

Jan 27, 2011

प्रधानमन्त्रीका लागि माघ २०,२२ र २३ गते निर्वाचन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १३ - प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसदमा माघ २०,२२ र २३ गते निर्वाचन हुने भएको छ । पहिलो पटकमा चयन नभए दोस्रो र त्यसमा पनि नभए तेस्रो तिथीमा निर्वाचन गरिने छ । संसदको कार्य व्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले उक्त तिथी तोकेको हो । तोकीएको समयमा सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रिपति रामवरण यादवले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसदलाई बिहीबार पत्र लेखेपछि प्रधानमन्त्री निर्वाचनको तीन पटकका लागि एकैचोटी तिथी तोकिएको छ । बिहीबार संसद बैठकमा सभामुख सुवास नेम्वाङले राष्ट्रपतिबाट आएको पत्र पढेर सुनाउनुका साथै माघ २० गते १ बजेका लागि निर्वाचनको समय घोषणा गरेका छन् । माघ १९ गते प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ । नयाँ व्यवस्था अनुसार प्रधानमन्त्रीका सबै उम्मेदवारलाई एकैसाथ निर्णयार्थ पेश गरिनेछ ।यो व्यवस्था अनुसार कुनै दलले बहिष्कार नगरे बढीमा तीन पटक भित्रै प्रधानमन्त्री चयन हुनेछ । प्रधानमन्त्री निर्वाचनमा सभासद् तटस्थ बस्न र नियमानुसार सभामुखलाई पूर्व जानकारी गराएको अवस्थामा बाहेक अनुपस्थित हुन पाउने छैनन् । प्रस्तावित उम्मेद्वारमध्ये कुनै एकका पक्षमा मतदान गर्नुपर्ने बाध्यात्मक ब्यवस्था गरी निर्वाचनलाई परिणामुखी बनाउन खोजिएको छ ।

गोर्खाल्याण्डवारे त्रिपक्षीय वार्ता पुनः निष्कर्श विहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, माघ ११ - भारतीय केन्द्र सरकार, राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चावीच दिल्लीमा मंगलवार भएको १२ औ त्रिपक्षीय वार्ता पुनः निष्कर्श विहीन बनेको छ । मोर्चा महासचिव रोशन गिरीले नेतृत्व गरेको वार्तामा गोर्खाल्याण्डवारे केन्द्र सरकारको प्रष्ट कुरा नआउँदा वार्ता निष्कर्शविहीन भएको हो । वार्तामा मोर्चाका महासचिवले गोर्खाल्याण्ड निर्माणमा पहल गर्न केन्द्र सरकार गृहमन्त्री पी चिदम्वरम र राज्यका मन्त्री अशोक भट्टाचार्यलाई आग्रह गरेका थिए । गृहमन्त्री चिदम्वरमले अन्तरिम व्यवस्था गठनपछि मात्रै गोर्खाल्याण्ड गठन गर्न सजिलो हुने बताएको वार्तामा सहभागि प्रचार सचिव हर्क क्षेत्रीले टेलिफोनबाट जानकारी दिए । दिल्लीको नर्थव्लकमा करिव डेढ घण्टा चलेको वार्तामा सहभागी तीनै पक्ष आगामी महिना तेह्रौ वार्ताका लागि सहमत भएका छन् । तर, वार्ताको मिति भने तय भइनसकेको मोर्चा महासचिव गिरीले जानकारी दिए । यसैवीच मोर्चाले भारतको गणतन्त्र दिवसलाई मध्यनजर गर्दै आउँदो शनिवारसम्मका लागि वन्द स्थगन गरेको छ ।

राष्ट्रपति भारतको दशदिने औपचारिक भ्रमणमा जाँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति रामवरण यादव आज बिहीबारदेखि भारतको दशदिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँकी सुपुत्री अनिता यादव तथा संस्कृतिमन्त्री मीनेन्द्र रिजाल भ्रमणदलमा सहभागी हुँदै हुनुहुन्छ। अमेरिका पुग्नुभएका मन्त्री रिजाल दिल्लीमा सहभागी हुने उल्लेख छ। भ्रमणदलमा राष्ट्रपतिका राजनीतिक मामिला सल्लाहकार हरि शर्मा उहाँकै कार्यालयका सचिव निजी चिकित्सक दुई एडीसी तथा परराष्ट्रसचिव र परराष्ट्रकै अन्य उच्चपदस्थ अधिकारीहरु सहभागी हुने जनाइएको छ।भ्रमणका क्रममा राष्ट्रपति यादवले भारतका राष्ट्रपति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य र विपक्षी दलका नेतालगायत अन्य व्यक्तित्वहरुसँग भेटघाट गर्नुहुनेछ। उहाँले पहिले आफूले पढेका त्यहाँका दुईवटा कलेजका समारोहमा सहभागिता जनाउने स्वास्थ्यपरीक्षण गराउने र विभिन्न स्थानको दृश्यावलोकन गर्ने थप कार्यक्रम छ।

बीबीसीले नेपाली सहित ५ सेवा बन्द गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतबाट सञ्चालित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले ५ वटा भाषा सेवा बन्द गर्ने भएको छ । बीबीसीले नेपालीसँगै हिन्दी, कीर्गिज, स्वाहिली र रवान्डा र बुरुन्डीका लागि ग्रेट लेक्स सर्भिस पनि बन्द गर्ने जानकारी दिएको छ । बीबीसीको यस निर्णयसँगै ती सेवामा कार्यरत ६ सय ५० जनाले रोजगारी गुमाउने भएका छन् । वेलायतको बिदेश मन्त्रालयले दिंदै आएको अनुदान कटौती गरेका कारण यस्तो निर्णय लिनुपरेको पनि उसले जनाएको छ ।

गोरखापत्रको न्यूरोड स्थिति कार्यालयमा अख्तियारको छापा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकारको नियन्त्रणमा रहेको सरकारी सन्चारमाध्यम गोरखापत्रको न्यूरोड स्थिति कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्घान आयोगले छापा मारेको छ । गोरखापत्र राईजिङ्ग नेपाल मुना यूवा मन्च र मधुपर्क जस्ता लोकप्रिय पत्रिका प्रकाशन गर्ने गोरखापत्र संस्थानले पत्रिका प्रकाशित गर्ने कागज गुणस्तरहिन खरिद गरेर अनियमितता गरेको उजुरीको आधारमा छापा मारी गरेको हो । स्रोतका अनुसार कम मुल्यमा काम नलाग्ने कागज ल्याएर ठूलो रकम अनियमितता गरेको आशंका अख्तियारको रहेको छ । पछिल्लो समयमा संस्थानका प्रकाशन छपाईको लागी ल्याएको कागज माउ लागेको धुलिया लागेको अवस्थामा रहेको कर्मचारीहरुले बताएका छन् ।

तीन दलको बैठक निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख तीन दलको बिहीबार होटल र्‍याडिसनमा बसेको बैठक माओवादी लडाकु समायोजनको संख्या र 'मोडालिटी' लगायतका विषयमा कुरा नमिलेपछि निष्कर्षविहीन भएको छ। बहुमतीय प्रणालीमा भएपनि सर्वसम्मत रुपमा प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न दलहरु प्रयासरत छन्। बैठकबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनालले बैठकमा सहमति जुट्न नसकेको संकेत गरे । उनले आपसी अविश्वास हटाउन छलफल सकारात्मक भइरहेको जनाए । उनले लडाकुको समयोजन लगायतका विषयमा छलफल भइरहेको बताए । उनले अर्को बैठक शनिबार बस्ने जानकारी दिए । प्रधानमन्त्री माधवकुमार नेपाल र अध्यक्ष खनाल बैठकबाट बाहिरिएपनि एमालेका अन्य नेताहरु होटल मै छन् । माओवादी र कांग्रेसबीच द्विपक्षीय वार्ता पनि भएको छ ।
बुधबार दिनभर गोकर्ण रिसोर्टमा तीन दलबीच भएको छलफलमा कांग्रेस र एमालेले लडाकु समायोजन र 'मोडालिटी'मा सहमति जनाएर कार्यान्वयनमा गए माओवादी नेतृत्वमा सरकार स्विकार्न सकिने संकेत दिएको थियो । बैठकमा तीन वटै दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय सीमा बुधबार सकिएको छ । बहुमतीय प्रणालीमा जाने राष्ट्रपतिको पत्र प्राप्त भएपछि बिहीबार व्यवस्थापिका संसदले प्रधानमन्त्री निर्वाचनका लागि माघ २० गते १ बजेका लागि समय निर्धारण गरेको छ ।

प्रधानमन्त्री नेपालले आज मन्त्रिपरिषदमा हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले आज मन्त्रिपरिषदमा हेरफेर गर्नुभएको छ । गत साल जेठ ११ गते गठित मन्त्रिपरिषदमा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र ३९ बमोजिम प्रधानमन्त्रीले हेरफेर गर्नुभएको हो । जसअनुसार तराई मधेसलोकतान्त्रिक पार्टीबाट मन्त्री हुनुभएका उद्योग मन्त्री महेन्द्रप्रसाद यादवलाई सामान्य प्रशासन मन्त्री तथा सामान्य प्रशासन मन्त्री प्रभाकर प्रधानंगरविन्द्र श्रेष्ठलाई उद्योग मन्त्रीको जिम्मेवारी दिनुभएको छ । त्यसैगरी सामान्य प्रशासन राज्यमन्त्री जीतबहादुर दर्जी गौतमलाई उद्योग राज्यमन्त्री तथा दानबहादुर कुर्मी चौधरीलाई सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

पूर्वसभापति दीपेन्द्रकुमार झाको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका स्ववियु पूर्वसभापति दीपेन्द्रकुमार झाको विहीबार विहान गोली हानी हत्या भएको छ । जनकपुरको भोहिलमा अज्ञातसमूहले झाको गोली हानी हत्या गरेको हो । घटनाको विस्तृत विवरण आउन सकेको छैन । यसैगरी सिराहाको जनता उच्च मावि चोहर्वाकी छात्रा पुनमकुमारी सिंहको सोही विद्यालयमा अध्ययनरत सन्तोष चौधरीले हत्या गरेका छन् । हत्यापछि फरार रहेका चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच धनुषामा प्रहरी कारबाहीमा सशस्त्र भूमिगत तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका महासचिब उज्जवल मुक्तिको मृत्यु भएको छ ।

Jan 26, 2011

सेनाको सरुवामा राष्ट्रपतिको दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ माघ,प्रधानसेनापति छत्रमानसिंह गुरुङले राजनीतिक दबाबमा परेर सेनाको नियमित सरुवा र पुनर्संरचना प्रस्ताव कार्यान्वयन गर्न सकेका छैनन् । सेनाको आन्तरिक सरुवाका विषयमा उनलाई राष्ट्रपतिसम्मको दबाब आइरहेको स्रोतले बताएको छ । सामान्य अवस्थामा हरेक दुई-दुई वर्षमा सेनाका विभागमा नेतृत्व फेरबदल हुने गर्छ । तर, केही विभागमा रुक्मांगत कटवालको पालादेखि नै उही नेतृत्व कायम छ । स्रोतका अनुसार सेनापति गुरुङले सेनाभित्र सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण मानिने युद्धकार्य महानिर्देशनालयबाट गौरवशमशेर राणालाई सरुवा गरी आप\mना बहिनीज्वाइँ दमन घलेलाई ल्याउन खोजेका थिए । गौरवलाई निरीक्षाधिकृतमा सरुवा गर्ने उनको योजना थियो । तर, गौरवलाई सरुवा नगर्न राष्ट्रपति डा. रामवरण यादवले नै सेनापतिलाई दबाब दिएको स्रोतको दाबी छ ।
युद्धकार्य महानिर्देशनालयले सेना परिचालन, सूचना संकलन र अपरेसनसम्बन्धी सबै काम गर्छ । गौरव युद्धकार्य महानिर्देशनालयमा झन्डै तीन वर्षदेखि कार्यरत छन् । उनी भावी प्रधानसेनापति बन्ने लाइनमा समेत छन् । कार्यरथी विभागमा रहेका नेपालभूषण चन्द पनि साढे दुई वर्षदेखि सरुवा भएका छैनन् । राष्ट्रपतिबाट समेत दबाब आएपछि सेनापति गुरुङले आन्तरिक सरुवा गर्न नसकेको स्रोत बताउँछ ।

अब निजामती कर्मचारीका पोसाक उस्तै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १२ - अबका केही सातापछि सरकारी कार्यालय पुग्नु भयो भने तपाईं झुक्किन सक्नुहुन्छ । किनभने पियन हुन् या प्रमुख सबै एउटै पोसाकमा देखिने छन् । सरकारले निजामती कर्मचारीलाई पनि नेपाली सेना र प्रहरीलाई जस्तै 'ड्रेस कोड' लागू गर्दैछ । त्यसपछि निजामती प्रशासनको सबभन्दा उच्च पद मुख्यसचिवदेखि तल्लो तह पियनसम्म सबैका पोसाक उस्तै हुनेछन् । यसका लागि करिब ७५ हजार कर्मचारीलाई प्रतिव्यक्ति वाषिर्क साढे सात हजार रुपैयाँ पोसाक भत्ता दिइनेछ । त्यसमा बर्सेनि राज्यको ५६ करोड रुपैयाँ खर्च हुनेछ । निजामती प्रशासनमा सबै कर्मचारीको मनोबल बढाउन तथा अनुशासन र मर्यादामा राख्न यो व्यवस्था ल्याइएको उच्च सरकारी अधिकारीले जनाए ।

तीनदलको बैठक निष्कर्ष बिहीन, बैठक भोलि पनि बस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतीय सरकार गठनको टुंगो लगाउन प्रमुख तीन दलले गोकर्ण रिसोर्टमा विभिन्न चरणमा छलफल गरेपनि अन्ततः कुनै निष्कर्ष निकाल्न सकेनन्। सहमतीय सरकार गठनका लागि राष्ट्रपति डाक्टर रामबरण यादवले दिएको थप समयसीमा आज सकिंदै छ। सहमति जुटाउने प्रयास स्वरुप आज तीनदलबीच विभिन्न चरणमा द्विपक्षीय र त्रिपक्षीय छलफल भएको थियो। तर तीनै दलले सरकार नेतृत्वको दाबी नछाडेपछि सहमतीय सरकार गठन हुने संभावना लगभग टरेको छ। यद्यपी बैठकमा सहभागी नेताहरुले भने सहमतीय सरकार गठनका लागि छलफललाई भोलि पनि निरन्तरता दिने प्रतिक्रिया दिएका छन्।

नयाँ संविधानको एकीकृत मस्यौदा तयार हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको म्याद थपिएको आठ महिना पछि नयाँ संविधानको एकीकृत मस्यौदा तयार हुने भएको छ। संविधानसभाले सहमतिका बुँदासहित सातवटा बिषयगत समितिका प्रतिवेदन सुझाव र निर्देशनसहित संवैधानिक समितिमा पठाएपछि मस्यौदा तयार हुने भएको हो। संविधानसभाले सामाजिक ऐक्यवद्धताको आधार निर्माण समिति ब्यवस्थापकीय अंगको स्वरुप निर्धारण समिति, राज्यको साशकीय स्वरुप निर्धारण समिति, न्याय प्रणाली सम्बन्धी समिति, राष्ट्रिय हितको संरक्षण समिति र संवैधानिक समितिका प्रतिवेदनहरु सुझाव र निर्देशन सहित संवैधानिक समितिमा पठाइएको छ।
त्यस्तै मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदन संवैधानिक समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत भइरहंदा नागरीकता सम्बन्धी प्रावधानमा महिलालाइ विभेद गरिएको भन्दै समितिका सभापति विन्दा पाण्डे र महिला सभासद ककसकी संयोजक उषाकला राईले आपत्ति जनाउनुभएको थियो। उच्चस्तरीय राजनीतिक कार्यदल र २७ दलको बैठकले नेपाली नागरीकसंग विवाह गर्ने विदेशी महिला र पुरुषलाइ नागरीकता दिन फरक फरक मापदण्ड निर्धारण गरेपछि महिला सभासदहरुले त्यसको विरोध गरेका छन्।
संविधानसभाको बैठकमा छलफल नै नगरी समितिका प्रतिवेदनहरु संवैधानिक समितिमा पठाएको भन्दै सभासदहरुले आपत्ति जनाएका थिए। सभासदहरुले छलफल गर्न नदिइएको भन्दै सभासदहरुले आपत्ति जनाएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुविच भएको सहमति र नियमावली संशोधनमार्फत विवादित विषय पनि संवैधानिक समितिमा पठाउने टुंगो लागेको जानकारी गराउनुभयो।
सभासदले उठाएका विषयप्रति संवैधानिक समितिको ध्यानाकर्षण भएको भन्दै उहाँले मस्यौदा तयार गर्ने बेला ध्यान दिने विश्वास दिलाउनुभयो। तर सभाध्यक्षले पटक पटक ध्यानाकर्षण गराउदासमेत सभासदहरुले विभिन्न विषयगत समितिका भाषा, नागरिकता, पैतृक सम्पत्ति लगायतका प्रावधानका सम्बन्धमा नियमापत्ति जनाएका थिए।

