News

Jul 31, 2012

भट्टराईलाई पदमुक्त गर्नुपर्ने माग सहित सर्वोच्चमा रिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदमुक्त गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । सर्वोच्चमा दायर गरिएको रिटमा प्रधानमन्त्रीलाई बर्खास्त गरी सहमतिको सरकार गठनकोलागी दलहरुलाई आब्हान गर्न राष्ट्रपति डा. रामवरण यादवलाई निर्देशनात्मक आदेश जारी गराई पाउ भन्ने व्यहोरा उल्लेख गरिएको छ । अधिवक्ताद्धय सरोजकुमार थापा र पारसमणी भट्टराईले दर्ता गरेको रिटमा संविधानसभा निर्वाचनको लागी सहमतिको आवश्यकता, कामचलाउ सरकारले निर्वाचन गर्न नसक्ने र संसदको सदस्य नरहेको ब्यक्ति सहमति बिना प्रधानमन्त्री पदमा रहन नसक्ने सहितका तर्क गरिएको छ ।

पूर्व मन्त्री खड्काको भ्रष्टाचार मुद्दा फैसला साउन ३० मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन १६- गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पाँच वर्षअघि दायर गरेको मुद्दाको फैसला आगामी साउन ३० गते हुने भएको छ। हिजो र आजको सुनुवाईपछि पक्ष र विपक्षको बहस सकिएकोले न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले साउन ३० गते फैसला सुनाउने भएको हो। पाँच वर्षमा पटक पटक पेशी चढ्दै सर्दै तथा अनेक पटक स्थगित हुँदै मुद्दा दर्ता भएको चार वर्षपछि २०६७ चैत १३ गते बल्ल तत्कालीन प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र सुशीला कार्कीले झगडिया झिकाउने आदेश दिएका थिए। गत वर्ष साउन २२ गते मिसिल झिकाउने आदेश कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयुक्त इजलासले गरेपछि गत वर्ष कात्तिक ७ गतेदेखि यो मुद्दाको सुनुवाई कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासमा भइरहेको छ। बीचमा एक पटक खड्काका कानुन व्यवसायीका कारण पेशी स्थगित भए पनि यो मुद्दा उनीहरुकै इजलासमा लामो समयदेखि 'हेर्दाहेर्दै'को अवस्थामा थियो। पटक पटक पदको दुरुपयोग गरेर २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पति आर्जन गरेको अभियोग अख्तियारले लगाए पनि विशेष अदालतले १२ लाख बराबरको सम्पतिको मात्रै स्रोत नखुलेको ठहर गरेको थियो। “मिसिलमा संलग्न सबुत प्रमाणबाट प्रतिवादी खुमबहादुर खडकाले वैध आयस्रोतका अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन नआएको हुँदा निज प्रतिवादीले दाबीको कसुर गरेको नठहरी सफाइ पाउने ठहर्छ”, विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी र सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले गरेको फैसलामा लेखिएको छ। विशेषले २०६३ कात्तिक २९ गते गरेको यो फैसलालाई चुनौती दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट आयोगका अनुसन्धान अधिकृत गोबिन्दबहादुर श्रेष्ठले २०६३ चैत १५ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

उत्तर कोरियामा पनि बाढी, ९० जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापान र चीन बाढीको चपेटामा परिरहेकै बेला उत्तर कोरियामा पनि बाढी आएको छ । जसका कारण एक महिनामा ९० जनाको मृत्यु भएको छ । मनसुनी बर्षासंगै भएको भारी बर्षा र बाढीका कारण कयौं घर डुबानमा परेका छन् । बाढीबाट हजारौं कोरियाली जनता बिस्थापित भएका छन् । बिजुली आपूर्ति बन्द हुनुका साथै यातायात सेवासमेत अवरुद्ध हुँदा कोरियाली जनताको दैनिकीमा असर परेको छ । बाढीकै कारण हजारौँ हेक्टरमा लगाइएको बालीनाली नष्ट भएको छ । बाढीले उत्तर कोरियाको प्योङगाङ शहर बढी प्रभावित बनेको छ ।

टेलिकमले १९ अर्ब राजस्व बुझाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १६ - नेपाल टेलिकमले सरकारलाई चालु आर्थिक वर्ष रु १९ अर्ब छ करोड १५ लाख राजस्व बुझाउने लक्ष्य राखेको छ । कम्पनीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीले लाभांश, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा शुल्क, आयकर र रोयल्टीलगायत शीर्षकमा सो रकम बुझाउने लक्ष्य लिएको हो । गत आर्थिक वर्ष २०६८/०६९ मा कम्पनीले सरकारलाई रु १८ अर्ब सात करोड ९३ लाख ७५ हजार ९९९ राजस्व बुझाएको थियो । कम्पनीले चालु आर्थिक वर्षमा वाईम्याक्स, आइपी, सिडिएमए, जिएसएम र थ्रीजीजस्ता नयाँ प्रविधिहरु सञ्चालनमा ल्याएर प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने जनाएको छ । त्यस्तै कम्पनीले गुणस्तरीय सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरुमा दूरसञ्चार सेवाहरुको पहुँच स्थापना गरी नयाँ उपकरण भित्र्याउने बताइएको छ । कम्पनीले चालु आर्थिक वर्षका लागि रु ६२ अर्ब ३६ करोड १६ लाख १० हजार बजेट छुट्याएको छ । कम्पनीले टेलिफोन लाइन जडान गर्ने योजना सञ्चालनका लागि रु १५ अर्ब ११ करोड चार लाख ८६ हजार विनियोजन गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले कम्पनीले उपलब्ध गराउने सेवालाई थप विस्तार गर्दै गुणस्तरलाई प्रभावकारी बनाउन नयाँ प्रविधि भित्र्याउने उल्लेख गरे । कम्पनीका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले जिएसएमतर्फ एक करोड लाइन विस्तार गर्ने योजनाअनुरुप ४८ लाख लाइन खरिद सम्झौता भइसकेको जानकारी दिए । टेलिकमले ग्रामीण दूरसञ्चारतर्फ सरकारको नीतिअनुसार पहिलो चरणमा ३५ जिल्लामा करिब एक हजार आठसय गाविसमा वायरलेस ब्रोडव्यान्ड सेवाको पहुँच स्थापित गर्नेछ । गत वर्षको जेठ मसान्तसम्म कम्पनीका टेलिफोन ग्राहक करिब ७७ लाख १५ हजार र इन्टरनेट सेवामा करिब २० लाख १३ हजार पुगेको छ । गत वर्ष कम्पनीले रु १२ अर्ब ५४ करोड २५ लाख नाफा गरेको छ भने यस आर्थिक वर्षमा रु १२ अर्ब ५४ करोड ७० लाख नाफा गर्ने लक्ष्य लिएको छ ।

संविधानसभाको पुनस्थापनाको पक्षमा कांग्रेस नेता देउवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संविधानसभाको पुनस्थापना गर्ने कि नयाँ निर्वाचनमा जाने भन्ने विवाद भइरहेकै बेला कांग्रेस नेता शेरबहादुर देउवाले भने छोटो समयका लागि भएपनि संविधानसभाको पुनस्थापना हुनुपर्ने धारण व्यक्त गरेका छन् । कांग्रेस जिल्ला सभापतिहरुको बाह्रबिसेमा भइरहेको बैठकमा उनले यस्तो विचार राखेका हुन् । देउवाको भनाइ उदृत गर्दै एक सदस्यले नयाँ निर्वाचनकै लागि भएपनि संविधानसभाको पुनस्थापना हुनुपर्ने बताए । काठमाण्डौँमा भीमसेन दास प्रधान, धनकुटामा अजितनारायणसिंह थापा र धनुषामा रामसरोज यादव बाहेक कांग्रेस भेलामा बोलेका अन्य ६० जनाले भने नयाँ निर्वाचनमा जानुपर्ने मत राखेको बताइएको छ ।

Jul 29, 2012

हङकङ बसोबास गर्ने साहित्यकारहरुको मासीक भेला सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सन् २०१२ जुलार्इ २९ तारीख आर्इतबारका दिन हङकङ बसोबास गर्ने साहित्यकारहरुको जोर्डनस्थित मासीक भेला साब्लाबुङ साहित्यिक मासीकका सम्पादक राज कुमार रार्इको निबासमा सम्पन्न भएको छ । भेलाले भेला संयोजकमा कवि चन्द्र मादेन आन्छनलार्इ चयन गर्यो। त्यसरी नै भेलाको लागि स्थल निर्धारण गर्ने,भयवाद सम्वन्धि चर्चा,साहित्यको पाठक अभिबृद्धि गर्नेबारे चारवटा शिर्षक माथि निर्णय गरेको थियो। उक्त निर्णयसंगै कविता वाचन समेत गरीएको थियो। सहभागीहरु क्रमश नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फे,भयवादका प्रवर्तक,रेखा कवि तथा उपन्यासकार देश सुब्बा,आदिबासी गीतकार समाज हङकङका अध्यक्ष कवि तथा गीतकार प्रदीप कन्दङवा,सिर्जनशील साहित्य समूहका सचिव नरेश सुनुवार,नेपाली साहित्य प्रतिष्ठानका सदस्य तथा कवि,गीतकार बिमल गुरुङ, साब्लाबुङ साहित्यिक मासीकका सम्पादक राज कुमार रार्इ,कविहरुमा चन्द्र मादेन आन्छन्,टोप बहादुर रार्इ,पृथ्वीमान थेवे,सन्तोष याखा,दाजु गुरुङ,बल्लभ रोका,त्रिभुवान लुम्फुङा हुनुहुन्थ्यो। आगमी भेलामा हङकङमा नेपाली साहित्य लेखन र बिकासको लागि बिबिध बिषयमा छलफल गर्दै लैजाने समेत निर्णय गरीएकोथियो। यो साहित्यिक भेला मासीक रुपमा निरन्तर हुँदै आएको छ । जस्ले साहित्यकारहरुमा साहित्य सदभाव बढ्दै गएको अनुमान गरीएको छ ।

Jul 28, 2012

गूगलले सुरु गर्ने भो उच्च गतिको इन्टरनेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इन्टरनेटको दुनियाँमा सबैभन्दा ठूलो खेलाडी गूगलले विश्वको सबैभन्दा तिब्र गतिको इन्टरनेट सेवा सुरु गरेको छ । यसको गति एक गीगाबाइट(जीवी) प्रति सेकेण्ड छ । अप्टिकल फाइबरबाट उपलब्ध गराइने इन्टरनेट विश्वकै सबैभन्दा तिब्र गतिको भएको गूगलको दावी छ । डेली मेलका अनुसार इन्टरनेट सर्च इन्जिन गूगलले अमेरिकी राज्य मिरोउरीको कान्सास शहरमा गूगल फाइबर नामको आफ्नो तिब्र गतिको इन्टरनेट सर्भिस सुरु गरेको छ । यसलाई आगामी दिनमा अन्य शहरहरुमा पनि विस्तार गर्ने उसको लक्ष्य छ । सर्च इन्जिनबाट आफनो सेवा थालेको गूगलले गएका बर्षहरुमा फोन, प्याड, सोसल नेटवर्क लगायतका नयाँ र तिब्र प्रतिस्पर्धा भएका क्षेत्रमा हात हालिरहेको छ ।

पाँच श्रीमतीको सामुहिक बलात्कारबाट श्रीमानको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नाइजेरियामा पाँच श्रीमतीको सामुहिक बलात्कारबाट श्रीमानको मृत्यु भएको छ । नाइजेरियका एक व्यापारीलाई उनका पाँचजना श्रीमतीले सामुहिक बलात्कारबाट मृत्युको शिकार बनाएका हुन् । आधा दर्जन विवाहा गरेका एक युवकले छैठौँ श्रीमतीलाई समय दिएको भन्दै पाँचवटी श्रीमतीले सामुहिक बलात्कार गरेपछि श्रीमानको मृत्यु भएको हो । नाइजेरियाको अग्बादिबो घर भएका युरोको आनोजा नामक व्यापारीलाई उनका पाँच श्रीमतीले सामुहिक बलात्कार गरेर मृत्युको शिकार बनाएका हुन । विभिन्न अन्तराष्ट्रिय समाचार संस्थाले उल्लेख गरेअनुसार छैठौँ श्रीमतीसँग शारीरीक सम्पर्क राखिराखेका बेला पाँच जना श्रीमतीले सामुहिक बलात्कार गरेपछि ओनाजा नामक व्यापारीको मृत्यु भएको हो । नाइजेरिया पोस्टमा उल्लेख भए अनुसार कान्छी श्रीमतीसँग सम्भोग गरिराखेका बेला अन्य पाँच श्रीमतीले हामीलाई समेत समय र सन्तुष्टि दे भन्दै श्रीमानमाथि आक्रमण सुरु गरेका थिए । सबै श्रीमतीले सन्तुष्टिको माग गरेपछि ओनोजाले सबैलाई यौन सन्तुष्टि दिने प्रयास गरेका थिए । उनले चार श्रीमतीसँग सेक्स गर्न भ्याएपनि अन्य श्रीमतीसँग सेक्स गर्न नसकेपछि उनी अन्य श्रीमतीको आक्रमणको सिकार भए । व्यापारीक केन्द्रबाट घर पुगेर कान्छी श्रीमतीको कोठामा पसेका व्यापारी अन्य श्रीमतीको योजनाबद्ध आक्रमणमा परी मृत्युको मुखमा पुगेको खबर बेलायती पत्रिकाहरुले छापेका छन् । उनकी कान्छी श्रीमतीका अनुसार श्रीमानको मृत्यु भएपछि पाँचै जना श्रीमतीहरु त्यहाँबाट भागेका थिए । नाइजेरियाली प्रहरीले घटनापछि दुई श्रीमतीलाई मात्र पक्राउ गर्न सकेको छ ।

खेलकुदको कुम्भमेलामा २ सय ४ देशका १० हजार ५ सय खेलाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
शुक्रबार राति बेलायती महारानी एलिजावेथ द्वितीयले विश्वका २ सय ४ देशका १० हजार ५ सय खेलाडीले सहभागीता जनाएको खेलकुदको कुम्भमेला उद्घाटन गरेकी छन् । बेलायतले तेस्रोपटक आयोजना गरेको ओलम्पिकका कारण पूर्वी लन्डनको स्टाटफोर्ड क्षेत्रमा तामझाम छ । शुक्रबार राति लण्डनको स्थानीय समयअनुसार बेलुकी ९ बजे खेलकुदको महाकुम्भ औपचारिक रुपमा सुरु भएको हो । नेपाली समयअनुसार खेलकुद महाकुम्भको उद्घाटन रातिको पौने २ मा भएको हो । विश्वभर रौनकता थपिरहेको ओलम्पिकले नेपाली दर्शकलाई समेत तताएको छ । ओलम्पिकको उद्घाटन हेर्न राजधानी काठमाडौँ बासी जाग्राम बसेका थिए । बेलायती महारानीले उद्घाटन गरेको खेलकुद महाकुम्भमेला बेलायतले ६२ वर्ष पछि आयोजनाको अवसर पाएको हो । बेलायती प्रधानमन्त्री डेबिट क्यामरुनले बिहिबार राति नै ओलम्पिकको भव्यतामा गौरवका साथ खुसीयाली मनाउँन बेलायतबासीलाई आह्वान गरेका थिए । बेलायतले इतिहासकै सबैभन्दा भव्य खेलकुद कुम्भ बनाउँने योजना अनुसार उत्कृष्ठ तयारी गरेको हो । लण्डन ओलम्पिक २०१२ आयोजक समितिका प्रमुख सेवास्टिन कोलेले इतिहासकै भव्य र स्मरणीय ओलम्पिकको उद्घाटन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ओलम्पिक सम्पन्न हुने स्टाटफोर्ड क्षेत्रलाई ओलम्पिकका व्यानरले बेहुली सजाइएजस्तै सजाइएको छ । फुटबलको आयोजना स्थलमध्येको एक बेम्बलीको मुख्य बजार र रंगशाला वरपर पूर्ण रुपमा झन्ड र तुल टाँगेर सजाइएको छ ।

पूर्व पदाधिकारीहरुलाई दिएको सुविधाको गाडी कब्जा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यूवा संघ नेपालले सरकारले पूर्व पदाधिकारीहरुलाई दिएको सुविधाको गाडी कब्जा गर्ने भएको छ । संघले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर सुविधाका गाडि कब्जा सहितका सरकार विरुद्धको १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यूवा संघले साउन १४ गते उपत्यका भेला गरेर आन्दोलनको सुरुवात गर्ने छ । घोषित आन्दोलनका कार्यक्रम अनुसार साउन १६ र १७ गते बानेश्वरमा ४ बजे आधा घण्टा चक्का जाम गर्ने, साउन १८, १९ र २० गते ७५ जिल्लामै ४ बजेपछि आधा घण्टा चक्का जाम गर्ने, २० गते साँझ मसाल जुलुस, साउन २१ र २२ गते विहान ६ बजेदेखि १० बजेसम्म उपत्यका बन्द गर्ने लगायतका रहेका छन् । त्यसैगरी साउन २३ र २४ गते विहान ६ देखि १० बजेसम्म नेपाल बन्द र बर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रममा अवरोध पुर्याउने र कालो झण्डा देखाए बहिस्कार गर्ने कार्यक्रम पनि रहेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष महेश बस्नेतले राजनीतिक दलहरुवीच सहमतिको सम्भावना क्षिण बन्दै गएको र सरकार सुध्रिने मनस्थितिमा नरहेको स्पष्ट भएको भन्दै सरकारलाई सत्ता च्युत गर्न आन्दोलनको विकल्प नभएको बताए । उनले एमालेकै नेताहरुले लिएको सुविधाको सवारी साधन समेत कब्जामा लिने चेतावनी दिदै सरकारलाई सुविधा भन्दा पनि जनतालाई मल उपलब्ध गराउन सुझाव दिए। बस्नेतले संघले आफ्नो आन्दोलनलाई यसपटक तराईमा केन्द्रित गर्ने जानकारी दिदै तराई मधेस जागरण अभियान अन्र्तगत मधेसी जनताका भावना विपरीत भ्रष्टाचार, डकैति, रातो पासपोर्ट दुरुपयोग, डकैति लगायतका घटना संस्थागत रुपमा बढेकोले त्यसलाई परास्त पार्न मधेस केन्द्रित आन्दोलन थालिएको जानकारी दिए । बस्नेतले नेपालमा आएका आईएनजीओले नेपालमा विदेशी हस्तक्षेप बढाएको दाबी गर्दै उनीहरुको क्रियाकलाप र गतिविधीको विषयमा पनि यूवा संघले हस्तक्षेपकारी अभियान अगाडि बढाउने बताए । जसका लागि युवा संघले उपाध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा समितिनै गठनसमेत गरेको छ ।

