News

Sep 30, 2009

मातृकाले गोइतसँग कार्यगत एकताका लागि कुराकानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, असोज १४ पुनर्गठित नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले मधेशमा सशस्त्र विद्रोह हाँकिरहेका तीनजना उपल्ला नेतासित कार्यगत एकताका लागि कुराकानी भइरहेका बताएका छन्।
मधेसमा सशस्त्र समूहको शुरुवात गर्ने जयकृष्ण गोइतसहित विलासी यादव, पृथ्वी सिंह सहितका सशस्त्र समूहका नेताहरुसँग आफ्नो कुराकानी भइरहेको यादवले बताए। उनले उनीहरुसँग कार्यगत एकता गरेर जाने पक्षमा आफू रहेको बताए। सरकार विशेष सुरक्षा योजनाको नाउँमा जनतालाई अधिकारविहीन र दमन गर्ने षड्यन्त्र गरेको दाबी उनको छ। उनले जनताको अधिकार नदिन र दमन गर्न विशेष सुरक्षा योजना ल्याएको स्पष्ट पार्दै मधेसलाई लुट्न र पहाडका जनजातिप्रति षडयन्त्र गर्न योजना केन्द्रित रहेको आरोप लगाए।सप्तरी सदरमुकाम राजविराजमा बुधबार संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले योजनाको नाममा नक्कली इन्काउन्टर गरेर राज्यले व्यक्तिको हत्या गरिरहेको आरोप लगाए। अहिलेको अवस्थामा छुट्टै मधेसको माग उचित नभएको जनाउँदै यादवले आत्मनिर्णय सहितको स्वायत्तता आवश्यकता रहेको बताए।यादवले राजतन्त्रको अन्त्य भइसकेपनि अहिले हरेक पार्टीमा श्रीपेचको विकास भइरहेको बताए। वर्तमान अवस्थामा हरेक पार्टीमा राजतन्त्रको अवशेष देखापरेको उनको तर्क छ।

माओवादीका अध्यक्ष प्रचण्ड राष्ट्रपतिसित भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १४ नागरिक सर्वोच्चताको लागि आन्दोलनका क्रममा राष्ट्रपतिलाई सार्वजनिक रुपमा बहिस्कार गर्दै कालो झण्डा देखाउँदै आएका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बुधबार साँझ राष्ट्रपतिसित भेटवार्ता गरेका छन्। तत्कालीन प्रधानसेनापतिलाई निलम्बन गर्ने आफ्नो सरकारको निर्णय राष्ट्रपतिले उल्ट्याएपछि राजीनामा पत्र पेश गर्ने क्रममा दाहाल र राष्ट्रपति रामवरण यादवबीच अन्तिम पटक भेट भएको थियो। त्यसयता पार्टीका कुनै पनि नेता र राष्ट्रपतिबीच भेट भएको थिएन। वर्तमान गतिरोध अन्त्यका लागि 'अधिकतम लचकता' देखाउने निर्णय गरेको दुई दिनपछि माओवादी अध्यक्ष र राष्ट्रपतिबीच भेटवार्ता भएको हो। भेटपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै अध्यक्ष दाहालले नागरिक अधिकार रक्षा गर्न राष्ट्रपति यादवले आफू बाधक नबन्ने बताएको जानकारी दिए। गतिरोध अन्त्यका लागि सकारात्मक छलफल भएको बताउँदै दाहालले यो भेटले माओवादीको घोषित आन्दोलनमा कुनै असर नपर्ने जानकारी दिए।माओवादीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने घोषणा गर्दै उनीहरु उपस्थित कार्यक्रममा कालो झण्डा प्रदर्शन गर्दै आएको छ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर ३ सर्वसाधरणको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगन्ज, असोज १५ - सशस्त्र प्रहरीले चलाएको गोली लागेर बिहीबार बिहान पर्साको भौराटार गाविसमा ३ सर्वसाधरणको मृत्यु भएको छ। हतियार रहेको आसंकामा दुई बजे छापा मार्न गएका एक दर्जन संख्याका प्रहरीलाई स्थानीय गाउँलेले डाका सम्झेर नियन्त्रणमा लिएपछि भएको झडपमा अन्य २ गम्भीर घाइते छन्। गाउँलेको नियन्त्रणमा रहेका १२ जना सुरक्षाकर्मीले बिहान पौने ६ बजे गोली चलाउँदै बाहिर निस्कने् क्रममा उक्त घटना घटेको सशस्त्र प्रहरीले जनाएको छ।गोली लागी मृत्यु हुनेमा भौराटार -८ निवासी झोटी साह, हरिहरपुर घर भएका १७ वर्षीय चाइना साह र राजकुमार पटेल रहेको प्रहरीले् जनाएको छ। गम्भीर घाइते अन्य दुई गाउँलेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।गाउँलेले सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर आगो लगाउने प्रयास गरेपछि बाध्य भएर गोली चलाउनु परेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले बताए। सशस्त्र प्रहरी बेस क्याम्प तित्रौनाबाट प्रहरी निरिक्षक मदन झाको नेतृत्वमा गाउँमा छापा मार्न गएको टोलीलाई गाउँलेले नियन्त्रणमा लिएको उनले बताए।यता गाउँलेले भने रातको समयमा सदा पोसाकमा आएका उनीहरुलाई डाका ठानेर प्रहरीलाई बुझाउन नियन्त्रणमा लिएको बताउँछन्। नियन्त्रणमा राखिएका उनीहरुले ढोका तोडेर अन्धाधुन्ध गोली चलाउँदै भागेको गाउँलेले सुनाए।

आदिवासी जनजाति नेतृत्व वर्गको वृहत् राष्ट्रिय परामर्श बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी.बी. आङ्बुङ
जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र (CEADS) को आयोजना र जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा आर्इ. एल. ओ. को सहयोगमा नेपालका आदिवासी जनजाति नेतृत्व वर्गको वृहत् राष्ट्रिय परामर्श बैठक असोज ४-५, २०६६ (सेप्टेम्बर २०-२१, २००९) मा धुलिखेलमा सम्पन्न भर्इ जातीय स्वायत्तताका लागि वृहत् मोर्चावन्दी गरेर पहल गर्न डा. कृष्ण भट्टचनको संयोजकत्वमा ७ सदस्यीय पहलकर्ताहरुको समिति निर्माण गरी कार्यप्रारम्भसमेत भएको छ । यसअघि नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) को विशेष पहल र आदिवासी जनजातिहरुको गैर सरकारी संस्था महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, एआर्इपीपी, आर्इडब्लुजीआर्इए, टेबटेब्बा र एनआर्इडब्लुएफ को संयुक्त आयोजनामा 'स्वायत्तता, स्वाशासन र आत्मनिर्णयको अधिकारको बारेमा परिचयात्मक गोष्ठी' (Orientation workshop on Autonomy and Self Rule/Self-governance) सेप्टेम्बर ९-११ मा विभिन्न आदिवासी जनजाति संघ संस्था तथा राजनीतिक दल र बुद्धिजिबीहरुको समेतको सहभागितामा धुलिखेलमै सम्पन्न भर्इ आदिवासी जनजातिहरुको हक अधिकारको सुनिश्चितताको लागि धुलिखेल साझा घोषणा पत्रसमेत जारिगरेको थियो । साथै, सो घोषणा पत्रलार्इ कार्यान्वयन गर्न गराउननको लागि डा. कृष्ण भट्टचनकै संयोजकत्वमा शान्तिकुमारी रार्इ र नन्द कन्दङ्वा सदस्य रहेको तीन सदस्यीय समिति बनाएको थियो । यही समितिमा अन्य सदस्यहरु थप गरी जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्रद्वारा आयोजित पछिल्लो वृहत् राष्ट्रिय परामर्श बैठकले ७ सदस्यीय पहलकर्ता समितिको चयन गरेको हो । यस समितिको संयोजक डा. कृष्ण भट्टचन र सदस्यहरुमा शान्ति कुमारी रार्इ, नन्द कन्दङ्वा, सुरेश आले मगर, डा. मुक्त लामा, मल्ल के सुन्दर र ज्योति दनुवार रहनुभएको छ । वृहत् राष्ट्रिय परामर्श बैठकको भदौ ४ गतेको पहिलो सत्रमा आदिवासी जनजातिहरुको आन्दोलन, नेतृत्व र मुद्दाहरुमाथि समीक्षा गरियो । यस सत्रको अध्यक्षता डा. ओम गुरुङ्ले गर्नुभएको थियो भने प्यानलिष्टहरुमा पद्मरत्न तुलाधर, डा. चैतन्य सुब्बा र कुमार लिङ्देनका साथै प्रतिवेकमा जनक रार्इ रहनुभएको थियो ।बैठकको पहिलो दिनको दोस्रो सत्रमा आदिवासी जनजाति समुदायहरुको जातीय स्वायत्तताको प्रश्न र अन्तरजातीय सम्बन्ध सहजीकरणको उपाय बारे छलफल भएको थियो । यसको सत्रको अध्यक्षता प्रा. डा. नोवल किशोर रार्इले गर्नुभएको थियो भने प्यानलिष्टहरुमा डा. कृष्ण भट्टचन, जितपाल किरात र पासाङ शेर्पा साथै प्रतिवेदकमा बालकृष्ण माबुहाङ रहनुभएको थियो ।यसैगरी, दोस्रो दिन भाद्र ५ गतेको पहिलो सत्रमा जातीय/राष्ट्रिय राज्यको पुनर्संरचना (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) शक्ति साझेदारीता विषयमा छलफल गरिएको थियो । यस सत्रको अध्यक्षता प्रा. डा. मंगलसिद्धि मानन्धरले गर्नुभएको थियो भने प्यानलिष्टहरुमा प्रा. पूर्णमान शाक्य, सहप्राध्यापक बालकृष्ण माबुहाङ, र पृथ्बी सुब्बा गुरुङ साथै प्रतिवेदकमा झकेन्द्र घर्तिमगर रहनुभएको थियो ।बैठकको दोस्रो दिनको दोस्रो सत्रमा यूएन घोषणा पत्र, आर्इ एल ओ महासन्धि १६९, आत्मनिर्णयको अधिकार, विशेषाधिकार, अग्राधिकार र प्राधिकारको विषयमा छलफल गरिएको थियो । यस सत्रको अध्यक्षता डा. मुक्त लामाले गर्नुभएको थियो भने प्यानलिष्टहरुमा मल्ल के सुन्दर र सञ्जुहाङ पालुङवा साथै प्रतिवेदकमा उद्धव रार्इ रहनु भएको थियो । बैठकको अन्तिम सत्रमा आदिवासी जनजाति आन्दोलनको भावी रणनीति र त्यसको संयोजन सम्बन्धमा आदिवासी/जनजाति सभा ककस, जनजाति महासंघ र आवद्ध संस्थाहरु, राजनीतिक रुपमा संगठित संगठनहरु र बुद्धिजिबी तथा पेशागत संघसंस्थाहरुबीचमा सामुहिक छलफल गरिएको थियो । यस सामुहिक छलफलले नै डा. कृष्ण भट्टचनको संयोजकत्वमा माथि उल्लेखित सात सदस्यीय आदिवासी जनजातिले चाहेको जातीय स्वायत्तता र स्वशासनको लागि वृहत् मोर्चावन्दी गरी आन्दोलन गर्ने पहलकर्ता समितिको गठन गरेको हो । सो बैठकमा प्राज्ञ बैरागी काइँला, किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन लिम्बू, किरात रार्इ यायोख्खाका अध्यक्ष सुमाया रार्इ, थारु कल्याणकारी सभाका राजकुमार लेखी, थरुहट स्वायत्त राज्य परिषदका चन्द्रनारायण थारु, तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी. के. बुद्धिष्ट, खम्बुवान स्वायत्त राज्य परिषदका इन्द्रहाङ खम्बू, र नेकपा एमालेका विजय सुब्बालगायतको सहभागिता रहेको थियो । बैठकको समापनको बेला बोल्दै सहभागीहरुले भने- 'आदिवासी जानजातिबीचमा गरिएको त्यस्तो कार्यक्रमले एकापसमा सहकार्य र समन्वय गरेर अघि बढ्नको लागि सहज र सकारात्मक वातावरण बनाएको छ ।'

प्रहरी जवान होइले आँखा चिम्लेर गोली हानेको बताए

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/दुमी
२९ सेप्टेम्वर २००९, दिलवहादुर लिम्वूको हत्यामा संलग्न प्रहरी जवान होइ का केईले दिलवहादुर लिम्वूलाई यस वर्षको १७ मार्चका दिन आँखा चिम्लेर गोली हानेको बताएकाछन् । प्रहरीको वयानमा दिलवहादुर लिम्बूले कुर्सी लिएर आक्रमण गरेपछि नालीमा परेर थुचुक्क वसेको र त्यत्तिनैखेर प्रहरीले पहिलो गोली हानेका थिए । गोली हान्नुअगावै उनले दुई हातले रिभल्भर समातेर दिलवहादुर लिम्बूपटि्ट ताकेका थिए । आक्रमणबाट उनी लड्दा दाहिने नितम्ब ठोकिएर झनन भएको र त्यत्तिनैखेर पहिलो गोली आँखा चिम्लेर दिलबहादुरतिर हानेको बताएका छन् । पहिलो गोली हानेको दुई सेकेन्डपछि दोश्रो गोली हान्दा आँखा चिम्लिनु भयो कि भएन भन्ने पीडितको वकिल नाजेल केटले सोधेको प्रश्नमा उनले यो पटक आँखा नचिम्लेको तर झिमिक्क मात्र गरेको बताए । दिलबहादुरलाई गोली हानेपछि उनी कसरी ढले भन्ने प्रश्नको उत्तरमा प्रहरी जवानले मलाई याद छैन भनेका थिए ।योभन्दाअगाडि दिलबहादुर लिम्बूलाई बन्दुक किन ताकेको भन्ने प्रश्नको उत्तरमा प्रहरी होइले उसलाई नियन्त्रणमा लिन यसो गरेको हुँ भन्ने जवाफ दिएका थिए । किन रिभल्भर नै ताक्नु प-यो भन्ने प्रश्नको उत्तरमा रिभल्भरबाहेक कुनै विकल्प मैले सोचिनँ भन्ने उत्तर दिएका थिए । तपाईँ थुचुक्क बसेको बेला लट्ठीले पनि आफूलाई बचाउन सक्नु हुन्थ्यौ नि भन्ने प्रश्नको उत्तरमा मलाई यस्तो अवस्थामा लठ्ठी चलाउने तालिम दिइएको थिएन भनेका थिए ।विशेषज्ञहरुको रिपोर्टमा गोली मृतक लिम्बूको कानको पछाडिबाट गएको छ नि ? भन्ने प्रश्न गर्न लाग्दा विपक्षीको वकिलले विशेषज्ञको रिपोर्टको आधारमा प्रश्न सोध्न पाइँदैन भनी आपत्ति जनाएपछि न्यायधिशले विशेषज्ञको रिपोर्टलाई आधार मानेर केटलाई प्रश्न सोध्न दिएनन् । तसर्थ विशेषज्ञहरुको रिपोर्टलाई आधार नमानी अधिवक्ता केटले राखेको लिम्बूलाई कानपछाडि गोली लागेकोले उनलाई गोली लाग्दा तपाईँतिर फर्केको थिएनन्, बरु भाग्ने बाटोतिर फर्केका थिए भन्ने वाक्यमा प्रहरी जवानले सहमति जनाएका थिए ।पछिबाट प्रहरी जवानले लिएको पाँचहप्ताभन्दा बढी विरामी बिदा विभिन्न अस्पतालहरुबाट प्राप्त गरेको प्रमाणपत्रहरु पेश गरिएको थियो । प्रमाण पेश गर्ने क्रममा डाक्टरहरुले लेखेका मेडिकल रिपोर्ट प्रहरी जवान होइकै सहमतिमा प्रस्तुत गर्न लाग्दा होइकै वकिलले आपत्ति जनाएपछि न्यायधिश विलियम ङ सिङ वाईले यो रिपोर्ट प्रहरी जवानले तयार पारेको होइन भन्दै पक्षको वकिलको रिपोर्ट प्रहरी जवानलाई देखाउने निवेदन अस्वीकार गरेका थिए । सुनुवाइको अन्तमा मेडिकल रिपोर्टको बारेमा दुइटा प्रश्न सोधेर प्रश्नावलि सिध्याउने भन्ने केटको निवेदमा होइको वकिलले भोलि मात्र अन्य प्रश्न सोधियोस् भनेपछि पक्षको अधिवक्ता नाइजेल केटको निवेदन अस्वीकार गर्दै होइको वकिलको पक्षमा मत दिएर कोर्टको समय सकिन करीव आधा घण्टाअगावै न्यायधीशले अदालत बन्द गरेका थिए ।विलियम ङ सिङ वाईले आज पक्षबाट तीनवटा निवेदनहरु दिएकोमा तीनैवटा अस्वीकार गरेकाथिए भने विपक्षका वकिलहरुको शत प्रतिशत निवेदन स्वीकारेका थिए । सुनुवाइकै सिलसिलामा होइका वकिल शामको विपक्षी वकिलप्रतिको व्यवहार अत्यन्तै अमर्यादित तथा अशोभनीय भएको समेत सर्वसाधारणले महशुस गरेकाछन् ।आजको सुनुवाइबाट दिलवहादुर लिम्बूलाई प्रहरीद्वारा प्रथम गोली हान्दा नलागेपछि उनी भाग्न लागेको अवस्थामा दोश्रो गोली कानको पछाडिबाट जानीजानी हानिएको हुन सक्ने अनुमान पर्यवेक्षकहरुले गरेकाछन् । न्यायधिसले पक्षको निवेदनहरुलाई अस्वीकार गर्नु र बिपक्षको कुराहरुलाई सपोर्ट गरेर लैजानु आदिले पनि पर्यवेक्षकहरु सशंकित रहेका छन् भने न्यायधिसको यस्तै एक पक्षीय ब्यवहार हो र त्यही किसिमले निर्णय भयो भने हङकङ विश्वमै शान्त शहरमा गनिएको शहरको भविष्यमा धज्जी उडनेसमेत बताउँछन् ।

