News

Apr 29, 2009

मीनबहादुर रायमाझीलाई प्रधानन्यायाधीशमा सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १६ - संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश मीनबहादुर रायमाझीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । आउँदो वैशाख २१ गतदेखि रिक्त हुने उक्त पदमा वरिष्ठताका आधारमा रायमाझी छनौट भएका हुन् । उनी प्रधानन्यायाधीशका लागि योग्य ६ न्यायाधीशमध्ये सवैभन्दा वरिष्ठ थिए । सरकारको नेतृत्व गरेको माओवादीले परिवर्तनलाई आत्मसाथ गर्नेलाई यो पदमा ल्याइनुपर्ने र वरिष्ठतालाई मात्र आधार मान्न नहुने वताउँदै आएपनि अन्ततः पुरानै मान्यता अनुरुपको निर्णय गर्न सहमत भएको हो । प्रधानन्यायाधीशका लागि सिफारिस उनको नाममा संसदीय सुनुवाई विशेष समितिमा पठाइने छ । त्यहाँबाट पारित भएपछि उनको नियुक्ती हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतमा वुधवार वेलुकापख वालुवाटारमा वसेको परिषद् वैठकले रायमाझीलाई सर्वसम्मत प्रधानन्यायाधीशमा छनौट गरेको हो ।

ज्ञानेन्द्र र पारसबीच सम्बन्ध झन् बिग्रियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र र उहाँका पुत्र पारसबीच अहिले सम्बन्ध झन् बिग्रिएको छ। पूर्वयुवराज पारस सिंगापुरबाट फर्किएको दुइ साता नाघे पनि बाबुछोराबीच भेटघाट र बोलचालसमेत भएको छैन। सिंगापुरमा रहँदा त्यहाँको दैनिक द न्यु पेपरलाई अन्तर्वार्ता दिँदै पूर्वयुवराज पारसले आफना पिता ज्ञानेन्द्रप्रति आक्रोश व्यक्त गर्नुभएको थियो र सो अन्तर्वार्ताले गर्दा सम्बन्धमा झन् दरार उत्पन्न भएको थियो। उहाँले अन्तर्वार्तामा भन्नुभएको थियो- म उहाँ (ज्ञानेन्द्र)लाई सधै नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थे जसले नेपाललाई अगाडि बढाउन सक्थे तर उहाँले सधै बूढापाकाको मात्रै कुरा सुन्नुभयो। पूर्वयुवराज पारसले आफना बाबु ज्ञानेन्द्रसँग बस्न नसक्ने भएपछि देश छोडेको र त्यस बेला नेपालमा रहनु आफना लागि सुरक्षित नभएको बताउनुभएको थियो तर नेपाल फर्किएपछि दुवै जना निर्मलनिवासभित्रै हुनुहुन्छ तथापि भेटघाट भने छैन।पारसको नेपाल आगमनको दुइवटा उद्देश्य भएको उहाँका निकटस्थहरूले बताएका छन्। सिंगापुरमा व्यापार गर्न बाबुसँग पैसा माग्नु र नेपालमा पार्टीठनका लागि सहयोगीहरूसँग छलफल गर्नु आगमनको उद्देश्य भए पनि पारसका यी दुवै उद्देश्य भने पूरा नहुने भएका छन्। सिंगापुरको सो दैनिकलाई पारसले पार्टी खोलेर ब्यालेटको सहयोगबाट सत्तामा पुग्ने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा सुधार आएपछि सेयरको कारोबार गर्ने बताउनुभएको थियो।नेपाल फर्किएपछि बाबुछोराबीच भेटघाटसम्म नहुनुले उहाँले व्यापारमा लगाउने पैसा पाउने स्थिति नदेखिएको पारसका सहयोगीहरूले जानकारी दिए। बाबुछोरा दुवै निर्मलनिवासमै बसेका छन् तर खाना खाने समयमा पनि एकसाथ कहिल्यै हुँदैनन्। ज्ञानेन्द्र सधैँ नियमित समयमा खाना खान आउनुहुन्छ तर पारस भने खाना खान कहिले पनि समयमा आउनुहुन्न -स्रोतले भन्यो।पारस निर्मलनिवासमा बसेका कारण पूवराजा ज्ञानेन्द्र गणतन्त्र घोषणापछि नेपाल सरकारसँग आग्रह गरेर नागार्जुन दरबार जानुभएको थियो।पछिल्लो समयमा पारस सिंगापुर गएपछि उहाँ निर्मल निवास आउनुभएको हो। चार महिनायता पूव राजा ज्ञानेन्द्र निर्मल निवासमा आएर मुख्य भवनमा बस्नुभएपछि पारस भने सिंगापुरबाट फर्किएर निर्मल निवासकै पछाडि उत्तरतर्फो भवनमा बस्दै आउनुभएको छ।के पारसले अन्तर्वार्तामा भनेजस्तै पार्टी खोल्ने काम अगाडि बढ्छ त भन्ने प्रश्नमा पारसका सहयोगीले ठट्टापूणॅ जवाफ दिए- पार्टीम्छ। पारसका अत्यन्त सहयोगीको रूपमा रहेका पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका छोरा प्रवञ्जन सिंह, नीर शमशेरका नाति राजेश राणा र धीरेन्द्रका ज्वाइँ राजीव शाही हरेक दिन ३:३० बजे निर्मल निवासमा भेट हुन्छन् र मदिरापान गर्दै राति करिब १० बजेसम्म पार्टी खोल्ने कुरा गर्दै जम्ने र र्फकने गरेका छन्।पारसले अन्तर्वार्तामा आफनो पार्टी युवा, बैंकर्स, प्रोफेसनल र देशका लागि भिजन भएकाहरूलाई सामेल गर्ने बताए पनि हाल पार्टीथापनका लागि ग्याङ स्टारहरूसँग कुरा गरिरहेको पाइएको छ। शाहज्यादा हुँदा पारसको ग्याङ स्टारहरूसग राम्रो सम्बन्ध थियो तर पछि ज्ञानेन्द्र सत्तामा आएपछि भने पारसले विभिन्न ग्याङहरूलाई लडाएर सिध्याउने काम थालेपछि कटुतापूणॅ सम्बन्ध शुरू भएको थियो। पारसको नेपाल आगमनले उहाँको पारिवारिक वातावरण भने केही सुध्रिएको जस्तो देखिएको छ। पत्नी हिमानीसमेत पारससँग सिंगापुरमा बस्न नसकेर फर्किए पनि पारस नेपाल फर्किएपछि भने सम्बन्ध मधुर नै रहेको स्रोतले बतायो।

३९ सभासद्ले जनताका सुझाव हेर्दै हेरेनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान बनाउन जनताबाट संकलित सुझाव विश्लेषण गर्न अधिकांश सभासद्लाई भ्याइनभ्याई छ । तर, संविधानसभामा यस्ता पनि सभासद् छन् जसलाई जनताका सुझाव हेर्ने जाँगर छैन । संविधानसभाको कार्यतालिकाअनुसार सभासद्हरूले जनताका सुझाव १० वैशाखभित्र विश्लेषण गरी अवधारणापत्र र प्रारम्भिक मस्यौदा तयार गरिसक्नुपर्ने थियो । यसका लागि सचिवालयले सबै सभासद्लाई जनताका सुझाव वितरण गरेको थियो । तर, ३९ सभासद्ले अहिलेसम्म आफ्नो जिम्माका सुझावपत्र हेरेकासमेत छैनन् । संविधानसभाका समितिहरूका अनुसार केही सभासद्ले आफू बिरामी रहेको जनाएका छन्, केही विदेश छन् भने केही सम्पर्कमै छैनन् । केही सभासद्ले भने तराई बन्दका कारण काठमाडौं आउन नसकेको गुनासो पठाएका छन् । तोकिएको समयमा सभासद्हरूले काम नगरेपछि बुधबार मात्रै संविधान निर्माणको कार्यतालिका परिवर्तन गरी समयावधि बढाइएको छ । जनताका सुझाव नहेर्नेमा विभिन्न दलका शीर्ष नेतासमेत छन् । मधेसी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, फोरम नेता तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदार, कांग्रेस महामन्त्री कुलबहादुर गुरुङ, एमाले नेता तथा पर्यटनमन्त्री किरण गुरुङ, सुरेन्द्र पाण्डेयलगायतले पनि जनताबाट आएका सुझाव विश्लेषण गर्ने जिम्मेवारी पूरा गरेका छैनन् । जनताबाट आएका सुझाव कुन 'मेथड'बाट विश्लेषण गर्ने भन्नेमा संविधानसभा सचिवालय लामो समय अन्योलमा परेको थियो । गत चैतको अन्तिम साता मात्रै सम्बन्धित समितिको कार्यक्षेत्रअन्तर्गत आएका सुझाव समितिका सदस्य सभासद्हरूले नै विश्लेषण गर्ने निर्णय सचिवालयले गरेको थियो । त्यसपछि सबै समितिले आफूकहाँ आएका सुझाव दामासाही गरेर विश्लेषण गर्ने जिम्मा सभासद्हरूलाई दिएको थियो । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सबै समितिका सभापति र प्रमुख दलहरूका सचेतकहरूको समेत उपस्थितिमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सुझाव विश्लेषण गर्ने कार्यतालिका नै बनाएका थिए । सबै समितिले आफ्ना सभासद्लाई जनताबाट आएका सुझाव विश्लेषण गर्ने सम्बन्धमा पटक-पटक फोनमार्फत जानकारी गराउँदै आएका पनि छन् । कतिपय सभासद् व्यवस्थापिका-संसद्को बैठकमा उपस्थित भए पनि सुझाव विश्लेषण गर्ने काममा भने सहभागी बन्दैनन् । 'हामीले त माननीयज्यूहरूलाई जानकारी गराएको हो । तपाईंहरू अनिवार्य रूपमा आउनैपर्छ र हेर्नैपर्छ भनेर हामीले भन्न सक्ने कुरा भएन,' समितिका एक सचिवले नयाँ पत्रिकासित भने । सुझाव नहेर्नेमा संवैधानिक समितिका मात्रै १३ सभासद् छन् । यो समितिमा प्रायः सबै दलका शीर्ष नेता छन् । समितिका सचिव टेकप्रसाद ढुंगानाका अनुसार समितिले सुझावहरू सभासद्हरूलाई वितरण गरेको दिन अनुपस्थित भएका सभासद्हरूले हेर्न पाएनन् ।
जनताका सुझाव नहेर्ने सभासद्
१) मणि खम्बू २) उमाकान्त चौधरी ३) लक्की शेर्पा ४) रामशिला ठाकुर ५) मातृका यादव ६) लेखराज भट्ट ७) अर्जुनप्रसाद जोशी ८) रामवचन अहिर यादव ९) सञ्जयकुमार साह १०) खोभारी राय ११) रामनाथ ढकाल १२) आमोद उपाध्याय १३) राधेश्याम अधिकारी १४) विमला नेपाली १५) अकवाल अहमद साह १६) उपेन्द्र यादव १७) कुलबहादुर गुरुङ १८) केशव मैनाली १९) गायत्री साह २०) बबन सिंह २१) महेन्द्र पासवान २२) रामचन्द्र पासवान २३) रामचन्द्र पौडेल २४) रूपा विक २५) रेणु चन्द २६) विजय गच्छेदार २७) विश्वेन्द्र पासवान २८) सुरेन्द्र पाण्डेय २९) नीलम वर्मा ३०) विमला मिजार ३१) सुमित्रादेवी राय यादव ३२) नवराज धामी ३३) रामकुमारीदेवी यादव ३४) रामनरेश राय ३५) उर्मिला महतो कोइरी ३६) देवीलाल थापा ३७) मानसिंह राजवंशी ३८) किरण गुरुङ ३९) विजयकुमार यादव

शान्ति-सम्झौताप्रति प्रधानसेनापति प्रतिबद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ वैशाख प्रधानसेनापति र उनका सहकर्मी दुईजना वरिष्ठतम् सैनिक अधिकारीले संविधान, प्रचलित कानुन र विगतका शान्ति-सम्झौताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् । सेनाका तीनैजना शीर्षस्थ अधिकारीले शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन राज्य र जननिर्वाचित प्रतिनिधिहरूलाई हरेक सहयोग गर्ने तत्परता पनि व्यक्त गरेका छन् । प्रधानसेनापति रुक्मांगद कटवालले बुधबार अपराह्न विज्ञप्ति जारी गरी सैनिक नेतृत्वमा मनमुटाव भएको समाचार खारेज गर्दै सेना चेन अफ कमान्डमा प्रतिबद्ध रहेको बताएका छन् । सेनाको दोस्रो र तेस्रो वरियताका बलाध्यक्ष कुलबहादुर खड्का र बलाधिकृत छत्रमानसिंह गुरुङले पनि कटवालको भनाइप्रति समर्थन जनाएका छन् । 'प्रधानसेनापतिले भन्नुभएको कुराप्रति मेरो पूर्ण सहमति, समर्थन र प्रतिबद्धता छ,' खड्का र गुरुङले हस्ताक्षर गरेका छन् । उनीहरू तीनैजनाले सेनाको गैरराजनीतिक चरित्रलाई कायम राख्दै संस्थागत विकास गर्न र राष्ट्रिय चरित्रलाई अझ व्यापक र जनताकेन्दि्रत बनाउन सेना सक्षम रहेको बताएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार अपराह्न सेनापतिसहित खड्का, गुरुङ र उच्चपदस्थ अधिकृतहरू उपस्थित समारोहमा सेनाको संगठनात्मक ऐक्यबद्धतामाथिको प्रतिबद्धता गरिएको थियो । स्रोतका अनुसार सेनापति कटवालले प्रस्तुत गरेको विज्ञप्तिमा बलाध्यक्ष र बलाधिकृतले हस्ताक्षर गरेका हुन् । प्रधानसेनापतिकै कार्यालयमा प्रतिबद्धतासम्बन्धी भिडियो पनि रेकर्ड भएको थियो । भिडियोमा प्रधानसेनापतिले दायाँ-बायाँ खड्का र गुरुङलाई राखेका छन् । बुधबारै बोलाइएको वरिष्ठ जनरलहरूको बैठकमा सेनापति कटवालले वरिष्ठ अधिकारीहरूबीच फाटो आएको प्रचार भइरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए । स्रोतका अनुसार कटवालले सो बैठकमा सरकारबारे कुनै टिप्पणी गरेनन् । बैठकमा कटवालसहित दुई रथी, उपरथीहरू तोरणजंगबहादुर सिंह, गौरवशमशेर राणा, अनिलजंग थापा, अनन्त थेबे, नेपालभूषण चन्द, सहायकरथी केशव महतलगायत सहभागी रहेको सैनिक स्रोतले जनाएको छ । सैनिक अधिकारीहरूको बैठक अपराह्न २ बजेतिर बोलाइएको थियो भने विज्ञप्ति अपराह्न चार बजे तयार पारिएको थियो ।

संविधान निर्माण कार्यतालिका फेरि हेरफेर हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधान निर्माणका लागि संविधानसभाले तयार गरेको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले कार्यतालिका हेरेफेर गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार बुधबार बस्ने संविधानसभा बैठकले कार्यतालिका हेरफेर गर्नेछ । समितिहरूले आगामी ८ जेठभित्र अवधारणा र प्रारम्भिक मस्यौदा तयार गरिसक्ने र ९ जेठदेखि ३१ असारसम्म संविधानसभा बैठकमा प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने गरी कार्यतालिका हेरफेर गरिने भएको छ । साउन र भदौमा संवैधानिक समितिले मस्यौदाको एकीकृत रूपमा छलफल गर्ने तथा १ देखि २५ असोजसम्म संविधानको मूल मस्यौदामा सैद्धान्तिक छलफल गरिनेछ ।

ससुरासँगको यौनसम्बन्ध लुकाउन छोरीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ससुरासँगको यौनसम्बन्ध लुकाउन सुनसरीकी एक महिलाले आफ्नै पाँच वर्षीया छोरीको निर्ममतापूर्वक हत्या गरेकी छिन् । बुबा विदेशमा रहेका वेला आमा र हजुरबुबाबीच हुने यौनसम्बन्धबारे अन्जानमै छिमेकीलाई बताएकै कारण नाबालिकाले आफ्नै आमाबाट ज्यान गुमाउनुपरेको हो । सुनसरी भोक्राहा-७ की २४ वर्षीया फुलोदेवी खत्वेले पाँच वर्षीया छोरी सोसिलादेवीलाई ससुरा वसन्तको सहयोगमा घाँटी बटारेर हत्या गरेकी हुन् । छोरीले आफू र ससुरा एउटै ओछ्यानमा सुतेको कुरा गाँउभरि भनेकाले इज्जत जाने डरले ससुराको सल्लाहअनुसार छोरीको हत्या गरेको फुलोदेवीले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसन्धान अधिकृत रेवत अधिकारीले बताए । अधिकारीका अनुसार आमा फुलोदेवीले सोमबार राति ससुराको सहयोगमा निदाएकी छोरीलाई ओछ्यानमै घाँटी बटारेर हत्या गरेकी थिइन् । 'ससुराले निदाएकी छोरीको मुख थुन्नुभयो । छोरी हातखुट्टा फ्याँक्दै थिई, मैले घाँटी बटारेँ,' आमा फुलोदेवीले प्रहरीसँगको बयानमा भनिन् । छोरीको हत्यापछि आफूलाई निकै डर लागेको तर ससुराले 'नडराऊ हामी दुवै राति नै भारततिर भाग्नुपर्छ' भनेपछि केही डर हटेको उनले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ । हत्या गरिएकी छोरीलाई ससुराले सिमेन्टको बोरामा हालेर छिमेकी तथा आफन्त सहदेवको सहयोगमा घरबाट केही परको खेतमा रहेको सनपाट कुहाउने खाल्डोमा पुरेर आएको उनले बताइन् । छोरीलाई हत्या गरेको रात ससुरा र आफू एउटै खाटमा बिताएको उनले बताएकी छिन् । सोमबार राति हत्या गरेपछि सधैं गाउँले तथा छिमेकीका छोराछोरीसँग खेल्न आउने सोसिला नआएपछि शंका लागेर छिमेकीले खोजी गरेका थिए । खोजी गर्दै जाँदा खेतबारीमा नयाँ माटो खनेको पाएपछि खोसे्रर हेर्दा शव फेला पारी छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बुधबार बिहान १० बजे स्थानीय बासिन्दाले खाल्डोमा शव गाडिएको खबर गरे । त्यसपछि जिल्लाबाट गएको प्रहरी टोलीले बालिकाको शव निकालेको अनुसन्धान अधिकृत रेवत अधिकारीले बताए । छिमेकीको सूचनाका आधारमा प्रहरीले आमा र गाड्न सहयोग गर्ने सहदेवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए । ती बालिकाको शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ । प्रहरीका अनुसार ती बालिकाको बुबा र काका वैदेशिक रोजगारका लागि मलेसिया गएका छन् । श्रीमान् मलेसिया गएपछि फुलोदेवीले ससुरासँग यौनसम्बन्ध बढाएकी थिइन् । पक्राउ परेकामाथि ज्यान मुद्दा दर्ता गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्वाइन फ्लुबाट मर्नेको संख्या एक सय ५२ पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेक्सिकोसिटी/ मेक्सिकोमा स्वाइन फ्लुबाट मर्नेको संख्या एक सय ५२ पुगेको छ । यस महामारीबाट मर्नेको संख्या अब घट्दै गएको जानकारी स्वास्थ्य मन्त्री जोसे एन्जेल कोर्दोभाले दिए । शनिबार स्वाइन फ्लु रोगबाट ग्रस्त भएको आशंका गरिएका ६ व्यक्तिको मृत्यु भएकोमा आइतबार पाँचजनाको मात्र मृत्यु भएको थियो । तर, सोमबार मृतकको संख्या अझै घटेर तीनजनामा मात्र सीमित भएको उनले जानकारी दिएका छन् । टेलिभिजनसँगको एक अन्तर्वार्तामा उनले सोमबार थप तीनजना सो रोगबाट मरेको खबर प्राप्त भएको बताए । मेक्सिकोमा स्वाइन फ्लुबाट २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । र, एक हजार ६ सय १४ जनालाई विशेष निगरानीमा राखिएको छ । विभिन्न मुलुकले मेक्सिको भ्रमण नगर्न आफ्ना नागरिकलाई सल्लाह दिए पनि मेक्सिकोले विश्वसँगको व्यापारिक तथा पर्यटकीय सम्बन्ध स्थापित गर्ने धारणा मन्त्री कोर्दोभाले व्यक्त गरे । मेक्सिको भ्रमणबाट फर्केपछि बेलायत र स्पेनमा पनि प्राणघातक स्वाइन फ्लुको संक्रमण भएको पुष्टि भएको छ । मेक्सिकोसिटी स्वाइन फ्लु नामक महामारीको केन्द्र भएकाले त्यहाँका विद्यालयहरू बन्द गरिएको छ ।