लण्डन ओलम्पिकको सुरक्षामा १ सय ५० पूर्व गोर्खा सैनिक खटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 लण्डन ओलम्पिकको सुरक्षामा १ सय ५० पूर्व गोर्खा सैनिक खटिएका छन् । बेलायतस्थिति गोर्खा सेक्युरिटी सर्भिस कम्पनीबाट छानिएका १ सय ५० पूर्व गोर्खा सैनिक आलम्पिकको सुरक्षाको जिम्मेवारीमा तदारुकताका साथ लागेका छन् । गोर्खा सेक्युरिटी सर्भिसका निर्देशक विष्णु तामाङले दिएको जानकारी अनुसार ओलम्पिकको सुरक्षाका लागि भुपू गोर्खा सैनिकले उच्च तहको जिम्मेवारी पाएका छन् । विष्णुले नै दिएको जानकारी अनुसार ओलम्पिकका लागि जिफोरएस कम्पनीका अन्य सब कन्ट्रयाक्टरका माध्यमबाट करिब १० हजार नेपालीले संलग्नता जनाएका छन् । ओलम्पिकको सुरक्षामा खटिएका पूर्व गोर्खा सैनिकमा गोर्खा सैनिकहरुले एक्सेस कन्ट्रोल, पेरिमिटर कन्ट्रोल तथा भिआइपी र खेलाडी बसेको होटलको सुरक्षाका लागि सैनिकहरु खटिएका छन् । बेलायतमा भुपू गोर्खा सैनिकले खोलेका सेक्युरिटी कम्पनीको संख्या ४० हाराहारीमा रहेको छ । जसमध्येबाट करिब १० हजार नेपालीले ओलम्पिकको सुरक्षा जिम्मेवारी पाएका छन् ।

Jul 27, 2012

अध्यक्ष लिङ्देन यूके भ्रमण पूरा गरी नेपाल आगमन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२४ जुलाई २०१२,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' तीन साता लामो यूकेको राजनीतिक भ्रमण पूरा गरी नेपाल फकर्नुभएको छ । अध्यक्ष मिराक यूकेको भ्रमण पूरा गरी नेपाल फर्कने क्रममा यूकेमा रहनु भएका संघीय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति यूकेका पदाधिकारी तथा सदस्यहरुबाट मेन्चेष्टर एअरपोर्टमा विदाई गरिएको थियो । जुलाई २३ का दिन अध्यक्ष मिराक नेपाल एअर पोर्टमा आइपुग्नुहुँदा संघीय मञ्चका महासचिव खगेन्द्र माखिम र लिम्बुवान उपत्यका समितिका कार्यवाहक अध्यक्ष विष्णु यक्सोको नेतृत्वमा एक टोलीबाट नेपाल एअरपोर्टमा स्वागत गरिएको थियो । जुलाई २४ का दिन संघीय मञ्च तथा लिम्बुवान उपत्यका समितिको तर्फबाट चुम्लुङ्हिम ललितपुरमा एक ''यूके भ्रमण अनुभव सेयरिङ कार्यक्रम'' आयोजना गरिएको थियो । अनुभव सेयरिङ कार्यक्रम्मा अध्यक्ष 'मिराक'ले यूकेको राजनीतिक भ्रमण सार्थक र सफल रहेको बताउनु भयो । वहाँले यूकेको राजनीतिक, प्रशासनिक र राज्य सञ्चानल सम्बन्धी अपनाइएको व्यवस्थाबाट हामीले धेरै कुरा सिक्न सकिने बताउनु भयो । वहाँले आफूले यूके भ्रमणबाट सिकेको हरेक पाठहरूलाई आफ्नो सङ्गठन र भोलिको संघीय नेपाल तथा लिम्बुवान लगायतका राज्यहरूमा अपनाउन सकिने बताउनु भयो । साथै, यूकेमा गरिएको विशेष प्रकारको संघीयताको अभ्यास र प्रत्येक राज्यमा प्रयोग गरिएको केन्द्र र राज्यको झण्डा, राज्य भाषाको प्रयोग र मुद्रासम्म छाप्ने अधिकारबाट आफू धेरै प्रभावित भएको बताउनु भयो । वहाँले बताउनु भयो- ''संसारमा उहिल्यैदेखि अपनाइएको व्यवस्था हामीले अहिले नेपालमा अपनाउन खोज्दा यहाँका एकात्मकवादीहरु विखण्डनको आरोप लगाइरहेका छन् । वास्तवमा, हाम्रो दाबी र आन्दोलन एक्दमै सही छ । हामी यसको लागि यी एकात्मकवादीहरुसँग कुनै सम्झौता नगरी हजार वर्षपनि लड्न तयार हुनुपर्दछ ।'' अनुभव सेयरिङ कार्यक्रममा बोल्नुहुँदै लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले अध्यक्षको यूके भ्रमणले नेपालको संघीयवादी लिम्बुवान आन्दोलनलाई धेरै टेवा दिनसक्ने विश्वास प्रकट गर्दै सो भ्रमणलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण यूकेवासी नेपाली-लिम्बुवानी सहयोद्वाहरूप्रति संघीय मञ्च र लिम्बुवानको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो । लिम्बुवान उपत्यका समितिका कार्यवाहक अध्यक्ष विष्णु यक्सोको अध्यक्षतामा भएको यस कार्यक्रममा त्रिभुवन (नेपाल) विश्वविद्यालयमा अध्यक्षरत् ६० जना विद्यार्थीहरूले अध्यक्ष मिराकबाट सङ्गठनको क्रियाशील सदस्यता लिएका थिए । मञ्चका महासविच, सचिवालय सदस्यहरु, महिला नेतृत्वहरु र बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको यस कार्यक्रमलाई लिम्बुवान उत्पयकाका सचिव पदम तुम्बाहाङ्फेद्वारा सञ्चालन गरिएको थियो । - डीबी आङ्बुङ/फोटोः सेमिमा तुम्बाहाङ्फे

तिब्बत एयरलाइन्स काठमाडौँ आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, साउन १२,एक वर्षअघि सञ्चालनमा आएको तिब्बत एयरलाइन्सले काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाएको छ। आफ्नो पहिलो वर्षगाँठको अवसरमा बिहीबार सार्वजनिक गरेको तीन वर्षे योजनामा तिब्बतकै पहिलो एयरलाइन्सले काठमाडौँलाई पहिलो अन्तर्राष्ट्रिय गन्तव्य बनाउने जनाएको हो। एयरलाइन्सका कार्यकारी निर्देशक चेङ हुइले चीनलाई दक्षिण एसियासँग जोड्ने महत्वकांक्षी योजना अर्न्तगत काठमाडौँलाई पहिलो गन्तव्य बनाउन लागिएको बताएका छन्। एयर चाइनाले केही वर्षदेखि उडान गर्दै आएको ल्हासा काठमाडौँ रुट विश्वकै महँगो मानिन्छ। विश्वकै आकर्षक पर्यटक गन्तव्य तिब्बतबाट थप उडानको व्यवस्थाले काठमाडौँ पर्यटक भित्र्याउन सहज हुने ठानिएको छ। सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय ध्वजाबाहक एयर चाइना ग्रुप अन्तर्गत तिब्बत सरकारद्वारा सञ्चालित तिब्बत एयरलाइन्ससँग अहिले तीन वटा जहाज छन्। ल्हासा विमानस्थलबाट चीनका चेङ्दु, चोङकिङ, सिनिङ र लान्झोउमा दैनिक १६ उडान गर्दै आएको एयरलाइन्सले हरेक वर्ष तीन वटा जहाज थप्दै जाने जनाएको छ। पर्यटकलाई नेपाल आउन सहज बनाउन सरकारले चीन समक्ष हवाई उडानको संख्या वृद्धि गर्न आग्रह गर्दै आएको छ। कोदारी राजमार्गबाहेक चिनिया पर्यटक नेपाल आउने हवाई मार्गबाटै हो। अहिले ल्हासा सहित एयर चाइनाले दक्षिण चीनको कुन्मिङबाट काठमाडौँ उडान गर्दै आएको छ भने चाइना साउदर्नले ग्वान्झाओबाट। हङकङबाट नेपाल एयरलाइन्स र ड्रागन एयरले काठमाडौँ उडान गरिरहेका छन्। सांघाई काठमाडौँ पुनः उडान शुरु गर्ने तयारी पनि भइरहेको छ।

चीनको नयाँ सहरको जनसंख्या ६१३ जना मात्रै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ, साउन १०- चीनमा नयाँ सहरको घोषणा भएको छ। सान्सा नामको त्यो सहरका बासिन्दा भने ६१३ जना मात्रै रहेका छन्। सिन्ह्वाका अनुसार भियतनाम र फिलिपिन्सजस्ता देशहरुसँग सीमा विवाद भइरहेको द्विपहरुको समूहको एक भागमा यो सहर रहेको छ। द्विपमा रहेको यो सहरमा अहिले सानो सैनिक विमानस्थल, समुद्री बन्दरगाह, सडकहरु, क्लिनिक, हुलाक र अब्जरभेटरी पनि राखिएको छ।

ओलम्पिक भिलेजमा नेपाली टिमको भव्य स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन, श्रावण ११ - तीसौं गृष्मकालिन ओलम्पिकमा सहभागी हुन आएको नेपाली टिमले भव्य स्वागत पाएको छ । बुधवार मध्यान्ह ओलम्पिक स्टेडियम नजिक ओलम्पिक भिलेजमा आयोजित विशेष समारोहबीच टोलीलाई स्वागत गरिएको हो । यससंगै अब नेपाली टोलीको ओलम्पिक सहभागिताले औपचारिकता पाएको छ । ओलम्पिक भिलेज मेयरले यस खेल महासंग्राममा नेपाली टोलीलाई स्वागत गर्न पाउँदा गर्व लागेको बताउँदै टोली नेता गंगाबहादुर थापालाई स्टेजमा निम्त्याएर मायाको चिनो दिइन् । थापाले पनि नेपालबाट ल्याएको मयुर अंकित कलात्मक झ्याल ट्क्रयाउंदै नेपाली टोलीलाई गरेको आतिथ्यताप्रति आभारका केही शव्द खर्चिए । सो अवसरमा नेपाली राष्ट्रिय गान बजाइएको थियो । उता, नेशनल युथ थिएटरका कलाकारहरुले नेपालीसहित हेइटी, सिरियन र श्रीलंकन टिमको सम्मानार्थ करिब आधा घण्टा विभिन्न कला प्रस्तुत गरेका थिए । उनीहरुले नाचे, गाए र थिएटरकी सदस्य २२ वर्षीया डियना रोजरले लेखेको कविता पनि सुनाए जसमा खेलाडीहरुलाई लक्षित गर्दै आशा भन्दा साहस ठूलो कुरा हो भन्ने दर्शाएको थियो । स्वागत कार्यक्रमअघि आवास गृह रे म्यान्सन्स्बाट नेपाली झण्डा बोकेर सेफ द मिसन थापाको नेतृत्वमा खेलाडी, प्रशिक्षक र केही अन्य नेपाली स्वागत समारोह स्थलतर्फ ५ मिनेट मार्च पास गरेका थिए । सो अवसरमा एथलेटिक्स खेलाडीले रेशम फिरिरि.. गाएका थिए भने पौडी खेलाडी प्रसिद्धजंग शाहले यो मन त मेरो नेपाली हो... गाए । कार्यक्रमपछि सेफ द मिसन गंगा थापाले आफ्नो ४५ वर्षे खेल अनुभवका दौरान पहिलोपटक लन्डनमा ओलम्पिकजस्तो खेल महासंग्राम अवलोकन गर्न पाएकामा प्रसन्नता व्यक्त गरे । "पदकको आशा भन्दा पनि यसबाट नेपाली खेलाडीले नयां अनुभव संगालेर भविष्यमा अन्य प्रतिष्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सक्ने मेरो विश्वास छ" थापाले भने । बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले खेलाडीहरुलाई अग्रीम शुभकामना दिंदै ओलम्पिकमा नेपालको सहभागिताले अन्तर्राष्ट्रियस्तरमा खेलाडीमात्र होइन, देशकै प्रतिष्ठा उँचो हुने बताए । "ओलम्पिक भन्या पिस सिम्बोल हो, त्यसकारण सहभागिताले मात्र पनि नेपालले विश्व शान्तिमा ऐक्यवद्धता जनाएको सन्देश दिनेछ", चालिसेको कुटनीतिक टिप्पणी थियो । २७ जुलाई देखि १२ अगस्तसम्म हुने तीसौं ओलम्पिक खेलमा नेपालबाट पौडीमा श्रेया धिताल र प्रसिद्धजंग शाह, सुटिंगतर्फ स्नेहा राणा एवं एथलेटिक्स्का प्रमिला रिजाल र तिलकराम थारुले प्रतिष्पर्धा गर्दैछन् । उनीहरु सबैले स्वागत समारोहका क्रममा पदक जित्ने आशा भन्दा पनि आफ्नो नेशनल रेकर्ड ब्रेक गर्ने बताएका छन् ।

एकीकृत माओवादीका नेताहरुको सम्पत्ति छानविन शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीले पार्टीका केन्द्रीय सदस्यहरुको सम्पत्ति छानविन शुरु गरिएको बताएको छ । राजधानीमा हालै सम्पन्न सातौ विस्तारित बैठकले गठन गरेको सम्पत्ति एवम् आर्थिक स्थिति छानविन आयोगले आज पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी नेताहरुको सम्पत्ति छानविनको काम थालिएको जनाएको हो । आयोगका संयोजक अमिक शेरचनले नेताहरुले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको थाहा पाएको भए साउन ११ देखि १५ गतेभित्र उजुरी दर्ता गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । अध्यक्ष पुष्पकमल दाहालबाटै सम्पत्ति छानविनको प्रक्रिया शुरु गरेको पनि संयोजक शेरचनले बताउनु भयो । आयोगका सदस्य लोकेन्द्र विष्ट मगरले सम्पत्ति विवरण उपलब्ध गराउनका लागि नेताहरुलाई फाराम वितरण गरिने र प्राप्त विवरणकै आधारमा छानविनको प्रक्रियालाई अघि बढाइने बताउनुभयो । माओवादी कार्यकर्ताले नेताहरुले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको गुनासो गरेपछि गत साता सम्पन्न सातौ विस्तारित बैठकले शेरचनको संयोकत्वमा छानविन आयोग गठन गरेको थियो । आयोगमा नेता लोकेन्द्र विष्ट र नवराज सुवेदी सदस्य छन् । छानविन आयोगको कार्यालय पार्टी मुख्यालय कोटेश्वरमै स्थापना गरिएको छ भने विहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी लिने व्यवस्था मिलाएको जनाइएको छ । उजुरीकर्ताको नाम गोप्य राखिने पनि दाबी गरिएको छ । पार्टीको तल्लो तहका नेता तथा कार्यकर्ता राखेर बनाइएको आयोगले शक्तिशाली नेताहरुको सम्पत्ति छानविन गरेर यथार्थ विवरण दिनसक्नेमा भने विषय भने शंकाको घेरामा रहेको छ ।

काँग्रेसको जिल्ला पार्टी सभापतिहरुको राष्ट्रिय भेलाको तयारी पूरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली काँग्रेस जिल्ला पार्टी सभापतिहरुको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । कांग्रेस सिन्धुपाल्चोक जिल्लाको प्रमुख आतिथ्यतामा भेला यही साउन १५ र १६ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजना हुन लागेको छ । सम्मेलनमा नेकाँको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक अवस्था र आगामी दिनमा नेकाले खेल्नुपर्ने भूमिका बारेमा छलफल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेतले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै नेकाका लागि भेला ऐतिहासिक हुने बताए । भेलाको नेकाका पार्टी सभापति सुशील कोइरालाले उद्घाटन गर्नुहुने र पार्टीका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Jul 25, 2012

विमानस्थल भारतीय कम्पनीलाई दिने निर्णयको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन १०- राष्ट्रिय सुरक्षासँग सम्बद्ध विभिन्न आयोजनाको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी निर्णयप्रति जनमोर्चा नेपालले विरोध जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १५ विमानस्थल र देशका अति महत्वपूर्ण र संवेदनशील अन्य परियोजनाको व्यवस्थापनको जिम्मा भारतीय इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फिनान्सियल सर्भिस कम्पनीलाई दिने सरकारी सहमतिका विरुद्ध जनमोर्चाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ।

बग्दादमा भएका बम विष्फोटमा परी १ सय ७ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इराकको राजधानी बग्दादसहित एक दर्जन शहरमा भएका बम विष्फोटमा परी कम्तीमा १ सय ७ जनाको मृत्यु भएको छ । श्रृंखलावद्ध ती विष्फोटहरुमा परी २ सय भन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार ताजी, किरकुक, धुलुईया लगायतका शहरमा श्रृंखलावद्धरुपमा विष्फोट भएको छ । यस बर्ष इराकमा एकै दिन बम आक्रमणमा यति धेरै मानिस मारिएको पहिलो पटक हो । विष्फोटमा परी मारिनेमा अधिकांश सुरक्षाकर्मी रहेका छन् भने थुप्रै सर्वसाधारण र स्वास्थ्यकर्मीसमेत मारिएका छन् ।

