News

Apr 26, 2013

जहाज खरिद सम्झौता वार्ता सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र युरोपेली जहाज निर्माता कम्पनी एयरबसबीच बिहीबारबाट 'जहाज खरिद सम्झौता' वार्ता सुरु भएको छ। वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज किन्न प्रतिबद्धता रकम (बैना) पठाएपछि एयरबसका उच्च अधिकारीहरू खरिद सम्झौता गर्न काठमाडौं आएका हुन्। एयरबस टोली वार्ता गर्न बुधबार काठमाडौं आएको हो। एयरबसका सिनियर सेल्स डाइरेक्टर शील शुक्लाको नेतृत्वमा आएको उक्त टोलीमा सेल्स कन्ट्याक्ट्स डाइरेक्टर रोव गर्डन सहभागी छन्। गत चैत २३ गते दुवै कम्पनीबीच भएको जहाज खरिद समझदारीमा एयरबसका तर्फबाट यिनै दुईजनाले हस्ताक्षर गरेका थिए। जहाज बेच्नै भनेर शुक्ला यअअघि करिब तीन दर्जन पटक नेपाल आइसकेका छन्। 'निगम र एयरबसबीच जहाज खरिद सम्झौता गर्न वार्ता सुरु भएको छ,' निगमका प्रवक्ता तथा कर्पोरेट डाइरेक्टर गणेशबहादुर चन्दले बिहीबार नागरिकसँग भने, 'वार्ता अझै केही दिन चल्नेछ।' वार्तामा निगमका अधिकारीहरू एयरबसबाट जहाज खरिद गर्दा संस्थाका लागि कसरी बढिभन्दा बढी सुविधा र फाइदा लिने भन्नेमा केन्द्रित रहेको चन्दले जानकारी दिए। जहाज खरिद समझदारीमा हस्ताक्षर भएको केही दिनभित्रै एयरबसलाई बैना पठाउने भनिए पनि निगमले तीन साता ढिलो पठाएको थियो। 'वार्ता सकारात्मक तरिकामा अगाडि बढेको छ,' चन्दले भने, 'केही दिनभित्रै सकारात्मक नतिजासहित टुंगोमा पुग्छौं।' खरिद सम्झौताकै लागि वार्ता सुरु भएकाले अब भने नयाँ जहाज आउनेमा कुनै शंका बाँकी नरहेको उनको भनाइ छ। कर्मचारी सञ्चय कोषले वैशाख ७ मा निगमलाई दुईवटा जहाज किन्न आवश्यक १५ करोड अमेरिकी डलर (१३ अर्ब ५ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएपछि निगम त्यसपछिका कामकारबाहीका लागि तीव्र गतिमा अगाडि बढेको हो। लगत्तै भोलिपल्ट वैशाख ८ मा निगमले एयरबसलाई ५ लाख अमेरिकी डलर ((४ करोड ३५ लाख रुपैयाँ) बैना पठाएको थियो। बैना हात परेको तेस्रो दिनमै एयरबसका उच्च अधिकारीहरू जहाज खरिद सम्झौता गर्न यहाँ आएका हुन्। जहाजमा लगानी गर्न आफू तयार रहेको भन्दै सञ्चय कोषले आशयपत्र पठाएपछि निगम व्यवस्थापनलाई बैना पठाउने बाटो खुलेको थियो। अर्थ मन्त्रालयले निगमका तर्फबाट जमानी बस्न आफू तयार रहेको भन्दै निगमलाई ऋण दिन निर्देशन दिएपछि सञ्चय कोष लगानी गर्न सहमत भएको थियो। अर्थले निगमलाई जहाज किन्न आवश्यक १३ अर्ब रुपैयाँका लागि जमानी बसिदिन आफू तयार रहेको बेहोराको पत्र त्यसअघि नै निगम व्यवस्थापनलाई पठाएको थियो। निगमसँग सञ्चय कोषबाहेक नेपाली सेना, नेपाल प्रहरी, नागरिक लगानी कोष, विभिन्न वाणिज्य बैंकहरूको सहवित्तीयकरण (कन्सोर्टियम) लगायत विकल्प पनि थिए। तर, निगमले भने सञ्चय कोषलाई पहिलो प्राथमिकतामा राखेको थियो। निगम र एयरबसबीच गत चैत २३ मा भएको समझदारीअनुसार बैना पठाएको एक महिनाभित्र जहाज खरिद सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। त्यसैलाई पछ्याउँदै एयरबस टोली आएको हो। उता सञ्चय कोषले पठाएको आशयपत्रमा भने आगामी ६ महिनाभित्र दुवै संस्थाबीच ऋण सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। आशयपत्रमा ऋणको ब्याज, चुक्ता प्रक्रिया र सेवाबारे केही पनि उल्लेख गरिएको छैन। यसबारे दुवै संस्थाले छलफल गरी आउने ६ महिनाभित्र टुंगो लगाइसक्नुपर्छ। दुवै कम्पनीबीच करिब पाँच वर्ष (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सहमति भएको छ। निगमले अहिले किन्न लागेको जहाज एयरबस ए३२०–२०० सिरिजको हो। यसमा १ सय ५० सिट हुन्छ। यो 'न्यारो बडी' जहाज हो। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।

सिरियाको एक विमानस्थल विद्रोहीको कब्जामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सिरियाको विद्रोही समूहले सिरियणको पश्चिमी मागमा रहेको एक विमानस्थल आफ्नो कब्जामा लिएका छन्। सिरियाको पश्चिमी भू–भागमा रहेको विमानस्थल विद्रोहीहरुले आफ्नो कब्जामा रहेको बताएका हुन् । सिरियाली सैनिकको नियन्त्रणमा रहेको भनिएको विमानस्थललाई विद्रोहीहरुले आफ्नो कब्जामा भएको बताएका हुन् । विद्रोहीहरुले उक्त विमानस्थल कब्जा गरेको कुरा सिरियाली आन्दोलनको अनुगमनमा सक्रिय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले समेत पुष्टि गरेको समाचार संस्थाले उल्लेख गरेका छन् । विद्रोहीहरुले विमानस्थलको सुरक्षामा खटिएका १३ जना सैनिकलाई कब्जामा लिइसकेको समेत बताएका छन् । विद्रोहीहरुले विमानस्थल कब्जामा लिएको बताएपनि विद्रोही र सरकारी सेनाका बीचमा भिसड भिडन्तहरु जारी रहेको समाचार संस्थाहरुमा उल्लेख गरिएको छ । सिरियामा जारी हिंसालाई चाडोभन्दा चाडो समाधान गर्नुपर्नेमा राष्ट्रसंघका महासचिव वानकी मुनले आग्रह गरेका छन् ।

बंगलादेशामा भवन भत्कदा मृत्यु हुनेको संख्या २७३

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बंगलादेशको राजधानी ढाकामा भत्किएको भवनमा पुरिएर मृत्यु हुनेको संख्या २७३ पुगेको छ। शुक्रबार बिहानसम्ममा भवनले पुरिएर मृत्यु हुनेको संख्या २७३ पुगेको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । तयारी पोशाक उत्पादन गर्दै आएको आठतले भवन बुधबार भत्किएको हो । समाचार संस्थाहरुले बिहिबारसम्ममा १९५ जनाको शव निकालेको उल्लेख गरेका छन् । भवनभित्र पुरिएका शव निकाल्ने काम जारी भएको भए पनि अब जिउँदो मानिस निकाल्ने सम्भावना घट्दै गएको बताइएको छ । बंगलादेशमा यस अघि गत नोभेम्बर महिनामा समेत तयारी पोशाक उत्पादन गर्ने एक कारखानामा आगलागी हुँदा ११२ को मृत्यु भएको थियो । बंगलादेशमा यस्ता दुर्घटना पटक पटक दोहोरिदै आएको विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

