News

Jul 31, 2009

झुक्याउन प्रयोग गरिने सामग्रीसहित तीन जनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालबाट लागूऔषध विदेश पठाउँदा झुक्याउन प्रयोग गरिने सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। ब्याग र सुटकेसहरूमा फल्स वटन बनाउन र तयार भएको सामग्रीलाई सुरक्षा जाँचमा प्रहरीले पत्ता लगाउन नसक्ने गरी विशेष किसिमको एक्सरे छल्ने पाटा र प्रहरीका सुरक्षा कुकरलाई समेत पत्ता लगाउन गाह्रो हुने डग रिपिलेन्ट स्प्रेसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। लागूऔषध नियन्त्रण कार्यान्वयन एकाइले बुधबार दिउँसो सोही टोलीमा संलग्न २ जनालाई मोटरसाइकलसहित दुईवटा सुटकेसमा पल्स बटन बनाई लुकाइछिपाइ गरेको अवस्थामा १४ केजी ४ सय ग्राम चरेससहित पक्राउ गरेको हो।कामपा- २९ लैनचौर मोडमा ललितपुरका दिलबहादुर परियार कृष्णकुमार नेपालीलाई अनुसन्धान टोलीले पक्राउ गरेको हो। प्रहरीले सोही समूहका दीपक नेपालीलाई समेत पक्रेको छ। अनुसन्धान टोलीले ललितपुरको बालकुमारी स्थित एक घरमा छापामारी कारखानासमेत पत्ता लगाएको जनाएको छ।एकाइले बुधबार पत्रकार सम्मेलन आयोजना गरी उपत्यकामा लागू औषध ओसारपसार गर्ने गिरोहलाई पक्राउ गरिएको दाबी गरेको छ। टोलीले ठूलो मात्रामा ग्लु स्प्रे, फोम सिट, फारगान्स स्प्रे, स्टिक टेप रोल र सिट रोलसमेत बरामद गरेको छ।

वामदेव गौतमबाट रकम असुल्न सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १६- नेपाली मुसलमानलाई साउदी अरेबियाको मक्का र मदिनामा हज गर्न पठाउँदा रकम दुरुपयोगका लागि तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई जिम्मेवार ठहरिएका छन्।त्यसबाट पर्न गएको नोक्सानी गौतम, हज कमिटीका अध्यक्ष ताज मोहम्मद र कमिटीका सदस्यहरूबाट असुल गर्नुपर्ने निष्कर्षमा संसद्को एक समिति पुगेको हो।संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले बिहीबार समितिसमक्ष पेस गरिएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ। गत माघ १२ गते उलाउद्दिन मियाको संयोजकत्वमा गठित उपसमितिले आफ्नो प्रतिवेदन बिहीबार लेखा समितिसमक्ष बुझाएको छ।मंसीर दोस्रो साता नेपाली मुसलमान जाँदा खर्च भएको जम्मा ९ करोड ६८ लाख ९५ हजार ११९ रुपैयाँमध्येबाट दुरुपयोग भएको उपसमितिको प्रतिवेदनमा छ। यसमध्ये सरकारी ढुकुटीबाट २ करोड ९८ लाख ९५ हजार ८ सय ६९ रुपैयाँ बेहोरिएको छ।गृह मन्त्रालयले २०६५ मंसीर दोस्रो साता ४ सय ७५ नेपाली मुसलमानलाई हज गर्न पठाएको थियो। यसको व्यवस्थापन गर्न सरकारले एमालेको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संघका तत्कालीन महासचिव ताज मोहम्मदको अध्यक्षतामा ४५ जनाको हज कमिटी बनाएको थियो।हज कमिटीले रकमको दुरुपयोग गरेको, स्वयंसेवकका नाममा पार्टीका मान्छे पठाएको, कमिसनको आकर्षणमा महागो दरमा टिकट खरिद गरेको जस्ता आरोप हाजीहरूले लगाएपछि लेखा समितिले छानबिन अघि बढाएको थियो। उपसमितिलाई कमिटीका अध्यक्षले दिएको बयानमा साउदी अरबस्थित दूतावासले दुई महिनाअघि ८ सय ८० अमेरिकी डलरमा आवासको व्यवस्थाका निम्ति पत्राचार गरे पनि त्योभन्दा चार गुणा बढी ३ हजार ५० अमेरिकी डलर तिरेर आफूहरूले नजिकै बस्ने व्यववस्था मिलाइएको बताएका छन्।२०६४ सालमा ८ जना मात्र स्वयम्सेवक मक्कामदिना पठाएकोमा ०६५ मा २६ जना स्वयंसेवक पठाइएको थियो। त्यसमध्ये १२ एमाले र ७ जना माओवादी कार्यकर्ता थिए भने कांग्रेस, मधेसी जनअधिकार फोरम, जनमोर्चा, सद्भावना पार्टी र नेकपा संयुक्तको भागमा एक-एक स्वयंसेवक परेका थिए। अध्यक्ष मोहम्मदले समितिलाई दिएको बयानमा भनेका छन्, 'हामीले लगेको डाक्टर छाला विशेषज्ञ परेछ, धेरै हाजीले दुःख पाए, ३ जनाको मृत्यु भयो।'गृह मन्त्रालयले यस वर्ष हज गर्न जानेका लागि गत वर्षभन्दा झन्डै सात गुनाले अनुदान बढाएको थियो। यस वर्ष सरकारी ढुकुटीबाट गत वर्षभन्दा २ करोड ९२ लाख रुपैयाँ बढी खर्च हुन गएको छ। अघिल्लो वर्षभन्दा २३ जना थप गरी हज कमिटी बनाउनुमा पनि उपसमितिले तत्कालीन गृहमन्त्रीलाई जिम्मेवार ठहर्‍याएको छ।प्रत्येक हाजीसँग १५ लाख ३१ हजार ८ सय ९ रुपैयाँ उठाइएको बताउने हाजी जाली मियाले त्यस रकमको छानबिन गर्न पनि समितिलाई सुझाव दिएका छन्। उनले १ सय ५० साउदी रियादका दरले करिब ९ हजार रुपैयाँ लाग्नेमा यातायात खर्चबापत प्रति हाजी २२ हजार रुपैयाँ असुल गरिएको पनि उनको बयानमा छ। एउटा कोठामा ३ जना राख्नुपर्नेमा १३ जनासम्म राखिएको पनि बयानमा छ। हज कमिटीका अध्यक्ष ताज मोहम्मदले पनि ९ जनासम्मलाई एउटै कोठामा राखेको स्वीकारेका छन्।विमान भाडाबापत हज कमिटीले तिरेको रकममा सबैभन्दा बढी प्रश्न उठेको छ। साउदी अरेबियन एयरलाइन्सले ७ सय ७० अमेरिकी डलर, इन्डियन एयरलाइन्सले ८ सय ४० डलरमा हाजीलाई काठमाडौं-जेद्दा-काठमाडौंको उडान गराउने दर पठाए पनि कमिटीले १ हजार ३ सय ३९ अमेरिकी डलरमा पीआईएमा यात्रा गराइएको छ। यसबाहेक इतिहाद एयरवेजले १ हजार १५, इमिरेट्स एयरलाइन्सले १ हजार ४० र कतार एयरवेजले १ हजार १ सय ६० अमेरिकी डलरको दररेट गृह मन्त्रालयलाई उपलब्ध गराएको थियो। नेपाल एयरलाइन्सलाई टिकट व्यवस्थापन गर्न लगाई प्रयोग नगरेका कारण हुन गएको ७७ लाख रुपैयाँको नोक्सानीका लागि पनि हज कमिटीलाई जिम्मेवार ठहर्‍याएको छ।अध्यक्ष मोहम्मदले दिएको बयानमा गौतम, नेपालका लागि पाकिस्तानी राजदूत र पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)का अधिकारीसमेत बसेर छलफल गरी निर्णय गरिएको उल्लेख छ। उपसमितिले पीआईएसाग ४ सय ७५ यात्रुको भाडादरमा कमिसन छुट नदिएकोबारे पनि थप छानबिन जरुरी रहेको उल्लेख गरेको छ। प्रतिवेदनको निष्कर्ष छ, 'हज कमिटीका अध्यक्षले गृहमन्त्रीलाई कसैले धोका दियो भनेर जानकारी दिनुभएको छ, यसबाट पनि कमिसनमा अनियमतिता भएको देखिन्छ।'

तरकारी व्यवसायीले वीरगंज बजार बन्द गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, साउन १६ - वीरगंज उपमहानगर पालिकाले उठाउदै आएको पिठीया करको बिरोधमा मंगलबारदेखि आ-आफ्नो व्यवसाय ठप्प पारी अनिश्चितकालीन आन्दोलन सुरु गरेका यहाँका तरकारी, फलफुल तथा माछा मासु व्यवसायीले शुक्रबार देखि अनिश्चितकालिन वीरगंज बजार बन्द गरेका छन् ।वीरगंज तरकारी तथा फलफुल व्यवसायी संघ र वीरगंज माछा मासु व्यवसायी संघले संयुक्त रुपमा वीरगंज बजार बन्दको आह्वान गरेका हुन् । दुबै संघले आफूहरु पिठिया करको बिरोधी नरहेको तर उमनपाको कार्यालयले आफूहरुलाई कुनै पनि भौतिक सुविधा नदिई चालु आर्थिक बर्ष देखि आफूहरुको सहमति र पूर्व जानकारी बिनानै पिठीया कर उठाउन सुरु गरेको आरोप लगाएका छन् । चार दिन देखि आफूहरु आन्दोलनरत रहेकोमा समस्या समाधानका लागि वीरगंज उमनपाको कार्यालय गम्भिर नभएको बताउदै उनीहरुले वीरगंज बजार बन्द गराएका हुन् । नगरको सबै हाट बजार बन्द भए पछि आम उपभोक्तालाई समस्या भएको छ । दुबै बजार दुई दिन देखि सुनसान रहेको छ । उपभोक्ताहरु हरीयो तरकारी, माछा मासु र फलफुलबाट बन्चित भएका छन् । वीरगंजमा हाल करीब आठ सय तरकारी तथा फलफुल व्यवसायी र करीब दुई सय माछा मासु व्यवसायी रहेका छन् ।

माओवादी साइटमाथि चिनियाँ स्पाम साइटले आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १६- माओवादी नेताहरु आफ्नै व्यक्तिगत वेबसाइटमा रम्न थालेपछि पार्टीको आधिकारिक साइट cpnm.org अलपत्र परेको छ। साइटमाथि चिनियाँ स्पाम साइटले आक्रमण गरेर खुल्न नसक्ने बनाउँदा समेत पार्टी बेखबर छ। जनयुद्ध कालमा पार्टीका आधिकारिक वक्तव्य, सूचना र समाचारहरु सम्प्रेषण गरिने ६ वर्षदेखि सञ्चालनमा रहेको सो साइट माओवादी खुला राजनीतिमा आएदेखि नै निस्क्रिय छ। यहाँसम्म कि अहिले सो साइट कसको नियन्त्रणमा छ भन्ने तथ्यबाट पनि माओवादी नेतृत्व बेखबर छ।
माओवादीसम्वद्ध पत्रकार मनऋषि धिताल भन्छन्, 'युद्धकालमा पहाडका कुनाकन्दराबाट साइटका लागि सूचना पठाउने गरिन्थ्यो। कहाँबाट प्रकाशित हुन्छ भन्ने पत्तै हुन्नथियो। खुला राजनीतिमा आएपछि खासै महत्व दिन छाडियो।'मुख्य राजनीतिक दलका आधिकारिक वेबसाइटहरु छन् तर माओवादीमा भने पार्टीको साइटलाई बेवास्ता गर्दै नेताहरु निजी साइट बनाउन तल्लीन छन्।माओवादी नेता तथा पूर्वअर्थमन्त्री बाबुराम भट्टराईले सुरुमा निजी वेबसाइट बनाएका थिए। त्यसलगत्तै प्रधानमन्त्री हुँदाका बखत् माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि निजी वेबसाइट निर्माण गरे। हाल अर्का नेता दीनानाथ शर्मा र सीपी गजुरेल पनि निजी वेबसाइट बनाउँदैछन्।पार्टीको आधाकारिक वेबसाइटलाई बेवास्ता गर्दै आफ्नै साइट निर्माणमा जुटेका नेता सीपी गजुरेल र दीननाथ शर्मालाई यस बारेमा सोध्ने कोसिस गरिए पनि उनीहरु सम्पर्कमा आएनन्।नेताहरु निजी वेबसाइटको मोहमा फँसेका कारण एकता केन्द्रसितको एकीकरणपछि पार्टीको नाम एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भइसके पनि र साइटमा पार्टी छाडेर गइसकेका मातृका यादवले प्रयोग गर्ने नेकपा (माओवादी) नै प्रयोग भइरहेको छ।त्यसैगरी एकीकरणपछि पार्टीको नाराबाट प्रचण्डपथ हटाइसकिएको छ तर साइटमा भने अझै त्यही पथ उल्लेख छ।माओवादीसम्वद्ध साइट कहाँबाट सञ्चालित छ भन्नेमा अनभिज्ञ रहे पनि विश्वका सबै संस्थागत इन्टरनेट साइटको तथ्याङ्क राख्ने पब्लिक इन्ट्रेस्ट रजिस्ट्रीका अनुसार साइटको सञ्चालनकर्ताका रुपमा बेल्जियमको नेपलिज पिपल्स प्रोग्रेसिभ फोरमका रामबहादुर गुरुङको नाम रहेको छ। साइट भने नूतन शर्माको नाममा दर्ता छ।

सीमा विवाद राष्ट्रिय सहमतिका आधारमा टुंग्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले सीमा विवाद राष्ट्रिय सहमतिका आधारमा टुंग्याउने बताएका छन् ।
बिहीबार व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिमा बोल्दै प्रधानमन्त्री नेपालले सीमा सुरक्षाका लागि सरकारले कूटनीतिक तहमा छलफल गरिरहेको जानकारी दिए ।नेपाल-भारत संयुक्त सीमा रेखांकन टोलीले गरेको रेखांकन ९८ प्रतिशत सही भएको दाबी प्रधानमन्त्री नेपालले समितिसमक्ष गरे । भारतसित जोडिएको एक हजार आठ सय ३३ वर्ग किमि क्षेत्रमा सीमा विवाद नरहेको उनले बताए । सभासद्हरूले प्रधानमन्त्री नेपाललाई अतिक्रमित भूमि सुरक्षाका लागि दलहरूबीच सहमति निर्माणभन्दा सरकारले स्पष्ट अडानसाथ काम गर्नुपर्ने सुझाब दिएका छन् ।प्रधानमन्त्री नेपालले जाजरकोटमा झाडापखाला नियन्त्रणमा व्यवस्थापकीय कमजोरी देखिएकाले प्रकोप नियन्त्रणमा केही कठिनाइ भएको स्विकारे । प्रभावित जिल्लामा सरकारले खाद्यान्न र राहत प्याकेजमै लैजाने तयारी गरिरहेको उनले जानकारी दिए ।दलहरूसित छलफल गरी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग चाँडै बनाइने प्रधानमन्त्री नेपालले बताए । उनले प्रमुख दलबीच उत्पन्न विश्वासको संकटलाई समाप्त पार्न सरकार लागिरहेको बताए ।

एनआरएनलाई जमिन किन्ने सुविधा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १६ गैरआवासीय नेपाली (एनआरएन) ले नेपालमा आफू बस्नका लागि काठमाडौंमा दुई रोपनी र तराईमा ८ कठ्ठा जमिन किन्न पाउने भएका छन्।गैरआवासीय नेपालीको सम्बन्धमा बनाउन लागिएको नियमावलीमा त्यस्तो व्यवस्था गर्न लागिएको हो। उनीहरूले आफू र आफ्नो परिवारको आवासबाहेक अरू प्रयोजनका लागि भने नेपालभित्र जग्गा किन्न पाउने छैनन्।दुई वर्षअघि बनेको ऐनको कार्यान्वयनका लागि नियमावली बनाउन लागिएको हो। मन्त्रिपरिषद्को विधयेक समितिमा बिहीबार नियमावलीसम्बन्धी छलफल गरी अन्तिम रूप दिइएको हो। कानुनमन्त्रीको अध्यक्षतामा बसेको समितिको बैठकले नियमावलीलाई अन्तिम रूप दिएको हो।यसैगरी, अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, रूसलगायतका मुलुकका नेपाली मुलका गैरआवासीय नेपालीलाई परिचयपत्रका लागि ५ सय अमेरिकी डलर तिर्नुपर्ने बनाइएको छ। यसबाहेक अन्य देशकालाई भने २ सय ५० अमेरिकी डलर लाग्ने छ। परिचयपत्रका लागि नेपाली नागरिकलाई भने ५० डलर तिनुपर्ने व्यवस्था नियमावलीमा छ।विदेशमा बस्ने नेपाली नागरिक भए २ वर्षसम्म र नेपाली मुलको विदेशी नागरिकलाई भिसाको अवधि हेरी बढीमा १० वर्षसम्मका लागि परिचयपत्र दिइने गैरआवासीय नेपाली सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४ मा छ। ऐन कार्यान्वयनका लागि छिटो नियमावली जारी गर्न गैरआवासीय नेपालीले सरकारसाग माग गर्दै आएका थिए। परराष्ट्र सचिवलाई परिचयपत्र दिने अधिकारीका रूपमा तोकिएको छ।उनीहरूले लगानी गरेको पूँजी फिर्ता लैजान चाहेमा एकमुष्ठ वा आंशिक रूपमा फिर्ता लान सक्ने छन्। तर, यसका लागि नेपालमा सम्बन्धित निकायमा कर तिरेको लगायतका कागजपत्र पेस गर्नुपर्ने बनाइएको छ।नियमावलीलाई परराष्ट्र मन्त्रालय, कानुन आयोग र मन्त्रिपरिषद्का सचिवको संयुक्त बैठक बसी केही मिल्न बाँकी व्यवस्थालाई अन्तिम रूप दिइने छ।

पहिरो जाँदा ९ जनाको मृत्यु, अन्य ४ वेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १६ - तनहुँ, दैलेख, स्याङजा र वागलुङमा बिहीबार राति पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । पहिरोले घर बगाउँदा ६० परिवार विस्थापित छन् ।अविरल वर्षासंगै आएको पहिरोमा परि स्याङजाको चित्रे भन्ज्याङ वडा न.५ स्थित माथिल्लो हटियामा ५ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । पहिरोमा मृत्यु हुनेमा एकै घरका ८४ वर्षीय तिलकनारायण मानन्धर, ७० वर्षीय भुवानी मानन्धर र ३२ वर्षीया जौ माया मानन्धर रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही पहिरोमा ७० वर्षीया टीकामाया मानन्धर र ५ वर्षका मीलन मानन्धरको समेत मृत्यु भएको छ । त्यस्तै,तनहुँको किहु गाविस वडा न.१ स्थित बबिता रसाइलीको घर पहिरोले पूर्दा उनी सहित उनका दुई छोरीहरु आरती र अमि्रताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातभरिको पहिरोले गोठ पुरिंदा दैलेखको रानीबन गाविस-६ का गोपाल शाहीको पनि मृत्यु भएको छ ।

