News

Jul 28, 2013

गीतकार प्रतिमा विवश राईको गीति संग्रह हंगकंगमा बिमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सन् २०१३ जुलाई २२ तारिख सोमबार दिन हंगकंग स्थित जोर्डन हंगकंग नेपाली महासंघको कार्यालयमा नेपालबाट हंगकंग भ्रमणमा आउनु भएको बेला गीतकार प्रतिमा विवश राईको गीति संग्रह
आकास धर्ती र सपनाहरु प्रमुख अथिति नेपाली साहित्य प्रतिष्ठान हंगकंगका अध्यक्ष टंक सम्बाहाङ्फे लगायत अन्य अथितिहरुको बाहुलीबाट बिमोचन गरिएको थियो । प्रमुख अथिति नेपाली साहित्य प्रतिष्ठान हंगकंगका अध्यक्ष टंक सम्बाहाङ्फेले नेपालबाट हंगकंग आएर गीतकार प्रतिमा विवश राईले गीति संग्रह आकास धर्ती र सपनाहरु बिमोचन गराएर नया इतिहास बनाउनु भएको कुरा बताउनु भयो । गीतकार प्रतिमा विवश राईले हंगकंग बसोबास गर्ने नेपालीहरु माझ आफ्नो सपना बाडन आएको र यो पुस्तक अन्य दस मुलुकमा पुर्याउने लक्ष्य रहेको कुरा बताउनु भयो । त्यसरी नै  ुशुभ कामना मन्तब्य साहित्यकार चन्द्र मादेन आन्छान,डी बि पालुङ्वा,शिब लामिछाने राज कुमार राई आदिले दिएका थियो । सभाअध्यक्ष बुद्धिबहादुर सुनुवारले साहित्यकार गीतकार प्रतिमा विवश राईलाई हंगकंगमा सम्मान गर्न पाउदा गौरब लागेको कुरा बताउनु भयो । कार्यक्रम संचालन बुद्धिमान पाख्रिनले गरेका थिए र धरान हंगकंग मंचको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुद्वारा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१३ साउन,लामो समयदेखि स्वतह स्थायी हुनु पर्ने माग राख्दै आएका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ११ बुँदे माग अघि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन १६ गते विहान साढे ११ बजेदेखि विहान एक घण्टा सामान्यप्रशासन मन्त्रालयमा धर्ना, साउन १८ गते विहान साढे ११ बजेदेखि एक घण्टा अर्थमन्त्रालयमा धर्ना र साउन २१ गते कर्मचारीहरुले काम बन्द गर्ने, सरकारी र रातो नम्बर प्लेट भएका सरकारी सवारी साधन चल्न नदिने रहेको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजन कार्कीले आफूहरुको मागलाई सरकारले पुरा गर्न तदारुकता नदेखाए थप कडा आन्दोलनको कार्यक्रम जारी गर्ने चेतावनी दिनुभयो । उहाँले सरकारी सेवामा रहे पनि आफूहरुलाई सरकारले विभेद गरेको भन्दै सबै खाले विभेदको अन्त्य गर्नु पर्ने जिकिर गर्नु भयो । संघले २४० दिन काम गरिसकेका सबै अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई स्वतह स्थायी गर्नुपर्ने, स्थायी सरह तलब भत्ता, पोशाक विदा खर्चा , विमा, सञ्चय कोष र ग्रेडको ब्यवस्था गर्नुपर्ने, २०५७ सालको बजेट मार्फत रोकिएको स्थायी प्रक्रिया रोकिनु पर्ने, संविधानसभाको निर्वाचनमा जुन ठाँउमा कार्यरत त्यही मतदान गर्न पाउने ब्यवस्था, ठेकेदारी कर्मचारीलाई न्यूनतम १८ हजार ४० सय र ज्यालादारीको हकमा दैनिक ६५० रुपैया कायम गरिनुपर्ने श्रमजीवि पत्रकार ऐन लागु गर्नु पर्ने लगायतका मागहरु अघि सारेको छ ।

