News

Feb 28, 2013

साउदीका ७० हजार नेपालीलाई आममाफी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १५ -वर्षौंदेखि साउदी अरबमा अवैध रुपमा बस्दै आएका करिब ७० हजार नेपाली कामदार अब स्वदेश फर्कन पाउने भएका छन्। साउदी सरकारले त्यहाँका अवैध आप्रवासी कामदारलाई बिनाजरिवाना स्वदेश फर्कन आममाफी (एम्नेस्टी) दिने घोषणा गरेपछि उनीहरुलाई घर फर्कने बाटो खुलेको हो। साउदीले १५ वर्षपछि आइतबार अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको हो। 'साउदीले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको छ,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा नागरिकसँग भने, 'अवैध नेपाली कामदारलाई यसले ठूलो राहत मिलेको छ।' साउदीका श्रममन्त्री अडेल फकेईले आइतबार 'श्रमबजारको विकृति' हटाउन भन्दै अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेका हुन्। अवैध आप्रवासी कामदारलाई कुनै पनि किसिमको दण्डसजाय नदिई स्वदेश फर्कन सुनौलो अवसर दिइएको उनले घोषणामा भनेका छन्।

Feb 27, 2013

रेग्मीको नेतृत्व एमालेमा सर्वसम्मत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १७,एमालेले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रक्रियालाई बाटो खुला गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत नेता बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउनु नहुने पक्षमा रहे पनि बुधबार केन्द्रीय कमिटीको आकस्मिक बैठकले रेग्मी नेतृत्वकै पक्षमा सर्वसम्मत निर्णय गरेको हो। 'बैठकमा जारी प्रक्रियाबारे छलफल भयो,' सचिव विष्णु पौडेलले भने, 'त्यसले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियाका लागि बाटो खोलेको छ। प्रक्रियालाई निष्कर्षमा पुर्यायउने सर्वसम्मत निर्णय भएको छ।' बैठकपछि जारी विज्ञप्तिमा संविधानसभाको नयाँ निर्वाचन चाँडो गराउन र त्यसका लागि वर्तमान कामचलाउ सरकारलाई विस्थापन गरी सहमतिका आधारमा चुनावी सरकार निर्माण गर्न केन्द्रीय कमिटी निर्णयका आधारमा चालु प्रक्रियालाई निष्कर्षमा पुर्यामउने निर्णय गरेको छ। फागुनको पहिलो साता भएको केन्द्रीय कमिटीको आकस्मिक बैठकले वर्तमान सरकार विस्थापन र निर्वाचनका लागि सबै विकल्पमा जान सकिने निर्णय गरेको थियो। पार्टीभित्र चर्को विरोध भए पनि एमाले नेतृत्वले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा सहमति सरकार गठन गर्ने विषयमा सहमति जनाएको थियो। पार्टी निर्णयविरुद्ध वरिष्ठ नेता नेपाल, महासचिव पोखरेल, सचिव शंकर पोखरेललगायतले विरोध गरेका थिए। न्यायपालिका र कार्यपालिका दुवैको प्रमुख एकै व्यक्ति हुँदा समस्या हुने उनीहरुले दाबी गर्दै आएका छन्। बैठकमा नेताहरुले केन्द्रीय कमिटीको निर्णयको गलत रुपमा व्याख्या गरेर प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनका लागि सहमति जनाएको आरोप लगाए। राजनीतिक दलबाटै विकल्प खोज्नुपर्ने उनीहरुको जोड थियो। निर्णयको पक्षमा पार्टी अध्यक्ष झलनाथ खनाल, स्थायी कमिटी सदस्य केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र विद्या भण्डारी, सचिव विष्णु पौडेल उभिएका थिए। उनीहरुले प्रधान न्यायाधीशको नेतृत्वलाई स्वीकार अहिलेको गतिरोधलाई निकास दिनुपर्ने धारणा थियो। यसैगरी, बैठकले महिला दिवसलाई महिला हिंसाविरुद्ध अभियानसँग जोडेर प्रभावकारी बनाउन तल्लो कमिटीलाई निर्देशन दिएको छ। विश्वभर मार्च ८ मा महिला दिवस बनाउने गरिन्छ।

धरानमा सामुदायिक वन अतिक्रमण गर्नेहरुलाई प्रहरीले हटायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
धरान र विष्णुपादुका वीचमा पर्ने सर्दुखोला पश्चिम उत्तर रहेको जलकन्या सामुदायिक वनको जग्गा अतिक्रमण गर्नेहरुलाई प्रहरी प्रशासनले लखेटेको छ । उपभोक्त समुहले संरक्षण गरेको जमिन अतिक्रमण गरी बनाइएका ८ सय घर टहरा १२ दिन अघि पनि जनपद प्रहरी, शसस्त्र प्रहरी र वनविभागका कर्मचारीले भत्काएका थिए । घरटहरा भत्काए पनि अतिक्रमणकारीहरु फेरि बस्न थालेपछि पुन प्रहरीले बल प्रयोग गरी हटाएको हो । वनको खाली जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएपछि माघ २३ गते वन समुह, स्थानिय राजनीतिक दल, नागरिक समाज, इलाका वन कार्यालय र धरानका प्रतिनीधिको भेलाले सामुदायिक वन क्षेत्रमा घर टहरा निर्माण गरेमा कारवाही गर्ने निर्णय अनुसार घरटहरा भत्काएको हो । विभिन्न क्षेत्रबाट सुकुम्वासीको नाममा आएका मानिसहरुले करिव १५ विगाहा खाली जमिन अतिक्रमण गरी घरटहरा बनाए पछि हट्न सुचना जारी गरेपनि नहटेपछि बल प्रयोग गरिएको थियो । सामुदायिक वनले खाली जमिनमा आँप, लिचि, सिसौ जातका विरुवाहरु समेत रोपेर संरक्षण गरेको अवस्थामा केही समुहको नेतृत्वमा वनक्षेत्र अतिक्रमण गरिएको थियो ।

रेग्मीलाई बनाए राष्ट्रपतिलाई एक वर्षको बोनस !

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ फागुन,लामो समय सत्तामा बसिरहन कसलाई इच्छा हुँदैन ! एमाओवादी नेताहरुले १० देखि २० वर्षसम्म शासन गर्ने भाषण गरिरहेकै बेला उता राष्ट्रपति डा. रामवरण यादवलाई झण्डै एक दशकसम्म लगातार राष्ट्रपति बनिरहने मौका जुर्न लागेको छ । राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक निकासका लागि संविधानमा बाधा अड्काऊ फुकाउने मौका पाउनासाथ आफ्नो कार्यकालसमेत बढाउनुहुने लगभग पक्का भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने गरी अन्तिरम संविधानमा बाधा अड्काऊ फुकाउना साथ राष्ट्रपतिले पनि करिब १५ महिना शीतलनिवासमै बिताउने गरी ‘बोनस’ कार्यकाल पाउनुहुने भएको छ । कानूनमन्त्रालयका सचिव भेषराज शर्मा समेत मिलेर बनाइएको बाधा अड्काऊ फुकाउने मस्यौदामार्फत् राष्ट्रपतिलाई खुशी पार्न उहाँको कार्यकाल थप्ने प्रस्ताव ल्याइएको हो । मन्त्रालयका अधिकारीले तयार पारेको यो प्रस्तावमाथि बुधबारबाट कार्यदलका सदस्यहरुले छलफलसमेत शुरु गरेका छन् । नेताहरुले राष्ट्रपतिलाई फकाउन र खुशी पार्नका लागि एकवर्षको अवधि ‘बोनस’ दिन लागिएको बताएका छन् । बाधा अड्काऊ फुकाउने कानून मन्त्रालयको मस्यौदा प्रस्तावमा भनिएको छ- ‘धारा ३६ को (ग) मा ‘राष्ट्रपतिको पदावधि संविधान सभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ’ भन्ने उल्लेख भएकोमा अव राष्ट्रपतिको पदावधि अर्को संविधानसभा गठन भई त्यसले संविधान जारी गरेर त्यो संविधान प्रारम्भ नभएसम्म हुनेछू भन्ने व्यवस्था गर्ने ।’ डा. रामवरणलाई पहिलो संविधानसभाले ०६५ साउनमा नेपालको पहिलो राष्ट्रपति निर्वाचित गरेको हो । अन्तरिम संविधानमा संविधानसभाको कार्यकाल दुई वर्ष तोकिएको थियो भने राष्ट्रपतिको कार्यकाल संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि तोकिएको छ । तर, जुन संविधानसभाले यादवलाई राष्ट्रपति बनाएको हो, सो संविधानसभा गत जेठमै विघटन भैसकेको छ । डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने व्यवस्थापिका संसद् विघटन भएपछि भट्टराई स्वतः काम चलाउ भैसकेको छ । सोही संविधानसभाले चुनेको राष्ट्रपतिको वैधानिकतामाथि अहिलेसम्म कसैले पनि प्रश्न उठाएको छैन । केही समय अघि एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको समेत चुनाव गर्नुपर्ने बताउनुभएको थियो । यद्यपि अहिले प्रचण्डकै पार्टी राष्ट्रपतिको म्याद बढाउने गृहकार्यमा लागेको छ । अन्तरिम संविधानमा बाधा अड्काउ फुकाउन कानुन मन्त्रालयले तयार पारेको मस्यौदाको दोस्रो नम्बरमै राष्ट्रपतिको पदावधि बढाउने उल्लेख गरिएको छ । बाधा अड्काऊ फुकाउने दस्तावेजमा राष्ट्रतिको पदावधिको चर्चा गरिनुले संविधानसभाको दोस्रो निर्वाचनसँगै यादवको पदावधिमा बाधा पर्ने संकेत गरेको छ । राष्ट्रपतिको पदलाई बाधा नपर्ने भए संविधानको ३६ (ग)को बाधा फुकाइरहन जरुरी नभएको स्रोत बताउँछ । ०६५ मा निर्वाचित राष्ट्रपति यादवले पदभार सम्हालेको आगामी साउनमा ५ वर्ष पुग्छ । नयाँ संविधानसभाले एक वर्षमा संविधान बनाउने भनिएकाले त्यसपछि मात्रै संसद्ले नयाँ राष्ट्रपति चुन्ने गरी बाधा अड्काऊ फुकाउन लागिएको स्रोत बताउँछ । तर, जेठमा चुनाव भएन र मंसिर वा चैत्रमा मात्र भयो भने नेपालका पहिलो राष्ट्रपति यादवले ६ देखि ७ वर्षसम्म सत्तामा रहने सौभाग्य पाउने निश्चित छ ।

कोरिया पुगेका ३३ नेपाली एअरपोर्टबाटै फर्काइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित इन्छन विमानस्थलबाटै फर्किएका छन् । सजिलैसित कोरिया जान पाएकोमा आफुलाई भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ । ती मध्ये ३२ जनालाई नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा फर्काइएको हो । एक जना महिलालाई भने पहिले त्यहाँ गैरकानुनीरुपमा बसेको अभियोगमा फिर्ता पठाइएको छ । फर्किनेहरुमा बाँकी सवै पुरुष छन् । नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै बिदेशी अध्यागमले डिपोर्ट गरेको भएपनि उनीहरु त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छैनन् । इपीएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो- उहाँले भन्नुभयो-’उनीहरु फर्किएर आएपछि हामी कहाँ आउँदैन् । कारबाही भएको हामीलाई कुनै जानकारी छैन ।’

