News

Apr 30, 2008

नया सरकार शक्ति बाडफाडका आधारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
राजालाई बिदाइ गरी शक्ति बाडफाडका आधारमा नया“ सरकार गठन गर्ने र त्यसको नेतृत्व आफूले गर्न पाउनुपर्ने माओवादीले निर्णय गरेको छ । केन्द्रीय समितिको सोमबार सुरु बैठकमा राज्य समितिका संयोजक र केन्द्रीय नेताहरूले रिपोर्टिङका आधारमा यो निर्णय लिएको नेताहरूले बताए । 'राजाको बिदाइपछि शक्तिका आधारमा नया सरकार गठन गर्ने निर्णय भएको छ,' सचिवालय सदस्य वर्षमान पुनले बैठकपछि लिम्वूवान डट व्लगस्पोट डटकमसंग भने- 'जनताले दिएको विश्वासका आधारमा हाम्रै पार्टी सरकारको नेतृत्व गर्नुपर्ने निष्कर्षनिकालिएको छ ।' निर्वाचनपछि प्रत्यक्ष्ँ र समानुपातिक गरी २ सय २० सिट ल्याई ठूलो दल बनेको माओवादी नेतृत्वले सरकारको खाका भने तय गरेको छैन । परामर्श र छलफलपछि सहमतिका आधारमा यो तय गरिने उनले बताए । सरकारको नेतृत्व गर्ने जनादेश माओवादीबाहेक कसैलाई नभएको नेता बाबुराम भट्टर्राईले बताए । सहमतिका आधारमा सरकार बनाउने गृहकार्य भइरहेको जानकारी दिदै उनले भने- 'कांग्रेसलाई सरकारको नेतृत्व गर्छु भन्ने नैतिक आधार छैन । संसारमा हारेको पार्टी नेतृत्व गरेको छैन ।' राजा पक्ष्ँधर पार्टी को समेत संविधानसभामा समानुपातिकतर्फप्रतिनिधित्व भएकाले तिनलाई अन्तरिम सरकारमा सहभागी नगराउने उनले बताए ।
राजाको बिदाइपछि दलहरूले प्राप्त गरेको सिटका आधारमा शक्ति निर्धारण गरिनेछ । पार्टी दसवर्षो जनयुद्ध, नया नेपालको खाकासहित अघि आएकाले मुलुकको ठूलो दल बन्न सफल भएको माओवादीले निष्कर्षनिकालेको छ । समानुपातिक उम्मेदवार निर्वाचन आयोगमा पठाउनेलगायत विषयमा निर्णय हुन नसकेकाले बुधबार ३ बजेसम्म बैठक स्थगित भएको छ । उम्मेदवार टुंगो लगाउन नेता रामबहादुर थापालाई जिम्मा दिइएको छ ।

२६ सदस्यको मनोनयन अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
हतारमा बनाएको संविधानको कारण संविधानसभा लगत्तै संविधानसभासदलाई सपथ खुवाउने र २६ सदस्य मनोनयनबारे स्पष्ट व्यवस्था नभएकाले अन्योल उत्पन्न भएको छ । वर्तमान मन्त्रिपरिषद्मा रहेका मध्ये अधिकांश पराजित भएको र केहीले राजीनामा दिएको अवस्थामा मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि २६ सदस्यको मनोनयन गर्न अन्योल रहेको बताइएको छ ।
संविधानसभा विद्हरूको धारणाअनुसार २६ सदस्य मनोनयन नगरेसम्म ६०१ सदस्यीय संविधानसभाको पूर्णता नहुने भएकाले त्यसको मनोनयन गरेर मात्रै संविधानसभाको पहिलो बैठक बस्नुपर्ने छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम प्राप्त भइसक्दा पनि २६ सदस्य मनोनयन गर्ने विषयमा राजनीतिक सहमतिको आधारमा गरिने बताइएको छ । निर्वाचित हुने, समानुपातिकमा पर्ने र मनोनयन गरिने सबैको हैसियत समान हुने भएकाले सबैको मनोननिय प्रक्रिया नसकी बैठक बस्न नमिल्ने बताइएको छ ।
गणतन्त्रको प्रस्तावको विषयले समेत २६ जनाको मनोनयन गर्न संविधानसभा बैठक अगाडि नै गर्नुपर्ने बाध्यता रहेकोछ । गणतन्त्रको प्रस्तावलाई समेत असर पार्ने भएकाले २६ जनाको मनोनयन गर्ने विषयमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्य दलहरूसँग परामर्श सुरु गर्ने तयारी गरिरहनु भएको बताइएको छ । हतारमा संविधान बनाएको आरोप खेपेको सातदलीय गठबन्धनले सहमतिका आधारमा सपथग्रहण कानुन पनि अध्यादेशबाट ल्याउने तयारी गरिरहेको छ ।

हिमाल आरोहणमा रोयल्टी छुट दिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
आगामी आर्थिक वर्षमा सरकारले हिमाल आरोहण लिंदै आएको रोयल्टीमा भारी छुट दिने भएको छ । 'सबै ऋतुका लागि नेपाल' भन्ने नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले रोयल्टीमा भारी छुट दिने सरकारले घोषणा गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गरी यो जानकारी दिएको हो । मन्त्रालयका अनुसार यो घोषणाअनुसारको योजना साउन १ गतेदेखि लागू हुनेछ ।शरद ऋतुमा हिमाल आरोहणमा ५० प्रतिशत अनि वर्षा ऋतुमा ७५ प्रतिशत रोयल्टी छुट दिइने भएको हो । यसैगरी आरोही दलको संख्या १२ भनिंदै आएकामा अब यो संख्या बढाएर १५ पुर्‍याइने समेत विज्ञप्तिमा जनाइएको छ । पर्यटकलाई आकर्षित गरी उल्लेख्य संख्यामा नेपाल भित्र्याउने योजना अनुसार सरकारले यो घोषणा गरेको हो । रोयल्टी छुटको कार्यक्रमले धेरै संख्यामा पर्यटकलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

माओवादी केन्द्रीय समिति बैठक सकिदै

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
समानुपातिकबाट संविधानसभामा पार्टीले पठाउने एक सय जनाको नामको टुङ्गो गर्दै तीन दिनदेखि जारी माओवादी केन्द्रीय समिति बैठक आज बैशाख १८ गते समाप्त हुदैछ । माओवादी केन्द्रीय समितिको बैठक समानुपातिकबाट संविधानसभामा चुनिनेहरुको नामको टुङ्गो गरेर बैशाख १८ गते सकिदैछ । माओवादीले समानुपातिकबाट संविधानसभामा एक सय जनालाई पठाउन सक्नेछ । माओवादीको केन्द्रीय सचिवालय सदस्य सिपी गजुरेलले आजै समानुपातिकबाट संविधानसभामा जानेहरुको नाम टुङ्गो लगाइने तथा भोली ती नाम निर्वाचन आयोगमा बुझाईने जानकारी दिए । तीन दिन चलेको माओवादी बैठकले संविधानसभा चुनावमा पार्टीले ठूलो सफलता पाएको मूल्याङ्कन गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार, संविधानसभा चुनावमा पार्टीले राष्ट्रपतीय प्रणालीको पक्षमा मत मागे पनि अन्य दलसँग सहमति गर्नुपर्ने वाध्यताका कारण प्रधानमन्त्री कार्यकारी हुने तथा प्रधानमन्त्री नै राष्ट्रप्रमुख पनि हुने अहिलेकै प्रणालीलाई निरन्तरता दिने बैठकले निर्णय गर्‍यो । यसैगरी, बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री र राष्ट्रप्रमुख बनाउने निर्णय गरेको पनि गजुरेलले उल्लेख गरे । माओवादी बैठकले मुलुकमा एउटै कम्युनिष्ट पार्टी बनाउन कम्युनिष्ट पार्टीबीच एकताको पहल गर्ने तथा एकताकेन्द्रसँगको एकता प्रयासलाई तीब्र बनाउने पनि निर्णय गरेको गजुरेलले जानकारी दिए ।

Apr 29, 2008

माओवादी केन्द्रीय समितिको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
चुनावी समिक्षा, सरकार निर्माण, संविधानसभाको तयारी र पार्टी पुनर्गठनबारे निर्णय गर्न माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
संविधानसभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्रीय समितिको बैठक आज बैशाख १६ गते सुरु भएको छ । राजधानीको नयाँबजारमा रहेको माओवादीको निर्वाचन क्षेत्रीय कार्यलयमा सुरु बैठकले संविधानसभा चुनावको समिक्षा गर्नुसँगै सरकार निर्माणबारे पार्टीको रणनीति तयार गर्ने श्रोतले बताएको छ । श्रोतका अनुसार केन्द्रीय समितिको बैठकले अन्तरिम संविधानमा उल्लेख भए अनुसार राजतन्त्रको अन्त्य तथा संविधानसभालाई अघि बढाउने नीति पनि बनाउने छ । यसैगरी, बैठकको पार्टी संगठन पुनर्गठन सम्बन्धि पनि कार्ययोजना रहेको श्रोतले जानकारी दियो ।
माओवादी श्रोतका अनुसार, आजदेखि सुरु बैठकमा सरकार निर्माण तथा सरकारको नेतृत्व पार्टीको कुन नेताले गर्नेबारे गम्भीर बहश हुने सम्भावना छ । अन्तरिम संविधानमा राष्ट्रपतिको प्रावधान नरहेको तथा अन्तरिम संविधान संशोधनका लागि राजनीतिक सहमति चाहिने भएकाले पार्टीका अध्यक्ष प्रचण्डको साटो अर्का नेता डा. बाबुराम भट्टराईलाई सरकारको नेतृत्व गर्न पठाउनुपर्ने केही नेताको भनाइ छ भने अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व आफैं गर्ने घोषणा गरिसकेको अवस्थामा बिबाद चर्कने सम्भावना देखिएको श्रोतको दावी छ । दलहरुबीचको राजनीतिक सहमति अनिवार्य रहेको वर्तमान अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बनाउदा उनी दोश्रो स्थानमा रहने तथा राष्ट्रप्रमूख अर्कै पार्टीका ब्यक्ति हुनसक्ने तर्क गर्दै प्रचण्ड शक्तिशाली राष्ट्रपतिको ब्यवस्था नहुँदासम्म पार्टीमै बस्नुपर्ने केही नेताहरुले तर्क गरिरहेका छन् । अर्कातर्फ मोहन बैद्यलगायत केही नेता सरकारको नेतृत्व प्रचण्डले नै गर्नुपर्ने पक्षमा सार्वजनिकरुपमै उत्रेका छन् ।

धरानमा आईतवार देखि नमुना संविधानसभाका लागि परामर्श कार्यक्रम शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
पूर्वाञ्चलका विभिन्न जातजातिका प्रतिनिधि तथा स्थानिय समुदायलाई मुलुकमा हुन लागेको संविधानसभाको निर्वाचनवारे जानकारी गराउने उद्धेश्यले धरानमा आईतवार देखि नमुना संविधानसभाका लागि परामर्श कार्यक्रम शुरु गरिएको छ ।जातिय विभेद विरुद्ध राष्ट्रिय मंच काठमाण्डौको आयोजना तथा किरात याक्थुङ्ग चुम्लुङ्ग सुनसरीको व्यवस्थापनमा प्रारम्भ भएको दुई दिने कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिलाइ आफनो समान प्रतिनिधित्वका वारेमा उचित परार्मश गरिने आयोजकले जनाएको छ ।पूर्वाञ्चलका नौ जिल्लका ६० जना जातिय प्रतिनि्धिहरुको सहभागिता रहेको कार्यक्रममा जातिय सवालमा राष्ट्रिय निणर्य गर्नु अघि स्थानिय स्तरमा नमुना संविधानसभा वैठक पछि मात्र संविधानले संसोधन गरिन पर्ने आवश्यकता औल्याईएको छ । यस्तै कार्यक्रममा सहभागिहरुले संविधान निमार्ण प्रकृया तथा यसले उठान गर्ने विषयमा स्थानिय स्तरवाटै प्रतिनिधित्व गराई गरिएको निणर्य व्यावहारिक तथा तथ्य परक हुने कुरामा सहभागिहरुले जोड दिएका थिए । सोमवारसम्म संचालन हुने कार्यक्रममा सहभागि प्रतिनिधिहरुले केन्द्रमा वहस हुने विषयका लागि प्रत्येक समुदायको आवाजलाई पहिले सुनेर मात्र निणर्यक तहमा पुर्‍याइए मात्र जनताको मागलाई संविधानमा उल्लेख हुने सक्नेकुरामा जोड दिएका थिए ।मुलुकका ११ वटा क्षेत्रमा लगातार संचालन गरिने कार्यक्रमका लागि पहिलो पटक सो सस्थाले धरानवाट कार्यक्रम शुरु गरिएको आयोजक समितिका सदश्य तथा आदिवासी जनजाति महासंघका पूर्व महासचिव वालकृष्ण मावुहाङ्गले वताउनुभयो । कार्यक्रम पश्चात सहभागि प्रतिनिधिहरुलाई आगामी वैसाख अन्तिम साता देखि दुई साता लामो नमुना संविधानसभा कार्यक्रमका लागि सहभागि गराईने वताईएको छ ।कार्यक्रममा किरात राई यायोख्या प्रतिनिधि सहित तराई तथा पूर्वी पहाडी क्षेत्रमा वस्ने सवै जात जातिका प्रतिनिधिहरुको सहभागिता गराईएको थियो । कार्यक्रम धरान पश्चात उदयपुरको गाईघाटमा गराईले आयोजकले जनाएको छ ।धरान संगै यस्तो कार्यक्रम मुलुकका ११ स्थानमा गरिने आयोजकले जनाएको छ ।

'गोर्खालाई बंगाल सरकारले पक्षपात गरेको छ’

