News

Jan 30, 2013

सत्तारुढ गठबन्धनका २१ दलको आम सभा खुलामञ्चमा जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ १७ सत्तारुढ गठबन्धनका २१ दलको आम सभा खुलामञ्चमा जारी छ। बाबुराम भट्टराई नेतृत्वको सरकारबिरुद्ध बिपक्षीले विरोधका कार्यक्रम सञ्चालन गर्न थालेपछि सत्तारुढ लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले जनजागरणका लागि सभा आयोजना गरेको हो। सभामा प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्। सभालाई सम्बोधन गर्दै एनकेपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन चाहनेहरु गठबन्धनमा केन्द्रित भएको बताए। 'यो विशुद्ध कुर्सीको निम्ति नभइ मुद्दाको निम्ति निर्माण भएको गठबन्धन हो', उनले भने। सभाका वक्ताले अधिकांश समय विपक्षीलाई गाली गरे पनि दाहालले भने- 'विपक्षीलाई आरोप गर्ने सभा हुनु हुँदैन यो। यो हाम्रा मुद्दा भन्ने सभा हो। तपाइँहरुले आज सुन्नुभयो सभा कसैको भण्डाफोर गर्ने हिसाबले भएको छैन।' संघीयताविरुद्ध विभिन्न खाले षड्यन्त्र भइरहेको बताउँदै दाहालले नयाँ राष्ट्रिय एकताको तागत पैदा गरेर अघि बढ्न गठबन्धन जरुरी भएको उल्लेख गरे। उनले कांग्रेस एमालेलाई आह्वान गर्दै भने- 'तपाइँहरुले अहंकार गरिराख्नु भो भने यसले तपाइँहरुलाई ठूलो क्षति हुनेवाला छ।' विपक्षीको घमण्ड कायम रहे अन्तिम लडाइँ सुरु गरेर अस्तित्व समाप्त पार्दिने चेतावनी दाहालको थियो। सभालाई सम्बोधन गर्दै एनेकपा माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरु परिवर्तनको प्रक्रिया पूरा गरेर अघि जान चाहेको बताए। सरकार प्रमुखको जिम्मेवारीमा रहेका उनले २२ वर्षसम्म सरकार चलाउनेहरुले अहिलेको विसंगत अवस्थाको दोष आफूहरुलाई दिन नमिल्ने जिकिर गरे। राजधानीको सडक फराकिलो पार्ने कार्यलाई ठूलो उपलब्धिको रुपमा व्याख्या गर्दै उनले सरकार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए। वाइसिएलले काभ्रेका पत्रकारलाई कुटेको र दैलेखका पत्रकार विस्थापित भएको घटनाबारे मिडियामा आएको विषयलाई सम्बोधन गर्दै उनले भने- 'यो सरकार सबभन्दा बढी पत्रकारप्रति प्रतिबद्ध सरकार हो।' कांग्रेस एमाले चुनावदेखि भागेको बताउँदै प्रधानमन्त्री भट्टराईले उनीहरुलाई नत्थी लगाएर चुनावमा ल्याउने बताए। 
 *** सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने- 'संघीयताविरोध विपक्षीविरुद्ध यो गठबन्धन बनाइएको हो। पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नआएसम्म गठबन्धन कायम रहनु पर्छ।' उनले संविधानसभाको चुनावबाटै पहिचान सहितको संघीयता प्राप्त गर्ने दाबी गरे। कांग्रेस एमालेका नेताहरुलाई उनले गठबन्धनको विरोध गर्न छोड्न आग्रह गर्दै गच्छदारले प्याकेजको सहमतिका लागि आउन कांग्रेस-एमालेलाई आग्रह गरे। 
 *** तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विपक्षीहरुले सत्ता मात्र खोजेकाले समाधान निस्कन नसकेको बताए। सभालाई दलिलत जनजाती पार्टीका विश्वेन्द्र पासवान, सद्भावना पार्टीका राजेन्द्र महतो बोलेका छन्। खुलामञ्च प्रधानमन्त्री बाबुराम भट्टराई, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत गठबन्धनमा रहेका दलहरुका शीर्ष नेता उपस्थित छन्। 
 *** बाबुराम भट्टराई नेतृत्वको सरकारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आज राजधानीका विभिन्न ठाउँबाट निकालिएको र्‍याली अहिले खुलामञ्चमा सभामा परिणत भएको छ। विपक्षी गठबन्धनले हिजो सहिदगेटमा कोणसभा र र्‍याली गर्दै शक्ति प्रदर्शन गरेलगत्तै सत्तापक्षीयले पनि आज त्यस्तै कार्यक्रम गरेको हो। यसअघि खुलामंचमा हुने कार्यक्रमको लागि उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निस्कने क्रममा काठमाडौँको ट्राफिक अस्तव्यस्त भएको थियो। महानगरीय ट्राफिक महाशाखाका अनुसार भद्रकालीको र्‍यालिका कारण सिंहदरबारबाट भद्रकालीतर्फ जाने सवारी साधनलाई सिंहदरबारबाट डाइभर्सन गरिएको छ। त्यस्तै त्रिचन्द्र क्याम्पसबाट शुरु भएको र्‍यालीको कारण पुतली सडकबाट बागबजार हुँदै चल्ने सवारी साधनहरु चल्न सकेका छैनन्। र्‍यालिकै कारण चक्रपथ भएर भित्र चल्ने सार्वजनिक स वारी साधनलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ । बानेश्वर , तिनकुने ,सिंहदरबार , पद्मोदयमोड , पुतली सडक, त्रिपुरेश्वर , कालिमाटी, कुपन्डोल, बसुन्धारा लगायत विभिन्न स्थानमा सवारी चाप रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

ट्वीटरको भिडियो शेयरिङ एप्सलाई लिएर नयाँ विवाद सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ट्वीटरको भिडियो शेयरिङ एप्सलाई लिएर नयाँ विवाद सुरु भएको छ । पछिल्लो दिनमा ट्वीटरले भिडियो एप्स सुरु गरेको थियो । जसको माध्यमबाट प्रयोगकर्ताहरुले छोटो भिडियो क्लिप अपलोड गर्न सक्छन् । तर, यसको प्रयोग गरेर पोर्न समाग्री अपलोड तिब्र भएको छ, जसको चर्को आलोचना भएको छ । नियन्त्रण कम र आपत्तिजनक सामाग्रीमा रोक लगाउने व्यवस्था नहुँदा भिडियो एप्सको गलत प्रयोग भएको पाइएको डेलिमेलले जनाएको छ । समाचारमा जनाइएअनुसार यो एप्स प्रयोग गर्दा आपत्तिजनक सामाग्री अपलोड गर्न नपाउने भनी प्रष्ट उल्लेख छैन । यद्यपी उक्त सामाग्रीलाई अनुचित भन्न एक बटम भने राखिएको छ । यो बटममा क्लिक गर्नुको अर्थ उक्त भिडियो समाग्री हटाएको भने हैन । ट्वीटरमा उक्त सामाग्रीसम्वन्धी चेतावनी आएपनि त्यस्तो भिडियो ट्वीटरमा रहिरहन्छ । फेसबुक र युट्युवमा भने यस्ता तस्वीर र भिडियोमाथि रिपोर्ट भएमा आबश्यक छानविनपछि हटाउने ब्यबस्था छ ।

बराह ज्वेलरीका सञ्चालक हङकङमा मृत भेटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ माघ, हङकङ,बराह ज्वेलरीका सञ्चालक इन्द्रकुमार विश्वकर्माको मंकी हिलमा मृत भेटिएका छन् । उनी शुक्रबारदेखि सम्पर्क बाहिर रहेका थिए । स्थानीय ओरियण्टल दैनिकको अनलाइन संस्करण अनुसार उनको शव कामसान कन्ट्री पार्कस्थित भिरालो जंगलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । उनले आत्महत्या गर्न लागेको र खोजी नगर्नु भनेर मोबाइल मार्फत श्रीमतीलाई बताएको समाचारमा उल्लेख गरिएको छ । विश्वकर्माका व्यापारिक सहयोगी लवकुमार गुरुङले उक्त समाचारमा उल्लेख गरिएको विवरण सत्य रहेको पुष्टि गर्दै भने-’शुक्रबार बेलुका किरण बहिनीले इन्द्र दाइले फोनमा भनेको कुरा बताउने बित्तिकै प्रहरीलाई खबर गरेर हामी पनि खोजीमा लागेका थियौं, कुकुरसहित रातभर खोज्दा पनि अत्तोपत्तो पाउन सकिएन ।’ उनका अनुसार विश्वकर्माले मोवाइलमा श्रीमतीलाई पहिला घुम्न गएको ठाउँमा आफू रहेको र खोजी नगर्नु भन्दै सम्पर्क विच्छेद गरेका थिए । प्रहरीले शव भेटिएको खबर गरेपछि घटनापश्चात नेपालबाट आएका उनका छोरा शिव लामिछानेलगायतले मंकी हिल पुगेर उनको पहिचान गरेका थिए । ‘बुवाले आत्महत्या गर्नु हुन्छ भन्ने कल्पनासमेत गरेका थिएनौं, त्यही भएर घटनाको बारेमा केही भन्न सकिन्न’लामिछानेले भने-’प्रहरीको प्रक्रिया पुरा भएपश्चात लास नेपाल लाने मनस्थितिमा रहेका छौं ।’ धरानबाट शुरु भएको बराह ज्वेलरीको काठमाडौं, पोखरा र बेलायतपश्चात गत जूनमा हङकङमा शाखा खोलिएको थियो । त्यसपश्चात विश्वकर्मा नेपाल-हङकङ ओहोर-दोहोर गरिरहेका थिए ।

