News

Jun 30, 2010

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ती

मितिः २०६७।०३।१६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन 'मिराक' नेतृत्व रहेको दललाई निर्वाचन आयोगलको मिति २०६७ असार १६ गतेको फैसलाले सत्य-तथ्य र निष्पक्ष रुपमा आधिकारिकता दिएको छ । यो फैसलाको लागि निर्वाचन आयोगप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हार्दिक धन्यवाद व्यक्त गर्दछ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नाम लिएर लक्ष्मण चौधरी थारुलगायतका केही समूहले २०६६ फागुन ७ र ८ गते कथित् विशेष एकता महाधिवेशन गरेको हल्ला गरी लक्ष्मण चौधरी थारु अध्यक्ष रहेको छुट्टै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठन भरेको भ्रम छरिरहेका थिए । उक्त समूहको भ्रमले निर्णायक रुपमा अघि बढिरहेको संघीय गणतान्त्रिक र जातीय मुक्ति आन्दोलनमा ठूलो भ्रम फैलाएकोले संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन 'मिराक' को नेतृत्वमा निर्वाचन आयोगमा पार्टी आधिकारिकताको निवेदन दिइएको थियो । निर्वाचन आयोगले संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन 'मिराक' र विपक्ष लक्ष्मण चौधरी थारु दुबै पक्षका सबै लिखित आधार-प्रमाणहरु झिकाई ती प्रमाणहरुको आधार तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय कार्य समितिको दुई-तिहाई बुहमत सदस्यको समर्थन संस्थापन अध्यक्ष कुमार लिङ्देन 'मिराक' पक्षमा जाहेर गरेको आधारमा निर्वाचन आयोगले उक्त फैसला गरेको हो । निर्वाचन आयोगले इमान्दार, सत्य र न्यायको पक्षमा फैसला गरी किर्ते, जालसाँजी गरी कथित् महाधिवेशन र सो महाधिवेशन गर्ने पक्षलाई खारेज गर्ने साँच्चिकै निष्पक्ष फैसला गरेको छ । यसर्थ, जनताको पक्षमा काम गर्ने सही सङ्गठनलाई निष्पक्ष न्याय मिलेको हाम्रो ठहर छ । यो न्यायोचित फैसला भएको क्षणमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय कार्य समिति माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद् र तामाङसालीङ स्वायत्त राज्य परिषद सङ्गठनका सम्पूर्ण नेता, कार्यकर्ता, सल्लाहकार, शुभेच्छुक, न्याय तथा मुक्तिप्रेमी देश-विदेशमा रहनुभएका तमाम् नेपाली जनतामा हार्दिक आभार तथा धन्यवाद दिन चाहन्छौं । धन्यवाद !
……………
कुमार लिङ्देन 'मिराक'
अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
9842667609

सरकारले थप चार महिनासम्म रुख काट्नमा पुनः प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यसअघि दुई महिनासम्म सार्वजनिक वनबाट रुख कटानमा रोक लगाउने निर्णय गरेको सरकारले थप चार महिनासम्म रुख काट्नमा पुनः प्रतिबन्ध लगाएको छ । सरकारले वर्षायाममा धेरै चोरी-निकासी हुने भन्दै यस्तो निर्णय गरेको हो । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व-पश्चिम जोड्ने मेची-महाकाली विद्युतीय रेलमार्ग जोड्ने मुख्य मुख्य बिन्दु पहिचान गरेको छ । मन्त्रिपरिषद्ले पहिचान गरेको बिन्दुमा गढ्ढा चौकी कोशी ब्यारेज माडी ढल्केवर काठमाडौं कोहलपुर भालुवाङ टीकापुरलगायतका केन्द्र बनाएर झापाको काँकडभिट्टासम्म पुर् याउन प्रस्ताव गरेको सरकारका प्रवक्ता सूचना तथा साचारमन्त्री शंकर पोख्रेलले जानकारी दिनुभयो । त्यसका लागि काठमाडौं र पोखरालाई पनि केन्द्रबिन्दु बनाएर विद्युतीय रेलमार्गको अध्ययन गर्न समिति बनाइने उहाँले बताउनुभयो ।

सिंगापुर र ब्रुनाइमा सुरक्षाकर्मी सन्धि गरेर नियमन सर्वोच्चको आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न चिन्ह लाग्ने गरी बेलायत सरकारले सिंगापुर र ब्रुनाइमा नेपाली नागरिकहरु सुरक्षाकर्मीको रुपमा पठाइरहेको कार्यलाई सन्धि सम्झौताबाट नियमन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरु बलराम केसी र प्रेम शर्माको संयुक्त इजलासले सिंगापुर र ब्रुनाइमा नेपाली नागरिकहरु भर्ती गर्दा पारस्पारिकहितको आधारमा सन्धिसम्झौता गर्न बुधबार सरकारलाई आदेश दिएको हो । बेलायतमा भर्ती भएका नेपाली नागरिकहरुलाई त्यहाँको सरकारले नेपालसँग बिनासन्धि सम्झौता हालसम्म पनि सिंगापुर र ब्रुनाइमा खुरुखुरु सुरक्षाकर्मीको रुपमा पठाइरहेको छ ।नेपालसँग बिनासन्धि सम्झौता ती देशहरुमा नेपालीलाई पठाउन नेपालको सार्वभौमसत्तामाथि नै आँच आएको जनाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले सो कार्यविरुद्ध २०६१ सालमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतको आदेशमा उल्लेख छ सिंगापुर र ब्रुनाइमा नेपाली नागरिकहरु सुरक्षाकर्मीको रुपमा पठाउँदा कुनै पनि सन्धि सम्झौता भएको देखिएन । त्यस देशमा भर्तीका लागि पठाउँदा सन्धि सम्झौता गरी नियमन गर्नु भनी निर्देशनात्मक आदेश दिइएको छ ।सिंगापुरमा हाल २ हजारको संख्यामा नेपाली नागरिकहरुलाई बेलायत सरकारले सुरक्षाकर्मीको रुपमा खटाइएको बताइन्छ ।यसै गरी ब्रुनाइमा २ हजार ५ सय जति नेपाली नागरिकहरु कार्यरत रहेको सिंगापुर गोर्खा पेन्सनस्र एसोसिएसनका अध्यक्ष हरिध्वज गुरुङले नेपाल समाचारपत्रलाई बताउनुभयो ।हाल ब्रुनाइमा एक बटालियन नेपालीहरु त्यहाँका सुल्नानको रक्षाका लागि खटिइरहेको बताइन्छ । एक बटालियनमा लगभग १ हजार जति संख्यामा सुरक्षाकर्मी रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।सर्वोच्च अदालतमा दायर रिट निवेदनमा बेलायत सरकारले बि्रटिस गोर्खाज नेपालमार्फत वार्षिक रुपमा आफ्नो सेनाअन्तर्गत रहेको गोर्खालीहरुको बाहिनीका लागि भर्ती गरे जस्तो गरी सिंगापुर प्रहरीमा नेपालीहरुलाई भर्ती गरिरहेको उल्लेख गरिएको छ ।रिट निवेदनमा बेलायतले नेपालीहरुलाई ब्रुनाइमा खटाएबापत वार्षिक ८० लाख पाउन्ड कमिसनको रुपमा खाने गरेको विषय उल्लेख गरिएको छ। यसै गरी सिंगापुरबाट पनि उल्लेख्य रकम बेलायत सरकारले लिने गरेको बताइन्छ ।नेपालसँग सम्झौता नै नगरी गठन गरिएको गोर्खा रिजर्भ युनिटको वैधानिकता र सुरक्षाकर्मीको हकहितबारे प्रश्न उठाउँदै बेलायत सरकारले सन् १९९७ मा रामकुमार कन्दङ्वा र पुराजन राईलगायत केही जवानहरुलाई सेवामुक्त गरेको उदाहरण पनि छन् ।सर्वोच्च अदालतले देशभित्र र बाहिर जहाँ भए पनि आफ्नो नागरिकको हकहितको रक्षा गर्ने सरकारको संवैधानिक दायित्व भएको जनाउँदै त्यस हिसाबले पनि सिंगापुर र ब्रुनाइमा जाने नेपालीहरुको रक्षाका लागि आवश्यक सन्धिसम्झौता गर्न आदेश दिएको छ ।

प्रधानमन्त्री माधव नेपालद्वारा सम्वोधनको पूर्ण पाठ

आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !
तेह्र महिनाअघि मैले प्रधानमन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन् । तत्कालीन प्रधानमन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका-संसदबाट म विधिवत् प्रधानमन्त्रीमा निर्वाचित भएको थिएँ । ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु । राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात-अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु ।
शान्ति प्रक्रिया आरम्भ भएपछि राष्ट्रको सर्वोपरी हित तथा नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने साझा मूल कार्यलाई सम्पन्न गर्ने न्यूनतम सहमतिका आधारमा सबै सरकार गठन भएका हुन् । तर पनि, ती सबै साझा कार्यहरु सम्पन्न भएका छैनन् । स्वाधीन, सबल, समृद्ध, स्वाभिमानयुक्त र शान्त लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो साझा आकांक्षा र लक्ष्य हो । यसैका लागि हामीले लोकतान्त्रिक सङ्घर्षको लामो र कष्टसाध्य यात्रा गरेका हौं र यस यात्राको क्रममा हामीले गत चार बर्षमा महत्वपूर्ण उपलब्धिहरु पनि हासिल गरेका छौं । तिनै उपलब्धिको जगमा हाम्रो अग्रगामी यात्रा जारी छ । यद्यपि, यस यात्राका क्रममा देशलाई दिगो शान्तिको मार्गमा अग्रसर गराउन मैले पटक-पटक सहयात्राका लागि संवाद गरेको तथा बाह्रबुँदे सहमति गर्दै ऐतिहासिक जनआन्दोलनमा सहकार्यमा जुटेको एउटा पक्ष हाल असहमति र निषेधको मानसिकतामा रहेको अपि्रय स्थितिको हामीले सामना गरिरहेका छौं । यस्तो अवस्थाबाट देशलाई अविलम्ब मुक्त गर्दै विस्तृत शान्ति सम्झौता र त्यसका आधारमा भएका विभिन्न सहमतिहरुको कार्यान्वयनका लागि सहमति र समझदारीको राजनीतिक यात्रालाई अघि बढाउन हामी सबैले आ-आˆनो ठाउँबाट योगदान गर्नुपर्दछ । यही कुरालाई आत्मसात् गर्दै मैले सरकारको नेतृत्व गरेदेखि नै संविधानसभामा रहेका सबै राजनीतिक दलहरु, विशेषगरी प्रमुख विपक्षी दलसँग राष्ट्रिय सवालहरुमा सहमतिका साथ अघि बढ्न निरन्तर प्रयत्न गरेको छु । यद्यपि, यो प्रयास प्रमुख विपक्षी दल एनेकपा -माओवादी) को निरन्तर असहयोग र विरोधका कारण सफल हुन सकेन ।
आदरणीय दिदी-बहिनी र दाजुभाइहरु !
देशको असाधारण राजनीतिक अवस्थामा सरकारको नेतृत्व सम्हालेदेखि नै हामीले संसद्देखि सडकसम्म निरन्तर अवरोध, घेराउ, आन्दोलन र आमहडतालको सामना गर्नुपर्‍यो । हाम्रो अनेक प्रयत्न हुँदाहुँदै पनि देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणाली र संवैधानिक व्यवस्था अनुरुप सरकार सञ्चालन र प्रतिपक्षको भूमिकाको संयोजन कायम हुन सकेन । राजनीतिक सहमति वा विमतिहरुको समीक्षा र संश्लेषण गर्दै व्यवस्थापिका-संसद्भित्रै सरकार सञ्चालनका सन्दर्भमा विधिवत निर्णय वा निष्कर्ष निकालौं भन्ने हाम्रो मान्यता रह्यो । तर, लोकतान्त्रिक संस्कृति र मान्यताप्रतिका प्रतिबद्धताहरु पालनाको उल्टो हामीले अमर्यादित प्रहार झेल्नुपर्‍यो । यस्ता प्रहारहरु प्रतिपक्षको कक्षबाट मात्र भएनन्, अनपेक्षित दिशा र स्थानबाट समेत भए । आरम्भदेखि नै सरकारलाई असफल पार्ने अभियान नै चलाइयो । तर पनि, देश र जनताप्रतिको जिम्मेवारीवोध गरी हामीले अविचलित रुपमा आˆनो कर्तब्य निर्वाह गर्‍यौं । २२ दलको समर्थनमा हामीले सरकार गठनका समयमा तय गरेको साझा सहमतिको न्यूनतम कार्यक्रमका आधारमा नै काम गर्‍यौं । अत्यन्त प्रतिकूल परिस्थितिमा पनि भिन्न राजनीतिक विचार भएका राजनीतिक दलहरुको एकता र सुझबुझको परिणामस्वरुप मेरो नेतृत्वको सरकार १३ महिनासम्म बहुमतका साथ अगाडि बढ्यो र अहिले पनि त्यो बहुमत कायमै छ ।

राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः कान्तिपुर
संवेदनशील संक्रमणकालमा देशले रोजेको र खोजेको लोकतन्त्र, दिगो शान्ति तथा मानवअधिकारका पक्षमा हामी दृढतापूर्वक उभिएका छौं । सबै प्रकारका अधिनायकवादी सोच र कार्यहरुका विरुद्ध अविचलित रुपमा क्रियाशील रहँदै दवाव र धम्कीलाई अस्वीकार गरेका छौं । विगत द्वन्द्वकालका पीडाको पुनरावृत्ति हुननदिन संविधान र कानुन अनुरुपका जनअधिकार तथा कानुनी राज्यको रक्षाका लागि पाइला चालेका छौं । शान्ति प्रक्रियालाई प्रमुखता दिँदै माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाका लागि विशेष समितिलाई क्रियाशील तुल्याउँदै अयोग्य लडाकुहरुलाई शिविरबाट विदा गरिएको तथ्य जगजाहेर छ । शिविरमा रहेका लडाकुहरुको समायोजन र पुनःस्थापना सम्बन्धमा विस्तृत खाकासहितको कार्यतालिका र निर्देशिका तयार गरेर पनि एनेकपा (माओवादी) को असहयोगका कारण यसमा थप प्रगति हासिल हुन नसकेको यथार्थ मैले यहाँ उल्लेख गर्नैैपर्दछ ।
द्वन्द्वपीडितहरुलाई राहत उपलब्ध गराइएको छ र द्वन्द्वकालमा मारिएकाहरुलाई शहीदको सम्मान प्रदान गरिएको छ । संविधान निर्माणको कामलाई सरकार गठनको विषयसँग जोडेर प्रतिपक्षले संविधानसभाको कार्यप्रक्रियालाई समेत गतिहीन तुल्याएको कुरा यहाँ उल्लेख गर्नुपर्दा मलाई अत्यन्त दुःख लागेको छ । शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र संविधान निर्माण कार्यलाई सम्पन्न गर्न राजनीतिक दलहरुको सहमति र सहकार्य अत्यावश्यक छ । यसका लागि राजनीतिक दलका नेताहरुको सुझबुझ र समझदारी आावश्यक हुन्छ । यस्तो समझदारी लोकतान्त्रिक र संवैधानिक मान्यतामा आधारित भएर मात्र टिकाउ हुन सक्छ । तर, यस्तो सहमति र समझदारी एनेकपा (माओवादी) को निषेधको राजनीतिका कारण कायम हुन सकेन । सरकारका तर्फबाट संविधान निर्माणका लागि वातावरण सिर्जना गर्ने कार्यमा हामीले सदैव तत्परताका साथ भूमिका खेलेका हौं । संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना र राजनीतिक शून्यता, अस्थिरता र द्वन्द्वको सिर्जनाको खतरालाई ध्यानमा राखी हामीले संविधानसभाको कार्यकाल एक वर्षका लागि बढाउने प्रस्ताव व्यवस्थापिका-संसदमा पेस गरी पारित गराएका छौं ।
अनेकौं व्यवधान र चुनौतीहरुको सामना गर्नुपरे पनि हाम्रो कार्यकालमा तुलनात्मक रुपमा शान्ति-सुरक्षाको स्थितिमा उल्लेखनीय सुधार भएको छ । विशेष सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका सङ्गठित अपराध, हिंसात्मक कार्य र राजमार्ग बन्द जस्ता क्रियाकलाप नियन्त्रण गर्नुका साथै सुरक्षा निकायको सुधार, सुदृढीकरण र परिचालनतर्फ विभिन्न कामहरु भएका छन् । राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्नुका साथै औद्योगिक सुरक्षा बल गठनको सैद्धान्तिक आधार तय भइसकेको छ । राष्ट्रिय परिचयपत्र निर्माणको कामलाई अघि बढाइएको छ । जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, युवा नीति, औद्योगिक नीति, सूचना तथा प्रविधि नीति, शहरी खानेपानी तथा सरसफाई नीति लागू गर्नुका साथै पर्यावरणको रक्षाका लागि विश्वकै ध्यानाकषिर्त गर्न सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक आयोजना गरेको कुरा सर्वविदित छ । राजस्व परिचालनलाई उच्च स्तरमा कायम राख्दै काठमाण्डौं-हेटौंडा द्रूत मार्ग, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र पोखरामा ठूला हवाई मैदान, मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग जस्ता ठूला विकास आयोजनाहरुलाई विशेष जोडका साथ अघि बढाइएको छ । सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरी पर्यटनको माध्यमद्वारा देशको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य स्पष्ट गरिएको छ । कृषि, बन, जलस्रोत आदि जस्ता अन्य महत्वपूर्ण क्षेत्रमा स्पष्ट सोच र योजनाका साथ कार्यक्रम अगाडि बढाइएका छन् । जनता आवास, कणर्ाली रोजगार, दलित, मुस्लिम महिला तथा कमलरीका लागि शिक्षा र तालिम जस्ता सामाजिक उत्थानका कार्यक्रमलाई महत्वका साथ कार्यान्वयन गरिएको छ । टेलिफोन सेवाको व्यापक रुपमा विस्तार गरिएको छ । जेष्ठ नागरिक, जेष्ठ र द्वन्द्वपीडित पत्रकारहरुका लागि विशेष कोषको स्थापना र कार्यक्रम लागू गरिएको छ । महिला हिंसाविरुद्ध विशेष कार्यक्रम लागू गर्नुका साथै त्यस प्रयोजनका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै एकाईको स्थापना गरिएको छ । विगत एक दशकदेखि निस्त्रिmय रहेका कतिपय सरकारी संयन्त्रहरुलाई पुनः सक्रिय तुल्याइएको छ । गणतन्त्र स्तम्भ निर्माण जस्ता केही कार्यहरु भने विभिन्न कारणले तत्काल अघि बढ्न नसकेको र सुशासनको दिशामा हामीले सोचे अनुरुप काम गर्ने स्थिति नरहेको कुरा भन्नुपर्दा मलाई दुःख छ ।
विदेश सम्बन्धका क्षेत्रमा नेपालमा जारी शान्ति प्रक्रिया र विकास कार्यको पक्षमा सहयोग जुटाउन तथा राष्ट्रिय हित र गरिमाको अभिबृद्धि गर्न छिमेकी भारत र चीनलगायत विभिन्न मित्र राष्ट्रहरु तथा संयुक्त राष्ट्रसङ्घ समेतका अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरुसँगको सम्बन्धलाई अझ प्रगाढ तुल्याइएको छ । वैदेशिक सहयोगमा दोब्बर बृद्धि भएको छ । यसप्रकार जनताको अपेक्षा र देशको आवश्यकता अनुरुप सरकारले आफ्ना काम-कार्वाही अघि बढाएको कुरा यस अवसरमा स्पष्ट गर्न चाहन्छु ।
आदरणीय दिदी-बहिनी तथा दाजु-भाइहरु !
वर्तमान जटिल र संवेदनशील अवस्थामा देश र जनताका हितप्रति पूर्ण प्रतिबद्ध भई विवेकसम्मत पाइला चाल्नुपर्ने हुन्छ । यस्ता पाइलाहरु निश्चय पनि स्थापित र स्वीकृत राजनीतिक प्रणाली र संवैधानिक व्यवस्थाबाट निर्देशित हुनैपर्दछ । सङ्कीर्ण स्वार्थलाई परित्याग गरी वस्तुवादी किसिमले विगत र वर्तमानको समीक्षा गर्दै भविष्यको रेखाङ्कन गर्नुपर्दछ । यस सन्दर्भमा विगतलाई फर्केर हेर्दा जनताको व्यापक सहभागिताबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी माओवादीलाई हिंसाको बाटोबाट शान्तिको मार्गमा ल्याएर विस्तृत शान्ति सम्झौता सम्पन्न गर्ने तथा संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न गर्दै गणतन्त्र नेपालको आधार निर्माण गर्ने जस्ता उपलब्धिको स्मरण हुन्छ । तर, सँगसँगै उक्त प्रक्रियामा भएका विभिन्न सम्झौता र सहमतिको कार्यान्वयन नहुँदा उत्पन्न जटिल मोडहरुको पनि यतिखेर सम्झना गर्नैपर्दछ । यस सन्दर्भमा एनेकपा -माओवादी) ले स्वयम् सरकारको नेतृत्व परित्याग गर्ने तर अरुमाथि आफूले प्रधानमन्त्रीको पदत्याग गर्नुपरेको दोषारोपण गर्ने, व्यवस्थापिका-संसद्को बैठक झण्डै पाँच महिनासम्म अवरुद्ध गर्ने, आˆना बाचाविपरीत बन्द र हड्तालको सिलसिला अगाडि बढाउँदै देशलाई अन्योलग्रस्त तुल्याउने, शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक मर्यादालाई उल्लङ्घन गर्दै अरुमाथि अमर्यादित र अलोकतान्त्रिक रुपमा प्रहार गर्ने, सधैङ्का लागि परित्याग गर्ने भनिएको जबर्जस्ती चन्दा असुली र धम्की दिने गैरकानुनीे काम बन्द नगर्ने, शिविरमा रहेका लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याई छ महिनाभित्र समायोजन र पुनःस्थापना गर्ने, कब्जा सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्ध-सैन्य संरचना भङ्ग गर्ने प्रतिबद्धता पूरा नगर्ने, सत्ता कब्जाको मनस्थिति राखी भ्रम, भय र आतङ्कको माध्यमबाट देश र जनतालाई अनिश्चयको दिशातर्फ धकेल्ने चेष्टा गर्ने, बहुदलीय राजनीति स्वीकार गरेको कुरा गर्ने तर अरु राजनीतिक दलहरुको अस्तित्व स्वीकार नगर्ने जस्ता प्रतिपक्षका बिडम्बनायुक्त व्यवहारबारे यहाँ चर्चा गर्नुपर्दा मलाई तीतो अनुभूति हुन्छ । यस्ता क्रियाकलापहरुको समीक्षा गर्दै एनेकपा (माओवादी) हिंसा, उग्रवामपन्थी उन्माद र सर्वसत्तावादी चिन्तन र क्रियाकलापबाट मुक्त भई लोकतान्त्रिक नागरिक पार्टीमा रुपान्तरित हुने अपेक्षा गरेको छु ।
उपर्युक्त पृष्ठभूमिमा, हामीले भरखरै थपेको संविधानसभाको एक बर्षको कार्यकालको अत्यधिक सदुपयोग गरी शान्ति प्रक्रियालाई कसरी सार्थक निष्कर्षमा पुर्‍याउन सक्छौं र नयाँ संविधान निर्माणको अभिभारा कसरी कार्यान्वयन गर्न सक्छौँ, कार्यान्वयन हुन बाँकी रहेका सम्झौता र सहमतिलाई कसरी पूरा गर्न सक्छौं, हिंसा र द्वन्द्वका सबै रुपहरुको अन्त्य गर्दै दिगो शान्तिको दिशामा कसरी अगाडि बढ्न सक्छौं, पटक-पटक सहमति गर्ने तर तिनको पालना र कार्यान्वयन नगर्ने प्रवृत्तिलाई हटाउँदै पारस्परिक विश्वासको सिर्जना कसरी गर्न सक्छौं र जनताबीच राजनीतिक दलहरुप्रतिको विश्वासलाई स्थापित गरी देशमा समृद्धि र स्थिरता कसरी कायम गर्न सक्छौं भन्नेबारेमा गम्भीर हुनैपर्दछ । यसमा गम्भीर हुँदै देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर मात्र हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा रहेका विमति र अन्तरविरोधहरुको समाधान गर्न सक्छौं । सहमतिको वातावरण नहुँदा देश र जनताले हानी मात्र ब्यहोर्नुपर्ने कुरामा दुई मत हुन सक्दैन । यस्तो यथार्थलाई मनन गरी द्वन्द्व, निषेध, बन्द र हडतालबाट देशलाई कुनै फाइदा नहुने तथा मुलुक अशान्ति, अन्योल र द्वन्द्वतर्फ धकेलिएर यसको स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता र आर्थिक स्थिति कमजोर हुने यथार्थप्रति जिम्मेवार भएर सोच्न म सबैलाई आग्रह गर्दछु ।
आज देश परिवर्तन र रुपान्तरणको संक्रमणकालीन पीडा खेपिरहेको छ । हामीले अब आगामी तीन महिनाभित्र शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको समायोजना र पुनःस्थापनाको काम पूरा गरी देशलाई दिगो शान्तिको मार्गमा अघि बढाउनुपर्नेछ । हाम्रा सामु विगतको द्वन्द्वबाट उत्तरदानका रुपमा प्राप्त कतिपय असजिला विषयहरु मात्र छैनन्, संक्रमणकालबाट नाजायज फाइदा उठाउने चेष्टामा लागेका देशका विभिन्न भागहरुमा हत्या-हिंसामा संलग्न अनेकौं समूहका अवैध क्रियाकलापहरु नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पनि छ । साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतान्त्रिक अग्रगतिका साथ अघि बढ्नुपर्ने छ । लोकतन्त्रबाट प्राप्त नयाँ परिवेश एवं बदलिँदो स्थितिमा सिर्जित जनताका आकांक्षाहरुलाई सम्बोधन गर्नुपर्ने छं । त्यस्तै ११ महिनाभित्र नयाँ संविधान निर्माण गरी राज्यको पुनःसंरचनाको माध्यमबाट देशमा सङ्घीय प्रणाली लागू गर्दै सबै समुदाय र क्षेत्रका जनतालाई अधिकारसम्पन्न तुल्याउनुपर्नेछ । यस्तो परिस्थिति विद्यमान रहेको अवस्थामा हाम्रा छिमेकी देशहरुका नीति र प्रगति, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा भइरहेका घटना र परिघटनाको प्रभाव हाम्रो जस्तो भू-राजनीति भएको देशमा कस्तो पर्छ भन्नेतर्फ पनि हामीले सोच्नै पर्दछ । वर्तमान राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश र हाम्रा सामु रहेका चुनौतीहरुलाई ध्यानमा राखेर सोच्दा नेपाल र नेपालीको हित र उन्नतिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नु अपरिहार्य देखिन्छ । यही भएर नै मैले पटक-पटक सहमति र सहकार्यका लागि सबैसँग आग्रह गर्दै आएको हुँ । सहमतिको नयाँ यात्रा आरम्भ गर्न मैले प्रमुख तीन राजनीतिक दलका नेताहरुसँग अनेक पटक आग्रह गरेको छु । साथै, सरकारमा सहभागी राजनीतिक दललगायत अन्य राजनीतिक दलहरुसँग सरकारको विकल्पबारे ठोस निष्कर्ष निकाल्नका लागि बारम्बार आग्रह गरेको छु । राजनीतिक दलका नेताहरुको आग्रह अनुरुप मैले राष्ट्रिय सहमतिको खोजीका लागि जेठ १४ गतेपछि दिएको एक महिनाको समय पर्याप्त नै हो भन्ने लाग्दछ । प्रतिपक्षी एनेकपा -माओवादी) का नेताहरुलाई समेत मैले उपयुक्त राजनीतिक निकास र सहमतिका लागि अनेकौं पटक आग्रह गरें । तर पनि, कुनै सहमति हुन सकेन । सरकारले व्यवस्थापिका-संसद्मा नीति र कार्यक्रम तथा बजेट पेश गर्न ढिलो भइसकेको छ । यस्तो परिस्थितिमा देशलाई अनिर्णय र अनिश्चयमा राखिरहनु उचित नहुने हुँदा व्यवस्थापिका-संसद्मा सरकारको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले पूर्णता पाओस् र त्यसका लागि राजनीतिक निकास र सहमतिको मार्ग प्रशस्त होस् भन्ने आशयका साथ आजैका मितिदेखि मैले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु ।
आदरणीय दिदी-बहिनी तथा दाजु-भाइहरु !
राजनीतिक यात्रा सरल रेखाबाट अघि बढ्दैन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । यस यात्रामा सहयोगी र अवरोधक दुवै हुन्छन् भन्नेमा पनि मलाई कुनै शङ्का छैन । काम गर्दा कमी-कमजोरी रहन सक्छन् भन्ने पनि यथार्थ नै हो । सरकार सञ्चालन गर्दा कुनै कमी-कमजोरी रहेका भए म त्यसका लागि आत्माआलोचित छु । मेरो १३ महिने कार्यकालमा संयुक्त सरकारका सहभागी र सहयोगी राजनीतिक दलबाट प्राप्त निरन्तर सहयोगका लागि म ती सबै दल, दलका नेता, सांसद र कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अत्यन्त प्रतिकूल परिस्थितिमा पनि शान्ति र लोकतन्त्रका पक्षमा जनसमुदायबाट प्राप्त न्यानो माया र सहयोगका लागि म सिङ्गो मन्त्रिपरिषद् र स्वयं आˆनो तर्फबाट आभार प्रकट गर्दछु । अनैकौं अप्ठ्याराहरुको सामना गर्दै सरकारको पक्षमा उभिने मेरो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु । नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया र आर्थिक-सामाजिक विकासका लागि निरन्तर योगदान गर्दै हामीलाई सहयोग गर्ने सबै मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
मेरो राजीनामापछि शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्ब पूरा गरिनेछन् भनी सार्वजनिक उद्घोष गर्ने एनेकपा (माओवादी) ले आगामी दिनहरुमा अवश्य पनि आˆनो बचन पूरा गर्ने छ भन्ने मैले आशा गरेको छु । साथै, राष्ट्रिय सहमतिको यात्रा आरम्भ गर्दै यथाशीघ्र नयाँ सरकार गठन गरी शान्ति प्रक्रिया र संविधान निर्माणको अभिभारा पूरा गर्ने कार्यमा राजनीतिक दलहरुको पूर्ण सफलताको कामना गर्दछु । प्रधानमन्त्रीको पदबाट राजीनामा दिए पनि मैले गर्दै आएको देश र जनताको सेवा अविचलित रुपमा निरन्तर जारी रहनेछ भन्ने अठोट पुनः प्रकट गर्न चाहन्छु ।
धन्यवाद !
२०६६ असार १६

माओवादीले तीन सदस्यीय वार्ता टोली गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १७- एकीकृत माओवादीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा राष्ट्रिय सहमति सरकार गठन गर्न छलफल थाल्ने भएको छ। स्थायी समितिको आज बिहान बसेको बैठकले छलफल गर्न दाहाल कै नेतृत्वमामा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। बैठकले अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन गर्न छलफल अघि बढाउने औपचारिक निर्णय लिएको हो। शान्ति र संविधान निर्माण सुनिश्चितताको एजेण्डा अघि सार्दै उसले अन्य दलसँग अविलम्व छलफल अघि बढाउन लागेको हो।‘सहमतीय सरकार अपरिहार्यता हो,' उपाध्यक्ष बाबुराम भट्टराईले नागरिकसित भने, ‘यो वा त्यो पार्टी, यो व्यक्ति त्यो व्यक्ति भन्ने होइन सबै दलसँग सहमति गरे जाने हो।' सहमति नजुटेर दुई वर्ष त्यसै खेर गएको भन्दै बाँकी एक वर्षमा संविधान निर्माण र शान्तिप्रक्रिया टुंगो लगाउन पनि माओवादी नेतृत्व आवश्यक भएको भट्टराईले बताए। कांग्रेसको राष्ट्रपति, एमाले सभामुख भएपछि माओवादीले सरकार नेतृत्व पाउनु स्वभाविक भएको उनको तर्क छ।स्थायी समिति सदस्य वर्षमान पुनले ‘शान्ति र संविधान निर्माण सुनिश्चित गर्न दाहालको नेतृत्वमा सरकार बनाउने' बताए। ठूलो दलको अध्यक्ष दाहालले नेतृत्व गरे शान्ति र संविधान निर्माण सहज हुने दावी उनले गरेका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा स्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेह्र महिना लामो सत्ता सञ्चालनपछि प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको पक्षमा बहुमत हुँदा हुँदै राजीनामा दिएका छन्।राष्ट्रपति डा.रामवरण यादवले उनको राजिनामा स्वीकृत गरेका छन्।बालुवाटारस्थित आफ्नो सरकारी निवासबाट प्रधानमन्त्रीले राजिनामा दिने घोषणा गर्दा मन्त्रिपरिषदका सदस्यहरु पनि साथै थिए।देशवासीको नाउँमा सम्बोधन गरेपछि उनले राष्ट्रपतिलाई राजिनामा पत्र बुझाएका थिए।सरकार बनेदेखि नै माओवादीको चरम विरोध व्यहोर्न बाध्य प्रधानमन्त्री नेपाल केही दिनयता राजिनामा दिने मनस्थितिमा पुगेको चर्चा निरन्तर चलिरहेको थियो।त्यसलाई उनले बुधवार साँझ सत्य सावित गरे।शान्ति प्रकृया र संविधान लेखनले पुर्णता पाओस् भनेर राजनीतिक निकास र सहमतिको बाटो खुला गर्न राजिनामा दिएको प्रधानमन्त्रीले बताएका छन्।प्रधानमन्त्री नेपालले भने, “देशलाई अनिर्णय र अनिश्चयमा राखिरहनु उचित नहुने हुँदा सरकारको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु।”प्रधानमन्त्रीको वक्तव्य माओवादीप्रति चरम असन्तुष्टीले भरिभराउ थियो।
आफूले सत्तात्यागे लगत्तैदेखि आन्दोलनमा उत्रिएको माओवादीले वर्तमान सरकारको विघटनलाई एकसुत्रीय मुद्दा बनाएको थियो।उसले कठपुतलीको संज्ञा दिँदै नेपाल नेतृत्वको सरकारलाई शान्ति प्रकृया र संविधान लेखनको तगारो ठान्ने गर्दथ्यो।राजिनामा दिएर जानै लाग्दा प्रधानमन्त्री नेपालले त्यसको चुनौतिपूर्ण जवाफ दिँदै भने, “मेरो राजीनामापछि शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्ब पूरा गरिनेछन् भनी सार्वजनिक उदघोष गर्ने माओवादीले आफ्नो बचन पूरा गर्ने आशा गरेको छु।”आफ्नो कार्यकालमा प्रधानमन्त्री नेपालले सत्ता गठबन्धनभित्रबाट एकमुख समर्थन पाइरहेका थिए।तर आफ्नै पार्टी नेकपा एमालेभित्रबाट सार्वजनिक रुपमा र पार्टीभित्र अनेक पटक विरोध र आलोचना खेप्नु पर्‍यो।उनले त्यसप्रति पनि सांकेतिक असन्तुष्टी व्यक्त गर्दै भने, “प्रहारहरु प्रतिपक्षको कक्षबाट मात्र भएनन्, अनपेक्षित दिशा र स्थानबाट समेत भए। आरम्भदेखि नै सरकारलाई असफल पार्ने अभियान नै चलाइयो।”प्रधानमन्त्री नेपालको राजिनामापछि नयाँ सरकार गठनको बाटो उघ्रिएको छ।तर दलहरुले खाँचो दर्शाउने गरे झैँ राष्ट्रिय सहमतिको सरकार र त्यसको नेतृत्वबारे अन्यौल नै छ।

Jun 29, 2010

विश्वब्यापी साझा साहित्यिक संजालको निर्माण प्रकृया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समय देखि नेपाली साहित्यको श्रीबृद्धिमा लागेका विभिन्न १४ देशमा रहेका झण्डै ३ दर्जन साहित्यिक स्रष्टाहरुले सामुहिक प्रयासमा विश्वब्यापी साझा साहित्यिक संजालको निर्माण प्रकृया थालेका छन् ।प्रवासमा रहने नेपालीहरुको संख्या बृद्धिसंगै साहित्यिक स्रष्टा, सर्जकहरुको संख्या र सक्रियता बढेको र विभिन्न ठाँउमा रहेका प्रतिभाहरुलाई प्रोत्साहन तथा सहयोग गर्न आवश्यक भएको कारणले यस प्रकारको बृहत संजाल निर्माणमा लागेको कुरा विज्ञप्तिमा जनाइएको छ ।सामुहिक हितको लागि सामुहिक सक्रियतामा स्थापना हुनु पर्नेमा जोड दिदै यस संजालले सबै देशमा रहेका साहित्यकार तथा साहित्यिक संघ, संस्थाहरुलाई सहयोग गर्ने जनाएको छ । नेपालीहरुले बोल्ने सबै भाषा साहित्य – नेपाली साहित्य भएकोले यो संजाल समावेशि पारदर्शि र सबैको साझा हुने बताइएको छ । विज्ञप्तिमा छलफल समुह मात्र भनिएकोले ब्यक्तिहरुको नाम तोकिएको छैन तर संजालको प्रस्तावित अवधारणा-पत्र र विधान छलफलको लागि सार्वजनिक गरि सकेको छ ।देशविदेशमा रहेका साहित्यकार तथा साहित्यिक संघसस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुन लागेको यस बृहत संजालका छलफल समुहले सबैलाई छलफलमा सहभागि हुन खुल्ला आग्रह गरेको छ । यस समुहले छलफलको लागि वेभसाइट www.nepaliliterature.org र ईमेल nepaliliterature@ymail.com प्रयोगमा ल्याएको छ । समुहले सार्वजनिक गरेको विधानमा संजालको नाम विश्व नेपाली साहित्य महासंघ प्रयोग गरेका छन् ।