Feb 23, 2013

दुई हजार कर्मचारीलाई स्वतः स्थायी गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फाल्गुन १३ - सरकारले स्थानीय निकायका कर्मचारीलाई स्वतः स्थायी गर्न स्थानीय स्वायत्त शासन नियमावली संशोधनको तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट उठेको प्रस्ताव मन्त्रिपरिषद्ले थप छलफलका लागि सरोकारवाला समितिमा पुर्‍याएको हो । 'सीमित प्रतियोगिता'का नाममा हाल कार्यरत कर्मचारीबीच मात्रै प्रतिस्पर्धा गराई उनीहरूलाई स्थायी गर्न एमाओवादी निकटको कर्मचारी संगठनको दबाबमा मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो । नियमावली संशोधन प्रस्ताव पारित भए हाल जिविस, नगरपालिका तथा गाविसमा २०६४ अघिदेखि कार्यरत करिब दुई हजार कर्मचारी स्वतः स्थायी हुनेछन् । 'स्वायत्त शासन नियमावलीअनुसार स्थानीय निकायको स्वीकृत दरबन्दीमा सार्वजनिक प्रतिस्पर्धाबाट मात्रै कर्मचारीको स्थायी नियुक्ति गर्न मिल्ने व्यवस्था थियो' स्थानीय विकास मन्त्रालय स्रोतले भन्यो, 'अहिले यो प्रावधान हटाएर २०६४ अघिका कर्मचारीलाई स्वतः स्थायी गर्न खोजिँदैछ । त्यसकै लागि नियमावली संशोधनको तयारी भएको हो ।' प्रस्ताव स्वीकृतका लागि एमाओवादी कर्मचारी संगठनले उपप्रधान एवं स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठलगायत प्रधानमन्त्री र मुख्यसचिवसम्म दबाब दिएका छन् । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को भाग पाँचको परिच्छेद एकमा कर्मचारी नियुक्ति व्यवस्था छ । त्यसअनुसार स्वीकृत दरबन्दीमा लोकसेवा आयोगको परामर्शमा स्थायी रूपमा पदपूर्ति गर्ने र करार तथा अस्थायी नियुक्त गर्न नपाइने व्यवस्था छ । तर नियमविपरीत करारमा कार्यरत कर्मचारीलाई अवकाश दिनुको साटो प्रतिस्पर्धाबिना स्थायी गरिनु नियमविपरीत हुने असन्तुष्टहरूको भनाइ छ ।

दलहरूले प्रधान्यायाधीशलाई नेतृत्व लिन आग्रह गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फाल्गुन १३ - प्रमुख राजनीतिक दलले आइतबार प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न अन्तिम पटक आग्रह गर्ने भएका छन् । उनीहरूले दलहरूबीचको सहमति पत्रसहित रेग्मीसँग छलफल गरी सरकारको नेतृत्व लिने/नलिनेबारे अन्तिम निर्णय लिन लागेका हुन् । नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समिति कार्यालयमा शनिबार बसेको प्रमुख चार पक्षको बैठकले चुनावमा जान ढिलाइ गर्न नहुने निष्कर्ष निकाल्दै प्रधानन्यायाधीशलाई अन्तिम निर्णय दिने आग्रह गर्न लागिएको नेताहरूले बताए । प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी परिषद् गठन गरी जेठभित्र निर्वाचन गराउन एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा गतसाता सहमत भएका थिए । तर प्रधानन्यायाधीश रेग्मीले संवैधानिक अड्चन, राजनीतिक दल र बाहिरबाट समेत आइरहेका विरोधका कारण जनाउँदै निर्णय लिइसकेका छैनन् । प्रधानन्यायाधीशले नेतृत्व लिन स्वीकार गरे दुई दिनभित्र सरकार गठन गर्ने दलहरूको तयारी छ । त्यसका लागि कार्यदलले तीन विषयबाहेक सहमति भएका नौ बुँदाको राजनीतिक दस्तावेज हस्ताक्षरका लागि तयार पारेको छ । नयाँ सरकार निर्माणदेखि चुनावमा जान आवश्यक संविधान र कानुन संशोधनका लागि बाधा अड्काउ फुकाउने प्रस्तावसमेत कानुन मन्त्रालयले तयार पारिसकेको स्रोतले बतायो । बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीशले नै चुनावी सरकारको नेतृत्व गर्नु सबभन्दा उत्तम हुने निष्कर्षमा प्रमुख दलहरू रहेको जनाए । रेग्मीसँग आइतबार अन्तिम निर्णय लिइने उनले बताए । 'प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गरी राष्ट्रिय जिम्मेवारी लिन दलहरूले विश्वस्त गराउने कुरा भएको छ,' उनले भने, 'चुनावी सरकारको नेतृत्व लिने/नलिनेबारे समेत उहाँसँग अन्तिम गर्नुपर्छ भन्ने भएको छ ।' उनले प्रधानन्यायाधीशले मुलुकलाई निकास दिन राष्ट्रिय जिम्मेवारी महसुस गर्नुपर्ने बेला भएको समेत जनाए । कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानन्यायाधीशले स्वीकारे एक/दुई दिनभित्र चुनावी सरकार गठन हुने बताए । 'कहिलेसम्म सरकार गठन हुन्छ भन्नेकुरा प्रधानन्यायाधीशमा निर्भर छ । हामी उहाँको निर्णय पर्खेका छौं,' सहमतिका लागि राजनीतिक दस्तावेज र बाधा अड्काउ फुकाउने प्रस्तावसमेत तयारी भइरहेको जनाउँदै निधिले भने, 'मुलुकलाई संवैधानिक बाटोमा ल्याउन प्रधानन्यायाधीशले जिम्मेवारीबोध गरेर आउनुभयो भने सरकार चाँडै गठन हुन्छ ।' उनलाई मनाउन यसअघि पनि चारै दलका शीर्ष नेताहरू रेग्मीको निवासमै गएर आग्रह गरेका थिए । तर उनले यसबारे सर्वोच्चमै रिट परेको, कांग्रेस/एमालेभित्रबाटै विरोध आएको, नेपाल बार एसोसिएसनले समेत विरोध गरिरहेको सन्दर्भमा जेठभित्र निर्वाचन हुनेमा आशंका गर्दै नेतृत्व लिन अनिच्छा देखाएका थिए ।

प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिनु हुँदैन : बार उपाध्यक्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १२- संविधानविद् टीकाराम भट्टराईले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु अन्तरिम संविधानविरुद्ध हुने बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, "प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिनु भनेको न्याय संरचना ध्वस्त बनाउनु र प्रतिगमनलाई आमन्त्रण दिनु हो, संविधान संशोधन गरेर पनि प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिनु हुँदैन, किनभने यसले दलहरुको भूमिकालाई कमजोर बनाउँछ र राजनीतिमा दूरगामी गम्भीर नकारात्मक प्रभाव पुर्‍याउँछ। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष भट्टराईले यदि प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइयो भने बार त्यसको विपक्षमा उभिने चेतावनी दिए।

बेलायती प्रधानमन्त्री भारतको हिरा फर्काऊन तयार भएनन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायतको स्वामित्वमा रहेको भनिएको भारतीय हिरा बेलायतले नफर्काउने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बताएका छन्। तीन दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री क्यामरुनले बेलायतको स्वामित्वमा रहेको भनिएको भारतीय हिरा नफर्काउने बताएका हुन् । एक सय पाँच क्यारेटको कोहिनुर हिरा बेलायतले फर्काउनुपर्ने प्रसंग भारतले उठाएपछि संसारकै सबैभन्दा ठूलो हिराको रुपमा चिनिने उक्त हिरा फर्काउने विषयलाई क्यामरुनले अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ। बेलायतको उपनिवेशमा रहेको अवस्थामा भारतको उक्त हिरा १९ औँ शताब्दीमा भारतबाट बेलायत पुर्याएको थियो । । अहिले लन्डन टावरमा राखिएको उक्त हिरा यस अघि बेलायती महारानीको राजमुकुट सजाउन प्रयोग गरिदै आएको थियो । भारतले उक्त हिरा फर्काउन पटक पटक आग्रह गरे पनि बेलायतले अस्वीकार गर्दै आएको छ । क्यामरुनले भने हिरा फिर्ताको विषय नउठाउँनु राम्रो हुने प्रतिक्रिया दिएको समाचार संस्थाहरुले उल्लेख गरेका छन । बेलायती उपनिवेश ताचका भारतका तत्कालीन गभर्नर जनरलले सन् १८५० मा भारतको कोहिनुर हिरा उपहार स्वरूप बेलायती महारानीसमक्ष बुझाएको पाइन्छ उक्त हिरा महारानी एलिजाबेथ प्रथमको राजमुकुटमा सजाउन प्रयोग गरिएको थियो । बेलायती अधिकारीको भारत भ्रमणताका यो विषय उठेपनि बेलायतले भने हिरा फिर्ता गर्ने सवाल अस्वीकार गर्दै आएको छ ।

विश्वको सबैभन्दा ठूलो व्यापारी देश चीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो व्यापारी देश बनेको छ । सन् २०१२ को आयत र निर्यातसँग सम्बन्धित दुवै देशको अधिकारीक आँकडाको तुलना गर्दा यस्तो पाइएको हो । ब्लुमबर्ग न्युजले अमेरिकी वाणिज्य विभागलाई उध्दृत गर्दै अमेरिकाको आयत र निर्यातसँग सम्बन्धित आय ३८।२ खर्ब डलर रहेको जनाएको छ । चीनको कस्टम विभागले देशको सन् २०१२ को आय ३८।७ खर्ब डलर रहेको जनाएको छ । गोल्डम्यान साक्सका जिम ओनोलले ब्लुमबर्गलाई भने, 'विश्वमा कयौं देश चीनसँग व्यापारिक सम्बन्ध बजाउन चाहन्छन् । अर्को एक दशकमा युरोपेली देश आपसी व्यापार गर्न चाहेका देखिन्छन् विश्व बैंकका अनुसार अमेरिकी अर्थव्यवस्था चीनभन्दा दुईगुणा ठूलो छ । यो पृश्ठभूमिमा चीनले अमेरिकालाई उछिन्नु एक असाधारण कुरा हो । चिनियाँ मुद्रा युआनको अवमूल्यका कारणले चिनियाँ निर्यात बढेको हो । दोस्रो विश्व युध्दपछि अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बनेको हो । चीनले आफ्नो अर्थ व्यवस्थामा सन् १९७६ पछि ध्यान दिन सुरु गरेको हो ।