बैद्य माओवादी चुनावप्रति सकारात्मक नभएको समितिको निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१३ साउन,उच्चस्तरीय राजनीतिक समितिले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी चुनावप्रति सकारात्मक नरहेको निष्कर्ष निकालेको छ । बिनासर्त वार्तामा आउन दुईपटक आग्रह गर्दा पनि हालसम्म वार्तामा नआएकामा गम्भीर आश्चर्य व्यक्त गरेको छ । समितिको कार्यालय, नयाँ बानेश्वरमा आइतबार बसेको बैठकले बैद्य माओवादीलाई वार्तामा ल्याउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका नेता रघुजी पन्तले अब पनि वार्तामा नआए बैद्य माओवादीलाई नपर्खने बताउनुभयो । वार्तामा आउँछु भनेर वार्ता समिति पनि गठन गर्ने तर वार्तामा नआउने स्थितिप्रति आफूहरू आश्चर्यमा परेको उहाँले बताउनुभयो । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले सो पार्टी र मोर्चाले वार्तामा आउन गरेको सार्वजनिक प्रतिबद्धताविपरीत हालसम्म वार्तामा नआएकोबारे बैठकले आश्चर्य व्यक्त गर्दै पुनः वार्ताको आहृवान गरेको बताउनुभयो । राजनीतिक समितिको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिन गठित कार्यदलले सुझाव प्रस्तुत गरेको छ । कार्यदलले संविधानबमोजिम निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भए पनि कतिपय विषयमाथि शीर्ष नेता तहमा छलफल गर्न सुझाव दिएको छ । कार्यदलले संविधानमा निर्वाचन क्षेत्रको संख्या दुई सय ४० रहेको, पुरानो दुई सय पाँचको संख्यामा हेरफेर गर्न नसकिने, तराई/मधेसमा जनसङ्ख्याको वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बढ्नुपर्ने र पहाडमा पनि जनसङ्ख्याको वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बढ्नुपर्ने अवस्थाका कारण क्षेत्र निर्धारणमा जटिलता देखिएकोले शीर्ष तहमा छलफल गरेर सहमतिमा पुग्न सुझाएको छ ।

पत्रकारको तलब कम्तिमा १५ हजार पुर्याउनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बढ्दो महँगीलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकारको तलब कम्तिमा १५ हजार रुपैयाँ हुनुपर्ने प्रस्ताव पेश भएको छ । सरकारी कर्मचारीको तलब वृद्धि हुँदा महँगी बढेको भन्दै पत्रकार महासंघका सदस्य बालकृष्ण बस्नेत र सूर्यमणि गौतमले यस्तो प्रस्ताव पेश गरेका हुन् । विगत २ वर्षदेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको आधारमा पत्रकारहरुको न्यूनतम पारिश्रमिकको सबैभन्दा ठूलो अंक १० हजार ८ सय रहेको छ । बजार अवस्था र मूल्य वृद्धिसँग श्रमजीवी पत्रकारलाई तोकिएको न्युनतम पारिश्रमिक मेल नखाने हुनाले कम्तिमा १५ हजार रुपैयाँ हुनुपर्ने प्रस्तावमा उल्लेख छ । पत्रकार महासंघको पोखरामा भएको अधिवेशन टुंगोमा नपुगेको उल्लेख गर्दै विशेष महाधिवेशन गर्नको लागि समेत उक्त प्रस्तावमा माग गरिएको छ । तलब माग्दा पत्रकारमाथि हुने गरेको दुर्व्र्यबहारबारे पनि महासंघले छलफल गर्नुपर्ने र व्यवस्थापकसहितको प्रतिनिधित्व अनिवार्य गराई अनुगम गर्नुपर्ने समेत माग गरिएको छ ।

एमाओवादीद्वारा २४० निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य परिचालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीले एक महिने चुनावी अभियान थालेको छ। अभियानका क्रममा देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यहरु खटिने प्रवक्ता अग्नि सापकोटाले बताए। साउन ४ देखि ६ गते सम्म काठमाडौंमा सम्पन्न केन्द्रीय विस्तारित बैठकले केन्द्रीय सदस्यहरुलाई निर्वाचन क्षेत्रमा पठाउने निर्णय गरेको थियो। 'जन सम्वन्ध' नाम दिइएको एक महिना सम्म चल्ने अभियानले गाउँसम्म पुगेर पार्टीको वर्तमान अवस्थाबारे मूल्याङकन गर्ने र चूनावी रणनीति बनाउने बताइएको छ। निर्वाचन क्षेत्रमा पुगेका केन्द्रीय सदस्यले सो क्षेत्रबाट संविधानसभा निर्वाचनमा कसलाई टिकट दिने भन्ने सुझाव पनि दिने छन्। 