Jul 30, 2009

उपराष्ट्रपति नेपाली भाषामै पटक-पटक शपथ लिन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपराष्ट्रपति परमानन्द झाले झेलझाल र बलजफ्तीपूर्वक आफूले नेपाली भाषामा शपथ नलिने बताउनुभएको छ। झाले बुधबार राष्ट्रवासीसँग अपिल गर्दै नेपाली जनताले चाहेमा नेपाली भाषामै पटक-पटक शपथ लिन तयार भएको जनाई बलजफ्ती रुपमा त्यस कार्यमा सरिक नहुने उल्लेख गर्नुभएको हो। उहाँले भन्नुभएको छ- ‘मैले हिन्दीमा शपथ लिए पनि नेपालीमा लेखिएको शपथपत्रमा हस्ताक्षर गरेकै हुँ। जुन भाषामा शपथ लिए पनि त्यो शपथ नै हो।’ विगतमा मैथिली तथा नेवारी भाषासम्बन्धी विवादमा अदालतले विवेक प्रयोग गर्न नसकेको समेत झाले आरोप लगाउनुभएको छ। फैसला विवेक र न्यायपूर्ण भएको भए त्यसलाई स्वीकार्न आफूले बेर नलगाउने जनाउँदै झाले न्यायको आत्मा मार्ने दुर्नियतले प्रेरित भएको फैसला स्वीकार्न आफ्नो आत्माले नदिएको उल्लेख गर्नुभयो। आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरी राष्ट्रवासीको नाममा सम्बोधन गर्दा झाले सरकारले आफूलाई प्रेस सल्लाहकार नदिएकोमा रोष प्रकट गर्नुभएको थियो।

गच्छदार समूह नयाँ दल निर्वाचन आयोगमा दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरमसँग चोइटिएर गएको (गच्छदार समूह) ले बुधबार मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएको छ। आयोगले फोरमको उपेन्द्र यादव समूहलाई आइतबार पार्टीको आधिकारिकता दिएपछि गच्छदार समूहले नयाँ दल दर्ता गराएको हो। फोरमको पुरानो विधानलाई नै सामान्य हेरफेर गरी विजयकुमार गच्छदारको अध्यक्षतामा नयाँ दल दर्ता गराइएको सो पार्टीका नेता प्रमोद गुप्ताले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।सोहीबमोजिम गच्छदार समूहको नयाँ दलमा १८ जना केन्द्रीय सदस्य रहेका छन् भने यादव समूहमा ३५ जना केन्द्रीय सदस्य रहेका छन्। पार्टीको उपाध्यक्षमा रामेश्वर यादव र नासिर सिद्दिकी, महासचिवमा जितेन्द्र देव, सचिवमा रवीन्द्र ठाकुर र कोषाध्यक्षमा आशा चतुर्वेदी रहनुभएको छ।त्यसै गरी वरिष्ठ नेतामा शरतसिंह भण्डारी रहनुभएको छ। केन्द्रीय सदस्यहरूमा आरसी यादव, रत्नेश्वरलाल गोइत, कौहुली पासवान, राहुल यादव, सञ्जय साह, नीलम बर्मा, रामेश्वर साह, राजेश्वरी जैसवाल, जिसी चौधरी, रामलाल सुतिहार, भारतेन्दु मल्लिक, रामजनम चौधरी र जयप्रकाश राहुलसमेत रहनुभएको छ।पार्टीको चुनाव चिहन तेर्र्सो आधा चन्द्रमा र बीचमा सूर्य रहेको र झन्डा पुरानैमा एउटा तारा थपिएको छ। पार्टी दर्तापछि केन्द्रीय सदस्य गुप्ताले संगठन विस्तार गर्नुका साथै मुद्दामा कुनै परिवर्तन नहुने बताउनुभयो।

शुक्रबारदेखि विद्यालयमा पठन-पाठन सुचारु हुन दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १५ - वार्ताको लागि सकरात्मक बातावरण बनाउन भन्दै आन्दोलनरत नेपाल शैक्षिक गणतान्त्रिक मंचले शुक्रबारदेखि विद्यालयमा पठन-पाठन सुचारु हुन दिने भएको छ । तीन दिने बन्दको तेश्रो दिन शुक्रबारदेखि विद्यालयमा पठनपाठन सुचारु हुने मंचले जनाएको छ । मंचले आह्वान गरेको बन्दका कारण बुधबारदेखि देशभरका विद्यालयको पठनपाठन अवरुद्ध भएको थियो । नेपाल शिक्षक युनियन र मंचबीच बिहीबार भएको संयुक्त बैठकले पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो । नेपाल शिक्षक युनियनक अध्यक्ष कृष्ण ढकालले वार्ताको बातावरण बनाउन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता लिइएको बताए ।
तर आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच मंचले उठाएको मागलाई सम्वोधन गर्न शुक्रबार पनि वार्ता हुने भएको छ । शिक्षा मन्त्रालयसँग २०६३ चैत १५ गते भएको ६ बुदे सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै मंचले विद्यालय बन्दको आह्वान गरेको थियो ।

राजिनामा नदिए मन्त्रिपरिषद्‌बाट हटाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १३ युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा रिक्त रहेको सदस्यसचिव पदपूर्ति प्रक्रिया यो साताभित्रै सुरु हुने बताएका छन्। गृह जिल्ला महोत्तरी तथा धनुषा भ्रमणमा रहेका मन्त्री नेपालीले मन्त्रिपरिषद्को तर्फबाट नियुक्ति लिएर राखेप बोर्डमा रहेका सबै पदाधिकारी र सदस्यलाई राजीनामा गर्न एक साताको समय दिएको बताए। मन्त्रिपरिषद्को निर्णयबाट राखेपमा नियुक्ति लिनेमा सदस्यसचिव जीवनराम श्रेष्ठका साथै उपाध्यक्ष सीताराम मास्के, कोषाध्यक्ष अजर मानन्धर तथा सदस्यहरु वीरेन्द्र यादव, निरन खड्का र पुरेन्द्रविक्रम लाखे हुन्।नागरिकसँगको टेलिफोन वार्तामा मन्त्री नेपालीले बुधबार काठमाडौं फर्किएलगत्तै नियुक्ति प्रक्रिया थाल्ने बताए। सदस्यसचिवमा कसलाई नियुक्त गर्ने भन्ने निर्णय भइनसकेको उनले प्रस्ट पारे। तथापि उनले राखेपको अब बन्ने बोर्डमा महिला मधेसी दलित आदिवासी जनजातिलगायत सबैको समावेशी हुने बताए।नेकपा एमालेका तर्फबाट राखेपमा नियुक्ति लिएका सदस्यसचिव श्रेष्ठले बिहीबार पदबाट राजीनामा दिएका थिए। सरकार परिवर्तनका क्रममा तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाको भागमा युवा तथा खेलकुद मन्त्रालय परेपछि उनले राजिनामा दिएका हुन्। राखेप बोर्डमा रहेका अन्यले भने अझै राजीनामा दिएका छैनन्। यद्यपि एमालेका तर्फबाट नियुक्ति पाएका उपाध्यक्ष मास्के तथा सदस्यद्वय लाखे र यादवले राजीनामा दिने बताइसकेका छन्।मन्त्री नेपालीले एक साताभित्र अन्यले राजीनामा नगरे मन्त्रिपरिषद्को निर्णयबाटै उनीहरुलाई हटाउने बताए। "मैले उहाँहरु सबैलाई राजीनामा गर्न एक साताको समय दिएको छु । मलाई लाग्छ नैतिकताको आधारमा उहाँहरुले राजीनामा दिनुहुन्छ । अन्यथा मैले मन्त्रिपरिषदबाटै निर्णय गरेर नयाँ व्यक्ति ल्याउनुपर्छ" - मन्त्री नेपालीले भने - "सबै काम सहमतिबाटै होस् भन्ने मेरो चाहना छ। जसरी जीवनरामजीले हार्दिकताका साथ छोड्नुभयो त्यसै गरी अरुले पनि परिवर्तनलाई आत्मसाथ गरेर छोडून् भन्ने मेरो चाहना हो।" राखेपको पछिल्लो कार्यकालमा पास भएको नयाँ ऐनअनुसार अब बन्ने राखेप बोर्डमा मन्त्रिपरिषदले तीन महिलासहित ११ जनाको नियुक्ति गर्नेछ । नियुक्ति पाउने सबैको उमेर ३५ वर्ष पूरा भएको हुनुपर्नेछ।मन्त्री नेपालीले अहिले राखेप बोर्डमा भएकाले पनि फेरि बन्ने बोर्डमा ठाउँ पाउन सक्ने बताए । "अहिले भएकाले फेरि मौका पाउन सक्छन् तर त्यसका लागि उनीहरुले अहिले सहयोगी भूमिका निर्वाह गर्नुपर् यो"- उनलॆ राखेपलाई नेतृत्वविहीन अवस्थाबाट मुक्ति दिलाउन आफू पूर्ण रुपमा लाग्ने र चाँडै नयाँ नेतृत्व ल्याउने बताए । शनिबारबाट थाइल्यान्डको बैंककमा हुने पहिलो एसियाली मास्रल आर्टस गेम्समा जाने पूर्वनिर्धारित कार्यक्रमलाई पछि सारेर भए पनि पहिला राखेप बोर्ड गठनमा लाग्ने मन्त्री नेपालीले विश्वास दिलाए । उनले भने - "अहिले नेपाली खेलकुदमा महत्वपूर्ण काम भनेको बोर्ड गठन हो । त्यसैले म पहिला यही काम फत्ते गर्छु।"

संखुवासभामा ३९ परिवारका २ सयजनाबढी विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संखुवासभा, साउन १५ - संखुवासभाको ताम्कू- ९ सिकिदिममा पुनः पहिरो जान थालेको छ । बुधबार रातिबाट पहिरो जान थालेपछि ३९ परिवारका २ सयजनाबढी विस्थापित भएका छन् ।पाँच दिनअघि पहिरोमा परेर बिस्थापित भएका १८ परिवारका ८१ जनालाई राखिएको देविथान डाँडालाई ३ तिरबाट पहिरोले घेरेको र सो डाँडामा पनि पहिरो जान थालेपछि थप २१ परिवार पनि विस्थापित भएको संखुवासभाका प्रहरी प्रमुख पोषराज पोख्रेलले बताए ।विस्थापित राखिएको र अन्य परिवार बसेको स्थानमा पहिरो जान थालेपछि भागदौड मच्चिएको छ । उनीहरुलाई नेपाली सेना र प्रहरीले २ घण्टा उकालोको माझखर्क लेकमा सार्नेकाम गरिरहेका छन् । पहिरोमा परेका घरका सामान ओसार्ने काम युद्धस्तरमा भइरहेको सेनाको अमरदल गुल्मबाट उद्धारमा खटेका उपसेनानी दिपक केसीले बताए ।यसअघिको पहिरोमा परेर बेपत्ता भएका ९ जनाको खोजी कार्य रोकेर विस्थापित बनेकालाई उद्धार गर्न थालिएको हो । पहिरोमा परेर हराएकामध्ये ४ जनाको शव पाइएको र ९ जना अझै फेला परेका छैनन् । पानी परिरहेको र पहिरो पनि बगिरहेकोले बेपत्ताको खोजी गर्न कठिन भइरहेको छ ।विस्थापित बनेका १८ परिवारका ८१ जनालाई ३ दिनअघि राहत उपलब्ध गराइको र आज बिस्थापित भएकालाई तत्काल राहत आवश्यक रहेको उद्धारमा संलग्न सुरक्षाकर्मीहरु बताउछन् ।

कटवाललाई फ्रान्सका निम्ति राजदूत प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १५ - परराष्ट्र मन्त्रालयले तय गरेको प्रस्तावित राजदूत सूचीमा भदौ २५ बाट अवकाश पाउन लागेका प्रधानसेनापति रुक्मांगद कटवालको नाम पनि रहेको स्रोतले जनाएको छ । कटवाललाई फ्रान्सका निम्ति प्रस्ताव गरिएको हो ।स्रोतको दाबीअनुसार योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मालाई वासिङ्टन, पूर्वराजदूत सुरेश चालिसेलाई बेलायत र रुक्मशमशेर राणालाई भारतका निम्ति प्रस्ताव गरिएको छ ।त्यस्तै परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग र सहसचिव अरुण धिताललाई इजिप्ट पठाउने सम्भावना रहेको स्रोतले जनायो । राष्ट्रसंघीय नियोगस्थित प्रतिनिधि मधुरमण आचार्य र इजिप्टस्थित राजदूत रामभक्त पीबी ठाकुरको कार्यकाल करिब एक महिना बाँकी छ । दक्षिण अपिmका र ब्राजिलमा खोल्न लागिएको दूतावासमा चाहिँ क्रमशः गोपालबहादुर थापा वा दिव्यमणि राजभण्डारी र परराष्ट्र सहसचिव प्रद्युम्नविक्रम शाहको नाम प्रस्ताव गरिएको परराष्ट्रमन्त्रीनिकट स्रोतले बतायो । त्यसैगरी कुबेतका लागि मधुवन पौडेललगायत केहीको नाम चर्चामा छ ।परराष्ट्रले राजदूतहरूको सूची बनाए पनि मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र त्यसको अन्तिम टुंगो लाग्नेछ । मन्त्रिपरिषद्बाट नाम हेरफेर हुने सम्भावना पनि रहेको स्रोतले उल्लेख गर्‍यो ।

Jul 29, 2009

लिरामो अध्यक्षको लिम्वुवानी सभासदहरुसंग भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले नेपालमा लिम्वुवानी सभासद विषेश गरेर माओवादी सभासदहरुसंग भेटघाट गरी लिम्वुवान स्वायत्त आन्दोलनको सवालमा छलफल गर्नुभएको समाचार प्राप्त भएको छ । चुम्लुङ हिम ललितपुरमा १० तारिख २००९ मा वृहत छलफल भएको थियो । यसमा लिम्वुवान स्वायत्त आन्दोलन तथा प्राप्ति सवालमा कसरी एक भै अघि वढ्ने सवालमा छलफल भएको थियो । लिम्वुवान राष्ट्रिय मोर्चा कसरी आवद्ध भै संयुक्त लिम्वुवान मोर्चालाई सहयो गर्ने र यस सवालमा मोर्चामा आवद्ध गर्न चाडो पहल गर्ने निर्णय भएको थियो । छलफलमा सभासद हरि खेवा, नेता रमेश लिङदेन (माओवादी) प्रविण नेम्वाङ (कांग्रेस), लासिम पालुङवा महासचिव संघीय लिम्वुवान राज्य परिषद(लिङदेन समुह), चुम्लुङ प्रतिनीधी महासचिव योगराज वनेम तथा लिरामो सर्म्पर्क अधिकृत धनवीर सांवाको सहभगीता थियो । विभिन्न समयमा लिम्वुवानको सवालमा लिरामो अध्यक्षको भेटघाट चुम्लुङ अध्यक्ष्ँ अर्जुन लिम्वु, जनजाति महासंघको भूपु महासचिव तथा वुद्धिजिवी प्राध्यापक वालकृष्ण मावोहाङ, विष्णु यक्सो, नामेन्द्र आङवोहाङ, चन्द्र कुमार सेर्मा, लीला सिंगक, मालिसा याकथुङवा, नविनकला आङदेम्वे, अमर तुम्याहाङ, प्रेम वेघा, कृष्णा लिम्वु, यमचन्द्र चेम्जोङ, सूर्य आङवोहाङ, भानेन्द्र सम्वाहाङफे, हेम लिम्वु, लिम्वु विधार्थी नेताहरु टंक फोम्वो, रुद्र फोम्वो, भूपु अध्यक्षहरु नविन वनेम, सुवास पालुङवा लगायत सभासद ध्रुव आङदेम्वे, सञ्चपाल मादेन, डम्वरध्वज तुम्वाहाङफे आदिसंग र आआफ्नो कार्यक्रममा व्यस्त भएको कारण लिम्वुवान सम्वन्धमा फोनवार्ता लिम्वुवान मुक्ति मोर्चाको अध्यक्ष विर नेम्वाङ, संघीय लिम्वुवान राज्य परिषदको अध्यक्ष सञ्जुहाङ पालुङवा, लिम्वुवान प्रान्तीय परिषदको संयोजक के.पी पालुङवा तथा पल्लो किरात लिम्वुवानको प्रतिनीधीहरुसंग भएको थियो । सवै पक्षहरुसंग एकता गरेर अघिवढ्नुपर्ने आवश्यकता अहिले देखिएकोले सोही मुताविक कार्य गर्नुपर्ने विषयमा सवैको मत एक भएको पाईएको छ । लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले सम्भव भएसम्मका पार्टीहरु मिलेर एउटै पार्टी वनाउनु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै माओवादी लिम्वुवानीहरुलाई पनि मुन्धुम र दश लिम्वुवान सत्र थुमको अवधारणालाई वुझी लिम्वुवान स्वायत्तको लागि मार्क्सवादी लिम्वुवानपार्टी होईन मुन्धुमवादी लिम्वुवान पार्टी वनाई कार्य गर्नमा विषेश जोड दिनुभएको थियो । समाजवाद र संघीयवाद मुन्धुममा भएकोले मुन्धुमवादी पार्टी वनाएमा सवै लिम्वुहरु र लिम्वुवानवासीहरु एक हुने मार्ग प्रशस्त हुने वताईएको थियो । आप्नै शरिरमा वृन्द भएपनि वासना खोज्न भौतारिएको कस्तुरी जस्तो नहुन सवैसंग आग्रह गरिएको थियो । लिम्वु कलाकारहरु(खगेन्द्र यक्सो, यासेली योङयाहाङ, दिपक लिम्वु, कुशल थलङ, जसोदा लिम्वु, सरिता रार्इ) जो पहिले लिम्वुवान जनजागरण अभियानमा लिम्वुवान राष्ट्रिय मोर्चा र लिम्वुवान प्रान्तीय परिषदवाट लिम्वुवानको ९ जिल्लाहरुमा सांस्कृतिक कार्यक्रमहरु लिएर गएका थिए-उनीहरुलाई पनि लिरामो अध्यक्षवाट धन्यवाद ज्ञापन गर्न भ्याईएको थियो । त्यस्तै फक्ताङलुङ सांस्कृतिक मञ्चको पदाधिकारीहरु धनविर सांवा(अध्यक्ष), मनु नेम्वाङ, कमला आङवुहाङ, भवानी व्रि्रम सम्वाहाङफे, राज कुमार आङदेम्वे आदिसंग एक कार्यक्रमको विच लिम्वुवानको आन्दोलन र कलाकारहरुको भूमिकामाथि छलफल भै लिम्वुवान स्वायत्त आन्दोलनमा लागिपर्न लिरामो अध्यक्षले सल्लाह प्रदान गर्नुभएको थियो । एक सांस्कृतिक कार्यक्रमको अवसरमा लिरामोको तर्फाट फक्ताङलुङ सांस्कृतिक मञ्चलाई आर्थिक सहयोग पनि प्रदान गरिएको थियो । यसैविच लिरामोले नेपालमा कमिटी निर्माण गरेको समाचार पनि प्राप्त भएको छ भने ताप्लेजुङ, झापा र सुनसरी तथा विदेशमा यु.के., युएसए मा तदर्थ समितीहरु रहेका छन् । साथै यही एक वर्षो घडीमा लिम्वुवान स्वायत्त प्राप्तीको लागि दिलोज्यान दिएर लाग्ने योजना रहेको छ । लिरामोको तर्फबाट लिम्वुवान जनजागरण कार्यक्रममा लाग्नुभएको महासचिव अविचन्द्र र्इङनाम पनि आफ्नो कार्यक्रम सम्पन्न गरी हङकङ फर्कदैं हुनुहुन्छ भने सदस्य गीता पालुङवा केही समय नेपालमै रहने योजना रहेको वुझिएको छ । त्यस्तै नेपालमा लिम्वुवान सम्वन्धी भएको गतिविधी तथा अव गर्नुपर्ने सवालमा लिरामोले चाडैनै एक वृहत कार्यक्रमको योजना गरिएको वुझिएको छ ।