राष्ट्रपति बाराक ओबामाले सय दिन पूरा गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिको कार्यभार सम्हालेको बुधबार सय दिन पूरा भएको छ । उनको हनिमुन अवधिलाई पूर्वअमेरिकी राष्ट्रपति फ्रेयांक्लिन डी रुजभेल्टसँग तुलना गरिएको छ । रुजभेल्टको शासनकालयता सय दिनको अवधिमा सबैभन्दा बढी सम्झौता र घोषणापत्रमा हस्ताक्षर गर्ने राष्ट्रपति ओबामा बनेको युनिभर्सिटी अफ क्यालिफोर्नियाको अमेरिकन प्रेसिडेन्सी प्रोजेक्टको तथ्यांकले देखाएको छ । यस अवधिमा सबैभन्दा बढी समय विदेशमा बिताउनेमा पनि ओबामाले आफूअघिका अन्य ४३ अमेरिकी राष्ट्रपतिलाई उछिनेका छन् । प्राइम टाइम (मुख्य समय) मा पत्रकार सम्मेलन गर्नमा पनि ओबामा अब्बल दरिए । यसअघिका राष्ट्रपति जर्ज डब्लु बुसले आफ्नो चारवर्षे पहिलो कार्यकालमा गरेजतिको पत्रकार सम्मेलन ओबामाले एक सय दिनमा गरे । पूर्वराष्ट्रपति बिल क्लिन्टन र ह्यारी ट्रुम्यानले मात्रै हनिमुन अवधिमा धेरै पत्रकार सम्मेलन गरेका थिए । ओबामाले यसै अवधिमा प्रगतिशील घरेलु एजेन्डालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न लगाए । यस एजेन्डाभित्र महिलाका लागि समान कामका लागि समान तलब, स्वास्थ्य सेवा विस्तार आदि कानुन रहेका छन् । यसका साथै आर्थिक मन्दीबाट अमेरिकालाई बचाउन ओबामाले सात सय ८७ विलियन डलरको प्याकेज पेस गरे । हनिमुन अवधिमा नै कंग्रेसको दुवै सदनले ३.६ ट्रिलियन डलरको बजेट योजना पास गर्‍यो । त्यसमध्ये दुई सय ७५ विलियन डलर घर लिलामी रोक्न र सय बिलियन डलर टाट पल्टन लागेका बैंक जोगाउन प्रयोग गरिनेछ । यी सय दिनमा ओबामाले अमेरिकाको छवि सुधार्नतर्फ पनि पहल गरे । उनले क्युबा, इरान तथा भेनेजुएलासँगको सम्बन्ध सुधार्न कदम चाले । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजसँग हात मिलाउँदा कयौं रिपब्लिकन नेताले ओबामाको आलोचनासमेत गरे । बुस प्रशासनका वेला कुख्याति कमाएको ग्वान्टानामोवे जेललाई एक वर्षमा बन्द गर्ने आदेश ओबामाले दिए ।

Apr 28, 2009

आठ सहायक रथीको फैसला बैशाख २७ मा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १५ - नेपाली सेनाका आठ सहायकरथीको पदावधि विवादबारे अदालतमा बिचाराधीन मुद्धाको फैसला सरेको छ । सर्वोच्च अदालतले २२ गतेभित्र बहस नोट प्रस्तुत गर्न सम्बन्धित दुबै पक्षलाई आदेश दिएपछि फैसला सरेको हो । यसअघि रिटमाथि सुनुवाइ सोमबार सकिएपछि मंगलबार फैसला सुनाइने बताईएको थियो । न्यायाधीशद्वय अनुपराज शर्मा र प्रेश शर्माको संयुक्त इजलासले हालसम्म दुबै तर्फबाट भएका बहसको लिखित पेश गर्न आदेश दिएको छ । बहस नोट अध्ययनपछि मात्रै बैशाख २७ गते फैसला सुनाइने भएको छ । आठ सहायक रथीको पदावधि नथप्ने रक्षाको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले सहायक रथीको अवकास प्रकृया तत्कालको लागि रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै रक्षाले सर्वोच्चमा मुद्धा दायर गरेको हो ।

प्रहरी निरीक्षक यौनसम्पर्क गर्दागर्दै पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युवती अपहरणबारे हाकिमलाई रिपोर्ट गर्न उनको क्वाटरमा पुगेका प्रहरी जिल्ल परे, जब उनीहरूले देखे युवती हाकिमकै कोठामा बेहोस अवस्थामा । नग्न अवस्थामा भेटिएका हाकिम र युवतीलाई उनीहरूले नियन्त्रणमा लिएका छन् । इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक गोपाल गिरीलाई उनकै मातहतका प्रहरी जवानहरूले रंगेहात पक्राउ गरेका हुन् । उनले धरानकै २२ वर्षीया रीता गुरुङ (नाम परिवर्तन) लाई अपहरण शैलीमा गाडीमा हालेर क्वाटरमा ल्याई रातभरि यौनक्रीडा गरेका थिए । बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानको ५ नम्बर साइडको ५ नम्बर कोठा उनको क्वाटर हो । गिरी र यती एयरलाइन्समा कार्यरत धरान- ८ की इन्दु राईको पहिल्यैदेखि चिनजान थियो । त्यही वेला सोल्टिनी नाताले राईलाई रीताले आफू दुर्घटनामा परेको बताउँदै उपचारका लागि लिन आउन भनेकी थिइन् । त्यसपछि राईले गिरीलाई पठाइएको र गिरीले कार्यालयको गाडी लिएर सीधै उनलाई क्वाटरमा ल्याएर राखेका थिए । राति आठ बजे क्वाटरमा ल्याएर गुरुङ, राई, गिरी र अन्य दुईजना युवकसमेतले राति १२ बजेसम्म मदिरा सेवन गरेको प्रहरी स्रोतले जनाएको छ । १२ बजेपछि राई र अन्य दुई युवक क्वाटरबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ । रीता लामो समयसम्म नर्फकेपछि आफन्तले इलाका प्रहरी कार्यालय धरानमा फोन गरेर आफ्नो मान्छे अपहरणमा परेको खबर गरेका थिए । रातको समयमा अपहरण भएको खबर आउनासाथ तत्काल प्रहरी र सुराकी अपहरणकारीको खोजीमा परिचालित भए । जनपद प्रहरीले सशस्त्र प्रहरीलाई समेत अपहरणकारीको खोजीका लागि सहयोगको माग गरेको थियो । त्यसैगरी, अपहरणकारी भाग्न नसकोस् भनेर सुनसरीका अन्य स्थानमा रहेका इलाका प्रहरी कार्यालय, छिमेकी जिल्लाका प्रहरी कार्यालय र सुनसरी प्रहरी कार्यालयमा खबर गरियो । इलाका प्रहरी कार्यालय धरानका कनिष्ठ प्रहरी तथा सादा पोसाकमा प्रहरी धरानबाट साँझ अपहरण भएको युवतीका विषयमा जानकारी गराउन हाकिम(गिरी)को क्वाटरमा सोमबार बिहान पुगेका थिए । त्यहाँ पुग्दा खोजी गरिएकी युवती र प्रनि गिरी नांगै यौनक्रीडा गरिरहेको अवस्थामा फेलापारेको प्रहरी स्रोतको दाबी छ । युवती भने बेहोस थिइन् । बिहान अबेर मात्र उनको होस खुलेको थियो । निरीक्षक गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । पीडितका आफन्तले उनीमाथि अपहरण र बलात्कारको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । प्रनि गिरीले आफूलाई साथी इन्दु राईले फसाएको बताएका छन् । रीतालाई क्वाटरमा ल्याए पनि यौनसम्पर्क नगरेको उनको दाबी छ । मदिरा खाएर रातको समयमा क्वाटरमा युवती राखेकाले गिरीमाथि अनुसन्धान गरी कानुनअनुसार कारबाही गरिने सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले बताए । गिरी र ती युवतीको स्वाथ्य परीक्षण गराइएको छैन ।

ज्वाला सिंह र राजन मुक्तिबीच एकीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा हतियारको राजनीति गर्दै आएका दुई भूमिगत संगठनबीच एकीकरण भएको छ । अज्ञात स्थानमा भएको वार्तापछि जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूह र मधेसी मुक्ति टाइगर्स राजन समूहबीच एकीकरण भएको हो । दुवै संगठनले तराईवासीलाई नै अपहरण गर्ने,चन्दा माग्ने र ज्यान लिनेसम्मका गतिविधि बढाएका छन् । भारतको अज्ञात स्थलमा चैत २८ गतेदेखि दुवै समूहका केन्द्रीय स्तरका नेताबीच भएको वार्तापछि पार्टीबीच एकीकरण भएको दुवै समूहका प्रमुख नेताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वार्तामा मधेसमा विद्यमान शोषण र उत्पीडनको अन्त्यका लागि दुवै समूहबीच एकीकरण गर्ने सहमति भएको विज्ञप्तिमा जनाइएको छ । मधेसको मुक्तिको जनतान्त्रिक तराई मुक्ति टाइगर्सले शान्तिपूर्ण आन्दोलन गर्नेसमेत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टी सञ्चालन गर्न राजन र ज्वाला सिंहलाई जिम्मा दिइएको छ । पार्टीको बैठकले भावी कार्यदिशाका लागि दुवै नेतालाई जिम्मा दिएको छ । दुई वर्षअघि राजन मुक्ति समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहबाट फुटेको थियो ।

नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानसेनापति हटाउने अडानमा रहेको माओवादीलाई दबाब दिन सडक आन्दोलन गर्ने निर्णय गरेको छ । राजनीतिक सहमतिविना नै प्रधानसेनापतिमाथि सरकारले कारबाही गरे अन्य १६ दललाई समेत साथमा लिएर सडक आन्दोलन गर्ने कांग्रेसले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले बुधबारदेखि नै आफू मातहतका सबै निकायसँग छलफल गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने निणय गरेको छ । कांग्रेस प्रवक्ता अजुननरसिंह केसीले माओवादीले सत्ताकब्जा गर्ने नियतले सुरु गरेको सेनापति प्रकरणलाई रोक्न सडक आन्दोलन गर्न लागेको जानकारी दिए । पार्टी सेनापति स्पष्टीकरणको विषयमा लिएको अडानमा दृढ रहेको उल्लेख गर्दै प्रवक्ता केसीले अन्य दलसँगको छलफललाई निरन्तरता दिँदै अगाडि बढ्ने बताए । माओवादीका केही नेताले कांग्रेस सरकारमा सहभागी हुँदै छ भनेर हल्ला गर्दै हिँडेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाउंँदै सो भ्रम मात्र भएको कांग्रेसले बताएको छ । उसले माओवादीको नेतृत्वमा सरकार माओवादी सैन्यवादी सोचका साथ काम गरेकाले यस्तो सरकारमा कांग्रेस सहभागी नहुने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । कार्यवाहक सभापति सुशील कोइरालाको अध्यक्षतामा भएको बैठकमा सभापति गिरिजाप्रसाद कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरू उपस्थित थिएनन् । बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला मानबहादुर विक, आमोदप्रसाद उपाध्याय, खुमबहादुर खड्का, दीपकुमार उपाध्याय, मनमोहन भट्टराईलगायतका नेताले माओवादीले मुलुकमा सर्वसत्तावाद लाद्न लागेको आरोप लगाउँदै पार्टीले सशक्त आन्दोल गर्नुपर्ने अडान राखेका थिए । पार्टी कार्यालय पुगेकी केन्द्रीय सदस्य सुजाता कोइराला बैठक सुरु भएलगतै बाहिरिएकी थिइन् । केन्द्रीय सदस्य सुजाता कोइरालाले राख्दै आएको फरक मतको समेत बैठकमा सदस्यले आलोचना गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री-कोइराला भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच मंगलबार बिहान कोइरालानिवास महाराजगन्जमा भेटवार्ता भएको छ । प्रधानसेनापति स्पष्टीकरण विवादलाई लिएर भएको भेटमा पनि दुई नेता कुनै निष्कर्षमा पुग्न सकेनन् । कांग्रेस सभापति कोइराला भेट्न प्रधानमन्त्रीसहित अर्थमन्त्री डा. बाबुराम भट्टराई, रक्षामन्त्री रामबहादुर थापा र नेता नारायणकाजी श्रेष्ठ कोइरालानिवास पुगेका थिए । प्रधानमन्त्रीले प्रधानसेनापतिमाथि कारबाहीका लागि सहयोग गर्न आग्रह गरेको बुझिएको छ । प्रत्युत्तरमा कोइरालाले सेनाको चेन अफ कमान्डलाई नबिगार्न आग्रह गरेको कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले जानकारी दिए । प्रधानमन्त्रीसहितका नेताले प्रमुख दलहरूबीच छलफल गर्न प्रस्ताव गरेको सहभागी एक नेताले बताए । त्यसअघि प्रधानमन्त्रीसँग एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल र नेता सुरेन्द्र पाण्डेसहितको टोलीले भेटेको थियो ।

बेलायतका धनीहरूको सम्पत्तिमा ठूलो गिरावट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक मन्दीले अर्थतन्त्र संकुचित भएपछि बेलायतका धनी मानिसको सम्पत्तिमा एकवर्षे अवधिमा निक्कै ठूलो गिरावट आएको छ । बेलायतको अखबार द सन्डे टाइम्सका अनुसार बेलायतका एक हजार धनीहरूको सम्पत्ति गत वर्ष चार खर्ब १३ अर्ब पाउन्डबाट घटेर दुई खर्ब ५८ अर्बमा झरेको छ । आर्थिकमन्दी सुरु भएको एक वर्ष अवधिमा बेलायती अर्बपतिहरूको सख्ंया ७५ बाट घटेर ४३ पुगेको छ । बेलायती अर्बपतिको सूची प्रकाशन भएको २१ वर्षे अवधिमा सम्पत्तिमा यति ठूलो मात्रामा गिरावट आएको यो नै पहिलो घटना भएको विश्लेषकले भनाइ छ । सम्पत्ति घटे पनि भारतीय मुलका लक्ष्मी मित्तल नै बेलायती धनीको सूचीमा शीर्ष स्थानमा छन् । मित्तलको सम्पत्ति ६१ प्रतिशतले घटेर १० अर्ब ८० करोड पाउन्डमा आइपुगेको छ । रुसी तेल व्यापारी एवं बि्रटिस फुटबल क्लब चेल्सीका मालिक रोमन अब्रामोभिच बेलायती अर्बपतिको सूचीमा दोस्रो नम्बरमा छन् । उनको सम्पत्ति सन् २००८ मा ११ अर्ब ७० करोड पाउन्ड भएकोमा सन् २००९ मा ४० प्रतिशतले घटेर सात अर्ब पाउन्डमा आएको छ । बेलायती अर्बपतिको सूचीमा तेस्रो नम्बरमा बेस्टमिनिस्टरका राजकुमार छन् । उनको सम्पत्ति सात अर्बबाट घटेर ६ अर्ब ५० करोड पाउन्ड भएको छ । चौथो नम्बरमा पूर्व मिस बेलायत र उनका श्रीमान् छन् । उनीहरूको दुवैको सम्पत्ति पाँच अर्ब ६० करोड पाउन्ड छ । उनीहरूमा सम्पत्तिमा सामान्य १२ प्रतिशतले मात्रै गिरावट आएको छ । एकवर्षे अवधिमा सम्पत्ति गुमाउनेको सूचीमा रुसी तेल व्यापारी एवं इंग्लिस पि्रमियर क्लब आर्सनलका मालिक अलिसर उस्मानोभ अग्रपंक्तिमा छन् । मन्दीले उनको सम्पत्तिको भाँडो प्वाल पर्दा ७४ प्रतिशत सम्पत्ति चुहिएको छ । भर्जिन कम्पनीका हाकिम सर रिचार्ड ब्रान्सनको सम्पत्ति मन्दीमा ५६ प्रतिशत बगेको छ । मन्दीमा उनको एक अर्ब ५० करोड सम्पत्ति बगेर गयो, अहिले उनीसँग जम्मा एक अर्ब २० करोड पाउन्ड छ । फुटबल क्लबमा लगानी गर्ने अर्का अर्बपति, पि्रमियर लिग क्लब न्युक्यासन युनाइटेडका मालिक माइक एस्लेको सम्पत्ति आधा घटेको छ । एक वर्षअघिसम्म एक अर्ब ४० करोड पाउन्डका मालिक एस्लेसँग अहिले ७० करोड मात्रै छ । मन्दीमा पनि केही अर्बपतिहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । अनलाइन खेल बिक्रेता पिटर एवं डिनाइस कोट्सको सम्पत्ति गत वर्षको तुलनामा ३३ प्रतिशतले बढेर ४० करोड पुगेको छ । यसैगरी, हारोर्ड कम्पनीका मालिक मोहम्मद अल फइदको सम्पत्ति १७ प्रतिशतले बढेर ६५ करोड पुगेको छ । सम्पत्ति बढ्ने अर्का भाग्यमानीमा बि्रटिस सुपर मार्केट शृंखला मोरिसन्सका पूर्व मालिक सर केन मोरिसन छन् । उनको सम्पत्ति गत वर्षको तुलनामा ११ प्रतिशतले बढेर एक अर्ब ६० करोड पुगेको छ ।