चीन सैन्य शक्तिमा नम्बर १ बन्ने तयारी गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनले सैन्य शक्ति निर्माणमा विश्वमा पहिलो स्थान प्राप्त गर्ने प्रयासहरु सफलताका साथ परीक्षण गरेको सार्वजनिक गरेको छ। आफैँले उत्पान गरेका मालवाहक विमानको सफल परीक्षण गरेर चीनले सैन्य क्षेत्रमा नयाँ फड्को मार्ने कुराको सार्वजनिक गरेको हो । स्थानीय तहबाट नै निर्माण गरिएका विमान, ट्यांक र फौजलाई कठिन हिमाली क्षेत्रमा उर्तान सक्ने क्षमताको ‘वाई–२०’ नाम गरेको एक विमानलाई उसले सफलताका साथ प्ररीक्षण गरेपछि यस्तो बताएको हो । सिन्ह्वाले जनाएअनुसार उत्तर–पश्चिम चीनमा विमानको सफल परीक्षण गरिएको छ । स्थानीय जनशक्तिको प्रयोग गरेर बनाएको उक्त युद्ध विमान तिब्बतजस्ता कठिन हिमाली भूभागमा युद्ध सामग्री तथा फौज उतार्न सफल भएको चीनले सार्वजनिक गरेको छ । यो निर्माण गरेसँगै चीनले आफूलाई युद्धक्षेत्रमा सामान ओसारपसार गर्नका लागि विमान निर्माण गर्न सफल भएको प्रमाणित गरेको छ । यस अघि युद्ध क्षेत्रमा मालसामान ओसार पसारका लागि अमेरिकाले ‘सी–१७’ र रुसले ‘‘इल–७६’ नामक विमानको निर्माण गरेका थिए । युद्ध क्षेत्रमा प्रयोग हुने मालवाहक विमानको विश्वबजारमा अमेरिका र रुसको आधिपत्य रहेका बेला चीनले आफूलाई समेत उक्त ठाउँमा उभ्यउँन सफल भएको हो ।

Jan 29, 2013

इरानले अन्तरिक्षमा पठाएको बाँदर पृथ्वीमा अवतरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इरानले अन्तरिक्षमा पठाएको एक बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गराइएको इरानको सरकारी समाचार संस्थाले उल्लेख गरेको छ। आफ्नो अन्तरिक्ष अभियानलाई सफल बनाउँन इरानले अन्तरिक्षमा बाँदर पठाएको थियो । बाँदरलाई सफलतापूर्वक पृथ्वीमा अवतरण गरेपछि इरानले आफ्नो अन्तरिक्ष परिक्षण सफल भएको दाबी समेत गरेको छ । इरानको सरकारी सञ्चार माध्ययम झर्नालाई उल्लेख गर्दै समाचार संस्थाहरुले लेखका छन् इरानको अन्तरिक्ष अभियान र केही दिनअघि होमुर्जको खाडीको मिसाइल परीक्षणको सफलताबाट इजरेल र अमेरिकीहरु सशंकित बनेका छन् । इरानले गत साता अन्तरिक्षमा पठाएको बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको दाबी गरेको हो । बाँदरलाई अन्तरिक्षबाट सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको मिति सार्वजनिक नगरि त्यहाँको सरकारी सञ्चार माध्यमले इरानले बाँदरको प्रयोग गरेर अन्तरिक्ष यात्रामा सफलता प्राप्त गरेको बताएको छ । इरानले सन् २०११ मा नै अन्तरिक्ष अभियानलाई अगाडि बढाउँने बताए पनि २०१३ मा मात्र यस्तो परीक्षण गरेको हो ।

साहित्य श्रृङ्खला हङकङले कृतिको समिक्षा र वाचन गर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली साहित्य प्रेमीहरूको साझा श्रृङ्खला नवौं स्थानीय जोर्डनको नेपाली महासंघको कार्यालयमा सौहाद्वपूर्ण रूपमा सम्पन्न भएको छ । धारावाहिक रूपले भैरहेको यस कार्यक्रममा विगतझैं महिनाको अन्तिम आईतवार विहान चन्द्र मादेन "आन्छन्"को संयोजकत्वमा सचांलन र सम्पन्न भएको छ। विशुध्द नेपाली वाङ्मयको संम्वर्द्वन र संम्रक्षण गर्ने हेतुले भैरहेको यस कार्यक्रममा हङकङवाट जन्मिएका सृजनाहरू माथि वहस गरिने गत महिनाको प्रस्ताविक निर्णय अनुरूप कवि चन्द्र मादेन "आन्छन्" को कृति "कुण्ठित मनका चित्कारहरू" को विषयमा उपस्थित श्रष्टाहरूवाट गहिरो समिक्षात्मक टिप्पोणी गरिएको थियो । उक्त श्रृङ्खलामा विभिन्न कविता, गजल र मुक्तक सुनाउने कवि र कवयित्रीहरू - प्रकाश छाङ्छा राई, डी वी पालुङ्वा, पूर्णिमा शाह, विष्णु ईङ्नाम, आशिष साम्पाङ् महेश र चन्द्र मादेन "आन्छन्" थिए भने अन्य साहित्य अनुरागीहरू विमल राई, त्रिभुवन लुङ्फुङ्वा, टोप व राई याक्खा, गीता राई आदिहरूको सृजनामाथि सुझाव र समालोचन भएको थियो । अर्को महिनाको लागि कवयित्री पूर्णिमा शाहको सृजना "त्यो प्याजी रूमाल" माथि समिक्षात्मक वहस हुने प्रस्ताविक निर्णय भएको थियो ।

फेसबुकका मालिक जुकरबर्ग कार्यकर्ता बनेर राजनीतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फेसबुकका मालिक तथा सहसंस्थापक मार्क जुकरबर्ग राजनीतिमा लागेका छन् । नेपालमा भएको भए यस्ता चर्चित व्यक्तिलाई कुनै पार्टीले ठूलै पद दिएर भित्राउँथ्यो होला । तर जुकरबर्ग भने एक जना नेताको कार्यकर्ता बनेर राजनीतिमा पाइला हाल्न लागेका हुन् । जुकरबर्ग अर्को महिनादेखि न्यु जर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीको चुनावी अभियानमा होमिन लागेको फेसबुकले पुष्टी गरेको छ । अर्बपति जुकरबर्ग क्रिसको चुनावी अभियानका लागि खर्च जुटाउने कार्यक्रमहरुमा सहभागि हुनेछन् । यसै क्रममा मध्य फेब्रुअरीमा उनको क्यालिफोर्नियास्थित पालो अल्टोमा रहेको घरमा एक कार्यक्रमको आयोजना हुनेछ । न्यू जर्सी राज्यका गभर्नर क्रिस्टी समेत सहभागि हुने उक्त कार्यक्रम आगामी गभर्नरको चुनाव र त्यसको प्रचार अभियानका विषयमा केन्द्रीत हुनेछ । स्मरण रहोस् रिपब्लिकन पार्टीका क्रिस्टीलाई अमेरिकाका भावी राष्टपतिका प्रत्यासी समेत ठानिएको छ । रिपब्लिकन पार्टीको कार्यकर्ता बनेका पति जुकरबर्ग भावी राष्टपतिलाई बोलाएर घरमा राजनीतिक कार्यक्रम गर्न लागेको प्रति जुकरबर्गकी पत्नी पि्रस्सीला पनि खुसी रहेको एएफपीले जनाएको छ । स्मरण रहोस् जुकरबर्ग र क्रिस्टी ३ वर्षदेखि मिल्ने साथीको रुपमा रहेका छन् । जुकरबर्गको घरमा हुने चुनावी कार्यक्रमबाट ३ हजार ८ सय अमेरिकी डलर रकम उठ्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधि विवादले एमाओवादी अधिवेशनमा कुर्सी हानाहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रतिनिधि छनौटको विषयलाई लिएर एमाओवादी पर्सा जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ । संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि छनौट हुनेको नाम भने लगत्तै असन्तुष्ट पक्षले मञ्चमा चढेर कुर्सी भाँच्दै तोडफोड गरेका हुन् । वीरगञ्जस्थित नगरसभागृहको मञ्चमा भएको तोडफोडमा ११ कुर्सी भाँचिएको बताइएको छ । प्रतिनिधि छनौटमा जिल्ला इन्चार्ज छत्रबहादुर श्रेष्ठले आफ्ना आसेपासेलाई छनोट गरेको भन्द असन्तुष्ट पक्ष विरोधमा उत्रिएका हुन् । उक्त विरोधपछि श्रेष्ठ, सहइन्चार्ज बाबुराम कौशिक सहितका नेताहरु फरार रहेका छन् । जनयुद्ध लडेर आएका त्यागी नेताहरुलाई पछि पारि आफ्ना आसेपासेलाई छनोट गरेको आरोप श्रेष्ठलाई लागेको छ । उक्त आरोप जिल्ला नेता बीगा चोरसिया, माओवादीका पूर्व सभासद् इस्लाम हवारीले लगाएका हुन् ।

Jan 26, 2013

भारतको राजस्थानमा छोरी बेच्ने आमालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतको राजस्थानमा छोरी बेच्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । गाउँ परिषदले लगाएको जरिवाना तिर्नको लागि ११ वर्षीया छोरीलाई ६ लाख पचास हजारमा बेचेको आरोपमा ती महिलालाई पक्राउ गरिएको हो । गाउँ परिषदले गरेको चार लाख पचास हजार जरिवाना तिर्न ती महिलाले छोरी बेचेको प्रहरीले जनाएको छ । प्रहरीले चेलीबेटी बेचबिखनको उद्धेश्यले बालिका खरिद गर्ने जोडीलाई पनि पक्राउ गरेको छ भने ती बालिकालाई एक महिना अगाडी नै बेचिएको दाबी समेत गरेको छ । ती बालिकाले आफूलाई ल्याउने मानिसको पञ्जाबाट छुटकरा पाउन भाग्ने प्रयास गरेपछि नजिकैको रेस्टेरेन्टमा रहेका मानिसहस्ल देखेर प्रहरीलाई खबर गरेको बताइएको छ । ती बालिकालाई अहिले सुधानकेन्द्रमा राखिएको छ ।

