News

Jan 24, 2014

आजेदेखि सहिद सप्ताह विभिन्न कार्यक्रम गर्दै सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आजेदेखि सहिद सप्ताह विभिन्न कार्यक्रम गर्दै सुरु भएको छ । विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा विभिन्न सहिदले जीवनको बलिदान गरेको स्मरणमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म 'सहिद सप्ताह' मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहुति दिने ज्ञात–अज्ञात सहिदहरुको सम्झना एक सातासम्म सहिद दिवस मनाउने गरिन्छ। विशेषगरी विक्रम सम्वत् १९९७ मा मारिएका चार वीर सहिदको सम्झनामा सहिद दिवस मनाउँदै आइएको छ । काठमाडौं महानगरपालिकाले यस वर्ष पनि सो सप्ताह मनाउनका लागि मूल समारोह समिति गठन गरी सहिदको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालमा जहानियाँ राणा शासनको अन्त्य गर्न चार सहिदले प्राणको आहूति दिएका थिए । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । तत्कालीन राणा शासकले विक्रम सम्वत् १९९७ माघ १० गते सहिद शुक्रराज शास्त्रीलाई टेकु पचलीमा मृत्युदण्ड दिएको थियो ।

भिषण आक्रमणको विरुद्ध सिया समुदायको प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
क्वेटा (पाकिस्तान), ९ माघ - पाकिस्तान दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा आतङ्ककारीले सिया समुदायमाथि गरेको दमनको विरुद्ध आज तेस्रो दिन पनि प्रदर्शन जारी रहेको समाचार छ । यसै हप्ता भएको आत्मघाती आक्रमणमा सिया समुदायका आफन्तको मृत्युपछि उक्त प्रदर्शन सुरु भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी अधिकारी अहमद नवाजकाअनुसार गत मङ्गलबार बलुचिस्तान प्रान्तको मेस्तुङ्ग जिल्लामा इरानबाट फर्किरहेका २८ सिया समुदायका तीर्थयात्रीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको थियो । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रदर्शनकारीले सो आक्रमणमा ज्यान गुमाउने व्यक्तिको कफिन (शव राख्ने बट्टा) लिएर प्रदर्शन गरेका जनाइएको छ । स्थानीय सिया समुदायका नेता मुसार्रात आग्हाले यस आत्मघाती आक्रमणका योजनाकार अल कायदासँग आबद्ध सुन्नी समुदायका आतङ्ककारीलाई पाकिस्तान सरकारले कडा कारबाही नगरेसम्म प्रदर्शन नरोकिने जनाएका छन् । बलुचिस्तानका ती सुन्नी समुदायका आतङ्ककारीहरू लासकार–ई–झाङ्गभी आतङ्ककारी समूहसँग आबद्ध रहेका समाचारमा जनाइएको छ ।

नेपाली कांग्रेसले देशको संविधान निर्माणको कार्यविधि तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली कांग्रेसले देशको संविधान निर्माणको कार्यविधि तयार पारेको छ । कांग्रेसको केन्द्रीय समितिका सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित संविधान निर्माणसम्बन्धी सुझाव समितिले एक वर्षभित्र संविधान जारी गर्न आवश्यक प्रक्रिया र कार्यविधि तयार पारेको छ । उक्त प्रतिवेदन समितिले कांग्रेस सभापति सुशील कोइरालालाई बिहीबार बुझाएको हो । विद्यमान संविधानसभा नियमावलीमा रहेको प्रक्रिया र कार्यविधिलाई छोट्याएर एक वर्षमा संविधान जारी गर्ने प्रमुख दलको प्रतिबद्धतालाई पूरा गर्ने लक्ष्यका साथ कांग्रेसले कार्यविधि बनाएको हो । संविधानसभाले निर्माण गर्ने कार्यतालिकामा कांग्रेसले आफ्नो कार्यविधि प्रतिवेदनलाई सुझावका रूपमा प्रस्तुत गर्ने जनाएको छ । समितिलाई मस्यौदा तयार गर्न २० दिन समय दिनुपर्ने उसको सुझाव छ । समितिले अघिल्लो संविधानसभामा मुख्य विवाद रहेको राज्यको पुनर्संरचनामा राजनीतिक र संवैधानिक तवरबाट नै हल खोज्नुपर्ने सुझावसमेत दिएको छ । समितिमा फरमुल्ला मन्सुर, भिष्मराज आङदेम्वे, नवीन्द्रराज जोशी र पार्वती डिसी चौधरी सदस्य रहेका थिए ।