लिम्वूवान डट व्लगस्पोट डटकम,कृष्ण सिंजाली,सिलिगुडी
गोर्खा मुक्ति मोर्चा (गोजमुमो)लाई जिल्ला प्रशासनले सिलगुडीमा जनसभा गर्ने अनुमति नदिएपछि त्यसको विरोध गर्दै बिहीबारदेखि भोक हड्ताल गर्ने घोषणा गरेको छ ।
सिलिगुडीस्थित र्सर्किट हाउसमा भएको छलफलमा प्रशासनले पञ्चायत चुनाव एवं १८ मईसम्म आन्दोलन स्थगित गरी उत्तर बंगाल पुलिसका कमिश्नर बीएल मीना, आइजीकेएल तामटा दार्जिलिङ जिल्ला प्रमुख राजेश पाण्डेय, पुलिस अधिक्षक राहुल श्रीवास्तव र महासचिव रोशन गिरीको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिबीच करिब एक घण्टा छलफल भएको थियो ।
गणतान्त्रिक आन्दोलनमा प्रशासनले बारम्बार हस्तक्षेप गरिरहेको महासचिव गिरीले आरोप लगाउनुभयो । यसअघि गोजमुमोले २७ अप्रिलमा सिलीगुडीस्थित बाधाजित पार्कमा जनसभा गर्ने अनुमति प्रशासनसँग माग्दा जिल्ला प्रशासनले त्यसको विरोधमा दार्जिलिङ, कालेबुङ, खर्साड. मिरिक, डुबर्सलगायत सिलीगुडीको नगरपालिका भवनको कार्यालयमा गोजमुमोका ११ जना सदस्य भोक हड्तालमा बस्ने महासचिव गिरीले बताउनुभयो ।
यसैबीच प्रशासनले जनसभा गर्न अनुमति नदिएर गोर्खाहरुको मौलिक अधिकार हनन गरेको आरोप कालेबुङका विधायक गौलन लेप्चाले लगाउनुभएको छ । वाम फ्रन्ट सरकार तथा सिलिगुडी प्रशासनले केही उद्देश्यबाट प्रेरित भएका व्यक्तिहरु तथा गोर्खा विरोधीको दबावमा आएर प्रशासनले जनसभाको अनुमति रद्द गरेको बताउनुभयो ।
आपनै स्थानमा गणतान्त्रिक ढंगबाट जनसभा गर्ने अनुमति नदिए फेरि एकपल्ट बंगाल सरकारले गोर्खा जात्रि्रति पक्षपाती व्यवहार गरेको आरोप लगाउँदै बंगाल सरकारले गोरखाहरुको मौलिक अधिकारमाथि दमन गरेको चर्चा विश्वभरि रहेका गोरखाहरुले थाहा पाइसकेको विधायक लेप्चाले बताउनुभयो ।
त्यसैगरी गोजमुमोका केन्द्रीय सदस्य डा. हर्कबहादुर क्षेत्रीले गोजमुमोको आन्दोलनविरुद्ध भाकपाले घरघरमा पर्चा बाँडे पनि कुनै फरक नपर्ने बताउनुभयो । यस्तो कार्यले भाकपाको वास्तविक छवि जनताको आँखाअगाडि स्पष्ट हुने बताउनुभयो ।

प्रचण्डको नेतृत्वमा मुख्य नेताहरु सरकारमा जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
निर्वाचन आयोगले समानुपातिक सिट तर्फसभासद चयन गर्न पर्सि शुक्रबारसम्मको म्याद दिएपछि दलहरू सभासद छान्न आन्तरिक छलफलमा जुटेका छन् । समानुपातिक सिटतर्फा ३ सय ३५ मध्ये प्राप्त गरेको मतदानको आधारमा गरिएको भागवण्डापछि समानुपातिकतर्फा सभासद चयन गर्न दलहरू युद्धस्तरमा जुटेका हुन् । प्रायः सबै दलहरूको केन्द्रीय समितिको बैठक जारी रहेका कारण चालू केन्द्रीय समितिको बैठकबाटै समानुपातिकतर्फा सभासदहरू चयन गर्ने बताइए पनि केही पार्टीहरूले छुट्टै संयन्त्र खडा गरी बन्द सूचीभित्रबाट सदस्यहरू छान्न व्यस्त भएका छन् । नेकपा माओवादीले रामबहादुर थापा 'बादल' को नेतृत्वमा संविधानसभा सदस्य छनोट गर्ने समिति गठन गरी आज बस्ने बैठकमा उक्त समितिले माओवादीका तर्फाट प्रतिनिधित्व गर्ने एक सय समानुपातिकतर्फा सभासदको नाम प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै, नेपाली कांग्रेसले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संसदीय समिति मार्फ कांग्रेसका ७३ सदस्य मनोनित गर्ने बुझिएको छ । एमालेले पनि छुट्टै संयन्त्र खडा गरी ७० सिटका निम्ति गृहकार्य गरिरहेको बुझिएको छ । ठूला दलहरूले समानुपातिकतर्फा सदस्य मनोनित गर्दा दलित, जनजाति, महिलालगायतलाई प्रतिशतका आधारमा कोटा छुट्टयाउनुपर्ने भएको हुँदा केही समय लाग्ने बुझिएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी माओवादीको जारी केन्द्रीय विस्तारित बैठकमा भावी सरकार गठनका सम्बन्धमा विस्तृत छलफल भएको छ । बैठकका क्रममा भावी सरकारमा अध्यक्ष प्रचण्डको नेतृत्वमा मुख्य नेताहरू जाने पार्टी केन्द्रीय समितिले निर्णय गरेको बुझिएको छ । स्रोतका अनुसार माओवादीको मूल नेतृत्वमा मोहनवैद्य किरण, डा. बाबुराम भट्टर्राई, रामबहादुर थापा, सिपी गजुरेल, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा रहेका छन् । बैठकले गृह, अर्थ, रक्षा, परराष्ट्र, सञ्चारलगायतका महत्वपूर्ण मन्त्रालय माओवादीकै मातहतमा हुनुपर्ने उल्लेख गर्दै अन्य मन्त्रालयमा अरु दलसँग सहमति गर्न सकिने सुझाव नेतृत्वलाई दिएको बुझिएको छ ।

Apr 28, 2008

बबरसिंह थापा सेवा पुरस्कार नवराज सुब्बालाई प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,विराटनगर
साहित्य र स्वास्थ्य क्षेत्रमा योगदान गरेवापत झापाका जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बालाई बबरसिंह थापा सेवा गुठीले पुरस्कृत गरेको छ । बयोबद्ध स्रष्टा देवकुमारी थापाद्वारा स्थापित गुठीले शनिवार यहा समारोह आयोजना गरी उनलाई ताम्रपत्र र २० हजार राशिसहितको यस वर्षो सामाजिक सेवा पुरस्कार प्रदान गरेको हो । एमएच गरेर जनस्वास्थ्यको सरकारी सेवामा भए पनि नेपालीमा एमए गरेका उनका पाच कृति प्रकाशित छन् । ती कृतिमा कथा, कविता, संस्मरणसंगै स्वास्थ्य सरोकारका पुस्तक छन् । गुठीले गरेको कार्यक्रममा ताम्रपत्रसहितको सम्मान मोरङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद रेग्मी र पुरस्कार राशि स्रष्टा देवकुमारी थापाले हस्तान्तरण गरेका थिए ।

कार्यकर्ता रिहाइ गर्न माओवादी आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,नयादिल्ली
माओवादीहरू नेता सीपी गजुरेल र हिसिला यमीले बिहार जेलमा बन्दी आफ्ना दर्जनौं कार्यकर्ता रिहाइ गर्न मुख्यमन्त्री नीतिशकुमारसंग आग्रह गरेका छन् । 'नेपाल-भारत सम्बन्धका आयाम' विषयक सम्मेलनमा भाग लिन पटना आएका उनीहरूले आइतबार मुख्यमन्त्रीलाई भेटी रिहाइ माग गरेका हुन् । शान्ति प्रक्रिया हुदै निर्वाचन सम्पन्न भइसकेपछि मात्र माओवादीतर्फाट आफ्ना बन्दी कार्यकर्ताको रिहाइको औपचारिक अनुरोध गरिएको हो । 'भेटमा हामीले बिहार जेलमा थुनिएका हाम्रा दर्जनौं कार्यकर्ताको तत्काल रिहाइको मुद्दा उठायौं,' यमीले संवाददाताहरूसंग भनिन् । प्रत्युत्तरमा मुख्यमन्त्रीले रिहाइ गर्नेबारे आफूले विचार गर्ने बताएका थिए । 'यसमा हाम्रो छलफल सकारात्मक र शिष्ट थियो,' भौतिक योजना तथा निर्माणमन्त्रीसमेत रहेकी यमीले भनिन्- 'उहाले रिहा गर्नेमा आश्वस्त पार्नुभएको छ ।' स्रोतका अनुसार करिब तीन दर्जन नेपाली माओवादी बिहारका विभिन्न जेलमा छन् ।

किरात याक्थुङ चुम्लुङ पेनाङ क्षत्रिय अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,क्वालालम्पुरङ/मलेसिया
आइतबार २७ तारिख अपि्रल २००८ का दिन महेन्द्र सोर लिम्बूको सभापतित्व तथा मलेसिया केन्दि्रय कमिटिका उपाध्यक्ष मोहन थेवे र सह सचिव तथा प्रचार प्रसार विभाग प्रमुख रुसाहाङ चेम्जोङ को प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मिहरुको उपस्थिती रहेको थियो । अतिथि आशनग्रहण संग संगै कार्यक्रमको संचालक विजय लिम्बू र युवराज बेघा ले उपस्थितीहरुलाई व्याज वितरण गराएका थिए, भने माहान पुर्खा तथा विभिन्न कारणवस शहिद बनेका वीर शहिदहरु प्रति स्मरण गर्दै एक मिनेट मौनधारण गरी कार्यक्रमको सभापति महेन्द्रसोर लिम्बूबाट व्यानर खोली कार्यक्रमलाई अगाडि बढाईएको थियो । कार्यक्रममा उपस्थित मोहन थेवे, महेश हाङगाम, नरेन्द्र राई, हरेन्द्र चेम्जोङ, मन कुमार लिम्बू, राम प्रसाद गुरुङ, मान बहादुर लावती, बल बहादुर गुरुङ, राम कुमार तुम्रुक, आइन्द्र बिक्रम नेम्बाङ, सुमन थेवे, ओम प्रसाद वेघा, राजन तमु, तारा मगर, मान बहादुर लिम्बू, सुक बहादुर लिम्बू, रुसाहाङ चेम्जोङ, वक्ताहरुले वक्तव्य राखेका थिए । सबै वक्ताहरुले भाषा, जाति, संस्कार संस्कृति, कला र धर्मको संरक्षण गर्नु पर्छ भन्ने प्रतिवद्धता व्याक्त गरेका थिए । कार्यक्रलाई विर्सजन तथा बन्द सत्र महेन्द्र सोर लिम्बबाट घोषणा गरिएको थियो ।
सो अधिवेशनबाट पुरानो कमिटिलाई विघटन गरि प्रजातान्त्रिक पद्धतीबाट नयां कार्यसमिति चयन गरीएको छ । नयां कार्यसमितिमा निम्न पदाधिकारी तथा सदस्यहरु रहेका छन् ।
अध्यक्षः राम कुमार तुम्रुक, उपाध्यक्षः मन कुमार लिम्बू, सचिवः विजय लिम्बू, सह सचिवः सुख बहादुर नेम्बाङ, कोषाध्यक्षः धन माया लिम्बू, सदस्यहरुः सुमन थेवे, हिमाल चन्द्र सम्वाहाङफ, महेश हाङगाम, राज कुमार लिम्बू, महेन्द्र सम्वाहाङफे, प्रदिप राई रहेकाछन्, भने सल्लाहकारहरुः चक्र नेम्बाङ, हरेन्द्र चेम्जोङ, मान बहादुर लावती र आइन्द्र बिक्रम नेम्बाङ रहेकाछन् । उक्त नव गठित कार्यसमितिलाई केन्दि्र कमिटिका सह सचिव तथा प्रचार प्रसार विभाग प्रमुख रुसाहाङ चेम्जोङ ले सपथग्रहण खुवाईएको थियो ।

Apr 27, 2008

माओवादीको प्रस्ताव बोकेर थापा दरबारमा, तीन घन्टा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजालाई नारायणहिटी दरबारबाट बाहिर निकालेर सुरक्षित अवतरण कसरी गर्ने विषयमा व्यापक छलफलमा जुटेको नेपाल कम्युनिस्ट पार्टी ओवादीका अध्यक्ष प्रचण्ड र राजतन्त्रवादी दल राप्रपाका अध्यक्ष एवं राजा ज्ञानेन्द्रका विश्वासपात्र कमल थापाबीच शुक्रबार भएको गोप्य भेटघाट र छलफलपछि त्यसको सन्देश बोकेर थापा हिजो साँझ राजा ज्ञानेन्द्रलाई भेट गर्न नारायणहिटी दरबार पुगेका छन् ।
राजा ज्ञानेन्द्रले स्वेच्छिक रूपमा नारायणहिटी त्यागे उनलाई सांस्कृतिक अधिकार सम्पन्न राजा वा सामान्य नागरिक सरह बस्ने व्यवस्थाको सुनिश्चित गर्ने विषयमा माओवादीभित्र फरकफरक मत आइरहेका बेला नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजा ज्ञानेन्द्रलाई सुरक्षित अवतरण गराउन आवश्यक परे आफैं ज्ञानेन्द्रसँग वार्तामा बस्ने भनी पठाएको प्रस्ताव बोकेर शाही मन्त्री कमल थापा आइतबार दरबार पुगेको बताइएको छ ।
छोरीको विवाहको निम्ता दिने निहुँमा दरबार पुगेका कमल थापा तीन घन्टासम्म राजतन्त्रको भविष्यका बारे राजासँग छलफल गरेको स्रोतको दाबी छ । संविधान सभा निर्वाचनमार्फ जनताबाट गणतन्त्र अनुमोदन भइसकेको परिस्थितिमा राजाको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला विकसित पछिल्लो घटनाक्रमले नयाँ तरंग उत्पन्न गराएको छ ।
हिजै राजाको संवाद सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी राजाका बारेमा पछिल्ला दिनमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमबाट प्रकाशित/प्रशारित समाचारहरू कपोकल्पित र भ्रमपूर्ण भएको भन्दै खण्डन गरेको केही समयपछि माओवादीको सन्देश बोकेर कमल थापा दरबार पुगेका थिए । छलफलपछि के निष्कर्षनिस्कियो र्सार्वजनिक नभए पनि राजासँगको भेटपछि भने राजा र माओवादीको मध्यस्थकर्ता बनेका कमल थापा सर्म्पर्कदेखि टाढा बसेको बताइएको छ ।
कुनै न कुनै रूपमा राजाको भूमिका स्वीकार गर्ने पक्षमा माओवादी नेतृत्व रहेको संकेत देखापर्न थालेका छन् । यसै क्रममा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले सांस्कृतिक अधिकार सम्पन्न राजा राख्न सकिने भनी दिएको अभिव्यक्तिले हलचल मच्याएपछि आफ्नो भनाईलाई सच्याउने प्रयास गरेका छन् । यसैबीच, माओवादीका अर्का प्रभावशाली नेता रामबहादुर थापा 'बादल' ले राजतन्त्रको कुनै पनि अवशेष नराखिने जिकिर गरेका छन् । राजालाई जेसुकै अधिकार दिए पनि राजतन्त्रको अवशेष बाँकी रहने भएकाले त्यो ध्वस्त पार्नुपर्ने उनको दाबी रहेको छ ।
माओवादीका एक वरिष्ठ नेता राजालाई सांस्कृतिक अधिकार दिने पक्षमा छन्, अर्का प्रभावशाली नेता राजतन्त्र ध्वस्त पार्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्ड सुरक्षित अवतरणका निम्ति राजासँगै वार्तामा बस्न तयार रहनुले माओवादीभित्र राजतन्त्रको विषयमा अझै पनि मतभिन्नता रहेको स्पष्ट गरेको छ ।

