News

Dec 31, 2007

कुमार लिङ्देन दरबारिया भएको आरोप

लिम्बुवान व्लगस्पोट प्रेम आचार्य
बिर्तामोड / संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवाले परिषद्को पुनर्गठनको घोषणा गर्ने कुमार लिङदेनलगायतका व्यक्तिहरु दरबारिया भएको आरोप लगाएका छन् ।झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शनिबार बोल्दै पालुङ्वाले सो आरोप लगाएका हुन् पालुङ्वाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङ्देनले राजा ज्ञानेन्द्रको शैलीमा अरुलाई अपदस्थ गरी आफूलाई परिषद्को अध्यक्ष घोषणा गर्नु गैरकानूनी भएको दावीसमेत गरेका छन् । पालुङ्वाले परिषद्को ५१ केन्द्रीय सदस्यमध्ये ७ जना लिङ्देनको पक्षमा रहेको र दरबारियाहरु मात्र कित्ता छुट्याएर गएको आरोपसमेत लगाएका छन् । उनले मञ्च विभिन्न ९ वटा संगठनहरुको समन्वयकारी संस्थामात्र भएको बताउँदै कसैलाई कारवाही गर्ने अधिकार नभएको जिकिरसमेत गरेका छन् । मञ्चका कार्यकर्ताहरुले परिषद्का नाममा चन्दा उठाउने, परिषद्को नियमविपरीत सैन्य तालिम सञ्चालन नगर्ने, सशस्त्र संर्घष्ा गर्ने तयारी भइरहेको भनेर जनतालाई आतङ्कति पार्नेजस्ता गैर राजनीतिक कार्य गर्ने गरेको आरोप लगाउँदै पालुङ्वाले केही दिनअघि मञ्चसँगको गठबन्धनमा परित्याग गरेको र्सार्वजनिक गरेका थिए ।उनले र्सार्वजनिक गरेलगत्तै मञ्चका महासचिव कुमार लिङ्देनले पालुङ्वासहित महासचिव फागोहाङ बनेम र केन्द्रीय सदस्यद्वय रामभक्त कुरुङवाङ र जनक चेम्जोङलाई समेत साधारण सदस्य नरहने गरी कारवाही गरिएको घोषणा गरेका थिए ।मधेशी जनअधिकार फोरमको विश्वास समूहसँग गठबन्धन गर्न र भारतका विभिन्न शक्तिहरुले सशस्त्र संर्घष्ा गर्न एवम् भारतका विभिन्न शक्तिहरुले सशस्त्र संर्घष्ा गर्न आग्रह गर्दा आफूले असहमति जनाएपछि लिङ्देनले परिषद् विभाजन गरेको पालुङ्वाले आरोप लगाए ।पालुङ्वा पक्षधर परिषद्ले संसदबाट घोषणा भएको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सकारात्मक भएको जनाउँदै लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नभएसम्म लिम्बुवान क्षेत्रमा संविधानसभाको निर्वाचन हुन नदिने चेतावनीसमेत दिएको छ ।

Dec 30, 2007

प्रदर्शनको तयारीमा चेसुङ कथानक चलचित्र

लिम्वूवान व्लगस्पोट सौरभ श्रेष्ठ नेपाल / December 29
पूर्वी पहाडीमा प्रचलित लिम्बूहरुको किपट प्रथामा आधारित नेपाली कथानक
चलचित्र 'चेसुङ' प्रदर्शनकालागि तयार भएको छ । नेपाल एकीकरण पश्चात पृथ्वीनारायण शाहले समेत मान्यता दिएको 'किपट प्रथा' लाई जालझेलेपूर्ण तरिकाले भूमिसुधार ऐन ल्याई खारेज गरिएको थियो ।चलचित्रको कथावस्तुमा लिम्बूहरुको यिनै ऐतिहासिक संस्कृति, दस्तावेजहरुलाई समावेश गर्ने प्रयास गरिएको चलचित्र कार्यकारी निर्माता किशोर सम्वाहाम्फे बताउनुहुन्छ । धनकुटाको लिम्बुवान क्षेत्र, राजारानीमा एक महिनाभन्दा बढी समय लगाएर छायांकन गरिएको 'चेसुङ'मा प्रेम सुब्बा, शोभा खजुम, बलराम जबेगू, भीष्म चेम्जोङ, आशीष लिङदेन, थासेली योङहाङ, रमेश सिंगक, विष्णु चेमजोङ, पुष्प श्रेष्ठ, मनोज शाक्य, कृष्ण आचार्य, राजीव दाहाल, सौगात रिजाल, सुवर्ण पोलिखेलगायतका कलाकारहरुको अभिनय रहेको छ । भीष्म चेमजोङको निर्माण र परिकल्पनामा मच्छिन्द्र इम्बुङको पटकथा, संवाद तथा निर्देशन एवम् नवीन सुखानीको निर्देशन रहेको 'चेसुङ'को निर्माण काबेली फिल्मको ब्यानरमा मत्रेना चुम्लुङ र भीम आङबुङले गर्नुभएको हो । कार्यकारी निर्माता समेत रहेका किशोर सम्बाहाम्फेको द्वन्द्व, अशोक र्राईको संगीत, युवराज र्राईको छायांकन रहेको चेसुङको आगामी माघदेखि काठमाण्डौंलगायत अधिराज्यका प्रमुख शहरहरुमा च्यारिटी शोको लागि सम्पूर्ण तयारी भइसकेको निर्माण पक्षले जनाएको छ । हङकङ, सिक्किम, दार्जिलिङ, युके तथा अमेरिकामा समेत प्रदर्शनका लागि सम्पूर्ण तयारी गरिसकिएको चलचित्र चेसुङको अधिराज्यभर र्सार्वजनिक प्रदर्शन समेत गरिने भएको छ ।

Dec 28, 2007

Limbuwan splitsLingden leads Dissidents

Limbuwan blogspot Reporter
PANCHTHAR, Dec 29 - The Limbuban State Council (LSC), which has been agitating for the right to self-determination and ethnic autonomy in eastern Nepal, has formally split. The LSC split as differences among its members deepened over the issue of Constituent Assembly (CA) elections and over forming a working alliance with other agitating groups demanding autonomous regions based on ethnicity.
The LSC split formally on Friday as general secretary Misekhang Thamsuhang and central member Kumar Lingden of the dissident faction called a meeting of the central working committee at Birtamod and expelled Sanjuhang Palungwa and Phogohang Banem, the chairman and general secretary respectively of the establishment group, from the organization. The central committee meeting also appointed Lingden as chairman of the organization and Thamsuhang as general secretary.
Earlier, the establishment faction had taken action against some LSC members claiming they had defamed the organization.
Thansuhang said that the majority of the central committee members decided to oust chairman Palungwa and general secretary Banem along with two other central members.
However, general secretary Phogohang of the establishment group claimed that the decision taken by the dissident group is meaningless as only 14 of the 64 central members were present at the meeting.

Dec 27, 2007

कारबाही माग

लिम्वूवान व्लगस्पोट ताप्लेजुङ
अखिल क्रान्तिकारीले जिल्लास्थित सिनाम उच्चमाविमा अध्ययनरत चार छात्रलाई बलात्कारको प्रयास गर्ने समूहमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका छन् । यही माग राख्दै क्रान्तिकारीले शनिबार जिल्लाका क्याम्पस र उच्चमाविसमेत बन्द गरे । सिनाम गाविसका विजय थेवे, जयकुमार लिवाङ र सागर मावोले गत मंसिर २२ गते ११ र १२ मा अध्ययनरत ४ छात्रालाई हतियार देखाएर बलात्कार प्रयास गरेको उनीहरूको आरोप छ । जिल्ला प्रहरी कार्यालले आरोपितमध्ये लिवाङ, थेवे र तारा इधिङ्गोलाई पक्राउ गरेको छ । प्रहरीले घटनामा आधा ६ जनाभन्दा बढी व्यक्ति संलग्न रहेको र उनीहरूको खोजी भइरहेको बताएको छ ।

अमेरिकामा चासोक तङनाम

लिम्वूवान व्लगस्पोट न्युयोर्कबाट सरिता लिम्बू
डिसेम्बर २४सात दलिय राजनैतिक सहमतिले देशमा उधारै भएपनि गणतन्त्रको सुनिश्चितता छाईरहेको बेला अमेरिकाको न्युयोर्क शहरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले गणतान्त्रिक नेपालमा लिम्बुवान (राज्य,प्रदेश वा प्रान्त) को प्राप्तिको लागि हाल लिम्बुवान क्षेत्रमा चलि रहेको आन्दोलनको औचित्य र लिम्बुवानवासिहरुको भुमिका विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।ऐतिहासि पृष्ठभुमि आधारमा रहेको लिम्बुवानको ईतिहास सिमाना क्षेत्रफल जनसँख्या र लिम्बुवानको नाम पुनस्थापनाको लागि सँघर्षरत सामाजिक साँस्कृतिक र राजनैतिक संघ संस्थाहरुको बारेमा किरात याक्थुङ चुम्लुङ अमेरिकाका उपाध्यक्ष नगेन्द्र ईङनामले संक्षिप्त रुपमा जानकारी दिनुभएको थियो भने मानवशास्त्रमा विधावारिधी गर्दै गर्नु भएका याक्थुङ चुम्लुङका भुतपुर्ब केन्द्रिय सदस्य डम्बर चेम्जोरु र चुम्लुङकै भुतपुर्ब केन्द्रिय सदस्य तथा चुम्लुङ अमेरिकाका सल्लाहकार बिनोद पोमो लिम्बुले उपाध्यक्ष ईङनामबाट उठाईएका विषयवस्तुमाथि टिप्पणि गर्नु हुंदै लिम्बुवान क्षेत्र एक जाती र भाषीकोमात्र नभएर सम्पूर्ण लिम्बुवानवासिहरुको साझा भएकोले सबै तह र तप्काकाबाट लिम्बुवान नामाकरणको लागि आन्दोलनलाई साथ दिन एकशुत्रमा बाँधिन आग्रह गरेका थिए । याक्थुङ चुम्लुङको कार्यालयमा दुइ चरणमा विभाजित सो दिनको कार्यक्रममा पहिलो चरणमा चुम्लुङ अमेरिकाका कोषाध्यक्ष जुद्ध लिम्बूले चासोक तङनामको बारेमा बोलिसकेपछि विशेष चाड चासोक तङनाम न्वागि पूजा सामुहिक रुपमा गरिएको थियो । परम्परा बमोजिम प्राकृति भूमि र पितृको सम्मानमा नयाँ अन्न चढाएर पूजा गरेर ईष्ट देवसँग नयाँ अन्न खाने अनुमति लिने प्रचलनसँगै लिम्बु जातिले मङसिर पुर्णिमाको दिन यो पर्ब मनाउँदै आएका हुन । सोहि अवसरमा याक्थुङ चुम्लुङ अमेरिकाको टेक्सास चुम्लुङ शाखाले पनि चासोक तङनाम न्वागि पूजा भब्यताकासाथ मनाएको शाखाका अध्यक्ष सरोज तुम्बाहाङफेले खबर दिएका छन ।महासचिव दिपेस लिम्बू र सचिब बिक्रम लिम्बूले सँचालन गरेको कार्यक्रममा चुम्लुङ अमेरिकाका सदस्य कर्ण बहादुर लिम्बू र कराँते खेलाडी चेत बहादुर सुब्बालाई आ-आफ्ना कार्य सफलताको लागि बधाई-पत्र प्रदान गरिएको थियो । याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पूर्ण बहादुर लिम्बूले सम्पुर्ण उपस्थित दाजुभाइ दिदीबहिनी र वक्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै चासोक तङनामको शुभकामनाकासाथ कार्यक्रमको अन्त्य गरेका थिए ।

Dec 25, 2007

परिहास सुब्बाको गजल कृति सूत्र मंगल धुन प्रकाशित

लिम्वूवान व्लगस्पोट
ढिलोगरि प्राप्त समाचार अनुसार युवा गजलकार परिहास सुब्बाको गजल कृति सूत्र मंगल धुन भर्खरै प्रकाशित भएको छ । कुम्मायक कुस्सायक क्लब यासोक पाँचथरको प्रकाशन रहेको उक्त पुस्तकको ब्यावस्थापकमा दिला मुक्साम याक्थङबा र देबेन्द्र लाओती रहेका छन। कृतिमा जम्मा ६५ वटा गजलहरु समाबेश गरिएका छन । पुस्तकमा नेपाल गजल मञ्च २०५८ का राष्ट्रिय सचिव धिरज गिरी कल्पित को भूमिका रहेको छ भने कवि मञ्जुलको शुभकामना का साथै ससक्त युवा कवि स्व स्वप्निल स्मृतिका केहि शब्दहरु रहेका छन । देश बाहिर बस्दै आएका गजलकार परिहासले पुस्तकको विमोचन केही हप्ताअघि सिङला होटल ललितपुरमा एक साहित्यिक भेटघाटको आयोजना गरेका थिए । उक्त कार्यक्रममा लेखक अमर नेम्वाङ, कवि नरेश शाक्य , राजन मुकारुङग, उपेन्द्र सुब्बा, धिरज गिरी, सनमान चेम्जोङ, प्रकाश विमिल, भद्रगोल किराती एवं अन्य धेरै साहित्यकार एवं साहित्यप्रमीहरुको उपस्थिती रहेको थियो।

किरातहरुको उधौली शुरु

लिम्वूवान व्लगस्पोट धरान
किरात लिम्वू जातिको विशेष चाड चासोक तङ्नाम (न्वागी) पूजा शनिबारदेखि धरानस्थित किरात माङहिममा धुमधामकासाथ प्रारम्भ भएको छ । भूमिपूजा तथा अन्नवाली भित्र्याएपछि पितृलाई नयाँ अन्न चढाएर उद्यौली पूजाकारुपमा किरात लिम्बू जातिले मनाउने यो पर्व हिन्दूहरुले मनाउने दशै तिहार कै रुपमा मनाउने परम्परा रहेको किरात याक्थुङ चुङलुका संरक्षक सदस्य अकलबहादुर मेयाङवोले बताउनु भयो लिम्बू जातिको महत्वपूर्ण सांस्कृतिक उद्योली चासोक पर्वको पावन अवसरमा बिहानै किराँत माङहिममा भेला भएका किराँत बिजुवाले परम्परा बमोजिम भूमि तथा पितृको सम्मानमा नयाँ अन्न चढाएर पूजा गरेपछि यस जातिका मानिसहरुले नयाँ अन्न प्रयोग गर्ने परम्परा रहेको छ ।

निमावि मै लिम्बू युवायुवतीहरु विवाह वन्धनमा

लिम्वूवान व्लगस्पोट रमेशचन्द्र अधिकारी
धनकटा, पुस ५ - चार कक्षा पढ्दै गरेकी सनिता लिम्बूको गलामा तिलहरी सजिएको छ । तर विवाहपछिको जीवनशैलीबारे उनी अनभिज्ञ छिन् । भन्छिन्- 'केही थाहा छैन ।' उनका पति भोजबहादर पनि त्यही विद्यालयमा आठ कक्षाका छात्र हन् । परेवादिन-९ स्थित महाकाली निमाविका विवाहित उनीहरू मात्रै होइनन् । अरू १४ जना पनि कलिलै उमेरमा विवाह बन्धनमा बाधिएका छन् । यी आठ जोडीको गएका ६ महिनाबीचमा विवाह भएको हो । जिल्ला सदरमकामबाट पाच कोस दूरीमा रहेको उक्त विद्यालयका चारदेखि आठ कक्षासम्म अध्ययन गर्ने छात्रछात्राबीच विवाह भएको प्रधानाध्यापक वासदेव घिमिरेले बताए । उनका अनसार अधिकांशको विवाह १४ देखि २० वर्षो उमेरमा भएको छ । सनिता र भोजबहादर पछिल्लो विवाहित जोडी हो । दवै राजीखसीले प्रेम विवाह गरेको बताउछन् । 'सानैदेखि प्रेम बस्यो अनि बिहे गरियो,' सनिताले भनिन्- 'बिहेपछि घरको काम र अन्य कारणले पढ्न मन लाग्न छोडेको छ ।' उनीहरू मात्र होइन उक्त विद्यालयका छ कक्षाका वसन्त लिम्बू र आठ कक्षाकी यमना लिम्बूबीच पनि भर्खरै प्रेमपछि मागी विवाह भएको हो । कक्षा आठमा पढ्ने लीलबहादर लिम्बू र शोभा लिम्बू, सात कक्षाका सहरमान र मनीषा लिम्बू, आठ कक्षाका अमर र सात कक्षाकी रनमाया लिम्बू पनि दम्पती हन् । विवाहपछिका केही वर्षै बच्चा जन्माउने भएकाले यसरी विवाह गर्नेहरूले बीचमै पढाइ छाड्ने गरेको प्रधानाध्यापक घिमिरेले बताए । उनले भने- 'चाडो विवाह गनर्र् पढाइ छाड्न यहा सामान्य भएको छ ।' विगतमा भन्दा यस वर्षविद्यालयका छात्रछात्राबीच नै विवाह गर्नेहरूको संख्या अत्यधिक बढेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरेन्द्रकमार लिम्बूका अनसार यसलाई कम गर्न जनचेतना जररी छ । 'शिक्षक वर्गले सम्झाइबझाई गर्दा पनि यसमा कमी आएन,' घिमिरेले भने । जिल्ला शिक्षा अधिकारी दामोदर दाहालले यस प्रकारमा समस्याको न्यूनीकरण गर्न शिक्षा कार्यालयले निमावि र मावि तहका शिक्षकका लागि जीवनपयोगी स्वास्थ्य सीपमा आधारित तालिम सञ्चालन गरिएको जानकारी दिए ।