साझा सहमतिको प्रस्ताव लैजान कङ्ग्रेस र एमाले सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १४ माओवादीले संसदमा ल्याउने भनिएको संकल्प प्रस्तावको सट्टा साझा सहमतिको प्रस्ताव लैजान कङ्ग्रेस र एमाले सहमत भएका छन्। यसका लागि बिहीबार माओवादीसहित बैठक बसेर सहमति खोजिनेमा पनि दुवै पक्ष सहमत भए। बुधबार बसेको यी दुई दलको बैठकले यो निर्णय गरेका हुन। प्रधान सेनापति प्रकरणमा राष्ट्रपतिको कदम तथा माओवादीले उठाउँदै आएको नागरिक सर्वोच्चताको विषयमा सबैलाई मान्य हुने प्रस्तावबारे छलफल गरिने निर्णय भएको वार्ताकारहरुले बताएका छन्।वार्तामा कङ्ग्रेसबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधि थिए भने एमालेबाट युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, उर्मिला अर्याललगायत् थिए।

कञ्चनपुरबाट कैदी फरार भएको घटनामा ७ जनालाई निलम्बन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, असोज १४- जिल्ला कारागार कञ्चनपुरबाट कैदी फरार भएको घटनामा ७ जनालाई निलम्बन गरिएको छ। जेलबाट फरार थप एक कैदीलाई पक्राउ गरिएको छ। घटनामा संलग्न भएको आशंकामा कारागारका इञ्चार्ज प्रहरी नायब निरीक्षक भीमबहादुर बम सहित पाँच जना सुरक्षाकर्मी तथा जेलर धनबहादुर चन्द र कार्यालय सहायकलाई निलम्बन गरिएको छ। इञ्चार्जको नाम खुले पनि निलम्बनमा परेका अन्य चारजना सुरक्षाकर्मी र कार्यालय सहायकको नाम प्रहरीले खुलाउन चाहेन।प्रहरीले मंगलबार राति फरार कैदी मध्येका प्रकाश चन्दलाई पक्राउ गरेको छ। चन्दलाई कञ्चनपुरको भीमदत्त नगरपालिक-९ ब्रम्हदेवबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दशैँको टीकाको दिन कारागारबाट प्रहरीको हतियार खोसेर १३ जना कैदी फरार भएका थिए। प्रहरीले सोमबार राति नै फरार १३ जना कैदी मध्येका तीन जनालाई पक्राउ गरेको थियो। फरार कैदीको खोजीका लागि प्रहरीले जिल्लाको दक्षिणी क्षेत्र लगायत गड्डाचौकी, ब्रह्मदेव र अन्य क्षेत्रमा करिब दुई सय ५० भन्दा बढी प्रहरी परिचालन गरेको छ। शंकास्पद स्थानमा चेकजाँच कडा पारेको छ।गृह मन्त्रायलद्वारा गठित छानबिन टोली बुधवार दिउँसो महेन्द्रनगर आइपुग्ने प्रहरीले जनाएको छ। गृह मन्त्रालयले मंगलबार मन्त्रालयका सह-सचिव शंकर कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

दुई तले टेन्ट भत्कँदा २३ जनाको मृत्यु ६३ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान असोज १४- क्रिष्चियन धर्मावलम्बीको एक कार्यक्रमस्थलमा बस्न बनाइएको दुई तले टेन्ट भत्कँदा २३ जनाको मृत्यु भएको छ। घटनामा ६३ जना घाइते भएका छन्। दुईको अवस्था गम्भीर छ। घाइते सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटना धरान १९ चौकिबारीस्थित सियोन प्रार्थना भवनमा मंगलबार राति करिब साढे एघार बजे भएको हो। सो स्थानमा असोज १२ गतेदेखि २० गतेसम्मका लागि पवित्र महासभा कार्यक्रम आयोजना भइरहेको थियो। मंगलबारको कार्यक्रम सकी सुत्ने तरखर भैरहँदा अचानक बाँसको टेन्ट भत्किएको आयोजकले जनाएको छ।मृत्यु हुनेमा अधिकांश महिला छन् भने ४ जना बालबालिका छन्। मृत्यु हुने सबैको सनाखत भैसकेको छ। मृत्यु हुनेमा बेलडागी शिविर झापाकी ८२ वर्षीया दिलमाया ल्वागुन, उदयपुर ठोक्सिला ८ का राजेश राई, झापा महेशपुर ३ का १६ वर्षीया सलमी तामाङ, मोरङ बेलबारी ३ का ३६ वर्षीया राजेन राई, मिगौली रुपन्देहीकी ४० वर्षीया कलावती खौसियार, मोरङ डागीहाट,लक्ष्मीमार्गका ६० वर्षीय किसन चौधरी, सोही स्थानकी ५० वर्षीय पुनम मगर, मोरङ चन्द्रपुरकी ५५ वर्षीया कुमारी तामाङ, यासोक ७ पाँचथरका ४८ वर्षीय पिटर लावती, कास्कीकी २५ वर्षीया कल्पना गंगामी, मोरङ बौकाझोडाका ४५ वर्षीय नन्दकिशोर लिम्बू, झापा भद्रपुरकी ४० वर्षीय सरोजा लिम्बू, झापा सैन्यमोडमा १२ वर्षीया आशा राई र इमाडोल ८ ललितपुरकी ४८ वर्षीया सरिता दियाली छन्। यसैगरी मृत्यु हुनेमा सूर्यनगर ३, झापाकी सिपोला सुब्बा, मोरङ बेलडाँगीकी नन्दीमाया विक, भारत गेरुवाथानकी ३५ वर्षीया निर्मला राई, शान्तिनगर १ झापाका १० वर्षीया अविशेष राई, गाडीहाट ५,मोरङकी पवित्रा लिम्बू, तरहरा २ सुनसरीकी ६० वर्षीया गोमा भुजेल, पाँचकन्या गाविस सुनसरीकी ५५ वर्षीया आर्टिमाया राई, झापा विर्तामोडका २८ वर्षीया मरसी मेचे र काठमाडौंका ७ वर्षीय सुलेमान तामाङ रहेको प्रहरीले जनाएको छ।कार्यक्रम आयोजकले जनाएअनुसार सो घटना महिला बस्नका लागि बनाइएको टेन्टमा भएको हुनाले मृत्यु हुने र घाइतेमा महिलाको संख्या बढी छ। घाइतेमध्ये ५३ जना महिला र १० जना पुरुष रहेको वीपी प्रतिष्ठानस्थित प्रहरी बिटले जनाएको छ। मोरङ लक्ष्मी मार्गका राजु राई र अर्का एक जना गम्भीर छन्।यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार विज्ञप्ति जारी गर्दै घटनाले आफूलाई अत्यन्त मर्माहत तथा स्तब्ध तुल्याएको बताएका छन्। प्रधानमन्त्रीले सो दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भई उपचार गराइरहेका दिदीबहिनी तथा दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकका शोक-सन्तप्त आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। घटनाबारे जानकारी लिन गृहमन्त्री भीम रावल घटनास्थल पुगे। उनले घटनास्थल निरीक्षण गरे। सबै घाइतेको उपचार सरकारले बेहोर्ने जानकारी पनि उनले दिएका छन्। उनले घटनाका पीडित र आफन्तसँग भेटेर सहानुभूति प्रकट गरेका थिए। यस्तो बेला सजग रहनुपर्छ भन्दै गृहमन्त्री रावलले पहिले घाइतेको उपचार राम्रोसँग गरौं भन्दै त्यसपछि राहतबारे सरकारले सोच्ने बताए।

पृतनापति रामबहादुर गुरुङसहित १० भन्दा बढी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, असोज १४- कोशी राजमार्ग अन्तर्गत सुनसरीको हाँसपोसामा बुधबार भएको दुर्घटनामा नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका पृतनापति रामबहादुर गुरुङसहित १० भन्दा बढी घाइते भएका छन्। धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ३ ख ७६२१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट धरान जाँदै गरेको वा१ झ ७०७७ नम्बरको पृतनापति गुरुङ चढेको गाडीलाई बिहान पौने एघार बजे ठक्कर दिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।दुर्घटनामा परी घाइते भएका बसका यात्रुको नाम खुल्न सकेको छैन्। घाइते पृतनापति गुरुङसहित सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घाइते पृतनापति गुरुङसहित सबैको स्थिति सामान्य रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले जनाएको छ।

Sep 29, 2009

राष्ट्रसंघीय नेपालको कदमले भारत अप्ठ्यारोमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १३ (नागरिक)- जेनेभामा भइरहेको राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकले कथित दलितविरुद्ध हुने भेदभावहरुको विरोधमा मस्यौदा अनुमोदन गर्दैछ। तर भारतले मस्यौदालाई स्वीकार गर्न मानेको छैन। भारतको विरोधलाई पूर्व हिन्दु अधिराज्य नेपालले गरेको स्वागतले अप्ठ्यारोमा पारिदिएको छ। राष्ट्रसंघीय मस्यौदामा काम र जातिका आधारमा हुने भेदभावपूर्ण व्यवहारलाई हटाउनु पर्ने भन्दै जातिप्रथा अन्तर्गत हुने भेदभावलाई मानवअधिकार हननको संज्ञा दिएको छ। योसँगै राष्ट्रसंघले भारतीय जाति प्रथामा आधारित भेदभावलाई मानवअधिकार उल्लंघनको घोषणा गर्नेछ। भारत सरकारले मस्यौदामा रहेको 'कास्ट' अर्थात् जाति शब्दलाई हटाउन धेरै लबी गरेको थियो। भारत सरकारको यो प्रयासलाई जातिप्रथा कायम रहेको पूर्व हिन्दु अधिराज्य नेपालले गरेको स्वागतले छायाँमा पारिदिएको छ।नेपालको अन्तरिम संविधानमा नै जातको आधारमा कसैलाई भेदभाव गर्न नपाइने उल्लेख छ। यद्यपि देशका विभिन्न भागमा अझै पनि जातका आधारमा भेदभाव भएको समाचार आउने गर्छन्।सामान्य प्रशासन राज्यमन्त्री जीतबहादुर दर्जीले जातीय भेदभाव रोक्न राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले गर्ने प्रयासलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्।राष्ट्रसंघले भारतलाई नेपालको उदाहरण पछ्याउन आह्वान गरेको छ। तर भारत यो मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेपको विरोधी रहँदै आएको छ। भारतको दलितहरुको पार्टी इन्डियन जस्टिस पार्टीले भने राष्ट्रसंघीय मस्यौदाको स्वागत गरेको छ। पार्टीका नेता उदित राज भन्छन्-'तर भारत सरकारले यहाँ भेदभाव भइरहेको छ भन्ने स्वीकार्ने हिम्मत गर्नसक्नुपर्छ'

एकीकृत नेकपा (माओवादी) लचकता अपनाउन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १३ वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्न एकीकृत नेकपा (माओवादी) लचकता अपनाउन तयार भएको छ।विजया दशमीको भोलिपल्ट राजधानीमा उपलब्‍ध स्थायी समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको स्रोतले बताएको छ।नयाँ बजारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकमा आइतबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भएको वार्ता र कजाखस्तानबाट मंगलबार एमाले अध्यक्ष झलनाथ खनाल फर्किसकेपछि हुने तीन शीर्ष दलका शीर्ष नेताबीचको वार्तामा पार्टीले राख्नुपर्ने अडान र संभावित लचकताका बारेमा छलफल भएको थियो।स्थायी समितिको अर्को बैठक शुक्रबार बस्ने तय भएको छ।बैठकपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै उपाध्यक्ष बाबुराम भट्टराईले गतिरोध अन्त्यका लागि विभिन्न चरणमा वार्ता भइरहेको छ र यो क्रम निरन्तर जारी रहने बताए। कांग्रेस सभापति कोइरालासित आइतबार भएको वार्तामा कस्तो सहमति भएको थियो भनी सोधिएको प्रश्नको जवाफमा भट्टराईले भने- सहमति खोज्ने सहमति भएको हो। अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्रबार बस्ने स्थायी समितिको बैठकको तयारीका लागि आजको बैठक बसेको जानकारी दिँदै काँग्रेस र एमालेसित भोलिदेखि गतिरोध अन्त्यका लागि वार्ता तीव्र हुने बताए।

किराँत वकर्स पार्टीले ग्रामीण क्षेत्रमा हातहतियार प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा असोज १३- सरकारले विशेष सुरक्षा योजना अन्तर्गत पहाडी जिल्लामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरेको छ। तर पनि धनकुटा र भोजपुरका ग्रामीण क्षेत्रमा एके ४७, इन्सास, मेसिनगन बोकेर किराँत जनवादी वर्कर्स पार्टीका कार्यकर्ताहरुले खुल्लमखुल्ला कार्यक्रम गरिरहेका छन्।सङ्घीय किराँत राज्यको माग गर्दै किराँत जनवादी वर्कस पार्टीले धनकुटा र भोजपुरको ग्रामीण क्षेत्रमा अत्याधुनिक हातहतियार प्रदर्शनसहित वैचारिक कार्यक्रमहरू गर्दै हिँडिरहेका छन्।दसैँको समयमा पार्टीले युद्धविरामको घोषणा गरेकाले ग्रामीण क्षेत्रहरूमा व्यापक वैचारिक कार्यक्रमहरू सञ्चालन गरिरहेको किराँत जनवादी वर्कस पार्टीका नेताहरूले बताएका छन्।धनकुटा र भोजपुरको ग्रामीण क्षेत्रहरूमा अत्याधुनिक हातहतियारसहित जातीय तथा सङ्घीय राज्यको स्थापनाको माग गर्दै हिँडिरहेका किराँत जनवादी वर्कस पार्टीका सशस्त्र समूहले किराँत राज्यको स्थापना नभए राज्यविरुद्ध भीषण सशस्त्र युद्ध गर्ने जनाएका छन्।सरकारले जनवादी किराँत वर्कस पार्टीलगायत अन्य जातीय समूहको गतिविधिहरूलाई नियन्त्रण गर्न अहिले धनकुटा, भोजपुर, उदयपुर, खोटाङलगायतका पहाडी जिल्लामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरी व्यापक प्रहरी परिचान गरेको छ।किराँत जनवादी वर्कस पार्टीका हतियारधारीहरूले एके फोर्टिसेवेन, मेसिन गन, इन्सास, पेस्तोललगायतका अत्याधुनिक हातहतियार बोक्दै ग्रामीण क्षेत्रमा प्रदर्शन गर्दै हिँडिरहेकाले त्यस क्षेत्रको जनजीवन आतङ्कित बनेको छ।

भागेका १३ जना कैदीमध्ये प्रहरीले तीन जनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, असोज १३- कञ्चनपुर कारागारबाट विजया दशमीको साँझ भागेका १३ जना कैदीमध्ये प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। अन्यको खोजी भइरहेको छ। फरार अभियुक्तहरु ज्यान मुद्दा, जर्वजस्ति करणी र चोरी डकैतीका रहेका छन्। साँझ साढे ६ बजे कारागारमा खटिएका प्रहरीले महिला बन्दीहरुलाई थुनुवा कोठामा राखेर मूलगेट खोल्ने क्रममा ज्यान मुद्दाका आरोपी कमल चौधरीले ड्युटीमा रहेकी एक महिला प्रहरीको कञ्चटमा पेस्तोल राखेपछि कैदी भाग्न सफल भएका थिए। फरार हुने कैदीमा कमल चौधरी 'डेन्जर', रामबहादुर चन्द, करन नाथ, रघुवीर चन्द, गणेश महतो, खेम बुढा, छत्रपति राना, उत्तम राना, दिपेन्द्र भण्डारी, धन बहादुर राना 'अविरल', प्रकास चन्द, उग्रसेन राना र गणेश धामी रहेका छन्।प्रहरीको दुई थान पेस्तोल र एउटा थ्री नट थ्री राइफल लुटेर उनीहरू फरार भएको श्रोतले बतायो। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एकथान थ्री नट थ्री राइफलमात्रै लुटिएको बताएको छ। यसैबीच घटनाको छानबीनका लागि गृहमन्त्रालयले मंगलवार छानबीन समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव शँकर कोइरालाको सँयोजकत्वमा गठित समितिमा प्रहरी वरिष्ठ उपरिक्षक पूर्णसिँह खड्का र राष्ट्रिय अनुसन्धान विभागका केशवबहादुर सिँह सदस्य रहेका छन्।प्रहरीले फरार रहेका योजनाका नाइके कमल चौधरी 'डेन्जर' लाई एक थान पेस्तोलसहित घट्ना लगत्तै वडा प्रहरीको टोलीले महेन्द्रनगर बजारस्थित ट्राफिक चोकबाट तथा रामबहादुर चन्द र करन नाथलाई अबेर राति भीमदत्त नगरपालिका-९ मटेना गाउँबाट प्रक्राउ गरेको छ। फरार अन्यको खोजी भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक माधव नेपालले बताए।महेन्द्रनगर बजार छेउमा रहेको कारागारबाट कैदीहरु नाटकीय ढंगले फरार भएका हुन्। घट्ना लगत्तै सुदुरपश्चिम प्रहरी प्रमुख डीआईजी पार्वती थापा मंगलबार राति नै दीपायलबाट महेन्द्रनगर आएकी छिन्।प्रहरीले भारतसित जोडिएका नाकामा सुरक्षा ब्यवस्था कडा पारेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घट्नाको छानबिन शुरु गरेको छ। प्रहरी सहायक निरीक्षक भीमबहादुर बमको कमाण्डमा कारागारमा सुरक्षाकर्मीको टोली खटाएको छ। बाहिरको मूल गेटबाट कैदीहरु निस्कँदासम्म सेन्ट्री बसेका सुरक्षाकर्मीले गोली समेत नचलाउनु संकास्पद देखिएको छ। डुयुटीमा खटिएका सुरक्षाकर्मीले सक्रियता नदेखाएका कारण कैदी फरार भएको श्रोतको जिकिर छ।

Sep 28, 2009

सेनाका जवानमाथि वाइसिएलले खुकुरी प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, असोज १२- दसैँ मनाउन घर आएका नेपाली सेनामा कार्यरत दोलखाका एक जनालाई पुरानो विषयलाई लिएर वाइसिएलको एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ।दसैँमा घर आएका नेपाली सेनाको कालिवक्स गण, धरानमा कार्यरत जुगु गाविस-१ का चेतबहादुर बस्नेतलाई शनिबार राति सात-आठजनाको सङ्ख्यामा आएका वाइसिएल कार्यकर्ताले घाँटी र गर्दनमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।घाइते बस्नेतको चरिकोटमा उपचार हुन नसकेपछि काठमाडौँ लगिएको छ। खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विद्यालयमा मोबाइल बोक्न र कपाल रंग्याउन रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेह्रथुम, असोज १२- सङ्खुवासभा जिल्लाको तामाफोक र तेल्लोक गाविसको सीमास्थित शान्ति माविमा विद्यालय समयमा मोबाइल फोन बोक्न रोक लगाइएको छ।विद्यार्थीले मोबाइल बोक्दा विकृति बढेको भन्दै विद्यालय समयमा बोक्न रोक लगाइएको प्रधानाध्यापक अर्जुन राईले बताए।राईका अनुसार विद्यार्थीले कक्षामै गीत सुन्ने, पढाइरहेको बेला मिसकल गर्ने र भिडियो हेर्ने गरेकाले मोबाइल बोक्न रोक गरिएको हो।सो विद्यालयमा कपाल रङ्गाउन र जथाभावी उत्ताउलो पहिरन लगाउनसमेत रोक लगाइएको छ।