नेपालमा राजा जोगाउन भारतमा सम्मेलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका राजा ज्ञानेन्द्र जोगाउन अझै पनि भारतमा हिन्दूलाई अतिवादीहरू सल्बलाइरहेको समाचार छ । विश्व हिन्दू महासंघको पाटेश्वरी शक्तिपीठ देवि पाटन मन्दिरमा शनिबारदेखि सुरु भएको २० औं महासम्मेलनका सहभागीहरूले संविधानसभामार्फ माओवादी विजयलाई नेपालको अखण्डता र स्थिरताका लागि खतरा भएको दाबी गरेका छन् ।
उनीहरूले नेपालको प्रतिकूल अवस्थालाई अनुकूल बनाउन हिन्दू समाजका सबै उपसनालाई जोडेर हिन्दू राजा कायम राख्नसमेत जोड दिएको बताइन्छ । नेपालको तर्फाट थुप्रै दरबारियालाई लिएर विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहले भाग लिएका छन् । उनले सो सम्मेलनमा राजा ज्ञानेन्द्रबाट शुभकामनासमेत लिएर गएका थिए । सम्मेलनमा राजा ज्ञानेन्द्रको शुभकामना पनि उनै सिंहले पढेर सुनाएका थिए ।
नेपालमा माओवादीले ठूलो दलको हैसियत प्राप्त गरेलगत्तै छटपटाएका भारतका अतिवादी हिन्दूहरूले नेपालमा देखिएको धार्मिक चुनौती नेपालको मात्र नभएर समग्र भारतको पनि चुनौती भएको ठहर गर्दै त्यसको सामना गर्न बृहत् हिन्दूवादीहरू एकता हुनुपर्ने गोरक्षानाथ पीठाधीशका उत्तराधिकारी एवं भारतीय लोकसभा सदस्य आदित्यनाथले अपिल गरेका छन् । भारतीय पूर्वकेन्द्रीय मन्त्री डा. सुव्रमन्यम स्वामीले नेपालको माओवादीबाट भारतीय अखण्डतामा समेत खतरा रहेको ठहर गर्दै भारतमा हिन्दू सरकार बने नेपालको सुरक्षा हुने दाबी गरे ।
भारतको सो हिन्दू सम्मेलनले नेपालका राजा ज्ञानेन्द्रको सत्ताच्यूत हुने दिन आएकाले त्यसलाई जोगाउन विश्वव्यापी पहल गरिदिन आहृवान गर्ने निष्कर्षनिकालिने बताइएको छ । राजाले समेत आफ्नो पक्षमा जनमत खडा गरेर अन्तराष्ट्रिय दबाब आएको खण्डमा कुनै कुनामा रहने इच्छा व्यक्त गरेको अनुमान राजनीतिक वृत्तमा चर्चा चलेको छ । केही दिनसम्म चल्ने सो सम्मेलनले केही निष्कर्षनिकाल्ने हो त्यो भने हेर्न बाँकी छ ।

नयाँ सरकार बनाउन कानुनी अड्चन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार गठन र हटाउन दुइतिहाई हुनुपर्ने वर्तमान अन्तरिम संविधानको अनिवार्य व्यवस्थाले सरकार गठन गर्न कठिन भएको छ । सो प्रावधानले गर्दा नयाँ सरकार गठन मात्र नभएर संविधानसभाको पहिलो बैठक डाक्न समेत कठिनाई उत्पन्न भएको छ ।
यतिखेर माओवादीले स्पष्ट बहुमत नल्याएको र माओवादीबाहेक बाँकी दलले पनि सो प्रावधानअनुसार सरकार गठन गर्न नसक्ने अवस्थाका कारण पनि सरकार गठनमा विलम्व भएको छ । त्यसैले पुनः अन्तरिम मन्त्रिपरिषद्ले विधेयकमार्फ संविधान संशोधनको तयारी भइरहेको छ ।
अन्तरिम संसद्का सभामुख सभाष नेम्वाङ पनि चुनावबाट सातदल बाहेकका अन्य दल निर्वाचित भएकाले केही समस्या उत्पन्न भएको स्वीकार गर्नुहुन्छ । संविधानको प्रावधान अनुसार सरकार गठनको प्रक्रियामा नयाँ शक्तिलाई समेट्नुपर्ने बाध्यता भएपछि सोहीअनुसारको कसरत सुरु भएका छन् ।
संविधानमा नै स्पष्ट रूपमा सातदलको सहमतिमा सरकार सञ्चालनको कार्यविधि भएकाले केही कानुनी जटिलता उत्पन्न भएको छ । नयाँ शक्तिका रूपमा मधेसी फोरम, तमलोपा, सद्भावना पार्टी अगाडि आएपछि केही कानुनी जटिलता उत्पन्न भएको छ ।

प्रचण्डद्वारा राजालाई दरबार छाड्न चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष प्रचण्डले फेरि एकपटक राजालाई दरबार छाड्न आग्रह गर्दै नछाडे सोहीअनुसारको कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
आरामका लागि दामन पुगेका प्रचण्डले गणतन्त्रको पक्षमा आएको जनलहर राजाले बुझेर नागरिकसरह व्यवसाय गर्न मनसाय देखाउनुपर्ने अन्यथा अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिए । संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गराउन मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ जना चुनाव हारेका व्यक्ति हुन नहुने धारणा राख्नुभयो ।
राजनीतिक दलहरूको सहमतिमा तय गरी प्रधानमन्त्रीको प्रस्तावमा नयाँ मन्त्रिपरिष्द्ले पारित गरिने तयारी भइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले सेना समायोजनबारे सबैतिर चासो र चिन्ता भएकाले त्यसमा पनि चमत्कार हुने बताए उहाँले विस्तारै नीति बनाएर सेनाको संख्या कम गर्ने बताउँदै सेनाको संख्या ठूलो भएको दाबी गर्नुभयो ।
भावी राष्ट्रपतिको रूपमा प्रचारित प्रचण्डले अन्तरिम संविधानमा राष्ट्रपतिको व्यवस्था नभएकाले राष्ट्रप्रमुखको हैसियतले कार्यकारी प्रधानमन्त्री हुन आफू मन्जुर भएको बताउनुभयो । प्रचण्डले अन्य राजनीतिक दलले दिएको सुझावअनुसार वाईसीएल विघटन गर्नेतर्फसोच बनाएको बताएको छ । आगामी सरकारको नेतृत्व आफ्नो पार्टी गर्ने बताउँदै प्रचण्डले आगामी दिनमा आफ्नो पार्टी नीति एवं गतिविधिमा सुधार गर्ने बताएका छन् ।

राजा प्राप्त जनादेशलाई मान्न तत्पर रहे पनि गद्दी त्याग गर्न तयार नरहेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको पहिलो बैठकबाट राजसंस्था उन्मूलन र गणतन्त्र स्थापना गर्ने चर्चा व्यापक भइरहेको बेला दरबार निकटस्थ व्यक्तिहरूले दरबारको हवाला दिँदै नयाँ 'सगुफा' छाड्न थालेका छन्। उनीहरूले राजा संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशलाई मान्न तत्पर रहे पनि अन्तरिम संविधानलाई स्वीकारेर तत्काल गद्दी त्याग गर्न तयार नरहेको प्रचार गरेका छन्।
दरबार निकटस्थ व्यक्तिहरूले राजा ज्ञानेन्द्रले अन्तरिम संविधान २०६३ लाई नदेखको र नचिनेको दाबी गरेका छन्। अन्तरिम संविधानलाई सात दलीय सत्ता गठबन्धनको सहमति पत्र बताउने दरबार निकटस्थहरू संविधानसभाले तयार गर्ने नयाँ संविधानलाई भने राजाले सहर्ष स्वीकार्ने बताउँछन्। संविधानसभाले निर्माण गर्ने नयाँ संविधानलाई स्वीकार्नुभनेको संविधानसभा निर्वाचनमार्फत नेपाली जनताले दिएको जनादेशको सम्मान र कदर गर्नु हो भन्ने राजा निकटस्थ व्यक्तिहरूको तर्क रहेको छ।
संविधानसभा गठनको उद्देश्यले २०६३ साल वैशाख ११ गते राजाले शासकीय र राजकीय अधिकार छाडेको विश्लेषण गर्दै राजानिकटस्थ व्यक्तिहरू भन्दछन्, 'त्यसै कारण राजाले संविधानसभा निर्वाचनमा परोक्ष सहभागिता र चासो दर्शाएका हुन्।' स्मरणीय छ, लोकतान्त्रिक गणतन्त्र स्थापनाको एजेन्डामा हुन लागेको संविधानसभा निर्वाचनमा सक्रिय सहभागी बन्न राजाले २०६४ साल चैत २७ गते नेपाली जनतालाई आह्वान गरेका थिए। र, नव वर्ष २०६५ को शुभकामना वक्तव्यमार्फत संविधानसभा निर्वाचनको परिणामप्रति सन्तोष व्यक्त गरेका थिए।

Apr 25, 2008

के के भन्छन् लिम्वूवानको विषयमा हंगकंगमा बसोवास गर्नेहरु

हामीले के लिम्वूवान घोषणा हुन्छ ? र यसपालीको संविधानसभाको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुका कारणहरु के के हुन् ? भनेर हंगकंगका लेखक,गायक,वुद्धिजिवी तथा राजनितिकर्मीहरुलाई प्रश्न गरेका थियौं । वहाहरुको विचार निम्न छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

लिम्वूभाषाका गायक तथा संगीतकार

लाजेसा याक्थुङवा उर्फ भगत सुब्बा
म लिम्वूवान निर्बिकल्परुपमा घोषणा हुन्छ भन्ने कुरामा विश्वस्त छु । किनभने अहिलेको नेकपा (माओवादी)को पक्षमा बहुमत भएको कारणले र सोही पार्टीले संघीय संरचना अर्न्तर्गत लिम्वूवानको स्पष्ट खाका ल्याएकोले पनि यो कुरा विश्वस्त गर्न लायकको विषय हो । खासगरी लिम्वूवानवादी नेताहरु यसपालीको संविधानसभाको चुनावमा हार्नुको कारण निम्न छन्
१.लिम्वूवानवादी नेताहरुमा मपाईँत्व बढी हुनु
२.सामाजिक,भौगोलिक,भाषीक,धार्मीक अध्यायनको कमी हुनु
३.लिम्वूवानवादी नेताहरुमा व्यापारीपन देखिनु
४.लिम्वूवानवादी नेताहरुमा कार्यगत एकता नहुनु
५.एक्कासी नेता भएर चुनावमा भाग लिन जानु
६.अहिले सम्म लिम्वूवानको नयाँ भिजन लिएर जान नसक्नु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
लिम्वूवान राष्ट्रिय मोर्चाका अध्यक्ष

दिल पालुङवा
हालसालै भएको संविधानसभाको चुनावको परिणामलाई विचार गर्दा र नेकपा(माओवादी)को पकड राम्रो भएकोले लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा विश्वस्त छु । तर अहिले नै पूर्णरुपले विश्वास गर्न भने सकिन्न किनभने लिम्वूवानवादीहरु सांसदमा पूर्णरुपले असफल रहे । जहाँ सम्म आशा छ माओवादी पार्टीले लिम्वूवानको खाका लिएर अगाडि बढेको हुनाले लिम्वूवान घोषणा हुन्छ भन्ने कुरा हो साथै अन्तरिम मन्त्रिपरिषद र लिम्वूवानवादी नेताहरुसंग लिम्वूवान स्वायत राज्यको सुनिश्चितताको सम्झौता भएकोले पनि लिम्वूवान घोषणा हुन्छ भन्ने आधारहरु रहेकाछन् । यसपालीको संविधानसभाको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको कारण निम्न छन् ।
१.सम्पूर्ण लिम्वूवानवादी नेताहरु एकजुट भएर नजानु
२.कसै लिम्वूवानवादी नेताहरुले संविधानसभाको चुनावलाई स्विकार्नु कसैले अस्विकार गर्नु
३.लिम्वूवान भन्ने कुरा लिम्वूवानवादी नेताहरुले अस्पष्ट रुपले लैजानु
४.लिम्वूवान क्षेत्रलाई लिम्वूवानवादी नेताहरुले खुम्च्याएर जनता सामु जानु ( जस्तै कोचिला,खम्वूवानको प्रसंग लिम्वूवान भित्र उठाउनु)
५.लिम्वूवानको पूर्ण खाका लिएर नजानु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
लिम्वूवान विकास परिषद हङकङ अध्यक्ष