होटेलबाट प्रहरीले आठ यौनजोडीलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल/ भैरहवाका विभिन्न होटेलबाट प्रहरीले आठ यौनजोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश युवती विद्यार्थी हुन् । त्यस्तै भैरहवाको प्रतिष्ठित निजी कलेजमा अध्यापन गराउने शिक्षकसमेत विद्यार्थीसँग यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीले सबै जोडीलाई यौनक्रीडामा लिप्त अवस्थामा पक्राउ गरेको हो । साल्टट्रेडिङ कार्यालय क्षेत्रका दुई होटलबाट उनीहरू पक्राउ परेका हुन् । सर्वसाधारणको गुनासो र मौखिक उजुरीका आधारमा शनिबार होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई रातभर जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखी आइतबार अभिभावकको जिम्मा लगाइएको थियो । 'सबैलाई सम्झाई-बुझाई अभिभावकको जिम्मा लगाएका छौँ,' रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले भने । उनका अनुसार रुपन्देहीमा विभिन्न स्थानबाट यौनजोडी बनेर आएकाहरू पक्राउ परेका हुन् ।

एमाले मुख्यालयमा १३ दलको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १५ - एमाले मुख्यालय बल्खुमा सरकारलाई समर्थन गर्दै आएका १३ दलको बैठक सुरु भएको छ । सत्तारुढ दलहरुको बैठक भनिएपनि मधेसी जनअधिकार फोरम समेत बैठकमा सहभागि छ। फोरमबाट अध्यक्ष उपेन्द्र यादव आफैले सहभागीता जनाएका छन् । बैठकमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधिको सहभागिता छ ।
बैठकमा राजनीतिक निकास दिन तीन बुँदे सहमति कार्यान्वयनको बिषयमा छलफल हुने बताइएको छ ।

माओवादी एक टोली चीनको दस दिने भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १५- चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विदेश विभाग प्रमुख कृष्णबहादुर महरालगायत पार्टीको एक टोली चीनको दस दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ। सो टोलीले चीनमा कम्युनिस्ट पार्टीका उच्चतहका नेतासँग भेटघाट गरी दुई पार्टीबीचको सम्बन्ध अझ सुदृढ गर्ने विषयमा छलफल गर्ने बताइएको छ। सो टोलीमा नेताहरू लोकेन्द्र बिष्ट, हितराज पाण्डे, सन्तोष बुढामगर, खगराज भट्ट, पवनमान श्रेष्ठ, सत्य पहारी, गङ्गा दाहाल र कृष्णदेव छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भ्रमणटोलीका नेता नारायणकाजी श्रेष्ठले चीनका नेताहरू र त्यहाँका सरकारी पदाधिकारीसँग दुई देशबीचको सम्बद्ध र नेपालको राजनीतिक अवस्थाका साथै आपसीहितका बारेमा छलफल हुने बताए।

डुब्न लाग्यो सेनाको जहाज किन्न पठाइएको ४० करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ असार,तत्कालीन शाही नेपाली सेनाका लागि दुईवटा हवाईजहाज ल्याउन चिनियाँ कम्पनीलाई पाँच वर्षअघि सरकारले दिएको ४० करोड रुपैयाँ डुब्न लागेको छ । बैना रकम पठाएको पाँच वर्षसम्म सरकारले कहिले जहाज किन्ने त कहिले हेलिकोप्टर किन्ने भन्दै निर्णय फेर्दै आएको छ । माओवादी जनयुद्ध जारी रहेको र राजाले शासन हातमा लिएको वेला सेनाका लागि एक अर्ब १६ करोड ३२ लाख रुपैयाँ तिरेर सुविधासम्पन्न दुईवटा जहाज किन्ने निर्णय भएको थियो । चाइना एभिएसन टेक्नोलोजी इम्पोर्ट एक्सपोर्ट कर्पोरेसन (सिएटिआइसी) ले निर्माण गरेका जहाज किन्न चिनियाँ राजदूत र अर्थ सचिवबीच ६ माघ ०६२ मा सम्झौता भएको थियो । त्यही दिन नेपाल सरकारले कुल मूल्यको २० प्रतिशत अर्थात् ५५ लाख १० हजार ६ सय ८८ अमेरिकी डलर (४० करोड २८ लाख ३१ हजार रुपैयाँ) सिएटिआइसीलाई बुझाएको थियो । बाँकी रकम पाँच किस्तामा तिर्ने सम्झौता भएको थियो । तर, पैसा बुझाएपछि सरकारले पटक-पटक फरक-फरक निर्णय गर्दै आएको छ । शाही सरकार ढलेर प्रतिनिधिसभा पुनस्र्थापना भएपछि सरकारले श्वेतपत्र जारी गर्दै तत्कालीन शाही नेपाली सेनाका लागि किन्ने भनिएका जहाज नकिन्ने घोषणा गरेको थियो ।

ब्राजिल र नेदरल्याण्ड क्वाटर फाइनलमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १५ - ब्राजिल र नेदरल्याण्ड विश्वकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्री क्वाटर फाइनलको खेलमा सोमबार राति ब्राजिलले चिलीलाई र नेदरल्याण्डले स्लोभाकियालाई पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरिक्षत गरेको हो । यी दुई टोलीबीच सेमिफाइनल प्रवेशका लागि प्रतियोगिता हुनेछ । ब्राजिलले चिलीलाई ३-० र नेदरल्याण्ले स्लोभाकियालाई २-१ ले पराजित गरेको थियो ।

किराती सौन्दर्यशास्त्रको अवधारणा विषयक अन्तरक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संक्रमणकालको चङगुलमा देश चौतर्फी अस्तव्यस्त भइरहँदा सांन्दर्यवादी प्राज्ञहरुले भने पुराना मूल्यमान्यता ध्वंश भई नयाँ आयाम निर्माण भइरहेको भन्दै खुसी व्यक्त गरे। किराती सौन्दर्यशास्त्रको अवधारणा विषयक आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा सौन्दर्यशात्रीहरुले एउटै आवाजमा भने सदियौंदेखि चलिरहेको एक भाषा एक धर्म एक जातको सौन्दर्य शास्त्रीय मूलधारलाई ध्वस्त गर्दै अनेक धारका मूल्यमान्यता कला धर्म संस्कृतिको अस्तित्व स्थापनामा विकेन्द्रित हुन थालेको छ। आफ्नो अस्तित्व खोज्ने क्रममा देश संघीयराज्यमार्फत क्रियाशील भइसकेको स्पष्ट पार्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलविक्रम नेम्बाङ वैरागी काइँला ले भन्नुभयो- किरात गणराज्यभित्रै पनि प्राज्ञिक सत्ता साचालनका लागि किराती सौन्दर्यशास्त्रमा प्रथम बृहत् छलफल भएको बताउनुभयो। किरात एकेडेमी नेपालद्वारा प्रकाशित किराती सौन्दर्यशास्त्रको अवधारणा पुस्तिकामाथि विचार व्यक्त गर्दै प्रा।माणिकलाल श्रेष्ठले वर्तमानमा किरात भन्नासाथ राई लिम्बू याख्खा सुनुवार भन्ने बुझे तापनि नेवार तामाङ थारु धानुक आदि र हिमालदेखि तराईसम्मका विशाल भूभाग समेटिने बताउनुभयो। किरात एकेडेमी नेपालका अध्यक्ष भूपाल राईको सभापतित्वमा आयोजित प्रथम छलफल कार्यक्रममा नेपाल दलित साहित्य प्रतिष्ठानका अध्यक्ष पदम सुन्दास हरि गोविन्द लुइँटेल ईश्वरचन्द्र ज्ञवाली विक्रम सुब्बा दाहाल यज्ञनिधि अमर गिरी जगदीशचन्द्र भण्डारीलगायतकाले किरात सौन्दर्यशास्त्रीलाई जातीय वा उपजातीय घेरामा सीमित भने बनाउँदै लान नहुने बताउनुभयो। किरात गणराज्यभित्रका सभासद् सुदन किरात रामकुमार पासाङ समिता कार्कीलगायतको उपस्थितिमा आयोजित सो अन्तरक्रियामा पूर्वमन्त्री तथा किरात एकेडेमी नेपालका संरक्षक गोपाल किरातीले किरात ऐतिहासिक अस्तित्व भएको हुँदा सौन्दर्यशास्त्रमा किरातलाई जातका रुपमा हेर्ने नहुने बताउनुभयो। उहाँले किरातलगायतका जातीय भनिने राष्ट्रिय राज्यभित्र सबै अटाउने सबैलाई उत्तम लाग्ने स्थितिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। किरात राज्यभित्र समानुपातिक समावेशीय राज्य व्यवस्था गर्न भूपाल राईको संयोजकत्व र धनप्रसाद सुवेदी ‘श्रमिक’ र भोगीराज चाम्लिङको सहयोगमा ‘किराती सौन्दर्यशास्त्रको अवधारणा’ प्रकाशित भएको हो।

उत्तर कोरियाद्वारा अमेरिकालाई चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले आफूविरुद्ध अमेरिकाले लिँदै आएको शत्रुवत् नीतिसँग बलियो टक्कर लिन आणविक क्षमतालाई सुधार गर्दै नयाँ ढंगले विकास गर्नुपर्ने बताएको छ । कोरिया प्रायद्वीपमा उत्पन्न तनाव उत्कर्षमा चुलिँदै गएको वेला उत्तर कोरियाको पछिल्लो अवधारणा बाहिर आएको हो  ।उत्तर कोरियाले पान्मुनजोमको सीमावर्ती क्षेत्रमा अमेरिका र दक्षिण कोरियाले भारी मात्रामा हतियार थुपारेको आरोप लगाएको छ । अमेरिकाले थुपारेका हतियार त्यस क्षेत्रबाट फिर्ता नगरे ऊविरुद्ध सैन्य प्रतिरोध गरिने चेतावनी पनि उत्तर कोरियाले दिएको छ । 'कोरियाली प्रायद्वीपमा हालैका दिनमा बढ्दै गएका घटनाक्रमको विकास तथा उत्तर कोरियाविरुद्ध शत्रुवत् नीति अवलम्बन गर्ने र सैन्य कारबाही गर्ने अमेरिकी हठको प्रतिवाद गर्न उत्तर कोरियालाई सक्षम पार्न पनि आणविक प्रतिरोध शक्तिको विकास हुनु जरुरी छ,' उत्तर कोरियाली विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उत्तर कोरियाली सेनाले भनेको छ- साम्राज्यवादी शक्ति अमेरिकासहित उसका सहयोगी मुलुक दक्षिण कोरियाले विभिन्न किसिमका विनाशकारी हतियार ठूलो मात्रामा र पान्मुनजोममा तैनाथ गरेको छ ।'यो कुनै पनि वेला अमेरिकालाई उठ्न सक्ने सनकबाट हुन सक्ने घातक सैन्य आक्रमणको संकेत हो,' सोमबार सोलस्थित अमेरिकी सैन्य कमान्डलाई पठाइएको विरोध-पत्रमा उत्तर कोरियाले भनेको छ ।

दोलखाका सबै गाविस सचिवले सामूहिक राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, असार १५- दोलखाका सबै गाविस सचिवले आज सामूहिक राजीनामा दिएका छन्। संयुक्त जातीय मुक्ति मोर्चा नेपाल नामक संगठनबाट तत्काल राजीनामा दिन धम्की आएपछि उनीहरुले दिउँसो संयुक्त राजीनामा दिएका हुन्। जिल्लाका सबै ५१ गाविसका २१ सचिवहरुले स्थानीय विकास अधिकारी शंकर बहादुर थापासमक्ष राजीनामा बुझाएको छन्।

Jun 28, 2010

अर्जेन्टिना र जर्मनी विश्वकप फुटबलको क्वाटर फाइनामा भिड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १४ - अर्जेन्टिना र जर्मनी विश्वकप फुटबलको क्वाटर फाइनामा भिड्ने भएका छन् । अर्जेन्टिनाले मेक्सिको र जर्मनीले इंग्लैण्डलाई पराजित गरेर अन्तिम ८ मा प्रवेश गरेका हुन् । आइतबार राति भएको खेलमा म्यारोडेनाको टोली अर्जेन्टिनाले मेक्सिकोलाई ३-१ ले पराजित गर्‍यो । अर्जेन्टिनाले लगातार चौथो जित हासिल गरेको हो । जितका लागि टेभेजले २ र गोन्जालो विगिङले १ गोल गरे । टेभेजले खेलको २६ र ७२ औं तथा गोन्जालोले ३३ औं मिनेटमा गोल गरेका थिए । पराजित मेक्सिकोका जावेद हेर्नान्डिजले ७१ औं मिनेटमा गोल फर्काएका थिए ।

विदेशी फिल्मले जिते तीनवटै उत्कृष्ट अवार्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चौथो नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा मेक्सिकन डकुमेन्ट्री एन्ड द रिभर्स फ्लोअनले गोल्डेन ड्रम जितेको छ । शुक्रबारदेखि आइतबारसम्म इन्डिजिनियस फिल्म अर्काइभले राजधानीमा आयोजना गरेको सो महोत्सवमा १४ वटा नेपाली आदिवासी फिल्म प्रदर्शन गरिए पनि उत्कृष्ट अवार्ड भने विदेशी फिल्मले जिते ।
महोत्सवमा नेपाल, भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, अर्जेन्टिना, स्विडेन, नर्वे र क्याम्बोडिया गरी १२ देशका ३३ आदिवासी फिल्म प्रतिस्पर्धामा थिए । कार्लोस परेज रोराअ निर्देशित एन्ड द रिभर्स लोमा ठूला भौतिक परियोजनाले अदिवासी समुदायको मौलिक संस्कृति, ऐतिहासिक र जीवनशैलीलाई असर पार्ने भन्दै विरोध गरिएको छ । यस्तै भारतका आदिवासी र राज्यबीचको संघर्षमा आधारित नागा भाषामा रहेको डकुमेन्ट्री नागा :स्टोरी द अदर साइड अफ साइलेन्सले दोस्रो हुँदै सिल्भर ड्रम जित्यो । गोपाल मेननले निर्देशन गरेको सो डकुमेन्ट्रीमा भारतका आदिवासी र राज्यबीचको संघर्ष देखाइएको छ । यसैगरी जोसेफ पुलिनथनाथले निर्देशन गरेको फिक्सन फिल्म यारङले तृतीय अवार्ड ब्रोन्च ड्रम जित्यो । आदिवासी समुदायका एक जोडी प्रेमी-प्रेमिकाको प्रेमकथाबाट बाँधको निर्माणले बिथोलिएको एउटा आदिवासी गाउँको कथा प्रस्तुत गरिएको छ । ठूला नदीमा निर्माण गरिने उच्च बाँधले आदिवासी समुदायको सांस्कृतिक, भौतिक, शैक्षिक र आर्थिक क्षेत्रमा कसरी असर पर्छ भन्ने विषयवस्तु प्रस्तुत गरिएको छ । तीनैवटा अवार्ड विदेशी फिल्मले हात पारे पनि पुरस्कार वितरण कार्यक्रममा कुनै पनि देशका विजयी उपस्थित थिएनन् ।

राजीनामा नआई संसद्को अधिवेशन चल्न नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीको राजीनामा नआई व्यवस्थापिका-संसद्को अधिवेशन चल्न नदिने निर्णयमा पुगेको एकीकृत नेकपा माओवादी ले अन्ततः संविधानसभा पनि चल्न नदिने र संविधान निर्माणको प्रक्रियालाई पनि रोकिदिने रणनीति अख्तियार गरेको छ। सरकारी कामकारबाहीबाट संविधानसभालाई प्रभावित नगर्ने उद्देश्यले सविधानसभामा सरकार सत्तापक्ष वा प्रतिपक्षको उपस्थिति नहुने हिसाबले नियमावली निर्माण गरिएको भए पनि माओवादीले आइतबार प्रधानमन्त्रीको राजीनामा नआई संविधान निर्माणको काम अगाडि नबढ्ने स्पष्ट पारेको हो। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सरकार गठन वा विघटनका मुद्दाले संविधान निर्माणको कार्यलाई प्रभावित नगर्न र संविधान निर्माणलाई अगाडि बढाउनका लागि छलफल गर्न प्रमुख तीन दलका नेताहरुको बैठक बोलाउनुभएकोमा माओवादी नेताहरुले प्रधानमन्त्रीको राजीनामा नआई संविधान निर्माणमा पनि प्रस्टता आउन नसक्ने बताएका हुन्।

कर्जाईद्वारा तालिवानसँग भेटवार्ता गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल/ अफगानी राष्ट्रपति हमिद कर्जाईले सशस्त्र विद्रोही समूहका नेता सिराजुद्दिन हक्वानीसँग भेटवार्ता गरेका छन् । अलजजिरा टेलिभिजनका अनुसार, गत साताको सुरुतिर हक्वानी र कर्जाईको भेटघाट भएको हो । भेटघाटमा पाकिस्तानी सैनिक प्रमुख र खुफिया एजेन्सीका प्रमुख पनि सहभागी भएको अलजजिरा स्रोतले बताएको छ । हक्वानीको सन्जाल अफगानिस्तान-पाकिस्तान सीमामा क्रियाशील रहेको विश्वास गरिएको छ । संयुक्त राज्य अमेरिकाले हक्वानीको सन्जाललाई अफगानिस्तानमा क्रियाशील तीन मुख्य सरकारविरोधी हतियारधारी समूहमध्ये एक मानेको छ । अन्य सरकारविरोधी दुई मुख्य सशस्त्र समूहमा तालिवान र अल-कायदा रहेका छन् । हक्वानीको समूहले काबुल र अफगानिस्तानका अन्य स्थानमा ठुल्ठूला आक्रमण गरेको छ ।तर, राष्ट्रपति कार्यालयले भने हक्वानीसँग त्यस्तो कुनै भेटवार्ता नभएको आइतबार जनाएको छ । यसैगरी, पाकिस्तान सेनाका प्रवक्ता मेजर जनरल अख्तर अब्वासले पनि त्यस्तो कुनै भेटघाटको जानकारी नभएको बताएका छन् । पाकिस्तानको मध्यस्थतामा अफगानिस्तानमा क्रियाशील सशस्त्र समूह र सरकारबीच सम्झौता हुन लागेको अनुमान गरिएको छ ।
अमेरिकी युद्ध प्रयास कमजोर हुँदै गएको र ह्वाइटहाउसले २०११ जुलाईबाट सैनिक फिर्ता गर्न सुरु गर्ने योजना रहेकाले अफगानिस्तान पाकिस्तानसँग नजिकिँदै गरेको विश्लेषकले बताएका छन् ।केही समयअघि मात्र तालिवानका विरोधीका रूपमा चिनिएका अफगानी गृहमन्त्री र गुप्तचर संस्थाका प्रमुखले राजीनामा दिएका थिए ।

