News

Sep 28, 2012

आफ्ना कार्यकर्ता पक्राउको विरोधमा चितवन बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतीय नम्बर प्लेटका सवारीसाधनलाई रोक लगाउन बसेका आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा नेकपा-माओवादीले आज चितवन जिल्ला बन्द गराएका छन् । बन्दका कारण बिहानैदेखि लामो र छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, शैक्षिक संस्था, कलकारखानालगायत ठप्प रहेका छन् । नेकपा-माओवादीका कार्यकर्ताहरु बिहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । त्यस्तै बन्दको समयमा विद्यालय सञ्चालन गरेको भन्दै -माओवादीका कार्यकर्ताहरुले पूर्वी चितवनको पिठुवामा रहेको जनजागृति उच्चमाविमा आज बिहान तोडफोड गरेका छन् । चार जनाको समूहमा आएका बन्दकर्ताहरुले विद्यालयमा तोडफोड गर्नुका साथै महत्वपूर्ण कागपत्रहरु समेत च्यातिदिएको बताइएको छ । बन्दकर्ताको आग्रहपछि विद्यालय बन्द गर्ने तयारी भइरहेको बेला उनीहरुले एक्कासि विद्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । भारतीय नम्बर प्लेटका सवारीसाधनलाई रोक लगाउन बसेका आफ्ना १३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपा–माओवादीले चितवन बन्द गराएका हुन् ।

सीता एयरको विमान काठमाडौमा दुर्घटना, १९ जनाको मृत्‍यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाण्डौँबाट लुक्लाको लागी उडेको सीता एयरको विमान त्रिभुवन विमानस्थल नजिकै पेप्सीकोलाको सुकुम्बासी बस्तिमा आज विहान दुर्घटना हुँदा त्यसमा रहेका १९ जना सबैको मृत्यु भएको छ । विमानस्थलबाट उडे लगत्तै खरावी उत्पन्न भएर विमान पड्किएर भुईमा खसेको थियो । विमानमा १२ विदेशी, ३ नेपाली यात्रु र ३ चालक दलका सदस्य गरी १९ जना रहेको सीता एयरको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा १९ जना सवार रहेको बताईएपनि पुष्टि हुन सकेको छैन । विमान उडेको ५ मिनेट भित्रै आगो लागेको र चालकले सुरक्षित अबतरण गराउने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । शब चिन्नै नसकिने अवस्थामा रहेको छ । मृतकको नाम खुल्न सकेको छैन् । उद्वार कार्य जारी रहेको । दुर्घट्ना कसरी भयो भन्ने अझै खुल्न सकेको छैन् । विमान खस्ने बित्तिकै विस्फोटको ठूलो आवाज सुनिएको स्थानीय वासिन्दाले बताएका छन् ।

Sep 27, 2012

वैद्य माओवादीद्वारा सात युवतीको उद्दार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ललितपुर, आश्विन ११ - वैदेशिक रोजगारीमा पठाउने भनी ठगिएका सात युवतीलाई उद्दार गरी मोहन वैद्य समूहको नेकपा-माओवादी ले ललितपुर प्रहरीको जिम्मा लगाएको छ । बाँके, ओखलढुंगा, धरान लगायतका क्षेत्रबाट युवतीहरुलाई निःशुल्क बैदेशिक रोजगारीमा पठाउने भनी गिरोहले युवतीलाई नियन्त्रणमा लिएको सूचना पाएपछि माओवादी कार्यकर्ताहरुले बालाजुको मनमैजुस्थित एक फ्याटबाट उद्दार गरी कुपण्डोल ल्याएका थिए । ठगीमा संलग्न गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जयनगर ५ का चन्द्रबहादुर खत्री रहेको ललितपुर प्रहरी परिसरका एसपी बसन्त पन्तले बताए । बालाजुबाट उनीहरुलाई उद्दार गरिएकाले प्रहरीले पीडितहरुलाई प्रमाण सहित बालाजु प्रहरी वृत्तमा बुझाएको छ । पीडितहरुले आफूहरुलाई यौनशोषण गरेको आरोप लगाएका छन् । उद्दार हुने अधिकांश १७ देखि २४ वर्षका रहेको प्रहरीले जनायो ।

जलवायु परिवर्तनबाट १० करोड मानिसले ज्यान गुमाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जलवायु परिवर्तनका कारण सन् २०३० सम्ममा विश्वमा १० करोड मानिसको ज्यान जाने तथा विश्वको कुल गाह्रस्थ उत्पादनमा ३.२ प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको दर यहीँ रहेमा सन् २०३० सम्ममा गरीब देशहरुको गाह्रस्थ उत्पादनमा ११ प्रतिशत भन्दा बढिले कमी आउने डरलाग्दो तथ्य समेत सार्वजनिक भएको छ । जलवायु परिवर्तनबाट प्रभावित विभिन्न २० विकाशशील देश सम्मिलित डारा नामक मानवतावादी संगठले गरेको अध्ययनले जलवायु परिवर्तन न्युनिकरण तथा यसका असरसँग जुध्ने सक्षमता वृद्धि नभएमा जलवायु परिवर्तनका नकारात्मक असरबाट विश्वले ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिएको हो । जलवायु परिवर्तन तथा उष्ण्िाकरका कारण हुने हिमगलन, प्रतिकुल मौसम, समुद्रको सतहमा वृद्धि तथा सुख्खा खडेरी जस्ता घटनामा अझै वृद्धि हुने र यसले धनजनमा ठूलो क्षति पूराउने ठहर डाराको छ । संगठनका अनुसार अहिले विश्वमा वायु प्रदुषणका कारण वर्षेनी ५० लाख जनाको मृत्यु हुने गरेको र जलवायु परिवर्तनको दर बढ्दै जाँदा सन् २०३० सम्ममा यो संख्या ६० लाख पुग्नेछ । यो मध्ये ९० प्रतिशत मृत्यु विकाशशील देशमा हुने गरेको छ । जलवायु परिवर्तनको असर गरीब देशहरुलाई निकै धेरै पर्ने गरेको छ । जलवायु परिवर्तनका कारण सिर्जित पानी संकट, खडेरी, कृषि उत्पादनमा कमी, गरिबी तथा रोग जस्ता कारणहरुबाट गरिब देश झनै गरीब बन्ने खतरा रहेको विज्ञहरुको भनाइ छ ।

गुगलले चीनमा गीत डाउनलोड सेवा बन्द गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एजेन्सी, आश्विन ७ - गुगलले चीनमा गीत डाउनलोड सेवा बन्द गर्ने भएको छ । सेन्सरसिप र कम्प्युटर हृयाकिङ्गको विवादका कारण दुई वर्ष अघि नै सर्च इन्जिन बन्द गरेको थियो । आफुले चाहेजस्तो बजारमा असर देखाउन नसकेपछि गुगलले गित डाउनलोड सेवा अक्टोबर १९ देखि बन्द गर्ने भएको हो । चीनको इन्टरनेट एड्रेस भएका कम्प्युटरमा मात्र उपलब्ध रहेकेा डाउनलोड सेवा पाइरेट साइटको विकल्पको रुपमा स्थापित गरिएको थियो । उक्त सेवाले लाइसेन्स विना अनियन्त्रित रुपमा भएको कपीका कारण आफ्नो सेल्स गुमाएका विश्व तथा चिनीया कम्पनीसंग विज्ञापन राजस्व बढाएको थियो । गुगलको ब्लगमा उक्त सेवाले अन्यको तुलनामा खासै फरक पार्न नसकेपछि अन्य उत्पादनमा लगानी गर्ने निर्णय गरेको जनाएको छ । गुगलका प्रवक्ताका अनुसार चीनको र्सच बजारमा गुगलको सेयर घटेपनि उसले चियिा ग्राहकका लागि ग्लोबल साइट मार्फत ब्यापार गरिरहेको छ । गुगलको एन्ड्रोइड मोबाइल सन्चालन प्राणली चीनमा धेरै प्रयोगमा आएको छ । माउन्टेन भ्यु क्यालिफोर्नियामा रहेको गुगल कम्पनीले सन् २०१० मा हृयाकिङ्गका कारण बेइजिङ्गले लगाएको इन्टरनेट सेन्सरसिपसंग आफुले समन्वय गर्न नसक्ने बताउदै सर्च इन्जिन बन्द गरेको थियो ।

गद्धाफीको मृत्युपछि कयौँ रहस्यको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिबियाका पूर्व तानाशाह शासक मुअम्मर गद्धाफीको मृत्युपछि कयौँ रहस्य बाहिर आएको छ । गद्धाफीले युवतीहरुलाई अपहरण गरी बलजबस्ती यौनसम्बन्ध राख्ने गरेको रहस्य खुलेको छ । यस्तो गर्न अस्वीकार गर्ने युवतीलाई उनले कष्ट दिने गरेका थिए । गद्धाफीबारे यो नयाँ जानकारी एक किताबमा दिइएको छ । उक्त किताब फ्रान्सका एक रिपोर्टर एनिक कोजनले लेखेका हुन् । तानाशाहको कैदमा परेका युवतीहरुसँग सोधपुछ गरी यो किताब तयार गरिएको हो । किताबमा १५ वर्षीय सोरायाबारे पनि लेखिएको छ । विद्यालय भ्रमणमा आएका गद्धाफीलाई विद्यार्थी सोरायाले फूल दिएकी थिइन् । त्यसपछि उनको जीवन नर्क भयो । त्यसपछि गद्धाफीले ती किशोरीलाई अपहरण गरेर लगे र बलजफ्ती यौनसम्बन्ध राख्न थाले ।

१६ विपक्षी दलले सोमबार सरकार विरुद्ध गर्ने आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली कांग्रेस, नेकपा एमाले लगायत १६ विपक्षी दलले सोमबार सरकार विरुद्ध गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । बिहिबार एमाले पार्टी कार्यालय बल्खुमा बसेको १६ दलको बैठकले केही विषयमा गृहकार्य बाँकी रहेकाले सोमबार मात्र सरकार विरुद्धको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । विपक्षी दलले १५ गते राजधानीमा पत्रकार सम्मेलन गरी सरकार विरोधी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् । आजको बैठकमा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादी लगायतका १६ दलका शीर्ष नेताको सहभागिता थियो । आजको बैठकपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको भए पनि विपक्षी दलहरुले गृहकार्य नपुगेको भन्दै आन्दोलनका कार्यक्रम सोमबार मात्र सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

Sep 24, 2012

पाकिस्तानमा युवतिलाई नाङगै घुमाएपछि तनाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानको पञ्जाव राज्यमा केही युवकले मौलवी (मुस्लिमहरुका धर्मगुरु)की छोरीलाई निर्वस्त्र बनाएर पुरा गाउँ घुमाएका छन्, जसका कारण पूरै राज्यमा तनाव सिर्जना भएको छ । द एक्सप्रेस ट्रिब्युन नामक पत्रिकामा प्रकाशित एक रिपोर्टले यस कुराको दाबी गरेको छ । रिपोर्टका बमोजिम उक्त घटना सार्वजनिक भएपछि पूरै पञ्जाव राज्यभरी तनाबको स्थिति सिर्जना भएको बताइएको छ । त्यहाँको लाहोरस्थित क्षेत्रका मुस्लिम धर्मगुरु अल्लाह दीताका छोरीमाथी यस्तो अपमानजनक घटना भएको हो । त्यसपछि ती ५ युवकले धर्मगुरुका छोरीको कपडा च्यातिदिए । उनीमाथी बलात्कार गर्ने प्रयास गरे र उनलाई नांगो बनाएर गाउँ घुमाए । ती ५ युवकहरु मध्येका एकले धर्मगुरुको छोराले आफ्नी बहिनीको साथ दूव्र्यबहार गरेको आरोप लगाएका थिए । त्यसपछि गाउँहरुले धर्मगुरुका छोरालाई २ वर्षका लागि गाउँबाट निकाला गरिएको थियो ।

बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राजविराज, असोज ८- सप्तरीको मधवापुर गाविसमा आज बिहान एक महिलाले एक छिमेकीको लिङ्ग काटिदिएका छन्। मधवापुर गाविस-९ की २८ वर्षीया अन्जुदेबी कामतले तरकारी काट्ने चक्कुले छिमेकी ३८ वर्षीय ब्रह्मानन्द भुस्कुलिया यादवका लिङ्ग काटिदिएका हुन्। लिङ्ग काटिएपछि रक्ताम्य हात लिएर कामत इलाका प्रहरी कार्यालय भारदह पुगेको त्यहाँ मुद्दा नचल्ने भएपछि अनुसन्धानका लागि भारदह प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर पुर्‍याएको थियो। लिङ्ग काटिएर गम्भीर घाइते भएका यादव भने बेपत्ता छन्। घरमा छोराछोरीसँग सुतिरहेको बेला गएराति साढे १ बजे एक्कासी कोठाभित्र प्रवेश गरी मुख थुनेर बलात्कार गर्न खोज्दा आत्मरक्षाका लागि तरकारी काट्ने चक्कुले लिङ्ग काटेपछि चिच्याउँदै यादव भागेको महिलाले प्रहरीसमक्ष बताएको प्रहरी सहायक निरीक्षक पशुपति ढुङ्गानाले बताए। महिलाका श्रीमान् शुभनारायण कामत एक महिनादेखि रोजगारीका लागि भारतको पञ्जाबमा छन्।

मनास्लुको हिमपहिरोमा परी कम्तीमा ११ आरोहीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन ८ - मनास्लुमा गएको हिमपहिरोमा परी कम्तीमा ११ आरोहीको आइतबार बिहान मृत्यु भएको छ । हिमपहिरोले बगाउँदा केही हराइरहेका छन् भने १८ घाइते छन् । आरोहणका लागि निकै कठिन मानिने ८ हजार १ सय ५६ मिटर अग्लो हिमालको चुचुरो पुग्न अन्तिम तयारी गरिरहेका बेला बिहान ५ बजे उनीहरू हिमपहिरोमा परेका हुन् । घटनामा अधिकांश युरोपेली र केही नेपाली परेका छन् । घाइते १४ जनाको आधार शिविरमा उपचार भइरहेको छ भने काठमाडौं ल्याइएका सिकिस्त पाँच जनामध्ये एकको उपचार क्रममा मृत्यु भएको छ । 'एक जर्मन आरोहीको नर्भिक अस्पतालमा उपचार गर्दागर्दै साँझ निधन भएको छ,' नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कान्तिपुरसँग भने, 'साँझसम्म आधार शिविरमा सम्पर्क गर्दा ८ जनाको शव भेटिएको जानकारी आएको छ ।' मृत्यु हुने अन्य दुईको शव दिउँसै काठमाडांै ल्याइएको थियो । मृत्यु भएकाहरूमध्ये नेपाली दावा दोर्जी शेर्पा, जर्मन नागरिक क्रिस्टियन मितरमेयर र स्पेनका माटीरोइग ग्यासलको शवको मात्र पहिचान हुन सकेको पर्यटन मन्त्रालयले जनाएको छ ।

फ्रान्सेली पत्रकारले लेखे गद्धाफीका यौन दाशीको कथा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिवियाली तानाशाह मुअम्बर गद्दाफीको स्कुले जीवनमा बनाएका यौन दाशीका कथा फ्रान्सेली एक पत्रकारले सार्वजनिक गरेका छन् । गद्दाफीले स्कुल ताका एक १५ वर्षीय किशोरीलाई उनले कसरी ललाई फकाई यौन दाशी बनाए भन्ने कुरालाई पत्रकार अनिक कोजिनले खुलासा गरेका हुन । पत्रकार कोजिनले गद्दाफीले १५ वर्षीय युवतीलाई अपहरण गरि निवस्त्र बनाएर शयन कक्षमा लगेर यौन दाशी बनाएको खुलासा गरेका हुन । पत्रकारले लेखेको पुस्तकमा गद्दाफीले यौन दासी बनाएकी युवती किशोरी सोरायासँग गद्दाफीले गरेको संवादलाई समेत समेटेका छन् । उनले गद्दाफीले किशोरीहरुको मुखबाट यौन संवाद गराएर उनीहरुको शोषण गरेको समेत उल्लेख गरेका छन् । गद्दाफीले यौन दाशी बनाएका युवतीलाई अश्लिल भिडियो हेर्न दिएको कुरालाई समेत उल्लेख गरिएको छ ।

पोखराको जाममा ज्ञानेन्द्र र प्रचण्डको जम्काभेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
धार्मिक भ्रमणका लागि पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र र आरामका लागि पोखरा पुगेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच पोखराको जाममा जम्काभेट भएको छ । भाइरल ज्वरोले चिकित्सको सल्लाहा अनुसार आरामका लागि पोखरा पुगेका प्रचण्ड स्तुपा नजिक पीस ड्रागन होटलमा जाँदै गर्दा स्याङ्जाबाट फर्कदै गरेका ज्ञानेन्द्रसँग जम्काभेट भएको हो । प्रचण्ड र ज्ञानेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीले जाम हटाउँने कोशिस गर्दा एकातर्फकाले पूर्व राजा ज्ञानेन्द्र रहेको र अर्कातर्फकाले प्रचण्ड रहेको बताएपछि केही बेर दुवै पक्षका सुरक्षाकर्मी रोकिएका थिए । पूर्व राजा र माओवादीका अध्यक्ष दाहालका बीचको जम्काभेटले उक्त ठाउँमा रहेका सुरक्षाकर्मीलाई पाँच मिनेटसम्म अलमल बनाएको थियो । एकीकृत माओवादी महाधिवेशन आयोजक समितिका सदस्य प्रकाश पोखरेलले बताएअनुसार ‘ज्ञानेन्द्र स्याङ्जाबाट पोखरा जाँदै थिए । पोखराबाट हामी स्तुपा छेउको लजमा जाने बेला अध्यक्ष कमरेड प्रचण्ड र ज्ञानेन्द्र शाहको बाटोमा जम्काभेट भयो ।’ पूर्व राजा ज्ञानेन्द्र एक हप्ताअघिदेखि पश्चिम भ्रमणमा छन् भने दाहाल आइतबार दुई दिन आराम गर्ने भन्दै पोखरा पुगेका हुन् । ज्ञानेन्द्र पोखराको फिस्टेल लजमा बस्दै आएका छन् । दाहाल भने परिवारका सदस्यसहित दुई दिने आरामका लागि पोखरा पुगेका हुन् ।