संवैधानिक विवाद मिलाउने जिम्मा फेरि कार्यदललाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँ बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको शीर्ष दलको बैठकले प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउन देखिएका संवैधानिक विवाद मिलाउने जिम्मा फेरि कार्यदललाई दिएका छन् । बिहान बसेको मुख्य चार शक्तिको बैठकमा शिर्ष नेताहरुले विवादका रुपमा रहेको कानुनी र संवैधानिक जटिलताका विषय मिलाउने जिम्मा पुनः कार्यदललाई नै दिने निर्णय गरेको छ । बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले आज कार्यदलले आफ्नो काम टुङग्याएपछि भोली फेरि मुख्य चार शक्तिको बैठक बस्ने बताए । साथै उहाले भोली सम्म सवै बिषयमा सहमति जुट्ने दाबी समेत गरे । कार्यदलबाट प्रस्तावित प्रस्तावलाई अन्तिम रुप दिनेबारे छलफल गरेका थिए । छलफलमा कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको थियो । प्रधानन्यायधिसलाई कार्यकारी प्रमुख बनाउन अहिले रहेको बाधा फुकाउनका लागी कार्यदलको बैठक आजै २ बजे पछि बस्नेछ । नेकपा एमालेका तर्फबाट कार्यदलका सदस्य भिम रावलले कानुन मन्त्रालयका सचिव तथा कानुनका ज्ञाताहरु संग छलफल गरि सवै बाधा फुकाउनका लागी कार्यदललले आज अधिकतम प्रयास गर्ने बताए ।

Feb 21, 2013

अमेरिका-चीनबीच साइबर युद्ध सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिङ्टन (एजेन्सीहरू), फाल्गुन ९ - चीनको सेनाले सयौंको संख्यामा क्षमतावान् तथा क्षतिकारक ह्याकरलाई आफ्नो नियन्त्रणमा राखेको दाबी अमेरिकी इन्टरनेट सुरक्षा संस्था म्यानडियान्टले मंगलबार गरेको छ । यस संस्थाले सांघाईको एक भवनमा साइबर आक्रमण गर्ने समूहको केन्द्र फेला पारेको दाबी गरेको छ । उसले गरेको अनुसन्धानमा अमेरिकी समाचारपत्र, सरकारी संस्था तथा कम्पनीको कम्प्युटर चीनबाट ह्याक भएको फेला परेको र चिनियाँ सरकारलाई यस विषयमा जानकारी भएको दाबी गरेको छ । यो ७४ पृष्ठको प्रतिवेदन 'एड्भान्स परसिस्टेन्ट थ्रेट' -एपीटी-१) मा केन्दि्रत छ । ह्याकरहरूको समूहले अमेरिकी ऊर्जा लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमणको लक्ष्य बनाइरहेको विशेषज्ञहरूले उल्लेख गरेको न्युयोर्क टाइम्सले उद्धरण गरेको छ । म्यानडियान्टले सरकारी सहयोग प्राप्त गरेकाले यस प्रकारको लामो समयको तथा व्यापक साइबर आक्रमण हुन सकेको विश्वास गरिएको उल्लेख गरेको छ । यस समूहले चिनियाँ जनमुक्ति सेनाको ६१३९८ नाम गरेको एक एकाईको यस्तो आक्रमणमा सहयोग रहेको जनाएको छ । सांघाईको बाहिरी भागमा रहेको बाह्र तलाको एक भवनबाट आक्रमण भएको देखिएको विश्वास गरिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उपलब्ध गराइएको प्रमाणले एपीटी-१ उक्त ६१३९८ एकाई भएको दाबीलाई पुष्टि गर्ने उल्लेख गरिएको छ । यस एकाईमा सयौं तथा सम्भवतः हजारौं कर्मचारीले काम गर्ने अनुमान गरिएको छ । चीनको रक्षा मन्त्रालयले आफ्नो सेनाले कुनै पनि ह्याकिङ क्रियाकलापलाई सहयोग नगरेको दाबी गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी चिनियाँ सेना ह्याकिङमा संलग्न भएको समाचार सत्य नभएको उल्लेख गरिएको छ । विज्ञप्तिमा ह्याकिङ विश्वव्यापी समस्या भएको र अन्य मुलुकले झै चीनले पनि यस प्रकारको ह्याकिङको समस्या भोगेको जनाइएको छ । चीन ह्याकिङ आक्रमणको प्रमुख पीडित पक्ष भएको दाबी गरेको छ । चीनको विदेश मन्त्रालयले विदेश र विशेष गरी अमेरिकाबाट हुने ह्याकिङको प्रमुख पीडित मुलुक भएको उल्लेख गरेको छ । अमेरिकाका न्युयोर्क टाइम्स, वाल स्टि्रट जर्नल तथा टि्वटर जस्ता आमसञ्चार संस्थामा सूचना प्रविधिको आक्रमण भएको तथा उनीहरूले चिनियाँ ह्याकरहरूमाथि आरोप लगाउने गरेको बताइन्छ । टाइम्सले ह्याकरले संस्थाको पासवर्ड चोरेको तथा ५३ वटा कर्मचारीको व्यक्तिगत कम्प्युटरमा ह्याक गरिएको दाबी गरेको छ । यसअघि यस संस्थाले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पारिवारिक सम्पत्तिको विषयमा समाचार प्रकाशन गरेको थियो । टाइम्स जस्ता संस्थाले आफ्नो कम्प्युटरमा देखिएको समस्या समाधान गर्न म्यानडियान्टलाई काममा लगाएको थियो । म्यानडियान्टले एपीटी-१ ले पत्रिकाको टिप्पणी लेख्ने स्थानमा भाइरस छोड्ने गरेको र त्यसका आधारमा २० औद्योगिक क्षेत्रका १४१ संस्थाका अनेकौं टेराबाइट तथ्यांक चोरेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी ह्याक गर्ने व्यक्तिलाई कमेन्ट क्र्युको नाम दिइएको छ । टाइम्सलाई प्रतिवदेन उपलब्ध गराइएको छ र प्रतिवेदनमा ह्याकरहरूले अमेरिकी विद्युतीय ऊर्जा लाइन, ग्यास लाइन तथा पानीका संरचनाको कम्प्युटरलाई लक्ष्य बनाइरहेको उल्लेख गरिएको छ । यस्तो एक लक्षित कम्पनीले मुलुकको उत्तरी भागमा ६० प्रतिशत तेल तथा ग्यास आपूर्ति गरिरहेको यस पत्रिकाले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो संघीय भाषणमा अमेरिकी महत्त्वपूर्ण संरचनामा बाहिरबाट हुने आक्रमण प्रमुख चिन्ताको विषय भएको बताएका थिए । आक्रमणको प्रमुख स्रोत भवन सांघाईको गाओकियाओमा एक पेट्रोकेमिकल भवनको नजिकै छ ।

पूर्वयुवराज पारस शाह अझै अचेत अवस्थामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १० हृदयघातले गम्भीर अस्वस्थ पूर्वयुवराज पारस शाह अझै अचेत अवस्थामा छन्। उनको स्वास्थ्यमा 'आशा गर्न सकिने' सुधार आएको छैन। आज चिकित्सकहरुले अर्को सिटी स्क्यान गर्दैछन्। अचेत अवस्थामा रहेका उनको बैंककस्थित समतिभेद सुनाकरिन अस्पतालमा उपचार जारी छ। हिजो गरिएको टाउकोको सिटीस्यानमा गम्भीर समस्या देखिएको थिएन। अस्पतालस्रोतका अनुसार परीक्षणमा उनको दिमागी अवस्था बन्द नभएको देखिएको छ। बुधबार बिहान आँखाको ढकन केही हल्लिएझैँ देखिए पनि होस खुलेको थिएन। मंगलबार बेलुका सिसियु भर्ना गरिएका उनको अवस्था बुधबार पनि स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै थाइल्यान्डका लागि कार्यबाहक नेपाली राजदूत डोरनाथ अर्यालले जानकारी दिए। ४२ वर्षीय पारसलाई मंगलबार बेलुका हृदयघात भएको थियो। बुधबार सिटीस्क्यानमा बढी क्षति नदेखिएको, तर उनी होसमा नआएसम्म केही भन्न नसकिने जनाएको अर्यालले नागरिकलाई फोनमा बताए। राजदूत अर्याल बुधबार दिउँसो पारसको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। 'बिहान भेट्न गएको थिएँ, होसमा छैनन्,' उनले नागरिकसँग भने, 'चिकित्सकले टाउकोमा जटिल समस्या नदेखिए पनि अहिले नै केही भन्न सकिन्न भने।' बैंककमा थाई युवती र गैरआवासीय नेपाली संघका सचिव सुनिल खड्कासँगै बस्दै आएका उनलाई मंगलबार नेपाली समयअनुसार बेलुका आठ बजे हृदयघात भएको थियो। उनलाई थाई सहयोगी कन्निका चाइसानले बैंककको अस्पताल पुर्‍याएकी थिइन्। सुरुमा आइसियुमा उपचार गर्दा अवस्था सुधार नभएपछि चिकित्सकले सिसियुमा राखेर उपचार गरिरहेका छन्। बुधबार बेलुनको सहायताले उनको मुटुको भल्ब खोल्ने चिकित्सकको प्रयास पनि सफल भएन। उपचारमा सहयोग गरिरहेका खड्काका अनुसार चिकित्सकले मंगलबारको तुलनामा बुधवार थोरै सुधार आएको बताएका छन्। तर, एमआरआई रिपोर्ट नआएसम्म यकिन केही बताउन नसकिने चिकित्सकलाई उद्धृत गर्दै खड्काले बताए। उनका अनुसार थप उपचारका लागि अस्पताल परिर्वतन गर्ने तयारी गरिएको छ। सिनाखारिदमा रहेको समतिभेद अस्पतालबाट सोही अस्पतालको सुकुम्भित शाखामा लैजाने तयारी गरिएको उनले जानकारी दिए।