नेपालमा स्वाइन फ्लु पत्ता लगाउन कार्यक्रम सञ्चालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा स्वाइन फ्लुका रोगी भए/नभएको अवस्था पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइनफ्लु रोगका बिरामी पत्ता लगाउन सघन कार्य सुरु गरिसकेको जनाएको छ । त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई रोगका भाइरस टाइपिङ गर्न पूर्वतयारीका कार्य अघि बढाउन सक्रिय पारिएको महाशाखाले जनाएको छ । मास्क र एन्टिभाइरल भण्डारण बढाउने निर्णय गरिएको महाशाखाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रोग प्रभावित मुलुकबाट आउने पर्यटकको स्वास्थ्य परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङ व्यवस्था मिलाउने कार्य समेत भइरहेको बताइएको छ । रोग प्रभावित मुलुकबाट आउने पर्यटकलाई कार्ड भराउने र रोगको शंका देखिए तत्काल स्वास्थ्य संस्थामा जचाउन अनुरोध गरिनेछ । त्यसका लागि गृह तथा पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन नेपालले सर्भिलेनस, यात्रु स्त्रिmनिङ, मास्क र औषधि भण्डारणमा महाशाखालाई सहयोग गर्ने बताएको छ । मेक्सिकोमा देखापरेको स्वाइनफ्लु प्रकोपका अमेरिकाको क्यालिफोर्निया, टेक्सास, कन्सास, ओहियो, नयुयोर्कमा समेत फैलिइसकेको छ । त्यस्तै, पmान्स, क्यानडा, न्युजिल्यान्डमा, इजरायल र बेलायतमा समेत सो रोगको प्रकोप देखिएको छ । सो रोगबाट मेक्सिकोमा मात्र १६ सयभन्दा बढी प्रभावित भइसकेका छन् भने एक सय ५४ को मृत्यु भइसकेको छ ।

आफ्नै वृत्तचित्र 'हिउँका लप्काहरू' हेरे प्रधानमन्त्री प्रचण्डले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

सेनापति प्रकरणका कारण राजनीतिक भेटघाटमा व्यस्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपराह्न एउटा वृत्तचित्र हेरेर डेढ घन्टा बिताए । प्रचण्डले नै नेतृत्व गरेको जनयुद्धका विविध आयाम समेटिएको वृत्तचित्र 'हिउँका लप्काहरू' रसियन सांस्कृतिक केन्द्रमा देखाइएको थियो, जसको अधिकांश प्रसंग प्रचण्डसँग सम्बन्धित थियो भने त्यसको उद्घाटनसमेत प्रचण्ड स्वयंले गरेका थिए । अपराह्न ३ बजे वृत्तचित्र प्रदर्शनीस्थल पुगेका अध्यक्ष प्रचण्ड थकित मुडमा थिए । करिब पौने दुई घन्टा वृत्तचित्र हेरिरहँदा सहभागीमध्ये धेरै अचम्ममा थिए । वृत्तचित्र हेर्न प्रचण्डका साथमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, रक्षामन्त्री रामबहादुर थापा बादल, शान्तिमन्त्री जनार्दन शर्मा, नेताहरू राम कार्की र वर्षमान पुन अनन्त पनि पुगेका थिए । जनयुद्ध सकिएपछि माओवादी भएका नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि प्रचण्डसँगै उपस्थित थिए प्रदर्शनीस्थलमा । 'यो वृत्तचित्र जनयुद्धका धेरै आयाममध्येको केही आयाम हो,' वृत्तचित्र हेरिसकेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया थियो । भारतीय वरिष्ठ पत्रकार आनन्दस्वरूप बर्माको प्रस्तुति रहेको वृत्तचित्रको निर्माण नेपाली मानवअधिकारवादी संस्था अन्तराष्ट्रिर्य ऐक्यबद्धता समूह -गि्रन्सो) नेपाल र भारतको थर्ड वल्र्ड मिडियाले संयुक्त रूपमा गरेका छन् । ज्ञानदीपको संगीत तथा अतुलको स्वर रहेको वृत्तचित्रमा माओवादी अध्यक्ष प्रचण्ड, नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा प्रभाकर, झक्कुप्रसाद सुवेदी, प्रचण्ड-पिता मुक्तिराम दाहाल, सभासद् देवी खड्का तथा जनमुक्ति सेनाका कमान्डरहरूको अन्तर्वार्ता समेटिएको छ । यद्यपि, मंगलबार वृत्तचित्रको आधा प्रस्तुति मात्रै देखाइएको थियो । वृत्तचित्रका लेखक तथा प्रस्तुतकर्ता बर्माले भने, 'प्राविधिक कारणले आधा मात्रै देखाउन सकियो । उहाँ जुन प्रविधिमा बनाइयो, यहाँ त्यस्तो प्रविधि थिएन ।' वृत्तचित्र प्रदर्शनीमा एमालेका वरिष्ठ नेता अमृतकुमार बोहोरादेखि भुटानी मानवअधिकार आन्दोलनका वरिष्ठ नेता टेकनाथ रिजालसमेत सहभागी थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेताहरू बदला लिन क्रान्तिमा होमिएको दृष्टान्त प्रस्तुत गरिएको छ वृत्तचित्रमा । जहाँ आन्दोलनमा लाग्नुको कारणबारे चितवनका स्थायी बासिन्दा प्रचण्डले पुष्टि गरेका छन्, 'सानोमा बुबासँग एकजना धनी व्यक्तिको घर नारायणघाट जाँदा उसले मेरो बामाथि गरेको अपमानले मलाई छाप पार्‍यो । बदला लिने मेरो दिमागमा आयो र आन्दोलनमा होमिएँ । ' त्यसो त उनले फ्यानका रूपमा लिएका रुसी नेता लेनिन पनि भाइको हत्यापछि आन्दोलनमा लागेको उदाहरण प्रचण्डले दिएका छन् ।

Apr 27, 2009

सेनापतिसंगै रक्षामन्त्रीको राजीनामा गर्न लगाउने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति हटाउने आफ्नो योजनाको विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग पहिलो पटक वार्ता गरेका छन्।
सेनापति हटाउने र बचाउने विवादले निम्त्याएको राजनीतिक तनाव सुल्झाउन नयाँ विकल्पहरुबारे छलफल शुरु भएपछि विपरित अडानमा रहेका उनीहरुबीचको भेटलाई महत्वका साथ हेरिएको छ।
नयाँ विकल्पमा सेनापति रुक्मांगद कटवालसंगै दोश्रो स्थानमा रहेका रथी (लेफ्टीनेन्ट जनरल) कूलबहादुर खड्का र रक्षामन्त्री रामबहादुर थापा (बादल) लाई राजीनामा गर्न लगाउने प्रस्ताव छ। एमालेका सचिव युवराज ज्ञवालीले स्थायी कमिटीको आईतबारको सहमति अनुसार, अध्यक्ष झलनाथ खनालले सोमबार एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासंग छुट्टा छुट्टै भेटी नयाँ प्रस्तावबारे छलफल गरेको बताए।त्यसपछि प्रचण्ड-कोइराला भेटमा भएको कुराकानीको विवरण खुलाइएको छैन। तर उक्त भेटमा सहभागी नभएका कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले भने, “परम्परा भत्काएर दलको सहमतिको आधारमा राष्ट्रिय सुरक्षा अंग - सेनाको नेतृत्व छान्ने विकल्प हामीलाई स्वीकार्य हुँदैन। त्यसले राजनीतिकरण गर्छ।”सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि प्रस्ताव मान्य नहुने बताए।उनले भने, “रक्षामन्त्री हटाउने विकल्प कुनै हालतमा स्वीकार्य हुँदैन। सेनापति कसलाई बनाउने भन्ने निर्णय सरकारले गर्ने हो। तर पनि स्वाभाविक रुपमा त्यहाँको क्रम अनुसार सरकारले निर्णय गर्दै जाला।”नयाँ विकल्पमा प्रधानसेनापतिको प्रस्तावमा तेश्रो स्थानका रथी छत्रमान गुरुङ कटवालले नियमित प्रकृया अनुसार अवकाश पाएमा स्वत: प्रधानसेनापति हुनेछन्।तर माओवादीले कटवाललाई हटाएर आउँदो महिना अवकाश पाउन लागेका दोश्रो स्थानका रथी कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने तयारी गरेको बताइन्छ। माओवादी प्रधानसेनापति कटवाललाई जुनसुकै मूल्यमा हटाउन र संविधानसभाका अधिकांश दलहरुको साथ पाएको कांग्रेस कुनै पनि हालतमा हटाउनै नदिने अडानमै देखिन्छन्। लम्बिंदो उक्त विवादले जारी शान्ति प्रकृया धरापमा पर्ने र नयाँ संविधान लेख्ने प्रयास पनि साकार नहुने चिन्ता बढ्दै गएको छ।

राजधानीमा पेट्रोलियम पदार्थ अभाव कायम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १४ - केही दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम अभाव सोमबार पनि कायम छ । अधिकांश पम्पमा पेट्रोल छैन भन्ने ब्यानर टाँगिएका देखिन्छन भने तेल दिएका पम्पमा लामो लाइन लाग्ने गरेको छ ।कर्फ्यु लगाएर आइतबारदेखि आयल निगमले इन्धन ल्याउने तयारी गरेपछि मंगलबारदेखि राजधानीमा आपूर्ति केही सहज हुने अनुमान गरिएको छ ।आइतबार बिहान रक्सौलमा लोड भएका ट्यांकर सोमबार अबेर राजधानी आइपुग्ने हुँदा मंगलबारदेखि सहज हुने निगमका कार्यकारी निर्देशक दिगम्बर झाले भने ।'मंगलबारदेखि सहज हुन्छ,' उनले भने, 'तर बन्द नखुलेसम्म यसरी नै कर्फ्यु लाएर ल्याउनुपर्ने हुन्छ ।' आइतबार राति हिँड्ने तयारीमा रहेका ट्यांकर ल्याउन बारा र चितवनमा कर्फ्यु लगाउनुपर्ने झाले बताए ।निगमका अनुसार आइतबार रक्सौलबाट १ सय ६६ ट्यांकरमा करिब २२ सय किलोलिटर इन्धन लोड भएको छ । जसमध्ये ६ सय किलोलिटर पेट्रोल र ९ सय किलोलिटर डिजल सोमबार काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।राजधानीमा हरेक दिन २ सय ५० किलोलिटर पेट्रोल र करिब ४ सय किलोलिटर डिजलको माग रहन्छ । अहिले दुई दिनका लागि पेट्रोल र तीन दिनका लागि डिजल स्टक रहेको जानकारी झाले दिए । यता हवाईइन्धन भने ३० दिनको स्टक निगमसँग रहेको उनले बताए ।तराईमा विभिन्न समयमा हुने बन्द हडतालले उपभोक्तालाई मात्रै होइन सरकारलाई पनि प्रभावित पारेको छ । एक दिन इन्धन आयात नहुँदा करिब ३ करोड रुपैयाँ सरकारलाई राजस्व नआउने झाले बताए । 'भन्सार र मूल्य अभिवृद्धि कर गरी हामी दैनिक ३ करोड बुझाउँछौं,' उनले भने ।गएको ४५ दिनमा आयल निगमले ३० दिनमात्रै इन्धन आयात गरेको झाले बताए । 'यस अवधिमा ६ दिन टिपर दुर्घटनाका कारण, ७ दिन सुकुम्बासीहरूको आन्दोलन, दुई दिन भन्सारमा तालाबन्दी, १२ दिन थारूहटको पहिलो आन्दोलन र ६ दिन ट्यांकर हडतालले इन्धन आयात भएन,' उनले भने ।

राष्ट्रपति सरकारी निवास शीतलनिवास सर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दस महिना डेरामा बसेका राष्ट्रपति डा. रामवरण यादवलाई सरकारी निवास शीतलनिवास सर्ने साइत जुरेको छ । झकिझकाउ राणाकालीन दरबार प्रवेशका लागि उनका पुरोहित र ज्योतिषले साइत जुराएका छन्- सोमबार मध्याह्न एक बजेर १७ मिनेट ।गृह प्रवेशका लागि ज्योतिष र पुरोहितले जुराएको साइतमा नै उनी निवास प्रवेश गर्ने तयारीमा छन् । शीतलनिवास छिर्नुअघि उनले त्यहाँ पूजापाठ गर्नेछन् । त्यसपछि पुरोहितको निर्देशनअनुसार राष्ट्रपति यादव सरकारी निवासमा छिर्नेछन् । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, 'उहाँ सोमबारदेखि शीतलनिवासमा नै बस्नुहुन्छ ।' शीतलनिवासमा रहेको ११ वटा कोठा राष्ट्रपतिको आवासका लागि छुट्याइएका छन् । ती कोठालाई राष्ट्रपति सुत्ने कोठा, बाथरुम, सचिवालय, बैठक कक्ष, किचेन, अतिथि कक्ष, उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि समेत गरी ११ वटा कोठा उनका लागि सरकारले छुट्याएको छ । राष्ट्रपति डा. यादवले धापासीबाट शीतलनिवास सर्न हतारो गरेपछि सोमबारको साइत निकालिएको पारिवारिक स्रोतले बतायो ।

गाउँका विद्यार्थीहरुलाई ल्यापटप वितरण गरियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कक्षा दुई र तीनका छात्रछात्रालाई ल्यापटप बाँडेको हेर्न गाउभरिका अभिभावक झुम्मिएका थिए । विद्यार्थीले पाएका ल्यापटप एकैछिनमा अभिभावकका हातहातमा देखिए । ६० वर्षीया पार्वती मल्लले नातिनीसँग ल्यापटप मागिन् र ओल्टाइपल्टाइ गरिन् । 'काइदाको जिनिस रै'छ ल्याक्टो भन्ने,' उनी भन्दै थिइन् । अरू अभिभावक पनि दंग पर्दै अन्धाले हात्ती छामेजस्तो गरी ल्यापटम मुसारिरहेका थिए । गत वर्ष तीन महिनासम्म पनि पाठ्यपुस्तक नपाएका विद्यार्थीलाई ल्यापटप वितरण गर्न विश्व खाद्य कार्यक्रमका नेपाल प्रमुख रिचर्ड रेगन नै गाउँ आएका थिए । ल्यापटप बाँड्ने थाहा पाएपछि विद्यालयमा विद्यार्थीभन्दा बढी अभिभावक ओइरिए । विश्व खाद्य कार्यक्रमको साझा शिक्षा ई-पाटी कार्यक्रमअन्तर्गत डडेल्धुराका तीनवटा प्राथमिक विद्यालयमा ल्यापटपमै नेपाली, अंग्रेजी र गणित पाठ्यक्रम राखी पढाउन सुरु गरिएको छ । पाँच जिल्लाका २६ वटा प्राथमिक विद्यालयमा कक्षा दुई र तीनमा पढ्ने हरेक विद्यार्थीलाई ल्यापटप बाँड्ने कार्यक्रमअनुरूप रेगनले डडेल्धुराको कैलपालमाडौं गाविसको जनता प्राविमा आइतबार ल्यापटप बाँडेका हुन् । सन् २०१५ सम्म सबैका लागि शिक्षा कार्यक्रमलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमले ई-पाटीमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न नमुना कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा बालबालिकालाई कम्प्युटर वितरण गर्दै प्रमुख रेगनले प्राप्त साधन-स्रोतको सही उपयोग हुन सक्यो भने अत्यधुनिक शिक्षाको चाँडै विकास हुने बताए । रेगनले ग्रामीण क्षेत्र र सहरी क्षेत्रका बालबालिकाबीच रहेको अवसर र क्षमतामा समानता ल्याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पारे । अवसर पाए भने ग्रामीण भेकका बालबालिकाले पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन्,' रेगनले भने । आफू अमेरिकी नागरिक भए पनि १४ वर्षको उमेरमा मात्र कम्प्युटर देखेको उनले सुनाए । कार्यक्रममा ई-पाटी साझा शिक्षा कार्यक्रमका कार्यकारी निर्देशक रवि कर्माचार्यले विश्वका अधिकांश राष्ट्रमा अहिले पनि कम्प्युटर शिक्षा नपुगेको बताउँदै यस कार्यक्रमको सफलता अभिभावकमा निहीत रहेको विचार राखे । 'विद्यालयमा मात्र ई-पाटीमा पढेर बालबालिकाले सिक्न सक्दैनन्,' कर्माचार्यले भने । क्षेत्रीय शिक्षा निर्देशक नैनसिंह धामी, स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे र जिल्ला शिक्षा अधिकारी पदमसिंह विष्टले पनि कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका थिए । नमुना कार्यक्रमका रूपमा डडेल्धुराको कैलपालमाडौं गाविसको जनता प्रावि, अजयमेरु गाविसको प्रावि र आलीताल गाविसको हम्तड प्राविका एक सय ८० जना बालबालिकालाई कम्प्युटर वितरण गरिएको छ ।