माइकल ज्याक्सनको नयाँ गीतका दुई वटा संस्करण आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पप सुपरस्टार माइकल ज्याक्सनको भौतिक शरीर अब यस स‍ंसारमा नरहे पनि उनको नयाँ गीतले फेरि नम्बर वन स्थान पाउन सक्छ। उनको एउटा पुरानो गीत केही दिनमा नै रिलिज हुँदैछ। पहिले नसुनिएको यो गीतमा ज्याक्सनका भाइहरुले पनि साथ दिएका छन्। सोनी कम्पनीका अनुसार अक्टोबर १२ मा यो गीत रिलिज हुनेछ। नयाँ एल्बमको नाम दिस इज इट राखिएको छ। यही नामको फिल्म अक्टोबर २८ मा रिलिज हुदैछ।सोनीले दुई वटा एल्बम निकाल्दैछ। पहिलोमा ज्याक्सनका पुराना हिट गीतहरुको संगालो रहनेछ। यसमा नयाँ गीतका दुई वटा संस्करण पनि हुनेछन्। त्यसैगरी पहिले रिलिज नगरिएका क्लासिक ट्र्याकहरु दोस्रो एल्बममा राखिनेछ। यसमा पहिले नसुनिएको प्लानेट अर्थ शीर्षकको एउटा कविता पनि राखिनेछ।एल्बमका साथमा गत जुनमा मृत्यु हुनुअघि ज्याक्सनले आफ्नो कन्सर्टका लागि रिहर्सल गरिरहेका एक्सक्लुसिभ फोटोहरुको पुस्तिका पनि राखिनेछ।

Sep 27, 2009

संघीय लिम्बुवान महिला परिषद् उपत्यका सम्पर्क समितिको गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय लिम्बुवान राज्य परिषद् संघीय लिम्बुवान महिला परिषद् उपत्यका सम्पर्क समितिको गठन २०६६ भाद्र २० गते काडमाडौंमा भयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको जनसंगठन संघीय महिला मञ्चअन्तर्गत् संघीय लिम्बुवान महिला परिषद्को काठमाडौं उपत्यकास्तरीय उक्त सम्पर्क समितिमा अध्यक्ष सेमिमा तुम्बाहाङ्फे, उपाध्यक्ष गंगा खापुङ, सचिवः सविता पङ्धाक, कोषाध्यक्षः निसुम आङ्बुङ, र सदस्यहरुमा नम्रता सम्बाहाङ्फे, राधिका फोम्बो, नरमाया सम्बाहाङ्फे, सविता मादेम्बा, मनमाया आङ्बुहाङ, प्रतिमा लुम्फुङ्वा र मनुता काम्बाङ रहेका छन् ।संघीय लिम्बुवान महिला परिषद् उपत्यका सम्पर्क समितिको गठन हुँदा मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफे, मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषद्का अध्यक्ष डी. के. बुद्धिष्ट, मञ्चका महासचिव खगेन्द्र माखिम, थरुहट स्वायत्त राज्य परिषदका महासचिव सी एन थारु, खम्बुवानका ज्ञानसेर खम्बू, संघीय लिम्बुवान राज्य परिषदका महासचिव सूर्य माखिम, परिषद् उपत्यका सम्पर्क समितिका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ, उपाध्यक्ष/तुम्याहाङ विष्णु यक्सो, संघीय महिला मञ्च उपत्यका समितिका अध्यक्ष शान्ता रार्इ, र सचिव कल्पना हायुलगायतको उपस्थिति रहेको थियो ।यस सम्पर्क समितिको उद्देश्य काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकामा रहेका लिम्बुवानवासी तथा लिम्बुवान पक्षधर महिलाहरुलाई संगठित गरी लिम्बुवान प्राप्ति र विकासको आन्दोलनमा राजनीतिक रुपले सहभागी गर्न गराउनु हो । सो नव निर्वाचित सम्पर्क समितिलाई संघीय लिम्बुवान राज्य परिाषद्का महासचिव सूर्य माखिमले सांठनिक पद तथा गोपनीयताको सपथ गराउनु भयो । नव गठित समितिको तर्फबाट प्रतिवद्धता जाहेर गर्ने क्रममा समितिका अध्यक्ष सेमिमा तुम्बाहाङफेले 'लिम्बुवानको लागि काठमाडौं उपत्यकामा रहेको महिलाहरुलार्इ एकतावद्ध गरी लिम्बुवान प्राप्ति र विकासको आन्दोलनमा सरिक गराउन सक्दो कोसिस गर्ने' प्रतिवद्धता जनाउनु भयो ।मञ्चका सचिवालय सदस्य तथा लिम्बुवानका केन्द्रीय सदस्य अमृता थेबेको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन शान्ता रार्इद्वारा गरिएको थियो ।

महासभालाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्रीलाई कालो झण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ११ प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसङ्घको ६४औँ महासभालाई सम्बोधन गर्दैगर्दा राष्ट्रसंघ भवनबाहिर विद्यार्थीहरुले कालो झण्डा देखाएका छन्। प्रदर्शनकारीहरुले निर्धारित समयमा संविधान बन्नुपर्ने लगायतका नाराहरु लगाएका थिए। स्वतन्त्र विद्यार्थी समूहको नाममा आयोजित कार्यक्रमलाई प्रगतिशील नेपाली फोरम अमेरिका र एलायन्स फर डेमोक्रेसी जस्ता संस्थाहरुले समर्थन र ऐक्यवद्धता जनाएका थिए ।अमेरिकी समय अनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म ड्याग ह्यामर्सोल्ड प्लाजा (यू्. एन. प्लाजा) को सडक नं पूर्व ४७, पथ १ र २ बीचमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए। स्थानीय प्रशासनसँग अनुमति लिएर प्रदर्शन गरेका हुनाले प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको थिएन। आयोजकहरुको अनुरोध अनुसार सहभागीहरुले कालो टि-सर्ट लगाएर र कालो झन्डा बोकेर आएका थिए। आयोजक प्रवास पोखरेलले संविधान लेख्ने काम पूरा गर्न दबाब दिनका लागि विरोध प्रदर्शन गरेको 'नागरिक'लाई बताए। 'जनताको चाहना राजनीतिक पार्टीहरुले मिलेर र विद्रोही समूहहरुसँग तत्काल वार्ता गरेर, समावेशी संविधान बनाउ भन्ने हो। तर यहाँ त चुनाव र भोटको बेइज्जत हुने गरी जनताले नचुनेको मान्छेले देशको नेतृत्व खोसेका छन्। हाम्रो विरोध त्यसैमा हो', उनले इमेल संवादमा बताए। उनका अनुसार विधिको शासन लागू गराउन र भारतीय हस्तक्षेपको विरोधका लागि पनि आजको प्रदर्शन आयोजना गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार प्रधानमन्त्री नेपाल अमेरिकी समयअनुसार, शनिबार राति ११३५ बजे कतार एयरको विमानबाट कतारको राजधानी दोहातर्फ उड्नेछन् भने मंगलबार बिहान साढे ८ बजे नेपाल आइपुग्नेछन्।

चाडबाड सकिएपछि मधेशमा नयाँ आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दशैं, तिहार तथा छठजस्ता चाडबाड सकिएपछि मधेशमा नयाँ आन्दोलन गर्ने उक्त क्षेत्रको एउटा प्रभावशाली पार्टी मधेशी जनाधिकार फोरमले जनाएको छ। प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले चाडपर्वपछि चर्काउने भनेको आन्दोलन टुंग्याउन सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेले छलफललाई तीव्रता दिएको बेला फोरमको यस्तो भनाइ आएको हो। काठमाण्डूमा सत्ताधारी दलहरुबीच माओवादीको आन्दोलन कसरी टुंग्याउने भन्ने विषयमा चरण-चरणमा छलफल चलिरहेको बेला मधेशका मुद्दाहरुप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै फोरमका प्रमुख उपेन्द्र यादवले आन्दोलन गर्ने चेतावनी दिएका छन्। “यो सरकारले मधेश विरोधी काम गरिरहेको छ। प्रधानमन्त्रीसंग मैले पटकपटक कुरा गरेको छु तर सुनुवाई भएको छैन,” यादवले भने।सरकारी पदहरुमा नियुक्ति गरिंदा मधेशीमाथि भेदभाव गरीएको तथा सार्वजनिक क्षेत्र समावेशी बनाउनको निम्ति अघिल्लो सरकारको पालामा प्रस्तावित योजना अलपत्र पारीएको भन्दै पूर्ववर्ती सरकारको परराष्ट्रमन्त्रीसमेत रहेका यादवले अहिलेको सरकारको कडा आलोचना गरेका छन्। आफ्ना मागहरुमा सहमत सबैको साथको आन्दोलनमा स्वागत गर्ने उनले बताए।तर माओवादीको आन्दोलनको एजेन्डा छुट्टै भएकोले तत्काल संगसंगै जाने योजना नभएको उनको भनाइ थियो।“माओवादीको आफ्नो एजेण्डा छ, मधेशको आफ्नै समस्या छ। कुनै विन्दुमा गएर मिलिन्छ अथवा मिलिंदैन भनेर अहिले केही भन्न सकिंदैन,” उनले भने।

हेटौडा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ११- मकवानपुरको विभिन्न गाविस तथा हेटौडा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ। साथै भाइरल ज्वरोबाट प्रभावित भई हेटौंडा अस्पतालको आकस्मिक कक्षमा ३०-३५ जना रोगी स्वास्थ्य उपचारका लागि आउने गरेका छन्। ती रोगीहरूमध्ये २७-२८ जनालाई आन्तारिक एवम् आकस्मिक कक्षमा भर्ना गरी स्वास्थ्य उपचार गरिरहेको अस्पतालले जनाएको छ। यसैगरी भाइरल ज्वरोले बालबालिका, शिशु, बृद्ध तथा किशोर र किशोरीहरूलाई बढी प्रभावित पारेको हेटौडा अस्पतालका चिकित्सक डा. किरणमणि पौडेलले बताए।

पाकिस्तानमा भएका दुई बम हमलामा १६ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाकिस्तानका अधिकारीहरूले भनेका छन्- उत्तरपश्चिम पाकिस्तानमा भएका दुई बम हमलामा कम्तिमा १६ जनाको ज्यान गएको छ भने एकसय जना घाईते भएका छन्। पाकिस्तानी तालेबान नेता हाकिमुल्लाह मेहसुदले उनीहरू विरुद्ध सेनाले चलाइरहेको कारवाही नरोकेमा हमलाहरु गर्ने चेतावनी दिएको एक दिन नबित्दै पेशावर शहरमा हमला गरिएको थियो। अर्को विष्फोटन बन्नु नगरमा गराइएको थियो।
पेशावरको एउटा व्यस्त व्यापारिक क्षेत्रमा मध्यान्हतिर बिष्फोटन भएको थियो। प्रहरीले भनेका छन्- विष्फोटकहरूलाई एउटा मोटरमा लादेर रिमोट कन्ट्रोलद्वारा पड्काइएको थियो।

Sep 26, 2009

नेपाल राष्ट्रसङ्घीय बोर्डमा सर्वसम्मतिले मनोनित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १०- व्यापार र विकास सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (अङ्टाड) को जेनेभास्थित सल्लाहकार समितिको सदस्यमा नेपाल सर्वसम्मतिले चुनिएको छ। राष्ट्रसङ्घको जेनेभास्थित कार्यालयको नेपाली स्थायी नियोगका अनुसार राजदूतस्तरमा गठित तीन सदस्यीय समितिमा नेपालका तर्फबाट राजदूत डा. दिनेश भट्टराई, ओमानका तर्फबाट याह्या अल-वहाइबी र पाकिस्तानका जमीर अक्रम रहेका छन्।
उक्त छनौटले व्यापार अभिबृद्धिका क्षेत्रमा नेपालजस्ता अति गरिब राष्ट्रको हितलाई राष्ट्रसङ्घको माथिल्लो निकायमा पु-याउन महत्वपूर्ण योगदान पुग्ने स्थायी नियोगको विज्ञप्तीमा उल्लेख छ।यसैगरी, विश्व व्यापार संगठन अन्तर्गतको अतिकम विकसित राष्ट्रको तर्फबाट व्यापारका निम्ति सहयोग समूहमा समेत नेपाललाई फोकल विन्दुको रूपमा सर्वसम्मतिले छनौट गरिएको छ।विश्व व्यापार संगठन अन्तर्गत अतिकम विकसित राष्ट्रको समूह धेरैवटा आधिकारिक समूहमध्ये एक हो। यी समूहले अतिकम विकसित समूहको चासो र हितका सवालमा आवश्यक सुझाव प्रस्तुत गर्दछन्। यस समूह अन्तर्गत हाल १२ वटा फोकल विन्दु छन्। व्यापारका निम्ति सहायता फोकल विन्दुको प्रतिनिधित्व नेपालले गरेकोले यस क्षेत्रसँग आबद्ध सूचना प्राप्त गर्न, विश्लेषण गर्न र मध्यस्थता गर्न सहयोग पुग्ने राष्ट्रसङ्घको जेनेभास्थित कार्यालयको नेपाली स्थायी नियोगले जनाएको छ।

दिलवहादुर लिम्वूको सुनुवाई १४ औं दिनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२५ सेप्टेम्वर, दिलवहादुर लिम्वूलाई १७ मार्चको दिन गोली हान्ने हुइ का किइले गोली हान्नु अगावै चीनीया भाषामा मलाई वाध्य नवनाउ भन्ने शव्द मात्र प्रयोग गरेका वताएको छ ।दिलवहादुर लिम्वूको मृत्यु छानवीनको हिजो १४ औं दिनमा प्रहरी जवान होईले गोली हान्नु अगावै रिभल्भर निकालेर क्यान्टोनिज भाषामा मलाई वाध्यता नवनाउ भन्ने शव्द मात्र प्रयोग गरेको वयान दिएको छ । तर लिम्वूले उक्त चीनीया शव्द वुझ्यो कि वुझेन भन्ने विषय आफूलाई थाहा नभएको वताएको छ । तिमीले कसरी तिम्रो चेतावनी लिम्वूले वुझ्यो भन्ने सम्झनु भो ? भन्ने प्रश्नको जवाफमा मेरो हाउभाउ,मेरो ठूलो स्वरले नै मेरो चेतावनी वुझ्यो भन्ने सम्झें । उसलाई वयानको क्रममा मुवाईलमा खिचिएको भिडियो देखाएर लिम्वू र उनी कुनकुनवेला कहाँ कहाँ पुगेको थियो भन्ने वताउन लगाउँदा धेरैजस्तो समयमा थाहाछैन । भिडीयो राम्रारी देखिन भन्ने जवाफ दिएको थियो । हुइको वयानको वीचमा टाइमा रेर्कर्ड गर्ने प्रहरी क्वानलाई वयान दिन वोलाइएको थियो । उनको वयानले समय समाप्त गरेकोले हुइको वयान आज पनि सकिन्न पाएन । प्रहरी जवान हुइले वोलेको भ्वाईस रेकर्डको समयलाई प्रमाणित गराउन छुटीमा रहेको प्रहरी जवान क्वानलाई आज विहान अचानक वोलाईको थियो । प्रहरी क्वानको वयान पछि केहीवेर प्रहरी जवान हुइलाई वयान लिइएको थियो । त्यस पछि पीडित पक्षका वकील नाइजेल क्याटले सोमवार यहुदीहरुको धार्मिक पर्व परेकोले त्यस दिन आउन नसक्ने निवेदन न्यायधीश समक्ष दिएको थियो । उनले निवेदन दिने क्रममा प्रहरी जवान हुइको वयान नसकिएकोले मंगलवार मात्र उनलाई जाँच गर्ने व्यवस्था मिलाइयोस र सोमवार अन्य साक्षीहरुलाई वोलाइयोस वा अदालत सोमवार विदा गरियोस भन्ने विकल्प पेश गरेका थिए । विपक्षका वकीलहरुको पनि कुरा सुनेपछि कोरोनर (न्यायधीश) विलियम ङ सिं वाईले अदालत २९ गते मंगलवार सम्मको लागि स्थगित गरेको थियो । २९ गते प्रहरी जवान हुइले वयान जारी राख्नेछ । दिलवहादुर लिम्वूको मृत्यु छानवीन सम्वन्धि मुद्दा ७ सेप्टेम्वरदेखि र्साईवान हो स्थितर् इर्स्र्टन कोर्टको अदालतमा सुनुवाई भइरहेको छ।