रेग्मीलाई रोक्न कांग्रेस नेताको दौडधूप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१० फागुन,नेपाली कांग्रेसका नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन नगर्न दबाव शुरु गरेका छन् । सुजाता कोइराला, एनपी साउद, शंकर भण्डारीसहितका नेताहरुले पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटी पार्टी केन्द्रीय समितिको निर्णय विपरीत सहमति नगर्न दबाव दिएका हुन् । ‘कार्यदलले तयार पारेको ९ बुँदे सहमति शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत छ ।’-केन्द्रीय सदस्य साउदले भन्नुभयो-’अहिले प्रधानमन्त्री बनाउने र फेरि प्रधानन्यायाधीशमा ल्याउने सहमतिले अदालत स्वतन्त्र रहन सक्दैन ।’ नेताहरुले सरकार गठनबारे निर्णय गर्दा लोकतान्त्रिक मूल्य मान्यता र शक्ति पृथक्कीकरणको सिद्धान्तबाट विचलित नहुन दबाव दिएका छन् । उनीहरुले महासमितिको बैठक बोलाउन माग समेत गरेका छन् । नेताहरुले उपसभापति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १०- सरकारले बहराइन र ओमानमा दूतावास खोल्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा धेरै नेपाली जाने ती दुई देशमा दूतावास खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। यस्तै, सरकारले चीनको ग्वाङजाउ र साउदी अरबको जेद्दामा कन्सुलर कार्यालय खोल्ने पनि निर्णय गरेको छ। यस्तै, सरकारले उज्वेकिस्तान र सामोआसँग कूटनीतिक सम्बन्ध कायम गर्ने निर्णय गरेको छ। भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको नाम परिवर्तन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बनाइएको समेत प्रवक्ता यादवले जानकारी दिए। मन्त्रिपरिषद वैठकले कृषि विकास मन्त्रालयअन्तर्गतको पशु चिकित्सा परिषद्को अध्यक्षमा धनराज रताल, रजिस्टारमा डा नारायण घिमिरे र सदस्यसचिवमा डा सीताराम अर्याललाई नियुक्त गरिएको छ। गरिबी घरपरिवार परिचयपत्र वितरणका लागि तयार पारिएको आर्थिक कार्यविधि २०६९ पारित गरिएको पनि प्रवक्ता यादवले जानकारी दिए। त्यस्तै, सगरमाथा आरोहणको हिरक महोत्सव मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीको संयोजकत्वमा एक समिति गठन गरिएको छ। यस्तै, मन्त्रिपरिषद्ले साना किसान तथा उद्यमी ऋण मिनाहा कार्यविधि २०६९ समेत पारित गरेको छ भने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउन्डेसन मण्डिखाटारका लागि रु २९ लाख ६६ हजार जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। यसैगरी, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय रूपमा महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था सेडाको २०१५-२०१८ का लागि महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई नेपालको तर्फबाट उम्मेदवार बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। यसैगरी, उदयपुरको त्रियुगामा रहेको अव्यवस्थित जग्गा दर्ताका लागि समिति गठन गरेको छ भने पूर्णचन्द्र पौडेलको अध्यक्षतामा नगर सेवा निर्धारण समिति गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता यादवले जानकारी दिए। मन्त्रिपरिषद्ले बिपी कोइराला विज्ञान सङ्ग्रहालय विकास समितिको अध्यक्षमा शोभाकान्त लामिछानेलाई नियुक्त गरेको भने नेपाल पारवहन व्यवस्था कम्पनी लिमिटेडको कार्यकारी निर्देशक उग्रसेन राना र व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक सुरेन्द्रधर सिग्देलको राजीनामा स्वीकृत गरेको छ।

आवश्यकताको सिद्धान्तमा प्रधानन्यायाधीश प्रम बन्न सक्छन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
शीर्ष नेतासँगको छलफलमा कानुन व्यवसायिले आवश्यकताको सिद्धान्तका आधारमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँन सकिने बताएका छन्। बिहिबार सिंहदरबारमा शीर्ष नेता र कानुन व्यवसायि बीचमा भएको छलफलमा कानुन व्यवसायिले आवश्यकताको सिद्धान्त अनुसार प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँन सकिने बताएका हुन्। छलफलमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार बनाउनुअघि बाधा अड्काउ फुकाउन समेत शीर्ष नेतालाई सुझाव दिएका छन्। । कानुन व्यवसायिले आवश्यकताको सिद्धान्त अनुसार प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँने सकिने भए पनि बाधा अड्काउ फुकाएर मात्र यो काम सम्भव हुने बताएका हुन् । नेपाल बार एसोसिएसनले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु नहुने बताइरहेको भए पनि बारका पूर्व अध्यक्ष श्रीकान्त मैनालीले भने राजनीतिक सरोकारको विषय भएकाले बाधा अड्काउ फुकाउ गरेर प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँन सकिने धारणा राखेका छन् ।

Feb 18, 2013

आगामी जेठ २२ गते संविधानसभाको दोस्रो निर्वाचन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ फागुन,आगामी जेठ २२ गते संविधानसभाको दोस्रो निर्वाचन हुने भएको छ । त्यसका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरिनेछ । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सोमबार बसेको बैठकले आगामी जेठ २२ गते संविधानसभाको दोस्रो निर्वाचन गर्ने कार्यदलको प्रस्तावमा सहमति गरेको हो । बिघटित संबिधानसभामा रहेका दलहरुसँग परामर्श गरेपछि यही समतिलाई अन्तिम रुप दिएर राष्ट्रपतिले बाधा अडकाउ फुकाउमार्फत संबिधान संसोधन गरेपछि सहमति लागू हुने छ । चुनावका लागि प्रधानन्यायाधीशको नेतृत्वमा बढिमा ११ सदस्य रहने ‘अन्तरिम चुनावी मन्त्रिपरिषद्’ गठन गरिने छ । उक्त सरकारको नेतृत्वका लागि प्रधानन्यायाधीश रेग्मीलाई भोलि औपचारिक आग्रह गरिने एमाले उपाध्यक्ष बामदेव गौतमले अनलाइनखबरलाई जानकारी दिनुभयो । 

चुनाव नभए रेग्मी स्वत हट्ने 
शीर्ष नेताहरुको बैठकले चार दलीय कार्यदलले तयार पारेको ११ बुँदे प्रस्तावमा नागरिकता र मतदाता नामावली बाहेकमा सहमति जुटाएको छ । जस अनुसार चुनावी सरकारको नेतृत्व गरेलगतै प्रधानन्यायाधीश रेग्मी सर्वोच्च अदालतका सबै कामबाट अलग हुनेछन् भने् कामु प्रधानन्यायाधीशले अदालतको सम्पूर्ण काम सम्हाल्नेछन् । प्रधानन्यायाधीश नेतृत्वको सरकारको समयवधि संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन सम्न्नि भई संसदबाट नयाँ प्रधानमन्त्री चयन भएर कार्यभार सम्हाले लगतै समाप्त हुनेछ । त्यसपछि प्रधानन्यायाधीश पुनः सर्वोच्चको पूर्ववत पदमा र्फकने छन् । तोकिएको समयमा चुनाव गराउन प्रधानन्यायाधीश नेतृत्वको सरकारलाई सघाउन प्रमुख दलका प्रतिनिधी रहने उच्चस्तरीय राजनीतिक समिति बन्नेछ । तर, तोकिएको समयमा चुनाव हुन सकेन भने 
रेग्मी सरकार स्वत हट्नेछ भने उच्चस्तरीय राजनीतिक परामर्श समितिले १५ दिनभित्र अन्तरिम चुनावी सरकारको नयाँ प्रधानमन्त्री राष्ट्रपतिसमक्ष सिफारिस गर्ने कार्यदलको प्रस्ताव छ । प्रस्तावमा संविधानसभाको सदस्य संख्या ४ सय ९१ हुने उल्लेख छ । जसमा प्रत्यक्ष निर्वाचनबाट २ सय ४०, समानुपातिकबाट २ सय ४० र ११ जना मन्त्रिपरिषद्बाट मनोनित गरिनेछ । संविधानसभा व्यवस्थापिका संसदको कार्यकाल पाँच बर्षको हुनेछ । सुरुमा दुबै संविधानसभा र संसद दुबैको हैसियतका काम गर्नेछ भने संविधान बनेपछि संसदमा रुपान्तरण हुनेछ । 

बाबुराम सरकारले के-के गर्ने ? 
दलहरुको सहमतिमा निर्वाचन सम्वन्धी कानुन, निर्वाचन आयोगसहितको संवैधानिक अंगको पदपूर्तिबारे मन्त्रिपरिषद्ले निर्णय गरी बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने कार्यदलको प्रस्तावमा उल्लेख छ । यस्तै शान्ति प्रक्रियनका बाँकी काम पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले नै पूरा गर्ने भएको छ । 

स्थानीय निकायको चुनाव 
दलहरुबीच २०७० साल मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सहमति भएको छ । २०५४ सालपछि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । 

के के मिल्न बाँकी ? 
प्रमुख दलहरुबीच नागरिकता र मतदाता नामावलीबारे भने सहमति जुटाउन बाँकी छ । कार्यदलले भने निर्वाचनमा २०६८ साल चैत्र मसान्तमा १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने प्रस्ताव गरेको थियो । नागरिकताको आधारमा संकलन गरेको मतदाता नामावलीलाई निर्वाचनका लाथि आधार मानिनेछ भने फोटोसहितको मतदाता नामावली संकलनका लागि तत्काल १ महिने विशेष अभियान चलाइने कार्यदलको प्रस्ताव छ । प्रस्तावमा जन्मसिद्ध नागरिकताप्राप्त नेपाली नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने उल्लेख छ । 