Sep 23, 2012

पूर्व राजालाइ रोक्न ६ घण्टे स्याङ्जा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
स्याङ्जा, असोज ७ - पूर्वराजा ज्ञानेन्द्र शहाको स्याङ्जा भ्रमण विरोधमा आइतबार ६ घण्टे जिल्ला बन्द घोषणा गरिएको छ। एकीकृत नेकपा माओवादीका ६ वटा जनवर्गीय संगठनले विहान ६ बजेदेखि १२ बजेसम्म जिल्ला बन्दको घोषणा गरेका हुन्। पूर्वराजाले धार्मिक भ्रमणका नाममा जनतालाई भड्काउन खोजेको भन्दै विज्ञप्ति मार्फत बन्द घोषणा गरिएको हो। पूर्वराजा ज्ञानेन्द्र भने बन्द छलेरै भएपनि स्याङ्जा आउने भएका छन्। पोखराबाट दिउसो १२ बजे हिडेर उनी १ बजे स्याङ्जा आइपुग्ने भ्रमण आयोजक समिति संयोजक जमुना शेरचनले बताइन्। 'दुईचार जनाले रोक्दैमा भ्रमण रोकिँदैन,' उनले भनिन्,' पूर्वराजाले नागरिकको हैसियतमा आफ्नै देश घुम्न नपाउने काहाँ लेख्या छ?' उनले भ्रमणका क्रममा अवरोध भए प्रतिवाद गर्ने बताइन्। 'हामी मुकाविला गर्न तयार छौं, तर भ्रमण रोकिदैन,' उनले भनिन्। ज्ञानेन्द्रले पुतलीबजार नगरपालिका ६ गुणिखोला स्थित धनेश्वर मन्दिरमा पुजा गर्ने र बालमन्दिर परिसरमा समर्थकहरुसंग भेटघाट गर्ने कार्यक्रम छ। विहान देखिको बन्दका कारण पुतलीबजार र वालिङ बजारमा सामान्य प्रभाव परेको छ। बजार खुलेका भए पनि यातायातका साधन भने कम मात्रामा गुडेका छन्।

एमालेका असन्तुष्ट जनजाति र मधेसी नेताहरुले १८ गते त्यागको घोषणा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ असोज,नेकपा एमालेका उपाध्यक्ष अशोक राईसहितका असन्तुष्ट जनजाति र मधेसी नेताहरुले १८ गते एमाले त्यागको घोषणा गर्ने भएका छन् । नयाँ पार्टी गठनको अन्तिम तयारीमा जुटेका असन्तुष्ट नेताहरुले एमाले परित्यागको घोषणाका लागि अग्रगामी विचार समूहको राष्ट्रिय भेला बोलाएका छन् । ‘एमालेसँगको सम्वन्ध विच्छेदका लागि असोज १८ गते अग्रगामी विचार समूहको राष्ट्रिय भेला बोलाएका छौं’ एक नेताले अनलाइनखबरसँग भने-’हामी एमाले परित्यागको प्रस्ताव गर्दै छौं । भेलाबाटै एमाले परित्यागको घोषणा गछौं ।’ श्रोतका अनुसार केन्द्रीय स्तरका नेताहरुमा उपाध्यक्ष राईसहित रामचन्द्र झा, विजय सुब्बा, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, अजम्बर काङबाङ राई, वीरबहादुर लामा लगायतले एमाले परित्याग गर्ने तयारीमा गरेका छन् । केन्द्रीयसँगै जिल्ला स्तरसम्मकै नेता कार्यकर्ताको ठूलो पङ्ती एमालेबाट अलग हुने तयारीमा रहेको एक नेताले बताए । भेलामा अग्रगामी विचार समूहलाई समर्थन गर्ने हरेक अञ्चल र जिल्ला कमिटीमा ४ देखि ५ जना नेताहरुलाई बोलाइएको छ । पुथ्वीसुब्बा, किरण र दलबहादुर नजाने ? नयाँ पार्टी गठन अभियानमा राईभन्दा निकै अगाडी देखिएका पोलिटव्युरो सदस्य पुथ्वीसुब्बा गुरुङ भने एमालेमै बस्ने निश्चित भएको छ । १८ गते एमाले परित्याग गर्नेहरुको सूचीमा उनी नरहेको एक नेताले बताए । उनी पार्टीमै रहेर अन्तरसंघर्ष गर्ने पक्षमा छन् । यस्तै किरण गुरुङ र दलबहादुर राना पनि केही समय तटस्थ बस्ने योजनामा छन् । ‘एमालेमा पनि नबस्ने र नयाँ पार्टीमा पनि नआउने उहाँहरुको तयारी छ’ एक नेताले अनलाइनखबरसँग भने ।

श्रीमानले श्रीमतीलाई बाँदर देखेर गोली हाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुमको रुकुमकोट गाविस - १ रानीकोट भन्ने ठाउँमा एक व्यक्तिले बन्दुक पड्काउँदा आफ्नै श्रीमतीको मृत्यु भएको छ । उक्त व्यक्तिले बाँदर भनेर पड्काउँदा श्रीमती परेको बताएका छन् । इलाका प्रहरी कार्यालय रुकुमकोटका अनुसार स्थानीय वेदप्रकाश पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्तीको मृत्यु भएको जनाएको छ । बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई गोली हानेका हुन् । वेदप्रकाशले हानेको गोली वसन्तीको घाँटीमा लागेको थियो । वेदप्रकाश वन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । शनिबार यो घटना घटेको भएपनि दुर्गम ठाउँ भएका कारण सञ्चारको अभावमा निकै ढिला मात्र प्रहरी घटनास्थलमा पुगेको थियो ।

हिमपहिरोमा परी कम्तिमा ९ को मृत्यु, ४ जना अझै बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पोखरा, असोज ७- मनास्लु हिमाल आरोहण गर्न गएको पर्यटक टोलीमध्येका कम्तीमा ९ जनाको हिमपहिरोमा परी मृत्यु भएको छ। हिमपहिरोले अन्य चार जना अझै बेपत्ता छन्। आज बिहान करिब ९ बजे गोरखाको उत्तरी सामागाउँस्थित मनास्लु हिमालको दोस्रो र तेस्रो नम्बर आधार शिविरमा गएको हो। हिमपहिरोमा परेका १२ जनाको उवितै उद्वार गरिएको छ। उनीहरु घाइते अवस्थामा रहेको गोरखाका डिएसी बसन्तबहादुर कुँबरले जानकारी दिए। उनीहरुको उद्वारका लागि राजधानीबाट तीनवटा हेलिकप्टर परिचालन भएका छन्। डLएसपी कुँवरका अनुसार उद्वार गरिएका घाइतेमध्ये ५ जनालाई राजधानी लगिएको छ। तीमध्ये दुई दुई जर्मन र दुई नेपाली नागरिक तथा अर्का एक छन्। अन्य बेपत्ताको उद्वार कार्य जारी छ। करिब ७ हजार मिटर उचाईमा उक्त घटना भएकाले पैदलमार्गबाट उद्वार कार्य सम्भव नहुने भएकाले हेलिकप्टर परिचालन भएका हुन्। घटनास्थल गोरखा सदरमुकामबाट करिब ५५ कोष टाढा पर्छ। करिब ८ हजार मिटर उचाईको उक्त हिमाल आरोहणका लागि गएको करिब २५ जनाको पर्यटक टोलीमा अधिकाँश जर्मनी नागरिक र नेपाली गाडइ थिए। प्रारम्भिक जानकारीअनुसार मृतकमध्ये एक नेपाली र एक जर्मन नागरिक भएको खुलेको छ। गोरखा सबैभन्दा उत्तरी प्रहरी चौकी सामागाउँबाट उक्त ठाउँ पुग्न करिब दुई दिन लाग्छ। उच्चहिमाली क्षेत्र भएकाले प्रहरी टोली उद्वारमा जान नसक्ने प्रहरीले जनाएको छ। 'काठमाडौबाट सिमि्रकका दुई र फिस्टेलको एक गरी तीनवटा हेलिकप्टरले उद्वार कार्य गरिरहेका छन्' कुँबरले नागरिकसँग भने,'उच्चहिमाली क्षेत्र र चिसो ठाउँ भएकाले जोकोही जान सक्ने अवस्था छैन।'

चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै रौतहटको गौरमा रहेको जिल्ला अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन् । तोडफोडको कारण अस्पतालको आकस्मिक कक्षमा क्षति पुगेको छ । सर्पको डसाईबाट घाइते भएका रौतहटको झुनखुनुवा गाविस-५ का १६ वर्षीय रामेश्वर महतोको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा आज बिहान मृत्यु भएको हो । अहेब सञ्जिव मण्डलको लापारवाहीका कारण महतोको मृत्यु भएको महतोका आफन्तहरुले आरोप लगाएका छन् । घरमै सुतिरहेका बेला आज बिहान २ बजे सर्पले महतोलाई डसेको थियो । सर्पले डसेलगत्तै उपचारका लागि गौर अस्पतालमा लगिएका महतोको बिहान मृत्यु भएको थियो । सर्पले डसेका बिरामीलाई एन्टि स्नेक भेनम लगाउनु पर्ने भएपनि अहेब मण्डलले उक्त औषधीको प्रयोग नगरेका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ । स्थानीय प्रशासन र परिवारबीच अहिले वार्ता भइरहेपनि अस्पताल भने वार्तामा आउन मानेको छैन । क्षतिपूर्ति नपाएसम्म अस्पतालबाट शव नउठाउने अडान आफन्तले लिएका छन् ।

Sep 22, 2012

सोमालियामा आत्मघाती आक्रमण हुँदा १४ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती आक्रमण हुँदा १४ जनाको मृत्यु भएको छ। अलकायदासँग सम्बन्ढित सबाबका समर्थकले आक्रमाण गरेको जानकारीमा आएको छ। आक्रमणमा अन्य २० जना घाइते भएका छन्। सुरक्षा अधिकारी मोहम्मद दाहिर अब्दुल्लेले भने, 'एकजना आत्माघातीले रेस्टुराँमा विस्फोट गर्दा १४ जनाको मृत्यु भएको छ। प्रत्यक्ष दर्शीका अनुसार राष्ट्रिया सरकारी टेलिभिजनका प्रत्रकारको पनि मृत्यु भएको छ।

बाख्रापालक महिलालाई अमेरिकी डलर पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रत्ननगर (चितवन), आश्विन ६ - दुःख गरे के हुँदैन र भन्ने भनाइलाई यहाँकी ग्रामीण क्षेत्रकी एक महिलाले चरितार्थ गरेकी छिन् । कक्षा ५ पनि नपढेकी ती महिलाले उत्कृष्ट पुरस्कार प्राप्त गरेपछि यो भनाइ चरितार्थ भएको हो । चितवनको विकट शक्तिखोर गाविस–८ देवीटारकी बाख्रापालक महिलालाई ७० हजारको पुरस्कार पाउँदा आफू छाँगाबाट खसेजस्तो लाग्यो । “मलाई छाँगाबाट खसेजस्तो भयो, विश्वासै लागेन”, उनले भनिन् । गाउँकी महिला भए पनि समाज परिवर्तन र आयआर्जनका कार्यक्रममा सक्रिय भएकाले त्यसको मूल्याङ्कन गर्दै स्थानीय महिला छमीकुमारी मगरलाई रु. ७० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । बाह्रौँ हेफर दिवसको अवसरमा चितवनको शक्तिखोरमा भएको पुरस्कार वितरण समारोहमा यस वर्ष स्वर्णिम प्रतिभा पुरस्कार (करिब एक हजारको अमेरिकी डलर) बाट मगरलाई सम्मान गरिएको हेफरका क्षेत्रीय कार्यक्रम प्रबन्धक डा. पीताम्बर कुसवाहले जानकारी दिनुभयो । आफ्नो परिचय दिन समेत लाज मान्ने स्थानीय महिलालाई अग्रसर गराएर समाज परिवर्तनका साथै महिलाहरूलाई स्वरोजगारमा सक्रिय बनाएको कदर स्वरूप उनलाई पुरस्कार प्रदान गरिएको हो । सो रकममध्ये ४० प्रतिशत रकम व्यक्तिगत र ६० प्रतिशत रकम ऊ आबद्ध संस्थाको हितमा लगाउनुपर्ने प्रावधान रहेको छ । देवीटार परिवार समूहकी अध्यक्षसमेत रहेकी छमीकुमारी गाउँकी अगुवा महिलामा गनिएकी छन् । अहिले गाउँमा रहेका १३३ घरधुरीका महिला बाख्रापालनमा लागेर आत्मनिर्भर बन्नुमा मुख्य देन छमीकुरामीकै रहेको स्थानीय सोम मगरले जानकारी दिए ।

कांग्रेसको नेतृत्वमा सरकार बने माओवादी चुनावमा नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ असोज,एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकार गठन गरेर चुनावमा जान नसकिने बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्न नसकिने बताउनु भयो । राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेसको हुँदा शक्ति सन्तुलन विग्रने भन्दै उहाँले भन्नुभयो-’राष्ट्रपति पनि कांग्रेसकै प्रधानमन्त्री पनि कांग्रेसकै । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद एउटै दलमा जाँदा शक्ति सन्तुलन कसरी हुन्छ ?’ प्रवक्ता सापकोटाले घुराउरो शैलीमा कांग्रेस नेतृत्वको सरकार गठन भए निर्वाचनमा नजान सक्ने संकेत गर्नुभयो । प्रमुख तीन दल र मधेसी मोर्चाबीच हालै मात्र संविधानसभाको अर्को निर्वाचन गर्ने सहमति भइसकेको छ । तर, कांग्रेस र एमालेले चुनावका लागि कांग्रेसको नेतृत्वमा सरकार गठन हुनु पर्ने बताउँदै आएका छन् । माओवादी प्रवक्ता सापकोटाले शिविरमै नभएको लडाकू देखाएर माओवादीले ४ अर्ब भ्रष्टाचार भएको भन्दै युवा संघले अख्तियारमा दिएको उुजरी माओवादीलाई बदनाम गराउने प्रयास मात्र भएको बताउनु भयो । उहाँले भ्रष्टाचार भएको भए प्रमाण देखाउन चुनौती समेत दिनुभयो । दलहरुबीच सजिलै सहमति हुन संकेत नदेखिएको भन्दै उहाँले त्यसका लागि जनताले धक्का दिनु पर्ने बताउनु भयो । माओवादी प्रवक्ता सापकोटाले लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले गर्ने लागको प्रदर्शन सहमतिका लागि दबाव दिन भएको समेत बताउनु भयो ।

मिस लिम्बुको उपाधी ताप्लेजुङकी निलिमा मादने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रथम स्पार्क मिस लिम्बुको उपाधी ताप्लेजुङकी निलिमा मादनेले चुमेकी छन् । शुक्रबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा आफ्ना २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै निलिमा ‘मिस लिम्बु–२०१२’ बन्न सफल भएकी हुन् । निलिमाले उपाधीसहित नगद पचास हजार र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । त्यस्तै प्रतियोगितामा डा. एलिसा लोरुङदेन फस्ट रनरअप र एलिना थलङ सकेण्ड रनरअफ भएका छन् । उनीहरुले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ नगदसहित गिप्टह्याम्पर पाए । साथै प्रतियोगितामा विभिन्न टाइटल उपाधि पनि प्रदान गरिएको थियो । याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित प्रतियोगिताको मुख्य प्रायोजन स्पार्क हाइड्रो पावरले गरेको थियो । अभिनेता राजेश हमाल, मिस नेपाल २०१२ की फस्ट रनरअप सहाना बज्राचार्य, कोरियोग्राफर जयन सुब्बा मानन्धर, युवा संघ नेपालका उपाध्यक्ष बाबुराम थापा र पूर्व पर्यटन मन्त्री याङकिला शेर्पा निणांयक मण्डल रहेको ‘मिस लिम्बु–२०१२’ मा तेह्रथुम, पाचथर, धनकुटा, ताप्लेजुङ, संदवासभा, सुनसरी र काठमाडौंका लिम्बु सामेदायका २८ युवतिले प्रतिपस्र्धा गरेका थिए । कार्यक्रमको कोरियोग्राफी मोडल कला सुब्बाले गरेकी थिइन् ।

Sep 21, 2012

माइक्रोसफ्ट कम्पनीले गुगलमाथि जित हात पारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्याटेन्ट अधिकारको एक मुद्दामा माइक्रोसफ्ट कम्पनीले गुगलमाथि जित हात पारेको छ । जर्मनीको एक अदालतले गुगलका मोटोरोला ट्याब्लेट तथा फोनमा प्रयोग गरिएका केही प्रविधिहरु माइक्रोसफ्टबाट नक्कल गरिएको ठहर गरेको हो । प्रयोगकर्ताका जानकारीहरु सुरक्षित राख्ने त्यस्ता प्रकारका एप्सहरुको प्याटेन्ट अधिकार माइक्रोसफ्टसँग रहेकोमा गुगलले आफ्ना मोटोरोला सेटमा विना अनुमति संचालन गर्दै आएको थियो । तर सामसुङ तथा एचटिसी लगायतले भने माइक्रोसफ्टसँग अनुमति लिएर त्यस्ता एप्स प्रयोग गरिरहेका छन् । जर्मन अदालतले एन्ड्रोइड अपरेटिङ सिस्टममा महत्वपूर्ण परिवर्तन गरी यस्ता विवादित एप्स नहटाएसम्म गुगलका प्रडक्टहरु जर्मनीमा बेचविखन नगर्न समेत आदेश दिएको छ । माइक्रोसफ्टले जर्मनीमा प्राप्त गरेको यो जित गुगलसँगको कानुनी लडाइमा पछिल्लो ३ महिनामा प्राप्त गरेको तेश्रो जित हो ।

एमालेले कांग्रेसको नेतृत्वमा चुवानी सरकार गठन गर्ने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ असोज,नेकपा एमालेले कांग्रेसको नेतृत्वमा चुवानी सरकार गठन गर्ने प्रस्ताव गरेको छ । प्रमुख तीन दल र मधेसी मोर्चाको शुक्रबार बसेको बैठकमा एमालेले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव राखेको हो । बैठकमा राष्ट्रिय सहमतिको सरकार, संविधानसभाको निर्वाचनका लागि संवैधानिक तथा कानुनी अड्चन हटाउने लगायतका विषयमा प्याकेजमा सहमति खोज्ने सैद्धान्तिक सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो-राष्ट्रिय सहमतिको सरकार, संवैधानिक निकास लगायतमा प्याजेकमा सहमति गर्ने कुरा भएको छ । थप गृहकार्य गरेर अन्तिम रुपमा दिन्छौं ।’