Dec 24, 2007

किरातहरुको माहान चाडमा तीन दिन राष्ट्रिय विदा गर्न माग

लिम्बूवान व्लगस्पोट धरान
किरातहरुको माहान चाडमा तीन दिन राष्ट्रिय विदा गर्न माग गरेका छन् ।मंगलवार एक पत्रकार सम्मेलनको आयोजना गरि किरात सम्वन्वय समितिले आफनो चाडलाई भव्यता पूर्वक मनाउन तीन दिन विदा माग गरेको जनाएको छ ।मुलुक धर्म निरपेक्षता राज्य घोषणा भए पनि जनजातिहरुलाई भेदभाव कायमै रहेकाले तत्काल विदा दिन समितिले माग गरेको छ ।२०५८सालदेखिसरकारले किरात चाडका लागि एकदिन जातीय विदा मात्र दिदै आएकोवताउदै समितिका संयोजक मुगाघन राईले राज्यले किरातीहरुलाई भेदभाव गरेको आरोप लगाउनुभयो।किरातीहरुलाई मात्र जातीय विदा दिएका कारण चाडको सामाजिकीकरणमा बाधा पुगेको समितिका सदस्य तथा किरात याक्थुङ्ग चुम्लुङ सुनसरीका अध्यक्ष चन्द्र लिम्वूले बताउनु भयो । किरात राई यायोक्खा सुनसरीका अध्यक्ष मुगाधन राई, किरात याक्थुङ्ग चुम्लुङ सुनसरीका अध्यक्ष चन्द्र लिम्वु,किरात याक्खा छुम्माका, सुनसरीका अध्यक्ष गोपाल देवान र किरात सुनुवार सेवा समाज सुनसरीका अध्यक्ष कृष्णकुमार सुनुवारले हस्ताक्षर गर्नु भएको छ ।

Dec 23, 2007

लिम्बूवान विकास परिषद' हङकङको सातौं वाषिर्कोत्सव सम्पन्न

लिम्बूवान व्लगस्पोट हङकङ
लिम्बूवान विकास परिषद' हङकङको सातौं वाषिर्कोत्सव २३ डिसेम्बर, २००७ का दिन सम्पन्न भएको छ । लिम्बूवान विकास परिषद' हङकङका अध्यक्ष प्रकाश यक्सोले अध्यक्षता गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्यः परिषदका कोषाध्यक्ष श्रीमति हाङसामा आङबुहाङ लिम्बूले गर्नु भएको थियो । उक्त भेलाको
छलफलमा परिषदका सदस्य अमन सोदेम्वा लिम्बू र जे. वी. माइथाक लिम्बूको पनि भूमिका रहेको थियो । लिम्बूवान विकास परिषद, हङकङका अध्यक्ष प्रकाश यक्सोद्वारा प्रतिवेदन वाचन गरीए पछि प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरीएको थियो । लिम्बूवान विकास परिषद,हङकङको सातौं वाषिर्कोत्सवको भेला -बैठक) ले पारित गरेको निर्णय तथा मागहरुमा नेपालमा संविधान सभाको चुनाव अगावै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बूवान क्षेत्रीय स्वायत्त राज्यको सुनिश्चिताको ग्यारेण्टीको लागि सबै राजनैतिक दल तथा सरकारलाई लिम्बूवान विकास परिषद, हङकङ जोडदार माग गर्दछ साथै संविधानसभाको चुनावमा 'लिम्बूवान मुक्ति मोर्चा' नेपालले पनि लिम्बूवान स्वायत्त राज्यको तर्फाट पूर्ण सहभागिता जनाउदै लिम्बूवान स्वायत्त राज्यको ९ वटै जिल्लाहरु -ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) मा आफ्नो उमेरद्वारीहरु खडा गर्न गराउँन कुनै विलम्ब नगर्न लिम्बूवान विकास परिषद, हङकङ हार्दिक आव्हान गर्दछ । परिषदका सचिव देबेन्द्रकुमार शेर्माले कार्यक्रम सञ्चालन गर्नु भएको कार्यक्रम प्रतिवेदन पारित भए पाश्चात अध्यक्ष प्रकाश यक्सोद्वारा कार्यक्रम समापन गरीएको थियो ।

लिम्बूवान विकास परिषद, हङकङद्वारा शोक समवेदना प्रकट

लिम्वूवान व्लगस्पोट हङकङ
२३ डिसेम्बर, २००७ लिम्बूवान विकास परिषद, हङकङद्वारा शोक समवेदना प्रकट जिल्ला सुनसरी, धरान नगरपालिका ओडा नं. ८ निवासी तथा लिम्बूवान मुक्ति मोर्चाका वरिष्ठ सल्लाहकार एवं आजीवन सहयोगी श्री नरेन्द्रप्रसाद -गोगुने) थक्लुङ लिम्बूको यही १४ डिसेम्बर २००७ -मंसिर २८, २०६४) का दिन ६६ वर्षको उमेरमा असामयिक निधन भएकोले उहाँको आत्माले चीर शान्ति कामनाका लागि तागेरा निङवाफुमाङसंग प्रार्थना गर्दै एक मिनेट मौनधारण गर्यो । साथै उहाँको शोक संतप्त परिवारप्रति पनि शोकलाई शक्तिमा बदल्न तागेरा निङवाफुमाङसंग प्रार्थना गर्यो ।

Dec 22, 2007

लिम्वुवान राष्ट्रिय मोर्चाको सूचना

सूचना ----------------------सूचना------------------------- सूचना
सम्पूर्ण देश विदेशमा रहनुहुने पाठकवर्गहरुमा लिम्वुवान राष्ट्रिय मोर्चाद्वारा -हाल हङकङ र भविष्यमा नेपालवाट - प्रकाशन हुने तपाई हाम्रो ढुकढुकी लिम्वूवान आवाज सानो र्साईजको पत्रिकाको लागि पालाम, हाक्पारे साम्लो, साम्लो, याक्थुङ कविता, आख्यान लिम्वूवान ऐतिहासिक स्थलको परिचय लगायत लिम्वूवान सम्वन्धित लेखहरु -लिम्वु, नेपाली र अंग्रेजी भाषामा - छोटो रुपमा पठाएर सहयोग गर्न अनुरोध गर्दछौं । email-limbuwan10@yahoo.com

किरात याक्थुम चुम्लुङ धरानको चासोक तङनाम महोत्सव

किरात जातिको महान पर्व चासोक तङनाम (उधौली पर्ब)को अवसरमा धरानमा आयोजित चासोक ङनाम महोत्सवमा च्याब्रुङ् नाच्दै लिम्बूहरु । किरात याक्थुम चुम्लुङ धरान नगर समितिले आयोजना गरेको महोत्सव सोमबार सम्म चल्ने छ । तस्वीर देबेन्द्र कार्की

Dec 16, 2007

विजयपुर धरानमा लिम्बुहरुको वृहत भेला

लिम्वूवान व्लगस्पोट
लिम्बुवानबासी जनताको चाहना- लिम्बुवान राष्ट्रिय राज्यको स्थापना" भन्ने नाराका साथ जातीय आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य निर्माण सम्बन्धी दुई दिवसीय अन्तर्कृयात्मक राजनीतिक भेला विजयपुर लिम्बुवान्मा हालै सम्पन्न भएको छ यही मंसिर २० र २१ गते लिम्बुवानको विजयपुर धरानमा आयोजना गरिएको सो भेलाले धरान घोषणासमेत जारिगरेको छ । संघीय लिम्बुवान राज्य परिषद्ले आयोजना गरेको सो कार्यक्रममा परिषद्का अध्यक्ष सन्जुहाङ् पालुङ्वाद्वारा अन्तरिम् लिम्बुवान् स्वायत्त राज्य सरकारको खाका प्रस्तुत् गरिएको थियो । कार्यपत्रउपर टिप्पणी गर्नेक्रममा तामाङ्सालिङ् स्वायत्त राज्य परिषद्का अध्यक्ष डीके बुधिष्टले यस्तो कार्यक्रम् र कार्यपत्र स्वायत्तता चाहने सबै संगठनहरुको सहभागिता र आवद्दताबाट गर्नुपर्ने कुरा बताउनु भयो। परिषद्को उक्त्त प्रयासको सराहना गर्दै अश्यक्ष बुद्धिष्ट्ले तामाङ्सालिङ्बसी जनता अहिले यही अवस्थामै एक्लै समानान्तर सरकारको गठन गर्ने पक्षमा नरहेको कुरासमेत अवगत गराउनु भयो । टिप्पणी मन्तव्यको क्रममा खम्बुवान् बुद्धिजीवी भूमि साम्पाङ्ले भन्नु भयो- माओवादीले ढिलै भएपनि लिम्बुवानको अस्तित्वलाई सम्बोधन गरेको तर खम्बुवान् क्षेत्रमा अझै पनि किरात् प्रदेशको अवधारणालाई कायमै राखेर लिम्बुवानको किराती अस्तित्वमाथि पुन: प्रश्न उब्जएको धारणा व्यक्त्त गर्नुभयो । लिम्बुवान राष्ट्रिय मुक्त्ति मोर्चाका अध्यक्ष श्री जबेगूले मन्तव्यको क्रममा लिम्बुवानको खाका कोर्नेजस्तो महत्वपूर्ण र संवेदनशील् सवालमा सबै लिम्बुवान् स्वायत्तता चाहने संघ संस्था तथा राजनीतिक संगठनहरुको सामुहिक सहभागिता र भूमिका रहनुपर्ने कुरा औंल्याउनु भयो। वहाँले यो कर्य किरात याक्थुङ् चुम्लुङ्को समन्वय र नेत्रित्वमा गठित् सन्जालले गर्नुपर्ने रायसमेत् व्यक्त्त गर्नुभयो । आफ्नो टिप्पणी मन्तव्य राख्ने सिलसिलामा लिम्बुवानका इतिहासनिद् शिवकुमार श्रेष्ठले लिम्बुवान् स्वायत्तता हुनुपर्ने र यस महान् कार्यमा सबै लिम्बुवान्बासी जनताले साथ् सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। वहाँले थप्नुभयो- लिम्बुवान्बासी जनताले लिम्बुवान् स्वायत्तता पाउनै पर्छ र ती जनताले जसरी पनि आफ्नो अधिकर लिएरै छाड्छन् । यस कार्यक्रममा परिषद्का काठमाडौं उपत्यका सम्पर्क मन्च सदस्य अमृता थेबेले स्वागत मन्तव्यको क्रममा राष्ट्रिय मुक्ति आन्दोलनका महान् शहीद राजकुमर आङ्देम्बे 'माङ्तोक्'लाई राष्ट्रिय शहीद घोषणा गरी शहीद परिवारलाई सरकारले स-सम्मान् उचित् क्षतिपूर्ति दिनुपर्ने कुरामाथि जोड् दिनुभयो ।

Dec 15, 2007

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समन्वय र सम्बद्ध संगठन संघीय लिम्बुवान राज्य परिषदको नेतृत्वमा लिम्बुवान स्वायत्त राज्य प्राप्ति र लिम्बुवानबासी जनताको मुक्तिको आन्दोलन निर्णायक मोडतर्फअघिबढिरहेको छ । स्वायत्त राज्य प्राप्ति र जातीय मुक्तिका लागि मञ्च र परिषदहरूको एकता अनिवार्य शर्त हो । संघीय लिम्बुवान राज्य परिषदका केही व्यक्तिहरूले प्रेस विज्ञप्ति मार्फत प्राविधिक र व्यक्तिगत असन्तुष्टिको कारण देखाई जातीय मुक्ति आन्दोलनको मुलधारबाट विचलित हुन खोजेको कुरा पत्र-पत्रिकामार्फ् जानकारीमा आएको र यस्ता कार्यकलापले मुक्तिकामी जनतामा केही अन्यौलता छाउन सक्ने भएकोले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सम्बद्ध संगठन संघीय लिम्बुवान राज्य परिषद तथा जनसंगठनहरू संघीय युवा मञ्च, संघीय विद्यार्थी युनियन र संघीय भोलन्टियर्स मुलधारमा रही एकताको पक्षमा उभिएको कुरा अवगत गर्दछौं । साथै, संगठन र आन्दोलनको सञ्चालनमा बेला बखत देखापर्ने यस्ता प्रवृत्तिले जनतामा मनोवैज्ञानिक रुपमा असर पार्ने र प्रतिगामी तत्वहरूको चलखेल हुनसक्ने र राजनीतिक लक्ष प्राप्ति अझ टाढा हुने भएकोले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय तथा भाषिक स्वायत्तता चाहने सम्पूर्ण मुक्तिकामी जनताहरू सचेत र संवेदनशीन हुन पनि आग्रह गर्दछौं । कुनै पनि संगठनभित्र आन्तरिक रुपमा आउने मत-मतान्तरहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता अनुसार संगठनभित्रै समाधान गरेर जानुनै उत्तम विकल्प हुने भएकोले यसरी मञ्चबाट अलग हुन चाहने परिषदका मित्रहरूलाई स-सम्मान वार्ता र छलफलमार्फ् समस्याको समाधान गरेर पुनः संगठनमा फर्की आवद्ध हुन हार्दिक आहृवान गर्दछौं ।
धन्यवाद !
.................... ...... ............. ........................
डी के बुद्धिष्ट तामाङ ------राजकुमार नाल्बो -------लासिम् पालुङ्वा
---अध्यक्ष -------------------अध्यक्ष -----------------अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय युवा मञ्च संघीय विद्यार्थी युनियन
संयोजक
संघीय भोलन्टियर्स
२०६४।०८।२८