राजमोले सातवटा प्रदेश रहेको एकात्मक शासन व्यवस्था प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १०-संघीयताविरुद्ध संघर्षरत राष्ट्रिय जनमोर्चा (राजमो) ले शक्तिको विकेन्द्रीकरण हुने सातवटा प्रशासनिक प्रदेश रहेको एकात्मक शासन व्यवस्था प्रस्ताव गरेको छ। जनमोर्चाको राज्य पुनर्संरचना ढाँचामा १४ अञ्चल र ५ विकास क्षेत्रको साटो सातवटा प्रशासनिक प्रदेश रहने उल्लेख छ।राजमो देशलाई संघीय ढाँचामा लैजाने राष्ट्रिय सहमतिविपरीत आन्दोलनरत एकमात्र लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टी हो। 'सात प्रदेश भनेपछि त राष्ट्रिय जनमोर्चा पनि संघीयतामा गयो भनेर प्रचार पनि गरे,' दलका अध्यक्ष चित्रबहादुर केसीले भने, 'हामी विकेन्द्रीकरणसहितको एकात्मक राज्यको पक्षमा छौं।' नेपाली जनताका लागि नभएर विदेशीको प्रस्तावमा संघीयतामा जाने निर्णय भएको आरोप उनले लगाउँदै आएका छन्।
प्रस्तावित सात प्रदेश प्रशासनिक एकाईका रूपमा मात्र रहने उनले बताए। संघीय शासन प्रणालीमा प्रत्येक प्रदेश छुट्टै राज्यका रूपमा रहेको हुन्छ, जहाँ प्रदेशस्तरका छुट्टै कार्यपालिका, विधायिका र न्यायपालिका रहन्छ। केसीले भने, 'हामीले प्रस्ताव गरेका प्रशासनिक प्रदेशहरूमा प्रदेशैपिच्छे अलग्गै मन्त्रिपरिषद्, संसद् र न्यायालय रहन्न।' राजमोले संविधानसभाको संवैधानिक समितिमा पेश गरेको राज्य पुनर्संरचना ढाँचामा बेग्लाबेग्लै भौगोलिक क्षेत्र, जाति, भाषा र संस्कृति मिलाएर प्रदेश गठन गरिने जनाइएको छ। 'नेपालजस्तो बहुजातीय र बहुभाषिक देशमा बेग्लाबग्लै जाति, भाषा र क्षेत्रलाई मिलाएर प्रदेश निर्माण गर्दा नै राष्ट्रियताको सम्बर्द्धनमा मद्दत पुग्नेछ,' पार्टीको निष्कर्ष छ। राजमोद्वारा प्रस्तावित प्रदेशमध्ये पाँचवटा अहिलेका २/२ वटा अञ्चल मिलाएर बनाइएको छ। हालको मेची र कोशी अञ्चल मिलाएर कोशी अञ्चल प्रस्ताव गरिएको छ भने सगरमाथा (सगरमाथा र जनकपुर अञ्चल), बागमती (बागमती र नारायण अञ्चल), गण्डकी (गण्डकी र धवलागिरी) र लुम्बिनी (राप्ती र लुम्बिनी) अञ्चल नामाकरण गर्न प्रस्ताव गरिएको छ। कर्णाली अञ्चललाई नै कर्णाली प्रदेश नामाकरण गर्न प्रस्ताव गरिएको छ। प्रस्तावमा भनिएको छ, 'कर्णाली अञ्चलको विशिष्ट अवस्थामाथि ध्यान दिँदै त्यसलाई बेग्लै प्रदेशका रूपमा निर्माण गरिनेछ।' भेरी, सेती र महाकाली तीन अञ्चल मिलाएर महाकाली प्रदेश बनाउन प्रस्ताव गरिएको छ। 'आवश्यकताअनुसार जिल्लाहरू पुनर्गठन गरिनेछन्', प्रस्तावमा उल्लेख छ, 'पुनर्गठन गर्दा बेग्लाबेग्लै भौगोलिक क्षेत्र, भाषा, जाति, संस्कृति आदिमा विशेष ख्याल गरिनेछ।'प्रशासकीय दृष्टिले केन्द्र, प्रदेश, जिल्ला र गाउँ/नगरपालिका गरी देशलाई चार तहमा विभाजन गर्न प्रस्ताव गरिएको छ। जिल्ला वा गाउँमा पिछडिएका जातजातिको स्वशासन कायम गर्न विशेष व्यवस्था गर्ने प्रस्ताव छ। 'जनजाति वा दलितहरूको प्रतिनिधित्व वा अधिकार संरक्षणका लागि राष्ट्रियस्तरमा दलित र जनजातिका लागि दुई बेग्लाबेग्लै राष्ट्रिय काउन्सिल व्यवस्था गरिनेछ,' प्रस्तावमा भनिएको छ। सदरमुकाम आवागमनको सुविधा हेरेर ठूला जिल्ला परिवर्तन गरी साना र मझौला निर्माण गर्न उसले प्रस्ताव गरेको छ। 'अहिलेजस्तो केन्द्रमुखी एकात्मक व्यवस्था हैन, शक्ति र सत्ताको व्यापक विकेन्द्रीकरण गरिनुपर्छ, जनतालाई बलियो बनाउनुपर्छ,' अध्यक्ष केसीले भने। एकात्मक राज्यका पक्षमा रहेको राजमोले राष्ट्रप्रमुखका रूपमा संवैधानिक राष्ट्रपति र कार्यकारी अधिकार सरकार प्रमुखका रूपमा प्रधानमन्त्री रहने प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक व्यवस्थापिका हुनेछ।मिश्रित निर्वाचन प्रणाली अपनाउन प्रस्ताव गर्ने जनमोर्चाले १ सय २० निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि हुने र समानुपातिक निर्वाचन प्रणालीका आधारमा त्यति नै संख्या चुन्ने व्यवस्था गरी २ सय ४० जनाको प्रतिनिधिसभा गठन गर्न प्रस्ताव गरिएको छ।एक सय २० जना रहने राष्ट्रियसभामा भने प्रत्येक प्रादेशिक समितिबाट २-२ जना, प्रतिनिधिसभाको एकल संक्रमणीय मतका आधारमा र केही सदस्य सरकारले मनोनित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय सभाका प्रतिनिधि चयन गर्दा पिछडिएका जातजाति, महिला, धार्मिक अल्पसख्यंक, अपांग, प्रबुद्ध वर्ग, व्यापारी, उद्योगपति, अपांग, पूर्वसांसद् तथा प्रवासी नेपालीको प्रतिनिधित्व गराउनुपर्नेछ। राजमोले पिछडिएका जातजातिको सूची बनाएर त्यसका आधारमा मनोनित गर्ने उल्लेख गरेको छ। 'ठूलो पदमा पुगेका वा सत्ताको नेतृत्व गरेका जनजाति हैन, पिछडिएका गरिब जनजातिलाई राज्यले समेट्नुपर्छ,' केसीले प्रष्ट पारे, 'पुस्तौं दरबारियाको सेवा गर्नेहरू अहिले आदिवासीको नाम भजाउन खोज्दैछन्। ती अहिले आदिवासी हैनन्, आदिवासी त गिठाभ्याकुर खानेबेला थिए।' जाजरकोटमा 'एम्जिट' खान नपाएर मर्ने खस बाहुनलाई 'शासक' भन्न नमिल्ने उनले बताए।

Sep 25, 2009

कांग्रेस, एमाले र माओवादीबीच टेलिफोन वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ प्रमुख घटक कांग्रेस, एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओवादीबीच बिहीबार टेलिफोन वार्ता भएको छ । शीर्षनेताबीचको वार्ता सहमतिनजिक पुगेको नेताहरूले दाबी गरेका छन् । वार्तापछि उत्साहित हुँदै नेताहरूले दसैँ समापनसँगै गतिरोध पनि सकिएर नयाँ सहमति बन्ने विश्वास व्यक्त गरेका छन् । 'हेलो नेपाल' नयाँ मोबाइल कम्पनीको उद्घाटन गर्न रोल्पा पुगेका एकीकृत माओवादी अध्यक्ष प्रचण्डसित कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले काठमाडौंबाट र एमाले महासचिव ईश्वर पोखरेलले दाङबाट कन्फरेन्स कलमार्फत मोबाइलवार्ता गरेका छन् । वार्तामा दसैँअघि नै सहमतिबाट राजनीतिक निकास निकाल्ने सहमति भएको स्रोतको दाबी छ । दाङमा आयोजित एक कार्यक्रममा माओवादीका एक वरिष्ठ नेताले राजनीतिक सहमतिको ढोका खुलेको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ, दाङले बिहीबार अपराह्न घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा एकीकृत माओवादीका पोलिटब्युरो सदस्य कृष्णबहादुर महराले दलहरूबीच सहमतिको वातावरण बनेको खुलासा गरेका छन् । 'ठूला तीन दलका नेताबीच छलफल र बहस भइरहेको छ, बिहीबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव ईश्वर पोखरेलबीच टेलिफोन वार्ता भएको छ,' उनले थपे, 'यो शुभ संकेत हो, यसले सहमतिको ढोका खोलेको छ, अब छिट्टै सहमति हुन्छ ।' असहमतिको राजनीतिक गाँठो फुक्न नसक्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको बताउँदै नेता महराले आफ्नो दल राजनीतिक सहमतिका लागि तत्पर रहेको बताए । उनले दसैँलगत्तै राजनीतिक सहमति हुने र गतिरोध अन्त्य हुने बताए । यसका लागि दलहरूबीच संवाद घनीभूत भइरहेको उनको भनाइ थियो । सञ्चारकर्मीको जिज्ञासामा पछिल्लो समयमा सहमतिको लागि सकारात्मक प्रयास भइरहेको र एमालेले साझा संकल्पको प्रस्ताव ल्याए पनि त्यसमा कांग्रेस सहमत हुन नसक्दा अहिलेसम्म निकास नभेटिएको बताए । पूर्वमन्त्रीसमेत रहेका महराले कांग्रेस सकारात्मक बन्न नसक्दा अन्योल बढिरहेको आरोपसमेत लगाए । माओवादी नेता-कार्यकर्ता घरजग्गा खरिदबिक्री र मोजमस्तीमा लागेको पाइएपछि पार्टीले छानबिन कमिटी गठन गरेको स्पष्ट गर्दै नेता महराले भने, 'छिट्टै हुबहु प्रतिवेदन सार्वजनिक हुन्छ ।' जिल्लामा घरजग्गा खरिदबिक्रीमा आफ्नो पनि लगानी भएको भनाइप्रति महराले आपत्ति गरे । 'मलाई बदनाम गर्न सुनियोजित षड्यन्त्र भएको छ,' उनले अगाडि भने, 'म सबै कुरा छाडेर पार्टी राजनीतिमा लागेको हुँ, मेरो रोल्पामा एउटै घर पनि सहकारीलाई दिएको छु ।'

आपूर्ति नभएपछि काठमाडौँ उपत्यकामा पेट्रोल अभाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ९ बजारको मागअनुसार आपूर्ति नभएपछि काठमाडौँ उपत्यकामा पेट्रोल अभाव भएको छ। नेपाल आयल निगमले माग अनुसार पेट्रोल नदिएकाले अभाव भएको हो। 'स्टक कम भएपछि पेट्रोल अभाव भएको हो,' निगमका सहायक निर्देशक रमेशचन्द्र कोइरालाले नागरिकसँग भने, 'अन्य पेट्रोलियम पदार्थको अभाव छैन।' उनका अनुसार अन्य पेट्रोलियम पदार्थको मौज्दात बढी रहेकाले समस्या छैन। पेट्रोल अभाव भएपछि उपत्यकाका पम्पमा पेट्रोल भर्नेको लाइन देखिन्थ्यो। दसैमा उपत्यकामा पेट्रोलियम पदार्थको माग कम हुने गर्छ। रक्सौलमा भएको जामका कारण तेल ल्याउन समस्या भएको कोइरालाले जानकारी दिए। 'रक्सौलको ट्राफिक जामले तेल ल्याउन सकिएको छैन,' उनले भने, 'यसैले मौज्दात कम हुँदा समस्या आएको हो।' नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले निगमले माग अनुसार पेट्रोल दिन नसकेकाले अभाव भएको बताए। 'निगमले विस्तारै तेलको आपूर्ति घटाएको छ,' उनले भने, 'यसले दशैको समयमा समस्या आएको छ।'निगम उच्च स्रोतका अनुसार निगमको घाटा बढ्ढै गएपछि तेल आपुर्ति घटाइएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढै गएपछि निगमको घाटा मासिक ११ करोड २५ लाख पुगेको छ। तेलको मुल्य समायोजन गर्ने रणनीतिअनुसार आपुर्ति कम गदै मूल्य बढाउन दबाब दिन आपुर्ति घटाएको स्रोतले बतायो। केही समयअघि वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले तिहारपछि पेट्रोलियम पदार्थमा स्वचालित मुल्य संयन्त्र लागु गर्ने बताएका छन्।तिहारपछि मुल्य बढाउने रणनीति अनुसार अभाव सिर्जना गरेर मुल्य बढाउन खोजिएको हो,' स्रोतले भन्यो।कोइरालाले भने आपुर्ति घटाउने कूनै रणनीति नरहेको बताए। 'अहिले हामीलाई केही नाफा छ,' उनले भने, 'पेट्रोल नाफामा भएकाले आपूर्ति घटाउनुपर्ने अवस्था छैन। निगमको थानकोट डिपोको पेट्रोल १० दिन , डिजेल २० दिन र हवाई इन्धन ३० दिनलाई पूग्ने क्षमता छ। थानकोट डिपोको पेट्रोल , डिजेल , हवाई इन्धनको क्षमता क्रमशः २६ लाख , ८४ लाख र ७७ लाख लिटर हो।

अमेरिकाले बर्मामा प्रजातन्त्र प्रवर्धनका लागि प्रत्यक्ष कुराकानी थाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी विदेशमन्त्री हिलारी रोधाम क्लिन्टनले संयुक्त राज्य अमेरिकाले बर्मामा प्रजातन्त्र प्रवर्धनका लागि त्यहाँको सैनिक शासकहरूसँग प्रत्यक्ष कुराकानी थाल्ने बताएकी छिन् । उनले कतिपय प्रतिबन्धले मात्र बर्मेली सरकारको व्यवहारमा परिवर्तन नआएको बताइन् । बाराक ओबामाले प्रशासन सम्हालेपछि बर्माबारेको यो अमेरिकी नीति अगाडि आएको हो । बर्माको अनुदारवादी शासनले व्यापक अन्तर्राष्ट्रिय दबाब रहँदा रहँदै पनि आङ सान सु कीलगायतका राजनीतिक बन्दीलाई रिहा गर्न इन्कार गरिरहेको छ । श्रीमती क्लिन्टनको बर्मा जुन्तासँग कुराकानी थाल्ने यो घोषणा न्युयोर्कमा भइरहेको स्ंायुक्त राष्ट्रसंघीय महासभाका सन्दर्भमा अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूसँग कुरा गरेपछि बाहिर आएको हो । महासचिव बान की मुनको अध्यक्षतामा सो कुराकानी भएको थियो । 'हामी विश्वसनीय प्रकारको प्रजातान्त्रिक सुधार चाहन्छौँ, त्यस्तो सरकार चाहन्छौँ जो बर्मेली जनताको आवश्यकतालाई बोध गरोस्, तत्कालै निःसर्त राजबन्दीहरूको रिहाइ गरोस् र विपक्ष तथा अल्पसंख्यक जातिसँग गम्भीर संवाद थालोस्,' हिलारीले भनिन् । 'उनले आफ्नो नीतिको महत्त्वपूर्ण पाटोका रूपमा प्रतिबन्धलाई कायमै राख्नेछौँ, किनभने उनीहरूले बर्मेली जनताको पक्षमा हामीले चाहेको नतिजा निकाल्न सकेनन्,' हिलारीको भनाइ थियो, 'हाम्रो विचारमा संवादको विपक्षमा प्रतिबन्धलाई राख्नु गलत हुन्छ । यी दुवै औजारलाई सँगै लगेर हामीले हाम्रो लक्ष्य प्राप्त गर्नु छ, प्रजातान्त्रिक सुधार प्राप्त गर्न हामी प्रत्यक्ष रूपमा बर्मेली अधिकारीहरूसँग कुराकानी गर्नेछौँ ।' अर्को महिना बर्मेली अदालतले घरमै बन्दी बनाउने म्याद बढाएकोमा सुकीले गरेको पुनरावेदनको फैसला गर्नेछ ।

Sep 24, 2009

उपत्यकामा संघीय लिम्बुवान राज्य परिषद्ले संगठन विस्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी. बी. आङ्बुङ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकामा पनि लिम्बुवानको संगठन विस्तार गर्न उपत्यका सम्पर्क समितिको गठन गरेको छ । २०६६ भाद्र १३ गते मञ्चको कार्यालय काठमाडौंमा गठन गरिएको उक्त लिम्बुवान-उपत्यका सम्पर्क समितिको अध्यक्षमा शिवकुमार पाङ्गेनहाङ, उपाध्यक्षः विष्णु यक्सो, सहसचिवः पदम तुम्बाहाङ्फे र सदस्यहरुमा भिम्ला येङदेन, देउमान केरुङ, काजी खापुङ, धनकुमारी लावती, टेकेन्द्रराज चेम्जोङ, पूर्ण लिम्बू, प्रितम रार्इ, सीता सिङ्गक, फर्समान तामाङ, भुवनसिङ् यक्सो, राम बखिम र केदार धिमाल रहनु भएकोछ । यसैगरी, यस मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् उपत्यका सम्पर्क समितिको सल्लाहकार समितिमा क्याप्टेन छविलाल हाङ्स्रोङ, कृष्णा सुब्बा, डम्बर तुम्बाहाङफे र कविराज आङदेम्बे रहनुभएको छ । परिषद्का राष्ट्रिय पार्षद शिवकुमार पाङ्गेनहाङको अध्यक्षतामा सम्पन्न उक्त भेलामा लिम्बुवानबाट उपत्यकाका लागि खटिनु भएका इञ्चार्ज विशेन्द्र चेम्जोङ, मञ्चका कार्यकारी अध्यक्ष लक्ष्मण थारु, मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङका अध्यक्ष डी. के. बुद्धिष्ट, अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफे, मञ्चका महासचिव खगेन्द्र माखिम, लिम्बुवानका महासचिव सुर्य माखिमलगायत लिम्बुवानका महिला, तुम्याहाङ र विद्यार्थीनेतृत्वको समेत उपस्थिति रहेको थियो । नव गठित समितिलार्इ मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका महासचिव सुर्य माखिमले सांगठानिक पद तथा गोपनीयताको सपथ गराउनु भयो ।नव गठित समितिको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै लिम्बुवान-उपत्यका सम्पर्क समितिका अध्यक्ष शिवकुमार पाङ्गेहाङले संगठनको उद्देश्य, मुल्य-मान्यता र विधानअनुसार सबै पदाधिकारी तथा सदस्यहरुसँगको आपसी सल्लाह र सहकार्यमा लिम्बुवानको लागि सकेसम्म कार्य गर्ने बताउनु भयो । यस समितिको पहलमा चाडै काठमाडौं, भक्तपुर र ललितपुरमा भिन्दाभिन्दै सम्पर्क समितिको समेत गठन गरिने योजना रहेको छ । कार्यक्रको उद्घोषण दुर्गा आख्राबोद्वारा गरिएको थियो ।