उच्चस्तरीय राजनीतिक समितिमा क्षेत्र निर्धारणबारे छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१३ साउन,उच्चस्तरीय राजनीतिक समितिको बैठक अहिले जारी छ । समितिको कार्यालय नयाँ बानेश्वरमा जारी बैठकमा निर्वाचन क्षेत्र निर्धारणका बारेमा छलफल हुने छ । दलहरुबीचको फरक फरक अडानलाई सहमतिमा ल्याउन बैठकमा पहल गरिने एमाले नेता रघुजि पन्तले जानकारी दिनुभयो । यसअघि २४० निर्वाचन क्षेत्र नबढ्ने गरी निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई अधिकार दिए पनि मधेसी दलहरुले बढाउनुपर्ने अडान लिएका छन् । बैठकमा आयोगका सदस्यहरुलाई पनि बोलाइएको छ । त्यस्तै नेकपा माओवादी सहितका असन्तुष्ट दलले राखेका मागका विषयमा छलफल हुनेछ । यसअघि नेकपा-माओवादीसँग भएको छलफलमा ११ र २५ बुँदे सहमति संसोधन गर्न तयार रहेको बताएका प्रमुख दलहरुले आज त्यस विषयमा छलफल गर्नेछन् । उनीहरुले राखेका मागमा कति लचक हुन सकिन्छ भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुनेछ । नेकपा-माओवादीले यो सरकारको विघटन गरि गोलमेच सम्मेलनबाट संविधान जारी गर्नुपर्ने माग गर्दै आएको छ ।

Jul 20, 2013

मंगल ग्रहमा समुद्र रहेको पुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वैज्ञानिक तथा खगोलशास्त्रीहरुले मंगल ग्रहमा पानी रहे नरहेको, जिवनको सम्भावना रहे नरहेको विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । मंगल ग्रहमा लाखौँ वर्षपहिले समुद्र रहेको भन्ने खालका कथनहरुमा वैज्ञानिकहरु एकमत नभएका भएपनि मंगल ग्रहमा पानीको अंश रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर पछिल्लो अनुसन्धानले भने मंगल ग्रहमा अबौँ वर्षपहिले विशाल समुद्र रहेको तथ्य पुष्टि गरेको छ । अमेरिकाको क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुले मंगल ग्रहमा अरबौँ वर्षपहिले मार्टिन नामको समुद्र रहेको सबूत फेला परेको दाबी गरेका हुन् । मार्टिन नामको उक्त समुद्रले मंगल ग्रहको एक तिहाइ भाग ओगटेको थियो । उक्त समुद्रको अवशेष अहिले पनि बाँकी रहेको बताइएको छ । मंगल ग्रहको हाइ रिजोलुसन तस्वीरको विश्लेषणबाट शोधकर्ताहरुले यस्तो निष्कर्षनिकालेका हुन् । यसैबीच मंगल ग्रहको अनुसन्धानका लागि एक वर्षघि पठाइएको क्युरोसिटी रोबरले एक किलोमिटर दुरी तय गर्दै किर्तिमान बनाएको छ । अघिल्लो वर्षो अगष्ट ५ मा मंगल ग्रहको सतहमा उत्रिएको क्युरोसिटी अब मंगल ग्रहको ग्लेनेग भन्ने क्षेत्रमा जानेछ जुन अहिलेको ठाउँभन्दा ८ किलोमिटर टाढा छ । त्यहाँ गएर क्युरोसिटीले मंगल ग्रहको वातावरण कसरी बदलिएको छ ? भन्ने कुराको अध्ययन गर्नेछ ।