३२ सहसचिव र ६२ उपसचिवलाई मन्त्रालयमा सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लोकसेवा आयोगले विभिन्न सेवा समूहका ३२ सहसचिव र ६२ उपसचिवलाई सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको छ । लिखित परीक्षा उत्तीर्ण गरेका उनीहरू अन्तर्वार्तामा पनि छनोट भएपछि सिफारिसमा परेका हुन् । खुला र आन्तरिक प्रतिस्पर्धाबाट उत्तीर्ण भएका सहसचिव र उपसचिव गरी ९४ जनालाई आयोगले सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो । उनीहरू सबै विभिन्न निकाय र मन्त्रालयमा उपसचिव र शाखा अधिकृतमा कार्यरत थिए । आयोगले हालसम्म सहसचिव र उपसचिव गरि ४८ वटा विज्ञापनको अन्तर्वार्ता सम्पन्न गरी विभिन्न मन्त्रालयमा सिफारिस गरेको आयोग प्रवक्ता निरञ्जनप्रसाद उपाध्यायले जानकारी दिए । सो विज्ञापनको लिखित परीक्षा सम्पन्न भएर नतिजा आइसक्दा पनि एक वर्षदेखि अन्तर्वार्ता हुन सकेको थिएन । आयोगले सहसचिवको अन्तर्वार्ता सम्पन्न गरे पनि उपसचिवको अन्तर्वार्ता भने हाल जारी छ । आयोग पदाधिकारीविहीन भएपछि गत एक वर्षदेखि अन्तर्वार्ता, विभागीय कारबाहीसम्बन्धी परामर्श तथा बढुवा उजुरीसम्बन्धी कारबाही हुन सकेका थिएनन् । आयोगमा पदाधिकारी नियुक्ति फागुनको अन्तिम सातादेखि यी सबै कार्य सुचारु हुन पुगेका हुन् ।

मेक्सिकोमा स्वाइन फ्लुबाट मर्नेको संख्या १०० पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेक्सिको सिटी/ मेक्सिकोमा स्वाइन फ्लुको संक्रमणका कारण अहिलेसम्म १०० जनाले ज्यान गुमाइसकेका छन् । यस रोगको संक्रमण संयुक्त राज्य अमेरिका, क्यानडा र स्पेनमा पनि फेला परिसकेको छ । स्पेनमा स्वाइन फ्लुको संक्रमण देखापरेपछि युरोपेली देशका स्वास्थ्यमन्त्रीले आपतकालीन बैठक आह्वान गरेका छन् । स्वाइन फ्लुले महामारीको रूप लिन सक्ने संयुक्त राष्ट्र संघले सचेत गराएको छ । एसियालगायत अन्य देशका कयौं विमानस्थलमा संक्रमण लागेको वा नलागेको जाँच्ने व्यवस्था गरिएको छ । मेक्सिकोमा एक हजार ६ सय १४ जना स्वाइन फ्लुबाट संक्रमित भएको स्वास्थ्यमन्त्री जोसे एन्जेल कोरडोभाले जानकारी दिए । संयुक्त राज्य अमेरिकामा २० व्यक्तिलाई स्वाइन फ्लुको संक्रमण लागेको बताइएको छ । अमेरिकामा सार्वजनिक स्वास्थ्यमा संकटकाल घोषणा गरिएको छ । क्यानडामा ६ व्यक्तिमा यो संक्रमण देखापरेको छ । रुस, थाइल्यान्ड र चीनले मेक्सिको र अमेरिकाका केही भागबाट सुंगुरको मासु आयात गर्न रोक लगाएको छ ।

नेपाल-भारतका केही सीमास्तम्भ हराए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल-भारतका केही सीमास्तम्भ हराएका छन् । स्थानीय प्रशासनले भने ६ महिनायता सीमास्तम्भको अनुगमनसमेत गरेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्रीले सीमास्तम्भको निरीक्षण नगरिएको स्विकारेका छन् । भन्छन्, 'म बाँके प्रशासनमा आएको ६ महिना बितिसक्यो । एकपटक पनि निरीक्षण गर्न सकेका छैनौँ ।' दुई देशका अधिकारीबीच छिट्टै छलफल गरी सर्भे टोलीसहित निरीक्षणमा जाने उनले बताए । बाँकेमा मुख्य ३३ र दुई सय ७४ वटा सहायक पिलर गरी तीन सय सातवटा सीमास्तम्भ रहेको प्रशासनले जनाएको छ । त्यसमध्ये ६३८ नम्बरको एउटा सीमास्तम्भ हराएको छ । राप्ती नदीको बाढीले ६४४ र ६४५ नम्बरको मुख्य र पाँचवटा सहायक सीमास्तम्भ बगाएको छ । ६४३ को १ र २, ६४४ को १ र २ र ६४५ को १ नम्बर सहायक सीमास्तम्भ राप्तीले बगाएको हो । हराएका क्षेत्रमा नेपाली भूमि मिचिएको छ वा छैन भन्नेबारे पनि प्रशासनलाई जानकारी छैन । भारतीय सीमा सुरक्षाबलले सीमाक्षेत्रमा कच्ची बाटो निर्माण गरेर नियमित अनुगमन गरे पनि नेपाली पक्षबाट त्यसो हुन सकेको छैन । बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरीबलका तीनवटा बेसक्याम्प राखिएका छन् । बलले पनि सबै ठाउँको सीमास्तम्भको निरीक्षण गर्न सकेको छैन । सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक दिलीप शर्माका अनुसार कटकुइया सशस्त्र प्रहरी बेस क्याम्पले पूर्वमा दाङ र नारायणपुरसम्म, कालाबन्जर सशस्त्र प्रहरी बेस क्याम्पले, पश्चिम जमुनाहासम्म र जमुनाहा बेस क्याम्पले बर्दियासम्मको सीमा निरीक्षण गर्नुपर्ने बाध्यता छ । तर, राप्तीपारिका विकट ठाउँका सीमास्तम्भको भने सशस्त्र बलले निरीक्षण गर्न सकेको छैन । 'सातामा दुईपटक सीमास्तम्भको निरीक्षण गर्नुपर्ने हो । राप्तीवारि निरीक्षण गर्न भ्याएका छौँ । तर, राप्तीपारि विकट स्थानमा रहेका सीमास्तम्भको निरीक्षण गर्न गाह्रो छ,' प्रहरी उपरीक्षक शर्माले बताए । सीमास्तम्भसम्म पुग्ने बाटो नभएकाले निरीक्षण गर्न कठिन भएको उनको भनाइ छ । हराएका पिलरका बारेमा भने सम्बन्धित मन्त्रालयमा जानकारी गराइएको उनले बताए ।

Apr 26, 2009

प्रधानसेनापति प्रकरणमा दलहरुको आआफ्नै अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानसेनापति प्रकरणमा प्रमुख दलहरु माओवादी, नेपाली कांग्रेस र एमाले आफ्नै अडानमा कायम छन् ।
राजनीतिक दलहरुको सहमतिमा प्रधानसेनापति रुक्माङ्गद कटवालबारे निर्णय गर्ने प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रीहरुले बताइरहेका बेला प्रमुख दलहरुले आफ्नै अडान दोहोर्‍याएका छन् । बैशाख १३ गते व्यवस्थापिका संसदको बैठकमा बोल्दै माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरुले प्रधानसेनापति प्रकरणमा आफ्ना अडान दोहोर्‍याएका हुन् ।माओवादी प्रवक्ता तथा सभासद दिनानाथ शर्माले नागरिक सर्वोच्चता कायम गर्न प्रधानसेनापति कटवाललाई सरकारले हटाउन खोजेकाले सबै दलले सरकारलाई सहयोग गर्नुपर्ने बताए । नेपाली कांग्रेसका महामन्त्री तथा सभासद डा. रामशरण महतले माओवादी सर्वोच्चता कायम गर्न प्रधानसेनापति हटाउन खोजिएको उल्लेख गरे भने एमाले सचिव तथा सभासद शंकर पोखरेलले कुनै ब्यक्तिको निर्णय तथा स्वेच्छचारिताका आधारमा प्रधानसेनापतिमाथि कारवाही भए आफ्नो पार्टीलाई मान्य नहुने धारणा राखे ।व्यवस्थापिका संसदको अर्को बैठक बैशाख १४ गते हुने भएको छ ।यसैबीच, माओवादी सचिवालय सदस्य नारायणकाजि श्रेष्ठले संसदमा उपस्थित पत्रकारहरुसँग कुरा गर्दै प्रधानसेनापति हटाउने निर्णयबाट आफ्नो पार्टी पछि नहट्ने बताए । उनले आजै मन्त्रीपरिषद बैठक हुने सम्भावना नरहेको पनि जानकारी दिए ।

सहमतिका आधारमा काम गर्न प्रमलाई सल्लाह राष्ट्रपतिको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १३ गते । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा आइतबार छलफल भएको छ । राष्ट्रपति भवन, शीतल निवासमा भएको छलफलमा सरकारले प्रधानसेनापतिलाई सोधेको स्पष्टीकरणलगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार दाहालका अनुसार छलफलमा राष्ट्रपति यादवले अन्तरिम संविधानको मर्मलाई ध्यानमा राखी काम गर्न आग्रह गर्नुभएको थियो । जे कार्य गर्दा पनि राजनीतिक सहमतिका आधारमा गर्न सल्लाह दिँदै राष्ट्रपति यादवले मुलुकलाई राजनीतिक नेतृत्व दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको भएकाले सबैलाई समेटेर लैजान विशेष आग्रह गर्नुभयो । संविधान, कानुन तथा बृहत् शान्ति सम्झौतालाई बिर्संदा मुलुकमा राजनीतिक अप्ठ्यारा आउनेतर्फ सचेत गराउँदै डा. यादवले सहमति जुटाउन र संविधान, कानुनको पालनामा जोड दिनुभएको थियो । प्रधानसेनापतिलाई सोधिएको स्पष्टीकरणका विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकोमा राष्ट्रपतिले प्रसन्नता व्यक्त गर्नुभएको थियो । यस्ता प्रयास गर्दै जाँदा सबैलाई एकै ठाउँमा ल्याउन सकिने विश्वास डा. यादवले व्यक्त गर्नुभयो । दाहालका अनुसार प्रधानमन्त्री दाहालले पनि छलफल, सहमतिबाटै निकास खोज्ने विश्वास दिलाउनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार छलफलमा प्रधानसेनापतिमाथिको कारबाहीलाई दलहरूसितको छलफल बढाएर छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिइएको थियो । प्रधानमन्त्री दाहालले स्थगित भएको आˆनो चीन भ्रमणका बारेमा पनि राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

खम्बुवानको प्रतिकारमा सात घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी/ खम्बुवान राज्यको माग राखेर आन्दोलन गर्दै आएको खम्बुवान डेमोक्रेटिक फ्रन्टको सुनसरीको चतराका स्थानीय बासिन्दाले प्रंतिकार गरेका छन् ।मुखमा कालोपट्टी बाँधेका हातमा कट्टी, लाठी बोकेका ५० भन्दा बढी खम्बुवानका कार्यकर्ताले दिउँसो १ बजे बजारमा स्थानीय बासिन्दा र प्रहरीविरुद्ध नाराबाजी गर्नुका साथै जथाभावी स्थानीय बासिन्दामाथि आक्रमण गरेपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका हुन् । खम्बुवान डेमोक्रेटिक फ्रन्टका महासचिव इन्द्रहाङ खम्बुको नेतृत्वमा आएका कार्यकर्ताले चतरा प्रहरीचौकीमा पनि आक्रमण गरेका थिए । प्रहरी चौकी तथा स्थानीय बासिन्दालाई आक्रमण गरी घाइते बनाएपछि चतराका पाँच सयभन्दा बढी बासिन्दाले उनीहरूको प्रतिकार गरेको प्रहरीचौकीका प्रमुख देवानसिंह तामाङले जनाएका छन् । खम्बुवान कार्यकर्ताको आक्रमणबाट स्थानीय बासिन्दा केशव राई, कृष्ण पोख्रेल, धनकेशर खत्री, चण्डु मगर घाइते भएका छन् । उनीहरूको टाउको फुटेको छ । खम्बुवान कार्यकर्ताको आक्रमणमा प्रहरी हवल्दार राजकुमार कट्टेल पनि घाइते भएका छन् । त्यसैगरी, स्थानीय बासिन्दाको प्रतिकारमा फ्रन्टका महासचिव इन्द्रहाङ खम्बु, महामन्त्री महाजित राई, कार्यकर्ताहरू विनोद खम्बु, सन्तोष खम्बु, सागर खम्बु, बाघधन राई घाइते भएका छन् । उनीहरूको पनि टाउको फुटेको छ । स्थानीय बासिन्दाको घेराउमा परेका फ्रन्टका कार्यकर्तालाई जनपथ र सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको चतरा प्रहरीचौकीले जनाएको छ । क्रन्टका कार्यकर्ताहरूले शुक्रबार राति चतरा बजारमा स्थानीय बासिन्दाको घरघरमा पसेर जथाभावी कुटपिट गर्नुका साथै आतंक मच्चाएको तीन सय स्थानीय बासिन्दाको हस्ताक्षरसहित किटानी जाहेर पनि प्रहरी कार्यालयमा परेको प्रहरीले जनाएको छ । उदयपुरमा दुईजना आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा खम्बुवानले बन्द आह्वान गरेको थियो । शुक्रबार बिहानैदेखि बजार र यातायात बन्द गराउँदै हिँडेका खम्बुवान कार्यकर्ताले चतराको बगुवामा को १ ह २५६ नम्बरको टेम्पोमाथि बन्चरो प्रहार गरी यात्रुलाई घाइते बनाएपछि चतरावासी उनीहरूको प्रतिकारमा उत्रिएका थिए । प्रतिकारमा उत्रिएका स्थानीय बासिन्दाले फ्रन्टका केन्द्रीय सदस्यसहित पाँचजनालाई निर्धात कुटपिट गरी प्रहरीचौकी चतरामा बुझाएका थिए । आफ्ना कार्यकर्ता पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको विरोधमा फ्रन्टले धरानमा पनि माइकिङ गर्दै हिँड्दा यातायात मजदुरहरूले आक्रमण गरी लखेटेका थिए । शुक्रबार खम्बुवान क्षेत्रमा खम्बुवानविरोधीहरूले आफ्ना कार्यकर्तालाई आक्रमण गरी प्रहरीलाई बुझाउने काम गरेको भन्दै खम्बुवान फ्रन्टले आपत्ति जनाएको थियो । प्रहरी प्रशासन, स्थानीय राजनीतिक दल र नागरिक समाजले वार्ताको आह्वान गरेका थिए । वार्ता बस्न तयार भई शनिबार बिहान ८ बजेलाई तय गरिएको थियो । चतरा प्रहरीचौकीमा वार्ता गर्ने सहमति भए पनि खम्बुवानका कोही प्रतिनिधि नआएको चतरा प्रहरीचौकीले जनाएको छ । वार्तामा नआएर उनीहरू स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दल र प्रहरीकै विरुद्धमा नाराबाजी गर्दै हातमा घरेलु हतियार बोकेर चौकी तथा स्थानीय बासिन्दामाथि आक्रमण गर्न थालेपछि दोहोर झडप भएको थियो । सशस्त्र प्रहरीले नजोगाएको भए स्थानीयले खम्बुवान कार्यकर्तालाई त्यसै नछाड्ने स्थितिको सिर्जना भएको स्थानीय बासिन्दाले जनाएका छन् । दुई दिनसम्म झडप हुनुका साथै खम्बुवानका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएपछि चतरा बजार तनावग्रस्त बन्न पुगेको स्थानीय हिमाल राईले जनाएका छन् ।

लिम्बुवान प्रभावित १० जिल्लामा अपरेसनको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वतन्त्र लिम्बुवान राज्यको माग गर्दै हिंसा बढ्न थालेपछि सरकारले पूर्वीपहाडका लागि विशेष सुरक्षा रणनीति लागू गर्ने भएको छ । रणनीतिअनुसार सरकारले १० जिल्लामा १० हजार प्रहरी खटाउने तयारी गरेको छ । विशेष सुरक्षा योजनामा परेका जिल्लामा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, ओखलढुंगा र उदयपुर छन् । स्रोतका अनुसार वैशाखको दोस्रो साताबाट चयन भएका जिल्लाहरूमा विशेष सुरक्षा योजनाअनुसारको काम सुरु हुनेछ ।अहिले प्रायः पहाडी जिल्लामा तीन सय ५० प्रहरी छन् । तर, लिम्बुवान प्रभावित जिल्लामा भने पाँच सयका दरले प्रहरी परिचालित छन् । नयाँ रणनीतिअनुसार हरेक जिल्लामा हजारभन्दा बढी प्रहरी खटिनेछन् । अहिले चौकीमा खटिएका प्रहरीसँग थि्रनटथ्री र सटगन मात्र छन्, अब संवेदनशीलता हेरेर अत्याधुनिक हतियार एसएलआर दिने तयारी छ । लिम्बुवान मुक्ति मोर्चा, संघीय लिम्बुवान राज्यपरिषद् डम्बर लावती समूह, संघीय लिम्बुवान राज्यपरिषद सञ्जुहाङ पालुङ समूह, संघीय लिम्बुवान राज्यपरिषद् कुमार लिङदेन समूह, संयुक्त लिम्बुवान मोर्चा, पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्च, किराँत लिम्बुवान राष्ट्रिय मञ्च र पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्चलगायतका संगठनहरू लिम्बुवान क्षेत्रमा सक्रिय छन् । यी संगठनमध्ये पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्चका गतिविधिलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । सो संगठनले तमोर नदीपारिका नौ जिल्लालाई स्वतन्त्र राष्ट्र घोषणा गरी सशस्त्र गतिविधि गर्दै आएको छ ।पृथ्वीनारायण शाहसँगको विशेष सहमतिको आधारमा नेपालमा गाभिएका ती क्षेत्रहरू नेपालमा राजतन्त्रको अस्तित्व समाप्त भएलगत्तै सहमति खारेज भएको दाबी गर्दै मञ्चले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, मोरङ, झापा र इलामलाई स्वतन्त्र राष्ट्र भएको दाबी गरिरहेको छ । यसको नेतृत्व महासचिव शेर्माहाङ याक्थुम्बाले गरेका छन् । प्रहरी प्रधान कार्यालयले सुरक्षा योजना रणनीति तय गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयले योजना स्वीकृत गरी कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ । गृह-प्रवक्ता नवीन घिमिरेले पनि योजना अहिले गृहकार्यको चरणमै रहेको जानकारी दिए । 'आन्तरिक गृहकार्यमा रहेको कुरा अहिले नै कसरी प्रेसलाई भन्न मिल्छ ? जब सबै गृहकार्य पूरा हुन्छ अनि भनौँला नि,' घिमिरेले नयाँ पत्रिकासित भने ।प्रहरी प्रवक्ता विजयलाल कायस्थले १० जिल्लामा विशेष सुरक्षा अभियान सञ्चालनको तयारी गरेको बताए । उनले छनोटमा परेका १० जिल्लामा प्रहरी जनशक्ति र उनीहरूको क्षमता बढाउने तयारी गरेको जानकारी दिए । कायस्थले पनि यसबारे थप जानकारी दिन मानेनन् । उनले भने, 'ती जिल्लाको सुरक्षा-व्यवस्था मजबुत बनाउन जे-जस्तो कदम आवश्यक पर्ने हो, त्यसको तयारी गरिएको छ ।'