नेपाल-भारत सम्बन्ध बिग्रने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवलपरासी, गण्डक बाँधका कारण बर्सेनि डुबान र कटानको पीडा भोग्दै आएका नेपालीहरुले बाँधबाट सृजित समस्यालाई बेवास्ता गरिरहे नेपाल-भारत सम्बन्ध बिग्रने चेतावनी दिएका छन्। सो कुरा आइतबार गण्डक नदी नियन्त्रण संघर्ष समितिले नवलपरासीको त्रिवेणीमा नेपाल-भारतका पत्रकारहरुको सम्मेलन गरी जनाएको हो। सम्मेलनमा समितिले नेपाली भूमि हुँदै लगिएको भारत पश्चिमी गण्डक नहरमा यस वर्ष भारतले गरेको बाँध मर्मत कार्य गुणस्तरहीन भएकाले जुनसुकै अवस्थामा नेपाली भूमि डुबानमा पर्ने जनाएको छ।सम्पन्न गण्डक सम्झौताको धारा दुईमा दुर्घटनाको सम्भावना देखिएमा मात्र पनि भारतीय अधिकारीहरुले पुनःनिर्माण गर्ने उल्लेख गरिएको छ। भारतीय पक्षले गण्डक ब्यारेज र नदीको दाहिने भाग त्रिवेणीधाममा गरिएको मर्मत कार्य गुणस्तरहीन हुँदा वर्षासँगै भत्किन थालेकोले यसको पुन परीक्षणहुन पर्ने सघर्ष समितिका सचिब प्रेमचन्द्र गुप्ताले बताउनु भयो।सन २००० मा गण्डक बाधको दाहिने क्षेत्र भाग भत्कदा नेपाली पक्षले ठूलो डुवानको समस्या भोग्नु परेको थियो। यसरी गण्डक बाधका कारण नेपाल तर्फका १४ गाविसका जनता र यहाको हजारौ विगाहामा लगाईने खाद्यन्न बाली वर्षैनी डुवान र कटानको चपेटामा पर्दै आएकाछन्।

बजेट अधिवेशन २१ असारदेखि सुरु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १४,माओवादीले विरोध गर्ने बताइरहेका बेला बजेट अधिवेशन २१ असारदेखि सुरु हुने भएको छ। राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेको पत्र सोमबार अपरान्ह सभामुखले बुझेका छन्। माओवादीले प्रधानमन्त्रीको राजीनामालाई मुख्य मुद्दा बनाउँदै बजेटको विरोध गर्ने जनाइसकेको छ। बजेट अधिवेशनको मिति सिफारिश गर्न प्रधानमन्त्री माधवकुमार नेपाल सोमबार बिहान राष्ट्रपति रामवरण यादवकहाँ पुगेका थिए। राष्ट्रपतिले व्यवस्थापिका संसदको बजेट अधिवेशनका लागि आह्वान गरेपछि सरकारले बजेट प्रस्तुत चलन अनुसार सोमबार नै राष्ट्रपति कार्यालयले सभामुखलाई पत्र लेखी असार २१ देखि बजेट अधिवेशन सुरु हुने जानकारी गराएका छन्।सरकारले बजेटको तयारी गरेपनि प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले बजेट अधिवेशन हुन नदिने सार्वजनिक गरिसकेको छ। माओवादीले विरोध गरे सरकारले अध्यादेशमार्फत बजेट ल्याउने गृहकार्य थालेको छ। माओवादीले अहिलेको सरकारले बजेट ल्याउन नहुने तर्क गर्दै आएको छ।

Jun 27, 2010

क्षेत्रीय रंगशाला बनाउनु पर्ने माग गर्दै धरान बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरानमा नै क्षेत्रीय रंगशाला बनाउनु पर्ने माग गर्दै स्थानीय बासिन्दाले धरान बन्द आव्हान गरेका छन्। पूर्वाञ्चल क्षेत्रीय रंगशाला निर्माण गर्ने स्थानका बिषयमा राष्ट्रिय खेलकुद परिषदको बैठक निष्कर्षमा पुग्न नसकेपछि स्थानीय बासिन्दाले धरानमा नै निर्माणका लागि दबाव दिन आज धरान बन्द आह्वान गरेका हुन्।
क्षेत्रीय रंगशाला निर्माण पहल समितिका संयोजक सुवास राईले धरानमा क्षेत्रीय रंगशाला निर्माण नगरिए कडा संर्घषमा उत्रिने चेतावनी दिनुभएको छ। बन्दका कारण धरानको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि कलकारखान, शैक्षिकसंस्था, यातायात तथा बजार लगायतका क्षेत्रमा बन्दको असर परेको छ। कोशी राजमार्गमा सवारी साधन सञ्चालन नहुँदा यात्रुहरु मर्कामा परेका छन्।

उरुग्वे दक्षिण कोरियालाई २-१ ले हराउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १२ - विश्व कप फुटबल २०१० मा दक्षिण कोरियालाई २-१ ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा भइरहेको खेलको नकआउट चरणको पहिलो खेलमा उरुग्वेले २ र दक्षिण कोरियाले १ गोल प्रहार गरेको थियो । शनिबार साँझ खेल सुरु भएको ८ औं मिनेटमै उरुग्वेले पहिलो गोल खाता खोलेको थियो । खेलको ६८ मिनेटमा दक्षिण कोरियाले गोल फर्काएर बराबरीमा पुर्‍याएको थियो । तर, खेलको ८० औं मिनेटमा उरुग्वेले अर्को गोल गरेपछि कोरिया घर फर्केको छ ।

वाइसीएल र काँग्रेस कार्यकर्ताबीचको झडपका कारण गोरखामा तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसीएल र काँग्रेस कार्यकर्ताबीच हिजो भएको झडपका कारण आज पनि गोरखाको घ्याम्पेसाल क्षेत्रमा तनाव कायमै छ। आज पनि दुवै पक्षबीच झडप हुने संभावना वढदै गएपछि घ्याम्पेसाल वजारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी ठुलो संख्यामा परिचालन गरिएको छ।
माओवादी कार्यकर्ताको आक्रमणमा आधा दर्जन काँग्रेस कार्यकर्ता घाइते भएपछि काँग्रेस कार्यकर्ताले माओवादीको तीन नम्बर क्षेत्रीय कार्यालयको प्रतिक्षालय भत्काइदिएका छन्। माओवादी आक्रमणको बिरोधमा काँग्रेस कार्यकर्ताले घ्याम्पेसाल क्षेत्रमा सवारी आवागमनमा रोक लगाएका छन् भने बजार पूर्णरुपमा बन्द गराएका छन्।
यता, माओवादीले पनि आफ्ना तीन जना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ। गोरखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोरखसिंह भण्डारीका अनुसार बेपत्ता भएका भनिएका तीन जना माओवादी कार्यकर्तालाई काँग्रेस कार्यकताको आक्रमणबाट जोगाउन घ्याम्पेसाल प्रहरी चौकीमा राखिएको छ।

अफ्रिकी मुलुक घाना अन्तिम ८ मा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - घानाले अमेरिकालाई हराउँदै विश्वकफ फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । शनिबार राति अबेर भएको खेलमा २-१ को जितसंगै अफ्रिकी मुलुक घाना अन्तिम ८ मा पुगेको हो ।
खेल सकिन केही समयमात्र बाँकी छँदा ग्यानले गरेको गोलले घानालाई जिताएको थियो । खेलको पाँचौं मिनेटमा केभिनले गरेको गोलबाट घानाले १-०ले अग्रता लिएको थियो । ६२ औं मिनेटमा अमेरिकाले पेनाल्टी पाएर डोनोभानले गरेको गोलपछि खेल १-१ को बराबरीमा पुगेको थियो । थपिएको समयमा घाना थप गोल गर्न सफल भएको थियो ।

राज्य पुनःसंरचनासम्बन्धी प्रस्ताव एनेकपा (माओवादी)ले अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १३- संविधाननिर्माणको महत्वपूर्ण विषयका रुपमा रहेको राज्य पुनःसंरचनासम्बन्धी अन्य दलले राखेको प्रस्ताव एनेकपा (माओवादी)ले अस्वीकार गरेको छ। सभामुख सुवास नेम्बाङको पहलमा आज विहान संविधानसभा भवन, बानेश्वरमा बसेको तीन दलको बैठकमा वर्तमान सरकारको राजीनामा नआई आयोग गठन गर्न नमिल्ने एनेकपा (माओवादी)ले जिकिर गरेको नेपाली काँग्रेसका नेता डा. रामशरण महतले जानकारी दिए।बैठकमा संविधानलेखन, शान्तिप्रक्रिया, एमाओवादी लडाकुको समायोजन तथा पुनःस्थापनाका विषयमा छलफल केन्द्रित रहे पनि दलहरु कुनै निष्कर्षमा पुग्न नसकेको उनको भनाइ थियो।संविधानसभाको समयावधी थपिएको एक महिना बितिसक्दासमेत प्रमुख दल संविधानलेखनलाई अगाडि बढाउने विषयमा सहमतिमा नपुगेपछि सभामुख नेम्बाङले दललाई संविधानलेखनलाई तीव्रता दिनका लागि यस किसिमको छलफलको सुरुआत गरेका हुन्।वर्तमान राजनीतिक गतिरोधको अन्त्य नभएसम्म संविधाननिर्माणले तीव्रता पाउने नदेखिएको बताउँदै डा. महतले दलहरुले आआफ्नै मुद्दामा अडान लिने कार्यले सहमतिमा बाधा उत्पन्न भएको जनाए।बैठकमा एनेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का नेता सहभागी थिए।

हत्याको विरोधमा वीरगन्ज अनश्चितकालीन बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगन्ज, असार १३- हिन्दु युवा संघका अध्यक्ष काशिनाथ तिवारीको हत्याको विरोधमा आईतबारबाट भएको अनश्चितकालीन वीरगन्ज बन्दले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। हत्यारालाई पक्राउ गर्नुपर्ने , मृतकलाई शदीह घोषणा गर्नुपर्ने र परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै संघले आव्हान गरेको बन्दले यातायात , शिक्षणसस्था, बजार तथा कल-कारखाना बिहानैबाट बन्द छन्। मोटरसाइकलमा आएका ३ जनाको समूहले रानीघाट-१३ निवासी तिवारीमाथी शनिबार साँझ ५:३० बजे घर नजिकैको अशोक बाटिकामा गोली प्रहार गरी हत्या गरेको थियो। माओवादी आन्दोलनको प्रतिकार गरेर चर्चा पाएका तिवारीको हत्या कसले किन गरेको अझै खुल्न सकेको छैन।यसैबीच पर्सा प्रहरीले शनिबार साँझ चार युवालाई पक्राउ गरेको छ। प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले तिवारीको हत्याको आंसकामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। उनीहरुसँग सोधपुछ जारी रहको श्रेष्ठले बताए। तिवारीको हत्याको विरोधमा संघका कार्यकर्ताले अहिले मध्यान्न वीरगन्ज घन्टाघरमा जुलुस निकाल्ने कार्यक्रम छ। सहरको सुरक्षा व्यवस्थाको लागी बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

अध्यादेश मार्फत बजेट ल्याउने संभावना बढ्दो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आइतबारसम्ममा राजनीतिक सहमति भएर बजेट अधिवेशन नडाकिएमा अध्यादेश मार्फत बजेट ल्याउन वाध्य हुने अर्थ मन्त्रालयका अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले बताएका छन्।
आचार्यले संविधान बमोजिम साउन एक गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुने र त्यसपछि नयाँ बजेट नभइकन सरकारले कर उठाउन तथा खर्च गर्न नपाउने भएकोले सो वाध्यता रहेको बताए।तर अर्थविदहरुले बजेटजस्तो महत्वपूर्ण आर्थिक दस्तावेज अध्यादेश मार्फत ल्याउँदा लगानीकर्ताहरुमा अन्योल छाउन सक्ने चिन्ता ब्यक्त गरेका छन्।

Jun 26, 2010

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको प्रेस विज्ञाप्ती

प्रेस विज्ञाप्ती हेर्न प्रेस विज्ञाप्तीमै क्लिक गर्नुहोस।

माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार पहल थाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १२ - राजनीतिक समीकरण नबने पनि माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बनाउन पहल थाल्ने पुनः निर्णय गरेको छ । पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण भएको अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तर बहुमत पोलिटब्युरो सदस्यहरूले असहमति जनाएपछि सरकारमा नेतृत्वको निर्णयलाई निरन्तरता दिएको हो ।
एक सातासम्म चलेको बैठकले पार्टीको नेतृत्वमा सरकार बनाउने पहल तत्काल थाल्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने पहिलेको निर्णय भने स्थगन गरेको छ । उसले सरकारको नेतृत्व पार्टीले मात्र गर्ने उल्लेख गर्दै तत्काल व्यक्ति नतोक्ने निर्णय गरेको हो । माओवादीको नेतृत्वमा सरकार बन्ने अवस्था आए अध्यक्ष दाहाल वा उपाध्यक्ष बाबुराम भट्टराईमध्ये को प्रधानमन्त्री बन्ने भन्ने विवाद थियो । अहिले व्यक्ति तोक्दा 'अनावश्यक' विवाद हुने भएकाले 'पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बनाउने' निर्णय गरिएको हो ।

कान्तिपुरका ३९ मध्ये ११ कन्टेनर न्युजप्रिन्ट छुट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १२, भारतको कोलकाता बन्दरगाहमा करिब एक महिनादेखि रोकिएका कान्तिपुर पब्लिकेसन्सको ११ कन्टेनर न्युजप्रिन्ट छाडेको भारतीय दूतावासले जनाएको छ । शुक्रबार दिउँसो पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र भारतीय राजदूत राकेश सूदबीचको छलफलपछि दूताबासले उक्त जानकारी दिएको हो । पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै ३९ कन्टेनरमध्ये ११ कन्टेनर न्युजप्रिन्ट छलफलपछि छाडिएको जानकारी दिएका छन् । 'सूदसँग भएको छलफलअनुसार बाँकी २८ वटा कन्टेनर पनि आउँदो सोमबारसम्ममा त्यहाँबाट छुट्ने हामीले विश्वास लिएका छौं,' विज्ञप्तीमा भनिएको छ, 'भारतीय मार्गलाई 'ट्रान्जिट' बनाई तेस्रो मुलुकबाट आयात गरिने न्युजप्रिन्ट दुई देशको पारवहन सन्धिअनुसार विगतमा झैं भविष्यमा पनि बिना अवरोध नेपाल आउनेमा हामी निश्चिन्त छौं ।'
कान्तिपुरको न्युजप्रिन्ट रोकिएपछि उत्पन्न संकटप्रति सदभाव र सहयोग पुर्‍याउने पाठक, राजनीतिक दल तथा नेताहरु, सञ्चार माध्यम, पेशागत संघ-संस्था, व्यवसायिक समुदाय, नागरिक समाज, अधिकारकर्मीलगायत शुभचिन्तकहरुप्रति पब्लिकेसन्सले आभार प्रकट गरेको छ । यसैबीच, भारतीय दूतावासले शुक्रबार नै विज्ञप्ती जारी गर्दै राजदूत सुद र कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक सिरोहियाबीच छलफल भएको जनाएको छ ।

माओवादीमा बाबुराम हावी प्रतिवेदनलाई अस्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) को पोलिटब्युरो बैठकले आफूले सरकारको नेतृत्व गर्न नपाउने अवस्थामा पार्टीतिपक्षमा नै बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदन र संघर्षमार्फत नै सत्ता कब्जा गर्नुपर्छ भन्ने उपाध्यक्ष मोहन वैद्यको पूरक प्रतिवेदनलाई अस्वीकृत गरेको छ। बैठकले उपाध्यक्ष डा. बाबुराम भट्टर्राईको सहमति वा बहुमत जेजस्तो भए पनि माओवादीको नेतृत्वमा नै आगामी सरकार बन्नुपर्छ भन्ने प्रस्तावलाई स्वीकार गरेको छ र यसको सार्वजनिक भने औपचारिक रूपमा आज शनिबार पत्रकार सम्मेलनमार्फत गरिने भएको छ।असार १ गतेबाट शुरू भई शुक्रबार सम्पन्न भएको पोलिटब्युरो बैठकको समापनमा अध्यक्ष प्रचण्डले सबै पोलिटब्युरो सदस्यहरूको प्रश्नको जवाफ दिँदै पार्टीदस्यहरूको चाहनाबमोजिम पार्टी सरकारको नेतृत्व लिने बताउनुभएको थियो।

नयाँ सरकारको विषयमा एमाले-फोरम वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १२ ,एमालेले वहुमतीय नयाँ सरकार निर्माणका लागि मधेशी जनअधिकार फोरमसँग वार्ता थालेको छ। एमाले संसदीय दलको कार्यालयमा भएको वार्तामा एमाले नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठन हुने वातावरण निर्माण नभएको भन्दै बहुमतीय सरकार निर्माणको प्रस्ताव गरेका हुन्। 'उहाँ (एमाले नेता)हरुले वहुमतीय सरकारको कुरा गर्नुभयो', वार्तामा सहभागी फोरम अध्यक्ष उपेन्द्र यादवले नागरिकसँग भने, 'हामीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्यौं।' वार्तामा एमाले नेताहरूले माओवादीका कारण राष्ट्रिय सहमतिको सरकार निर्माणको संभावना कम हुँदै गएको बताएका थिए।एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले चाहिं आफनो पार्टी राष्ट्रिय सहमतिको सरकार निर्माणकै पक्षमा रहेको बताए। सहमतीय सरकारमै जानुपर्ने तर अहिलेको परिस्थितीमा त्यस्तो सरकार माओवादीको नेतृत्वमा संभव नभएको अधिकारीले बताए। अधिकारीको भनाईमा एमालेले यसअघि नै माओवादीलाई उनीहरुको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण संभव नभएको बताएको थियो। माओवादीसँग भएको त्यही कुराकानी फोरमलाई शुक्रबरको वार्तामा जानकारी गराएको पनि उनले बताए।