फक्ताङलुङ सांस्कृतिक मञ्चको स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाण्डौमा वसोवास गर्ने लिम्वु कलाकारहरुले केही वर्षअघि तदर्थ समितीको रुपमा गठन गरेको फक्ताङलुङ सयङ मिती २०६६ साल जेठ १२ गतेमा फक्ताङलुङ सांस्कृतिक मञ्चको नाममा विधीवत-जि.प्र.का द.नं.२८९३/१८१) रुपमा ललितपुरमा दर्ता भएको समाचार छ । साथै समाजकल्याण परिषदमा पनि आवद्ध भैसकेको छ । यसलाई अग्रेजीमा फक्ताङलुङ कल्चुरल फोरम र लिम्वुमा फक्ताङलुङ साक्थिमिवा सजुम्भो भनिन्छ । यो मञ्चले जिल्ला समितीहरु पनि निर्माण गर्दै लैजाने योजना राखेको छ । सयङको शुरुमा संयोजक खगेन्द्र यक्सो रहनु भएको थियो भने पछिल्लो अवस्थामा खगेन्द्र यक्सो सयङवाट कार्य व्यस्तताको कारण वाहिरिए पछि कोषाध्यक्ष धनवीर सांवा यसको अध्यक्ष हुनुभएको थियो । अर्थात संस्थाको दर्ता प्रक्रिया धनवीर सावाको अध्यक्षतामा सम्पन्न भएको छ । यसको अन्य पदाधिकारीहरुमा क्रमश दुर्इ उपाध्यक्षहरु राज कुमार सुव्वा, मनु नेम्वाङ, सचिव भवानी व्रि्रम सम्वाहाम्फे, सह-सचिव शुक्रराज लिम्वु, कोषाध्यक्ष कमला आङवुहाङ, सह-कोषाध्यक्ष मेनुका योङया र सदस्यहरुमा सरिता अङछङवो लिम्वु, जसोदा चोङवाङ, सिता कुमारी सिंगक, पूर्ण कुमार सेर्मा, दिवस पङयाङगु, सुशन साम्सोहाङ, निशा आङदेङवे, जितेन्द्र थलङ-कुशल), र्इमाहाङ सेत्लीङ र देवी लिम्वु रहेका छन् । अध्यक्ष धनवीर सांवाको अनुसार लिम्वु गीत संगीत तथा कला संस्कृतिको क्षेत्रमा योगदान दिने सम्पूर्ण कलाकारहरुको समस्या पिडा अपहेलना, असंगठित स्थिती, छताछुल्ल रहेको अवस्थाको मूल्याङकन गरि यी कलाकारहरुको अवस्थाको उचित अध्ययन गरि कार्य गर्दै लिम्वु सांस्कृतिक पक्षलाई मजवुत वनाउदै लैजाने यो मञ्चको उद्येश्य रहेको छ । यो संस्थाको गतिविधीहरुमा सयङ हुंदा एउटा लिम्वु गीत प्रतियोयितात्मक कार्यक्रम फागुन १९-२०, २०६५ तिर संचालन भएको थियो । यसमा प्रथम रवि किरण लिम्वु भएका थिए भने दोस्रो र तेस्रोमा क्रमश गणेश लिम्वु र चित्रकला लिम्वु भएका थिए । प्रथम हुनेको फक्ताङलुङ कलेक्शनमा समावेश गर्ने गरि रेकर्डिङ गरिएको छ । त्यस्तै सयङको अर्को कार्यक्रम लारिङगेक नाम्लिङगेक - २०६५ रहेको थियो । यो पनि भव्यताकोसाथ सम्पन्न भएको थियो । आगामी दिनहरुमा यो मञ्चले वृहत सांस्कृतिक कार्यक्रमहरु देश विदेशमा गर्दै जाने योजना राखेको छ । त्यस्तै विभिन्न सांस्कृतिक कार्यक्रमहरु मार्फत तथा साधारण, आजिवन र संरक्षक सदस्यहरु वनाई आर्थिक स्थिती मजवुत वनाउदै लैजाने योजना रहेको वुझिएको छ ।

सचेत बन्दै पाकिस्तानी यौनकर्मी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ वर्षे युवती जेवा रहमान यौनकर्मी हुन् । उनी यही पेसा अपनाउने परिवारमै जन्मिन्, हुर्किन् र यसै पेसाले जीवन धान्छिन् । कराँचीको यौनबजार क्षेत्र नेपियरबाट उनी सहरका यौनभोगीका लागि आफूलाई सुम्पिइरहेकी छिन् । अहिले उनी यौनकर्मीको स्वास्थ्यसम्बन्धी चेतना जागरण कार्यक्रम सुरु गर्न लागिपरेकी छन् । उनी भन्छिन्, 'अब हामी समाजमा स्पष्टरूपले प्रकट भएका छौँ ।'मुसलमान बहुल पाकिस्तानजस्तो देशका बहुसंख्यक मानिसका लागि देहव्यापार एउटा अवैध र घृणित धन्दा रहिआएको छ । जीवनको यो कटुसत्यलाई यथार्थमा कहिल्यै पनि स्वीकार गरिएको छैन । गत दुई दशकयता द्रुतगतिले इस्लामीकरण भइरहेको पाकिस्तानी समाजमा देहव्यापारमा संलग्न महिलाका बारेमा विद्यमान पुरानो धारणा उस्तै नै छ । तर, पेसाका रूपमा देहव्यापार भने बढी नै रहेको छ । स्थानीय कल्याणकारी संस्थाले बटुलेको तथ्यांकअनुसार कराँचीमा मात्रै कम्तीमा एक लाख महिला यौनकर्मी छन् । अर्को महत्त्वपूर्ण सहर लाहोरमा ७५ हजार यौनकर्मी छन् र सैनिक मुख्यालय रहेको सहर रावलपिण्डीमा २५ हजार महिला सेवारत छन् ।पाकिस्तानमा यौनकर्मीका लागि पहिलोपल्ट आयोजना गरिएको स्वास्थ्य चेतना कार्यशालाले यस पेसाको खुलापनका लागि मद्दत गरेको छ । सायद यसैले नै हो, जेवाले भनिन्, 'पहिले हामी गोप्य ढंगले व्यापार गथ्र्यौँ, अहिले हामी अधिकारका लागि आफ्नो आवाज बुलन्द गर्न सक्छौँ ।'संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा स्थानीय सामाजिक कल्याण संस्था लैंगिक तथा प्रजनन स्वास्थ्य मञ्च(जिआरएचएफ) द्वारा आयोजित तीनदिने कार्याशाला भर्खरै सकियो । कतिपय यौनकर्मी सहभागी भएकामा जेवा निकै खुसी भएकी छन् । उनी यस कार्यशालाले यौनकर्मीलाई एकै ठाउँमा भेला भएर अनुभव र विचारको आदानप्रदान गर्ने अवसर दिएको ठान्छिन् । जेवाले कार्यशालाबाट आफ्नो आत्मविश्वास निकै बढेको बताइन् ।कार्यशालामा सहभागी भएकी अर्की युवती २६ वर्षे नादियाले पाँच वर्षअघि मात्रै आफू यौनकर्मी बनेको बताइन् । उनले पनि कार्यशालाबाट सुरक्षित यौनका उपायहरू सिकेको स्वीकार गरिन् ।'मैले एचआइभी एड्सबारे सुनेकी त थिएँ, तर यो रगतबाट मात्रै सर्छ भन्ठान्थेँ । मलाई सहवासका वेला नै रोकथामका उपाय अपनाउनुपर्छ भन्ने थाहा थिएन,' नादियाले भनिन्, 'कार्यशालामा भाग लिने धेरै यौनकर्मीलाई सुरक्षित यौनका उपायबारे ज्ञान थिएन ।' आयोजक संस्थाका प्रमुख तथा कार्यशालाको वैचारिक अभियन्ता डा. गुलाम मुर्तजाले संस्थाले महिला यौनकर्मीबीच चेतना जागृत गरिरहेको बताए ।डा. मुर्तजाले यौनकर्मीलाई एकै छानामुनि जम्मा गर्नु अति नै कठिन काम भएको अनुभव सुनाए । उनले धेरैजना त पक्राउ पर्ने डरले आत्तिएका समेत देखेका थिए । 'हामीले उनीहरूलाई धेरै आश्वस्त पार्‍यौँ, कयौं प्रोत्साहन दियौँ अनि उनीहरू सहभागी भइदिएकोमा प्रतिव्यक्ति प्रतिदिन एक हजार पाकिस्तानी रुपैयाँ(२० डलर) समेत दियौँ । अन्ततः हामीले एक स्थानीय होटलमा सयजना यौनकर्मी भेला गर्न सफल भयौँ,' मुर्तजाले भने ।सहभागी धेरै यौनकर्मीले आफ्नो परिवारलाई थाहा होला भन्ने डरले क्यामेरा म्यानलाई भित्र पस्न दिन मानेनन् । धेरैले आफ्ना पति वा परिवारलाई आफू यौनकर्मी भएको थाहा नभएको बताए । उनीहरू वास्तवमा निजी र्फममा काम गर्छु भनी आफ्नो वास्तविक कमाउ कामलाई लुकाउने गर्छन् । यति हुँदाहँदै पनि डा. मुर्तजा कार्यशाला सफल भएको तर्क दिँदै भन्छन्, 'हामीले केही महिला यौनकर्मीलाई प्रशिक्षित गर्‍यौँ । अब उनीहरूले नै आफ्नो समुदायमा पुगेर आफ्ना सहकर्मीलाई प्रशिक्षित तुल्याउनुपर्छ ।'कार्यशालामा आएका अन्तर्राष्ट्रिय सहभागीहरूले एचआइभी/एड्सको प्रसंगमा पाकिस्तान अझैं पनि तुलनात्मक रूपले सुरक्षित रहेको बताएका थिए । संरासं जनसंख्या कोषका प्रतिनिधि डा. सफदर कमाल पासाले पाकिस्तानको मध्य-पन्जाबमा कम्तीमा सयजना एच्आइभी संक्रमित यौनकर्मी पत्ता लागेको बताए । तर, पूरै पाकिस्तानमा महिला यौनकर्मीमा एचआइभी संक्रमित महिलाको संख्या भने त्यति उच्च नरहेको उनले जानकारी दिए । उनले यौनकर्मीमाझ रोगसम्बन्धी चेतना अभिवृद्धि तथा रोकथामका उपाय अपनाउने हो भने यसलाई नियन्त्रण गर्न सकिने बताए । उनले यस कार्यशालाको सफलताको आलोकमा अर्को वर्ष यौनकर्मीहरूका लागि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने योजनासमेत सार्वजनिक गरे ।

अविरल बर्षासँगै सिद्धार्थ राजमार्ग चार दिन देखि अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाल्पा, साउन १४ - अविरल बर्षासँगै आइतवारदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग चार दिनमा समेत खुल्न सकेको छैन । सरकारी वेवास्ताका कारण पहिरो समयमै नहटाइएकाले राजमार्ग अवरुद्ध हुन पुगेको हो ।डिभिजन सडक कार्यालय पाल्पाले आफ्नो क्षेत्र नभएको भन्दै डोजर पठाएको छैन । वुटवल तर्फको एउटा डोजर विग्रेका कारण सयममा पहिरो फाल्न नसकिएको प्रहरीले जनाएको छ ।राजमार्गको तानसेन-वुटवल सडक खण्ड तल्लो शिद्धबाबा रामफेदीमा एक वर्ष अघि नै ठूलो पहिरो खसेको थियो । उक्त पहिरो नियन्त्रण नगरिदा यस वर्ष समेत यात्रुहरुले सास्ती खेप्नु परेको छ । पाल्पाको दोभान गाविसको शिद्धबाबा नजिकै समेत पहिरो खसेको छ । दोभान गाविस ५ माथिल्लो सिद्धबाबामा गएको पहिरो हटाउन पाल्पातर्फवाट सडक डिभिजनले डोजर पठाएको बताइएपनि बुधवार अवेरसम्म पहिरो हटाइएको छैन ।चारदिन देखिको बर्षा नरोकिएकोले पहिरो फाल्न अप्ठ्यारो परेको ट्राफिक प्रहरीले जनाएको छ । गतवर्ष देखि खसेको पहिरो नियन्त्रण गर्न डिभिजन सडक कार्यालयले वेवास्ता गर्दा समयमै पहिरो नियन्त्रणमा आउन सकेको थिएन । नियन्त्रणको कार्य नसकिदै पुनः बर्षा सुरु भएपछि यस स्थानमा पहिरो निरन्तर बगिरहेको छ । राजमार्ग दिनहु अवरुद्ध हुदा समेत सडक डिभिजनले गम्भीरतापूर्वक नलिएको यात्रुहरुको गुनासो छ । राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, पाल्पा, स्याङ्गजा, गुल्मी लगायतका स्थानमा हिडेका सवारी साधन वुटवल मै अलपत्र छन् । यस्तै यस भेगबाट वुटवल तर्फ गएका सवारी पनि दोभान, झुम्सा, केरावारी लगायतका स्थानमा अलपत्र छन् । तीन दिन देखि विरामी बोकेर आएका एम्वुलेन्स समेत पहिरोका कारण दोभानमै अलपत्र छन् । अलपत्र परेपछि थप उपचारको लागि हिडेका विरामीहरु पुनः फर्केर उपचारको लागि पाल्पा नै जानु परेको छ । चार दिनदेखि पहाडि भेगमा खाद्यान्न समेत आउन सकेका छैनन् । जसले गर्दा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि भएको छ । वुटवलमा पाल्पावाट हरियो तरकारी जान सकेका छैनन् । मस्याम, कोलडाडा, मदनपोखराको तरकारी वुटवल लग्ने गरिन्छ ।
२ सय मिटर लामो पहिरो पार गर्न यात्रुहरुलाई निकै सास्ती खेप्नु परेको छ । बर्षा नरोकिएकोले यात्रुहरु पहिरोमा हिड्न समेत नसक्ने अवस्था छ । हिलाम्मे भएर हिडेका पाल्पाका विष्णु कार्कीले भने, 'यति लामो समय राजमार्ग अवरुद्ध हुदा समेत सरकारी निकाय के हेरेर बसेको छ?' बर्षा रोकिदा समेत एउटा मात्र डोजरले काम गरेकोले पहिरो नहटेको यात्रुहरुको गुनासो छ ।

छैठौं पटक मन्त्रिपरिषदको विस्तार ठाकुर शर्मा वातावरण मन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १४ प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार छैठौं पटक मन्त्रिपरिषदको विस्तार गरेका छन्। नेकपा संयुक्तका नेता ठाकुर शर्मालाई वातावरण मन्त्री बनाएर उनले सरकार विस्तार गरेका हुन्।संयुक्तका तर्फबाट उनलाई बुधबार नै सपथ ग्रहण गराइएको छ। उनलाई मन्त्री बनाउन सरकारले एउटा अर्को मन्त्रालय फुटाएको हो। वातावरण मन्त्रालय यसअघि वन तथा वातावरण मन्त्रालयमा समाहित थियो। वन मन्त्रालय चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिएर वातावरण चाहिँ संयुक्तलाई दिइएको हो।संयुक्तका केन्द्रीय सचिवालय सदस्य तथा सङ्गठन विभाग प्रमुख रहेका शर्मा स्याङजा जिल्लामा जन्मिएका हुन्। शपथपछि मन्त्री शर्माले आजै मन्त्रालयमा गई पदबहालीसमेत गरे। यसपटक विस्तारसँगै मन्त्रिपरिदषदको संख्या ३३ सदस्यीय पुगेको छ। तर मन्त्रिपरिषदले भने अझै पूर्णता पाएको छैन। विजय गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमबाट अझ पनि मन्त्री बनाउन बाँकी

विभिन्न पदमा सरकारद्वारा नियुक्त र बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १४ सरकारद्वारा विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक जिवेन्द्र झालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एसियाली विकास बै‌कको वैकल्पिक निर्देशकमा गोविन्दबहादुर थापालाई सिफारिस गरेको छ। यसैगरी खाद्य संस्थानमा महाप्रवन्धक हरिनारायण साहलाई नियुक्त भएका छन्। नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षकमा मदन, नरेश गुरुङ, किरण गौतम, प्रकाश कुँवर, अर्जुनजंग शाही बढुवा भएका छन्। सशस्त्र प्रहरीको अतिरिक्त महानिरिक्षकमा कृष्ण विष्ट, शैलेन्द्र श्रेष्ठ, कोशराज वन्त, ठाकुरमोहन श्रेष्ठ बढुवा भएका छन्। राष्ट्रिय अनुसन्धान विभागमा अतिरिक्त अनुसन्धान महानिर्देशकमा मोतीबहादुर गुरुङ र जितबहादुरलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्ले सचिवहरुको पदस्थापना गर्ने भनिए पनि बुधबार हुन सकेन।

हैजाले जाजरकोट र रुकुममा थप आठ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १४ तीन महिनादेखि फैलिएको हैजाले बुधबार जाजरकोट र रुकुममा थप आठ जनाको मृत्यु भएको छ । जाजरकोटमा मृत्यु हुनेमा आमा र छोरासमेत छन् । बुधबार जाजरकोट नायकबाडा-४ की लालकली सिह, नायकबाडा-९ का बाले चलाउने, सोही ठाउँकी अशौदी चलाउने र चक्मी चलाउनेको मृत्यु भएको हो । त्यस्तै दह-९ का ३५ वर्षिया हिमकली पुन र उनका १० वर्षे छोरा रामबहादुरको पनि हैजाले मृत्यु भएको जाजरकोट प्रशासनले जनाएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रेशमबहादुर पाण्डेले दुई दिनयता रुकुमको चौरजहारी विमानस्थलमा रहेको औषधी सेनाको हेलिकॊप्टरले नबोक्दा समस्या भइरहेको बताए । पछिल्लो पटक मृत्यु भएका ६ जनासहित जाजरकोटमा मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ । तर प्रजिअ पाण्डेले आफूकहाँ अहिलेसम्म १ सय ४९ जना मरेको रेकर्ड रहेको बताए ।उता जाजरकोटको छिमेकी जिल्ला रुकुममा पनि बुधबार हैजाले थप २ जनाको मृत्यु भएको छ । जनश्वास्थ्य कार्यालय रुकुमका अनुसार आठबीसकोट-२ का ६२ वर्षका तस्वीर दमाई र ४ वर्षीय काले नेपालीको मृत्यु भएको हो । यी दुईसहित रुकुममा हैजाबाट मृत्यु हुनेको संख्या चालीस पुगेको छ ।