कार्यदलले दिएको सुझाव र राजनीतिक मार्गचित्रको पूर्णपाठ 
१) चुनावी सरकारको स्वरुप, संरचना, अवधि र संचालन · संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन मिति२०७० साल जेठ २२ गते बुधबारका दिन गर्ने। 
 · अन्तरिम चुनावी मन्त्रिपरिषद् हुनेछ, सो मन्त्रिपरिषद्का अध्यक्ष र सदस्य रहनेछन् । संविधानमा प्रधानमन्त्रीले गर्ने भनी उल्लेखित सबै कामहरु प्रधानमन्त्रीले गर्नेछन् । मन्त्रीहरुको कार्यविभाजन संविधान अनुसार मन्त्रिपरिषद्का अध्यक्षले गर्नेछन् । 
 · मन्त्रिरिषद्को अध्यक्ष हुने प्रधान न्यायाधीश सर्वोच्च अदालतका सबै कामबाट अलग रहनेछन् र सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीशले न्याय सम्पादन र प्रशासनको सम्पूर्ण काम स्वतन्त्र रुपमा गर्नेछन् । कायम मुकायम प्रधान न्यायाधीशले प्रधान न्यायाधीशले गर्ने सम्पूर्ण कामहरु गर्नेछन् तथा मन्त्रिपरिषद्का अध्यक्ष हुने प्रधान न्यायाधीश न्यायपालिकाको स्वन्त्रताको रक्षा एवं सम्मानमा प्रतिबद्ध रहनेछन् र अध्यक्ष पदको जिम्मेवारी पूरा गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाली न्याय सम्पादन गर्ने क्रममा न्यायसम्पादनका स्थापित मान्यता अनुरुप कार्य गर्नेछन् । 
 · संरचनाः मन्त्रिपरिषद्का सदस्यहरुको संख्या अध्यक्ष सहित बढीमा ११ हुनेछ ।
 · अवधिः अन्तरिम चुनावी मन्त्रिपरिषद्को समयावधि संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन सम्पन्न भई व्यवस्थापिका संसदबाट नया प्रधानमन्त्री चयन भएर निजले कार्यभार सम्हाले पछि स्वतः समाप्त हुनेछ । 
 · संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन निर्धारित मितिमा हुननसकेमा उच्चस्तरीय राजनीतिक परामर्श समितिले माथि भनिएको अन्तरिम चुनावी सरकारको समयावधि समाप्त भएको १५ दिनभित्र अन्तरिम चुनावी सरकारको नयाँ प्रधानमन्त्री पदका लागि राष्ट्रपति समक्ष नाम सिफारिश गर्नेछ । 
 · नयाँ प्रधानमन्त्री चयन भएपछि अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष सर्वोच्च अदालतको पूर्ववत् पदमा र्फकनेछन् ।मन्त्रिपरिषद्का सदस्यहरुको चयन उच्चस्तरीय राजनीतिक परामर्श समितिको परामर्शमा/मन्त्रिपरिषद्का अध्यक्षले गर्नेछन् । 
 · अन्तरिम चुनावी सरकारको प्रमुख काम संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन निर्धारित समयमा सम्पन्न गर्नु हुनेछ । मन्त्रिपरिषद्ले गर्ने अन्य कामहरु अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्नेछ । तर व्यवस्थापिका संसदको दुई तिहाई सदस्यको स्वीकृति आवश्यक पर्ने जस्ता दीर्घकालिन प्रकृतिका कामहरु अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्नेछैन । 
२) उच्चस्तरीय राजनीतिक परामर्श समितिको गठन र कार्यक्षेत्र 
 · गठनः प्रमुख राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको एक उच्चस्तरीय राजनीतिक परामर्श समिति हुनेछ । 
यसको कार्यक्षेत्र निम्नबमोजिम हुनेछः 
निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्ने । 
 राजनीतिक दलहरुको बिचमा सहमतिको वातावरण निरन्तर बनाई राख्न प्रयत्न गर्ने । 
 अन्तरिम चुनावी सरकारलाई आवश्यक सुझाव, सल्लाह र परामर्श दिने । 
 यस प्रयोजनको लागि कार्यविधि र संचालन प्रक्रिया समितिले स्वयं निर्धारण गर्नेछ । 
 ३) संविधानसभाका सदस्यको संख्या र अवधि 
 · संख्याः संविधानसभा व्यवस्थापिका संसदका सदस्यहरु महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत सबै वर्ग र समुदायको समानुपातिक समावेशितालाई आत्मसात् गर्नेगरी पहिलो हुने निर्वाचन प्रणालीबाट २४० जना, समानुपातिक निर्वाचन प्रणालीबाट २४० जना र राजनीतिक सहमतिमा मन्त्रिपरिषद्बाट मनोनित हुने ११ जना गरी जम्मा ४९१ रहनेछन् । 
 · कार्यावधिः संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन पाँच वर्षको लागि हुनेछ । संविधानसभाले संविधान निर्माणको काम सम्पन्न नभएसम्म संविधानसभा र व्यवस्थापिका संसद दुबै हैसियतमा काम गर्नेछ र संविधान निर्माणको काम सम्पन्न भएपछि व्यवस्थापिका संसदको रुपमा मात्र कायम रहनेछ । 
 ४) मतदाता नामावली 
 · २०६८ साल चैत्र मसान्तसम्म १८ बर्ष उमेर पुगेका नेपाली नागरिकहरु मतदाता हुनेछन् । 
 · निर्वाचन आयोगले नागरिकताको आधारमा संकलन गरेको मतदाता नामावालीलाई आगामी संविधानसभा व्यवस्थापिका संसदको निर्वाचनका लागि आधार मान्ने । 
 · मतदाता नामावली मतदाताको फोटो सहित राखेर संकलन गर्ने । यसका लागि नाम छुट भएका मतदाताहरुको नाम संकलन गर्न तुरुन्तै एक महिना विशेष अभियान संचालन गर्ने । 
 ५) बाध अड्काउ फुकाउने प्रक्रिया र विषयहरु राजनीतिक दलहरुका बिच सहमति गरी सोही अनुरुप विषयहरु उल्लेख गर्दै मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारि राष्ट्रपति समक्ष सिफारिश गर्ने । बाधा अड्काउ फुकाउन निम्नलिखिनत विषयहरुमा निम्न बमोजिम गर्नेः
 ६) निर्वाचनसम्बन्धी आवश्यक कानूनी प्रबन्ध निर्वाचनसम्बन्धी आवश्यक कानून र अन्य व्यवस्थापनबारे निर्वाचन आयोगबाट तयार भई प्रस्तुत गरिने प्रस्ताव अनुरुप गर्ने । सो प्रस्तावमा राजनीतिक दलहरुले अध्ययन गरी सुझाव दिनसक्ने छन् । 
 ७) निर्वाचन आयोग लगायत संवैनिक निकायमा नियुक्तिः निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा अन्तरिम चुनावी सरकारले तुरुन्त नियुक्ति गर्ने । 
 ८) विघटित संविधानसभाका कामहरुको स्वामित्व लिनेबारे संविधानसभामा राजनीतिक दलहरुका बिच भएका सहमतिहरु ग्रहण गर्ने /संविधानसभामा भए गरेका काम कार्वाईको स्वामित्व लिने । 
 ९) शान्ति प्रक्रियाका बाँकी कामहरु 
 · शान्ति प्रक्रियाका कामहरु तदारुकताका साथ सम्पन्न गर्ने । 
 · सत्य निरुपण र मेलमिलाप आयोगको गठन यथाशीघ्र गर्ने । 
 · माओवादी सेनाका लडाकुहरुको समायोजनसम्बन्धी बाँकी कामहरु तुरुन्त पूरा गर्ने । 
 यसअघि भएको सहमतिका आधारमा दर्जा निर्धारण वर्तमान प्रधानमन्त्रीले विशेष समितिको वैठमार्फत तत्काल गर्ने । सत्य निरुपण तथा मेल मिलाप आयोग तथा वेपत्ता छानविन आयोग यस अघि चार दलका शिर्ष नेताहरुका वीचमा भएको सहमतिका आधारमा र विगतमा भएको सात वुँदे सहमतिका आधारमा मेलमिलापको मर्म र भावनाका आधारमा गठन तत्काल गठन गर्ने । 
 नागरिकता वारेः 
 जन्मसिद्ध नागरिकता प्राप्त नेपाली नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने ।
 स्थानीय निकायको निर्वाचन वारेः 
 स्थानीय निकायको निर्वाचन वारे आगामि २०७० मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने ।

‘बाहुन’लाई महावाणिज्यदूत बनाइएकोमा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 ७ फागुन, नेपाल सरकारले हङकङको महावाणिज्यदूतमा महेशप्रसाद दाहाललाई गरेको नियुक्ति बदर गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङले संघर्ष थालेको छ । आन्दोलनकारीहरुको एकसूत्रीय माग दहाललाई फिर्ता गरी आदिवासी-जनजाति मूलको महावाणिज्य दूत तोकिनुपर्ने भन्ने रहेको छ । विगत ५/६ वर्षदेखि महासंघले आदिवासी जनजाति मूलका महावाणिज्यदूतको माग गरिरहेकोलाई वेवास्ता गरी दाहाललाई गरिएको नियुक्ति बदर गर्न माग गर्दै विरोध कार्यक्रममा अध्यक्ष एमबी थापामगरले दहालको नियुक्ति बदर नगरिए आमरण अनशनसम्म गर्ने जानकारी दिए । निवर्तमान महावाणिज्यदूत एव्र माधवकुमार नेपालका भाइ विनोदकुमार उपाध्यायको अवकाश हुने समयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र सत्तारुढ एनेकपा माओवादी अध्यक्षलाई ज्ञापनपत्रमार्फत मागबारे स्मरण गराइएको कार्यक्रममा महासंघका सदस्य किसन राईले जानकारी गराए । उनले यो मुद्दालाई नेपाली समुदायमामात्र सीमित नराखी अन्तरराष्ट्रियकरण गर्नुपर्ने समेत बताए । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका सल्लाहकार भूपेन्द्र चेम्जोङले मुलुकका हरेक क्षेत्रमा समावेशिताको अभ्यास र प्रक्रिया शुरु भएकाले ९८ प्रतिशत आदिवासी जनजाति रहेको हङकङमा आदिवासी जनजाति मूलका महावाणिज्यदूतको माग राख्नु स्वभाविक रहेको दाबी गरेका थिए । संघर्ष समितिका अध्यक्ष भक्त दुराले जनजाति मूलको महावाणिज्य दूत माग गरिएको लामो समय भइसकेकाले अब कडा पाइला चाल्न आवश्यक रहेको बताए । उनले संघर्षको विकल्प नभएको भन्दै आन्दोलनका लागि सम्पूर्णलाई आग्रह गरे । कार्यक्रममा जनजाति मूलको वाणिज्य दूतको माग गर्दै १३ सदस्यीय संघर्ष समितिको घोषणासमेत गरिएको छ । उक्त समितिमा भक्त दुरा, भूपेन्द्र चेम्जोङ, नरहाङ राई, किसन राई, दुर्गा तामाङ, त्रिभुवन लुङफुङवा, शशिमदन राई, विसन गुरुङ, बोधविक्रम थापामगर, युवराज गुरुङ, यलम्बरहाङ तुम्बापो, तिलक सोमैमगर र किरण लिवाङ रहेका छन् । संघर्ष समितिले पहिलो चरणमा सोमबार हस्ताक्षर संकलन गर्ने, मंगलबार महावाणिज्यदूतावासमा नियुक्ति बदरको मागसहित विरोधपत्र बुझाउने र शुक्रबारदेखि धर्ना शुरु गर्ने जनाएको छ । महासंघको मागलाई वेवास्ता गरी दाहाल हङकङ आए एयरपोर्टदेखि नै विरोध गरिने र उनको काम कारवाहीमा वाधा व्यवधान खडा गरिने जानकारी समेत कार्यक्रममा गराइएको छ । दुईवर्ष ११ महिना हंगकंग बसेर नेपाल फर्केका निवर्तमान महावाणिज्यदूत विनोदकुमार उपाध्यायलाई पनि यसैगरी आदिवासी जनजातिले बहिष्कार गरेका थिए । महासंघका किसन राईले अहिलेसम्म हंगकंगमा बाहुनमात्रै बाणिज्य दूत बनेको दाबी गरे । हालसम्म हंगकंगमा प्रदुम्नविक्रम शाह, जैनेन्द्रजीवन शर्मा, माधवप्रसाद घिमिरे, केशवप्रसाद भट्टराई र विनोदकुमार उपाध्याय महावाणिज्यदूत बनिसकेका छन् ।