सर्वोच्चको फैसलाविरुद्ध सद्भावनाले प्रदर्शन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ साउन,नागरिकताबिना मतदाता नामावलीमा नाम नलेखाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी सडक प्रदर्शन गर्ने भएको छ । सर्वोच्चको आदेशप्रति असहमति जनाउन भोलि आइतबार रत्नपार्क शान्तिबाटिकामा विरोध र्‍याली तथा वृहत सभा गरिने सद्भावनाका महासचिव मनिष सुमनले जानकारी दिनुभयो । सर्वोच्चको आदेशले मधेशी दलीत, आदिवासी, जनजाती, लगायतका समुदायलाई राज्यको मूलधारबाट वहिष्कृत गर्ने कार्यमा थप वल पुर्‍याएको सद्भावनाले बताएको छ । सर्वोच्च अदालतले असार ३१ गते नागरिकताबिना मतदाता नामावलीमा नाम नलेखाउन अन्तरिम आदेश दिएको थियो ।

ठूला जलविद्युत् आयोजनाहरूको अनुमतिपत्र खारेज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले समयमै नवीकरण गर्न नआउने र तोकिएको दस्तुरसमेत नतिरी जलविद्युत आयोजना मात्र ओगटेर बस्ने विभिन्न आयोजनाहरूको अनुमतिपत्र खारेज गरेको छ। सर्भे लाइसेन्स लिएका तर कुनै पनि आयोजनामा सर्भेको प्रक्रियासमेत अगाडि नबढाएका आयोजनालाई क्रमशः खारेज गर्दै जाने नीतिअनुरूप त्यस्ता आयोजनाहरू खारेज गरिएको हो। ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले फूलकोट कर्णाली, हुम्ला कर्णाली र मुगु कर्णालीलगायतका केही ठूला आयोजनाको अनुमतिपत्र समेत खारेज गरिदिएको छ। विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार गत आर्थिक वर्षको अन्तसम्म साना तथा ठूला गरी करिब ६०० वटा आयोजनाको विभिन्न शीर्षकमा दिइएको अनुमतिपत्र खोरज गरिएको जानकारी दिए। अनुमतिपत्र मात्र लिने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस खालको रणनीति अगाडि सारिएको विभागको भनाइ छ। त्यसरी खारेजीमा परेका आयोजनाहरूमध्ये फूलकोट कर्णाली, हुम्ला कर्णाली र मुगु कर्णालीको क्षमता क्रमशः २१० मेगावाट, २७४ मेगावाट र १९४ मेगावाट रहेका छन्। ती आयोजनाका प्रर्वद्धकमा भारतीय कम्पनीहरू रहेका छन्। फूलकोट कर्णाली इपिएस इनजी भारतले २०६६ साल जेठ १३ गते लिएको सर्भे लाइसेन्सको म्याद गत जेठ १२ गते सकिएको थियो। पटक पटक नवीकरण गर्न अनुरोध गरिएपनि नवीकरणमा नआएको कारण सो आयोजनाको सर्भे अनुमतिपत्र खारेज भएको हो। यस्तै हुम्ला कर्णाली र मुगु कर्णालीको अनुमतिपत्र भिल्वाडा इनर्जीले लिएको थियो। विसं २०६७ जेठ २४ गते सर्भे लाइसेन्स लिएको भिल्वाडाको म्याद गत जेठ २३ गते नै सकिएपनि विभागले नवीकरणका लागि आग्रह गरेको थियो। नवीकरण गर्न र प्रगति प्रतिवेदन पेश गर्न पटक पटक सार्वजनिक सूचना निकालिए पनि सम्बन्धित पक्षले कुनै सम्पर्क नगरेपछि विभागले त्यस्ता आयोजनाका प्रर्वद्धकहरूले लिएको अनुमतिपत्र खारेज गरेको विभागका सूचना अधिकृत पन्थको भनाइ छ। जलविद्युत्् क्षेत्रको लगानीलाई व्यावसायिक र मर्यादित बनाउन कडा कदम चाल्नु आवश्यक रहेको भन्दै उहाँले सर्भे लाइसेन्स लिएका कूल १०१ वटा आयोजनाको सबै लाइसेन्स खारेज गरिएको छ। खारेजीमा परेका ती आयोजनाहरूको कूल क्षमता दुई हजार ३४८ मेगावाट रहेको छ। विभागले परिवर्तित व्यवस्थाअनुसार लाइसेन्स नवीकरण गर्न र आयोजनाको प्रगति प्रतिवेदन समयमै बुझाउनसमेत आग्रह गरेको छ। विभागका सूचना अधिकृत पन्थ भन्छन्, 'जलविद्युत् क्षेत्रमा देखिएको विकृति तथा विसङ्गतिलाई कम गर्न पनि विधिको आवश्यकता थियो, सोही आवश्यकतालाई मध्यनजर गरेर समयमै अनुमतिपत्र लिन र म्याद सकिएपछि त्यसको प्रगति प्रतिवेदन बुझाउन र बढेको शुल्कअनुरूप दस्तुर बुझाउन आग्रह गरिएको हो।' विभागले सर्भे लाइसेन्स पाउँ भनी अनुमति मागेका ८३५ वटा निवेदनसमेत खारेज गरिदिएको छ। विधि तथा प्रक्रिया नपुर्या ई आएका र एउटै आयोजना स्थल भएका स्थानमा फरक–फरक व्यक्तिका नाममा आएका निवेदन खारेज गरिएको हो। खारेज भएका आयोजनामध्ये केहीको पुनः अनुमतिपत्रका लागि सार्वजनिक आह्वान गरिने र ठूला आयोजनाको हकमा भने सरकारले नै प्रक्रिया अगाडि बढाउने तयारी गरिएको बुझिएको छ।