सडक अबरुद्ध प्रहरीको बल प्रयोग गरेर खोले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, साउन १४ - प्रहरीले अभियुक्त भगाएको बिरोधमा बुधवार कोहलपुरमा गरिएको सडक अबरुद्ध प्रहरीको बल प्रयोग गरेर खोलेको छ ।स्थिती तनाबपूर्ण भएपछि प्रशासनले साँझ साढे चार बजेदेखि विहिवार बिहान पाँच बजेसम्म कोहलपुर र वरपर कफ्र्यू लगाएको छ । बस व्यवसायी समितिका सिकारु कर्मचारी भिमबहादुर थापाले चलाएको बसको ठक्करले मोटरसाइकल चालकको मृत्यू भएपछि सर्वसाधारण बिरोधमा उत्रेका हुन् । चालक थापा फरार छन् ।प्रदर्शनकारी र प्रहरीबिच झडपसमेत भएको थियो । केही घाइतेसमेत छन् । प्रहरीले १५ प्रदर्शनकारीलाई पक्राउ गरेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी निरीक्षक कमल गिरीले बताए । प्रहरी, प्रशासन, राजनीतिक दलसहितको सर्वपक्षिय बैठक विना टुंगो स्थगित भएपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको हो । प्रहरीले चपरगौडीदेखि किरणनालाअघि सम्म सवारीसाधनलाई स्कटिङ्ग गरेर पठाएको छ । भे १ ख ७८७ नम्बरको बसको ठक्करले रझेना गाविसस्थित किरण नालाका बासुदेव पौडेलको मृत्यू भएको थियो । उनीसंगै मोटरसाइकलमा रहेकी १७ बर्षीया सरिता पौडेलको दाहिने खुट्टा भाँचिएर घाइते छिन् । सर्वसाधारणले अभियुक्त थापालाई पक्राउ गर्न दुई दिनको अल्टिमेटम दिएका थिए । प्रहरीले बेवास्ता गरेको भन्दै सर्वसाधारणले बुधवार सडक अबरुद्ध गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट इन्सेक इन्सेक प्रतिनिधि नारायण सुबेदी सामान्य घाइते भएका छन् । पोखरामा कार्यक्रम सकेर फर्किदै गरेका इन्सेकका गाडी पनि तोडफोड भएको छ ।

Jul 28, 2009

बाढीले कृष्णपुर गाविस-६, गौरीफाँटाका १४ घर डुबे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कन्चनपुर साउन १३- मोहना नदीमा आएको बाढीले कृष्णपुर गाविस-६, गौरीफाँटाका १४ घर डुबेका छन्। उनीहरुका सबै सामानसमेत बगाएपछि पीडित परिवार गाउँभन्दा अलि टाढाको सयपत्री निमाविमा आश्रय लिएर बसेका छन्। उद्दारमा सुरक्षाकर्मी खटिए पनि खानपिनको व्यवस्था भएको छैन। खासगरी बालबालिकाको विचल्ली भएको छ। यसैगरी सोही गाविसको ४ नं वडामा पनि सुकुम्बासी र मुक्त कमैयाका ५६ घर बाढीले प्रभावित तुल्याएको छ। उनीहरु कृष्ण उच्च माविमा बसेका छन्। सुदूरपश्चिमका सात वटै पहाडी जिल्लामा आइतबारदेखि निरन्तर परेको पानीले निकै क्षति पुरयाएको छ। कन्चनपुर र कैलालीका अधिकांश भाग डुबानमा परेका छन्। खासगरी रोप्न भ्याइएको धानबाली सबै डुबेकाले कृषक चिन्तित छन्। यसैगरी बाजुरामा पनि करिब २ सय डुबानमा परेका छन्। ४० परिवार विस्थापित भएका छन्। दार्चुला धुलोगडा- ३ का ३० वर्षीय पूर्णसिंह धामी घट्ट गएका बेला बेपत्ता भएका छन्।

बेलायती कूटनीतिज्ञको अश्लील भिडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मस्को/ बेलायतका एक वरिष्ठ कूटनीतिज्ञले इन्टरनेटमा उनको वेश्या-गमनसम्बन्धी भिडियो देखिएपछि राजीनामा दिएका छन् । भिडियोमा रसियाली नगर एकातेरिन्बुर्गमा बेलायती विदेश कार्यालयका उपकन्सुलर जनरल जेम्स हड्सनजस्तै देखिने ती व्यक्तिले रुसी यौनकर्मी भनिने दुई युवतीसँग अंकमाल गरिरहेको देखिन्छ । कसैले त्यो भिडियो इन्टरनेटमा राखेको देखेपछि हड्सनको सातो गयो ।बेलायती प्रेसले हड्सनलाई तुरुन्त फिर्ता बोलाई पदबाट बर्खास्त गरेको बताएको छ । बेलायती अखबार द सनमा 'सुसानामा हाम्रा मानिस' शीर्षकमा यी वरिष्ठ बेलायती कूटनीतिज्ञको कर्तुतका तस्बिर छापिएका छन् । तस्बिरमा हड्सनले यौनकर्मी युवतीलाई अंकमाल गरिरहेको, स्याम्पेन पिइरहेको, कपडा उतार्दै फ्याँक्दै गरेको र युवतीहरूसँग शारीरिकसम्पर्क गरिरहेको दृश्य देखाइएका छन् । बेलायती पत्रिका 'द सन' का अनुसार यो अश्लील खेल बेलायतलाई भ्रमित पार्न रुसको संघीय सुरक्षा ब्युरोको संलग्नतामा भएको हुन सक्ने आशंका गरेको छ । लेखका लेखकले पनि हड्सन स्थानीय आपराधिक समूहको चालबाजीको सिकार भएको बताएका छन् ।'हड्सनबाट संगठित आपराधिक ग्याङहरूले पैसा असुल्नका लागि पनि यो भिडियो बनाएको हुन सक्छ,' अखबारको लेखमा भनिएको छ, 'विदेश विभागले हड्सनको राजीनामा भइसकेको जनाएको छ, तर कर्मचारीले आफ्नो व्यक्तिगत तथा व्यावसायिक अखण्डताको रक्षा गर्न उच्च सतर्कता अपनाउन जरुरी छ ।'

बुधबारबाट तीन दिनसम्म विद्यालयहरु बन्द गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १३ एकिकृत नेकपा माओवादी निकटको गणतान्त्रिक शैक्षिक मञ्चले बुधबारबाट तीन दिनसम्म उच्च माध्यमिक विद्यालय र सबै संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। अस्थायी र करारमा नियुक्त शिक्षकको स्थायीको माग गर्दै मञ्चले विद्यालय बन्द गरेको हो। मञ्चको अगुवाईमा यसअगाडि शिक्षा मन्त्रालय अगाडि धर्नासहितका विरोध कार्यक्रम हुँदै आएका थिए। सरकारले विगतको सहमति कार्यान्वयन नगरेको भन्दै तीन दिनसम्म उच्च माध्यामिक विद्यालय र प्याब्सन र एन प्याब्सन सम्बद्ध सबै संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको मञ्चले बताएको छ। मञ्चका पदाधिकारी र शिक्षा मन्त्रीबीच मंगलबार सहमति हुन नसकेपछि मञ्चले तीन दिन लामो बन्दको घोषणा गरेका ईस्टु अध्यक्ष होमकुमार थापाले जानकारी दिए। शिक्षा मन्त्रीले मञ्चको माग सम्बोधन गर्ने तर बन्द फिर्ता लिन आग्रह गरेपनि मञ्चले कार्यान्वयनको ग्यारेन्टी नभएको भन्दै बन्द फिर्ता नलिएको हो। मञ्चसम्बद्ध विभिन्न संगठनहरुले सरकारसँग गरेको संस्थागत विद्यालयका शिक्षक स्थायी गर्ने, सरकारी कर्मचारीसरह तलब दिने लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै बन्दको आयोजना गरेको जनाएका छन्।

भारतबाट हतियार ल्याउने कुनै सम्झौता नभएको स्पष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १३ - प्रधानमन्त्री माधवकुमार नेपालले सरकार शान्ति सम्झौताप्रति प्रतिबद्ध रहेको बताउदै भारतबाट हतियार ल्याउने कुनै सम्झौता नभएको स्पष्ट पारेका छन् ।मंगलबार व्यवस्थापिका संसदको बैठकलाई सम्वोधन गर्दै उनले शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउने र तोकिएको समयमै संविधान निर्माण गर्ने कार्यलाई सरकारले पहिलो प्राथामिकतामा राखेको बताए ।माओवादीले शान्ति सम्झौता विपरित सरकारले भारतबाट हतियार ल्याउन लागेको भन्दै संसद अवरुद्ध गरेकाले उनले यस्तो विश्वास दिलाएका हुन् ।उनले जाजरकोट लगायत पश्चिम नेपालका झाडा पखाला प्रभावित ११ जिल्लाका लागि राहत प्याकेज ल्याउने घोषणा गरे ।उनले उक्त क्षेत्रमा १ करोड ७० लाख बराबरको औषधि पठाइएको जानकारी दिए । उनले उक्त क्षेत्रमा हालसम्म झाडापखालाको कारण १ सय ८८ जनाको मृत्यु भएको सरकारी तथ्यांक प्रस्तुत गरे ।रौतहटमा मारिएका माओवादी कार्यकर्ता लक्ष्मण यादवलाई प्रकृया पुर्‍याएर सहिद घोषणा गर्ने र दोषीलाई कारबाही गर्ने आश्वासन समेत दिए ।उपराष्ट्रपति परमानन्द झाको सपथ विवादलाई सहमतिबाटै सुल्झाउनुपर्ने पनि उनको भनाइ थियो । प्रधानमन्त्रीको सम्वोधनपछि सदन सुचारु हुने विश्वास गरिएको छ ।

राजमार्गमा सेना परिचालन गर्ने गृहकार्यमा अर्थमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुपाल्चोक, साउन १३ - अर्थमन्त्री सुरेन्द्र पाण्डेले विभिन्न बहानामा वन्द हड्ताल गरेर सडक अवरोध गर्ने प्रवृतिलाई निरुत्साहित गर्न सरकार मुख्य् राजमार्गमा सेना परिचालन गर्ने गृहकार्यमा लागेको जानकारी दिएका छन् ।उनले राजमार्गलाई सधै खुला राखेर ढुवानी र आवतजावत सहज बनाउन सरकारले ल्याउन लागेको 'हाईवे क्लियर' कार्यक्रममा सेनालाई सहभागी गराउने बताएका हुन् ।सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र स्थानीय व्यापारीसँग तातोपानीमा मंगलबार भएको छलफलमा उनले सिण्डीकेट र कार्टेलिङलाई पूर्ण रुपमा हटाउने प्रतिबद्धता दोहोर्‍याए ।तातोपानी भन्सार निरीक्षणको क्रममा पुगेका मन्त्री पाण्डेले नेपाल-चीन व्यापार प्रबर्द्धनका लागि कुटनीतिक पहल भइरहेको जानकारी दिए । तातोपानीबाट हुने व्यापारलाई सहज बनाउन ल्हास्सामा सुख्खा बन्दरगाहा बनाउने र हाल उक्त ठाउँमा निर्माण भइरहेको अस्थायी भन्सार पोष्टलाई थप बजेट बिनियोजन गरेर छिटो निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।व्यापारीले खरीद गरेको मूल्य र बजारमा पाइने सामानको मूल्यमा ठूलो अन्तर रहेकाले उपभोक्ता ठगिएको भन्दै सरकार पनि प्रोफिट टयक्स लिन असफल भएको स्विकार गरे ।

नेपालका भावी सेनापति छत्रमान गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १३ - प्रधानसेनापति रुक्मांगद कटवालले दोस्रो बरियताका रथी छत्रमानसिं गुरुङलाई भावी सेनापतिका रूपमा प्रस्तुत गरेका छन् । राष्ट्रपति रामवरण यादवलाई सोमबार अपराह्न भेटी उनले गुरुङलाई आफ्नो उत्तराधिकारीका रूपमा औपचारिक तवरले चिनाएका हुन् ।राष्ट्रपति यादवलाई सेनापति कटवालले परम्परा अनुसार नै पदावधि सकिनु एक महिनाअघि बिदामा बस्ने पनि जानकारी दिएको राष्ट्रपति भवन स्रोतले बतायो ।सेनापति कटवालको तीन वर्षे पदावधि आगामी भदौ २५ गते सकिँदैछ । परम्परागत रूपमा सेनापतिले पदावधि सकिनु एक महिनाअघि बिदा बस्ने चलन छ । राष्ट्रपतिसमक्ष कटवालले साउन २४ देखि बिदामा जाने जानकारी दिएको स्रोतले बतायो ।

नेपालमा बाघ एक सय २१, हिउँ चितुवा चार सय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १२ - भारतको सरिस्का टाइगर रिजर्भ र पन्ना नेशनलपार्कमा बाघको संख्या ह्वात्तै घटेको सुनेर हामीकहाँ पनि त्यस्तै स्थिती हुन सक्ने भयले निराश भएका यहाँका वन्यजन्तुविद्/संरक्षणकर्मी नेपालमा बाघको संख्या नघटेको पुष्टि भएपछि भय मुक्त भए ।यहाँका निकुञ्ज र आरक्षमा १० महिनासम्म भएको पाटे बाघ गणनाले यहाँको संख्या सन्तोषजनक देखाएपछि विशेषज्ञहरु उत्साही भएका छन् । गणनाबाट मुलकभर १ सय २१ बयस्क पाटेबाघ पाइए । जुन संख्या नौं वर्ष अघिको भन्दा दुई वटाले कम हो । २०५७ सालमा भएको पाटे बाघ गणनाले मुलुकमा एक सय २३ बयस्क बाघ देखाएको थियो ।सोमवार वन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९१, बर्दियामा १८, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ८ र पर्सा वन्यजन्तु आरक्षमा ४ बाघ पाईएको हो । विशेषज्ञहरु यीं तथ्यांक लाई अनुमानित भन्न रुचाउँछन् ।२०६५ को मंसिर पहिलो सातादेखि मध्ये फागुनसम्म भएको बाघ गणनाकालागि 'क्यामरा ट्र्यापिङ' प्रविधि अपनाईएको थियो । विशेषज्ञहरुका अनुसार बाघ गणनाकालागि यो विश्वमै विश्वसनिय र आधुनिक प्रविधि हो ।गणनामा ३ सय स्वचालित क्यामरा प्रयोग गरिएको थियो । गणनामा 'क्याप्चर रि क्याप्चर प्रविधि' र 'अकुपेन्सी सर्भे'को प्रयोग भएको गणनामा संलग्न विज्ञ झमक कार्कीले बताए । 'भारतमा बाघको नराम्रो अवस्था देखेर हामी पनि सशंकित भएका थियौं' वन सचिव उदयराज शर्माले संचारकर्मीमाँझ भने, 'तर, हामीकहाँ बाघको संख्या राम्रै रहेछ ।' पाटे बाघ दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसुची एकमा सुचीकृत छ । यसले व्यापार, ओसापसार र घरेलु उपयोगमा पूर्ण रुपले प्रतिबन्ध गरेको छ । आइयुसिएनको रातो किताबमा पनि यो संकटापन्न सूचीमा छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष, र राष्ट्रिय प्रकृती संरक्षण कोषको पहलमा निकुञ्ज र आरक्षसहित बाघका आहार पाइने तथा बाघ हिंड्डुल गर्ने तराइका १४ जिल्लामा क्यामरा ट्रयापिङ भन्दा फरक प्रविधिको 'प्याच अकुपेन्सी सर्भे' गरिएको थियो । त्यो बाघको अनुमानित संख्या पत्ता लगाउने अप्रत्यक्ष विधि हो ।गणनामा संलग्न राष्ट्रिय प्रकृती संरक्ष्ाण कोषका विज्ञ शान्तराज ज्ञवालीले यस पटकको बाघ वैज्ञानिक ढंगले गरिएकाले सार्वजनिक बाघको संख्यामा ९५ प्रतिशत विश्वसनियता भएको दाबी गरे । 'यो संख्या सन्तोषजनक हो' उनले भने । बाघको आहार पनि राम्रो रहेको पाइएको छ । आहार गणनाको तथ्यांक दुई सातापछि सार्वजनिक हुने गणनामा संलग्न डब्लुडब्लुएफका विज्ञ कञ्चन थापाले बताए ।विश्वमा नै चोरी शिकार, बासस्थान विनाश, खानकीको अभाव, मानव/बाघबीचको द्घन्द, शिकार, अंगको अवैधानिक व्यपार पाटे बाघका मुख्य चुनौती हुन् । बाघका सबै अंगको अवैध व्यापार हुने भएकाले विश्वमै यसको चोरी शिकार बढ्दो छ ।विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि अनिल मानन्धरले बाघको शिकार र अवैध व्यापार रोक्न सके बाघ संरक्षणमा नमुना बन्न सकिने बताए । 'हामी धेरै निराश हुनु नपर्ने तथ्यांकले प्रष्ट गरेको छ' उनले भने ।गणनामा झण्डै दुई करोड ६४ लाख खर्च भएको थियो । त्यो रकम विश्व वन्यजन्तु कोष/युएस, युके, राष्ट्रिय प्रकृती संरक्षण कोष, देभ द टाइगर फण्डलगायतबाट प्राप्त भएको थियो । वन्यजन्तुविद् विश्वमा जंगली बाघको संख्या पाँच हजार दुई सयदेखि सात हजार तीन सय भएको अनुमान गर्छन् । रोयल बंगाल, इन्डो चाइनिज, सुमात्रन, अमुर र साउथ चाइना गरी पाँच उपप्रजातिका बाघ पाइन्छन् । क्यासपियन, जाभान र बाली नामका उप प्रजाती क्रमशः सन् १९७०, १९८० र १९४० मा लोप भएका हुन । अहिले पाइनेमा सबैभन्दा बढि रोयल बंगाल, त्यसपछि इन्डो चाइनिज, सुमात्रा, अमुर र साउथ चाइना छन् । यस्तै, अध्ययनले नेपालमा ३ सय देखि चार सयको संख्यामा हिउँ चितुवा रहेको तथ्यांक पनि सार्वजनिक गरियो । हिउँ चितुवा पाइने मुलुकका पाँच क्षेत्रमा अध्ययन भएको हो । २०६५ वैशाखदेखि हिउँचितुवा अध्ययन गरिएको थियो । अध्ययनमा संलग्न विश्व वन्यजन्तु कोषका विज्ञ रिन्जन श्रेष्ठका अनुसार पदचिन्हको घनत्व, उपलव्ध वासस्थान, आहार र हिउँ चितुवाको संख्यावीचको गणितीय अन्तरसम्वन्ध तयार गरी संख्या अनुमान गरिएको हो । अध्ययनकालागि विश्व वन्यजन्तु कोष/युएसए, युके तथा फिण्ल्याण्डबाट आर्थिक सहयोग भएको थियो ।