तमोर–मेवा जलविद्युत आयोजनाको अन्तरक्रिया हङकङमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन "आम्भु जेठा",हङकङ, 
२२ जनवरी,अहिले सम्मको प्रारम्भिक अध्यायन अनुसार नेपालकै दोश्रो ठुलो जलविद्युत आयोजना “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मार्फत नेपालको पुर्वी लिम्बुवान हाल ताप्लेजुङ जिल्लाको फुङलिङ गाविस र खोक्लिङ गाविसमा तमोर–मेवा जलविद्युत आयोजना वन्दैछ । १०१ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना संवन्धि एक अन्तरक्रिया कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड अध्यक्ष तथा मेनेजिङ डाइरेक्टर भानेन्द्र सम्वाहाम्फेले उक्त कुराको जानकारी गराए । किरात याक्थुङ चुम्लुङ हङकङले आयोजना गरेको कार्यक्रममा सम्वाहाम्फेले १७ वर्ष अघिदेखी यस योजनामा आफु लागेको वताउदै “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मा निम्न स्तरका जनता–जो कोहिले आफ्नो क्षमताले भ्याए सम्मको लगानी गरेर शेयर खरिद गरि मालिक वन्न सक्ने वताए । यो कम्पनीमा कुनै ठुला व्यापारी तथा नाम चलेका उद्योगपतिको सहभागिता नरहने भएकोले निम्न स्तरको नेपाली जनता मालिक वन्ने र वन्नुपर्ने सम्वाहाम्फेले वताए । ठुला व्यापारी तथा नाम चलेका उद्योगपतिले वाहेक निम्न स्तरका जनताले नेपालमा कुनै ठुलो आयोजना समपन्न गर्न सक्दैन भन्ने केहि मानिसको मस्तिसका गलत छाप वसेको वताए । औधोगीक क्रान्तिको युगमा कृषिमा आधारित विकास गरेर मात्र नपुग्ने वताउदै परम्परागत पुख्र्यौली सोचलाइ विस्थापति गरेर हामिले आफुलाई नयाँ ब्यापारी वनाउनु पर्ने वताए । आफुलाई नयाँ युगको नयाँ ब्यापारी तथा उद्योगपति बनाई ठुला तथा महत्वकाँक्षी आयोजनाहरु सफलपारी देशलाई सम्पन्न वनाउन हामिले साहस गर्नुपर्ने सम्वाहाम्फेले उक्त कार्यक्रममा वताए । देशकै दोश्रो ठुलो जलविद्युत आयोजना निम्न स्तरका नेपालीहरुको सहभागिता बाट सम्पन्न हुने वताउदै आयोजना सम्पन्न गर्नलाई पैसा भन्दा पनि नेपालीहरुको भावना चाहिएको वताए । ठुलो आयोजनामा लगानी गर्न इच्छुक नेपालीहरु कोहि पनि नछुटोस भन्ने उदेश्य लिएर आफु हङकङ आएको र अन्य ठाउँमा समेत पुग्ने अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सम्वाहाम्फेले वताए । जोर्डन स्थित याक एण्ड येती रेष्टुरेण्टको हलमा सोमवार साँझ भएको उक्त कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड सम्र्पक समिति हङकङका संयोजक इन्द्रवनेमले ब्यापारीक रुपले आफुलाई मात्र नभएर सिंगो देशको अर्थतन्त्रलाइनै सुधार्ने आयोजनाहरुमा हामी सवै नेपालीहरुको सहभागि हुनु पर्ने वताउदै यस योजनामा सहभागीता जनाउन आग्रह गरेका छन् । तमोर नदिवाट ८३ मेगावट र मेवाखोला बाट १८ मेगावट गरि १०१ मेगावटको तमोर–मेवा जलविद्युत आयोजनाको लागि स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेडले वि. सं. २०६२ सालमा नेपाल सरकाबाट लाइसेन्स प्राप्त गरेको छ । प्रारम्भिक अध्ययन अनुसार तमोर नदिको विद्युट उत्पादन क्षमता ७२ मेगावट रहेका छ भने मेवा खोलाको क्षमता १८ मेगावट रहेको छ । ताप्लेजुङ जिल्लाको खोक्लिङ गाविसको भञ्ज्याङ पुच्छारमा १८ मेगावट क्षमताको पावर हाउस रहने छ भने त्यहाँबाट निस्केको पानी ४.८ किलोमिटरको टनलबाट तमोर नदिमा मिसाइने छ । पानी मिसिए पछि तमोर नदिमा ११ मेगावट क्षमताले विद्युत उत्पादनमा वृदि भई ८३ मेगावट क्षमताको पावर हावस फुङलिङ वाविसको गुहेली पुच्छरमा वन्ने छ । प्रारम्भिक अध्ययन अनुसार १८ मेगावट मेवाखोला र ८३ मेगावटको तमोरको पावर हावस सम्म १९ किलोमिटर वाटो खन्नु पर्ने छ । यो सवै योजना सम्पन्न गर्नकोलागि अनुमानित रकम १८ अर्ब रुपैया लगानी गर्नु पर्ने छ । कुल लगानीको २० प्रतिशत रकम कंपनीले जनता बाट उठाउने योजना वनाएको छ । तमोर–मेवा जलविद्युत आयोजना सम्पन्न गर्नको लागी हङकङमा नौ सदसिय स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड सम्र्पक समिति एक हप्ता अगाडी गठन भएको छ । इन्द्र वनेमको संयोजकमा वनेको समितिमा ओमराज सम्वाहाम्फे, टंक सम्वाहाम्फे, त्रिभुवन लुङफङवा, स्याम इङनाम, हेमराज अन्छङवो, टंक नाल्वो, मौसम इम्वुङ, प्रदिप कन्दङवा रहेका छन् । किरात याक्थुङ चुम्लुङको अध्यक्ष त्रिभुवन लुङफङवाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रम चुम्लुङको सहसचिव लाजेशा लिम्बुले कार्यक्रम संचालन गरेका थिए । स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेडका अध्यक्ष तथा डाइरेक्टर प्रमुख अतिथि भएको उक्त कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड सम्र्पक समिति हङकङका संयोजक इन्द्रवनेम रहेका थिए भने अन्य संघ सस्थाको प्रतिनिहहरुले भाग लिएका थिए ।

हङकङमा गायिका श्रेयसी चेम्जोङ एकल साझ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन 
२३ जनवरी, उमेरले १४ पार गरि १५ वर्षमा आइपुग्दा सम्म विभिन्न भाषामा एक सय भन्दा धेरैको संख्यामा गीत रेकर्ड गराई सकेकी श्रेयसी चेम्जोङले हङकङमा “श्रेयसी एकल साँझ” सम्पन्न गरेकी छिन् । ६ वर्षको उमेर देखि स्टेजमा निस्कर दर्शक, श्रोतालाई भरपूर मनोरञ्जन दिलाउदै आएका गायिका चेम्जोङले आफ्नो एकल साँझमा केटा–केटी देखी वुढेसकालका दर्शकलाई समेत याक एण्ड येतीको हलमा नचाइन् । दुई दर्जन भन्दा धेरैको संख्यामा कलेक्सन एल्वम वजारमा ल्याउन सफल भएकी गायिकाले आफ्नै कलेक्सन एल्वम वजारबाट नेपाली आधुनिक गीत गाएर आफ्नो एकल साँझको उद्यघाटन गरिन । उद्यघाटन धारावाहिक रुपमा गीत गएका चेम्जोङले केन मुख्खेम्मे तरेवासे केन मुक्खेम्मे ङातङ वेरे आदुमेवा लाखिना (सोलो एल्वम), तिमिले दिएको माया, वसन्तनै वस्न खोज्छ यहाँ लोलाएर, चोक्सु केलरे पाच्छु केलरे सेप्माङ थङी लगायत लोक गीत, आधुनिक गीत, पप गीत, स्वादेश गाना, हिन्दी, नेपाली चलचित्रमा आफुले गाएको गीतहरु प्रस्तुल गरि दर्शकलाई मनोरञ्जन दिलाइन् । एकल साँझमा दुई दर्जन जति गीत गाएका चेम्जोङले हङकङको स्थानिय गीतकार टंक सम्वाहाम्फे रचना कोइलीको भाका संगैं रहू जस्तो लाग्छ वसन्तको वहार संगैं उडी रहु जस्तो लाग्छ लगायत गीतकार गीता पालुङवा द्घारा रचना भएको गीत गाइन । गायीका चोङवाङको मामा भानेन्द्र सम्वाहाम्फेको रचनाको गीत तथा उनलाई प्रेरणा दिने गितकार, संगितकारको सवै खाले गीत गाएर दर्शकको मन जितिन । धनकुटा जिल्लाको वसन्तटार ४, सारतोपामा जन्मिएकी गायिका चेम्जोङ काठमाण्डैंको डिल्लिवजारमा कक्षा ८ मा अध्यायन गर्दै छिन् । १५ वर्षीय चेम्जोङको पहिलो विदेश भ्रमणनै हङकङ हो । उनि यहाँ तेहथुम साँझको लागि नेपालबाट चारजना कलाकार संग आएकी थिइन् । हङकङमा दुई साता नवित्दै उनले तीनवटा स्टेज सो सम्पन्न गरेकी छिन् । आफैले गाएको सवैखाले गीतहरु आफुलाई मनपर्ने वताउदै “संगम रहेछ जीवन दुख र सुखको भञ्ज्याङ रहेछ जीवन आसु र आसोको” भानेन्द्र सम्वाहाम्फेको रचान कृष्ण भक्त राईको संगीत रहेको आधुनिक गीत सवै भन्दा मन पर्ने वताइन् । हङकङको स्थानिय पत्रकार संग कुरागर्दे उनले गायन क्षेत्र वाहेक फुटबल खेल्न मन पराउने वताइन । पढाइ र गायनलाइ निरन्तरता दिने वताउदै भविश्यमा समाज सेवा गर्ने वताइन । वसन्तटार स्थित प्रभात युवा कल्वमा ६ वर्षको उमेर देखि स्टेजमा गीत गाउन सुरुवात गरेकी गायिकाले आठ वर्षको उमेर हुदाँ स्टुडियोमा “छोडेन कहिले डोको र नाम्लोले रात दिन दाउरा घास छोरीको जीवन” वोलको गीत रेर्कड गराएकी थिइन् । उनी नौ वर्ष हुदाँ कञ्चन डिजिटल स्टुडियोबाट “साइन” नामक एकल एल्वम वजारमा निस्किएको थियो । यतिवेला, आधुनिक गीत, लोक गीत, पप गीत, राष्ट्रिय गीत सहितको भिसिडि ल्याउने तयारी भै रहेको उनि वताउछिन । अहिले सम्म आफ्नो इच्छाले पाश्रिमिक नमागेको वताउदै गीत गाउदाँ उनिहरुको इच्छाको पाश्रिरिमक मात्र लिएको वताइन । श्रेयसी एकल साँझमा हङकङका स्थानिय कलाकार कला चेम्जोङले चोली राम्रो पाल्पाली ढाकाको गीत गाइन भने अर्का गायक भुपेन्द्र योङया संग वल्ल भेट भो आदाङवे गाएर दर्शकलाई छुट्टै मनोरञ्जंन दिलाएका थिए । मंगलबार साँझ सम्पन्न भएको “श्रेयसी एकल साँझ” को औपचारिक कार्यक्रममा चेम्जोङ समाजको अध्यक्ष भुपेन्द्र चेम्जोङले संचालन गरेका थिए । कार्यक्रममा वरिष्ठ पहिलो लिम्बु गायक भगत सुब्ब लाजेशा, संगीतकार दिनेश शुब्बा, नेपालबाट आएका गीतकार भानेन्द्र सम्वाहाम्फे, गायक कञ्चन थलङ, गायिका श्रेयसी चेम्जोङले आसन ग्रहण गरेका थिए । सांगीतिक कार्यक्रम गीतकार भानेन्द्र सम्वाहाम्फेले संचालन गरेका थिए ।