प्रचण्डको प्रस्तावको विपक्षमा नारायकाजी श्रेष्ठ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश प्रचण्डको प्रस्तावको विपक्षमा तर्क राखेका छन्। पार्टी भित्र पद विभाजनमा विवाद देखिएपछि उपाध्यक्ष पदबाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएपछि पार्टी भित्रको विवाद मिलाउन हिजोबाट खन्ना गार्मेन्टमा सुरु भएको विस्तारीत बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको संगठनात्मक संरचना सम्बन्धित प्रस्ताव प्रति श्रेष्ठले विमति जनाएका हुन् । दाहालले विस्तारित बैठकमा अध्यक्षमात्रै रहने पार्टीको संगठनात्मक संरचना सम्बन्धि प्रस्ताव पेस गरेपछि श्रेष्ठले त्यसमा असहमति जनाएका हुन् । श्रेष्ठले एउटा टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा अध्यक्षको प्रस्ताव प्रति असहमति जनाएका हुन् । श्रेष्ठले हेटौँडा महाधिवेशनले तय गरेको सामूहिक नेतृत्वको विरुद्धमा जानु ठिक नभएको बताएका छन् । श्रेष्ठले पार्टीले सामुहिक निर्णयलाई बिर्सिएर बाबुराम भट्टराईले पद त्यागेकै नाममा पार्टीको संरचना नै परिवर्तन गर्न खोज्नु गलत भएको समेत बताएका छन् । श्रेष्ठले बाबुराम भट्टराईले चुनावको मुखमा आएर पद छोड्नु ठिक नभएको समेत बताएका छन् ।

नारायणकाजी र बोगटीले राजीनामा दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले पदबाट राजीनामा दिएका छन्। शुक्रबार बैठक उद्घारटन हुनुअघि बसेको पदाधिकारी बैठकमा श्रेष्ठ र बोगटीले अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएका थिए। शनिबार समूह छलफलमा श्रेष्ठ र बोगटीको 'राजीनामा के हो भनी' छलफलमा सहभागीहरुले प्रश्न गरेपछि राजीनामा दिएको खुलासा भएको हो। उनीहरुले त्याग भन्ने आदर्शवादी सोँच हो। हामीले पद खाली गर्नका लागि राजीनामा दिएका हौं भनेका थिए। सहभागीहरुले छलफलमा भट्टराईको पदत्याग, श्रेष्ठ र बोगटीको राजीनामाको छुट्टाछुट्टै मूल्यांकन हुनुपर्ने बताएको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए।