डोल्पामा तारा एयरको विमान दुर्घट्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपालगन्ज, आश्विन ५ - डोल्पाको जुफाल विमानस्थलबाट नेपालगंजका लागि उड्न लागेको तारा एयरको विमान शुक्रबार बिहान दुर्घट्ना भएको छ । दुर्घट्नामा विमानलाई क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन । चालक दल सहित विमानमा रहेका ७ जना सबै सकुशल छन् । बिहान ९ बजेर २८ मिनेटमा उड्न लागेको उक्त ट्वीनअटर (9N ABQ) विमान रन वे भन्दा ५० मिटर बाहिर गएर विमानस्थलको तारवारमा ठोक्किएको थियो । विमानको बायाँ तर्फको पखेटा, इन्जन र चक्कामा क्षति पुगेको छ । ल्यान्डिङ गियर भाँचिएको छ । विमानमा चालक दलका ३ सदस्य, तारा एयरकै २ जना इन्जिनियर तथा २ जना यात्रु थिए । विमानका पाइलट सुनिल जोशी, को-पाइलट वसन्त लामाले थिए । विमान एयर होस्टेज एलिसा बज्राचार्य, इन्जिनियर के शर्मा, आर शाही तथा यात्रु एच के रोकाया र सी बुढा थिए । सिनियर पाइलटले जुनियर पाइलटलाई कमान्ड दिएको बेला उक्त दुर्घट्ना भएको हो ।एक्त विमान नेपाल एयरलाइन्सबाट लिजमा लिएर ताराले उडाउँदै आएको हो । यसैबीच, तारा एयरकै जोमसोमबाट आएको विमान पोखरा विमानस्थलमा अवतरण लाग्दा विमानको टायर पंम्चर भएको छ । तर चालक दलले विमानलाई नियन्त्रणभन्दा बाहिर जानबाट रोकेका छन् ।

अमेरिकाद्वारा आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकाले आफ्ना नागरिकलाई पाकिस्तानको भ्रमण नगर्न आग्रह गरेको छ । पाकिस्तानमा अमेरिका विरोधी गतिविधि बढेपछि अमेरिकाले यस्तो आग्रह गरेको हो । अमेरिकाले ट्राभल एड्भाइजर संशोधन गर्दै अत्यावश्यक अवस्थामा बाहेक पाकिस्तानको भ्रमणका लागि नजान नागरिकलाई आग्रह गरेको हो । एड्भाइजर संशोधन गर्दै अमेरिकी स्टेट डिपार्टमेन्टले यस्तो आग्रह गरेको हो । विभिन्न विषयलाई उठाउँदै पाकिस्तानमा अमेरिका विरोधी गतिविधिले तिब्रता लिएपछि अमेरिकाले आग्रह सार्वजनिक गरेको हो । नेटोले अफगानिस्तान जानका लागि खोल्ने भनिएको रुटका कारण पाकिस्तान अमेरिकासँग रुष्ट भएको छ भने अर्कातिर अमेरिकी फिल्मले इश्लाम र्धालम्बीलाई अवमूल्यन गरेको विषयलाई समेत पाकिस्तानले गम्भिरताका साथ लिएको छ । यी र यस्तै कारण अमेरिकाले आफ्ना नागरिकलाई पाकिस्तानको भ्रमण नगर्न आग्रह गरेको हो ।

पूर्वराजाको भ्रमण रद्द भएपछि म्याग्दी बन्द खुल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्वराजा ज्ञानेन्द्र शाहले आज गर्ने भनिएको भ्रमण रद्द गरेपछि भ्रमणको विरोधमा गरिएको म्याग्दी बन्द पनि खुलेको छ । पूर्व राजाको भ्रमणको विरोधमा विभिन्न राजनीतिक दलले बन्द आव्हान गरेपछि पूर्व राजा ज्ञानेन्द्रले भ्रमण स्थगित गरेका थिए । पूर्वराजाले राजाकै हैसियतमा जस्तो भ्रमण गर्न लागेको भन्दै सत्तारुढ दल एमाओवादीसहित विपक्षी नेपाली कांग्रेस, नेकपा एमालले लगायतका जिल्लास्थित कार्यकर्ताहरुले गरेको बन्द भ्रमण रद्दपछि फिर्ता लिएका हुन् । शाह म्याग्दीमा रहेको भर्तिकलबम मन्दिरमा दर्शनका लागि जान लागेका थिए । बन्द खुलेपछि म्याग्दीको जनजीवन सामान्य बन्दै गएको छ । सवारी-साधान, व्यवसाय, पसल खुल्न खुलेको जनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणका सिलसिलामा पोखरामा छन् । उनी बिहीबार त्यसतर्फ लागेका हुन् । शाहको भ्रमणको अन्य कार्यक्रम भने यथावत रहेको भ्रमण स्वागत समितिले जनाएको छ ।

Sep 20, 2012

विलियम र केटको नाङ्गो फोटो स्विडेनको पत्रिकामा छापियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पेरिस, असोज ४ (एजेन्सी) - फ्रान्सको अदालतले बेलायती शाही दम्पती विलियम र केटको नाङ्गो तस्बिर प्रकाशन गरेवापत सजाय सुनाएलगत्तै तिनै फोटोहरु स्विडिस सेलिब्रिटी गसिप म्यागेजिनले छापेको छ। नाङ्गो फोटो छाप्न डेनिस पत्रिका पनि तयार भएको छ। फ्रान्सेली अदालतको फैसलाले प्रकाशन पूर्व मिडियाको हक खोसिएको भन्दै लहरकैरुपमा नाङ्गो तस्बिर छाप्ने होड सुरु भएको हो। उत्तरी फ्रान्सको एउटा स्विमिङ पुलमा सन वाथ गरिरहेका बेलायती जोडीको तस्बिर पापाराजीले खिचेका थिए। म्यागेजिनले ११ वटा तस्बिरहरु छापेको छ। छापिएका चार फोटोमा युवराज्ञी केटको शरीरको माथिल्लो भाग पूरै नाङ्गो छ। 'छापिएका फोटोले लभिङ रिलेसनसीपको राम्रो उदाहरण दिन्छ। यो लोभलाग्दो छ,' पत्रिकाका सम्पादक केरिना लोफभिस्टले भनिन्। पहिले अन्य सेलिब्रिटीको यस्ता तस्बिर छापिसकेको बताउँदै उनले फोटो छाप्नुलाई समान्य रहेको बताइन्। वकिङ्हम दरवारले भने गोपनियताको हकलाई अघि सार्दै यस्ता तस्बिर नछाप्न आग्रह गर्दै आएको छ। लोफभिस्टले महत्वपूर्ण पदमा रहेका व्यक्तिले आफ्नो फोटो खिचन सक्नेमा होसियार रहनुपर्ने बताइन्।

अष्ट्रेलियामा समलिंगी विवाहको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सिड्नी - अस्ट्रेलियाको संसदले बुधबार समलिंगी विवाहको विरोधमा मतदान गरी कानुनी मान्यता दिन अस्वीकार गरेको छ । समलिंगी बिबाहलाई कानुनी अनुमति दिनेसम्बन्धी विधेयकको विरोधमा प्रतिनिधिसभामा ९८ मत आयो भने यसको समर्थनमा ४२ मत मात्र हासिल हुन सक्यो । प्रधानमन्त्री जुलिया गिलार्ड र विपक्षका नेता टोनी अबोटले पनि यसको विरोधमा मतदान गरेका थिए । गिलार्डले सांसदहरुलाई आफ्नो विवेकको आधारमा मतखान गर्न अनुमति दिएकी थिइनु । उनको पार्टीका सांसदहरुले पार्टीविरुद्ध मतदान गरेका देखिए । यसको पक्षमा मतदान गर्नेमा लेबर पार्टीका सांसद एन्थोनी अल्बानिजले समलिंगी बिवाहको कानुन खारेज गरिएको भएपनि यसको समर्थनमा परेको मतदानको संख्याले पनि आफूहरुलाई प्रोत्साहन दिएको बताए ।

अक्टोबर १ देखि रुसबाट अमेरीकी सहयोग नियोग बन्द हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुसमा रहेको अमेरीकी सहयोग नियोग युएस एड अक्टोबर १ तारिखबाट बन्द हुने भएको छ । रुस सरकारको आग्रहपछि अमेरीकाले आफ्नो मिशन युएस एडको कार्यालय बन्द गर्न लागेको हो । उक्त कार्यालय बन्द हुने भएसँगै अब दुई दशकदेखि रुसका विभिन्न शहरमा संचालित दर्जनौं अमेरीकी परियोजना रोकिने भएका छन् । रुस सरकारले यही अक्टोबर १ तारिखसम्म युएस एडअन्तर्गत आफ्नो देशमा संचालित सबै कार्यक्रम बन्द गर्न आदेश दिएपछि अमेरिकाले बन्द गर्न लागेको हो । रुसले अमेरीकालगायतका केही मुलुकले विकाश र मानवीय कार्यक्रमको नाममा आफ्नो देशमा सरकार विराधी प्रदर्शन उक्साएको भन्दै आपत्ति जनाउँदै आएको थियो । पछिल्लो समय राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध प्रदर्शन बढ्नुमा अमेरीकी सहयोग नियोगहरुको हात रहेको रुसको ठम्याई छ ।

पूर्व राजाको भ्रमण रोक्न सात राजनीतिक दलद्वारा म्याग्दी बन्द घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्व राजा ज्ञानेन्द्र शाहको पश्चिमाञ्चल भ्रमणलाई रोक्न सात राजनीतिक दलले शुक्रबारका लागि म्याग्दी बन्द घोषणा गरेका छन् । म्यादीका नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, नेकपा–माओवादी, नेकपा एकीकृत सँगै सात प्रमुख राजनीतिक दलले पूर्व राजाको भ्रमणलाई रोक्न शुक्रबारको लागि जिल्ला बन्दको घोषणा गरेका हुन् । प्रमुख राजनीतिक दलले पूर्व राजाको भ्रमण आयोजकले ‘श्री ५ बडामहाराजधिराज सरकार’ भन्दै भ्रमण सञ्चालन गरेको भन्दै आपत्ति जनाएका हुन । त्यसको विरोधमा राजनीतिक दलले बिहिबार विरोध प्रदर्शन गर्नुका साथै साँझ म्याग्दीमा मशाल जुलुश निकाल्ने कार्यक्रम राखेका छन् । राजनीतिक दललले राजाको अनावश्यक प्रचार गरेको प्रति आपत्ति जनाउँदै भोलीको लागि जिल्लाबन्दको घोषणा गरेका हुन । म्याग्दी नेपाली कांग्रेस कार्यालयमा सात राजनीतिक दलका नेताका बिचमा भएको छलफललले राजाको भ्रमणका विरोध कार्यक्रम सार्वजनिक गरेको हो । लामो समयदेखि राजाको पक्षमा वकालत गर्दै आएका राप्रपाका एक नेताले भने राजाको धार्मिक भ्रमणको विरोधमा राजनीतिक दल उठ्नुको कुने अर्थ नभएको बताएका छन् ।

Sep 19, 2012

बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज ३ - प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले चैत मसान्तभित्र संविधानसभाको निर्वाचन गर्ने गरी प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले चैतमा निर्वाचन गर्ने हो भने प्रधानमन्त्री भट्टराईकै नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सरकार परिवर्तनतिर लागेर निर्वाचन हुन नसक्ने बताए। उनले संविधानका विवादित विषयमा सहमति जुट्ने सम्भावना न्यून रहेकोले अब निर्वाचन नै एकमात्र विकल्प भएको स्पष्ट पारे। नेपाली कङग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले काँग्रेसमा नेतृत्वका लागि कुनै विकल्प नभएको भन्दै अवसर आए आधा घण्टामै उम्मेदवार सहमतिमै प्रस्तुत गर्ने बताए। एमाओवादीमा इमान्दारिताको अभावका कारण मुलुकमा सङ्कट उत्पन्न भएको दाबी गर्दै उनले अब निकासका लागि ताजा जनादेशको लागि निर्वाचनमा जानुपर्ने र त्यसका लागि गत जेठ २ गतेको सहमतिलाई आधार मानेर विवादित विषयमा सहमति खोज्नुपर्नेमा जोड दिए। ''राजनीतिक दलहरूबीच सहमति कायम भएमा केही समयका लागि संविधानसभा पुनःस्थापना गर्न सकिन्छ,'' प्रवक्ता बडूले भने, ''काँग्रेस सङ्कटको निकास संविधान निर्माण भएकोमा स्पष्ट छ र त्यसका लागि ताजा जनादेशमात्रै उपयुक्त विकल्प हो।'' नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले एक वर्षसम्म संविधान निर्माणको काम गर्ने र बाँकी चार वर्ष संसदको काम गर्ने गरी संविधानसभा संसदको निर्वाचनमा जानु नै उपयुक्त निकास भएकाले त्यसका लागि प्रधानमन्त्रीको बहिर्गमन पहिलो सर्त हुने बताइन्। संविधानका विवादित विषयमा सहमति बन्छ भन्नु नेपाली जनतालाई धोका दिनुबाहेक केही नभएको भन्दै उनले मुलुकलाई सङ्कटबाट मुक्त गर्न संविधानबाहेकका विवादित विषयमा सहमति गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

१० दलले पूर्वराजा ज्ञानेन्द्रको भ्रमण अवरोध गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
३ असोज,पर्वतका मुख्य राजनीतिक दलहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण बहिस्कार गर्ने र त्यसबिरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेकपा एमाले पर्वतको कार्यालयमा बुधबार बसेको १० दलको बैठकले धार्मिक भ्रमणका नाममा पूर्वराजा ज्ञानेन्द्रले संक्रमणकालको फाइदा उठाएर गणतन्त्रमाथि धावा बोल्न खोजेको निष्कर्ष निकाल्दै भ्रमणबिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् । बैठकमा एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी, राप्रपा, माले लगायतका १० दल सहभागी थिए । पूर्व राजा ज्ञानेन्द्रले बिहीबारदेखि पश्चिमका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ । उहाँ शनिबार पर्वत आउने कार्यक्रम तय भएको छ । बैठकले भ्रमण कार्यक्रमा सहभागी नहुन र सक्रियता पूर्वक वहिस्कार गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । ज्ञानेन्द्रको भ्रमणविरुद्ध बिहीबार कोणसभा गर्ने निर्णय भएको नेकपा एमाले पर्वतका अध्यक्ष बिकास लम्सालले जानकारी दिनुभयो । बैठकले पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन प्रमुख जिल्ला अधिकारी र सरकारी कार्यालयलाई ध्यानाकर्षण गराएको छ । जिल्लाका क्रियाशिल सामाजिक संघसंस्था र धार्मिक संस्थालाई समेत भ्रमणको बिरोध गर्न बैठकले अपिल गरेको छ । पूर्वराजा ज्ञानेन्द्रले पर्वतको सदरमुकाम कुस्माबजारमा रहेको गुप्तेश्वर गुफा, गायत्री मन्दिर र निर्माणाधिन यान्त्रिक पुल अवलोकन र दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

अमेरिकी चलचित्रको विरोध गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
उत्तर अफ्रिकास्थित अन्तर्राष्ट्रय लडाकू समूह अल कायदाको भ्रातृ समूहले मंगलबार पैगम्बर मोहमदको अपमान हुने गरी बनाइएको अमेरिकी चलचित्रको विरोध गर्ने चेतावनी दिएका छन्। उक्त चलचित्र कारण मध्यपूर्वलगायत विश्वका थुप्रै भागमा विरोध प्रदर्शन चर्केको छ। हिजो इजिप्ट, ट्युनिसिया, पाकिस्तान, इन्डोनेसिया, थाइल्यान्डलगायत भारत अधिनस्थ कास्मिरमा सयौं मुस्लिमदलाई धोकेवाज, स्त्रीलम्पट र समलिङ्गीको रुपमा प्रस्तुत गरिएको छ।

चीनद्वारा जापानसँग आर्थिक सम्बन्ध टुट्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ - पूर्वी चीनमा रहेको डियायु टापुमाथि जापानी हस्तक्षेप हुने हो भने दुई देशबीचको आर्थिक सम्बन्ध टुट्ने चेतावनी चिनिया सरकारले दिएको छ । टापुकै कारण दुई देशबीचको व्यावसायिक सम्बन्ध विग्रियो भने त्यसको भागिदार जापान हुने जानकारी चिनिया वाणिज्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर दिएको छ । वाणिज्य मन्त्रालयका प्रवक्ता सीन डेनयोङका अनुसार जापानले पूरै जिम्मेवारी लिन परोस् भन्ने आफूहरुले नचाहेको बताए । जापान र चीनबीच वार्षिक रुपमा ३ सय ४० अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार हुँदै आएको छ । युरोपेली युनियन र अमेरिकापछि जापान चीनको तेस्रो व्यावसायिक साझेदार हो । जापानले डियायु टापु किन्ने कुराले चीनको भौगोलिक अखण्डतामाथि नै प्रहार गरेको कारण चिनियाले चित्त दुखाउनु स्वभाविक भएको डेनयोङले बताए । टापुका कारण चीनमा जापानी लगानीका उद्योगमाथि आक्रमण जारी छ ।

सामसुङले ग्यालेक्सी एस ४ फेब्रुअरीमा ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सउल, असोज १ (एजेन्सी) - कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस फोर स्मार्टफोन सन् २०१३ को फेब्रुअरीमा ल्याउने कम्पनीका एक कार्यकारी अधिकारीले बताएका छन्। द कोरिया टाइम्ससँग कुरा गर्दे उनले फेब्रुअरीमा बार्सिलोनामा हुने मोबाइल विश्व सम्मेलनमा सामसुङले यसको घोषणा गर्ने बताएका हुन्। बजारमा भने यो फोन मार्चमा आउने उनले बताए। उनले यो नयाँ मोडलले आइफोन फाइभलाई पराजित गर्ने दावी गरेका छन्। नयाँ फोनमा के कस्तो सुविधा हुने सार्वजनिक गरिएको छैन। तर चुहिएका जानकारीहरु अनुसार यसले एलटिई नेटवर्क सपोर्ट गर्ने, क्वाड कोर एक्सिनोस प्रोसेसर प्रयोग गर्ने, एन्ड्रोइड ४.१ जेलीबिन अपरेटिङ सिस्टम र ५ इञ्चको एचडी एमोलेड डिस्प्ले हुनेछ।

तपस्वी भनिने रामबहादुर बम्जन सिन्धुलीबाट पनि भागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेला बेलामा विवादमा आइरहने तपस्वी भनिएका रामबहादुर बम्जन सिन्धुलीबाट पनि भागेका छन् । बारा जिल्लाको हल खोरिया जंगलबाट भागेर केही समय अघि सिन्धुली पुगेका बम्जन सिन्धुलीबाट पनि रातारात भागेका हुन् । सिन्धुली पुगेर सार्वजनिक प्रवचन दिएका बम्जन स्थानीय सहयोगीलाई समेत थाहै नदिई त्यहाँबाट भागेको बताइएको छ । उनलाई उनैका अनुयायी भनिएका दर्शन लिम्बु र विदेशीहरुले सिन्धुलीबाट रातारात भगाएर सर्लाही पुर्‍याएका हुन् । अहिले उनी सर्लाहीको पत्थरकोटस्थित गुम्बामा बस्न थालेका छन् ।