अमेरिकाको ग्रिनकार्ड आश्वासनमा विश्वास नगर्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौंस्थित अमेरिकी दूतावासले कसैले अमेरिकाको ग्रिनकार्ड मिलाइदिन्छु वा डीभी पारिदिन्छु भनेर दिएको आश्वासनमा विश्वास नगर्न आग्रह गरेको छ। अमेरिकी दूतावासद्वारा मंगलबार जारी वक्तव्यमा भनिएको छ- डीभी उल्लेख भएका वा ग्रिनकार्ड दिने भनिएका कुनै पनि इमेल प्राप्त भए ती इमेलमा भएका विवरण सबै अवैध र जालसाजीपूर्ण हुन् भन्ने बुझ्नुपर्छ। डीभीसम्बन्धी सूचना इमेलबाट नपठाइएको जनाउँदै डीभी चिट्ठा वा ग्रिनकार्ड जितेकॊ भनेर पठाइएका सबै इमेल झूटा भएको स्पष्ट पारिएको छ । तर सन् २०१२ को डीभीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनको अवस्थाको जानकारी डीभीलोट्टरी डटस्टेट डट जीओभीमा २०६८ वैशाख १८ पछि पाउन सक्ने वक्तव्यमा उल्लेख गरिएको छ।

Jan 25, 2011

लिम्बुवानको नियमित बन्द माघ १५ मा नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङ्बुङ
९ माघ २०६७,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्व्र ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि आह्वान गरिएको प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द हुने कार्यक्रम यस माघ महिनाको १५ गते शनिवार परेको तथा धरान महोत्सव, धिमाल महोत्सव र दाहाल बन्धुहरुको राष्ट्रिय महाधिवेशन सोही दिन परेको साथै एकात्मक मतदाता नामावली सङ्कलनको विरुद्धमा कुनै पनि बेला हड्ताल गर्नुपर्ने भएकोले यो माघ १५ गते हुने लिम्बुवानबन्दको कार्यक्रमलाई स्थगित गर्ने निर्णयका साथ सो दिन लिम्बुवानमा कुनै बन्द नहुने भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय समितिको बैठक यही माघ ६ गते दमकमा बसी उपरोक्त निर्णय गरिएको व्यहोरा लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा हस्ताक्षिरित एक प्रेस विज्ञप्तिमा जनाइएको छ ।त्यसैगरी, नेपालको पुरानो एकात्मकवादी राष्ट्रिय झण्डालाई संघीय नेपालको पनि राष्ट्रिय झण्डा बनाइनु पर्छ भनी केही एकात्मकवादी पार्टीहरुबीच भएको सहमतिप्रति परिषदले घोर आपत्ति विरोध र असहमति जाहेर गरेको छ । सङ्घीय नेपालको लागि नयाँ र सङ्घीय प्रकारकै राष्ट्रिय झण्डा हुनुपर्छ भन्ने परिषदले माग गरेको छ । त्यसरी नै लिम्बुवानको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउनको लागि लिम्बुवानको विराटनगर, खाँदबारी र इनरुवामा विशाल लिम्बुवानी आमसभाहरु गर्न तयारी समितिहरु गठन गरिएको जनाइएको छ । यसरी नै, निर्वाचन आयोगलाई एकात्मक मतदाता नामावली सङ्कलन कार्य रोक्न पुनः अनुरोध गर्ने र त्यसपछि पनि जबर्जस्ती गर्न खोजिएमा सशक्त विरोध गर्ने; मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदले यही चैत मसान्तसम्ममा ३५ हजार क्रियाशील सदस्यता-पत्र वितरण गर्ने; परिषदका केन्द्रीय सदस्य जसबहादुर योङ्हाङ्को घाँटीमा क्यान्सर भएकोले उहाँको स्वास्थ्योपचारमा सबै क्षेत्रबाट सहयोगको लागि अनुरोध गर्नेलगायतका निर्णयहरुसमेत गरिएको कुरा प्रेसित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री निर्वाचनको नयाँ ब्यबस्था बहुमतद्वारा पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ११ - संसदले बहुमतद्वारा प्रधानमन्त्री निर्वाचन सम्बन्धी नयाँ ब्यबस्था पारित गरेको छ । मंगलबार दिउँसो बसेको संसदको बैठकले संसद नियमावली संशोधन प्रस्ताव बहुमतले पारित गरेको हो । संशोधित ब्यस्थामा एक मात्र उम्मेदवार भएमा बिश्वासको मत लिनु पर्ने, दुई जना उम्मेदवार भएमा पक्षमा मात्र मत हाल्न पाउने र तीन वा तीन भन्दाबढि उम्मेदवार रहेमा दुई पटकसम्म सबै उम्मेदवारले भाग लिन पाउने र त्यसपछि बढि मत ल्याउने दुई जना मात्र प्रतिस्पर्धामा रहने ब्यवस्थामा गरिएको छ । यसअघिको ब्यवस्था अनुसार एक जना उम्मेदवार भएपनि उनले बहुमत नपाएसम्म निर्वाचन गराइ रहन पर्ने ब्यवस्था थियो ।
नियमावलीको उक्त ब्यवस्थाकै कारण प्रधानमन्त्रीको निर्वाचन परिणाम मुखी हुन नसकेपछि माओवादीका एकराज भण्डारी, कांग्रेसका राधेश्याम अधिकारी, एमालेका अग्नि खरेल, सद्‍भावनाका अनिल झा र जनता दलका गायत्री साह रहेको उपसमिति गठन गरिएको थियो । मंगलबार संसदले बहुमतबाट उक्त उपसमितिले राखेको संशोधन प्रस्ताव बहुमतले पारित गरेको हो । प्रस्तावको बिरुद्धमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापती, तमलोपाका हृदयेश त्रिपाठी, राजपाका प्रकाशचन्द्र लोहनी, मधेशी जनअधिकार फोरमका आत्माराम साह र राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ थिए।

मेची कोशीमा अनिश्चितकालिन यातायात बन्दको आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफना सहकर्मीलाई हिरासतमुक्त गर्नुपर्ने माग गर्दै यातायात मजदुरहरुले आजदेखि मेची कोशीमा अनिश्चितकालिन यातायात बन्दको आह्वान गरेका छन् । बन्दका कारण दुवै अञ्चलमा यातायात सञ्चालन भएका छैनन् । जसले गर्दा सर्वसाधरण मारमा परेका छन् । गत पुस १६गते झापाको बुधबारेमा बा १ ख ९७१७ नम्बरको बसले ठक्कर दिएर स्थानिय दुर्गाप्रसाद पोख्रेलको मृत्यु भएपछि चालक गोपाल तामाङलाई हिरासतमा राखेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संघ संगठनहरुले बन्दको आह्वान गरेका हुन् । तामाङलाई बिना सर्त रिहा नगरेसम्म यातायात सञ्चालन नगरिने मजदुरहरुले जनाएका छन् ।

माओवादीलाई सेना समायोजन नभई नेतृत्व नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेतृत्वको विषयमा सबै विकल्प खुल्ला राख्नेमा सहमति गरेका प्रमुख ठूला तीन दल मध्येका दुई दल नेपाली काग्रेस र नेकपा एमालले फेरि सेना समायोजना र पुर्नस्थापनाको प्रक्रिया सुरु नहुन्जेलसम्म माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने ठहर गरेका छन् । दुई दलका शिर्ष नेताहरुको आज बसेको बैठकमा माओवादीलाई नेतृत्व दिने समय भईनसकेको भन्दै काग्रेस र एमाले मध्ये एक दलले आगामि सरकारको नेतृत्व गर्नु पर्ने निश्कर्ष निकालेको एमाले नेता प्रदिप ज्ञावलीले जानकारी दिए ।
उनका अनुसार बैठकमा काग्रेस र एमाले मध्ये जसको नेतृत्वले माओवादीको समर्थन प्राप्त गर्न सक्छ उसैको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति पनि भएको छ । जसमा बहुमतीय प्रणालीमा जादा पनि सोही प्रक्रियाबाट अगाडि बढने सहमति भएको छ । बैठकपछि नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकारबाटै मुलुकले निकास पाउने भएकोले सहमतिको सरकार कै लागी प्रयास गर्नु पर्ने बताउनुभयो । अर्का काग्रेस नेता रामशरण महतले एमालेसँगको छलफल सकारात्मक निकास तिर अगाडि बढेको बताउनुभयो । सरकारको नेतृत्वको दावी गर्दै आएको काग्रेसले आजै अपरान्ह चारबजे माओवादीसँग सत्ता साझेदारीको विषयमा छलफल गर्दैछ ।

सहायकरथीसहित ९ सैनिक अधिकृत हिरासतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहायकरथीसहित ९ सैनिक अधिकृतलाई सोमबारदेखि सैनिक हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । आफुभन्दा माथिल्लो अधिकारीको पदावधी नथपाउन लविङ् गरेका कारण ति अधिकृतहरुलाई हिरासतमा लिइएको हो । यसरी सैनिक हिरासतमा राखिएकाहरुमा सहायकरथी किरण बज्रचार्य, प्रमुख सेनानी प्रेमेशकिशोर क्षेत्री, सेनानीहरु किरण श्रेष्ठ, पंकज थापा, रामसागर यादव, ध्रुव पण्डित र गोविन्द मैनाली तथा सहसेनानीद्वय राजेश क्षेत्री र राजेश देव छन् ।
'अभियोग लागेका सैनिक अधिकृतहरुलाई सैनिक ब्यारेकमा राखिएको छ' हिरासतमा लिएको पुष्टी गर्दै सैनिक प्रबक्ता रमिन्द्र क्षेत्रीले भने । उनीहरु माथि आफुभन्दा माथिल्लो अधिकारीका विरुद्ध राजनीतिक लविङ् गरेर सैनिक अनुशासन तोडेको आभियोग लागेको छ । बज्रचार्यसहितका सैनिक अधिकृतहरुले सेनाको विकास निर्माण महानिर्देशनालयका प्रमुख उपरथी नरेश बस्नेतको म्याद नथपाउनका लागि रक्षा मन्त्री र प्रधानमन्त्री नेपाललाई भेटी लविङ् गरेका थिए ।
बस्नेतको दुई वर्ष पदावधी थपिइ सकेको छ । यस विषयमा सुरुमा अभियोग लागेका सैनिक अधिकृतहरुसँग स्पष्टिकरण मागिएको थियो । उक्त स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पुस १६ गते उपरथी नेत्रबहादुर थापाको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरिएको थियो । उक्त कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदन अनुसार माघ ४ गते उपरथी अनिलजंग थापाको अध्यक्षतामा कार्ट मार्सल गठन गरिएको छ । उक्त सैनिक अदालतको आदेशमा ति अधिकृतहरुलाई हिरासतमा लिइएको हो ।

बस दुर्घटनामा मृत्युहुने हरुको संख्या ९ पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखाको ताप्ले गाविसस्थित कटुसघारीमा बस दुर्घटनामा मृत्युहुने हरुको संख्या ९ पुगेको छ । गोरखा सदरमुकाम गोरखा बजारबाट यात्रु लिएर पाँचखुवा देउराली जाँदै गरेको बस मंगलबार दिउँसो दुर्घट्नामा परेको हो। दुर्घट्ना परी मृत्युहुनेहरुमा ताप्ले–९ का ३८ बर्षीय प्रेमबहादुर भट्टा, ताप्ले–९ की ५० बर्षीया सिता भट्टा, अरुपोखरी–२ का २८ बर्षीय गणेशबहादुर श्रेष्ठ, पान्द्रुङ्–५ का २८ बर्षीय लोके परियार, पान्द्रुङ्–१ की ५२ बर्षीया गौरी देवकोटा, पान्द्रुङ्–८ का ४५ बर्षीय लाटो दमाइ, घावा–५ की १९ बर्षीया कल्पना खत्री, घावा–४ की ३० बर्षीया मिनाक्षी सिंखडा, पान्दुङ्–९ का ५२ बर्षीय पूर्णबहादुर गुरुङ् रहेका छन्।

Jan 24, 2011

तीन दलका शीर्ष नेताहरुको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १० - सरकार निर्माण र संसद् नियमावली संशोधनका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । होटल र्‍याडिसनमा जारी बैठकमा तीन वटै दलका शीर्ष र दोस्रो तहका नेताहरु सहभागी छन् । यसअघि शान्ति मन्त्रालयमा बस्ने भनिएको बैठकस्थल अन्तिम समयमा परिवर्तन गरिएको हो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, नेताहरु शेरबहादुर देउवा, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी छन् । यस्तै एमाले अध्यक्ष झलनाथ खनाल, स्थायी समिति सदस्य भरतमोहन अधिकारी, गृहमन्त्री एवम् एमाले केन्द्रीय सदस्य भीम रावललगायत बैठकमा सहभागी छन् । आइतबार बस्ने भनिएको शीर्ष बैठक माओवादी अध्यक्ष दाहाल चितवनबाट नफर्किएकाले बस्न सकेको थिएन । दाहालले यसअघि सोमबार बिहान कांग्रेस सभापति कोइरालासँग भेट गरी आफ्नो नेतृत्वको सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए ।

माओवादी अध्यक्ष र काँग्रेस सभापतिबीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति सुशील कोइरालाबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको छ। ठमेलस्थित होटल वैशालीमा भएको भेटवार्तामा माओवादी अध्यक्ष दाहालले नयाँ सरकारको नेतृत्वको लागि सहयोग गर्न आग्रह गर्नुभएको बुझएको छ।प्रतिउत्तरमा कोइरालाले सरकारको नेतृत्वको विषयमा दलहरुबीच सहमति भए सहमतिमा पुग्ने सकिने बताउनुभएको थियो। माओवादी लडाकूलाई विशेष समिति मातहत ल्याएपछि सरकार निर्माणको विषयमा कांग्रेसका सभापतिसँग माओवादी अध्यक्ष दाहालले पहिलो पटक आग्रह गर्नुभएको हो। विशेष समितिमा लडाकू ल्याएपछि माओवादीले सरकारको नेतृत्वको लागि दावी गर्न सुरु गरेको छ।

एमालेले सहमतीय सरकार गठनका लागि लचकता अपनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेले सहमतिको सरकार नै पहिलो शर्त हुनु पर्ने निष्कर्ष निकाल्दै सहमतीय सरकार गठनका लागि लचकता अपनाउने भएको छ । सोमबार पार्टी मुख्यालय बल्खुमा बसेको स्थायी समितिको बैठकले नेतृत्वका लागि विकल्प खुला राख्दै सहमतिको सरकार बन्नु पर्नेमा जोड दिएको हो । एमालेले सहमतीय सरकार गठनको पुरानै अडान देहोर्याउँदै सरकारको नेतृत्व सम्बन्धमा अधिकतम लचकता अपनाउने निर्णय गरेको हो । एमाले महासचिव इश्वर पा्खरेलले संवाददाताहरुसँग कुरा गर्दै सहमतिको सरकार गठन गर्न आफ्नो तर्फबाट देखाउनु पर्ने अधिकतम् लचकता अपनाउने बताउनुभयो । एमालेमा अध्यक्ष खनाल पक्ष बहुमतकै भए पनि नेतृत्व एमालेले लिनुपर्ने अडानमा रहेछ भने नेपाल-ओली पक्ष काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा छन् ।