Dec 13, 2007

हङकङमा उपन्यासकार देश सुब्बाको ‘आदिवासी’ विमोचित

लिम्वूवान व्लगस्पोट हङकङ
२००७ डिसेम्वर १२ तारीख साँझ जोर्डनस्थित कँगन रेष्टुरेन्टमा आयोजित एक
समारोहबीच उपन्यासकार देश सुब्बाद्वारा लिखित ‘आदिवासी’ शीर्षकको उपन्यासको औपचारिक विमोचन भएको छ । भयवादमा आधारित भनिएको उक्त ‘आदिवासी’ उपन्यासका पाण्डुलीपी यहाँ विभिन्न व्यक्तिहरुलाई पहिले नै वितरण गरिएको हुँदा विमोचनकै समय त्यस कृतिको बारेमा छलफल तथा विचार विमर्शका कार्यक्रमहरु पनि साथै भएका थिए । पाण्डुलीपी नहेर्ने उपस्थित व्यक्तिहरु त्यस कृति ‘आदिवासी’ उपन्यासका
बारेमा गरिएका टिप्पणीहरु अति नै पट्यार-लाग्दो लाग्दै गरेको बताएका थिए । सिर्जनशील साहित्य समाज हङकङको आयोजनामा सम्पन्न भएको यस विमोचन तथा छलफल कार्यक्रमको सँचालन समाजका सदस्य देवेन्द्र खेरेसले गरेका थिए । समयाभावले गर्दा मानिसहरु यथेष्ट आई नपुगेका भएकोले कार्यक्रम केही ढिलो सञ्चालन गरिएको थियो । समाजका अर्का सदस्य अशोक राईको स्वागत
मन्तव्यपछि अनेसाससँग आवद्ध भएर रोजगारीकै दौरान सात वर्ष साउदी अवरमा बिताई भर्खरै हङकङ आइपुगेका मोती चामलिङले ‘साहित्यकारहरुमा सर्वपक्षीय सोँच हुनुपर्दछ’ भन्दै हनेसा स्थापित भइसकेको बारे आफ्नो मन्तव्य दिएपछि नेपाल डट यचकेका ‘हनेसा प्रमुख’ प्रदीप कन्दङ्वा तथा हङकङ नेपाली महासँघका ‘साहित्य विभागका सँयोजक’ भोगेन एक्लेले विमोचित उपन्यास ‘आदिवासी’को बारे समालोचनात्मक मन्तव्य दिएका थिए । ‘चौँतीस पेजको भूमिका, छयानब्बे पेजको उपन्यासमा राखिएको अति धेरै भएको’ भन्ने कन्दङ्वा जस्तै, उपन्यासमा प्रस्तुत गरिएको ‘समय, काल तथा परिवेशहरु समयसापेक्ष नभएको’ले आफूलाई खटिकएको र उपन्यास भयवादमा आधारित भएको भन्ने बारे अझै आफूले नबुझेको समालोचकीय भनाइ राखेका थिए एक्लेले । टँक सम्वाहाम्फे, किसन राई, गणेश इजम, हेजेन राईका आ-आफ्ना, ‘भयवाद’ तथा ‘उपन्यास आदिवासी’ वा ‘उपन्यासकार देश सुब्बा’को बारेको मन्तव्यहरुपछि आफ्नो
‘उपन्यास तथा आफ्नो भयवाद’को बारेमा सानो मन्तव्य दिएका थिए उपन्यासकार देश सुब्बाले भने त्यस कार्यक्रममको ‘विमोचन तथा छलफको समापन’मा सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातले सिर्जनशीलता, भयवाद, वर्तमान नेपाली साहित्यसहित नेपाली डायस्पोरिक अवस्थासम्वन्धि मन्तव्य दिई उपस्थित अतिथिहरुलाई धन्यवाद दिएर सभा विसर्जन गरेका थिए । सोपश्चात् रात्रिभोज शुरु भएको थियो र अन्त्यमा अनौपचारिक कविता वाचनको कार्यक्रम रहेको थियो । देश सुब्बा, देबेन्द्र खेरेस, टँक सम्वाहाम्फे, गणेश इजम, हाङयुग अज्ञात, कमल पौडेल आदिले कविताको वाचन गरेका थिए । कार्यक्रम विहानको ०१ बजेसम्म चलेको थियो । कार्यक्रममा पैँतीस जना जत्तिको उपस्थिति रहेको थियो । समाजका साहित्यकारहरुसहित पत्रकारहरु, सनराइजका सम्पादकद्वय भूपेन्द्र चेम्जोङ-नन्द प्रकाश वाक्सिला, नेपाल डट यचकेका आशिष साम्पाङ ‘महेश’ तथा फोटो पत्रकार मातृका राई आदिको उपस्थिति थियो ।कार्यक्रममा पहिलो पटक तीन जनालाई सँयुक्त रुपमा प्रमुख अतिथि बनाईएको थियो ।
सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा हङकङ नेपाली महासँघका अध्यक्ष हेजेन राई, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई र यनआरयनका एसिया प्यासिफिक रिजनका क्षेत्रीय प्रतिनिधि गणेश इजम सँयुक्तरुपमा प्रमुख अतिथि रहेका थिए भने, हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टँक सम्वाहाम्फे, नेपाल डट यचकेका ‘हनेसा प्रमुख’ प्रदीप कन्दङ्वा, हङकङ नेपाली महासँघका साहित्य विभागका सँयोजक भोगेन एक्ले अन्य अतिथिहरु थिए । देश सुब्बाले केही वर्षअगाडिबाट हङकङमा भयवादबारेमा चर्चा चलिरहेको छ । भौतिक यावत जीवन र जगतमा हरेक वस्तुहरु ‘भय’बाट नै कृयारत रहेका हुन्छन् भन्ने अर्थमा उपन्यासकार देश सुब्बाले र्दुइ वर्षअगाडि नै एउटा भेलामा औपचारिकता निर्वाह गराइसकेका हुन् । मानव सभ्यतामा विकास भएर आज यो अवस्थासम्ममा आइपुग्नुमा मानवीय ‘लोभी’ प्रकृतिको कारण छ, नत्र आज मानव उही ढुङ्गे सभ्यतामा नै हुने थिए भन्ने विश्वव्यापी तर्कका विपरीत देश सुब्बाले आफ्नो भयवादलाई प्रष्ट्याउने प्रयास गरेका छन् । यसै सिलसिलामा उनको यो ‘आदिवासी’ शीर्षकको उपन्यास सिर्जनशील साहित्य समाज हङकङको प्रकाशनमा छापिएको छ । आफ्नो छोटो एकत्रित अवधिमै सिर्जनशील साहित्य समाजले हङकङबाट विभिन्न पुस्तकहरुको प्रकाशन गरेर, साहित्यिक गतिविधिहरुको आयोजना गरेर हङकङ नेपाली साहित्यलाई फलाउँदै फुलाउँदै लगेको छ । ‘ककपिक’, ‘राइफलको नालबाट जीवन नियाल्दा’, ‘शब्दघोष जिजीविषाको’, ‘हङकङमा कविता’, ‘राइफलले फलाकेको जिन्दगी’, ‘सिर्जनशील साहित्य’ (अर्ध वार्षिक पत्रिका) र ‘आदिवासी’ जस्ता पुस्तकहरु सिर्जनशील साहित्य समाज हङकङले प्रकाशित गरिसकेको छ ।

Dec 9, 2007

किरात याक्थुङ चम्लुङ हङकङद्वारा चासोक तङनाम भव्यताका साथ मनाउने तयारी

लिम्वूवान व्लगस्पोट,हङकङ
किरात याक्थुङ चम्लुङ हङकङद्वारा चासोक तङनाम यहि २००७ डिसेम्वर २५ तारीख का दिन विहान ११ बजे देखि साझ ७ बजेसम्म भव्यताका साथ मंकी हिलमा मनाउने तयारी गरीरहेकोछ । उक्त चासोक तङनाममा विविम्यू साथै लिम्वू भेषभुषा प्रदर्शन,धान नाच, च्याब्रुङ नाच र अन्य कार्यक्रम पनि रहेकाछन्। कार्यक्रम स्थलमा लिम्वू खाद्य सामग्रीहरुको पनि व्यावस्था गरीने भएको छ । हङकङमा प्रत्येक वर्ष लिम्वू भाषा संस्कृति जगेर्ना गर्न उक्त कार्यक्रमको आयोजना गरीदै आएको छ । विविक्यूमा सामेल हुनको लागि हङकङ डलर ८० लाग्ने कुरा लिम्वूवान व्लगस्पोटलाइ जानकारी दिइएको छ ।

बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बाको हङकङमा एकल गायन हुने

लिम्वूवान व्लगस्पोट,हङकङ
बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बाको एकल गायन आगमी २००८ जनवारी १२ तारीख साझ ७ बजेहेनरी जी ल्युङ याउ मा ताइ कम्युनिटी हलमा वेजोड प्रस्तुती हुने भएको छ । गायनमा साथ दिने सह गायक गायिकाहरु क्रमश सुनिता हिराचन,रोशा लिम्वू,हर्षित आले,टोपराज लामा,कमल राइ,अन्तिम राइ,डोलमान लिम्वू,वीरवहादुर थापा रहेकाछन्। वाद्यवादनमा क्रमश मनोज घले- किबोर्ड / हरी श्रेष्ठ - तवला / कृष्ण महर्जन - ढोलक,तबला,ड्रम / पदम गुरुङ्ग - बासुरी / विजय गुरुङ्ग - लिड गीटार / धन थापा - बेश गीटार / निशाद सुब्बा - रिदम गीटार / केविन थापा - सेक्सोफोन ,जाजमा रहेका छन्। हिमालय टोन्स म्यूजिक एकेडेमी हङकङद्वारा आयोजना गरीएको एकल गायन कार्यक्रममा एचके नेपाल डटकम मिडिया पाटनर रहेकोछ । उक्त एकल गायन कार्यक्रम गायक दिनेश सुब्बाको पहिलो एकल गायन हो । कार्यक्रममा पुराना तथा नया गरी झण्डै दुइ दर्जन गीत प्रस्तुत गर्ने तयारी भै रहेको कुरा लिम्वूवान व्लगस्पोटलाइ वताउनु भयो ।

Dec 8, 2007

उपन्यासकार देश सुब्बाको नया उपन्यास आदिवासीको विमोचन हुने

लिम्वूवान व्लगस्पोट हंगकंग
उपन्यासकार तथा भयवादका प्रवर्तक देश सुब्बाको नया उपन्यास यहि आउदो २००६ डिसेम्वर १२ तारीख वुधवार साझ ८ वजे हंगकंग स्थित कंघन रेष्टुरेन्टमा सिर्जनशील साहित्य समाज हंगकंगको आयोजनामा हंगकंगका साहित्यकार तथा पाठकहरुको माझ भव्यताका साथ आदिवासी शिर्षक उपन्यासको विमोचन हुने उपन्यासकार स्वयमले लिम्वूवान व्लगस्पोटलाई वताउनु भयो

अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप चैतमा

शौरभ श्रेष्ठ लिम्वूवान व्लगस्पोट धरान / December 8, 2007
धरानमा सञ्चालन हुँदै आएको बुढासुब्बा टुबोर्ग गोल्डकपको दशौँ संस्करण आगामी चैत महिनाको दोस्रो साताबाट सुरु हुने भएको छ ।गोल्डकप आयोजक धरान फुटबल क्लबले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी चैत १२ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो ।क्लबले दिएको जानकारीअनुसार दशौँ संस्करणमा राष्ट्रिय टिमहरु थ्री-स्टार काठमाण्डौ, त्रिभुवन आर्मी, एनआरटी, सशस्त्र प्रहरी बल, सहारा क्लब पोखरा, पूर्वाञ्चलका २ वटा क्लब र आयोजक सहभागी रहनेछन् । अन्तरािट्रय टिमहरुमा बंगलादेश, भुटान नेशनल टिम भुटान, सिक्किम-११, भारत र वैकल्पिक क्लबहरुमा लखनउ आर्मी टिम भारत, रेल्वे स्टोन पटना भारत छन् । अनुमानित खर्च २२ लाख ९४ हजार ४ सय लाग्ने उक्त प्रतियोगितामा मुख्य प्रायोजक गोरखा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग गोल्ड बियर, सह-प्रायोजकमा मायोज तयारी चाउचाउ, संयोजक धरान नपा रहने क्लबका अध्यक्ष सुवास र्राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । प्रत्यक बर्षहुदै आएको बुढा सुब्ब गोल्डकपमा यस बर्षो विजेता टिमलाई दिने पुरस्कारमा पनि वृद्ध गरेको छ । विजेता टिमलाई १ लाख ५० हजार, उपविजेतालाई १ लाख घनराखी दिईने आयोजकले जनाएको छ । अघिल्लो प्रतिय।ेगितामा विजेता ताथ उपविजेता टिमलाई क्रमशः १ लाख र ५० हजार पुरस्कार प्रदान गरेको थियो । सबै भन्दा बढि घनराशि खर्च गरेर मोफसलमा अर्न्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्ने धरान फुटबल क्लबको यो दशौ यात्रा हो । प्रतियोगितामा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त क्लबहरुले उत्साह जनक भाग लिने भएकाछन । अघिल्लो बर्षा नेपालको
ख्यातिप्राप्त क्लब थ्रीस्टारले कप हात पारेको थियो । अघिल्लो बर्षको उपविजेता अफ्रीकन यूनाईटेट क्लवलाई भने यस बर्षो प्रतियोगितामा सहभागि गराइएको छैन । अघिल्लो बर्षो खेलमा यूनाईटेटका खेलाडीहरुले विवाद गरि खेलमा अवरोध पुर्याइएका कारण यस बर्षनबोलाइएको आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउनका लागि विभिन्न उपसमितिको गठन गरिएको छ । प्रतियोगितामा खेलकुद क्षेत्रमा योगदान पुर्उने पत्रकारको लागि खेलकुद पत्रकारीता पुरस्कार समेत वितरण गरिने बताईएको छ ।

Dec 7, 2007

खुकुरी प्रहारबाट गम्भीर घाइते विद्यार्थी नगेन्द्र लिम्बूको मृत्यु

लिम्वूवान व्लगस्पोट काठमाडौं,
मंसिर १८ - खुकुरी प्रहारबाट गम्भीर घाइते विद्यार्थी नगेन्द्र लिम्बूको सोमबार राति उपचार हुदाहुदै मृत्यु भएको छ । सुनसरी इटहरीका २२ वर्षो लिम्बू नयाबानेश्वरस्थित केएन्डके कलेजमा अध्ययनरत थिए । उनीसहित दुइ जनालाई तीन दिनअघि त्यही कलेजमा अध्ययनरत काठमाडौं महानगरपालिका ३५ कोटेश्वर निवासी रोसन लिम्बूसहितको समूहले विवाद क्रममा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । लिम्बूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार हुदाहुदै मृत्यु भएको थियो । अर्का घाइते रिजन र्राईको पनि बोल्न नसक्ने अवस्थामा उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार र्राईको भने स्थिति खतरामुक्त छ । लिम्बूको मृत्युपछि आक्रोशित उनका साथी र आफन्तले मंगलबार दिउसो खुकुरी प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ नगरेको विरोधमा बानेश्वर र तीनकुनेबीचको सडकमा केही समय अवरोध गरेका थिए । सडक अवरोध गरेका युवालाई बानेश्वर प्रहरीले सम्झाउदै बाटो खोलेका थिए । सडक अवरोध गर्ने समूहलाई प्रहरी कार्यालयमा बोलाई बानेश्वर वृत्तका डीएसपी गोरखसिंह भण्डारीले अभियुक्तको खोजी कार्य तीव्र रूपमा गरिएको जानकारी गराउदै उनीहरूलाई पक्राउ गर्न पीडितहरूको सहयोगसमेत आवश्यक रहेको बताएका थिए ।

मातृभाषामा पढाउन माग गर्दै अखिल क्रान्तिकारी लिम्बुवान

लिम्वूवान व्लगस्पोट धनकुटा
विद्यालयमा मातृभाषामा पढाउन माग गर्दै बुधबार अखिल क्रान्तिकारी लिम्बुवान राज्य समितिले क्षेत्रीय शिक्षा निर्देशनालयमा ज्ञापनपत्र दर्ता गराएको छ । पत्र बुझाउन अखिल क्रान्तिकारीका संयोजक अइन्द्रविक्रम बेघाको नेतृत्वमा गएका विद्यार्थीले जनजाति र दलित विद्यार्थीका निम्ति विशेष सहुलियतको पनि माग गरेका थिए

Dec 4, 2007

लिम्बूवानले अराजक गतिविधि गर्नेहरूमाथि निगरानी गरी कार्वाही गर्ने

लिम्वूवान व्लगस्पोट दमक
मंसिर, १८कञ्चन लिम्वू, - झापा जिल्लाका विभिन्न स्थानमा विभिन्न प्रकारका अापरधिक घट्नाहरूलाइ नियन्त्रण गर्न लिम्बूावानका कार्यकर्ताले पनि प्रशासनलाइ सघाउने भएको छ । दमक नगरपालिकाका १ देखि १३ सम्मका सवै वडाहरू, लखनपुर १ र २ वडा र चुलाचुली गाविसका ५ देखि ९ वडासम्मका क्षेत्रहरूमा जुवातास लगायत मादकपदार्थ सेवन गरेर हुलहुज्जत गर्नेहरूमाथि लिम्बूवान भोलिन्टियर्सका कार्यकर्ताहरूले कडा निगरानी राखी कारवाहीसमेत गर्ने सोमवार वितरित प्रेस बिज्ञप्तिमा जनाएको छ । उक्त विज्ञप्तिमा सो क्षेत्रहरूमा त्यस्ता गतिविधीहरू गर्न निषेधित इलाका घोषणा गरिएको जनाइएको छ ।