देशभरका सरकारी अस्पतालमा सेवा सुचारु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
डा. गोविन्द केसीले आमरण अनसन तोडे गरेलगत्तै आजदेखि देशभरका सरकारी अस्पतालमा सेवा सुचारु भएको छ । नेपाल चिकित्सक संघले देशभरीका चिकित्सकलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्की जिम्मेवारी निर्वाह गर्न आह्वान गरेपछि देशैभरका सरकारी अस्पताल खुलेका हुन् । नेपाल चिकित्सक संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनरत चिकित्सकहरुलाई अस्पतालमा गई आफ्नो कार्यभार सम्हाल्न अनुरोध गरेको हो । प्राध्यापक डा. गोविन्द केसीले उठाएका मागको सरकारले उचित सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकहरुलाई आफ्नो कर्तव्य निर्वाह गर्न अनुरोध गरेको हो । डा. गोविन्द केसीले उठाएका माग सरकारले पुरा गरिदिने बाचा गरेपछि बन्द रहेका सरकारी अस्पतालका ओपिडी सेवा पनि आजबाट नियमित सञ्चालन भएका छन् । अस्पताल खुलेसँगै अब बिरामीहरुको चेक जाँच अस्पतालको परिसर वा खुल्ला आकास मुनि हुने छैन । विरामीको उपचार अब अस्पताल भित्र नै हुने भएको छ । रोगले छट्पटिएका गरिब निमुखा नेपाली नागरिक अस्पताल खुलेसँगै खुशि भएका छन् ।

ताप्लेजुङका अग्नि पिडितहरुलाई कियाचु नेपाल ईजरायलबाट राहत बितरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 गत २०७० मंसिर १४ गते किराँत याक्थुङ चुम्लुङ ईजराइलले पूर्वान्चलमा भएको अग्नि तथा बाडी पीडीतहरुलाई भनि संकलन गरिएको रकम ताप्लेजुङमा गएको २०७० सालको दिपावलीमा लागेको भिषण आगलागीमा पीडीत हुन् पुगेका पीडीतहरुलाई वितरण गरिएको छ। किराँत याक्थुङ चुम्लुङ ईजराइलका अध्यक्ष प्रताप मादेनको मातहतबाट पत्रकार सम्मेलन गरि पीडीतहरुलाई वितरण गर्नु भएको थियो । राहत वितरण कार्यक्रममा ताप्लेजुङ जिल्ला प्रमुख, बिभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवीहरु लगायत बजार ब्याबस्थापन समितीको उपस्थितिमा बितरण गरिएको हो । किराँतयाक्थुङ चुम्लुङ ईजराइलका अध्यक्ष स्वयम प्रताप मादेनको तर्फबाट रु १ लाख ५० हजार र संस्थाबाट संङ्कलन गरिएको रु ५५ हजार गरि जम्मा रु २ लाख ५ हजार रकम वितरण गरिएको छ । क्षतिको विवरणलाई मुल्याङकन गरि १५ घरलाई वितरण गरिएको हो। कार्यक्रमको अन्त्यमा जिल्ला प्रमुख लगायत समाजसेवीहरुले कियाचु ईजराइल परिवारलाई धन्याबाद ज्ञापन गरेका थियो । र झापा जिल्ला अग्नि तथा बाडी पीडीतहरुको लागी छुट्याईएको रु १ लाख रकम पनि कहाँ के कति क्षति भएको हो सो को तुरुन्त निश्पक्ष छानबिन गरेर वितरण गर्ने निर्णय गरिएको छ।