नयाँ प्रधानमन्त्री निर्वाचन प्रणालीमा सहमति जुट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख राजनीतिक दलहरुवीच प्रधानमन्त्री निर्वाचनको नयाँ प्रणालीमा जाने विषयमा लामो समयदेखि रहँदै आएको विवादमा सहमति जुटेको छ । प्रधानमन्त्री निर्वाचनको पुरानो प्रकि्रया निरर्थन प्रमाणित भएको भन्दै दलहरुले संसद नियमावलीमा संसोधन गरेर नयाँ प्रकि्रयामा निर्वाचन अगाडि बढाउने सहमति गरेका थिए । सोही सहमति अनुसार गठित संसोधन समितिमा प्रमुख तीन दलले अलग अलग अडान राख्दा नियमावली संसोधन हुन सकेको थिए । सोही कारण व्यवस्थापिका संसदको बैठकसमेत लगातार अबरुद्ध हुँदै आएको थियो । समितिका सदस्य अग्नी खरेलका अनुसार प्रधानमन्त्रीको निर्वाचनमा एक मात्र उम्मेदवार भएमा बिश्वासको मत लिनु पर्ने दुई जना उम्मेदवार भएमा पक्षमा मात्र मत हाल्न पाउने र तीन वा तीन भन्दाबढि उम्मेदवार बनेमा दुई पटकसम्म सबै उम्मेदवारले भाग लिन पाउने र त्यसपछि बढि मत ल्याउने दुई जना मात्र प्रतिस्पर्धामा रहने ब्यवस्थामा सहमति भएको हो । सहमति जुटेको संशोधन प्रस्ताव आजै अपरान्ह बस्ने संसदको बैठकमा प्रस्तुत गरिने छ ।

Jan 22, 2011

सामान भेटिएपनि फ्रान्सेली चालक अझै बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्यटन बर्ष २०११ को प्रबर्द्धनका लागि नेपालमै पहिलोपटक आयोजना गरिएको हिमालयन प्यारामोटर यात्रा २०११ मा सहभागी फ्रान्सेली पाईलटको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबारदेखि बेपत्ता प्यारामोटरको सामान आइतबार विहान हेलिकोप्टरबाट देखिए पनि फ्रान्सेली पाईलट भने अझै फेला परेका छैनन् ।
नेपाल हवाई खेलकुद संस्थाका सदस्य बसन्तराज दवाडीका अनुसार डेभिडले उडाएको प्यारामोटर, लगेजसहितका सामानहरु कास्कीको माछापुच्छ्रे गाविसको खुमई भन्दा झण्डै दुईसय मिटर तल भलौदी खेालाको अनकन्टार जंगलमा देखिएको हो । डेभिड शुक्रबार दिउँसो साढे ११ बजे पामेबाट उडेर अपरान्ह साढे तीनदेखि ४ बजेको बीचमा अज्ञातस्थलमा ल्याण्ड गरेको प्रहरीले जनाएको छ । डेभिड पोखराबाट पश्चिम पामेबाट अन्नपुर्ण तथा माछापुच्छ्रेलगायतका हिमश्रृंखला हेर्न कास्कीको माछापुच्छ्रे गाविसतर्फ उडेका थिए ।

सरकार गठनमा बिषयमा छलफल गर्न शिर्ष नेताको बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतिय सरकार गठन विषयमा छलफल गर्न मुख्य तीन दलका शिर्ष नेताको बैठक आइतबार बस्दै छ । सिंहदरबारस्थित शान्ति मन्त्रालयमा विहान साढे एघार बजे बस्ने बैठकमा सरकारको नेत्रित्व, शक्ती बाँडफाँड, सेना समायोजनक बिषयमा छलफल हुने बताइएको छ ।प्रमुख ३ दल जसको नाममा सहमती हुन्छ उसैको नेत्रित्वमा सरकार गठन गर्न सहमत भएपछी सरकार निर्माणको काम सहज हुने अपेक्षा गरिएको छ । एकीकृत नेकपा माओवादीले नेपाली काङ्ग्रेस र नेकपा एमालेले यसअघिको बैठकमा सरकारको दावेदारीसहित शान्तिप्रक्रिया तथा संविधान निर्माणबारे आ-आफ्नो मार्गचित्र पेश गरेका थिए ।विधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने माओवादीको तर्क छ ।यसैगरी काङ्ग्रेसले भने माओवादी र एमालेले यसअघि सरकारको नेतृत्व गरिसकेको र शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन नसकेकोले अबको सरकार आफूले चलाउनु पर्ने तर्क गरेको छ । एमालेले पनि सहमतीय सरकारमा आफ्नो दावी यथावत राखेको छ ।

क्षती पुर्तीको माग गर्दै अरनिको राजमार्ग अबरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुरको ठिमी चारदोबाटोमा हिँज ट्याक्टरको ठक्करबाट प्राध्यापक मोहन प्रजापतिको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयबासीले उचित राहत तथा दोषीलाई कारबाही माग गर्दै आइतबार विहाननै अरनिको राजमार्गअन्तर्गतको शंखधर साख्वा चोकमा सडक अबरुद्ध पारेका छन् । ६ लेनको सडक बनेपछि पनि दुर्घटना न्युनिकरणमा स्थानीय प्रशासनले चासो नदेखाएको भन्दै स्थानीयबासी हातमा प्लेकार्ड लिएर सडकमा उत्रिएका छन् । सडक अबरुद्ध भएपछि काठमाडौंबाट अरनिको राजमार्ग हुँदै भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका स्थानमा जाने यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

लडाकु हस्तान्तरणको अमेरिकाद्वारा स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी शिबिरमा रहेका लडाकुहरुलाई सेना समायोजन विशेष समितीको मातहतमा ल्याएकोमा अमेरिकाले स्वागत गरेको छ । शक्तिखोर, चितवनमा लडाकू समिति अन्तर्गत गएको घोषणा गरे लगत्तै काठमाडौंस्थित अमेरिकी दूताबासले एक विज्ञप्ति प्रकाशित गर्दै हस्तान्तरण कार्य शान्ति प्रक्रियमा सकरात्मक कदम भएकोभन्दै स्वागत गरेको हो । अन्तरार्ष्ट्रिय समुदाय तथा नेताहरुलाई साक्षी राखेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको सहमतिले शान्ति प्रक्रिया, नयाँ संविधान मस्यौदा तथा नयाँ सरकार गठन प्रक्रियालाई सघाउने आशा अमेरिकाले लिएको बिज्ञप्तिमा भनिएको छ ।
चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा आज आयोजित एक विशेष समारोहमा माओवादी सेनालाई विशेष समितीअन्तर्गत ल्याइनुले शान्ति प्रक्रियाका अधुरा कामहरु, नयाँ संविधान र सरकार निर्माणमा सहयोग पुग्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

भव्य समारोहबाट लडाकु विशेष समितिलाई हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एनेकपामाओवादीका लडाकुहरु मन्त्रिपिरषद् अन्तर्गत प्रधानमन्त्री माधवकुमार नेपाल संयोज रहेको विशेष समिति मातहत आएको औपचारिक घोषणा भएको छ । यो घोषणासँगै आजबाट माओवादीका लडाकुहरुको पार्टीबाट सम्बन्ध विच्छेद भएको छ । चितवनको शक्तिखोरस्थित माओवादी लडाकुहरुको तेश्रो डिभिजनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री माधवकुमार नेपाल र एनेकपामाओवादीका अध्यक्ष पुष्पकमल दाहालले लडाकुहरु विशेष समिति मातहत आएको सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो ।
विशेष समारोहमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डात्तोलन गरेपछि लडाकुहरु सरकार मातहत आएको औपचारिक घोषणा भएको थियो । समारोहमा राष्ट्रिय गान तथा राष्ट्रिय गीतहरु बजाइएको थियो । प्रधानमन्त्री माधवकुमार नेपाललाई लडाकुहरुले सलामी चढाएका थिए । त्यस अवसरमा लडाकुहरुले मास्रल आर्टका विभिन्न विदाहरुमा कौशल प्रर्दशन गर्नुका साथै विभिन्न जातिहरुको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।
कार्यक्रममा माओवादी अध्यक्षँ दाहालका साथै नेकपाएमाले का अध्यक्ष झलनाथ खनाल नेता केपी ओली नेपाली कांग्रेसका सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा मन्त्रीहरु प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्त विदेश मामिला सल्लाहकार राजन भट्टराई प्रेस सल्लाहकार विष्णु रिजाल नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु सुरक्षा अंगका प्रमुखहरु नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

Jan 21, 2011

झलनाथलाई झापड हान्ने रेग्मीलाई १५ दिन थुन्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हान्नेबिरुद्ध एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्। खनाललाई झापड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मीलाई कार्वाहीको माग गर्दै युवा संघ र अनेरास्ववियुले आधा घण्टा इटहरीमा चक्का जाम गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले शान्ति-सुरक्षा दिन नसकेको भन्दै प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन्। प्रदर्शनकारीले इटहरीको चोकमा आधा घण्टासम्म चक्काजाम गरेका छन्।
उता अध्यक्ष झलनाथ खनाललाई झापड हानेको अभियोगमा पक्राउ परेका देवीप्रसाद रेग्मीलाई भने सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ। एमाले सुनसरी जिल्ला कार्यालय सचिव गोविन्द कार्कीको जाहेरीमा दायर मुद्दामा प्रमुख जिल्ला अधिकारीले रेग्मीलाई १५ दिन थुन्न आदेश दिएका छन्। सार्वजनिक अवराध ऐनको मुद्दामा तारेखमा छाड्ने वा २८ हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ।

सरकार निर्माणका लागि ५ दिनको समय थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री चयनकालागि दिईएको समय सिमा सकिनै लाग्दा राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिको सरकार निर्माणका लागि ५ दिनको समय थप गर्नुभएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको आग्रहमा राष्ट्रपति यादवले आज ५ दिन थप गर्नुभएको हो । यसअघि माघ १ गते राष्ट्रपति यादवले सहमतिय सरकार निर्माणका लागि एक हप्ते समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले दिएको एक हप्ते समयसीमामा सरकार बनाउन नसकेपछि राष्ट्रपतिले फेरी म्याद थप गर्नुभएको हो ।संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलले सहमतिको सरकार गठन गर्न एक साताको समय पर्याप्त नभएको भन्दै पाँच दिन समयावधि थप गर्न राष्ट्रपतिलाई पत्र बुझाएका थिए । मुख्य तीन दल माओवादी कांग्रेस र एमाललॆ सहमतीय सरकार गठनका लागि भइरहेको पहल सकरात्मक भएको वताएपछि २८ दलको वैठकले ५ दिन समय माग गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन ।

रिहाईका लागि पहल गरिदिन सरकारलाई अनुरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारमा जेल सजायँ भोगिरहेका सिराहाका ४२ बर्षिय चन्द्रशेखर यादवको रिहाईका लागि पहल गरिदिन उनका आफन्तले सरकारलाई अनुरोध गरेका छन् । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी यादवका आफन्तले सो आग्रह गरेका हुन् । यादव सात बर्षअघिदेखी दोहामा जेल सजायं भोगिरहेका छन् । इण्डोनेशियाली एक युवतीलाई बलात्कार पछि हत्या गरेको अभियोगमा त्यहाँको प्रहरीले यादवलाई पक्राउ गरी जेल चलान गरेको थियो । यादवको तर्फबाट दोहाकी वकिल मुना अब्दुर रहीमले मुद्दा लडेकी थिइन् । त्यसबेला दोहा अदालतले यादवलाई मृत्युदण्डको फैसला सुनाएको भएपनि गत डिसेम्बरमा त्यहांको सरकारले मृत्युदण्डलाई कैदमा परिवर्तन गरेको थियो । वकिल रहीमको पहलमा मृत्युदण्डको मुद्दा कैदमा परिवर्तन भएछ यसमा मलाई खुशी लाग्यो पत्रकार सम्मेलनमा कांग्रेस नेतृ चित्रलेखा यादवले भनिन् अब वकिल रहीमले यादवको पुरै कैद मिनाहा गर्न दोहा सरकार सँग कुरा गरिदिनुहुनेछ भन्ने बिश्वास लागेको छ ।
त्यहांको सरकारले उनलाई १५ बर्षको कैद सजायं दिने घोषणा गरिसकेको छ । उनले जेल भोगेको ७ बर्ष र बाँंकी ८ बर्षगरी १५ बर्षे कैदको घोषणा भएको थियो- यादवका छिमेकी मुख्तर यादवले भने-यदी हाम्रँे सरकारले नेपाली दूतावास दोहामार्फत् दोहा सरकारलाई अनुरोध गर् यो भने अबको बाँकी सजायं पनि माफी हुनेथियो । यादवका आफन्तले मृत्युदण्डको सजायं भोगिरहेका यादवको मुद्दा कैद सजायँ मा परिणत गर्न सफल वकिल रहीमको सम्मानमा एक कार्यक्रम पनि गरे ।
सम्मान कार्यक्रममा वकिल रहीमले उनलाई मृत्युदण्डको सजायँबाट उन्मुक्त गराउन सफल भएको आफू गौरवान्वित भएको बताइन् । नेपाल सरकार बैदेशिक रोजगार प्रबर्धन बोर्डले वकिललाई खर्चबापत २० हजार कतारी रियाल यसअघि नै उपलब्ध गराइसकेको छिमेकी यादवले बताए । यादवद्वारा बलात्कारपछि हत्या गरिएकी भनिएकी इण्डोनेशीयाली युवती हाल आफ्नै मुलुकमा फर्किएको पुष्टि भएपछि उनीमाथी बलात्कारको मात्रै मुद्दा बाँकी रहेको बताइएको छ ।

देवीप्रसादले झलनाथलार्इ झापड हान्नुको कारण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देवीप्रसाद रेग्मीलाई कार्यक्रमबारे पूर्व जानकारी थिएन। सुनसरीको भरौलबाट बिजुलीको पैसा तिर्न आएका उनी विद्युत प्राधिकरणमा पैसा तिरेपछि कार्यक्रम हेर्न इटहरी नगरपालिका परिसरमा पुगेका थिए। कार्यक्रम स्थलमा पुगेपछि नेताहरूले देशलाई बिगारेर पनि जनतालाई फोस्रा आश्वासन दिन नछाडेको अनुभूति भयो, आवेशमा आएँ,' उनले खनाललाई दुर्व्यवहार गरेपछि भने, 'प्रवेश गर्ने कार्यकर्ताको लाइनमै बसेर टीको लगाउन खोज्दा झापड हाने।'
२०४६ सालयता एमालेका हरेक कार्यक्रममा सहभागी हुदै आएको उनले बताए। संविधानसभा निर्वाचनमा माओवादीको १० बर्षे 'जनयुद्ध'बाट केही उपलब्धि हुने आशामा भोट दिएको उल्लेख गर्दै त्यसयता उनी स्वतन्त्र जीवन यापन गर्दै आएको जानकारी दिए। 'म किसान मान्छे, तर राजनीतिक दलका नेताहरूले देशलाई बिगारेको पीडा सहन सकिन,' उनले भने, 'मैले कसैको उक्साहट र लहैलहैमा लागेर यसो गरेको होइन। मलाई नेपालको कानुनअनुसार कारबाही होस् तर देश भने बिगार्न पाइदैन।' उनले खनाललाई पिट्नुको कारण प्रस्टसँग नभने पनि पटक-पटक तथस्ट बसेर देशलाई अनिर्णयको बन्दी बनाउँदा सारा नेपालीले दुःख पाएको प्रतिक्रिया दिएको बताए।'टेलिभिजनमा हेर्छु जहिले पनि मीठा र चिप्ला कुरा गर्ने दलका नेताहरूले नेपालीका छोराछोरीले पाएको दुःख नदेख्ने,' उनले भने, 'अनि तिनै बेरोजगारलाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने अनि पद नपाउँदा तथष्ट बस्ने?' उनले देशमा शान्ति भए आफूले खनाललाई कुटेकोमा जस्तोसुकै सजाय भए पनि भोग्न तयार हुने बताए। उनले झापड हानेको प्रसंग दोहोर्‍याउँदै भने, 'मैले कुट्दा मलाई मारे पनि केही हुँदैन तर देशका सम्पूर्ण नागरिक सँधैभरि हाँसीखुसी बाची रहून्।' रेग्मीका कान्छा छोरा महेश बेरोजगार भएपछि राजधानी काठमाडौँमा जागिरको खोजीमा हिँडेका छन्। जेठा छोरा केशब भने सशस्त्र प्रहरीमा जागिरे छन्। कान्छो छोरा २० दिन अघि काठमाडौं गए पनि अहिलेसम्म देशको बिग्रदो अवस्थाले जागिर नपाएको रेग्मीको गुनासो छ। सात बर्षअघि सोलुमा शिक्षक काम गर्ने आफ्ना भाइ वेदप्रसादको हत्या हुँदा दलका नेताहरूले चासो नदिएको घटनादेखि नै नेताप्रति घृणा जाग्दै आएको उनले सुनाए। 'माओवादीको जगजगी भएको बेला मेरो भाइको हत्या भयो। तर कसैले केही गरेन, हत्या गर्ने व्यक्ति समेत पत्ता लागेन,' रेग्मीले भने।खनाललाई झापड हान्ने रेग्मीले गाउँ-समाजमा अहिलेसम्म केही काम बिगारेको रेकर्ड नभएको छिमेकी विश्वमणि ढुंगानाले बताए। 'अहिलेसम्म काम बिगारेको केही थाहा छैन्। आज एक्कासि किन यस्तो गर्नुभयो म आफैँ अचम्भित भएको छु,' उनले भने। एमाले भरौलका नेता योगराज खड्काले उनी आफ्नै पार्टीको समर्थक रहे पनि सक्रिय कार्यकर्ता नभएको दावी गरे। रेग्मी बिरुद्धसार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने जानकारी इलाका प्रहरी कार्यालय इटहरीले दिएको छ।