बाराक ओबामासँग प्रधानमन्त्री माधवकुमार नेपालको भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसंघीय शान्तिसेनामा अहिलेभन्दा बढी नेपाली सेना सहभागी गराउन नेपाल तयार रहेको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ६४औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामाले संयुक्त राष्ट्रसंघीय शान्तिसेनामा सहभागी रहेका प्रमुख १० राष्ट्रका राज्य तथा सरकारप्रमुखहरूका लागि बुधबार आयोजना गर्नुभएको कार्यक्रममा सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो।शान्तिसेनामा योगदान गर्ने पाँचौं ठूलो राष्ट्रको हैसियतले नेपाल संयुक्त राष्ट्रसंघको आहवानमा शान्तिकार्यमा संलग्न रहने कार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो- ‘शान्तिसेनाको डफ्फालाई आवश्यक पर्ने बन्दोबस्ती सामानको सहयोग पाएमा अहिलेभन्दा बढी संख्यामा शान्तिसेना सहभागी गराउन सक्नेछौं, जसको अभाव हामीलाई खट्केको छ।’ सन् १९५५ मा राष्ट्रसंघको सदस्यता लिएपछि पाँच दशकभन्दा लामो समयदेखि नेपालले निरन्तर शान्तिसेनामा भाग लिँदै आएको छ। प्रधानमन्त्री नेपालले ओबामालाई सुरक्षापरिषद्को अध्यक्ष राष्ट्रका हैसियतले भन्नुभयो- ‘तपाईंको नेतृत्वमा राष्ट्रसंघीय शान्तिकार्यलाई सुधार गर्न आवश्यक कदमहरूप्रति सहमति निर्माण गर्दै अघि बढ्न सकिनेछ भन्ने हाम्रो अपेक्षा छ।’ उहाँले बुधबार नै बुर्किनोफासो र इथियोपियाका राष्ट्रपतिद्वारा संयुक्तरूपमा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रममा पनि सम्बोधन गर्नुभयो। प्रम नेपाल बुधबार नै राष्ट्रसंघका महासचिव बान कि मुनले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुभयो। त्यस्तै उहाँ बुधबार नै अमेरिकी राष्ट्रपति ओबामाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो।

यस वर्षको मिस नेपालको उपाधि जेनिशा मोक्तान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ८ यस वर्षको मिस नेपालको उपाधि जेनिशा मोक्तानले जितेकी छिन्। उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी फर्स्ट रनर अप रिचा थापा मगर भएकी छिन्। उनले फिलिपिन्समा हुने मिस अर्थमा भाग लिनेछिन्। त्यसैगरी सेकेन्ड रनर अप कुन्छन तामाङ मोक्तान भइन्। दुई वर्षदेखि हुन नसकेको मिस नेपाल प्रतियोगिता अन्तर्गत नागरिक मिस फ्रेन्डसिप अवार्ड आयुषा कार्कीले जितेकी छिन्। उनलाई नेपाल रिपब्लिक मिडिया प्रालिका निर्देशक शोभा ज्ञवालीले अवार्ड वितरण गरेकी छिन्। त्यसैगरी फोटोजेनिक र कम्पलेक्सन पनि आयुषा कार्की, ब्युटिफुल हेयर पदमिनी झा, बेस्ट स्माइल पुनम थपलिया, बेस्ट वाक जेनिशा मोक्तान, पर्सनालिटी र ट्यालेन्ट रिचा थापा मगर र मिस पब्लिक च्वाइस आकृति श्रेष्ठले जितेकी छिन्।

माओवादीसंग वार्ता गर्न सात सदस्यीय वार्ता समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटीको बैठकले विभिन्न राजनीतिक पार्टीहरूसँग वार्ता गर्नका लागि भरतमोहन अधिकारीको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।यो समितिले प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)सहित व्यवस्थापिका-संसद्मा क्रियाशील दलहरूसँग छलफल गरी संसद्को गतिरोध अन्त्यका लागि पहल गर्नेछ ।पार्टीको केन्द्रीय कार्यालय मदननगर बल्खुमा अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बुधबारको बैठकले वार्ता कमिटीको सदस्यहरूमा युवराज ज्ञवाली, केशव बडाल, प्रदीप ज्ञवाली, रामचन्द्र झा, उर्मिला अर्याल र परशु मेघी गुरुङलाई तोकेको छ ।यसैगरी, बैठकले नेपाली समाजको वर्ग-विश्लेषणका लागि केशव बडाल संयोजक रहनुभएको कार्यदल गठन गरेको जानकारी केन्द्रीय कार्यालय सचिव युवराज ज्ञवालीले दिनुभयो ।कार्यदलका सदस्यहरूमा नागेन्द्र चौधरी, सत्यनारायण मण्डल, हेमराज राई, पुरुषोत्तम पौडेल, केशवलाल श्रेष्ठ, उमेश उपाध्याय, डा. प्रभा हमाल, डा. गणेश गुरुङ, डा. जीवन प्रसाईं र हरिबहादुर तामाङ हुनुहुन्छ ।विगत वर्षहरूमा जस्तै नेकपा (एमाले)ले यसवर्षको बडादसैँको उपलक्ष्यमा शुभकामना आदान-प्रदान गर्न असोज १८ गतेको दिन तय गरेको छ ।पार्टी अध्यक्ष खनालको आमन्त्रणमा पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा हुने चियापान तथा शुभकामना आदान-प्रदानको तयारीबारे बैठकमा जानकारी गराइएको थियो ।सचिव ज्ञवालीका अनुसार यही सेप्टेम्बर २४, २५ र २६ गते काजकिस्तानको राजधानी आस्तानमा हुने एसियाली राजनीतिक पार्टीहरूको सम्मेलनमा भाग लिन पार्टी अध्यक्ष खनाल त्यसतर्फ जानुहुने बैठकले निर्णय गर्‍यो ।

ड्रागन एयरले साप्ताहिक रुपमा पाँच उडान भर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङस्थित ड्रागन एयरले काठमाडौंतर्फको उडान संख्या बढाएको छ । एयरको परिवर्तित तालिकाअनुसार अक्टोबर १ देखि साप्ताहिक रुपमा पाँच उडान भर्नेछ । यसअघि ड्रागनले जाडोमा साप्ताहिक चार तथा गर्मीमा तीन उडान गर्दै आएको थियो । सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष-२०११ लाई सहयोग पुर्‍याउने उद्देश्यले उडान संख्या थप गरेको एयरका लुइस लिले बताए । उडान संख्या सँगै कम्पनीले साविकको भन्दा १९० सिट बढी क्षमता भएका ए ३३० हवाईजहाज प्रयोग गर्ने उनले बताए । एसियाका विभिन्न २९ क्षेत्रमा उडान भर्दै आएको ड्रागन विश्वप्रसिद्ध हवाई सेवाप्रदायक क्याथे प्यासिफिक समूहको सहायक कम्पनी हो ।

औसत महिलाले कुनै पनि कुरा ४७ घण्टाभन्दा गोप्य राख्न नसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन, असोज ८, औसत महिलाले आफ्ना कुनै पनि कुरा ४७ घण्टाभन्दा गोप्य राख्न नसक्ने एक अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताले महिलाले औसत ४७ घण्टा १५ मिनेटमा कम्तिमा एक जना व्यक्तिलाई गोप्य कुरा सुनाउने गरेको अध्ययनले देखाएको छ। महिलाले गोप्य कुरा सुनाउने पहिलो व्यक्तिमा प्रेमी, लोग्ने, मिल्ने साथी वा आमा हुने गरेका छन्। अध्ययनमा १६ देखि ६४ वर्ष उमेरका तीन हजार महिला सहभागी भएका थिए। अध्ययनमा भाग लिने १० मध्ये ४ जनाले विषय जति सुकै व्यक्तिगत वा महत्वपूर्ण भए पनि आफूले त्यसलाई गोप्य राख्न नसक्ने स्वीकार गरेका थिए। अध्ययनले मदिरा गोप्य कुरा ओकल्न सहयोग गर्ने प्रमुख बस्तु भएको समेत देखाएको छ। आधाभन्दा बढीले एक वा दुई ग्लास रक्सी पिएपछि उनीहरुले त्यस्तो गोपनीयता अन्यलाई सुनाउने गरेको बताएका छन्। अनुसन्धान गर्ने वाइन अफ चिली बेलायती निर्देशक माइकल कोक्सले भने 'यो प्रमाणिक हो- महिलाले गोप्यता राख्द सक्दैनन्।'

भारतीय चन्द्रयानले चन्द्रमामा पानी रहेको तथ्य पत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, असोज ८ भारतीय अन्तरिक्ष यान चन्द्रयानले चन्द्रमामा पानी रहेको तथ्य पत्ता लगाएको छ। चन्द्रयानले लगेको अमेरिकी उपकरणले चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटेको हो। यो पानी तरल अवस्थामा नभएर धुलो र चट्टानमा टुक्रामा रहेको छ त्यसको परिणाम निकै कम भएको बताइएको छ। चन्द्रमाको सतह मरुभूमी भन्दा पनि बढी सुख्या छ तर बैज्ञानिकहरुले चन्द्रमा सतहबाट प्राप्त भएको माटोमा भेटिएको आर्द्रताको अंश भेटिएकाले चन्द्रमाको सतहमा ठूलो परिणामा तरल पदार्थ रहेको संभावना व्यक्त व्यक्त गरिएको हो।सौर्य मण्डलबाट हाइड्रोजनको अणु र चन्द्रमाको सहतमा रहेको माटोको मिश्रणबाट त्यहा आन्द्रता उत्पन्न हुनसक्ने बताइएको छ।यसअघि चन्द्रमाको सूर्यको किरण पुग्न नसक्ने स्थानमा बर्फ पाइएको थियो। चन्द्रयानको माध्यमबाट चन्द्रमामा पानीको अंश प्राप्त हुनुलाई भारतीय अन्तरिक्ष अभियानको ठूलो सफलताको रुपमा हेरिएको छ।चन्द्रयानलाई सन् २००८ अक्टोबरमा श्रीहरिकोटबाट प्रक्षेपण गरिएको थियो। चन्द्रयानमा ११ वटा बैज्ञानिक उपकरण रहेको थियो। अमेरिकाको दुई, यूरोपेली अन्तरिक्ष एजेन्सीको तीन र बुल्गेरियाको एक गरि ६ वटा विदेशी एजेन्सी उपहरण रहेका थिए भने भारतीय अन्तरिक्ष अभियानले आफैले उत्पादन गरेको पाँच वटा रहेको उपकरण पठाएको थियो। अन्तरिक्षमा पुग्न सफल भएको चन्द्रयान एकले त्यहाँबाट तस्वीर पठाएको थियो। तर अगस्त २००९ मा चन्द्रयानको नियन्त्रण कक्षसँग सम्पर्क बिच्छेद भएको थियो। त्योसँगै यो मिसन समाप्त भएको घोषणा गरिएको थियो। चन्द्रयानले चन्द्रमाको कक्षमा ३ सय १२ दिन बिताएर ठूलो परिणाममा तथ्याकं पठाएको थियो। करिब ४ अर्बको लागतमा चन्द्रयान एकलाई अन्तरिक्षमा पठाइएको थियो।तर बैज्ञानिकहरुले चन्द्रयानलाई जुन उद्देश्यका लागि पठाइएको थियो त्यसले त्यो ९५ प्रतिशत पुरा गरेको बताएका थिए।

Sep 23, 2009

न्युयोर्कमा प्रम, जलवायु परिवर्तनसम्बन्धी गोष्ठीमा सहभागी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनको साझा खतरालाई प्रभावकारी ढंगले समाधान गर्न सबै राष्ट्रहरू मिलेर उत्तरदायी ढंगले काम गनुपर्नेमा जोड दिनुभएको छ। संयक्त राष्ट्रसंघको ६४औं महासभामा सहभागी हुन सोमबार न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री नेपालले मंगलबार राष्ट्रसंघीय महासचिव वान की मुनले आयोजना गर्नुभएको जलवायु परिवर्तनसम्बन्धी गोष्ठीमा बोल्दै सो धारणा व्यक्त गर्नुभएको हो। नेपालजस्ता ज्यादै नाजुक अवस्था र साधनको ज्यादै कमी भएका राष्ट्रहरूलाई दृष्टिगत गरी अनुकूल र समाधानका प्रभावकारी उपायहरू अन्तर्राष्ट्रिय समुदायले खोज्नुपर्ने प्रमले बताउनुभयो ‘अल्पविकसित राष्ट्रको नाताले हामी विकास कार्यहरूलाई रोक्न पनि सक्तैनौं, हाम्रो आफ्नै प्रयास र अन्तर्राष्ट्रिय समुदायको सहयोगबाट जलवायु परिवर्तनको वर्तमान अवस्थालाई रोक्न र परिवर्तन गर्नुपर्ने आवश्यकताप्रति सचेत छौं’ -प्रम नेपालले भन्नभयो- ‘यो चुनौतीको गाम्भीर्यता र अल्पविकसित राष्ट्रहरूको सीमित क्षमतालाई दृष्टिगत गरी सोहीअनुरूपको अन्तर्राष्ट्रिय कोषको व्यवस्था हुनुपर्दछ।’ विश्वव्यापी उष्णताबाट नेपालको हिमालय क्षेत्रमा हिउँ पग्लने क्रम बढेकोमा उहाँले गम्भीर चिन्ता पनि प्रकट गर्नुभयो। प्रधानमन्त्री नेपालले मंगलबार नै बोलिभियाका राष्ट्रपति इभो मोरालेससँग भेट गर्नुभएको छ। बोलिभिया संविधानसभाको निर्वाचन गर्ने पछिल्लो राष्ट्रमध्ये पर्दछ। त्यहाँको आदिवासी आन्दोलनका लोकप्रिय नेता मोरालेस र प्रधानमन्त्री नेपालबीच संविधानसभा, नयाँ संविधान निर्माण, न्यायपूर्ण समाजको स्थापना, स्रोतहरूको समुचित वितरणलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

अमेरिकामा दौडेर अपराधी पक्रन नपाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको साउथ क्यारोलाइनाको एक सहरकी मेयरले अपराधी पक्राउ गर्न प्रहरीलाई दौड्न प्रतिबन्ध लगाइएकी छिन् ।वेलर्फडकी मेयर स्याली पिकेले अगस्टमा अपराधीपछि दौड्न प्रहरीलाई प्रतिबन्ध लगाएको बताएकी छिन् । अगस्टमा प्रहरी अधिकारी अपराधी पक्रन दौड्दा उनी बिरामी भएका थिए । कोकिन बोकेको भनिएका व्यक्ति समात्न दौड्ने प्रहरी अधिकारी भोलिपल्ट काममा जान सकेनन् । काममा जान नसक्ने प्रहरी अधिकारीको खर्च सहरले व्यहोर्नुपरेको मेयरले बताइन् ।स्थानीय टेलिभिजनका रिपोर्टरहरुले यससम्बन्धमा सोध्न खोज्दा मेयर पिकेले केही बोलिनन् । तर, पत्रकारले नयाँ स्टोरी पाएकोमा कटाक्ष गर्दै ताली बजाइन् ।

तेस्रो जनआन्दोलन विद्रोहमा रूपान्तरण हुन सक्ने 'प्रचण्ड'को चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, असोज ६ गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनविद्रोहको चेतावनी दिनुभएको छ । "राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक कदमको कुनै न कुनै रूपले सम्बोधन नगरिए तिहारपछि सुरु हुने तेस्रो जनआन्दोलन विद्रोहमा रूपान्तरण हुनसक्छ ।" क्रान्तिकारी पत्रकार सङ्घ तमुवान राज्यसमितिद्वारा मङ्गलबार पोखरामा आयोजित पत्रकार अन्तर्त्रिmयामा प्रचण्डले भन्नुभयो, संयुक्त राष्ट्रसङ्घको बडापत्रले पनि जनतालाई विद्रोहको अधिकार सुनिश्चित गरेको छ । "जनआन्दोलन रक्तपातपूर्ण हुँदैन, शान्तिपूर्ण नै हुन्छ", प्रचण्डले भन्नुभयो । उहाँले अब हुने आन्दोलन आमसभामा मात्र सीमित नहुने र सशक्त हुने स्पष्ट पार्नुभयो । "आन्दोलनले तेस्रो जनआन्दोलनको रूप दिन्छ र त्यो जनविद्रोहमा रूपान्तरण हुन सक्दछ"- प्रचण्डले भन्नुभयो । राष्ट्रपतिले चालेको कदम सच्याउन र पार्टीहरूबीचमा रहेको गतिरोधको अन्त्य गर्न छलफल चलेको जानकारी दिँदै उहाँले भन्नुभयो, "माओवादीद्वारा संसद्मा प्रस्तुत सङ्कल्प प्रस्तावलाई सम्बोधन गर्न संविधान संशोधन भएमा सोच्न सकिन्छ तर काङ्ग्रेस सहमति खोज्नेतर्फ अनिश्चित देखियो ।" राष्ट्रपतिको कदमका बारेमा 'र' पनि उच्चारण गर्न सकिँदैन भन्ने काङ्ग्रेस नेताहरूको भनाइले काङ्ग्रेस निकास निकाल्न अनिच्छुक भएको पाइएको प्रचण्डले बताउनुभयो । "तिहारपछि पनि गतिरोध अन्त्य भएन भने आन्दोलनको ठूलो कार्यक्रम ल्याउन माओवादी विवश हुनेछ", प्रचण्डले भन्नुभयो । उहाँले काङ्ग्रेसले अनिच्छा प्रकट गरेपछि निकास निस्कने कुरामा आफू आशावादी रहेको स्पष्ट पार्नुभयो । "असहमतिको सम्भावना कम छ, सहमतिको सम्भावना प्रवल छ", प्रचण्डले भन्नुभयो । उहाँले वर्तमान सरकार संसद्मा अल्पमतमा परिसकेको दाबी गर्नुभयो । "सरकार अल्पमतमा परिसकेको छ, सबै मधेसवादी दलहरूबाट एउटै ठूलै समूह नै सरकारबाट फिर्ता हुने तयारी गर्दैछ", प्रचण्डले भन्नुभयो । अल्पमतमा परेको सरकारका विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउनबारेमा पनि सोच्दै गरेको उहाँले बताउनुभयो । प्रचण्डले यो सरकार विस्थापित गरेर राष्ट्रिय सरकार गठन हुने पनि विश्वास प्रकट गर्नुभयो । दसैँको बेलामा कार्यकर्ता तथा जनताका बीचमा जाने योजना अनुसार पोखराबाट पाल्पा हुँदै रोल्पा पुगेर राजधानी फर्किने अनौपचारिक कार्यक्रम रहेको प्रचण्डले जानकारी दिनुभयो ।