Dec 3, 2007

गणतान्त्रिक मोर्चाको आन्दोलन घोषणा

लिम्वूवान व्लगस्पोट काठमाडौँ प्रतिनिधि
सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आदिवासी जनजाति, मधेसी, महिला, दलित आदिको न्यायपूर्ण आवाज राज्यले बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यही मङ्सिर २, ३ र ४ गते सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त थारु राष्ट्रिय मोर्चा, मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्ष, सङ्घीय लिम्बुवान राज्य परिषद् र तामाङसालिङ स्वायत्त राज्यपरिषद्ले संयुक्त रूपमा आयोजना गरेको बृहत् राष्ट्रिय राजनीतिक भेलाले सो मोर्चा गठन गर्ने निर्णय गरेको थियो । मोर्चाले मुलुकको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने, जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने र जातिको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत गणराज्यको स्थापना गर्न संवैधानिक व्यवस्था हुनुपर्ने माग प्रधानमन्त्री समक्ष पेस गरेपनि सो सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन लागेका हौं-सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङले भन्नुभयो । सातदलीय गठबन्धन यथास्थितिवादी सोचबाट माथि उठ्न नसकेको आरोप लगाउँदै मोर्चाले विधानसभा निर्वाचनको सुनिश्चितताका लागि आन्दोलनको विकल्प नरहेको जनाएको छ ।

Dec 2, 2007

धरानमा लिम्बुवानका लागि घोषणा पत्र जारी

प्रदीप मेयाङ्बो,लिम्वूवान व्लगस्पोट धरान,
संविधानसभाको निर्वाचन अगाडि आत्मनिर्णय अधिकार सहितको लिम्बूवान स्वायत्त राज्य सुनिस्चित गर्न माग गर्दै धरानमा भेला भएका लिम्बुवानका नाममा संगठित भएका मोर्चा, संगठन, दवाव समूहका प्रतिनिधिहरुले संयुक्त छ बुदे धरान घोषणा पत्र आज जारि गरेका छन् ।घोषणा पत्रमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्र जातिय ऐतिहासिक पृष्ठभूमीको आधारमा लिम्बुवान राज्य हुनु पर्नेमा जोड दिइएको छ । स्वायत्त राज्यको लागि जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउदै आगामी संविधानसभाको निर्वाचनलाई सार्थक र अर्थपूर्ण रुपले सम्पन्न गर्न सरकार संग माग गरेका छन् ।किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिद्धारा आयोजित लिम्बुवान स्वायत्त राज्य प्राप्तीका लागि राजनितिक र सांगठानिक रुपमा क्रियाशिल संघसंस्था र मोर्चाका प्रतिनिधिहरु संग पहिलो पटक तीन दिन सम्म अन्तक्रिया गरे पछि सो घोषणा पत्र जारी गरिएको हो । लिम्बुवान स्वायत्तताका लागि साझा अवधारणा बोकेका विभिन्न २८ मोर्चा, संगठन, सांस्कृतिक समूह र प्रमूख राजनितीक दलका प्रतिनिधिद्धारा हस्ताक्षरित सो घोषणा पत्रमा लिम्बुवानमा बसोबास गर्ने अन्य जातजातिको मौलीक हकअधिकारको सुनिस्चितता हुने जनाइएको छ ।यसैगरी निस्चित उदेश्य प्राप्तीका लागि आज नै लिम्बू जातिका नाममा खोलीएका ती मोर्चा, संगठन र संघ सस्था वीच साझा सञ्जाल निर्माण गर्ने सहमति भएको छ । चुम्लुङ्को मध्यस्ततामा बनेको सञ्जालले अन्तरिम संविधान संसोधन गरेर मात्र लिम्बुवानमा र्सार्थक संविधानसभाको निर्वाचन हुने ठहर गर्दै घोषित लक्ष प्राप्तीका लागि लिम्बुवान क्षेत्रमा आवस्यक परेमा संयुक्त जनआन्दोलन सञ्चालन गर्ने निर्णय गरेको चुम्लुङका केन्द्रीय अध्यक्ष अर्जुन लिम्बूले बताउनु भयो ।सञ्जालमा समितीमा हस्ताक्षर गर्नेहरुमा संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान राष्ट्रिय संयोजन समिति, लिम्बुवान मुक्ती मोर्चा हङ्कङ्, माओवादीको लिम्बुवान राष्ट्रिय मुम्ती मोर्चा, एमालेको नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्च, लिम्बुवान स्वायत्त सरोकार मञ्च, लिम्बुवान युवा संघ, माङ्गेना चुम्लुङ लिम्बुवान विद्यार्थी मञ्च, किरात धर्म तथा साहित्य उत्थान संघ लगायतका प्रतिनिधिहरु रहेका छन् ।संजाल निर्माण गर्नु अघि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्रविक्रम नेम्बाङले भेललाई सम्बोधन गर्दै लिम्बुवानको मागलाई राज्यले सम्मानका साथ सम्बोधन गर्ने बेला भएको बताउनु भयो । मन्त्री नेम्वाङले पहिचानको खोजी गर्दा सबैलाई मौलिकता प्यारो लाग्ने भएकोले स्वायत्तताको माग जायज भएको तर ती मागहरु संविधानसभाको निर्वाचन पछि पूरा हुनमा कसैले रोक्न नसक्ने बताउनु भयो ।

लिम्बुवानका लागि माओवादी मोर्चाले विद्रोह गर्न सक्ने

लिम्वूवान व्लगस्पोट
धरान, १९ भदौ- माओबादीको जातिय संगठन लिम्बू राष्ट्रिय मुक्ति मोर्चाका संयोजक श्रीप्रसाद जबेगुले सेना परिचालन गरेर संविधान सभाको निर्बाचन हुन नसक्ने बताउनु भएको छ । शिक्षा तथा खेलकुद मन्त्रि प्रदीप नेपालले सुनसरीको इटहरीमा मंगलबार एक कार्यक्रममा संविधानसभाको निर्वाचनमा नेपाली सेना परिचालन हुन सक्ने अभिव्यक्ति दिए पछि जबेगुले यस्तो प्रतिक्रिया दिएका हुन् । आज धरानमा लिम्बू राष्ट्रिय मूक्ति मोर्चाको तेश्रो राष्ट्रिय भेलाको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जबेगुले संविधानसभाको निर्वाचनको नाममा सरकारले सेना परिचालन गरेमा माओवादी सेनाहरु चुप लागेर नवस्ने पनि बताउनु भयो । सेना परिचालन गरेर संविधानसभाको निर्वाचन गर्न खोज्नु र शाहीकालमा राजा ज्ञानेन्द्रले नगर निर्वाचन गर्नुमा कुनै तात्विक भिन्नता नरहने उल्लेख गर्दै त्यस्तो निर्वाचन जनताले नचाहेको बताउनु भयो । पूराना सत्ताधारी शासकहरुले आफूहरु सत्तामा टिकिरहन आदिवासी जनजातिको मागलाइ पूरा गर्न नसकेर नया शैलीमा अपनाएर संविधानसभाको निर्वाचन गर्न लागेको जबेगुले आरोप लगाउनु भयो । जबेगुले एक अर्को प्रशंगमा लिम्बूवान स्वायत्तता प्राप्तीका लागि आफ्नो मोर्चाले विद्रोह गर्न सक्ने संकेत गर्दै भन्नुभयो, 'संविधानसभाको निर्बाचन अगाडि सरकारले गणतन्त्र र जातिय स्वायत्तता नदिने भएकोले विद्रोहबाट मात्र प्राप्त हुने ठहर गर्न पुगेका छौं ।' तर वि द्रोह कस्तो हुने भन्ने बारे उहांले नखुलाई राज्यले गर्ने व्यबहारमा भर पर्ने बताउनु भयो । माओवादीको काठमाण्डौमा गत साउन तेश्रो साता सम्पन्न विस्तारित बैठकले लिम्बूवान स्वायत्ततालाई पूर्ण मान्यता दिए पछि मोर्चा लिम्बूवान स्थापनाका लागि जुटेको हो । आगामी असोज ३, ४ र ५ गते धरानमा सम्पन्न गरिने मोर्चाको भेलाले आत्मनिर्णय अधिकार सहितको लिम्बुवान स्वायत्तता प्राप्तीका लागि नया रणनिति पनि तय गर्ने उहांले बताउनु भयो । जबेगुले स्वायत्तता खोज्ने माओवादी पार्टी बाहिरका अन्य लिम्बूवान मोर्चा संग पनि कार्यगत एकता गरेर समान रुपमा आन्दोलन अगाडि बढाउने बताउनु भयो ।

संविधानसभा अघि नै लिम्बुवान

लिम्वूवान व्लगस्पोट धरान
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले संविधानसभा अगाडि नै लिम्बुवान स्वायत्तता र आत्मनिर्णयको अधिकारको ग्यारेन्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न माग गरेको छ । मोर्चाको धरानस्थित केन्द्रीय सचिवालयमा कार्तिक १९ र २० गते भएको बैठकले सो निर्णय गरेको हो । मोर्चाले लिम्बुवान स्वायत्तताका लागि संघर्षरत जातीय संस्थाहरुसंग सहकार्य गर्न रामबहादुर इवारमको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली र संघसंस्थासंग सम्वाद गर्न अक्कलबहादुर मेयाङ्बोको संयोजकत्वमा सम्वाद टोलीसमेत गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

झापामा तारा लक्समलाइ नेपाली तारा बनाउन पोष्टरसहित अभियान

कञ्चन लिम्वू, लिम्वूवान व्लगस्पोट
दमक मंसिर, १४- भूपेन्द्र तिम्सिनाको सहयोगमा साइवरदमक.कम क्लोजअप नेपाली तारा-२ को उत्कृष्ट ३ भित्र परेका झापा शिवगंजका तारा लक्समलाई एसएमएस भोटीङ्ग गरी जिताउन झापालीहरु लागी परेका छन् । यस क्रममा उनलाई मोबाइलबाट एसएमएस भोटीङ्ग गर्ने रकम सङ्कलनका लागि विहीबार देखि दमकमा काउन्टरनै खडा गरीएको छ । शिवगंजको ब्याङ्गडाँडा स्थित शान्ति समाज सेवा क्लबले दमक चौकमा काउन्टर खडा गरी एसएमएस भोटीङ्गका लागि रकम सङ्कलन गर्दै भोटीङ् गरेर लक्समलाई जिताउन पुर्वाञ्चलबासीलाई आव्हान गरेको छ । दमक जेसिज, दमक उद्योग वाणिज्य संघ, धु्रवतारा स्पोर्टीङ क्लब, चन्द्रर्सुय सीप विकास संस्थाले समेत शान्ति समाजको आयोजनालाई सघाएका छन् । यस अघि शान्ति समाजले शिवगंज, दुधे र सुरुङ्गामा रकम सङ्कलन अघि बढाएको तथा अब चाँडै विर्तामोडमा पनि यो अभियान थालिने आयोजक सदस्य समिल राइले बताए । समाजले झापा, मोरङ, सुनसरीका साथै पुर्वाञ्चलका पहाडी जिल्लाहरु-ताप्लेजुङ्ग, इलाम, पाँचथर, तेह्रथुम, भोजपुर तर्फपनि लक्समको फोटो अंकित पोष्टर टाँसगरी प्रचार प्रसार गरेको छ । दार्जिलिङ्ग तिर पनि उसै गरी प्रचार प्रसार गरीएको पाइएको छ । दशैँताका धरान, केर्खा, शिवगंज लगायतका ठाउँमा लक्सम स्वयं सहभागी भइ संगीतिक कार्यक्रमहरु पनि आयोजना भएका थिए । कलाकार विल्सनविक्रम राई र राजेश घतानी लक्समलाई जिताउने अभियानमा लागी परेका छन् । शान्ति समाजबाट हाल सम्म सङ्कलीत २ लाख ८५ हजार बराबरको एसएमएस भोटीङ्ग भइसकेको छ । बुघबार भएको नेपाली तारा २ को प्रतिश्पर्धाबाट लक्समका साथै मोरङका सुर्यकिरण लामा र धादिङका सन्तोश लामा उत्कृष्ट ३ मा परेका छन् ।

राजमार्गमा लिम्बूवानद्वारा सवारी कर उठाउन शुरू

दिपेनबाला राई, लिम्वूवान व्लगस्पोट
दमक(झापा) मंसिर, १४- संघीय लिम्बूवान राज्य परिषदले शुक्रवार देखि राजमार्गमा कर उठाउन शुरु गरेको छ । परिषदले आन्दोलनको क्रममा प्रहरीको गोली लागि मृत्यू भएका आफ्ना कार्यकर्ता राजकुमार आङदेम्वे "माङतोक"को परिवारलाई सरकारले क्षतिपुर्ति नदिएको भन्दै तोपगाछी - ७ स्थित सानो कर्ेखामा पर्ने सडक खण्डमा कर उठाउन शुरु गरेको हो । लिम्बूवानले कर उठाउने अग्रीम जानकारी पाएपछि प्रहरी र सशस्त्र प्रहरीले सो क्षेत्रमा सुरक्षाव्यवस्था कडा पारेका थिए तर प्रहरीको अवरोधको वावजूद पनि आफूहरले कर चौकीको उद्घाटन गरेको परिषदले जनाएको छ । लिम्बूवान भोलिन्टियर्सका केन्द्रीय कमाण्ड सचिव तेन्दोङहाङ मिभकका अनुसार कर चौकीको उद्घाटन परिषदका केन्द्रीय सचिव आकाश राइले गर्नुभएको थियो भने उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङदेन र परिषदका महासचिव मिसेकहाङको पनि उपस्थिति रहेको थियो । उद्घाटनको क्रममा प्रहरीहरुसंग सामान्य झडप भएपनि कोही हताहत नभएको उनको दावी छ । उट्घाटनको पहिलो दिन ६ वटा सवारी साधनवाट रु ३ सय १० उठाएको र यो क्रम भोलि पनि जारी रहने मिभकले वताए । झापाका प्रमुख जिल्ला अधिकारीले सो विषयमा वार्ता गर्न वोलाएको र आइतवार प्रजिअसँग वार्ता हुने पनि परिषदले जनाएको छ । यता दमक प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले भने परिषदले कर उठाएको वारेमा आफूलाइ थाहा नभएको बताउँछन् । तर शुक्रवार दिउँसो २ वजेतिर भने काफ्लेको कमाण्डमा गएको इलाका प्रहरीको टोली र पाथीभरा सशस्त्र गणका प्रहरीको संयुक्त टोलीले करचौकीको जानकारीको लागि राखिएको व्यानर उठाएर लगेको थिए भने परिषदका कार्यकर्ताहरुले कुनै प्रतिक्रिया जनाएका थिएनन् । त्यसैगरि परिषदले आज कर चौकीमा सवारीसाधनवाट उठाउने शुल्कको तालिका राजमार्गमा लिम्बूवानद्वारा सवारी कर उठाउन शुरू सार्वजनिक गरेको छ ।
तालिकामा तोकेको शुल्क यसप्रकार छ ।
१. मालवाहक ट्रक - रु १००
२. विदेशी - रु १५०
३. लामो रुटको गाडी - रु १००
४. छोटो रुटको गाडी - रु १००
५. खाली ट्रक - रु २०
६. भेन र जीप - रु २०
७. माइक्रो / मिनिवस- रु ५०
८. दुधको गाडी - रु ५०
९. ट्रयाक्टर लोड - रु ५०
१०. नीजि /सरकारी - रु १००
११. पिकनिकको गाडी - रु २०
एकपल्ट काटेको रसिद १२ घण्टा सम्म कामलाग्ने, युएन, विदेशी नियोग, आकस्मिक सेवा, शैक्षिक सँस्थाका गाडी, विवाहको गाडी र खाली ट्रयाक्टर, मोटर साइकल, साइकल, रिक्सा, वयलगाडालाई कर नलाग्ने कुरा परिषदले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