माओवादी, मधेसी र जनजाति मिलेर चुनाव लड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी मधेसी र जनजातिसँग मिलेर चुनाव लड्ने बताएका छन्। रोल्पा, रुकुम र सल्यानका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बाफुखोला आएका दाहालले अबको निर्वाचनमा माओवादी, मधेसी र जनजाती सँग मिलेर चुनाव लड्ने बताए। उनले अबको चुनावमा एमाओवादीको बहुमत आउनेपनि जिकिर गरेका छन्। रोल्पा, रुकुम र सल्यानका कार्यकर्ताको प्रशिक्षणको क्रममा सल्यान बाफुखोलामा आएका प्रचण्डले आफ्नो चीन भ्रमणको क्रममा पनि नेपालको आर्थिक वृद्धिको बारेमा कुरा उठाएको बताउँदै आसन्न भारत भ्रमणमा पनि आफ्नो मुख्य एजेण्डा त्यही हुने दोहोराए।

Apr 25, 2013

चीनमा भएको जातीय दंगामा २१ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनको सिन्ज्याङ प्रान्तमा भएको जातीय दंगामा परी २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागरिक, प्रहरी र सामाजिक कार्यकर्ता भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले बताएका छन् । समय समयमा हुने यस क्षेत्रको जातीय भिडन्तको समाचार लिन पुगेका प्रहरी र स्थानीय नागरिक बिच भएको झडपले उग्ररुप लिन पुगेपछि दंगा बढेको हो । पश्चिमी चीनको सिनजियाङ प्रान्तको बचु जिल्लामा उक्त भिडन्त भएको थियो । यो जिल्लामा समय समयमा जातीय दंगा हुने गर्दछ । यस क्षेत्रका नागरिकसँग अबैध हतियार रहेको आशंकामा हतियारको संकलन गर्न प्रहरी पुगेको थियो । ति हतियार प्रहरीले नियन्त्रण गर्न खोज्दा दंगा भड्किन गई स्थानिय नागरिक र प्रहरी बिच भिडन्त भएको हो । प्रहरीले केहि स्थानिय नागरिकको घरबाट हतियार समेत बारामद गरेको छ । प्रहरीले स्थानिय नागरिकको घरभित्र खानतलासि गर्न थालेपछि नागरिक प्रहरी माथि जाइलागेका थिए । भिडन्तमा मारिने १५ जना सामाजिक कार्यकर्ता र प्रहरी परेका छन् । भने, ६ जना उसै प्रान्तमा बस्दै आएका अल्पसंख्यक युगुर समुदायका नागरिक छन् ।

विश्वास दीप तिगेलाको नयाँ कृति गोप्यकुरा सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रवासी साहित्यकार विश्वास दीप तिगेलाको नयाँ कृति गोप्यकुरा सार्वजनिक भयो । संगीतकार राजकुमार बगरको एकल संगीत र तिगेलाको एकल शब्द रचनामा तयार भएको गीति एल्बम गोप्यकुरा लाई प्राज्ञ डा. गाविन्दराज भट्टराईले सार्वजनिक गर्नु भएको हो । कृतिका बारेमा प्राज्ञ ललिजन रावल, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ अमर तुम्याहाङ, रमेश पौडेल, विनोदध्वज खड्का, तुलसी बस्नेत लगायत स्रष्टा स्वयं तिगेला र बगरले बोलेका थिए । विभिन्न स्वादका गीत संगीत समेटिएका गोप्यकुराका गीतहरु सुनेर लोकप्रिय हुने आस गर्दै शुभ कामना दिएका थिए । नयाँ वर्ष २०७० को पहिलो दिनको अवसरको कारण सहभागी सबैले शुभकामना आदान–प्रदान पनि गरेका थिए । एल्बममा अन्जु पन्त, राजेश पायल राई, प्रमोद खरेल, अन्जना गुरुङ, कृष्णभक्त राई, माण्डवी त्रिपाठी, नवराज थापा, हेमन्त शिशिर र स्मृति शाही
को स्वरहरु रहेका छन् ।

Apr 20, 2013

३३ दलले निर्वाचन आयोगलाई विरोधपत्र बुझाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वैशाख ७- सरकारविरुद्ध आन्दोलनरत ३३ दलले मतदाता नामावली र नागरिकता वितरण प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगलाई विरोधपत्र बुझाउने भएका छन्। बुद्धनगरस्थित नेकपा-माओवादीको कार्यालयमा आज बसेको ती दलको संयुक्त बैठकले आफ्नो मागको सुनुवाइ नगरी मतदाता नामावली र नागरिकता वितरण प्रक्रिया अघि बढाएको भन्दै त्यसलाई रोक्न भोलि आयोगलाई विरोधपत्र बुझाउने निर्णय गरेको हो। चौथो चरणको आन्दोलनस्वरुप मतदाता नामावली र नागरिकता वितरणको कार्य तत्काल रोक्न आयोगलाई आग्रह गर्ने र त्यो नरोकिए अवरोध गर्ने निर्णय गरिएको ३३ दलीय मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापाले जानकारी दिए। यही वैशाख १४ गते मतदाता नमावली र नागरिकता वितरणका सम्बन्धमा नागरिक समाजसँग छलफल गर्ने निर्णय भएको पनि उनले बताए। त्यसैगरी भारतको नयाँदिल्लीमा नेपाली चेलीमाथि भएको बलात्कार र विराटनगरमा अवैधरुपमा सञ्चालन गरिएको भारतीय कार्यालयको विरोधमा १६ गते भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाउने मोर्चाले निर्णय गरेको छ। यस्तै सरकारको बहिर्गमन र सन् १९५० मा भारतसँग गरिएको सन्धिको खारेजीलगायतका माग राख्दै मेची र महाकालीबाट मार्चपास एवम् स्वाभिमान यात्रा गर्ने निर्णय गरिएको पनि मोर्चाले जनाएको छ।

एप्पलको ताज खोसियो, अब दोश्रो मूल्यवान कम्पनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संसारको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलको ताज खोसिएको छ । एप्पलको शेयरको भाउ ओरालो लाग्ने क्रममा १८ महिनामा सबैभन्दा तल झरेपछि एप्पल संसारको सबैभन्दा मूल्यवान कम्पनीको दोश्रो स्थानमा झरेको हो । १७ अपि्रलमा एप्पलको शेयर मुल्य ५.५ प्रतिशतले घट्दै ४०२.८० डलरमा झरेको छ । जुन सन् २०११ को डिसेम्बर यता सबैभन्दा कम हो । एप्पल खस्किएपनि संसारको सबैभन्दा मूल्यवान कम्पनीको ताज एक्सोन मोबिलले पहिरिएको छ । एप्पलको बजार भाउ ३७८ अर्ब डलर रहेकोमा एक्सोनको ३८५ अर्ब डलर छ । एप्पलको खस्किँदो बजारलाई दर्शाउने गरी अघिल्लो हप्तामात्र आइफोन र आइप्याडको लागि अडियोचिप्स बनाउँदै आएको कम्पनी सिरस लोजिकले पछिल्लो समयमा अडियो चिप्सको बिक्रि घटेको र उपभोक्ताले एप्पलका सामान भन्दै अरु नै नयाँ सामानप्रति आकषिर्त भएको बताएको थियो । सोही टिप्पणीको नकारात्मक प्रभाव समेत मिसिँदा एप्पलको शेयर मूल्यमा भारी गिरावट आएको विश्लेषकहरु बताउँछन् । एप्पलको शेयर मूल्यमा आएको पछिल्लो गिरावट अहिलेसम्मको उच्च भाउको तुलनामा ४२.६ प्रतिशत हो । गएको सेप्टेम्बर २१ मा आइफोन ५ बजारमा आएपछि एप्पलको शेयर मुल्य अहिलेसम्मकै उच्च अर्थात् ७०५ डलर नाघेको थियो । विश्लेषकहरुले संस्थापक स्टिभ जब्सकै अवधारणा अन्तरगत अहिलेसम्म एप्पल टिक्न सकेको भन्दै अब एप्पललाई प्रतिस्पर्धामा उत्रिनका लागि गाह्रो हुने र स्वर्गीय जब्सको अभाव खडि्करहेको बताएका छन् ।