आमाको लास लुकाएर राख्ने छोरीलाई जेल सजाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आमाको लासलाई वर्षौंसम्म लुकाएर राख्ने छोरीलाई एक वर्ष एक दिन जेल सजाय तोकिएको छ । अमेरिकाको फ्लोरिडाको ६१ वर्षे छोरी पेनेलोप सारोन जोर्डनले आमाको लास सुत्ने कोठामा वर्षौंसम्म लुकाइएकी थिइन् । लास लुकाएर उनले आमाको नामको पेन्सन खाइरहेकी थिइन् । उनले लास लुकाएर आमाको नामबाट दुई लाख ३० हजार डलर पेन्सन बुझेकी थिइन् ।पेनेलोप सारोन जोर्डनले सरकारी रकमको दुरुपयोग गरेको स्विकारेकी छिन् ।प्रहरीले मार्चमा आमाको लास सुत्ने कोठामा भेटेको थियो । आमाको मृत्यु ६ वर्षअगाडि भएको जोर्डनले बताएकी छिन् ।छानबिनका क्रममा जोर्डनकी आमाको मृत्यु २००१ भएको पत्ता लागेको छ । जोर्डनले बहिनीलाई २००१ मा आमाको मृत्यु भएको बताइएकी थिइन् ।
लासको पोस्टमार्टम गरिएको थियो । पोस्र्टमार्टममा केही खराबी नदेखिएको बताइएको छ ।सामाजिक सुरक्षा र सैनिक पेन्सन बुझ्नका लागि आमाको लास लुकाएको बताएकी छिन् ।६ वर्षको अवधिमा उनले सामाजिक सुरक्षाअन्तर्गत ६१ हजार चार सय १५ डलर र सैनिक पेन्सनअन्तर्गत एक लाख ७६ हजार चार सय ६१ डलर बुझेकी थिइन् ।अदालतले उनलाई दुई लाख ३७ लाख आठ सय ७६ डलर तिर्न आदेश दिएको छ ।

नेपाली नोट मागअनुसार दिन नसकेपछि भारतीय रुपैयाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ७- राष्ट्र बैंकले नेपाली नोट मागअनुसार दिन नसकेपछि भारतीय रुपैयाँ (भारु) बजारमा पठाएको छ। नोट अभाव टार्न वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारु दिएको हो।यहीअनुसार अधिकांश बैंकले राष्ट्र बैंकबाट भारु ल्याएर बचतकर्तालाई भुक्तानी दिएका छन्। 'नेपाल बैंकर्स संघका पदाधिकारीलाई मंगलबार २/२ करोड नेरु र आवश्यकताअनुसार यति नै रकम बराबरको भारु दिएको हो,' संघका अध्यक्ष शसिन जोशीले भने। वाणिज्य बैंक अधिकारीले व्यक्ति र आवश्यकता हेरेर भारुमा भुक्तानी दिइएको जानकारी दिए। नोट अभावले तराई क्षेत्रमा केही दिनदेखि भारुको प्रचलन बढेको थियो। २०१३ सालमा राष्ट्र बैंक स्थापनाको मुख्य उद्देश्य भारुको सट्टा नेपाली रुपैयाँ प्रचलनमा ल्याउनु थियो। यो नीतिविपरीत राष्ट्र बैंकले भारु प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको उद्देश्यविपरीत भारु प्रचलनमा ल्याउनु राष्ट्र बैंकको गम्भीर त्रुटि भएको वाणिज्य बैंक अधिकारीहरूले बताए। यसले मुलुकभर भारुको प्रचलन अझै बढाउने छ।
राष्ट्र बैंकले केही वर्षअघि गरेको अध्ययनले करिब ४० प्रतिशत भारु प्रचलनमा रहेको देखाएको थियो। यो अझ बढेको अनुमान छ। यसलाई बढाउने गरी राष्ट्र बैंकले वाणिज्य बैंकलाई भारु दिएको हो। कागजी रूपमा प्रक्रिया पुर्‍याएर वाणिज्य बैंकलाई भारु दिइएको छ। भारु माग्दा वाणिज्य बैंकले विगतमा जस्तै निवेदन दिएका छन्। वाणिज्य बैंकले ग्राहकलाई दिँदा पनि भारु आवश्यक भएको निवेदन लिएका छन्।राष्ट्र बैंकले पर्याप्त उपलब्ध गराउन नसक्दा देशभर नोटको व्यापक अभाव भएको छ। वित्तीय संस्थाहरू ग्राहकले मागेअनुसार बचत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन्। काठमाडौमा अधिकांश बैंक र एटिएममा दसैं विदा सुरु हुनुभन्दा तीन दिनअघि मंगलबार पैसा लिनेको घुइँचो लागेको थियो। नोट अभावले एटिएम सबैभन्दा बढी प्रभावित भएका छन्।बाग्लुङमा तलब भुक्तानी नपाउँदा आक्रोशित शिक्षकले नेपाल बैंकको दैनिक कारोबारमा अवरोध गरे। यो बैंकको बाग्लुङ शाखाले पाँच हजारमात्र भुक्तानी दिएको थियो। झापाको बिर्तामोडमा नोट नपाएको आरोपमा शिक्षकले कर्मचारी थुनिदिएका थिए। तनहुँको दमौलीमा पनि शिक्षकले नोट नदिए सडकमा उत्रिने धम्की दिएका छन्। म्याग्दीको नेपाल बैंकले एक सातादेखि पैसा दिएको छैन। पर्वतमा पनि शिक्षकले तलब पाएनन्। पर्वतमा मात्र शिक्षकले तलबबापत ११ करोड ५० लाख पाउनु पर्ने थियो। दाङमा पनि बैंकमा नोट माग्नेको ठूलो लाइन छ।
नोट अभावले शिक्षक, पेन्सन लिने, रेमिट्यान्स प्राप्त गर्ने र कम्पनीहरू प्रभावित छन्। शिक्षकलाई दसैंखर्चसहित चार महिनाको एकैपटक तलब दिने गरिन्छ। उद्योग व्यवसाय पनि नोट अभावबाट प्रभावित छन्। नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकमा पनि सोमबार केही व्यवसायीले यो समस्या उठाएका थिए। पोखराका व्यवसायी निरञ्जन श्रेष्ठले कर्मचारीको तलब र दसैंखर्च दिने पैसा नभएको बताए। 'बैंकले पैसा दिन नसक्ने जवाफ दिएकाले समस्या परेको छ,' उनले भने। उपत्यकाका निजी विद्यालयले समेत नोटको अभावमा शिक्षक, कर्मचारीलाई तलब दिन सकेनन्। विदाको एक/दुई दिनअघि तलब दिने योजना बनाएका निजी विद्यालयले नोट नपाएपछि तलब दिन नसकेका हुन्।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्र बैंकलाई छिटोभन्दा छिटो नोट समस्या समाधान गर्न निर्देशन दिएका छन्। 'यो समस्याप्रति सरकार गम्भीर छ,' अर्थमन्त्री पाण्डेले मंगलबार नागरिकसँग भने, 'मैले जहाँ पैसा छ, त्यहाँबाट लिई हेलिकप्टरबाट भए पनि अभाव भएको ठाउँमा पुर्‍याउन भनेको छु।' राष्ट्र बैंकले आइतबारदेखि नोट अभाव हट्ने जानकारी दिएको थियो। तर, मंगलबारसम्म पनि वाणिज्य बैंक तथा वित्तीय संस्थाले माग गरेभन्दा एक तिहाइ कममात्र नोट पाएका छन्। बैंकर्स संघका प्रतिनिधिले मंगलबार राष्ट्र बैंकमा गई नोटको आपूर्ति बढाउन दबाब दिएका थिए। नोट दिन नसके बैंकहरू केही दिन बन्द गर्ने निर्देशन जारी गर्न उनीहरूले राष्ट्र बैंकसँग आग्रह गरेका थिए। यो दबाबपछि राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई करिब २-२ करोड रुपैयाँका दरले रकम दिएको थियो। बैंकहरूले ६-६ करोडका दरले नोट दिन माग गरेका थिए। 'कम्तीमा ६ करोड दिएमात्र हाम्रो एटिएम पूरा चल्न सक्छ,' बैंक अधिकारीले भने। बैंक तथा वित्तीय संस्थाका झण्डै ७ सय एटिएम सञ्चालनमा छन्। मंगलबार विकास बैंकलाई ५० लाख र फाइनान्स कम्पनीलाई २५ लाखका दरले राष्ट्र बैंकले नोट दियो। मंगलबार बैंक खुलेलगत्तै नोट नहुँदा ग्राहकलाई भुक्तानी दिन समस्या परेको संघका अध्यक्ष जोशीले बताए। 'दिउँसो नोट आएपछि समस्या केही कम भयो,' उनले भने। बुधबार काठमाडौंबाहिर जम्मा भएको नगद केन्द्रमा ल्याउने योजना बैंकहरूले बनाएका छन्। नबिल बैंकले पर्याप्त नोट नहुँदा मंगलबार एटिएमबाट एक पटकमा ३ हजार ५ सयमात्र झिक्नसक्ने बनाएको छ। सोमबारसम्म यो बैंकले १० हजार रुपैयाँ भुक्तानी दिने सूचना टाँसेको थियो। यो बैंकको केन्द्रीय कार्यालयमा भएका दुई एटिएममध्ये एउटा बिग्रेको थियो र अर्कोमा लामो लाइन थियो। जावलाखेलमा डेढ घन्टा एटिएममा लाइन बसे पनि पैसा नपाएपछि केन्द्रीय कार्यालय आएको एक महिलाले बताइन्। स्टान्डर्ड चार्टर्ड बैंकले पनि ५० हजारभन्दा बढी भुक्तानी दिन नसक्ने जानकारी ग्राहकलाई दिएको थियो। अन्य बैंकहरूले पनि एटिएम र चेकको सीमा तल झारेका छन्। कतिपय बैंकहरूले ठूलो रकमको भुक्तानी पूर्ण बन्द गरेका छन्। नोट नहुँदा बजारसमेत प्रभावित छ। बजारमा वस्तु तथा सेवाका ग्राहक घटेको व्यापारीले बताए। 'राष्ट्र बैंकबाट मागअनुसार नोट नदिँदा बचतकर्तालाई भुक्तानी दिन नसकेका हौं,' सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारीले भने। दसैंअघि सामान्यभन्दा करिब १० अर्ब रुपैयाँबराबरको थप नोट माग हुन्छ। तर, समयमा ठूला दरका नोट ल्याउन नसक्दा चरम अभाव भएको हो। राष्ट्र बैंकले नोटको अभावबारे कुनै औपचारिक जानकारी दिएको छैन। अभाव हटाउन वैकल्पिक उपायबारे पनि राष्ट्र बैंकले कुनै सूचना दिएको छैन। राष्ट्र बैंकले सर्वसाधारणको समस्या बेवास्ता गरेको भन्दै ग्राहकहरूले आक्रोस व्यक्त गरेका छन्। वाणिज्य बैंकहरूले पनि भुक्तानी दिन नसक्दा ग्राहकको आक्रोस खेप्नु परेको छ। गत साता ४ अर्ब ५ करोड रुपैयाँ बराबरको पाँच सय दरका नयाँ नोट राष्ट्र बैंक आइपुगेको थियो। पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको हस्ताक्षर भएका यी नोटले पनि अभाव हटाउन सकेको छैन। मंगलबारसम्म ३ अर्बभन्दा बढी नयाँ नोट चल्तीमा गइसकेको राष्ट्र बैंक अधिकारीले जानकारी दिए। थप नोट दसैं विदापछि असोज तेस्रो साता मात्र आइपुग्नेछन्। एक वर्षयता नोटको समस्या आएको थियो। गत फागुनमा प्रचलनमा गएको नोट फर्किने चक्रमा समस्या आएपछि संकट सुरु भएको हो। ठूला नोट नहुँदा साना दरका नोट दिन थालिएको थियो। पाँच सयका नोट छाप्ने जिम्मेवारी पाएको फ्रान्सको कम्पनीले समयमा नदिँदा अहिले समस्या बढेको हो। उक्त कम्पनीलाई राष्ट्र बैंकले जरिवाना तिराएको छ।

Sep 22, 2009

चीनमा एउटा कुकुरको ४ करोड ५१ लाख रुपैयाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, भदौ २८ चीनको शान्सी प्रान्तकी एक महिलाले ४ करोड ५१ लाख रुपैयाँमा एउटा कुकुर किनेकी छिन्। तिब्बती प्रजातिको याङ्जे नदी नम्बर दुई नामको कुकुर हालसम्मकै सबैभन्दा महंगो कुकुर भएको बताइएको छ। यसअघि अमेरिकाको फ्लोरिडाको लान्सेलोटको क्लोन गरिएको एउटा कुकुर १ करोड १६ लाख रुपैयाँमा खरिद गरिएको थियो। सो कुकुर ल्याब्रोडोर प्रजातिबाट क्लोन गरिएको थियो। याङ्जेको नयाँ मालिकले राम्रो कुकुर एक वर्ष अघिदेखि खोजेका थिए। उनले सो कुकुर चिन्घाई प्रान्तमा खरिद गरेकी हुन्। सो कुकुर अहिले सेलिब्रेटी बनेको छ। सिआन विमास्थलमा कुकुर पुर्‍याइँदा त्यसलाई लिन ३० वटा कारको मोटरगेड आएको थियो। कुकुरलाई घरेलु जनवारका रूपमा पाल्न चाहनेहरूको एउटा स्थानीय कमिटी कुकुरको स्वागत गर्न ब्यानरसहित विमानस्थल पुगेका थिए। कुकुर किन्ने व्यक्तिको लोकप्रियता पनि चीनमा बढेको छ।

संसदमा प्रस्ताव माथि छलफल गर्न नदिएको दाबी प्रचण्डले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ६ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार अल्पमतमा परिसकेकाले संसदमा राष्ट्रपतिको कदमविरुद्धको संकल्प प्रस्ताव माथि छलफल गर्न नदिएको दाबी गरेका छन् ।रोल्पा जाने क्रममा पोखरा आएका दाहालले क्रान्तिकारी पत्रकार संघले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा 'संसदभित्र गयो की सरकार पनि ढल्यो' भन्ने अवस्था रहेकाले कांग्रेस र एमालेले संकल्प प्रस्तावका विषयमा छलफल गर्न नचाहेको बताएका हुन् ।दाहालले एक दुई दिनमै केही मधेशबादी दलका सभासद्हरुले सामूहिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने दावी पनि गरे । उनले भने, 'सरकार ढल्ने भएकाले अंसबैधानिक र अलोकतान्त्रिक तरीकाले सरकार टिकाईराख्न संसदमा छलफल गर्न दिइएको छैन ।' असोज २१ गतेसम्म कुनै पनि सहमति हुन नसके त्यसपछि हुने आन्दोलनले तेस्रो जनआन्दोलनको रुप लिने दाहालले बताए । संकल्प प्रस्तावमाथि छलफल र संविधान संशोधन सहमतिको विकल्प हुने उनको भनाइ छ । सहमति नभए सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सोंच पनि बनेको उनले जानकारी दिए । संविधान निर्माण र सेना समायोजन तथा शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन छिमेकी मुलक तथा युरोपेली युनियन तथा अन्य देशसंग छलफल भैरहेको उनले बताए ।

९० हजार सैनिकमा एक हजार ७० मात्र महिला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ६ - नेपाली सेनाको संरचनामा विभिन्न तहमा गरी जम्मा एक हजार ७० जना मात्र महिला रहेका छन्। यो सङ्ख्या जम्मा १.२ प्रतिशत मात्र हो। सेनामा महिलाको सङ्ख्या हेर्ने हो भने क्षेत्री समुदायका महिलाको बाहुल्यता रहेको छ। विभिन्न तहमा गरी क्षेत्री समुदायका ४७.२२ प्रतिशत छन् भने ब्राह्मण १५.५२ र नेवार १३.९ प्रतिशत रहेका छन्। सेनामा पहिलो श्रेणीमा क्षेत्री तीन र नेवार एकजनामात्र छन् भने दोस्रो श्रेणीमा पनि क्षेत्री, राई, गुरुङ र ठकुरी जातिका मात्र रहेका छन्। नेपाली सेनाले एक्काइसौँ शताब्दीमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्य राखेको दाबी गरे पनि प्रतिशतमा भने पाँच प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको सेनाको वेभसाइटमा उल्लेख छ। तेस्रो तहभन्दा तल्लो तहमा दमाइ, विक, सार्की, मुस्लिम, कुमाईलगायतका जातिबाट पनि महिलाहरू सहभागी भएको पाइएको छ। राज्यको हरेक संरचनामा कम्तीमा एकतिहाइ महिला सहभागिताको आवाज उठे पनि नेपाली सेनामा सम्भवतः अरू विभिन्न पेसा/क्षेत्र भन्दा यो सङ्ख्या कम हो। नेपाली सेनामा वि.सं. २०१८ मा पहिलोपटक नर्सिङ सेवाबाट महिलाको प्रवेश सुरु भएको हो भने २०६० देखि सैन्य सेवामा महिलाको प्रवेश भएको हो। रासस