Jun 25, 2010

अष्ट्रेलियामा पहिलोपटक महिला प्रधानमन्त्री जुलिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यान्बेरा/ अष्ट्रेलियामा पहिलोपटक महिला प्रधानमन्त्री भएकी छिन् । उपप्रधानमन्त्री रहेकी जुलिया गिलार्ड अष्ट्रेलियाको इतिहासमा प्रधानमन्त्री हुने पहिलो महिला भएकी छिन् । एकताका अत्यधिक लोकप्रिय रहेका प्रधानमन्त्री केभिन रुडको लोकप्रियता केही समययता खस्किएको छ । घट्दो लोकप्रियता, जनसमर्थन गुमेपछि र आफ्नो पार्टीभित्रकै सांसदहरू विपक्षमा उभिएपछि रुड पद त्याग गर्न बाध्य भएका हुन् । यस वर्षको सुरुतिर गरिएको सर्वेक्षणअनुसार, पछिल्लो ३० वर्ष प्रधानमन्त्री हुनेमध्ये केभिन रुड सबैभन्दा लोकप्रिय प्रधानमन्त्री थिए । तर, केही महिनाभित्रै उनको लोकप्रियता घट्दै गयो । क्यान्वेरामा भएको पार्टी बैठकमा रुडले जुलिया गिलार्डविरुद्ध शक्ति प्रदर्शनमा भाग लिएनन् । उनले सत्तारुढ लेबर पार्टीको अध्यक्षता छाडिदिए । त्यसपछि जुलिया पार्टीभित्रबाट निर्विरोध निर्वाचित बनेकी हुन् । उनले बिहीबार देशको २७औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेकी छिन् । जुलियाले पूर्वप्रधानमन्त्री रुड नेतृत्वको सरकारले विश्वास गुमाएको बताउँदै आफूले अस्ट्रेलियामा खस्कँदै गएको खनिज उद्योग र अन्य व्यवसायमा सुधार ल्याई मुलुकलाई समृद्ध पार्ने प्रतिज्ञा गरेकी छिन् । ४८ वर्षीया अविवाहित जुलियाले आफ्नो पार्टीभित्रको उच्च पदमा पुग्न धेरै वर्षसम्म संघर्ष गर्नुपरेको थियो । उनले केही महिनामै मुलुकमा आमनिर्वाचन गरिने पनि बताएकी छिन् ।

वन फँडानी अध्ययन गर्न सभासद् टोली दौडाहामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, असार ११- दाङ जिल्लामा अति वनफडानीबारे अध्ययन गर्न व्यवस्थापिका-संसद प्राकृतिक स्रोतसाधन समितिको टोली दाङ आइपुगेको छ। चार जिल्लाको अध्ययन गर्नका लागि आएको टोली सुर्खेतपछि दाङ आइपुगेको हो। सोही क्रममा संसदीय टोलीले आज बिहान घोराहीमा सरोकारवालासँग जिल्लास्थित वनको अवस्थाबारे जानकारी लिएको छ।
समिति अन्तर्गतको वन संरक्षण तथा अध्ययन उपसमितिका संयोजक रामकुमार शर्माको नेतृत्वमा आएको टोलीले जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, राजनीतिक दल, नागरिक समाज, पत्रकार, प्रशासनलगायतसँग वनफँडानीबारे छलफल गरेको हो। कार्यक्रममा वनको अवस्थाबारे जानकारी दिँदै जिल्ला वन अधिकृत किशोरचन्द्र गौतमले राजनीतिक दलको संरक्षणमा भूमिहीन तथा सुकुम्वासीका नाममा वनफँडानी भएको दाबी गर्दै अहिलेसम्म जिल्लाका २९६ स्थानमा तीनहजार ६८० हेक्टर वनक्षेत्र अतिक्रमण भएको जानकारी दिए। अतिक्रमित वनक्षेत्रमा आठहजार २ सय घरछाप्रा बनेको जानकारी पनि गौतमले दिए।

पारागुवे र जापान अन्ति्म १६ मा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ११ - दक्षिण अफ्रिकामा भइरहेको विश्वकप फुटवल २०१० मा डिफेण्डिङ च्याम्पियन इटलीले हार व्यहोरेको छ । बिहीबार साँझ स्लोभकीयबिरुद्धको खेलमा ३-२ ले पराजित भएपछि दोस्रो चरणमा प्रवेश गर्न सकेन । चार पटक विश्वकप जितेको इटलीले पहिलो चरणबाटै घर र्फकनुपर्ने अबस्थालाई फुटवल जगतमा अनौठो मानिएको छ । बिहीबार साँझको अर्को खेलमा पारागुवे र न्यूजिल्याण्डबीच भने खेल बाराबरी भएको छ । बराबरीमा खेल सकिएपनि पारागुवे अन्ति्म १६ मा प्रवेश गरेका छन् । डेनमार्कलाई पराजित गर्दै जापान पनि अघिल्लो चरणमा स्थान बनाएको छ । अवेर राति भएको खेलमा जापानले डेनमार्कलाई एकका विरुद्ध तीन गोलले पराजित गर्‍यो ।

लिबियामा अलपत्र भएका नेपाली कामदारलाई स्वदेश फर्काउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० असार : रोजगारीका लागि लिबिया पुगी अलपत्र भएका १ सय ८ नेपाली कामदारलाई रोजगारदाता कम्पनीले स्वदेश फर्काउने भएको छ । कम्पनीले कामदारलाई स्वदेश फिर्ताका लागि सम्पूर्ण खर्च व्यहोरेर १० दिनभित्र नेपाल फर्काउने जानकारी अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) मार्फत नेपाल सरकारलाई गराएको हो । 'कामदारलाई १० दिनभित्र स्वदेश फर्काउनका लागि कम्पनीले प्रतिबद्धता जनाएको संगठनले मौखिक रूपमा जानकारी दिएको छ,' वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने ।धौलागिरि म्यानपावर कम्पनीमार्फत व्यक्तिगत भिसामा रोजगारीका लागि लिबिया पुगेका ती कामदार आर्थिक मन्दीका कारण रोजगारादाता कम्पनी सिकेजी बन्द भएपछि दुई महिनादेखि अलपत्र परेका थिए ।

न्यूजप्रिन्ट रोकिएकोमा पेशकर्मीहरुको कडा आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ११ - कान्तिपुरको न्यूजप्रिन्ट भारतीय अधिकारीहरुले रोकेको विषयमा पेशगत संस्थाका प्रतिनिधिहरुले कडा आपत्ति जनाएका छन् । त्यसको बिरुद्धमा उनीहरुले कान्तिपुरलाई कानुनीलगायतका आवश्यक सहयोग गर्न तयार रहेको जनाएका छन् । नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासंघ, चिकित्सक संघलगायत अधिकारकर्मीहरुको टोलीले शुक्रबार दिउँसो कान्तिपुर पब्लिकेशन्सको भ्रमण गरी कान्तिपुरको अडानप्रति एक्यबद्धता वनाउँदै आवश्यक सहयोग दिने बताएका हुन् ।

दाहालको नेतृत्वको सरकार भए पनि संविधान नबन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तनहुँ, असार ११- एकिकृत माओवादीका केन्द्रीय सल्लाहकार तथा सभासद् सुरेश आले मगरले माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार भए पनि संविधान नबन्ने बताएका छन्। तनहुँको बन्दीपुरस्थित भानु उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उदघाटन कार्यक्रममा आलेले उक्त कुरा बताएका हुन्। ठूला दलबीच सहमति नभएसम्म कसैले पनि संविधान जारी गर्न नसक्ने भन्दै दाहालको नेतृत्वमा बहुमतीय सरकार बने पनि संविधान बन्न नसक्ने उनले बताए। उनले संविधान निर्माणका लागि सबै दल एक भएर सहमतीय सरकार निर्माण गर्नुपर्ने बताए। उनले भने- दाहालकै नेतृत्वमा बहुमतीय सरकार बने पनि संविधान बन्दैन।सहमतीय सरकार भएमा २/३ महिनाभित्रै संविधान निर्माण हुने भन्दै आलेले भने- सहमतीय सरकारविना १० वर्षसम्म पनि संविधान निर्माण हुन सक्दैन। उनले संविधान निर्माण गर्न सहमतीय सरकार आवश्यक परेकाले माओवादीसहितका दलले सरकारको राजिनामा माग्नुपरेको बताए। जनताले शान्ति, सहमति र संविधान चाहेकाले माओवादी द्वन्द्व नहोस् भन्नेतर्फ क्रियाशील रहेको बताए।सोही विद्यालयका पूर्व विद्यार्थी एवम् एकिकृत नेकपा माओवादीका सभासद् भीमप्रसाद गौतमले वर्तमान राजनीतिक गतिरोधको निकास माओवादीले मात्र निकाल्न सक्ने धारणा व्यक्त गरे।

राष्ट्रपतिको मुद्दामा १५ महिनापछि बहस सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० असार : तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालले अवकाश लिएको करिब एक वर्ष भइसकेको छ, तर उनलाई अवकाश दिने र नदिने विषयमा सरकार र राष्ट्रपतिबीच १५ महिनाअघि सर्वोच्च अदालत पुगेको मुद्दामा बल्ल बहस सुरु भएको छ । २० वैशाख २०६६ मा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको तत्कालीन सरकारले सेनापति कटवाललाई अवकाश दिने निर्णय गरेकै दिन राष्ट्रपति डा. रामवरण यादवलेे कटवाललाई थमौती गरिदिएका थिए । यही विवादमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले तत्कालै राजीनामा दिएका थिए भने मुद्दा पनि तत्कालै सर्वोच्चमा पुगेको थियो । न्यायाधीशहरू दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासमा मुद्दा खारेज गर्ने वा नगर्ने भन्ने विषयमा राय बाझिएको थियो । न्यायाशीश शर्माले मुद्दाले गम्भीर संवैधानिक प्रश्न बोकेको भन्दै पूर्णइजलासले त्यसको व्याख्या गर्नुपर्ने निर्णय गरेका थिए भने कोइरालाले रिट औचित्यहीन भइसकेको भन्दै खारेज गर्नुपर्ने निर्णय दिएका थिए ।तर सर्वोच्च अदालतको संयुक्त इजलासमा दुई न्यायाधीशबीच राय बाझिएपछि पूर्णइजलासमा मुद्दा पुगेको हो । उक्त मुद्दामा रहेका पाँचवटा प्रश्नमध्ये रिट खारेज गर्ने वा नगर्ने विषयमा राय बाझिए पनि दुवै न्यायाधीशबीच राष्ट्रपतिको कदम सार्वजनिक सरोकारको विषय भएकोमा सहमति भएको थियो । यस्तै राष्ट्रपतिको कुनै पनि कामका विषयमा अदालतमा मुद्दा चलाउन पाइनेमा दुवै न्यायाधीश सहमत भएका थिए भने राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्ध संवैधानिक भएकोमा दुवै न्यायाधीशबीच राय मिलेको थियो । राष्ट्रपति र प्रधानमन्त्री एवं मन्त्रिपरिषद्बीच आदान-प्रदान हुने पत्रहरू संवैधानिक दायराभित्र हुने र यस विषयमा अदालतमा प्रश्न उठाउन पाइने दुवैको ठहर गरेका थिए ।तर मुद्दा खारेज हुने कि नहुने भन्ने विषयमा न्यायाधीशबीच राय बाझिएपछि बिहीबारदेखि सर्वोच्चका न्यायाधीशहरू रामकुमारप्रसाद शाह, प्रेम शर्मा र रणबहादुर बमको पूर्णइजलासमा बहस सुरु भएको हो । ३१ चैतमा दुई न्यायाधीशले बाझिएको निर्णय दिएको साढे दुई महिनापछि पूर्णइजलासमा बहस सुरु भएको हो । तर दुई न्यायाधीशबीच सहमति भएका विषयमा पनि पुनः बहस सुरु गर्नुपर्ने अडान राष्ट्रपतिको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले राखेपछि बिहीबार केहीबेर इजलासमै कानुन व्यवसायीबीच विवाद भएको थियो । दुवै पक्षबीच विवाद भएपछि इजलासले पहिल्यै टुंगिसकेका विषयमा समेत बहस खुला गर्ने निर्णय गरेको छ । संयुक्त इजलासले टुंग्याइसकेको विषयलाई पूर्णइजलासमा पुनः बहसमा ल्याइएको भन्दै रिट निवेदक कानुन व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्चले उक्त मुद्दाले गम्भीर प्रकृतिको संवैधानिक प्रश्न उब्जाएको भन्दै एक महिनाभित्र सक्न आदेश दिएको छ । बिहीबार सुनुवाइ सुरु भएलगत्तै ६ दिनभित्र बहस सक्ने गरी तयारी गर्न सम्बन्धित कानुन व्यवसायीलाई इजलासले आदेश दिएको छ । इजलासले रिट निवेदकका तर्फबाट दुई दिन र राष्ट्रपति तथा तत्कालीन सेनापति रुक्मांगत कटवालका तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई २ दिन बहसका लागि समय दिएको छ । यस्तै सरकारी वकिललाई १ दिन दिइएको छ । 'मुद्दा चाँडो टुंग्याउनुपर्छ भनेर समयसीमा तोकिएको छ,' रिट निवेदक इन्हुरेड इन्टरनेसनलका कार्यकारी निर्देशक श्रीकृष्ण सुवेदीले भने, 'बढीमा एक महिनामा मुद्दा सक्ने आदेश भएको छ ।' रिट निवेदकका तर्फबाट सुवेदीसहित अधिवक्ताहरू रमण श्रेष्ठ, रामनारायण विडारीलगायतले बहस गर्दै छन् भने राष्ट्रपतिका तर्फबाट बद्रीबहादुर कार्की, माधव बस्नेतलगायतले बहस गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्वस सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/राजेश राई
राजधानीमा आज (शुक्रबार) देखि चौथो अन्तर्राष्ट्रिय आदिवासी जनजाति फिल्म महोत्वस सुरु हुँदै छ । 'ज्ञानको हस्तान्तरण' मूल लक्ष्यसहित इन्डिजिनियस फिल्म आर्काइभ (आइफा) को आयोजनामा हुन लागेको महोत्सवमा १२ देशका ३३ जनजाति फिल्म प्रदर्शन गरिँदै छ ।राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा नेपाली १४ र १९ विदेशी आदिवासी फिल्मका साथै डकुमेन्ट्री, छोटा फिल्म र म्युजिक भिडियोसमेत प्रदर्शन हुनेछ । महोत्सवका निर्देशक दीपेन्द्र लामाका अनुसार महोत्सवमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, अर्जेन्टिना, स्विडेन, नर्वे र कम्बोडियाका फिल्म सहभागी छन् । त्यस्तै, नेपालका राई, लिम्बू, मगर, तामाङ, नेवार, गुरुङ, सुनुवार, धिमाल, सौका र बान्तावा राई मातृभाषाका फिल्म प्रदर्शन हुनेछ । प्रदर्शित फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः गोल्डेन ड्रम, सिल्भर ड्रम र ब्रोन्च ड्रम प्रदान गरिनेछ । यस्तै, दर्शकले छनोट गरेको एउटा फिल्म र अर्को एउटा फिल्मलाई प्रोत्साहनस्वरूप क्रिटिक्स अवार्ड दिइनेछ । महोत्सवमा प्रदर्शन हुने सबै फिल्म आदिवासी जनजातिको इतिहास, संस्कृति, जनजीवनको विषयमा निर्माण गरिएको निर्देशक लामाले बताए । मातृभाषा र अन्य विदेशी भाषाका फिल्म भने नेपालीमा सबटाइटल राखेर प्रदर्शन गरिँदै छ । फिल्म छनोटका लागि युवराज लामाको संयोजकत्वमा पाँच सदस्यीय निर्णायक समिति बनाइएको छ । समितिमा समाजशास्त्री कृष्ण भट्टचन, रंग पत्रकार अशोकप्यासी राई, रंगकर्मी शोभा चन्द र अनुभव अजित छन् । महोत्सव प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति अम्बर गुरुङ र ललितकला प्रतिष्ठानका कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गर्दै छन् ।

१६ दल राष्ट्रिय सरकार बनाउन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा रहेका सहितका साना दलले संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने ठहर गरेका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १६ दलको बैठकले संविधान निर्माणको प्रक्रियालाई अघि बढाई शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सहमतिको राष्ट्रिय सरकार गठन गर्नु महत्वपूर्ण कुरा भएको निष्कर्ष निकालेको हो। बैठकले शान्ति र संविधान निर्माणको काममा तीन ठूला दलले जनताको अपेक्षाअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको ठहर गर्दै सरकारले मुलुकमा असुरक्षा महँगी बेरोजगारी विभेद र अव्यवस्था नियन्त्रण गर्न नसकेको निष्कर्ष निकालेको छ। बैठकले अनियन्त्रित वन फँडानीले मुलुक मरुभूमीकरण हुँदै गएको मल र सिँचाइको अभावले किसान प्रभावित बनेको संसद्को अधिवेशन सुचारु गर्नेतर्फ सत्तारुढ र प्रतिपक्षी दल उदासीन बनेको निष्कर्ष निकालेको छ।

Jun 24, 2010

अर्जेन्टिना र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डरबन,अषाढ ९ - दक्षिण कोरियाले मंगलबार राति विश्वकप २०१० को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह 'बी' को आफ्नो अन्तिम खेलमा दक्षिण कोरियाले नाइजेरियालाई २-२ को बराबरीमा रोक्यो । यसले एसियाली फुटबल महाशक्ति समूहमा अर्जेन्टिनापछि दोस्रो स्थानमा रह्यो । दक्षिण कोरिया विदेशी भूमिमा नकआउट चरणमा पुगेको यो पहिलो पल्ट हो । उसले गि्रसलाई सुरुआती खेलमा २-० ले पराजित गरेपछि अर्जेन्टिनासँग ४-१ ले पछाडि परेको थियो । नाइजेरियाले यसअघिका दुवै खेलमध्ये गि्रससँग २-१ र अर्जेन्टिनासँग १-० ले पराजित रहेको थियो । डिएगो म्याराडोनाको अर्जेन्टिना समूहको शीर्ष स्थानमा रह्यो । लिग चरणमा अपराजित अर्जेन्टिनाले मंगलबार रातिको अको खेलमा गि्रसलाई २-० ले हरायो । अब प्रि-क्वाटरफाइनलमा दक्षिण कोरियाले उरुग्वे तथा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ ।

मन्त्रीपरिषदको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रीपरिषदको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । बैठकमा सरकारको निति तथा कार्यक्रम र बजेटका बिषयमा छलफल भईरहेको मन्त्रीपरिषद श्रोतले बताएको छ । बैठकमा जेठ चौधको सहमति कार्यान्वयन नभए माओवादीले संसद चल्न नदिदा के गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भईरहेको छ ।

चार लघु जलविद्युत् आयोजना बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दैलेख, असार १०- चार लघु जलविद्युत् आयोजना झण्डै एक वर्षदेखि मर्मतसुधारको अभावमा बन्द भएपछि दैलेखका गाँउबस्तीको पहिचान फेरिएको छ। जिविस, ग्रामीण ऊर्जा विकास शाखाको सहयोग र स्थानीय गैरसरकारी संस्था एभरेष्ट क्लबको परिचालनमा दुर्गम गाँउमा तीन वर्षअघि बनेका ६ मध्ये ४ आयोजना बन्द भएका हुन। हाल राकम कर्णाली गाविसको कानेघाट, रुम गाविसको कटीखोला, भवानी गाविसको आर्यखोला र नौमुले गाविसको तोली खोलाबाट सञ्चालनमा आएका लघु जलविद्युत् आयोजना बन्द छन्।