चीनको सिचुवानमा भूकम्प, १ सय २ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ वैशाख,चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तमा सश्निबार शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय २ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । उद्दारकार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ । स्थानीय समय अनुसार बिहान ८ बजेर दुई मिनेट जाँदा सिचुवानको याआन शहरको लुशान गाउँ नजिक केन्द्र बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो । याआनबाट १ सय ४० किलोमिटर टाढा पर्ने सिचुवानको राजधानी शहर चेङ्गदु तथा गुईझोउ, गाङ्गसु, साङ्गसी र युन्नान प्रान्तमा पनि स्थानीय बासिन्दाले २० सेकेन्ड सम्म भुकम्पको झट्का महसुस गरेका थिए । भूकम्पमा परेकाहरुको उद्धारका लागि ६ हजार भन्दा बढी सैनिक, उद्धारकर्मी तथा प्रहरी खटिएका छन् । राष्ट्रपति सी जिनपिङले उद्धारमा सबै स्रोत साधन परिचालन गर्न निर्देशन दिनु भएको छ । चिनको सिचुवानमा सन २००८ मा ८ रेक्टरस्केलको भुकम्प जाँदा झण्डै ९० हजार जनाको ज्यान गएको थियो ।

हङकङमा प्रचण्डलाई कालो झण्डाको पिरोलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ बैशाख,आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेपछि शनिबार हङकङमा एमाओवादी अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको सार्वजनिक कार्यक्रम स्थगित भएको छ । पार्टी कार्यकर्ता एवं नेपाली शुभेच्छुकसँग समसामयिक परिस्थितिबारे सामुहिक छलफल गर्ने कार्यक्रममा आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेको सूचना पाएपछि उनी सिधै चाइना बोर्डरबाट सीधै एयरपोर्ट गएको हङकङस्थित पत्रकार किसन राईले बताउनुभयो । हङकङमा रहेका आदिवासी जनजातिले बाहुनलाई फिर्ता बोलाई जनजाति मूलको महावाणिज्यदूत पठाउन नेपाल सरकारसँग माग गर्दै आएका छन् । ‘हङकङको महावाणिज्यदूत गैरजनजाति व्यक्तिलाई पठाइएको विरोधमा सार्वजनिक कार्यक्रम गर्न नदिने भनेपछि प्रचण्ड सीधै एयरपोर्ट गए ।’-राईले भन्नुभयो । पत्रकार एवं अशोक राई समर्थित संघीय समाजवादी पार्टीका नेतासमेत रहनुभएका राईका अनुसार प्रचण्डले हंगकंग विमानस्थलस्थित रिगल होटलमा नेपाल चेम्बरर्स अफ कमर्सका अध्यक्ष जगन्नाथ ज्ञवाली, एनआरएनका अध्यक्ष दूर्गाबहादुर गुरुङ लगायतसँग भेटगर्नुभएको छ । तर, कालोझण्डाको तयारीपछि सार्वजनिक कार्यक्रम स्थगित भएकाले केही कार्यकर्ताहरुले सोही होटमा पुगेर प्रचण्डसँग भेट गरेको राईको भनाइ छ । प्रचण्डको पूर्वनिर्धारित विमान नेपाल एयरलाइन्सले समेत धोका दिएको छ । नेपाल एयरलाइन्सको फ्लाइट रद्द भएपछि चीन भ्रमणबाट फर्किएको प्रचण्डको टोली शनिबार राति साढे दश बजेमात्रै काठमाडौं ओर्लने भएको छ । यसअघि प्रचण्ड ९:५० मा काठमाडौं आउने बताइएको थियो ।

बोस्टन बम बिस्फोट अभियुक्त पक्राउ परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बैशाख ७- अमेरिकाको बोस्टन बम बिस्फोटमा संलग्न दुई अभियुक्त मध्ये फरार रहेका एक जनालाई प्रहरीले खोजेर पत्ता लगाएरै छाडेको छ । दुई मध्ये एक प्रहरी कारबाहीमा मारिएपनि अर्का भने भागेका थिए । तर अमेरिकाको वाटरटाउन शहर नै घेरा हाली प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो । गत सोमबार बोस्टन शहरमा गराइएको बम बिस्फोटमा संलग्न दुई दाजुभाईलाई सीसीटीभी फुटेजका आधारमा खोजिएको थियो । चेचेन्याका नागरिक रहेका ती दुई दाजुभाई ११ बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । प्रहरीले ती दुईको स्केच बनाएर खोजी गरेको थियो । दाई मारिएलगत्तै भागेका भाईलाई २४ घण्टाभन्दा बढीको खोजी अभियानपछि प्रहरीले पक्रेको हो । उनलाई वाटरटाउनस्थित एक डुंगामा लुकिरहेको अवस्थामा प्रहरीले घेरा हालेर पक्रेको हो । बोस्टन म्याराथनमा बम बिस्फोट गराएको दुई दिनपछि ती दाजुभाईले म्यास्याच्युसेट इन्ष्टिच्यूट अफ टेक्नोलोजी परिसरमा रहेका सुरक्षाकर्मीलाई पनि गोली हानी हत्या गरेका थिए । ती दुबैलाई सन् २०११ मा अमेरिकी जाँच एजेन्सी एफबीआईले शंकास्पद अवस्थामा पक्राउ गरी छोडेको पनि बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले अभियुक्त पक्रन सफल भएको भन्दै धैर्य गर्न जनतासमक्ष अपील गरेका छन्

Apr 17, 2013

र्इजरायलमा किराँत याक्थुङ् चुम्लुङ् गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली नव बर्ष २०७० केा पावन अवसर पारेर गत शनिवारका १३ अप्रिलमा र्इजरायलमा कार्यरत सम्पुर्ण नेपाली याक्थुङ्वा लगायत अन्य जातिय नेपाली दाजु–भार्इ तथा दिदी–वहिनीहरूकेा उपस्थितिमा याक्थुङ्वा वनभेाज कार्यक्रम २०१३ सम्पन भएकेा छ । याक्थुङ्वा दाजु–भार्इ तथा दिदी–वहिनीहरूकेा आयेाजनामा सम्पन्न भएकेा सेाही कार्यक्रमबाट र्इजरायलमा छरिएर रहेका याक्थुङ्वा दाजु–भार्इ तथा दिदी–वहिनीहरूलार्इ आफनेा याक्थुङ्वा भाषा–सास्र्कृति, भेष–भुषा ,रिति रिवाज लार्इ सधै अटल पारी राख्नका लागी एक जुट पार्न उद्देश्यले किराँत याक्थुङ् चुम्लुङ् नेपाल केा स्थापना गरेकेा सस्थाबाट प्रकाशित बिज्ञप्तिमा जनाएकेा छ ।  सेा बिज्ञप्तिमा भनिएकेा छ याक्थुङ् चुम्लुङ् नेपाल केा स्थापना प्रमुख उद्देश्य बैदेशिक रेाजगारिका लागी र्इजरायलमा कार्यरत नेपाली दाजु–भार्इ तथा दिदी–वहिनीहरूलार्इ दुःख परेकेा अवस्थामा सर–सहयेाग गर्ने भावना बेाकी सस्थाकेा स्थापना गरिएकेा हेा । नब बर्ष २०७० आगमन सँगै एक आपसमा शुभकामना बाढदै मेादिनमा गएर बनभेाज कार्यक्रम सम्पन गरे थियेा । सेाही बन भेाज कार्यक्रमबाट नै , प्रताव मादेन लिम्वु केा अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत बिस्तार गरेकेा छ । नब गठित कार्यसमितमा.... 
अध्यक्षः– श्री प्रताव मादेन लिम्वु 
उपाध्यक्षः– श्रीमति कृस्न कला वनेम लिम्वु 
सचिवः– श्री विवस खापुङ् ( सुमन) लिम्वु
सह–सचिवः– श्रीमति ममता लिम्वु 
केाषाध्यक्षः– श्रीमति माया वनेम 
लिम्वु सदस्यः– श्रीमति विस्णु माया र्इवा लिम्वु 
सदस्यः– श्रीमति टेक माया वनेम लिम्वु 
सदस्यः– श्रीमति कल्पना लावती लिम्वु 
सदस्यः– श्रीमति कृस्ण तुम्वाहाम्फे लिम्वु 
सदस्यः– श्रीमति रूपा लक्सम लिम्वु 
सदस्यः– श्रीमति माया चेम्जेाङ् लिम्वु 
सदस्यः– सुश्री कला शेर्मा लिम्वु 
 सदस्यः– श्री विरेन निङ्लेखु लिम्वु 
सदस्यः– श्री तुलसी खजुम लिम्वु 
सदस्यः– श्री जिवन थक्लुङ् लिम्वु 
नब गठित किराँत याक्थुङ् चुम्लुङ् नेपाललार्इ बनभेाज कार्यक्रममा सहभागीहरूबाट सस्थाकेा प्रगती र सफलताकेा कामना ब्यक्त गरेकेा बिवस खापुङले www.limbuwan.blogspot.com लार्इ बताउनु भयेा । सस्थाकेा सम्पर्क स्थान र्इजरायलकेा तेलअभिवमा रहने समेत सस्थाले जानकारी दिएकेा छ ।