सहमति नभए नयाँ निर्वाचनमा जान सत्तारुढ दल सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सत्तारुढ एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाले संघीयताका विषयमा सहमति नभए नयाँ निर्वाचनमा जाने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उनीहरुको बैठकमा १० वा १४ प्रदेशको संघीय स्वरुपलाई सहमतिका लागि चार दलको बैठकमा लैजाने तर सहमति नभए निर्वाचनमा जाने सहमति भएको हो । उनीहरुले राष्ट्रपतिबाट बाधा अडकाउ फुकाएर निर्वाचनमा जानुपर्ने समेत आफ्नो धारणा बनाएका छन् । बैठकपछि नेताहरुले १० वा १४ प्रदेश बाहेकमा सहमति हुन नसक्ने भन्दै सहमति नभए निर्वाचन जानुपर्ने बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरु प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अन्य दल पनि १० वा १४ प्रदेशमा सहमत भए संविधानसभा पुनःस्थापना गर्ने नभए बाधा अडकाउ फुकाएर निर्वाचनमा जाने प्रस्ताव चार दलको बैठकमा पेस गरिने बताए ।

Sep 17, 2012

एमाओवादीमा भ्रष्टाचारका ६५ उजुरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज १,एकीकृत नेकपा माओवादीको पार्टीभित्र भएको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक एवम् स्थायी समिति सदस्य अमिक शेरचनले आगामी असोज १० गते भित्रमा पार्टीभित्र भएको भ्रष्टाचारको छानविन गरेर कसले कति भ्रष्टाचार गर्‍यो भन्ने विषयको यथार्थ विवरण सार्वजनिक गर्ने तयारी भइरहेको खुलासा गरेका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले असोज ३ गतेसम्म परेका उजुरीको छानविन सकिने जानकारी दिँदै त्यसको विश्लेषण गरेर असोज १० गते भित्र सार्वजनिक गर्ने जानकारी दिए। उनले भने- 'पार्टीभित्र भ्रष्टाचार भएको छ। म आयोगको संयोजक भएको नाताले अहिले सबैकुरा भन्न मिल्दैन। असोज १० गतेभित्र सबै सार्वजनिक हुन्छ।' शेरचनले जम्मा ६५ वटा उजुरी परेकोमा २० वटा सुझाव मात्रै भएको भन्दै तल्लो र माथिल्लो तहका नेताहरुविरुद्ध बराबरी उजुरी परेको जानकारी दिए। एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष प्रचण्ड भ्रष्टाचारी भएकोले जेल हाल्नु पर्ने भनि दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै उनले भने- 'माधवजीसँग प्रमाण भए अख्तियारमा उजुरी गरे भइहाल्छ। किन बाहिर भनिरहनु।' पार्टी विभाजनपछि सम्पत्ति बाँडफाँडमा उत्पन्न विवादका विषयमा ३० प्रतिशत केन्द्रीय सदस्य रहेकाले त्यति नै सम्पत्ति दिने प्रस्तावमा छलफल भइरहे पनि कुरा मिल्न नसकेको उल्लेख गर्दै ४० र ६० को अनुपातमा सम्पत्ति बाडफाडको विवाद मिल्ने विश्वास ब्यक्त गरे। उनले भने- 'उहाँहरुको समेत मेहनतमा सम्पत्ति जोडिएको हो त्यसैले उहाँहरुले पनि भाग पाउनु न्यायोचित हुन्छ। उहाँहरुले पाउनै पर्छ।' राजनीतिक गरिरोधको अन्त्यका लागि संविधान सभाको पुनःस्थापनाको विकल्प नभएको उल्लेख गर्दै शेरचनले सहमतिमा संविधान जारी गर्न वा नयाँ निर्वाचनमा जानका लागि पनि संविधानसभाको पुनःस्थापनाबाहेक अर्को बाटो नभएको बताए। उनले विगतमा पनि संसद पुनःस्थापनाको राजनीति नजिर कायम रहेकोले अहिले पनि दलहरुले पार्टीगत स्वार्थबाट पछि हडे सहमति बन्ने विश्वास ब्यक्त गर्दै दलहरुलाई सहमतिको विकल्प नखोज्न आग्रह गरे।

मायोजनका लागि परीक्षा दिएका लडाकु खुसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चितवन, आश्विन १ - सेनामा समायोजनका लागि सबै तहका लडाकु का लागि धमाधम परीक्षा चलिरहेको छ । सैनिक जवान तहका लागि लिइएको परीक्षा सोमबार निर्वाध रूपमा सम्पन्न भएको सेना समायोजन विशेष समिति सचिवालयले जनाएको छ । सैनिक महाविद्यालय चैनपुर पर्सामा भइरहेको अधिकृत तहका लडाकु को परीक्षा ३ दिन हुने भएकाले मंगलबार मात्र सकिने छ । आइतबारदेखि भएको अधिकृत तहको परीक्षाको दोस्रो दिन सोमबार सातै शिविरबाट आएका लडाकु ले सहजपूर्वक परीक्षा दिए । उता, शक्तिखोर शिविरमा भएको लडाकु तहका लागि नेपाली, अंग्रेजी र गणित एउटै प्रश्नपत्रमा तयार गरिएको थियो । सय पूर्णाङ्कको प्रश्नपत्रमा सबै विषय र सामान्यज्ञानका प्रश्नहरु सोधिएका थिए । अवकासमा जाने लडाकु लाई रकम वितरण सकिएको र परीक्षामा प्रत्यक्ष सहभागी हुन नपर्ने भएपछि सचिवालयका संयोजक बालानन्द शर्मा सहितको टिम सोमबार नै काठमाडौं फर्किसकेको छ । अधिकृत र जवान तहका लागि अलग अलग प्रश्नपत्र तयार गरिएको थियो । तर, दुवै तहका लागि सरल प्रश्नावली समावेश गरिएको सहभागी लडाकु ले जानकारी दिए । परीक्षामा सहभागी अधिकांश लडाकु ले प्रश्न सजिलो भएको र राम्रो नजिजा आउने खुसी व्यक्त गरे । मलाई निकै खुसी लागेको छ, सबै प्रश्न मिलाएकी छु, सहभागी महिला लडाकु भीमकुमारी आचार्यले ईकान्तिपुरसँग भनिन्, 'परीक्षा राम्रो भएकाले म छनौट हुनेमा ढुक्क छु ।' धेरै साथीहरूले परीक्षा मिलाएको उनले बताइन् । शक्तिखोरका १३ जनासहित देशैभरका ६ वटा शिविरबाट आएका ८५ जना लडाकु ले अधिकृत तहमा परीक्षा दिइरहेका छन् । सचिवालयका अनुसार सातै शिविरबाट करिब १ हजार ५ सय लडाकु ले समायोजनका लागि परीक्षा दिएका छन् ।

वन फडानी सम्बन्धमा अख्तियारद्धारा मुद्दा दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
डडेल्धुरा जिल्लामा भएको भिषण बन फडानी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सहसचिवदेखि फरेष्टर सम्मका ११ जना कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । साथै मुद्धामा सामुदायिक वनका पदाधिकारी र काष्ठ व्यवसायी गरी १ सय ८५ जनालाई पनि मुद्धामा प्रतिवादी बनाइएको छ । जथाभावी वन फडानी गरी राज्यलाई ४३ करोड १० लाख रुपैयाँ भन्दा बढी हानी पुर्‍याएको जिकीर गर्दै अख्तियारले जरिवाना र विगो असुलउपर गर्न माग गरिएको छ । डडेल्धुरामा जथाभावी रुपमा साल, सल्ला र खयरका ७ लाख ५५ हजार क्युफिट भन्दा बढी काठ बराबरको वन फडानी भएको पाइएको छ । यसअघि बन अतिक्रमण, विनाश र समुदायीक बन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर भएका व्यक्तिहरुलाई कारवाही गर्न सरकारलाई अनुरोध गरेको थियो ।

कांग्रेस नेतृत्वमा सरकार बन्ने माओवादी नेताको भनाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज १- एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता अमिक शेरचनले दसैँ अगाडि नै नेपाली काँगेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने जानकारी दिएका छन्। 'कसरी र कुन प्रक्रियाद्वारा नेकाको नेतृत्वमा सरकार गठन गर्ने र यस्तो सरकार कति समयका लागि भन्ने विषयमा दलहरुबीच छलफल भइराखेको छ'- उनले भने। रिपोर्टस क्लब नेपालद्वारा आयोजित साक्षात्कार वरिष्ठ नेता शेरचनले विगतको नजिरलाई पछ्याउँदै संविधानसभा निश्चितसम्मका लागि पुनःस्थापना गर्न सकिने र पुनःस्थापित संविधानसभाबाट सहमति भएका विषयलाई समावेश गर्दै नयाँ संविधान जारी गर्न सकिने धारणा राखे। "नयाँ संविधानमा समावेश हुने शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, सङ्घीयताजस्ता विषय दलबीच विमति रहेका छन्, यसलाई समाधान गर्न निर्वाचनमा जान सकिन्छ", उनले भने। नेता शेरचनले दलबीच नयाँ संविधान बनाउन सहमतिभन्दा अर्को विकल्प नरहेकामा जोड दिँदै यसका लागि निरन्तर वार्ता र संवाद आवश्यक हुने धारणा राखे। एनेकपा (माओवादी) पार्टीभित्रको आन्तरिक सम्पत्ति छानबिन गर्न गठित छानबिन समितिका संयोजक रहनुभएका नेता शेरचनले समितिसमक्ष ६५ वटा उजुरी परेको र असोज १० गतेभित्र आफ्नो समितिले अध्यक्षसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए। उनले सम्पत्ति छानबिन गर्न उच्च तहका नेतादेखि कार्यकर्तासम्मको उजुरी परेको बताए।

आङ साङ सुचीलाई अमेरिकी कांग्रेसले सम्मान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
म्यानमारकी नेतृ आङ साङ सुचीलाई अमेरिकी कांग्रेसले उच्च पदवीले सम्मान गर्ने भएको छ । नोवेल पुरस्कार विजेता नेतृ सुचीलाई अमेरिकी कांग्रेसले कङग्रेसनल स्वर्ण पदकबाट सम्मान गर्न लागेको हो । शान्ति नोवेल पुरस्कार पाएकी म्यानमारीक नेतृ सुची २० वर्ष सम्म नजरबन्द बस्न बाध्य भएकी शशक्त नेतृ हुन । वर्तमान समयमा आएर उनी वर्मेली संसदकोको लागि भएको निर्वाचनमा सहभागि भएर सर्वाधिक मत ल्याएर संसद बनेकी छन् । अमेरिकाको चार दिने भ्रमणका लागि सुची सोमबार अमेरिका जाँदै छन् । सुचीले अमेरिका भ्रमणको अवधि चार दिनको रहेको छ । अमेरिकाको भ्रमणकै क्रममा सुचीले कांग्रेसले दिने सम्मान लिने छन् । अमेरिका भ्रमणका क्रममा सुचीले राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री हिलारी क्लिन्ट लगायतका उच्च अधिकारीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । सुचीले अमेरिकाका विभिन्न सहरको भ्रमण समेत गर्ने जानकारी विभिन्न समाचार समितिले उल्लेख गरेबाट थाहा पाउँन सकिन्छ । उनले अमेरिका भ्रमणका क्रममा वासिङ्टन डिसीमा आयोजित कार्यक्रमबाट सम्मान ग्रहण गर्ने छन् भने क्यालिफोर्निया, केन्टुके र इन्डियाना लगायतको भ्रमण गर्ने छिन् ।

Sep 14, 2012

लिम्बुवान मोरङको तेस्रो जिल्ला सम्मेलन हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मोरङ, लिम्बुवान, २८ भाद्र २०६९ । ‘‘भदौ २९ र ३० गते पथरी जाऔं, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ऐतिहासिक तेस्रो मोरङ जिल्ला सम्मेलन भव्यताका साथ सफल पारौं’’ भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान– मोरङको तेस्रो जिल्ला सम्मेलन भदौ २९ र ३० गते पथरी, मोरङमा सम्पन्न हुने भएको छ । लिम्बुवानका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज अशोक चेम्जोङद्वारा आज भाद्र २८ गते प्रेसित एक विज्ञप्ति अनुसार सो कार्यक्रमको उद्घाटन समारोह भाद्र २९ गते साकेलाथान पथरीमा हुने भएको छ । यस कार्यक्रमको समुद्घाटन संघीय मञ्च तथा परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’बाट हुने जनाइएको छ । उक्त विज्ञप्तिमा जनाइए अनुसार सोही दिन साँझबाट सम्मेलनको बन्दसत्र सरस्वती गेष्ट हाउस, पथरीमा सुरुभई त्यस सत्रले लोकतान्त्रिक विधि र विधानअनुसार नयाँ जिल्ला कार्य समितिको चयनसमेत गर्नेछ । यस लिम्बुवान सम्मेलनमा मोरङ जिल्लाको रमिते, मधुमल्ला, उर्लाबारी, राजघाट, इटहरा, सिजुवा, हसनदह, अमरदह, शनिश्चरे, पथरी, बयरबन, बाहुनी, डाँगीहाट, बेलबारी, इन्द्रपुर, केराबारी, गोगटेनी, सिंहदेवी, पाटीगाउँ, वाराङ्गी, लेटाङ, जाँते, टाँडी गाविस र विराटनगर उप–महानगरपालकिा लगायत करिब ४० भन्दा बढी गाविसहरुबाट ५०० भन्दा प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहने छ । उक्त सम्मेलनको उद्घाटन समारोहमा सम्पूर्ण लिम्बुवानवासी, लिम्बुवानप्रेमी, संघीय गणतन्त्रवादी जनसमुदायहरुलाई सहभागी भइदिन हुन हार्दिक आह्वान गरिएको छ । यस सम्मेलनका लागि ‘‘लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चित गर; आई. एल. ओ. महासन्धि १६९ कार्यान्वयन गर; एकात्मक केन्द्रीकृत राज्यसत्ता मुर्दावाद, एकात्मक षडयन्त्रकारीहरु मुर्दावाद र सम्पूर्ण संघीयवादीहरु एक हौं’’ लगायतका नाराहरुसमेत तय गरिएका छन् । उक्त सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न संघीय धिमाल स्वायत्त परिषद, माझी समन्वय परिषद र मोरङ जिल्ला समितिले काँधमा काँध मिलाएर लागेको जानकारी समेत गराइएको छ । मोरङ जिल्लामा घर हुने देश–विदेशमा रहेका सम्पूर्ण लिम्बुवानवासी लिम्बुवानप्रेमी मित्रहरुलाई सम्मेलनको खुल्ला उद्घाटन समारोहलाई बृहत रुपमा सफल बनाउन आ–आफ्नो घर–गाउँमा सबैलाई सूचना गरी साथ सहयोग गर्नसमेत हार्दिक अपील गरिएको छ । – डीबी आङ्बुङ, लिम्बुवान

विवादास्पद टापुका कारण चीन र जापानबीच फेरी तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापान - विवादास्पद टापुका कारण चीन र जापानबीचको तनाव फेरी चुलिएको छ । ईस्ट चाईना सी को टापुहरुमाथी दुबै देशले दावी गरिरहेको बेला चीनले ६ वटा पानी जहाज विवादित जलक्षेत्रमा तैनाथ गरेको छ । हाल जापानको नियन्त्रणमा रहेको मुख्य विवादित टापुलाई जापानमा सेन्काकु भनिन्छ भने चीनमा दियायु भनिन्छ । मानव वसोवास नभएको उक्त टापुहरु प्राकृतीक स्रोत, खनिज र तेलको भण्डार मानिन्छ । टापुका नीजि मालिकसँग जापानले यसै हप्ता टापु खरिद गर्ने सम्झौता गरेको थियो । टापुमाथि जापान सरकारको प्रत्यक्ष नियन्त्रण हुने देखेपछि चीनले आफ्ना पानी जहाज तैनाथ गरेको हो । टापुका किनारमा पुगेका दुईवटा जहाजलाई जापानी कोस्ट गार्डले चेतावनीसहित फर्काईदिएको खबर छ । तरपनि जहाजहरु विवादित जलक्षत्रमै रहेको बताईएको छ । जापानको ओकिनावा प्रान्तबाट दक्षिणतर्फ तथा ताईवानबाट उत्तरतर्फ पर्ने ईस्ट चाईना सी का यी टापुहरुमाथि ताईवानले पनि दावी गर्दै आएको छ । जापान सरकारले टापुमाथि जापानी सार्वभौम स्थापना गर्न टापु खरीद गरेको जनाएको छ भने चीनले टापुमाथिको आफ्नो वैधानिक दावी संस्थागत गराउन निरिक्षणका लागि जहाजहरु खटाएको बताएको छ ।

बेलायती युवराज्ञीको "टपलेस" तस्बिर सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायती युवराज्ञी केट मिडटनको टपलेस तस्बिर सार्वजनिक भएपछि बेलायतमा तहल्का मच्चिएको छ । केही समय अघि मात्र बेलायती युवराज ह्यारीको नांगो तस्बिर सार्वजनिक भएको थियो । युवराज्ञीको तस्बिर ‘टपलेस’ सार्वजनिक भएको हो । युवराज्ञी मिडलटनको ‘टपलेस’ तस्बिर फ्रेन्च म्यागेजिन ‘क्लोजर’ ले सार्वजनिक गरेको हो । शुक्रबार युवराज्ञी केटको टपलेस तस्बिर छापिएलगत्तै बेलायतसँगै विश्वभर यो खबरले तहल्का मच्चाएको हो । फ्रेन्च म्यागेजिनले बेलायती राजकुमार विलियम र युवराज्ञी केटका तस्बिरलाई चार पेजमा समेटेर छापेको छ । छापिएका तस्विरमा केट पूरै ‘टपलेस’ देखिन्छिन् । यो तस्बिर छापिएको प्रसंगका विषयमा बेलायती राजपरिवारले विलियम र केटको निजी जीवनमाथि खेलबाड भएको भन्दै असन्तुष्टि जनाएको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । राजपरिवारले असन्तुष्टि जनाए पनि राजपरिवारबाट औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया सार्वजनिक भने गरिएको छैन । विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेअनुसार यी तस्विरहरु बेलायती महारानीका भतिजा लर्ड निलेको फ्रान्सस्थित महलमा छुट्टि मनाउँने क्रममा खिचिएका हुन ।