राजदूत हमिद अन्सारीले बयान दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ माघ,मृतकको परिवारले पाउनुपर्ने क्षतिपूर्ति रकम लुकाएको आरोप लागेका साउदी अरेबियाका लागि राजदूत हमिद अन्सारीले परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष प्रस्टीकरण दिने भएका छन् । परराष्ट्रको पटक-पटकको ताकेतापछि राजदूत अन्सारी बुधबार काठमाडौँ आएका छन् । उनी साउदीमा मृत्यु भएका रमेश सुवेदीका आफन्तलाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ हस्तान्तरण गर्ने सोचसमेत बनाएर आएको परराष्ट्र स्रोतले बतायो । 'राजदूतले मन्त्रालय र अख्तियारसमक्ष लिखित स्पष्टीकरण दिनेछन्,' परराष्ट्र स्रोतले भन्यो, 'पीडितका आफन्तलाई पनि आफैँले रकम हस्तान्तरण गर्नेछन् ।'
मृतक सुवेदी र अन्य तीनजनाका आफन्तले राजदूत अन्सारीले क्षतिपूर्तिबापत पाउनुपर्ने रकम लुकाएको भन्दै परराष्ट्रमा लिखित निवेदन दिएका थिए । सुवेदीका आफन्तले २० लाख र अन्यले पाँच लाख राजदूतले लुकाएको आरोपसहीत मन्त्रालयमा निवेदन दिएका थिए । 'अन्सारी परराष्ट्र सचिवकै ताकेतामा काठमाडौं आएका हुन्, उनलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको थियो,' परराष्ट्रस्रोतले भन्यो । परराष्ट्रले राजदूत अन्सारीले पठाएको जवाफ चित्तबुझ्दो नभएको भन्दै यसअघि तीनपटक पत्राचार गरी लिखित प्रस्टीकरण मागेको थियो । अन्तिमपटक सचिव भट्टराई आफैँले पत्र पठाएका थिए । अख्तियारले पनि अन्सारीका सम्बन्धमा वास्तविकता जानकारी गराउन परराष्ट्रलाई पत्र पठाएको थियो ।

Jan 20, 2011

भिसा प्रमाणीकरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भिसा आवेदनका लागि पेस गरिने स्थानीय निकायका कागजात नक्कली पाइन थालेपछि दूतावासहरूको आग्रहमा स्थानीय विकास मन्त्रालयले मातहत निकायले जारी गरेका कागजात प्रमाणीकरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। आवेदनसँगै पेस गरिने व्यक्तिगत घटना दर्तालगायत स्थानीय निकायले जारी गरेका कागजात नक्कली भेटिन थालेपछि दूतावासहरूले यसअघि नै प्रमाणीकरण गराउन कडाइ गर्दै आएका थिए।
व्यक्तिगत प्रमाणपत्र प्रमाणीकरण गर्ने संयन्त्र अभावमा उनीहरूले शंकास्पद आवेदन फिर्ता पठाउने गरेका थिए। यसरी भिसा आवेदन फिर्ता भएका सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि मन्त्रालयले यसै साता नयाँ व्यवस्था गरेको हो। परराष्ट्रले पनि जारी भएको निकायबाट पहिले प्रमाणित गरेर ल्याएमात्र प्रमाणीकरण गर्न सकिने जनाउँदै फिर्ता पठाउने गरेको थियो। 'परराष्ट्रले केही वर्षअघिदेखि नै यस्तो समस्याबारे हामीलाई जानकारी गराएको थियो। सामान्य होला भनेर ध्यान दिएका थिएनौं,' उपसचिव गौलीले भने, 'तर, प्रमाणीकरणसँग धेरैको भविष्य जोडिएको र समस्या गम्भीर रहेको बुझेपछि हामीले यो व्यवस्था गरेका हौं।'
पुस २९ गते स्थानीय विकास मन्त्रालयको सचिवस्तरीय बैठकले प्रमाणीकरण व्यवस्था गर्ने निर्णय लिएको थियो। निर्णयअनुसार गाविसबाट जारी भएका व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र पहिले स्थानीय विकास अधिकारी र जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृतबाट प्रमाणित गर्नुपर्ने हुन्छ। नगरपालिकाबाट जारी प्रमाणपत्रहरू भने नगरपालिकाका कार्यकारी अधिकृत तथा प्रशासन प्रमुखले हस्ताक्षर गर्ने प्रावधान गरिएको छ।
गौलीका अनुसार स्थानीय विकास अधिकारी, अनुगमन तथा प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत तथा प्रशासन प्रमुखले प्रमाणित गरेका प्रमाणपत्रलाई स्थानीय विकास मन्त्रालयको जनसंख्या तथा पन्जीकरण व्यवस्थापन शाखाले पुनः प्रमाणित गर्नेछ। त्यसपछि मात्र प्रमाणपत्रको अन्तिम प्रमाणीकरण परराष्ट्रले गर्नेछ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई थप्पड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेताहरुले निकास दिनुको साटो गतिरोध बढाएर मुलुकलाई बर्बाद बनाएको भन्दै सुनसरीको ईटहरीमा एक ब्यक्तिले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई थप्पड हिर्काएका छन । पार्टीको बैचारिक संगठनिक प्रशिक्षण कार्यक्रमको उदघाटन गर्न आज विहान ईटहरी पुगेका अधयक्ष खनाललाई स्टेजमै गएर सुनसरीको भरौल निवासी देविप्रसाद रेग्मीलाई थप्पड हिर्काएका हुन । कार्यक्रममा विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गर्नेहरुको लाईनमा रहेका रेग्मीले खनालले टिका लगाएर हात मिलाउने बेलामा थप्पड हानेका हुन । नेकपा एमालेकै कार्यकर्ता रहेका रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको बताईको छ ।

संघीय विद्यार्थी युनियनको चौथो राष्ट्रिय महाधीवेसन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सात बुँदे दमक घोषणपत्र जारी गर्दै संघीय विद्यार्थी युनियनको चौथो राष्ट्रिय महाधीवेसन सम्पन्न भएको छ । झापाको दमकमा मग्लवार, वुधवार र विहिवार तिन दिनसम्म चलेको महाधिवेसनले समानुपातीक प्रणालीका आधरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, एक व्यक्ति एक रोजगारको व्यवस्था, जातीय सामानुपातीक प्रणालीका आधारमा शिक्षक नियुक्ती लगायतका माग लाई अघि सार्दै पार्टिले उठाएका जातिय एतिहासीकताका आधारमा स्वायत्त राज्यको मागलाई सशक्त वनाउने निर्णय गरेको छ । त्यस्तै परिषदका महासचीव चन्द्रगोपाल चोम्जोङ्गले वर्तमान राजनितिक अवस्था, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, संघिय शिक्षा तथा संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताको सवालमा संगठनका तर्फवाट पेश गर्नुभएको केन्द्रिय समितिको प्रतिवेदन पारित समेत गरेको छ ।
महाधिवेसनमा तामसालीङ, थरुहट, खम्वुवान र लिम्वुवान राज्य परीषदबाट तर्फवाट प्रतिवेदन प्रस्तुत गरीनुका सार्थै संघीय विद्यार्थी युनीयनका जिल्ला समिति रहेका मुलुकका विभिन्न ४५ वढी जिल्लावाट उपस्थित जिल्ला अध्यक्षहरुले आ–आफ्नो जिल्लाको गतिविधिका वारेमा प्रकास पार्नुभएको थियो । मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले उद्घाटन गर्नुभएको महाधिवेसनमा ३ सय प्रतिनिधी र अन्य पर्यावेक्षक गरी ४ सय वढी सहभागि थिए । यसैविच महाधिवेसनको अन्तिम दिन आज चन्द्र गोपाल चेम्जोको अध्यक्षतामा १३ सदस्य केन्द्रिय कार्यसमिति समेत चयन गरेको छ । समितिको महासचिवमा लोकसाग साम्वा तथा उपमहासचिवमा केदार धिमाल र डेन्टल लावती रहनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रकास खड्का, दिनेस खम्वु, विमला तेयुङ, युवाहाङ्ग सम्वाहाम्फे, रणसिंह लक्सम, अभिसेक मावो, देवेन फागो, केन्द्र सेर्मा र सन्तोस खड्का रहनुभएको छ ।

माओवादी केन्द्रीय कमिटिको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपाध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो फरक मतलाई नेतृत्वले निरंकुश शैलीले पार्टीभित्र छलफल गर्न नदिएको भन्दै पार्टीको प्रशिक्षण बहिस्कार गरेको विषयलाई लिएर उत्पन्न विवाद अन्त्य गर्न भनी बसेको एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटिको बैठक अझै पनि जारी छ । प्रवक्ता दिनानाथ शर्माका अनुसार बैठकमा अहिले सम्म स्थायी समितिका सदस्यहरुले धारणा राख्ने क्रम सकिएर पोलिटब्यूरो सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको र त्यसपछि केन्द्रीय कमिटि सदस्यहरुले आफ्नो धारणा राख्ने जानकारी दिनुभयो । उहाले बैठकमा बोल्ने नेताहरुले पार्टी भित्रको आन्तरिक जनवादको सकारात्मक ढंगले ब्यवस्थापन गर्नु पर्ने पक्षमा धारणा राखेको जानकारी दिनुभयो ।

सरकारले सन् २०१० मा ७० विदेशीलाई देश फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सन् २०१० मा ७० विदेशीलाई देश फिर्ता गरेको छ । जाली राहदानीमा २६, भिसा अवधि कटेकामा २६, लागू औषधमा ८, नक्कली भिसामा एक र अन्य अपराधमा ९ विदेशीलाई उनीहरूकै मुलुक फिर्ता गरिएको अध्यागमन विभागले जानकारी दिएको छ । यो संख्या अघिल्लो वर्षो तुलनामा दोब्बरभन्दा बढी हो । विभागका अनुसार २००९ मा ४३ र २००८ मा ७९ जनालाई फिर्ता गरिएको थियो ।
फिर्ता हुनेमा पाकिस्तान र बंगलादेशका नागरिक बढी छन् । उनीहरूमा पाकिस्तानका १३, बंगलादेशका १३ चीनका ५, पोल्यान्डका ५, सोमालियाका ५, इरानका ५, इथियोपियाका ४, दक्षिण कोरियाका ३, अफगानिस्तान, मलेसिया र माल्दोभियाका २/२ जना छन् । क्यामरुन, डेनमार्क, फ्रान्स, जर्मनी, बेलायत, इटाली, नाइजेरिया, लाथिभिया, अफ्रिकी मुलुक चाड, भारत लगायतका एक/एक नागरिक छन् ।
विभागले कानुन मिच्ने विदेशीलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाई फर्काउँदै आएको छ । अध्यागमन ऐनमा अपराधको प्रकृति, गम्भीरता र संवेदनशीलता हे न्यूनतम एकदेखि १० वर्षम्म नेपाल आउन नपाउने गरी फर्काउने प्रावधान छ । हत्या र लागू पदार्थ अपराधमा १० वर्ष, ज्यान मार्ने उद्योग र बाल यौन दुराचारमा ७ वर्ष, हातहतियार, यौनजन्य अपराध, जाली राहदानी र भिसामा ५ वर्षनेपाल आउन नपाउने गरी कारबाही गर्ने प्रावधान छ । यी बाहेक हरेक वर्ष वन्यजन्तु तथा जडिबुटी निकासी र शंकास्पद गतिविधिको अभियोगमा विदेशीहरूलाई सरकारले फिर्ता गर्दै आएको छ ।

प्रत्येक जिल्लामा महिला न्यायाधिवक्ता हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले आ-आफनो निकाय मातहतमा रहेका कार्यालयमा परेका उजुरीलाई प्रभावकारीरुपमा कार्यन्वयन गरे महिला हिंसाका घटनामा कमी आउने बताउनुभएको छ। लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना, सन् २०१०ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री नेपालले न्याय क्षेत्रमा महिलाको पहुँच विस्तार गर्न प्रत्येक जिल्लामा महिला जिल्ला न्यायाधिवक्ता हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा गृहसचिव गोविन्द कुसुम, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले आफ्नो मातहतका महिला कर्मचारीलाई सबल र सक्षम बनाउन प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला थापाले महिलालाई दिने सुविधामा विभेद गरेकोले पनि महिला हिंसाले बढवा पाइरहेको बताउनुभयो। लैडिङ हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना अन्तरगत नै घरेलु हिंसा नियावली, २०६७ लागू भएको, कार्यस्थलमा हुने यौनजन्य हिंसा सम्बन्धि विधेयक संसदमा विचाराधीन रहेको, लैङिक हिंसा निवारण कोष नियमावली स्वीकृत भई कार्यान्वयनको चरणमा रहेकोलगायतका नीतिगत र कानूनी सुधार गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।

Jan 19, 2011

फेसबुकले इमेल सेवा घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फेसबुकले इमेल सेवा घोषणा गरेको छ । बजारी हल्लाहरुकाबीच क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनमा फेसबुक प्रमूख मार्क जकरबर्गले इमेल सेवाको घोषणा गरेका हुन् । तर फेसबुकले इमेललाई हाल फेसबुकमा रहेको ‘मेसेज’ मै समाहित गर्नेछ । हरेक फेसबुक प्रयोगकर्ताले पुछारमा @facebook.com जोडिएको इमेल ठेगाना पनि पाउने छन् । यो नयाँ सेवामार्फत एसएमएस, च्याट र इमेल तीन वटै सुविधा प्रयोग गरी सन्देश पठाउन सकिने फेसबुकले जनाएको छ । फेसबुकले सबै प्रयोगकर्तालाई बिस्तारै यो सेवा उपलब्ध गराउने बताएको छ । तर यहाँ गएर तुरुन्तै यो सेवाको लागि रिक्वेस्ट पनि गर्न सकिन्छ ।प्रतिस्पर्धी कम्पनीहरु गुगल, याहु र माइक्रोसफ्टका इमेल सेवालाई धक्का दिन फेसबुकले यो कदम चालेको विश्लेषकहरुले बताएका छन् । तर फेसबुक प्रमूख मार्क जकरबर्गले भने यो सेवा ‘जिमेल किलर’ होस् भनेर आफूले अपेक्षा नगरेको बताए । ‘हामी यो चाहँदैनौं कि कुनै व्यक्तिले विहान उठ्ने बित्तिकै आफ्नै जिमेल एकाउन्ट बन्द गरेको घोषणा गरोस् । १५ जना इन्जिनियर फेसबुकले यो नयाँ मेसेजिङ सेवाको लागि अहिलेसम्मकै सबैभन्दा धेरै इन्जिनियर (१५ जना) खटेको दाबी गरेको छ । यसअघि फेसबुकका अन्य कुनै पनि निर्माणमा यति धेरै इन्जिनियरले समय नदिएको फेसबुकको भनाइ छ ।के छ फेसबुक इमेलमा?हुन त फेसबुकले यो सेवालाई ‘इमेल’ नाम दिएको छैन । फेसबुकले यो सुविधा छिटो र सरल हुने दाबी गरेको छ ।