सत्तारुढ दलको प्राथमिकता निर्वाचन वा पुन: स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १० - एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सत्तारुढ गठबन्धनले निर्वाचन वा संविधानसभा पुनःस्थापनाको विषयमा विपक्षी दलहरु स्पष्ट भए मात्र सरकारका विषयमा कुरा गर्न सकिने निष्कर्ष निकालेको छ । सत्तारुढ गठबन्धनको बुधबार बिहान बालुवाटारमा बसेको बैठकले मसिंर ७ मा निर्वाचनको वातावरण नबने निर्वाचनको मिति सार्ने लगायतका विकल्प बारे पनि विपक्षी दलसंग छलफल गर्ने बैठकले निर्णय गरेको छ । संविधान निर्माणका लागि नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापनाका विषयमा विपक्षी दल सहमतिमा आउनुपर्ने सत्तारुढ घटकको जोड छ । विपक्षी गठबन्धन कांग्रेस र एमालेले पहिला राष्ट्रिय सहमतिको सरकारपछि मात्र अन्य विषयमा छलफल गर्ने बताइरहेको बेला सत्तारुढ गठबन्धनले त्यस्तो प्रस्ताव राखेको छ । मोर्चाका नेता एंव स्वास्थ्य मन्त्री राजेन्द्र महतोले निर्वाचनलाई प्राथमितामा राखेर विपक्षी दलसंग छलफल गर्ने बैठकको निष्कर्ष रहेको बताए । उनल भने 'मसिंर ७ मा निर्वाचन हुन नसके कहिले ? यस विषयमा विपक्षी दलसंग सहमति खोजिने छ ।' सत्तारुढ गठबन्धन संविधानसभाको निर्वाचन गर्ने त्यसलाई पछि व्यवस्थापिका संसदमा रुपान्तरित गर्न सकिने पक्षमा रहेको छ । निर्वाचनमा सहमति भए राष्ट्रिय सरकारका विषयमा सहमति गर्न सकिने महतोले बताए ।

पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद, २ करोड १६ लाख जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १० - विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीलाई दोषि ठहर गर्दै डेढ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अख्तियारले दायर गरेको मुद्दामा जोशीलाई २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ १४ पैशा बिगो र बिगो बमोजिमको जरिवाना सुनाएको हो । पूर्वमन्त्री जोशीविरुद्ध विशेष अदालतमा चलिरहेको मुद्दामा वादी/प्रतिवादी दुवै पक्षको बहस असार ६ गते नै सकिएको थियो । बहस जेठ २९ गतेबाट सुरु भएको थियो । जोशीले ३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारले मुद्दा लगाएको थियो तर विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी तथा सदस्य न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाले हद म्याद नाघेको तर्क दिँदै मुद्दाको तथ्यभित्र प्रवेशै नगरी आरोपपत्र खारेज गरिदिएका थिए । विशेष अदालतले २०६३ कात्तिक ३० गते गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदन परेको पाँच वर्षपछि गत पुस २४ गते सर्वोच्च अदालतले तीन पटक गृहसहित ७ पटक मन्त्री भएका जोशीको मुद्दा उल्ट्याउँदै जो जे बुझ्नु छ बुझी तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भन्दै मिसिल विशेष अदालतमा नै फिर्ता पठाउने आदेश गरेको थियो । जोशीविरुद्धको उक्त मुद्दामा उनीबाहेक उनका छोरा दिनेशराज जोशी, सासू नीरकुमारी पन्त, साला वासुदेव पन्त, ताराराज पाण्डे र रामकृष्ण तिवारी प्रतिवादी छन् । जोशीले कमाएको अवैध सम्पत्ति लुकाउन उनीहरू मतियार भएको अख्तियारको अभियोग छ ।

एक निर्वाचनका लागि एक उम्मेदवारले मात्रै उम्मेदवारी दिन पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्न बनेको प्रस्तावित ऐनमा अब एक निर्वाचनका लागि एक उम्मेदवारले मात्रै उम्मेदवारी दिन पाउने प्रस्ताव ल्याएको छ । निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा उक्त प्रावधान ल्याएको हो । यसअघि एक उम्मेदवारले एक भन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिन पाउने प्रावधान रहेको थियो । अहिलेको नयाँ प्रस्तावित ऐन संशोधनका लागि आयोगले सरकारलाई बुझाइसकेको छ । आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा उम्मेदवारको अयोग्यताको थप व्यवस्था, उम्मेदवारले मनोनयन पत्र साथ सम्पत्ति विवरण र अदालती कारबाही सम्बन्धी विवरण पेस गर्नुपर्ने व्यवस्था, निर्वाचन खर्च व्यवस्था आदिको पनि प्रस्ताव गरेको छ ।

Jul 23, 2012

१८ औं विश्व आदिवासी दिवस मनाउने कार्यक्रम वारे सार्वजानिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं हङकङ, 
१८ जुलाई । नेपाली आदिवासी जनजाति महासंघ हङकङले जोर्डन स्थित फुलवारी क्लबमा मंगलबार पत्रकार सम्मेलन गरि १८ औं विश्व आदिवासी दिवस मनाउने कार्यक्रम वारे सार्वजानिक गरेको छ । अठारौं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी र आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपालका संयोजक पर्शुराम तामाङ हङकङ आउने महासंघका अध्यक्ष एम. वी. थापामगरले जानकारी गराए । उक्त कार्यक्रमको लागि यु एन ओ को प्रतिनीधि समेत आउने वताइएको छ । याउमातेई स्थित हेनरी जी ल्योङ कम्युनिटि सेन्टरमा आगामी १२ अगष्ट मा आदिवासी जनजाति संग संवसन्धि विभिध झाँकी प्रर्दसनी सहित गरिने कार्यक्रममा सवै नेपाली आदिवासी संघसंस्थाहरुले भाग लिने जानकारी गराएका थिए । हङकङमा नेपाली आदिवासी जनजाति महासंघमा दशवटा जातिय संघसंस्थाहरु आवद्घ छन् । उनिहरुको आ–आफ्नो छुट्टा–छुट्टै झाकी प्रस्तुति सहित संस्कृतिक कार्यक्रम रहेको जानकारी थापामगरले गराएका छन् । उनले आदिवासी वर्ष पुरुष र वर्ष महिला घोषण गरि सम्मान गर्ने कुरा पनि खुलासा गरेका छन् ।

लिरामोले राष्ट्रिय नयां पार्टी गठन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/थिवोङशा, 
 २० जुलाई पहिचान विरोधीहरुको कारण पहिचान सहितको संघीय राज्य निर्माण नभई संविधानसभा विघठन भएकोले पहिचानवादी आदिवासी जनजाति, पिछडीएका वर्ग, दलित आदिको पहिचान र सामथ्र्य स्थापित गराउने उद्धेष्यले संघीय ढांचाको राष्ट्रिय पार्टीको महशुस गरी लिम्वुवान राष्ट्रिय मोर्चाले राष्ट्रिय पार्टीको निर्माण चाडै गर्ने भएको छ । लिरामो प्रवक्ता सुरेश सुव्वाको अनुसार एमाले, कांग्रेस, माओवादी जस्ता पार्टीहरुले पहिचानवादी आदिवासी जनजाति, पिछडीएका वर्ग, दलित आदिको पहिचान र सामथ्र्य स्थापित गर्न नसक्ने भन्दै पहिचान सहितको संघिय राज्य नेपाली जनतालाई दिनै भएकोले संघीय प्रजातान्त्रिक समाजवादी तथा राष्ट्रवादी सिद्धान्त वोकेको नयां ढांचाको नया पार्टी निर्माण गर्नु पर्ने आवश्यकता औल्याएका छन् ।

संघीयता र लिम्बुवान आन्दोलनलाई सहीमार्गमा हिँडाउन चनाखो हुनुप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यूके (डङ्काष्टर), १८ जुलाई २०१२ । यूकेको आशफोर्डमा जुलाई ८ तारिख मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएपश्चात् यूकेको भ्रमणमा रहेका संघीय मञ्च तथा सम्बद्ध संघीय लिमबुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' यूकेकै वेल्स, अल्डरसोट, लण्डन, क्याटरिक र डङ्काष्टर लगायतका ठाउँमा आयोजित विभिन्न कार्यक्रममा सरिक भई संघीयता र लिम्बुवानबारे अन्तक्रिर्याका साथ सङ्गठन विस्तारका कार्यहरू सम्पन्न भएका छन् । जुलाई १० तारिखका दिन यूके वेल्सको कुमरानमा लिम्बुवानप्रेमीहरूको स्वागत र अन्तरक्रिया कार्यक्रमका साथ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, यूके अन्तर्गत जेबी कन्दङ्वाको अध्यक्षतामा वेल्स शाखा समितिको गठन भएको छ । यो ठाउँमा पहिले लिम्बुवानमै रहेर सङ्गठनको विभिन्न ओहदामा रहेर जिम्मेवारी बहन गरिसकेको विभिन्न नेता तथा कार्यकर्ताहरूसँग पनि अध्यक्ष मिराकको भेट भएको थियो । वेल्समा यूके प्रवास कार्य समितिका केन्द्रीय सदस्य तथा वेल्स इञ्चार्ज नेत्रकला लिम्बू र बद्रि योङ्याको सक्रियतामा जेबी कन्दङ्वाको अध्यक्षतामा ९ सदस्यीय लिम्बुवान वेल्स शाखा क्षेत्रीय समितिको गठन भएको हो । उक्त वेल्स क्षेत्रीय समितिको उपाध्यक्षमा भोला गुरुङ, सचिव धनकुमारी थोक्लिहाङ तुम्बापो, सह-सविच खगेन्द्र बेघा, अर्थ-सचिव सुर्य आङ्देम्बे केरुङ, सह-अर्थ सचिव कमल केशर चेम्जोङ र सहस्यहरूमा हर्क लक्सम, विष्णु तुम्बापो र चुन्दक लामा रहेका छन् । यसैगरी, जुलाई १४ तारिखमा किरात याक्थुङ चुम्लुङ युकेद्वारा अल्डरसोटस्थित् निरमाया रोधी घरको सभाहलमा अध्यक्ष मिराकको स्वागतसँगै पहिचानको राजनीति, संघीयता र लिम्बुवानको विभिन्न सवालमा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरिएको थियो । चुम्लुङ युकेका अध्यक्ष डम्बर सिङ्गकको अध्यक्षता, महासचिव विजयवीक्रम लिङ्देनको सञ्चालन र सचिव बिमला सेनेको स्वागत मन्तव्यसँगै भएको सो कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए । राखिएका जिज्ञासको प्रत्युत्तर गर्दै अध्यक्ष मिराकले लिम्बुवान आन्दोलनलाई सही मार्गचित्रमा हिँर्डाई राख्न सम्पूर्ण लिम्बुवानवासी र लिम्बुवानप्रेमीहरू सदा चनाखो हुनुपर्ने धारणा राख्नुभएको थियो । लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेले जुलाई १५ का दिन अध्यक्ष कुमार लिङ्देनको उपस्थितिमा लण्डनमा संघीयता र लिम्बुवानसम्बन्धी बृहत् अन्तर्त्रिmया कार्यक्रम आयोजना गरेको थियो । समाजका अध्यक्ष प्रसाद थेबेको अध्यक्षता, उपाध्यक्ष दिल सम्बाहाङ्फेको स्वागत मन्तव्य र सचिव बिमला सेनेको उद्घोषणमा सम्पन्न सो कार्यक्रममा चुम्लुङ, यायोख्खा, तमूधिँ, मगर संघ, सुनुवार सेवा समाज, तामाङ घेतुङ र छन्त्याल समाज लगाययतका संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मिराकले संघीयता र लिम्बुवानको आन्दोलनसँग जोडिन यूकेवासी सम्पूर्ण संघीयता र लिम्बुवानप्रेमी संघीयवादी महानुभावहरूलाई उत्प्रेरित गरिदिन हुन लिम्बुवान स्वायत्त नागरिक एकता समाजलाई अनुरोध गरेका थिए । त्यस्तैगरी, जुलाई १७ तारिखका दिन यूकेको क्याटरिकमा बसोवास गर्ने नेपालीहरूले आयोजना गरेको एक कार्यक्रमबीच अध्यक्ष लिङ्देनको स्वागतसँगै संघीयता र लिम्बुवानबारे अन्तक्रिर्या गरिएको थियो । अग्रज सूर्य खापुङको अध्यक्षता, चुडामणि तुम्बाहाङ्फेको उद्घोषण र किरात र्राई यायोख्खाका रत्न राईको स्वागत मन्तव्यसँगै भएको सो कार्यक्रममा सहभागीहरूले पहिलेदेखि संघर्ष गर्दै आएको संघीय-लिम्बुवान र अहिले एमाले-कांग्रेसका आदिवासी नेताहरूले खोल्ने भनिएको पार्टीबीच कस्तो सम्बन्ध रहला भन्ने जिज्ञासा राखेका थिए । जुलाई १८ तारिखका दिन यूकेमा रहनुभएका पापोहाङ लावती सयङद्वारा यूकेको डङ्काष्टरमा एक स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा लिम्बुवान आन्दोलनलाई कसरी अझ मजबुत बनाउन सकिएला भन्नेबारे छलफल भएको थियो । संघीयता र लिम्बुवानका लागि सक्दो भूमिका खेल्ने र सहयोग गर्ने प्रतिवद्धता सहभागीहरूबाट भएको थियो । अध्यक्ष कुमार लिङ्देन 'मिराक'ल यूके भ्रमणबाट धेरै कुरा सिकेको र यूकेमा रहेका नेपालीहरूबाट पाएको अगाध स्वागत, सम्मान र विश्वासले आफ्नो काँध अझै बोझिलो भएको महसुस गरेको कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन् । अध्यक्ष मिराक आफ्नो यूके भ्रमणलाई पूरा गरी जुलाई २३ तारिख नेपाल फर्कनु हुने कार्यक्रम छ । -डीबी आङ्बुङ् लिम्बू

प्रताप सुब्बालाई हिरा सिँह खत्री सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चलचित्र निर्देशक प्रताप सुब्बालाइ यस बर्षको हिरा सिँह खत्री स्मृती चलचित्र सम्मानबाट सम्मानित गरिएको छ । हिरा सिंह खत्रि स्मृती चलचित्र सम्मान पुरष्कार गुठीले शनिवार ललितपुरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो । यो सम्मान स्व. निर्देशक हिरासिँह खत्रिका नाममा उनका चेला चेतन कार्कीले स्थापित गरेका हुन् । प्रबासमा रहेर पनि साढे तिन दशक देखी नेपाली रंगमञ्चमा र चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सुब्बालाई सम्मान प्रदान गरिएको आयोजकले बताएको छ । अभिनेत्री बसुन्धारा भुसालले २५ हजार नगद र खादा पहिर्‍याएर सुबालाई सम्मान गरिन । सम्मन ग्रहण पछी सुब्बाले आफु एक दमै खुसि लागेको बताउनुभयो । सुब्बाले परालको आगो, दिदि, चट्याङ र भिष्म प्रतिज्ञा लगाएत चलचित्र निर्देशन गरेका छन् ।

जाजरकोटका अधिकांश कार्यालय प्रमुख बिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जाजरकोट, श्रावण ८ - जाजरकोटका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखको भरमा चलेको छ । कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि निमित्तको भरमा कार्यालय संचालन भएको हो । निमित्तको भरमा संचालन हुने सरकारी कार्यालयहरुमा जिल्ला प्रशासन, शिक्षा, प्रहरी, महिला तथा बालबालिका, खानेपानी, स्वास्थ्य, खाद्य, घरेलु, निर्वाचन, आर्युवेद, कृषि विकास, पशुसेवा, बन, मालपोत, कृषि विकास बैंक लगायत रहेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा र अन्य प्रमुख घर विदा तथा काजमा गएपछि कार्यालय निमित्तको भरमा छ । अधिकंाश कार्यालयमा निमित्त प्रमुख नायव सुब्बा र खरिदार छन् । सरुवा भएका प्रमुख जिल्ला अधिकारी रिजाल समेत तीन दर्जन कर्मचारीले एकैसाथ सोमवार जिल्ला छाडेका छन् । आर्थिक बर्षको अन्त्यसंगै कार्यालयमा कार्यबोझ घटेकाले कर्मचारीहरु जिल्ला छाडेका छन् । यतिवेला सरकारी कार्यालयमा सेवाग्राहीको आवतजावत पनि कम भएको स्थानीय विकास अधिकारी चक्रबहादुर बुढाले बताए ।

प्रणब मुखर्जी भारतको १३ औँ राष्ट्रपतिमा निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतको १३ औँ राष्ट्रपतिमा प्रणब मुखर्जी निर्वाचित भएका छन् । उनले प्रतिद्धन्द्धी पीएल संगमालाई पाखा लगाउँदै नयाँ राष्ट्रपति बन्न सफल भएका हुन् । मुखर्जीलाई राष्ट्रपतिका लागि आवश्यक मत प्रात भइसके पनि मतगणना जारी रहेकाले औपचारिक घोषणा हुन भने बाँकी छ । अब मुखर्जीले २५ जुलाईमा सपथ लिनेछन् । मत गणनाको पछिल्लो परिणाम अनुसार मुखर्जीले ५ सय २७ मत पाएका छन् भने भने उनका प्रतिद्धन्द्धी संग्माले २ सय ६ मत प्राप्त गरेका छन् । प्रणवलाई प्राप्त भोटको मूल्य ५ लाख ५८ हजारबढी छ । राष्ट्रपतिमा निर्वाचन हुन ५ लाख २५ हजार १ सय ४० मूल्यको भोट आवश्यक पर्छ । मत गणनामा १५ सांसदको भोटलाई भने बदर गरिएको छ । ममता वेनर्जी नेतृत्वको तृणमुल कांग्रेसले समर्थन गरेपछि मुखर्जीको जित सुनिश्चित भएको थियो ।