आगो निभाउन गएका पाँच गाउँले जलेर मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हस्तिचौर सामुदायिक वनमा लागेका डढेलो नियन्त्रण गर्न गएका पाँचजनाको शनिबार जलेर मृत्यु भएको छ । दिउँसो १२ बजेदेखि लागेको डढेलो नियन्त्रण गर्ने क्रममा तीन महिला, घरबिदामा गएका एक सैनिकजवानसहित पाँचजनाको मृत्यु भएको हो । स्याउलाले आगो निभाउँदा थप सातजना घाइते भएका छन् ।मृत्यु हुनेमा हस्तिचौर गाविस-३ का ५५ वर्षीय रामलाल घिमिरे, घरबिदामा गएका सैनिकजवान २४ वर्षीय अमरबहादुर कुँवर, ४३ वर्षीया धनकला खत्री, ३० वर्षीया देवकला खत्री र ३५ वर्षीया सीता कुँवरको मृत्यु भएको हो । मृतक एकको सनाखत हुन सकेको छैन । डढेलो नियन्त्रण गर्न नसकिने भएपछि र्फकन थालेका उनीहरूको आगोको लप्कोले चारैतिरबाट घेरेपछि निसास्सिएर बेहोस भएका थिए । तत्काल उद्धारमा अन्य कोही जान नसकेपछि उनीहरूको ज्यान गएको स्थानीय बासिन्दा यमबहादुर कुँवरले बताए । डढेलो रातिसम्म पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । तर, वनक्षेत्रमा रहेका दुई बस्ती भने खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रकुमार पालिखेले बताए । डढेलोले गाउँलेको ज्यान गएको जानकारी पाएपछि सदरमुकामबाट प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार र प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल पुगेको थियो । जिल्ला अस्पतालका डाक्टर सुदर्शन थापाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले मृतकको घटनास्थलमै पोस्टमार्टम गरी शव गाउँलेलाई बुझाएका छन् । एक सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमध्ये रातिसम्मको डढेलोले ६५ हेक्टर जंगल नष्ट गरिसकेको छ । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा हुन नसकेको स्थानीय अशोक कुँवरले बताए । आगो नियन्त्रणका लागि पालिखेको नेतृत्वमा ५० जना नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, नेपाल सेनाका जवान र स्थानीय गाउँले लागेका छन् ।शनिबार नै गुल्मीको पर्यटकीय एवं धार्मिक क्षेत्र रेसुंगा जंगलमा पनि उत्तर क्षेत्रबाट भिषण डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सैनिक जवान र प्रहरीहरू खटिरहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ । त्यस्तै, शान्तिपुर, जुनिया, जोहाङ गाविसका जंगलमा पनि दिउँसोदेखि लागेको डढेलो नियन्त्रण भएको छैन ।

Apr 25, 2009

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस-विज्ञप्ति


विभिन्न पत्र-पत्रिकाहरूमा छापिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेतृत्वहरूलाई कार्वाही गरिएको कथित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आजको मितिमा निर्वाचन आयोगको रेकर्डमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष डी. के. बुद्धिष्ट हुन् भनेर प्रष्ट उल्लेख छ । निर्वाचन आयोगले डी. के. बुद्धिष्ट मञ्चको अध्यक्ष हुन् भनी दिएको कागज-पत्र हामी कुनै पनि बेला कुनै पनि ठाउमा प्रस्तुत गर्न सक्छौं । मिति २०६५ चैत्र २८, २९ गते सम्पन्न मञ्चको १९ औं बैठकले अध्यक्ष मण्डल सदस्य कमल छाराहाङ र सचिवालय सदस्य बालकुमार (मिसेकहाङ) थाम्सुहाङले विधान विपरीत र संघीयवादी एवम् जातीय मुक्तिको विरुद्धमा कार्य गरेकोले नीजहरूलाई मञ्चको साधारण सदस्यताबाट समेत निष्काशन गरिसकेको छ, मञ्चको संघीय(केन्द्रीय) समितिको बहुमतले गरेको सो निर्णयलाई निर्वाचन आयोगले समेत रुजु गरिसकेको छ । कमल छाराहाङ मञ्चको अध्यक्ष त परैजावस् साधारण सदस्यसमेत छैनन् । मञ्चसँग कुनै वैधानिक सम्बन्ध नभएका नीज व्यक्तिले स्वघोषित अध्यक्ष भएर मञ्चका वैधानिक अध्यक्ष डी. के. बुद्धिष्ट, अध्यक्ष मण्डल सदस्य कुमार लिङ्देन र कार्यवाहक महासचिव खगेन्द्र माखिमलाई मञ्चबाट कार्वाही गरेको हल्ला फिजाएका छन्, यो भ्रम हो, यस हल्लामा एक प्रतिशत पनि वैधानिकता छैन, यो पूरै अवैधानिक कार्य हो । संघीयवादी आन्दोलनलाई तहस-नहस पार्ने षडयन्त्र हो । नीज कमल छाराहाङले मञ्च र राज्यबीच २०६४ फागुन १८ गते भएको ५ बुँदे सहमति र संविधान सभाको खुलेर विरोध गरेका हुन् । उनको षडयन्त्र र विरोधलाई कुल्चदै मञ्च संविधान सभामा सहभागी भयो र हाल पन्ध्रौं राष्ट्रिय दल हुन सफल भएको छ । उनले मञ्चलाई भत्ताभुङग बनाउन अनेकौं पल्ट तिक्डमहरू रचेका हुन्, त्यस षडयन्त्रको जालोमा यसपल्ट मञ्चका सभासद् राजकुमार नाल्बो सहाभागी भएका छन् । सभासद् नाल्बोले पार्टीलाई गम्भीर धोका दिएको र संविधान सभा विरोधीहरूसँग मिलेकोले नीजलाई सभासद्बाट फिर्ता बोलाउन मञ्चले तत्काल कानुनी प्रक्रिया अघि बढाउनेछ । संघीयता विरोधीहरूद्वारा सञ्चालित केही व्यक्तिहरूले मञ्चको विरुद्धमा चलाएको यो भ्रमलाई चिर्न मञ्चका संघीयतावादी, लोकतान्त्रिक, गणतन्त्रवादी, संविधान सभापक्षधर इमान्दार कार्यकर्ताहरू एकजुट हुन आग्रह गर्दछु । साथै, यी सञ्चालित व्यक्तिहरू आफै चाडै नै जनतासामु नाङ्गेझार हुनेछन् ।
मितिः २०६६।०१।१२

थरूहट आन्दोलनबाट तराईका २० जिल्ला अस्तव्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १३ - सरकारसँग एक महिनाअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै थरूहट स्वायत्त राज्यपरिषदले थालेको आन्दोलनबाट तराईका २० जिल्ला चार दिनदेखि अस्तव्यस्त छन् । तर प्रधानसेनापति स्पष्टीकरण प्रकरणमा अल्झिएकाले सरकारको ध्यान यसतर्फ पुग्न सकेको छैन । 'हामी सहमति कार्यान्वयनका लागि जिम्मेवार छौं । कतिपय सहमति संसदबाट कार्यान्वयन गर्नुपर्ने हुन्छ । संसद सुचारु नभएको बुझ्दाबुझ्दै एक पक्ष फेरि आन्दोलनमा जानु दुर्भाग्यपूर्ण हो,' शान्तिमन्त्री जनार्दन शर्माले भने । सहमति कार्यान्वयनका लागि समितिसमेत बनिसकेको स्थितिमा थरूहट हठात आन्दोलनमा जानुलाई आन्दोलनका अरू चार घटक उचित मान्दैनन् । आन्दोलनका सबै घटकबीच सरकारसँगको सहमति कार्यान्वयनका लागि नियमित छलफल भइरहेको जनाउँदै थारू कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले भने, 'उनीहरू हामीसँग सल्लाहै नगरी हतारमा आन्दोलनमा गए ।' संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिका संयोजक ताज मोहम्मद मियाँले सरकारले सहमति कार्यान्वयन गर्नेमा कुनै कन्जुस्याइँ नगरेको बताए । प्रक्रिया अघि बढेका बेला आन्दोलन सुरु गरेर थरूहटले सहमति कार्यान्वयन नहोस् भन्ने चाहेको उनको दाबी छ । थरूहट अध्यक्ष लक्ष्मण थारू सहमति कार्यान्वयन गर्ने सिलसिलामा सरकाले ल्याएको प्रतिस्थापन विधेयकमा तराई मधेस भनिएकोमा आपत्ति प्रकट गर्छन् । 'तराईमा मधेस छँदैछैन,' उनले भने । मधेसीकरणको विरोधमा थारूलगायत समुदायले गत फागुनमा १३ दिन हडताल गरेका थिए । पटक-पटकको वार्तापछि सरकार र थारूलगायत समुदायबीच प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा गत चैत १ गते बालुवाटारमा ६ बुँदे सहमति भएको थियो । मुस्लिम समुदायसँग छुट्टै सहमति भएको थियो । त्यतिबेला थरूहटले सहमतिलाई ऐतिहासिक उपलब्धि भएको बताएको थियो । यतिबेला भने थरूहट सहमतिबाहेकका थप माग राखेर आन्दोलनमा छ । 'राष्ट्रघाती सन्धि सम्झौताहरू खारेज नगरी नयाँ संविधान बनाउनु हुँदैन,' थारूले भने । थरूहट दरबारियाको इसारामा अहिलेको तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै अराजकता सिर्जना गर्न लागेको अन्य घटकको ठम्याइ छ । 'उनीहरू दरबारियाको निर्देशनमा सञ्चालित छन् । दरबारियाकै पैसामा जहाजमा उड्छन्, आन्दोलनका नाममा थुप्रै पैसा खर्च गरेका छन्,' माओवादी सभासद तथा थारू राष्ट्रिय मुक्ति मोर्चाका इन्द्रजित थारूले भने ।

प्रधानमन्त्री प्रचण्डको अन्तिम समयमा चीन भ्रमण स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को आसन्न चीन भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानसेनापति रुक्मांगद कटवाललाई सरकारले लिएको स्पष्टीकरण र त्यसप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भइरहेको गम्भीर समीक्षा एवम् आलोचनालाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा आएर भ्रमण स्थगित गर्नुभएको प्रमका प्रेस सल्लाहकार ओम शर्माले नेपाल समाचारपत्रलाई शनिबार जानकारी दिनुभयो।त्यस्तै परराष्ट्र मन्त्रालयका प्रवक्ता, सहसचिव तथा चाइना डेस्क हेर्ने प्रमुख अधिकारी सुरेशप्रसाद प्रधानले देशमा उत्पन्न जटिल राजनीतिक परिस्थितिका कारण नै प्रम प्रचण्डको भ्रमण हालका लागि स्थगित भएको बताउनुभयो।भ्रमणको लगभग सम्पूण तयारी भइसकेको थियो, मे पहिलो साताका लागि हामीले भ्रमण तयारी गरेका थियौ, प्रवक्ता प्रधानले भन्नुभयो- तर देशको जटिल राजनीतिक परिस्थितिका कारण प्रमको भ्रमण अहिलेका लागि स्थगित भयो। उहाँले देशको राजनीतिक अनुकूलता, चिनियाँ उच्चपदस्थ सरकारी अधिकारीको समय र अनुकूलतालाई हेरेर छिट्टै नयाँ भ्रमण मिति तय गरिने जानकारी भन्नुभयो।मन्त्रालयका अर्का एक अधिकारीले प्रमको भ्रमण हाललाई स्थगित हुनुमा चीनद्वारा प्रस्तावित नयाँ शान्ति तथा मैत्री सन्धिमा हस्तँक्षर नहुने पक्कापक्की हुनु पनि रहेको बताए।प्रम प्रचण्डले यही वैशाख १८ देखि २७ गतेसम्मका लागि चीन भ्रमण गर्ने गरी मन्त्रालयले तयारी अघि बढाएको थियो।

कटवालको कारबाही अगाडि बढाउन निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख सत्तारूढ दल एकीकृत नेकपा (माओवादी) ले सिंगो मन्त्रिपरिषद्ले एकमतबाट प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टीकरण लिने निर्णय गरेकाले सरकारलाई कटवालको कारबाही अगाडि बढाउन निर्देशन दिएको छ भने दोस्रो सत्तारूढ दल नेकपा (एमाले) को दुइ दिनसम्म बसेको बैठक निष्कर्षवहीन भएको छ। प्रधानसेनापतिसँगको स्पष्टीकरणमाथि तातो बहस र पार्टी त्रै विवाद देखिएपछि चीन भ्रमण छोट्टयाएर आउनुभएका पार्टी यक्ष झलनाथ खनालले केन्द्रीय कमिटीको अनौपचारिक बैठक र स्थायी कमिटीको बैठक बसाल्नुभए पनि सो विषयमा दुइ दिनसम्म एमाले अनिर्णयको बन्दी भएको छ।नेकपा (एमाले) ले कटवालसँग स्पष्टीकरण लिइसकेको अवस्थामा अब त्यसभन्दा अगाडि नबढौं भन्ने निर्णय गरे पनि सरकारले कटवाललाई कारबाही गरेरै छोड्नुपर्ने माओवादीको अडान झन् दह्रो रूपमा आएको छ। माओवादी सचिवालयको शनिबार बसेको बैठकले कटवाललाई हटाउन नसके बरु सत्ता छोड्न तयार हुने निष्कर्षनिकालेको बताइएको छ।एमाले केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा केन्द्रीय सदस्यहरूले स्पष्टीकरण पनि आफैँमा कारबाही भएकाले त्योभन्दा अगाडि बढ्न जरुरी छैन भन्ने सुझाव दिएको र स्थायी कमिटीले पनि त्यसको सेरोफेरोमा रहेर निर्णय गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी माओवादी सचिवालयले जनताबाट निर्वाचित सरकारलाई सेनाको अधीनमा राख्न खोजिन्छ भने त्यो कुनै पनि हालतमा मान्य नहुने निर्णय गरेको छ।सचिवालय सदस्य लीलामणि पोखरेलले यही मन्त्रिपरिषद्ले गरेको निर्ण्र्हो, त्यसैले सरकार पछि हट्नुहुँदैन भन्ने निर्ण्र्गरेको जानकारी गराउँदै कसैको इसारामा केही दलले नागरिक सर्वोच्चतामाथि चुनौती दिन खोजेकोतर्फ पार्टी गम्भीर ध्यानाकर्षा भएको स्पष्ट पार्नुभएको छ।बैठकमा नेताहरूले सरकारले कसैको धम्कीबाट घुँडा टेक्ने काम गर्नुहुँदैन नागरिक सर्वोच्चतालाई चुनौती दिन्छन् भने पार्टी पनि आफनो सम्पूण् शक्तिलाई परिचालन गर्ने गरी सचेत रहन निर्देशन दिनुपर्ने कुरामा जोड दिएको र सोहीअनुसार पार्टी आफना पार्टी मिटीलगायत सबै शक्तिलाई आवश्यक परे जे पनि कदम चाल्नुपर्ने हुन सक्छ भनी निर्देशनसमेत गरिसकेको बुझिएको छ।नेताहरूले सेना समायोजन, शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अवरुद्ध पार्ने उद्देश्यले रुक्मांगद कटवाललाई कारबाही गर्न नहुने कुरा पनि उठाइएको छ र राष्ट्रपतिलाई तेर्स्याएर जनताको अधिकार खोस्ने षड्यन्त्र पनि भएको कुरा उल्लेख गर्दै कसैले जनताको अधिकार खोसेमा माओवादीको सिंगो शक्ति र शिविरमा रहेका जनमुक्ति सेना पनि निस्कन बाध्य हुने चेतावनी दिएका छन्। बैठकमा नेताहरूले कुनै पनि परिस्थितिको सामना गर्न पार्टीयार हुनुपर्ने तर्क पनि राखेको बताइएको छ।यता एमाले स्थायी कमिटी माओवादीको पछिल्लो रणनीतिका बारेमा राष्ट्रपति अन्य दल र अन्तर्राष्ट्रिय समुदायको थप आशय बुझेर मात्र निर्णय पुग्ने गरी स्थगित भएको बताइएको छ। प्रधानसेनापतिको विषयमा पार्टी आधिकारिक धारणा बनाउने उद्देश्यले बसेको स्थायी कमिटीको बैठक शनिबार केहीबेर बसी आज आइतबार बिहानसम्मका लागि स्थगित भएको छ।यता प्रधानसेनापति विवाद चुलिंदै गएपछि बिहीबार दिल्ली जानुभएका भारतीय राजदूत राकेश सुद शनिबार नेपाल फर्किनुभएको छ।