हङकङमा सन्जा हुक्पा चोङवाङ साँझ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ रविन लिङदेन, हङकङ, 
२१ जनवरी,आजभोलि किन होला सवैलाई दख्छु वेग्ला वेग्लै” आधुनिक गित सन्जा हुक्पा चोङवाङले जोर्डन स्थित याक एण्ड ऐतिको हलमा आफ्नै एल्वम “स्नेह” बाट गाएर “सन्जा साँझ” कार्यक्रम उदघाटन गरिन । खाम्लालुङ सेवा समिति हङकङले आइतवार वेलुका आयोजना गरेको “सन्जा साँझ” कार्यक्रममा गायिका सन्जा हुक्पा चोङवाङको आफ्नै नाममा रहेको थियो । तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं. ४ मा जन्मिएकी २५ वर्षिय चोङवाङ नेपालबाट पहिलो पल्ट हङकङ आएको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उनलाई नेपालमा सरु भ्नि चिनिन्छ । सन्जा साँझमा गायिका सरु हुक्पा चोङवाङले उदघाटन पछि मान्छेले के के भन्छन् पाए सम्म कुरा काट्छन्, नेपालीकी छोरि हुँ नेपाल माइतिघर जहाँ गए जे भने नेपाली हो, मन चोरि हिड्नेलाई दिल तोडि हिड्नेलाई लगायतका गितहरु गाएर दर्शकको मन जितेकि थिइन । गायिका चोङवाङले आफ्नो एलवमको गितहरुलाई भिसिडिमा दर्शक, श्रोता सामु चाडैनै ल्याउने तयारी भएको यहाँको स्थानिय पत्रकार संग वताइन् । कला क्षेत्रमा सानै उमेर देखि रुचि भएपनि तीन वर्ष अघि मात्र देखि गायन छेत्र लिएर स्टेजमा निस्केकी चोङवाङ यस क्षेत्रमा लागेर आफुलाई सन्तुष्ट भएको वताउछिन् । तेह्रथुम साँझको कार्यक्रममा हङकङमा निक्कै चर्चा कमाएका १९ वर्षिय गायक प्रनेश लिम्बुले सन्जा साझमा “भेट भयो लुङा आदाङवे सेवारो नमस्ते, मन्द–मन्द वतास संगै उडि गयो कहाँ–कहा खोजु मैले तिमिलाई कसरि भेटु यो सुन्यतामा, तिम्रो आत्ममा म छु कि छैन त्यहाँ हेर, मेरो नेपाल, फुल टिपि दिउ ओइलिन्छ रुमालै मैलिन्छ,” लिम्वु भाषाका पालाम, पुर्वेली र पश्चिमे लोक भाका गरि झण्डै एक दर्जन जति गित गाएर दर्शकलाई नचाए । चारवर्ष अघि देखि स्टेजमा गाउदै आएका लिम्बु सन २०११ मा सिङगापूरमा तीनवटा स्टेज सो गरेका थिए भने एउटा एकल साँझ गरेका थिए । सन २०१२ मा युके.मा डेढ महिनाको अवधिमा १८ वटा स्टेज सो गरेका थिए । सानै उमेर देखि देश तथा विदेश गरि राम्रै नाम र दाम कमाउने क्रममा रहेका प्रनेश लिम्बु यहि २४ जनवरीमा फेरी युके जादैछन भने फेवु्रअरी ८ मा कतार जादैं छन् । नौ वर्षको उमेरमै एकल एल्वम श्रोता माझ ल्याउन सफल भएकी गायिका श्रेयसी चेम्जोङले निङवाइन तङसुङरो याक्थुङसे लाजेइन थक्सुङरो याक्थुङसे पोगिरो आल्ल लथिक पोक्सिआङ तगाङ पोगिरो लिम्बु भाषामा चेतना मुलक गित गाएर दर्शकलाई मनोरञ्जन दिलाइन । चेम्जोङले सन्जा साँझमा करिव आधा दर्जन जति गित गाइन । सन २०१२मा प्रथम लिम्बुवान आइडल भएका कन्चन थलङ लिम्बुले पानी खानु तिरतिरे धारा माया लाउनु हुलाकी चौतारा, सलल त्यो चिसो पानी लगायतका गितहरु गाए । गायक थलङको एकल साँझ यहि २६ जनवरीमा जोर्डन स्थित हङग्री आइ रेस्टुरेण्टमा हुने भएको छ । सन्जा साँझको अवसरमा हङकङका स्थानिय नेपाली गायक काजिमान मास्वाले गायन क्षेत्रमा नेपालबाट आएका चारै जना कालाकारहरुको भविश्य अत्यन्तै राम्रो देखेको वताउदै सवैजनालाई नगद उपहार प्रदान गरे । खाम्लालुङ सेवा समिति हङकङको अध्यक्ष सुरेस सुब्बाको अध्यक्षतामा भएको सन्जा साँझको प्रमुख अतिथि तेह्रथुम हङकङ मञ्चको अध्यक्ष स्याम इङनाम रहेका थिए भने स्वागत मन्तब्य दिल फोम्बोले गरे । सन्जा साँझ कार्यक्रमको सांगितिक कार्यक्रम तथा औपचारिक कार्यक्रमको संचालन मनिस लिम्बुले गरे । कार्यक्रममा नेपालबाट तेह्रथुम साँझको लागि हङकङ सवैजना थिए । कलाकारहरुलाई कार्यक्रम आयोजकले प्रमाण–पत्र तथा खादाले सम्मान गरेका थिए ।

गायक राजु आङदेम्बेको एकल साँझ आउने फेब्रुअरी ३ मा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन,हङकङ,२२ जनवरी 
लिम्बु भाषा तथा नेपाली लोक भाकामा स्थापित गायक राजु आङदेम्बेको एकल साँझ हङकङमा हुने भएको छ । सोह्र वर्ष पहिले देखि गायन क्षेत्रमा लागेका गायक आङदेम्वेको पहिलो एकल साँझ यहि फेब्रुअरी ३ मा हुने कार्यक्रम आयोजकले पत्रकार सम्मेलन मार्फत हङकङका स्थानिय पत्रकारहरुलाई जानकारि गराए । जोर्डन स्थित फुलबारी क्लबमा सोमबार बेलुका पत्रकार सम्मेलन गरि “राजु आङदेम्बे एकल साँझ” याउमातेइको कम्युनिटि हलमा गर्ने कार्यक्रमको आयोजक “सम्बाहाम्फे उत्थान मञ्च”का अध्यक्ष ओमराज सम्बाहाम्फेले वताए । पत्रकार सम्मेलनमा गायक आङदेम्बेले एकल साँझ कार्यक्रमकौ अवसरमा आफ्नो “कुसङ” भिसिडि विमोचन गर्ने घोषणा गरे । कुसङ भिसिडिमा तीनवटा गित हङकङमा छायाङकन भएको छ भने चारवटा गित नेपालमा छायाङकन भएको उनले जानकारी गराए । लिम्बु भाषालाई नेपाली लोक भाकामा ढालेर आफुले गाएको वताउदै आफ्नै भाषा संस्कृतीलाई संरक्षण गर्न करिव चार दर्जन जति लिम्बु भाषाको गित र दुइ दर्जन नेपाली गित गाएको वताए । आफ्नो आमाको संझनामा वि सं. २०५२ सालमा पहिलो एल्वम सीमेरिङ श्रोता सामु ल्याएको गायक आङदेम्बेले वताए । तीन वर्ष अघि हङकङ आएका गायक आङदेम्बे नेपालमा हुदाँ भलिबल खेलको राष्ट्रिय खेलाडी थिए । खेल जिवनमा उनी राजकुमार नामले चिनिएका थिए । पढाइ, खेल र गायन क्षेत्रलाई संगै लिएर आएका आङदेम्बेले अहिले गायन क्षेत्र तथा पढाइलाई आफ्नो भविश्य वनाउने क्रममा अघि बड्दै छन् । यतिवेला उनि आफ्नो गितको भिडियो वनाउनमा ब्यस्त छन् । उनले वि सं. २०५२ सालमा सीमेरिङ, ५४–५५ सालमा लाङयोक, ५५–५६मा सिलाम साक्मा, ५७मा रानिगाउ, ५८–५९मा हाक्पारे पालाम, ६० सालमा मना, ६३ सालमा साक्मा, दुई वर्ष अगाडी कथा जिन्दगी लगायत झण्डै एक दर्जन जति एलवम वजारमा ल्याइसकेका छन् । कार्यक्रम प्रायोजकहरुमा पान्थर मञ्च हङकङ, पापोहाङ लाओली सयङ हङकङ, किराय याक्थुङ चुम्लुङ साँस्कृतीक विभाग हङकङ, तेह्रथुम हङकङ मञ्च, वनेम परिवार हङकङ ले गरेको छ भने संतीत संयोजन दिनेश शुब्बा, हिमायलन टोन्स हङकङ रहेका छन् । आफनो चिनारीको लागि एकल साँझको आयोजक गरेकोमा “सम्बाहाम्फे उत्थान मञ्च” र मञ्चका अध्यक्ष ओमराज सम्बाहाम्फेलाई पत्रकार सम्मेलन मार्फत गायक आङदेम्बेले धन्यवाद दिए । पान्थरको आङस्राङमा जन्मिएका गायक आङदेम्बेको मावली सम्वाहाम्फे हो ।