डलर घटे पनि सुनचाँदीको भाउ यथावत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ केही कम भए पनि बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै फेरबदल भएन । बिहान अन्तर्राष्ट्रिय बजारमा भएको सुनको कारोबार हेर्दा नेपाली बजारमा प्रतितोला ३/४ सय रुपैयाँसम्म बढ्न सक्ने आंकलन गरिएको भएपनि दिउँसो डलरको भाउमा आएको गिरावटले बजारमा सुनको भाउ यथावत रहन गएको हो । बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको ४९ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको भाउ ८ सय ९८ रुपैयाँ कायम गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा डलरको एक्स्चेञ्ज रेट ६५ सेन्टले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार डलरको बिक्री मूल्य ८७ रुपैयाँ २० पैसा तोकेको छ । यो मूल्य मंगलबारको तुलनामा ४६ पैसाले कम हो । अन्तर्राष्ट्रिय बजार सुनचाँदीको खरिद विक्री डलरमा हुने हुँदा डलरको भाउले सुनचाँदीको भाउलाई प्रत्यक्ष असर पार्ने महासंघका अध्यक्ष शाक्यको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा डलरको मागभन्दा पूर्ति बढी भएपछि डलरको भाउ घट्न गएको हो । पछिल्लो समय डलर र सुन होल्ड गरेर राख्ने धनाढ्यहरुले सुन र डलर होल्ड गरेर राख्नुभन्दा अन्यत्र लगानी गर्न उपर्यूक्त ठानि सुन र डलर ठूलो परिमाणमा बेच्न थालेपछि बजारमा सुन र डलरको भाउ घट्न थालेको अर्थविद् चिरञ्जिवी नेपालले बताउनुभयो ।

भेनेजुएलाका राष्ट्रपति बिरुद्द विपक्षीहरु आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भर्खरै सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै भेनेजुएलाको राष्ट्रपति निर्वाचनमा विपक्षीहरुले आन्दोलन गरेका छन् । नवनिर्वाचित राष्ट्रपति निकोलस माडुरोको पार्टीले धाँधली गरेर चुनाव जितेको भन्दै उनिहरु विपक्षी सडकमा उत्रेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । माडुरोका पक्षमा ५० दशमलव ६६ प्रतिशत मत खसेको थियो । पूर्व राष्ट्रपति ह्यूगो चाभेजका उत्तराधिकारी मानिएका माडुरो झिनो मतअन्तरले राष्ट्रपतिमा चुनिएका थिए । उहाँको निकटतम प्रतिष्पर्धी क्याप्रिलेसले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरेका छन् । परिणाम आएलगत्तैदेखि क्याप्रिलेसका समर्थक चुनावमा धाँधली भएकाले माडुरोलाई राष्ट्रपति नस्वीकार्ने भन्दै प्रदर्शनमा उत्रेका हुन् । निर्वाचन आयोगले भने नतिजा नफेरिने भन्दै माडुरोले यही अप्रिल १९ मा शपथ लिने जनाएको छ ।

मातृका माओवादी देशव्यापी प्रशिक्षणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
उदयपुर, वैशाख ४- प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार विघटनको माग राख्दै मातृका यादव नेतृत्वको नेकपा (माओवादी) देशव्यापी प्रशिक्षण कार्यक्रममा उत्रने भएको छ। चैत ३० र ३१ गते काठमाडौंमा भएको विस्तारित बैठकको निर्णयानुसार चुनावी मन्त्रिपरिषदको विघटन माग गर्दै पार्टीले आउँदो १५ गतेदेखि २५ गतेसम्म देशका विभिन्न ठाउँमा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको जनाएको छ। पार्टीले देशका बिभिन्न चार ठाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको पार्टी केन्द्र बैठकको निर्णय उदृत गर्दै उदयपुर इन्चार्ज हिमालसिंह राईले बताएका छन्। उनका अनुसार पूर्वी जिल्लाका कार्यकर्तालाई समेटेर पार्टीले पूर्वी व्युरोको आयोजनामा सर्लाहीमा आउँदो १५ गते प्रशिक्षण गर्ने भएको छ। त्यस्तै मध्यक्षेत्रका कार्यकर्तालाई नारायणी व्युरोले आउँदो २० गते प्रशिक्षण दिने, २२ गते लुम्बिनीमा र २५ गते सुदूर पश्चिमको कुनै जिल्लामा प्रशिक्षण कार्यक्रम राखिएको राईले बताए। विस्तारित बैठकले जनवादी क्रान्तिका लागि दीर्घकालीन जनयुद्धको तयारीमा लाग्न सबै कार्यकर्तालाई निर्देशन पनि दिएको जनाइएको छ। जनसंविधान निर्माण गर्न संयुक्त क्रान्तिकारी सरकारको गठन गर्नुपर्ने, राष्ट्रपतिले घोषणा गरेको २५ बुँदे घोषणापत्रको तत्काल खारेजीको माग पनि अघि सारेको छ। चारदलीय सिन्डिकेटको अन्त्य गर्न आन्दोलनको आँधी वेहरी सिर्जना गर्ने पूर्वाधार तयारीका लागि पार्टीले प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ। चुनाव गराउने नाममा गठित रेग्मी नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा पार्टीले दिएको छ। बैठकले भारत र चीनले गर्दै आएको सीमा अतिक्रमणविरुद्ध संघर्ष गर्न सबै देशवासीलाई आह्वान पनि गरेको छ भने 'बलिदान होईन संघर्ष' गर्ने प्रतिबद्धता प्रस्ताव पनि पारित गरेको जनाइएको छ। कठपुतली सरकार विघटन, क्रान्तिकारी सरकार गठन र दीर्घकालीन जनयुद्धको तयारीलाई प्रमुखता दिएर प्रशिक्षण गर्ने निर्णय गरेको जनाएको छ। बिभिन्न समसामयिक विषयमा केन्द्रित रहेर १२ बुँदे नारासमेत बैठकले तय गरेको पार्टीले जनाएको छ।

सञ्जय दत्तलाई एक महिने राहत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वैशाख ४ (एजेन्सी) - प्रहरीसामु आत्मसमर्पण गर्न तोकेको समयभन्दा एक दिनअघि बलिउड हिरो सञ्जय दत्तको निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले थप एक महिना स्वतन्त्र रहनसक्ने निर्णय सुनाएको छ। सन् १९९३ को मुम्बई हमलामा आरोपित दत्तलाई पाँच वर्ष कैद सुनाइएको छ। मानवीय पक्षलाई आधार मान्दै उनलाई एक महिनाभित्र आत्मसमर्पण गर्न समय तोकिएको हो। दत्तले आफूमाथि बलिउडको ठूलो लगानी रहेकाले ६ महिनापछि जेल जाने शर्तमा काम गर्न छुट मागेका थिए। गैर कानुनी हतियार राखेका कारण उक्त घटनामा मुछिएका दत्तले जेल जानुभन्दा एक साता बाँकी रहँदा सर्वोच्च अदालतमा निवेदन गरेका थिए।