जर्मनी र घाना विश्वकप फुटबलको अन्तिम १६ मा पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
अषाढ १० - जर्मनी र घाना विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । बुधबार राति भएको खेलमा घानालाई १-० ले पराजित गर्दै जर्मनी समूह डी को बिजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको हो । हारका बाबजुद घाना समूह उपविजेता बन्दै प्री क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । जर्मनीलाई विजयी बनाउन मैसुद आइजीलले ६० औं मिनेटमा गोल गरेका थिए । क्वाटर फाइनल प्रवेशका लागि जर्मनीले इंग्लैण्ड र घानाले अमेरिकासंग प्रतिस्पर्धा गर्नेछन् । यसअघि बिहीबार नै भएको खेलमा इंग्लैण्डले स्लोभेनियालाई र अमेरिकाले अल्जेरियालाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाएको थियो ।

२३ सभासद् बिहीबार अमेरिका उड्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ असार नेपालभित्र चरम असन्तुष्टि भए पनि अमेरिका भ्रमणका लागि राजनीतिक दलबीच सहमति भएको छ । देशभित्र दलीय सहमति नभए पनि विदेश जाने विषयमा सहमति भएपछि २३ सभासद् बिहीबार अमेरिका उड्दै छन् । दुई गैरसरकारी संस्थाले नेपाली सभासद्लाई संविधान निर्माणलगायतका विषयमा प्रशिक्षण दिन अमेरिका लग्दै छन् । 'बोस्टर्न नेगोसिएसन एन्ड स्टेट बिल्डिङ प्रोगाम फर नेपाली पोलिटिकल लिडर' विषयक कार्यक्रममा माओवादी, एमाले, कांग्रेस, फोरम, तमलोपा र सद्भावनालगायत पार्टीका सभासद् अमेरिका जान लागेका हुन् । बिहीबार अमेरिका उड्ने सभासद्ले १० दिन त्यहाँ बिताउनेछन् । कार्यक्रममा माओवादीका चार, कांग्रेस र एमालेका तीन/तीनजना नेतासहित २३ जना सहभागी हुनेछन् ।प्रमुख राजनीतिक दलका नेताहरू संविधान निर्माणसम्बन्धी सो कार्यक्रममा जाँदै छन् । उनीहरूको भिसादेखि टिकटसम्म निश्चित भएको छ । गल्फ एयरको जिएफ २६१ को उडानबाट उनीहरू बिहीबार साँझ सात बजे अमेरिकातर्फ उड्दै छन् । अमेरिकास्थित करुना सेन्टर फर पिस बिल्डिङ र नेपाली संस्था द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठान (आइसिपिडी) ले यस्तो भ्रमण गराउन लागेका हुन् । भ्रमणलाई अमेरिकी सरकारको स्टेट डिपार्टमेन्ट (विदेश विभाग) ले पनि सहयोग पुर्‍याएको छ । आइसिपिडी नेपाली गैरसरकारी संस्था हो । यो सन् २००२ मा स्थापना भएको हो । त्यस्तै करुना सेन्टरले शान्ति निर्माणका लागि आफ्नो संस्था सन् १९९४ मा स्थापना भएको जनाएको छ । द्वन्द्व प्रभावित राष्ट्रहरूमा शान्ति निर्माणका पक्षमा काम गर्दै आएको संस्थाले जनाएको छ ।

संविधान निर्माण प्रक्रियामा राजनीतिक दल सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चार महिनादेखि अवरुद्ध भएको संविधान निर्माण प्रक्रिया प्रारम्भ गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन्। माओवादी लडाकूहरुको समायोजन र सत्तासंघर्षका कारण संविधान निर्माण कार्य गत चैतदेखि पूर्ण रुपमा ठप्प रहेको छ।संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा बुधबार प्रमुख राजनीतिक दल माओवादी कांग्रेस र एमालेका शीर्षनेताहरु एकै ठाउँ बसेर अन्य विषयमा सहमति गर्न ढिलाइ भए पनि संविधान निर्माण कार्य अगाडि बढाउनुपर्ने अध्यक्ष नेम्वाङको प्रस्तावलाई स्वीकार गरेका छन्।संविधानसभा भवन नयाँ बानेश्वरमा भएको छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माण कार्य अवरुद्ध भएकै कारण जनतामा निराशा अन्योल र आक्रोश पनि बढेको छ भन्दै संविधान निर्माण कार्यलाई यथाशीघ्र अगाडि बढाउनुपर्छ र त्यसमा दलका नेताहरुले समय दिनुपर्यो भनी विशेष आग्रहसमेत गर्नुभएको बैठकका सहभागी नेताहरुले बताएका छन्।

चीनले अर्को सातादेखि भन्साररहित बजार सुविधा दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, असार १०- चीनले नेपाललाई अर्को सातादेखि भन्साररहित बजार सुविधा दिने भएको छ। विश्वका अति कम विकसित मुलुकको सूचीमा रहेको नेपालसहित विश्वका ३३ मुलुकलाई आगामी असार १७ गतेका दिनदेखि भन्साररहित बजार सुविधा दिन लागिएको चीनको अर्थ मन्त्रालयले जनाएको छ।
शून्य भन्सार सुविधा पाउनेमा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश र माल्दिभ्स छन्। त्यसैगरी २६ अफ्रिकी मुलुकले पनि नेपालसँगै यो सुविधा उपयोग गर्ने अर्थ मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यमले जनाएको छ।समाचारमा ३३ मुलुकबाट आयात गरिने चार हजार ७६२ किसिमका उत्पादनलाई आगामी जुलाई महिनाको १ तारिकका दिनबाट शून्य भन्सार सुविधा दिइने जनाइएको छ। शून्य भन्सार सुविधा उपलब्ध हुने वस्तुहरूमा जलचर उत्पादन, टेक्स्टायल्स, कृषि उत्पादन, काँचजन्य उत्पादन, स्टील र खनिजजन्य उत्पादन रहेका छन्। सन् २००१ देखियता चीनले विश्वका अति कम विकसित ४१ मुलुकलाई शून्य भन्सार सुविधाको सूचीमा राखेको समाचारमा उल्लेख छ।

Jun 23, 2010

माओवादी र एमालेबीच छलफल प्रारम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ असार : प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार निर्माणको विषयमा माओवादी र एमालेबीच छलफल प्रारम्भ भएको छ । छलफल सकारात्मक रूपमा अघि बढेको नेताहरूले बताएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच मंगलबार भएको छलफलमा नयाँ सरकारको नेतृत्वका विषयमा कुराकानी भएको थियो । भेटपछि खनाल तीनबुँदे सहमति कार्यान्वयनमा वार्ता सकारात्मक भएको भन्दै बाहिरिए । माओवादी नेताहरूले प्रधानमन्त्रीको राजीनामापछि मात्रै सत्ता साझेदारीबारे छलफल गर्ने आफ्नो अडानप्रति एमाले गम्भीर भएको प्रतिक्रिया दिएका छन् । 'सहमतिको सरकार निर्माण र संविधान लेखनलगायतका विषयमा दुई दलबीच महत्त्वपूर्ण छलफल भयो,' भेटपछि एमाले अध्यक्ष खनालले भने, 'यसले तीनबुँदे सहमति कार्यान्वयनमा सहजता ल्याएको छ ।' प्रचण्ड-खनाल भेटअघि मंगलबार नै खनालपक्षीय एमाले नेताहरूले प्रचण्डलाई भेटेका थिए । एमाले केन्द्रीय सदस्यहरू योगेश भट्टराई, घनश्याम भुसाल, विजयकुमार पौडेल र अरुण नेपालले माओवादी अध्यक्षसँग एक घन्टा लामो भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको राजीनामापछि सत्ता साझेदारीबारे छलफल अगाडि बढाउनुपर्ने माओवादीको अडानमा एमाले लचिलो भएको वार्तापछि माओवादी नेता पोष्टबहादुर बोगटीले बताए । 'यसले तीनबुँदे सहमति कार्यान्वयन हुने आशा पलाएको छ,' उनले भने । यसअघि सोमबार कांग्रेस-माओवादीबीच भएको वार्तामा दुवै पक्ष आ-आफ्नै अडानमा थिए । कांग्रेसले सहमति निर्माण भएपछि मात्र प्रधानमन्त्रीको राजीनामा आउने बताएको थियो भने माओवादीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्र अरू विषयमा छलफल अगाडि बढाउनुपर्नेमा जोड दिएको थियो ।

१८ सय २६ लाई सहिदको सम्मान दिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ९ - सरकारले सशस्त्र द्वन्द्वका क्रममा मारिएका १८ सय २६ लाई सहिदको सम्मान दिने निर्णय गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरु सहिदको सम्मान दिने निर्णय गरेको हो ।
यस अघि माओवादी नेतृत्वको सरकारका बेला सशस्त्र द्वन्द्वका क्रममा मारिएका करिव ७ हजारलाई सहिदको सम्मान दिइएको थियो । त्यसपछि त्यही द्वन्द्वमा माओवादीका तर्फबाट मारिएकाहरुलाई पनि सहीदको सम्मान दिनुपर्ने माग हुँदै आएको थियो ।

बहुविवाह गरेको आरोपमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहुविवाह गरी पहिलो पत्नीलाई घर निकाला गर्ने भुमेस्थान गाविस-८ निवासी २८ वर्षीय किरण श्रेष्ठलाई मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरी बहुविवाह गरेको आरोपमा मुद्दा चलाउने भएको छ। महिला मानवअधिकार रक्षक जिल्ला साजालको सहयोगमा किरणकी पत्नी पुष्पा श्रेष्ठले असार ७ गते आफूविरुद्ध बहुविवाह गरी घर निकालासमेत गरेपछि कानुन बमोजिम कारबाही गर्न र आफूलाई न्याय दिलाउन माग गर्दै प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि किरणलाई पक्राउ गरी प्रहरीले हिरासतमा लिएको हो। पुष्पालाई किरणले मट्टितेल खन्याएर जलाउने तातो चिया खन्याउने कुटपिट गर्ने गरी घर निकाला गरेको र जेठ १८ गते गाउँकै अम्बिका थापालाई दोस्रो विवाह गरेका कारण पुष्पाले बहुविवाहको मुद्दा दायर गरेकी हुन्। पीडितकी एक छोरीसहित माइती गोरखा जिल्लाको घ्याल्चोकमा बस्दै आएकी छिन्। पीडित घर आए मार्ने धम्कीसमेत आउने गरेको र ज्यान मार्ने प्रयास गर्ने गरेका कारण माइतमा बस्दै आएको पुष्पाले जानकारी दिइन्।

११औँ राष्ट्रिय जनगणनाका वैशाखबाट सुरु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ असार : आगामी वर्ष सञ्चालन हुने ११औँ राष्ट्रिय जनगणनाका लागि करिब दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जनगणना वैशाखबाट सुरु हुनेछ । केन्द्रीय तथ्यांक विभागले मंगलबार आयोजना गरेको 'एघारौँ राष्ट्रिय जनगणना ०६८ को विधि र तयारी' विषयक गोष्ठीमा विभागका निर्देशक डा. रुद्र सुवालले एक अर्ब ८० करोडदेखि दुई अर्बसम्म रकम लाग्ने बताएका हुन् । उनले भने जनगणनाका प्रारम्भिक कार्य सुरु भइसकेको जानकारी दिए । सुवालका अनुसार जनगणनामा प्रश्नपत्र तथा अन्य कार्यका लागि दुई सय मेटि्रक टन कागज प्रयोग हुनेछ । हालसम्म जनगणनाको तयारीका क्रममा नक्सा, प्रश्नावलीको मस्यौदा, विगतका तथ्यांक परीक्षणलगायत कार्य भइसकेका छन् ।नेपालमा एक सय वर्षदेखि हरेक १० वर्षको अन्तरमा जनगणना गरिँदै आएको छ । विभागले आगामी वर्षको जनगणनालाई नयाँ प्रविधिको प्रयोग गर्दै विश्वसनीय, वैज्ञानिक र त्रुटिरहित बनाउने दाबी गरेको छ । यसका लागि विभागले ४४ हजार गणकको व्यवस्था गर्ने भएको छ । साथै गणनामा आठ हजार पाँच सय सुपरभाइजर, सात सय ५० केन्द्रीय कर्मचारी र ८५ जना जनगणना अधिकृत खटाइनेछन् । एकजना गणकले औसतमा १ सय ७५ घरधुरीको गणना गर्नुपर्ने हुन्छ भने एकजना सुपरभाइजरले चारजना गणकलाई हेर्ने व्यवस्था गरिएको छ ।विभागले वैशाखअगाडि गणनाका प्राविधिक कार्य पूरा गर्ने र ३ देखि १३ असारसम्म हरेक घरपरिवारको व्यक्तिगत विवरण संकलन गर्ने कार्ययोजना बनाएको छ । आगामी जनगणनाबाट प्राप्त हुने सूचना तथा तथ्यांक गरिबी विश्लेषणका लागि उपयोगी होस् भनेर घरपरिवारको अवस्थिति, धारा, बत्ती, इन्धन र अन्य पारिवारिक सुविधाबारे सूचीकरण लागतमा संकलन गरिने बताइएको छ । व्यक्तिगत विवरणअन्तर्गत नाम, थर, जातजाति, भाषा, नागरिकता, साक्षरता र शैक्षिक विवरणका साथै अपांगताका बारेमा प्रश्नहरू सोधिनेछन् । यस्तै घरपरिवारमा अनुपस्थित सदस्यको विवरण, परिवारमा भएका मृत्यु, बसाइँसराइ, वैवाहिक स्थिति, जन्म र आर्थिक क्रियाकलापबारे पनि तथ्यांक संकलन गर्ने कार्ययोजना बनाइएको छ ।जनगणनाको तयारीका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री सर्वदेवप्रसाद ओझाले विगतका गणनामा भएका कमीकमजोरी हटाई नेपालमा बसोवास गरिरहेका सम्पूर्ण घरपरिवार र सदस्यहरूको गणना हुनुपर्ने र कोही छुट्न नहुने बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले नयाँ नेपालको खाका कोर्न, राज्यको संघीय स्वरूप निर्धारण गर्न आगामी जनगणना महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रमुख तीन दलका नेताबीच अनौपचारिक छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ९- नयाँ संविधान निर्माणको कामलाई अघि बढाउने विषयमा प्रमुख तीन दलका नेताबीच अनौपचारिक छलफल भएको छ। बैठकमा करिब तीन महिनादेखि अवरुद्ध शीर्ष नेताको बैठक लगातार बस्ने र संविधान निर्माणका कामलाई निरन्तरता दिने सहमति भएको छ। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको लामो प्रयासपछि संविधानसभा भवन, नयाँ बानेश्वरमा बसेको बैठकमा तीनै दलका शीर्षनेताहरू- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल उपस्थित थिए। बैठकमा राज्य पुनःसंरचना आयोगको गठन पनि यसअघि छलफल गरी सहमतिनजिक पुगेको 'छ बुँदा' मा प्याकेजमै टुंग्याउने सहमति पनि भएको छ।
जेठ १४ गते संविधानसभाको म्याद १ वर्ष बढाइएपछि संविधान निर्माणको विषयवस्तुबारे शीर्ष नेतृत्व तहमा छलफल भएको पहिलो पटक हो। माओवादी मुख्य सचेतक पोष्टबहादुर बोगटीका अनुसार, अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने र बैठकलाई निरन्तरता दिने सहमति भएको छ। गत चैत १४ गतेदेखि संविधानका विषयवस्तुबारे बैठक बस्न सकेको थिएन। संविधानका विषयवस्तुबारे भएका मतभेद कम गर्न गत मंसीर ११ गतेदेखि सभाध्यक्ष नेम्वाङले शीर्षनेताहरूसँग अनौपचारिक छलफल सुरु गरेका थिए।

विश्वकप २०१० को अन्तिम १६ मा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डरबन,अषाढ ९ - दक्षिण कोरियाले मंगलबार राति विश्वकप २०१० को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह 'बी' को आफ्नो अन्तिम खेलमा दक्षिण कोरियाले नाइजेरियालाई २-२ को बराबरीमा रोक्यो । यसले एसियाली फुटबल महाशक्ति समूहमा अर्जेन्टिनापछि दोस्रो स्थानमा रह्यो । दक्षिण कोरिया विदेशी भूमिमा नकआउट चरणमा पुगेको यो पहिलो पल्ट हो । उसले गि्रसलाई सुरुआती खेलमा २-० ले पराजित गरेपछि अर्जेन्टिनासँग ४-१ ले पछाडि परेको थियो । नाइजेरियाले यसअघिका दुवै खेलमध्ये गि्रससँग २-१ र अर्जेन्टिनासँग १-० ले पराजित रहेको थियो । डिएगो म्याराडोनाको अर्जेन्टिना समूहको शीर्ष स्थानमा रह्यो । लिग चरणमा अपराजित अर्जेन्टिनाले मंगलबार रातिको अको खेलमा ग्रीसलाई २-० ले हरायो । अब प्रि-क्वाटरफाइनलमा दक्षिण कोरियाले उरुग्वे तथा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ ।

१८ वर्षीया युवतीलाई निरन्तर यौनशोषण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, दुई महिनाअघिदेखि ज्यान मार्नेसम्मको धाकधम्की दिँदै सुनसरी भुटाहका अब्बास अन्सारीले यहाँस्थित एक १८ वर्षीया युवतीलाई निरन्तर यौनशोषण गर्दै आएको खुल्न आएपछि प्रहरीकहाँ उजुरी गर्दा बॆवास्ता गरिएको पीडितकी फुपूले बताएकी छिन्। मोरङ डाँगीहाटकी ती युवती धरान-९ स्थित फुपूको घरमा आएका बेला ठेकेदार फुपाजुसँग ज्यालामजदुरीको काम गर्ने अन्सारीसँग गत असोज महिनामा भएको विश्वकर्मा पूजामा परिचय भएको थियो। त्यसपछि उनीहरुबीच दाजुबहिनीको सम्बोधन रहेको पीडित युवतीले बताइन्। उनका अनुसार गएको वैशाख ४ गते भने निज अन्सारीले घुम्न जाऊँ भनेर फकाई इटहरीमा पुर्याएर कोक खुवाएर बेहोस बनाई बलात्कार गरेको र त्यसपश्चात् कसैलाई भनेमा मारिदिने र फुपूफुपाजुलाई समेत सिध्याइदिने धम्कि दिए। त्यसपश्चात् भने कोठामा कोही नभएको मौका छोपेर आई बलात्कार गर्ने गरेको पनि तिनले बताइन्। निज अन्सारीले उनलाई बलात्कार गरेको घटना भने असार १ गते खुलेको युवतीकी फुपूले बताइन्। सो दिन उनका श्रीमान् र अन्सारीबीच लेनदेनमा झगडा भएको बेला अन्सारीले ज्यान मार्नेसम्मको धम्की दिएपछि भदैनीले आफूलाई समेत अन्सारीले ज्यान मार्ने र परिवारै सखाप पार्ने धम्की दिएको र बलात्कार गर्ने गरेको बताएकी थिइन्। सो कुरा खुलासा भएपछि स्थानीय अनेमसंघ क्रान्तिकारीकी देवलक्ष्मी प्रधानको सहयोगमा प्रहरीसमक्ष न्यायका लागि गुहार मागे पनि बेवास्ता गरेको बताइन्।