Feb 14, 2013

२०१३ को अन्त्यसम्ममा ३४ हजार अमेरिकी सेना फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिंटन,२ फागुन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१३ को अन्त्यसम्म अफगानिस्तानबाट ३४ हजार अमेरिकी सेना फिर्ता गरिसक्ने घोषणा गरेका छन् । सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट अमेरिकाले सबै सैनिक फिर्ता गरिसक्ने पनि ओबामाले घोषणा गरे । हाल अफगानिस्तानमा ६६ हजार अमेरिकी सेनासहित एक लाखभन्दा बढी नेटो गठबन्धन सैनिक कार्यरत छन् । ती देशले पनि अफगानिस्तानबाट आगामी सन् २०१४ सम्ममा सम्पूर्ण सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै गरिसकेका छन् । २०१४ पछि अफगान सेनालाई सहयोग तथा सल्लाह दिन केही अमेरिकी सेना अफगानिस्तानमै रहने ओबामाले उल्लेख गरे पनि संख्या भने तोकेनन् । यस विषयमा गत जनवरीमा अफगान राष्ट्रपति हमिद कारजाई र अमेरिकी राष्ट्रपति ओबामाबीच सहमति भइसकेको छ । २०१४ मा अमेरिकीलगायत नेटो सैनिक फिर्तासँगै अफगानिस्तानमा युद्ध पूरा भएको घोषणा हुने अमेरिकाले जनाएको छ । सन् २००१ बाट अफगानिस्तानमा अमेरिकी सैनिक प्रवेश गरेको थियो । सो समयदेखि हालसम्म अफगानिस्तानमा अल कायदासम्बद्ध आतंककारी एवं तालिबानहरूको प्रभाव घटेको अमेरिकाले दाबी गरेको छ । तर, जारी हत्या र आक्रमणका घटनाले अफगानिस्तानमा तालिवानको प्रभाव घटेको देखिँदैन । अफगानिस्तानबाट सवै बिदेशी सैनिक फिर्ता भएपछि २०१५देखि अफगानिस्तानको विकास तथा सुरक्षाका लागि प्रत्येक वर्ष १६ अर्ब डलरका दरले सहयोग गर्ने प्रतिबद्धता दाता राष्ट्रले यसअघि नै जनाएका छन् । अफगानिस्तानको सुरक्षा तथा विकासका लागि केही समयअघि जापानको राजधानी टोकियोमा भेला भएका ८० मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । । अफगानिस्तान अर्थतन्त्र दातृ निकायक तथा सैनिक सहायता कोषको रकममा निर्भर रहँदै आएको छ । यसैगरी अफगानिस्तानको कुल गार्हस्थ उत्पादनको ९५ प्रतिशत विदेशी सहयोगमा निर्भर रहँदै आएको विश्व बैंकले जनाएको छ । गत मेमा अमेरिकाको सिकागोमा भएको नेटो सदस्य राष्ट्रको सम्मेलनले २०१५ देखि २०१७ सम्म अफगानिस्तानको सुरक्षा तथा विकासका लागि प्रत्येक वर्ष ४.१ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

भोलिसम्ममा चुनावी सरकार गठन हुने प्रधानमन्त्रीको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले बहालवाला प्रधानन्यायधिश कै नेतृत्वमा भोलिसम्ममा चुनावी सरकार गठन हुने बताउनुभएको छ । आज बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसँगको कुराकानीमा उँहाले यसकालागि चाँडै सहमति जुट्ने विश्वास ब्यक्त गर्नु भयो । बहालवाला प्रधानन्यायधिस नै स्वतन्त्र र निष्पक्ष हुने जिकिर गर्दै प्रधानमन्त्री भट्टराइले यसकै बिषयमा छलफल भइरहेको बताउनुभयो । प्रधानन्यायधिशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा त्यसको संयन्त्र कस्तो हुने, अधिकार कति दिने भन्ने बिषयमा छलफल भइरहेको उँहाले प्रष्ट् पार्नु भयो । अन्तर्राष्ट्रिय परम्परा र लोकतान्त्रिक पद्धतिलाई हेर्दा यहि सरकारले निर्वाचन गराउनुपर्ने भएपनि विपक्षि दलहरुबाट सहमति नजुटेपछि दोस्रो उत्तम बिकल्प यहि रहेको प्रधानमन्त्रीको भनाई थियो । आजसम्म सहमति नजुटे राष्ट्रपतिले कदम चाल्ने बिषयमा प्रधानमन्त्रि डा. भट्टराइले यो राष्ट्रपतिको अधिकार बाहिरको कुरा भएको टिप्पणी गर्नुभयो । प्रधामन्त्री भट्टराई बिराटनगर जैन श्वेताम्बर तेरापन्थ सभामा सहभागि हुन विराटनगर आउनुभएको हो ।

मादिभ्सका पूर्वराष्ट्रपतिलाई पक्रिन पक्राउ पूर्जी जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सत्तामा रहँदा शक्तिको दूरुपयोग गरेको आरोपमा मादिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । आफु विरुद्ध पक्राउ पूर्जी जारी गरे लगत्तै नाशिद राजधानी मालीस्थित भारतीय दूतावासको शरणमा पुगेका छन् । भारतीय विदेशमन्त्री सलमान खुर्शीदले भने नाशिदले राजनीतिक शरण नमागेको जनाएका छन् । नाशिदको पार्टीका प्रवक्ताले पक्राउ पूर्जी विरुद्ध उनले गरेको अपीलको फैसला नआएसम्म उनी भारतीय दूतावासमै रहने जनाएका छन् । नाशिद विरुद्ध सत्तामा रहँदा शक्तिको दूरुपयोग गरेको आरोप छ । सो आरोपबारे अदालतमा उपस्थित नभएपछि नाशिदलाई गतवर्ष पनि पक्राउको आदेश दिइएको थियो । गत वर्ष फेब्रुअरीमा पुलिस विद्रोह भएपछि उनी सत्ता छाड्न बाध्य भएका थिए ।

एमालेका कारण शीतलनिवास वार्ता निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
३ फागुन,सरकार गठनको विषयमा एमालेको निर्णय आउन नसक्दा राष्ट्रपति र मुख्य दलहरुबीच बिहीबार शीतलनिवासमा भएको दोस्रो चरणको छलफल बिनानिष्कर्ष टुंगिएको छ । शीतलनिवासमा विहीबार बिहान र बेलुका गरी दुईपटक बैठक बसेको थियो । बिहानको बैठकमा दलहरुले आन्तरिक बैठकबाट निर्णय गरेर आउने भनेपछि बेलुकासम्म बैठक स्थगित भएको थियो । तर, एमाले स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि बेलुकी पुनः बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको हो । शुक्रबार पुनः अर्को बैठक गरिने भएको छ । ’हामीले भोलि केन्द्रीय कमिटी बैठक बोलाएका छौं, कुनै उपयुक्त निर्णय गरेपछि सहमति जुट्छ ।’-संयुक्त बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो । कांग्रेसले प्रधानन्यायाधीशले राजीनामा गरेको अवस्थामा उनको नेतृत्व मान्न तयार रहेको बताए पनि एमालेभित्र यसबारे विवाद कायमै छ । शतिलनिवासको छलफलपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमालेले निर्णय नगर्दा आज सहमति हुन नसकेको र भोलिसम्म सहमति जुट्ने सम्भावना रहेको बताउनुभयो ।

बेलायती राजपरिवारलाई फेरी राजकुमारीको चिन्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
‘गर्भवती’ बेलायती राजकुमारी केट बिदा मनाउन श्रीमान् विलियमसँग क्यारेबियन टापुमा हुँदा राजपरिवारमा चिन्ता बढेको छ। राजकुमारी तस्वीरहरु देखेपछि बेलायती राजपरिवारलाई तनाव भएको हो । बिदा मनाउ सामुद्रिक किनारमा पुगेकी राजकुमारी विकिनीमा हिँडिरहेका केही तस्बिर विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेपछि राजपरिवारमा चिन्ता बढेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । राजपरिवारले व्यक्तिगत जीवनमाथि सञ्चारमाध्यमले हस्तक्षेप गरेको प्रति दुःख व्यक्त गरेको छ । इटाली र अस्ट्रेलियाका म्यागजिनले ती तस्बिरहरू प्रकाशित गरेका छन् भने फ्रान्स, अमेरिका र जर्मनीका अखबारले पनि तस्बिर खरिद गरी प्रकाशनको तयारी गरेको समाचार संस्थामा उल्लेख गरिएको छ । समाचार संस्थाहरुले उल्लेख गरे अनुसार राजकुमारीको तस्वीरलाई इटालीको गसिप म्यागजिन ‘ची’ ले पहिलो पृष्ठमा उक्त तस्बिर प्रकाशन गरेको छ। यस अघि समेत चीले नै बेलायती महारानी डायनाको तस्वीर छापेपछि विवादमा आएको थियो । यसरी सार्वजनिक भएका तस्बिरमा केटले उज्यालो नीलो विकिनी लगाएकी छन् भने तल्लो पेट केही उठेको पनि स्पस्ट देखिन्छ । केटको पेटमा चार महिनाको गर्भ रहेको बताइन्छ ।

Feb 9, 2013

सत्तारुढ चुरे भावरका अध्यक्ष साता दिनदेखि थुनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ २७- सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका एक घटक चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष हिमालयभक्त प्रधानाङ्ग गत शुक्रबारदेखि थुनामा छन्। हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालय, काठमाडौंको हिरासतमा रहेका प्रधानाङलाई छुटाउने पहल भइरहे पनि एक हप्ता बढी भइसक्दा पनि उनी छुट्न सकेका छैनन्। 'अध्यक्ष हिरासतमा हुनुहुन्छ, छुटाउने प्रयास जारी छ,' कोषाध्यक्ष हरी पोखरेलले नागरिकसँग भने। उनका अनुसार हिमालय फाइनान्स प्रकरणमा 'वित्तिय अपराध'को अभियोगमा प्रधानाङ्ग थुनामा परेका हुन्। नेपाल राष्ट्र वैंकले उनी माथी अन्याय गरेको परिवारजनको आरोप रहँदै आएको छ। सोही पार्टीका नेता बद्री न्यौपाने भने बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री छन्। गठबन्धन भित्रका एक पार्टी अध्यक्ष थुनामा परेको एक साता नाघिसक्दा पनि साना दलका बाहेक अरु नेता भेटघाट गर्न पुगेका छैनन्। पोखरेलका अनुसार अध्यक्ष प्रधानाङ्गलाई छुटाउने प्रयास जारी छ। केशव मैनालीलाई नेतृत्व र सभासदवाट हटाए पछि प्रधानाङ्ग सो पार्टीका अध्यक्ष रहँदै आएका छन्।

गायक सुगम पोखरेल ‘दूर्व्यसनी’ : प्रहरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२७ माघ,लागूऔषध दूर्व्यसनीको आरोपमा पक्राउ परेका गायक सुगम पोखरेललाई पुनःस्थापना केन्द्र पठाउने गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ । पोखरेललाई लागूऔषध नियन्त्रण इकाइ बानेश्वरले शुक्रबार सेतोपुल नजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेका ७ जनामध्ये एकजना विक्री वितरण गर्ने अर्का एक जनासँग मात्रै खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ । पक्राउ पर्दा सुगमसँग लागूऔषध बरामद नभए पनि सानो-सानो डोज मगाएर लिने गरेको पाइएकाले पुनःस्थापना केन्द्र पठाउन सुझाइएको प्रहरीले जनाएको छ । ‘एक जनासँग मात्र लागूऔषध भेटियो, बाँकी प्रयोगकर्ता मात्र हुन् । उनीहरुसँग केही बरामद भएको छैन ।’ इकाइका डीएसपी केदार साउदले भन्नुभयो- ‘पुनःस्थापना केन्द्र पठाउने गरी परिवारको जिम्मा लगाएका छौं ।’ उहाँका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले द्वारिका होटल अगाडिबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये एक कारोबाही रहेको र उनले गायक सुगमले पनि मगाएको भनेपछि सेतोपुल नजिकैबाट नियन्त्रणमा लिइएको साउदले जानकारी दिनुभयो ।