अमेरिकाको बोष्टनमा बम बिष्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकाको बोष्टन शहरमा बम बिष्फोट हुँदा तीन जनाको निधन भएको छ भने दर्जनौ मानिस गम्भिर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । बिष्फोटमा परि घाइते भएका १ सय ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बम बिष्फोटमा ८ जना बालबालिका समेत परेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । बम बिष्फोट म्याराथन टुंगाउने क्षेत्रमा भएको हो । बिष्फोटको खवरसँगै राष्ट्रपति बराक ओबामाले टेलिभिजन सम्बोधन गर्दै बम बिष्फोट गराउने जो सुकैलाई तत्काल खोजी कानुनी कारवाही गरिने चेतावनी दिएका छन् । बोष्टन प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको छ । बाहिर हिड्नु परेमा सानो संख्यामा हिंड्न पनि आग्रह गरेको छ । पहिलो बम बिष्फोट भएको १५ सेकेण्डमै दोस्रो बम बिष्फोट भएको थियो । तेस्रो बम प्रहरीले निष्कृय पारेको अमेरिकी संचार माध्यमले जनाएका छन् ।

Apr 9, 2013

एकात्मक स्ववियु चुनाबको बिरुद्धमा संघीय विद्यार्थी युनियनको प्रेस विज्ञप्ति

मितिः २०६९।१२।२४ 
प्रेस विज्ञप्ति 
नेपाली जनताका परिवर्तनको चाहना र सपनाहरू चरणवद्धरुपमा भएका रक्तिम आन्दोलनहरू जनयुद्ध, जनआन्दोलन २, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान र मधेश आन्दोलनको सफलताले व्यक्त गरेकै हो । तर पनि विविध कारणले यी आन्दोलनहरू संस्थागत हुन सकिरहेको छैन । यसको पछाडि यथास्थितिवादी तथा परिवर्तन नचाहने तत्वहरूको गद्धार सोचाईको मुख्य भूमिका छ । संघीय विद्यार्थी युनियनले विगतदेखि यसको भण्डाफोर गर्दै आइरहेको छ । नेपाली जनताका चाहना र आवश्यकता अनुरुप संघीय विद्यार्थी युनियनले स्ववियुको चुनाव प्रणालीमा आमूल परिवर्तन गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग राखेर नेपाल सरकार, त्रि. वि. लगायत सम्बन्धित् निकायहरूमा ज्ञापन–पत्र बुझाउने लगायत विभिन्न समयमा आन्दोलनको घोषणा गरेको यहाँहरूलाई विदितै छ । यसै सन्दर्भमा बलजफ्ती यथास्थितिमा स्ववियुको चुनाव गराउन खोज्दा २०६५ चैत्र ६ गते लिम्बुवानको झापाको धुलाबारीमा शहीद मनिल तामाङको शहादत्त भएको हो । शहीद मनिलको सपनालाई साकार पार्न संघीय विद्यार्थी युनियन पूर्ण समानुपातिक स्ववियु चुनाव प्रणालीको पक्षमा अडिग भई उभिनेछ । तर हाम्रो माग र आन्दोलन साथै शहिदको बेवास्ता गरी एकलकाटे ढङ्गले चैत्र २३ गतेको त्रि. वि. सभामार्फत नाममात्रको समानुपातिक निर्वाचन प्रणाली पास गरेर मिश्रित चुनाव प्रणालीको नाममा लज्जास्पद ढङ्गले २०७० जष्ेठ १३ गते स्ववियुको चुनाव घोषणा गरेर त्रि. वि.ले विद्यार्थीहरूको परिवर्तनको चाहनामाथि कुठाराघात गरेको छ । संघीय विद्यार्थी युनियन यो घोषणाको घोर भत्र्सना गर्दछ । साथै, यही स्थितिमा जबरजस्त स्ववियुको चुनाव गर्ने दुस्साहस गरे सोको सशक्त बहिष्कार र प्रतिकारसमेत गर्ने यही प्रेस विज्ञप्तिमार्फत चेतवानी दिन चाहन्छौ । संघीय अभिवादन ! .................. 
लाहाङ लिम्बू 
अध्यक्ष संघीय विद्यार्थी युनियन संघीय कार्य समिति, 
काठमाडौं, नेपाल सम्पर्क फोन: ९८०८४८३४४३