Jun 22, 2010

जनतासँग लजाए सभासद् संविधानसभामा छलफल नहुँदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको म्याद थपिएको एक महिना हुन लाग्दा पनि संविधान निर्माणको कार्य पूर्णतः अवरुद्ध भएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा भोलिबाट प्रमुख राजनीतिक दलका नेताहरु संविधान निर्माणकार्यका लागि छलफल गर्न सहमत भएका छन्। संविधान बनाउनेतर्फ कुनै पहल नभएपछि जनतासँग कसरी मुख देखाउने भनेर सबैजसो सभासद्हरु भने लाज मानिरहेको अवस्था रहेको छ।सबै काम प्याकेजमा नै गर्ने भनी संविधान निर्माण कार्यलाई पनि अगाडि नबढाई रहेका दलहरु र सभासद्हरुलाई जनताले धिक्कार्न थालेपछि झन्डै तीन महिनापछि प्रमुख राजनीतिक दलहरु संविधान निर्माण कार्यमा देखा परेका समस्या र आगामी कदमका बारेमा छलफल गर्न तयार भएका हुन्। संविधानसभाका अध्यक्ष नेम्वाङले शान्तिप्रक्रियालगायतका अन्य सत्तासँग सम्बन्धित विषयमा तत्काल सहमति नभए पनि संविधान निर्माणसँग सम्बन्धित विषयमा छलफल गर्नुपर्छ अन्यथा जनतालाई दलहरुले नै जवाफ दिनुपर्छ भनी पार्टीका शीर्ष नेताहरुलाई घरघरमा भेटेपछि मात्र नेताहरु सो विषयमा भोलि बुधबारदेखि छलफल गर्न तयार भएको बताइएको छ।

स्विजरल्यान्डको गोल नबेहोर्ने विश्व कीर्तिमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ७,स्विजरल्यान्डले सोमबार विश्वकप फुटबल प्रतियोगितामा लामो समयसम्म गोल नबेहोर्ने टिमको कीर्तिमान कायम गरेको छ । खेलको ६७औँ मिनेटको खेलसम्म चिलीको आक्रमण रोक्न सफल भएपछि स्विजरल्यान्डले ५५१ मिनेटसम्म विश्वकपमा गोल नबेहोर्ने विश्व कीर्तिमान बनायो । सन् १९९४ देखि स्विजरल्यान्डको गोल नबेहोर्ने यात्राको सुरुवात भएको थियो । यद्यपि विश्व कीर्तिमान कायम गरेको सात मिनेटपछि स्विजरल्यान्डले गोल बेहोर्‍यो । सन् २००६ मा समूह चरणमा फ्रान्ससँग गोलरहित बराबरीमा खेलेपछि स्विजरल्यान्डले बाँकी दुई खेलमा टोगो र दक्षिण कोरियालाई समान २-० ले हराएको थियो । त्यसपछि उसले दोस्रो चरणमा गोलरहित बराबरीपछि युक्रेनसँग पेनाल्टीमा हार बेहोरेको थियो । यसैगरी चालू प्रतियोगिताको पहिलो खेलमा स्विजरल्यान्डले स्पेनलाई १-० ले हराएको थियो । यसअघि सर्वाधिक समयसम्म गोल नबेहोर्ने कीर्तिमान इटाली (५५० मिनेट)को नाममा रहेको थियो । एएफपी

माओवादीले राजिनामा नआएमा सदन सङ्घर्ष चर्काउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ८,माओवादी नेता नारायणकाजीले प्रधानमन्त्रीको राजिनामा नआएमा सदन सङ्घर्ष चर्काउने बताएका छन्। गत मङ्गलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरो बैठकका बीच सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- सरकारको बजेट तथा नीति-कार्यक्रम पनि ल्याउन दिइँदैन। उनले माओवादीभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद गलत भएको दाबी गर्दै संविधानसभाको ठूलो दलको हैसियतले माओवादी नेतृत्वमै सरकार गठन हुनुपर्ने दाबी पनि दोहोर्‍याए।बैठकमा बोल्ने क्रम आज सकिने जानकारी दिइएको छ। पोलिटब्युरो सदस्यहरुका सुझावलाई समेटेर अध्यक्ष पुष्पकमल दाहालले आफूद्वारा जारी प्रतिवेदनलाई अन्तिम रुप दिनेछन्। त्यसपछि सरकारमा जाने वा नजाने, बजेट अधिवेशन, सेना समायोजनको मोडालिटीलगायतका विषयमा पार्टीको आधिकारिक धारणा तय र सार्वजनिक हुने बताइएको छ।

स्पेन होन्डुरसँगको खेलमा २-० गोलले विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहनसवर्ग - डेभिड भिल्लाको दुई महत्वपूर्ण गोलले स्पेन होन्डुरसँगको खेलमा विजयी भएको छ। तर स्पेनको खेल अझै पूर्ण फर्ममा आइसकेको छैन। युरेपेली च्याम्पियनको होन्डुरसँगको खेल पोर्चुगलसँग उत्तर कोरियाको जस्तो हेर्न लायक भने रहेन। भिल्लाले जित दिलाएपनि आज बिहान सकिएको खेलमा उनको आलोचना पनि उत्तिकै रह्यो। उनले स्पेनको पोल्टामा आएको गोल गर्न सकेनन्।उनले प्रहार गरेको पेनाल्टी सुटले होन्डुरसका गोलकिपरलाई झुक्याउन सफल रहेपनि पोस्टभन्दा बाहिरैबाट गयो। समूह 'एच'बाट छानिने टिम पक्कै पनि गोल अन्तरको आधारमा छानिने स्थित छ। त्यसैले पनि पेनाल्टी मिस हुनुलाई आलोचनाको विषय बनाइएको हो। 'हामीले प्रसस्त मौका चुकायौं नत्र खेलमा थप गोलहरु हुने थिए,' स्पेनका कोच भाइसनेट बोस्क्युले भने।होन्डुरसले रक्षात्मक खेलमा राम्रो देखाउन खोजेपनि सकेन्। हेर्न लायक सट होन्डुरसले प्रहार गर्न सकेन।

आदिवासी चलचित्र महोत्सव राजधानीमा चौथो पटक हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ७ - 'ज्ञान हस्तान्तरण' को मूल भावनामा नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव राजधानीमा चौथो पटक हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले आयोजना गर्न लागेको उक्त महोत्सवमा छनोट भएका फिल्मलाई देशका १२ प्रमुख सहरमा पनि प्रदर्शनमा लगिने भएको छ । महोत्सवमा विदेशी १९ र स्वदेशी १४ गरी ३३ वटा फिल्म, डकुमेन्ट्री, छोटो फिल्म र म्युजिक भिडियो प्रदर्शन हुनेछन् । असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी रहने प्रदर्शनमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानडा, अर्जेन्टिना, अमेरिका, स्विडेन, नर्वे र क्याम्बोडियाका फिल्म प्रतिस्पर्धामा छन् । यीसहित मातृभाषामा मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बू, सुनुवार, धिमाल, सौका र बान्तवाका स्वदेशी फिल्महरू पनि प्रतिस्पर्धामा हुनेछन् ।
महोत्सवमा देखाइने फिल्म
विदेशी
१. नागा स्टोरी - द अदर साइड अफ साइलेन्स (भारत)
२. प्रेअर्स फर न्यु गड्स (भारत)
३. एन्ड द रिभर फ्लो अन (मेक्सिको)
४. आइज अन ह्वाट्स इनसाइड (मेक्सिको)
५. लेस नोमादेस् दु सर्कल पोलेअर (जर्मनी)
६. कन्ट्याक्ट (अस्ट्रेलिया)
७. इक्वे (क्यानडा)
८. अमाजोनिया फर सेल(अर्जेन्टिना)
९. स्पेअर चेन्ज भ्यानिसिङ कल्चर्स(क्यानडा)
१०. बुसमिन अफ द कालाहारी (अमेरिका)
११. फर द नेक्स्ट सेभेन जेनेरेसन (अमेरिका)
१२. यारवंग(भारत)
१३. द अन्ली इमेज अफ माई फादर(स्विडेन)
१४. काङ्ग्लेस्का वाकन(अमेरिका)
१५ वि आर द इन्डियन्स(अर्जेन्टिना)
१६. रियल स्टोरिज : भिडियो न्याटिभ मेक्सिको(मेक्सिको)
१७. पिपुल अफ द डार्कनेस अगेन्स्ट द टाइम इन द इन्जेन(भुटान)
१८. आल्पस्(नर्वे)
१९. अम्बी जिजिज रिटायरमेन्ट(भारत)
स्वदेशी
१. माया : द लभ(नेवारी)
२. सेन मान थारेङ(गुरुङ)
३. थारेङ(तामाङ)
४. फुङ्वामा(लिम्बू)
५. पेली(लिम्बू)
६. जाथेबा(तामाङ)
७. द ब्रोकन विङ्स ब्यासी सौका को(नेपाली)
८. संस्कृति पहिचानको(सौका)
९. खोजीमा धिमाल(धिमाल)
१०. स्याथ खेमेर(सुनुवार)
११. सालेज्यु(मगर)
१२. राई वान्तवा(वान्तवा)
१३. पोंग(तामाङ)
१४. प्राङ्बोला माहाङ(तामाङ)

कांग्रेस नेतृत्वको सरकार माओवादीलाई अमान्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतिमा आगामी सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले सोमबार एकीकृत नेकपा (माओवादी) सँग छलफल प्रारम्भ गरेको छ। माओवादीसँग छलफलका लागि कावा सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेल माओवादी संसदीय दलको कार्यालयमा गए पनि माओवादी नेतृत्वले नकारात्मक जवाफ दिएको छ।सहमतीय सरकारका लागि प्रमुख तीन पार्टीमा सहमति बन्नै पर्ने अवस्थामा नेपाली कांग्रेसले अन्य दलसँग कुनै पनि छलफल नै नगरी कांग्रेसले नेतृत्व गर्ने गरी निर्णय गरेको अवस्थामा माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा नआई अर्को सरकार निर्माणको विषयमा छलफल गर्न नसकिने जवाफ दिएको थियो।पार्टी कावा सभापति कोइराला उपचारका लागि अमेरिका प्रस्थान गर्नुअगाडि माओवादीसँग छलफल गर्न कांग्रेसले अग्रसरता देखाएको हो। वर्तमान सरकारको राजीनामापछि सहमतिको सरकारको नेतृत्व आफैं गर्न संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी लागिरहेका बेला नेपाली कांग्रेसले हठात् आफैं सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो।

डिएसपी रूपकुमार न्यौपाने निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
७ असार : तराईका आपराधिक संगठनसँग साँठगाँठ गरेको अभियोगमा डिएसपी रूपकुमार न्यौपाने निलम्बित भएका छन् । गृह मन्त्रालयले सोमबार उनलाई चार महिनाका लागि निलम्बन गरेको हो । डिएसपी न्यौपाने धनुषामा कार्यरत रहँदा स्थानीय सशस्त्र समूहसँग साँठगाँठ रहेको खुलासा भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार नै उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । तर, मन्त्रालयले छुट्टै छानबिन गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले बताएको छ । राजनीतिक दलका नेतासँग समेत 'राम्रो' सम्बन्ध रहेका न्यौपानेलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले पटक-पटक आग्रह गरेपछि कार्यालयको सिफारिस पुगेको चार दिनपछि उनलाई निलम्बन गर्ने निर्णय भएको स्रोतको दाबी छ ।

Jun 21, 2010

रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ७ - कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले 'संसदीय परम्परा र विधानको व्यवस्था' अनुसार दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव राखेका छन् । तर वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले गठबन्धनलगायतका दलसँग वार्ता गरेपछि मात्रै निर्णय लिनुपर्ने अडान राखेका कारण आइतबार औपचारिक निर्णय हुन सकेन । कांग्रेस केन्द्रीय कार्यसमितिमा पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवामध्ये प्रधानमन्त्रीमा कसलाई प्रस्ताव गर्ने भन्ने सवालमा तीन दिनदेखि विवाद हुँदै आएको छ । बैठकपछि सुशीलद्वारा जारी विज्ञप्तिमा विधान र विधिअनुसार गर्ने निर्णयमा कुनै शंका र संशय नरहेको बताएका छन् । देउवा समर्थक महामन्त्री विमलेन्द्र निधिले भने कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार को बनाउने भन्ने निर्णय भइनसकेको बताएका छन् ।

आइभोरी कोस्टमाथि ३-१ को विजय ब्राजिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आइभोरी कोस्टमाथि ३-१ को विजय हात पार्दै ब्राजिलले ६ अंक जोडेर एक खेल खेल्न बाँकी छँदै दोस्रो चरणको बाटो सहज बनाएको छ। ब्राजिलका तर्फबाट फाबियानोले २ गोल गरे भने इलानोले १। आइभोरी कोस्टका लागि ड्रोग्बाले सान्त्वना गोल ७९ औँ मिनेटमा गरे।
गोलपछि खेल अनावश्यक रुपमा फेयर प्लेको मर्मविपरीत तानिएपछि ब्राजिलियन स्टार काका दुई पहेँलो कार्डका साथ रातो कार्ड पाएर मैदानबाट बाहिरिए। खेल जिते पनि ब्राजिललाई काकाको बहिर्गमन अप्रिय रहन पुग्यो। यसअघि जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोसले पनि पछिल्लो खेलमा रातो कार्ड पाइसकेका छन्। काकाले पाएको पहिलो पहेँलो कार्डमा विवाद नभए पनि दोस्रो पहेँलो कार्ड भने विवादमा तानियो। फ्रान्सेली रेफ्री ल्यान्योयले यही खेलमा ब्राजिलका लुइस फाबियानोले गरेको दोस्रो गोल हातले नियन्त्रणमा लिएर गरेको भए पनि मान्यता दिएका थिए।

मनाङका सबै विद्यालय अनिश्चित कालका लागि बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिमालपारिको जिल्ला मनाङका सबै विद्यालय आइतबारदेखि अनिश्चित कालका लागि बन्द भएका छन्।नेपाल शिक्षक संघ नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको आहृवानमा विद्यालय बन्द गरिएको हो। मनाङका शिक्षकहरुले स्थानीय र बाहिरबाट गएका शिक्षकहरुलाई समान दुर्गम भत्ता हुनुपर्ने माग गर्दै विद्यालय बन्द गराएका हुन्। उनीहरुले १५ दिन कट्टा गरिएको हिउँदे बिदा र कट्टा गरिएको महँगी भत्ता कट्टा गरिएकै समयबाट लागू हुने गरी व्यवस्था गर्नसमेत माग गरेका छन्। उनीहरुले यसअघि पटक-पटक आन्दोलन गर्दै आए पनि माग पूरा नभएको गुनासो गरेका छन्। मागहरु पूरा नभएसम्म अन्दोलन नरोकिने संघर्ष समितिका अध्यक्ष यज्ञप्रसाद घलेले बताउनुभयो। मनाङ जिल्लामा दुई उमावि दुई मावि नौ निमावि र १६ प्रावि गरी कुल २९ वटा विद्यालयहरु साचालनमा रहेका छन्। सबै विद्यालयहरु बन्द हुँदा करिब ८/९ सय विद्यार्थीहरुको पठन-पाठनमा बाधा पुगेको लोकप्रिय उमावि चामेका प्रधानाध्यापक सूर्यकुमार राजभण्डारीले बताउनुभयो।

उत्तर कोरिया ७-० ले पोर्चुगलसंग पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ७ - पोर्चुगलले गोल बर्षा गरेपछि एसीयाली राष्ट्र उत्तर कोरिया विश्वकप फुटबलको सोमबार भएको खेलमा पराजित भएको छ । उत्तर कोरिया ७-० ले पराजित भयो । खेलको २९ औं मिनेटमा राउल मिरेल्सले पोर्चुगलका लागि पहिलो खाता खोलेका थिए । खेलको पहिलो हाफसम्म उत्तरकोरिया एक गालले पछि परेपनि दोस्रो हाफमा दवावमा देखियो । दोस्रो हाफको सुरुआतसँगै सात मिनेटको अन्तरमा पोर्चुगलले तीन गोल गरेको थियो । उसकालागि ५३ औं मिनेटमा सीमाओ, ५६ औं मिनेटमा हूगो अल्मेडा, ६० औं र ८९ औं मिनेटमा टाइगो, ८१ औं मिनेटमा लेड्सन र ८८ औं मिनेटमा रोनाल्डोले लगातार गोल गरे । हारसँगै ४४ बर्षपछि विश्वकपमा सहभागिता जनाउँदै गरेको उत्तरकोरिया दोस्रो चरणमा नपुग्ने निश्चित भएको छ । अव समूह चरणको आफ्नो अन्तिम खेलमा आइभरी कोस्टविरुद्धको खेल उसकालागि औपचारिकमात्र हुने छ । समूहमा ६ अंकसहित ब्राजिल पहिलो स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको पोर्चुगलको ४ तथा तेस्रो स्थानमा रहेको आइभरीकोस्टको एक अंक रहेको छ । पोर्चुगल र आइभरीकोस्टले पहिलो खेल गोल रहित टुङ्याएका थिए । अव समूह चरणको अन्तिम खेलमा ब्राजिलले पोर्चुगल तथा आइभरीकोस्टले उत्तरकोरियाको सामना गर्ने छ ।

इरानले पृथकतावादी सुन्नी नेतालाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ इरानले पृथकतावादी सुन्नी नेतालाई मृत्युदण्ड दिएको छ । आतंकवादी आन्दोलनमा लागेको आरोपमा अब्दुल मलिक रिगीलाई फासीको सजाय दिइएको हो । सरकारी समाचार एजेन्सीका अनुसार जुदुल्लाहका नेता अब्दुल मलिक रिगीलाई तेहरानस्थित जेलमा आइतबार फासी दिइएको हो । उनलाई फासी दिइँदा परिवारको उपस्थिति थियो । उनलाई सिस्तान-बलोचिस्तान प्रान्तमा भएको बम हमलाको जिम्मेवार ठहर्‍याइएको छ । रिगीलाई फेब्रुअरीमा दुबईबाट किर्गिस्तानको हवाई यात्राको क्रममा पक्राउ गरिएको थियो । २००३ मा गठन गरिएको जुदुल्लाह संगठन बलोच नागरिकको मानवअधिकार र संस्कृतिका लागि खोलिएको रिगीले दाबी गर्दै आएका थिए । इरान सरकारले जुदुल्लाह संगठनलाई अमेरिका, बि्रटेन र पाकिस्तानले सहयोग गरेको आरोप लगाउँदै आएको छ । तर, तिनै देशले यस आरोपको खण्डन गर्दै आएका छन् । इरानमा अधिकांश बलोच नागरिक सिस्तान-बलोचिस्तान इलाकामा बस्छन् । उनीहरू सुन्नी समुदायका हुन् । सिया बाहुल्य इरानमा सुन्नीविरुद्ध भेदभाव हुने गरेको आरोप सुन्नी समुदायले लगाउँदै आएको छ । सिस्तान-बलोचिस्तान अत्यन्त गरिबीको रेखामुनि छ । लागूऔषधको व्यापार, अपहरण र हिंसा यस इलाकाका प्रमुख समस्या रहेका छन् । जुदुल्लाहले सिस्तान-बलोचिस्तानमा भएका कैयौँ ठूला हमलाको जिम्मेवारी लिएको छ ।