तारा लक्समलाई नेपाली तारा बनाउन झापालीले कम्बर कसे

कञ्चन लिम्वू, लिम्वूवान व्लगस्पोट दमक
नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको नेपाली तारा-२ मा उत्कृष्ट ४ मा पर्न सफल तारा लक्समलाई विजयी गराउन झापाली तन्नेरीहरु कम्मर कसेर लागेका छन् । नेपाली तारा-१ मा उत्कृष्ट २० मा परेर फर्किएका तारालाई यसपालीको नेपाली तारा बनाउन यहाँका कलेज, चौक, बजार, साइबर क्याफे लगायतका र्सार्वजनिक स्थलहरुमा लक्समका पोष्टरहरु टाँगीन थालिएको छ । झापा सीवगंज २ घर भएका ताराका गाउँले साथीहरु एसएमएस गर्न आर्थिक सङ्कलनमा समेत जुटेका छन् । स्थानिय शान्ति सेवा समाज शिवगंज नामक संस्थाले त आफ्नो सदस्यलाई नेपाली तारा बनाउन स्थानिय एफएम र पत्रपत्रिकाहरुबाट अपील समेत प्रकाश/प्रशारण गरीरहेको छ । केही समय अघि नेपाली मूलका दार्जीलीङे युवा प्रशान्त तामाङलाई इन्डीयन आइडल बनाउन झैँ झापाका यूवाहरु अहीले लक्समलाई नेपाली तारा बनाउन लागीपरेका छन् । टपटेनमा छनौट भएपछि समेत पटक पटक घरेलु मैदानका कर्न्र्सटमा शुभेच्छुक उराल्दै आएका लक्समका भाई शरण भन्छन् "दाजु सानै देखी खेतबारीमा काम गर्न जाँदा समेत रेडयो बोकेर जान्थ्यो र रेडीयोमा बजेको गीतसँगै उ पनि गाउँथ्यो ।" लक्सम सदस्य रहेको शान्ति सेवा समाजका सदस्यहरुलाई अहिले सहयोग सङ्कलन गर्न र उनलाई एसएमएस गर्न भ्याइ नभ्याइ छ । हामी हाम्रो संस्थाका सदस्यलाई नेपाली तारा बनाएरै छोड्छौँ । संस्थाका उपाध्यक्ष श्रीप्रसाद सुब्बा भन्छन् "एसएमएसका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग समेत भैरहेको छ ।" शान्ति सेवा समाज जस्तै झापाका सुर्योदय स्पोर्टिङ्ग युवा क्लब, फुलबारी यूवा क्लबले पनि लक्समलाई नेपाली तारा बनाउने अभियान नै थालेका छन् । ११ हजार भन्दा बढी प्रतिश्पर्धीलाई उछिन्दै उत्कृष्ट ४ मा पुगेका तारा नेपाली तारा हुन्छन की हुदैनन् त्यो त हेर्न बाकीनै छ ।

लोकतान्त्रिक गणतन्त्र घोषणाको खुलासा सभामुख सुभाषचन्द्र नेम्वाडबाट

लिम्वूवान व्लगस्पोट काठमाडौं
नोभेम्बर, २८ ;- काठमाडौं वर्तमान अन्तरिम विधायिका संसदबाट लोकतान्त्रिक गणतन्त्र घोषणाको प्रक्रिया मिलाउने विषयमा दलहरुबीच सहमति बनेको कुराको खुलासा सभामुख सुभाषचन्द्र नेम्वाड.ले गर्नु भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुखले निर्वाचन प्रणालीलाई समानुपातिक बनाउने सवालमा सहमति जुटाउन गृहकार्य जारी रहेको बताउनु भएको छ । नेम्वाड.ले अगाडि बताउनु भयो लोकतान्त्रिक गणतन्त्रको विरोधमा कोही पनि माननीय सांसद देखिनु भएको छैन । गणतन्त्र घोषणाको विधि प्रक्रिया मिलाएरै सहमति निर्माण हुने अवस्था छ । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुबीच फरक दृष्टिकोण आए पनि सहमतिको सम्भावना बढ्दै गएको बताउनु भयो । सहमतिमा जानुको विकल्प नभएकाले बिहीबारबाट शुरु हुने संसदको बैठक अगावै दलहरु टुंगोमा पुग्ने आशा व्यक्त गर्नु भयो । संसदले निर्देशन गरे अनुरुप गणतन्त्र घोषणाको प्रक्रिया मिलाउन र समानुपातिकमा जान गृहकार्य घनीभूत भइरहेको सभामुखले बताउनु भयो । सहमतिका लागि दलहरुबाट धेरै प्रस्ताव आएका र त्यसबारे छलफल भइरहेको उहाँको भनाइ थियो । गृहकार्य सकारात्मक मोडतर्फ बढेकाले एक दुइ दिनभित्रै टुंगोमा पुग्ने बताउनु भयो । दलहरुले आपसी अविश्वासको अन्त्य गर्नु पर्नेमा र नागरिक समाज, पत्रकार लगायत मुलुकका आम जनताले दबाब दिइरहनु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो, जनादेश अनुरुप सात दलीय एकताबाट सहमति बनाउनु पर्छ, सहमतिको आधारबाटै सिंगो मुलुक एक ढिक्का बनाएर संविधानसभा निर्वाचनमा जानु पर्छ ।सहमति निर्माणका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत शिर्ष नेताहरु छलफलमा व्यस्त हुनुभएको बताउँदै पछिल्लो भेटवार्ता निकै सकारात्मक मोडतर्फ बढेको बताउनुभयो । सकारात्मक दिशामा बढेको कसरी भन्नुभयो भन्ने सवालमा उहांले भन्नुभयो, अहिले नै सबै कुरा बताउन मिल्दैन, तपाईंहरु हेरिराख्नुहोस् एक दुई दिनमै सहमती बन्दैछ । आफूले प्रधानमन्त्री , एमाले महासचिव माधवकुमार नेपाललगायतका नेताहरुसंग भेट्दा उहाँहरु उत्साही देखिनुभएको बताउनुभयो । माओवादी नेताहरुसँग पनि आजै भेट्ने उहाँको भनाइ थियो ।दलहरुबीच भएका सम्झौताको पालना अनिवार्य भएको बताउनुभयो । जनताले सम्झौताअनुरुप अगाडि बढेर संविधानसभा गर भनेकाले जतिसक्दो छिटो निर्वाचन सफलताका साथ सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । नेताहरुले विगतमा गरेको प्रतिवद्धता अनुरुपको व्यवहार गर्नुपर्ने बताउनुभयो।सात दल सहमतीमै अगाडि बढिरहेको बताउदै भन्नुभयो, संसदको विशेष अधिवेशनमा दर्ता गरिएका प्रस्तावमाथि भएको मतविभाजन पनि सात दलबीचको सहमतीमै भएको हो । पारित प्रस्तावको कार्यान्वयन पनि सहमत बनाएरै हुने उहाँको भनाइ थियो ।लोकतान्त्रिक प्रक्रियाअनुरुप सबै विषयको टुंगो लगाउनुपर्नेमा उहाँको जोड थियो । बहुमत र अल्पमतभन्दा पनि सात दलीय एकताबाटै राजनीतिक निकास निकाल्नुपर्ने बताउनुभयो । सहमती निर्माणका लागि व्यवस्थापिका संसद पनि सक्रिय रहेको बताउनुभयो । बिहीबारबाट शुरु हुने संसदको बैठक सहमतीमा चल्ने उहाँको भनाइ थियो ।

नाकले मुरली बजाए सिक्किमका वीवी लिम्बूले

लाक्पासाङगे शेर्पा /लिम्वूवान व्लगस्पोट धरान
सानैदेखि नयाँ सोँच नया विचार राख्ने भारतको सिक्किमका वीवी लिम्बू विभिन्न पशूपंक्षीहरुको आवाज नक्कल गर्ने र नाकबाट सुरीलो मुरलीको धुन बजाएर नेपाल तथा भारतका दर्शकहरुलाई मोहित पार्न थालेकाछन । सिक्कीमका नागीहरुमा भेडा गोठालो गर्दा र अलैचीबारीमा पशुपंक्षीको चिरविर आवाज सुनेर मोहित भएका लिम्बू यो पेसामा लागेको १२ बर्षभइसकेको छ । पुरानो कला संस्कृतिलाई जिवित राख्ने उद्देश्यले नयाँ ढंगबाट मुरली, विनायो मुर्चुगां लगायतका बाजा बजार गाउँ शहर बस्तीका मान्छेलाई मख्ख पार्दै हिड्छन । नाकले मुरली बजाएर नाकको नौलो प्रयोग गरी सबैलाई आर्श्चर्य चकित पारेका छन् । लोपोन्मुख बाँसुरी, मुरली, टुङ्ना, बिनायो, र्चुङ्गालगायतका बाजाहरुको संरक्षण गर्नका लागि सन्देश पनि बाँड्दै हिँडेका छन्
Photo by: Debendra Karki

भिक्टोरिया क्रस विजेताहरुको बारेमा लेखिएको पुस्तक सार्वजनिक

बेलायती सेनामा कार्यरत रहँदा बहादुरी प्रदर्शन गरेर बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेताहरुको बारेमा लेखिएको पुस्तक वीरका पनि वीर भिक्टोरिया क्रस विजेता गोरखाहरु नामक पुस्तक सार्वजनिक भएको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले राजधानीमा मंगलबार आयोजना गरेको विशेष कार्यक्रममा सभामुख सुवास नेम्बाङ्गले सो पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा भिक्टोरिया क्रस विजेताहरुको पनि उपस्थिति रहेको थियो ।

किरात याक्थुङ एकता समाजद्वारा बिदाइ तथा कदर पत्र प्रदान गर्यो।

ऐत राज तुम्रोक दोहाबाट / लिम्वूवान व्लगस्पोट
किरात याक्थुङ एकता समाजद्वारा यही नोभेम्बर्२३ तारिखको दिन सस्थाका केन्द्रिय सल्लाकार बिष्णु आङ्देम्बेको प्रमुख अतिथि तथा अध्यक्ष दिल किरण लिम्बुको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमको आयोजना गरी सस्थाका महासचिव देबेन्द्र तुम्रोकको लाई बिदाइ तथा कदर पत्र प्रदान गर्यो। लामो समय देखी सस्थामा अर्गणी भूमिका निर्बाहा गर्दै आइरहेका तुम्रोक आफ्नो बिशेष कामले गर्दा दोहा फेरी नफर्कने गरि स्वदेश फर्कन लागेको हुँदा सस्थाले उहाको सस्था प्रतिको लगनसिलता लाई कदर गर्दै एक कदर पत्र प्रदान गर्दै बिदाइ गर्यो। बिदाइ कार्यक्रममा सल्लाकार बिष्णु आङ्देम्बेले खादा ओडाइ सम्मान गर्žयो भने अध्यक्ष दिल किरण लिम्बुले कदर पत्र प्रदान गरेको थियो। ब्यतिगत रुपमा पूर्ण लिम्बु,केवल पाहिम्,गणेश थक्लुङ्,सेलिङ के सि,लगायतले खादा ओडाइ बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाइसस्थाका उपाध्यक्ष चन्द्र शिगुले स्वागत मन्तब्य द्वारा स्वागत गरेका यस कार्यक्रममा अतिथिहरुमा याक्थुङ समाज डट कमका सम्योजक जित लिम्बु ,मुङ्लानी सौगात का सेलिङ के सि,सीमिफक्तान्लुङका ऐत राज लिम्बु,सस्थाका भुतपुर्व कोष अध्यक्ष पूर्ण चेम्जङ्,सल्लाकार गणेश थक्लुङ्को उपस्तिथी रहेको थियो। बक्तब्यको क्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले सस्थाले सस्थाको अभिन्न अङ्ग गुमाइ रहेको यो क्षण हो त्यसैले यो उहाको रिक्त रहन गएको ठाउमा सस्थाका जो कोही ब्याक्ती आएपनी सस्थामा पुर्व सचिवले झै सकृयारुपमा काम गर्न सफल रहोस् भन्ने कामना गर्नु भएको थियो भने सस्थाका अध्यक्ष दिल किरण लिम्बुले आफ्नो सक्रिय सहयात्रिको बिदाइ गर्न पर्दा आफुलाइ दु:ख लागेपनी यो बिदाइ नभएर उहालाइ हामीले थप जिम्मेवारि थप्न गैरहेको छौ भन्दैनेपालमा गएर पनि लिम्बु समाज प्रती सधैं समर्पित रहेर शुवर्ण लिम्बु समाज निर्माणको लागि लागि पर्ने कुरामा आफुमा विश्वाश रहेको समेत बताउनु भयो। उपस्थित भेला बाट सोही दिन तुम्रोकको रिक्त रहेको पदमा सर्वसहमतबाट ज्ञानेन्द्र पन्धाक लाई महासचिव पद बहाली गरियो भने सोही दिन पुर्व सचिव तुम्रोकले सस्थाका सम्पूर्ण कागजपत्र नवनियुक्त सचिवलाई हस्तान्त्रण गरेका थिए। अन्तमा पुर्व सचिव तुम्रोकले नवनियुक्त सचिवलाई शुभकामना प्रदान गर्दा बिगतमा कार्य सन्चालन गर्ने क्रममा आफुबाट गल्ती हुन गएको भए पनि तपाईंहरु समक्क्ष क्षमा चाहन्छु भन्दै आफु यस मुलुकबाट टाढा रहेपनी बिचार ले सधै तपाइहरुसगै रहने र स्वदेशमा पनि लिम्बु समाज प्रती सधै सजग रही सस्थाको प्रचार प्रसारमा समेत लागि पर्ने प्रतीबद्दता ब्यक्त गर्नु भयो।कार्यक्रमा कोष अध्यक्ष ज्ञानेन्द्र लिम्बुले सन्चालन गरेको थियो।ऐत राज तुम्रोकअन्तमा पुर्व सचिव तुम्रोकले नव नियुक्त सचिवलाई शुभकामना प्रदान गर्दाइ बिगतमा कार्य सन्चालन गर्ने क्रममा आफुबाट गल्ती हुन गएको भए पनि तपाईंहरु समक्क्ष क्षमा चाहन्छु भन्दै आफु यस मुलुकबाट टाढा रहेपनी बिचार ले सधै तपाइहरुसगै रहने र स्वदेशमा पनि लिम्बु समाज प्रती सधै सजग रही सस्थाको प्रचार प्रसारमा समेत लागि पर्ने प्रती बद्दता ब्यक्त गर्नु भयो।कार्यक्रमा कोष अध्यक्ष ज्ञानेन्द्र लिम्बुले सन्चालन गरेको थियो।

चुनावको मिति संसदले तोक्दैन-सभामुख सुभाष नेम्वाङ

सभामुख सुभाष नेम्वाङले अन्तरिम संविधानमा चुनावको मिति तोक्ने काम मन्त्री परिषदको उल्लेख भएकाले संसदले तोक्नु गैरसंवैधानिक हुने बताएका छन् ।सभामुख सुभाष नेम्वाङले संविधानसभा चुनावको मिति संसदले नभइ मन्त्री परिषदले तोक्ने बताएका छन् । लिम्वूवान व्लगस्पोटसँग मङ्सिर ६ गते कुरा गर्दै सभामुख नेम्वाङले अन्तरिम संविधानमा चुनावको मिति तोक्ने काम मन्त्री परिषदको उल्लेख भएकाले संसदले तोक्नु गैरसंवैधानिक हुने बताए । मङ्सिर ६ को संविधानसभाको चुनाव नभएपछि अर्को मिति संसदले तोक्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बताइरहेको बेला सभामुखको यस्तो भनाइ आएको हो ।आफूले पनि संसदले संविधानसभाको चुनावको मिति तोक्ने चर्चा सुनेको उल्लेख गर्दे सभामुख नेम्वाङले विधि र कानुनको सासन मान्नेहरुले संविधानलाई 'फलो' गर्नैपर्छ भने । सरकारले गर्नुपर्ने काम संसदले गरोस भन्ने माग राख्नु नै असंवैधानिक हुने पनि सभामुखको धारणा थियो ।

लिम्बूवान राज्यपरिषद्द्वारा "अदालत" सञ्चालन

लाक्पा शेर्पा लिम्वूवान व्लगस्पोट धरान / November 24, 2007
संघीय लिम्बूवान राज्य परिषद्ले सरकारी न्यायालयको समानान्तर हुने गरी लिम्बूवान न्यायालय सञ्चालन गरिरहेको तथ्य र्सार्वजनिक भएको छ ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग निकट रहेको परिषद्ले पूर्वाञ्चलको दमक, बिर्तामोड, फिदिम र धरानमा लिम्बूवान न्यायालय सञ्चालन गरिरहेको तथ्य र्सार्वजनिक भएको हो ।भ्रष्टाचारीलाई कारवाही गर्ने भन्दै परिषद्ले विगत ८ महिनाअघिदेखि न्यायालय स्थापना गरेको मञ्चका झापा जिल्ला सचिव बनराज सुब्बाले जानकारी दिए । यसअघि माओवादीले सञ्चालन गरेको जनअदालत जस्तै परिषद्ले पनि न्यायालयमा विभिन्न मुद्दा ह गरेको छ । न्यायालयमा परिषद्का केन्द्रीय नेताहरुको नेतृत्वमा न्यायाधीश राखेर मुद्दाको फैसला हुने गरेको छ ।मुद्दा हेर्नका लागि दमकमा मञ्चका जिल्ला सचिव सुब्बा, गणेश र्राई र ज्ञानबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । परिषद्का केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवाले बिर्तामोड, केन्द्रीय सदस्य जनक चेम्जोङले धरान र मच्छिन्द्र बेघाले फिदिमको न्यायालयमा मुद्दा हेर्ने बताइएको छ । न्यायालयमा राष्ट्रिय तथा अन्तर्रर्टिय दातृ संघ-संस्थालगायत सबै पक्षको बारेमा आएका मुद्दा हेर्ने मञ्चका सचिव धनराज सुब्बाले बताए । मुद्दा लिएर जाने व्यक्तिले निवेदन दस्तुरवापत १ सय रुपैयाँ बुझाएपछि परिषद्ले नियुक्त गरेका न्यायाधीशले दुवै पक्षलाई राखेर फैसला गर्ने गरेको छ । फैसलाविरुद्ध जाने व्यक्तिलाई परिषद्का कार्यकर्ताले अपहरणसम्म गर्नसक्ने बताइएको छ ।दमकको न्यायालयले अहिलेसम्म ३५ वटा मुद्दाको फैसला गरिसकेको र त्यतिकै संख्यामा मुद्दाहरु बाँकी रहेको सचिव सुब्बाले बताए । न्यायालयमा वैदेशिक रोजगारीमा ठगी, श्रीमान-श्रीमतीका विवाद, जग्गा विवादलगायतका विषयका मुद्दाहरु बढी आउने गरेको छ । दमकसहित बिर्तामोड, फिदिम र धरानमा पनि त्यतिकै संख्यामा मुद्दाहरु आएको र फैसला हुने क्रम भइरहेको बुझिएको छ ।अरुण नदी पूर्वको क्षेत्रलाई लिम्बूवान क्षेत्र घोषणा गर्नुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलन गरिरहेको लिम्बूवान परिषद्ले न्यायालय सञ्चालन गरेर काम कारवाही गरिरहे पनि अहिलसम्म त्यसबारे प्रहरी प्रशासनलाई कुनै जानकारी छैन । लिम्बुवान नयायालय सञ्चालन गरेको विषयमा प्रश्न गर्दा झापा जिल्लाका एक उच्च सुरक्षा अधिकारीले भने- 'ए हो र ! कहाँ-कहाँ खोलेका छन् ? कसरी र कहिलेदेखि सञ्चालन गरिरहेका छन् ?'