ट्रक र बस आपसमा जुझ्दा ४ सशस्त्र प्रहरीको मृत्यु ३३ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कपिलवस्तुको चन्द्रौटा - गोरुसिङ्गेमा ट्रक र यात्रुवस आपसमा जुझ्दा ४ सशस्त्र प्रहरीको मृत्यु भएको छ भने ३३ घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटा – गोरुसिङ्गे खण्डको प्रतापपुर ४ मा शुक्रबार बिहान दुई दिशाबाट अगाडि बढिरहेका ट्रक र बस आपसमा जुद्धा ४ सशस्त्र प्रहरीको मृत्यु भएको हो । भैरहवाका वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारी अनुसार सशस्त्रको ना १ ख ५८७ नम्बरको ट्रक र लु १ ख ३५१९ नम्बरको बस आपसमा ठोक्किदा घटनास्थलमै सशस्त्र प्रहरी हवल्दार हस्तबहादुर बिक र सिपाही गोविन्द खत्रीको निधन भएको हो भने उपचारका लागि बुटवल लाने क्रकमा प्रहरी जवान शिव चौधरी र अंगराज चौधरीको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार ३३ घाइते मध्ये २ जना इन्सपेक्टर सहित २५ सशस्त्र प्रहरी र ९ जना यात्रु घाइते भएका छन् । गम्भिर घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइतेको उपचार स्थानिय अस्पतालमा भएको प्रहरीले बताएको छ ।

केएफसी र पिज्जाहट तीनबुँदे सहमतिपछि आइतबार खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एक महिनादेखि बन्द रहेको केएफसी र पिज्जाहट तीनबुँदे सहमतिपछि आइतबार खुल्ने भएको छ। कम्पनीको नियम-विनियम मजदुरहरुले पूर्ण रुपमा पालना गर्ने, व्यवस्थापनले नेपालको श्रम ऐन र ट्रेड युनियनसम्बन्धी कानुन पालना गर्ने र मजदुरहरुले कानुनविपरीत गल्ती गरे व्यवस्थापनले कारबाही गर्न सक्ने सहमति भएको छ। सहमतिपछि भोलि र पर्सि सरसफाइ गरेर आइतबारदेखि केएफसी, पिज्जा हट र क्रिमवेल रेष्टुरेण्ट संचालन गरिने भएको हो। मजदूरले कम्पनीका मानव संशाधन विभाग प्रमुख कृष्ण शर्मालाई आक्रमण गरेको भन्दै व्यवस्थापनले गत साउन ३० गतेदेखि सूचना टाँसेर काठमाडौ दरवारमार्गको केएफसी, पिज्जाहट र क्रिमवेल रष्टुरेण्ट, व्लुवर्ड मलको केएफसी र पिज्जा हट डेलिभरी रेस्टुरेन्ट अनिश्चितकालका लागि बन्द गरेको थियो।

Sep 13, 2012

काठमाडौंबाट भारतीय विमान अपहरण गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२७ भदौ,१३ बर्षअघि काठमाडौंको त्रिभुवन विमानस्थलबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणमा संलग्न एक जना पक्राउ परेका भारतीय प्रहरीले दावी गरेको छ । मेराजुद्दीन भनिने जावेद अहमदलाई पक्राउ गरिएको भारत प्रशाशित कश्मीरको प्रहरीले बताएको छ । नाम उल्लेख नगर्ने सर्तमा वरिष्ठ प्रहरी अधिकारीले विमान अपहरणका अभियुक्त पक्राउ गरेको बताएको बीबीसीको हिन्दी संकरणले जनाएको छ । प्रहरीका अनुसार जावेदलाई बुधबार राती जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गको अज्ञात स्थलबाट पक्राउ गरिएको हो । चरमपन्थीको भेषमा केही प्रहरीले जावेदसँग सम्पर्क गरेर हतियार किन्ने कुरा गरेको र उनी तयार भएको समाचारमा उल्लेख छ । जावेद नेपालको बाटो हुँदै भारतमा उपस्थित भएको र बुधबार जम्मू पुगेको प्रहरीका एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा सरकारको पुनःस्थापना नीतिको लाभ उठाउँदै चरमपन्थीहरु नेपालको बाटो हुँदै भारत पुगेको समेत समाचारमा उल्लेख छ । सन् १९९९ डिसेम्बर २४ मा एयर इन्डियाको आईसी-८१४ विमान अपहरणमा परेको थियो । १ सय ७६ यात्रु चढेको विमानलाई चरमपन्थीहरुले कान्दाहर लैजानुअघि अमृतसर, लाहोर र दुबईमा अवतरण गर्न दबाव दिएका थिए । अपहरणकारीहरुले रुपेन कात्याल नामक यात्रुको चक्कु प्रहार गरी हत्या गरेका थिए भने यात्रुहरुलाई रिहा गर्न भारतीय जेलमा रहेका तीन जना चरमपन्थीहरुलाई रिहा गर्न माग गरेका थिए । उनीहरुको मागअनुसार तीन जनालाई लिएर भारतका तत्कालिन विदेशमन्त्री जसवन्त सिंह कान्दाहर पुगेका थिए । अपहरणमा परेको झण्डै एक सातापछि यात्रु र विमान सकुशल भारत फर्किएका थियो ।

उड्दै गरेको जहाजमा छोरो जन्माए नेपाली महिलाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दोहा (कतार), भाद्र २८ - घरेलु कामदार (हाउसमेड) मा ओमन आएकी एक नेपाली महिलाले बुधबार बिहान उड्दै गरेको जहाजमा छोरो जन्माएकी छन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । साउदी अरबस्थित नेपाली दूतावासको ओमन प्रतिनिधि दीपक श्रेष्ठका अनुसार घर फिर्ता हुने क्रममा ओमनको दोस्रो सहर सल्लालबाट राजधानी मस्कट आउने क्रममा ती महिलाले जहाजमा छोरो जन्माएकी हुन् । २४ वर्षीया महिलाले बुधबार बिहान साढे १ बजे जहाजको शौचालयमा बच्चा जन्माएकी हुन् । उनी बिहान सात बजेको नेपाल जाने ओमन एयर भेट्न मस्कट आउँदै थिइन् । उनलाई थप उपचारका लागि रोयल अस्पतालमा भर्ना गरिएको छ । सुरुमा भिसा रद्द भइसकेको भन्दै अस्पतालले उपचार गर्न मानेको थिएन । उनले आफू काम गर्ने घरमालिकको छोराले राखेको जबर्जस्ती सम्बन्धबाट गर्भ बसेको प्रहरीलाई बयान दिएकी छन् । उनी एक वर्षअघि ओमन आएकी थिइन् । 'ओमन आएर काम गरेको पहिलो घरमा मालिकको छोराले जबर्जस्ती गरेको रहेछ । त्यसविरुद्ध उनलाई नेपालबाट पठाउने म्यानपावरमा उजुरी दिएकी रहिछन्,' श्रेष्ठले भने, 'त्यस म्यानपावरले स्वदेश नपठाई अर्को घरमा काम गर्न पठाएको रहेछ ।' दोस्रो घरमालिकले गर्भवती भएको दुई साताअघि मात्रै थाहा पाएको हो । 'दोस्रो मालिकले पहिलो मालिकलाई बोलाएर समस्या सुल्झाउन दबाब दिएको रहेछ । पीडितलाई स्वदेश फर्काउने जिम्मेवारी लिएपछि बुधबार नेपाल पठाउन लाग्दा उनले जहाजमै बच्चा जन्माइन्,' श्रेष्ठले भने ।

९ पटक कार धोएमा निशुल्क सेक्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन बिकाउन वाहियात खालका अफर ल्याउँछन् जसको कुनै उपादेयता हुँदैन । तर मलेसियामा एक ग्यारेज र मसाज पार्लरले संयुक्त रुपमा यस्तो अफर ल्याएछन् जसको उपयोग गर्न ग्राहकको तछाडमछाड नै भएछ । साँच्चीकै उक्त अफर खोजी खोजी उपभोग गर्ने खालकै रहेछ । हो, मलेसियाको एक ग्यारेजले यस्तो रोचक अफर ल्याएको रहेछ जसमा नौ पटक उक्त ग्यारेजमा लगातार कार धुन ल्याउने ग्राहकले निशुल्क सेक्सको मज्जा लुट्न पाउने रहेछ । राजधानी क्वालालाम्पुरको एक ग्यारेजले स्थानीय एक मसाज पार्लरसँग मिलेर यस्तो अफर प्रदान गरिरहेको रहेछ । जुन अन्ततः प्रहरीको फन्दामा पर्यो । समाचार अनुसार पुरुष कारधनीले निश्चित समयभित्र उक्त ग्यारेजमा आफ्नो कार नौ पटकसम्म वास गर्न लगेमा यस्तो अफरका लागि योग्य मानिने रहेछ । दशौँ पटक कार धुन लग्दा कार धुवाइ सँगै उसलाई एउटा यस्तो कार्ड दिइने रहेछ जुन लगेर उसले उक्त मसाज पार्लरमा गएर त्यहाँका यौनकर्मी महिलासँग एकपटक फि्र मा सेक्स गर्न पाउँदो रहेछ । प्रहरीले ग्यारेजसँग पार्टनरमा बिजनेस गरेर कार धुने ग्राहकलाई निशुल्क सेक्स प्रदान गर्ने मसाज पार्लरमा छापा मार्दा समेत केही त्यस्ता ग्राहक फेला पार्यो जसले नौ वटा कार वास गरेको कार्ड लिएर उक्त पार्लरका यौनकर्मी महिलासँग सेक्स गर्न पुगेका थिए । त्यसक्रममा ५ जना पुरुष ग्राहकहरुले त्यस्तो अफरको फाइदा लुट्न लागेको पाइएको थियो । छापा मार्ने क्रममा १८ देखि २८ वर्ष उमेरका ९ जना भियतनामी यौनकर्मी महिला समेत पक्राउ परेका छन् । साथै त्यस्तो अवैध अफर प्रदान गरेर व्यापार गरिरहेका ४ जना शाहुहरुलाई पनि प्रहरीले पक्रेको छ ।

आइफोन फाइभ नेपालमा चल्दैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ २८, एप्पलले आफ्नो बहुप्रतीक्षित स्मार्टफोनको नयाँ संस्करण आइफोन फाइभ गएराति अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको छ। कम्पनीले अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, जापान, हङकङ, सिंगापुरमा असोज ५ गतेदेखि उपलब्ध हुने र बाँकी १०० देशमा यो वर्षको अन्त्यसम्म उपलब्ध हुने बताएको छ। तपाईँ पनि यो फोन किनौँला वा विदेशबाट कसैलाई मगाउँला भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने ध्यान दिनुस्, अहिलेको अवस्थामा आइफोन फाइभ नेपालमा चल्दै चल्दैन। आइफोनका कुनै पनि मोडल नेपालमा आधिकारिक रुपमा बिक्री सुरु भएको छैन। आइफोनले विश्वभरका टेलिकम अपरेटरहरुसँग मिली कन्ट्र्याक्टमा यो फोन बेच्ने गर्छ। तर 'सिम अनलक' गरी त्यसलाई नेपालमा पनि चलाउन सकिने बनाइएको छ। आइफोनका पुराना संस्करणहरुमा यो सुविधा उपलब्ध भए पनि आइफोन फाइभ भने सिम कै कारण नेपालमा चल्न सक्दैन। किनभने आइफोन फाइभमा प्रयोग हुने सिम 'नानो सिम' हो। नेपाल टेलिकम, एनसेल, युटिएललगायत नेपालका कुनै पनि टेलिकम अपरेटरले 'नानो सिम' वितरण गर्दैनन्। आइफोनको यसअघिका मोडलमा प्रयोग हुने माइक्रो सिम पनि नेपाली टेलिकम अपरेटरहरुले उत्पादन गरेका छैनन्। नेपाली अपरेटरहरुले रेगुलर सिम मात्रै उत्पादन गर्छन्। तर सिम कटरले काटेर यहाँका प्रयोगकर्ताहरुले रेगुरल सिमलाई नै माइक्रो सिम बनाई त्यसको प्रयोग गरिरहेका छन्। नानो सिम पनि त्यसैगरी बनाउन संभव छ त ? छैन । नानो सिम आकारमा मात्र सानो हैन, पातलो पनि हुन्छ। सिम काटेर सानो बनाए पनि पातलो बनाउन सकिँदैन। माइक्रो सिमभन्दा नानो सिम १५ प्रतिशतले पातलो हुन्छ। त्यसैगरी यो माइक्रो सिमभन्दा ४० प्रतिशत सानो हुन्छ। रेगुलर सिमलाई नानो सिम बनाउन नसकिए पनि नानो सिमलाई भने रेगुलर सिम वा माइक्रो सिम बनाउन सकिन्छ। त्यसका लागि एडेप्टर किन्नुपर्ने हुन्छ। त्यसो भए के गर्ने त ? नेपाली टेलिकम अपरेटरहरुले नानो सिम उत्पादन नगरेसम्म पर्खने। अथवा नेपालमा पनि रोमिङ सेवा भएको विदेशी टेलिकम अपरेटरको सिम लिएर यहाँ पनि चलाउने। तर ध्यान राख्नुस्, रोमिङ सेवा निकै महँगो हुन्छ। 
 के छ आइफोन फाइभमा ? 
नयाँ आई फोन यसअघिको मोडलभन्दा अझ पातलो र अझ हलुका र अझ छिटो हुनेछ। यो ७.६ मिमि पातलो हुनेछ। फोरएस मोडलभन्दा यो १८ प्रतिशत कम हो। त्यसैगरी यसको वजन ११२ ग्राम छ, जुन पुरानो मोडलभन्दा २० प्रतिशत हलुका हो। आइ फोन फाइभ शिशा र आल्मुनियमको प्रयोग गरी बनाइएको छ। एप्पलको ए६ चिप्स प्रयोग गरिएकोले यसको सीपीयु दुई गुणा छिटो हुने कम्पनीको दावी छ। वाइफाइ चलाउँदा यसको ब्याट्रीले १० घण्टासम्म धान्ने एप्पलले बताएको छ। यसबाट खिचिने प्यानोरेमिक फोटो २८ मेगापिक्सेलको हुनेछ। अगाडि, पछाडि र मुनि गरी यसमा तीन वटा बिल्ट इन माइक हुनेछ। यसको प्रि अर्डर शुक्रबारबाटै सुरु हुने र एक सातापछि सेप्टेम्बर २१ देखि किन्नेलाई पठाउन थालिने एप्पलले बताएको छ। आई फोन फोर एसकै मूल्यमा फाइभ पनि बेचिनेछ। एप्पलले आई फोन फोरलाई भने कन्ट्रयाक्ट फ्रिमा बेच्ने घोषणा गरेको छ।

बेलायतका राजकुमार ह्यारीलाई तालिवानले मार्ने धम्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानमा भर्खरै तैनाथ भएका बेलायतका राजकुमार ह्यारीलाई तालिवानले मार्ने धम्की दिएको छ । तालिवानका प्रबक्ताले २७ बर्षीय राजकुमार ह्यारीलाई समाउन वा मार्न अधिकतम प्रयास गर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।सेनाका क्याप्टेन तथा बेलायती मुकुटका तेस्रा हकदार ह्यारी गत साता अफगानिस्तान पुगेका हुन् । अफगानिस्तानको सबैभन्दा खतरनाक युद्ध क्षेत्र सावित भएको दक्षिणी हेल्मान्डमा तैनाथ छन् । बेलायती लडाकु अपाचे हेलिकोप्टरका पाइलट ह्यारीलाई समाउन प्रयास गर्ने र त्यसो नभए हतियारको निशाना बनाउने धम्की तालिवानले दिएको छ । उनको तैनाथलाई एउटा लडाकू समूहले प्रोपागान्डा स्टन्ट भनेको दुई दिनपछि ह्यारीलाई मार्ने नयाँ सूचना जारी गरिएको हो । तालिवानले उनको अफगानिस्तान तैनाथलाई अमेरिकामा उनले गरेको कुकर्म लुकाउने प्रयास भनेको थियो ।

प्रधानमन्त्रीले इच्छाएका कुबेरसिंह राना नेपाल प्रहरीका २३ औँ महानिरीक्षक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इच्छाएका व्यक्तिलाई आजको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ । बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका २३ औँ महानिरीक्षकको रुपमा कुवेरसिंह रानालाई नियुक्त गरेको हो । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले भीष्म प्रसाईंलाई महानिरीक्षक बनाउनुपर्ने अडान राखे पनि आजको मन्त्रिपरिषद् बैठकले सर्वसहमतिमा प्रधानमन्त्रीले इच्छाएका व्यक्तिलाई महानिरीक्षक बनाएको एक मन्त्रीले बताएका छन् । त्यस्तै मन्त्रीपरिषद्को आजको बैठकले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–४ विजेता नेपाली क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ३–३ लाख रुपैयाँका दरले सम्मान गर्ने समेत निर्णय गरेको छ । त्यस्तै आजकै बैठकले सरकारी विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीलाई ग्यास र मट्टितेलमा छुट दिने निर्णय समे गरेको छ । मन्त्रिपरिपदको निर्णयअनुसार वर्षमा चार वटा ग्यासमा प्रतिसिलिण्डर दुई सय ५० रुपैयाँ र मट्टितेलमा प्रतिलिटर १० रुपयाँ छुट दिने निर्णय गरेको छ ।

Sep 11, 2012

१२ विद्यार्थी संगठनले भोलि बुधबार १२ बजेसम्म बन्द गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ २६,पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका १२ विद्यार्थी संगठनले भोलि बुधबारका लागि घोषणा गरेको बन्द १२ बजेसम्म मात्र गर्ने निर्णय गरेका छन्। मंगलबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन लगत्तै बसेको विद्यार्थीहरुको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा विद्यार्थी संगठनहरुबीच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे साझा अवधारणा बनाउने प्रयास समेत भएको छ।

पहिलो ल्यापटप डिजाइनर बिल मोरिड्जको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्युयोर्क, भदौ २६ (एजेन्सी)पहिलो ल्यापटप डिजाइनर बिल मोरिड्जको निधन भएको छ। वेलायतका प्रख्यात औद्योगिक डिजाइनरले बिलले सन् १९७९ मा पहिलो ल्यापटप सिर्जना गरेका थिए। क्यान्सर पीडित उनको शनिबार उनको मृत्यु भएको हो। उनले १९७९ मा अमेरिकी सेनाका लागि ग्रिड कम्पास नामको कम्प्युटर डिजाइन गरेका थिए। उनले डिजाइन गरेको यो ल्यापटप पहिलो पटक अमेरिकी सेनाले खरिद गरेको थियो। बोर्ड इन्स्टल गरेपछि यो ल्यापटपको बजारभाउ ८ हजार १ सय ५० डरल तोकिएको थियो। सन् १९६९ मा बिलले लण्डन केन्द्रित गरेर सुरु गरेको डिजाइन कम्पनी अहिले आइडियो नामबाट बहुराष्ट्रिय कन्सल्टेन्सी बनेको छ। उनी स्ट्यान्ड फोर्ड विश्वविद्यालयका कन्सल्टिङ एशोसिएट प्रोफेसर थिए।