Jun 20, 2010

मेघालयमा भएका घटना विषयमा कुरा उठाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ असार : अनौपचारिक भारत भ्रमणमा गएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतीय उच्च सरकारी अधिकारी तथा राजनीतिक दलका नेताहरूसित भेटघाट गरेकी छिन् । भेटमा उनले मेघालयमा भएका हिंसात्मक घटनामा नेपालीभाषी मारिएको विषयमा कुरा उठाएको स्रोतले बताएको छ । मन्त्री कोइरालाले मेघालयमा नेपालीभाषीमाथि भएको ज्यादतीका बारेमा भारतीय विदेशसचिव रावसँग कुरा गरेकी थिइन् । सचिव रावले मेघालयमा जातीय द्वन्द्व भएको र क्रसफायरमा परेर केही नेपाली मारिएको स्वीकार गरेको स्रोतले उल्लेख गर्‍यो । 'नेपालीभाषीमाथि टार्गेट गरिएको थिएन,' सचिव रावको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, 'त्यो जातीय द्वन्द्व थियो, हामी त्यसप्रति गम्भीर छौँ ।' उनले भारतीय वित्तमन्त्री प्रणव मुखर्जी, विदेशसचिव निरुपमा राव, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र नेता लालकृष्ण आडवाणीसँग भेटेकी छिन् ।

क्यामरुन फुटवल प्रतियोगिताबाट बाहिरियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ६ - क्यामरुन विश्वकप फुटवलबाट बाहिरिने पहिलो टिम बनेको छ । समूह ई मा रहेको क्यामरुन शनिबार राति भएको खेलमा डेनमार्कसंग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । समूहगत चरणका दुई खेलको समाप्तीमा क्यामरुन दुवै खेलमा पराजित भएको थियो । रातिको खेलमा इटोको गोलबाट क्यामरुनले खेलको १० औं मिनेटमा अग्रता लिएको थियो । तर पहिलो हाफको ३३ औं मिनेटमा बेन्डटनर गोल गर्दै डेनमार्कलाई जितको आश गराएको थियो । ६१ औं मिनेटमा डेनिस रिमीटाललले गोल गरेपछि डेनमार्कको अग्रता कायम नै रह्यो । डेनमार्कले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेको छ । समूह ई मा नेदरलैण्ड ६ अंकमा सामान ३ अंक भएपनि जापान दोस्रो र डेनमार्क तेस्रो स्थानमा छ ।

दक्षिण चीनमा बाढी–पहिरोमा परी १ सय ३२ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, असार ६- दक्षिण चीनमा आएको बाढी–पहिरोमा परी आइतबार बिहानसम्म १ सय ३२ जनाको मृत्यु भएको छ भने पहिरोमा परेका दुई दर्जनसहित ८६ जना हराइरहेका छन्। एक सातापहिले सुरु भएको भारी वर्षाले दुई लाख असी हजार मानिस प्रभावित भएको बाढी नियन्त्रण तथा राहत वितरण कार्यालयले जनाएको छ।
बाढीबाट दक्षिण चीनका फुजियान, हुनानलगायत् नौ वटा प्रान्त प्रभावित भएका छन्। सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनिया समाचार संस्थाहरूले पाँच लाख हेक्टर जमिनको बाली तथा ६८ हजार घर नष्ट हुँदा दश करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको जनाएका छन्।सरकारी सिसिटिभीले प्रभावित मानिसलाई साना डुङ्गा र फेरीमा राखेर स्थानीय सुरक्षाकर्मीले उद्दार गरिरहेको देखाएको छ। सरकारले आइतबार तीन वटा उद्दार टोली प्रभावित क्षेत्रमा पठाएको छ।बाढीले बगाएर विद्युत् लाइन काटिएको छ भने रोड भत्किएको छ। पर्ल लगायतका २० वटा नदीमा आएको बाढीले सुरक्षा सङ्केत नाघेको जनाउँदै राष्ट्रिय मौसम मापन केन्द्रले वर्षा अझै बढेर १८० देखि २०० मिलिमिटरसम्म पुग्ने चेतावनी दिएको छ।

बराबरीसँगै अस्ट्रेलिया विश्वकपबाट बाहिरियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहानसबर्ग/ अफ्रीकन टोली घानाले शनिबार अस्ट्रेलियालाई १-१ को बराबरीमा रोक्न सफल भएको छ । बराबरीको नतिजासँगै समूह 'सी' बाट एसियाली राष्ट्र विश्वकप फुटबलबाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रेलिया लगातार दोस्रोपटक पहिलो चरणबाटै बाहिरिएको हो । दोस्रो चरण समाप्तिसँगै घानाले सर्वाधिक ४ अंक बटुल्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ । तीनपटकको विजेता जर्मनी तीन अंकका साथ दोस्रो स्थानमा छ । जर्मनीमाथिको जितपछि सर्बिया तीन अंकका साथ तेस्रो स्थानमा छ । सर्बियाको दोस्रो चरण पुग्ने आशा यथावतै छ । दुई खेलबाट एक अक मात्र बटुलेको अस्ट्रेलिया पुछार रह्यो । पहिलो खेलमा अस्ट्रेलिया जर्मनीबाट ३-० ले पराजित भएको थियो । खेलको २४औँ मिनेटमा अस्ट्रेलिया दस खेलाडीमा सीमित भएको थियो । ह्यारी किविलले घानाका खेलाडीलाई टयाकल गर्दा रातो कार्ड पाएका थिए । त्यसपछि रेफ्रीले घानालाई पेनाल्टी प्रहार गर्न दिए । विवादास्पद पेनाल्टीमा असामोह गुएनले सहजै घानालाई १-० ले अगाडि बढाए । स्ट्राइकर मार्क ब्रेसिएनोले अस्ट्रेलियालाई खेलमा फर्काएका थिए । उनले गोलरक्षक रिचार्ड किङ्सको गल्तीमा गोल गरेका हुन् । खेलमा अस्ट्रेलियाले घानालाई दबाबमा राखेको थियो । खेलको ४४औँ मिनेटमा केभिन प्रिन्सको उत्कृष्ट प्रहार घानाका डिफेन्डरले क्लियर गरेका थिए ।

सेतो बाघ अब MP3 मा पनि उपलव्ध हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतार, अषाढ ५ - सुन्ने किताप अडियो बूक सेतो बाघ र विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त अब MP3 मा पनि उपलव्ध हुन थालेको छ । सीडीमा नेपालकै पहिलो सुन्ने किताप विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त र त्यसपछि डायमनशम्शेर राणाको सेतो बाघ देश विदेशका स्रोताहरुमा लोकप्रिय भएका थिए । ती अडियो बूकका प्रकाशक वेभ्स इटीसी लिमिटेड लण्डनका अनुसार उपलव्ध प्रविधिको सहज पहुंचका कारण सरल मूल्यमा ती अडियो बूकहरु सर्वसाधारणमा पुर्याउने उद्येश्यले पुनः प्रकाशित गरिएको हो । MP3 मा उपलव्ध भएपछि ती सुन्ने कितापहरु अब आइपड् जस्ता श्रव्यसाधनहरुमा सार्न पनि सहज भएको छ ।
खगेन्द्र नेपालीको वाचनमा रेकर्ड गरिएका ती अडियो बूक नेपालमा सीडी उत्पादन, वितरण र बिक्री कमिशनवारेको लागत खर्च प्रति पुस्तक रु १५० मा नेपालका पुस्तक पसल तथा म्युजिक भिडियो पसलहरुमा उपलव्ध गराइएको प्रकाशकहरुको भनाई छ ।
रमेश विकलको अविरल बग्दछ इन्द्रावती आगामि अडियो बुकका रुपमा प्रकाशित हुने क्रममा रहेको पनि थाहा पाइएको छ । अडियो बुक घरको काम गर्दा, यात्रामा रहंदा, आराम लिंदा सुन्न सकिन्छ भने दृष्टि गुमाएका र पढन असक्त बृध्दावस्थाका व्यक्तिहरुले पनि स्तरीय साहित्यिक श्रृजनाहरुबाट वन्चित हुनपर्दैन ।

युएईमा लिम्बुहरुको उभौली कार्यक्रम भव्यताका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,युएई/मबि खजुम लिम्बु
युएई को इतिहास मै पहिलो पटक किराँत लिम्बुहरुले किराँत पर्व उभौली (यक्वा तङ्नाम) को अवसरमा किराँत याक्थुङ चुम्लुङ युएई द्वारा साँस्कृती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ १८ तारिक शुक्रवार को दिन बरदुबाई स्थित इम्पेरियल होटलको आठौ तलामा आयोजना भएको उक्त कार्यक्रम साँझ ४:३० बजे सुरु भएको रातको १० बजे सम्म चलेको थियो। किराँतहरुको लागी यो समय भनेको एक्दमै महत्वपुर्ण मानिन्छ किनकी यहि बेला खेतमा अन्नबाली लगाएर तागेरानिङवाफुमाङ(किराँतहरुको मुख्य देवी) संग प्राथना गर्दछन, हाम्रो अन्नबाली राम्रो होस नबिग्रीयोस अकाल भुकाल नपरोस सप्रीयोस सबैलाई पुगोस भनेर गाँउ घरमा सबैजना एकै ठाँउमा भेला भएर ढोल झ्याम्टा बजाएर तरुनी तन्नेरी बुढापाकाहरु सबै जना नाच्ने गर्दछन। त्यसै संझना तथा समय अनुसार आयोजना गरिएको यस महान पर्व उभौली कार्यक्रम उदघाट्न गरि स्वागत मन्तब्य श्री समदशी काइलाले गर्नु भएको थियो भने उभौली पर्ब र किरात समुदाय बारे श्री चहक आङ्बुहाङले दर्शकहरु लाई प्रष्ट पार्नु भएको थियो भने, लिम्बुवान र संघिय राज्य समरचना तथा नेपालको राजनैतीक अवस्था बारे किराँत याक्थुङ चुम्लुङका भुतपुर्व अध्यक्ष श्री चन्द्र चेम्जोङ र श्री भुवन राइले मन्तब्य दिनु भएको थियो साथै बिभिन्न बक्ताहरुले सुभकामना मन्तब्य दिनु भएको थियो। उभौली पर्बको सम्योजक्त्व चुम्लुङ्का महासचिब श्री सरोज पहाङगो र श्री नन्द ताम्लिङले गर्नु भएको थियो। मन्तब्य को क्रममा २०६३ को अन्तरिम संबिधानले देशको नाम नै संघिय लोक्तान्त्रीक गणतन्त्र नेपाल घोषणा गरि सकेपछि पनि कुनै कुनै नेताले संघियतामा जानु हुदैन भन्नु भनेको अहिले को स्थितीमा युनिटी लाईफमा लाग्नु भनेको जस्तैहो भन्ने श्री चन्द्र चेम्जोङको भनाईमा दर्शकहरुले जोडदार तालिबजाएर समर्थन गरेका थिए। आदीवासी जनजाती हरुको साँस्कृती झल्कने आफ्नो मौलिक निर्त्यहरु च्याभ्रुङ नाच, साकेला नाच, घाटु नाच, सोरठी, तामङ सेलो, आ-आफ्नो जातिय पहिरनमा सजिएर युवा युवतीहरुले स्टेजमा प्रस्तुती देखाउदा एक्छिनको लागी भए पनि सबै दर्शकलाई गाँउ घर मै पुर्याई दिएको थियो। दर्शकरु पनि के कम के वृदा के युवा सबैजना कलाकार हरुको ताल मा ताल मिलाएर स्टेज बाहिर एसी भएको हलमा पनि पसिना पसिना हुदै उफ्रीरहेको देखिन्थ्यो। त्यो जोस देखेर पनि लाग्थ्यो मनिस चाहे संसारको कुनै पनि कुना मा किन नहोस तर आफ्नो संस्कृती लाई संधै बचाई राख्न एकदमै चाहन्छ। साथै युएईका चर्चित कलाकरहरुले पप गीत तथा आधुनिक गीतहरु पस्किएर दर्शक लाई बुरुक बुरुक उफारी रहेको थियो भने युएईका चर्चित धनकुटे कान्छाले बिभिन्न चराचुरुङी को आत्माकथा सँगै आवाज निकालेर दर्शकहरुलाई हसाई रहेको थियो।
किराँत याक्थुङ चुम्लुङ युएई का अध्यक्ष श्री पी एस लिम्बु को सभापतित्वमा सम्पन्न यस कार्यक्रममा नेपाली दुतावासका नियोग उपप्रमुख दिपक अधिकरी प्रमुख अतिथिमा आसन ग्रहण गर्नु भएको थियो भने युएईमा भएको बिभिन्न सामाजीक सांस्थामा रहेर नेपालीहरुको पहिचानको निम्ती निरन्तर कलम चलाउनुहुने तथा तनमनले निरन्तर लागिरहनु भएका महानुभावहरु अतिथी आसन ग्रहणमा हुनुहुन्थ्यो स्पेसिअल अतिथीमा एन आरएनए आईसीसी कोसाध्यक्ष, रामेश्वोर शाह तथा अन्य अतिथीमा नेपाली समाज्, युएई, अध्यक्ष यम प्रसाद तमु ,एन आरएन ए, एनसीसी, युएई अध्यक्ष सी एम ढकाल, नेपाली आदिबासी महासंघ का अध्यक्ष भुवन राई, प्रवासि नेपाली संघ युएई अध्यक्ष यमलाल सर्मा, नेपाली जनसम्पर्क समिति युएई अध्यक्ष चित्र केसी, गैर आवासिय नेपाली संघ रुसका सम्योजक श्री मधु माधुर्य, दुबाई नेपाल राहत प्रतिष्ठान युएई कार्यबाहक अध्यक्ष टेक थजालि मगर, नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष जाकीर हुसेन, नेपाली युवा समाज् युएई अध्यक्ष गणेश मगर तमु समाज युएई अध्यक्ष राजु तमु, मगर संघ युएई अध्यक्ष गिरमान थपामगर, किराँत राई यायोक्खा युएई अधय्क्ष कटक राईतामाङ समाज युएई अध्यक्ष छत्र लामा, नेपाली मुस्लिम फोरम युएई अध्यक्ष ई आयुब मोहम्मद्,अन्तराष्टृय नेपाली सहित्य समाज युएई अध्यक्ष समदर्शि काईला, सर्वदा वाङमय युएई अध्यक्ष लक्ष्मण साप्कोटा,एकता समाज युएई अध्यक्ष शिवराज जैशि,लुम्बिनि वेलफेर सोसाईटी युएई अध्यक्ष डी एल शर्मा, ईलामेलि समाज युएई अध्यक्ष तुलसी तामाङ,पाँचपोखरी समाज युएई अध्यक्ष पदम् दोङ अतिथी आसन ग्रहणमा हुनुहुन्थ्यो। कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ युएइ कार्यसमितिका प्रबक्ता मिक लिम्बु र निमेश गिरीले सन्चालन गर्नु भएको थियो।

लिम्वुवान राष्ट्रिय मोर्चाको प्रेस विज्ञप्ती

मुलुकमा दिगो शान्ती स्थापना, संघात्मक शाशन प्रणालीमा आधारित नया नेपालको संरचना सहितको नेपाली जनताको चाहाना अनुरुपको संबिधान यहि २०६७ जेठ १४ गते भित्र निर्माण गरि सक्ने जनताबाट म्याण्डेट प्राप्त बिभिन्न दलबाट प्रतिनिधित्व गर्ने संविधानसभाका पदाधिकारीहरुले मुलुक र जनताको आवश्यकता तथा जनचाहाना बिपरित आफ्नो व्यक्तिगत तथा पार्टीगत स्वार्थमा मात्र केन्द्रीत रहेर राष्ट्रिय समस्याहरुलाई छांयामा पार्ने काम तथा आफु सरकारमा जाने होडबाजीका कारण मुलुक अझ संकटमा फस्न गैरहेको र संविधानसभाका पदाधिकारीहरुले आफ्नो जिम्मेवारिलाई बिर्सेर वलात मुलुकलाई संकटमा फसाउने घृणित खेल जस्ता निन्दनीय कार्यहरु भैरहेको संकेत सबैमा स्पष्ट भएकोले यसतर्फ हामी सबै नेपाली नागरिकहरुको ध्यानाकर्षण हुन र खबरदारी गर्न अत्यन्त जरुर भएको हाम्रो ठहर छ । गत जेष्ठ १४ गते अन्तीम पटक भएको सहमति अनुसार राष्ट्रिय सरकारको गठन यथासक्य चांडो हुनुपर्नेमा त्यसको कुनै संकेत नआउनु भनेको कुनै बिदेशी शक्तिको आडमा फेरि मुलुकलाई संकटमा फसाउने तथा मुलुकलाई गृहयुद्धतिर धकेल्ने खतर्नाक चालबाजी त होईन ? भन्ने शंका गर्नु पर्ने आधारहरु छन् । तर्सथ यदि जिम्मेवार सरकार हो भने अव यस्तो खेल वन्द गरी चांडोभन्दा चांडो यो सरकारले राजिनामा दिई नयां राष्ट्रिय सरकारको गठन गर्ने मार्ग प्रसस्त गर्नु पर्दछ । यसै सन्दर्भमा साझा विचारले संविधान निर्माण गर्न र यो संविधानमा स्पष्टसंग संघीय गणतन्त्र, धर्म निरपेक्ष राज्य, स्वायत्त राज्यहरुको ऐतिहासिक आधारमा सिमाना छुटयाई "अरुण सप्तकोशी पूर्वको सम्पूर्ण ऐतिहासिक लिम्वुवानभूमि यो नयां स्वायत्त राज्यको खाकामा पारी लिम्वुवान स्वायत्त राज्य वनाई लिम्वुवानी जनताको भावनाको कदर गर्न समेत यसै बिज्ञप्ती मार्फत्त सुभावका साथै जोडदार आग्रह गर्दछौ ।
मिती-जुन २०१०
अध्यक्ष
दिल पालुङवा लिम्वु
महासचिव
अविचन्द्र र्इङनाम
लिम्वुवान राष्ट्रिय मोर्चा