प्रकास यक्सो
संविधानसभाको चुनावी नतिजालाई हेर्दा लिम्वूवान स्वायत राज्य घोषण हुन्छ भन्ने कुरा त्यति निश्चित छैन । किनभने नेकपा (माओवादी) बाहेक अन्य पार्टीले लिम्वूवानको कुरा उच्चारण गरेका छैनन् र माओवादीले पनि यस्तै लिम्वूवान हुनुपर्छ भनेर आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छैन । यी कारणहरुले गर्दा पनि लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा शंका गर्नु पर्ने हुन्छ । घोषणा भै हाले पनि हामीले चाहे जस्तो पूर्ण लिम्वूवान ( नौ जिल्ला भएको ) घोषणा होला जस्तो छैन । यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको कारणहरु यी हुन् जस्तो लाग्छ
१.लिम्वूवानवादी पार्टीहरु एकता नहुनु
२.जनचेतना फैलाउन नसक्नु
३.पार्टी पार्टी बिच असमझदारी हुनु
४.महत्वकांक्षी हुनु
५.राज्यपक्षले सुनुवाई नगर्नु
६.आत्मावलको कमी हुनु
७.पार्टी पार्टी बिच एकैक्षेत्रमा भिड्नु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
लिम्वूवान राष्ट्रिय मोर्चाका महासचिव

अबिचन्द्र इङनाम
संविधानसभाको चुनाव पछाडि पक्कै पनि राष्ट्रको पुनःसंरचना हुन्छ त्यो भएपछि देश संघीय राज्य को रुपमा घोषणा हुन्छ । त्यहि अन्तर्गत लिम्वूवान स्वायत राज्य घोषणा हुन्छ ।तर मलाई भने के शंका लागिरहेको छ भने ऐतिहासीक तथ्यको आधारमा लिम्वूवान घोषणा हुन्छ हुदैन भन्नेकुरामा चाहिँ अनिश्चितता छ । र यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु पराजित हुनुको कारण म निम्न कुरा अम्ल्याउँन चाहान्छु ।
१.लिम्वूवानवादी नेताहरुले आफ्नो कार्यक्रम जनस्तरसम्म पुर्‍याउन नसक्नु
२.सरकारसंग वार्तामा धेरै समय खर्च गर्नु
३.कार्यगत एकता नहुनु
४.संगठन विस्तार गर्न नसक्नु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
भयवादका प्रवर्तक तथा उपन्यासकार
देश सुब्बा
लिम्वूवान घोषणा हुने कुरामा सम्भावना चाहिँ बढी छ तर कहिले हुन्छ भन्ने कुरामा निश्चित छैन । अन्तरिम संविधानको हिसावले लिम्वूवान हुन्छ भन्ने कुरामा प्राय निश्चित नै छु किनभने माओवादीको एजेण्डा र हालको स्थितिमा अन्य पार्टी भन्दा बहुमतमा पनि छ । यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको कारण निम्न बुँदाहरु हुन् ।
१.संगाठानिक कमजोरी
२.लिम्वूवान पार्टीहरु विभाजित हुनु
३.लिम्वू र गैरलिम्वूहरुलाई विश्वास दिलाउँन नसक्नु
४.लिम्वूवान पार्टी नयाँ हुन

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
कि.या.चु भू.पू.केन्द्रिय संस्थापक सदस्य

ओमराज सम्वाहाम्फे
देश संघीय राज्य व्यवस्थामा जाने स्थिति आई सक्यो त्यसैले लिम्वूवान स्वायत राज्य घोषणा हुन्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । किनभने लिम्वूवान सम्वन्धि माओवादी पार्टीको एजेण्डा साथै अन्य पार्टीको भन्दा क्लियर भिजन भएकोलेत्यति शंका लिनु पर्ने स्थिति छैन जस्तो लाग्छ । यसपाली लिम्वूवानवादी नेताहरु लिम्वूवान क्षेत्र मै हार्नुको प्रमुख कारण म निम्न कारणहरु देख्छु
१.नारा लिम्वूवानवासी जनताको सामुसम्म पुर्‍याउँन नसक्नु
२.जति पनि कार्यक्रमहरु शहर र राजमार्ग केन्द्रित मात्र हुनु
३.पुराना लिम्वू नेताहरु (अन्य पार्टीको ) पकड रहिरहनु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
आदिवासी जनजाति महासंघ हङकङ,अध्यक्ष

भूपेन्द्र चेम्जोङ
सैद्धान्तिक रुपले हेर्ने लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा ढुक्क हुनु पर्दछ । अन्य पार्टीहरुको भन्दा नेकपा (माओवादी ) को स्पष्ट धारणा र हाल माओवादी पार्टीले नै बहुमत ल्याएकोले धेरै हदसम्म लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा आशा पलाएको छ । यसपाली लिम्वूवानवादी नेताहरु संविधानसभाको चुनावमा पराजित हुनुको कारण निम्न कमीकमजोरीहरु देख्दछु ।
१.लिम्वूवानवादीहरुमा कार्यगत एकता नहुनु
२.संगाठानीक स्थिति ज्यादै कमजोर हुनु
३.गृहकार्य अथवा प्रचारप्रसारको कमी हुनु
४.लिम्वूवानवादी पार्टीहरुको स्पष्ट सिद्धान्त एकअर्कामा नमिल्नु
५.जनताले पत्याउँन नसक्नु अथवा नेतृत्वमा विश्वास नहुनु
६.लिम्वूवानवासीहरुमा जनउभार ल्याउन नसक्नु
७.राजनैतिक रुपमा अनुभवको कमजोरी हुनु
८.नेतृत्वको शंकट देखिनु
९.इमान्दारीपूर्वक लिम्वू मतदाताहरुले नै लिम्वूवानवादी नेताहरुलाई भोट नहाल्नु
१०.लिम्वूवानका जनताहरु नै परम्परागत पार्टीमुखी हुनु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
कानुन परामर्शदाता

उत्तरमान तिगेला
अहिले नै लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा ढुक्क भै हाल्ने स्थिति छैन । किनभने नेकपा (माओवादी ) ले वोल्दा अर्कै र काम गर्दा अर्कै गर्ने भएकोले यसै भन्न सकिन्न । पहिले निक्कै विश्वास थियो तर अहिले उनीहरुमा विचलन आएकोले पहिले भनेका कुरा पुरा नगर्न पनि सक्छन् त्यसैले पनि लिम्वूवान घोषणालाई हामीले शंकाको दृष्टिले हेर्नु पर्ने हुन्छ । यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको प्रमुख कारण निम्न बुँदाहरु देख्छु ।
१.संगाठानीक स्थिति वलियोनहुनु
२.स्पष्ट एजेण्डा नहुनु
३.लिम्वूवानवादी नेताहरुको एजेण्डा माओवादी पार्टीले समेट्नु
४.लिम्वूवानवादी नेताहरुमा एकता नहुनु
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पाठक वर्गले आफ्नो बिचार तलको कमेन्ट बक्सबाट दिन सक्नुहुनेछ । धन्यवाद

दलहरुको सीट तोकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा चुनावमा समानुपातिक प्रणालीतर्फ दलहरुले पाएको मतको आधारमा उनीहरुले पाएको सीट संख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । संविधानसभा चुनावमा ३३५ सीटका लागि भएको समानुपातिकतर्फको मतदानमा राजनीतिक दलहरुले पाएको मतका आधारमा निर्वाचन आयोगले दलहरुले पाएको सीट संख्या सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको नतिजा अनुसार २५ दलहरुले समानुपातिक प्रणालीबाट संविधानसभामा प्रतिनिधित्व पाएका छन् । समानुपातिकबाट पनि प्रत्यक्षमा जस्तै माओवादी पहिलो, नेपाली कांग्रेस दोश्रो, एमाले तेश्रो, मधेशी जनअधिकार फोरम चौथो र तराई मधेश लोकतान्त्रिक पार्टी पाँचौ स्थान पाएका छन् ।
आयोगले प्रकाशित गरेको नतिजा अनुसार, समानुपातिक प्रणालीबाट माओवादीले १००, नेपाली कांग्रेसले ७३, एमालेले ७०, फोरमले २२ र तराई मधेश लोकतान्त्रिक पार्टीले ११ जना संविधानसभामा पठाउन पाउनेछन् । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी मालेले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेपाल कम्युनिष्ट पार्टी संयुक्तले ५, राजेन्द्र महतोको सदभावना पार्टीले ५, जनमोर्चाले ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ४ स्थान पाएका छन् । यस्तै, जनशक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले ३, राष्ट्रिय जनमुक्ति पार्टीले २, नेपाल मजदुर किसान पार्टीले २, नेपाल कम्युनिष्ट पार्टी एकिकृतले २, नेपाल सदभावना आनन्दीदेवीले २, नेपाली जनता दलले २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले २ स्थान पाएका छन् । संविधानसभामा एक स्थान मात्र पाउने दलहरुमा समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपा राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल छन् । निर्वाचनमा भाग लिएका ५४ मध्ये २९ दलले भने आवश्यक मत ल्याउन नसकेकाले संविधानसभामा सीट प्राप्त गर्न नसकेको निर्वाचन आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले बताए ।

Apr 24, 2008

गणतन्त्र कार्यान्वयन पहिलो वैठकबाटै- सभामुख

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सभामुख सुवास नेम्वाङले गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो वैठकबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले माओवादी अध्यक्ष प्रचण्डसित यो सहित अन्य विषयबारे छलफल गर्न बुधबार भेटवार्ता गर्नुभएको छ । गणतन्त्र कार्यान्वयन लगायत विषयमा उहाँहरुबीच छलफल भएको छ । संविधानसभाको पहिलो वैठकबाट गणतन्त्र कार्यान्वयन गर्नुपर्ने भएकाले यसको विधि र प्रक्रियाबारे उहाँहरुबीच छलफल भएको हो । भेटपछि उहाँले सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै भन्नुभयो- 'गणतन्त्रको कार्यान्वयन पहिलो वैठकबाटै गर्नुको विकल्प छैन ।'

हङकङमा लोकतन्त्रदिवस सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
अप्रेल २४, २००८हङकङ स्थित नेपाली महावाणिज्यदूतवासको आयोजनामा अप्रेल २४ तारिखका दिन महावाणिज्यदूत निवास रहेको रोयल पेनन्सुएलामा दोश्रो लोकतन्त्रदिवस एक रात्रिभोज सहित सम्पन्न भएको छ । कार्यक्रममा हङकङमा रहेका नेपाली व्यापारी, संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार तथा विदेशी पाहुनाहरुको पनि उपस्थिथि रहेको थियो ।

समानुपातिकतर्फ पनि मतगणना सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा चुनावको समानुपातिकतर्फको पनि मतगणनाको अन्तिम नतिजा प्रकाशित भएको छ । 
संविधानसभा चुनावमा ३३५ सीटका लागि भएको समानुपातिक तर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ पनि प्रत्यक्ष जस्तै माओवादीले पहिलो स्थान, नेपाली कांग्रेसले दोश्रो स्थान, एमालेले तेश्रो स्थान र मधेशी जनअधिकार फोरमले चौथो स्थान ल्याएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ७८ मत सदर भएको थियो ।
निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम नतिजा अनुसार, माओवादीले २९.२८, नेपाली कांग्रेसले २१.१४, एमालेले २०.३३, फोरमले ६.३२ र तराई मधेश लोकतान्त्रिक पार्टीले ३.१६ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य दलहरुले प्राप्त गरेको मतको बिवरण निर्वाचन आयोगले दिए पनि त्यसलाई प्रतिशतमा भने निकालिएको छैन । दलहरुले पाएको मतको आधारमा उनीहरुले पाउने सीटबारे भने केही दिनमा दलहरुलाई जानकारी दिइने आयोगले जनाएको छ ।

आयोगले प्रकाशित गरेको नतिजा यस प्रकार छ ।
नेकपा माओवादी ३१ लाख ४४ हजार २ सय ४
नेपाली काँग्रेस २२ लाख ६९ हजार ८ सय ८३
नेकपा एमाले २१ लाख ८३ हजार ३ सय ७०
फोरम ६ लाख ७८ हजार ३ सय २७
तमलोपा ३ लाख ३८ हजार ९ सय ३०
राप्रपा २ लाख ६३ हजार ४ सय ३१
नेकपा माले २ लाख ४३ हजार ५ सय ४५
सद्भावना पार्टी १ लाख ६७ हजार ५ सय १७
जनमोर्चा नेपाल १ लाख ६४ हजार ३ सय ८१
नेकपा संयुक्त १ लाख ५४ हजार ९ सय ६८
राप्रपा नेपाल १ लाख १० हजार ५ सय १९
राष्ट्रिय जनमोर्चा १ लाख ६ हजार २ सय २४
जनशक्ति पार्टी १ लाख २ हजार १ सय ४७
नेमकिपा ७४ हजार ८९

Apr 23, 2008

'किरात संस्कार' सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किरात मुन्धुममा आधारित 'किरात संस्कार' सार्वजनिक भएको छ । गडुलमान र्राईद्वारा तयार गरिएको पुस्तक चाम्लिङ भाषाको मुन्धुमी शब्द नेपालीमा भावानुवाद गरिएको छ । पुस्तकमा किरात जातिभित्र बच्चा जन्मदाको रीत, न्वारान, पास्नी, छेवर, बिहेकर्म, मृत्यु संस्कार, चुलोको परिचय, उधौली-उभौलीलगायत मुन्धुम विधि समेटिएको छ ।

तालिवानद्वारा एक नेपाली अपहरित

लिम्वूवान डट व्लगस्पोट डटकम,नयादिल्ली
पश्चिम अफगानिस्तानबाट तालिवान लडाकुले एक नेपालीसहित दुइ जनाको अपहरण गरेका छन् । अफगानी केन्द्रीय मन्त्रालयका अनुसार उनीहरूलाई सोमबार अबेर हेरात प्रान्तबाट अपहरण गरिएको हो । उनीहरूको पूरा परिचय खुल्न सकेको छैन । हेरात क्याम्प सुरक्षामा खटिएको एक अमेरिकी कम्पनीले बेपत्ता पारिएकामा एक नेपाली र एक भारतीय भएको जानकारी दिएको हो । इरानी सीमा जोडिएको अद्रासन जिल्लातर्फ जादै गर्दा उनीहरूलाई अपहरण गरिएको साथै रहेका अफगानी ड्राइभरले जनाएका हुन् ।