Jul 27, 2009

पत्नीको फिल्ममा आमिर छोटो भूमिकामा देखिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई, साउन १२ केही दिनअघिसम्म फिल्म 'धोवीघाट'मा आमिर खान छोटो भूमिकामा देखिने बताइएको थियो। फिल्मको प्रचारमा पनि प्रतिक बब्बर मुख्य र आमिर अतिथी भूमिकामा देखिने भनिएको थियो। तर शनिबार आमिर खानले आफ्नो ब्ल्गमा अर्कै कुरा लेखे 'धोवीघाटमा म मुख्य भूमिकामा देखिँदै छु।' यो फिल्मको निर्देशन आमिरकी पत्नी किरण रावले गरेकी हुन्। हालै फिल्मको सुटिङ सकिएको छ। बन्नुअघि नै फिल्मको धेरै हल्ला नहोस् भनेर लामो भूमिका भएको कुरा लुकाइएको पनि आमिरले ब्ल्गमा लेखेका छन्। 'जाने तु या जाने ना'बाट बलिउड प्रवेश गरेका प्रतिक बब्बर 'धोवीघाट'मा धोवीको भूमिकामा देखिँदैछन्। यो फिल्ममा धोवीको जीवनमा हुने एक दिनको घटनाको कथा छ। थोरै तर राम्रो मात्र फिल्म खेल्ने छवि बनाएका आमिरको यो वर्ष अर्को पनि फिल्म आउँदैछ। 'मुन्नाभाई'का निर्देशक राजकुमार हिरानीले निर्देशन गरेको 'थ्री इडियट्स'मा आमिरसँग आर माधवन, सरमन जोशी र करिना कपुरले पनि अभिनय गरेका छन्। यो फिल्म चेतन भगतको उपन्यास 'फाइभ पोइन्ट समवन'मा आधारित छ।

बेलायती अभिनेत्री लुम्लेको नागरिक अभिनन्दन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १२- 'बहादुरभन्दा बहादुर दानीभन्दा दानी कुनै देशले यसअघि पहिलो विश्वासिलो साथी पाएको थिएन' गोर्खा सैनिकको स्मृति सालिकमा यस्तो वाक्य पढेर बेलायती अभिनेत्री जोआना लुम्लेका आँखा नरसाइरहन सकेनन्। भावुक हुँदै उनले पुष्पगुच्छा चढाइन्। अनि टक्क उभिएर गोर्खाको सम्झनामा मौनधारणसमेत गरिन्।'दुई सय वर्षदेखि बेलायती जनताका लागि जीवन दिँदै आएका वीर गोर्खा बहादुरभन्दा बहादुर र दानीभन्दा दानी हुन्' लैनचौरस्थित बेलायती दूतावास परिसरमा रहेको सालिक अगाडि लुम्लेले भनिन् 'म तिनै गोर्खाको झन्डामा हुर्किएकी हुँ।' सोमबार राजधानीका विभिन्न कार्यक्रममा लुम्लेले नेपाललाई आफ्नो घर भएको बताइन्। 'आज म तपाईँहरुका अगाडि गोर्खालीको छोरी भएर बोल्न चाहन्छु' उनले भनिन् 'दोस्रो विश्वयुद्धको सेरोफेरोमा मेरा पिताले सिंगापुरदेखि बर्मासम्म ३० वर्षजति गोर्खासँगै बिताए।' उनले गोर्खा इमान्दार हितैषी र बहादुर हुन्छन् भनने आपुना दिवंगत पिताले भनाइ समेत स्मरण गरिन्। 'गोर्खा न्यायिक अभियानकारी जोआना लुम्लेसहितको टोलीलाई स्वागत गर्न पाउँदा निकै खुसी छु' बेलायती राजदूत एन्ड्र्यु हलले संक्षिप्त प्रतिक्रिया दिए। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले सोमबार दिउँसो लुम्लेसहित बेलायती लिबरल डेमोक्र्याटिक पार्टीका नेता पिटर क्यारोल, काउन्सिलर धन गुरुङ, गोर्खा वकिल मार्टिन होवेलाई नागरिक अभिनन्दन गरेको थियो।अभिनन्दन ग्रहण गरेपछि लुम्लेले खुकुरी क्रस भएको नेपाली टोपी पहिरिन्। राष्ट्रिय सभागृहमा खचाखच भरिएका गोर्खा परिवारलाई मुठी उचाल्दै सलाम ठोकिन्। अनि चिच्चाइन् 'आयो गोर्खाली!' काउन्सिलर गुरुङले गोर्खा अभियानमा लागेका बेलायती नागरिकको नेपाल भ्रमणको नामकरण नै 'आयो गोर्खाली' भएको बताए। उनले भने '१८ वर्षे आन्दोलन बल्ल न्याय पाएको तीतो उदाहरण सबैले मनन गर्नुपर्छ।' म्ले टोलीले सोमबार राष्ट्रपति रामवरण यादव प्रधानमन्त्री माधवकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेटघाट गरेको थियो। र बेलायती टोली रेजिमेन्टल एसोसिएसन अफ नेपाल (आरएएन)को सम्मान कार्यक्रममा पनि सरिक भयो। राष्ट्रपति यादवले नेपाली अखबारमा लुम्लेको चर्चाले आफू लोभिएको बताए। 'लुम्ले नेपाली छोरी हुन् यस भ्रमणलाई अन्तिम नबनाउनुहोला' राष्ट्रपति यादवले भने 'गोर्खालीको न्यायका लागि सहयोग गरेकोमा नेपाली जनताका तर्फबाट धन्यवाद दिन्छु।' सन् १९४४ मा बर्मामा जापानीसँगको युद्ध गर्दा उनका पिता मेजर जेम्स लुम्लेलाई राइफलम्यान तुलबहादुर पुनले बचाएका थिए। भिक्टोरिया क्रम विजेता पुनलाई बेलायत सरकारले दुई वर्षअघि आवासीय भिसा दिन आनीकानी गरेपछि लुम्ले गोर्खा न्यायिक आन्दोलनमा होमिएकी थिइन्। जोआनाको सक्रिय सहभागीपछि बेलायतबासी र अन्तर्राष्ट्रिय मिडियाको समर्थन मिलेको गोर्खा परिवारको विश्वास छ। बेलायतले गत २१ मेमा सबै गोर्खालाई आवासीय सुविधा दिने घोषणा गरेको थियो।'गोर्खा परिवारको पीरमर्का बुझ्न लुम्ले नेपाल आउनुभएको हो' गेसो सभापति पदमबहादुर गुरुङले नागरिकसित भने 'बेलायत फर्किएपछि उहाँले गोर्खालीको यथार्थ चित्रण गर्नुहुनेछ।' साताव्यापी भ्रमणमा नेपाल आएकी लुम्लेले मंगलबार दमक, धरान गई गोर्खा परिवारसँग भेट्ने कार्यक्रम छ। बुधबार र बिहीबार उनले पोखरा आसपासका गोर्खा परिवारको दुःखसुख बुझ्ने छिन्। बौद्धमार्गी भएकाले उनी लुम्बिनी पनि जाने कार्यक्रम छ।

एमाले कार्यालयमा शिक्षकहरुको धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम धनकुटा/राजेश राई
विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै विभिन्न शिक्षक संगठनहरुले आज नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन् । पार्टी कार्यालयमा धर्नामा बसेका शिक्षकहरुले नेता तथा कार्यकर्ताहरुलाई कार्यालय पस्न रोक लगाएका थिए । अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, लामो समयसम्म काम गरेका शिक्षकलाई बढुवा गर्नुपर्ने, गोल्डेन हेन चेकको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै शिक्षकहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । सो अन्दोलन पछि आयोजित कोणसभामा नेपाल शिक्षक संघका अध्यक्ष गंगाराम ढुंगानाले बोल्नु भएको थियो ।

धनकुटामा धमाधम सहकारी पसल खुल्दै

लिम्वूवान डट व्लगस्पोट डटकम धनकुटा/राजेश राई
उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य सामाग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउन लागी धनकुटामा सहकारी पसलहरु खोल्न थालिएको छ ।धनकुटा जिल्लाको जितपुर, सिधुवा र चुङ्गवाङ्गमा गरी तीन वटा उपभोक्ता सहकारी पसल सञ्चालनमा आएको छ । उपभोक्ता सहकारी पसल सञ्चालनमा आए पछि उपभोक्ताहरुले सर्बसुलभ मुल्यमा गुणस्तरिय खाद्य सामाग्री पाउने भएका छन ।सहकारी पसलमा चामल, दाल नुन, जस्ता खाद्य सामाग्री पाईने डिभिजन सहकारी कार्यालय धनकुटाका निमित्त प्रमुख जयराम श्रेष्ठले वताउनु भयो ।नेपाल सरकारले गत वर्षको बाषिर्क बजेटमा सहकारी खोल्ने प्रत्येक संस्थालाई एक लाख अनुदान दिने निर्णय गरेको थियो । सोही अनुरुप धनकुटाको एक नगरपालिका र प्रत्येक गाविसमा गरी ३६ वटा उपभोक्ता सहकारी पसल खोलिने प्रक्रियामा रहेको डिभिजन सहकारी कार्यालय धनकुटाका निमित्त प्रमुख श्रेष्ठले वताउनु भयो ।

धनकुटा मालपोतको लक्ष्य भन्दा बढी राजश्व संकलन

लिम्वूवान डट व्लगस्पोट डटकम धनकुटा/राजेश राई
साउन १२ धनकुटा जिल्ला मालपोत कार्यालयमा आर्थिक वर्ष०६५/६६मा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ ।१ करोड १३ लाख ७५ हजार ६७० रुपयाँ ४० पैसा राजश्व संकलन भएको मालपोत कार्यलय धनकुटाका शाखा अधिकृत सुरेशकुमार थपलियाले वताउनु भयो ।आर्थिक वर्ष२०६५/०६६ मा मालपोत कार्यालय धनकुटाले ६४ लाख ३१ हजार राजश्व संकलन गर्ने लक्ष राखेको थियो । लक्ष्य भन्दा १४६.९६ प्रतिशतले राजश्व संकलनमा प्रगति भएको बताईएको छ ।सबैभन्दा बढी राजश्व घरजग्गा रजिष्ट्रेशनबाट ९२ लाख ७४ हजार ४ सय ९६ रुपैयाँ संकलन भएको छ । त्यस्तै सेवाशुल्कबाट १९ लाख २६ हजार ४ सय १७ रुपैयाँ, धनिपुर्जा विक्रिबाट ८६ हजार २ सय, रोक्का दस्तुरबाट ४२ हजार ३ सय ५० रुपैयाँ, न्यायिक शुल्कबाट ५ हजार ५ सय २४ रुपैयाँ, अन्य दस्तुरबाट ३२ हजार ६ सय ६९ रुपैयाँ र वेरुजीबाट ८ हजार १ सय १४ रुपैयाँ राजश्व संकलन भएको मालपोत कार्यालय धनकुटाका शाखा अधिकृत थपलियाले वताउनु भयो ।विगतका वर्षरुमा जस्तै गत वर्षपनि राजश्य विभागले निर्धाररित लक्ष्य तोकेको थियो तर विगतमा द्वन्द्वको समय भएको कारणले सोचे जस्तो राजश्व उठ्न सकेको थिएन । अहिले आएर देशमा शान्ति प्रक्रिया सुरु भए पछि नागरिकहरुमा पनि सरकारप्रतिको दायित्व बढ्दै गएको कारण राजश्वमा वृद्धि आएको थपलियाले वताउनु भयो ।

आदेशविपरीत उपराष्ट्रपति परमानन्द झा कार्यालयमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतको आदेशविपरीत परमानन्द झा उपराष्ट्रको हैसियतमा आइतबार कार्यालय जानुभएको छ। उपराष्ट्रपतिको हैसियतमा कार्यालय जाने हो भने नेपाली भाषामा सपथ लिन सर्वोच्च अदालतले आदेश दिएको थियो। झा सधैंजसो बिहान १० बजे नै उपराष्ट्रपतिको कार्यालयमा गएर कुर्सी बस्नुभएको सो कार्यालयस्रेँतले नेपाल समाचारपत्रलाई जानकारी गरायो। सर्वोच्च अदालतको आदेशबमोजिम नेपाली भाषामा सपथ नलिई उपराष्ट्रपतिको कार्यालय जानुभयो नि भन्ने प्रश्न राख्दा झाले भन्नुभयो- ‘म जाने ठाउँ भनेको कि घर हो कि कार्यालय हो। के म यी दुई ठाउँमा नगएर सडकमा जाऊँ त ?’ आइतबार झा लामो समयसम्म कार्यालयमा बस्नुभएको बताइएको छ। अपराहनतिर उहाँले विशेष गरी मधेसवादी कानुन व्यवसायीहरूसँग राय लिनुभएको थियो। केही कानुन व्यवसायीहरूले नेपाली भाषामा हाल सपथ नलिन सुझाव दिएको बतँइएको छ। झाले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘मैले हाल नेपाली भाषामा सपथ लिनका लागि केही पनि सोचाइ राखेको छैन।’ ‘झाले सर्वोच्च अदालतको आदेश पनि पढिसक्नुभएको होला। यस्तो अवस्थामा उहाँ (झा) कार्यालय जान हुँदैनथ्यो’ -सर्वोच्च अदालतका एक न्यायाधीशले बताए।

दक्षिण कोरिया रोजगारीमा जाने युवाहरु घटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १२ धेरै नेपाली युवाको चाहना दक्षिण कोरियाको रोजगारीमा छ। गत वर्ष भने कोरियामा रोजगारीमा जानेहरु घटेका छन्। आव २०६५/६६ मा कामदार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा ७ हजार २८ कामदार गएका छन्। अघिल्लो वर्ष इपिएस अन्तरगत झण्डै १२ हजार यूवाहरु कोरिया गएका थिए।कोरियाले नेपाललाई दुई वर्षअघिदेखि इपिएसमा सूचिकृत गरेको हो। यो प्रणालीमा सूचिकृत गरेपछि नेपाली युवा कामदारको माग कोरियामा निकै बढेको छ।आर्थिक मन्दीले कोरियाको निर्यातमूलक उद्योगहरु प्रभावित भएकोले नेपाली कामदारको माग घटेको हो। नेपालीहरु कोरियामा उद्योगहरुमा काम गर्नको लागि जाने गर्छन्। आर्थिक मन्दीले कोरियाका निर्यातमूलक उद्योगहरु सन् २००८ र २००९ मा निकै प्रभावित हुने भएका छन्।'नेपालीहरुको जून क्षेत्रमा त्यहाँ माग छ त्यो क्षेत्र आर्थिक मन्दीको प्रभावमा परेकोले इपिएस अन्तर्गत जानेहरु घटेका हुन्,' नेपाल स्थित इपिएसका एक अधिकारीले भने। इपिएस अन्तर्गत नेपाली कामदार जानुअघि कोरियाले प्रशिक्षार्थी कामदार लिने गरेको थियो।प्रशिक्षार्थी कामदारहरु आर्थिक वर्ष २०६०/६१ मा सबैभन्दा धेरै एकहजार ६ सय ८९ जना गएका थिए। आव २०५०/५१ देखि गत आवसम्म कोरियामा २६ हजार ८ सय यूवाहरु कोरिया गैसकेका छन्।महिला ८ हजार ७ सयवैदेशिक रोजगार विभागका अनुसार गत आवमा दुई लाख २० हजार नेपाली युवाहरु रोजगारीको लागि विदेश गएका छन्। यसमध्ये महिला ८ हजार ७ सय १२ छन्। गत आवमा संस्थागत रुपमा म्यानपावर कम्पनीहरुबाट तीनहजार ६५ जना महिलाहरु रोजगारीको निम्ति विदेश गएका छन्। यो मध्य सबैभन्दा धेरै एकहजार दुई सय इजरायल गएका छन्। त्यसपछि लेबनानमा एकहजार ६९ गएका छन्।इजरायल र लेबनान नेपाली महिला कामदारको सबैभन्दा धेरै माग भएको देश हो। यी मूलूकमा वृद्धबृद्धा र बालबालिकाको हेरचाह गर्न नेपाली कामदारको धेरै माग छ। केही महिना यता यहाँबाट पठाउने म्यानपावर कम्पनीहरुले बढी शुल्क लिएकाले इजरायलले नेपालबाट कामदार लिन बन्द गरेको छ।अमेरिकामा साढे तीन सयराम्रो दक्षता र शीप छ भने नेपाली कामदारको माग विकसित देशहरु अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया, रसिया, सिंगापुरमा पनि त्यत्तिकै छ।वैदेशिक रोजगार विभागका अनूसार गएको वर्ष तीनसय ४४ नेपाली रोजगारीको लागि अमेरिका गएका छन्। यसमध्ये पुरुष दुई सय ८५ र महिला ५९ थिए। जापानमा सबैभन्दा धेरै एकहजार आठसय २७ व्यक्तिहरु रोजगारीको लागि व्यक्तिगत प्रयासबाट जापान गएका छन्। यसमा महिला एकसय २० छन्। त्यस्तै बेलायतमा एकसय ६१ जना रोजगारीको लागि गएका छन् भने अष्ट्रेलियमा २९ जना गएका छन्। रसियामा २८ जना गएका छन् भने सिंगापुर ८४ जना गएका छन्।व्यक्तिगत प्रयासबाट इजरायल र लेवनानमा रोजगारीको लागि जाने महिलाको संख्या पनि निकै बढी छ। गत आवमा लेबनानमा २ हजार एकसय र इजरायलमा ८ सय ६१ महिला गएका थिए।विभागले राखेको विवरण अनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ। आव २०६४/६५ मा साढे दुई लाख युवाहरु नेपालबाट रोजगारीको लागि विदेशिएकोमा २०६५/६६ मा दुई लाख २० हजारमा झरेको छ।विश्व आर्थिक मन्दीको असरले नेपाली कामदारको माग ठुला रोजगारी बजारमा घटेको छ। मलेसिया, कतार, यूएई जस्ता उदीयमान अर्थतन्त्र भएका देशहरुको निर्माण उद्योग धराशायी भएकोले त्यहाँ नेपालीको रोजगारी यो वर्ष घटेको हो।