अनिश्चतकालिन पाँचथर जिल्ला वन्द आज दोस्रो दिन पनि जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आफ्ना कार्यकर्ताको हत्या गरिएको भन्दै नेकपा माओवादीले गरेको अनिश्चतकालिन पाँचथर जिल्ला वन्द आज दोस्रो दिन पनि जारी छ । काग्रेस कार्यकर्ताको कुटपिटवाट मृत्यु भएका आफ्ना कार्यकर्ता गजेन्द्र जवेगुको मृत्यु भएको भन्दै उनलाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै नेकपा माओवादीले जिल्ला बन्द गरेको हो । पिडितका परिवारलाई राज्यवाट क्षतिपूर्ती, हत्यारालाई तुरुन्त कानुनी कठघरामा ल्याउनुपर्ने लगायतका माग बन्दकर्ताको छ । वन्दका कारण पांचथरमा कुनै पनि सार्वजनिक तथा निजी सवारी साधनहरु चलेका छैन्न भने वजार, पसल,कलकारखाना शिक्षण संस्था र कार्यालयहरु पनि ठप्प रहेका छन् । गत साउन २ गते याङनामको राँके वजारवाट घर फर्कने क्रममा भएको कुटपिटबाट गम्भिर घाईते भएका जवेगुको शनिवार उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।

Jul 18, 2012

विदेशमा रहेकालाई मतदान अधिकार दिलाउन पहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन ३- सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन अध्ययन प्रक्रिया सुरु गर्ने भएको छ। मंगलबार मन्त्रिपरिषद बैठकले उनीहरुलाई स्वदेशमा हुने मतदानमा कसरी सहभागी गराउने भन्ने अध्ययनका लागि निर्वाचन आयोगका तीन टोलीलाई विदेश भ्रमण गराउने निर्णय लिएको हो। भूमिसुधारमन्त्री चन्द्रदेव जोशीका अनुसार बैठकले त्यसबारे अध्ययन गरी उपाय सुझाउन निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ नेतृत्वको टोलीलाई फिलिपिन्स, अर्का आयुक्त अयोधीप्रसाद यादवलाई थाइल्यान्ड र सचिव शंकर कोइराला नेतृत्वको टोलीलाई कोरिया पठाउने निर्णय गरेको हो। 'विदेशमा रहेका नेपालीलाई पनि आफ्नो देशमा हुने मताधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भनेर हामी प्रक्रिया अघि बढाइरहेका छौं,' आयुक्त यादवले भने, 'त्यसका लागि विभिन्न देशमा अपनाइएका प्रक्रिया र उनीहरुका अनुभवबारे अध्ययन गर्न जाँदैछौं।' उनका अनुसार अध्ययनपछि विदेशमा रहेका नेपाली नागरिकलाई मतदाता नामावलीमा कसरी सहभागी गराउने, मतदानका बेला कसरी सहभागी गराउने, त्यहाँ प्रयोग हुने विद्युतीय मतदान मेसिन कसरी उपलब्ध गराउने र त्यसलाई कसरी पारदर्शी गराउने भन्ने विषयमा अध्ययन गरिनेछ। 'उनीहरुको अनुभव र सुझावलाई लिएर विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउने भन्ने कुराको निर्णय लिइनेछ,' यादवले भने। यसैगरी, बैठकले सरकारका विशिष्ट तहका पूर्वपदाधिकारीलाई आजीवन गाडी, आवास, सचिवालयलगायत सुविधा र सुरक्षा प्रबन्ध दिलाउन बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, पूर्वगृहमन्त्रीलगायतका विशिष्ट पूर्वपदाधिकारीहरुलाई सुविधा र सुरक्षा प्रबन्ध गर्न बनेको अध्यादेश २०६९ जारी गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री जोशीले जानकारी दिए। पूर्वपदाधिकारीहरुलाई जारी गर्न यसअघि बनेको अध्यादेश संसद अधिवेशन बसेको दुई महिना पुगेपछि साउन ६ मा सकिनुअगावै सरकारले पुनः अध्यादेश जारी गर्ने निर्णय गरेको हो। अध्यादेश जारी नभए पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायाधीश र पूर्व गृहमन्त्रीले पाएको सुविधा स्वतः खोसिन्छ। संसद अधिवेशन बसेको दुई महिनाभित्र संसदबाट अध्यादेश पारित गराउने संवैधानिक व्यवस्था भए पनि संसद नबसेकाले सरकारले राष्ट्रपतिबाट जारी गराउन लागेको हो। बैठकले नेसनल ट्रेडिङका महाप्रबन्धक मोहनमान स्वाँरको राजीनामा स्वीकृत गरेको श्रम तथा रोजगारमन्त्री कुमार बेलवासेले बताए। उनका अनुसार बैठकले नेपाली सेनाका उपरथी पवनबहादुर पाण्डेलाई संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फोर्समा कमान्डरमा प्रतिस्पर्धाका लागि स्वीकृति प्रदान गरेको छ। ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयनका लागि नर्वेजियन सरकारले उपलब्ध गराउने १ सय ७२ मिलियन नर्वेजियन क्रोनर सहायता स्वीकार गर्ने निर्णय बैठकले लिएको छ। सरकारले त्यससम्बन्धी सम्झौताका लागि अर्थ सचिव कृष्णहरि बाँस्कोटालाई अख्तियारी दिने निर्णय गरेको हो।

फ्रान्सेली सैनिकको हत्या गर्ने अफगानी सैनिकलाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानमा गत जनवरीमा ५ फ्रान्सेली सैनिकको हत्या गर्ने अफगानी सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। अफगानिस्तानको सैन्य अदालतले अफगानी सैनिक अब्दुल सबुरलाई मृत्युदण्डको सजाय सुनाएको हो। नेटो सेना र अफगानी सेनाको संयुक्त कार्यका बेला अब्दुलले नेटो सेनामाथि १ सय भन्दा बढी गोली चलाएका थिए, जहां ५ फ्रान्सेली सैनिकको मृत्यु भएको थियो भने केही नेटो सेना घाइते भएका थिए। अब्दुलले आफुलाई सुनाइएको मृत्युदण्ड फैसलाबारे पुनः अपिल गर्न सक्ने अधिकारीहरुले बताएका छन्। अब्दुल अन्तर्राष्ट्रिय सैनिकको हत्याको अभियोगमा सजाय पाउने पहिलो अफगानी सैनिक हुन्। अब्दुलको मानसिक सन्तुलन गुमेको प्रतिवेदन पनि सार्वजनिक गरिएको छ। आफ्ना सैनिकको मृत्युपछि फ्रान्स सरकारले अफगानिस्तानबाट आफ्ना सेना आंशिक रुपमा फिर्ता बोलाउन सुरु गरिसेको छ। मानवअधिकारवादीहरुले भने मृत्युदण्डको सजायको विरोध गर्दै फ्रान्स सरकारलाई मृत्युदण्डको फैसला खारेज गर्न आग्रह गरेका छन्। यस वर्षमात्र अफगानिस्तानमा १८ नेटो सेनाको मृत्यु भैसकेको छ।

ओलम्पिक भिलेज यौन मेलाको रुपमा परिणत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँ दिल्ली, साउन २ (एजेन्सी)- लन्डनमा ९ दिनपछि ओलम्पिक खेलकुद सुरु हुँदा ओलम्पिक भिलेज कामुक महिला र पुरुष खेलाडीका लागि एउटा यौन मेलाको रुपमा परिणत हुने इएसपिएनको एक प्रतिवेदनले जनाएको छ। इएसपिएनले तयार गरेको मैदान बाहिर हुने खेलाडीको जीवनसम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार ओलम्पिक भिलेजमा यौन गतिविधि धेरै हुनेगरेको छ। 'ओलम्पिक भिलेजमा खेलाडीबीच यौन व्यवहार सामान्य विषय बनिसकेको छ, त्यसैले लन्डन पनि यसको अपबाद हुनेछैन्,' इएसपिएनलाई उद्यृत गर्दै एक भारतीय अनलाईनले जनाएको छ। इएसपिएनले विश्व खेलकुदको सवभन्दा ठूलो महोत्सव ओलम्पिक र खेलाडीबारे केही सनसनीपुर्ण तथ्य सार्वजनिक गर्ने क्रममा लन्डन ओलम्पिकका लागि आयोजकले नै १ लाख कण्डम मगाईसकेको छ। सिडनी ओलम्पिक २००० मा अधिकारीहरुले भिलेजका लागि सुरुमा व्यवस्था गरेको ७० हजार कण्डम सकिएपछि थप २० हजार कण्डम व्यवस्था गर्नुपरेको थियो। त्यसपछिका संस्करणमा १ लाख कण्डम सामान्य हुन थालिसकेको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार खेलाडीले विभिन्न उदेश्यले यौनमा लिप्त हुने गरेको पाईएको छ। फुटबल स्टार एवम ओलम्पिक स्वर्ण विजेता होप सोलोले उराठलाग्दो रातलाई उत्तेजक पाराले विताउन सेलिब्रिटी सम्बन्ध वा सान्त्वना पुरस्कारका रुपमा खेलाडीले यौन सम्पर्क राख्ने गरेको खुलासा गरेका छन्। 'मैले भिलेजको खुला चउरदेखि लिएर भवनका बीचमा वा फोहोर ठाउमा पनि खेलाडीहरु यौन सम्बन्धमा लिप्त भएको भेटेको छु,' सोलोले इएसपिएनको म्यागजिनलाई भनेका छन्। ओलम्पिक भिलेज यौन क्षेत्रका रुपमा परिणत हुन थालेको नयाँ समाचार होइन। विगतमा पनि खेलाडीहरु आफ्ना पार्टनरसंग शंकास्पद रुपमा भेटिएका थुप्रै समाचार आउने गरेका थिए।

रूसले सन् २०२० सम्ममा थप २६ नयाँ सैन्य ब्रिगेडको निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रूसले सन् २०२० सम्ममा थप २६ नयाँ सैन्य ब्रिगेडको निर्माण गर्ने जनाएको छ । रूसी स्थलसेनाका कमाण्डर कर्नेल जनरल व्यादिमिर चर्किनका अनुसारनयाँ ब्रिगेड थप्न लागिएको हो । सञ्चारमाध्यमहरूले दिएको जानकारी अनुसार हाल रूसमा सैन्य सुधारका लागी रूसी सेनाको संख्यामा १० लाखले कटौती गरिएको छ । १०० विग्रेड रहेको रूसमा २०२० सम्ममा नयाँ १४ सैन्य उड्डयन ब्रिगेड, २ हवाई रक्षा बिग्रेड र अन्य १० बिग्रेड थप गरिने चर्किनले बताएका छन् । उनका अनुसार बिग्रेड थपिएपनि सैन्य संख्या भने १० लाख नै हुने छ ।

अपरान्ह प्रधानमन्त्री निवासमा धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको पक्षमा निरन्तर क्रियाशील मानवअधिकार तथा शान्ति समाजले "संविधान सभा विघटनको मूल दोषी सरकार प्रमुखका रुपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई रहेको ठहर गर्दै प्रधानमन्त्री निवास अगाडी २०६९ साल श्रावण ३ गते बुधवार अपरान्ह साँढे चार बजे धर्ना तथा विरोध प्रदर्शन आयोजना गरेको छ। समाजले संविधान सभा विघटनको दोषी प्रमुख राजनीतिक दलहरुको नेतृत्व पंक्ति हो भने मूल दोषी सरकार प्रमुखका रुपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन्” भन्ने धारणा सार्वजनिक गरिसकेको छ । स्वतन्त्रता हाम्रो प्राण हो, यो प्राण हर्ने नियत बोकेकाहरुलाई समयमै चिन्न र उदाङ्गो पार्न हामी सबैलाई समाजले आग्रह गरेको छ। उक्त धर्नामा सहभागिताको लागि समाजले आमन्त्रण गरेको छ।

सम्मानजनक सेना समायोजन नभए युद्धमा जान सक्ने चन्दको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेकपा–माओबादीका केन्द्रीय सचिब नेत्रबिक्रम चन्दले संयुक्त राष्ट्रसंघले प्रमाणिकरण गरेका १९ हजार जनमुक्ति सेनालाई नेपाली सेनामा भर्ना नगरे जुनसुकै अवस्थामा पनि क्रान्तिका लागि युद्धमा जान सक्ने चेतावनी दिनुभएको छ । नेकपा–माओबादी पर्वतले कुस्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिब चन्दले अहिले टेबुलबाटै क्रान्ति सम्पन्न गर्ने बताउनुभएको हो । संबिधान मार्फत दलित, महिला, जनजाति र युवाहरुको अधिकार सुनिश्चित गरिए शसस्त्र क्रान्तिको आवश्यकता नपर्ने उहाँको भनाई छ । ‘अहिले पनि क्रान्ति जारी रहेको छ’ उहाँले भन्नुभयो –‘कालो झण्डा देखाउनु र बन्दुक पड्काउनु एउटै हो’ एकीकृत नेकपा(माओबादी)को मंगलबारबाट शुरु भएको बिस्तारीत भेला अस्तिव रक्षाका लागि मात्रै आयोजना गरिएको दाबी सचिब चन्दको छ । ‘बिचार र दृष्टिकोण बिहीनहरुको भेलाले कुनै निष्कर्ष निकाल्न सक्दैन’ उहाँले भन्नुभयो –‘यो भेला प्रचण्ड र बाबुरामको रोदन बाहेक अरु केही होइन’ । भेलामा प्रस्तुत भएको प्रस्ताबमा क्रन्दन र रोदन मात्रै भएको बताउँदै उहाँले भेलालाई दक्षिबणपन्थीहरुको थुप्रोको संज्ञा पनि दिनुभयो । उक्त भेलाले पार्टी एकताको निणर्य पनि गर्न नसक्ने बताउँदै सचिब चन्दले माओबादीको बिचार र किरणको नेतृत्व स्विकार गर्ने निणर्य गरेर आएमा मात्रै एकता संभब छ भन्नुभयो । ‘राष्ट्रिय स्वाधिनता त्यागेको ब्यक्तिले पार्टीको नेतृत्व गर्नै सक्दैन’ उहाँले भन्नुभयो –‘माओबादीको बिचार दृष्टिकोण, किरणको नेतृत्व भएमा मात्रै एकता सम्भब हुन्छ’ । प्रचण्ड र बाबुरामले मुलुकलाई संबिधान र पार्टीलाई एकता बद्ध बनाउन चुकेकाले नयाँ पार्टी आवश्यक भएको तर्क सचिब चन्दको थियो ।

Jul 17, 2012

कविताकृति “कुण्ठीत् मनका चीत्कारहरु”को लोकार्पण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/अशोक राई 
१५ जुलाई २०१२ हङकङ । कम्युनिटी हल याउमा तेईमा कवि चन्द्र मादेन 'आन्छन्'द्वारा लिखित तथा तेह्रथुम मञ्च हङकङबाट प्रकाशित कविताकृति “कुण्ठीत् मनका चीत्कारहरु” को लोकार्पण भएकोछ । तेह्थुम मञ्चको निबर्तमान अध्यक्ष त्रीभुवन लिम्बूको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्यदूत बिनोद कुमार उपाध्याय र संगितकार दिनेश सुब्बा तथा बिशेष अतिथिहरुमा नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, जनजाति महासंघका अध्यक्ष एन बी थापा, तेह्थुम मञ्चका अध्यक्ष श्याम इङनाम्, र एन आर एन हङकङका अध्यक्ष दुर्गा गुरुङ र अतिथिहरुमा साब्लाबुग साहित्यीक पत्रिकाका सम्पादक राज कुमार राई, याक्थुम चुम्लुङका अध्यक्ष कृष्ण लावती तथा साहित्यकारहरु कमल पौडेल र प्रदिप कन्दगबा रहनु भएको थियो । बाल कवि मींगमा शक्ति मादेनबाट भाइलिन बादनमा रेशम फिरीरीको धुनले स्वागत गरेपछि कार्यक्रमका प्रमुख अतिथिहरुबाट रिबन काटी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको बिच बिचमा मन्तब्य र कविता बाचन गरिएको थियो भने कविता बाचन गर्ने कवि तथा कवियत्रीहरुलाई अतिथिहरुको हातबाट उपहार समेत प्रदान गरिएको थियो । शुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथि महाबाणिज्यदूत बिनोद कुमार उपाध्याय, भुपेन्द्र चेम्जोंङ, दुर्गा गुरुङ, राज कुमार राई, कृष्ण लावती, प्रदिप थापा, टंक सम्बाहाम्फे र देश सुब्बा थिए भने कविता बाचन गर्नेहरुमा पूणिर्मा शाह, प्रकाश राई, बिष्णु इङनाम रुद्र फोम्बो र त्रीभुवन लीम्बु हुनुहुन्थ्यो । कृतिको बारेमा प्रदिप कन्दंवाले टिप्पणी गर्नु भएको थियो भने कार्यक्रमका नायक कवि चन्द्र मादेन 'आन्छन'बाट सबै आगन्तुकहरुलाई धन्यबाद दिदै आफ्नो संग्रहबाट एउटा कविता “पिञ्जडाको कैदी” बाचन गर्नुभएको थियो । अपरान्ह पाँच बजेदेखि सुरु भएको सो कार्यक्रम रिता गुरुङद्वारा सञ्चालन गरिएको थियो । कार्यक्रममा साहित्यकार, पत्रकार तथा अन्य गरि करिब सय जनाको सहभागिता रहेको थियो । अहिलेसम्म हङकङमा साहित्यिक कृतिहरू विमोचन गर्दा प्राय: साहित्यकारको हातबाट र कन्याको हातबाट विमोचित गरिने गरिएको थियो भने यस पटक भने गैह्र साहित्यकारबाट साहित्यिक कृति विमोचन गरेर नयाँ शैली प्रयोग गरिएको छ ।

एमाओवादीको सातौं विस्तारित बैठक आजदेखि सुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक आज देखी सुरु हुन लागेको छ । हिजो सुरु हुने भनेपनि आफ्ना कार्यकर्ताको दुर्घट्नमा परेर ज्यान गएपछी आज देखि सुरु हुन थालेको हो । पार्टीको भावि कार्यदिशा तय गर्ने बारेमा छलफल गर्न एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक आजदेखी सुरु हुन लागेको हो । चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट प्राप्त सुझाव समेटेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ । विस्तारित बैठकको दिउँसो साढे एक बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । पार्टी विभाजनपछि आयोजना गरिएको विस्तारित बैठकमा पार्टीको भावी कार्यदिशा र विगतको समीक्षा तथा आगामी महाधिवेशनको मिति तोक्ने बारेमा छलफल हुने स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताउनुभयो । नेता महराका अनुसार आज अध्यक्षको राजनीतिक प्रतिवेदन बैठकमा पेस हुनेछ भने भालिदेखि छलफल सुरु हुनेछ । भेलामा देशभरका करिब पाँचहजार ५ सय कार्यकर्ताको उपस्थिति रहने छ । एकीकृत माओवादीले पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको संयोजकत्वमा नेवाः राज्य समिति र ताम्सालिङ राज्य समितिका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य र राज्य समितिअन्तर्गत रहेका सल्लाहकार सम्मिलित व्यवस्थापन समिति गठन गरेको थियो । भृकुटीमण्डपको प्रदर्शनी हलमा विस्तारित बैठक सञ्चालन हुनेछ । बैठकको सुरक्षाका लागि एक हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरिने छ ।