Apr 22, 2008

राजा ज्ञानेन्द्र दरबारबाट नहटे सेना लगाएर भए पनि हटाउने - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट नहटे सेना लगाएर भए पनि हटाउने बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सकेसम्म शान्तिपूर्ण रुपमा हटाउन चाहेको र नहटे विकल्प खोजेर भए पनि हटाउन बाध्य हुने बताउनुभयो ।
'शान्तिपूर्ण रुपमा हटे ठिकै छ, अन्यथा विकल्प खोजेर हटाउनुपर्ने हुन्छ'- बादलले भन्नुभयो-'संविधानसभाको पहिलो बैठकले निर्णय गरेपछि पनि राजा नहटे सेना या अन्य शक्तिको प्रयोग गरेरै भए पनि हटाइनेछ ।' राजालाई पशुपतिनाथले पनि बचाउन नसक्ने भन्दै शान्तिपूर्ण माध्यमबाट समस्याको हल खोज्न अन्तिम समयसम्म पनि प्रयास गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै बादलले नारयाणहिटीबाट शान्तिपूर्ण बहिर्गमनकै लागि भनेर राजासँग भेट्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो-'हामी राजासँग दाम चढाउनका लागि भेटन लागेका होइनौँ, नारायणहिटीबाट बहिर्गमन गराउन भेट्न लागेका हौँ ।'
आफूहरु सांस्कृतिक राजा या कुनै पनि नामधारी राजा राख्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । आपना दलका कुनै नेताले त्यस्ता अभिव्यक्ति दिएको भए त्यो आधिकारिक धारणा नभएको बताउनुभयो । नेपालमा कुनै पनि प्रकारको राजतन्त्रको अवशेष नरहने उहाँको भनाइ थियो । आफूहरुले धेरै राजावादीलाई भेटेर गणतन्त्रवादी बनाउन सफल भएको दाबी पनि उहाँले गर्नुभयो ।
राजालाई गद्दी छाड्न लगाउने उद्देश्यले पछिल्ला समयमा पनि राजावादीसँग भेटिएको उहाँले स्वीकार्नुभयो । उहाँले भन्नुभयो-'अरुले राजालाई बलियो बनाउन र दाम चढाउन भेटे, हामी राजा हटाउन भेट्दैछौँ ।' 'राजा माओवादीको सदस्य बन्न चाहे पाउँछन् कि पाउँदैनन् -' भन्ने प्रश्नमा उहाँले भन्नुभयो-'लोकतान्त्रिक आचरण बनाएर आए राजालाई माओवादीले सदस्यता दिन्छ ।' सेना समायोजनबारे शान्ति सम्झौतामै उल्लेख भइसकेकाले त्यसलाई संविधानसभाले टुङ्गो लगाउने उहाँले बताउनुभयो ।
नेपाली सेनाको लोकतान्त्रिकरण र जनसेनाको व्यवसायीकरणलाई महत्वका साथ लिएको बताउदै उहाँले भन्नुभयो-'दुवै सेना एकीकरण गरी राष्ट्रिय सेना बनाउछौँ ।' उहाँले दुवै सेनामा भएकामध्येबाट छानेर औद्योगिक सेना गठन पनि विकल्पका रुपमा रहने बताउनुभयो । संविधानसभाले राष्ट्रिय सुरक्षा नीति निर्माण गरेपछि सेनालाई लोकतान्त्रिकरण गर्न मदत मिल्ने उहाँको विचार थियो । आफूहरु सेनाको संख्या घटाउनुपर्ने पक्षमा रहेको बताउँदै सबै जनतालाई फौजी तालिम अनिवार्य गरिनुपर्नेमा उहाँको जोड थियो । प्रधान सेनापति रुक्माङ्गत कटुवाल आपनो पदमा कायमै रहने/नरहनेबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो-'सेवा अवधि पूरा गर्न पाउनुपर्छ तर विगतमा गल्ती गरेको भए सजाय दिनुपर्छ भन्ने मान्यताका साथ संविधानसभाले निर्णय गर्छ ।' उहाँले आफूहरुको भारतका नक्सलाइट र सशस्त्र संघर्ष गरिरहेका कम्युनिष्ट पार्टी राम्रो सम्बन्ध रहेको पनि खुलासा गर्नुभयो ।
रिम र कम्पोसासँग पनि सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो-'हामीले वैचारिक सम्बन्ध स्थापित गरेका हौँ, प्राविधिक सहयोग आदानप्रदान गरेका छैनौँ ।' यसैबीच भारतीय राजदूत शिवशंकर मुखर्जीले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरी राजाको बहिर्गमनका विषयमा छलफल गर्नुभएको छ ।
काठमाडौंको नयाँ बजारस्थित निवासमै पुगेर राजदूत मुखर्जीले प्रचण्डसँग पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्नुभएको हो । छलफलमा माओवादीको नेतृत्वमा बन्ने भावी सरकार, राजाको स-सम्मान बहिर्गमन र भारतले गर्ने सहयोगका विषयमा छलफल भएको बताइएको छ ।
दलहरुबीचको सहकार्य र सेना समायोजन लगायतका विषयमा पनि छलफल भएको माओवादी स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार माओवादीले भावी सरकार गठनका लागि तयारीसमेत गरिरसकेको छ । यसैबीच बंगलादेश सरकारले माओवादी नेतृत्वमा बन्ने भावी सरकारसँग सहकार्य जारी राख्ने जनाएको छ । बंगलादेश सरकारका विदेश मामिला सल्लाहकार डा. इफ्तेश्वर अध्यद चौधरीले जननिर्वाचित माओवादी नेतृत्वको भावी सरकारसँग घनिष्ट सम्बन्ध राखी मिलेर काम गर्ने बताउनुभएको छ । चौधरीले निर्वाचन स्वतन्त्र र धाँधलिरहित रुपमा सम्पन्न भएको भन्दै स्वागतसमेत गर्नुभएको छ ।

एमालेले जनताको बहुदलीय जनवाद त्याग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्त त्याग्ने भएको छ । संविधानसभा निर्वाचनमा लज्जास्पद पराजय भोगेको एमालेले माओवादीभन्दा आफूलाई पृथक बनाउनका लागि सिद्धान्त त्याग्ने निष्कर्षा पुगेको एमाले स्रोतले जानकारी गराएको छ ।
यसैबीच एमालेका स्थायी समिति सदस्य वामदेव गौतमले आपनो पार्टी जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त त्याग्न लागेको बताउनुभएको छ । सोमबार रिपोर्र्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गौतमले बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त त्यागेर अपनाइने नीतिका विषयमा भने केही पनि खुलाउनुभएन । पार्टी नामबाट कम्युनिष्ट शब्द नहटाउने र कम्युनिष्ट पार्टीबीचको एकतामा जोड दिने उहाँले उल्लेख गर्नुभयो ।
आगामी ६ महिनाभित्र पार्टीहाधिवेशनमा जाने र त्यसैबाट नयाँ नेतृत्व र रणनीति तय गरिने गौतमले जानकारी दिनुभयो । एमालेका केही नेताले पार्टी सरकारमा जान नहुने बताइरहेका बेला नेता गौतमले भने जनताको अभिमत पाएका सबै सत्तापक्ष हुन भन्दै आपनो पार्टी केन्द्रीय समितिको बैठकले नयाँ सरकारमा सहभागी हुने निर्णय गर्ने बताउनुभयो ।
उहाँले निर्वाचनमा एमालेले पराजय नव्यहोरेको दावीसमेत गर्नुभयो । समानुपातिकमा उल्लेख्य मत ल्याएको बताउँदै गौतमले भन्नुभयो, 'हामीले आफूलाई सच्याउने मौका पाएका छौँ ।' उहाँले माओवादीलाई आपनो विचार लाद्न खोज्ने परम्परा अन्त्य गर्न र जनमत पाएका सबै दलको विचारलाई सम्बोधन गर्न सुझाव पनि दिनुभयो ।

सबैभन्दा कान्छा सभासद् अभिषेकप्रताप शाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा सम्भवतः मुलुककै सबैभन्दा कान्छा सभासद् अभिषेकप्रताप शाहले राज्यको पुनः संरचनामा युवाको भूमिकालाई महत्वपूर्ण स्थान दिन आफू मरिमेटेर लाग्ने बताउनुभएको छ।नेपाल प्रेस युनियन कपिलवस्तुद्वारा कृष्णनगरमा आयोजित अन्तक्रिर्यामा शाहले युवा नै मुलुकको मुहार फेर्ने शक्ति भएकाले उनीहरुको श्रम र सीप त्यसै खेर जान नदिन आफूले अब बन्ने संविधानमा युवा रोजगारीलाई मौलिक हकका रुपमा राख्न पहल गर्ने दृढता व्यक्त गर्नुभयो।
मधेसी जनाधिकार फोरमबाट कपिलवस्तु क्षेत्र नं ५ बाट निर्वाचित कान्छा सभासद् शाहले अहिले खुल्ला सिमानाका कारण मुलुकले चोरी, तस्करी र आपराधिक समस्या झेल्नु परेकाले यसबाट छुट्कारा पाउन व्यवस्थित र वैज्ञानिक सीमाङ्कन गर्नु पर्नेमा जोड दिँदै भारततर्फहुने चेलीबटी बेचबिखन रोक्न शिक्षा र रोजगारीलाई प्राथमिकता दिन आफू सक्रिय भएर लाग्ने बताउनुभयो।
विसं २०३९ असोज ११ गते जन्मनुभएका शाह अहिले मुलुककै कान्छो सभासद् हुनुभएको जनाइएको छ । उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुँदा २५ बर्ष छ महिना ११ दिन पुग्नु भएको थियो।

समानुपातिकको नतिजा आज साँझसम्ममा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्वाचन आयोगले संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको सम्पूर्ण मतगणना आज साँझसम्ममा सकिने जनाएको छ। आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको मतगणना हुन १८ निर्वाचन क्षेत्र बाँकी रहेको छ र ती निर्वाचन क्षेत्रमा समेत मतगणना भइरहेको छ। मतगणना हुन बाँकी रहेका क्षेत्रहरूमा सप्तरीको क्षेत्र नं. १, २ र ६, सिरहाको २, ३ र ५, महोत्तरीको ३, ४ र ५, सर्लाहीको ५ र ६, सुर्खेतको १, नुवाकोटको १, अर्घाखाँचीको १ र २ तथा बाग्लुङको १, २ र ३ छन्। आयोगका अनुसार मतगणना भइसकेका २२२ मध्ये २१९ निर्वाचन क्षेत्रको कुल मतदाता सङ्ख्या ९८ लाख २० हजार ५७१ रहेको छ। प्रत्यक्षतर्फको अन्तिम परिणाम हिजै सार्वजनिक भइसकेको छ।

Apr 21, 2008

राजाले छोडे सांस्कृतिक अधिकार र भत्ताँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले राजा सम्मानपूवक बाहिरिए सांस्कृतिक अधिकार दिइने बताउनुभएको छ। शनिबार कान्तिपुर टेलिभिजनलाई दिनुभएको एक अन्तर्वार्तामा डा. भट्टर्राईले राजा हटिदिए भत्ताको व्यवस्थासमेत हुन सक्ने बताउनुभएको छ। तर कस्तो सांस्कृतिक अधिकार र कतिन्जेलसम्मलाई भत्ता भन्ने प्रसंग भने स्पष्ट रूपमा खुलाउनुभएन।यसअघि राजाप्रति कडा आलोचक देखिँदै आएको माओवादीले राजालाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नगरेको पाइए पनि डा. भट्टर्राईले शनिबारको अन्तर्वार्तामा आदरार्थी शब्द उहाँ प्रयोग गर्नुभएको थियो।राजालाई विस्थापित गर्न विभिन्न कूटनीतिक नियोग र दरबारियासँगसमेत कुरा गर्न थालेको माओवादीको पछिल्लो भनाइले के संकेत गर्न खोजेको हो भन्ने कुरा स्पष्ट भएको छैन।राजाको सांस्कृतिक अधिकारसम्बन्धी विषयले बृहत् अर्थ राख्ने गर्दै आएको छ। यसअघि राजा सांस्कृतिक रूपमा सहभागी हुँदै आउनुभएका कार्यक्रम कटौती गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुँदै आउनुभएको अवस्था रहेको छ।

किरात याक्थुङ्ग चुम्लुङ्ग हङ्गकङ्गको महाअधिवेशन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्कङ
किरात याक्थुङ्ग चुम्लुङ्ग हङ्गकङ्गको महाअधिवेशन आउदो जुन महिनाको ८ तारिख आइतबार गर्लस् गाइड् कम्यूनिटि हलमा दिनको १ बजे देखि ७ बजे सम्म रहनेछ ।

सेनापति कटुवालको राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीलाई 'बन्दुकको बलमा सत्ता कब्जा गर्न खोज्ने अराजक समूह' भन्दै कडा आलोचना गर्दै आउनुभएका प्रधान सेनापति रूक्माङ्गत कटुवाल राजीनामा दिने मनस्थितिमा पुग्नुभएको छ । आपनै जासुसी संयन्त्रको सूचना विपरीत नेकपा माओवादीले देशव्यापी जित हासिल गरेर सरकारको नेतृत्व गर्ने भएपछि प्रधान सेनापति कटुवाल आपनो पदबाट राजीनामा दिने मनस्थितिमा पुग्नुभएको सेनापति निकट सूत्रले जनाएको छ ।