ब्ल्याकमेलिङ गर्दै शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भरतपुर, भाद्र २६ - पश्चिम माडीको जगन्नाथपुरी निमाविका एक शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहार गर्दै आएको खुलासा भएको छ । शिक्षकहरू देवराज साँछी र शिव आचार्यले छात्राहरूलाई कक्षा कोठाबाट 'बुवाले बोलाउनुभएको छ' भन्दै पुस्तकालयमा लगी आफूले भनेको नमाने परीक्षामा फेल गराउने धम्की दिँदै यौन कार्य गर्दै आएको पाइएको हो । उनीहरूले बारम्बार कक्षा ७ र ८ का छात्रालाई विद्यालय समयमा जबर्जस्ती गरी आत्महत्या गर्ने स्थितिसम्म पुर्‍याएको पीडित छात्राहरूले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । दुवै शिक्षकले १२ वर्षीया माडी 'क' र १४ वर्षीया माडि 'ख' (नाम परिवर्तन) लाई यौन दुव्र्यवहार गरेपछि परिवारको सल्लाहमा प्रहरीमा उजुरी गरेका हुन् । उजुरीका आधारमा प्रहरीले दुवै शिक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । 'शिक्षक आचार्यले कक्षामा पढाइरहेको समयमा बाहिर बुवाले बोलाउनुभएको छ भन्दै बाहिर जान भन्ने र बाहिर रहेका शिक्षक साँछीले हातमा समाएर पुस्तकालयमा लगी जबर्जस्ती गर्थे,' उजुरीमा भनिएको छ । भनेको माने पास गराइदिने र आफ्नो बारेमा कसैलाई भने फेल गराउने भन्दै मानसिक पीडा दिँदै यौन दुव्र्यवहार गर्दै आएको उनीहरूले उल्लेख गरेका छन् । दुवै छात्राले अरूलाई भन्न डर लागेर पीडा सहन नसक्दा विष सेवन गरी आत्महत्याको प्रयास गरेका र पछि अभिभावकलाई जानकारी गराएपछि प्रहरीमा उजुरी गरेका हुन् । दुवै छात्राले भागेर बच्न सफल भएको बताएका छन् । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश पौडेलले भने आफूलाई घटनाबारे जानकारी नभएको बताए । 'म बिरामी बिदामा छु, मलाई केही थाहा छैन,' पौडेलले भने । प्रहरीले शिक्षक र पीडित परिवारसँग बयान लिइरहेको छ । माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले मुलुकी ऐनको जबर्जस्तीकरणी महल अन्तर्गत मुद्दा दर्ता भएकाले आफूहरूले अपराधीलाई उम्कन नदिने बताए । 'अहिले हामीले पीडितलाई हरेस खान नदिई हौसला प्रदान गर्ने कार्य गरेका छौं,' उनले भने, 'अपराधी उम्कन नदिन पनि दबाब दिनेछौं ।' छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएका शिक्षकलाई स्थानीयले सोमबार कुटपिट गरी प्रहरीलाई बुझाएका छन् । साँछी राहत कोटाका शिक्षक हुन् भने आचार्य निजी स्रोतबाट राखिएका हुन् । विद्यालय व्यस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय पार्टी प्रतिनिधि लगायतको उपस्थितिमा भएको भेलाले निजी स्रोतका शिक्षक आचार्यलाई तत्काल निष्कासन गर्ने निर्णय गरेको छ ।

गर्भवती प्रेमीकालाई काटेर कुकुरलाई मासु ब्राजिलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असल प्रेमीले प्रेमका खातिर आफ्नै बलिदान दिनसक्छ । तर यो दुनियामा यस्ता कलंकित कथित प्रेमीहरु पनि हुँदारहेछन् जसले कुकुरलाई मासु खुवाउन प्रेमीकाको हत्या गर्छन् । ब्राजिलमा हालै यस्तै दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँका एकजना फुटबल खेलाडीले आफ्नी प्रेमिकाको हत्या गरी उनको मासु कुकुरलाइ खान दिएको खबर सार्वजनिक भएको छ । ब्राजिलका स्टार गोलकिपर ब्रूनो फर्नान्डिजले आफ्नी गर्लफ्रेन्ड तथा मोडेल एलिजा स्यामुडियोको हत्या गरी उनको मासु घरमा पालेको कुकुरलाई खान दिएको बताइएको छ । ब्रूनो र एलिजाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । तर जब एलिजाले ब्रूनोसँगकै सम्बन्धबाट गर्भवती भइन् तब ब्रूनो अताल्लिए । उनले प्रेमिकालाई गर्भ तुहाउन भने तर एलिजाले बच्चालाई जन्म दिने बताएपछि ब्रूनोले एलिजाको दर्दनाक तबरले हत्या गरे । समाचार अनुसार २५ वर्षीय मोडेल एलिजाले बच्चा जन्माएरै छाड्ने ढिपी गरेपछि उनको हत्या गर्ने योजना बनाएर ब्रुनोले अरु ८ जना साथीको सहयोग लिएर एलिजाको अपहरण गरे । अपहरण पछि एलिजालाई कुनै अर्को सहरमा लगियो र तडपाइ तडपाइ मारियो । मारेर मात्र पनि ब्रूनोको चित्त बुझेन । उनले एलिजाको शवलाई टुक्राटुक्रा पारेर काटे । केही टुक्रा घरमा ल्याएर कुकुरलाई खुवाए र बँचेखुसेका टुक्राहरु डढाइदिए । तर सान्तोष नामका एक निजि जासुसले भने यो अपराधको पोल खोलेपछि ब्रूनोको कर्तुत पर्दाफास भएको हो ।

मृत्यदण्डको सजाय अस्वीकार गरे इराकका उपराष्ट्रपतिले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इराकबाट भागेर टर्कीमा बस्दै आएका इराकका उपराष्ट्रपति तारिक अल हाशिमीले इराकी अदालतले आफू विरुद्ध सुनाएको मृत्यदण्डको सजाय अस्वीकार गरेका छन् । आफ्नो अनुपस्थितिमा सुनाइएको सजाय राजनीतिबाट प्रेरित रहेको बताएका छन् । टर्कीमा रहेका हाशिमीले पत्रकार सम्मेलन मार्फत इराकी प्रधानमन्त्री नूरी अल मल्लिकको सरकार विरुद्ध आक्रोश व्यक्त गरे । उनले आपूम् निर्दोष रहेको भन्दै मुलुकको सेवा गरिहने दृढता व्यक्त गरे । हिजो मात्र इराकी अदालतले हाशिमी विरुद्ध एक जना बिग्रेडियर जनरल, कानुन व्यवसायी लगायत शिया समुदायको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो । उनी विरुद्ध अन्य १ सय ५० वटा आरोप पनि लगाइएको छ । इराकको सुन्नी मुश्लिम समुदायका सबैभन्दा उच्च नेता हासिमीलाई मृत्युदण्डको सजाय सुनाए लगत्तै इराकका विभिन्न शहरमा भएको श्रृंखलावद्ध बम विष्फोटमा ९३ भन्दा बढी मारिएका छन् ।

अमेरिकाले आतङ्ककारीको सूचीबाट हटाएको खबरले प्रचण्ड खुशी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत माओवादीलाई अमेरिकाले आतङ्ककारीको सूचीबाट हटाएको खबर पाएपछि प्रचण्डले खुशी व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ओ ब्लेकले मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई भेटी औपचारिक रुपमा माओवादीलाई आतङ्ककारीको सूचीबाट हटाएको जानकारी गराएपछि प्रचण्डले खुशी व्यक्त गरेका हुन् । सहायक विदेशमन्त्री ब्लेकले नेपाल र अमेरिकाको सम्बन्ध अब नयाँ आधारमा अगाडि बढ्ने समेत जानकारी गराएका छन् । ब्लेकसँगको भेटपछि दाहालले शीर्ष राजनीतिक दलका बीचमा वर्तमान राजनीतिक संकट समाधानका लागि आफ्नो पार्टी लागि परेको समेत जानकारी गराएको स्रोतले बताएको छ । सहायक विदेशमन्त्रीले समेत सहमतिका साथ अगाडि बढ्न र त्यसको वातावरण निर्माण गर्न दाहाललाई अनुरोध गरेका छन् । सहायकविदेशमन्त्री ब्लेकसँगको भेटमा नव नियुक्त अमेरिकी राजदूत पिटर डब्ल्यू बोडे समेत सहभागि थिए । दाहालसँग बोडेले पहिलो पटक भेट गरेका हुन । ब्लेकले नेपालको विकासका लागि सहयोग गर्न अमेरिका तयार भएको समेत बताएका छन् ।

Sep 10, 2012

संविधान सभाको पुनर्स्थापनामा सबै दल सहमति नजिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चितवन, भाद्र २५ - एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ले संविधान सभाको पुनर्स्थापनामा सबै दल सहमति नजिक पुगेको बताएका छन् । दाहालले सबै दलले गंम्भीरताका साथ मेहनत गरे पुनःस्थापना असम्भव नरहेको दावी गरे । संविधानसभाका लागि निर्वाचन पहिलो विकल्प नभई अन्तिम विकल्प भएको बताउँदै अध्यक्ष दाहालले काँग्रेस, एमाले र मधेसवादी दल सोलोडोलोमा पुनःस्थापना गर्ने पक्षमा पुगेको खुलासा समेत गरे । अखिल नेपाल शिक्षक संगठन चितवनको छैठौं जिल्ला सम्मेलनको सोमबार उद्घाटन गर्दै अध्यक्ष दाहालले तत्काल निर्वाचनमा जाँदा सरकारको नेतृत्व कसले गर्ने भन्ने समस्या सिर्जना हुने र चुनाव असम्भव भएकाले संविधानसभा पुनःस्थापनाको अर्को विकल्प नभएको जिकिर गरे । संविधान निर्माणको ८० प्रतिशत काम पुरा भएपनि प्रदेश र नामाकरणको विषयमा सहमति हुन नसक्दा जेठ १४ मा संविधान जारी हुन नसकेको अध्यक्ष दाहालले बताए । भदौ भित्रमा सहमति भई सबै समस्याको गाँठो फुक्नेमा आफु विश्वस्त रहेको अध्यक्ष दाहालले शिक्षक माझ बताए । ' संविधान सभा पुनःस्थापनाको काममा हामी जति ढिलो गर्छौं त्यति प्रतिगमनकारीहरुले चलखेल गर्ने मौका पाउँछन,' पुनःस्थापनामा जोड दिदैं अध्यक्ष दाहालले भने ,' त्यसैले छिटो सहमतिमा गएर निकास निकाल्नुको विकल्प छैन ।' अध्यक्ष दाहालले अहिले नै निर्वाचनमा जाँदा कुनै पनि दलको बहुमत नआउने र बाँकी रहेका समस्या जस्ताको तस्तै रहने हुँदा पुनःस्थापनामा सबै लाग्नु पर्नेमा जोड दिए ।

प्रहरी प्रमुख शाहसँगै ५ एआइजीले अबकास पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२५ भदौ,प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिविरुद्ध सर्वोच्च अदालत रिट दायर गरेका एआइजीहरु जागिर अवधि बढाउन असफल भएका छन् । सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि महानिरीक्षक रवीन्द्र प्रताप शाहसँगै पाँच एआइजी भदौ २९ देखि अनिवार्य अबकास पाउने भएका छन् । एआइजीहरु कल्याण तिमल्सिना, अर्जुनजंग शाही, मदन खड्का, किरण गौतम र प्रकाश कुँवर सहित ११ जनाले ३० वर्षे सेवा अवधिको प्रावधान ऐनसँग बाझिएको भन्दै खारेजीका लागि सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चका न्यायाधीशहरु दामोदरप्रसाद शर्मा, तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनाएको हो। इजलासले रिटमा उठाइएको विषय गम्भीर भएको भन्दै पाँच जना न्यायाधीशको इजलासमा पठाउने निर्णय गरेको सर्वोच्चले जनाएको छ । सर्वोच्चको फैसलापछि महानिरीक्षक नियुक्तिका लागि सरकारलाई सहज भएको छ। महानिरीक्षकको प्रतिस्पर्धामा अब कुवेर सिंह राना, नवराज ढकाल र भिष्म प्रसाईं मात्र बाँकी रहने भएका छन्। सेना र निजामतीमा अवकासका लागि उमेर हद र सेवा अवधि दुवै प्रक्रिया अपनाइए पनि गृह अन्तर्गतको नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका लागि भने सेवा अवधि मात्र सक्रिय छ।

नेकपा-माओवादीले ७० बुँदे माग सरकारलाई बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२५ भदौ,नेकपा-माओवादीले राष्ट्रियता, जततन्त्र र जनजीविकासम्वन्धी ७० बुँदे माग सरकारलाई बुझाएको छ । रत्नपार्क शान्तिबाटिकाबाट विरोध र्यालीसहित सिहदरवार पुगेर माओवादी उपाध्यक्ष सीपी गजुरेलसहितका नेताहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इलार्इ मागपत्र बुझाएका हुन् । माग पत्र बुझ्दै भट्टरार्इले जनजीविकासम्वन्धी मागहरू पूरा गर्न सरकार सक्रिय रहेको बताउनु भयो । उहाँले केही माग क्रान्ति पुरा भएपछि मात्र हुने भन्दै अहिले प्राप्त भएका उपलब्धिहरू रक्षा गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले विमानस्थल स्तरोन्नतिको काम भारतलार्इ तथा विप्पाबारे नेकपा-माओवादीले प्रष्ट नबुझेरै विरोध गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । माग पत्र बुझाएपछि माओवादी उपाध्यक्ष गजुरेलले ७० बुँदेमाग पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले नजनाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो । २०५२ सालमा सशस्त्र विद्रोह सुरू गर्नु अघि भट्टरार्इकै नेतृत्वमा तत्कालिन सरकारलार्इ बुझाएको ४० बुँदे मागमा थपघट गरेर नेकपा–माओवादीले ७० बुँदे माग तयार गरेको छ । ४० बुँदे माग राख्ने बाबुराम प्रधानमन्त्री हुँदा समेत मागहरू पूरा नहुनु दुर्भाग्यपूर्ण भएको नेकपा-माओवादीका नेताहरूले बताएका छन् ।

विद्यार्थीमाथी यौन दुर्व्यवहार गर्ने दुई शिक्षक पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२५ भदौ, चितवन, विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवनको माडीमा दुई शिक्षक पक्राउ परेका छन् । आफैले पढाउने विद्यार्थीमाथि लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको आरोपमा दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माविका शिक्षक देवराज साखी र शिव आचार्यलाई स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालय माडीमा सोमवार बुझाएको प्रहरीले जनाएको छ । यौन दुव्र्यवहार गरेको जानकारी पाएपछि स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका हुन् । उनीहरुमाथि आफ्नै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

Sep 9, 2012

नेकपा-माओवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ २४ मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा-माओवादीले पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आज निवेदन दिएको छ। पार्टी फुटको घोषणासँगै वैद्यले तत्कालै जनविद्रोहमा नजाने र वैधानिक रुपमा निर्वाचन आयोगमा दर्ता पनि नहुने निर्णय सार्वजनिक गरेको थियो। 'पार्टी दर्ता गर्ने र नगर्ने भन्ने कुरा स्थिति हेरेर गर्ने कुरा हो,' असार ६ गते आयोजित पत्रकार सम्मेलनमा वैद्यले भनेका थिए। पार्टीले संविधानसभाको पुनःस्थापना वा निर्वाचनको औचित्य नभएकोमा जोड दिँदै आएको छ। सर्वपक्षीय गोलमेच सभा, संयुक्त अन्तरिम सरकार तथा त्यसैमार्फत नयाँ राजनीतिक निकासको कार्यनीति अपनाउनु पर्ने पार्टीको अडान छ।

अध्यादेश जारी नभएकोप्रति प्रधानमन्त्री असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र २४ - प्रधानमन्त्री बाबुराम भट्टराईले शिक्षा अध्यादेश जारी गर्न ढिलो गरेको भन्दै राष्ट्रपति रामवरण यादवप्रति असन्तुष्टि जनाएका छन् । विश्व साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । 'शिक्षा ऐनमा संशोधन गर्ने अध्यादेश सम्माननीय राष्ट्रपतिज्यूसमक्ष पेस भइसकेको छ । त्यसलाई जारी गर्न ढिलाइ हुादा शैक्षिक क्षेत्रको सुधारको प्रयास अवरुद्व भइरहेको तीतो यथार्थप्रति सबैको ध्यान जानु जरुरी छ,' शिक्षा मन्त्रालयले गरेको अव्यवस्थित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'कक्षा ८ सम्मको आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य बनाई माध्यमिक शिक्षालाई एकीकृत गर्ने काम हुन सकेको छैन । लामो समयदेखि बाँकी रहेका शिक्षक व्यवस्थापनसम्बन्धी समस्यालाई सम्बोधन गर्न सकिएको छैन ।'

बहिर्गमित जनसेनाद्वारा आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र २३ - लेनिन विष्ट नेतृत्वको बहिर्गमित जनमुक्ति सेनाले आफूहरूको माग प्रति बेवास्ता गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आफूहरूलाई राज्यले लगाएको अयोग्यताको बिल्ला हटाउनु पर्ने, विभिन्न बाहनामा पक्राउ परेका बहिर्गमित जनसेनाको अविलम्ब रिहाई गर्नुपर्ने, विशिष्ट व्यक्तिहरूलाई दिइएको आजीवन सुरक्षा र विशेष सुविधा फिर्ता लिनु पर्ने लगायतका माग उनीहरूले राखेका छन् । राजधानीको मिडिया इन्टरनेसनलमा शनिबार पत्रकार सम्मेलन गरी दुई सताभित्र माग पूरा नभए नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेका हुन् । त्यसबाट पनि मागप्रति उदासीन भए अनिश्चितकालीन हड्ताल गर्ने संयोजक विष्टले जानकारी दिए ।

चीनमा शुक्रबार गएको भूकम्पमा परी मर्नेको संख्या ८०

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनमा शुक्रबार गएको भूकम्पमा परी मर्नेको संख्या ८० नाघेको छ । दुर्गम क्षेत्रमा पुगेका उद्धारकर्मीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । उद्धारमा सेना समेत परिचालन गरिएको छ । श्रृंखलावद्ध रुपमा दुई पटकसम्म गएको भूकम्पमा परी ७ सय ३० भन्दा बढी घाइते भएका छन् । दक्षिण पश्चिम युनान र गुइजाउ प्रान्तलाई केन्द्र बिन्दु बनाई ४ दशमलव ८ र ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट करिब ७ हजार भन्दा बढी घर ध्वस्त भएका छन् । ४ लाख ३० हजार घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।भूकम्प प्रभावित १ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पबाट पहाडि क्षेत्र बढी प्रभावित भएको र पहिरो समेत गएकाले यातायात र सञ्चार सेवा अबरुद्ध भएको छ ।