प्रधानसेनापति बन्नका लागि करोडौँको खेल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाको प्रधानसेनापति बन्नका लागि करोडौँको खेल हुने गरेको नेपाली सेनाकै एकजना पूर्वउपरथीले आरोप लगाउनुभएको छ ।गोरखापत्रसँग शनिबार विशेष कुराकानी गर्दै पूर्वउपरथी प्रदीपप्रतापबम मल्लले सो खेलबाट आफू पीडित भएको गुनासोसमेत व्यक्त गर्नुभएको छ ।सेनालाई राजनीतिमा चाख राख्न प्रोत्साहन गरिँदैन भन्दै उहाँले भन्नुभयो, "खासगरी ०४६ सालपछि उच्चस्तरका अधिकृतहरू व्यक्तिगत फाइदाका लागि नेताहरूको घरदैलो चहार्न थाले, मेरै मुद्दामा नेपाली सेनाका जर्नेलहरूले मिलेर मलाई फाले ।"मुलुकमा लोकतन्त्र र कानुनको शासन हुँदा पनि सर्वोच्च अदालतबाट जारी परमादेश कार्यान्वयन नभएको उदाहरण दिँदै उहाँले थप्नुभयो, "वर्तमान प्रधानसेनापति रुक्माङ्गद कटवालले मौखिक सहानुभूति दिनुभयो तर व्यवहारमा केही भएन, सर्वोच्चको आदेशलाई अवज्ञा गरियो ।""देशका नालायक नेता र सेनाको पनि नालायक नेतृत्वले गर्दा मलाई अन्याय भयो, यो कुरा लेखिदिनुस्", जोड दिँदै उहाँले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुजाता कोइराला र प्रधानसेनापति कटवालले पुनःबहाली गर्ने अदालतको आदेशलाई ठाडै अवज्ञा गरी आफूलाई अन्याय गरेको बताउनुभयो । अन्तर्वार्ताकै क्रममा नेपाली काङ्ग्रेसका केही नेताले आफूप्रति सहानुभूति राखे पनि पुत्री र पिताको दबाबले गर्दा आफूले न्याय पाउन नसकेको तीक्तता पोख्दै उहाँले भन्नुभयो, "नेपाली काङ्ग्रेस त पारिवारिक पार्टी पो रहेछ ।"सेनाको उपरथीमा बढुवा भएपछि मल्ललाई कानुनतः तीन वर्ष म्याद थप नगरी अवकाश दिइएको थियो । त्यस बेला पहिलोपटकका लागि तीन वर्ष र दोस्रोपटकका लागि दुई वर्ष सेवाअवधि थप गर्ने बाध्यात्मक व्यवस्था थियो । तर उहाँलाई म्याद थप नगरी ०६३ असार ९ गते अवकाश दिइएको थियो ।असार ९ गते म्याद समाप्त भई अवकाश पाउनुभएका मल्ललाई १५ दिनपछि मात्र अवकाशपत्र दिइएको थियो । त्यसपछि उहाँले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चको पूर्ण इजलासले कात्तिक २ गते उहाँको पक्षमा फैसला गर्दै पुनःबहाली गर्न परमादेश जारी गरेको थियो ।"अदालतको फैसलासहित हाजिर गराउन प्रधानसेनापति कटवालसमक्ष निवेदन दर्ता गराएँ, पटकपटक भेटेर अनुरोध पनि गरँ तर कुनै सुनुवाइ भएन", पूर्वउपरथी मल्लले भन्नुभयो, "अदालतको फैसला लिएर डेढ वर्ष धाएँ तर पनि मैले न्याय पाइन, पुनः बहाली भएन ।"केही दिनअघि भने सर्वोच्चले आठ सहायक रथीको म्याद थपका विषयमा अन्तरिम आदेश जारी गर्नेबित्तिकै प्रधानसेनापति कटवालले रक्षा मन्त्रालयसँग बिनापरामर्श हाजिर गराउनुभयो । "कटवालले मलाई त्यतिखेर अदालतको आदेशले पुग्दैन, मलाई अप्ठ्यारो पर्छ भन्दै रक्षाको स्वीकृति चाहिन्छ भन्नुभयो तर अहिले रक्षाको स्वीकृति चाहिएन", उहाँले कटाक्ष गर्नुभयो ।आठ सहायक रथीमाथि सरकारको करोडौको लगानी भएको र सबैको म्याद थप नभए पनि केहीको म्याद थप्नुपर्ने धारणा उहाँले राख्नुभयो । "वर्तमान चिफ साहब सङ्गठन र देशका लागि होइन आˆनै लागि लडिरहनुभएको छ", पूर्वउपरथी मल्लको विश्लेषण छ ।सैनिक 'कु', तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रका शासन तथा पूर्वप्रधानसेनापति प्याराजङ्ग थापाको दृष्टिकोणबारे मल्लले आफ्नो धारणा व्यक्त गर्नुभयो ।

भूपू गोर्खा सैनिकले बेलायतमा बसोबास अनुमति नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अदालतको आदेशका बाबजुद भूतपूर्व गोर्खा सैनिकले बेलायतमा बसोबास अनुमति नपाउने भएका छन् । बेलायत सरकारले भूपू गोर्खा सैनिकमध्ये युद्धमा बहादुरी देखाएका र गम्भीर घाइते भएकालाई मात्र बेलायतमा बस्न दिने निर्णय गरेको छ ।गत वर्ष १ अक्टोबरमा अदालतले बेलायती सेनामा सेवा गर्ने गोर्खा सैनिकले बसोबास अधिकार नपाउने पुरानो व्यवस्थामा पुनर्विचार गर्न आदेश दिएको थियो । सो आदेशपछि ४० हजार गोर्खा सैनिकले बेलायतको स्थायी बसोबास अनुमति पाउने अनुमान गरिएको थियो । तर, बेलायती गृह मन्त्रालयको बिहीबारको निर्णयपछि चार हजार तीन सय गोर्खा सैनिकले मात्र स्थायी बसोबास अनुमति पाउने भएका छन् । नयाँ सर्तले अधिकृतस्तरका गोर्खा सैनिकले मात्र सो सुविधा उपभोग गर्न पाउने भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले जनाएको छ । गोर्खालीको न्यायका लागि लडिरहेका अभियानकर्ताले भने नयाँ सर्तको विरोध गरेका छन् । 'गोर्खा सैनिकमाथि यो ठूलो अन्याय हो,' भूपू गोर्खाका पक्षमा वकालत गर्दै आएकी बेलायती नायिका जोना लुम्लीले स्थानीय ट्याबोलाइट दैनिक द सनसँग भनेकी छिन्, 'सरकारको यो लज्जास्पद निर्णय हो ।' लुम्लीका पिताले गोर्खालीसँगै बेलायती सेनामा सेवा गरेका थिए । सरकारले लागू गरेको नयाँ मापदण्डमा गोर्खालीहरू नपर्ने उल्लेख गर्दै लुम्लीले यो निर्णयविरुद्ध लड्ने बताइन् । गेसोले पनि सो निर्णय आफूहरूलाई अमान्य हुने बताउँदै नयाँ चरणको संघर्ष सुरु गर्ने जनाएको छ । गेसोका कोषाध्यक्ष जित राईले एक साताभित्रमा भावी संघर्षका कार्यक्रम तय गर्ने बताए । सरकारको निर्णयका विरुद्ध फेरि अदालत जाने उल्लेख गर्दै राईले भने, 'न्यायका लागि अन्तिमसम्म लड्नेछौँ, पछि हट्दैनौँ ।'करिब दुई लाख गोर्खा सैनिकले पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती सेनाका रूपमा विश्वका विभिन्न स्थानमा युद्ध लडेका थिए । युद्धका क्रममा करिब ४५ हजार गोर्खा सैनिकले ज्यान गुमाएको अनुमान छ । तीमध्ये १३ नेपालीले बेलायतको प्रतिष्ठित सम्मान 'भिक्टोरिया क्रस' पाएका छन् ।'जसले यो मुलुकका लागि ज्यानको बाजी थापेर लडे, आज उनीहरू नै हार्नुपर्‍यो,' गोर्खा न्याय अभियानका पिटर क्यारोलले भने ।१९९७ भन्दा अघिका गोर्खा सैनिकलाई स्थायी बसोबासको अनुमति नदिने निर्णय कानुनविपरीत रहेको ठहर गर्दै त्यसमा पुनर्विचार गर्ने आदेश उच्च न्यायालयले दिएको थियो । तर, लामो समयसम्म त्यसको कार्यान्वयन नभएपछि गत मार्चमा पूर्व गोर्खा सैनिक फेरि सर्वोच्च अदालत पुगेका थिए । अध्यागमनमन्त्री फिल उल्स भने सरकारको नयाँ निर्णयबाट करिब दस हजार गोर्खा सैनिकलाई फाइदा हुने दाबी गर्छन् ।

दुर्व्यसनमा फसेका ११ जना किशोरको शव झाडीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुर्व्यसनको कुलतमा लागेकाहरूको अकालमा मृत्यु त हुन्छ नै । तर, उनीहरूमध्ये अधिकांशको मृत्यु झाडीमा हुने गरेको छ । लागूपदार्थको दुर्व्यसनमा फसेका कञ्चनपुरका ११ जना किशोरको झाडीमा मृत्यु भएको पाइएको छ । 'कुन झाडीमा मृत्यु हुन्छ, ठेगान छैन ।' दुव्र्यसनबाट मुक्त भएका रवीन्द्र भट्टले साथीहरू गुमाएको बताउँदै भने, 'थाहै नपाई मरिने रै'छ ।' लागूपदार्थ दुव्र्यसनीको क्षेत्रमा काम गर्ने असहाय सेवा संघ कञ्चनपुरले गरेको अध्ययनअनुसार तीन वर्षयता दुर्व्यसनमा फसेका ११ जना किशोरको शव झाडीमा भेटिएको हो । 'मर्नेहरू सबैको शव जंगलको झाडीमा भेटिएको छ,' संघका दीपक चन्दले भने । उनका अनुसार सुईको प्रयोग र नशालु औषधिको सेवन गरेर लटि्ठएको अवस्थामा दुर्व्यसनीको मृत्यु भएको पाइएको छ । कञ्चनपुरमा करिब तीन सय किशोर/किशोरी दुर्व्यसनीमा फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन् । उनीहरूले भारतीय सहर बनवासा, टनकपुर, खटिमा, पिलभित, गौरीफन्टाबाट लागूपदार्थ ल्याउने गरेका छन् । 'भारतीय सहरहरूमा खुला बिक्री हुन्छ, सजिलै किनेर ल्याउँछन्,' दुर्व्यसनी मुक्त चन्दले बताए । उनका अनुसार दुर्व्यसनीले नफिर्न, फिनारगन, डाइजीपाम, लुपुजेसी, टिडी जेसिसलगायतका सुई, ब्राउन सुगर, गाँजा र चरेस तथा कोरेक्स, फेन्सिडल, नाइट्रोसन, नाइट्रोम्याटलगायतका औषधि सेवन गर्ने गरेका छन् ।

उत्तरकोरियाले प्लुटोनियम उत्पादन प्रशोधन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ उत्तरकोरियाले शनिबारदेखि प्लुटोनियम उत्पादनका लागि चाहिने आणविक ऊर्जा रडहरूको पुनः प्रशोधन सुरु गरेको छ । आपनो मुलुकलाई अणु अस्त्रले सुसज्जित पार्न कार्यक्षेत्रमै उत्रने उत्तरकोरियाले गत साता चेतावनी दिएको थियो । उत्तरकोरियाली विदेश मन्त्रालयका एक प्रवक्ताले सरकारी समाचार संस्था (केसिएनए)मार्फत भने, 'विदेश मन्त्रालयले अपि्रल १४ मा घोषणा गरेअनुसार खर्चिसकेका ऊर्जा रडहरूको पुनः प्रशोधन पाइलट एटोमिक पावर प्लान्टबाट थालिएको छ । शत्रु राष्ट्रहरूबाट आएको बढ्दो सैन्य खतरासँग हरतरहबाट सामना गर्न सक्ने आणविक प्रतिरक्षा कायम गर्न यसले मद्दत पुर्‍याउनेछ ।' ६ राष्ट्र सम्मिलित निःशस्त्रीकरण वार्ताबाट अप्रिल १४ मा उत्तरकोरिया बाहिरिएको थियो । त्यसवेला मुलुकको मुख्य आणविक केन्द्र योङ्ब्योन परिसरलाई पुनः सञ्चालनमा ल्याउने र ऊर्जा रडहरूको प्रशोधन पुनः सुरु गर्ने उत्तरकोरियाले बताएको थियो ।

मोटी युवतीहरूको सामूहिक टीकोटालो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ गत साता चीनको दक्षिणी प्रान्त ग्वाङडोङको राजधानी ग्वाङझाऊमा नौजना थसुल्ली युवतीहरूको सामूहिक टीकोटालो भएको छ । ग्वाङझाऊ दैनिक समाचारपत्रले जनाएअनुसार ग्वाङझाऊमा यस प्रकारको यो पहिलो घटना हो । चीनकी सबैभन्दा बढी मोटी मोडेल भनेर चिनिएकी जेङजिङले पनि 'इन्गेजमेन्ट' गरिन् । उनको तौल एक सय १० किलोग्राम छ । बिहेको पोसाक उनी आफैँले डिजाइन गरेकी छिन् । अन्य आठवटी युवती देशभरिका दुई सय ४६ जना उम्मेदवारमध्येबाट छानिएका हुन् । सबैजनाको वजन ७५ किलोग्रामभन्दा माथि छ । यी युवती यस अवसरलाई धेरै बढी मोटाहरूका समस्यालाई जोड दिन चाहन्छन् । साथै बढी तौल हुँदाहुँदै पनि मोटाहरूमा पनि प्रशन्न चित्त रहन सक्ने क्षमतालाई प्रोत्साहित गर्नमा उपयोग गर्न चाहन्छन् ।

Apr 24, 2009

'उर्जा उत्पादक महासंघ, नेपाल’ को प्रेस विज्ञप्ति

प्रचूर मात्रामा विद्युत उत्पादनको सम्भावना बोकेको नेपालले अनपेक्षितरुपमा लोडसेडिङ्ग भोगिरहेको छ । जलसम्पदामा धनी भएर पनि नेपाल अल्पविकसित राष्ट्रको रुपमा रहन बाध्य छ । आफ्नै देशभित्र रोजगारीको प्रसस्त सम्भावना हुँदाहुँदै पनि विश्वका विभिन्न राष्ट्रहरुमा हामी नेपालीहरु रोजगारीको निमित्त भौंतारिन बाध्य छौं । यो विडम्बना हो । जलविद्युत आयोजनाहरु नै त्यस्ता आयोजनाहरु हुन् जसबाट हजारौंहजारलाई सहजै रोजगारी सिर्जना गर्न सकिन्छ । ती आयोजनाहरुबाट प्रत्यक्ष रोजगारीका साथै बहुसंख्यक स्थानीय जनताहरुलाई अप्रत्यक्ष रोजगारीको अवसर दिलाउन सकिन्छ । नेपालले अल्पविकसित राष्ट्रमा रहन बाध्य हुनुपरेको मुख्य कारणमध्ये बेरोजगारी समस्या पनि एक प्रमुख कारण हो । 'रोजगारी’ सिधै जनताको आर्थिक जीवनसंग गांसिएको विषय हो । जनतालाई आर्थिकरुपमा सम्पन्न नबनाइ देशको अर्थतन्त्रले आशातित् सफलता हासिल गर्न सक्दैन । यसो गर्नको लागि देशमा उपलब्ध जलसम्पदालाई बढी भन्दा बढी उपयोगमा ल्याइनुपर्छ । वरदानको रुपमा उपलब्ध जलस्रोतलाई विद्युत उत्पादनको काममा लगाउने हो भने देशलाई बहुआयमिक फाइदा हुनेछ । एकातिर बेरोजगार नेपाली जनतालाई रोजगारी दिलाउन सकिनेछ भने अर्कातिर स्वदेशमा रहेको उपलब्ध पू“जीलाई लगानी गरी मनग्यै आय आर्जन गर्न सकिनेछ । त्यसैगरी उत्पादित विद्युत शक्तिलाई स्वदेशमा खपत गरी देशलाई औद्योगिकरण गर्न सकिनेछ भने स्वदेशमा खपत हुन नसक्ने विद्युत शक्तिलाई विदेश निर्यात गरेर विदेशी मुद्रामा आय आर्जन गरी देशलाई आर्थिकरुपमा सबल बनाउन सकिनेछ । नेपालमा ८३ हजार मेगावाट जलविद्युत शक्ति उत्पादन हुन्छ भनिए तापनि करीब २ लाख मेगावाट जलविद्युत शक्ति उत्पादनको सम्भावना देखिन्छ । नेपालीमा इच्छाशक्ति बढ्ने र दृढ आकांक्षा हुने हो भने जलविद्युतबाटै नेपाललाई विश्वको सुन्दर, सम्पन्न र समृद्ध राष्ट्र बनाउन सकिनेछ । नेपाल सरकार दश वर्षा दशहजार मेगावाट जलविद्युत उत्पादन गरी वर्तमानमा देशले भोग्नुपरिरहेको भयावह लोड्सेडिङ्गबाट उन्मुक्ति दिलाइ देशलाई समृद्ध, सम्पन्न र समुन्नत बनाउने 'उद्घोष्’ गरी कार्यान्वयनमा अघि बढिरहेको अवस्थामा निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुले पनि संगठितरुपमा सरकारको महत्वाकांक्षी कार्यक्रमलाई बल दिनु प्रासांगिक हुनाकासाथै दायित्वसमेत भएको ठहर गरिएको छ ।विगतदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरु संगठितरुपमा अगाडि बढ्न नसकेको यथार्थ तपाई हामी सामु र्छलङ्गै छ । जलविद्युत क्षेत्रमा नेपालका निजी क्षेत्र लघु, साना, मध्यम र ठूला जलविद्युत आयोजनाहरुमा विभिन्न तरिकाले सम्लग्न भइरहेको अवस्था छ जो सकारात्मक छ तर निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको साझा संगठनको अभावले गर्दा संगठित आवाज उठ्न नसकिरहेको अवस्था छ । व्यवसायीहरुले सरकारी एवम् विभिन्न क्षेत्रबाट अनावश्यकरुपमा अनेकन प्रकारका समस्याहरुको सामना गरिहनुपरेको छ जसले गर्दा आयोजना कार्यान्वयनमा नकारात्मक असर पर्नाका साथै कार्य सम्पन्न गर्नमा विलम्बसमेत हुनेगरेको छ । निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको हक, हित, अधिकार र दायित्व तथा कर्तव्य बोध गराउनाकासाथै देश विकासमा निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुबाट महत्वपूर्ण योगदान पुर्याउनको निमित्त व्यवहारिक, वैज्ञानिक र आधुनिकप्रविधिबाट जलविद्युत तथा उर्जा व्यवसाय सञ्चालन गर्न एउटा साझा संगठनको स्थापना अपरिहार्य भएको महसुस् गरिएको छ । त्यसरी बन्ने साझा संगठनमा लघु जलविद्युत तथा उर्जा कम्पनीका प्रवर्तकदेखि ठूला जलविद्युत तथा उर्जा कम्पनीका प्रवर्तकहरुलाई एकै ठाउमा रहने वातावरण बनाउनाकासाथै सदस्यहरुलाई समान अवसर दिने कुरामा मिति २०६६ वैशाख ६ गतेको निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको काठमाण्डौमा सम्पन्न भेलाका सहभागी उर्जा उत्पादकहरुको समान धारणा रहेको पाइयो । भविष्यमा बन्ने साझा संगठनका सदस्यहरुमा काम र जिम्मेवारीदेखि बाहेक अन्य कुनै कारणबाट श्रेणी विभाजन हुनुहुदैन किनभने लघु जलविद्युत तथा उर्जा व्यवसायी कुनै दिन मध्यम तथा ठूला जलविद्युत तथा उर्जा व्यवसायी पनि बन्न सक्नेछन् भन्ने विचारलाई र्सवसम्मतीबाट स्वीकार गरियो । व्यक्ति अथवा संस्थाले गर्ने व्यवसायको आकार एवम् प्रकारलाई आधार मानी विभाजनको सीमा कोरिइनु उचित हुदैन । यसै मान्यताअनुरुप देशभरिका निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायी र जलविद्युत तथा उर्जा व्यवसायसंग सम्बद्ध संघसंस्थाहरुलाई समेटेर तिनले भोग्नुपर्ने समस्याहरुको समाधान एवम् नया र वैज्ञानिक प्रविधि खोजी जलविद्युत तथा उर्जा व्यवसाय सञ्चालन गरेर देशको विकासमा संगठितरुपमा सम्लग्न हुन निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको छाता संगठनको रुपमा एउटा संगठनको स्थापना अत्यावश्यक भएको महसुस् गरी भेलाले एक उर्जा महासंघ स्थापना गर्ने निर्णय गर्यो । यसरी बन्ने महासंघ कुनै संघसंस्थाप्रति प्रतिस्पर्धी बन्ने छैन बरु यसले तालमेल मिलाइ सबै संघसंस्था र संगठनहरुसंग लक्षित उद्देश्य प्राप्तिका लागि सहकार्य गर्नेछ ।उक्त निर्णयलाई मूर्तरुप दिन हाललाई 'उर्जा उत्पादक महासंघ, नेपाल’ (Federation of Energy Producers, Nepal) स्थापना गरी उर्जा महासंघको स्थापनार्थ गृहकार्य अर्थात् पूर्व तयारीको लागि भेलामा उपस्थित उर्जा व्यवसायीहरुको सहभागितामा १९ सदस्यीय एक 'तदर्थ समिति’ बनाइएको छ । उक्त तदर्थ समितिले छ महिनाभित्रमा व्यापक तयारी तथा गृहकार्य गरी सकेसम्म सबैप्रकारका उर्जा व्यवसायी एवम् उर्जा सम्बद्ध संघसंस्थाहरुलाई समेटेर वृहतरुपमा 'प्रथम राष्ट्रिय भेला’ बोलाउनेछ ।
तदर्थ समिति
१. संयोजक - श्री भानेन्द्रकुमार लिम्बू - स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड
२. सहसंयोजक - श्री कृष्णप्रसाद भण्डारी - काष्ठमाण्डप हाइड्रोपावर कं. प्रा. लि.
३. सहसंयोजक - श्री शैलेन्द्र गुरागाइँ - वरुण हाइड्रोपावर कम्पनी लिमिटेड
४. कोषाध्यक्ष - श्री शिशिर रञ्जितकार - कञ्चनजंघा इनर्जी डेभलपर्स कं. प्रा. लि.
५. सचिव - श्री कलमबहादुर खत्री - रामारोशन हाइड्रोपावर प्रा. लि.
६. सदस्य - श्री शोभित उप्रेती - एस्. एस्. इन्टरनेशनल
७. सदस्य - श्री रामकृष्ण श्रेष्ठ - ब्लू इनर्जी प्रा. लि.
८. सदस्य - श्री अर्जुन गुरुङ्ग - डेल्टा कोर प्रा. लि.
९. सदस्य - श्री लोकबहादुर पुन - एस्. सी. पावर कम्पनी
१०. सदस्य - श्री रबिन प्रधान - हाइड्रोटेक इनर्जी प्रा. लि.
११. सदस्य - श्री बिक्रम बिष्ट - मुनलाइट हाइड्रोपावर
१२. सदस्य - श्री जगतकुमार भुसाल - हिम् कन्सल्ट प्रा. लि.
१३. सदस्य - श्री प्रदिप श्रेष्ठ - इनर्जी जेनेरेशन प्रा. लि.
१४. सदस्य - श्री यादवराज मैनाली - कलश हाइड्रोपावर
१५. सदस्य - श्री लालबहादुर थापा - संमृद्धि हाइड्रोपावर कं. प्रा. लि.
१६. सदस्य - श्री विजय पन्त - डी पावर सोलुसन
१७. सदस्य - श्री लेखनाथ बगाले - अभानी हाइड्रोपावर प्रा. लि.
१८. सदस्य - श्री दिपक नेपाल - सनराइज हाइड्रोपावर कं. प्रा. लि.
१९. सदस्य - श्री नामगेल दोर्जे लामा - लामा हाइड्रोपावर प्रा. लि.
भानेन्द्रकुमार लिम्बू
संयोजक
प्रथम राष्ट्रिय भेला तदर्थ समिति
मितिः २०६६ वैशाख ८