२०७० देखि अस्थायी शिक्षक नराखिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले आगामी २०७० सालदेखि मुलुकभरका सरकारी विद्यालयमा अस्थायी शिक्षक नराख्ने भएको छ। देशभर रहेका करिब २५ हजार अस्थायी शिक्षकले स्थायी हुन परीक्षा दिनुपर्नेछ। गएको पुस २८ गते बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले शिक्षाको छैठौं नियमावली संशोधन र शिक्षक सेवा आयोग पाँचौ संशोधन गरी अस्थायी शिक्षक नराख्ने व्यवस्था गरेको हो।शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले २०७० सालसम्म मलुकमा १ जना पनि अस्थायी शिक्षक नरहने बताउनुभयो। उहाँले नयाँ शिक्षक लिनु परेमा करारमा नियुक्ती गर्न सकिने जानकारी दिनुभयो।शिक्षा मन्त्रालयले राहत कोटालगायत अन्य क्षेत्रमा कार्यरत शिक्षकलाई भने अस्थायी शिक्षकभित्र समावेस गरिएको छैन। अब रिक्त दरबन्दीमा स्थायी शिक्षक नियुक्तिको प्रक्रिया बढाइने बताउँदै मन्त्रालयका सहसचिव शर्माले हाल अस्थायी सेवामा कार्यरत शिक्षकले स्थायी नियुक्तिको परीक्षामा सफल हुननसके स्वतः सेवाबाट हट्न सक्ने उल्लेख गर्नुभयो। नियमावली राजपत्रमा प्रकाशित भएलगत्तै शिक्षक सेवा आयोगले करिब २३ हजार स्थायी दरबन्दीका लागि विज्ञापन गर्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ। आयोगले लिने स्थायी नियुक्तिको खुला परीक्षामा माग गरिएको पदको संख्याको ५० प्रतिशत थपको नाम प्रतीक्षासूचीमा राख्नुपर्ने नयाँ व्यवस्था नियमावलीमा गरिएको छ। प्रतीक्षासूचीमा रहेकाहरुमध्येबाट मात्र जिल्ला शिक्षा कार्यालयले करार शिक्षक राख्नसक्ने व्यवस्था गरिएको छ।

बममाथिको महाअभियोग प्रस्ताव संसदमा लगिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्बोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि लगाइएको महाअभियोग प्रस्ताव संसदमा लगिने भएको छ । सिंहदरबारमा बुधबार बसेको मुख्य तीन दलको बैठकमा न्यायाधीश बम माथिको महाअभियोग प्रस्ताव संसदमा लगेर कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको हो । न्यायपरिषदले भ्रष्टाचारको अभियोगमा बमलाई कारबाहीको सिफारिस गरेको थियो । बैठकमा मुख्य तीन दलका सचेतकहरुको पनि सहभागिता थियो । संसदको दुइ तिहाइले महाअभियोग अनुमोदन गरे बम स्वत् कारबाहीमा पर्नेछन् ।

कैलालीमा अनिश्चतकालीन यातायात बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने सूचीकृत ऋण मिनाहा र लोडसेडिङ बन्द गरिनुपर्ने माग गर्दै उपभोक्ताहरूले बुधबार बाट अनिश्चतकालीन कैलाली जिल्लामा यातायात बन्द गरेका छन् । उनीहरूले पूर्व-पश्चिम राजमार्गमा पर्ने लम्की, चौमला, सुखड, राजिपुर बौनीया, मुढा, पहलवानपुरलगायतका ठाउँमा प्रदर्शन गरेर यातायात बन्द गराइरहेका छन् । कैलालीमा पर्ने राजमार्गका विभिन्न ठाउँमा विद्युत् उपभोक्ताहरूले नारा जुलुससहित बन्द गराइरहेका छन् । एकातिर सूचीकृत ऋण तिर्नुपर्ने अर्कोतिर चर्को विद्युत् महसुल तिर्नुपर्ने तर लोडसेडिङले दैनिक क्रियाकलाप प्रभावित भएको भन्दै उनीहरूले राजमार्गका छेउमा रहेका बजारसमेत बन्द गराएका छन् ।

नेपालीलाई अर्को एउटा अनौठो विश्व किर्तिमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, माघ ५ - एउटा अनौठो विश्व किर्तिमानमा नेपाल नामाकिंत भएको छ । दुई नेपाली किशोरहरुले लगातार ३३ घण्टा हात मिलाएर (हयान्ड सेकिङ ) विश्व किर्तिमान कायम गरेका छन् । काठमाडौं धर्मस्थलीका रोहित तिमिल्सिना र उनका सहोदर भाइ सन्तोष तिमिल्सिनाले न्युयोकको टाईम्स स्क्वायरको प्रतिस्पर्धामा न्युजिल्याण्डका अलस्टेयर गाल्पिन र डन पुडोर्नको जोडीसंग बराबर हुँदै सो विश्व किर्तिमान राखेका छन् । नेपाली टोलीका संयोजक चन्द्रप्रकाश शर्माले इकान्तिपुरलाई दिएको जानकारी अनुसार दुवै टोलीले आफुहरुलाई घाटा नहुने जनाएपछि आयोजकले प्रतिस्पर्धालाई बराबरीमा टुङगाएको थियो ।
हयान्ड सेकिङले पन्ध्र घण्टा नाघेपछि दुवै टोलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण दिईएको छ । विजेता रोहितले भने- 'मुलुकलाई विश्व माझ चिनाउने हाम्रो प्रयास सफल भएको छ ।' वर्ल्ड लनगेस्ट हयाण्ड सेक २०११ नाम दिईएको प्रतिस्पर्धामा चार टोलीबाट फाईनलमा दुई टोली पुगेका थिए । प्रतिस्पर्धा गत शुक्रबार राती बाट शुरु भएर ३३ घण्टा पछि आईतबार समाप्त भएको थियो । हात मिलाईरहेको नेपाली टोलीलाई हौसला दिन न्युयोर्कबासी नेपालीहरुको पनि उपस्थित थियो भने कार्यक्रमलाई स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कठाङ्ग्रिदो जाडो मौसममा हात मिलाईरहेको नेपाली जोडीलाई नेपालीहरुले मम लगायत खानपिन आफैले खुवाएका थिए । यसैबर्ष विश्वकै सबैभन्दा साना मानिको बिश्व किर्तिमान नेपालकै खगेन्द्र थापा मगरले हात पारेका थिए ।

गर्भवती भएको आरोपमा दुई कुकुर निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गर्भवती भएको अभियोगमा दुई कुकुरलाई सेवाबाट निलम्बित गरिएको छ । भारतको छत्तीसगढ सशस्त्र प्रहरीको सातौँ बाहिनीमा तैनाथ दुई कुकुरलाई गर्भवती भएको आरोपमा निलम्बन गरिएको हो । दुई कुकुरसहित उनका प्रशिक्षकलाई पनि कतव्र्यहीनता र गैरकानुनी काम गरेको भन्दै निलम्बन गरिएको छ । कुकुर गर्भवती भएको सम्बन्धमा यी प्रशिक्षकसँग स्पष्टीकरणसमेत मागिएको छ । सीमा र लिजा नाम गरेका दुई लेब्रोडोर जातका कुकुर गर्भवती भएको सम्बन्धमा छानबिन गर्न जाँच-बुझ समितिसमेत गठन गरिएको छ । यता कुकुर गर्भवती भएको आरोपमा निलम्बित भएका प्रशिक्षकले आफू निर्दाेष भएको बताएका छन् । कुकुर गर्भवती हुनुमा बाहिनी प्रांगणमा फैलिएको अव्यवस्था जिम्मेवार रहेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूका अनुसार कुकुर राख्ने ठाउँ पुरानो र भत्किएको छ । कुकुर राति बाहिर निस्केर गल्लीका कुकुरसँग सम्पर्क राखेको अनुमान प्रशिक्षकले गरेका छन् । गर्भवती भएका दुई कुकुर छत्तीसगढ प्रहरीको डग स्क्वायडका सदस्य हुन् । डग स्क्वायडका सदस्यहरू नशालु पदार्थ सुघेँर अपराध अनुसन्धानमा मद्दत गर्छन् । बाहिनीको काममा यस्ता कुकुरको अत्यन्त आवश्यकता छ । त्यसैले यस्ता पोथी जातका कुकुरलाई भाले कुकुरभन्दा टाढा राखिन्छ । सीमा र लिजा गर्भवती भएपछि बाहिनीले ठूलो घाटा बेहोर्नुपरेको छ ।
कुकुरको बस्ने ठाउँ अत्यन्त अव्यवस्थित भएको सम्बन्धमा अधिकारीहरूलाई पटक-पटक जानकारी दिइएको पनि निलम्बित भएका कुकुर प्रशिक्षक मोहन गुप्ताले बताए । तर, गुप्ता यस सम्बन्धमा अधिकारीले कुकुरको बासस्थानको अर्का व्यवस्था नगरेको गुनासो गर्छन् ।
पोथी कुकुरलाई प्रहरीको ग्राउन्ड व्यायामशालामा राखिन्थ्यो । सीमाले डिसेम्बरमा सात छाउरालाई जन्म दिएकी थिइन् भने लिजाले १० । कुकुर गर्भवती भएपछि तुरुन्त उनीहरूका प्रशिक्षकलाई निलम्बन गरिएको थियो । रायपुरको डग स्क्वाडमा पाँच कुकुर कार्यरत छन् । कुकुर प्रशिक्षक मोहन गुप्ता भन्छन्, 'कुकुरको पेट फुलेर डाक्टरले एक्स-रे गरेपछि मात्र कुकुर गर्भवती भएको थाहा भयो । यसमा हाम्रो के दोष ? कुकुर गर्भवती भएपछि हामीले अवैधानिक काम गरेको भनेर निलम्बन गरिएको छ । यसबाट हामीलाई साह्रै मन दुखेको छ । प्रशिक्षकका अनुसार भारतका अन्य राज्य वा अर्धसैन्य बलमा कुकुर प्रशिक्षक सहायकसमेत राखिन्छ । तर, छत्तीसगढ सशस्त्रको साताँै बाहिनीमा आफूले मात्र सबै काम गर्नुपरेको प्रशिक्षकले गुनासो गरेका छन् ।

Jan 18, 2011

कियाचु अमेरिकाको तेश्रो महा अधिबेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,न्यूयोर्क/नगेन्द्र ईङ्नाम "आठराईली"
जनवरी १५, न्यूयोर्क शहरको ज्याक्सनहाईट्स स्थित हिमालयन याक रेष्टुरेन्टको हलमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको तेश्रो महा अधिबेशन एघार सदस्यीय कार्य समितिको चयन् गरेर सम्पन्न भएको छ । चुनाव समितीले तोकेको निर्धारित समयमा कुनै पनि पदको लागि एकभन्दा बढी उम्मेद्बारी नपरे पछि निर्विरोध चुनिएका नयाँ कार्य समितिको अध्यक्षमा पूर्ण लिम्बु थेबे, उपाध्यक्षमा देबेन्द्र सम्बाहाम्फे, महासचिवमा दिपेस लिम्बू, सचिवमा बुद्ध चेम्जोङ र कोषाध्यक्षमा बिरेन्द्रहाङ लाबुङ लिम्बू तथा सदस्यहरुमा ईन्दिरा चेम्जोङ (तुम्बाहाम्फे), राम चोङ्बाङ, चेतन सुब्बा, देश लिम्बू चोङ्बाङ, सञ्जय सुब्बा मादेन र युगेश लिङ्देन छन । किरात याक्थुङ चुम्लुङ अमेरिकाका तदर्थ समितिका अध्यक्ष पूर्ण लिम्बु थेबेको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनलाई तीन चरणमा बिभाजनमा गरी सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा अध्यक्षको आसन पछि उपस्तितिलाई इन्दिरा चोङ्बाङले स्वागत, भुतपुर्ब कार्यसमिती सदस्य प्रेम प्रसाद मेन्याङ्बोले शुभकामना तथा भुतपुर्ब अध्यक्ष श्याम लिम्बु मेन्याङ्बोले संस्थाको बारेमा चर्चा गरेका थिए भने किरात याक्थुङ चुम्लुङ दुबई, किरात याक्थुङ चुम्लुङ कतार र टेक्सास अमेरिका कै सरोज सुब्बाबाट प्राप्त शुभकामना पत्रहरु बुद्ध चेम्जोङ्ले पढेर सुनाएका थिए । अधिवेशनको दोश्रो चरणको कार्यक्रममा संस्थाको बिधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम राखिएको थियो । सो अवसरमा जुद्ध प्रसाद कुरुम्भङले बिधानको मस्यौदालाई प्रस्तुत गरेका थिए भने बिधान माथिको संसोधनमा हुने टिका टिप्पणिलाई मुनिन्द्र बिक्रम नेम्बाङ्ले प्रत्युत्तर गरेका थिए । दिपेश लिम्बुद्वारा सञ्चालित सो चरणको कार्यक्रमलाई सभापति पूर्ण लिम्बु थेबेले औपचारिक रुपमा बन्द सत्रमा गएको जानकारी दिंदै टुंग्याएका थिए । चुनावी प्रकृयाको कार्यक्रमा राखिएको तेश्रो चरणको कार्यक्रममा चुनाव समितिको प्रमुख संयोजक श्याम सुब्बा मेन्याङ्बो तथा इन्दिरा चोङ्बाङ र जुद्ध प्रसाद कुरुम्भङलाई संयोजक तोकिएको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई चुनाव समितिका प्रमुख संयोजक श्याम सुब्बा मेन्याङ्बोले खादा पहिर्‍याएर बधाई ज्ञापन गर्दै बिधानत नियुक्ती दिलाएका थिए । न्यूयोर्कवासी लिम्बुहरुको उल्लेख्य उपस्थिति रहेको आजसम्मको यो ऐतिहासिक महाधिवेशनमा बन्न पुगेको छ । संस्थाको हितको लागि योग्य र नैतिक पदाधिकारीहरुको चयन गर्ने उदेश्यले जम्मा भएका किरात याक्थुङ चुम्लुङ अमेरिकाको सदस्यहरुको उपस्थितीले महाधिवेशन स्थलको महौल साँच्चि नै महाधिवेशनमाया बनाएको थियो । आशा छ नयाँ कार्यसमितिले त्यो उपस्थितिको चाहनाअनुरुप काम गरेर त्यो उत्साहलाई जोगाई रहनेछ ।

संविधानसभाको पहिलो मस्यौदाको काम सुरु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको पहिलो मस्यौदाको काम सुरु हुने भएको छ । कार्यतालिका अनुसार कार्तिक मसान्तमा हुनुपर्ने काम भएपनि ढिलो गरि सुरु हुन लागेको हो । बैठकमा नियमावली संशोधनको प्रस्ताव पेश गरिने छे । संविधानसभाले गठन गरेको नियमावली संसोधन समितिले हिजो आफ्नो प्रतिवेदन बुझाएको थियो । संविधानसभाले नियमावली संसोधन आज पारित गरेपछि संविधानसभामा अल्झीएका प्रतिवेदन विषयगत समितिमा पठायने बाटो खुल्ला हुनेछ । प्रतिवेदनमा सहमति नभैकन फरक मत सहित सँवैधानिक समितिमा प्रतिवेदन पठाउन सकिने तथा संवैधानिक समितिले पनि टुँगो लगाउन नसके संविधानसभामा मतदान गराउने कुरा अघि सारिएको छ । संविधानसभाको बैठक दिउँसो १ बजे साडे २ बजे गरि दुईपटक बस्नेछ । आजै ब्यावस्थापिका संसदको बैठक पनि बस्दैछ । प्रधानमन्त्री निर्वाचन प्रकि्रया सम्वन्धी नियमावली सशोधनको अर्काे प्रस्ताव पेश हुने कार्यक्रम छ । हिजो हुन नसकेको प्रतिवेदन पेश गर्ने गरि आज बैठक बोलाईएको संसद सचिवालयले जनाएको छ ।