भक्तपुरमा प्रचण्ड र बाबुरामलाई निषेध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारविरुध्द आन्दोलनरत कांग्रेस-एमालेले एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईलाई शनिबार भक्तपुर प्रवेश गर्न नदिने बताएका छन् । एकिकृत माओवादी भक्तपुरको पाँचौं जिल्ला सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई शनीबार यहाँ आउने कार्यक्रम छ । विपक्षी दलहरुको उपत्यकाकेन्द्रित आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार टौमढीमा भएको विरोधसभामा कांग्रेस-एमालेलगायतका नेताहरुले शनिबार एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई कुनै पनि हालतमा भक्तपुर प्रवेश गर्न नदिने उद्घोष गरेका हुन् । उनीहरुले बिहानैदेखि भक्तपुर-काठमाडौं ६ लेन सडकको भक्तपुर सल्लाघारी खण्डमा भेला भइ चक्काजाम गर्ने बताएका छन् । 'सर्वसत्तावाद लादेर लोकतन्त्र नै खान खोज्ने प्रधानमन्त्री भट्टराईलाई भक्तपुर प्रवेश गर्न दिनौं', कांग्रेस भक्तपुर सभापति गणेशमान चक्रधरले भने, एमाओवादीले सरकारको नेतृत्व गरेको हुनाले त्यसका अध्यक्ष प्रचण्डलाई पनि भक्तपुर प्रवेशमा रोक लगाउँछौं।' एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पनि सहमति र सहकार्यको राजनीतिमा धोका दिन एमाओवदी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईलाई भक्तपुर प्रवेश गर्न नदिइने बताए ।

Jan 11, 2013

लिङदेन सयङ संग अध्यक्ष कुमार लिङदेन मिराकको भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, आम्भु जेठा, १० जनवरी, नेपालको पुर्व लिम्बुवानको विभिन्न स्थानमा आफ्नो स्थाइ वसोवास भइ रोजगारीको शिलसिलामा हङकङमा वासोवास गर्ने लिङदेन सयङ हङकङले वुधवार साँझ जोर्डन स्थित कौलन करी हाउसमा पारिवारिक भेटघाट आयोजना गरेको छ । मञ्च सम्वद्घ संघिय लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङदेनको प्रमुख अतिथिमा उक्त भेला सम्पन्न भएको थियो । अध्यक्ष मिराकले कार्यक्रममा महागुरु फाल्गुनन्दको स्मरण गराउदै आफ्नो राजनैतिक कार्यक्रमको वारेमा जानकारी गराउनु भयो । लिम्बुवानको लडाइ अन्तिम–अन्तिम अवस्थामा पुगेको भन्दै आफ्नो घाटि छिनेर जाओस तर लिङदेन परिवारवाट लिम्बुवान आन्दोलनलाई झुक्न नदिने सयङमा अध्यक्ष लिङदेनले प्रतिवद्घता व्यक्त गर्नु भयो । अध्यक्ष लिङदेनले एमालेको मिटिङ काङग्रेसको कार्यालयमा हुने गरेकोले संघियवादि, लिम्बुवानवादिहरुले गंभिर भएर सोच्नु पर्ने वताउनु भयो । लिम्बुवान ल्याउन एक–दुई जना मात्र लागेर नहुने भएकोले सवै दाजु–भाईहरु उत्साहित हुँदै लागि पर्नु पर्ने वताउनु भयो । लिम्बुवानको अन्तिम लडाइको लागि आफ्नो दाजु–भाई लगायत सबै लिम्बुवानवासीहरु एकजुट हुनु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष लिङदेन आफ्नो राजनैतिक भ्रमणको क्रममा कोरिया हुदै हङकङ आउनु भएको अवसरमा भेटघाट कार्यक्रमको आयोजना यहाँको लिङदेन सयङले गरेका थियो । सयङको भेलामा हङकङमा रहेका केहि लिङदेन वन्धुहरु र लिङदेनका छोरी–चेली, भाना–भान्जा, तथा मञ्च संम्बद्घ संघिय लिम्बुवान राज्य परिषद प्रवास समितिका अध्यक्ष विष्णु इङनाम, समितिका आइलेण्ड अध्यक्ष कुमार लिम्बु, लगायत अन्य तुम्याहाङहरुको समेत उपस्थित रहेको थियो । भेटघाट कार्यक्रममा सयङको अध्यक्ष कमल लिङदेन, सल्लाहकार सरेन्द्र लिङदेन र तारासिं लिङदेन, सदस्य भुवन लिङदेन, उपाध्यक्ष रविन लिङदेन, सचिव झरमान लिङदेनले आ–आफ्नो भनाई राख्नु भएको थियो । अन्तयमा, हङकङवासी लिङदेनहरुमा लिम्बुवानको वारेमा गंभिर छलफल भएको अध्यक्ष कुमार लिङदेन मिराकको भनाइ थियो ।