एमालेका सभासदहरु आफ्नै पार्टीको बजेटप्रति असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ - नेकपा एमालेका सभासदहरु आफ्नै पार्टीका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट रहेका छन् । सभासदहरुले असन्तुष्टी व्यक्त गर्दै संसदीय दलको बैठक समेत बहिष्कार गरेका छन् । अधिकांश सभासदहरुले बैठक बहिष्कार गरेपछि आइतबार संसदीय दलको बैठक हुन सकेन ।व्यवस्थापिका संसदमा आजबाट सुरु हुने विनियोजन बैठकमा सक्रिय सहभागिता जनाएर सहयोगका लागि आग्रह गर्न बैठक बोलाइएपनि सभासद्हरुले बजेट एमालेको हितमा नरहेको भन्दै बैठक बहिष्कार गरेका हुन् । अर्थमन्त्री सुरेन्द्र पाण्डेको अनुरोधमा पार्टी अध्यक्ष झलनाथ खनालले बोलाएको बैठकमा सभासदहरुले माओवादीको नीतिमा ल्याइएको बजेटमा समर्थन जनाउन नसकिने बताएका थिए । बजेट पूर्वाग्रही ढंगले ल्याइएको र एमालेको समेत कार्यक्रम समावेश नगरिएकाले समर्थन गर्न आफूहरुलाई अप्ठ्यारो पर्ने सभासदहरुको भनाइ थियो । उनीहरुले बैठकमा स्वंय प्रधानमन्त्री उपस्थित भएर प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।'बजेटप्रति केही सभासदहरुको असन्तुष्टी रहेको छ,' सचेतक भीमप्रसाद आचार्यल भने-'उहाँहरुले बैठक बहिष्कार गर्नु भएको होइन, प्रधानमन्त्रीको प्रतिवद्धता खोज्नु भएको हो ।' प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा व्यस्त भएका कारण संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने भएपछि आजको बैठक स्थगित गरिएको उनले बताए ।

गच्छदार समूहले नयाँ दल आयोगमा दर्ता गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्वाचन आयोगले विभाजित मधेसी जनअधिकार फोरमको आधिकारिकता संस्थापन पक्षलाई प्रदान गरेको छ ।आयोगको आइतबारको निर्णयपछि फोरमको गच्छदार समूहले भने आयोगमै नयाँ दल दर्ता गर्ने जनाएको छ ।दुई समूहको आधिकारिकताको निर्णयअघि आइतबार आयोगले दुवै पक्षलाई कार्यालयमा बोलाएको थियो । अपराह्न आयोगले उपेन्द्र यादव नेतृत्वको संस्थापन समूहलाई आधिकारिक भएको ठहर गरेको थियो । आयोगले गच्छदार समूहलाई नयाँ दल दर्ताका लागि आग्रह गरेको छ ।आयोगको निर्णयलाई यादवले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यादव समूहले ४२ सदस्यीय केन्द्रीय समिति देखाएर बहुमत सदस्यको हस्ताक्षर गराएको थियो भने गच्छदार समूहले ३५ सदस्सीय केन्द्रीय समिति देखाएर १९ जनाको हस्ताक्षर आयोगमा बुझाएको थियो । आयोगले १७ जनाको हस्ताक्षरलाई मात्रै मान्यता दिएको छ ।गच्छदार समूहले मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) नामक नयाँ दल आयोगमा दर्ता गर्ने भएको छ । गच्छदार समूहका नेता उपेन्द्र झाले नयाँ पत्रिकासँग भने, 'केही दिनमै नयाँ दल दर्ता गर्छौं ।' उनले आधिकारिकता नदिएकोमा आयोगप्रति आफ्नो समूहको कुनै गुनासो नभएको पनि बताए ।

संखुवासभामा पहिरोले १३ को मृत्यु २ जना गम्भीर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १२ संखुवासभाको ताम्कू- ९ सिकिदिममा आइतबार राति गएको पहिरोमा परी १३ जनाको मृत्यु भएका छन्। पहिरोमा परेका मध्ये उद्धार गरिएका चार मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। संखुवासभा क्षेत्र नम्बर २ का सभासद् डम्बरबहादुर खड्काका अनुसार पहिरोबाट ५० घरका स्थानीय बासिन्दा बिस्थापित भएका छन्।आइतबार साँझबाट पहिरो जान थालेर मध्यराति रणकुमार राई, लालकुमार राई, लक्ष्मीप्रसाद राई र आशकुमार राईका घर बग्दा लालकुमारको परिवारका ५ जना, लक्ष्मीप्रसादका ५ जना र रणकुमारको परिवारका ३ जना सदस्य बगेका हुन्।सभासद् खड्काले मौसमले साथ दिएमा मंगलबार बिहान गृहमन्त्रीसहितको टोली घटनास्थलमा जाने तयारी भइरहेको छ। घटनास्थलमा राहत सामाग्री पनि लाने तयार भइरहेको उनले बताए।पहिरोमा परेकाहरुमा लक्ष्मीप्रसादको परिवारका लक्ष्मीप्रसाद राई, जसमनी राई, पुस्पलाल राई, मिनुका राई, धनलाल राई, लालकुमारको परिवारका लालकुमार राई, लक्ष्मी राई, उन्नति राई, हर्कराज राई र एक नाबालक छोरा तथा रणकुमारका परिवारका ३ नाबालका छोरा छन् ।पहिरोमा परेकी बन्दी राईको बिहान र लक्ष्मीप्रसादकी पत्नी पण्डीकुमारी राईलाई मध्यान्ह माटोबाट खनेर निकालिएको स्थानीय उत्तरकुमार राईले बताएको कान्तिपुर एफएमले जनाएको छ। पण्डीकुमारीको अवस्था गम्भीर छ। घटनास्थलमा प्रहरी टोली प्रस्थान गरेको छ। स्थानीय हिमालय प्राविको भवन पनि पहिरोमा परेको छ।सिकिदिम गाउँलाई पहिरोले दुईतिरबाट घेरेको र घटनास्थलमा जाने बाटो समेत अवरुद्ध भएको छ। घटनास्थल पुग्न प्रहरी चौकीबाट १८ घण्टा पैदल हिड्नु पर्ने र पहिरोले जाने बाटो नै नभएपछि उद्धार गर्न समस्या हुने प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिएका छन्।घटनास्थल पुग्न हेलिकोप्टर झिकाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी तुलशीप्रसाद गौतमले जानकारी दिएको कान्तिपुर एफएमले जनाएको छ।

तामसालिङसँग पुनः वार्ता हुने - रकम चेम्जोङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ - सरकार र आन्दोलनरत तामसालिङ संयुक्त संघर्ष समितिबीच आगामि बुधबार पुनः वार्ता हुने भएको छ । शान्तिमन्त्रालयमा आइतबार भएको वार्तामा सरकारी प्रतिनिधिले गृहकार्यका लागि समय माग गरेपछि दुईपक्षबीच पुनः वार्ता गर्ने सहमति भएको हो । वार्तापछि शान्तिमन्त्री रकम चेम्जोङले अघिल्लो सरकारको पालामा भएकेा ९ बुँदे सहमती कार्यान्वयनका लागि अन्य मन्त्रालयसँग समन्वय गर्नु पर्ने भएकाले समय माग गरिएको बताए ।संघर्ष समितिले भने वार्ताबाट सहमती नभएसम्म आन्दोलन जारी रहने बताएको छ । समितिका तर्फबाट पशुराम तामाङले वार्ता र आन्दोलन सँगसँगै लगिने जानकारी दिए । विगतमा सरकारसँग भएका सहमती कार्यान्वयन र तामसालिङ स्वायत राज्य माग गर्दै काठमाडौं वरपरका तामाङ बाहुल्य भएका दस जिल्लामा आन्दोलन गर्दै आएको छ ।

बेलायती अभिनेत्री लुम्ले नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ - भुतपूर्व बेलायती गोर्खा सैनिकहरुको अधिकार प्राप्तिको आन्दोलनमा सघाउँदै आएकी बेलायती अभिनेत्री जोहना लुम्ले सहितको टोली आइतबार नेपाल आएको छ । अभिनेत्री लुम्ले सहित बेलायती लिवेरशन डेमोक्रयाटिक पार्टीका नेता पिटर क्यारोल गोर्खा न्यायीकसँग आवद्ध टीमका कानुन व्यवसायी र संचारकर्मी सहभागी ३६ सदस्ययी टोली आज अपरान्ह नेपाल आएको हो । संयुक्त बि्रटिस गोर्खा भतपूर्व सैनिक संघ नेपालले लुम्ल, क्यारोल र कानुनी व्यवसायीहरुलाई सोमबार राजधानीमा सम्मान गर्ने कार्यक्रम रहेको छ ।त्यस अघि टोलीले राष्ट्रपति डा रामबरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालसँग भोलि नै भेट्ने बताइएको छ । टोलीले धरान, पोखरा र कांकडभित्ता भ्रमण गरी भुतपूर्व गोर्खा सैनिकसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ ।

Jul 26, 2009

नेपालमा स्वाइन फ्लु रोगीको संख्या १७

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ नेपालमा थप तीन जनामा स्वाइन फ्लु भेटिएको छ । स्वाइन स्वाइन फ्लु भेटिएका तीन मध्ये दुइ जना विदेशमा बस्दै आएका नेपाली र एक जना नेपालमा बस्दै आएकी एक जापानीज महिला छन् । यस समेत नेपालमा स्वाइन फ्लु रोगीको संख्या १७ पुगेको छ । रोग भेटिएका ३६ र २३ बर्षका नेपाली पुरुष र ३३ बर्षे जापानी महिलालाई अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाली मध्ये एकजना क्यानडाबाट आएको र अर्का कतारबाट आएका थिए ।विदेशबाट आएकाहरुमा केही दिनमा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका थिए । परीक्षणको क्रममा पान्डेमिक इन्फ्लुएन्जा एएचवान एनवानमा भेटिएको थियो ।मन्त्रालयले श्वास प्रश्वासको माध्यमले यो रोग सहजै सर्ने भएकोले श्वास-प्रश्वासमा अप्ठेरो भएमा तुरुन्त अस्पतालमा सम्पर्क राख्न आग्रह गरेको छ । नेपालमा थप तीन जनामा स्वाइन फ्लु भेटिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३६ र २३ वर्षीय पुरुष तथा काठमाडौं बस्ने ३३ वर्षीय जापानी महिलामा स्वाइन फ्लु देखिएको हो। यी तीन सहित नेपालमा १७ जनामा स्वाइन फ्लु भेटिएको छ।

उपेन्द्र समूहलाई आधिकारिता मान्यता प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ निर्वाचन आयोगले उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरमलाई आधिकारिता प्रदान गरेको छ । निर्वाचन आयोगले सर्वसम्मत निर्णयबाट फोरमको आधिकारिकता सम्बन्धी फैसला गरेको हो। आयोगले विजय गच्छदार समूहलाई अर्को दल दर्ता गर्न भनेको छ । निर्वाचन आयोगले बहुमत केन्द्रीय सदस्य यादव समूहसँग रहेको आधारमा सो समूहलाई आधिकारिता प्रदान गरेको हो । निर्वाचन आयोगले मधेशी जनअधिकार फोरमको ४२ सदस्यीय केन्द्रीय समितिलाई मान्यता प्रदान गरेको छ । फोरमको विधानमा ४२ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति रहने व्यवस्था छ । आयोगले गच्छदार समूहसँग १७ जना मात्रै केन्द्रीय सदस्य रहेको जनाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले फोरम संसदीय दलका तत्कालिन नेता बिजयकुमार गच्छदारलाई उप प्रधानमन्त्री बनाएपछि फोरमको संस्थापन पक्षले गच्छदार सहित ७ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निस्कासित गरेको थियो । त्यसपछि गच्छदार समूहले पार्टीको पार्टीको केन्द्रीय सदस्य र स‌ंसदीय दलमा आफ्नो बहुमत रहेको भन्दै आधिकारिकता दावी गर्दै नर्वाचन आयोगमा निवेदन दर्ता गरेको थियो । गच्छदार सहित ७ केन्द्रीय सदस्यलाई पार्टीबाट निस्कासित गर्दा फोरम केन्द्रीय समिति ३५ सदस्यीय रहेको थियो ।

चवालीस लाखको चिठ्ठा जित्ने क्यानेडियन जेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक क्यानेडियन नागरिकले सोमबार ४४ लाख ४० हजार डलरको चिठ्ठा जिते । यति धेरै रकमको चिठ्ठा जितेको खुसी मनाउनै पाएनन् उनले । किनभने, उनी जेल परेका छन् । टोरन्टोबाहिरको सहर ब्रामटनमा बस्ने बेरी सेललाई प्रहरीले चिठ्ठाको रकम गोजीमा हाल्नेबित्तिकै पक्राउ गरेको थियो । कारण, उनी अदालतमा अनुपस्थित थिए । २००३ मा उनीविरुद्ध चोरी तथा गैरकानुनी वस्तु राखेको आरोपमा मुद्दा दायर भएको थियो ।चिठ्ठा जितेपछि ४४ लाख ४० हजारको चेक लिएको तस्बिर खिचाउँदै थिए, उनी । ठीक त्यहीबेला प्रहरी आए र हथकडी लगाएर उनलाई थानामा पुर्‍याए ।

जर्मन प्रहरीले कट्टु र स्विमिङ कस्टम चोरलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जर्मन प्रहरीले कट्टु र स्विमिङ कस्टम चोरलाई पक्राउ गरेको छ । थप तीनजोर कट्टु चोर्न खोज्दा प्रहरीले चोरलाई पक्राउ गरेको हो । चोरले यसअघि एक हजार कट्टु र एक सय स्विमिङ कस्टम चोरेको थियो ।
गेलहाउसन गाउँको स्पोर्टस् हलबाट सो चोर तीनजोर कट्टु चोर्न खोज्दै थियो । प्रहरीले ४६ वर्षे कट्टु चोरलाई पक्राउ गर्‍यो । चोरका घरमा खानतलासी गर्दा प्रहरीले एक हजार कट्टु र एक सय स्विमिङ कस्टम फेला पारेको हो । 'सबै कट्टु प्रयोग भएजस्ता देखिन्थे । तर, ती सबै राम्रोसँग धोएर दराजमा राखिएका अवस्थामा थिए,' प्रहरी प्रवक्ता भन्छन् । यति धेरै संख्यामा कट्टु कहाँबाट आए भन्नेसम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कट्टुचोर भने आफूले इन्टरनेटमार्फत कट्टु किनेको दाबी गरिरहेको छ ।

Jul 25, 2009

अडान लिने सचिव मन्त्रीको निसाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११- निर्णाय प्रकृयामा मन्त्रीको स्वार्थ बिपरित ऐन नियम र परम्परा पछ्याएर अडान लिएका आधा दर्जन महत्वपूर्ण मन्त्रालयका सचिव सरुवाको 'हिट लिष्ट'मा परेका छन्। मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार मन्त्रीको आदेश हु-बहु कार्यान्वयन गर्न नमानेको भन्दै श्रम तथा यातायात व्यवस्था सचिव युवराज पाण्डे, वन उदयराज शर्मा, पर्यटन रामचन्द्रमान सिंह, शिक्षा दिपेन्द्रविक्रम थापा, भौतिक योजना तथा निर्माण पूर्णप्रसाद कडरिया सरुवा सूचीको अग्रपंत्तिमा छन्।'मन्त्रीहरुले केही सचिवलाई तुरुन्त हटाइदिनुपर्यो भनी प्रधानमन्त्रीज्यूलाई ताकेता लगाइरहेका छन्'- प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा नागरिकसित भनै-'तर उहाँले नयाँ सचिव पदस्थापन र सरुवा एकसाथ गर्ने आश्वासन दिनुभएको छ।'ती आधा दर्जन विभागिय मन्त्रीले प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्य सचिव भोजराज घिमिरसँग दुई सातादेखि यी सचिव हटाएर आफूले रोजेको पठाइदिन ताकेता लगाइरहेको स्रोतको दावी छ।श्रम मन्त्री मोहम्मद आफताव आलमले सचिव युवराज पाण्डेलाई 'तु फरिदिनु' भनी प्रधानमन्त्रीलाई भनेको दुई साता नाघिसकेको छ। निकट स्रोतका अनुसार मन्त्रीको कोरिया र इजरायल भ्रमण मिलाउन असहयोग गरेको भनी आलम पाण्डेसँग झेक्किएका छन्।जापान पोल्याण्ड र साइप्रसका लागि कामदार अनुमति श्रम सहचारी नियुक्ति लगायत मुद्दामा मन्त्री र सचिव एकमत हुन नसकेपछि मनमुटाव झनै बढेको छ। जापानका लागि कामदार पठाउन अघिल्लो सरकारले १ सय ७१ म्यानपावर कम्पनी योग्य ठहर् याएकोमा मन्त्री आलमले त्यसमध्ये आफूले छानेको २५ बाहेक अरुको रद्द गर्न सचिवलाई आदेश दिएका छन्।

बबन सिंह तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ स्वतन्त्र सभासद् बबन सिंह तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्। अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई तमलोपा प्रवेश गराएका हुन्।आफूले पहिला नै नेपाली कांग्रेस वा तमलोपामध्ये कुनै एक दलमा प्रवेश गर्ने घोषणा गरेको स्मरण गर्दै सभासद सिंहले भने 'तर पछिल्लो समय मधेशका सवालमा कांग्रेसको नीति र व्यवहार ठीक लागेन त्यसपछि तमलोपा प्रवेश गरेको हुँ।'तमलोपाले मधेशीलगायत नेपालका सबै क्षेत्रको जनतालाई समान हिस्सेदारी र राज्यका अंगमा समानुपातिक प्रतिनिधीत्व गराउन लागिरहेको पनि उनले बताए। संविधानसभा निर्वाचनमा रौतहट-१ बाट उनी भूमिगत रुपमा उम्मेद्वारी दिएर विजयी भएका थिए।