मंसिरमा चुनाव हुने सम्भावना कम, चुनाव सार्ने तयारीमा प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन २-निर्वाचन आयोगले तोकेको समयसीमाभित्र कानुनी व्यवस्था नहुने निश्चित भएपछि सरकारले मंसिर ७ मा तोकिएको चुनाव केही महिना पर सार्ने तयारी गरेको छ। कांग्रेस, एमालेलगायत विपक्षी दलहरुले चुनावै अस्वीकार गरेपछि कानुनी जटिलताका कारण प्रधानमन्त्री बाबुराम भट्टराई चुनाव सार्नुपर्ने निष्कर्षमा पुगेका हुन्। निर्वाचन आयोगले घोषित मितिमा चुनाव गराउन १ सय २० दिनअघि नै आवश्यक संवैधानिक व्यवस्था गर्न सरकारलाई साउन ७ को समय सीमा तोकेको छ। 'सकभर दलहरुबीच सहमति गरी मंसिरमै चुनाव गराउनुपर्छ भन्ने हो,' मधेसी मोर्चाका तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले नागरिकसँग भने, 'साउन ७ सम्म सहमति नभई कानुन बन्न नसके दलहरुबीच सहमति गराउन पनि चुनाव सार्नु नै उपयुक्त विकल्प हो भन्ने प्रधानमन्त्रीको धारणा छ।' सरकारले आइतबार आर्थिक वर्ष २०६९/७० को आंशिक बजेट अध्यादेशमार्फत सार्वजनिक गरे पनि बाँकी दिनमा सहमति हुन सक्ने स्थिति छैन। स्रोतका अनुसार चुनाव सार्ने विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र सत्ता घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासँग प्रधानमन्त्री बाबुराम भट्टराईले आन्तरिक छलफल थालेका छन्। 'साउन ७ सम्म पनि सहमति नभए चुनाव दुई/तीन महिना पर सार्ने गरी आन्तरिक छलफल भएको छ,' ती मन्त्रीले भने, 'सहमति नभई बलजफ्ती चुनाव गराउनुभन्दा केही महिना सारेर सहमति जुटाउन सकिन्छ।' विपक्षी दलहरु भने एकलौटी रुपमा घोषणा गरेको चुनाव सम्भव नभएको भन्दै प्रधानमन्त्रीको राजीनामापछि मात्रै संसद वा संविधानसभा कुन चुनाव गराउने भन्ने विषयमा छलफल गर्न सकिने अडानमा छन्। साउन ७ सम्म कानुनी व्यवस्था हुन नसके मंसिर ७ मा चुनाव गराउन नसकिने निर्वाचन आयोगले यसअघि नै प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष लिखित धारणा राखिसकेको छ। निर्वाचन आयोगले तोकेको मितिमा आवश्यक कानुन बनाउन नसके प्रधानमन्त्रीले आफ्नो 'असफलता स्वीकार' गरी नैतिक रुपमा पद छाड्नुपर्ने विपक्षी दलहरुको माग छ। आंशिक बजेट ल्याउन विपक्षीहरुले सहमति दिए पनि चुनावसम्बन्धी कानुन बनाउन नसक्दा प्रधानमन्त्री अप्ठ्यारोमा पर्ने देखिएको छ। नयाँ संविधानसभा निर्वाचनको कानुन निर्माणमा सहमति हुने वातावरण अझै बनेको छैन। कांग्रेस, एमालेलगायत दलले राष्ट्रपति रामवरण यादवसँग भेटी मंसिर ७ सम्म कानुन बनाउन नसके त्यसलाई नै टेकेर नयाँ सरकार निर्माणको पहल गर्न दबाब दिँदै आएका छन्। चुनाव केही महिना सार्दा प्रधानमन्त्रीले तत्कालका लागि अप्ठ्यारो 'फेस' गर्नुनपर्ने बालुवाटार स्रोतको बुझाइ छ। चुनाव दुई वा तीन महिना सार्ने हो भने निर्वाचन आयोगले मागेको १ सय २० दिनको समयसीमा पनि पर सर्ने स्रोतको आँकलन छ। निर्वाचन आयोगसँग नयाँ संविधानसभा चुनावका लागि आवश्यक ऐन/कानुन छैन। २०६४ सालमा बनेको संविधानसभा निर्वाचन ऐन चुनाव सम्पन्न भएपछि स्वतः समाप्त भएको छ। नयाँ कानुन निर्माण गर्न अन्तरिम संविधान संशोधन गर्नुपर्ने भएकाले दलहरुबीचको सहमतिबिना त्यो सम्भव छैन। दलहरुबीच पछिल्लो समय दूरी बढ्दो छ। प्रधानमन्त्रीको चुनाव सार्ने तयारीमा निर्वाचन आयोगको सुझावले पनि बल पुगेको देखिन्छ। निर्वाचन आयोगले मतदाना नामावली संकलन कार्य अझै सम्पन्न भई नसकेको र मंसिरमा हिमाली जिल्लामा चुनाव गराउन नसकिने भन्दै यसअघि नै फागुन मसान्त वा चैतमा चुनाव गर्न सुझाएको थियो। 'मंसिरमा हिमाली जिल्लामा चिसोले चुनाव गराउन नसकिने भएकाले २/३ महिना पर सार्दा मुलुकभर एकैपटक चुनाव गराउन सकिन्छ भन्ने हामीले पहिले नै सुझाव दिएका हौ' निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले नागरिकसँग भने, 'चाड/ पर्व, चिसो मौसम र खेतीपाती भिœयाउने महिना भएकाले पनि मंसिर चुनावका लागि उपयुक्त महिना होइन।' प्रधानमन्त्री निकट स्रोतका अनुसार चुनाव सार्ने विषयमा आफ्नै दल र मधेसी मोर्चाबीच सहमति भए साउन पहिलो साताको मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गर्नेछ। चुनाव सार्ने विषयमा प्रधानमन्त्रीले केही दिनभित्र राष्ट्रपति रामवरण यादवसँग समेत परामर्श गर्ने भएका छन्। दलहरुबीच सहमतिको वातावरण बनाउन चुनाव सार्ने प्रधानमन्त्रीको आग्रहलाई राष्ट्रपतिले रोक्न सक्ने कुनै वैधानिक आधार नभएको बालुवाटार स्रोतको दाबी छ। 'संविधानअनुसार मन्त्रिपरिषदले चुनावको घोषणा गरेको जानकारीमात्रै राष्ट्रपतिसमक्ष गराउनुपर्ने हुन्छ,' प्रधानमन्त्री निकट स्रोतले भन्यो, 'सहमति गराएर चुनाव गर्न मिति सार्ने काममा राष्ट्रपतिले रोक्ने भन्ने कुरै आउँदैन।' संविधानसभा विघटनपछि देखिएको संवैधानिक र राजनीतिक जटिलताका कारण पनि चुनावको मिति सारेर सहमति खोज्न प्रधानमन्त्रीलाई सत्ता घटक मधेसी मोर्चाका दलहरुले पनि सुझाव दिएको छ। गत जेठ १४ गते प्रधानमन्त्रीले संविधानसभा विघटन हुनुभन्दा आधा घन्टाअघि दलहरुको सहमतिबिनै मन्त्रिपरिषद बैठकबाट मंसिर ७ गते नयाँ संविधानसभा निर्वाचन घोषणा गरेका थिए।

जापान र चीनले पूर्वी चाइना समुद्रमा विवाद बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टोकियो, श्रावण १ - जापान र चीनले पूर्वी चाइना समुद्रमा अवस्थित दुईवटा द्वीपका लागि आआफ्नो दाबी कायमै राखेपछि यी दुई देश बीचमा विवाद बढेको बताइएको छ । पूर्वी चाइना समुद्रमा अवस्थित ती द्वीपहरूमा आआफ्नो स्वामित्वको दाबी उनीहरूले विगत लामो समयदेखि गर्दै आएका छन् । यसका लागि विगतमा पनि एक अर्का विरुद्धमा प्रदर्शन हुँदै आएका छन् । तर पछिल्लो समयमा यी दुई देशले विवादलाई सतहमै ल्याएको बताइएको छ । गत सातामात्र जापानले ती दुई द्वीप किन्ने निर्णय गरेको सार्वजनिक गरेपछि झन विवाद बढेको छ । एसियाका दुई ठूला अर्थतन्त्र एवम् शक्ति राष्ट्रका बीचमा गतसातादेखि यो नयाँ विवाद सुरु भएको छ । जापानमा सेनकाकु र चीनमा दियाओयु भनिने ती द्वीपका लागि उनीहरूले आआफ्नो दाबी गर्न छोडेका छैनन् । गत साता दुईवटा चिनियाँ जहाज उक्त क्षेत्रमा गएपछि जापानले बेइजिङमा गुनासो दर्ता गराएको थियो । जापानले त्यस विषयमा कडा विरोध पनि गरेको छ । टोकियोमा चीनविरुद्ध जापानी नागरिकले विरोध प्रदर्शनको तयारी गरे पनि सरकारले त्यसलाई रोकेको थियो । पूर्वी चाइना सीमा अवस्थित द्वीपहरूमा जापान तथा चीनको दाबीमा विवाद देखिएपछि जापानले चीनस्थित आफ्ना दूतलाई परामर्शका लागि आइतबार बोलाएको छ । दूत उइचिरो निवालाई पछिल्लो घटनाक्रमका बारेमा बुझ्नका लागि टोकियोमा बोलाइएको र विदेशमन्त्री कोइचिरो गेम्बाले यस विषयमा सोमबार पछिल्लो जानकारी लिने जापानी अधिकारीहरूले बताएका छन् । निवाले टोकियोमा आइपुग्नुभएपछि पत्रकारहरूलाई आफूले विदेशमन्त्री गेम्बालाई त्यस विवादको पछिल्लो विकसित घटनाक्रमका बारेमा जानकारी दिने र यस विषयमा उनीसँग परामर्श गर्ने बताए । राजदूत नै फिर्ता बोलाइएपछि जापान चीन विरोधी प्रदर्शनको तयारीमा रहेको आरोप लागेको छ । तर विदेशमन्त्री गेम्बाले चीनविरुद्ध विरोध प्रदर्शनका लागि दूत निवालाई फिर्ता नबोलाइएको र उनीसँग परामर्श गरिने जानकारी दिए । यस घटनापछि जापानी अधिकारीहरूले टोकियोस्थित चिनियाँ दूतलाई पनि बोलाएका थिए । जापानले ती द्वीप आफ्नो नागरिकको स्वामित्वमा रहेको बताउँदै आएको छ । तर यी द्वीपलाई खरिद गर्ने निर्णय उसले गरेपछि पनि चीनले त्यसको व्यापक विरोध जनाएको थियो । यसले पनि ती द्वीपहरु आफ्नो स्वामित्वमा रहेको बताउँदै आएको छ । यसै विषयलाई लिएर विगतमा जापान र चीनका बीचमा कूटनीतिक सम्बन्धमा पनि चिसो छाएको थियो । यस्तै विवादहरुकै बीचमा यी दुवै देशका नागरिकहरूले नागरिकस्तरमा टोकियो र बेइजिङमा विरोध प्रदर्शन एवम् जुलुशहरू पनि निकाल्ने गरेका छन् ।

भारत र पकिस्तानको मामलामा तेस्रो शक्ति चाहिदैन : ओबामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिक राष्ट्रपति बाराक ओबामाले जम्मु र कास्मिर विवादमा बाहिरी पक्षको आवश्यकता नभएको बताएका छन् । भारत र पाकिस्तानका बिचमा लामो समयदेखि देखिएको विवाद जम्मु र कास्मिरको सम्बन्धमा ओबामाले कुनै बाहिरी पक्षको आवश्यकता नरहेको बताएका हनु । अमेरिकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओबामाले यस्तो बताएका हुन । ओबामालाई पाकिस्तान र अमेरिका बीचको सम्बन्धका बारेमा गरिएको प्रश्नमा उनले पाकिस्तान र भारतको मामलामा अमेरिकाको हात नरहने र उक्त मामलामा कुनै पनि बाहिरी पक्षको आवश्यकता नपर्ने समेत प्रष्ट पारेका हुन । दुई देशको कुटनीतिबाट उक्त समस्या समाधान हुने समेत विश्वास ओबामाले लिएका छन् । उनले भने ‘यस विषयमा भारत र पाकिस्ताबीच सहमति हुनुपर्छ’ । ओबामाले पाकिस्तानको पक्षमा अमेरिका रहेको समेत खुलासा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले भारत भ्रमण गरेको कुरालाई सम्झाउँदै ओबामाले दुई देशका बीचमा सम्बन्ध क्रमस सुधार हुँदै गएको समेत विश्वास लिएका छन् ।

Jul 16, 2012

खराव नागरपालिकाको सूचीमा काठमाडौं महानगर दोस्रो स्थानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन १- देशको एकमात्र महानगरपालिका तपाईंको अन्दाजमा मुलुकभरका ५८ नगरमध्ये न्युनतम सर्त र कार्यसम्पादनका हिसाबले कति औं स्थानमा होला ? पहिलो ? दोस्रो ? वा तेस्रो... राजधानी शहरको हिसाबले पनि काठमाडौं महानगर पक्कै पहिलो नम्बरमा आउने अड्कल जो कोहीको हुन्छ । तर यस्तो अड्कल गर्नेहरु त्यतिबेला गलत सावित हुन्छन्, जतिबेला उनीहरुले यो मुलुककै एक्लो महानगरपालिकाको वास्तविक हैसियत थाहा पाउँछन्। अर्थात् अन्तिमबाट दोस्रोमा पर्न सफल भएको छ यो महानगर । देशभरका स्थानीय निकायको वित्तीय सुधार, अनुगमन र अनुसन्धान गर्ने 'स्थानीय निकाय वित्तीय आयोग' ले सबै स्थानीय निकायमा गरेको अध्ययनअनुसार महानगर ५७ औं स्थानमा परेको हो। जबकि महानगरले सर्लाहीको मलङ्गवा नगरपालिकालाई मात्र जित्नन सकेको छ। देशकै एकमात्र महानगरपालिका स्थानीय नियकायमा कार्यसञ्चालन सम्बन्धि न्यनतम शर्त पूरा गर्न असफल भएको छ । गत वर्ष पनि कामपा यही स्थानमा थियो । न्यूनतम सर्त र कार्यसम्पादन मापन ज्यादै नाजुक भएकै कारण महानगरले ३१ करोड १३ लाख रुपैयाँ सरकारी र दातृनिकायको अनुदान गुमाएको छ । महानगरपछि सर्लाहीको मलङ्गवा नगरको प्रगति र कार्यसम्पादन सबैभन्दा कमजोर छ । त्यसबाहेक लहान र जनकपुर नगरपालिका समेत कार्य सम्पादन, मूल्याङ्कनमा असफल देखिएका छन् । आयोगको अध्ययन नतिजाले दोलखाको भीमेश्वर, दाङको घोरही, रुपन्देहीको वुटवल, मकवानपुरको हेटौडा नगरपलिकाले उच्च अंक पाएका छन् । सूचकभन्दा माथि अंक प्राप्त गर्ने नगरलाई आयोगले जनसंख्या र भूगोलका आधारमा अनुदान थप्ने गरेको छ । महानगरले १३ वटा न्यूनतम सर्तमध्ये १० वटामात्रै पूरा गरेको छ । देशभरका नगरपालिकामध्ये सबैभन्दा बढी बजेट चलाउने महानगरले बेलैमा योजना तथा बजेट स्वीकृत नगरेको, प्रगति समीक्षा नगरेको, करका स्रोतको अभिलेख, लेखापरीक्षण, खरिद योजना, बेरुजु अभिलेख फछ्र्योट नगरेको र नागरिकस्तरीय राजस्व परामर्श समिति गठन नगरेकाले नतिजा बिगारेको हो । त्यसैगरी महानगरले १ सय पूर्णाङक मध्ये ४० नम्बर मात्रै प्राप्त गरेको छ । यसैगरी आयोगका सदस्य सचिव शिवबहादुर रायमाझीका अनुसार कार्यसम्पादन, मुल्याङ्कनमा जिविसहरुमध्येबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने भक्तपुर जिल्ला छ । त्यसबाहेक धनकुटा र सिन्धुपाल्चोक जिविसले क्रमश: दोस्रो र तेस्रो स्थान पाएका छन् भने सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रामेछाप, चितवन, कास्की, डोल्पा, कालिकोट, अछाम, बझाङ जिविसहरुले कार्यसम्पादन, मुल्याङकन नगरी असफल भएका छन् ।

आजदेखि ल्याण्डलाइन टेलिफोनबाट देशभरका मोबाइल फोनमा लोकल कल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाल टेलिकमले आजदेखि लागू हुने गरी ल्याण्डलाइन टेलिफोनबाट देशभरका मोबाइल फोनमा लोकल कल सुरु गरेको छ। यसअघि अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा भएको ल्याण्डलाइन फोन हुनैपर्ने बाध्यता थियो। अब ल्याण्डलाइनबाट देशभरिको मोबाइलमा कल गर्दा पनि मिनेटको एक रुपैयाँमात्र महसुल लाग्ने टेलिकमले जनाएको छ। एसटिडी नभएको फोनबाट अर्को अञ्चलमा फोन गर्न मिल्ने हो भने कल संख्या र समयसमेत बढ्ने अपेक्षा टेलिकमको छ।