आज देखि नेपाली सेनाको नेतृत्व गौरव समशेर राणाले सम्हाल्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली सेनाको नेतृत्व आज देखि गौरव समशेर राणाले औपचारिक रुपमा सम्हाल्दै हुनुहुन्छ । राष्ट्रपति डा. रामवरण यादवले आज शीतलनिवासमा विशेष समारोहबीच जबरालाई दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम छ । त्यसपछि जबराले जंगीअड्डामा पदबहाली गर्नुहुनेछ । एक महिना अघि घरबिदामा बस्नुभएका प्रधानसेनापति छत्रमानसिंह गुरुङले आजबाटै अवकाश पाउँदै हुनुहुन्छ । गुरुङ बिदामा बसेपछि साउन २६ गतेदेखि नै जबराले कायममुकायम प्रधानसेनापतिका रुपमा काम गर्दै आउनु भएको थियो । गुरुङले आजबाट आफ्नो तीन वर्षे पदावदि समाप्त गरेर सैनिक सेनाबाट अवकाश लिने भएपछि सरकारले राणालाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको थियो । राणा २०३१ सालमा नेपाली सेनाका सहायक सेनानीबाट सेवामा प्रवेश गर्नुभएको थियो ।

Sep 7, 2012

अब अनलाइनमै किताव पढ्न पाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अब विदेशमा बस्ने नेपाली साहित्यका पाठकले पनि नेपाली भाषाका पुस्तकहरु डिभाइसमा डाउनलोड गरेर पढ्न पाउने भएका छन् । विश्वभर रहेका पाठक माझ आफ्नो पुस्तक कसरी पुर्‍याउने भन्ने नेपाली साहित्यकारहरुको चिन्ता पनि दूर हुने भएको छ । स्रष्टा करुण थापाले नेतृत्व गरेको ‘पाण्डुलिपि’ बुक्स’ आज पाँचवटा विद्युतीय पुस्तक (इ-बुक्स) सार्वजनिक गरेपछि यो बाटो खुलेको हो । पाण्डुलिपि बुक्सले पहिलो चरणमा जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’ नयनराज पाण्डेको उपन्यास ‘लू’, कृष्ण धरावासीको ‘पाण्डुलिपि’, श्रवण मुकारुङको कसवता सङ्ग्रह ‘बिसे नगर्चीको बयान’ र अभय श्रेष्ठको कथासङ्ग्रह ‘तेस्रो किनारा’बाट यसको सुरुआत गरेको जानकारी दिइयो । दोस्रो चरणमा खगेन्द्र संग्रौलालगायतका स्रष्टाहरुका कृति पनि इ-बुक्समा लैजाने संस्था सम्बद्ध स्रष्टा रोशन शेरचनले बताए । शुल्क तिरेर जुन डिभाइसमा डाउनलोड गर्‍यो त्यसमा मात्र पढ्न मिल्ने इ-बुक्स कपि हुन नसक्ने गरी विकास गरिएको संस्थाका अध्यक्ष करुण थापाले जानकारी दिए । ‘यसबाट नेपाली साहित्यका पुस्तकलाई विश्वब्यापी बनाउनमा मद्दत पुग्ने छ’ उनले भने । विश्वमा कागजी पुस्तकभन्दा इ-बुक्स पढ्ने संस्कार विश्वब्यापी रुपमा बढ्दै गएकोले सन्दर्भलाई मध्यनजर गरी पाण्डुलिपि बुक्सले पहिलोपटक नेपाली साहित्यमा भित्र्याएको हो । पाण्डुलिपि बुक्स साहित्य सञ्जाल सम्बद्ध युवाहरुको पहलमा सुरु भएको संस्था हो ।

टर्कीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५८ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टर्की - इराक र सिरियाका नागरिक चढेको डुंगा पश्चिम टर्कीमा दुर्घटना हुँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । दुर्घटनामा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका करीब सय जना प्रवासीहरु सवार उक्त डुंगा चट्टानमा ठोक्किएर दुर्घटना भएको हो । केही यात्रुले भने पौडेर ज्यान बचाएका छन् । दुर्घटनापछि डुंगा चालकलाई नियन्त्रणमा लिइएको छ । सिरियामा जारी हिंसाका कारण कयौं सिरियाली नागरिक छिमेकी मुलुक ईराक, जोर्डन र टर्की पलायन भएका छन् ।

वेरुतमा दुई नेपाली महिलाद्वारा आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेरुत (लेवनान), भाद्र २२ - लेवनानस्थित वेरुतमा एक साताभित्र दुई नेपाली महिलाले आत्महत्या गरेका छन् । घरेलु कामदारका रूपमा बेरुत पुगेका सोलुखुम्बु सल्यान ४ की २५ वर्षीया शान्ति राई र काभ्रेपलान्चोक पनौती ९ की रेनुका जर्घामगरले घरभेटीले दिएको पीडा खप्न नसकेर आत्महत्या गरेका हुन् । ४४९४४५२ राहदानी भएकी राईले मंगलबार र मगरले आइतबार आत्महत्या गरेको सम्बन्धित घरधनीले दाबी गरेका छन् । बेरुतको यन्तीजेस जदैहमा घरेलु कामदार रहेका यी दुई महिलाको हत्या हो कि आत्महत्या यकिन गर्न नसकेको बेरुतमा कार्यरत वैदेशिक रोजगार सामुदायिक संस्थाका विनोद उप्रेतीले बताए । २ वर्ष अघिदेखि यहाँ कार्यरत यी दुई महिलाको मृत्यु रहस्यमय भएको छ, उनले भने । घरमा काम गर्ने राईले पसलमा आत्महत्या गरेको देखाइएको छ । मगरको शव बुधबार नेपाल पठाइसकेको छ भने राईको शव अहिलेसम्म पठाउन सकिएको छैन, उनले भने । हत्यालाई आत्महत्या गरेको भन्ने र आत्महत्या गर्न बाध्य गराउने दुई घर धनीलाई कारबाही गर्न त्यहाँ कार्यरत नेपालीले माग गरेका छन् । मानसिक, शारीरिक र यौनशोषण तथा दुर्व्यवहारका कारण नेपाली महिला आत्महत्या गर्न बाध्य भएको बताइएको छ । उप्रेतीका अनुसार महिनामा १० भन्दा बढी यौनदुर्व्यवहारका निवेदन संस्थामा पर्ने गरेका छन् । ती मध्ये पीडा सहन नसकेर महिनामा २ जनाको मृत्युसमेत हुने गरेको छ । वेरुतमा ८ हजार ३ सय ३३ जना नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । वैधानिक, अवैधानिक दुवै तरिकाबाट यहाँ आएका छन् । अधिकांशले मासिक सयदेखि १ सय ५० डलरसम्म पाउँछन् । मासिक तलब पनि उनीहरूले भनेका बेला पाउँदैनन् अर्कोतिर घरधनीले राहदानी खोसेर राख्ने गरेकाले चाहेको बेला नेपाल फर्कन पनि पाउँदैनन् ।

समायोजन रोजेका माओवादी लडाकुको प्रारम्भिक छनौट कार्य पुरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माओवादी लडाकुको चौथों डिभिजन नवलपरासीमा समायोजन रोजेका ७२ जनाको भर्ना छनौट प्रक्रिया अन्तर्गत प्रारम्भिक छनौट कार्य सकिएको छ । आज विहान भर्ना प्रक्रियामा सहभागी भएकाहरुको तीस सय मिटर दौंड, सेटअप लगायको प्रारम्भिक भर्ना छनौट प्रक्रिया सकिएको हो । नेपाली सेनाका कर्णेल लोकप्रकाश चन्दको नेतृत्वमा रहेको टोलीले उनीहरुको भर्ना छनौट प्रक्रिया शुरु गरेको थियो । समायोजन रोजेका लडाकुहरुको भर्ना छनौट प्रक्रियामा उत्साहजनक सहभागीता रहेकाले २३ गते सम्ममा मुख्यालय र सहायक शिविर हात्तिखोरको भर्ना प्रक्रिया सकिने समितिका सदस्य सदानन्नन कुर्मीले जानकारी दिनु भयो । अधिकृतस्तर बाहेकको भर्ना छनौट शिबिरमै हुने छ । अधिकृतहरुको नेपाली सेनाले चितवनमा भर्ना दिने बताइएको छ ।

Sep 6, 2012

१६ वर्षमै यौन सम्पर्क गरेवापत किशोरीलाई १०० कोर्रा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माले, भदौ २० (एजेन्सी) - उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो। हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग यौन सम्वन्ध राख्‍ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ। कम उमेरकी किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो। मिनेभान न्युजका अनुसार मालद्विप्सको अर्को टापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए। पछ्याउनेक्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो। परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए। अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्।

भारतको राज्यसभामा सांसदहरुबीच कुटाकुट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारी जागिरको पदोन्नतिमा आरक्षण दिने मुद्धालार्इ लिएर भारतको राज्यसभामा सांसदहरुबीच कुटाकुट भएको छ । समाजवादी पार्टीका नरेश अग्रवाल र बहुजन समाज पार्टीका अवतार सिंहबीच ठेलमठेर र कुटाकुट भएको हो । अवतार सिंह सदनको केन्द्रतर्फ अघि बढ्दै गर्दा नरेशले बाटो छेकेका थिए । त्यसपछि आक्रोसित अवतारले हातपात गरेपछि कुटाकुट भएको थियो । केही सांसद छुट्याउन आए भने अधिकांश रमिते बने । सांसदहरुबीचको कुटाकुटपछि बैठक स्थगित भएको छ । समाजवादी पार्टी विरोधको विरोधमा उत्रिएको छ भने बहुजन समाज पार्टी समर्थनमा छ । भारतको क्याविनेटले मंगलबार विधेयक पारित गरेको थियो ।

जुकरबर्ग विरुद्ध नक्कली फेसबुक पेज बनाएको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नक्कली पेज खोलिदिएर आफ्नो प्रतिष्ठामा ठेस पूराएको आरोप लगाउँदै एक जना भारतीय युवाले सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक मार्क जुकरबर्ग विरुद्ध अदालतमा मुद्दा हालेका छन् । आफ्नो फर्जी पेज बनाइदिएर प्रतिष्ठामा खेलवाड गरेको दाबी गर्दै प्रदीपले भारतीय अदालतमा मुद्दा दायर गरेका हुन् । ३१ वर्षका प्रदीप उनै व्यक्ति हुन् जसमाथि जुकरबर्गलाई विभिन्न सन्देश पठाएर दुख दिएको आरोप लागेको थियो । प्रदीपले आफुलाई अनावश्यक सन्देश तथा इमेल पठाएर दुख दिएको भन्दै गएको फेब्रुअरीमा जुकरबर्ग स्वयं प्रदीप विरुद्ध अदालतमा गएका थिए । जुकरबर्गले अदालतसामु प्रदीप मनुकोँडाबाट आफ्नो सुरक्षामा खतरा पैदा भएको दाबी गरेका थिए । जुकरबर्गको उजुरी मुताविक अदालतले प्रदीपका नाममा निरोधक आदेश जारी गरेको थियो । अदालती आदेश पछि अमेरिकामा बस्दै आएका प्रदीप भारत फर्किनुपरेको थियो । सायद जुकरबर्गमाथिको रिस पोख्न वा बदला लिनका लागि होला अहिले प्रदीपले जुकरबर्ग विरुद्ध अदालतको ढोका ढक्ढकाएका छन् । प्रदीपका अनुसार जुकरबर्गले उनीविरुद्ध ‘युद्ध’ छेडेका थिए । वेबसाइट टिएमजेका अनुसार मनुकोँडाले जुकरबर्ग विरुद्ध घात गरेर पिठ्यूँमा छुरा धसेको आरोप लगाएका छन् । प्रदीपले दाबी गरेका छन् की जुकरबर्गले उनको फर्जी फेसबुक पेज बनाइदिएर उनी अलकायदाका सदस्य भएको कुरा पोष्ट गरिदिए । प्रदीपले जुकरबर्गबाट भैरहेको आफ्नो प्रतिष्ठामाथिको हमला रोक्न अदालतसमक्ष आदेशको माग गरेका छन् । प्रदीपको मुद्दामा आउँदो हप्ता सुनुवाइ हुनेछ ।

ओबामाले पाए बिल क्लिन्टनको आफ्नो समर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार राष्ट्रपति बाराक ओबामालाई चुनावका लागि उम्मेदवार घोषणा गरिएको बताउँदै उनलाई आफ्नो समर्थन रहेको बताएका छन् । उनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको दोस्रो दिन अन्तिम वक्ताका रूपमा बोल्दै उनले नयाँ कार्यकालका लागी पार्टीले ओबामालाई नै उम्मेदवार बनाउने निर्णय गरेको बताएका थिए । यस क्रममा उनले आफ्नो पूर्ण समर्थन ओबामालाई रहेको र जनताले पनि ओबामालाई भोट हालेर जिताउनु पर्ने धारणा राखेका थिए । क्लिन्टनले उक्त कार्यक्रममा भने, 'हामी यहाँ राष्ट्रपतिको उम्मेदवारको घोषणा गर्नका लागी आएका हौ । म यो चाहन्छु की बाराक ओबामा फेरी अमेरिकाको राष्ट्रपति बनुन् र डेमोक्रेटिक पार्टीका तर्फबाट म गर्वका साथ उनलाई मनोनित गर्छु ।' तीन दिन चलेको उक्त सम्मेलनमा उनले थपे, 'म यस्तो मानिसलाई उम्मेदवारका रूपमा खडा गर्न जाँदैछु जो व्यक्ति बाहिरबाट निकै शान्त देखिन्छ तर भित्रबाट अमेरिकाको लागी केही गर्ने विचारमा रहन्छ । हामीले जस्तो अर्थ व्यवस्था देशमा देख्न चाहन्छौ त्यस्तै अर्थ व्यवस्था उनले निर्माण गर्न सक्छन् ।'

माओवादीका पूर्व लडाकुहरूको समायोजन प्रक्रिया आजदेखि सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माओवादीका पूर्व लडाकुहरूको समायोजन प्रक्रिया आजदेखि सुरु हुँदै छ । मुख्य शिविर रहेका झापा, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र धनगढीमा समायोजन प्रक्रिया थालिने भएको हो । समायोजन प्रक्रियामा देखिएका सबै विवाद अन्त्य भइसकेकाले सेना समायोजन प्रक्रिया सुरु गर्न सबै मुख्य शिविरहरूमा समितिका ६ र नेपाली सेनाका ६-७ जनाको टोली पुगिसकेको र कहेी ठाउँमा आज पुग्ने छ । छनोट प्रक्रियालाई अगाडि बढाउने तयारी पूरा भएको समितिका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । सेना समायोजन विशेष समितिको यही भदौ ११ गते बसेको बैठकले अवरुद्ध लडाकु छनोट प्रक्रियालाई भदौ २१ गतेदेखि अगाडि बढाउने निर्णय गरेको हो । पछिल्लोपटक भएको छनोट प्रक्रियामा योग्य ठहरिएका ३ हजार १ सय २३ जना लडाकुले समायोजन प्रक्रियामा भाग लिनेछन् । लडाकुको जन्ममितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मानिने र १८ वर्ष पुगेकै मितिलाई सेवा प्रवेशको आधार बनाइने, छनोट प्रक्रिया अगाडि बढाइएपछि महानिर्देशनालय गठनबारेको प्रक्रिया सुरु गर्ने विशेष समिति सचिवालयले जनाएको छ । सचिवालय संयोजक शर्माका अनुसार प्रक्रियालाई छनोट भएको सङ्ख्याको आधारमा निर्णय लिइने र यकिन भएको सङ्ख्यालाई ३५ प्रतिशत कायम गर्ने र बाँकी अन्य सुरक्षा निकायबाट समावेश गरी संयन्त्र निर्माण गरिने छ । जुन मितिमा लडाकुहरू १८ वर्ष पुग्छन् त्यही मितिलाई आधार मानेर सेवा अवधि गणना गरिने दलहरुबीच सहमति भएको छ । नेपाली सेनाले बनाएको योजनाअनुसार एक महिनाभित्र समायोजन प्रक्रिया सम्पन्न हुनेछ ।

Sep 5, 2012

फेसबुकले अपराध अनुसन्धानमा सफलता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ २० - नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्तासँगै पीडक संख्या पनि बढ्दो छ। सर्वसाधारणमात्रै हैन, उच्च तहका सरकारी अधिकारी र प्रहरीलाई समेत हैरान बनाएको छ फेसबुक लगायतका सामाजिक सञ्जालले। सोसियल बेकर्स डट कमका अनुसार नेपाली फेसबुक प्रयोगकर्ताको संख्या १७ लाख बढी छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदी महाशाखाको साइबरक्राइममा आएका उजुरीमध्ये सोसल नेटवर्क सम्बन्धी ३२ वटा छन्। तीमध्ये अधिकांश उजुरी फेसबुक सम्बन्धी छन्। जटिल अनुसन्धान प्रकृयाका कारण फेसबुक लगायतका सामाजिक सञ्जाल सम्बन्धी आउने उजुरीले प्रहरीलाई समेत दिक्क बनाउने शब्द बनिसकेको अवस्थामा केन्द्रिय अनुसन्धान व्युरोले भने फेसबुककै सहयोगमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान सफल बनाएको छ। इन्जीनियरिङ अध्ययन संस्थान पुल्चोकको प्रवेश परिक्षाको प्रश्नपत्र लिक गर्ने समूहलाई व्युरोले फेसबुकको सहयोगको पक्राउ गर्न सफल भएको हो। उसले फेसबुकको सहयोगमा प्रश्नपत्र बिक्रीमा संलग्न समूहको पहिचान गर्दै १४ जनालाई पक्राउनै गरेको छ। प्रहरीले प्रश्नपत्र लिक गरी बिक्री गरेको अभियोगमा सिद्धार्थ लामा, लोकेन्द्र विष्ट, किशोर विष्ट, रविन पोखरेल, किशोर विष्ट, रविन पोखरेल, वीरेन्द्र साह, मदन मण्डल, मनोज यादव, शिव सागर यादव, राम विनय मण्डल, अमितकुमार यादव, राजिव चौलागाई, राजकुमार राउत, करण चौरसिया र निरज चौधरी पक्राउ परेका छन्। घटनामा संलग्न कृष्ण झा र प्रमोद यादव फरार छन्। एक कपी प्रश्नपत्र प्रमोदले समेत बिक्री गर्न लिएको खुले पनि उनी पक्राउ नपरेकाले उनले प्रश्नपत्र क-कसलाई बेचे भन्ने खुल्न सकेको छैन। व्युरोका प्रहरी अधिकारीले फेसबुकको समूहमा राखिएको प्रश्नपत्र सम्बन्धी अडियो क्लिपका आधारमा अनुसन्धान अगाडि बढाउँदा प्रश्न पत्र लिक गर्ने र बिक्री गर्ने आपराधिक घटनामा संलग्नहरुको पहिचान गर्न सकेको हो। व्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालले मंगलबार अनुसन्धान विवरण सार्वजनिक गर्दै 'फेसबुकमा प्रश्नपत्र पढेको अडियो क्लिप भेटिएपछि त्यसैको आधारमा घटनामा संलग्न अभियुक्त पक्राउ गर्न सफल भएको बताए। प्रहरीका अनुसार विद्यार्थीले सजिलोका लागी फेसबुकमा गु्रप पेज बनाएर परीक्षाको दिन साउन २७ गते बिहानै त्यसमा प्रश्न पत्र पढेको क्लिप राखेका थिए। सोही क्लिपको आधारमा परीक्षामा सहभागी हुने विद्यार्थीले अडियो क्लिप डाउनलोड गरेर सुनेर आठ बजे भएको परिक्षामा सहभागी भएका थिए। तर, केही दिनमै प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि क्याम्पसले करिव १० हजार सात सय विद्यार्थीको परीक्षा रद्द गर्दै अनुसन्धानका लागि व्युरोलाई आग्रह गरेका थिए।