विवादका कारण माओवादीको देशब्यापि प्रशिक्षण स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्तरिक विवादका कारण एकीकृत नेकपा माओवादीको देशव्यापी प्रशिक्षण कार्यक्रम प्रभावित भएको छ । उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो फरक मत पनि प्रशिक्षणमा राख्न पाउनु पर्ने माग गरेपछि भोलीका लागि तय गरिएका प्रशिक्षणहरु स्थगित भएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मङ्गलबार बसेको स्थायी समिति बैठकले भोलीका लागि पोखरामा तय गरिएको तमुवान र मगरात राज्यसमितिको प्रशिक्षण स्थगित गर्ने निर्णय गरेको सचिव सीपी गजुरेल 'गौरव'ले जानकारी दिनुभयो । प्रशिक्षण विवाद समाधानका लागि भोली पोलिट्ब्यूरो बैठक र पर्सी केन्द्रीय समिति बैठक बोलाइएको छ ।काठमाडौंको भृकुटिमण्डपमा आयोजित नेवाः र ताम्सालिङ राज्य समितिको संयुक्त प्रशिक्षणमा हिजो भट्टराई पक्षधरले सहभागिता जनाएका थिएनन् ।

शिविरका लडाकु हस्तान्तरण कार्यक्रम माघ ८ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शिविरमा रहेका एकीककृत माओवादीका लडाकु र हतियार माघ आठ गतेदेखि औपचारिकरुपमा सेना समायोजन विशेष समिति मातहत ल्याइने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको सरकार– माओवादी बैठकमा लडाकु र हतियार विशेष समिति मातहत ल्याउने सहमति भएको हो। सरकार र माओवादी बीच पुस ३० गते भएको तीन बुँदे सहमति अनुरुप नै लडाकु र हतियार विशेष समिति मातहत ल्याउन लागिएको हो । चितवनको शक्तिखोरस्थित शिविरमा शनिवार विशेष समारोह गरी माओवादी लडाकु विशेष समिति मातहत ल्याइएको घोषणा गरिने छ। सरकार माओवादीबीच लडाकु जिम्मा लगाउने कार्यक्रमको तयारी विशेष समितिले र व्यवस्थापन गृह मन्त्रालयले गर्ने सहमति पनि भएकेा छ। बैठकमा एकिकृत माओवादीले सरकारले भारतवाट हतियार ल्याउन लागेको विषयमा समेत आपत्ति जनाएको थियो। तर यस विषयमा माओवादीले विरोध नगर्ने भएको छ। सरकारले सेनाको तालिमका लागि अत्यावश्यक सामाग्री ल्याउन लागेको जानकारी गराएपछि माओवादीले सो विषयमा विरोध नगर्ने जनाएको छ। सरकार र माओवादीबीच, तीन बुँदे सहमति अनुसार गठन हुने विशेष समितिको संयन्त्रमा छलफल गरेर बाँकी विवाद टुग्याउने सहमति पनि भएको छ। जसका लागि चाँडै संयन्त्र गठन गर्न पहल गरिने भएको छ। यसअघि आज नै लडाकुलाई विशेष समिति मातहत राख्ने सहमति भएको थियो। तर प्राविधिक काम नमिलेको भन्दै लडाकु हस्तान्तरणको काम शनिवारका लागि सारिएको हो।

ब्लुबुक र सवारी चालक अनुमतिपत्रका लागि नयाँ व्यवस्था

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार गर्न र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाहीको दायरामा ल्याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले गल्ती गर्ने सवारी चालकहरुले बैंकमा राजस्व जम्मा गरेपछि मात्रै सवारीचालक अनुमती पत्र तथा ब्लुबुक लिन पाउने नयाँ व्यवस्था गर्न लागेको छ। सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरुले ट्राफिक प्रहरीले लाइसेन्स तथा ब्लुबुक लिएमा सोस्र-फोस्र लगाएर थोरै रकम तिरेर महाशाखाबाट लिने प्रवृत्ति बढेपछि तोकिएको जरिवाना तिराउन महाशाखाले बैंकमा जरिवाना तिर्ने र बैंक भौचर लिएर आएपछि मात्रै महाशाखाले ब्लुबुक तथा लाइसेन्स दिने नियम कायम गर्न लागेको हो।महाशाखाले उपत्यकाका विभिन्न बैंकहरुमा सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरुका लागि राजस्व बुझाउने काउन्टर साचालन गरिदिने र तोकिएको रकम जरिवाना तिरेर आएपछि मात्रै लाइसेन्स तथा ब्लुबुक दिने नियम बनाउन लागेको महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माले जानकारी दिनुभयो।सवारी नियम उल्लंघन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन र राजस्व वृद्धी गर्नका लागि उक्त नियम ल्याउन लागेको उहाँले जानकारी दिनुभयो। कारबाहीमा पर्ने सवारी चालकहरुले फॊस्र लगाएर तोकिएको जरिवाना नतिर्ने र पटकपटक गल्ती गर्ने प्रवृत्ति बढेपछि महाशाखाले उक्त नियम ल्याउन लागेको हो।

Jan 17, 2011

भारतीय विदेश सचिव निरुपमा मंगलबार नेपाल आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ३ - भारतीय विदेश सचिव निरुपमा राव नेपालको तीनदिने भ्रमणमा मंगलबार नेपाल आउने भएकी छन् । सचिव रावका साथ भारतीय विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारी पनि रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रसचिव परराष्ट्रसचिव मदनकुमार भट्टराईको निमन्त्रणामा आउन लागेकी भारतीय विदेश सचिव रावले मंगलबार नै भट्टराईसँग द्विपक्षीय वार्ता गर्नेछिन् । सचिव रावले नेपाल बसाइका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछिन् ।

राष्ट्रिय झण्डा र राष्ट्रिय दलको परिभाषालाई २८ दलले समर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिजो बसेको तीन दलको कार्यदलले सहमति जुटाएको राष्ट्रिय झण्डा र राष्ट्रिय दलको परिभाषालाई आज बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलले समर्थन गरेका छन् । नयाँ सहमति अनुसार अब नेपालको राष्ट्रिय झण्डा अहिले कायम रहेकै रातो पृष्ठ भूमिमा सुर्य चन्द्र अंकित भएको र किनारामा निलो रंग भएको झण्डा लाई नयाँ संविधानमा पनि उल्लेख गरिने छ । तर त्यस्को ब्याख्या भने अहिलेसम्म भएको आन्दोलनको भावनालाई समेटने गरी उल्लेख गर्ने सहमति २८ वीच भएको छ । त्यसैगरी यसअघि तीन प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको रुपमा मान्यता पाउने भनि ठूला दलहरुले राख्दै आएको अडानमा पनि सहमति भएको छ । नयाँ सहमति अनुसार अब निर्वाचनमा भाग लिने सबै राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने छ । त्यसैगरी आजको बैठकमा मताधिकारको उमेर र कति सदनात्मक सदन हुने भन्ने विषयमा छलफल गरे पनि कुनै सहमति बन्न भने सकेन ।

हिसिलालाई मञ्चबाट धकेलेर झारीयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भृकुटीमण्डमा भइरहेको माओवादी प्रशिक्षणमा माओवादी नेतृ हिसिला यमीलाई बोल्दाबोल्दै मञ्चबाटै झारिएको छ । माओवादीका नेवा राज्य इन्चार्ज हितमान शाक्यले यमीलाई मञ्चबाट धकेलर झारेका हुन् । पार्टीकै नेताले दुर्व्यवहार गरेपछि उनले प्रशिक्षण बहिष्कार गरेर बाहिरिएकी छन् । उनले पार्टीमा आन्तरिक जनवादको अभ्यास नभएको भन्दै आफैँ डायसमा गएर अध्यक्षले जवाफ दिनुपर्ने बताएकी थिइन् । यमीको आग्रहलाई बेवास्ता गर्दै प्रचण्डले सम्बोधनमा त्यस बारे कुनै विषय नै प्रवेश नगरी प्रशिक्षण टुंग्याएपछि आक्रोसित बनेकी यमी ‘एक हातले बज्दैनु, ‘आन्तरिक जनवाद, जिन्दावाद ‘भन्दै बाहिर निस्किएकी थिइन् । उनको आग्रहपछि बाबुराम पक्षीय सभासद र सहभागीहरुले समेत प्रशिक्षण बहिष्कार गरेका छन् । यमकी आग्रहपछि भट्टराई पक्षका सभासदहरु खिमलाल देवकोटा, हेमराज भण्डारी प्रशिक्षण छाडेका छन् । यसअघि नेकपा माओवादीद्वारा पार्टी कार्यकर्ताका लागि भृकुटीमण्डपमा आयोजित प्रशिक्षण सोही पार्टीका नेता बाबुराम भट्टराईले बहिष्कार गरेका थिए ।

गायक कुमार कान्छाको ५३ वर्षको उमेरमा निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गायक कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार निधन भएको छ । मेरुदण्डको पक्षघातबाट पीडित कान्छाको उपचारका क्रममा भारतको मुम्बईमा रहेको रहेजा अस्पतालमा सोमबार दिउँसो निधन भएको हो । पक्षघातबाट पीडित कान्छा तीन महिना अघि उपचारार्थ रहेजा अस्पतालमा भर्ना हुनुभएको थियो।
उहाँले जीन्दगीको के भर छ र बतासैले उडाइ लग्यो माया मेरो लगायत एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाउनुभएको छ। उहाँले २ वटा नेपाली गिती एल्बम समेत निकाल्नु भएको थियो भने केही नेपाली चलचित्रमा अभिनय समेत गर्नुभएको थियो । कान्छाको जन्म बि.सं. २०१४ साल मंसिर २८ गते भएको थियो ।

सरकारले चार जना सचिवको सरुवा निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले चार जना सचिवको सरुवासहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चारजना सचिवको सरुवा गर्नुका साथै विभिन्न निर्णयहरू गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चारमन्त्री शङ्कर पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख आनन्दप्रसाद पोख्रेललाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, शिविर व्यवस्थापन समितिबाट शितलबाबु रेग्मीलाई ऊर्जा मन्त्रालयमा, केशव भट्टराईलाई भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयको सचिवमा र छविलाल पन्तलाई क्षेत्रीय प्रशासन कार्यालयको प्रमुखमा सरुवा गरिने निर्णय भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रवेशिका परीक्षा एस एल सीको प्रश्न पत्र नेपालमै छापिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रवेशिका परीक्षा एस एल सीको प्रश्न पत्र नेपालमै छापिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले आगामी चैत्र १० गतेबाट हुने एस एल सी परीक्षाको प्रश्न पत्र नेपालमै छाप्ने निर्णय गरेको हो । केही दिन अघि लेखा समितिले नेपालमै प्रश्नपत्र छाप्न सरकारलाई निर्देशन दिएको थियो । सुरक्षाको कारण देखाउँदै यसअघि एसएलसीको प्रश्न पत्र भारतमा छापिदै आएको थियो ।

सङ्खुवासभामा लिम्बुवानी आमसभा सन्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
सङ्खुवासभा, १ माघ २०६७/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभामा जिल्ला कार्य समितिको आयोजनामा सङ्खुवासभाको बाह्रबीसे, सिद्धपोखरी र नुनढाकीमा लिम्बुवानी आमसभा सन्पन्न भएको छ । पुस २५ गते सङ्खुवासभाको बाह्रबीसे बजारमा गंगा थोप्राको अध्यक्षतामा, पुस २८ गते सिद्धपोखरी ५ को बत्तासेमा श्याम वनेमको अध्यक्षता र पुस २९ गते नुनढाकी १ को विहीबारे बजारमा देवेन्द्र थक्लुङ लिम्बूको अध्यक्षतामा उक्त आमसभाहरु सम्पन्न भएका हुन् । तीनवटै आमसभाहरुलाई प्रमुख अतिथिको रुपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले सम्बोधन गरेका थिए । सम्बोधनकाक्रममा प्रमुख अतिथि मिराकले स्वायत्त राज्यहरुको निर्माणमा इतिहासनै मुख्य आधार हुने कुरा बताउनु भयो । एकसय वर्षपछि हङकङ र मकाउ इतिहासकै आधारमा मुख्य भूमि चीनसँग समाहित भएको भन्दै यसरी हङकङ र चीनमा समाहित हुनुमा इतिहासकै मुख्य भूमिका भएको बताए । त्यसरी नै सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाको भूमिलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गरिनुपर्ने कुरामा जोडदिँदै सोका लागि सशक्त सङ्घर्षमा उत्रन सङ्खुवासभावासीलाई आह्वान पनि गर्नुभयो । अतिथि मिराकले थपे "यस क्षेत्रमा लिम्बुवानको इतिहास जिउँदो छ । यो इतिहासलाई कायम गर्न सबै लागिपर्नुपर्ने बताउनु परौं । सङ्खुवासभाका सबै भूभागलाई लिम्बुवानमै समाहित गर्न गराउन प्रतिवद्धता जाहेर गरौं ।"संविधान सभा राज्य पुनसंरचना समितिले लिम्बुवानको सङ्खुवासभालाई तीनटुक्रामा विभाजित गरेकोमा असमति जनाउँदै र त्यसलाई सच्याउन दवाब दिन सो कार्यक्रमहरु आयोजना गरिएको कुरा मञ्च सम्बद्ध लिम्बुवान सङ्खुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपले बताएका थिए । यसैगरी, सोही आमसभाहरुमा सङ्खुवासभाको केही भू-भागलाई टुक्राएर अन्य प्रदेशमा गाभेको विरोधमा परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिवालय सदस्यहरु प्रेमदीप थाम्सुहाङ र शान्ता योङहाङ तथा एलभी कमाण्डर मुक्साम लाबुङ र लिम्बुवान युवा मञ्चका सुनिल खेवालेसमेत बोलेका थिए । विभिन्न र्याली नारा जुलुश र साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त लिम्बुवान सङ्खुवासभा मिशनलाई मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभा जिल्ला कार्य समितिका अध्यक्ष इन्द्रमान लिङ्थेपले नेतृत्व गरेका थिए । योभन्दा पहिले लिम्बुवान मिशन डीएसअन्तर्गत लिम्बुवानी सेनापति काङसोरेले एकात्मक शासक पृथ्वीनारायण शाहका सेनाहरुसँग सङ्घर्ष गर्दा सहादत प्राप्त गरेको ठाउँ सभाया खोला-अरुण नदीको किनारमा श्रद्धाञ्जलि सभा र खाँदबारीमा लिम्बुवानी आमसभा गरिएको थियो । अब अन्य ठाउँमा पनि लिम्बुवानी आमसभाहरु आयोजना गर्दै जानेसमेत परिषद सङ्खुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपले जनाएका छन् ।
फोटोः मुक्साम लाबुङ, लिम्बुवान