तेह्रथुमको आठराई सङ्क्रान्तिमा संघीय–लिम्बुवान आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
तेह्रथुम (आठराई), लिम्बुवान, ७ पुस २०६९ मुलुक एकात्मकवादीहरूको राजनीतिक षडयन्त्रमा फसेको भए पनि संघीय–लिम्बुवान आन्दोलन जारीरहेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद आठराई थुमद्वारा आठराईको सङ्क्रान्ति बजारमा २०६९ पुस ०७ गते ओयोजित विशाल लिम्बुवान आमसभा सम्पन्न भएको छ । आठराई सङ्क्रान्ति बजारस्थित् त्रिमोहन उमाविको प्राङ्गढामा सम्पन्न उक्त आससभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ प्रमुख अतिथि रहनु भएको भएको थियो भने मञ्चकै महासचिव खगेन्द्र माखिम विशेष अतिथिका रुपमा रहेका थिए । लिम्बुवाान तेह्रथुम आठाराई थम्को अध्यक्ष मनकुमार फोम्बोको अध्यक्षता र जिल्ला सचिवालय सदस्य मृगेन इङ्नामको सञ्चालनमा सम्पन्न उक्त आमसभाका अन्य अतिथितहरूमा लिम्बुवानका उपाध्यक्ष ज्ञानु इम्बुङ, उप–महासचिव शान्ता योङहाङ, सचिवालय सदस्यहरू नोनाम निङलेकू, थाङसाङ लावती, देउबहादुर खुदाङ, डीबी लिम्बू तथा केन्द्रीय सदस्यहरू इन्द्र श्रेष्ठ, शिवकुमार पाङ्गेनहाङ, विष्णु यक्सो, दिलकिशोर थापा क्षेत्री, कृष्ण तुम्बाहाङ्फे, गंगालाल सेनेहाङ तथा ताप्लिजोङ जिल्ला अध्यक्ष कीर्तिमान मादेन र पान्थर जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । आमसभा सुभाराम्भ हुनुअघि आठराई सङ्क्रान्ति बजारको उत्तरी छेउ वनकार्यालयबाट सुरुभएको लिम्बुवान जुलुसले सङ्क्रान्ति बजारलाई नारा–जुलुश र साँस्कृतिक च्याबु्रङ झाँकीसहित परिक्रमा गरेर स्थानीय त्रिमोहन उमाविको प्राङ्गणमा पुगी आमसभामा परिणत भएको थियो । कार्यक्रममा लिम्बुवानी राष्ट्रिय कलाकारहरू मनु नेम्बाङ, मविन्द्र राई, मोहन मादेन, विष्णु यक्सो, रञ्जिता सावादेन र संगम चोङबाङले आ–आफ्नो साङ्गीतिक तथा नृत्यकला प्रस्तुत गरेर दर्शक–स्रोताहरूलाई लिम्बुवानी कला देखाउँदै भावना जगाउँदै मनोरञ्जन समेत दिएका थिए । आमसभामा लिम्बुवान तेह्रथुमका जिल्ला अध्यक्ष देवनाराण सम्बाहाङ्फेले आमसभाको औचित्य प्रकाश पार्दै सबै अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । आमसभलामा बोल्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको भ्रातृ सङ्गठन संघीय विद्यार्थी युनियन लिम्बुवानका सचिवालय सदस्य संगम खनालले आफूहरू यतिबेला यो मुलुकका १०३ जाति, ९२ भाषा र ८४ वटा धर्महरू सबैले स–सम्मान फल्न–फुल्न पाउनु पर्छ भनेर ०६२÷६३ को राष्ट्रिय जन आन्दोलनबाटै अस्तित्व र पहिचानको आन्दोनलमा लागेको कुरा बताउनु भयो । सभालाई सम्बोधन गर्नुहुँदै लिम्बुवानका केन्द्रीय सदस्य तथा लिम्बुवान उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङगेनहाङ लिम्बूले लिम्बुवानमा मात्र नभएर काठमाडौं उपत्यकामा पनि लिम्बुवान आन्दोनलाई जोडेर सशक्त बनाइरहेको जानकारी गराउनु भयो । लिम्बुवानका केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्रीले सभालाई सम्बोधन गर्दै पहिचानसहितको लिम्बुवान आन्दोलन र सम्पूर्ण लिम्बुवानवासी गैर–लिम्बू जातिहरूले खेल्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नुुभयो । वहाँले मुलुकमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रलाई अन्त्य गरेपछि २०६२ को आन्दोलनले संघीयता, गणतन्त्र र धर्मरिनपेक्षताको आधार तय गरेको र पुराना एकात्मक पार्टीहरूले मात्र यो उपलब्धिलाई संस्थागत गर्न नसक्ने भएकोले छुट्टै संघीयवादी पार्टी र आन्दोलनको आवश्यकता भएको बताउनु भयो । क्षेत्रीले यही उद्देश्यको लागि नै आफू सम्बद्ध पार्टी स्थापना भई संघीय लिम्बुवान आन्दोलनको उभार आइरहेको बताउनु भयो । साथै, वहाँले यो आन्दोलन लिम्बुावनवासी सबैको भएकोले सबै जात, जाति र सम्प्रदायहरू यस सङ्गठन र आन्दोलनमा निसङ्कोच लाग्न हुन समेत आह्वान गर्नुभयो । लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठले सभालाई सम्बोधन गर्दै आफूहरूले आफ्नै ठाउँमा हिजोको भन्दा सुरक्षित र व्यवस्थित् तरिकाले शिक्षा, स्वास्थ्य रोजगारी र विकास गर्ने आधार बनाउन लिम्बुवान सुनिश्चित हुनुपर्ने र त्यसको लागि यो आन्दोलन लागेको बताउँदै सबैलाई यस आन्दोलमा जोडिन हुन आग्रह गर्नुभयो । वहाँले थप भन्नुभयो– ‘‘एमाले, कांग्रेसले संघीयताको विरोध गरेर हामीले चाहेको संघीयता हुन दिइरहेका छैनन् र यसको विरुद्धमा हामीहरू लागेका छौं ।’’ आमसभालाई सम्बोधन गर्दै लिम्बुवानका अर्थ–सचिव नोनाम लिङलेकूले लिम्बुवानको समसामयिक गतिविधि र आर्थिक नीति बारे प्रकाश पार्नुभएको थियो । वहाँले काठमाडौंको एकात्मक केन्द्रीकृत राज्य सत्ताले लिम्बुवानी जनताले तिरेको कर, भन्सारबाट उठेको कर र विदेशबाट लिएको ऋण तथा अनुदान रकमहरू सबै एकात्मकक सत्ताधारीहरूले खाइरहेको बताउनु भयो । यसरी एकात्मक राज्य सत्ताले नेपाली जनताहरूलाई शोषण र उत्पीडन गरिरहेको बताउँदै सो काठमाडौं केन्द्रीकृत एकात्मक राज्य सत्तालाई ध्वस्त गरेर संघीयता र लिम्बुवान स्वायत्त राज्य कायम गरेपछिमात्र लिम्बुवानवासी जनताको राजनीतिक र आर्थिक अधिकारको सुनिश्चितता हुने बताउनु भयो । लिम्बुवानका उप–महासचिव तथा संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङले सभालाई सम्बोधन गर्दै हिजोका एकात्मक राजनीतिक दलहरूले महिलाहरूलाई अधिकार दिन्छौं र घरेलु हिङ्साहरूलाई समाप्त पार्छौं भनेर विभिन्न भाषणहरू दिँदै जनताको मतहरू लिएको बताउनु भयो । वहाँले महिलाहरूचाहिँ केवल भोट ब्याङ्क मात्र नभएको स्पष्ट पार्दै ती बच्चा जन्माउने महिलाहरू र तिनका भाँडा माझ्ने हातहरूले पनि आज देश चलाउन सक्ने कुरा बताउनु भयो । लिम्बुवानका उपाध्यक्ष ज्ञानु इम्बुङले आमसभालाई सम्बोधन गर्नेक्रममा लिम्बुवान किन भन्ने बारेमा जोड दिँदै नेपाल एकीकरणमो नाममा एकात्मकरण हुनुभन्दा पहिले लिम्बुवान लगायतका स्वतन्त्र राज्यहरू भएको बताउनु भयो । वहाँले आज मुलुक संघीयता र गणतन्त्रमा जाँदा ती स्वतन्त्रको राज्यहरूको ऐतिहासिक पृष्ठभूमिको आधार लिम्बुवान, खम्बुवान... नै हुनुपर्छ भन्ने आफ्नो पार्टीको मूल नारा रहेको बताउनु भयो । उपाध्यक्ष इम्बुङले यो भूमिको पहिचान लिम्बुवाननै हुनुपर्छ भन्ने लिम्बुवानवासी जनताको पनि मूल माग रहेको बताउनु भयो । यो लिम्बुवान नाम आजको कुनै लिम्बुवानका नेताहरूले राखेको नभई ऐतिहासिक लिम्बुवानको क्रान्तिले जन्माएको नाम भएको बताउनु भयो । लिम्बुवान हुँदा कोही फूलमालाले पर्सिनु पर्ने र कोही तर्सिनु पर्ने अवस्था नभएको भन्दै लिम्बुवान ऐतिहासिक भूगोल र हिजोको स्वतन्त्र राज्यको नाम भएको बताउनु भयो । वहाँले लिम्बुवानको पहिचान नेपालको पहिचानभन्दा पनि जेठो भएको दावी गर्नुभयो । यसैगरी, आमसभलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासविच खगेन्द्र माखिमले लिम्बुवान र नेपालमै उठेको संघीयता र लिम्बुवानको आन्दोलनमा कुनै योगदान नदिने तर संघीयता र लिम्बुवान भएमा सबैभन्दा पहिले त्यसको फाइदा आफैले लुट्ने दाउमा रहेका एकात्मक चिन्तनले ग्रस्त केही मानिसहरू भएको बताउँदै त्यस्ता तत्वहरूबाट सधैं सजग र सचेत रहनु पर्ने बताउनु भयो । त्यस्तै, अर्को पक्ष आन्दोलनलाई अगाडि बढ्नै नदिने, षडयन्त्र गरेको ग¥यै गर्ने, अलिकति अडाडि बढ्यो कि फुटाई या टुक्र्याई हाल्ने प्रवृत्तिका तत्वहरू पनि भएकोले यिनीहरूबाट हामी संघीय–लिम्बुवानवादी शक्तिहरू सचेत रहेर सङ्घर्ष गर्दै जानुपर्ने धारणा राख्नु भयो । वहाँले एकात्मक सिंहदरबार र लिम्बुवानका यस्ता षडयन्त्रकारीहरूसँग कुनै सम्झौता नगरी र प्रलोभनमा नफसी संघीय–लिम्बुवान आन्दोलनाई सफल बनाएरै छोड्ने प्रतिवद्धता समेत जनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले आमसभालाई सम्बोधन गर्नेक्रममा आठराईथुमको ऐतिहासिकलाई खोतल्दै यही आठराई भूमिको अन्न पानी खाएर, शिक्षा लिएर र भोट पाएर गएका एकात्मक दलका दलालहरूले यही भूमिलाई नै लात मारिरहेको बताउनु भयो । वहाँले आठराईजस्तो ऐतिहासिक भूमिमा लिम्बुवानको आमसभा गर्न पाउँदा आफूहरूलाई गौरब लागेको बताउनु भयो । अध्यक्षले २०१७ सालमै स्थापना भएको चुहानडाँडाको क्यापसमा कहिल्यै पनि आठराईकै नाम कसरी रहन गयो भन्ने इतिहासको बारेमा पढाई नभएको पीडा पोख्दै किन त्यस्तो भयो भनी एकात्मकवादीहरूलाई गम्भीर प्रश्न गर्नुभयो । वहाँले एकात्मक पार्टी कांग्रेस र एमालेहरू टुप्पोमा चढेर फेद काट्ने कालीदास शैलीको राजनीति गरिरहेको भन्दै त्यसप्रति लिम्बुवानको घोर आपत्ती रहेको बताउनु भयो । अध्यक्ष ‘मिराक’ले भन्नु भयो– यही लिम्बुवानको पानी खानु छ र माटोमा बस्नु छ, फेरि लिम्बुवानको कायम हुन आँट्यो भने यो साम्प्रदायिक र जातीय भयो भन्ने यो कालीदासे शैलीको सत्तामा गएर लिम्बुवानको चिहान खन्ने राजनीति नगर्न एकात्मकवादीहरुलाई सचेत गराउनु भयो । यी एकात्मकवादी एमाले कांग्रेसहरू हाम्रै जनताको काँध चढेर माथि सत्तामा चढ्ने अनि प्रशासनको बन्दुक अदालत, डीएसपी र सीडिओको धाकधम्की देखाएर हामीलाई तर्साउनु पर्ने ? यो कस्तो राजनीति हो भनी प्रतिप्रश्न गर्नुभयो । साथै, यस्तो व्यवस्थाको घोर विरोध र भत्र्सना पनि गर्नुभयो । वहाँले अहिलेका सुरक्षा प्रमुख प्रत्येक सीडीओको नेतृत्वमा बारम्बार बैठक बस्ने अनि संघीयता र लिम्बुवान आन्दोलनलाई कसरी दमन गर्ने भनेर योजना बन्ने बताउनु भयो । तर, कसरी सीमाको रक्षा गर्ने, कसरी चोर, डाका र फटाहाहरूलाई तह लगाउने ? भ्रष्टचारलाई कसरी उन्मूलन गर्ने बारेमा सीडीओको कोठामा छलफल र योजना नहुने तर लिम्बुवानलाई कसरी सिध्याउने भन्ने रणनीति मात्र हुने बताउनु भयो । अध्यक्ष ‘मिराक’ले ती निकायहरूलाई चुनौती दिँदै भन्नुभयो– ‘‘ती सीडियोको कुर्सीहरू भनेको जनताको चाहनाको रक्षा गर्नु भएकोले यदि त्यसको विरुद्धमा षडयन्त्र मात्र हुन्छ भने एक दिन लिम्बुवानी जनताले शाहसका साथ तिनीहरको विरुद्धमा विद्रोह गर्ने समेत चेतावनी दिनुभयो । वहाँले सम्पूर्ण संघीयवादी लिम्बुवानी जनतालाई संघीयता र लिम्बुवानको पक्षमा सङ्गठित भई निरन्तर आ–आफ्नो क्षेत्रबाट लागिरहन समेत आह्वान गर्नुभयो । आठराईको सङ्क्रान्तिमा आयोजित सोही आमसभाकै अवसरमा १५० भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरुले एकात्मक दल एमाले, कांग्रेस, माओवादीमालाई परित्याग गरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गरे । नव प्रवेशी योद्धाहरूलाई प्रमुख अतिथि कुमार लिङदने ‘मिराक’, मञ्चका महासचवि खगेन्द्र माखिम लगायतले स्वागत गर्नु भएको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, प्रवास कार्य समिति हङकङको विशेष सहयोग तथा खगेन्द्र योङहाङ , सुभाङ; विमली निर्माण सेवा र सुमन हाङस्रोङ खाम्लालुङ लगायतले कार्यक्रमलाई आर्थिक सहयोग गरेका थिए । उक्त आमसभा कार्यक्रमलाई स्थानीय रेडियो एफएमहरू रेडियो मेन्छ्यायेम, तमोर एफएम र सिंहलीला एफएमबाट लिम्बुवानभर र देश–विदेशमा पनि सुन्न सकिने गरी प्रत्यक्ष प्रशारण गरिएको थियो । सोही आमसभा भएको दोस्रो दिन पुस ८ गते आठराई संक्रान्तिमा संघीय मञ्च तथा लिम्बुवानका सचिवालय सदस्य डीबी लिम्बूको विशेष आतिथ्य र के. स. कृष्ण तुम्बाहाङ्फे तथा जिल्ला पधाकिारीहरू अध्यक्ष देवनारायण सम्बाहाङफे, उपाध्यक्ष विशाल कुरुम्बाङ जि. सचिवालय सदस्यहरू विवश निङ्लेकू, मृगेन इङनाम, सेसेहाङ चोङबाङ र मनकुमार फोम्बोको आतिथ्यमा प्रथम ऐतिहासिक थुम् सम्मेलन सम्पन्न भयो । सम्मेलनले रामकुमार इङ्नामको अध्यक्ष्तामा व. उपाध्यक्ष गणेश कन्दङ्वा, उपाध्यक्ष सुर्य इङ्नाम, सचिव सृजना इङ्नाम, अर्थ–सचिव अनिल कङदङ्वा, संगठन सचिव कुमार इङ्नाम, महिला सचिव एनुसा कन्दङ्वा, सूचना तथा सञ्चार सचिव भिम माबो तथा सदस्यहरूः सुमन इङ्नाम, हाङनारायण इङ्नाम, बमबहादुर कन्दङ्वा, गरुणगौरव कन्दङ्वा, बालकुमार कन्दङ्वा र युगल कन्दङ्वा लगायत रहेको आठराई थुम् कार्य समितिको समेत चयन गरेको छ । - डीबी आङ्बुङ, लिम्बुवान