सौहार्दपूर्ण रुपमा विवाद सुल्झाउन चीनलाई हिलारीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले चीनलाई सौहार्दपूर्ण रुपमा क्षेत्रिय विवाद सुल्झाउन आग्रह गरेकी छिन्। अमेरिकी विदेशमन्त्री क्लिन्टनले चीनका राष्ट्रपति हु जिन्ताओसंग भेट गरी क्षेत्रिय विवाद सुल्झाउन आग्रह गरेकी हुन्। चीनको दक्षिणी चिनीया समुन्द्रको क्षेत्रिय विवाद चलिरहेका बेला क्लिन्टनले चीन भ्रमण गरेकी हुन् । क्लिनटनले विवाद सुल्झाउन सहयोगी भूमिकाका लागि अमेरिका पनि तत्पर रहेको बताएकी छिन्। क्लिन्टन र जिन्ताओबीच दुई देशको सम्बन्ध विस्तार बारे पनि छलफल भएको थियो। क्लिन्टनको भ्रमण पुर्व चीनको परराष्ट्र निकायले क्षेत्रिय विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको थियो। इण्टोनेशियामा दक्षिणी चिनीया समुद्रको क्षेत्रिय विवाद बारेमा भएको आसियन छलफलमा सहभागी भएर क्लिन्टन चीन गएकी हुन्। अमेरिकाले यस अघि पनि चीनको भनाइ विपरीत क्षेत्रिय विवादमा विशेष चासो दिदैं अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा जोड दिदैं आएको थियो। चीन भ्रमणपछि क्लिन्टन आसियन संगठनकै पूर्वी टिमोर र ब्रुनाई भ्रमणमा जाने बताइएको छ।

Sep 4, 2012

एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले साउन १७ देखि २४ सम्म भएको एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको नजिता अनुसार ६२ दशमलब ४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १ लाख २१ हजार ४ सय १४ विद्यार्थी सहभागी भएकोमा ७५ हजार ७ सय ६२ उत्तीर्ण भएका हुन् । परीक्षामा ९१ जना एक्सफेल भएको र त्यसमध्ये ३४ जनाले ०६९ सालको परीक्षा पनि दिन नपाउने भएको पनिकाले उल्लेख गरेको छ । उनीहरूले नक्कली विद्यार्थीलाई परीक्षा दिन लगाउने, पनिकाले उपलब्ध गराएको भन्दा अन्य उत्तर पुस्तिका प्रयोग गरेकाले कारबाही स्वरुप अर्को वर्ष परीक्षा दिन नपाउने भएका हुन् । परीक्षाको नतिजा www.slc.ntc.np, www.edusanjal.com लगायत साइटहरुमा हेर्न सकिने छ ।

Sep 3, 2012

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, बिरोधमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र १८ - सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो । मूल्यवृद्धिको बिरोधमा विद्यार्थीहरुले सोमबार बिहान राजधानीको विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । निगम स्रोतले बढ्दो घाटा धान्न मूल्य बढाएको जनाएको छ । हाल निगमको मासिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ छ । यो वृद्धिसँगै काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ, डिजेल/मटि्टतेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

मुन्धुम् पुरस्कार बैरागी काइँलालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यसवर्षको रत्नशोभा-शुभलक्ष्मी मुन्धुम् पुरस्कार नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति बैरागी काइँलालाई प्रदान गरिएको छ । किराँत लिम्बू जातिको मौलिक धर्मग्रन्थ ‘मुन्धुम्’ को खोज अनुसन्धान गरी त्यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत उहाँलाई नगद एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसको उपलक्ष्यमा यहाँ एक कार्यक्रमबीच संस्कृतिविद् सत्यमोहन जोशीले नगद पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभयो । किराँत याक्थुङ चुम्लुङले यसै वर्षबाट स्थापना गरेको यो लिम्ब्ाूजातिको अहिलेसम्मकै सर्वाधिक ठूलो राशिको पुरस्कार हो । कुलपति काइँलाद्वारा प्रकाशित विभिन्न मुन्धुम्मध्ये तङ्सिङ मुन्धुम्लाई यसवर्ष पुरस्कृत गरिएको हो । मुन्धुम् लिम्बूजातिको लोक-वाङ्मयको महाकाव्य हो । विसं. १९९६ साउन २५ गते पाँचथरको पौवसार्थक गाविसमा जन्मनुभएका काइँला -तिलबिक्रम नेम्वाङ्) ले किराँत लिम्बूजातिको मौलिक धर्मग्रन्थ ‘मुन्धुम्’ को खोज अनुसन्धान गरी नेपाली भाषामा समेत अनुवाद गर्नुभएको छ । उहाँद्वारा प्रकाशित कृतिहरुमा क्रमशः किराँत मिवहन सम्ले -२०३८), महागुरु फाल्गुनन्दका उपदेशहरु तथा सत्य हाङ्मा पन्थका भजनमालाहरु -२०४७), केखपुजा आख्यान -२०४८), आँखी डाइरी मुन्धुम् -२०५१), सामसोधा मुन्धुम् -२०५१), मोचमार्ने मुन्धुम् -२०५२), तङ्सिङ् मुन्धुम -२०५२), सृष्टि आख्यान -२०६१) रहेका छन् ।

पारिजातको उपन्यास 'शिरीषको फूल'लाई फिल्ममा रुपान्तर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल'लाई फिल्ममा रुपान्तर गरिएको छ। जापानी नागरिक तोसिआकी इतोहद्वारा निर्देशित फिल्मको आइतबार राजधानीस्थित जय नेपाल हलमा प्रिमियर गरियो। इतोहले यसअघि 'कठपुतली' नामक नेपाली फिल्म निर्देशन गरेका थिए। 'कृतिमाथि फिल्म बनाउँदा साहित्यबारे धेरै जानकारी राख्नुपर्ने हुन्छ, अप्ठ्यारो भएको थियो,' निर्देशक तोसिआकीले भने, 'पुरानो जमानाको समय र परिवेश देखाउन धेरै कठिनाइ भोग्नुपर्‍यो।' फिल्मको रिलिज मिति भने टुंगो लागिसकेको छैन। 'अभिनय गर्न सजिलो थिएन। अहिले फिल्म रिलिज गरिहाल्ने केही सोच बनाएका छैनौं। जापानमा पनि प्रिमियर गरेपछि बल्ल रिलिजको सोच राखेका छौं,' अभिनेता गणेश लामाले भने। उनलाई सुयोगवीर पात्रको भूमिका दिइएको छ। फिल्म हेर्न कविवर माधवप्रसाद घिमिरे पनि उपस्थित थिए। 'उपन्यासमा प्रस्तुत गरिएको मर्मलाई फिल्ममा मर्न दिएको रहेनछ,' घिमिरेले फिल्म हेरेपछि भने। फिल्मको मुख्य पात्र सकम्बरी बनेकी छिन्, शर्मिला गुरुङ। शिवराजको रूपमा जगत राजथलाले अभिनय गरेका छन्। भने सकम्बरीका दुई बहिनी सौजन्या सुब्बा र अप्सरा कार्की छन्। फिल्ममा वसुन्धरा भुसाल, गोपाल भुटानी, सन्तोष लामा, श्याम राई, इन्दिरा गोले, गणेश मुनाल, लक्ष्मी भुसाल लगायतको पनि अभिनय छ। फिल्मको छायांकन पनौती, नारायण भवन (जावलाखेल), भक्तपर, खोकना, बुङमती, बज्रबाहारी, दमौली र धम्पुसमा गरिएको थियो।

रोमानियामा २३ वर्षकी हजुरआमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रोमानियामा दुई बच्चाकी आमा २३ वर्षकी युवती हजुरआमा बनेकी छिन् । रिफ्का स्टानेस्कु नाम गरेकी युवती १२ वर्षको उमेरमा पहिलो पटक आमा बनेकी थिईन् । उनकी आफ्नी छोरी मारियाले पनि मारियाले ११ वर्षकै उमेरमा बच्चा जन्माएर स्टानेस्कुलाई हजुरआमा बनाएकी छिन् । रिफ्काले गहना बिक्रेता लोनेल स्टानेस्कुसित ११ वर्षको उमेरमा विवाह गरेकी थिईन् जुन बेला उनको पति १३ वर्षका थिए । आफूलाई अर्कै केटासँग बिहे गर्न लागेको थाहा पाएपछि रिफ्काले भागेर बिहे गरेकी थिइन् । उनकी छोरीले भने उनीभन्दा अघि १० वर्षकै उमेरमा बिहे गर्न पुगिन् । कम उमेरमा बिहे गर्नु आमा तथा शिशु दुवैको स्वास्थ्यका लागि खतरनाक मानिन्छ तर यो उदाहरणले उक्त कुरालाई चुनौती दिएको छ ।

बाबुराम सरकारलाई वैद्य समूहले ७० बुँदे माग राख्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र १८ - एमाओवादीबाट फुटेर बनेको नेकपा-माओवादी ले बाबुराम भट्टराई सरकारसँग ७० बुँदे माग राख्ने भएको छ । माग पूरा नभए आन्दोलन गर्ने उसको चेतावनी छ । माओवादी उपाध्यक्ष सीपी गजुरेलले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा तत्कालिन माओवादीले राखेका ४० बुँदे मागमा ३० थप गरी ७० बुँदे माग राख्ने जानकारी दिए । माओवादी नेता बाबुराम भट्टराई -हाल प्रधानमन्त्री)ले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसँग ४० बुँदे माग राखेका थिए । माग पूरा नभएको भन्दै माओवादी सशस्त्र युद्धमा गएको थियो । गजुरेलले आन्दोलन शान्तिपूर्ण हुने उल्लेख गरे । 'आन्दोलन शान्तिपूर्ण हुन्छ,' उनले भने, 'तत्कालिन विद्रोही माओवादीलेजस्तो जनसरकार ब्युँताउने सम्भावना छैन ।' गजुरेलले बाबुराम भट्टराई प्रधानमन्त्री पदमा कायम रहेसम्म दलहरुबीच सहमति बन्न नसक्ने ठोकुवा गरे । 'बाबुराम भट्टराई प्रधानमन्त्री रहुन्जेल सहमति बन्नै सक्दैन,' प्रधानमन्त्रीको राजीनामा पहिलो सर्त रहेको बताउँदै उनले भने, 'उहाँ अब पदमा रहनु हुन्न ।' दलहरुबीच सहमति पनि नहुने, बाबुराम भट्टराईले राजीनामा पनि नदिने हो भने अर्को जनआन्दोलनको विकल्प नभएको स्पष्ट पारे । राष्ट्रपतिले गतिरोध अन्त्यको लागि ठोस पहलकदमी लिनु पर्ने भन्दै गजुरेलले पछिल्ला गतिविधिले राष्ट्रपति निरीह देखिएकोप्रति चिन्ता प्रकट गरे । उनले भने-'राष्ट्रपति निरीह रहने, प्रधानमन्त्री गैरजिम्मेवार भइरहने यस्तो अवस्थामा अब जनताले सडक कब्जा गर्नुको विकल्प छैन ।'

Sep 1, 2012

सीमा विवादमा रुकुम र बाग्लुङका बासिन्दाबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुम, भदौ १६- रुकुम र बाग्लुङ जिल्लाका स्थानीय बासिन्दाबीच दुई दिनदेखि चलेको सीमा विवाद झडपमा परिणत भएको छ। पूर्वी रुकुमको तकसेरा गाविसका स्थानीय बासिन्दा र बाग्लुङ जिल्लाको निसी गाविसका स्थानीयबीच झडप भएको हो। झडपमा परी रुकुमका आधा दर्जन सर्वसाधारण घाइते भएका छन्। ढोरपाटन शिकार आरक्षक्षेत्र भित्र पर्ने रुकुमको तकसेरा र बाग्लुङको निसी गाविसका बासिन्दावीच लामो समयदेखि सीमा विवाद छ। बाग्लुङवासीले आफ्नो क्षेत्रमा रुकुमका स्थानीयहरुले घर,गोठ अतिक्रमण गरी चरिचरण गरेको भन्दै १२ वटा भन्दा बढी घर गोठमा लागो लगाइएको छ। दुवै जिल्लाको सिमाना रहेको बुकी पाटन चरिचरणको विषयमा विवाद हुँदै आएको छ। सिमानामा रहेको चरिचरण क्षेत्रलाई लिएर रुकुमको तकसेरा गाविस वडा नं ७ सेरा र बागलुङको निसी गाविस वडा नं १, २ र ३ निसेलढोरका बासिन्दाबीचको विवाद चुलिँदै गएको हो। यस क्षेत्रलाई दुवै जिल्लाका वासिन्दाहरुले आ आफ्नो क्षेत्रमा पर्ने भन्दै दावी गर्दै आएका छन्। विवाद चर्कँदै गएपछि बाग्लुङ निसेलढोरका बासिन्दाले रुकुम सेराका १२ वटा भन्दा बढी घरगोठमा आगजनी गरेका गर्नुका साथै छविलाल सुनार, तारा सुनार, जितबहादुर बुढा, दिलप्रसाद बुढालगायत १० जना व्यक्तिलाई नियन्त्रणमा लिएर छाडेका छन्। विवादको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयवाट प्रहरी टोली त्यसतर्फ खटेको रुकुम प्रहरी प्रमुख डिएसपी किसनसिंह थापाले जानकारी दिए। घटनास्थल पुग्न १० घण्टा लाग्ने भएकोले थप विवरण प्राप्त हुन नसकेको डिएसपी थापाले बताए। सदरमुकाम खलंगाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको टोली घटना स्थलमा लागेको छ।

फेसबुकमा झुम्मिने पुरुषभन्दा महिला बढी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन, भदौ १६ (एजेन्सी)- वैज्ञानिकहरुले फेसबुक, टि्वटर लगायत इन्टरनेटमा बढी समय बिताउने पुरुषभन्दा महिला बढी हुने पत्ता लगाएका छन्। इन्टरनेटको लत लाग्नुमा मानवको जिनको एक प्रकार नै हुने र त्यस्तो महिलामा हुने पत्ता लागेको हो। युनिभर्सिटी अफ बोनका डाक्टर क्रिस्चियन मोन्टागको नेतृत्वमा भएको अनुसन्धानले यस्तो देखाएको हो। उनको समूहले इन्टरनेट बानी बारे ८४३ जनासँग अन्तर्वार्ता लिएको थियो। ती मध्ये १३२ जना इन्टरनेटको लत लागेकाहरु थिए। ती लत लागेकाहरुको जिनमा समानता भेटियो। लत लागेका मध्ये अधिकांश महिला थिए।

नेपालमा संघीयता आवश्यक छ: भारतीय राजदूत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विराटनगर, भाद्र १६ - नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद ले नेपालको समृद्धि एवम् समानुपातिक विकासका लागि नेपालमा सङ्घीयता आवश्यक रहेको बताएका छन् । नेपाल र भारतका सीमा क्षेत्रका पत्रकारहरुसँग शनिबार यहाँ आयोजित संयुक्त बैठकमा उनले भारतमा पनि सुरु अवस्थामा सङ्घीयता कायम गर्दा अप्ठ्यारो परेको स्मरण गर्दै सङ्घीतालाई गलत रुपमा लिन नहुने बताए । उनले सङ्घीयता जातीय आधारमा नभई आर्थिक एवम् सामाजिक आधारमा कायम गर्नु पर्छ भन्दै भारतले नेपालको विकास एवम् समृद्धि चाहेको स्पष्ट पारे । बिपी कोइराला नेपाल–भारत प्रतिष्ठाद्वारा आयोजित सो बैठकमा राजदूत प्रसादले पूर्वाञ्चलका सीमा क्षेत्रको स्थलगत निरीक्षण एवम् समस्याबारे छलफल गरेको उल्लेख गर्दै नेपाल र भारत सीमामा कुनै किसिमको पर्खाल आवश्यक नरहेको बताए । विश्वमै नेपाल र भारत बीचको मित्रता उदाहरणीय सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल र भारतका जनता स्वतन्त्रपूर्वक एकअर्का देशमा काम गरिरहेको छ भने । राजदुत प्रसादले काठमाडौं र दिल्लीमा बसेका सीमाको समस्या नबुझने बताउँदै त्यसका लागि सीमा क्षेत्रमा आउनसमेत आग्रह गरे । नेपालमा राजनीतिक स्थिरता, आर्थिक र सामाजिक क्षेत्रको विकास तथा जलस्रोतको सदुपयोग आवश्यक रहेको बताउँदै नेपाल र भारतका पत्रकारहरुले दुई देशको समस्या समाधान तथा आपसी हित तथा जनताको उन्नतीमा कलम चलाउन आग्रह गरे । सीमा क्षेत्रमा बसेको भारतीय सुरक्षा बल (एसएसबी) गलत क्रियाकलापबारे नेपाल र भारत दुवै तर्फबाट धेरै गुनासो आएकाले भारतको गृह मन्त्रालयमा लिखित पत्राचार गर्ने आश्वासनसमेत दिएका छन् ।