Jan 16, 2011

प्रत्येक नेपालीको टाउकोमा १४७७२ रुपैयाँ राष्ट्रिय ऋण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ माघ,विभिन्न देश, अन्तर्राष्ट्रिय बैंक, देशभित्रकै वित्तीय संस्था र नागरिकबाट नेपाल सरकारले लिएको ऋण चार खर्ब नाघेको छ । जनसंख्या हिसाब गर्दा प्रत्येक नेपालीको टाउकोमा १४ हजार दुई सय ७२ रुपैयाँ राष्ट्रिय ऋण छ । आर्थिक वर्ष ०६६/६७ सम्ममा नेपालको वैदेशिक ऋण दुई खर्ब ५६ अर्ब २४ करोड ३२ लाख ७८ हजार छ । त्यस्तै आन्तरिक निकाय र व्यक्तिबाट सरकारले एक खर्ब ४७ अर्ब ६६ करोड ७७ हजार ऋण लिएको छ । यसरी नेपालको कुल ऋण चार खर्ब तीन अर्ब ९० करोड ३० लाख ५३ हजार पुगेको छ । नेपाल सरकारको आधिकारिक अनुमानअनुसार कुल जनसंख्या दुई करोड ८३ लाखलाई आधार मान्दा प्रत्येक नेपालीको भागमा १४ हजार दुई सय ७२ ऋण पर्छ । नेपालले १६ वटा देश तथा निकायबाट ऋण लिएको छ ।
नेपालले विश्व बैंक, एसियाली विकास बैंक, तेल उत्पादक देशहरूको संगठन ओपेक बहुपक्षीय निकायबाट दुई खर्ब २९ अर्ब १८ करोड ९५ लाख ऋण लिएको छ । त्यस्तै भारत, जापान, फ्रान्सलगायतका देशबाट २७ अर्ब पाँच करोड ३७ लाख ऋण लिएको छ । नेपाललाई सबैभन्दा बढी विदेशी ऋण एसियाली विकास बैक (एडिबी) ले दिएको छ भने सबैभन्दा कम बेल्जियमको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार नेपालले एडिबीलाई एक खर्ब १४ अर्ब १५ करोड भुक्तान गर्नुपर्नेछ । त्यस्तै बेल्जियमको ऋण भने १७ लाख २२ हजारमात्रै छ । एडिबीको ऋणको ब्याजदर साढे एक प्रतिशत छ । बेल्जियमले नेपाललाई निब्र्याजी ऋण दिएको हो । एडिबीपछि नेपाललाई सबैभन्दा बढी ऋण विश्व बैंकले दिएको छ । विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) मार्फत नेपाललाई ऋण उपलब्ध गराउँदै आएको छ । नेपाललाई आइडिएको एक खर्ब ६ अर्ब २० करोड ऋण छ ।

आफैंले आफूलाई अपहरण गरेको आरोपमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहपाठी विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्दै गरेको र परिवारको दबाबमा 'हेल्थ असिस्टेन्ट' पढ्नु परेपछि आफैंले आफूलाई अपहरण गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर-५ जामुनगाछीमा डेरा गरी बस्ने रञ्जित मेहता (१९) लाई शनिबार पक्राउ गरेको छ। सशस्त्र र अपराधिक समूहको उतिसारो चलखेल नरहेको विराटनगरमा 'आफैंले आफूलाई' अपहरण गर्ने घटना बढेको छ। भदौयता यस्ता अपहरणको तीनवटा घटना भएका छन्। सुनसरी वसन्तपुर-६ का मेहता विराट हेल्थ कलेजमा हेल्थ असिस्टेन्ट पढिरहेका छन्। सहपाठीजस्तै बिएस्सी पढ्ने सपना साँचेका मेहताले हेल्थ असिस्टेन्ट अध्ययनका लागि अभिभावकले कलेजमा बुझाएको ४० हजार रुपैयाँ धरौटीसमेत झिकेर अपहरणमा परेको ढोंग रचेको प्रहरीले जनाएको छ।
'मेहताले फिरौती माग्नसमेत आफ्नै मोबाइलबाट स्वर बदलेर परिवारलाई फोन गरे,' मोरङका प्रहरी उपरीक्षक दीपक थापाले शनिबार पत्रकार सम्मेलनमा भने, 'फोन गरिएको एरियामा उनको उठबस रहेकोले आफैंले आफूलाई अपहरण गरेको हाम्रो अनुमान थियो।' मेहताले स्वर बदलेर भाइ सन्तोष, काका सत्यनारायण र दाजु प्रमोदलाई फोन गरेर रिहाइका लागि ५ लाख रुपैयाँ फिरौती मागेको प्रहरीको भनाइ छ। नक्कली अपहरणमा परिवारलाई व्यग्र चिन्ता र सुरक्षा संयन्त्रको जनशक्ति र साधन स्रोत अनावश्यक परिचालन गर्न लगाएकाले मेहताविरुद्ध मोरङ प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्न लागेको थापाले जानकारी दिए।
प्रहरीसँगको बयानमा मेहताले सहपाठीजस्तै बिएस्सी पढ्न मन रहेकाले पढाइ खर्च जुटाउन 'अपहरण' को नाटक गरेको बताए। तर, पढाइ खर्च जुटाउन अपहरण रचेको मेहताको भनाइमा प्रहरी विश्वस्त छैन। 'विलासी जीवन जिउन वा मोजमस्ती गर्न उसले त्यत्रो रकम मागेको हुनुपर्छ,' एक प्रहरी अधिकारीले भने। यसअघि भदौ १९ गते विराटनगर-७ बस्ने २० वर्षीय राहुल गुप्तालाई प्रहरीले आफूले आफैँलाई अपहरण गरेको आरोपमा पक्राउ गरी कारबाही चलाइसकेको छ। युवतीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि राहुलले आफू अपहरण भएको नाटक मात्र गरेनन्, अपहरणकारीलाई बुझाउन आफन्तबाट लिएको २० हजार रुपैयाँ फिरौती रकम पनि आफैंले कुम्ल्याए। अपहरित छुटाउन मोरङ, सुनसरी, सप्तरी, सिरहा, बारा, पर्सा र जनकपुरका प्रहरीले ठूलो सास्ती व्यहोर्नु परेको थियो। राहुलले सोनापुरस्थित एक युवतीलाई प्रेम प्रस्ताव राखेको तर तिनले अर्कै युवकलाई मन पराउँछु भनेपछि आफैंले आफैंलाई अपहरण गर्नुपरेको स्वीकारेका थिए। राहुललाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही भइरहेको छ। यस्तै, असोजमा लुकीचोरी ल्याएको समान काकडभिट्टामा प्रहरीले जफत गरेपछि साहुलाई झुक्याउन झापा दमक-११ बस्ने सीता नगरकोटीले अपहरणमा परेको घटना रचेकी थिइन्। अपहरणमा परेको सूचनाको आधारमा मोरङ प्रहरीले खोजतलास गर्दा उनलाई विराट नर्सिङ होम अगाडि फेला पारेको थियो। उनले आफूले आफैलाई अपहरण गरेको हल्ला फिँजाएको प्रहरीको दाबी छ। 'पैसाका लागि विभिन्न बहाना बनाउँदै आफैँले आफूलाई अपहरणमा पारेर मोटो रकम असुल्ने डरलाग्दो प्रवृत्ति बढेको छ,' मोरङका एसपी थापाले भने, 'सशस्त्र र आपराधिक समूहको देखासिकीका कारण परिवार र प्रहरीले अनावश्यक तनाव झेल्नु परिरहेको छ।'

अनमिनलाई माओवादीद्वारा दिवा भोजको आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले राष्ट्रसंघीय मिसन (अनमिन) लाई नेपालको शान्ति प्रक्रियामा पुर्‍याएको सहयोगका लागि धन्यबाद दिंदै आइतबार बिदाई गरेको छ । माओवादीले ललितपुर स्थित होटेल हिमालयमा दिवा भोजको आयोजना गरेर अनमिनको बिदाई गरेको हो । दिवा भोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता सहित राष्ट्रसंघका विशेष प्रतिनिधि स्यामुअल तम्राट, अनमिन प्रमुख करिन लेनग्रेन लगायत पदाधिकारीहरु तथा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरु अमेरिका, बेलायत, रसीया, फ्रान्स र चीनका नेपालस्थित राजदूतहरु लगायत अन्य कुटनीतिकहरुको सहभागिता थियो । कार्यक्रममा माओवादी अध्यक्ष दाहालले अनमिन प्रमुख लगायतका पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । दाहालले नेपालको शान्ति प्रक्रियामा अनमिनको प्रंशसनीय भूमिका खेलेको बताए । औपचारिक रुपमा सरकारसँग बिदा भएको अनमिनको माओवादीले पनि बिदाई गरेको हो । लेनग्रेनले दलहरु आ-आफ्ना प्रतिवद्धता पूरा गर्नु पर्नेमा जोड दिइन् । उनले दलहरु सामु जनताको चाहना पूरा गर्न चुनौति रहेको उल्लेख गरिन् । अनमिन प्रमुख लेनग्रेन आजै न्यूयोर्क मुख्यालय फर्कन लागेकाले बिहानको खाना सहित बिदाई गरिएको माओवादीले जनाएको छ ।

राष्ट्रिय झण्डा परिवर्तन नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २ - अहिलेकै राष्ट्रिय झण्डालाई नयाँ संविधानमा मान्यता दिन प्रमुख तीन दल सहमत भएका छन् । माओवादीले राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्ने अडान राख्दै आएको थियो ।माओवादी,कांग्रेस र एमालेबीच आइतबार सिंहदरवारमा बसेको बैठकले अहिलेको राष्ट्रिय झण्डाको रंग आकार प्रकारलाई जनआन्दोलनबाट प्राप्त सफलताहरुसंग व्याख्या गर्ने सहमति गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले झण्डाको रंग आकार प्रकारमा कनै परिवर्तन नगरी त्यसलाई जनआन्दोलनको सफलतासंग व्याख्या गरिने सहमति भएको बताए । बैठकले निर्वाचनमा भाग लिएका सबै दललाई राष्ट्रिय मान्यता प्राप्त दल भन्ने सहमति समेत गरेको छ । अहिले निर्वाचनमा ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल मानिने संवैधानिक व्यवस्था रहेको छ । अल्पसंख्यक तथा पिछिडिएका जात जातीसंग जोडिएका दलले पनि निर्वाचनमा भाग लिन पाओस भनेर यस्तो व्यस्था गर्न लागिएको पौडेलले संवाददाताहरुसंग भने । तीन दलले गरेको सहमति बारे २८ दलको बैठकमा थप छलफल गरिनेछ ।

प्रधानमन्त्रीमा उम्मेदवारी कायम राख्न पौडेल दौडधुपमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी कायम राख्न भेटघाट तीब्र पारेका छन् । संसदीय दलको कार्यालय सिहंदरमा सभासद्हरुसँग उनले आइतबार बिहानैदेखि भेटघाट गर्न थालेका हुन् । बालाजु बोहोराटारस्थित निवासमा भेला आयोजना गर्ने तयारी रहेपनि अनावश्यक हल्ला हुने भयले पौडेलले संसदीय दलमै भेटघाट सुरु गरेको बुझिएको छ । शेरबहादुर देउवाले कही दिन अघि बुढानिलकण्ठस्थित निवासमा केन्द्रीय सदस्य र सभासद्हरुको भेला आयोजना गरी प्रधानमन्त्रीको उम्मेदवारमा आफ्नो दाबेदारी प्रस्तुत गरेपछि पौडेल समूह पनि आन्तरिक छलफलमा जुटेको हो ।
सभासद् कमला पन्तले भने संसदीय दलमा सामूहिक भेला आयोजना नगरिएको बताइन् । दलका नेताले सभासद् भेट्नु सामान्य भएको भन्दै उनले पार्टीभित्र प्रधानमन्त्रीको उम्मेदवारीलाई लिएर गुटबन्दी नरहेको स्पष्टीकरण दिइन् । संसदीय दलको विधानमा सरकारको नेतृत्व संसदीय दलका नेताले गर्ने उल्लेख भएपनि केन्द्रीय समितिले फरक निर्णय गर्न सक्छ । संसदीय दलमा देउवाको पक्षमा बहुमत पुर्‍याउन कठिन देखिएपछि केन्द्रीय समितिमार्फत पौडेलको नाम प्रधानमन्त्रीको उम्मेदवारमा दर्ता गराउन देउवा खेमाका नेताहरु सक्रिय भएका छन् ।

Jan 15, 2011

नेपाली जनसरोकार समाज हङ्गकङ्ग वाट रु. १,०१,००१ सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एनेकपा माओबादीको बैधानिक मोर्चा नेपाली जनसरोकार समाज हङ्गकङ्गले आज नेपाल कन्सुलेट जनरलको कार्यालय मार्फत अनाथ असहाय तथा सहिद परिवारका बालबच्चा का लागी रु १०१००१ को सहयोग रासी हस्तान्तरण गरेको छ । गत तिहारमा देउसि भैलो वाट सँकलित रकमवाट सो सहयोग जुटाइएको हो । उक्त सहयोग विविन्न जिल्लामा पठाइने भएतापनि मुख्य रुपमा जनजागरण प्राथमिक बिद्यालय जुवाङ्ग रोल्पा मा जाने बुझिएको छ । उक्त बिद्यालयका १५० बिध्यार्थि हाल भवन बिहिन अवस्थामा आफ्नो अध्ययनलाई अधि बढाउन वाध्य भएको अवस्था छ । सानै रकम भएता पनि रकमले कैयौ वालवालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भुमिका हुने विश्वास गरिएको छ ।
नेपाली जनसरोकार समाज हङ्गकङ्गका कार्यावाहक अध्यक्ष कृष्ण बहादुर लिँखा बाट महावाणिज्यदुत बिनोध उपाध्य लाई उक्त रकम औपचारीक रुपमा हस्तान्तरण गरीएको थियो । उक्त कार्यक्रममा एनेकपा माओबादी हःङ्गकङ्गका पार्टि सचिव पुर्ण लोक्सोम नेपाली जनसरोकार समाज चुनवान समितिका अध्यक्ष देबिदास राई सोहि समाज काउलुन समितिका उपाध्यक्ष जजिन चाम्लिङ्ग सह कोषाध्यक्ष मन प्रशाद गुरुङ्ग किराती राष्ट्रिय मुक्तिमोर्चा हङ्गकङ्गका सचिव पिताम्बर राइ लगायको समेत उपस्थिति रहेको थियो । एनेकपा माओबादी हःङ्गकङ्गका पार्टि सचिव पुर्ण लोक्सोमले सो सहयोग तिहारवाट सँकलित भएको हुनाले तमाम हःङ्गकङ्गवासिको नामवाट एक पुनित काममा जाने जानकारी गराउनु भयो । साथै आगामी बर्षहरुमा सो प्रकारको सहयोग लाई अझ ससक्त र देशब्यायि रुपमा निरन्तरता दिईने जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा नेपाली साझा क्लब हाउस तथा शरणर्थि समस्या सम्बन्धि समान्य छलफल भएको थियो । स्मरण रहोस नेपाली जनसरोकार समाज हङ्गकङ्ग विविध हङ्गकङ्ग वासी नेपालिका जनमुखि ५ बँदे माग लिएर गत नोबेम्वरमा पनि दुतावास गएको थियो । साथै गएको ३ महिनामा ८ उप समिति गठन गरी ससक्त साँगठानिक विस्तार गरीसकेको समितिको आगामी ६ फेब्रुवरीमा दोश्रो अधिवेशन हुने जानकरी प्राप्त भएको छ ।

लेनग्रेनद्वारा सहमतिको स्वागत/उपकरणहरु छाडिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १ - राष्ट्रसंघीय मिसन (अनमिन) बन्द भएपछि हतियार तथा सेनाको अनुगमनलाई निरन्तरता दिनेसम्बन्धमा सरकार तथा माओवादी बीच शुक्रबार राति सहमति भएकोमा महासचिवका प्रतिनिधि करिन लनग्रेनले स्वागत गरेका छन् । अनमिनले शनिबार रातिदेखि काम बन्द गर्दैछ । 'शान्ति प्रक्रियामाथिको आस्थालाई सुदृढ गर्नका लागि अत्यन्त महत्त्वपूर्ण हतियार तथा सेनाको अनुगमनसम्बन्धी प्रबन्धका सम्बन्धमा सहमतिमा पुगेकोमा म सरकार तथा माओवादीलाई बधाई दिन चाहन्छु' शनिबार साँझ जारी बिज्ञप्तिमा उनले भनेकी छन्, 'यो सफलतालाई निरन्तरता दिँदै पक्षहरूले लामो समयदेखि बाँकी रहेको माओवादी सेनाका सदस्यहरूको समायोजन तथा पुनःस्थापनाको कामलाई चाँडै कार्यान्वयन गर्नेछन् भन्ने आशा मैले लिएकी छु।'
उनले अन्तिम समयमा भएपनि सहमतिले सीसीटीभी क्यामराका उपकरणसहित अनुगमनसम्बन्धी अन्य सामाग्रीहरूको संयुक्त राष्ट्रसंघको कार्यविधि अनुरूप अस्थायी रूपमा सापटी र पछि सरकारलाई अनुदानमा दिनका लागि बाटो खोल्ने उल्लेख गरेकी छन् । 'संयुक्त राष्ट्रसंघको सम्पत्ति हस्तान्तरण गर्ने विषयमा विचार गर्नका लागि आवश्यक सहमति भएको आभास हुन्छ' उनले भनेकी छन् ।
संयुक्त राष्ट्रसंघले नयाँ अनुगमन संयन्त्रलाई यथासक्य सहयोग निरन्तर दिने र शिविर छोड्न केही घण्टा बाँकी रहेपनि अन्मिनका हतियार अनुगमनकर्ताहरू उक्त नयाँ संयन्त्रका सदस्यहरूलाई व्रिफिङ दिने तयारी गरिरहेका उनले बताएकी छन् ।
शुक्रबार नै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले महासचिवका प्रतिनिधि तथा अनमिन टोलीको सराहना गर्नुका साथै शान्ति प्रक्रिया प्रति आफ्नो सहयोग जारी रहने कुरा दोहोर्याएको पनि उल्लेख गरिएको छ । समयमै नयाँ संविधान जारी गर्ने लगायत शान्ति प्रक्रियाका बाँकी रहेका मुद्दाहरूको तदारुपताका साथ समाधान खोज्ने आफ्नो प्रतिबद्धतालाई पूरा गर्न सहमति भावनाका साथ सहकार्य गर्न सरकार तथा दलहरूलाई सुरक्षा परिषद्ले आव्हान गरेको पनि बिज्ञप्तिमा छ ।