सैनिक वृत्तमा देखिएका दुई होइन, तीन पात्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १२ - रुक्मांगद कटवाल हटाई नेपाली सेनाको दोस्रो वरीयताका कुलबहादुर खडकालाई प्रधानसेनापति नियुक्ति गर्ने माओवादी प्रयास सार्वजनिक भएपछि यी दुई जना चर्चाको शिखरमा छन् । सैनिक वृत्तमा भने दुई होइन, तीन पात्र छन् । तेस्रा पात्र हुन्, बलाधिकृत रथी छत्रमानसिंह गुरुङ । अघिल्ला दुई पात्र जस्तो राजनीतिक र कूटनीतिक 'लविङ' ले होइन, मुखैमा आउन लागेको सेनापति पद अर्कैले खोस्न लागेपछि गुरुङ चर्चित भएका हुन् । प्रधानसेनापतिले भदौ २५ मा अवकाश पाएपछि तेस्रो वरीयताका उनी त्यही पदका दाबेदार हुन् । कटवालभन्दा अगावै असार ६ मा उमेरका कारण बलाध्यक्ष रथी खडकाले अवकाश पाउँदैछन् । त्यसपछि गुरुङ नियमित प्रक्रियाअनुसार सेनापति हुन्थे । माओवादी योजनाले भने उनको अवसर धरापमा परेको थियो । सैनिक अधिकारीहरूका अनुसार दरबार सक्रिय हुँदा सहायक रथीदेखि सेनापतिका लागि 'ग्रुमिङ' गर्ने चलनले 'अब को हुने' भन्ने निश्चितजस्तै हुन्थ्यो । लोकतन्त्र स्थापनासँगै उपरथी प्रदीपप्रताप बम मल्लको म्याद नथपिएपछि बनिबनाउ रोलक्रम भत्किएर कटवाल सेनापति भएका थिए । 'नियमअनुसार सेनाभित्र भावी सेनापतिका रूपमा गुरुङलाई स्वीकारिसकिएको स्थिति थियो,' उच्च सैनिक अधिकारीले भने, 'बीचैमा राजनीतिक दाउपेचका कारण अन्योल भयो ।' सेनामा गुरुङले बलाधिकृत विभागअन्तर्गत अपरेसन, गुप्तचरी तथा तालिम हेर्दै आएका छन् भने खडका बलाध्यक्ष विभागअन्तर्गत राष्ट्रसंघीय शान्ति मिसन, प्रकृति संरक्षण र कल्याणकारीको जिम्मेवारीमा छन् । 'युद्धकार्य तथा गुप्तचरीसमेत पर्ने बलाधिकृत विभागलाई बढी महत्त्वपूर्ण मानिन्छ,' एक अधिकारीले भने, 'उनी सेनापतिको लाइनमा भएर हुनसक्छ, उनलाई त्यो विभाग दिइएको छ ।'
सेनाको नेतृत्व शाह, राणा र थापालगायत सहरी उच्च वर्गबाट पहिलो पटक कटवालका पालामा अन्त्य भएको थियो । यद्यपि ओखलढुंगामा जन्मेका कटवाल दरबारको छत्रछायामा हुर्केका थिए । कटवाललाई तत्कालीन रानी रत्न शाहले ल्याएर हुर्काएकी हुन् ।मातृ पल्टन पशुपतिप्रसाद गणमा रहेका कटवालले आधारभूत अधिकृत तालिम भारतको देहरादूनस्थित इन्डियन मिलिटरी एकेडेमीबाट गरेका हुन् । स्टाफ कलेज बेलायत र नेसनल डिफेन्स कोर्स -एनडीसी) पाकिस्तानबाट गरेका हुन् । स्नातकोत्तर कटवाल अमेरिकाबाट तालिमप्राप्त रेञ्जर हुन् । राष्ट्रिय सुरक्षा परिषदको पहिलो सहसंयोजक बनेका कटवालले माओवादीविरुद्ध युद्धका बेला नेपालगन्जस्थित मध्यपश्चिम पृतनाको नेतृत्व गरेका थिए ।उनले सरकारविरुद्ध राजनीतिक तथा कूटनीतिक 'लविङ' गरेको रक्षामन्त्री रामबहादुर थापाले सार्वजनिक रूपमै आरोप लगाएका छन् ।लोकतान्त्रिक आन्दोलनका बेला दोस्रो वरीयतामा रहेका कटवाल बलाधिकृत रथी थिए । उनलाई कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको थियो । उनलाई आन्दोलन दबाउन पद र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो । लमजुङमा जन्मेका खडकाले अधिकृत आधारभूत तालिम र स्टाफ कलेज बेलायतबाट र एनडीसी पाकिस्तानबाट गरेका हुन् । पाकिस्तानबाट आएको पहिलो एनडीसी कोटामा उनी गएका हुन् । त्यसबेला उनी महासेनानी थिए । सेनाको सबैभन्दा उच्च मानिने यस तालिममा सामान्यतः सहायक रथीहरूले भाग लिन्छन् । उच्च सैनिक अधिकारीहरू स्नातकोत्तर खडकाको सैनिक जीवन उतारचढावपूर्ण रहेको बताउँछन् । प्रायः सैनिक जनरलहरूले गर्ने प्याराजम उनले गरेका छैनन् । यद्यपि यो अनिवार्य होइन ।
माओवादी युद्धका बेला उनी उपत्यकास्थित भ्याली पृतनाको कमान्डमा थिए । भ्यालीपछि उनलाई सुदूरपश्चिम पृतना खटाए पनि त्यहाँ धेरै बसेनन् । उनी राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भए । उनको मातृ ब्यारेक कालीप्रसाद गण हो । लोकतान्त्रिक आन्दोलनका बेला राष्ट्रिय सुरक्षा परिषदको सहसंयोजक रहेका खडकालाई पनि उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । उनीविरुद्ध जनआन्दोलन दबाउन परिषदबाट पेस्की लिएको ३३ लाख रुपैयाँ फछ्र्योट नगरेको आयोगको प्रतिवेदनको पृष्ठ ५७२ -भाग २) मा उल्लेख छ । दरबार हत्याकाण्डका बेला छोरा प्रवीण खडका तत्कालीन युवराज दीपेन्द्रका अंगरक्षक थिए । अरूलाई कारबाही भए पनि बाबुकै कारण बचाएको सैनिक अधिकारीहरू बताउँछन् । तनहुँमा जन्मेका गुरुङको मातृ ब्यारेक शमशेरदल गण हो । उनले भारतको देहरादूनमा आधारभूत अधिकृत तालिम, अमेरिकाबाट स्टाफ कलेज र चीनबाट एनडीसी गरेका हुन् । स्नातक गुरुङ लोकतान्त्रिक आन्दोलनताका सुर्खेतमा रही मध्यपश्चिम पृतनाको कमान्ड सम्हालेका थिए । गुरुङ तेक्वान्दोका ब्ल्याकबेल्ट हुन् । त्यसैले उनलाई सेनाभित्र 'ब्ल्याकबेल्ट' तथा 'ट्रुआर्मी' जर्नेलसमेत भन्ने गर्छन् । नाताले बाजे पर्ने कांग्रेसका पुराना नेता बखानमानसिंह गुरुङको छत्रछायामा हुर्केका तनहुँका गुरुङ र लमजुङका खडका क्याम्पस जीवनमा ठमेलमा एउटै डेरामा बस्थे । खडका अमृत साइन्स र गुरुङ त्रिचन्द्रमा पढ्थे । सेनापति प्रकरणले सेनाभित्र नजानिँदो पाराले मनोमालिन्य बढाएको छ । सैनिक अधिकारीका अनुसार जनजाति जर्नेलहरू आफ्नो समुदायमा पहिलो पटक आउन लागेको सेनापतिको पदमा पनि राजनीतिक षड्यन्त्र हुन थालेको गुनासो गर्छन् । हाल पैदल सेनातर्फ उपरथीहरू राम गुरुङ, डम्बर गुरुङ, अनन्तबहादुर थेवे, दमनबहादुर घले र शिवराम प्रधान जनजाति समुदायबाट आएका हुन् । अन्य उपरथीमा अनिलजंग थापा, गौरवशमशेर राणा, तोरणबहादुर सिंह, नेत्रबहादुर थापा, नेपालभूषण चन्द र केशवराज महतलगायत छन् । सेनाका जर्नेलहरूको राजनीतिक र कूटनीतिक चलखेल कटवाल र खडकाबीच देखापरेको द्वन्द्वका क्रममा सार्वजनिक भएको हो । प्रायः सैनिक अधिकारीहरू न सेनापति कटवालको सरकारसँग निहुँ खोजाइप्रति सन्तुष्ट छन् न खडकाको सेनापति बन्ने लालचासँगै । 'माओवादी यही चाहन्थ्यो, सेना मानसिक रूपमै विभक्त होस् र डिमोरलाइज होस्,' एक उच्च सैनिक अधिकारीले भने, 'यसमा कटवालको आडम्बर र खडकाको राजनीतिक चलखेलले महत्त्वपूर्ण भूमिका खेल्यो । यसको नतिजा संस्था र राष्ट्रले चुकाउनुपर्छ ।'

थरुहट संघर्ष समितिको बन्दले जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १२ - सरकारले सहमति पालना नगरेको भन्दै थरुहट संघर्ष समितिले आव्हान गरेको अनिश्चितकालीन तराई बन्दको प्रभाव शनिबार चौथो दिन पनि पनि तराईका जिल्लाहरुमा परेको छ । बन्दकर्ताहरुले विभिन्नस्थानमा सवारी साधनमा तोडफोड समेत गरेका छन् । सुनसरी,सप्तरी,सर्लाही,चितवन,रुपन्देही,बर्दिया,दाङ लगायतका जिल्लाहरुमा बनदको प्रभाव परेको छ । बन्दका कारण राजमार्ग,बजार, उद्योग ,कलकारखाना , शिक्षण सस्था र कार्यालयहरु प्रभावीत भएका छन् ।

नेकपा एमालेले प्रधानसेनापतिमाथि कारवाही रोक्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गठबन्धन सरकारको दोश्रो ठूलो घटक नेकपा एमालेले प्रधानसेनापतिमाथि चलाएको कारवाहीको प्रकृया रोक्न लगाउन पार्टी नेतृत्वलाई आग्रह गरेको छ।प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारवाही गर्न अन्य दलहरुको सहमति जुटाउन माओवादीले गरेको प्रयासमा एमाले केन्द्रिय कमिटीको शुक्रबार बसेको अनौपचारिक बैठकले ठेस पुर्‍याइदिएको छ।एमाले सचिव शंकर पोखरेलले भने, “अधिकांश सदस्यहरुले स्पष्टीकरण प्रकृया अगाडी नबढाउने सुझाव दिनु भएको छ। सुझावको आधारमा स्थायी कमिटीले निर्णय गर्ने प्रतिबद्धता अध्यक्ष झलनाथ खनालले व्यक्त गर्नु भयो।”औपचारिक निर्णय गर्न एमाले स्थायी कमिटीको बैठक शनिवार बस्नेछ।स्पष्टीकरणलाई लिएर एमालेका वरिष्ठ नेताहरुबीच प्रष्ट मतभेद देखा परेको थियो।सचिव पोखरेलले भने, “माओवादीको एजेण्डा र दक्षिणपन्थी ध्रुवीकरणको सहयोगी नबनी एमाले आफ्नो स्पष्ट वैचारिक धारबाट अगाडिबढ्नु पर्ने सुझाव साथीहरुले दिनु भयो।” संविधानसभाका अधिकांश पार्टीहरु सेनापतिमाथिको कारवाहीको प्रतिरोधमा संयुक्त रुपमा उत्रिएका थिए।त्यसलाई नै बल पुर्‍याउने गरी अन्तर्राष्ट्रिय समुदायबाट समेत चिन्ता र चासो प्रकट भएको थियो।सरकारी कदम विरोधी उक्त पंक्तिमा उसकै सत्ता-सहयात्री एमाले पनि थपिएको छ।शान्ति प्रकृयाको एउटा पक्ष माओवादी राजनीतिक सहकार्यबाट नटाढियोस भनेर एमाले बैठकले स्पष्टीकरण रोकेर सहमतिसाथ बढनु पर्नेमा जोड दिएको छ।सेनापतिमाथिको कारवाही प्रकृयासंगै शुरु भएको सैनिक ‘कु’ र माओवादीद्वारा सत्ता कब्जाको चर्चा राजनीतिक वृत्त वा आम जनमानसमा खुबै चलेको छ।शुक्रबार प्रकाशित प्रमुख पत्रिकाहरुमा पनि संभावित सैनिक ‘कु’ को विषयले प्रमुख स्थान पाएको थियो।तर, सैनिक जनसम्पर्क निर्देशनालयले एउटा वक्तव्य मार्फत ‘नेपाली सेना मातृभूमिको स्वतन्त्रता सार्वभौमिकता भौगोलिक अखण्डता एवं राष्ट्रिय एकताको रक्षार्थ अनवरत रुपमा सेवारत रहेको’ जनाउँदै ‘प्रजातान्त्रिक पद्धतिप्रति सदा झैँ कटिबद्ध रहेको प्रतिवद्धता प्रकट’ गरेको छ।‘सरकार र सेनाबीच फाटो ल्याउने सुनियोजित षडयन्त्र गर्ने दुरासयले ती समाचारहरु प्रकाशित भएको’ वक्तव्यमा उल्लेख छ।माओवादीले पनि प्रतिपक्षी पार्टीहरुले आरोप लगाए जस्तो सत्ता कब्जा गर्ने आफ्नो कुनै मनसाय नरहेको जनाउँदै आएको छ।