बिहे गर्न पाएनन् आर्थिक अवस्था कमजोर जापानीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक अवस्था कमजोर भएका २० लाख २८ हजार जापानी महिलाले बूढीकन्या रहनुपर्नेछ । गरिब पुरुषको अवस्था पनि उस्तै छ ।विगत केही वर्षयता जापानी अर्थशास्त्रीहरू जनताको जीवनस्तरमा विस्तार हुँदै गरेको खाडलका बारे बहसमा उत्रिएका छन् । सापियो नामक अर्धसाप्ताहिकको ३० सेप्टेम्बरको अंकमा अर्थशास्त्री ताकासी कादोकुराले हुनेखाने वर्ग र गरिब वर्गको यौनजीवनको बीचमा देखिएको अन्तरले उनीहरूको जीवनमा कसरी असर पारेको छ भन्ने छलफल गरेका छन् ।कादोकुराले पाँच सय दुईजना एकल महिलासँग जोडी मिलान गर्ने इन्टरनेट साइट म्याच डट कमले गरेको सर्वेक्षणलाई उद्धृत गर्दै छलफल सुरु गरेका छन् । सो सर्वेक्षणमा ४६ प्रतिशत उत्तरदाताले कम्तीमा वाषिर्क ४० लाख येन कमाउने जोडीको अपेक्षा राखेका थिए ।आय तथा जनसंख्या तथ्यांकहरू भने यी महिलाका अपेक्षासँग मेल खाँदैनन् । २००७ मा आन्तरिक मामला तथा सञ्चार मन्त्रालयले ज्यालादारी कामदारसम्बन्धी गरेको एक सर्वेक्षणका अनुसार १० लाख ५८ हजार जापानीले मात्रै वाषिर्क ४० लाख येनभन्दा बढी कमाउने गरेका छन् । २००५ को तथ्यांकले २५ देखि ३४ वर्षसम्मका अविवाहित महिलाहरूको संख्या ३० लाख ८७ हजार रहेको देखाएको छ । यी तथ्यांकको मूल्यलाई गणना गरेर कादोकुराले ४० लाख येन वाषिर्क आम्दानी यदि अत्यावश्यक सर्त हो भने पूरा संख्याको ६० प्रतिशतभन्दा अलिकति मात्रै कम अर्थात् २० लाख २८ हजार महिला बूढीकन्या रहनेछन् या त तिनले यस अपि्रय सत्यसँग सम्झौता गर्नुपर्नेछ भन्ने निष्कर्ष निकालेका छन् ।२००५ मा जनसंख्या तथा सामाजिक सुरक्षासम्बन्धी नेसनल इन्स्िटच्युटले गरेको एक राष्ट्रव्यापी सर्वेक्षणले ३० देखि ३४ वर्षबीचका सरदर चारजनामा एकजना पुरुषले यौनसंसर्ग नगरीकनै जीवन बिताएको देखाएको छ । एकातिर भर्खरका १३ देखि १९ वर्षको उमेरका केटाकेटीले झन्झन् छिटो यौनसंसर्ग गर्छन्, किनभने यस उमेर समूहका केटाकेटीहरूमा हर्मोनले गर्दा आर्थिक मामलामा एकदमै बढी जोड दिइन्छ । आर्थिक हैसियत कमजोर हुने वयस्क बूढा कुमारहरू गरिब कामदारको श्रेणीमा पर्छन् । उनीहरूको न विवाह गर्ने सामथ्र्य हुन्छ, न उनीहरू आफ्नो यौन आवश्यकता पूरा गर्नका लागि खर्च गर्न सक्छन् ।कादुकोरा स्वयंले इन्टरनेटबाट तीनजना एकल पुरुषको सर्वेक्षण गर्दा के पाए भने ७३ प्रतिशत कम आय भएका (प्रतिवर्ष २० लाख येनभन्दा कम) कुनै पनि पुरुष डेटिङमा गएका थिएनन् भने ८५.५ प्रतिशतले कहिल्यै पनि व्यापारिक यौनबजारमा नगएको बताएका थिए ।प्रतिवर्ष नौदेखि १२ लाख येन आय भएका ३३.३ प्रतिशत पुरुष थिए । यसले के बताउँछ भने निम्नआय भएकाहरू आर्थिक भर्‍याङको तल्लो खुड्किलोमै अल्झेका हुनाले केटी साथी वा विवाहका लागि जोडी खोज्ने काम तिनका लागि निकै कठिन छ । उता उच्च आम्दानी हुनेहरूको लीला बडो अपरम्पार देखिन्छ । धेरै उच्चता हासिल गर्नेहरूसँग बिहेका लागि चाहिने सबैथोक हुन्छ । तर, ती आफ्ना काममै बढी रुमल्लिएका हुन्छन् । उनीहरूसँग यौनसुखका लागि चाहिने सबथोक हुन्छ, तर थिल्थिलो र शिथिल शरीर लिएर काममै जोतिइराख्ने हुनाले उनीहरूसमेत यौनसुखबाट वञ्चित हुन्छन् ।कम आयवाला परिवारका लागि डिजेपीको नवनिर्वाचित सरकारले 'कोदोमो टिट' नामक प्रस्ताव अघि सारेको छ । यसले निम्न आयवालाका सन्तानलाई सहुलियत दिनेछ । यहाँनिर अर्थतन्त्रको मात्रै कुरा होइन, पुरुष र महिलाको जीवन्त सम्बन्धको कुरा आउँछ । तर, कादोकुराले निष्कर्ष निकालेका छन्- यो सेक्स ग्यापलाई अझ बिग्रन नदिने हो भने बढ्दै गएको आयको अन्तरलाई कम गर्नु आवश्यक छ । यसका लागि सम्भवतः ज्याला नियन्त्रण वा काममा बाँडफाँडजस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ।
जापान टुडेको सहयोगमा

कार्यक्रममा थोरै गीत र थुप्रै अनुभव सुनाए अम्बर गुरुङले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ४ सांगीतिक कार्यक्रम पलेँटीमा यो शुक्रबार संगीतकार अम्बर गुरुङ उपस्थित भए। आधुनिक नेपाली संगीतको थालनीकर्ताका रुपमा चिनिने उनले कार्यक्रममा थोरै गीत र थुप्रै अनुभव सुनाएका थिए। अम्बरका नयाँ पुराना सिर्जनाहरु सुनाउने काम भने पलेँटीका सञ्चालक एवं उनकै शिष्य आभासले गायिका मीनाको साथमा गरेका थिए। 'म अम्बर हुँ तिमी धर्ती' बाट सुरुभएका गुरुङले पछिल्लो अल्बम 'कहिले लहर कहिले तरंग' का गीतसमेत गाएका थिए। 'तिमी भूलमा पर्‍यौ, म पनि झुक्किएँ' गीत सुनाइसके पछि अम्बरलाई श्रोताले यसको पृष्ठभूमिका बारे जिज्ञासा राख्दा उनले यससँग जोडिएको पुराना प्रेम प्रसंगको सम्झना गरे। 'दार्जिलिङमै रहँदा तयारभएको यो गीतमा मेरो अतित जोडिएको छ,' उनले भने, 'गीतले भनेजस्तै त्यो सम्वन्ध तत्कालै नियन्त्रित भएको थियो।'कार्यक्रममा उनले उतिबेला तारादेबीसँग गाएको 'टिप यो जोवन' मीनाको साथमा सुनाएका थिए। लामो समयपछि युगल गायकका रुपमा प्रस्तुत भएका गुरुङको अनुहारमा त्यो बेला हाँसोयुक्त रौनक छाएको थियो।'उमेरले सर्जकलाई लाचार बनाउँदो रहेछ,' आभाषले गाएको ...जब हावाले तिम्रो केश लहरायो' गीतका सन्दर्भमा तेश्रो व्यक्तिलाई नायक बनाएको प्रसंग कोट्याउँदै उनले भने, 'आफूले अनुभूत गरेको कुरालाई प्रकट गर्न पनि यो गीतमा अरुको सहारा लिनु परेको थियो।'जवान हुँदा आफूले गीतमा ७५ प्रतिशत भावना र २५ प्रतिशत विचार रहनु पर्छ भन्ठान्ने गरेको र परिपक्व भएपछि त्यो मात्रा ठीक उल्टो लागेको उनले सुनाए। ...तर बास्तवमा बराबर मात्रामा भावना र विचार चाहिन्छ,' उनले भने, 'त्यस्तो मिश्रणले मात्र मास्टरपीस दिन सक्छ।'कार्यक्रमको अन्त्यमा आफ्नो पहिलो र सर्वाधिक लोकप्रिय गीत 'नौ लाख तारा उदाए' सुनाएर विदा हुन खोजेका अम्बर श्रोताको अनुरोधमा फेरि थामिए र अन्तिम गीत सुनाए -'यो जीन्दगीको के कुरा...।'अम्बरको यसै प्रस्तुतीलाई लिएर आयोजक नेपालयले पहिलो पटक राजधानी बाहिर पोखरामा सोमबार पलेँटीलाई विस्तार गर्दैछ। यो सफल भएमा पलेँटीलाई काठमाडौं बाहिर पनि नियमितता दिने सञ्चालक आभाषले बताए।

Sep 21, 2009

कोटा प्रणाली हटाउनेबारे सम्बन्धित पक्षहरूसँग वार्ता गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ४ गते । परराष्ट्रमन्त्री सुजाता कोइरालाले आर्थिक कूटनीतिको माध्यमबाट छिमेकी राष्ट्र, युरोपेली र अमेरिकी मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार हुँदै गएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ!घको ६४औँ महासभामा भाग लिन न्यूयोर्कतर्फ प्रस्थान गर्नुअघि आइतबार यहाँ आयोजित पत्रकार भेटघाटको कार्यक्रममा परराष्ट्रमन्त्रीले भ्रमणका क्रममा वासिङटन डिसीमा नेपालको तयारी पोशाकको निर्यातमा लगाइएको कोटा प्रणाली हटाउनेबारे सम्बन्धित पक्षहरूसँग वार्ता गरिने जानकारी दिनुभयो । उहाँले अति कम विकसित मुलुकहरूको बैठकमा भाग लिने र बङ!गालादेशबाट नेपालले त्यस बैठकको अध्यक्षता ग्रहण गर्ने उल्लेख गर्दै विश्व बैङ!कका अध्यक्ष र अमेरिकी प्रबुद्ध वर्गसँग द्विपक्षीय सम्बन्ध र आपसी हितबारे छलफल हुने बताउनुभयो ।

सिंचाईमन्त्री बालकृष्ण खाँडमाथि ढुंगामुढा प्रहार माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ५ - माओवादी कार्यकर्ताको ढुंगामुढा र अवरोधपछि सिंचाईमन्त्री बालकृष्ण खाँडले उदघाटन कार्यक्रम रद्ध गरेका छन् ।मध्य तथा सुदूरपश्चिमकै ठूलो रानी जमरिया गुलरीया सिंचाई आयोजनाको साइड कार्यालयको उदघाटन गर्न धनगढीबाट टिकापुर जाने क्रममा राजमार्गमा मन्त्रीमाथि ढुंगामुढा भएको हो ।उनी चढेको गाडीलाई लक्षित गरी माओवादी कार्यकर्ताले ढुंगामुढा गरेपछि उनी टिकापुर नगइ नेपालगंज लागेका थिए । मन्त्री अनुपस्थित भएपछि पहिलो चरणमा २४ हजार र दोश्रो चरणमा २० हजार हेक्टर जमीनमा सिंचाई सुविधा पुर्‍याउने लक्ष्य लिएको आयोजनाको उदघाटन कार्यक्रम स्थगीत भएको छ ।यसैबीच मन्त्री खाँडले लोकतन्त्रमा विरोध जनाउन सबैलाई कालोझण्डा देखाउन पाउने अधिकार भएपनि ढुंगामुढा गरेर कार्यक्रम विथोल्ने माओवादी कृयाकलाप भने अलोकतान्त्रिक आचरण भएको टिप्पणी गरे ।उदघाटनमा जानुपूर्व आयोजित पत्रकार सम्मेलनमा उनले विकास निर्माणका लागि औपचारिक कार्यक्रममा सहभागी मन्त्री तथा कसैलाई पनि ढुंगामुढा गर्ने विरुद्ध दशैपछि सरकार कडा रुपमा प्रस्तुत हुने जानकारी दिए ।उनले माओवादीले बर्तमान सरकार बदल्न नसक्ने दाबी पनि गरे । कसैगरी माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गरेपनि त्यसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न नसक्ने उनको दाबी थियो ।

गन्धर्व जातिबाट पहिलो सैनिक अधिकृत जीवशरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन अयोध्यापुरीका जीवशरण गायकले आइतबार प्रधानमन्त्री माधव नेपालबाट सहायक सेनानीको दज्र्यानीचिह्न पाए । भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा दज्र्यानीचिह्न पाएका एक सय ४३ अधिकृतमध्येका गायक गन्धर्व जातिबाट अधिकृत स्तरमा पुग्ने पहिलो व्यक्ति हुन् । हाल गन्धर्व जातिका एक दर्जनजति युवा नेपाली सेनाको तल्लो तहमा कार्यरत छन् ।'अहिलेसम्मको तथ्यांक हेर्दा गन्धर्व जातिबाट पहिलोपटक सेनामा अधिकृत हुने जीवशरण गायक पहिलो व्यक्ति हुन्,' नेपाली सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र क्षेत्रीले नयाँ पत्रिकासँग भने । सेनाको वेबसाइट डब्लुडब्लुडब्लु डट नेपालीसेना डट मिल डट एनपीअनुसार हालसम्म सेनामा गन्धर्व, दमाईं र ढोली जातिबाट नेपाली सेनामा कार्यरतको संख्या एक हजार नौ सय नौ छ । यीमध्ये गन्धर्व जातिको संख्या करिब एक दर्जन जति छ । 'म एकदमै खुसी छु, देश र सेनाका लागि मेरो जिम्मेवारी बढेको छ,' गायकले सहायक सेनानीको दर्जा पाएपछि नयाँ पत्रिकासँग आइतबार भने, 'सेनाले दिएको जस्तोसुकै जिम्मेवारी दर्जाअनुसार पूरा गर्नेछु ।'

पूर्वी पश्चिम जर्मनीको र एकीकरणले जर्मनीहरु असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् १९८९ मा बर्लिनको पर्खाल ढालिएछि पूर्वी पश्चिम जर्मनीको र एकीकरण भयो । बर्लिनको पर्खाल ढलेको बीस वर्ष पुगेको अवसरमा गरिएको एक सर्वेक्षणमा भने सातजना जर्मन नागरिकमध्ये एकजना बर्लिनको पर्खाल ढाल्नु हुँदैनथ्यो भन्ने मान्यता राख्ने गरेको पाइयो । अर्थात्, केही मानिसलाई जर्मनी एकीकरण भएको चित्त बुझेको रहेनछ ।फोसा इन्स्टिच्युटले गरेको सर्वक्षेणमा आठ करोड जर्मनमा १५ प्रतिशतले एकीकरणपूर्वका दुई जर्मनी नै ठीक भएको विचार व्यक्त गरेका थिए । बर्लिन पर्खालका पक्षमा १६ प्रतिशत पश्चिम जर्मनीका र १० प्रतिशत पूर्वी जर्मनीका नागरिक उभिएका छन् ।सर्वेक्षणमा पश्चिम जर्मनीका अधिकांश नागरिकलाई पूर्व साम्यवादी मुलुक पूर्वी जर्मनीको पुनर्निर्माणमा विगत २० वर्षमा एक हजार सात सय ६२ खरब डलर खर्च भएको चित्त नबुझेको पाइएको छ । उता, पूर्वी जर्मनहरू भने पश्चिमका जर्मनसरह आफ्नो आम्दानी र जीवनस्तर नभएकामा असन्तुष्ट छन् ।

Sep 19, 2009

सिनेमाकी नायिका नम्रता श्रेष्ठको अश्लील भिडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ असोज नेपाली सिनेमाकी चल्तीकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियोको विवादमा फसेकी छिन् । म्युजिक भिडियोकी महँगी र सिनेमाकी 'चुजी' नायिका नम्रताको 'मेरो एउटा साथी छ' काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ । (डिजे तान्त्रिक) ले सहवास गरेको लाइभ दृश्य भन्दै मोबाइल-मोबाइलमा भिडियो फरवार्ड भइरहेको छ । नम्रता र डिजे तान्त्रिक प्रेमी-प्रेमिका भएको र आफैले हेर्न मोबाइलबाट यस्तो दृश्य खिचेको चर्चा छ । भिडियो बजारमा आएपछि हंगामा भएको छ । ६ मिनेटको भिडियोमा देखिने युवतीले बाउलामा सेता धर्का भएको रातो ट्रयाक लगाएकी छिन्, तल केही पनि लगाएकी छैनन् । युवकले त तलमाथि केही पनि लगाएका छैनन् । युवा-युवती सहवासमा लिप्त छन्, वेला-वेला मोबाइलतर्फ पनि हेर्छन्, 'ब्याकग्राउन्ड'मा वेला-वेला संगीत पनि सुनिन्छ । संगीतसँगै दुवैजनाले पालै-पालो मुख-मैथुन गरेका छन् । क्यामेराले दुवैजनाको यौनांग जुम पनि गरेको छ । भिडियो हेर्दा सहवास मात्र होइन, 'सुटिङ' पनि सहमतिमा भएको स्पष्ट बुझिन्छ । उनीहरू दुवै मदिराले मातेकाजस्ता देखिन्छन् । स्रोतका अनुसार यो भिडियोले केही महिना पहिले नै बबण्डर मच्चाइसकेको थियो । डिजे तान्त्रिककी श्रीमतीले उजुरी गरेपछि माइती नेपालका अधिकारीहरूले नम्रता र तान्त्रिकलाई कार्यालयमै बोलाएर माफी माग्न लगाएको स्रोतको दाबी छ । दुवैजनाले यस्तो क्रियाकलाप आइन्दा नगर्ने कसम खाएको चर्चासँगै पुरानो भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा देखिने युवाका रूपमा चर्चामा आएका डिजे तान्त्रिकसँग सम्पर्क हुन सकेन । नायिका नम्रताले भने सो भिडियो आफ्नो हो वा होइन भन्नेबारे केही बोलेकी छैनन् ।

मधेसवादी दलहरूले उपराज्य सहितको मधेस प्रदेशको अवधारणा अघि सारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ४ - 'समग्र मधेस एक प्रदेश' को चौतर्फी विरोध भएपछि मधेसवादी दलहरूले उपराज्य सहितको मधेस प्रदेशको अवधारणा अघि सारेका छन् । तर मधेस प्रदेशभित्र कस्तो र कति उपराज्य हुनेबारे स्पष्ट हुन सकेका छैनन् । मधेसी जनअधिकार फोरम- बाहेक फोरम (लोकतान्त्रिक), सद्भावनालगायतका दलले उपराज्यसहितको मधेस प्रदेशको अवधारणा संविधानसभाको राज्य पुनर्संरचना समितिमा प्रस्तुत गरेका छन् । फोरमले स्थानीय स्वायत्त इलाकालाई उपराज्यमा विकसित गर्दै लैजाने बताए पनि स्पष्ट खाका तय गरिसकेको छैन ।तमलोपाले भने आठबुँदे सम्झौताअनुरूप 'उपराज्यसहितको स्वायत्त मधेस प्रदेश' मागेको जनाए पनि उपराज्यबारे निष्कर्षमा पुगी नसकेको बताएको छ ।'हामीले भाषाका आधारमा पाँच उपराज्य हुनुपर्ने सुझाव दिएका छौं,' सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने, 'तर सबैलाई सर्वमान्य हुने गरी हामी एउटा निचोडमा पुग्छौं ।' मधेसवादी दलहरूले उठाउँदै आएको एक मधेस एक प्रदेशको नारा अमान्य हुने जनाउँदै पश्चिम र पूर्वका थारूहरूले पटकपटक आन्दोलन गरिसकेकाले यो विवादित भएको हो । 'क्षेत्रीयताका आधारमा प्रदेश निर्माण गर्न समिति सहमत भएको छ,' फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले भने, 'हामीले त्यही आधारमा समग्र मधेस एक प्रदेशको अवधारणलाई अघि सारेका हौं ।'स्थानीयस्तरमा रहेको जनघनत्व, भाषा, भौगोलिक सुगमता आधारमा स्थानीय स्वायत्त इलाकाहरू बनाउन सकिने र तिनलाई पछि उपराज्यको संज्ञा दिँदा हुने उनले बताए । 'हामीले ५२ पृष्ठ लामो अवधारणा समितिमा बुझाइसकेका छौं,' उनले भने । भौगोलिक सुगमता, भाषा र संस्कृति, जनघनत्व र प्राकृतिक स्रोतसाधनको अवस्था, सामाजिक, आर्थिक अवस्थालगायत आधारमा प्रदेशहरू छुट्याइनुपर्ने फोरमको सुझाव छ । त्यसमा उपराज्यबारे स्पष्ट उल्लेख छैन । फोरम (लोकतान्त्रिक) ले समेत त्यसको स्पष्ट खाका तय गरिसकेको छैन । फोरम (लोकतान्त्रिक) का सर्वदेव ओझाले समितिमा हालै मात्र व्यक्तिगत रूपमा ५ उपराज्य सहितको समग्र मधेस एक प्रदेश हुनुपर्ने सुझाव दिएका छन् । पार्टीले सभासद रामजनम चौधरीलाई त्यसको औपचारिक जिम्मा दिएको छ ।'जनमत संकलनपछि राज्य पुनर्संरचना समितिले तयार पारेको अवधारणामै हामीले असहमति जनाइसकेका छौं,' तमलोपाका नेता महेन्द्र यादवले भने, हामी पनि उपराज्यबारे सोचिरहेका छौं । तर पार्टीले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।'