भारतमा आज बिहानै अफजल गुरुलाई फाँसी दिइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आज विहानै भारतको दिल्लीस्थित तिहाड जेलमा अफजल गुरुलाई फाँसी दिइएको छ । सन् २००१ मा भारतको संसदमा हमला गर्ने मध्येका एक अफजलाई फाँसी दिइएको भारतीय गृहमन्त्रालयले पुष्टी गरेको छ । उक्त संसदमा भएको आतंकवादी हमलामा उनको भूमिका रहेको पुष्टी भएपछि मृत्युदण्ड दिइएको हो । उनको मृत्युदण्ड रोक्नको लागि केही समयअघि राष्ट्रपति प्रणव मुखर्जीसामु निवेदन पेश गरेको थियो । तर राष्ट्रपतिले त्यसलाई अस्वीकार गरेको जानकारी गृह मन्त्रालयलाई गराएका थिए । सन् २००४ मा नै अफजललाई मृत्युदण्डको घोषणा सुनाइएको थियो भने २००६ मा उनलाई झुण्डाइने तय भएको थियो । उनकी पत्नीले मृत्युदण्ड रोक्न निवेदन दिएपछि अफजलको फाँसी पनि रोकिएको थियो । सन् २००१ डिसेम्बरमा पाँच हतियारधारी आर्तकवादीले भारतीय संसद परिसरभित्र गोली प्रहार गरेका थिए । जसमा ९ जनाको मृत्यु समेत भएको थियो ।

Feb 8, 2013

Limbu cultural show "Ke Lang" in Hong Kong

limbuwan.blogspot.com/Ratna Khimding 
On 21 Jan 2013, in the effort of Ratna khimding School Management Committee Member of Kadoorie Scondary School (parent) and president of YakThung Chum lung Hong Kong Mr.Tribhuwan Lumfungwa. We have jointly organised Limbu cultural show "Ke Lang" (Chyaa Brung Dance) for the first time in history in the area of Hong Kong local Government Education institutions at Sir Ellis Kadoorie Secondary School. 22 Hai Fan Road, Tai Kok Tsui Kowloon Hong Kong. Principal Mr. Li and Assistant principal Ms. Ho commended and Yak Thung Chumlung Hong Kong received souvenir from the school. The event was held in one of the school's yearly event "National Custom day". On that day all Nationalities student will dress with their National Customs and cultural show in the school. In Kadoorie Secondary School, more than 150 Nepali students are studying currently, and it is the largest Numbers of Nepali students studying in single Secondary School in HK. The objective of this activities is to preserve and to conservation of different cultures and its values through in the area of Education institutions with young generation people for the long term aspect and better protection of our cultural values in the future. We are committed to do continue fostering conservation and exploring of our unique and variety of belief and hidden cultural truths, and more involvement in such kind of activities in the coming future. Thank you for your kind help and publishment and posting of this valued activity on your very prestigious web sites and printing press for the whole reputation of Nepal and we all Nepalese communities in Hong Kong.

ताप्लेजुङको सदरमुकाम फुम्लिङमा भीषण आगलागी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ २६- ताप्लेजुङको सदरमुकाम फुम्लिङमा भीषण आगलागी भएको छ। आगलागीबाट ८ घर जलेर नष्ट भएका छन्। आगलागी भने कसरी लागेको भन्नेबारे एकीन हुन नसकेको प्रहरीले जनाएको छ। फुम्लिङका उमा गुरुङ, आइतबाहादुर लिम्बु, मणि लिम्बु, मनोज अन्थङ्बो, फुर्पा शेर्पा, र कार्की परिवार घर जलेर नष्ट भएको बताइएको छ। नेपाली सेना, प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन्। यद्यपि आगो नियन्त्रण आइसकेको छैन।

प्रचण्डको प्रस्तावलाई कमल थापाले स्वागत गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ मसान्तभित्र चुनाव गर्न प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौँडामा जारी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दा राजनीतिक गतिरोध अन्त्यका लागि जेठमा चुनाव सम्पन्न गर्ने विकल्पका रुपमा प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन हुनसक्ने धारणाको अध्यक्ष थापाले स्वागत गर्नुभएको हो । राप्रपा नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष थापाले यो वा त्यो वहानामा चुनावलाई पछि धकेल्दै जाने हो भने मुलुकमा विदेशी हस्तक्षेपले चरमसीमा नाघ्ने बताउनुभयो । अध्यक्ष थापाले सात राजनीतिक दलका कुनै पनि नेताको नेतृत्वमा निष्पक्ष चुनाव हुन नसक्ने ठोकुवा पनि गर्नुभयो । उहाँले चुनाव गर्ने सम्बन्धमा दलहरु असफल भइसकेकाले न्यायपालिकाको नेतृत्व गरिराखेका व्यक्तिबाट चुनावी सरकारको गठन गर्नु सबैभन्दा उत्तम हो भन्ने धारणा राख्नुभएको थियो ।

विराटनगर विमानस्थलमा आगलागी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विराटनगर , माघ २६ - विराटनगर विमानस्थलमा आगलागी भएको छ । शुक्रवार दिउँसो पौने ४ बजे विमानस्थल धावनमार्गको पश्चिम–दक्षिण घाँसे मैदानमा अचानक आगो लागेको थियो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र तिनवटा दमकलले एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीका कारण डेढ घण्टा हवाइ सेवा अवरुद्ध भएको थियो । आगो विमान स्थलको तारवार वाहिरवाट कसैले चुरोट खाइ फ्याकेको ठूटोवाट सल्केको हुन सक्ने प्रहरीले जनाएको छ । आगलागीपछि मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम प्रहरी प्रमुख नीरज शाहीलगायत सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए । विमानस्थल आसपासका क्षेत्रमा ठूलो घाँसे मैदान भएकाले हरेक बर्ष सुख्खायाम सुरु हुन नपाउँदै आगलागी हुने गरेको छ ।

नौ वर्षकी छात्राले बच्चा जन्माइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मेक्सिकोमा एक नौ वर्षीया बालिकाले छोरी जन्माएपछि उक्त खबरले निक्कै चर्चा पाएको छ । मेक्सिकोको जालिस्को राज्यकी ती बालिकाले छोरी जन्माएको कुराको पुष्टि स्थानीय अधिकारी र उनका परिवारले बुधबार गरेका हुन् । गर्भवती हुँदा जम्मा आठ वर्षकी रहेकी उनले आफू नौ वर्षको पुग्नासाथै आज छोरी जन्माएकी हुन् । गएको जनवरी २७ मा उनले स्थानीय जोकीपान नामको अस्पतालमा छोरीको जन्म दिएकी हुन् । नवजात शिशुको तौल २.७ किलोग्राम रहेको पनि अस्पताल स्रोतले जनाएको समाचार संस्था एफीएफले उल्लेख गरेको छ । ती बालिकाको श्रीमान भने १७ वर्षको रहेको बताइएको छ । तर ती युवक अहिले फरार छन्– ती बालिकाकी आमाले भनेकी छिन् । बालिकाको पूरा नाम भने दिइएको छैन । तर उनको स्वास्थ्य अवस्था ठीक रहेको र नवजात शिशुको स्वास्थ्य पनि राम्रो रहेको परिवारले जनाएको छ । ती बालिकाको विवाह भएको होइन तर एकजना १७ वर्षे युवकसँगको सहवास भएको जानकारी ती बालिकाले दिएकी छिन् । आफू बलात्कृत भएकी हुन वा उनी यौन शोषणमा परेकी हुन भन्ने बारेमा पनि ती बालिकाले केही बताएकी छैनन् । उक्त युवकको खोजीका लागि परिवारले स्थानीय अधिकारीलाई आग्रह गरेको छ । कम उमेरमा बच्चा जन्माउने रेकर्ड भने पेरुकी एक साढे पाँच वर्षकी बालिकाको छ। उनले सन् १९३९ मा एक छोरा जन्माएकी थिइन्।

जापान र रुस बिच फेरि तनाब बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापानले दुई वटा रुसी फाइटर विमान आफ्नो आकाशमा प्रवेश गरेको भन्दै आपत्ति जनाएको छ । जापानको विवादास्पद उत्तरी होक्काइडो टापुहरुमा रुसी जेट विमान प्रवेश गरेको पत्ता लागे लगत्तै टोकियोमा विरोध प्रदर्शन समेत भएको समाचारमा जनाइएको छ । जापानी रक्षा मन्त्रालयले रुसी कदमले थप समस्या उत्पन्न गर्ने जनाएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले रुससंग विवाद रहेका प्यासिफिक टापुबारे वार्ताबाटै समाधान गर्ने बताएको भोलिपल्टै यो घटना भएको हो । रुसी सेनाले भने जापानी आरोप अस्वीकार गर्दै आफ्ना लडाकु विमानले विवादित टापुको नियमित उडान मात्रै गरेको दाबी गरेको छ । विवादास्पद चार टापु सम्बन्धमा दुवै मुलुकबीच ६० वर्षदेखि विवाद रहंदै आएको छ । यसै कारण दोस्रो विश्व युद्ध समाप्त भएपछि पनि दुई मुलुकबीच अझै शान्ति सम्झौता हुन सकेको छैन् ।

एमाओवादीको अध्यक्षमा प्रचण्ड नै, महासचिव भने बोगटी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड र महासचिवमा भने पोष्ट बहादुर बोगटीलाई चयन गर्दै एकीकृत नेकपा माओवादीको सातौँ महाधिवेशन सकिएको छ । हेटौंडामा आज सकिएको महाधिवेशनले अन्य पदाधिकारीहरुमा भने पुरानै यथावत् राखेको छ । जस अन्तर्गत उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ यथावत छन् भने सहमति नजुटेपछि अन्य पदाधिकारी चयन भएका छैनन् । आज पदाधिकारी चयनका लागि अध्यक्षमा भट्टराईले प्रस्ताव गरेका थिए भने श्रेष्ठले समर्थन गरे । त्यसैगरी प्रचण्डको प्रस्तावमा बोगटी महासचिव बने भने प्रचण्डकै प्रस्तावमा भट्टराई र श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् । हेटौंडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योगमा आइतबारदेखि जारी महाधिवेशनले ९८ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । १ सय ५१ सदस्यीय केन्द्रीय समितिका बाँकी ५३ जना भने केन्द्रीय समितिले मनोनित गर्ने बताइएको छ ।