धनकुटा प्रतिभा पुरस्कार शम्भु राई र झमक घिमिरेलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
प्रसिद्ध गायक शम्भु राई र झमक घिमिरे धनकुटा प्रतिभाद्धारा पुरस्कृत र शिवकुमार श्रेष्ठ सम्मानित गत १० अप्रिलका दिन वेलायतको सर्नकिल्फमा सम्पन्न धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठान (कोष) वेलायत च्याप्टरको बैठकले र सोहि संस्था नेपाल च्याप्टरको ११ अप्रिलका दिन धनकुटामा सम्पन्न बैठकले २०६५ सालको लागि धनकुटा प्रतिभा पुरस्कार गायन कला तर्फ प्रसिद्ध आधुनिक तथा लोक गायक शम्भु राई, साहित्य तर्फ वरिष्ठ युवा सहित्यकार झमक घिमिरेलाई प्रदान गर्ने र वरिष्ठ इतिहासविद् शिवकुमार श्रेष्ठलाई यस बर्षको सम्मान प्रदान गर्ने निर्णय गर्‍यो। कला साहित्य, खेलकुद तथा विविध क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले गत बर्ष वेलायतमा स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार कोष धनकुटा जिल्ला प्रसासन कार्यालयमा दर्ता भई हाल दुई देशमा यसको च्याप्टर समानान्तर संचालन हुदै आएको छ। विश्वको विभिन्न मुलुकमा रहेका सम्पूर्ण धनकुटेलीहरु यस संस्थाको स्वत सदस्य रहने प्रावधान अनुसार संस्थाको लागि सहयोगि दाताहरु पनि विभिन्न मुलुकमा रहेका छन्। विभिन्न मुलुकमा संस्थाको लागि कोष संकलन गर्ने कार्य पनि चलिरहेको छ भने हाल ३ लाख भन्दा बढि अक्षयकोष जम्मा भईसकेको छ। पूर्वेली लोकगीतका सम्राट तथा आधुनिक गीतका हस्ती शम्भुराई धनकुटा जिल्लाको चुङवाङ् गाविसमा आज भन्दा झण्डै ५३ बसन्त अघि जन्मनु भएको थियो। वहाको सघर्षपूर्ण जिवन र वहाले प्राप्त गर्नुभएको सफलताले धनकुटाको छात्ति विशाल बनेको छ। गायक शम्भु राईका गीत मन नपराउने नेपालीहरु सायदै होलान। विशेषत पूर्व नेपालमा गीत भनेकै शम्भु राईको गीत सम्झन्छन्। अनवरत रुपमा वहा यहि गायन क्षेत्रमा लाग्नु भएको छ र हाल सम्म वहाको अनगिन्ति एल्बम र हजारौ गीतहरु हामी सामु आईसकेका छन्। वहाले एक दर्जन प्रतियोगितामा पुरस्कार हात पार्नुभए मध्ये लोक गीत प्रतियोगिता २०४१, आधुनिक गीत प्रतियोगिता २०४३, राष्ट्रिय गीत प्रतियोगिता २०४३ मा गोल्ड मेडल प्राप्त गर्नुभएको छ। साहित्य तर्फ पुरस्कृत युवा स्रष्टा झमक घिमिरेको जन्म धनकुटाको कल्चिडेमा वि. स. २०३७ सालमा भएको हो। वहा जस्ता साहित्यकार संसारमा अत्यान्तै कम भएको अनुमान गर्न सकिन्छ। घिमिरेको हातखुट्टा दुवैले काम गर्दैन। वहाले बोल्न सक्नुहुन्न। सिर्फ खुट्टाको बुढि औलाले च्यापेर राम्रो संग लेख्न सक्नुहुन्छ। हामीले बोलेको कुरा सबै राम्ररी बुझ्न सक्नुहुन्छ। वहाले कसैबाट पनि शिक्षा लिनु भएको छैन। वहाको प्रकाशोन्मुख पुस्तकमा वहा स्वयंले प्रयोग गर्नुभएको शब्दमा भन्नुपर्दा वहा शारिरीक आशक्त सापे हुनुहुन्छ। बौदिक रुपमा वहा हामी सवल मान्छेको लागि चुनौती हो। वहाको हाल सम्म डेढ दर्जन पुस्तक प्रकाशित भईसकेका छन् भने वहा कान्तिपुरमा स्तम्भ पनि लेख्नुहुन्छ। वहाले झ48डै २ दर्जन पुरस्कारहरु प्राप्त गरिसक्नु भएको छ। वहाको आत्मा वृत्तान्त प्रकाशोन्मुख छ जुन अत्यन्तै लोकप्रिय बन्ने अनुमान गरिएको छ। यस बर्ष धनकुटा प्रतिभा प्रतिष्ठानले इतिहासकार शिवकुमार श्रेष्ठलाई पहिचान गरेको छ। साहित्यकार श्रेष्ठले लिम्बुवान तथा किरातको बारेमा झ48डै आधा दर्जन पुस्तक लेख्नुको साथै विश्व राजनीतिको विषयमा विभिन्न पुस्तकहरु लेख्नु भएको छ। वहा लामो समय देखि धनकुटा बहूमुखि क्याम्पसमा अध्यापन गराउदै आउनु भएको छ। पुरस्कृत तथा सम्मानित ब्यक्तित्वहरुलाई यहि आउदो २७ अप्रिलको दिन धनकुटामा एक समारोहको आयोजना गरि सरस्वतीको प्रसाद स्वरुप पुरस्कृत द्धयलाई जनही नगद रु १० हजार र प्रमाण पत्र प्रदान गरिने, सम्मानित ब्यक्तित्वलाई आभार पत्र सहित नगद रु ५ हजार प्रदान गरिने कार्यक्रम रहेको छ।वेलायत च्याप्टरले कार्यक्रम सफल बनाउन र कोषमा सहयोग गर्न सबैलाई आब्हान गरेको छ। धधध।मजबलपगतब।यचन।लउ मा सदस्य बन्नु भएका सबैमा धन्यवाद ज्ञापन गर्नुको साथै बाँकी सबैलाई सदस्य बन्न अनुरोध गरेको छ। वेलायत च्याप्टरले यस बर्षको समर कार्यक्रम आगामी जुलाई ११ तारिखका दिन सर्नकिल्फ स्थित सम्पन्न गर्नेकुरा पनि जनाएको छ। उक्त कार्यक्रमको अवसरमा धनकुटा प्रतिभा प्रतिष्ठानको स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ र सोहि कार्यक्रममा धनकुटा समाज वेलायतको कमिटि निर्माण हुनेकुरा पनि उल्लेख गरिएको छ। स्मरण रहोस, गत बर्ष यस धनकुटा प्रतिभाले नेपालमा साहित्य तर्फ मोमिला जोशि, गायन तर्फ नेपाल स्टार जित्न सफल विष्णु चेम्जोङ, खेलकुद तर्फ कराँतेमा सार्क स्तरिय खेलमा गोल्डमेडल प्राप्त गर्न सफल खेलाडि कुसल श्रेष्ठ र बरिष्ठ गायक नविन किशोर राईलाई सम्मान गरेको थियो भने वेलायतमा कुशल ब्यवसायीको रुपमा धन लिम्बूलाई सम्मान गरेको थियो।

नेपाली सेनाका १३ जना सिपाहीको जलेर मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जंगलमा लागेको आगो निभाउन गएका नेपाली सेनाका १३ जना सिपाहीको जलेर मृत्यु भएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित अस्पतालतर्फ आगो आउन थालेपछि नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका थिए । रामेछाप बजारको वादीको जंगलमा बिहीबार बिहान करिब ११ बजे आगो लागेको थियो । आगो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब तीन सयको जनशक्ति खटाएको थियो । 'आगो अस्पतालतिर आउन थाल्यो, जनधनको क्षति हुन नदिन हामीले तत्कालै सुरक्षाका सबै निकाय परिचालन गर्‍यौँ,' प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले नयाँ पत्रिकासित भने । करिब तीन सय सुरक्षाकर्मीले स्याउलाले आगो नियन्त्रणमा लिएका थिए । सफल भएको भन्दै र्फकंदै गर्दा अचानक १३ सैनिकको लास देखेपछि सुरक्षाकर्मी स्तब्ध भएका थिए । 'हामी त आगो निभ्यो भनेर खुसी हुँदै र्फकंदै थियौँ, बाटोमा कसैले एउटा मान्छेको लास देख्यो,' उनले भने, 'को हो भनेर हेर्न जाँदा त एकपछि अर्को १३ वटा लास भेटिए ।'एकै ठाउँमा १३ जनाको मृत्यु कसरी भयो ? अहिलेसम्म अनुमान मात्रै भइरहेको छ । 'आगो निभाउँदै जाँदा उनीहरू खाल्डोमा परेछन्, तल भीर थियो, माथि आगो थियो । बीचमा परेर जलेजस्तो लाग्छ,' प्रजिअ भण्डारीले अनुमान गरे । मृतक तेह्रैजना नेपाली सेनाको श्रीजंग दल गुल्मका हुन् । नारायणदल गुल्मलाई विस्थापित गर्दै श्रीजंग दल गत माघ अन्तमा मात्र रामेछाप पुगेको हो । 'नयाँ ठाउँ भएकाले पनि सैनिकहरू अलमलिएर आगोको भुमरीमा परेको अनुमान गर्न सकिन्छ,' स्थानीय पत्रकार मिनु खड्काले लिम्वूवान डट व्लगस्पोट डटकमसित भनिन् ।

बैशाख ११ आज लोकतन्त्र दिवस मुलुकभर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैशाख ११ आज लोकतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैंछ । जनआन्दोलनको बलमा तीन वर्ष अगाडि आजैका दिन तात्कालिन राजा ज्ञानेन्द्रले आफूमा केन्द्रीत गरेका अधिकार संसद पुनस्र्थापना गरी जनतामा फिर्ता गरेका थिए ।राजाले घुंडा टेकेर लोकतन्त्र पुर्नवहाली भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।आजको दिन सरकारले सार्वजनिक विदा समेत दिंदै आएको छ । लोकतन्त्र दिवसका अवसरमा विभिन्न दलका प्रमुखहरुले शुभकामना सन्देश दिदै नगरिक सर्वोच्चता तथा पूर्ण लोकतन्त्रमा जोड दिएका छन् । लोकतन्त्र दिवसकै अवसरमा राजधानीको टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादव,उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री पुष्पकमल दाहाल,प्रधानन्यायधीश केदारप्रसाद गिरी तथा संवैधानिक निकायका प्रमुखहरु सहभागी छन् । जनआन्दोलन सफलताको तेस्रो वर्ष मनाइरहँदा जनआन्दोलनको मर्म अनुसार राजनीति दलहरु राष्ट्रिय हितमा एकतावद्ध भएर अघि नबढेको चौतर्फी गुनासो विद्यमान छ ।

तस्करहरूव्दारा सामुदायिक वन फँडानी तीव्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तस्करले रूपन्देही देवदह क्षेत्रका सामुदायिक वन फँडानी तीव्र पारेका छन् । तस्करहरू वन फँडानी गर्न बन्दुक लिएर आउन थालेपछि उपभोक्ता टुलुटुलु हेरेर बस्न विवश छन् । हतियारसहित सुरक्षाकर्मी नखटाएसम्म वन फँडानी नियन्त्रण गर्न नसकिने उपभोक्ताले बताएका छन् । वन-तस्कर हतियार बोकेर आउन थालेपछि उपभोक्ताले वनमा गस्ती गर्न छाडेका छन् । वन फँडानीमा उपभोक्ताको समेत सहयोग रहेकाले नियन्त्रण गर्न गाह्रो भएको स्थानीयवासीले बताएका छन् । देवदह गाविसमा दर्ता भएका, दर्ताको प्रक्रियामा रहेका र प्रस्तावित गरी १५ वटा सामुदायिक वन छन् । स्मृति सामुदायिक वनका पदाधिकारीले तस्करसँग मिलेर वन फँडानी तीव्र पारेपछि उपभोक्ता समिति विघटनको तयारीमा छन् । यहाँका बुद्ध सामुदायिक वन, स्मृति सामुदायिक वन र चरन कालिका सामुदायिक वनमा फँडानी बढी भएको उनीहरूले बताएका छन् । समितिका पदाधिकारीले वनमा गएर काठ बेच्ने गरेको उपभोक्ताको दाबी छ । देवदहका गाविस सचिव डिल्लीराज मरासिनीले वन समितिका पदाधिकारीकै मिलेमतोमा फँडानी बढेपछि जनतामा निराशा छाएको बताए । 'बन्दुक लिएर वन फँडानी गर्न आउँछन् जनताले के गर्न सक्छन् र ?' उनले नयाँ पत्रिकासँग भने, 'फँडानी नियन्त्रणबारे सातदलसँग पनि छलफल गरेका छौँ, तर हतियार लिएर फाँड्न आउनेलाई नियन्त्रण गर्न हतियारसहित सुरक्षाकर्मी पठाएमात्र सम्भव होला नत्र गाह्रो छ ।' वन फँडानी रातको समयमा बढी हुने गरेको सचिव मरासिनीले बताए । उनका अनुसार देवदहमा घोडाहा खोलादेखि उत्तरपट्टि र खैरेनीदेखि उत्तरपट्टको वनमा बढी फँडानी भएको छ । वन फँडानी बढेको अवस्थामा केही दिनअघि मात्रै दुई ट्रयाक्टर काठ जनताले समातेका थिए । जिल्ला वन कार्यालय रुपन्देहीका निमित्त प्रमुख शिवकुमार वाग्लेले वन फँडानी भएको जानकारी पाएपछि बुधबार हतियारसहित एउटा सवारीसाधनमा गस्तीका लागि टोली पठाएको बताए । रुपन्देहीमा धेरै सामुदायिक वन रहेको गाविसअन्तर्गत पर्ने देवदहमा चारवटा वनलाई समुदायमा हस्तान्तरण गरिएको रुपन्देहीका सहायक वनअधिकृत गिरिराज पन्तले बताए । एक सय ८० हेक्टर वन यी चारवटा सामुदायिक वनले ओगटेको छ । रुपन्देहीमा आठ हजार चार सय हेक्टर वन छ । ७९ वटा सामुदायिक वनले दर्ताका लागि विधान पेस गरेकोमा ६६ वटा वन हस्तान्तरण भएका छन् ।

मोसो दलेको घटनाप्रति विद्यार्थी तथा प्राज्ञिक क्षेत्रबाट विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्व- विद्यालयका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्मा र शिक्षाध्यक्ष सूर्यलाल अमात्यलाई बुधबार अनेरास्ववियु क्रान्तिकारीले मोसो दलेको घटनाप्रति विभिन्न विद्यार्थी संगठन तथा प्राज्ञिक क्षेत्रबाट विरोध भएको छ ।क्रान्तिकारीले उपकुलपति र शिक्षाध्यक्षमाथि अमर्यादित व्यवहार गरेको भन्दै अनेरास्ववियु, नेविसंघलगायतका संगठनले विरोध गरेका छन् । अनेरास्ववियुका महासचिव माधव ढुंगेलले बिहीबार प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा तथा भत्र्सना गरेका छन् । नेपाल विद्यार्थी संघले पनि सो घटनाको विरोध गरेको छ । नेविसंघका अध्यक्ष प्रदीप पौडेलले माग पूरा गराउने नाममा क्रान्तिकारीले जंगली शैली अपनाएको बताए ।त्रिभुवन विश्वविद्यालयले पनि प्रेस विज्ञप्ति निकालेर अराजकपूर्ण व्यवहार भन्दै सो घटनाको भत्र्सना गरेको छ ।

पाकिस्तानको एक जिल्ला तालिवानको नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेसावर/ तालिवान विद्रोहीहरूले बिहीबार पाकिस्तानको एक जिल्लामाथि नियन्त्रण गरेका छन् । राजधानी इस्लामावादबाट करिब सय किलोमिटर टाढा रहेको बनेर जिल्लामा उनीहरूले पाँच जाँच चौकी खडा गरेका छन् । साथै मस्जिदहरूसमेत आफ्नो अधीनमा लिएका छन् । हतियारधारी सयौँ लडाकु सम्मिलित डपmफाले जिल्लालाई नियन्त्रणमा लिएपछि तालिवान गतिविधिबारे अन्तर्राष्ट्रिय क्षेत्रमा चासो बढेको छ । 'तालिवानहरूले बनेर जिल्लाका सडकमा गस्ती गर्न सुरु गरेका छन्,' स्थानीय प्रहरी अधिकारी रसिद खानले बताए । विद्रोहीहरूको नियन्त्रण अन्त्यका लागि स्थानीय जिल्ला प्रशासनका अधिकारीले तालिवानसँग वार्ता गरिरहेको उनले बताए । एक तालिवान कमान्डरले बनेर जिल्लामा सरिया कानुन कडाइका साथ लागू गर्ने बताए ।

एसिसी यू-१९ इलाइट कप क्रिकेटको विजय सुरुवात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साविक चारपटकको विजेता नेपालले एसिसी यू-१९ इलाइट कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कुवेतमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको समूह 'बी' को खेलमा नेपालले साउदी अरेबियालाई १ सय ३७ रनको विशाल अन्तरले पराजित गरेको हो । नेपालको जितमा बायाँहाते बलर अमृत भट्टराईले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । म्यान अफ द म्याच अमृतले सानदार ८२ रनको अर्धशतकीय पारी खेलेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभरमा सबै विकेट गुमाई २ सय ३२ रनको योगफल बनायो । अमृतले ९३ बलको सामना गरी ९ चौका र २ छक्का प्रहार गरे । प्रत्युत्तरमा साउदी अरेबिया ३८ ओभर ३ बलमा ९६ रनमा समेटियो । लालबहादुर अधिकारी, सागर खड्का र अनिल मण्डलले उत्कृष्ट बलिङ गर्दै साउदी अरेबियालाई सस्तो रनमा अलआउट गर्‍यो । तीनैजना बलरले दुई/दुई विकेट लिए । यसैगरी, कप्तान ज्ञानेन्द्र मल्ल र पृथु बाँस्कोटाले एक/एक विकेट आफ्ना पोल्टामा राखे । साउदीलाई अली जमानले २० रनको सर्वाधिक पारी खेले । यसअघि, कप्तान ज्ञानेन्द्रले टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीको ब्याटिङ निकै कमजोर भएको थियो । साउदीका वकारले पाँच विकेट लिइसक्दा नेपाल इनिङको एक समय ७६-७ कमजोर स्थितिमा थियो । नेपाललाई अमृत रोम -३२) र चन्द साउद (२८) साझेदारी गर्दै नेपाललाई २२१-९ को बलियो अवस्थामा ल्याए । यसैगरी, ज्ञानेन्द्र मल्लले २० रन जोडे । नेपाललाई अतिरिक्तिबाट ३२ रन प्राप्त भयो । प्रतियोगितामा खेल तालिका परिवर्तन भएपछि नेपालले अर्को खेल बिहीबार मलेसियासँग खेल्नेछ ।