माओवादी सामूहिक नेतृत्वमा जाने करिब निश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ - माओवादी सामूहिक नेतृत्वमा जाने करिब निश्चित भएपछि मुख्य पद विभाजनका विषयमा विवाद देखिएको छ । स्थगित हुँदै चलेको केन्द्रीय समिति बैठकमा पार्टी सामूहिक नेतृत्वमा जानुपर्ने ठूलो दबाब भएपछि पद विभाजनको विषयमा पार्टी उच्च तहमा लामो छलफल भएको छ ।तर त्यस विषयमा सहमति हुन सकेको छैन । सबभन्दा बढी विवाद संविधानसभा दलका उपनेता नाराणकाजी श्रेष्ठका विषयमा भएको स्रोतले दाबी गरेको छ । पार्टी एकीकरणपछि उपनेता बाबुराम भट्टराईलाई हटाएर श्रेष्ठलाई जिम्मा दिइएको थियो । वरिष्ठ नेता मोहन वैद्यले पार्टी सामूहिक नेतृत्वमा जाने भएपछि पद विभाजनका विषयमा छलफल भएको स्वीकारे । उनले 'स्वाभाविक रूपमा' उच्च तहमा छलफल जारी रहेको बताए । 'आन्तरिक छलफलको विषय बाहिर भन्न मिल्दैन,' उनले भने, 'अझ राम्रो सामूहिक नेतृत्व हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।' उनलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाउने विषयमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । पूर्वएकता केन्द्र मसालका नेताहरूले भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई बनाउनुपर्ने प्रस्ताव राखेका छन् । उक्त प्रस्तावलाई माओवादीका वरिष्ठ नेताहरूले अध्यक्ष पुष्पकमल दाहालसमक्ष असहमति जनाउँदै आएको स्रोतले जनाएको छ । उनीहरूले 'एकताको भावना' अनुसार संविधानसभा दलको उपनेता दिनुका साथै संसदीय फाँटको इन्चार्ज बनाइसकेको तर्क गरेका छन् । अन्य दुई उपाध्यक्ष पदमा वरिष्ठ नेता बाबुराम भट्टराई र श्रेष्ठका लागि छलफल भए पनि सहमति नभएको एक सचिवालय सदस्यले कान्तिपुरलाई बताए । संविधानसभा संसद्मा भट्टराईलाई अध्यक्ष दाहालपछि दोस्रो वरीयताक्रममा बस्ने व्यवस्था छ । केन्द्रीय समितिको बैठकमा दाहालको दायाँतिर भट्टराई, बायाँतिर वैद्य र भट्टराईपछि श्रेष्ठ र वैद्य पछि रामबहादुर थापा बस्ने व्यवस्था मिलाइएको छ । महासचिवका विषयमा रामबहादुर थापा प्रस्तावित छन् । उनका विषयमा भने खास विवाद नभएको स्रोतको भनाइ छ । सचिव पदका लागि भने संविधानसभा दलका मुख्य सचेतक पोस्टबहादुर बोगटी र विदेश विभाग प्रमुख सीपी गजुरेल प्रस्तावित भएका छन् । वैद्य पक्षका नेताहरूले बोगटी सचेतक भएकाले गजुरेललाई सचिव बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतले भनेको छ । 'कि पार्टीको मोर्चा कि संसद्को मोर्चा सम्हाल्नुपर्ने कुरा उठेको छ,' एक पोलिटब्युरो सदस्यले भने, 'सबै नेतृत्व सम्हाल्न खोज्दा प्रभावकारी काम हुन सक्दैन ।' केन्द्रीय समितिको बैठकमा सदस्यले पार्टीमा 'शक्ति सन्तुलन' मिलाइनुपर्ने माग गरेका थिए । त्यसको अर्थ अध्यक्ष दाहाल र वैद्यका साथै पूर्वएकता केन्द्र मसालका नेताहरूलाई हैसियतअनुसार जिम्मेवारी दिनु हो ।सामूहिक नेतृत्वमा जाने विषयमा पार्टीमा करिब निश्चित भइसकेको नेता गजुरेलले बताए । 'पद विभाजनका विषयमा छलफल भइरहेको छ,' उनले शनिबार भने, 'सचिवालय बैठकले टुंगो लगाउनेछ ।' उनले महाधिवेशनअघि नै पार्टी सामूहिक नेतृत्वमा जाने निश्चित भएको बताए । शनिबार अपराह्न सचिवालयको बैठक बोलाएको भए पनि दाहाल पूर्वनिर्वाचन आयुक्त वीरेन्द्रकुमार मिश्रले लेखेको पुस्तक विमोचनमा गएका कारण स्थगित भएको थियो ।विगत १८ वर्षदेखि शक्तिशाली अध्यक्ष र महासचिवको रूपमा दाहालले पार्टीको नेतृत्व गर्दै आएका छन् । पार्टीमा नेतृत्वको 'प्राधिकार' हावी भएको भन्दै नेताहरूले सामूहिक नेतृत्वको माग गर्दै आएका छन् । दाहाल पक्षका केही नेताहरूले भने महाधिवेशनका बेला सामूहिक नेतृत्वमा जानुपर्ने धारणा बैठकमा राखेका छन् ।
पार्टी सामूहिक नेतृत्वमा
जाने करिब निश्चित भएपछि दाहाललाई मुख्य पद बाँडफाँड गर्न निकै अप्ठ्यारो परेको स्रोतको भनाइ छ । बाँडफाँड मिलाउन दाहालले वैद्य, भट्टराई, श्रेष्ठलगायत वरिष्ठ नेताहरूसँग पटक-पटक छलफल गरे पनि सहमति हुन सकेको छैन । प्रमुख पद बाँडफाँडका विषयमा सहमति हुन नसकेपछि राजनीतिक प्रतिवेदन पारित गरिएको छैन ।'सबै विषय प्याकेजमै पारित गर्ने भएकाले बैठक लम्बिएको हो' प्रवक्ता दीनानाथ शर्माले भने, 'अध्यक्ष त्यसकै गृहकार्यमा लागि रहनुभएको छ ।' दाहालले 'संयुक्त राष्ट्रिय सरकार' र शान्ति र संविधान निर्माणको तत्कालीन कार्यनीति भएको राजनीतिक प्रतिवेदन भने अधिकांश केन्द्रीय सदस्यले समर्थन गरिसकेका छन् ।

वाईसीएलका नेताको हत्या बिरोधमा ८ जिल्ला बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहट, साउन ११ - माओबादी भातृ संगठन वाईसीएलका केन्द्रीय सदस्य तथा भोजपुरा राज्य समिति सदस्य लक्ष्मण यादब-हिमाल) को हत्याको बिरोधमा माओबादीले आइतबार तराईका ८ जिल्ला बन्दको आब्हान गरेको छ । शनिबार हत्या गरिएको सदस्य यादबको शब माओबादीले पूर्बपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा राखेर बाटो ठप्प पारेको छ । बन्दका कारण सयौं सबारीका हजारौ यात्रुहरु बाटोमा अलपत्रमा परेका छन ।रौतहटको रमौली बैरीया गाबिस-६ घर भएका यादब (हिमाल) लाई तिन जनाको समूहमा रहेको अज्ञात समूहले बिश्रामपुर गाबिसको चाँदी खोलामा हिजो मध्यान्ह बार्‍ह बजेको समयमा गोली हानी हत्या गरेको थियो । घट्नाको न्यायीक छानबिन,शहिद घोषणा, दोषीलाई कारबाही लगाएतका मागहरु राख्दै माओबादीले राजमार्गमा हिजो देखी यादबको शब तेस्र्याएर बिरोध गरेका छन । बन्दका कारण बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र सप्तरीको जनजीवन प्रभाबित भएको छ । मोटरसाईकलमा चन्द्रनिगाहपुरबाट बिहान घर जादै गरेका यादबलाई कुरेर बसेका समूहले कन्चट, र पाखुरमा गरी चार गोली प्रहार गरेका थिए । यादबको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालसँग किरात धर्म तथा साहित्य उत्थान सङ्घको एक प्रतिनिधिमण्डलले भेट गर्‍यो । उक्त अवसरमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको पनि उपस्थिति थियो।उक्त अवसरमा किरात धर्मदर्शनदाता, समाजसुधारक महागुरु फाल्गुनन्दलाई नेपाल सरकारबाट राष्ट्रिय विभूति घोषणा गर्नका लागि माग प्रस्तुत गर्‍यो ।भेटका अवसरमा प्रधानमन्त्रीको कार्यकालको सफलताको शुभकामनासहित किरात धर्मगुरु आत्मनन्द्र सेइङको सन्देश हस्तान्तरण गरिएको थियो ।सङ्घका अध्यक्ष डकेन्द्रसिंह थेगिमको नेतृत्वमा भएको उक्त प्रतिनिधिमण्डलमा फाल्गुनन्द स्मृति प्रतिष्ठानका सह-अध्यक्ष जगत्जङ लावती, उपाध्यक्ष दुङगधोग खोयाहाङ, सह-सचिव सूर्यमान तुम्बाहाम्फे, सह-कोषाध्यक्ष श्रमिती रीता नेम्बाङ, सदस्यहरू श्रीमती भिमला सेङदेग तेजबहादुर तथा उपत्यका समितिका अध्यक्ष ज्ञानबहादुर ईजमको समेत सहभागिता थियो ।

बेलायतमा सिसेक्पा तङ्नामको तयारी पूरा

लिम्वूवान डट व्लगस्पोट डटकम,लन्डन/ भुवन लिङ्देन
किराँत याक्थुङ चुम्लुङ युकेले आगामी जुलाई २५ शनिबार लिम्बु क्यालेण्डर अनुसार सिसेक महिना र नेपाली पात्रोअनुसार श्रावण महिनामा पर्ने सिसेक्पा तङ्नाम ५०६९ विविध मनोरञ्जनात्मक कार्यक्रमसहित मनाउने भएको छ । सो जानकारी दिएका हुन्- चुम्लुङ अध्यक्ष बमबहादुर लिम्बुले । यसको बृहत तयारीका लागि विभिन्न समिति, उप-समिति बनाएर जिम्मेवारी बाँडफाँड भइरहेको चुम्लुङ युके महासचिव विजय बिक्रम लिङ्देनले बताए ।खेतबारीमा पाकेको मकै, सिमी आदि घरघरमा थन्क्याइएपछि आउँदो वर्ष अनिकाल गयो सहकाल आयो भन्दै विशेषगरी साउने संक्रान्तिका दिन लिम्बु समुदायमा परापूर्वकालदेखि नै मनाइएको यस चाडले लिम्बु समुदायमा विशेष महत्व राख्छ ।मकैका विभिन्न परिकारसहित गाउँगाउँमा खसी, राँगो काटेर भोज गर्दै एकआपसमा रमाइलो गरिने यस चाड वर्षायाममा पर्ने भए पनि यसको बेग्लै रौनकता हुन्छ ।गतवर्ष करिव तीन हजारको हाराहारीमा उपस्थिति रहेको सो कार्यक्रममा यो वर्ष पनि सोही उपस्थितिलाई मध्यनजर गर्दै तयारी भइरहेको चुम्लुङ जन सम्पर्क विभागीय प्रमुख डम्बर लिम्बु र उपाध्यक्ष कमला लिम्बुले जानकारी दिए ।विभिन्न नेपाली परिकारका खाना, मौलिक भाषा सँस्कृति झल्कने नाचगान कार्यक्रमका आकर्षण हुनेछन् । हाक्पारे ख्याली, धान नाच, के-लाङ (च्याव्रुङ) साथै नयाँ पुस्ताको भावना पनि मनन गर्दै विभिन्न मनोरञ्नात्मक कार्यक्रम गर्ने योजना रहेको जानकारी सांस्कृतिक विभागका प्रमुख राजेन्द्र नेम्वाङ र दुर्गादेवी सुब्बाले दिए ।

उपत्यकाको जनजीवन प्रभावित भाडाका सवारी नचल्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, साउन १० - यातायात व्यवसायीले तोडफोड र आगजानी भएको सवारी साधनको क्षतिपूर्तिको माग राखेर गरेको बन्दले उपत्यकाको जनजीवन पभावित भएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बाग्मती अञ्चल समितिले आव्हानमा शुक्रबारदेखि उपत्यकामा भाडाका सवारी साधन सञ्चालन नगर्ने घोषणा गरेको हो । आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन सार्वजनिक यातायात थन्क्याउने महासंघका बरिष्ठ उपाध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिए । गत मंगलबार त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले तोडफोड गरेमो माइक्रोबसको क्षतिपूर्तिको माग राखेर महासंघले बन्दको घोषणा गरेको हो । महासंघको आव्हानमा भाडाका सवारीसाधन बन्द भएपछि उपत्यकाको तीनै जिल्ला आंशिक रुपमा यातायात सञ्चालन भएको छ ।बाग्मती बन्द भनिएपनि राजधानी पूर्वका जिल्लामा पनि यातायात सञ्चालन हुन सकेको छैन । राजधानी पूर्व काभ्रे, सिनधुपाल्चोक, दोलखा र रामेछापमा राजधानीबाट सवारी साधन छुटेको छैन । यता रसुवा, नुवाकोटमा पनि बन्दको प्रभाव परेको छ ।

Jul 24, 2009

मातृकाप्रसाद यादव भूमिगत हुने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर, साउन १०-पुनर्गठित नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले आफ्नो पार्टी भूमिगत हुने संकेत गरेका छन्। 'नेकपा माओवादी क्रान्तिकारी पार्टी हो। क्रान्तिकारी पार्टी आवश्यकता परेको बेला भूमिगत हुन पनि सक्छ,' यादवले नागरिकसित भने। माओवादीको केन्द्रीय भेला सम्पन्न गरेपछि शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मलेलनमा यादवले आफूसहित अन्य केन्द्रीय सदस्यका वास्तविक नाउँको बदला उपनाम मात्र सार्वजनिक गर्दै त्यसतर्फ संकेत गरेका हुन्।कुनै पनि बेला भूमिगत हुनसक्ने भएकाले नै आफूहरुले उपनाम सार्वजनिक गरेको भनाइ उनको थियो।जनकपुरमा बिहीबार सम्पन्न प्रथम केन्द्रीय भेलाले यादवको संयोजकत्वमा १९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। तीन दिनसम्म चलेको भेलामा विभिन्न ६३ जिल्लाका छ सय प्रतिनिधि सहभागी भएको नेकपा माओवादीको दाबी छ। माओवादीले सिन्धुली र रामेछापसहित ८ जिल्लाको सहभागी नभएको बताएको छ।नवगठित केन्द्रीय समितिमा उनी रामसिंह उपनामले चिनिने छन्। यसअघि माओवादीमा हुँदा पनि उनको नाउँ रामसिंह नै थियो। सार्वजनिक गरिएका केन्द्रीय सदस्यमा आकाश, रोशन, जनम, दर्शन, राजन, प्रदिप, विज्ञान, विक्रान्त, सफल, अमर, महेश, दिन्कर, आसिक, समर, सुधिर, बलराम र प्रह्लाद छन्।भेलापछि शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक यादवले आफूले सभासद् पदबाट राजिनामा दिएको घोषणा गरिसकेको जानकारी दिदै नैतिकताको आधारमा तलबभत्ता नलिएको बताए।'संविधान सभाले केही गर्न नसक्ने निश्चित भइसकेको छ' पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले भने 'संविधानसभामा बसेर भत्ता पकाउनु भन्दा जनताको लागि केही काम गरेको फायदा हुन्छ।' सभासदको पद त्याग गरिसकेको भएपनि संसदमा एक पटक आफ्नो धारणा राखेर लिखित राजीनामा दिने उनले बताए।'प्रचण्ड नेतृत्वको पार्टीबाट सभासद भएको नभनाउन पार्टी छोडेको सँगै घोषणा गरिसकेको छु' पुनर्गठित माऔवादीका संयोजक यादवले भने 'मैले सभामुख ज्यूसित समय मागेको छु, हेरौं उनले कहिले बोलाउनु हुन्छ।'

दाहालले राष्ट्रिय सरकारको नेतृत्व नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १० एकीकृत नेकपा माओवादी वरिष्ठ नेता मोहन बैद्यले पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो दलले अघि सारेको राष्ट्रिय सरकारमा नजाने बताएका छन्। अध्यक्ष दाहालले नेतृत्व नगर्ने भए सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने छलफल भैनसकेको जानकारी दिए। अध्यक्षपछिको मूल नेतृत्वले नै सरकारको नेतृत्व गर्ने दाबी उनको थियो।'उहाँ (अध्यक्ष दाहाल) आफैले सरकारमा जाँदिन भनिसक्नुभएको छ। सरकार सम्हाल्न नेतृत्व त जानै पर्‍यो तर अध्यक्षपछिका को जाने भन्नेबारेमा भने छलफल भएको छैन,' कलम साहित्यिक पत्रिकाले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रमपछि संचारकर्मीसित बोल्दै उनले भने, 'त्यस्तो छलफल त सरकार बन्न लागेपछि हुने कुरा भयो।'उनले आफ्नो दलको नेतृत्व सरकारले मात्र सविधान लेख्नसक्ने ठोकुवासमेत गरे। संविधानसभा आफूहरुले अघिसारेको नारा भएको तर्क गर्दै उनले यस्तो ठोकुवा गरेका हुन्।'संविधान लेख्ने काम माओवादी नेतृत्वबाहेकको सरकारले गर्न सक्तैन,' उनको दाबी थियो। माधव नेपाल नेतृत्वको सरकारलाई 'कठपुतली'को संज्ञा दिंदै यसले केही काम पनि गर्न नसक्ने बताए।'हामीले बनाउने राष्ट्रिय सरकारमा विदेशी दलाल हुने छैनन्। एमालेभित्र पनि हामीले वामपन्थी र गणतन्त्रवादी, देशभक्त देखेका छौं। छलफल चलाउँछौं सबैसँग। अहिले नै को को भन्न सकिन्न,' उनले भने, 'जेहोस् देशभक्त, गणतन्त्रवादी र वामपन्थीको नयाँ मोर्चा बन्छ।'

दूतावास नै नभएको देशमा राजदूत सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले हालसम्म दूतावास नै स्थापना नभएको क्यानडाका लागि राजदूतका रूपमा हालसम्म मुख्यसचिव रहनुभएका भोजराज घिमिरेलाई सिफारिस गरेको छ। क्यानडालगायत ब्राजिल, कुवेत र दक्षिण अफ्रीकामा दूतावास खोल्ने निर्णयभने सरकारले गत असारमा नै गरिसकेको छ। ती देशमा दूतावास खोल्नका लागि हालसम्म कुनै तयारी नभएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।‘ती देशमा दूतावास खोल्ने सरकारी निर्णयनुसार दरबन्दीका लागि सामान्य प्रशासन मन्त्रालयसँग र बजेटका लागि अर्थ मन्त्रालयसँग सामान्य कुराकानीबाहेक अन्य कुनै तयारी छैन’ -उनले शुक्रबार नेपाल समाचारपत्रसँग भने। सरकारले दूतावास खोल्नका लागि आर्थिक वर्ष२०६६/०६७ को बजेटमा व्यवस्था भने गरेको छ।परराष्ट्रस्रोतका अनुसार दूतावास नै स्थापना नभएको देशमा राजदूत सिफारिस गरिएको यो पहिलोपटक हो। ‘हामी अचम्ममा परेका छौं’, मन्त्रालयका ती अधिकारीले भने- यो त कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो भयो।’मन्त्रालयले विदेशमा दूतावास स्थापना गर्ने निर्णयछि सामान्य प्रशासन मन्त्रालयमा दरबन्दी र अर्थ मन्त्रालयमा बजेटका लागि आवश्यक कुराकानी गर्ने गर्दछ। त्यसपछि सामान्यतया मन्त्रालयबाट उपसचिवलाई दूतावास उपप्रमुखको जिम्मेवारी दिएर पठाउने प्रचलन छ। उनीसँगै आवश्यकताअनुसार अधिकृत र कर्मचारीहरू पठाउने गरिन्छ।तर यसपटक त्यस्तो रहेन। दूतावास स्थापना गर्ने निर्णयभएको एक महिना नबित्दै राजदूत सिफारिस गरिएको छ। अर्कातिर कुनै पनि देशमा राजदूत नियुक्त गर्दा मन्त्रालयकै सहसचिवलाई सिफारिस गर्ने प्रचलन छ। ‘मन्त्रालयको सामान्य मान्यतालाई समेत कुल्चेर आएको यो सरकारी निर्णयाट हामी दुःखित छौं’ -उनले भने।