“केःवा कोक्मा” फेरि प्रर्दशन हुने, नायिका र निर्देशकलाई सम्मानै सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं रविन लिङदेन, कल्पना तुम्रोक, 
हङकङ, ७ अप्रील,नेपाल इन्टरनेशनल इण्डिजिनस फिल्म फेस्टिवल २०१२ मा “पब्लिक च्वाइस” अवार्ड जितेका लिम्बु भाषा र संस्कृतीमा आधारित चलचित्र “केःवा कोक्मा” अर्थात “लाटो पहाड” हङकङमा सफलता पुर्वक प्रर्दशन भएको छ । चलचित्र “केःवा कोक्मा” फेरिपनि पर्दशन हुदैछ । किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा सोमवार (८ अप्रिल) साँझ याक एण्ड ऐतिको हलमा प्रर्दशन हुदैछ । सेहोनाम्लाङ फिल्म्स प्रा. ली. को ब्यानरमा निर्माण भएको ठुलो पर्दाको चलचित्र “केःवा कोक्मा” पहिलो पल्ट हङकङमा ३१ मार्चको साँझ याउमातेइ कम्युनिटि सेन्टरको हलमा प्रदर्शन भएको थियो । चलचित्र प्रर्दशनपछि उक्त चलचित्रका निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकलाई जता–ततै भेट–घाट तथा सम्मान कार्यक्रमको आयोजना भएको छ । निर्देशक शेर्मा र नायिका पन्धाकलाई भेट–घाट तथा सम्मान गर्ने क्रममा “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले सुक्रवार (५ अप्रिल) साँझ याउमातेई स्थीत आफ्नै माङहिम परिसरमा नायिका पन्धाक र निर्देशक शेर्मालाई भेट–घाट तथा सम्मानको कार्यक्रम आयोजना गरेको थियो । “पन्धाक समाज हङकङ”ले जोर्डन स्थीत फुलबारी क्लबमा विहिवार (४ अप्रिल) साँझ रात्रि भोजन सहित भेट–घाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । समाजको अध्यक्ष चन्द्र पन्धाकको साथमा समाजका पदाधिकारीहरुले नायिका पन्धाक र निर्देशक शेर्मालाई उपहार प्रदान गरि खदाले सम्मान गरेका थिए भने समाजका सचिव कृष्ण पन्धाकले कार्यक्रम संचालन गरेका थिए । एकैदिमा तीन छुट्टा–छुट्टै स्थानमा भएको कार्यक्रममा हङकङ नेपाली महासंघको कार्यालयमा नायिका पन्धाकले सुक्रवार साँझ नेपाल स्टक एक्सचेन्ज सम्बन्धी कक्षा संचालन गरेका थिए । नेपालको एकमात्र स्टक एकस्चेज “नेप्से”मा कार्यरत पन्धाकले संचालन गरेको काक्षामा यहाँका ब्यापारी वर्ग र स्टक एक्सचेन्ज सम्बन्धी अनुभविहरुले क्लासमा भाग लिएका थिए । उनि अहिले कानुनी विषयलाई लिएर एलएलवीमा अध्यायन गर्दैछिन विभिन्न कलेजमा अध्यापिका गर्दे छिन । किरात याक्थुङ चुम्लुङ हङकङले याक एण्ड एती रेस्टुरेन्टको हलमा निर्देशक नायीकालाई सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरेको थियो । चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चुम्लुङका निर्वतमान अध्यक्ष राज बहादुर चोङबाङ रहेका थिए भने बिषेश अतिथि नायीका प्रबिन पन्धाक र निर्देशक रवि शेर्मानै रहेका थिए । चुम्लुङको सल्लाहकार कृष्ण राज लावोती, (एनेकपा माओवादी हङकङका सचिव) जेवी ओख्राबु, हस्त लिबाङ, सनराईज साप्ताहिकका प्रधान सम्पादक भुपेन्द्र चेम्जोङ, किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ अध्यक्ष मोहनमान नेम्बाङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष श्याम ईङनाम, रमेश सिङगक, सुमन वनेम, संघीय सामाजवादी पार्टी हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फे, इन्द्र वनेम, नेपाली आर्टस एण्ड कल्चर एसोसिएसनका अध्यक्ष नन्द चङसु, हेम अन्छम्बु लगायत कार्यक्रमका अतिथिहरुले आ–आफ्नो मन्तब्य राखेका थिए । लिम्बु भाषा र संस्कृतीमा आधारित चलचित्र “केःवा कोक्मा” को वारेमा बोल्दै ‘आफ्नै कथा वस्तु समेटिएको’ अतिथिहरुले मन्तब्य राख्ने क्रममा उक्त कुरा वताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष असली वनेमले गरेकी थिईन भने कार्यक्रम सन्चालन चुम्लुङका सह सचिव लाजेसा आङबुहाङले गरेका थिए । हङकङ तेह्रथुम मञ्चको आठौं वार्षिक कार्यक्रम (आज) आइतवार दिउसो मंकी हिलको डाँडामा भएको कार्यक्रमको अवसरमा चलचित्र “केःवा कोक्मा”लाई सम्मान गर्दे निर्देशक शेर्मालाई सम्मान गरेको थियो । त्यस्तैगरि, पान्थर मञ्च हङकङले मगलवार (३ अप्रिल)साँझ काउलुन करी हाउसमा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । मञ्चका अध्यक्ष प्रताम कुमार कोयु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव टिका माखिमले संचालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष कुमार गुरुङले गरेका थिए । निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकलाई किरात याक्थुङ चुम्लुङ हङकङले यहाँ वोलाएका थिए । उनिहरु २८ मार्चमा आइपुगेका थिए । एक औपचारीक कार्यक्रमको आयोजना गरि प्रदशन भएको चलचित्र “केःवा कोक्मा”ले दर्शको माया पाएको निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकले वताए यहाँको स्थानिय नेपाली संचारकर्मीलाई वताए । लिम्बु भाषा (मातृ भाषा) मात्र वोल्न सक्ने मानिस अथवा एउटा वच्चा नेपाली समुदायमा कसरी हुर्कन्छ भन्ने शिक्षा बोकेको चलचित्र “केःवा कोःक्मा”मा नेपालको प्रसासनले त्याहाँको आदिवासीहरुलाई थाहा नदिइ एकतर्फि ढंगले निति नियम वनाएर उनिहरुलाई कानुनको उल्लङघन गरेको भन्दै जवरजस्ती कानुनको दायरामा ल्याएको देखाएको छ । “कानुन बनाउदा त्याहाँको आदिवासीहरुलाई सोधेर, थाहा दिएर, प्रतिनिधि गराएर कानुन वनाए मात्र सहज स्वीकार गर्न सकिने” चलचित्रको कथावस्तुमा समेटिएको छ । रवि शेर्माले निर्देशन गरेको चलचित्रका प्रस्तुतकर्ता तथा नायक सविन तुम्बाहाङफेको “केःवा कोःक्मा”मा निर्माता आइन्द्र सुन्दर नेम्बाङ सहनिमार्ताहरुमा सुमन वनेम, इन्द्र आङदेम्बे, सक्ति नेम्बाङ, होम कुमारी सिङघक सुनुवार रहेका छन् । चलचित्रका नायिका प्रविण पन्धाक छिन भने बाल कलाकार अर्जुन वेघा रहेका छन । यासेली योङहाङ, सुर्य प्रकाश चेम्जोङ, आइन्द्र सुन्दर नेम्बाङ, अर्जुन वेघा लगायतका कालाकारहरुको विशेष भुमिका रहेको उक्त चलचित्रमा उपेन्द्र शुब्बाको लेखन तथा भुवानी विक्रम सम्बाहाम्फेले संगित दिएका छन् । चलचित्रका निर्देशक शेर्मा याक एण्ड ऐतीको प्रर्दशन पछि मात्र नेपाल जाने वताएका छन् भने नायिका पन्धाक पढाइ र जागिरको ब्यस्तताको कारण देखाउदै शनिवार नेपाल फर्किए ।

अमेरिकामा संघीय लिम्बुवान समाज अमेरिकाको विधिवत गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 न्युयोर्क, (यू.एस.ए) अप्रिल ७, २०१३,अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन्हाईट्समा ७ अप्रिल २००७ (चैत्र २५) का दिन राम चोङ्बाङ लिम्बूको अध्यक्षतामा २७ सदस्ययीय संघीय लिम्बुवान समाज अमेरिकाको कार्य समिति घोषणा भएको छ । नव घोषित संघीय लिम्बुवान समाज, अमेरिकाको कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरू केशर लिम्बू, दिपेश लिम्बू (खाम्बेक) र बीरेन्द्रहाङ लाबुङ लिम्बू (न्यू योर्क), रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुहाङ (टिनेस्सी), पूर्ण लिम्बू (कनेक्टि
कट), शेरसिंह लिम्बू (डिसी) तथा दिल सेनेहाङ (टेक्सास) रहेका छन् । समितिका महासचिवमा राम सोदेम्बा लिम्बू रहनुभएको छ भने सचिवहरूमा योगेश लिङ्देन (न्यू योर्क), राम यक्सो (टेक्सास) र तेज सुब्बा फोम्बो (क्यालिफोर्नीया) रहेकाछन् | समाजको सचिवालय सचिवमा देशहाङ लिम्बू (न्यू योर्क) चुनिनु भएको छ | यसैगरी, समाजका कोषाध्यक्षमा राजकुमार पङयाङ्गु लिम्बू र सह-कोषाध्यक्षमा सन्तोष लिम्बू निङ्लेखु चयन हुनुभएको छ | संघीय लिम्बुवान समाज अमेरिकाका सदस्यहरुमा टेक्सास राज्यबाट- के.बी. थुप्पुको थेबे, आशिष लिङ्देन, ताराबहादुर लिम्बू, प्रेम फागो लिम्बू, देव लिम्बू (टिनेस्सी), डा. भरत लिम्बू ईवाहाङ् (नर्थ क्यारोलिना) चुनिनु भएको छ | यसैगरी, न्यू योर्क राज्यबाट टंकबहादुर मगर, बिनय सोदेम्बा र चेतन सुब्बा चोङ्बाङ चुनिएका छन् । संघीय लिम्बुवान समाज अमेरिका तदर्थ समितिका अध्यक्ष नगेन्द्र ईङ्नाम 'सेरि:त'को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष रहेका बिनोद पोमु लिम्बू मुख्य अतिथि रहनुभएको थियो | मगर संघ अमेरिकाका महासचिव मानबहादुर राना मगर कार्यक्रमका विशेष अतिथी रहेका थिए। "लिम्बुवानमा मानव अधिकारको संरक्षण, एक निर्वाचन क्षेत्र: एक संघीयवादी उम्मेदवार मित्र" भन्ने मूल नारा पारित भएको यस कार्य समितिको घोषणा कार्यक्रमलाई सुभाष लामा, केशबराम राई, लुइसाङ् वाइबा तमाङ, देवेन्द्र सम्बाहाम्फे, मनु लोहोरुङ, मणि वाङ्देल राई, प्रदीप थापा मगर, नगेन्द्र ईङ्नाम, बिनोद पोमु लिम्बू र मानबहादुर राना मगरले शुभकामना सम्बोधन गर्नुभएको थियो | संघीय लिम्बुवान समाज अमेरिकाको उक्त घोषणा कार्यक्रमलाई तदर्थ समितिका महासचिव दिपेश लिम्बू (खाम्बेक) ले सञ्चालन गरेका थिए भने तदर्थ समितिकै सचिव युगेश लिङ्देनले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो । तदर्थ समितिका अध्यक्ष ईङनामले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गरी सार्वजनिक गरेपछि जिम्मेवारी हस्तान्तरण गरेर नयाँ कार्यसमितिको सफलताको लागि शुभकामना दिनुहुँदै कार्यक्रमको समापन भएको थियो | स्मरणरहोस, गत फेब्रुअरी २२ का दिन न्यूयोर्कमै नगेन्द्र ईङ्नाम "से:रित" को प्रमुख संयोजकत्वमा बनेको १७ सदस्यीय 'लिम्बुवान समाज अमेरिका' को संयोजन अर्थात् तदर्थ समिति गठन गरिएको थियो | तदर्थ समितिका सह-संयोजकहरुमा केशर लिम्बू (न्यू योर्क), 
रोशन लिबाङ (क्यालिफोर्निया), 
महेश लिम्बू (म्यासाचुसेट्स), 
सुमन सुहाङ (टिनेस्सी) 
र पूर्ण लिम्बू (कनेक्टिकट) रहनुभएको थियो | त्यसैगरी, संयोजन समितिको 
महासचिवमा दिपेश चबेगु "खाम्बेक",
सचिवमा योगेश लिङ्देन र
 कोशाध्यक्षमा बिरेन्द्रहाङ लाबुङ लिम्बू रहनुभएको थियो |
 तदर्थ समितिका सदस्यहरुमा राम चोङबाङ, टंक मगर, देश लिम्बू चोङबाङ, राजकुमार लिम्बू, राम लिम्बू सोदेम्बा, बुद्ध चेम्जोङ, चेतन सुब्बा र के.बी. लिम्बू रहेका थिए | नेपालमा मौलिक शैली, विचार र धरातलबाट पहिचानसहितको संघीय-लिम्बुवान आन्दोलनलाई निरन्तर हाँकीरहेको संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको अमेरिका सम्पर्क समितिको रुपमा समेत रहेर यो संस्थाले नेपालको लिम्बुवानमा मानवधिकार र लोकतन्त्रको रक्षार्थ सामाजिक कार्यहरु गर्ने भन्ने लक्ष्य रहेको छ । लिम्बुवान समाज अमेरिकाको तदर्थ समितले यस अघिनै लिम्बुवानको ताप्लिजोङ फुङलिङस्थित शेर्पा टोलका २८ अग्निपीडित घर-परिवारलाई लाखौंको आर्थिक राहत सहयोग समेत गरेको छ | 
 - राम सोदेम्बा लिम्बू, न्यू योर्क/डीबी आङबुङ लिम्बू लिम्बुवान, नेपाल