अमेरिकाले नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राज्य अमेरिकाले नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने भएको छ । सभामुख सुभाषचन्द्र नेम्वाङसंग संसद भवनस्थित कार्यकक्षमा ९ वैशाखमा भएको भेटमा अमेरिकी राजदूत नान्सी जे पावेलले उक्त जानकारी गराउनुभएको हो । नेम्वाङका अनुसार पावेलले माओवादीलाई अमेरिकी सरकारको आतंककारीको सूचीबाट हटाउने प्रक्रिया अगाडि बढाइसकिएको जनाउनुभएको छ । प्राविधिक काम सकिएलगत्तै उक्त घोषणा हुने पावेलको भनाई रहेको थियो । संविधान सभा निर्वाचनमा उल्लेख्य मत हासिल गरेको माओवादी प्रतिष्पर्धात्मक राजनीतिक प्रणालीमा आएलगत्तै अमेरिकाले उसलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने अपेक्षा गरिरहदा पावेलको पछिल्लो भनाई आएको हो । यसअघि माओवादी नेतृत्वले सूत्रहरुमार्फत् आतंककारीको सूचीबाट हटाउन आग्रह गर्दै आएका थिए । पावेलले संविधानसभाको बैठकको तयारी र भावी राजनीतिक दिशाबारे पनि चासो राख्नुभएको बुझिएको छ ।

समानुपातिक निर्वाचनको अहिलेसम्मको परिणाम

समानुपातिकतर्फ कूल सिट ३३५

1.Communist Party of Nepal (Maoists)-2978887
2.Nepali Congress-2105958
3.Communist Party of Nepal (U.M.L.)-2034601
4.Madhesi People's Rights Forum, Nepal-574916
5.Tarai Madhes Loktantrik Party-278475
6.Rastriya Prajatantra Party-244901
7.Communist Party of Nepal (M.L.)-228467
8.Sadhvawana Party-151143
9.Janamorcha Nepal-146157
10.Communist Party of Nepal (United)-143911
11.Rastriya Prajatantra Party Nepal-101782
12.Rastriya Janshakti Party-91404
13.Rastriya Janamorcha-71227
14.Nepal Workers and Peasants Party-70644
15.Federal Democratic National Forum-65956
16.Rastriya Janamukti Party-52329
17.Nepal Sadhvawana Party (Anandidevi)-49092
18.Nepali Janata Dal-41225
19.Communist Party of Nepal (Unified)-37750
20.Nepa: Rastriya Party-37054
21.Samajwadi Prajatantrik. Janata Party, Nepal-32662
22.Dalit Janajati Party-30420
23.Chure Bhawar Rastriya Ekata Party Nepal-26624
24.Nepal Pariwar Dal-21355
25.Tamsaling Nepal Rastriya Dal-19786
26.Communist Party of Nepal (Marxist)-19014
27.Nepal Lokatantrik Samajbadi Dal-18747
28.Rastriya Janata Dal-18210
29.Lok Kalyankari Janata Party Nepal-15672
30.Communist Party of Nepal (United Marxist)-15541
31.Nepal Janata Party-11590
32.Mongol National Organization-11075
33.Nepal Janavawana Party-11074
34.Shanti Party Nepal-9477
35.Rastriya Janata Dal Nepal-9334
36.Nepal Shanti Kshetra Parishad-9093
37.Rastriya Bikas Party-8296
38.Nepal Rastriya Bikas Party-7596
39.Nepal Sukumbasi Party (Loktantrik)-7218
40.Nepal Dalit Shramik Morcha-6658
41.Socialist Party of Nepal-6131
42.Muskan Sena Nepal Party-5551
43.Nepal Samyawadi Dal-4819
44.Nepali Congress (Nationalist)-4642
45.Hindu Democratic Party-4545
46.Rastrawadi Yuwa Morcha-4418
47.Nav Janawadi Morcha-4403
48.Nepal Samata Party-4242
49.Rastrawadi Ekata Party-3868
50.League Nepal Shanti Ekata Party-3856
51.Sa-Shakti Nepal-3197
52.Janamukti Party, Nepal-3189
53.Nepal Rastriya Lokatantrik Dal-2904
54.Nawanepal Prajatantrik Dal-2736

Total-----------------------------9873822

अब एक क्षेत्रको मात्र परिणाम आउन बाँकी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन अर्न्तर्गतका २४० निर्वाचन क्षेत्रमध्ये अब एउटा क्षेत्रको मात्र नतिजा आउन बाँकी छ। निर्वाचन आयोगद्वारा दिइएको जानकारीअनुसार सिरहा ३ निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ। आजसम्ममा प्रत्यक्ष निर्वाचन प्रणालीअर्न्तर्गतको सबै परिणाम सार्वजनिक भइसक्नेछ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणना पनि देशभर जारी रहेकाले भोलिसम्ममा सोको पनि परिणाम सार्वजनिक भइसक्नेछ। प्रत्यक्ष निर्वाचन प्रणालीको पछिल्लो परिणामअनुसार नेकपा (माओवादी) १२० सीटका साथ अग्रस्थानमा रहेको छ। त्यस्तै नेपाली काङ्ग्रेसले ३६ र नेकपा (एमाले)ले ३३ सीट हात पारेका छन्। यसैगरी मधेसी जनाधिकार फोरम २९, तराई मधेस लोकतान्त्रिक पार्टी नौ, सद्भावना पार्टी चार, नेपाल मजदुर किसान पार्टी दुई, जनमोर्चा नेपाल दुई, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्रले दुई सीट प्राप्त गरेका छन्।

Apr 19, 2008

नारायणहिटी छाड्न ज्ञानेन्द्रलाई ४ हप्ताको अल्टिमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं, April 18, 2008
राजतन्त्रको प्रमुख मुद्धासहित संविधानसभा निर्वाचनमा सफलता प्राप्त गरेको नेकपा माओवादी ले राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरवार छाड्न अल्टिमेटम दिएको छ । नारायणहिटी छाड्न राजा ज्ञानेन्द्रले ४ हप्ताको समय पाएका छन् । शीर्ष नारायणहिटी नछाडे जनताको नेतृत्व गर्दै माओवादीले ज्ञानेन्द्रलाई नारायणहिटी छाड्न बाध्य पार्ने चेतावनी दिएका छन् । बीबीसी नेपाली सेवाद्धारा साचालित साझा सवाल विषयक कार्यक्रममा बोल्दै माओवादी नेता डा। भटराईले यस्तो चेतावनी दिएका हुन् । उनले भने- 'संविधान सभामा नेपाली जनताले गणतन्त्र कार्यान्वयन गर्न नेपाली जनताले म्याण्डेट दिइसकेका छन् । त्यसैले राजा ज्ञानेन्द्र चार हप्ताभित्र नारायणहिटीबाट निर्मल निवास जानुपर्छ । अन्यथा जनताले उनलाई नारायणहिटीबाट निकालिदिनेछन् ।'सो कार्यक्रममा बीबीसीले नारायणहिटीबाट राजा हटेको देख्न कहिलेसम्म पर्खनुपर्ला भन्ने प्रश्न सोधेको थियो । जवाफमा माओवादी नेता भटराईले चार हप्ताको समयसीमा तोक्नुभएको हो । उहाँले योपनि भन्नुभयो- 'राजाले सोझो तरिकाले छोडेभने उनलाई सामान्य नागरिक सरह नेपालमै रहने व्यवस्था गरिनेछ ।'

Apr 17, 2008

धरहराको टुप्पोमा पौडेललाई प्रभात पुरस्कार प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
वैशाख ४ । यस बर्षको प्रभात साहित्य पुरस्कारबाट कवि एवं गीतकार रमेश पौडेललाई पुरस्कृत गरिएको छ ।दुइ दशकयता निरन्तर साहित्य सिर्जनामा तल्लिन पौडेललाई बेलायतस्थित प्रवासी नेपाली साहित्य समाजले सोमबार राजधानीमा एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो । आठ वर्ष अगाडी स्थापित समाजले हरेक वर्ष कला-साहित्यमा योगदान दिनेलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । प्राज्ञ वैरागी काइँलाले पन्ध्र हजार राशीको उक्त पुरस्कार धरहराको टुप्पोमा प्रदान गर्नुभयो । सम्भवतः पहिलोपटक धरहराको टुप्पोमा आयोजित यस्तो कार्यक्रमले नयाँ सोचका साथ नयाँ प्रयोगको थालनी भएको प्राज्ञ काइँलाले बताउनुभयो ।उहाँले नेपाली साहित्यमा प्रवासको ठूलो योगदान रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले प्रवासीएका नेपालीमा देशप्रतिको माया र जिम्मेबारी बढेको बताउनु भयो ।समाजका सदस्य मिलन चाम्लिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. गोविन्दराज भट्टराइ, मञ्जुल, श्रवण मुकारुङ, वरिष्ठ रेडियोकर्मी मेजर किशोर गुरुङ्ग, प्रभातका उपाध्यक्ष विश्वासदीप तिगेलाले प्रवाशमा नेपाली साहित्यबारे बोल्नुभएको थियो ।अतिथिहरुलाई स्वागत गीतकार जितेन्द्र चेम्जोङ र सुरेन्द्र इङनामले गर्नु भएको थियो ।पुरस्कृत कवि पौडेलले पुरस्कारले आफूलाइ साहित्य सिर्जनामा लागिरहन थप हौसला मिलेको बताउदै एउटा घरदेशको स्रष्टाले परदेशबाट पाएको माया प्रशंशनिय छ भन्नुभयो ।सोहि समारोहम व्रिटिस मिडिया नेर्टवर्क प्रा. लि. का अध्यक्ष प्रेम वेघालाई कदर पत्र प्रदान गरिएको थियो । धरहराको टुप्पोमा आयोजित सो कार्यक्रम काठमाण्डौको तारे होटलमा गरिने कार्यक्रम भन्दा निक्कै नौलो र रोचक रहेको वक्ता र अतिथिहरुको अनुभव थियो ।

१४ मतदान केन्द्रमा आज पुनः चुनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा निर्वाचन अर्न्तर्गत स्थगित गरिएका सिरहाका तीन वटा निर्वाचन क्षेत्रका १४ वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ। निर्वाचन कार्यालय, सिरहाका अनुसार सिरहा क्षेत्र नं.२ को तेनुवापट्टि गाविसको प्रावि सोहपुर क, ख मतदान केन्द्र, जिझौल गाविसको जमावि कजरा जिझौल क, ख, सिरहा क्षेत्र नं.३ को तुलसीपुर गाविस क मतदान केन्द्र, निमावि फुलबरियाको क, ख मतदान केन्द्र, सिरहा नपा-४ वडाको निमावि रजौल मखनाहा क, ख, ग, घ मतदान केन्द्र तथा सिरहा नपा वडा नं.७ को निमावि बालमन्दिर क, ख मतदान केन्द्रमा मतदान हुँदैछ। यसैगरी सिरहा क्षेत्र नं.५ को करजनाहा गाविसको बगहा प्रावि बगहा ख मतदान केन्द्रमा मतदान हुँदैछ। ती मतदान केन्द्रमा आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ। चैत २८ गते भएको संविधानसभा निर्वाचनका क्रममा ती मतदान केन्द्रमा विभिन्न कारणवस मतदान रद्द गरिएको थियो।

एमाले मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं APRIL,16
नेकपा एमालेको प्रतिनिधित्व गर्दै सरकारमा सामेल रहेका मन्त्रीहरुले आज बुधबार सामूहिक राजीनामा दिएका छन्। आफ्नो पार्टी नेकपा एमालेलाई आशातित जनादेश प्राप्त नभएको भन्दै नैतिकताका आधारमा ती मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्। परराष्ट्रमन्त्री साहना प्रधानको नेतृत्वमा गएका मन्त्रीहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष राजीनामा पेश गरेका थिए। सामूहिक राजीनामा दिईसकेपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रधानले पार्टीको आदेश र निर्णय अनुसार सामूहिक राजीनामा दिएको बताउंनुभयो। प्रम कोइरालाले राजीनामाका विषयमा पूनर्विचार गर्न आग्रह गर्नुभएको प्रधानले सञ्चारकर्मीहरुलाई बताउंनुभयो।

Apr 16, 2008

लिम्वूवानबाट प्रत्यक्ष तर्फ संम्बिधानसभामा निर्वाचित लिम्वू सांसदहरु

पढ्न सक्नु भएन भने चार्टमा क्लिक गर्नुहोस्

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संबिधानसभा निर्वाचनको प्रत्यक्षतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ। कूल २४० सिटमध्ये नेकपा माओवादीले ११९ सिट जितेर सबैभन्दा ठूलो पार्टीका रुपमा आफूलाई उभ्याएको छ भने दोश्रो र तेश्रो स्थानमा रहेका नेपाली कांग्रेसले ३३ र नेकपा एमालेले ३० सिट जितेका छन्। विभिन्न कारणले स्थगित भएका प्रत्यक्ष तर्फका २२ क्षेत्रका परिणाम आउन बाँकी छ। त्यसै गरी, समानुपातिकतर्फ नेकपा माओवादीले अग्रता लिएको छ। दोश्रो, तेश्रो र चौथोमा क्रमशः एमाले, कांग्रेस र मधेसी जनअधिकार फोरम रहेका छन्।

Apr 14, 2008

Election Winners Result - 2064

Limbuwan.Blogspot.Com,Kathmandu

ACHHAM
Constituency No: 1-Sher Bahadur Kunwar-UML-20495 (Winner)
Constituency No: 2-Sharad Singh Bhandari-Maoists-10806 (Winner)

BHAJANG
Constituency No:2-Shanker Bahadur Khadka-Maoists-13895 (Winner)

BHAKTAPUR
Constituency No: 1-Narayan Man Bijukche-NWPP-19889 (Winner)
Devendra Shrestha-Maoists-9600
Krishna Sundar-NC-7004

Constituency No: 2-Sunil Prajapati-NWPP-18100 (Winner)
Lekh Nath Neupane-NC-10302
Ganesh Bahadur Khatri-UML-8505

BAITADI
Constituency No: 1-Narendra Bahadur Kunwar-Maoists-27130 (Winner)
Constituency No: 2-Renu Chanda( Bhatta)-Maoists-27130 (Winner)

BAJURA-Dev Raj Joshi-NC-18130 (Winner)