पत्रकारहरुले मुलुकभर गरे प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पुस २७ - नेपाल पत्रकार महासंघले दैलेखका पत्रकार डेकेन्द्र राज थापाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आज मुलुकभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले अनुसन्धान प्रभावित गर्ने गरी दवाब दिएपछि महासंघ सडक संघर्षमा ओर्लिएको हो । दैलेख प्रहरीले थापा हत्यामा संलग्न रहेको अभियोगमा ५ माओवादी कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रधानमन्त्री भट्टराईले यस मुद्दालाई बढाइए शान्ति प्रक्रिया प्रभावित हुने अभिव्यक्ति दिनुका साथै अनुसन्धान प्रक्रिया रोक्नलाई प्रहरीका उच्च अधिकारी तथा महान्यायाधिवक्ता मार्फत स्थानीय निकायलाई दवाब दिएको समाचार सार्वजनिक भएको छ । अनुसन्धानलाई प्रभावित पार्ने प्रधानमन्त्री भट्टराईको अभिव्यक्ति तथा कामको बिरोध गर्दै महासंघ केन्द्रको आह्वानमा मुलुकभरका शाखाले प्रदर्शन गरेको हो । राजधानीमा प्रर्दशनी मार्गबाट प्रदर्शन गरिएको थियो । महासंघले पत्रकार कृष्ण सेन इच्छुक, डेकेन्द्र थापा देखि झापाका पत्रकार यादव पौडेलसम्मका हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । महासंघले न्यायीक आयोगको गठन गरी दोषीहरुलाई कानुनी कारवाहीको दायरामा ल्यानुपर्ने माग गर्दै आएको छ । अहिलेसम्म ३३ जना पत्रकार मारिएको र ३ जना अहिलेसम्म वेपत्ता रहेको महासंघको तथ्यांकमा छ । माओवादीले ०६१ असार १२ गते अपहरण गरी पत्रकार थापाको साउन २७ गते हत्या गरेको थियो । पक्राउ परेका अभियुक्तले हत्या गरेको स्विकार गरिसकेको छन् ।

मालीमा अन्तराष्ट्रिय सैनिक परिचालन गर्न अनुमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तराष्ट्रिय सैनिक परिचालनको लागि अनुमति दिएको छ । इस्लामिक बिद्रोही समूहले मालीको केन्दिय शहर कोमामा आक्रमण गरेपछि राष्ट्रसंघिय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय सेना परिचालनको लागी अनुमति दिएको हो । राष्ट्रसंघिय सुरक्षा परिषद्ले मालीमा ३ हजार अन्तर्राष्ट्रिय अफ्रिकन सेना परिचालनको लागि अनुमति दिएको हो। बिद्रोही समूहले मालीका बिभिन्न शहरहरु तीव्र रुपमा कब्जा गर्न थालेपछि मालीका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघ र फ्रान्सलाई सहयोगको लागि अपिल गरेका थिए । बिद्रोही समूहले मालीको उत्तरी क्षेत्रको ३ वटा प्रान्तहरु कब्जा गरिसकेको छ।

सडकमा कुचो लगाउँदै करोडपति ब्यापारी यू युजहेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आफ्ना सन्तानलाई राम्रो संकार दिने चाहना हरेक आमाबाबुको हुन्छ । त्यसका लागि उनीहरु राम्रा कहानीहरु सुनाउँछन्, आदर्श व्यक्तिहरुको किताब पढ्न दिन्छन् । तर, चीनमा एक आमाले यस्तो उदाहरण दिएकी छिन्, जसले उनी आफ्ना सन्तानका लागि मात्र हैन, विश्वकै लागि आदर्श बनेकी छिन् । करोडपति ब्यापारी यू युजहेन आफ्ना सन्तानलाई राम्रो संकार सिकाउन हप्तामा ६ दिन सडकमा क्लीनरको काम गरिरहेकी छिन् । ५३ वर्षीया यू चीनको वूहान शहरमा घरजग्गा कारोबार गर्छिन् । उनको १७ वटा भन्दा बढी फ्याट छन् । तर, उनी आराम छाडेर हरेक दिन विहान लगभग तीन किलोमिटर सडकमा कुचो लगाउँछिन् । उनले आफ्ना छोरा र छोरीलाई पैसाको महत्व बुझाउन पार्टटाइम काम गर्न लगाएकी छिन् । उनका छोरा ड्राइभर छन् र मासिक २ हजार युआन कमाउँछन् । कार्यालय सहयोगीका रुपमा काम गर्ने छोरीले महिनाको ३ हजार युआन कमाउँछिन् । यूका श्रीमान भने किसान हुन् । उनी तरकारी बेच्ने र बजारमा भारी बोक्ने काम गर्छन् । सन् १९८० को दैरान चीनमा किसानलाई व्यापार गर्ने स्वतन्त्रता दिइएको थियो, त्यही समय यूले निकै मेहनत गरेर पैसा कमाएकी थिइन् ।

स्वीडेनको समाचार च्यानलमा अश्लिल फिल्म प्रसारण भएपछि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
स्वीडेनको एक समाचार च्यानलमा समाचार प्रसारणकै क्रममा दश मिनेटसम्म अश्लिल फिल्म प्रसारण भएपछि सनसनी मच्चिएको छ । टिभी फोर नामको च्यानलमा समाचार प्रसारण हुँदाहुँदै अचानक न्यूज एंकर पछाडि रहेको स्क्रीनमा अश्लिम फिल्मका दृश्य प्रसारित हुन थालेको तर एंकरलाई भने त्यस विषयमा कुनै जानकारी नै नभएको जनाइएको छ । स्थानीय समय अनुसार बिहान १० बजेको समाचार बुलेटिनमा अश्लिल चलचित्रका दृश्य प्रसारित भएको थियो । स्क्रीनमा त्यस्ता दृश्यहरु प्रसारित भैरहंदा एंकरले सिरियाको संकटबारे आफ्ना मस्कोस्थित सम्बाददातासंग टेलिफान वार्ता गरिरहेका थिए । टिभी फोर ले भने प्राविधिक गल्तीका न्यूज रुमको स्क्रीन अर्को कम्यूटरसंग जोडिन पुग्दा त्यस्तो दृष्य प्रसारण भएको जनाएको छ ।

Jan 7, 2013

आमाको उपचारको लागि ब्राजिलकी एक किशोरीको कुमारीत्व लिलामीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ब्राजिलकी एक किशोरीले आफ्नी आमाको उपचारको लागि आफ्नो कुमारीत्व लिलामीमा राखेकी छन् । रेबेका वेर्नाडो नाम गरेकी ती किशोरीले आफ्नी आमाको उपचार खर्च जुटाउन आफ्नो कुमारीत्व लिलामीमा राखेकी हुन् । आफूलाई संसार देखाउने आमाको उपचारका लागि रकमको जोहो गर्न नसकेपछि उनले यो उपाए अपनाएको बताएकी छिन् । फुटबल खेलाडी समेत रहेकी रेबेकाले युटुबमा भिडियो राखेर कुमारित्व लिलामीको घोषणा गरेकी हुन् । भिडियो अपलोड गरेपछि उनलाई देख्ने मान्छेहरूले खिसी गरेर एक–एक डलर फालिदिएको समेत जनाइएको छ । तर, उनले भर्जिनिटी लिलामीमा राख्नुपरेकोमा कुनै पछुतो मानेकी छैनन् । उनकी बिरामी आमाले भने आफ्नो उपचारका लागि छोरीले वेश्या बन्नु परेकोमा दुख व्यक्त गर्दै छोरीले त्यसो नगरेको भए राम्रो हुने बताएकी छन् । एजेन्सीका अनुसार आमाले अहिलेसम्म रेबेकालाई उनका बाबु चिनाएकी छैनन् । उनले थाहा पाउने भएदेखि नै आमाछोरी मात्रै बस्दै आएको छिमेकीलाई उद्धृत गर्दै जनाइएको छ । उनीहरुलाई त्यस्तो दुख परेको बेला सहयोग गर्ने कोही आफन्त नभएको र अरु कुनै आर्थिक स्रोत पनि नभएको जनाइएको छ । स्ट्रोक रोगबाट थलिएकी आमाको उपचारको लागि उनले वेट्रेसको काम पनि गरेकी थिइन् । तर, ओछ्यान परेकी आमालाई राम्रो उपचारको लागि खर्च नै अपुग भएपछि आफूले १८ वर्षको जन्मदिन परेकै दिनै कुमारित्व लिलामी गर्ने निर्णय गरेको उनले बताएकी छिन् । ब्राजिलमा १८ वर्ष उमेर पुगेकालाई 'वयस्क वेश्यावृत्ति' गर्न कानुनले छुट दिएको छ । जनवरी तीनमा अपलोड गरिएको सो भिडियो पहिलो दिनमै दिन तीन हजार जनाले हेरेका थिए भने अहिलेसम्म आठ हजार बढीले हेरिसके । भिडियो हेरेपछि उनको कुमारीत्व किन्न अहिलेसम्म सबैभन्दा बढी ३५ हजार डलरको प्रस्ताव आएको छ । तर, उनले सो रकम आफूले अपेक्षा गरेभन्दा निकै कम रहेको जनाइन् ।