लोकमानको मुद्धा आज पनि सर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत २७ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्त नगराउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाई फेरी सरेको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा र शुशीला कार्कीको संयुक्त इजलासमा पेशी चढेको उक्त मुद्धाको सुनुवाई प्राविधिक कारणवश सरेको अदालतका सहायक प्रवक्ता हेमन्त रावलले बताएका छन्। अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ। परिषद्का सदस्य समेत रहेका शर्माको इजलासमा पेशी चढेका कारण सुनुवाई सरेको अदालतका सहायक प्रवक्ता रावलले बताए।  

यस अघि आइतबार न्यायाधीश रामकुमारप्रसाद साह र गिरिशचन्द्र लालको संयुक्त इजलासमा पेशी चढे पनि सुनुवाई हुन सकेको थिएन।। आइतबार सर्वोच्च अदालतका पूर्व अस्थायी न्यायाधीश कमल नारायण दासका छोरा प्रसन्नकृष्ण दासले बहसमा उपस्थिति जनाएका कारण न्यायाधीश साह सुनुवाई गर्नबाट अलग भएका थिए। मुद्धाको कुनै पक्ष, वकिल वा नजिकको नातेदार भएमा न्यायाधीशले मुद्धा हेर्न अस्वीकार गर्ने विश्वव्यापी मान्यता र आचार संहिता छ। 
साथीका छोरा दासले पक्षको दर्फबाट बहस गर्न इजलास पुगेपछि न्यायाधीश साह मुद्धा सुनुवाईबाट अलग भएका थिए। मुद्धा हेर्नबाट अलग हुनुलाई न्यायाधीशको निष्पक्षता प्रतिको प्रतिबद्धताका रुपमा न्यायिक क्षेत्रमा हेरिन्छ। 

सुन तस्करी काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले र २०६२/०६३को जन आन्दोलन दबाउन भूमीका निर्वाह गरेको भन्दै रायमाझी आयोगले दोषी ठहर गरेकोले प्रमुख आयुक्तमा अयोग्य भएको दाबी रिट निवेदनमा गरिएको छ। 
दायर गरिएको निवेदनमा मन्त्रिपरिषद्का अध्यक्ष समक्ष प्रमुख आयुक्तका लागि कार्कीको नाम पेश हुनु जन विरोधी, गैर संवैधानिक र गैरकानूनी भएकोले परमादेश जारी गर्न माग गरिएको छ। निवेदन उपर अदालतमा सुनुवाई हुनु अघि कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गरेमा अधिकारपृक्षाको आदेशले पदमुक्त गर्न समेत माग गरिएको रिट निवेदक अर्यालले बताए। 
२०५१ सालमा सुन तस्करी कार्यमा संलग्न भएको दाबी गर्दै अख्तियारले कार्की विरुद्ध अदालतमा मुद्धा चलाएको छ। यस मुद्धा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। त्यस्तै,सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगले २०६२/०६३को जन आन्दोलनको दमन गर्ने कार्यमा कार्कीको मुख्य भूमिका निर्वाह गरेको भन्दै दोषि ठहर गरेको थियो। तत्कालिन मुख्य सचिव कार्कीलाई विभागीय कारबाहि गर्न सिफारिस गर्दै आयोगले भविष्यमा सरकारी पदको जिम्मेवारी नदिने गरी अभिलेख राख्ने सुझाव दिएको थियो।

सरकारले आज पूर्ण आकारको बजेट ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले आज आर्थिक वर्ष २०६९/७० को लागि पूर्ण आकारको बजेट ल्याउने भएको छ । सरकारले वार्षिक बजेट स्वरुप रु चार खर्बभन्दा माथिको बजेट ल्याउन लागेको बताइएको छ । आज सार्वजनिक हुने बजेटमा विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने अध्यादेश समावेश हुने बताइएको छ । सरकारले आगामी संविधानसभाको निर्वाचन र नियमित खर्च चलाउनका लागि रु चार खर्बभन्दा माथिको बजेट ल्याउन लागेको अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताए । बजेटमा कुनै नयाँ कार्यक्रम र नीति भने नसमेटिने बताइएको छ । यस पटक ल्याउन लागिएको बजेटमा अरू कुनै नयाँ योजना र कार्यक्रम नरहे पनि निर्वाचनलाई भने केन्द्रित गरिने समेत बताइएको छ । यसअघि राजनीतिक सहमति जुट्न नसक्दा दुई पटक सञ्चित कोषबाट रकम झिक्ने तथा खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत चालु आवको खर्च चलाएको थियो।

अकुपाई बालुवाटारबाट १२ अभियन्ता नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
महिला हिसां विरुद्ध उठिरहेको आवाज सुन्नुको सट्टा सरकारले धर्नामाथी झन दमन गर्न थालेको छ । यसै क्रममा अकुपाई वालुवारटार अभियन्ताका केहीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान बालुवाटारमा धर्ना बसीरहेका १२ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । १ सय ३ दिन पुगेको दिन धर्नामा बसरिहेका उनीहरुलाई त्यहाँ धर्ना बस्न नमिल्ने भन्दै प्रहरीले समातेको हो । अहिलेसम्म अभियाका लागि उनीहरुले बिहान ९ बजेदखि ११ बजेसम्म धर्ना दिदैं आएका थिए । पक्राउ पर्नेहरुमा इशान अधिकारी, जगन्नाथ लामिछाने, उज्जवल थापा, कुनदन काफ्ले, नीरप्रकस गीरी, शुशिला महर्जन, तारदेवी श्रेष्ठ, विक्रम थारु लगायत १२ जना पक्राउ परेको जनाइएको छ ।