BANKE
Constituency No:1-Tilik Pariyar-Maoists-16087 (Winner)
Constituency No:2-Md Istiyak Rai-MJF-11470 (Winner)
Constituency No:3-Sarba Dev Ojha -MJF-17955 (Winner)
Constituency No:4-Purna Kumari Subedi-Maoists-13884 (Winner)

BARA
Constituency No:1-Saroj Yadav -Sadhavawna-8182(Winner)
Constituency No:2-Shiva Chandra Prasad Kushwaha-Maoists-10991(Winner)
Constituency No:3-Pramod Prasad Gupta-MJF-10369 (Winner)
Constituency No:4-Jitendra Sonal -Maoists-15109(Winner)
Constituency No:5-Uma Kant Chaudhary -NC-15487(Winner)
Constituency No:6-Jaya Ram Dahal -Maoists -15109 (Winner)

BARDIYA
Constituency No: 1-Sarala Regmi -Maoists-17955 (Winner)
Constituency No: 2-Bishnu Pd. Chaudhari -Maoists-17851 (Winner)
Constituency No: 3-Santa Kumar Tharu -Maoists-23663 (Winner)
Constituency No: 4-Ram chanran Chaudhary-Maoists-24444 (Winner)

BHOJPUR
Constituency No:1-Padam Rai-Maoists-15769(Winner)
Constituency No:2-Sudan Rai-Maoists-17578(Winner)

CHITWAN
Constituency No: 1-Lilimani Chaudhari -UML-17971 (Winner)
Constituency No: 2-Ram Bd. Thapa-Maoists-21409 (Winner)
Constituency No: 3-Narayan Prashad Dahal-Maoists-17804 (Winner)
Constituency No: 4-Chitra Bd. Shrestha -Maoists-23942 (Winner)

DADELHURA
Constituency No:1-Sher Bahadur Deuba-NC-20529 (Winner)

DANG
Constituency No: 1-Indrajit Tharu-Maoists-18091 (Winner)
Constituency No: 2-Dama Kumar Sharma -Maoists-20194 (Winner)
Constituency No: 3-Krishna Bahadur Mahara-Maoists-20492 (Winner)
Constituency No: 4-Shiva Raj Gautam-Maoists-18854 (Winner)
Constituency No: 5-Sushma Sharma Ghimira-Maoists-17062(Winner)

DAILEKH
Constituency No:2-Raj Bahadur Budha-UML-10803 (Winner)

DHANKUTA
Constituency No: 1-Hemraj Bhandari-Maoists-17997(Winner)
Constituency No: 2-Hemraj Limbu -Maoists-12299(Winner)

DANUSHA
Constituency No:1-Ram Chandra Jha-UML-6189(Winner)
Constituency No:2-Ram Krishna Yadav-NC-9825(Winner)
Constituency No:3-Bimalendra Nidhi -NC-15582(Winner)
Constituency No:4-Sanjay Kumar Shah -MJF-13422 (Winner)
Constituency No:5-Dr. Rambaran Yadav-NC-10392 (Winner)
Constituency No:6-Ram Kumari Yadav -Maoists-11570(Winner)
Constituency No:7-Satrudhan Mahato-UML-2295 (Winner)

DHADING
Constituency No:2-Kalpana Dhamala -Maoists-20730 (Winner)
Constituency No:3-Shalik Ram Jamarkatel-Maoists-16468(Winner)

DOLKHA
Constituency No:1-Devi Khadka -Maoists-22182 (Winner)
Constituency No:2-Hem Bahadur Shrestha-Maoists-18793 (Winner)

DOTI
Constituency No:1-Harka Bahadur Singh-UML-14506 (Winner)
Constituency No:2-Khem Bahadur Bom-Maoists-10929 (Winner)

GORKHA
Constituency No: 1-Parwati Thapa-Maoists-40606 (Winner)
Constituency No: 2-Dr Baburam Bhattarai-Maoists-46272 (Winner)
Constituency No: 3 -Amar Bahadur Gurung (Tamu)-Maoists-14151 (Winner)

GULMI
Constituency No: 1-Sudarshan Baral-Maoists-14165 (Winner)
Constituency No: 2-Pradip Kumar Gyawali-UML-23253 (Winner)
Constituency No: 3-Chandra Bd. Thapa (Sagar)-Maoists-16138 (Winner)

HUMLA
Constituency No: 1-Karna Jeet Budhathoki-Maoists-13318 (Winner)

ILAM
Constituency No: 1-Jhalanath Khanal-UML-17655 (Winner)
Constituency No: 2-Subhash Nembag-UML-17748 (Winner)
Constituency No: 3-Kul Bahadur Gurung-NC-16286 (Winner)

JAJARKOT
Constituency No: 1-Kali Bahadur Malla -Maoists-12917(Winner)
Constituency No: 2-Bhakta Bahadur Shah-Maoists-11938(Winner)

JHAPA
Constituency No:1-Dharma Prasad Ghimire-Maoists-15273 (Winner)
Constituency No:2-Gauri Shanker Khadka-Maoists-18580 (Winner)
Constituency No:3-Purna Prasad Rajbansi-Maoists-14189 (Winner)
Constituency No:4-Dharmashila Chapagai-Maoists-8745 (Winner)
Constituency No:5-Keshab Kumarbudhathoki-NC-12996 (Winner)
Constituency No:6-Deepak Karki -UML-13186 (Winner)
Constituency No:7-Vishwadip Lingden Limbu-Maoists-16098 (Winner)

JUMLA
Constituency No: 1-Naresh Bhandari-Maoists-21126 (Winner)

KALIKOT
Constituency No:1-Khadga Bd. Bishwokarma -Maoists-29569 (Winner)

KAILALI
Constituency No:1-Rupa Chaudhary -Maoist-22140(Winner)
Constituency No:2-Bhagat Bahadur Baduwal -Maoist-13587(Winner)
Constituency No:3-Bir Man Chaudhary -Maoist-19739(Winner)
Constituency No:4-Krishna Kumar Chaudhary -Maoist-27457(Winner)
Constituency No:5-Lekh Raj Bhatta-Maoist-13199(Winner)
Constituency No:6-Lila Kumari Bhandari -Maoist-14825(Winner)

KANCHANPUR
Constituency No:1-Puran Rana Tharu-Maoists-10649(Winner)
Constituency No:2-Devi Lal Chaudhari-Maoists-18283 (Winner)
Constituency No:3-Tekendra Prasad Bhatta-Maoists-15076 (Winner)
Constituency No:4-Sher Bahadur Deuba-NC-12824 (Winner)

KAPILBASTU
Constituency No:1-Deep Kumar Upadhaya (Lamichhani)-NC-12997 (Winner)
Constituency No:2-Dan Bd. Chaudhari -TMDP-8434 (Winner)
Constituency No:3-Brijesh Gupta-TMDP- (Winner)
Constituency No:4-Ishwar Mishra-TMDP-12580 (Winner)
Constituency No:5-Abhishek Pratap Shah -MJF-(Winner)

KATHMANDU

Constituency No: 1
Prakash Man Singh-NC-14318 (Winner)
Pradip Nepal-UML-6789
Ramman Shrestha-Maoists-4836

Constituency No: 2
Jhaku Prasad Subedi-Maoists-13858 (Winner)
Madhav Kumar Nepal-UML-12324
Dipak Prasad Kuinkel-NC-10776

Constituency No: 3
Chakra Bahadur Thakuri-NC-12970 (Winner)
Rameshwor Fuyal-UML-9549
Manu Humagai(K.C)-Maoists-7371

Constituency No: 4
Suprabha Ghimire-NC-13451(Winner)
Vidhya Devi Bhandari-UML-9842
Pawan Man Shrestha-Maoists-9225

Constituency No: 5
Narhari Acharya-NC-9356 (Winner)
Deependra Prakash Maharjan -Maoists-5927
Ishwor Pokhrel-UML-6606

Constituency No: 6
Hit Man Shakya-Maoists-7891 (Winner)
Yogesh Kumar Bhattarai-UML-7170
Bhimsen Das Pradhan-NC-6290

Constituency No: 7
Hisila Yami Bhattarai-Maoists-9273 (Winner)
Rajendra Prasad Shrestha-UML-6114
Pramila Singh Dangol-NC-5680

Constituency No: 8
Nabindra Raj Joshi-NC-11005 (Winner)
Asta Laxami Shakya-UML-4680
Swaruttam Das Dangol-Maoists-4466

Constituency No: 9
Dhyangovinda Ranjit-NC-12501 (Winner)
Maila Lama Tamang-Maoists-12292
Krishna Gopal Shrestha-UML-12194

Constituency No: 10
Pushpa Kamal Dahal (Prachanda)-Maoists-20499 (Winner)
Rajendra Kumar K.C-NC-11103
Sanu Kumar Shrestha-UML-6216

KASKI
Constituency No: 1-Dev Pd. Gurung -Maoists-17409 (Winner)
Constituency No: 2-Raj Kaji Gurung-Maoists-14832 (Winner)
Constituency No: 3-Rabindra Adhikari -UML-13388 (Winner)
Constituency No: 4-Durga Kumari BK -Maoists-14866 (Winner)

KAVAREPALANCHOWK
Constituency No:1-Surya Man Dong Tamang-Maoists-27471 (Winner)
Constituency No:2-Akkal Bahadur Thing-Maoists-16207 (Winner)
Constituency No:3-Krishna Prasad Sapkota-UML-16595 (Winner)
Constituency No:4-Tej Bahadur Mijar-Maoists-22076 (Winner)

KHOTANG
Constituency No:1-Ram Kumar Rai -Maoists-15376 (Winner)
Constituency No:2-Samita Karki -Maoists-10951 (Winner)

LALITPUR

Constituency No: 1
Barsha Man Pun-Maoists-15325 (Winner)
Uday Shamsher Rana-NC-14011
Madhu Sudan Poudel-UML-9784

Constituency No: 2
Raj Kaji Maharjan-Maoists-16610 (Winner)
Chandra Maharjan-NC-14839
Siddhi Lal Singh-UML-10579

Constituency No: 3
Pumpha Bhusal-Maoists-18930 (Winner)
Raghuji Panta-UML-10632
Mohan Shyam Poudel-NC-10251

LAMJUNG
Constituency No:1-Buddhi Ram Gurung-Maoists-4498 (Winner)
Constituency No:2-Prithivi Subba Gurung-UML-18376 (Winner)

MAKAWANPUR
Constituency No: 1-Dil Bd. Ghising-Maoists-21027 (Winner)
Constituency No: 2-Prem Bd. Pulami -Maoists-16976 (Winner)
Constituency No: 3-Pralhad Lamichhane-Maoists-18513 (Winner)
Constituency No: 4-Kumari Muktan-Maoists-14020 (Winner)

Manang
Dev Pd. Gurung-Maoists-1652 (Winner)

MAHOTTARI
Constituency No:1-Giriraj Mani Pokhrel-Janmorcha-10194 (Winner)
Constituency No:6-Sarad Singh Bhandari-MJF-6862 (Winner)

Mugu
Navaraj Dhami-Maoists-10103 (Winner)

Mustang
Chandra Bd. Gurung-UML-2456 (Winner)

Myagdi
Govinda Paudel-Maoists-23102 (Winner

MORANG
Constituency No:1-Amod Prasad Upadhaya-NC-11962 (Winner)
Constituency No:2-Lalbahadur Sushling Magar-Maoists-16567 (Winner)
Constituency No:3-Sabitri Kumar Kafle-Maoists-14070 (Winner)
Constituency No:4-Ramanand Mandal-MJF-9894 (Winner)
Constituency No:5-Upendra Yadav-MJF-27508 (Winner)
Constituency No:6-Bhim Lal Chaudhari-MJF-10250 (Winner)
Constituency No:7-Bijay Kumar Gachadhar-MJF-18416 (Winner)
Constituency No:8-Gopi Bahadur Sarki (Achhami)-Maoists-14375 (Winner)
Constituency No:9-Nagendra Bahadur Dhimal-Maoists- 14930 Winner)

NAWALPARASI
Constituency No:1-Shashank Koirala-NC-17430 (Winner)
Constituency No:2-Mahendra Dhoj GC-NC-12166 (Winner)
Constituency No:4-Chunak Kurmi-Maoists-10155 (Winner)
Constituency No:5-Ram Bachan Yadav-MJF-13641 (Winner)
Constituency No:6-Hriyadesh Tripathi-TDMP-10028 (Winner)

NUWAKOT
Constituency No:2-Dr. Ram Sharan Mahat -NC-17442 (Winner)
Constituency No:3-Post Bahadur Bogati-Maoists-16735 (Winner)

OKHALDUNGA
Constituency No: 1-Keshab Rai-Maoists-11635 (Winner)
Constituency No: 2-Bal Krishna Dhungel-Maoists-11069 (Winner)

PALPA
Constituency No: 1-Dal Bd. Rana -UML-19185 (Winner)
Constituency No: 2-Lila Kumari Wagle-Maoists-8970 (Winner)
Constituency No: 3-Kul Pd. Nepal -UML-12562 (Winner)

PANCHTHAR
Constituency No: 1-Purna Kumar Sherma-NC-11250 (Winner)
Constituency No: 2-Damber Singh Sambahamphey-UML-12401 (Winner)

PARBAT
Constituency No:1-Arjun Prasad Joshi-NC-13298 (Winner)
Constituency No:2-Gunakhar Bashyal-Maoists-15679 (Winner)

PARSA
Constituency No:1-Karima Begam-MJF-9201 (Winner)
Constituency No:2-Ajay Kumar Duwedi-NC-9201 (Winner)
Constituency No:3-Ajay Kumar Chaurishya-NC-9201 (Winner)
Constituency No:4-Pradhumna Prasad Chauhan-UML-9201 (Winner)

PYUTHAN
Constituency No:1-Narayan Prasad Adhikari-Maoists-13096 (Winner)
Constituency No:2-Deepak Bahadur K.C-Maoists-12857 (Winner)

RASUWA
Prem Bd. Tamang-Maoists-11127(Winner)

RAMECHHAP
Constituency No:1-Taranath Shrestha -Maoists-19910 (Winner)
Constituency No:2-Dilliman Tamang-Maoists-31138 (Winner)