Jul 18, 2013

उत्तर कोरियाले सैनिक परेडका लागि क्षेप्यास्त्र तयार गर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कोरियाली युद्धपछि उत्तर कोरियाले यस महिनाको अन्त्यतिर आफ्नो ६० औँ वाषिर्कोत्सव मनाउन व्यापक सैनिक परेड आयोजना गर्न विभिन्न प्रकारका क्षेप्यास्त्र परिचान गर्न थालेको समाचार सोलमा केन्द्रीय कार्यालय रहेको योनहाप समाचार संस्थाले दिएको छ । स्याटलाइट चित्रमा दश हजार भन्दा बढी उत्तर कोरियाली सैनिकले प्योङयाङको मिरिन विमानस्थलमा परेडको अभ्यास गरेको देखाइएको छ । दक्षिण कोरियाली सैनिक स्रोतले छोटो तथा मध्यम दूरीको क्षेप्यास्त्र मोबाइल प्रक्षेपणमा राखिएको देखिएको समाचारमा उल्लेख गरिएको छ । सोलमा सैनिक अधिकारीहरूले यस परेडमा उत्तर कोरियाले हालै विकास गरेको पारमाणविक क्षेप्यास्त्र पनि प्रदर्शन गर्नेछ वा छैन भनी निकै ध्यान दिएर हेरेको भनी योनहाप समाचार संस्थाले उल्लेख गरेको छ । दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले सैनिक परेड जुलाई २७ का लागि तयार भएको र त्यो दिन उत्तर कोरियामा विजय दिवसको रूपमा मनाइने गरिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता वी योङ सोबले यो सैनिक विषय भएको र यसमा विस्तृत विवरण दिन नसकिने बताउनुभयो । फेब्रुअरी महिनामा उत्तर कोरियाको सत्ताधारी कम्युनिस्ट पार्टीले सैनिक परेड आयोजना गर्ने त्यसमा आतसवाजी प्रदर्शन गरिने जानकारी दिएको थियो । यसबीच उत्तर कोरियाली नेता किम जोङ उनले युद्ध सङ्ग्रहालय भ्रमण गर्नुभएको प्योङयाङको कोरियाली केन्द्रीय समाचार संस्थाले बिहीबार समाचार दिएको छ । सन् १९५० देखि ५३ सम्मको युद्ध शान्ति सम्झौतामा नभइ युद्ध विराममा टुङ्गिएकाले दुई कोरिया अझै युद्धको अवस्थामा छन् । उत्तर कोरियाले यो युद्धविराम भङ्ग गर्ने चेतावनी दिँदैआएको छ ।

प्रत्यक्षतर्फका २ सय ४० वटा चुनाव क्षेत्रको संख्या बढ्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२ साउन,प्रत्यक्षतर्फका २ सय ४० वटा चुनाव क्षेत्रको संख्या बढ्ने भएको छ । सरकारले हालै ताहिर अलि अन्सारीको अध्यक्षतामा गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगलाई भने दुई सय ४० क्षेत्रलाई नबढाई क्षेत्र निर्धारण गर्न भनिएको छ । तर, मधेसमा ५ सीट थप्नुपर्छ भन्ने मधेसी दलहरुको मागलाई सम्बोधन गर्दै प्रत्यक्षतर्फको २ सय ४० सदस्यीय सीटसंख्या बढाउन प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका हुन् । यसबारे राजनीतिक समितिका नेताहरूले हालै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग समेत छलफल गरिसकेका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारी र उच्चस्तरीय राजनीतिक समितिवीच दुई दिन अघि भएको छलफलमा प्रत्यक्षतर्फका २ सय ४० सीटलाई बढाउनेबारे छलफल भएको हो । छलफलमा सहभागी एक नेताले दिएको जानकारीअनुसार आयोगका सदस्य नेत्र धितालले देशभरिबाट २५ सीट थप्नुपर्ने धारणा रहेको नेताहरुलाई बताउनुभएको थियो । त्यसपछि छलफल सकेर बाहिर निस्कने क्रममा तमलोपाका नेता हृदयेश त्रिपाठीले आयोगले २५ सीट थप्न आग्रह गरेको प्रतिक्रिया दिनुभएको थियो ।