मुलुकभर शनिबार माघेसंक्रान्ति पर्व मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
घिउ, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर शनिबार माघेसंक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने ती खाद्य वस्तुहरूका साथै सम्येबजी (चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा र रक्सी वा जाँड) का साथै सिद्रा माछा खाने चलन छ ।गाउँघरमा यो पर्वमा घिउ, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाइएको खिचडी खाने चलन छ । विशेषगरी घिउ र चाकु खाने भएकाले नेपालभाषामा 'घिउ, चाकु सँल्हु' भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै 'यलय् पलः ९पाटने पालुङ्ग)' भनिने एक प्रकारको लामो खालको मालुङ्ग खाने चलन छ । यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश हुने र सूर्य उत्तरायण हुने भएकाले यस संक्रान्तिलाई 'मकर संक्रान्ति' पनि भन्ने गरिन्छ । यस पर्वमा जीउभरि तेल घसेर घाम ताप्ने पनि चलन छ । यस पर्वमा परिवारका मूली वा आमाले आफ्ना छोराछोरीलाई तालुमा तेल हालिदिने पनि गर्दछन् र विभिन्न नदी तीर्थमा स्नान गर्ने गर्दछन् । यस दिन भक्तपुरको तौमढी टोलमा रहेको तिलमाधव नारायणको विशेष पूजा हुन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा राष्ट्रिय खेलकुद परिषद्लाई पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्य अदालतबाट अमान्य घोषित नेपाल ओलम्पिक कमिटीले गर्ने आर्थिक कारोबारको विषयमा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुदको सर्वोच्य निकाय राष्ट्रिय खेलकुद परिषद्लाई पत्र काटेको छ । अनुसन्धान अधिकृत उत्तम पाण्डेद्धारा हस्ताक्षरित पत्रमा सर्वोच्यले अमान्य घोषित गरिसकेको ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटी कुन कानुन र विधानअर्न्तगत सञ्चालन भएको हो र यो कमिटीको नियन्त्रण र आर्थिक ऐन नियम उपलब्ध गराउन परिषद्लाई आग्रह गरिएको छ । परिषद् स्रोतले अख्तियारको पत्र पुस २२ मै प्राप्त भएको जानकारी दियो । 'हामीलाई प्रधान (ध्रुवबहादुर) कमिटीको आर्थिक नियमन कसले गर्छ । यससम्बन्धमा सम्पूर्ण कागज उपलब्ध गराउन भनिएको छ', परिषद्का एक पदाधिकारीले भने । अख्तियारले पुस १८ गते नै प्रधान अध्यक्ष रहेको कमिटीको सम्बन्धमा परिषद्लाई पत्र काटेको थियो।

सहमतिको सरकार गठनका लागि राष्ट्रपति द्वारा अव्हान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामबरण यादवले सहमतिको सरकार गठन गर्न दलहरुलाई आज औपचारिक रुपमा आब्हान गर्नुभएको छ । राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ १ अनुसार सहमतीय सरकार निर्माण्ँका लागि दलहरुलाई आब्हान गर्नु भएको हो । राष्ट्रपतिले दलहरुलाई सात दिनको समय दिदै आगामि माघ ७ गतेभित्रको सहय दिनुभएको छ । अन्तरिम संविधानअनुसार राष्ट्रपतिले दिएको समयभित्र दलहरुले सहमतीय सरकार गठन गर्न नसकेमा पुनः राष्ट्रपतिले संविधानको धारा ३८ २ मुताविक बहुमतीय सरकार गठनको प्रक्रिया सुरु गर्न संसदलाई आग्रह सहित लेखि पठाउनु हुने छ । राष्ट्रपतिले झण्डै छ महिना अगाडि प्रक्रिया सुरु गरेको भए पनि दलहरुले नयँ प्रधानमन्त्री चयन गर्न नसके पछि फेरि नयाँप्रक्रिया सुरु गर्नु भएको हो । यसअघि गत असारमा दिएको समयमा सहमतीय सरकार बनाउन नसकेपछि दलहरुले थप एक साताको समय माग गरेका थिए । त्यस समयावधीमा पनि सहमतीय सरकार गठन गर्न नसकेपछि बहुमतीय प्रणुली अन्र्तगत १६ चरणसम्मको निर्वाचनबाट पनि दलहरुले नयाँ प्रधानमन्त्री चयन गर्न सकेनन ।

आजदेखि शिविर र लडाकु हतियार विशेष समितिले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन अनमिन गए मध्यरातीबाट विदा भएपछि आजदेखि उसले गर्दै आएको सबै काम माओवादी लडाकुको रेखदेख समायोजन र पुनः स्थापनसम्बन्धी विशेष समितिको जिम्मामा आएको छ ।
अनमिनले माओवादी लडाकु शिविर रेखदेख र हतियार अनुगमनको जिम्मेवारी सम्हाल्दै आएको थियो । अनमिन हिजोदेखि बिदा भएपछि विशेष समितिले नै सबै काम गर्न लागेको हो । प्रधानमन्त्री संयोजक रहेको सेना र हतियारको व्यवस्थापन रेखदेख तथा अनुगमन विशेष समितिको हिजो बसेको बैठकले चार ओटै सुरक्षा निकायबाट दुई दुई जना प्रतिनिधि रहने समितिलाई शिविरको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
समितिले आजैदेखि माओवादीका सात ओटै शिविरमा पुगेर काम थाल्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो अनुगमनका लागि विशेष समिति र मातहतको सचिवालयबाट प्रतिनिधित्व हुने ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । सो समितिले नेपाली सेनाको एक र लडाकुको सात वटा हतियारको कन्टेनरको अनुगमन पनि गर्ने छ । यसैबीच विशेष समिति अन्तर्गतको सचिवालयको बैठक अहिले केहीबेरपछि बस्दै छ ।

अनमिन गए मध्यरातीबाट विदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन अनमिन गए मध्यरातीबाट विदा भएपछि आजदेखि उसले गर्दै आएको सबै काम माओवादी लडाकुको रेखदेख समायोजन र पुनः स्थापनसम्बन्धी विशेष समितिको जिम्मामा आएको छ ।
अनमिनले माओवादी लडाकु शिविर रेखदेख र हतियार अनुगमनको जिम्मेवारी सम्हाल्दै आएको थियो । अनमिन हिजोदेखि बिदा भएपछि विशेष समितिले नै सबै काम गर्न लागेको हो । प्रधानमन्त्री संयोजक रहेको सेना र हतियारको व्यवस्थापन रेखदेख तथा अनुगमन विशेष समितिको हिजो बसेको बैठकले चार ओटै सुरक्षा निकायबाट दुई दुई जना प्रतिनिधि रहने समितिलाई शिविरको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
समितिले आजैदेखि माओवादीका सात ओटै शिविरमा पुगेर काम थाल्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो अनुगमनका लागि विशेष समिति र मातहतको सचिवालयबाट प्रतिनिधित्व हुने ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । सो समितिले नेपाली सेनाको एक र लडाकुको सात वटा हतियारको कन्टेनरको अनुगमन पनि गर्ने छ । यसैबीच विशेष समिति अन्तर्गतको सचिवालयको बैठक अहिले केहीबेरपछि बस्दै छ ।

Jan 14, 2011

स्वः दिल बहादुरको मुद्धा उच्च अदालतमा ३ घण्टामै

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
१३ जनवरी - १७ मार्च २००९ मा हङकङ प्रहरीद्धारा हत्या गरिएका स्वः दिल बहादुर लिम्बूको मुद्धा हङकङ स्थित कोरनस्र कोर्टमा जम्मा ७६ दिन लामो समय सम्म सुनुवाईको अन्त्य पछि कोरनस्र कोर्टले स्वः दिल बहादुर लिम्बूको मृत्यू कानुन सम्मत भएको भन्ने फैसला गरेको थियो । तसर्थ मृतककी श्रीमति सोनि राईले उक्त फैसला कानुन सम्मत हुन सक्दैन भनि उनकी वकिल माईकल भिटल्रद्धारा उच्च अदालतमा पुनरावलोकनको लागि निबेदन गरेकी थिइन । उक्त मुद्धालाई पुनरावलोकन गर्न पाउने वा नपाउने भन्ने बिषयका लागि उक्त अदालतले जनवरी १२ देखि १४ २०११ सम्म उच्च अदालतको ९ तला कोर्टनम्बर १९ मा बिहान १० बजे देखि ४:३० सम्म दैनिक ३ दिन लगातार रुपमा सुनुवाई हुने आदेश गरेको थियो । सो अनुसार ३ दिन भनेर शुरु भएको सुनुवाई शुरुकै दिन करिब ३ घण्टा सम्म दुबै पक्षका वकिलहरुको बहस सुने पछि अदालतका न्यायधिश रेयेस्ले अब उप्रान्त सुनुवाईको आवश्यक नभएको र आज भएको सुनुवाईको निणर्य पछि सुनाउनॆ भन्नॆ जानकारी सोनि राईकी वकिल फिलिप डैकले बताउनु भयो ।
कोर्टमा उपस्थित नेपाली समुदायमा भने केहि समयको लागि अन्योलको स्थिति सृजना भएको थियो । अधिकांश उपस्थित नेपालीहरुले न्यायधिशद्धारा केहि समयका लागि सुनुवाई बिस्राम गरेको होला भनेर कोर्टरुमबाट बाहिएका थिए । केहि समय पछि अचानक मृतकको श्रीमतिकी पक्षका वकिल फिलिप डैकले जानकारी गराए अनुसार आजको सुनुवाई यहि समाप्त भएको र सुनुवाईको निणर्य करिब २ हप्ता भित्र फैसला सुनाउने जानकारी गराउनु भएको थियो । अन्त्यमा ३ दिनका लागि भनेर शुरु भएको सुनुवाई किन लगभग ३ घण्टामै मुद्धा सुनुवाई समाप्त हुनु अति दुःखदायी बाँच्ने अधिकारको हनन् सिङ्गो अल्पसंख्यकजातीहरुलाई अपहेलना गरेको र मानबअधिकार उपहास गरेको ठहर् याई स्वःदिल बहादुर सम्बन्धि संघर्ष संयोजक समिति हङकङ नेपाली महासंघको पहलमा तुरुन्त सर्बोच्च अदालतको ग्राउड फ्लरमा पत्रकार सम्मेलन गरि मृतककी श्रीमति सोनी राईले हङकङवासी आमसमुदायमा समचार सम्प्रेसन गर्नु भएको थियो । मृतककी श्रीमतिको तर्फबाट हङकङ नेपाली महासंघ तथा स्वः दिल बहादुर संघर्ष संयोजक समितिका निबर्तमान अध्यक्ष श्री हेम लिम्बूले गत अगष्त २०१० मा फिलिपिन्समा हङकङका नागरिकहरुको अपहरण काण्डमा परी ८ जनाको गोली हानी हत्या भएको घटनालाई जसरी हङकङ सरकारले कानुनी अनुसन्धान गरिरहेकोछ सोहि अनुसार स्वः लिम्बूको मुद्धालाई पनि समान द्धृष्टिकोणले अध्ययन गरिनु पर्ने र निष्पक्ष तथा पारदर्शिताको आधारमा न्यायिक सुनुवाई हुनु पर्ने उनले भनाई राखे । किन भने स्वः लिम्बू पनि हङकङका नागरिक भएकोले एक निर्दोष नागरिकलाई गोली हानी हत्या गर्नु विधिसम्मत हुन नसक्ने उनको भनाई थियो ।

काठमाडौं जुम्ल्याहा विश्व व्यापार केन्द बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, पुस ३० - जुम्ल्याहा विश्व व्यापार केन्द्र भवन । धेरैको कल्पनामा आउँछ, ‘सेप्टेम्बर ११’ अघिको न्युयोर्क शहरको त्यो गगनचुम्बी महल । नेपालमा कहिले बन्ला त्यस्तो ? यदि तपाई यो परिकल्पना गर्दै हुनुहुन्छ भने यसले साकार रुप लिने संकेत देखिएको छ । यस बिषयमा बुधबार न्युयोर्कको विश्व व्यापार केन्द्रमा नेपाल र विश्व व्यापार केन्द्र संघबीच प्रारम्भिक हस्ताक्षर सम्पन्न भएको छ । ग्राउण्ड जिरोमा अवस्थित विश्व व्यापार केन्द्रको भवनमा आयोजित एक कार्यक्रममा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी र विश्व व्यापार केन्द्र संघका तर्फबाट निर्देशक रोवर्ट जे फुरेले हस्ताक्षर गरेका छन् । भवन निमार्णका लागि प्रस्ताव सहित सदस्यताका लागि प्रारम्भिक हस्ताक्षर भएको हो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष जोशीले ईकान्तिपुरसंग कुरा गर्दै भने ‘यो हस्ताक्षर पछि एक महिना भित्र हामीले हाम्रो व्यापारिक परियोजना प्रस्ताव गर्दैछौ । स्वीकृती आएपछि भवन निमार्ण शुरु हुन्छ ।’
भवन काठमाडौंमा निर्माण गरिने छ । हस्ताक्षर कार्यक्रममा नेपाली प्रतिनिधी मण्डल सहित नेपाली दुतावासका कालीप्रसाद पोख्रेलको पनि उपस्थिती थियो । हस्ताक्षर पत्रमा संसारका दुई ठुला अर्थतन्त्र भएका चीन र भारत माझ अवस्थित नेपालमा भवनको निर्माणले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दावी नेपाली पक्षले गरेको छ ।
सन २००२ मा विश्व व्यापार संघको सदस्यता प्राप्त गरेपनि नेपालमा विश्व व्यापार केन्द्र निर्माण हुन सकेको छैन् । जोशीले थपे ‘विश्व व्यापारको सांकेतिक स्वरुप मानिने जुम्ल्याहा भनवको निर्माणले हाम्रो व्यापारिक हैसियतलाई विश्व माझ प्रवाहित पार्नेछ ।’ विश्वका १५ शहरमा भवन स्थापना गर्ने उदेश्य सहित सन् १९७० मा स्थापना भएको विश्व व्यापार केन्द्रको मापदण्ड अनुसार हाल सम्म विश्वका एक सय भन्दा बढी देशमा तीन सय २० वटा व्यापारिक केन्द्रहरु अस्तित्वमा छन् ।
भवन निर्माण विश्व व्यापार केन्द्रको मापदण्ड अनुसार गर्नेपर्नेछ । भवन निमार्णका लागि विश्व व्यापार केन्द्रको स्वीकृत पाएपछि उद्योग वाणिज्य संघले सरकारसंग जग्गाको माग गर्ने योजना रहेको छ । भवनमा सम्मेलन कक्ष, प्रर्दशनी कक्ष सहित पाँच तारे होटल हैसियतको आवास कक्षको निर्माण गरिने योजना छ् । त्यसका अतिरिक्त विभिन्न व्यापारिक नियोगका लागि कार्यालय कक्षको निर्माण गरिने छ ।हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी र विश्व व्यापार केन्द्र संघका तर्फबाट निर्देशक रोवर्ट जे फुरे । तस्विर: डब्लुटीसीअनलाइन डट कम ।