त्रिशुली बस दुर्घटनामा मर्नेको संख्या १६ पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
तनहुँ, साउन १धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मर्नेको संख्या १६ पुगेको छ। दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन्। मृतकमध्ये ७ जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा ग्रामिण विकास बैक गजुरीमा कार्यरत दीपक प्रसाद खनाल, नेपाली सेनाको आर्टिनरी तालिम केन्द्रमा कार्यरत शिव बहादुर कार्की, उदयपुरका खोप बहादुर धमला, सिन्धुलीका कोसिश घिमिरे,सिन्धुलीकै रुकु मगर, उदयपुरकी पृथ्वीमाया वि.क र प्रतिक्षा विक रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। पृथ्वीमाया र प्रतिक्षा आमा छोरी हुन्। अन्य ९ को अहिलेसम्म सनाखत भएको छैन्। उदयपुरको कटरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना २ ख ४९५१ नम्बरको रात्रि बस सोमबार बिहान करिब ५ बजेको समयमा कृष्णभीर नजिकैबाट त्रिशुली नदीमा खसेको हो। सडकदेखी करिब २ सय मिटर तल नदीमा खसेको बस क्रेनको सहायताले नदी किनारमा झिक्दाँ बस भित्र ७ जनाको शब फेला परेको घटनास्थलमा खटिएका प्रहरी हवल्दार सम्शेर माझीले जानकारी दिए। यसअघि ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो। घटनामा परी घाइते भएकाहरुको स्टार अस्पताल र सुपर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। यात्रु संख्या एकिन नभएकाले नदीमा यात्रु हराइ रहेको आशंकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ।

Jul 12, 2012

संघीय मञ्चसम्बद्ध लिम्बुवानको बेलायत-यूकेमा सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जुलाई ८, २०१२ आशफोर्ड, यूके/ आत्मनिर्णयको अधिकार र जातीय पहिचानसहितको अरुण-सप्तकोशीपूर्व लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति बेलायत-यूकेको ऐतिहासिक प्रथम सम्मेलन यही २०१२ जुलाई ८ तारिखका दिन फुर्लिहल आशफोर्ड, केन्टमा संघीय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवानका राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' को प्रमुख आतिथ्यमा लिम्बुवान परिषद, महिला परिषद, तेम्याहाङ परिषद र कलाकार परिषद, यूके प्रवास कार्य समिति समेत गठन भई सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, यूके शाखा कार्य समितिका अध्यक्ष देवी तुम्बाहाङ्फको अध्यक्षता र महासचिव मेदिनी फोम्बोको उद्घोषणमा सम्पन्न उक्त प्रथम ऐतिहासिक सम्मेलनको उद्घाटन-सत्रमा संघीय मञ्च, यूके शाखाका उपाध्यक्ष चुडामणि तुम्बाहाङ्फे स्वागत मन्तव्य राख्नु भएको थियो । यसैगरी, किरात याक्थुङ् चुम्लुङ, यूकेका अध्यक्ष डम्बर सिङ्गक; जनजाति महासंघ, यूकेका अध्यक्ष श्रीप्रसाद लिम्बू; किरात राई यायोख्खा, यूकेका अध्यक्ष चक्रकुमार राई; वि-गेसो यूकेका उपाध्यक्ष सन्तोष थलङ र लिम्बुवान स्वायत्त एकता समाज, यूकेका उपाध्यक्ष गोपाल गिरीले उक्त सम्मेलनको सफलता एवम् नेपालमा पहिचानसहितको संघीयता र लिम्बुवान लगायतका स्वायत्त राज्यहृरूको सुनिश्चिताको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कलाकारहृरू मान तबेबुङ्को 'पोगिरो' शीर्षकको गीत प्रस्तुतीका साथ स्मृति लिम्बू र रोमी लिम्बूद्वारा 'अरुणपूर्व मेचीवारि' बोलको गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार लिङ्देन 'मिराक'ले भन्नुभयो- ''बेलायततमा आउने जतिपनि टुरिष्टहरू प्रायः यहाँका पुराना-पुराना बस्तुहरू हेर्ने रुचाउँछन् । आधुनिक मान्छेलाई पनि किन पुराना वस्तुहरूले यति धेरै आकषिर्त गर्छ ? किनकि, अन्ततः मान्छेहरूलाई इतिहासहरूले नै आकर्षित गर्दोरहेछ । त्यसैले, लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिले देश-विदेशमा रहने लिम्बुवानवासीहरूलाई आन्दोलित गराइरहेको छ । लिम्बुवान आन्दोलन सशक्त भयो भने खम्बुवान र तमुवानलगायतको आन्दोलनलाई पनि स्वतः सहयोग पुग्छ । त्यसैले, लिम्बुवानको लागि सङ्गठित भइरहँदा हामीले सम्पूर्ण नेपाललाई सहयोग गरिहेका हुन्छौं । यूकेलाई लिम्बुवानी विश्वव्यापी नेटवर्कको विस्तार गर्ने केन्द्र बनाउने सोच रहेको छ ।'' सम्मेलनमा नेपालबाट यूके जानुभएका लिम्बुवानका केन्द्रीय सदस्य तथा उपत्यका समितिका अध्यक्ष क्याप्टेन शिवकुमार पाङ्गेनहाङ लिम्बूले पनि सम्मेलनको सफलताको शुभकामनासहित लिम्बुवान र काठमाडौं उपत्यकामा भइरहेको संघीयवादी लिम्बुवान आन्दोलनबारे जानकारी गराउनु भएको थियो । सम्मेलनको बन्दसत्रमा गणेश इजम र लक्ष्मी माखिमको निर्वाचन मण्डलले लोकेन्द्र तबेबुङ्को अध्यक्षतामा २९ सदस्यीय संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, यूके प्रवास कार्य समितिको चयन गरेको छ । 
उक्त नवनिर्वाचित समितिमा 
अध्यक्षमा लोकेन्द्र तबेबुङ, 
उपाध्यक्ष नवराज काम्बाङ, 
उपाध्यक्ष चन्द्रकुमार लिङ्थेप, 
सविच मान तबेबुङ, 
सहसचिव बल नाल्बो, 
अर्थ-सचिव दिलकुमार तुम्बाहाङ्फे, 
सह-अर्थसचिव राजेन्द्र नेम्बाङ 
र सदस्यहरूमा 
रामराज कुरुम्बाङ, 
अर्जुन तुम्बाहाङ्फे, 
किशोर राई, 
पदमबहादुर माबो 
(संयोजकः वेइजिङ स्टोक), तिलवीक्रम सम्बाहाङ्फे 
(सह-संयोजकः वेइजिङ स्टोक), पूर्ण कुरुम्बाङ 
(संयोजकः अक्सफोर्ड) नेत्रकला एभेङ 
(संयोजकः वेल्स), चन्त वनेम 
(संयोजकः नोनिङ्टन), रुकमान कुरुम्बाङ 
(संयोजकः डनकाष्टर), राजेन्द्र खिम्दिङ, 
धनबहादुर लिम्बू, 
धर्मराज गुरुङ, 
विजय लिङ्थेप, 
खेमबहादुर तुम्बाहाङ्फे, 
रामबहादुर देउसाली, 
प्रेम सुहाङ, 
चन्द्र सुन्दास, 
रामकुमार खजुम, 
रामप्रसाद लिङ्देन 
(संयोजकः रिडिङ), कृष्णप्रसाद लिङ्देन र 
मङ्गलसिंङ लिङ्देन (संयोजकः फोल्कस्टोन) 
रहुभएको छ । यसैगरी, उक्त सम्मेलनले नेत्रकला एभेङ्को अध्यक्षतामा ९ सदस्यीय संघीय लिम्बुवान महिला परिषद, यूके प्रवास कार्य समितिसमेत गठन गरेको छ । महिला परिषदमा उपाध्यक्ष चन्द्रकला थेबे, सचिव लीला सेलिङ, अर्थ-सचिव हस्तकला लिम्बू र सदस्यहरू मा चन्द्रमाया चोङ्बाङ, सुधा लिम्बू, निर्मला लिम्बू राई, दिलकुमारी मास्वा र पृथ्वी लिम्बू रहनुभएको छ । यसरी नै यही सम्मेलनबाट रुकमान कुरुम्बाङ्को संयोजकत्वमा तिलविक्रम लावती सदस्य रहनुभएको संघीय लिम्बुवान तुम्याहाङ् परिषद, यूके प्रवास कार्य समिति पनि चयन भएको छ । साथै, मान तबेबुङको संयोजकत्वमा कमला कन्दङ्वा र बलराज सुब्बा सदस्य रहनुभएको संघीय लिम्बुवान कलाकार परिषद, यूके प्रवास कार्य समिति समेत गठन गरिएको छ । - 
नवराज काम्बाङ, यूके/डीबी आङ्बुङ, काठमाडौं

त्रिभुवन विश्वविद्यालयका प्रध्यापकहरु आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मुलुककै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका प्रध्यापकहरु २२ सुत्रीय माग राखी आन्दोलनमा उत्रीएका छन् । विगत एक वर्षेदेखि बढेको तलब पोशाक भत्ता नेपाल सरकार विभिन्न निकाय एवं कर्मचारीले पाइसक्दा पनि त्रिविका प्राध्यापक र कर्मचारीहरु वञ्चित भएका भन्दै उनीहरु आन्दोलनमा उत्रीएका हुन । हिजो राजधानीमा पत्रकार सम्मेलन गरि त्रिवि। प्राध्यापक संघका महासचिव प्रेमराज खनियाले आन्दोलनका कार्यक्रम घोषणा गर्दै आज र भोली त्रिविका सम्पुर्ण आंगिक क्याम्पस र अनुसन्धान केन्द्रमा पठन-पाठन लागायत सम्पूर्ण कार्य बन्द गरिने जानकारी दिईएको थियो। देस भरका ६० आंगिक र चार अनुसन्धान केन्द्र बन्द हुँदा डेढ लाख भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएका छन्।

साउन १ देखि देशभरिका मोबाइलमा लोकल कलको सुविधा लागु गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टेलिकमले आगामी साउन १ देखि ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा लोकल कलको सुविधा लागु गर्ने भएको छ । टेलिकमले लोकल कल सुविधामात्र रहेका ल्यान्डलाइनबाट दिन लागेको यो सुविधा जिएसएम र सिडिएमए दुवै फोनका लागि हो । अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा हुनैपर्ने बाध्यता हटाएर लोकल कलको सुविधामात्र भएको फोनबाट देशभरि मोबाइलमा कल गर्न सकिन्छ । ९२ प्रतिशत सरकारी सेयर रहेको दूरसाचार सेवा प्रदायक नेपाल टेलिकमले एसटिडी नभएको ल्यान्डलाइनबाट पनि अर्को अञ्चलको मोबाइलमा कल गर्न सक्ने व्यवस्था गर्न लागेको हो । मोबाइलबाट मोबाइलमै देशभरि कल गर्दा एउटै स्थानीय चार्ज लाग्दै आएकोमा साउनदेखि एसटिडी नभएको ल्यान्डलाइनबाट पनि यो सुविधा थप्दैछ टेलिकमले एउटा अञ्चलको ल्यान्डलाइनबाट अर्को अञ्चलको मोबाइलमा कल गर्दा एसटिडीकै महसुल नलागे पनि सुविधा भने हुनैपथ्र्यो त्यस्तो प्रावधान हटाउन लागेको टेलिकमले बताएको छ । अहिले ल्यान्डलाइनबाट देशभरि जहासुकैको मोबाइलमा कल गर्दा पनि मिनेटको एक रुपैयामात्र महसुल लाग्छ।

चार सहसचिवको बढुवा, बजेटमा निर्णय हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन २८- सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले दुर्गानिधी शर्मा, ज्ञानदर्शन उदास, सूर्य सिलवाल र धनवहादुर तामाङलाई सचिवमा बढुवा गरेको हो। चार रिक्त स्थानमा लागि बढुवा समितिले १२ जनाको नाम सिफारिस गरेको थियो। सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवका अनुसार बैठकमा एकतृतियांश या आंशिक बजेट ल्याउने विषयमा छलफल भएपनि निर्णय हुन सकेन। बैठकमा चुनाव तथा सेना समायोजनका लागि आवश्यक पर्ने सवै रकम छुट्याउने विषयमा छलफल चलेको थियो। मन्त्री यादवका अनुसार विश्व वैंकबाट सुनौलो हजार दिन कार्यक्रमका लागि तीन अर्व ४८ करोड,पुल सुधार तथा मर्मतका लागि पाँच अर्व ३१ करोड र कुवेत फण्डबाट बुढीगण्डकी जलशाययुक्त आयोजनाको विस्तृत अध्ययन र निर्माण कार्य सुरु गर्न १ अर्व ५८ करोड रुपैयाँ लिने निर्णय गरेको छ।

महिला बेच्नेलाई १७० वर्ष कैद सजायको फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 चौतारा, असार २८ - सिन्धुपाल्चोक जिल्ला अदालतले ६ जना किशोरी बेचबिखन गरेको र देहव्यापारमा लगाएको छुट्टाछुट्टै अभियोगमा एक जना अभियुक्तलाई १ सय ७० वर्ष जेल सजायको फैसला गरेको छ । ६ जनाको बेग्लाबेग्लै मुद्दामा भएको कैद जोड्दा त्यति समय जेल सजाय पुगेको हो । जिल्ला न्यायाधीश अनन्तराज डुब्रेको एकल इजालसले शिखरपुर-९ का ३७ वर्षीय प्रेम भन्ने बजिरसिंह तामाङविरुद्ध बुधबार यस्तो फैसला गरेको हो । साथै उनीसँगै सोही अभियोगमा बाँसखर्कका सुकमान तामाङ र नवलपुरका टेकबहादुर विकलाई क्रमशः १६ र १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ । फैसलाअनुसार अभियुक्तहरूले जरिवाना र क्षतिपूर्तिबापत ३१ लाख बेहार्नुपर्ने छ । बजिरविरुद्ध सिन्धुपाल्चोकका पश्चिमी र मध्य भेगका १३ देखि १६ वर्षका ६ चेली किनेर भारतमा देहव्यापारमा लगाएको अभियोग लगाइएको थियो । बेचिएका चेलीमध्ये एफको मुद्दामा ४० वर्ष, ईको मुद्दामा ४०, एलबीको मुद्दामा २०/२० र जीजेको मुद्दामा २५/२५ वर्ष कैद गरिएको हो । ती सबैको प्रहरीले राखेको छदम नाम हुन् । फैसलाअनुसार बजिरले पीडितले पाउने गरी क्षतिपूर्तिबापत जनही १ लाख ५० हजारका दरले ६ जनालाई ९ लाख र जरिवानाबापत १३ लाखसमेत २२ लाख रुपैयाँ तिर्नुपर्ने छ । सोही अभियोगमा सुकमान र टेकबहादुरले पीडित ६ जनालाई ७५ हजारका दरले क्षतिपूर्ति भर्नुपर्ने छ । प्रहरीले उनीहरूलाई ०६७ मंसिरमा पक्राउ गरी अदालतको आदेशमा फागुनमा पुर्पक्षका लागि थुनामा राखेको थियो । यस्तै सुकमान र टेकबहादुरलाई मतियारका रूपमा सजाय तोकिएको छ । टेकबहादुर र सुकमानविरुद्ध बेचबिखन र ओसारपसार गर्न सघाएको अभियोग लगाइएको थियो । फैसलाअनुसार पीडित ६ जनाले २ लाख २५ हजारका दरले क्षतिपूर्ति पाउने छन् । जागिर लगाइदिने र खाडी मुलुक पठाउने बहानामा बजिर आफैंले भारतको आग्रामा सञ्चालन गरेको कोठीमा चौताराबाट किनेर बेश्यावृत्तिमा लगाएका थिए । बजिरले सहयोगीमार्फत लगिएको चेलीहरूलाई खरिद गरेर कोठीमा राखेका थिए । उनी जिल्लामा बेचबिखनको डनका रूपमा परिचित थिए । उनले सञ्चारकर्मीलाई 'जति फोटो खिच्नुहुन्छ खिच्नुस्' भन्दै अदालतबाट निस्कँदा हाँस्दै कारागार गएका थिए । 'मलाई कुनै पछुतो छैन,' उनले भने । पीडित चेलीमध्ये चौतारामा विभिन्न समयमा भागेर नेपाल आउन सफल ६ जनाले किटानी जाहेरी दिएका थिए । अभियुक्त ८ जनामध्ये ५ जना अझै फरार छन् । भारतमा नारकीय जीवन बिताउन बाध्य चेलीहरू राजधानीमा शक्ति समूहको संरक्षणमा बस्दै आएका छन् । अदालतमा ५ घन्टा बहसपैरवी भएको थियो । सिन्धुपाल्चोक जिल्ला अदालतको इतिहासमा यति धेरै सजाय भएको घटना सम्भवतः यो पहिलो हो । बहसका क्रममा बजिरले सञ्चालन गरेको कोठीमा अझै नेपाली केटी रहेको जिकिर गरेका थिए । यसैबीच बजिरलगायत अभियुक्तलाई सजाय भएको खबरबाट पीडितहरू हषिर्त भएका छन् । शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले पीडितले न्याय पाएको बताएकी छन् । राजधानीमा बसिरहेका ६ जना चेली हषिर्त छन् । केही चेलीहरू खुसीले रोएका थिए ।

अमेरिकाले म्यानमारमा २२ वर्षपछि राजदूत नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकाले म्यानमारमा २२ वर्षपछि राजदूत नियुक्त गरेको छ । म्यानमारमा सैनिक शासन लागु भएपछि अमेरिकाले उठाएको म्यानमारस्थित अमेरिकी राजदूतावासको स्थापना गरी २२ वर्षपछि राजदूतको नियुक्त गरेको हो । २२ वर्ष पछि पहिलो पटक म्यानमारमा अमेरिकी राजदूतका रुपमा दरेक जे मिसेलले बुधबारबाट कार्यभार सम्हालेका छन् । मिसेललाई अमेरिकी सरकारले एक साताअघि राजदूतका रुपमा नियुक्त गरेको हो । म्यानमारले अमेरिकाले मेन्मारमा दूतावासको पुनःस्थापना गरेको भन्दै त्यसको स्वागत गरेको छ । अमेरिकाले म्यानमार पठाएका नवनियुक्त राजदूत यसअघि म्यानमारमा अमेरिकाका विशेष प्रतिनिधिका रुपमा काम गर्दै आएका कुटनीतिज्ञ हुन । अमेरिकाले म्यानमारमा दूतावास स्थापना गरेलगत्तै अमेरिका र म्यान्मारबिचको कुटनीतिक सम्बन्ध विस्तार हुने विश्वास नव नियुक्त राजदूतले लिएका छन् । अमेरिकाले यसअघि नै म्यानमारसँग लागेका विभिन्न आर्थिकलगायत नाकाबन्दी हटाइसकेको छ ।