सर्वोच्चको फैसला एकपक्षीयः अध्यक्ष उपेन्द्र यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १० - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिएको सपथको विपक्षमा गरेको फैसला असंवैधानिक र लोकतान्त्रिक पद्धति विरुद्ध भएको आरोप लगाएका छन् ।सुनसरीमा शनिबार संचारकर्मीसंग कुरा गर्दै उनले अदालतको फैसला त्रुटी पूर्ण भएको दावी गरे । अदालतको फैसलाले नेपाल सबै जात र भाषीको फुलवारी हो भन्ने कुरालाई इन्कार गरेको उल्लेख गर्दै फेरि सपथ लिनुपर्ने फैसला एकपक्षीय भएको बताए ।

पूर्वी नेपालका नौ जिल्ला बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा,साउन १० भारतीय हस्तक्षेपको विरोधमा शनिबार धनकुटा लगायत पूर्वी नेपालका नौ जिल्ला बन्द भएका छन्। धनकुटाबाट पत्रकार विजयसन्तोषी राईले जनाएअनुसार संघीय लिम्बुवान राज्य परिषद क्रान्तिकारीले बन्दको आह्वान गरेको हो।भारतद्वारा अतिक्रमित नेपाली भूमि तत्काल छोड्नु पर्ने माग गर्दै परिषदले आह्वान गरेको लिम्बुवान क्षेत्र बन्दका कारण अरुण पूर्वका धनकुटा जिल्ला लगायत संखुवासभा,तेह्रथुम,सुनसरी,मोरङ्ग,झापा,पाँचथर,इलाम र ताप्लेजुङ्गमा यातायातका साधनहरु,बजार,उद्योगधन्दा बन्द छन्।बन्दलाई सफल बनाउन लिम्बुवानका नेता तथा कार्यकर्ताहरु बिहानैदेखि बजार तथा सडकमा प्रदर्शन गर्दै सडकका विभिन्न स्थानमा टायर बाल्दै अवरोध पारिरहेका छन्।

मालिकबाटै बाह्र वर्षीया श्रमिक बालिका बलात्कृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर घर भई राजधानीको बानेश्वरस्थित एक घरमा काम गर्न बसेकी मजदुर बालिका मालिकबाट बलात्कृत भएकी छिन् ।नयाँबानेश्वर खरिबोटका करिब ४० वर्षीय घरमालिक सरोज गौतमले आफ्नै घरमा काम गर्ने विराटनगर पानीट्यांकी-१ की १२ वर्षीया बालिका कविता (नाम परिवर्तन) लाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेका हुन् । गौतमले गत २७ असारमा बालिकालाई बलात्कार गरेको उनकी दिदीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा दर्ता गराएको जाहेरीमा उल्लेख छ ।गौतमले घरमा कोही नभएको वेला आफूलाई जबर्जस्ती गरेको पीडित बालिकाले नयाँ पत्रिकालाई बताइन् । 'घरमा कोही थिएनन्, अंकल रक्सी खाएर आएका थिए, ढोका थुनेर मलाई जबर्जस्ती गरे,' पीडित बालिकाले भनिन् ।
'म चिच्याएँ तर मुख थुनिदिए, जबर्जस्ती सुताएर थिच्न थालेपछि नानी चिच्याइन्, अनि दोस्रो तलाको आन्टी नानी किन चिच्याएको भनेर ढोका ढकढक्याउन आउनुभयो,' उनले भनिन् ।बालिकालाई जबर्जस्ती गर्न थालेपछि गौतमकी दुईवर्षे छोरी चिच्याएको उनले जानकारी दिइन् । घरको दोस्रो तलामा बस्ने महिलाले ढोका ढकढक्याएपछि गौतम घरबाट निस्केका थिए । पछि, उनकी श्रीमती ऐनु गौतम आएपछि मालिकको ज्यादतीबारे बताएको बालिकाले सुनाइन् । 'म बाहिर गएकी थिएँ, आउँदा बाहिरै रहिछ, आउनेबित्तिकै सरले यस्तो गरे भनी,' ऐनु गौतमले नयाँ पत्रिकालाई भनिन्, 'तर उसको कुरामा विश्वास भएन कट्टु खोल्न लगाएर हेरेँ, रगतहरू केही थिएन ।'श्रीमती गौतमले आफ्नो लोग्ने निर्दोष रहेको जिकिर गरिन् । 'मैले तत्काल लोग्नेलाई फोन गरेँ, उहाँ त नभएको कुरा गर्ने त्यसलाई टुक्रा-टुक्रा पारेर फालिदिन्छु भन्दै आक्रोशित हुनुभयो,' श्रीमती गौतमले भनिन् ।तर, बालिकाले भने मालिक्नीले कट्टु खोल्न लगाएर हेरेको र मालिकलाई फोन गरेर 'तँ कुकुर, राक्षस... छोरीजस्तीलाई यस्तो गर्ने ?' भनेर कराएको बताइन् ।श्रीमती गौतमले यो कुरा कतै नभन्, यसको बेइज्जत हुन्छ भने फकाएको पनि उनले बताइन् । गौतम फर्केपछि बालिकाको ज्यानै खतरा हुने देखेर श्रीमती गौतमले बालिकालाई नन्दको डेरामा पठाएकी थिइन् ।'आन्टीले उहाँको नन्द कविता गौतमको डेरामा पठाउनुभयो,' बालिकाले भनिन्, 'कविता आन्टीलाई पनि थाहा छ, तर उहाँले पनि मेरो दाइले यस्तो गर्नै सक्दैन तैँले नै बढी बोलेको भनेर हप्काइन् ।'
सोही दिन साँझ श्रीमती गौतम आफैँ नन्दको कोठामा पुगी बालिकालाई भोलि बिहान घर आउनू भनेर फर्किएकी थिइन् । भोलिपल्ट श्रीमती गौतमकी सासूले 'सरोज रिसाइरहेको छ, यसलाई मार्छ अन्तै पठा' भनेपछि आफूलाई अर्की नन्द प्रतीक्षाको घरमा पठाइएको बालिकाले बताइन् ।'भोलिपल्ट प्रतीक्षा दिदीको घरमा बसेर पीडित बालिका आफ्नै दिदी काम गर्न बसेको घरमा शरण लिन पुगेकी थिइन् । पीडित बालिकाकी दिदी अञ्जुले मालिकको सहयोगमा माइती नेपालको शरणमा बहिनीलाई पुर्‍याएकी थिइन् । बालिका अहिले सिविस नामक संस्थामा छिन् ।बाबुको मानसिक सन्तुलन गुमेपछि आमाले अर्कै विवाह गरेको र दिदी र आफ्नो कमाइ पनि आमाले नै लाने गरेको पीडित बालिकाले सुनाइन् ।बालिकालाई श्रीमती गौतमले एक वर्षअघि पढाइदिने सर्तमा घरमा काम गर्न लयाएकी थिइन् । बालिकालाई सुरुमा स्कुल भर्ना गरिदिए पनि पछि आफ्नी छोरी हेर्नुपर्ने भन्दै छुटाएका थिए ।

मनीषा कोइराला तीनवटा फिल्ममा आउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ८ लामो समयको विश्रामपछि मनीषा कोइराला यो वर्ष नयाँ गेटअपका साथ बलिउडमा पुनरागमन गर्दैछिन्। उनी यसपटक एकसाथ तीनवटा फिल्ममा आउँदैछिन्। सबैमा उनी पहिलेभन्दा दुब्ली देखिनेछिन्।मनीषाको पुनरागमन हुने पहिलो फिल्म 'चेहेरे' हो। रोहित कौशिकद्वारा निर्देशित यस फिल्ममा उनले दुई फरक चरित्रमा अभिनय गरेकी छिन्। ध्वनिरहित फिल्ममा हिट तर आधुनिक फिल्ममा असफल हुने अभिनेत्रीको भूमिकामा मनीषालाई हेर्न पाइनेछ।'एउटै पात्र भएपनि दुई अलग परिवेशमा अभिनय गर्नुपर्ने भएकोले यसमा सन्तुलन गर्न एकदम गाह्रो भो'- मनीषाले भनेकी छिन्। फिल्ममा मनीषाबाहेक ज्याकी श्राफ, गुल्शन ग्रोभर, दिव्या दत्ता र आर्य बब्बरको मुख्य भूमिका छ। तर योभन्दा आशा गरिएको फिल्म भने 'दो पैसे की धूप चार आने की बारिश' हो। किनभने यो फिल्मबाट जमानाकी हिट अभिनेत्री दीप्ति नवल निर्देशक बन्दैछिन्। मनीषा र दीप्ति एकअर्काका मिल्ने साथी हुन्।मनीषालाई देख्न सकिने तेस्रो फिल्म पार्थो घोषद्वारा निर्देशित 'एक सेकेन्ड जो जिन्दगी बदल दे' हो। यसअघि मनीषाले पार्थोका चर्चित फिल्म 'युगपुरुष' र 'अग्निसाक्षी'मा अभिनय गरिसकेकी छिन्। पार्थोको यो थ्रिलर फिल्ममा मनीषाको डबल रोल छ।पछिल्ला फिल्महरुमा मनीषा निकै मोटी देखिएकी थिइन्। त्यसपछि उनी अभिनयलाई थाती राखी अमेरिकामा फिल्म पढ्न गएकी थिइन्। शरीरलाई फिट राख्नुपर्छ भन्ने कुरा उनले अभिनेता सलमान खानबाट सिकेकी हुन् । अहिले उनले आफ्नो तौल धेरै घटाइसकेकी छिन्।
यसअघि रामगोपाल बर्माको 'रण' फिल्ममा पनि मनीषाले खेल्ने बताइएको थियो। तर फिल्मको सुटिङ हुने बेला स्क्रिप्टको माग भन्दै रामगोपालले मनीषाको स्थानमा सुचिता कृष्णमूर्तिलाई खेलाएका थिए।

अदालतको आदेश नटेर्ने जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अदालतको जरिवाना नतिर्ने पुरानो बानेश्वरका राजेश श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले जेल पठाएको छ । फैसला भएको चार वर्षपछि श्रेष्ठलाई बुधवार पक्राउ गरिएको थियो ।नेपालबाट अवैध रुपमा विदेशी मुद्रा बाहिर लैजादै प्रहरीले श्रेष्ठका सहयोगीलाई गत ०६० मा पक्राउ गरेको थियो । उनको साथबाट एक करोड ६७ लाख रुपैयाँबराबरको अमेरिकन डलर, जापानिज येन र युरो बरामद भएको थियो ।जिल्ला अदालतले प्रमुख प्रतिवादीको रुपमा श्रेष्ठबाट विगोअनुसार असुल र एक वर्ष कैदको फैसला गरेको थियो । ६ जेठ ०६२ मा भएको उक्त फैसलाका विरुद्ध श्रेष्ठ पुनरावेदन गएका थिए । पुनरावेदन अदालतले समेत ०६२ मंसिरमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।अदालतको फैसलापछि पनि काठमाडौंको सडकमा खुलमखुला हिँड्दै आएका श्रेष्ठलाई यसअघि पनि पटक-पटक पक्राउको प्रयास गरिएको अदालतस्रोतले जनाएको छ । बुधवार घरवाट वाहिर निस्कदै गर्दा प्रहरी र अदालतको टोलीले घेर्दै उनलाई कमलपोखरी ल्याएको थियो ।

इराकबाट बन्धकमुक्तमध्ये ४ नेपाली फिरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ९ - दुई साताअघि इराकको रेड/जोनमा ५ दिन बन्धक बनाइएर मुक्त भएका १३ नेपालीमध्ये चार जना घर फर्किएका छन् ।बन्धक बनेकालाई उद्धार गर्ने सहयोगी ध्रुव कुँवरले इराकबाट फोनमा दिएको जानकारीअनुसार काठमाडौंका इन्द्रप्रसाद भट्टराई, लम्ण ठोक्कर, दीपक भट्टराई र गोर्खाका तिलकबहादुर थापा मंगलबार घर फिरेका हुन् । 'उनीहरूबाहेक अरू नौ जना भने आफ्नै अडान र सहमतिमा इराकमै काम गर्ने भएका छन्' कुँवरले भने । घर फर्केका चार जनाले भने सम्बन्धित एजेन्टबाट पैसा फिर्ता पाइसकेको उनले बताए ।

मूख्य सचिवमा घिमिरे, प्रमूख सचिवमा मैनाली २४ सहसचिवको बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ९ - शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले मूख्य सचिवमा माधवप्रसाद घिमिरेलाई नियुक्त गरेको छ । बैठकले निवर्तमान मूख्य सचिव भोजराज घिमिरेलाई क्यानडाका लागि राजदूत बनाएको छ । यसैगरी बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा विजयनाथ भट्टराईलाई पुनर्बहाली गरेको छ । भट्टराईमाथि लागेको भ्रष्टाचार सम्बन्धी मुद्धामा सर्वोच्चले सफाइ दिए पछि उनी पु:न पदमा बहाल हुन बाटो खुलेको थियो । भट्टराई गभर्नरमा नियुक्त भए पछि बहालवाला गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पदमुक्त भएका छन् । मन्त्री परिषद् बैठकले उमेशप्रसाद मैनालीलाई राष्ट्रपति कार्यालयका प्रमूख सचिवमा सरुवा गरेको छ । यसअघि उनी वातावरण मन्त्रालयमा थिए । यसैगरी बैठकले श्रीलंकाको लागि राजदूतमा सुशिलचन्द्र अमात्यलाई नियुक्त गरेको छ । लामो समयदेखि रिक्त सचिव पदमा सरकारले आज २४ सहसचिवलाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। जसअनुसार सचिव हुनेमा युवराज भुषाल, दीप बस्नेत, नवीनकुमार घिमिरे, कृष्ण ज्ञवाली, मोदराज डोटेल, रामस्वरुप सिन्ह्वा, नाथुप्रसाद चौधरी, विनोदकुमार ज्ञवाली, दिनेशहरि अधिकारी छन्। यसैगरी सचिव हुने अन्यमा मदनकुमार भट्टराई, रुद्रकुमार श्रेष्ठ, निरञ्जन बराल, ध्रुवप्रसाद शर्मा, केशव भट्टराई, प्रतापकुमार पाठक, सुशील घिमिरे, किशोर थापा, कृष्णहरि बास्कोटा, यज्ञ गौतम, गणेशराज जोशी, नगेन्द्र घिमिरे, श्रीराम पन्त छन् ।यसैगरी स्वास्थ्य मन्त्रालयका सचिवमा डा. सुधा शर्मा र डा. प्रवीण मिश्रलाई बढुवा गरिएको छ ।सरकारले धनराज रताला,लाई कामु सचिव बनाएको छ ।

उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको शपथलाई सर्वोच्चले बदर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ९- न्यायाधीश पृष्ठभूमिबाट उपराष्ट्रपति बनेका परमानन्द झाले हिन्दी भाषामा लिएको शपथलाई सर्वोच्च अदालतले 'गैरसंवैधानिक' भन्दै बदर गरिदिएको छ। 'नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक ठहर्छ'- शुक्रवार निर्णय सुनाउँदै सर्वोच्चले भनेको छ। प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलाराम केसीको इजलासले गरेको फैसलामा उपराष्ट्रपति झालाई पुनः सपथ गर्न 'आदेश' त दिएको छैन। तर संविधानको रक्षाका लागि फेरि शपथ लिने 'विश्वास' व्यक्त गरिएको छ। 'अर्को सपथ लिने/नलिने व्यक्तिको स्वेच्छाको कुरा हो'- फैसलामा भनिएको छ- 'पुन सपथ लिनुपर्छ भनेर परमादेश जारी गर्न मिल्दैन तर संविधानको पालना उपराष्ट्रपतिले गर्नुहुने हुँदा फेरि सपथ लिनुहुनेछ भन्ने विश्वास छ।''अदालतको आदेशपछि पुनः सपथ गर्ने वा पद छाड्ने दुई विकल्प उहाँका अघि देखिएको छ'- फैसलापछि उक्त रिटका निवेदक बालकृष्ण न्यौपानेले लिम्वूवान डट व्लगस्पोट डटकमसँग भने। रिटको पक्षमा निवदेशक न्यौपाने सहित अधिवक्ताहरू टीकाराम भट्टराई, माधवकुमार बस्नेत, कुमार रेग्मी, राजकुमार थापा र कञ्चनकृष्ण न्यौपानेले बहस गरेका थिए। उपराष्ट्रपति झाले अन्तरिम संविधानको धारा ३६ को 'झ' २ को अनुसूची २ को प्रतिकुल हुने गरी सपथ लिएकाले नेपाली भाषामा सपथ लिन रिटमा माग गरिएको थियो। रिटमा नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय र राष्टपतिको कार्यालयलाई विपक्ष बनाइएको थियो।हिन्दीमा सपथ लिएपछि २०६५ साउनमा उपराष्ट्रपतिले देशव्यापी विरोध सामना गर्नुपरेको थियो। मुलुकबासीबाट चर्को विरोध भएपछि त्यसलाई मत्थर पार्न १४ साउनमा उपराष्ट्रपति झाले देशबासीका नाममा अपिल जारी गर्नुपरेको थियो। उनले अपिलमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र सबै नागरिकको सम्मानमा कुनै पनि प्रकारको प्रतिकूल प्रभाव पार्ने मनसाय नरहेको प्रस्टीकरण दिएका थिए। हिन्दी भाषामा शपथ लिएको विरोधमा तराईका मैथिलिभाषीले समेत विरोध जनाएका थिए। उपराष्ट्रपति झाभन्दा अघि संविधान सभा सदस्यहरुले आफूखुशी भाषामा शपथग्रहण गरेका थिए। उक्त विषय भने विवादमा आएको थिएन।सर्वोच्चको अस्थायी न्यायाधीश हुँदा ६ सय ६९ किलो चरेससहित पक्राउ परेका व्यक्ति दिलबहादुर गुरुङलाई २०६३ असार १५ मा निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएपछि झा विवादमा तानिएका थिए। आर्थिक प्रलोभनमा परेर लागूऔषध तस्करलाई सफाइ दिएको विवादपछि अनुसन्धानका लागि सर्वोच्च अदालतले न्यायाधीश अनुपराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।चरेस काण्डकै कारण स्थायी न्यायाधीश बनाउन अनुपयुक्त ठहर गर्दै न्यायपरिषदले पुनरावेदन अदालत बिराटनगर सरुवा गरेपछि कानुन व्यवसायीहरूले उनको बेन्च बहिष्कार गरेका थिए। त्यसपछि न्यायसेवाबाट बाहिरिएका झालाई फोरमले उपराष्ट्रपतिको रुपमा अघि सारेर राजनीतिमा प्रवेश गराएको थियो।