Feb 1, 2013

हङकङको माओवादीमा सुधार, सातौं महादिवेशनको लागी प्रतिनिधि नेपालतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/आम्भु जेठा, हङकङ, 
३१ जनवरी । एकीकृत नेकपा माओवादीको हङकङमा रहेको खुला मञ्च (सामाजिक सस्था) एकीकृत नेपाली मञ्चमा सदस्य थप गरि कार्य विभाजन गरेको छ । समितिको आइतवार वसेको वैठकले संजय गुरुङ ‘अशोक’ लाई सदस्यमा नियुक्त गरि विभिन्न उप समितिहरु गठन गरेको छ । उपसमितिमा संगठन विस्तार संयोजक राजु गुरुङ “एस वी”, सह संयोजक दुर्गा गुरुङ “मिलन” रहेको छ भने प्रवक्तामा गोविन्द कुमार गुरुङ, प्रचार–प्रसार विभागमा रविन लिङदेन, नैन सिं गुरुङ, खेलकुद विभागमा रविन नाल्बो, जजिन चाम्लिङ, साँस्कृतिक विभागमा केशव राई, देविदास राई, आर्थिक विभागमा मन प्रसाद गुरुङ, अर्जुन राना लगायत अन्य उपसमितिहरु गठन गरि कमिटिमा सुधार गरिएको महासचिव राजु गुरुङले वताए । बैठकले एकीकृत नेकपा माओवादीको सातौं महादिवेशनमा भाग लिनको लागि महासचिव राजु गुरुङ “एस वी” लाइ विना विवाद सर्वसम्मतले चयन गरेको छ । जिल्ला कमिटिको अघिल्लो आइतवार वसेको बैठकमा निर्णय भए अनुसार पार्टीको खुला मञ्चलाई एक प्रतिनिधि र एक प्रर्यय वेक्षक दिने निर्णय गरेको थियो भने जातिय मोर्चाहरुमा एक पर्ययवेक्षक दिने निर्णय गरेको मञ्चका अध्यक्ष धिरेन्द्र चाम्लिङले वताए । महादिवेशनमा भाग लिनको लागी हङकङबाट प्रतिनिधि र पर्यवेक्षको टोली नेपाल लागेका छन् । पार्टीको निवर्तमान सचिव जे. वी. ओख्राबुको संयोजकमा हङकङबाट चार जना प्रतिनिधि र दुई पर्यवेक्षक गरि छ जनाको टोलि सुक्रबार सम्ममा हेटौंडा पुग्ने कुरा हङकङ पार्टीको अधिवेशन संयोजक तुलाजङ गुरुङले वताए । पार्टीको निवर्तमान सचिव जस बहादुर ओख्रावु “जे. वी”, अधिवेशन संयोजक तुलाजङ गुरुङ, एकीकृत नेपाली मञ्चको महासचिव राजु गुरुङ “एस वी”, निवर्तमान सहसचिव पवन वस्नेत गरि चार जना प्रतिनिधिको रुपमा सातौं महादिवेशनमा भाग लिने छन भने एकलाल गहतराज र जातिय मोर्चाको तर्फबाट ललित आङवोहाङले पर्यवेक्षकको रुपमा भाग लिनेकुरा खुल्न आएको छ ।

युट्युबका भिडियो हेर्न डलर तिर्नुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ १७ (एजेन्सी) - विश्वको नम्बर एक भिडियो वेबसाइट युट्युबले आफ्ना केही विशेष च्यानलहरुका भिडियो हेर्न निश्चित रकम तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ। परम्परागत टिभीका विज्ञापनदाता र दर्शकलाई सीधै चुनौति दिने हिसाबले युट्युबले यस्तो व्यवस्था गर्न लागेको हो। इस्टरसम्ममा यस्तो च्यानलहरु देखिने र युट्युबले महिनामा एक डलरदेखि ५ डलरसम्म लिने बेलायतको डेली मेलले जनाएको छ। विशेष च्यानलका अतिरिक्त एक पटक मात्र हेर्नलाई पनि डलर तिर्नुपर्ने व्यवस्था युट्युबले परीक्षण गरिरहेको छ। अहिलेसम्म युट्युबमा रहेका सबै भिडियो दर्शकहरुले निःशुल्क हेर्न पाइरहेका थिए।

मेक्सिकोको तेल कम्पनीमा बिस्फोट, २५ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मेक्सिकोको पेमिक्स तेल कम्पनीमा बिस्फोट हुँदा २५ जनाको मृत्यु छ भने १ सय भन्दा बढी घाइते भएका छन् । मेक्सिकोको सरकारी तेल कम्पनी पेमिक्समा बिष्फोट हुँदा कम्पनीको मुख्यालयमा क्षति पुग्नुका साथै धेरै कामदारहरु पनि घाइते भएका हुन् । मेक्सिकोको गृह मन्त्रालयले बिष्फोटमा २५ जनाको मृत्यु भएको पृष्टि गर्दै केही कामदारहरु फसेको अवस्थामा रहेको जनाएको छ । तेल कम्पनीमा विद्युत सट भएका कारण बिष्फोट भएको बताइए पनि स्पष्ट कारण अझै खुल्न सकेको छैन । विष्फोटको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

भगवान बुद्धभन्दा ७०० वर्ष जेठो ऐतिहासिक तथ्य फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ १८ - लुम्बिनीमा बुद्ध जन्मनुभन्दा झन्डै ७ सय वर्षअघि नै मानव आवादी रहेको ऐतिहासिक तथ्य फेला परेको छ। मायादेवी मन्दिर र गुम्बामा काठबाट निर्मित संरचना र उत्खननमा भेटिएका प्रमाण इशापूर्व छैठौं शताब्दीका रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको पुरातत्वविद्ले जानकारी दिएका हुन्। बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविदहरुले गरेको तीनवर्षे अध्ययनको प्रारम्भिक प्रतिवेदन बुधबार राजधानीमा सार्वजिनक गरिएको छ। उत्खननमा भेटिएका इँटा, घर बनाउँदा गाडिएका काठ, अँगार, माटाका भाँडाका टुक्रालगायत सामाग्री ३ हजार ३ सय १३ वर्ष पुराना सामग्री भेटिएको विज्ञहरुले जनाए। विभागका लुम्बिनीको उत्खनन् र अध्ययन सन् १९६० मै थालिए पनि यसअघि यस्ता प्रमाण भेटिएको थिएन। उत्खननका क्रममा मान्छेले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री भेटिनुले बुद्ध जन्मनुअगाडि पनि त्यहाँ मानिसको चहलपहल रहेको पुष्टि भएको पुरातत्वविदले बताए। गौतम बुद्ध इशापूर्व ६२३ मा लुम्बिनीमा जन्मेका थिए। भेटिएका प्रमाणहरु १३ सय इशापूर्वतिरका रहेको अध्ययनमा देखिएको हो। 'लुम्बिनीमा बुद्ध जन्मनुभन्दा ५ सय वर्षअघि मात्र मानवीय बसोबास रहेको अनुमान थियो, यो अध्ययनमा ७ सय वर्षअघि नै त्यहाँ मान्छेको चहलपहल रहेको वैज्ञानिक प्रमाण भेटिएको छ,' अनुसन्धानमा संलग्न पुरातत्व अधिकृत रामबहादुर कुँवरले प्रतिवेदन सार्वजनिक गर्दै भने, 'यसले लुम्बिनीको इतिहास नै लम्ब्याइएको छ।' यसअघि लुम्बिनीमा रहेको सम्राट अशोकले गाडेको स्तम्भबाट बुद्ध जन्मनुअघि नै त्यहाँ मानव बस्ती रहेको अनुमान रहेकोमा अहिले प्रमाण मिलेको विभागको भनाइ छ। 'सम्राट अशोकले नै गाडेको स्तम्भबाट नै बुद्ध जन्मिनुभन्दा अगाडि त्यहाँ मान्छे रहेको कुरा थियो,' विभागका पुरातत्वविद प्रकाश दर्नालले भने, 'स्तम्भका लिपिमा मात्र भर पर्ने कुरा आएन, अहिले त्यो भन्दा पुरानो प्रमाण नै मिल्यो।' यस्ता प्रमाणले अध्ययनमा थप जागरुकता ल्याएको उनले बताए। भेटिएका वस्तुहरुको ल्याब टेस्टपछि रिपोर्ट तयार गरिएको विश्वविद्यालयका प्रोफेसर रोविन कोन्निघमले बताए। 'हामी हाम्रो अध्ययनबाट खुसी छौं, किनकि हामीले नयाँ कुरा ल्याउन सक्यौं,' कार्यक्रममा उनले भने। कोन्निघमले लुम्बिनी अध्ययनका क्रममा थुप्रै माटाका भाँडा, इनार, इनारमा प्रयोग हुने इँट्टा, भत्केका स्तुपलगायत पुराना सामग्री भेटिएको जानकारी दिए। बुधबार प्रारम्भिक रिपोर्ट मात्र ल्याइएको भन्दै उनले पूर्ण रिपोर्टमा थप कुरा बाहिर आउने जानकारी दिए। जापानिज फन्ड एन्ड ट्रस्टको आर्थिक सहयोगमा टोलीले मायादेवी मन्दिर, नर्सरी, हेलिप्याडलगायत क्षेत्र उत्खनन गरेको थियो। ट्रस्टले बुद्ध जन्मस्थल क्षेत्रमा रहेका विभिन्न संरचनाको संरक्षण कार्यमा पनि सहयोग गरेको र काम चित्तबुझ्दो रहेकाले नेपालका अन्य क्षेत्रमा पनि उत्खनन्को जिम्मा दिन सकिने विभाग महानिर्देशक भेषनारायण दाहालले बताए।

डेकेन्द्र हत्याका ५ अभियुक्त जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१९ माघ,जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापा हत्याका पक्राउ परेका पाँच अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आदेश लगतै अभियुक्तहरुलाई जिल्ला कारगार चलान गरिएको छ । बादी र प्रतिवादी पक्षको बहस सकिएपछि शुक्रबार न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो । ‘प्राप्त प्रमाणहरुका आधारमा कसुर देखिने भएकाले पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ’ अदालतका श्रेस्तेदार आनन्दराज पन्तले अनलाइनखबरसँग टेलिफोनमा भन्नुभयो । ‘तर, यो अन्तिम फैसला होइन, थुनछेक आदेशमात्रै हो ।’-उहाँले भन्नुभयो । फरार चार अभियुक्तलाई भने अदालतले वारेन्ट जारी गरेको छ । थापाको हत्यामा संलग्न भएको आरोपमा ९ जना माओवादी कार्यकर्ता विरुद्ध मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) अनुसार सर्वस्वसहित जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो । डेकेन्द्र हत्याको अभियोगमा प्रहरीले पुष २१ गते लक्ष्मीराम घर्ती, जयबहादुर शाही, निरक घर्तीमगर, वीरबहादुर केसी र हरिलाल पुनलाई पक्राउ गरेको थियो । महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले द्वन्द्वकालको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग हेर्ने भन्दै अनुसन्धान राख्न आदेश दिनुभएको थियो । तर, सर्वोच्च अदालतले अनुसन्धान नरोक्न आदेश दिएपछि पुनः अनुसन्धान सुचारु गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत पक्राउ परेका ५ सहित ९ जनाविरुद्ध माघ १५ गते जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको थियो । मुद्दामा जाहेली वाला डेकेन्द्र पत्नी लक्ष्मीको तर्फबाट सरकारी वकिल डम्बर काफ्लेसहित अभिवक्ताहरु वसन्त गौतम, कृष्णबहादुर हमाल, सुरेन्द्र अधिकारी, ललितबहादुर मल्ल र गोविन्द बन्दीले बहस गर्नुभएको थियो । यस्तै अभियुक्तहरुका पक्षबाट काठमाडौंबाट गएका अधिवक्ताहरु गोपाल सिवाकोटी चिन्तन, केदार गुरागाई र कपिल पोखरेलले बहस गर्नुभएको थियो ।