Apr 6, 2013

सर्वोच्च अदालत परिसरभित्र मोबाइल लैजान नपाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आगामी वैखाख २ गतेबाट सर्वोच्च अदालत परिसरभित्र कसैले पनि मोबाइललगायत तस्वीर र आवाज रेकर्ड गर्ने उपकरण लैजान नपाउने भएका छन् । अदालत परिसरभित्र अनुमति बेगर तस्वीर तथा आवाज रेकर्ड गर्ने उपकरणहरु गलत कार्यका लागि प्रयोग गरेको पाइएकोले सर्वोच्च अदालतले त्यस्तो सामग्रीलाई प्रतिबन्ध लगाउन लागेको हो । मोबाइल फोन, क्यामरा, भिडियो क्यामरा, पेन क्यामरालगायतका तस्वीर तथा स्वर रेकर्ड गर्ने उपकरणहरु अदालतका सेवाग्राहीले अदालतको मुल गेटमा नै राखेर अदालत परिसरमा प्रवेश गर्नुपर्ने छ । स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता युवराज सुवेदीले इजलासको अगाडी बहस गर्ने ठाउँमा खिचाएको फोटो फेसबुक मार्फत सार्वजनिक भएपछि आइन्दा अदालत हाताभित्र मोबाइल फोनसमेत लैजान प्रतिबन्ध लगाउन लागिएको हो । अदालत आउने सेवाग्राहीले आफ्नो मोबाइललगायतका उपकरणलाई मुल गेटमा रहेका सुरक्षाकर्मीको जिम्मा लगाउने र फर्केपछि आफ्ना उपकरण लिएर जाने व्यवस्था गरिएको छ ।

अफगानिस्तानको अदालतमा इजलासमै आक्रमण, ७४ को मृत्‍यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानको एक अदालतमा सुनुवाई भइरहेको अदालतमा बिस्फोट भएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको राजधानीस्थित एक अदालतमा सुनुवाई भइरहेको इजलासमै तालिवान लडाकूले आक्रमण गर्दा ७४ जना मारिएका सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमणमा ५३ जना सर्वसाधारण, १२ सुरक्षाकर्मी र ९ लडाकू मारिएको समाचार संस्था एपीले जनाएको छ । ९० जनाभन्दा बढी घाइते भएको बताइएको छ । इरानी सिमाना नजिकैको उक्त शहरमा तालिवान लडाकुविरुद्धको मुद्दामा सुनुवाई भइरहेका बेला अदालतमै लडाकूले आत्मघाती आक्रमण गरेका हुन् । आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ ।

मोबाइलमा फेसबुक चलाउनेका लागि नयाँ एप्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
स्मार्टफोनमा फेसबुक प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताको लागि फेसबुकले नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने स्मार्टफोनमा फेसबुक प्रयोगकर्ताले अब फेसबुकको प्रयोग गर्दा झनै सजिलो महसुस गर्न पाउनेछन् । होम नामको यो सफ्टवेयरले समाजिक संजालको फीडलाई सिधै तपाईको एन्ड्रोयड फोनको होप पेजमा पठाउनेछ । यो सफ्टवेयर एन्ड्रोयड अपरेटिङ सिस्टमका लागि एक ‘र्‍यापर’ को जस्तो काम गर्छ र फोनको प्रयोगका मूख्य बाटो बन्छ । सूचना, तस्वीर र सन्देश फोनको मूख्य स्क्रीनमा देखिनेछ न कि फेसबुकको ऐपको माध्यमबाट । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो परिर्वतनले मोबाइल प्रयोगकर्ताको केन्द्रमा ऐपको स्थानमा मानिस आउने बताएका छन् । फोन ऐप कम्प्युटर वल्र्डको विरासत भएको उनको भनाई छ । होम सफ्टवेयरले फेसबुक फेसबुकको सबै कन्टेन्ट र च्याट फोनको होम स्क्रीनमा देखाउनेछ । यो सफ्टवेयर गुगल प्ले स्टोरको माध्यमबाट डाउन लोड गर्न सकिनेछ । फेसबुकको यो होम सफ्टवेयर १२ अपि्रलबाट ५ प्रकारका फोनमा उपलब्ध हुनेछ, जसमा एचटीसीका २ र सामसुङको तीन खाले स्मार्टफोन छन् ।

उत्तर कोरियाले युद्धको घोषणा गर्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
उत्तर कोरियाले अमेरिकामाथि हमाला गर्न सेनालाई स्वीकृत दिएको छ । उत्तर कोरियाले परमाणु हमला गर्न सेनालाई स्वीकृती दिएको त्यहाँको सरकारी समाचार संस्थालाई उद्घृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्ययमले जनाएका छन् । अमेरिकाले पश्चिमी प्रशान्त महासागर स्थित आफ्नो गुआम द्विपमा अत्याधुनिक मिसाइल रक्षा प्रणाली राख्ने निर्णय गरेपछि त्यसको जवाफ स्वरुप उत्तरकोरियाले तत्काल आणविक हमलाको प्रस्ताव अनुमोदन गरेको हो । अमेरिकाको शत्रुतापूर्ण व्यवहारले गर्दा आणविक हमलामा जानु परेको उत्तर कोरियाली सेनाका प्रमुखले विज्ञप्ती निकालेर यसको जानकारी गराएका हुन् । उत्तर कोरियाले एक दुई दिन भित्रमै अमेरिकाको मुख्य भूमिमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

धरानमा काठमाडौँ इन्टरनेशनल माउण्टेन फिल्म फेस्टीभल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हिमाल एसोसिएसनको आयोजनामा धरानमा दुई दिने काठमाण्डौ इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टीभल सम्पन्न भएको छ । धरान–१० स्थित सैनिक भवनमा भएको फिल्म प्रदर्शनीमा हालै काठमाण्डौमा आयोजित फेस्टीभलमा उत्कृष्ट १० वृत्तचित्रहरु दर्शकले अत्यन्त मन पराएको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक बसन्त थापाले बताए । निर्देशक थापाले भने, ‘चलिचित्रले शिक्षा र ज्ञान पनि दिन्छ । सर्वसाधारणले वृत्तचित्र मार्फत बुझुन् भनेर घुम्ती किम्फलाई धरानमा पनि प्रदर्शन गरिएको हो ।’ उद्घाटन शत्रमा पत्रकार केसाङ छेतेनले मिहिनेत गरेर बनाएको लाहुरे बन्ने र बनाउने प्रकृयालाई ७५ मिनेटको वृत्तचित्र हु वीलवी गोर्खा प्रदर्शन गरिएको थियो । सो वृत्तचित्रले पोखरामा हुने गोर्खा भर्ती छनौट प्रकृयालाई जस्ताको तस्तै उतारेर देखाएपछि धेरै प्रश्नहरु दर्शकको मनमा उव्जाएका पनि छन् । मुलुक भरीबाट १० औं हजारले गोर्खा भर्तीका लागि फर्म भरेर प्रतिश्पर्धामा उत्रन्छन् तर अन्तिम समयमा बढीमा २ सय जनामात्र पास हुन्छन् । वृत्तचित्रका फरक बारे भने, ‘कथानक चलचित्रको अगाडि नै पटकथा लेखिएको आधारमा नायक नायिका अभिनेताहरुले अभिनय गर्छन् तर यस्ता वृत्तचित्रमा त्यस्तो हुन्न, बास्तविकता मात्र हुन्छ । जसबाट दर्शकले ज्ञान लिन्छन् ।’ धरानको प्रदर्शनीमा मीनबहादुर बमको निर्देशनमा तयार १८ मिनेटको बासुली, आलोक घिमिरेद्धारा निर्देति ९ मिनेटको एक्सटिङ्क्ट, असीम चित्रकारको ११ मिनेटको हरि, रमेश खड्काको क्याडामान्डु, लालु बोहरा र मीना परियारको २२ मिनेटको खाट्टी सुन, सुनीता नेपाली, बिन्दु विक र बीना विकको अन्टिल वेन लगायत वृत्तचित्र प्रदर्शन भएको थियो ।