Jul 10, 2012

प्रकाशसँग बेपत्ता वीना पनि निलम्बनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २६ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएको आशंका गरिएकी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बिना मगर पनि निलम्बनमा परेकी छन् । क्रान्तिकारीको बैठकले मगरबारे प्रश्न उठेकाले छानबिनका लागि निलम्बन गरिएको अध्यक्ष हिमाल शर्माले जानकारी दिए । 'बिना अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सिलकी संयोजक हुनुहुन्थ्यो' शर्माले भने- 'उहाँबारे प्रश्न उठिकसकेपछि निलम्बन गरिएको हो ।' दाहाल पुत्र प्रकाश र विना दुवै जना लुम्बिनी–सगरमाथा शान्ति यात्राका सदस्य थिए । दुवै जनाले सगरमाथाको सफल आरोहणसमेत गरेका थिए । प्रकाशको पहिलो श्रीमतीसंग पारपाचुके भएपछि दोस्रोबाट एउटा छोरा जन्मिएको छ । बिना पनि विवाहीत हुन् ।

देउवा निवासमा पूर्व प्रमहरुको 'डिनर बैठक'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २६ - समसामयिक राजनीतिक परिस्थितिका बारे छलफल गर्न पूर्व प्रधान मन्त्रीहरु कङ्ग्रेस नेता शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भेला हुने भएका छन्। डिनर बैठक साँझ ७ बजेबाट सुरु हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए। भेलमा माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्दलगायतका पूर्व प्रधान मन्त्रीहरु उपस्थित हुँदैछन्। पूर्व प्रधान मन्त्री पुष्पकमल दाहालले व्यस्तताका कारण आजको वैठकमा सहभागी हुन नसक्ने जानकारी देउवालाई गराएका छन्। अर्का पूर्व प्रधान मन्त्री सूर्यबहादुर थापा अस्वस्थताका कारण उपस्थित हुने छैनन्।

अफगानिस्तानमा २४ घन्टामा २० तालिबानीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानमा २४ घण्टाभित्रमा २० बढी तालिबानीको मृत्यु भएको छ । गत २४ घण्टामा नेटो सेनासहितको संयुक्त सेनाको कारबाहीमा २० बढी तालिबानीको मृत्यु भएको हो । अफगानिस्तानी गृहमन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा तालिबानी चरमपन्थीको संख्या धेरै रहेको छ । सेनाको कारबाहीमा २४ घन्टाभित्रमा २० जनाको मृत्यु भएको हो भने ३७ जना कारबाहीमा परेका छन् । अफगानिस्तानको राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग सम्बद्ध सैनिकले विभिन्न सहरमा गरेको सैन कारबाहीमा २४ घण्टा भित्रमा ठूलो संख्यामा तालिबानीको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले बताएको छ । अफगानि र नेटोसँग सम्बद्ध गरेर ३० हजार बढी सैनिक तालिबानीको विरुद्धमा उत्रिएको बताइएको छ । अफगानिस्तानमा एक लाख ३० हजार बढी सैनिकले तालिबानी लडाकुविरुद्धको कारबाहीलाई निरन्तरता दिइरहेका छन् ।

वैद्य पक्षसहितको सर्वदलीय वैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २६ - आगामी आर्थिक वर्षको बजेट र राजनीतिक गतिरोधका विषयमा छलफल गर्न अहिले नयाँबानेश्वरस्थित संविधानसभा भवनको ल्होत्से हलमा विघठित संविधानसभामा रहेका दलहरुको बैठक सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको वैठकमा वैद्य पक्षका नेता पनि सहभागी छन्। आज बिहान प्रधानमन्त्री बाबुराम भट्टराईले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली काँग्रेस र नेकपा (एमाले) सहभागी नभएपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अर्को बैठक बोलाएका हुन्। बैठकमा विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने र ती दलबाट फुटेर नयाँ बनेका दलसहित अधिकांश दलको सहभागिता रहेको छ। दिउँसो ४:३० बजे सुरु भएको बैठकमा ढिलो गरी नेकपा-माओवादीका नेता देवप्रसाद गुरुङ पनि प्रवेश गरेका छन्। प्रधानमन्त्री भट्टराईसहित अन्य प्रमुख दलका शीर्ष नेताहरु वैठकमा छन्। बैठकले व्यवस्थापिका-संसद् नरहेको अवस्थामा अध्यादेशबाट पूर्ण या आंशिक बजेट ल्याउने, राष्ट्रिय सहमतिको सरकार गठन र नयाँ संविधानका विवादित विषयमा नयाँ सहमति गर्नेलगायतका विषयका केन्द्रित हुने बताइएको छ।

अब आँखामा लगाउने ब्रा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ब्रा अर्थात् वक्षदानी वा वक्षकवच भन्ने बित्तिकै महिलाले वक्षस्थलमा लगाउने कसिलो वस्त्र भन्ने बुझिन्छ । तर अब यसको परिचय यत्तिमा मात्र सिमित रहेन । जर्मनीको एक कम्पनीले आँखामा लगाउने ब्रा उत्पादन गरेको छ । जर्मनीको इन्टेरोन भन्ने कम्पनीले आँखामा लगाउने ब्रा अर्थात् फेस ब्राको उत्पादन गरेको हो । यो फेस ब्रा को डिजाइन बिट अस नामका डिजाइनरले गरेका हुन् । उनले विभिन्न प्रकारका सेक्स टोय तथा कुरुप कपडाको साटो आफुले आँखामा लगाउने ब्रा डिजाइन गरको बताए । यो फेस ब्रालाई सबैभन्दा पहिले परिक्षणको रुपमा केही समय अघि फ्रान्सको पेरिसमा भएको भित्री वस्त्र महोत्सवका बेला जहाज, रेल तथा बसका यात्रुहरुलाई वितरण गरिएको थियो । अब यसलाई व्यवसायिक रुपमै बजारमा पठाउने गरी उत्पादन गर्ने कम्पनीको भनाइ छ । रातीमा सुत्ने बेलामा आँखाको सुरक्षा तथा मिठो निद्राको लागि आँखामा लगाउने यो एक प्रकारको स्लिप मास्क हो । तर यसको आकार ठ्याक्कै ब्रा जस्तो भएकाले यसलाई फेस ब्रा को नाम दिइएको छ ।

Jul 9, 2012

काजकिरिया भएका व्यक्ति २२ वर्षपछि भेटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बाँके, असार २५ - मृत्यु भइसकेको ठानेर काजकिरिया गरिएका बुवालाई जीवितै भेट्दा संगीता पुनले सुरुमा पत्याइनन् । रुकुम मुरु-३ का ५९ वर्षीय बुवा लोकबहादुर पुन २२ वर्षअघि भारतमा बेपत्ता भएका थिए । सबैले मृत्यु भइसकेको भन्न थालेपछि परिवारले उनको काजकिरिया गरेको थियो । जानकारी नै नदिई घर छाडेर हिँडेका लोकबहादुरले पनि लामो अवधिमा परिवारलाई चिठी, फोन र सम्पर्कसमेत गरेनन् । '२२ वर्षपछि बुवा भेटिनुभो, पत्याउनै मुस्किल परिरहेछ,' संगीताले भनिन्, 'म सानै छँदा बेपत्ता हुनुभएको थियो, मैले जान्ने/बुझ्ने भएपछि पहिलोपल्ट बुवाको मुख देखें ।' बिरामी अवस्थामा परिवारको सम्पर्कमा आएका लोकबहादुरको नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उपचार भइरहेको छ । 'जन्म दिने बुवाको मुख पनि देख्न पाएको थिइनँ, भाग्यले देख्न पाएँ,' संगीताले भनिन्, 'काजकिरिया गरिसकेका व्यक्ति जीवितै भेटिएला भनेर सोच्न पनि सक्ने कुरा थिएन ।' यतिका वर्षसम्म अत्तोपत्तो नभएपछि पत्नी कौशिल्याले पनि आस मारिसकेकी थिइन् । उनीहरूका ६ छोरी छन् । भारत हिमाञ्चल प्रदेशको सिमला जिल्लामा पर्ने गाउँमा मजदुरी गर्ने क्रममा लोकबहादुर डेढ महिनाअघि भीरबाट लडेर घाइते भएका थिए । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको छ । घाइते लोकबहादुर भारतकै अस्पतालमा बेवारिसे भेटिएपछि भारतीय प्रहरीले अखिल भारत-नेपाली एकता मञ्चसँग सम्पर्क गरी फर्काएको हो । मञ्चले आफन्तको खोजी गर्ने क्रममा छोरी संगीतालाई भेट्न सफल भयो । 'हाम्रो प्रयास सफल भयो, हामीले उहाँको परिवारलाई भेटाउन सक्यौं,' मञ्चका सदस्य विनोद कार्कीले भने । उनले उपचारका लागि भारतमा बस्ने नेपालीले २८ हजार ८ सय रुपैयाँ सहयोग गरेको पनि बताए । परिवारसँग सम्पर्कै नगरी २२ वर्षसम्म भारत बस्दै आएका लोकबहादुरलाई अहिले भने पश्चाताप लागेको छ । खुट्टा भाँचिएर अस्पताल भर्ना भएका उनको रेखदेख परिवारले गरिरहेछन् । 'बुद्धि पुगेन, परिवारसँग सम्पर्कै गरिएन,' उनले दुखेसो पोखे, 'अहिले दुःख पर्दा छोरीले नै अस्पतालमा मलाई कुरिरहेकी छ ।' दाजु पदमबहादुरले भाइ भारत गएको वषौर्ंसम्म घरमा सम्पर्क नगरेपछि गाउँमा मृत्यु भइसकेको हल्ला चलेकाले किरिया गरेको बताए । 'किरिया गरिसकेको भाइलाई जीवत पाउँदा परिवारमा सबै दंग छौं,' उनले भने । लोकबहादुरको खुट्टाको अपरेसनपछि डिस्चार्ज हुन अझै दुई साता लाग्ने अस्पतालले जनाएको छ । भारतीय अस्पतालमा गरिएको अपरेसन विफल भएपछि उनलाई नेपाल फर्काउन चन्दा संकलन गरिएको मञ्चका सदस्य कार्कीले बताए । घाइते लोकबहादुरको आर्थिक अवस्था कमजोर छ । अपरेसन र औषधि खर्चका लागि ५० हजार खर्च लाग्ने अस्पतालले जनाएको छ ।

ज्ञानेन्द्रको सुविधा हटाइदिने प्रधानमन्त्रीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २५ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द साहलाई पाइरहेको सुविधा हटाइदिने चेतावनी दिएका छन् । ज्ञानेन्द्रले राजतन्त्र पुन: फर्किन सक्ने बताइरहेका बेला प्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । 'तात्कालिन राजाले पाठ नसिकेका हुन सक्छन्,' राजधानीमा आयोजित एक कार्यक्रममा उनले चेतावनी दिए, 'अलिकति पाएको सुविधाबाट पनि वन्चित हुनुपर्ला ।' राजतन्त्र पुनरस्थापना हुने कुनै सम्भावना नरहेको बताउदै भट्टराईले राजनीतिक दलबीच देखिएका विवादबाट फाइदा नउठाउन चेतावनी दिए । 'यस्ता अभिव्यक्ति जारी रहे सरकार के हो, राज्य के हो भन्ने संकेत पाउनेछन्,' ग्लोबल आइएमइ बैंक उद्‍घाटन कार्यक्रममा उनले भने । प्रमुख राजनीतिक दल विच केहि मतभिन्नता देखिए पनि सहमति तर्फ अघि बढ्दै गएको उनले बताए । 'राजतन्त्रले कुनै पनि रुपमा टाउको उठाए पुन सबै एक हुनेछन्,' भट्टराईले भने । प्रमुख दल विच सहमति भएरै बजेट ल्याइने उल्लेख गर्दै भट्टराईले यसबारे केहि दिनमै सकारात्मक सन्देश आउने बताए । 'चुनाव घोषणा भैसकेकाले बजेटमा न्यूनतम सहमति आवस्यक छ,' उनले भने ।

अमेरिकी जाँच एजेन्सीले ३ लाख कम्प्युटरको इन्टरनेट बन्द गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साइबर अपराध नियन्त्रणको लागि अमेरिकाको एक ऐजेन्सीले ३ लाख कम्प्युटरको इन्टरनेट सेवा बन्द गर्ने भएको छ । अमेरिकी जाँच एजेन्सी एफबीआईले विश्वका तीन लाख भन्दा बढी कम्प्युटरको सेवा बन्द गर्ने बताएको हो । उसले साइबर अपराधको नियन्त्रणको लागि अपराधमा संलग्न अपराधिहरुलाई पक्राउ गर्ने भन्दै एकै पटक ठूलो संख्यामा इन्टरनेट सेवा बन्द गर्न लागेको बताइएको छ । यसरी इन्टरनेट सेवा बन्द गर्दा अमेरिका र बेलायतका कम्प्युटरको सेवा सँगै अन्य मुलुकका कम्प्युटरको समेत इन्टरनेट सेवामा प्रभाव पर्ने बताइएको छ । एफबीआईका अनुसार साइबर अपराधी समूहले इन्टरनेट सर्भरको बाटोबाट भाइरस पठाइदिने गरेका छन् । एफबीआईले सन् २०११ मा ४० लाख कम्प्युटरमा भाइरस पठाउँने एउटा साइबर अपराधीको समूहलाई पक्राउ गरेको थियो ।

बल्ल बोलाए प्रधानमन्त्रीले दलहरुलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २५ प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा विघटनपछि पहिलो पटक संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएका छन्। ‘छलफल बजेट, निर्वाचन र मुलुकलाई राजनीतिक निकास दिनका निम्ति राष्ट्रिय समझदारी कायम गर्ने गरि हुनेछ', प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। भोलि मंगलवार विहान ८ बजे प्रधानमन्त्री कार्यलय, सिंहदरवारमा प्रधानमन्त्रीले दलहरुसँग छलफल गर्नेछन्। राष्ट्रिय एकता, स्वाधीनता र मुलुकको आर्थिक विकासमा सबै राजनीतिक दलहरु वीचमा एकता हुनु पर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले उल्लेख गरेका छन्। प्रधानमन्त्रीले दलहरुबीच सहमति भए आफू जस्तोसुकै त्याग गर्ने उनले बताएका छन्।

रुसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४१

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मस्को, असार २४ (एएफपी)- रुसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४१ पुगेको छ। हिजो आएको आँधीबेहरीसहितको बाढीका कारण आज बिहानसम्ममा बाढीमा परी मृत्यु हुने १४१ पुगेको हो। सो बाढी र पहिरोमा परी हराइरहेका थपको शव प्राप्त भएको उक्त प्राकृतिक प्रकोपको उद्वारका लागि खटिरहेका उद्वारकर्मीहरुले जनाएका रुसी गृह मन्त्रालयले जानकारी दिएको छ। दक्षिणी रुसको क्रास्नोदास्की कारी स्थानमा हिजो सो बाढी आएको बताइएको छ। विगतका केही दिनदेखि जारी रहेको भारी वर्षाको क्रममा हिजो अकस्मात आँधी र ठूलो बाढी आएको बताइएको छ। तर आजभने सो बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र क्रिमस्क रहेको पाइएको छ। सो क्षेत्र सुची सहरबाट करिब १२० माइल उत्तरपश्चिम क्षेत्रमा पर्दछ। सुची रुसले आगामी सन् २०१४ मा गृष्मकालीन ओलम्पिक खेलको आयोजना गर्न लागेको सहर हो। तर सो सरहमा भने बाढी र आँधीका कारण खासै प्रभाव परेको छैन । सो बाढीमा परी अरुपनि केही व्यक्ति हराइरहेका बताइएको छ। अहिले पनि वर्षा निरन्तर रहेकोले बाढीबाट प्रभावित केही स्थानीयलाई अन्यत्रै सारिएको छ। प्रभावित क्षेत्रमा ठूलो संख्यामा सैनिक एवम् संयुक्त सुरक्षाबल परिचालन गरी खोजी एवम् उद्वारका कार्य जारी राखिएको रुसको प्रकोप व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ। अहिलेसम्म सो क्षेत्रमा २९ हजार व्यक्ति प्रभावित भएका छन्। उनीहरुलाई पनि सुरक्षितस्थलतर्फ लैजान थालिएको पनि प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन्। रुसको सङ्कटकालीन व्यवस्थापनसम्बन्धी मन्त्रालयले दिएको जानकारी अनुसार सो क्षेत्रमा बाढीको प्रकोप अहिले पनि कम भएको छैन। प्राकृति प्रकोपसम्बन्धी विभाग तथा मौसम विज्ञहरुले जनाएअनुसार अहिले पनि भीषण वर्षाको नटरेको र अरु केही घन्टासम्म यसको डर रहेको जानकारी दिएका छन्। यसैकारण पनि उद्वार र सतर्कतासम्बन्धी विभिन्न प्रयासहरु जारी नै राखिएको बताइएको छ। सो बाढीमा परी हराइरहेकाहरुको खोजी कार्यलाई पनि व्यापक बनाइएको छ। हिजो साँझ रुसी राष्ट्रपति भलादिमिर पुटिन बाढी प्रभावित क्षेत्रमा गई बाढीको पछिल्लो अवस्था र क्षतिको जानकारी लिएका थिए ।