मादेन परिवार उसेस हङकङले चासोक र नयाँवर्ष मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ जनवरी १, मादेन परिवार उत्थान सेवा समिति हङकङको आयोजनामा स्थानीय पार्क भ्यू,हङकङ कन्ट्रीपार्कमा बि बि क्यू (वनभोज) सम्पन्न भएकोछ । लिम्वू जातिहरूको मौलिक चार्ड चासोक तङ्नाम र नयाँवर्ष २०१३ लाई आधार मानेर गरिएको कार्यक्रममा छोरी चेली,भाना भान्जा र ज्वाँई चेलाहरू गरि करिव १ सये जनाको सहभागिता भएकोथिए । उक्त उत्थान सेवा समितिले जेष्ठ मादेन दल व मादेन र साईनोमा जेठो श्याम मादेनद्वारा ज्वाई चेलाहरूलाई खदा र माला लगाईदिएका थिए । मसिना किशोर नानीहरूलाई बेलुन फूटाउने मनोरञ्जनात्मक खेल देखि लिएर वृद्व र यूवा सवैको लागि माटोको हाँडी फुटाउने रोमाञ्चकारी प्रतियोगिता गरिएको थियो । मादेन परिवार उसे समितिका सँयोजक चन्द्र मादेन "आन्छन्," सदस्यहरू नारायण मादेन, रमेश मादेन र काली व मादेनद्वारा विभिन्न खेल प्रतियोगी खेलाईने र नतिजा घोषणा गर्ने गरिएकोथियो ।उक्त खेलहरूका प्रथम, व्दितिय र त्रितिय खेलाडीहरूलाई समितिकि पूर्व अध्यक्ष एवं सल्लाहकार राज कुमार मादेनद्वारा पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा कियाचुका पूर्व अध्यक्ष भक्त मादेन, लेप्टेन कृतिमान मादेन,एभ्रेष्ट टाईकोण्डोका अध्यक्ष एवं समाजसेवी (भान्जा) रवीन कु नाल्वो, समाजसेवी (ज्वाई) प्रकाश फोम्वो,वुद्विजिविहरू भीम मादेन , अमर मादेन आदि दिग्गज हरूको उपस्थित भएकोथियो ।उपस्थित सवैले एकआपसमा शुभकामना आदन प्रदान गरेर साँझ सात वजेसम्म मनोरञ्जन गरेका थिए ।

महासेनानी लामालाई थुनामा राख्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मानब अधिकार उल्लंघनको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई न्यायिक हिरासतमा राख्ने आदेश दिईएको छ । माओवादी युद्धकालका पीडितको उजुरीका आधारमा बेलायत सरकारले दुई दिन अघि लामालाई लण्डन नजिकको ससेक्स शहरबाट पक्राउ गरेको थियो । लामालाई वेस्टमिन्स्टर मेजिस्ट्रेटको कार्यालयमा शनिबार उपस्थित गराईंदा जनवरी २४ सम्म हिरासतमा राख्ने आदेश भएको समाचार एजेन्सी बीबीसीले जनाएको छ । कर्णेल लामामाथि कपिलवस्तुको गोरुसिंगेस्थित सैनिक ब्यारेकको प्रमुख रहेका बेला पक्राउ गरेर लगिएका माओवादी कार्यकर्ताको हत्या गरेको आरोप छ । यता, नेपाल सरकारले भने नेपाली सेनाका बहालवाला महासेनानी लामालाई बेलायत सरकारले पक्रेकोमा आपत्ति जनाएको छ । दक्षिण सुडानस्थित शान्ति मिसनमा कार्यरत कर्णेल लामालाई बेलायतमा बस्दै आएकी श्रीमती भेट्न जाँदा माओवादी युद्धकालमा मानवअधिकार हनन गरेको आरोपमा ब्रिटेनको दक्षिण पूर्वी शहर ससेक्सबाट गिरफतार गरिएको हो ।

बोक्सीको आरोपमा जिउँदै जलाउनेलाई सर्वस्वसहित जन्मकैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 २३ पुस, चितवन, बोक्सीको आरोपमा जिउँदै जलाएर हत्या गरिएकी ढेगनी महतोको हत्यामा संलग्न आठ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले झाँक्री जुगेश्वर महतोसहित विक्रम महतो, उनकी श्रीमती विक्रमिया, छोरीहरु मञ्जु, लक्ष्मी, सञ्जु, कृष्णकुमारी, ज्वाइँ विक्रमलाई जन्मकैदको सजाय सुनाएको हो । घटनाका आरोपी तीनजनाले भने सफाइ पाएका छन् । फैसलाअनुसार उनीहरु अब २० वर्षसम्म जेल बस्नुपर्नेछ । विसं २०६८ फागुन ५ गते माडी बघौलाकी एकल महिला ढेगनी महतोलाई बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो । यससम्बन्धी मुद्दा चैत २ गते अदालतमा दर्ता भएको थियो ।

'कौन बनेगा करोडपति'मा महिलाले जितिन् ५ करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारण हुँदै आएको खेल कार्यक्रम ‘कौन बनेगा करोडपति’मा पहिलो पटक कुनै महिलाले ५ करोड भारतीय रुपैयाँ जित्न सफल भएकी छिन् । समाचार एजेन्सी बीबीसीले जनाए अनुसार मुम्बईकी ३७ वर्षीया सनमीत कौरले उक्त कार्यक्रममा ५ करोड भारु जितेर इतिहास रचेकी हुन् । यससँगै उनी कौन बनेगा करोडपतिमा ५ करोड भारु जित्ने दोस्रो प्रतियोगी समेत बनेकी जनाइएको छ । यसअघि उक्त कार्यक्रममा बिहारका सुशील कुमारले मात्रै ५ करोड भारु जित्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने उक्त कार्यक्रममा ५ करोड जित्ने सनमीत कौर एक गृहिणी हुन् भने उनी बच्चालाई ट्युसन पढाउने गर्छिन् । सनमीत कौर १२ कक्षा मात्रै

Jan 5, 2013

नेपाली सेनाका कर्णेल कुमार लामालाई दुई अभियोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पुस २१ - बिहीबार बेलायतमा पक्राउ परेको नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको प्रहरीले युद्धको क्रममा दुई जना मानिसलाई जानाजान यातना दिएको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । सुडानका लागि शान्ति मिसनमा खटिएका कर्णेल लामा बेलायतमा रहेको परिवार भेट्न ससेक्सस्थित आफ्नो घर पुगेका थिए । उनलाई बेलायती प्रहरीको प्रति आतंकदाबी व्यूरोको टोलीले पक्राऊ गरेको थियो । उनलाई तेस्रो पक्षले दिएको सूचनाको आधारमा पक्राउ गरिएको बीबीसीले जनाएको छ । नेपालमा भएको सशस्त्र द्वन्द्वको क्रममा दुई व्यक्तिलाई जानीजानी यातना दिएको आरोप लागेको छ । सन् २००५ अपि्रल र मे महिनामा ती दुई व्यक्तिलाई यातना दिएको आरोप लगाइएको छ । उनीबारे थप अनुसन्धान गरी उनलाई वेस्टमिनिस्टर म्याजिस्टे्रट कोर्टमा उपस्थित गराइने प्रहरीको भनाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । लामालाई बेलायतको फोजदारी न्याय ऐन १९८८को धारा १३४ अन्तर्गत पक्राउ गरिएको हो । बेलायती प्रहरीमा भएका युद्ध अपराधसम्बन्धमा अनुसन्धान गरी बिशेषज्ञता हासिल गरेको टोलीले यसबारे छानबिन गर्छ । बेलायतको फौजदारी न्याय ऐनले युद्ध अपराध, यातनाजस्ता अपराध अभियोग लागेका व्यक्तिलाई बेलायती प्रहरीले पक्राउ गरी कारवाही गर्न सक्छ । नेपाली सेनाका बहालवाला कर्णेल बेलायतमा पक्राउ परेको प्रति नेपाल सरकारले यसअघि नै आपत्ति जनाइसकेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसलाई नेपाली स्वाधिनतामाथिको हस्तक्षेप भनी टिप्पणी गरेका छन् । सरकारले नेपालस्थित बेलायति राजदुत जोन टकनटलाई यसबारे बिरोध पत्र (प्रोटेस्ट नोट) बुझाइसकेको छ । बेलायती प्रहरीले यसअघि पनि बिभिन्न व्यक्तिलाई यस्तै अभियोगमा पक्राउ गरी कारवाही चलाइसकेको छ ।

राष्ट्रपतिद्वारा सहमतिका लागि आठौँ पटक म्याद थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गर्दै राष्ट्रपति कार्यालयले आठौँ पटक म्याद थप गरेको छ। अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैनिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दललाई पहिलो पटक मंसिर ८ गते गरेको आह्वान पछि निरन्तर पुस २० गतेसम्मलाई सहमतिका लागि थपिएको समयमा सहमति नभएपछि राष्ट्रपति कार्यालयले आज पुन पाँच दिनको समय थप गरेको हो । पुरानै शैलीमा राष्ट्रपति कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिँदै आज पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष २५ गते बुधबारका दिनसम्म राजनैतिक सहमति कायम गर्नका लागि म्याद थप गरिएको छ ।

अमेरिकाको आलास्कामा ७.७ रेक्टर स्केलको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकाको महासागरीय क्षेत्र आलास्कामा शनिबार ७.७ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रमा पर्ने अलास्कामा शनिबार ७.७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी सञ्चार माध्ययमले उल्लेख गरेका हुन् । त्यहाँको प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पपछि कुनै पनि खालको सुनामीको खतरा नरहेको बताएका छन् । भूकम्पको क्षति विवरण आएको छैन् । भूकम्पका कारण महासागर क्षेत्र प्रभावित हुने सुनमी चेतावनी केन्द्रलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।