मलेसियामा फाल्गुनन्द जयन्ती

रामचन्द्र गिरी/लिम्वूवान व्लगस्पोट क्वालालम्पूर मलेसिया / November 21, 2007
किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति २०६४ मलेसियाले १२३ औं महागुरु फाल्गुनन्दको जन्मजयन्ती नोभेम्बर ११ का एक अवसर पारेर एक कार्यक्रमको आयोजना गर्यो ।नेपाली मलेसियन नागरिक पदम बाबाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष पदम दुखी सम्बाहाङवे, तथा पूर्वाध्यक्ष पर्शुराम चोङवाङ, श्रम साप्ताहिकका प्रेम सुनार, डा. उमेश रिजाल, जनपृष्ठभूमीका सुन्दर आले मगर, श्री अभिलेख साप्ताहिकका शिवलाल सुबेदी, तमुसमाजका यम गुरुङ्ग, इलाम प्रवासी सर्म्पर्क मञ्च यायोख्याका देव प्रकाश र्राई र यायोख्याकै महासचिव मोहन थेवेंको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले किराँत धर्मत तथा साहित्यलाई लोप हुन दिन नहुने कुराहरुमा जोड दिएका थिए । कार्यक्रम संचालन किराँत धर्म तथा साहित्य उत्थान संघका सचिव बुद्धहंग लावतीले गर्नुभएको थियो । महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९२४ सालमा भएको थियो । उनको न्वारानको नाम नरध्वज लिङ्देन हो । उनी लिम्बू जातिको सामन्या परिवारमा जन्मेका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाको गठन

काठमाडौ प्रतिनिधि लिम्वूवान व्लगस्पोट
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संयुक्त थारु राष्ट्रिय मोर्चा ,मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्ष संघीय लिम्वूवान राज्य परिषद र तामाङसालिङ स्वायत राज्य परिषदले संयुक्त रुपमा आयोजना गरेको बृहत राष्ट्रिय राजनितीक भेलाले संघीय लोकतान्त्रि राष्ट्रिय मोर्चा गठन गर्ने निर्णय गरेको छ । मोर्चाले मुलुकको वर्तमान राजनीतिक संकटको निकासका लागि राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु पर्ने,जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्ने र जातिहरुको ऐतिहासिक पृष्ठभूमि,उत्पति,भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकार सहित स्वायत राज्यहरुको स्थापना गर्न संवैधानिक ब्यवस्था हुनु पर्ने माग अघि सारेको छ ।

लिम्बूवान राष्ट्रिय मोर्चा हङकङको भर्त्सना

मुलुकलाई राजनैतिक संकटग्रस्त अवस्थावाट निकास दिन सामन्तवादको अन्त्य र गणतान्त्रिक संघात्मक साशन व्यवस्थाको स्थापना गरी मुलुकलाई दिगो बिकास र स्थायी शान्तिको चरणमा पुर्‍याउन संघर्षरत होनहार युवक कर्मयोद्धा राज कुमार आङदेम्बे लिम्वूको रक्तपिपासु सामन्ती एवं पुरातन ब्राम्हणवादी राज्य सत्ताले गरेको क्रूर हत्याको लिम्बूवान राष्ट्रिय मोर्चा घोर भर्त्सना गर्दछ । मुलुकमा सामन्ती राजतन्त्रको समुल नष्ट साथै सामन्ती राजतन्त्रको आडमा जनतामाथि शोषण गर्ने र्सवसत्तावादी चरित्रभएका नेताहरुको दाहसंस्कार नभएसम्म मुलुकले सहि निकास नपाउने पक्का पक्कि छ । उदाहरण स्वरुप जातीय तथा वर्गीय असमानताको सन्तुलन एवम् ऐतिहासिक पृष्ठभुमिको आधारमा राष्ट्रको पुनर्निमाण गरी केन्द्रिकृत राज्य व्यवस्थाको विकल्पमा राज्यलाई समाबेसि लोकतन्त्रमा आधारित गणतान्त्रिक संघात्मक साशन व्यवस्थामा परिणत गर्दै दिगो विकास तथा स्थायी शान्तिको स्थापना गरी सम्पूर्ण आदिवासी जनजातीहरुलाई राष्ट्रको मूल प्रवाहमा समाहित गरी राष्ट्रको सर्वाङ्गीण विकासमा जुट्ने प्रतिवद्धता जाहेर गरेतापनि सामन्तवाद तथा पुरातन ब्राम्हणवादी सोचवाट ग्रस्त नेताहरु राष्ट्रको उच्च ओहोदामा आसिन भएका कारण गणतान्त्रिक संघात्मक साशन व्यवस्था अहिले अत्यन्त संकटमा फसेको कुरा घाम जस्तै छर्लङ्ग छ । सरकार वार्ताको जाल फालेर जनतालाई अल्मल्याउने खेल खेलिरहेको छ । यो नै अहिले दुर्भाग्य सावित भएको छ । यदि सरकार जनपक्षीय हो भने किन जनताको आवश्यकताको सम्बोधन गर्न चाहादैन? यसको अर्थ सरकार अझै निरङकुश बन्न चाहन्छ र जनजातिहरुमाथि साशन लादन चाहन्छ , तर यो अव सम्भव छैन ।जनताको आखामा छारो हाल्ने दुस्प्रयासको परिणामस्वरुप आज मुलुकमा बिभिन्न जाति सम्प्रदायहरुले आफ्नो अधिकार तथा गणतान्त्रिक संघात्मक शासन व्यवस्थाको स्थापनाको लागि जनआन्दोलन गरिरहनु परेको छ । त्यसको दमनको निमित्त सामन्ती राज्य सत्ताले कुनै कसरत वाँकी राखेको छैन । अव हामी सवै नेपालीहरु एकभएर यथास्थितिवादी, साम्प्रदायिक तथा सामन्ती सोचबाट ग्रस्त राज्य सत्ताको सारथीहरुलाई परास्त गरी नयाँ एबम् गणतान्त्रिक संघात्मक शासन व्यवस्थाको स्थापनाको निम्ति संघर्षमा जुटनुको विकल्प नरहेको स्पष्ट पार्दै गणतान्त्रिक संघात्मक शासन व्यवस्था, जातीय, भाषिक एवम् ऐतिहासिक पृष्ठभुमिमा आधारित सँघात्मक स्वरुपको आधुनिक नेपालको पुनर्निर्माण गर्न तमाम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई एकजुट भई संघर्षको मैदानमा उत्रन आव्हान गर्दछौ । लिम्बूवानवासीहरुले शदियौ देखि लिम्बुवानको खातिर दिएका रगत र बलिदानका बारेमा इतिहास ज्वलन्त साक्षि छ । कसैले कहिंवाट यसलाई महत्व नदिएको तितो सत्यको प्रतिफल त्यो रगतले भित्र भित्रै लाखौ रक्तविजहरुको जन्म गरिरहेको छ । अवको लिम्बूवानको रगतलाई बिगतको रगतसंग कसैले तुलना गर्छभने त्यो मूर्खता सिवाय अरुकेही हुन सक्दैन । यस युगको एकथोपा रगतले निश्चित रुपमा निर्णायक भूमिका निर्वाह गर्नेछ । लिम्बूवान राष्ट्रिय मोर्चा, राज कुमार आङदेम्बे लिम्वूको दिवंगत आत्माको चीर शान्तिको कामना र शोक संतप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै, धैर्यधारण गर्ने शक्ति प्रदान गरोस भनी तागेरा निङवाभु माङसंग प्रार्थना गर्दछ । अन्त्यमा दोषिमाथि कार्वाही, पिडितपक्षलाई राहत र राज कुमार आङदेम्बे लिम्वूलाई तत्काल शहिद घोषणा गर्न नेपाल सरकारसंग लिम्बूवान राष्ट्रिय मोर्चा जोडदार माग गर्दछ ।
लिम्बूवानवासी एक होऔं ! जय लिम्बुवान !!

सम्वाहाङफे उत्थान संघ हङकङको अधिवेशन सम्पन्न

नेपालबाट हङकङ आइ बसोवास गर्नु हुने सम्वाहाङफे लिम्वूहरुले दाजुभाइको उत्थान तथा सरसहयोगको लागि विगत केहि बर्ष अगाडी सम्वाहाङफे उत्थान संघ नेपालको सम्वन्धनमा हङकङमा पनि सम्वाहाङफे उत्थान संघ हङकङ स्थापना भएको थियो । उक्त संघले लामो समय पछि अधिवेशन मार्फत टीका सम्वाहाङफेलाइ अध्यक्षमा चयन गर्यो। अध्यक्ष टीका सम्वाहाङफेको अध्यक्षतामा मिति २००७ - ११ - १८ दिन अठार सदसीय नया कमिटीको गठन समेत गर्यो । क्रमश सचिव लक्ष्मि सम्वाहाङफे, सहसचिव रन्धोज सम्वाहाङफे, कोषाध्यक्ष दिल कुमार सम्वाहाङफे रहेकाछन् भने सदस्यहरुमा क्रमश टंक सम्वाहाङफे,चन्द्र सम्वाहाङफे,लाख बहादुर सम्वाहाङफे,जिवन सम्वाहाङफे,युवराज सम्वाहाङफे,लक्ष सम्वाहाङफे,नरेन्द्र सम्वाहाङफे,कृष्ण सम्वाहाङफे,लाभाहाङ सम्वाहाङफे ,हृदयमान सम्वाहाङफे,जगदीस सम्वाहाङफे,पृथी सम्वाहाङफे,त्रिभुवान सम्वाहाङफे रहनु भएको छ । साथै सल्लाकारमा ओमराज सम्वाहाङफे ,तिल बहादुर सम्वाहाङफे रहनु भएकोछ ।

हङकङमा कथानक चलचित्र थत्थामाको भब्यताका साथ प्रदर्शन हुने

किरात याक्थुङ चुम्लुङ हङकङद्वारा यहि आउदो २००७ डिसेम्वर १५ तरिख साझ छ बजे हङकङ स्थित
याउ मा ते हेनरी ल्युङ कम्युनिटी हलमा प्रथम लिम्वू उपन्यासमा आधारीत कथानक चलचित्र थत्थामाको
भब्यताका साथ प्रदर्शन हुने तयारी भै रहेको समाचार प्राप्त भएको छ । उक्त चलचित्र चर्चित निर्देशक प्रताप सुब्बाले निर्देशन गरेकाछन् भने थत्थामा चलचित्रका निर्मात्री शोभा खजुम रहेकीछीन् । सोहि दिन सुरेश वनेमको एकल गायन रहेको म्यूजिक भिडियोसंग्रह निङसाम को पनि विमोचन हुने अर्को समाचार लिम्वूवान ब्लगस्पोटलाइ प्राप्त भएको छ ।

न्युयोर्कमा बलिहाङ तङनाम तथा फाल्गुनन्द जयन्ती सम्पन्न

बिक्रम लिम्बू नेम्बाङ, न्युयोर्क /लिम्वूवान ब्लगस्पोट,
नोभेम्बर १३ -किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्युयोर्क शहरको रिज्वूडमा हालै फाल्गुनन्द जयन्ती तथा बलिहाङ तङनाम “दीपावली साँझ” भब्यताकासाथ सम्पन्न गरेको छ। हरेक साल आफ्ना स्थानीय जनसमुदायहरुको उपस्थितिमा याक्थुङ चुम्लुङ अमेरिकाले वार्षिक कार्यक्रमको रुपमा विविध कार्यक्रमहरुकासाथ मनाउंदै आएको बलिहाङ तङनाम “दीपावली साँझ” को रमाईलो कार्यक्रम यस वर्ष पनि महागुरु फाल्गुनन्द लिङदेनको स्मरण गर्दै मनाईएको छ। संयोगबस किरात धर्म भाषा तथा साहित्यको प्रचार प्रसार र संरक्षणकालागि अमूल्य योगदान दिने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १२३ औं जन्म जयन्ती पनि सोही दिन पर्न गएको थियो।संस्थाका अध्यक्ष पुर्ण बहादुर लिम्बूले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तस्बीरमा पुष्पार्णण गर्दै दीप जलाएर शुरुवात गर्नु भएको कार्यक्रममा महागुरुको बिषयमा उपाध्यक्ष नगेन्द्र ईङनामले तथा बलिहाङ तङनाम “तिहार पर्ब” को बारेमा वरिष्ठ अधिवक्ता दुर्गा सुब्बाले संक्षिप्त जानकारी दिएका थिए। त्यसै गरी भूतपूर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार श्याम सुब्बा मेन्याङबोले यो तिहारको जमघटले परम्पराको संरक्षण गर्नुका साथै आपसी मेलमिलापको वातावरण बढाउंदै जाने छ भन्नु भयो।परम्परागत लिम्बू भाषाबाट खेलिने देउसी भाका “लारिङ्गेक नाम्लिङ्गेक” को रमाईलो क्षणपछि उपस्थित सबैजनाले सामूहिक देउसी खेलेर रमाईलो गरेका थिए भने लोकप्रिय च्याब्रुङ नाच र रमाईलो धान नाँच नाच्दै डि.जे. मस्तिमा रम्दै कार्यक्रमको अन्त भएको थियो। महासचिव दिपेस सुब्बा चबेगुले संचालन गरेको कार्यक्रममा अध्यक्ष लिम्बूले सम्पूर्ण सहयोगी दाजुभाई दिदी बहिनीहरुमा आभार ब्यक्त गर्नु भएको थियो।