Jul 5, 2012

प्रहरी कुटपिटको विषयले लहान बजार तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लहान असार, २१- लहान स्थित होटल विशालमा गएराती जिल्ला प्रहरी कार्यालयका घुमुवा र लहान प्रहरी कार्यालयका सदापोशाकका प्रहरी प्रवेश गरि जथाभावी कुटपिट गरेको विषयलाई लिएर लहान बजार तनावग्रस्त बनेको छ । प्रहरीको ज्यादतीको विरोधमा उत्रिएका स्थानीयवासी र व्यापारीले पूर्व पश्चिम लोकमार्गमा चक्का जाम गरेका छन् । बजारका सबै पसल बन्द छन् । जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ । सहिद चोकमा अहिले स्थानीय र प्रहरीबीच झडप जारी छ । जिल्ला प्रहरी कार्यालयका घुमुवाहरु करिव ९:३० वजे होटलमा प्रवेश गरि म्यानेजर शुनील कुमार साह, निर्माण व्यवसायी संघका अध्यक्ष विशाल कुमार साह, उद्योग वाणिज्य संका पुर्व अध्यक्ष निरश चौधरीलाई कुटपिट गरेका थिए । म्यानेज साहका अनुसार, सादा पोशाकका सात आठ जना नकावधारी होटलमा प्रवेश गरि रुम सर्च गर्छु भनेपछि उनको परिचय मागे। ‘तपाई को हो चिनिन् भन्दा गाली गर्दै कुट्न थाले,' उनले भने, ‘हरेकसँग पेस्तोल थियो। पहिला त गुण्डा पो हो कि जस्तो लाग्यो उनले भने पछि एक जना युनिफर्मका असईलाई दखेर पुलीसहरु नै हो पक्का भयो।‘ होटलउत्तर टाँसिएकै सोनु वस्त्रालयका सञ्चालक सन्तोष साहका अनुसार, पाहुना देखि सञ्चालक सम्मलाई कुटपिट गर्दै होहल्या र गालीगलौजको आवाज सुनेर वाहिर निस्कदा सादा पोशाकका नकावधारीहरु पेस्तोल ताकेर भित्र वसछस् कि हानिदिउ भनेका थिए । पाहुना बसेका ईन्जीनियर गेहेन महर्जनले भने, ‘तल व्रस गर्दै के झरेको थिएँ लाठीले प्रहार गरिहाले। टाउकोमा प्रहार गरेको लठी रोक्न खोज्दा हात भाचियो,' उनले भने, ‘मेरो के दोष थियो कि प्रहरी जस्तो जिम्मेवार निकायका मान्छेले प्रहार गरे। रातीको घटनाले प्रहरीको रवैया पेसेवर गुण्डा जस्तो देखियो सुरक्षा दिनेले नै आक्रामण गर्न थालेपछि कसले बचाउने?' सिरहा प्रहरी प्रमुख राजेश लाला कर्णले भने अपहराधि खोज्न प्रहरी विशाल होटल गएको थियो कसैलाई कुटपिट नगरिएको दाबी गरे । ‘कसैले पनि राजमार्ग वन्द गराउन पाउदैन हामी सुरक्षाकर्मी लगाएर खोलाउँछौ,' उनले भने ।

साउदी जेलमा झन्डै चारसय नेपालीले गरे भोकहड्ताल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २१ - साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चारसय नेपालीले गरेको भोकहड्ताल बुधबारसाँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका कम्तीमा ८० हजार नेपाली घरफिर्न जेल जानुपर्छ । जेलप्रशासनले आउदो साता तीनसय जनालाई स्वदेश फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि बन्दी नेपालीले भोकहड्ताल तोडेका हुन् । जेल गएका नेपाली कामदारलाई एकमहिनादेखि नपठाएको, घर फर्काउने प्रक्रियामा निकै ढिलासुस्ती गरेको र कोठाको क्षमताभन्दा तेब्बर बन्दी एकैठाँउमा राखेको भन्दै मंगलबारसाँझदेखि 'रोटी' बहिष्कार गरी भोकहड्तालमा उत्रिएका थिए । 'रोटी' बहिष्कार गरेपछि जेलप्रशासनले निकै गम्भिररुपमा लिएको साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए । जेलप्रशासन र दुताबासले छिटोभन्दा छिटो जेलबाट कामदारलाई स्वदेश पठाउने प्रक्रिया थाल्ने बताएपछि रोटी खाना थालेका छन् । जेलका प्रमुख आएर आूउदो हप्ता करिब ३ सय नेपालीलाई स्वदेश पठाउने बचनदिएपछि भोकहड्ताल तोडेको ९ महिनादेखि जेलमै रहेका सफेद अलीले बताए । 'कर्णेल आएर आउदो हप्ता ३ सयलाई उठाउने बचनदिनुभएपछि भोकहड्ताल तोड्यौं', बाँकेका अलीले फोनमा भने । पहिलोपटक नेपालीले जेलमा रोटी बहिष्कार गरेपछि जेलप्रमुख कर्णेलले राजदुत पाण्डेलाई फोन गरी रिसाएका थिए । 'सफर जेलबाट सबैभन्दा बढी नेपाली गइरहेका छन् । फेरी उनीहरुनै हाम्रो रोटी बहिष्कार गर्ने', कर्णेलको भनाई उद्धत गर्दै दुताबासका एकअधिकारीले भने,'उनीहरु आफै गैरकानुनी हुने । अनि, उल्टै हाम्रो नियम उलंघन गर्ने ।' भोकहड्ताल फिर्ता लिनको लागि दुताबासले दमामस्थित कर्मचारी हरिप्रसाद घिमिरेलाई जेलमा पठाएको थियो । राजदुत पाण्डेका अनुसार १९ दिनदेखि जेलबाट नेपाली स्वदेश गएको छैन् । टिकट अभाबले बन्दीलाई डिपोर्ट गर्न नसकेको पाण्डेले बताए । 'जेल परेका कामदारलाइ स्वदेश फिर्ने टिकट जेल प्रशासनले उपलब्ध गराूउछ । अहिले बिदाको समय भएकोले जहाजको टिकटको अभाब छ', राजदुत पाण्डेले भने,'जेलभित्र रहेका मध्ये आज (बिहीबार) २० जना र आइतबार एकसय ५० जनालाई स्वदेश पठाइने प्रबन्ध मिलाएको छ ।' राजदुत पाण्डेले साउदीमा भाग्ने प्रबृत्तिले गर्दा यो स्थिति आएको बताए । 'कम्पनी छाडेर भागेपछि उनीहरु गैरकानुनी हुन्छन् । त्यस्ताहरु घरजान अनिबार्य जेल जानुपर्छ', उनले भने,'यसले गर्दा सफरजेलमा नेपालीको भीड लागेको छ ।' दुताबासले हरेक महिना कम्तीमा पाँचसय नेपालीलाई जेलबाट स्वदेश पठाउने गरेको छ । सफर जेलमा नेपाली निकै बढीभएपछि बस्न, सुत्न र खाना समेत निकै समस्या छ । 'एकसय जना नअट्ने कोठामा ५ सयभन्दा बढी राखिएको छ', जेलमै रहेका बाँकेका ज्ञानेन्द्र लामिछानेले भने,'दुताबासका कर्मचारी हामीसँग कुराकानी गर्न आउदा माक्स लगाँउछन् । तर, हाम्रोस्थितिलाई नजरअन्दाज गर्छन् ।' असार २१ - साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चारसय नेपालीले गरेको भोकहड्ताल बुधबारसाँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका कम्तीमा ८० हजार नेपाली घरफिर्न जेल जानुपर्छ । जेलप्रशासनले आउदो साता तीनसय जनालाई स्वदेश फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि बन्दी नेपालीले भोकहड्ताल तोडेका हुन् । जेल गएका नेपाली कामदारलाई एकमहिनादेखि नपठाएको, घर फर्काउने प्रक्रियामा निकै ढिलासुस्ती गरेको र कोठाको क्षमताभन्दा तेब्बर बन्दी एकैठाँउमा राखेको भन्दै मंगलबारसाँझदेखि 'रोटी' बहिष्कार गरी भोकहड्तालमा उत्रिएका थिए । 'रोटी' बहिष्कार गरेपछि जेलप्रशासनले निकै गम्भिररुपमा लिएको साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए । जेलप्रशासन र दुताबासले छिटोभन्दा छिटो जेलबाट कामदारलाई स्वदेश पठाउने प्रक्रिया थाल्ने बताएपछि रोटी खाना थालेका छन् । जेलका प्रमुख आएर आूउदो हप्ता करिब ३ सय नेपालीलाई स्वदेश पठाउने बचनदिएपछि भोकहड्ताल तोडेको ९ महिनादेखि जेलमै रहेका सफेद अलीले बताए । 'कर्णेल आएर आउदो हप्ता ३ सयलाई उठाउने बचनदिनुभएपछि भोकहड्ताल तोड्यौं', बाँकेका अलीले फोनमा भने । पहिलोपटक नेपालीले जेलमा रोटी बहिष्कार गरेपछि जेलप्रमुख कर्णेलले राजदुत पाण्डेलाई फोन गरी रिसाएका थिए । 'सफर जेलबाट सबैभन्दा बढी नेपाली गइरहेका छन् । फेरी उनीहरुनै हाम्रो रोटी बहिष्कार गर्ने', कर्णेलको भनाई उद्धत गर्दै दुताबासका एकअधिकारीले भने,'उनीहरु आफै गैरकानुनी हुने । अनि, उल्टै हाम्रो नियम उलंघन गर्ने ।' भोकहड्ताल फिर्ता लिनको लागि दुताबासले दमामस्थित कर्मचारी हरिप्रसाद घिमिरेलाई जेलमा पठाएको थियो । राजदुत पाण्डेका अनुसार १९ दिनदेखि जेलबाट नेपाली स्वदेश गएको छैन् । टिकट अभाबले बन्दीलाई डिपोर्ट गर्न नसकेको पाण्डेले बताए । 'जेल परेका कामदारलाइ स्वदेश फिर्ने टिकट जेल प्रशासनले उपलब्ध गराूउछ । अहिले बिदाको समय भएकोले जहाजको टिकटको अभाब छ', राजदुत पाण्डेले भने,'जेलभित्र रहेका मध्ये आज (बिहीबार) २० जना र आइतबार एकसय ५० जनालाई स्वदेश पठाइने प्रबन्ध मिलाएको छ ।' राजदुत पाण्डेले साउदीमा भाग्ने प्रबृत्तिले गर्दा यो स्थिति आएको बताए । 'कम्पनी छाडेर भागेपछि उनीहरु गैरकानुनी हुन्छन् । त्यस्ताहरु घरजान अनिबार्य जेल जानुपर्छ', उनले भने,'यसले गर्दा सफरजेलमा नेपालीको भीड लागेको छ ।' दुताबासले हरेक महिना कम्तीमा पाँचसय नेपालीलाई जेलबाट स्वदेश पठाउने गरेको छ । सफर जेलमा नेपाली निकै बढीभएपछि बस्न, सुत्न र खाना समेत निकै समस्या छ । 'एकसय जना नअट्ने कोठामा ५ सयभन्दा बढी राखिएको छ', जेलमै रहेका बाँकेका ज्ञानेन्द्र लामिछानेले भने,'दुताबासका कर्मचारी हामीसँग कुराकानी गर्न आउदा माक्स लगाँउछन् । तर, हाम्रोस्थितिलाई नजरअन्दाज गर्छन् ।'

अफगानिस्तानमा बन्धक बनाइएका १० नेपालीको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानको बाग्राम इलाकामा बन्धक बनाइएका १० नेपालीको उद्धार गरिएको छ । उद्धारपछि उनीहरुलाई अफगानिस्तानको काबुलमा राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासको आग्रह अनुरुप अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले ती नेपालीको उद्धार गरेको हो । उनीहरुलाई छिट्टै स्वदेश फर्काइने जनाइएको छ । उनीहरुलाई विगत २५ दिनदेखि बाग्राम इलाकामा बन्धक बनाइएको थियो ।

यार्सागुम्बा प्रति किलो २४ लाख रुपैयांमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुममा बहुमूल्य जडिबुटी यार्सागुम्बा प्रति किलो २४ लाख रुपैयांमा बिक्री भएको छ। यार्सा टिपिएको ठाउंमै ‘क’ समूहको यार्सागुम्बा २४ लाख रुपैयांमा बिक्री भएको व्यापारीहरुले बताएका छन्। त्यस्तै ‘ख’ समूहको यार्सागुम्बा प्रति किलो १५ देखि १८ लाख रुपैयांमा बिक्रि भएको व्यापारी मोतिराम बिसीले जानकारी दिएका छन्। यार्सागुम्वा खोज्ने समय सकिएकाले बन्द भएका विद्यालयमा पठन पाठन सुरु हुन थालेको छ। यार्सागुम्बा टिप्ने समयमा शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि जाने हुंदा रुकुमका माथिल्लो भेगका विद्यालय बन्द हुने गरेका छन्।

Jul 4, 2012

सेनामा समायोजन गर्ने काम आजबाट शुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माओवादीका समायोजन रोजेका लडाकुहरुलाई सेनामा समायोजन गर्ने काम आजबाट शुरु हुँदैछ । समायोजन गर्ने जीम्मा पाएको रक्षा मन्त्रालय, नेपाली सेना तथा लोक सेवा आयोगले लामो गृहकार्यपछि समायोजनको काम थाल्न लागेको हो । नेपाली सेनाका अनुसार माओवादीका पूर्व लडाकु भएका शिविर तर्फ नेपाली सेना र लोक सेवा आयोगको टोली पुगिसकेकोले आजबाट काम शुरु हुनेछ । चरणबद्ध रुपमा लडाकुका मापदण्ड र क्षमता परिक्षण गरी समायोजनलाई जति सक्दो चाँडो टुङ्ग्याउन लागि परेको बताउँदै नेपाली सेनाका प्रबक्ता रमिन्द्र क्षत्रीले त्यसका लागि कसैलाई पनि नकरात्मक सोच नराख्न आग्रह समेत गरेका छन् ।

सञ्चारमन्त्री नहटाए सडक संघर्ष गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २०,मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष नन्दकुमार दत्तले सञ्चारमन्त्री राजकिशोर यादवलाई तत्काल पदबाट नहटाइए सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्। पार्टीबाट निस्कासित व्यक्तिलाई प्रधानमन्त्रीले मन्त्री पदमा राख्न नहुने उनले बताए। रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने- 'राजकिशोर यादव पार्टीबाट निष्काशित भइसकेका छन् र पार्टीको निर्णयअनुसार मन्त्री बनेकालाई हटाउने निर्णयअनुसार तत्काल हटाउनुपर्छ।' पार्टीको आधिकारिक निर्णय सदर गरेर पदबाट नहटाइए सडक आन्दोलनमा जाने चेताउनी उनले दिए। पूर्व कृषिमन्त्री समेत रहेका उनले सफाइको मौका समेत नदिइकन पदबाट हटाउन प्रधानमन्त्रीलाई यादवले पत्र लेखी फिर्ता बोलाएको स्मरण गराउँदै पार्टीको आधिकारिक निर्णय अनुरुप प्रधानमन्त्रीबाट निर्णय आउनुपर्ने तर्क गरे। 'मलाई राजकिशोरको पत्रकै आधारमा मन्त्रीबाट हटाउने अहिले पार्टीका आधिकारिक निर्णय सदर गरी निर्णय नगर्ने प्रधानमन्त्री भट्टराईको दोहोरो चरित्र हो।' यादवलाई मन्त्री पदबाट हटाउन अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताद्वारा हस्ताक्षरित पत्र समेत आफूहरुसँग सुरक्षित रहेको बताए। राजकिशोरलाई हटाउनेबारे अन्य मधेशी दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेको खुलासा गरे। उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतसँग छलफल भएअनुसार केही दिन पर्खन सुझाव आएबमोजिम मात्र धैर्य गरेको उनले बताए।

विश्वमा टेस्टटयुब बेबीको संख्या ५० लाख

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टर्कीमा आयोजित प्रजनन विशेषज्ञको सम्मेलनले विश्वमा टेस्टटयुब बेबीको संख्या ५० लाख पुगेको बताएको छ । द इन्टरनेसनल कमिटी फर मनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजीले टेस्टटयुब बेबीको संख्या ५० लाख पुगेको बताएको हो । तथ्याङकले २००८ भित्रमा संसारभर ५० लाखको संख्यामा टेस्टटयुब बेबीको जन्म भएको सार्वजनिक गरेको हो ।

Jul 3, 2012

मापसेबाट तीन करोड राजस्व असुली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १९- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादकपदार्थ सेवन(मापसे)विरुद्धको अभियान प्रारम्भ गरेपछि गत जेठ मसान्तसम्म करिब तीन करोड राजस्व असुली गरेको छ। सो महाशाखाले गत मङ्सिर १७ गतेदेखि जेठ मसान्तसम्म उक्त अभियान सुरु गरेपछि ३३ हजार ४०९ जनालाई रु दुई करोड ८५ लाख १६ हजार राजस्व असुली गरेको हो। महाशाखाका अनुसार मापसेविरुद्धको अभियानबाट मङ्सिर र पुस महिनामा रु १९ लाख १८ हजार, माघमा रु २८ लाख आठ हजार, फागुनमा रु ५९ लाख ९१ हजार, चैतमा रु ६५ लाख ६४ हजार, वैशाखमा रु ५४ लाख १४ हजार, जेठमा रु ५८ लाख २१ हजार र असारमा रु ५८ लाख २१ हजार राजस्व असुली भएको हो। मापसेविरुद्धको अभियानअन्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५६५ जना, पुसमा एक हजार ६०१ जना, माघमा तीन हजार ७१७ जना, फागुनमा सात हजार २८१ जना, चैतमा सात हजार ७० जना, वैशाखमा छ हजार ७२० जना र जेठमा छ हजार ४५५ जनालाई कारबाही गरिएको जनाइएको छ। महाशाखाले मापसेविरुद्धको अभियान सुरु गरिएपछि दुर्घटनामा कमी आउनाका साथै राजस्व सङ्कलनमा थप वृद्धि भएको बताइएको छ। मापसे गरेर जुनसुकै सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारी चालकलाई रु एक हजार जरिवाना गर्ने गरेको छ।