यौनक्रीडा गर्ने प्रयास गरेकोमा कोर्रा हान्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालालम्पुर/ यहाँको एक इस्लामिक अदालतले बिहे नगरिसकेका एक जोडीलाई कारमा बसेर यौनक्रीडा गर्ने प्रयास गरेकोमा कोर्रा हान्ने आदेश दिएको छ । एक कानुन व्यवसायीले सो कुरा बताएका हुन् ।
एक उदारवादी मुसलमान बहुल देशको रूपमा लिने गरिएको देश मलेसियामा केही समययता मद्यपान गरेकोमा कोर्रा हान्ने अदालती आदेशले विश्वव्यापी चर्चा पाएको थियो । कोर्रा खाने सजाय पाएकी अभियुक्तमा एकजना महिला थिइन् र उनले बियर पिएकोमा उक्त कठोर सजाय सुनाइए तापनि विवादका कारण मुलुकको छवि बिग्रने डरले सरकारले सो सजाय कार्यान्वयन गर्न सकेको थिएन । अहिलेको मुद्दामा केन्द्रीय सेलांगर राज्यको सरियत उच्च अदालतले कारमा बसेर यौनकर्म गर्न प्रयास गरेको अभियोगमा साविती बयान दिएका एक प्रेमीजोडीलाई ६ कोर्रा हान्ने फैसला सुनाएको हो । गत मे महिनामा २९ वर्षे मोहम्मद साहरिन अबदुल मजिद तथा २४ वर्षे नादिया नजात हुसिनलाई कट्टु मात्र लगाएर अफिस पार्किङमा राखिएको कारभित्र यौनकर्म गर्न लाग्दा पक्राउ गरिएको बताइएको छ । उनीहरूले चाँडै नै बिहे गर्ने योजना बनाइसकेकाले सो सजाय नदिन उनीहरूले पुनरावेदन दिँदै छन् । तर, अदालतले तोकेको प्रतिव्यक्ति पाँच हजार रिंगिट जरिवाना भने तिरिसकेका छन् । सरकारी वकिलका अनुसार अभियोग प्रमाणित भएमा उनीहरूलाई तीन वर्षसम्मको जेलसजाय हुन सक्छ । यो सरियत कानुन मुसलमानका लागि लागू हुन्छ । मलेसियाको दुई करोड ८० लाख जनसंख्याको ६० प्रतिशत मुसलमान छन् । चिनियाँ र भारतीय मूलका तथा अन्य अल्पसंख्यकलाई भने यो कानुन लागू हुदैन ।

सत्ताको नेतृत्व नपाए जनबिद्रोह गर्ने चेतावनी माओवादीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तिहारपछि अन्तिम आन्दोलन गर्र्छौं, त्यो आन्दोलन नेपालको इतिहासमै महान् जनबिद्रोह हुनेछ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहारपछि सत्ताको नेतृत्व नपाए जनबिद्रोह गर्ने चेतावनी दिनुभएको छ। चितवनको नारायणगढमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। ‘अहिलेको सरकारले राजीनामा दिएर शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्ने जिम्मा हामीलाई नसुम्पिए तिहारपछि अन्तिम आन्दोलन गर्र्छौं, त्यो आन्दोलन नेपालको इतिहासमै महान् जनबिद्रोह हुनेछ’ -प्रचण्डको भनाइ थियो। तिहारअघि नै सहमतिको राष्ट्रिय सरकार बन्नुपर्ने र संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले त्यसको नेतृत्व एकीकृत नेकपा माओवादीले पाउनुपर्ने उहाँको तर्क थियो। मुख्य सत्ताधारी दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूतर्फलक्षित गर्दै प्रचण्डले भन्नुभयो- ‘दशैं र तिहारको बीचमा जनताको आदेशअनुसार सहमतिमा आउन आग्रह गर्छु। दबाएर खान्छु भन्ने ठान्नुभएको छ भने तपाईंहरूको हालत ज्ञानेन्द्रको भन्दा बेहाल हुनेछ। पार्टीले सत्ता नपाए तिहारपछि जनव्रि्रोहका लागि तयार रहन उहाँले कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो। आफ्नो गृहजिल्लासमेत रहेको चितवनका कार्यकर्ताहरूलाई हौस्याउँदै अध्यक्ष प्रचण्डले व्रि्रोहको नेतृत्व चितवनवासीले गर्नुपर्ने बताउनुभयो। उहाँ आफ्नो पार्टीद्वारा घोषित ‘जनआन्दोलन’ अन्तर्गत देशव्यापी जनसभाको क्रममा अन्तिम सभालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। पूर्ववर्ती सरकारका प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नेपाली सेना र नेपाल प्रहरीमा आफ्ना मान्छे छन् भनी विवाद उठ्न सक्ने अभिव्यक्ति दिनुभयो। ‘सेना र प्रहरीमा हामै्र मान्छे छन्, कांग्रेस र एमालेले त्यहाँ आफ्ना मान्छे देख्नु उनीहरूको दिवास्वप्न मात्र हो’ -उहाँले भन्नुभयो। जनसभाअघि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा. बाबुराम भट्टिराईलगायतका वरिष्ठ माओवादी नेताहरूले चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा माओवादी लडाकूका सातवटै डिभिजनका कमाण्डरहरूलाई प्रशिक्षण दिनुभएको थियो।

राष्ट्रपतिको कार्यक्रमको समाचार संकलन गर्न प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको औपचारिक कार्यक्रमको समाचार संकलन गर्न पत्रकारलाई प्रतिबन्ध लगाइएको छ।आयोजकको निम्तोमा गएका पत्रकारहरूले राष्ट्रपति डा. रामवरण यादवले बोल्नुभएको समाचार संकलन गर्न थालेपछि सुरक्षाकर्मीले कार्यक्रमस्थलमा बस्न दिएनन्। नेपाल मार्च फर एजुकेसनले शुक्रबार राष्ट्रपति भवनमा आयोजना गरेको कार्यक्रममा पुगेका पत्रकारलाई राष्ट्रपति डा. रामवरण यादवको भनाइ टिपोट गर्न थालेपछि राष्ट्रपतिले बोल्नुभएको विषयको समाचार संकलन गर्नु हुँदैन भनी बाहिर निकालिएको थियो।‘उहाँले अनौपचारिक रूपमा बोल्न लाग्नुभएको छ, उहाँको भाषण सुनेर मिडियाले हल्ला फिजाउँछन्’ भन्दै सुरक्षाकर्मीले पत्रकारलाई निकालेका थिए। सो कार्यक्रममा अन्य वक्ताले बोलेका विषयमा भने रिपोर्टिङ गर्न दिइएको थियो।राष्ट्रपति डा. यादवले बोल्दै गर्दा बाहिर निकालिएका टेलिभिजन, एफएम र छापामाध्यमका पत्रकारलाई राष्ट्रपतिको आवाजसमेत सुन्न नसकिने गरी तल पुर्याइएको थियो। हामी बाहिरपट्टि पनि बस्न नहुने भनी सुरक्षाकर्मीसँग पत्रकारले सोध्दा मिडियाले थुप्रै हल्ला फैलाउँछन् भन्दै बलजफ्ती कार्यक्रमस्थलबाट निकालिएको थियो।यस विषयमा राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालसँग जिज्ञासा राख्दा उहाँले त्यस घटनाबाट आफू अचम्मित भएको बताउनुभयो। ‘यस्तो त कहिल्यै हुँदैनथ्यो’, उहाँले भन्नुभयो- ‘यस विषयमा जानकारी लिउँला।’ दाहालले राजनीतिक र विदेशी कूटनीतिज्ञसँगको भेटघाटमा मात्र यस्तो गर्ने गरिएको जानकारी दिँदै सुरक्षाकर्मीबाट गल्ती भएको हुन सक्ने बताउनुभयो। पत्रकारलाई समाचार संकलन गर्न नदिने नीति नै नभएको स्पष्ट पार्दै यस विषयमा आज शनिबार जानकारी लिइने उहाँले बताउनुभयो।यस विषयमा नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षत्रीले सुरक्षाकर्मीले राष्ट्रपति कार्यालयको नियमअनुसार पत्रकारलाई शिष्टतापूर्वक कार्यक्रमबाट बाहिरिन आग्रह गरेको बताउनुभयो।आयोजक संस्था मार्च फर एजुकेसनले राष्ट्रपति कार्यालयको मूलगेटमा पेस गरेको सूचीका आधारमा पत्रकारहरूलाई कार्यक्रमस्थल भित्र लगिएको थियो। तर आयोजकले पत्रकारलाई बाहिर निकाल्दा कुनै प्रतिक्रिया जनाएनन्।शिक्षालाई मौलिक अधिकारका रूपमा प्रतिस्थापन गर्नुपर्ने माग गर्दै मार्च फर एजुकेसनले विश्व साक्षरता दिवसको अवसरमा शिक्षाका लागि नेपाल यात्रा आरम्भ गरेको थियो। भदौ २३ गते महेन्द्रनगरबाट आयोजना गरिएको दशदिने यात्रा बिहीबार टुंगिएको थियो।यात्रामा भएका विषयवस्तुलाई ज्ञापनपत्रका रूपमा मार्च फर एजुकेसनले शुक्रबार राष्ट्रपति डा. यादवलाई बुझाएको थियो। १ सय ५० सहयात्री समूहका १ लाख विद्यार्थी, नागरिक समाज र शिक्षण संस्थाले १ हजार ५ सय किमि दूरी पार गरी सुझाव र समस्या संकलन गरेका थिए।

माओवादीलाई आन्दोलन रोक्न का‌ग्रेसको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २ नेपाली कांग्रेसले माओवादीले जारी राखेको सडक र सदन आन्दोलनलाई फिर्ता लिन आग्रह गरेको छ। शुक्रवार वसको कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले माओवादीले संसद अवरोध गर्दा वजेट अधिवेशन अन्त्य गर्न अवरोध पुग्नुका साथै संविधाननिर्माणमा समेत नकरात्मक असर पुगेको भन्दै माओवादीलाई यस्तो आग्रह गरेको हो। वैकठमा कार्यवहाक सभापति शुसिल कोइरालाले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले महासमिति र महाधिवेशन एउटै वर्ष गर्न नसकिने भन्दै महासमितिको वैठक रद्ध गर्न आग्रह गरेको जानकारी गराएका थिए। केन्द्रीय सदस्यहरुले त्यसको विषयमा छलफल गनुपर्ने बताएपछि शनीवार बस्ने केन्द्रीय समितिको वैठकले त्यसको अन्तिम टुंगो लगाईने बताइएको छ। 'महासमिति वैठक रद्द गर्ने/नगर्ने विषयमा शनीवारको वैठकमा छलफल हुन्छ', महामन्त्री निधिले भने।
आन्दोलनका नाममा विभिन्न क्षेत्रमा कांग्रेस कार्यकर्ताका साथै अन्य जनताहरुमाथि माओवादीले सांघाति आक्रमण गर्दै आएको भन्दै त्यसलाई तत्काल रोक्न माओवादी आग्रह गरेको छ। 'माओवादीले नेता/तथा कार्यकर्ता तथा जनताहरुमाथि सांघातिक आक्रमण गर्ने क्रियाकलाप जारी राखेकोले त्यसलाई तत्काल रोक्न माओवादीलाई आग्रह गर्ने निर्णय वैठकले गरेको छ' महामन्त्री विमलेन्द्र निधिले नागरिकसँग भने।
वैठकले सबै राजनीतिक दलहरु मिलेर शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु पर्ने भएकोले त्यसको पहल गर्न सरकारलाई आग्रह गरेको छ।मुलुकमा देखिएको शान्ति सुरक्षाको नाजुक अवस्थाका विषयमा कांग्रेस केन्द्रीय सदस्यहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। वैठकले शान्ति सुरक्षाको अवस्थामा सुधार गर्न सरकारसाग माग समेत गरेको छ।बिहीबारको वैकठमा सरकारमा सहभागी मन्त्रीहरु उपस्थित नभएको भन्दै चर्को विरोध भएपछि शुक्रबारको वैठकमा सबैजसो मन्त्रीहरु सहभागी थिए। मन्त्रीहरुले आफ्नो कार्यशैलीका विषयमा सुधार गर्नुपर्ने भए केन्द्रीय समितिको सुझावको पालना गर्ने जवाफ वैठकमा दिएका थिए।उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित राज्य पुर्न संरचना तथा शक्तिको वाडफाड समितिको प्रतिवेदनमा समान्य छलफल भएको थियो। त्यसको बारेमा थप छलफल आर्को वैठकमा हुने बताएको छ। केन्द्रीय समितिले संयोजक श्रेष्ठलाई प्रतिवेदन वुझाएकोमा धन्यवाद दिदै समितिवाट बिदा समेत दिएको छ।

Sep 18, 2009

संविधानसभामा कुखुरोलाई राष्ट्रिय चरो बनाउने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सानादेखि ठूला पार्टीसम्म, झुपडीदेखि महलसम्म र सबै समुदायको चुलोमा चढ्न थालेको कुखुरालाई अब राष्ट्रिय सम्मान नै दिने हो कि भनेर संविधानसभामा छलफल हुन थालेको छ । यस्तो राष्ट्रिय सम्मान पाउने कुखुरो कुन जातको हुने, साखिने वा ब्रोइलर, भाले वा पोथी, त्योचाहिँ टुङ्गो लागिसकेको छैन । यो विषय अझै छलफलकै क्रममा छ । चिकेन चिल्ली खाएर जिब्रो पट्काउने हुन् वा चिकेन रोस्ट, चिकेन तन्दुरी खाएर भुँडी ढल्काउने हुन्, ती सबैलाई कुखुराले राष्ट्रिय सम्मान पाउने कुरा सुन्दा खुसी नै लाग्ला तर कुखुराको मासु खानु त परै जाओस् कुखुराले छोयो भने नुहाउनेलाई भने यो कुरा कस्तो लाग्ला ? नयाँ नेपाल निर्माणको महान् कार्यमा लाग्नुभएका संविधानसभा, संवैधानिक उपसमितिको बिहीबार बसेको बैठकमा सदस्यहरूबीच राष्ट्रिय चरो के राख्ने भनेर छलफल भएको थियो र बैठकमा हाल कायम रहेको डाँफे चराको सट्टा कुखुरा नै किन नराख्ने भनेर केही सदस्यले कुरा उठाउनुभयो । यसबारेमा उपसमितिले ठोस निर्णय भने गरिसकेको छैन । मस्यौदा उपसमितिका संयोजक देवप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय चिहृनहरू डाँफे, गाई, सिमि्रक र लालीगुराँसलाई कायमै राख्ने कि नराख्ने, राख्ने हो भने के के राख्ने भनेर छलफल भएको जानकारी उपसमितिका उपसचिव वासुदेव उप्रेतीले दिनुभयो । राष्ट्रिय चिहृनबारे समितिमा छलफल भए पनि टुङ्गोमा पुग्न नसकेपछि यसबारे अन्तिम निर्णय समितिको बैठकमा नै गर्ने सहमति भएको छ । एकजना सदस्यले 'मैले लालीगुराँस नै नदेखी आईएस्सी पास गरेँ, यो लालीगुराँस नै किन राख्ने' भनेर प्रश्न राख्नुभएको थियो । सदस्य सीपी मैनालीले राष्ट्रिय जनावरमा कृष्णसार राखे उचित हुने तर्क राख्नुभएको थियो । हाल कायम रहेको राष्ट्रिय जनावर गाई धर्मसँग जोडिएको हुनाले गैँडालाई राष्ट्रिय जनावरका रूपमा राखे उचित हुने विचार केही सदस्यको छ । बुधबारको बैठकमा राष्ट्रिय झन्डा हाल कायम रहेकोलाई नै राख्ने कि बदल्ने ? बदल्ने हो भने के राख्ने भनेर बिहीबारको बैठकमा प्रस्ताव ल्याउन सदस्यहरूलाई आग्रह गरिए पनि बुधबारको बैठकमा कसैले पनि झन्डा फेर्नैपर्ने र नयाँ झन्डा यस्तो हुनुपर्छ भनेर ठोस प्रस्ताव प्रस्तुत गर्नुभएन । राष्ट्रिय झन्डाको किनारामा रहेको नीलो रङको सट्टा हरियो राख्दा यसले वातावरणीय सचेतता झल्काउने, समृद्धिको प्रतीक र मुस्लिम समुदायको रङसँग पनि मिल्दोजुल्दो हुने हुँदा समितिमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको जनाइएको छ ।उपसमितिको बैठकमा संविधान संशोधनबारे विषय प्रवेश भए पनि खासै छलफल अगाडि बढ्न सकेन । संविधानमा असंशोधनीय विषय राख्ने वा नराख्नेबारे पनि छलफल भयो । यसैगरी राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिका सभापति लोकेन्द्र विष्टमगरको सभापतित्वमा बसेको बैठकमा विशेषाधिकार दिने विषयमा छलफल भयो । बैठकमा त्यस्तो अधिकार प्रादेशिक कानुनले तोक्ने वा संविधानमै उल्लेख गर्ने भन्ने दुई विकल्पबारे बहस भएको छ ।
समितिका सचिव ठाकुर बरालका अनुसार उपसमितिका संयोजक हितमान शाक्यलाई यसबारे थप छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न जिम्मा दिइएको छ ।