लिम्बू विद्यार्थी मञ्च दमक घोषणापत्र २०६४

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि आन्दोलनकोविकल्प नरहेको ठहर गर्दै,लिम्बुवान स्वायत्तताका लागि भएको संघर्षको लामो कालखण्डलाई निरन्तरता दिई यस्को टुंगोलागाउनु पर्ने ऐतिहासिक दायित्वलाई हृदयंगम गर्दै,आम लिम्बू विद्यार्थी र लिम्बू विद्यार्थी मञ्च लिम्बुवान प्राप्तिको महान आन्दोलनमा संघर्ष गर्नप्रतिवद्ध रही,राष्ट्रिय, अन्तर्राष्ट्रिय दस्तावेजले व्यवस्था गरेको आदिवासी जनजातिहरूको अधिकारकोकार्यान्वयनको लागि,"संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हाम्रो ऐक्यवद्धता, आत्मनिर्णयकोअधिकारसहितको लिम्बुवान स्वायत्तताको लागि राष्ट्रिय भेला" मूल नाराका साथ २०६४ भदौ २८ र २९ गते लिम्बुवानको दमक नगरीमा सम्पन्न लिम्बू विद्यार्थी मञ्चको राष्ट्रिय भेला यो दमक घोषणापत्र २०६४ जारी गर्दछ ।१) अन्तरिम संविधानको तेस्रो संशोधन गरी संविधानसभाको निर्वाचन अगावै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ऐतिहासिक, जातीय, भाषिक र सांस्कृतिक आधारमा आत्मनिर्णयको अधिकारसहतिको लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित गरिनुपर्ने ।२) संविधानसभाको लागि पूर्ण जातीय समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने ।३) लिम्बुवानमा गैर लिम्बू जातिको पनि समान हक, अधिकार र कर्तव्य रहने ।४) २०६४ भदौ २२ र २३ गते किरात याक्थुङ चुम्लुङको आयोजनामा सम्पन्न राजनीतिक अन्तरक्रियाले गरेको लिम्बुवानको ऐतिहासिक ६ बुँदे घोषणाप्रति प्रतिवद्धताका साथ सोराजनीतिक अन्तरक्रियामा प्रस्तावित लिम्बुवानको मस्यौदा खाकालाई सशक्त रुपमा छलफल र बहसमा लाने ।५) सोही अन्तरक्रियामा लिम्बुवान प्राप्तिका लागि सञ्जाल निर्माण गर्न भएको साझा सहमतिको आधारमा सो सञ्जाल अविलम्ब निर्माण गरी लिम्बुवान प्राप्तिका लागि सशक्त आन्दोलनमा उत्रन सहमत सबैलाई यो भेला हार्दिक आव्हान गर्दछ ।
............
महासचिव
टंक फोम्बो

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको प्रेस विज्ञप्ति

आज मिति २०६४ कार्तिक १७ गते यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध राजनीतिक संगठन संघीय गणतान्त्रिकराष्ट्रिय मोर्चाको विशेष बैठक मोर्चासंग सम्बद्ध अन्य संगठनहरू संघीय लिम्बुवान स्वायत्त राज्य परिषद, तामाङसालिङ् स्वायत्त राज्य परिषद, मधेशी जनअधिकार फोरम -विश्वास समूह), संघीय गणतान्त्रिक मोर्चा र संयुक्त थारु राष्ट्रिय मोर्चाका उच्च पदस्थ प्रतिनिधिसमेतको उपस्थितिमा विविध महत्वपूर्ण निर्णय गरी मोर्चाको कार्यालय पुल्चोक ललितपुरमा सम्पन्न भयो । आजैमात्र औपचारिक रुपमा यस मोर्चामा आवद्ध संयुक्त थारु राष्ट्रिय मोर्चाका केन्द्रीय पदाधिकारी रोसन थारु र लक्ष्मण चौधरीसमेतको उपस्थितिमा सम्मन्न सो बैठकले वर्तमान राजनीतिक परिस्थितिको मिहिन रुपमा विश्लेषण गरी संविधान सभा अगावै संघीय गणतन्त्रको घोषणा, संविधान सभाको चुनावका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिका पृष्ठभुमिको आधारमा जातीय स्वायत्त गणराज्यहरूसहितको राज्यको पुनर्संरचनाका लागि निर्णायक तर शुरुमा शान्तिपूर्ण आन्दोलन र आवश्यक परे जन वि द्रोह नै सिर्जना गर्ने निणर्य गरेको छ । वर्तमान सात दलीय सरकार मोर्चाले अधि सारेका मागहरू पूरा गर्न नचाहेको र संविधान सभाको निर्वाचन समेत गर्नअसफल भएकोले सोका विकल्पका लागि यही मंसिर २ र ३ गते काठमाडौमा पहिलो चरणमा एक आन्तरिक राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना गर्ने भएको छ । निणर्य अनुसार, दोस्रो चरणमा भने सम्पूर्ण आदिवासी जनजाति, मधेशी,महिला, दलित, उत्पीडित र उपेक्षित क्षेत्रका सबै संघ संगठनहरू सहितको वृहत् राष्ट्रिय राजनीतिक सम्मेलनको समेत आयोजना गरी यो असफल सरकारको विकल्पमा समानान्तर सरकारको गठन गर्ने समेतको निणर्य पारित गरेको छ ।आन्दोलनको मागहरू१. राजतन्त्रको तत्काल समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर ।२. संविधान सभाको निर्वाचनमा जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर ।३. आत्मनिणर्यको अधिकारसहितको जातिहरूको ऐतिहासिक पृष्ठभुमि, भाषा र क्षेत्रको आधारमा जातीय, भाषिक र क्षेत्रीय स्वायत्ततासहितको लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहट, तमुवान, मगरात, खसान, मधेश र कोचिला -विशेषस्वायत्त) गणराज्यहरूको सुनिश्चित गर ।
आन्दोलनरत संगठनहरू
. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२. मधेशी जनअधिकार फोरम -विश्वास समूह)
३. लिम्बुवान स्वायत्त राज्य परिषद
४. तामाङ्सालिङ स्वायत्त राज्य परिषद
५. खम्बुवान राष्ट्रिय मोर्चा
६. संघीय गणतान्त्रिक मोर्चा
७. संयुक्त थारु राष्ट्रिय मोर्चा
....................
डीबी आङ्बुङ
सचिवप्रचार-प्रसार विभाग
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल
२०६४। ०७ ।१७

लिम्बूवान विकास परिषद, हङकङको - प्रेस विज्ञप्ति

लिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि सन् १९८६ सालदेखि 'लिम्बूवान मुक्ति मोर्चा' नेपालले निरन्तर संघर्ष गर्दै आइरहेको सर्वविद्घीतै छ । त्यसैको पृष्ठभूमिमाथि उभिएर लिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि हङकङेली लिम्बूवानवासीहरुको भूमिकालाई सधैं उच्च र गाढा राख्नका लागि २३ डिसेम्वर, २००१ का दिन हङकङमा 'लिम्बूवान विकास परिषद' नामक एक क्षेत्रीय राजनैतिक संगठन गठन भएको थियो । यो संगठनले स्थापनाकालदेखि लिम्बूवान स्वायत्त राज्यको निमित्त सकेसम्म खबरदारीको आवाज उठाउदै, प्रचार प्रसार र जनचेतना अभिवृद्घी गर्दै आइरहेको पनि विद्घीतै छ । अझ स्पष्टसंग भन्नुपर्दा यसले वि. सं. २०५१ सालमा लिम्बूवान-नेपालमा 'लिम्बूवान मुक्ति मोर्चा' सुनसरी जिल्ला कमिटिको नामले लिम्बूवान स्वायत्तताको निमित्त नेपाल सरकारलाई ध्यानाकर्षा गर्राई विद्रोहको आवाज उठाउँने काम गरेको थियो ।गत भदौ २२-२३ का दिन सुनसरी जिल्लाको धरानमा किरात याक्थुङ् चुम्लुङ्को आव्हानमा लिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि क्रियाशील विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्थाहरुबीच बनेको साझा सञ्जालको निर्माण तथा त्यसको सहमति आफैमा स्वागतयोग्य र ऐतिहासिक छ । तर आर्श्चर्यको विषय के छ भने त्यस साझा सञ्जालमा सारा लिम्बूवानवादी संघ संगठनहरु अटाउँन सके तर 'लिम्बूवान विकास परिषद' हङकङ अटाउँन सकेन, किन - र, त्यो साझा सञ्जाल निर्माण हुँदैछ भन्ने विषयको सूचना हङकङ परिषदलाई समयमा थाहा नदिइन्नु अर्को दुखको विषय हो । के हामी लिम्बूवानवासी र लिम्बूवानवादी होइनौं - के हाम्रो संगठन लिम्बूवान प्राप्तिका लागि होइन - अर्को भर्त्सनायुक्त र आपत्ति जनक विषय के हो भने लिम्बूवान मुक्ति मोर्चा, हङकङका प्रतिनिधिको रुपमा त्यहाँ मोती इङ्नाम नाम गरेको व्यक्तिले सञ्जालको धरान घोषणा पत्रमा हस्ताक्षर गरेको पाइयो । जबकि हङकङमा 'लिम्बूवान मुक्ति मोर्चा' नेपालको निर्देशनमा खोलिएको एउटै मात्र आधिकारिक संगठन भनेको 'लिम्बूवान विकास परिषद' हो । त्यसकारण हङकङका लागि लिम्बूवान मुक्ति मोर्चा, भनेको नै 'लिम्बूवान विकास परिषद' हो । अर्को, साझा सञ्जाल निर्माणको लागि नेपालबाट लिम्बूवान विकास परिषद, हङकङलाई कुनै सूचना नदिएको कारण परिषदले नेपालमा कुनै पनि प्रतिनिधि पठाएको थिएन । तापनि सञ्जालको धरान घोषणा पत्रमा मोती इङ्नाम नाम गरेको कथित व्यक्तिलाई हस्ताक्षर गराइयो कसरी - यो एकदमै खेद र आपत्ति जनक काम हो । यसलाई मामुली गल्ति भएको भन्न सकिन्दैन । यो मोती इङनाम र उसलाई सञ्चालन तथा निर्देशन गर्ने गिरोहहरुद्वारा गरिएको जानाजान जाली फर्टाई काम हो र ती गिरोहहरुलाई हामी राम्ररी चिन्छौं । यो त महा षडयन्त्रकारी, अवसरवादी तथा दरवारियाहरुद्वारा गरिने नीच कर्मको सिको गर्ने नीच कर्मीहरु हुन् । यो पूर्ण सुनियोजित् षडयन्त्र हो । यसलाई लिम्बूवान विकास परिषद, हङकङ घोर भर्त्सना गर्दछ । लिम्बूवान मुक्ति मोर्चा, हङकङको नाम बेचेर सञ्जालको धरान घोषणा पत्रमा हस्ताक्षर गर्ने त्यो जाली र फटाहा प्रतिनिधि महाशयको नाम र त्यो अवैध किसिमले समावेश भएको लिम्बूवान मुक्ति मोर्चा, हङकङको नामलाई अविलम्ब हर्टाई त्यसको स्थानमा लिम्बूवान विकास परिषद, हङकङको नाम समावेश गर्नका लागि किराँत याक्थुङ् चुम्लुङ्, नेपाल र साझा सञ्जाललाई लिम्बूवान विकास परिषद, हङकङ जोडदार माग तथा हार्दिक आग्रह गर्दछ ।
अन्त्यमालिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि राजनैतिक तथा सामाजिक रुपमा क्रियाशील विभिन्न संघ संगठनहरुको साझा सहमतिमा बनेको साझा सञ्जालको निर्माण र त्यसबाट घोषित निर्णर्यहरुलाई लिम्बूवान विकास परिषद, हङकङ पूर्ण समर्थन र सहयोग गर्दै अघि बढ्ने निर्णय गर्दछ । यसका साथै यही प्रेस विज्ञप्ति मार्फ नेपालमा संविधान सभाको चुनाव अगावै पूर्ण समानुपातिक निर्वाचन प्रणाली सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र लिम्बूवान स्वायत्त राज्यको सुनिश्चित्ताको ग्यारन्टीको लागि सात दल र सरकारलाई लिम्बूवान विकास परिषद, हङकङ जोडदार माग गर्दछ ।
प्रकाश यक्सोअध्यक्ष- लिम्बूवान विकास परिषद, हङकङ३० अक्टोवर, २००७ -१३ कार्तिक, २०६४

बैरागी काइँलाको स्वास्थ्य सुधार

काठमाडौं - साहित्यकार बैरागी काइँलाको स्वास्थ्यमा सुधार भएको छ । नाकबाट रक्तश्राव हुने समस्या देखिएपछि गत महिना उनलाई अस्पताल भर्ना गरिएको थियो । ओम अस्पतालमा करिब दुई साताको उपचारपछि उनी सुकेधारास्थित आफ्नै निवासमा रहेका छन् । डाक्टरले नबोल्न भनेका कारण आगन्तुकसित लेखेर आफ्ना अभिव्यक्ति दिने गरेका छन् । '' बोल्दा घाउ बल्भिmन्छ डाक्टरले भनेका कारण चुप लागेर बसेको छु,'' ओछ्यानमा पल्टिरहेका काइँलाले लेख्दै भने- '' डाक्टरले दिएको औषधि सकियो अब दसैं पूणिर्मा लगत्तै भेट्न जान्छु ।'' परिवारका साथमा रहेका काइँलाले दसैंको आशीर्वाद लिन आएका चेलीबेटी, पाहुनाहरूसित आलोपालो भेट दिने गरेका छन् ।

साहित्यकार तिगेलाको देश बोक्नुको पीडा सार्वजनिक

बेलायती सेनामा कार्यरत रहेर पनि नेपाली साहित्य सिर्जनामा कलम चलाइरहनु भएका युवा साहित्यकार विश्वास दीप तिगेलाको पछिल्लो कृति '' देश बोक्नुको पीडा '' नियात्रा संग्रह एक विशेष समारोहका बीच शनिबार राजधानीमा सार्वजनिक गरियो । साहित्यकार तिगेलाको '' गृहयुद्धको पीडा '' नियात्रा संग्रहपछि आएको देश बोक्नुको पीडाको बरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईले विमोचन गर्नुभएको हो । बेलायती सेनामा रहेर कोसभो, केन्या, बेलायत, ब्रुनाई, मलेसियाजस्ता भू-भागमा पुगेर त्यहाँ देखेका कुरालाई कलात्मक शैलीमा उतार्न सफल तिगेलाले आफ्नो दोस्रो कृति देश बोक्नुको पीडामा आफूले विभिन्न देशका देखेका र भोगेका
कुराहरुलाई साहित्यक ढाँचामा उतार गर्नुभएको छ । विसे नगर्ची कविता लेखेर चर्चाको शिखरमा पुग्न सफल कवि श्रवण मुकारुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार विदेशी मुलुकको सैन्य जीवनमा व्यस्त रहेर पनि नेपाली साहित्यको विकासमा टेवा पुर्‍याउनु भएकोमा तिगेलाको प्रशंसा गर्नु हुँदै तिगेलाको पहिलो कृति नेपाली युद्ध साहित्यको प्रथम कृति भएको उल्लेख गर्दै दोस्रो कृति त्यसकै निरन्तरताका रुपमा मास्टर पिस भएको बताउनुभयो । कोसभो, केन्याजस्ता देशमा भएको द्वन्द्वका झिल्काहरु नेपाली माटोमासमेत फाट्टफुट्ट देखिन थालेको वर्तमान अवस्थामा विश्वास दीप तिगेलाका कृतिहरुले समस्या समाधानमा सहयोग पुर्‍याउने अपेक्षासमेत गर्नुभयो । डा. भट्टराईले भन्नुभयो, यो कृति यहाँका राजनीतिक दल र नेताहरुले एक पटक पढ्नै पर्छ । तिगेलाको लेखनमा प्रवासी आवाजसमेत प्रस्फुटन भएको उल्लेख गर्नु हुँदै इमान्दारिता, सरलता र अरुको भन्दा मौलिक हुनु नै उत्कृष्टता भएको बताउनुभयो । त्यसैगरी आफ्नो पुस्तकका बारेमा स्पष्टिकरण दिदै लेखक विश्वास दीप तिगेलाले आफूले देश नयाँ चरणमा प्रवेशका क्रममा रहेकाले त्यसका थोरबहुत सहयोग पुगोस भन्ने उद्देश्यले हतारमै प्रकाशन गरेको बताउनुभयो । उहाँले पुस्तकमा द्वन्द्वले बनाएका घाउ र त्यसले मानव जीवनका पारेको असर रहेकाले यसले नेपालको द्वन्द्व समाधान र भविष्य निर्माणमा योगदान गरोस भन्ने आफ्नो ध्येय रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, म पाठकले मन पराउछन् कि पराउँदैनन् भनेर लेख्दिनँ, जे देख्छु, जे भोग्छु त्यसैलाई साहित्यिक रुपमा उतार गर्छु, केही लुकाउँदिन । कार्यक्रममा कवि श्रवण मुकारुङले प्रवासमा रहेका नेपालीहरुको नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरहेको उल्लेख गर्दै देश मेची, कोशी र कर्णालीको सीमाभित्र मात्र भएर एउटा नेपाली जहाँ पुग्छ, देश बोकेको पीडा लिएर जान्छ भन्नुभयो । उहाँले अहिले नयाँ नेपाल निर्माणसँगै नेपाली साहित्यमा पनि केन्द्रीय भागमा प्रहार गर्ने क्रम सुरु भएको उल्लेख गर्नुभयो । कार्यक्रममा निबन्धकार युवराज नयाँघरेले विश्वास दीप तिगेलाको लेखनमा भाषा, कला र चिन्तनको हिसावले उत्कृष्ट रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यमा पेसाकर्मीको प्रवेश सुरु भएकोमा खुसी व्यक्त गर्दै सेना, डाक्टर आदिको प्रवेशबाट नेपाली साहित्यको विकासमा थप योगदान पुग्ने उहाँको विश्वास थियो । अमर तुम्याङले स्वागत गर्नुभएको उक्त कार्यक्रममा अम्बर नेम्बाङले पनि निबन्धमाथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा लेखक तिगेलाले अतिथिहरुलाई कलम र पुस्तक उपहार प्रदान गर्नुभएको थियो। विश्वास तिगेलाको अर्को कृति संक्षिप्त बोर्नियो परिचय पनि प्रकाशन भइसकेको भए पनि कार्यक्रममा देश बोक्नुको पीडा मात्र सार्वजनिक गरिएको थियो । कृतिमा विभिन्न फरक फरक देशमाका अनुभूतिहरु सँगालिएको ९ वटा नियात्रा रहेका छन् ।