म्यानमारका सबै राजनीतिक बन्दी रिहा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१ साउन, लन्डन,म्यानमारका राष्ट्रपति थाँ सेनले म्यानमारका जेलमा रहेका राजनीतिक बन्दीलाई यसै वर्षको अन्त्यसम्ममा रिहा गरिसक्ने घोषणा गर्नुभएको छ । औपचारिक भ्रमणका लागि लन्डनमा पुग्नुभएका राष्ट्रपति थाँले म्यानमारमा सशस्त्र विद्रोह गरिरहेका जातीय समूहसँग पनि यसैहप्ता युद्ध बिराम हुने बताउनुभयो । लन्डनमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो- म तपाईँहरुलाई यो सुनिश्चित गर्न चाहन्छु कि यस वर्षको अन्त्यसम्ममा म्यानमारको जेलमा कुनैपनि राजनीतिक बन्दी रहने छैनन् । करिब आधा शताब्दिदेखि जारी रहेको सैनिक सरकारबाट प्रजातान्त्रिक सरकारका रुपमा परिवर्तनको अभ्यासमा हाल म्यानमार रहेको उहाँले बताउनुभयो । यसै हप्ताको अन्त्यसम्ममा हामीले देशव्यापी रुपमा यद्धबिराम गर्ने बताउँदै उहाँले भन्नुभयो- ६० वर्षदेखि पहिलोपटक हामीले हतियार बिसाउँदै छौँ र यो हतियार अब सायद कहिल्यै पनि उठ्नेछैन । सन् २०१० पछि म्यानमार राजनीतिक सुधारका लागि अग्रसर भइरहेको छ । सोही समयमा नै म्यानमारको सैनिक सरकारको थुनामा रहेकी त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पनि जेलमुक्त गरेको थियो ।

३ करोड धरौटी नबुझाएपछि डन गणेश लामा जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२ साउन,विशेष अदालतमा मागेको ३ करोड धरौटी नबुझाएपछि डन गणेश लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको छ । जेल जानु अघि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामाले आफू राजनीति गर्ने मान्छे भएको भन्दै आफूलाई फसाएको दावी गरे । उनले भने-’यो सुनियोजित हो । म राजनीतिकर्मी हो । म आश गर्छु मैले अदालतबाट न्याय पाउँछु ।’ अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमन भट्टराई र भुपेन्द्रप्रसाद राईले इजलासले बिहीबार थुनछेक बहसपछि लामासँग ३ करोड धरौटी मागेको थियो । धरौटी नबुझाएपछि लामालाई थुनामा पठाइएको अदालतका रजिष्टार धिरबहादुर चन्दले जानकारी दिनुभयो । बहस नसकिएकाले लामालाई बुधबार प्रहरी प्रभाव सिंहदरवारमा न्यायीक हिरासतमा पठाइएको थियो । लामा बाबु, भाई र दलबलसहित बुधबार विहान अदालतमा उपस्थित भएपछि बहस सुरु भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ डनविरुद्ध गत जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । परशुराम बस्नेत २ करोड धरौटीमा छुटेका छन् भने चक्रे मिलन जेलमा छन् । अब दिपक मनाङ्गे र अभिशेक गिरीको मुद्दामा सुनुवाई हुन बाँकी छ ।

नेकपा-माओवादीलाई वार्तामा आउन सरकारको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले नेकपा-माओवादी लगाएत ३३ राजनीतिक दललाई वार्तामा आउन आग्रह गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठक पछि बाहिरिदै सूचना तथा संचारमन्त्री माधव पौडेलले भने, 'नेकपा-माओवादी लगाएत ३३ राजनीतिक दललाई वार्तामा आउन सरकारले पुनः आग्रह गरेको छ ।' नेकपा-माओवादीको तर्फबाट अध्यक्ष मोहन बैद्यको नेतृत्वमा वार्ताटोली गठन गरीएकोमा उक्त टोलीको सरकारले स्वागत गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दिपायल, सुर्खेत, पोखरा, हैटौंडा र धनकुटामा क्षेत्रीय कार्यालयहरु खोल्ने निर्णय गरेको छ । नेपाली सेनाका विकास निर्देशनालयमा कार्यरत प्राविधिक तर्फका महासेनानी शरदलाल श्रेष्ठलाई एक तह बढुवा गरेको सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिए । प्रधानसेनापति गौरब शमशेर राणाको भदौ २१ देखि २७ सम्म हुने बेलायत भ्रमणलाई आजको बैठकले स्विकृति प्रदान गरेको छ ।