लिम्वुवान सीमाना सम्वन्धि हङकङ घोषणा जारी

लिम्वुवान राष्ट्रिय मोर्चाद्वारा आइतबार आयोजित कार्यक्रममा लिम्वुवान सीमा सम्वन्धि जानकारी तथा वृहत छलफलपछि घोषण पत्र जारी गरेको छ। लिम्वुवानवासीबीच भएको बृहत छलफलपछि लिम्वुवान राष्ट्रिय मोर्चाले लिम्वुवानको सीमा सम्वन्धि एक बूंदे हङकङ घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रका अनुसार -१) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पाँनथर ३) ईलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य भनिनु पर्छ।उक्त क्षेत्रमा कुनै पनि हालतमा मासुको विलो बाँडेको जस्तो लिम्वुवानलाई विभक्त गरिनु नहुने सहभागीहरुले बताए। यदि कसैले त्यस्तो कार्य गरेमा लिरामो चुप लागेर नबस्ने धारणा पनि कार्यक्रममा राखिएको थियो।इतिहासमा तराई क्षेत्रमा कहिल्यै पनि कोचिलाको प्रसंग नआएको र वि.सं. १८३१ मा लिम्वुवान गोर्खाको सह-राज्यमा रहेको अवस्थामा तराई सवै लिम्वुवान राज्यको रुपमानै गोर्खामा समावेश भएको कुरा छलफलमा उठेको थियो। कुनै कोचिला राज्य गोर्खामा प्रवेश भएको इतिहास देखिदैन। सहभागीहरुले बताए। यो कोचिला भर्खरै आएको शव्द भएको र लिम्वुवानलाई कमजोर बनाउने गम्भीर षडयन्त्र भैरहेको जनाएको छ। यसलाई लिम्वुवानको इतिहास बिगार्न ल्याईएको उपजको रुपमा छलफलले निश्कर्ष निकालेको छ। यस सवालमा लिरामोले आफ्नो मातृ रक्षाको लागि सदैव ढाल भएर अग्रपंत्तिमा रहने बताएको छ। यर्सथ सरकार र पार्टीहरुले लिम्वुवानको वास्तविकतालाई ख्याल नगरी कार्य नगर्न र श्रीलङका नवनाउन चेतावनी दिईएको थियो।कार्यक्रममा सीमाना सम्वन्धि कार्यपत्र मोर्चाको महासचिव अविचन्द्र ईङनामले तयार गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अध्यक्ष दिल पालुङवा लिम्वु, सञ्चालन सचिव सुरेश सुव्वा गर्नु भएको थियो। कार्यक्रममा सदस्य एन.पी. पन्धाकले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।अध्यक्ष दिल पालुङवा लिम्वुले घोषणा गरेको उक्त हङकङ घोषणामा लिम्वुवान विकास परिषदको प्रतिनिधि देवेन्द्र सेर्मा, किरात याक्थुङ चुम्लुङका सचिव ज्ञानु मेन्याङवो र जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष दिल फोम्वो, पत्रकार किसान राई, पत्रकार साहित्यकार प्रदिप कन्दङवा, नर कुमारी लिम्वु लगायतले हस्ताक्षर गरेका थिए।विश्वभरका लिम्वु तथा लिम्वुवानवासीहरुको उभार दिन प्रतिदिन वढ्दै गएकोले निकट दिनमा आन्दोलनको विशाल ज्वारभाटा उठ्न सक्ने आयोजकले बताए छन्। यस्तो स्थिति आउन नदिन सरकार सचेत तथा संवेदनशील भएर लाग्नु पर्ने सुझाब लिरामोले दिएका छन्।

आङदेम्बेलाई शहीद घोषणाको माग राख्दै श्रद्धाञ्जलि अर्पण

लोकतान्त्रिक सरकारको प्रहरीद्वारा मारिएका राजकुमार आङदेम्बे लिम्बुलाई शहीद घोषणा गरिनु पर्ने माग राख्दै लिम्बुवान राष्ट्रिय मोर्चाले हत्याको घोर निन्दा र भत्सर्ना गरेको छ। लिम्बुवान स्वायत्त आन्दोलनमा सक्रिय रहंदै आएका आङदेम्वे लिम्बुको लोकतान्त्रिक सरकारको प्रहरीले चलाएको गोली
प्रहारबाट अक्टोबर ७ तारिख मृत्यु भएको थियो। लिम्बुवान झापा केर्खामा प्रहरीले विना चेतावनी गोली
हानी आङदेम्वे लिम्बुको हत्या गरेका थिए।लिम्बुवानमा राजकुमार आङदेम्वे लिम्बुलाई लिम्वुवान स्वायत आन्दोलनको पहिलो शहीद घोषणा सकेको छ भने सरकारबाट तत्काल आङदेम्वेलाई शहीद घोषणा गरिनु पर्ने माग राख्दै आइरहेका छन्। लिम्बुवान मुक्ति मोर्चाद्वारा अक्टोबर १४ आइतबारका दिन आयोजित शोक सभा तथा श्रद्धाञ्जलि कार्यक्रममा वक्ताहरुले हत्याको घोर निन्दा र भत्सर्ना गरेका थिए। मोर्चाका महासचिव अविचन्द्र इङनामले लिखित मन्तव्य सुनाउंदै हत्याको निन्दा गर्नुभएको थियो।मोर्चाका अध्यक्ष दिल पालुङ्वाले लिम्बुवान क्षेत्रका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौला भएता पनि लिम्बुवानको शान्तिपूर्ण आन्दोलनमा कर्फ्यु लगाइनु र लिम्बुवानको छोरो आङदेम्वेलाई मारिनु नियतवस भएको बताउनु भयो। उहाँले आङदेम्वेको आलो रगतले लिम्बुवानको आन्दोलनमा थप उर्जा र शक्ति प्रदान गरेको बताउंनु भयो। आङदेम्वेको आलो रगत, रक्तवीज जस्तै अझ बढ्दै जाने उहाँले बताउंनु भयो। अध्यक्ष पालुङवाले आङदेम्वेलाई लिम्बुवान स्वायत्त आन्दोलनको पहिलो शहीद घोषणा गर्दै सरकारले पनि तत्काल शहिद घोषणा गर्न माग गर्नुभयो। सोही कार्यक्रममा आङदेम्वेको परिवारलाई आर्थिक सहयोग स्वरुप उठाइएको ४० हजार रुपैयाँ मोर्चाले चाँडै नेपाल पठाइने जनाएको छ।नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा लिम्बुवान विकास परिषदका अध्यक्ष प्रकाश याक्सो, किरात याक्थुङ चुम्लुङका कोषाध्यक्ष हस्त मास्वा र किरात धर्म तथा साहित्य उत्थान संघका कमल लिङदेनले पनि मन्तव्य प्रकट गर्नुभएको थियो। मोर्चाका सचिव सुरेश सुब्बाले सञ्चालन गर्नुभएको कार्यक्रममा नवराज काम्वाङले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।

'लिम्बूवान विकास परिषद हङ्गकङ्गव्दारा श्रदान्जलीसभा

शोक समवेदना व्यक्त
मिति-अक्टोवर १४, २००७
यस श्रदान्जलीसभाका सभाध्यक्ष ज्यू,
उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरु, र पत्रकारमित्रहरु,सबैभन्दा पहिले म के भन्न चाहन्छु भने, विभिन्न परिस्थिति र परिवेशमा आन्दोलनको प्रकृति र प्रकृयाहरु फरक फरक किसिमको हुने गर्छन । यसै सर्न्दर्भमा हालसालै हामीले के बुझेका छौं भने, "संघीय लिम्बूवान राज्य परिषद" र "खम्बूवान मुक्ति मोर्चा" ले गत साता -अक्टोवर०३-९, असोज १६-२२,२०६४) लिम्बूवानमा संयुक्त रुपमा ७ दिने आम हड्ताल गरेका थिए, जुन विल्कुलै निशस्त्र र शान्ति पूर्वक आनदोलन थियो । त्यही आन्दोलनको क्रममा गत आइतवारका दिन झापा, केर्खामा इलाम, चुलाचुली-१ का राजकुमार आङदेम्बेको प्रहरीको गोली लागी मृत्यु भएको समाचार सुन्नमा आएको छ । यो एकदमै दुखत् घट्ना हो । यो अकल्पनिय दुखत् घटनाले हामी सम्पूर्ण लिम्बूवान प्रेमी लिम्बूवासीहरुलाई अत्यन्त मर्माहत र दुखित् तुल्याएको छ ।त्यसोहुँदा स्वर्गीय आङदेम्बको त्यो शाहसीक कदम र वीरताको सम्मान गर्दै वहाको चिर मृत्तात्माले सधैं शान्ति पाओस् भन्नाको लागि 'लिम्बूवान विकास परिषद', हङकङको तर्फाट र मेरो व्यक्तिगत तर्फाट गहिरो शोक समवेदना व्यक्त गर्न चाहन्छु ।आदरणीय महानुभावहरु, म यहाँ थोरै के पनि स्पष्ट पार्न चाहनछु भने, संसारमा जतिपनि लर्डाई, संर्घष्ाहरु भएका छन्, त्यो आफ्नो अस्थित्व स्थापित गर्नका लागि भएका छन् । पहिचान र नागरीक हक अधिकारका लागि भएका छन् । त्यो उपनिवेशवादी सामन्ती राज्यसत्ताका विरुद्वमा भएका छन । ठीक त्यसैगरि आज लिम्बूवानले आफ्नो अस्थित्वको सुरक्षा खाजिरहेको छ । उसको इतिहास, पहिचान र गुमेको हक अधिकार खोजिरहेको छ । जुन नेपालको सामन्ती राज्यसत्ताको कारण कहिल्यै माथि उठ्न सकेको थिएन । तर, आज त्यो उठ्ने क्रममा छ ।त्यसैको सेरोफेरोमा आज लिम्बूवानवासीले नेपालको नयाँ राज्यसंरचनामा लिम्बूवान स्वायत्त राज्य स्थापनाका लागि संर्घष्ा गरिरहेका छन् । लिम्बूवान क्षेत्रमा गत साताको ७ दिने आम हड्ताल त्यसैको एउँटा उपज थियो । लोकतान्त्रिक कानूनी प्रक्रियामा नागरिक तथा संघसंगठनहरुलाई विना हातहतियार शान्तिपूर्वक भेला हुने, सभा गर्ने रजनीतिक दल वा संगठन खोल्न पाउँने अधिकार लगायत प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने र मृत्यदण्डको सजाय नहुने भनि उल्लेख भएको पाइन्छ । तर पनि प्रशासनले राजकुमार आङदेम्बेलाई सिधै गोली ठोकी हत्या गर्यो । त्यो सरासर हत्या थियो । त्यो प्रशासनको महा हेपाहा र दमन प्रवृति हो भन्न सकिन्छ । यसप्रकारको प्रशासनिक रवैयाको हामी घोर भर्त्सना र विरोध गर्न चाहन्छौं ।एउँटा मामुली ढुङ्गामुडा हानेकै निहुँमा आज राजकुमार आङदेम्बेले आफ्नो २२ वर्षो कलिलो उमेरमै ज्यान गुमाउनु परेको छ । जब बन्द आव्हान भएको तेस्रो दिन बन्द आव्हान कार्यकर्ताहरुले प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठमाथि ढुङ्गामुडा गरेपछि प्रशासनले कर्फ्र्यु आदेश जारी गरेको भनिएको छ । र, दास्रो दिन प्रहरीले कर्फ्र्यु उलंघन गरेको र प्रहरीमाथि ढुङ्गामुडा हानेको भन्ने आरोपमा प्रहरीले राजकुमार आङदेम्बेलाई गोली हानी हत्या गरे । यसरी हेर्दा प्रशासनले पहिलो दिनको रिसको आवेगलाई थाम्न नसकि भोलिपल्टै प्रहरीले राजकुमार आङदेम्बेलाई गोली हानी हत्या गरेको देखिन्छ ।तर, ढुङ्गामङ्गडा हानेको भन्ने आरोपमा ज्यानै मारिदिने यो प्रशासनको यो कस्तो प्रकारको कारवाही हो - प्रशासनले त्यहाँ कर्फ्र्यु आदेश जारी गर्दा कस्तो परिस्थितिमा, कुन क्षेत्रमा र कति समयका लागि गर्ने - त्यो आदेश जारी हुनुपुर्व त्यहाँका र्सवसाधरण नागरिक र सरकारलाई सूचना दिने काम भएको थियो कि थिएन - त्यहाँ जम्मा ८५ घण्टासम्म कर्फ्र्यु जारी थियो । जसले गर्दा त्यहाँको सामाजिक जनजीवन अत्यन्तै अस्तव्यस्त हुन पुगेको थियो । यो मुख्य गरेर प्रशासनले कर्फ्र्यु जारी गरेपछि भएको थियो । यी सवै विषयहरुको छानविन हुनु अत्यन्तै आवश्यक छ ।एउटा निशस्त्र नागरिक समुह, जसले विना हातहतियार शान्तिपूर्वक आफ्नो हक अधिकारको माग राख्न पाउने कि नपाउने - तर, प्रशासनले भने नागरिकको सुरक्षा हाइन हत्या, हिंसा र आतङक मच्चाएको छ । यिनै कुराहरुको अविलम्ब छानविन गरी दोषीमाथि तुरुन्त कडा भन्दा कडा कारवाही गरियोस् भन्नाको लागि हामी सरकारसित जोडदार माग गर्न चाहन्छौं । यसै चुम्लुङको निर्णयले सम्बन्धित पक्षहरुलाई तुरुन्त एउटा खवरदारी सन्देश पठाउन सके अत्यन्तै राम्रो हुने हामीले ठानेका छौं ।यदि हामीले त्यसो गर्न नसकेको खण्डमा भने, ती राक्षसी बन्दुकका नालहरुले भोली हामी एक, एकलाई निशाना साध्न सक्दैन भनेर भन्न सकिन्न । र, अब अन्त्यमा, फेरी एकपल्ट स्वर्गीय राजकुमार आङदेम्बेको मृत्तात्मालाई सधैं सधैं शान्ति मिलोस भनेर तागेरानिङवाफुमाङसँग प्राथना गर्न चाहन्छु । धन्यवाद ।-राजकुमार आङदेम्बे, श्रदान्जलीसभामा 'लिम्बूवान विकास परिषद' हङ्गकङ्गका संयोजक-प्रकाश यक्सोले दिएको मन्तव्य)

लिम्वूहरुको आफ्नै भाषामा पढाइ हुने

लिम्वूवान व्लगस्पोट धनकुटा सम्वादाता
धनकुटा जिल्ला वसन्तटार गाविस वडा नं.४ स्थित साराथुम्पा प्राथमिक विद्यालयमा यस वर्षदेखि लिम्वू भाषामा पढाइ सञ्चालन हुने भएको छ ।सो विद्यालयमा यस वर्ष उक्त भाषामा कक्षा-१ सम्म पढाइ सञ्चालन गरिने स्थानीय समाजसेवी चन्द्रबहादुर लिम्वूले बताउनुभयो ।उक्त भाषामा पढाइ सञ्चालनका लागि आगामी तिहारमा द्यौसीभैलो खेली रकम सङ्कलन गरिने बताइएको छ ।