ROLPA
Constituency No:1-Jayapuri Gharti Magar-Maoists-22937(Winner)
Constituency No:2-Pushpa Kamal Dahal (Prachanda)-Maoists-26265 (Winner)

RUKUM
Constituency No:1-Jun Kumari Rokha (Oli)-Maoists-17850 (Winner)
Constituency No:2-Janardhan Sharma-Maoists-9806 (Winner)

RUPANDEHI
Constituency No:1-Ghanshyam Yadav -Maoists-12630 (Winner)
Constituency No:2-Om Prakash Gulzari-MJF-10612 (Winner)
Constituency No:3-Balkrishna Khad -NC-16790 (Winner)
Constituency No:4-Bishnu Poudal -UML-15880 (Winner)
Constituency No:5-Ramnath Dhakal-UML-11080 (Winner)
Constituency No:6-Om Prakash Yadav-MJF-12710 (Winner)
Constituency No:7-Md Wakil Ansari-MJF-8120 (Winner)

RAUTAHAT
Constituency No:1-Baban Singh -Independent-9201 (Winner)
Constituency No:2-Md. Aftad Alam-NC-17107(Winner)
Constituency No:6-Devendra Prasad Patel -Maoists-10133(Winner)

SALYAN
Constituency No:1-Tek Bahadur Basnet-Maoists-16969 (Winner)
Constituency No:2-Umakanta Sharma-Maoists-12565 (Winner)

SANKHUWASABHA
Constituency No:1-Purna Prasad Rai-Maoists-12948 (Winner)
Constituency No:2-Damber Bahadur Khadka-UML-10870 (Winner)

SARLAHI
Constituency No:1-Prakash Pakhrin-UML-12726 (Winner)
Constituency No:2-Mohammed Rijwan Ansari-UML-9190 (Winner)
Constituency No:4-ajendra Mahato-Sadhbhawan-15660 (Winner)

SAPTARI
Constituency No:1-Renu Kumar Yadav -MJF-9156 (Winner)

SINDHUPALCHOWK
Constituency No:1-Raj Kumar Shrestha-Maoists-21320 (Winner)
Constituency No:2-Aagni Prashad Sapkota-Maoists-30175 (Winner)
Constituency No:3-Dawa Tamang-Maoists-8774 (Winner)

SOLUKHUMBU
Constituency No:1-Gopal Kirati-Maoists-19095 (Winner)

SUNSARI
Constituency No:1-Kiran Rai-Maoists- (Winner)
Constituency No:3-Bijay Kumar Gachhedar-MJF-23769 (Winner)
Constituency No:4-Mugalal Mahato-MJF-19945 (Winner)
Constituency No:5-Upendra Yadav -MJF-23934 (Winner)

SURKHET
Constituency No:2-Yamlal Kandel-UML- 16297 Winner)
Constituency No:3-Nar Bd. Bista -Maoists-17729 (Winner)

SYANGJA
Constituency No:1-Heet Kaji Gurung-UML-14561(Winner)
Constituency No:2-Gopal Man Shrestha-NC-17246(Winner)
Constituency No:3-Mohan Prasad Pandey-NC-1607(Winner)

SINDHULI
Constituency No:2-Chandra Prasad Gajurel-Maoists-18265 (Winner)
Constituency No:3-Nir Kumari Kunwar-Maoists-14944 (Winner)

SIRAHA
Constituency No:4-Shatrughan Prasad Yadav-MJF-11779 (Winner)

SINDHULI
Constituency No:1-Bismalal Adhikari -UML-12058 (Winner)
Constituency No:2-Chandra Prasad Gajurel-Maoists-18398 (Winner)
Constituency No:3-Nir Kumari Kunwar-Maoists-14944 (Winner)

TAPLEJUNG
Constituency No: 1-Surya Man Gurung-NC-8719 (Winner)
Constituency No: 2-Damber Dhoj Tumbahamfe-UML-8628 (Winner)

TANAHU
Constituency No: 1-Suresh Ale Magar -Maoists-17744 (Winner)
Constituency No: 2-Ram Chandra Paudal-NC-15110 (Winner)
Constituency No: 3-Kiran Gurung -UML-14786 (Winner)

TEHRATHUM
Constituency No:1-Tulasi Subba-NC-19113 (Winner)

UDAYPUR
Constituency No:1-Narayan Khadka-NC-14668 (Winner)
Constituency No:2-Mani Khumbu Kirati -Maoists-12742 (Winner)
Constituency No:3-Mohan Bd. Khatri -Maoists-14775 (Winner)

Apr 13, 2008

ने.क.पा एमाले सरकारबाट फिर्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संबिधानसभा निर्वाचनमा लज्जास्पद पराजयको सामना गर्नु परेको नेकपा एमालेले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। आज बसेको स्थायी समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो। त्यसैगरी, माधवकुमार नेपालले महासचिवको पदबाट राजीनामा दिएपछि कार्यवाहक महासचिवका रुपमा अमृत बोहोराले जिम्मेवारी लिने भएका छन्। माधवकुमार नेपालको राजीनामा भने केन्द्रीय कमिटीको आगामी बैठकमा पेश गरिने जनाएको छ। सो अवधिमा बोहोरा कार्यवाहक सभापतिका रुपमा रहने छन्। त्यसैगरी आज बसेको स्थायी समितिको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई सामूहिक रुपमा फिर्ता गराउने निर्णय गरेको छ।यो निर्वाचनमा एमालेका शीर्ष तथा प्रभावशाली नेताहरु एकपछि अर्को गर्दै पराजित भएका छन् भने एमालेका लालकिल्ला भनिने कयौं ठाउंहरुबाट एमालेले पराजयको सामना गर्नु परेको छ।

भरतमोहन अधिकारी र केपी ओली पनि पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका अर्का प्रभावशाली नेता भरतमोहन अधिकारी पनि माओवादीसंग पराजित भएका छन्। अधिकारी मोरङ क्षेत्र नं. २ मा माओवादी उम्मेदवार लालबहादुर सुस्लिङ मगरसंग पराजित भएका हुन्। मगरले १६,५६७ र अधिकारी १२,५३७ मत प्राप्त गरेका छन्। यो निर्वाचनमा एमालेका लालकिल्ला भनिने क्षेत्रहरुमा माओवादीहरुले कव्जा गरेका छन्। एमालेका वरिष्ठ र प्रभावशाली नेताहरु एकपछि अर्को गर्दै पराजित हुन थालेपछि एमाले नेतृत्वमा संकट देखिन थालेको छ भने एमालेको भविष्यप्रति चिन्ता बढ्न थालेको छ।एमालेका अर्का प्रभावशाली नेता केपी शर्मा ओली पनि पराजित भएका छन्। उनी झापाको क्षेत्र नं. ७ मा माओवादी उम्मेदवार विश्वदीप लिङदेल लिम्बूसंग पराजित भएका हुन्। लिम्बूको मत १६,०९९ र ओलीको मत १४,९५९ ।

Apr 12, 2008

सुशिल कोइराला पनि पराजित, कोइरालाद्वारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिलप्रसाद कोइरालाद्वारा आफ्नो पराजयसंगै राजीनामा। देश भर कांग्रेसको लज्जास्पद हार भएकोले नैतिकताको आधारमा राजीनामा। कोइराला फोरमका उम्मेदवार सर्वदेव प्रसाद ओझाबाट बाँके क्षेत्र नं. ३ मा पराजित भएका हुन्।

नेकपा एमालेका महासचिव नेपालद्वारा महासचिव पदबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संबिधानसभा निर्वाचनमा लज्जापूर्ण पराजयपछि नेकपा एमालेका महासचिव माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका छन्। काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका नेपाल माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीसंग १५३४ को मत अन्तरले पराजित हुनु भएको थियो। माओवादीले एमालेसंग पटक पटक गरेको चुनावी तालमेलको आग्रहलाई एमालेले लत्याई दिएका थिए। यता एमालेका शीर्ष नेताहरु पराजित हुंदै जाँदा उता माओवादीको पक्षमा चुनावी परिणामहरु देखिन थालेका छन्। नेकपा एमालेका प्रभावशाली नेताहरु क्रमिक रुपले पराजित हुन थाले पछि एमाले नेतृत्वमा संकट देखिएको छ। एमाले नेतृत्वले चुनावी रणनीतिलाई राम्ररी अध्ययन गर्न नसकेकाले एमालेले हारको सामना गर्न परिरहेको छ भने महासचिव नेपालले आफूहरुबाट हुन नसकेको सही निर्णयका कारण पार्टी र जनतालाई पर्न गएको असरलाई मध्य नजर राख्दै नेपाली महासचिव पदबाट राजीनामा दिएका छन्।

Apr 11, 2008

मतगणना झापा क्षेत्र नं १,५ र ७ अपडेट

लिम्वूवान डट व्लगस्पोट डटकम,दमक
झापा क्षेत्र नं १
नेकपा माओवादी - धर्म घिमिरे - ६,३९६
नेकपा एमाले - नरेश खरेल - ५,५६६
नेपाली काँग्रेस - नरेन्द्रविक्रम नेम्बाङ - ५,३९२
झापा क्षेत्र नं ५
नेपाली काँग्रेस - केशब बुढाथोकी - ५,३५३
नेकपा माओवादी - हर्क खड्का - ५,२६८
नेकपा एमाले - तारासम यङया - ४,३८८
झापा क्षेत्र नं ७
नेकपा माओवादी - सुरेश लिङदेन - ८,३०५
नेकपा एमाले - केपी ओली - ७,७१२
नेपाली काँग्रेस - महेन्द्रा सुब्बा - ७,०७२
बाँकी अपडेटको लागि limbuwan.blogspot.com लग अन गर्दै रहनुहोला ।

हालसालै प्राप्त पछिल्ला निर्वाचनको ताजा परिणाम २०६४

Limbuwan.blogspot.com,Kathmandu
निर्वाचनको ताजा परिणाम
दलगत चुनावी 240 मा परिणाम 239 सिट गणना भइसक्यो
नेकपा (माओवादी) - 120
नेपाली कांग्रेस -37
नेकपा एमाले - 33
मधेशी जनाधिकार फोरम - 29
तराई मधेश लोकतान्त्रिक पार्टी - 9
सद्‌भावना पार्टी -4
नेपाल मजदुर किसन पार्टी- 2
जनमोर्चा नेपाल - 2
स्वतन्त्र - 2
राष्ट्रिय जनमोर्चा - १

1. नेकपा (माओवादी)का विजयी उम्मेदवारहरूः
मनाङ, देब गुरुङ
काठमाडौं २, झक्कुप्रसाद सुबेदी
काठमाडौं ६, हितमान शाक्य
काठमाडौं ७, हिसिला यमी
काठमाडौं १०, पुष्पकमल दाहाल (प्रचण्ड)
ललितपुर १, बर्षमान पून मगर
ललितपुर २, राजकाजी महर्जन
ललितपुर ३, पम्फा भुसाल
दाङ १, इन्द्रजीत थारु
दाङ २, दामाकुमारी शर्मा
दाङ ३, कृष्णबहादुर महरा
दाङ ४, शिवराज गौतम
वर्दिया १, सरला रेग्मी
वर्दिया २, विष्णुप्रसाद चौधरी थारु
वर्दिया ३, सन्तकुमार थारू
वर्दिया ४, रामचरण चौधरी (थारु)
धनकुटा १, हेमराज भण्डारी
धनकुटा २, हरिराज लिम्बु
रसुवा १, प्रेमबहादुर तामाङ
जुम्ला १, नरेश भण्डारी
गुल्मी १, सुदर्शन बराल
गुल्मी ३, चन्द्रबहादुर थापा सागर
पाल्पा ३, लिलाकुमारी बगाले सोमाई
कास्की ४, दुर्गाकुमारी विक
गोरखा १, पार्वती थापा
गोरखा २, डा. बाबुराम भट्टराई
चितवन २, रामबहादुर थापा बादल
चितवन ४, चित्रबहादुर श्रेष्ठ
मकवानपुर १, दिलबहादुर घिसिङ,
मकवानपुर २, प्रेमबहादुर पुलामी
मकवानपुर ३,पल्हाद लामिछाने,

2. नेपाली कांग्रेसका विजयी उम्मेदवारहरू
काठमाडौं १, प्रकासमान सि‌ह
काठमाडौं ३, चक्रबहादुर ठकुरी
काठमाडौं ४, सुप्रभा घिमिरे
काठमाडौं ५, नरहरि आचार्य
काठमाडौं ८, नबिन्द्रराज जोशी
काठमाडौं ९, ध्यानगोविन्द रञ्जित
स्याङ्जा २, गोपालमान श्रेष्ठ
रूपन्देही ३, बाल कृष्ण खाँड

3. नेकपा एमालेका विजयी उम्मेदवारहरू
इलाम १, झलनाथ खनाल
इलाम २, सुभाष नेम्वाङ
झापा ६, दीपक कार्की
मुस्ताङ १, चन्द्रबहादुर गुरुङ
संखुवासभा २, डम्बरबहादुर खड्का
लमजुङ २, पृथ्वीसुब्बा गुरूङ
कास्की ३, रविन्द्रप्रसाद अधिकारी
स्याङ्जा १, हितकाजी गुरूङ
तनहूं ३, किरण गुरूङ
पाल्पा १, दलबहादुर राना,
पाल्पा २, कुलप्रसाद नेपाल
रूपन्देही ४, बिष्णु पौडेल
रूपन्देही ५, रामनाथ ढकाल
धनुषा ७, शत्रुधन महत्तो
सर्लाही २, मुहम्मद रिजवान अन्सरी
काभ्रेपलान्चोक ३, कृष्णप्रसाद सापकोटा
चितवन १, लालमणि चौधरी
गुल्मी २, प्रदीपकुमार ज्ञवाली
4. नेपाल मजदुर किसन पार्टीका विजयी उम्मेदवारहरू
भक्तपुर १, नारायणमान बिजुक्छे
भक्तपुर २, सुनिल प्रजापति

5. मधेशी जनाधिकार फोरम
बाँके ३, सर्वदेवप्रसाद अ‍ोझा
रुपन्देही ७, मुहम्मद वकिल मुसलमान

Apr 10, 2008

आज बिहीबार मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली जनताको भाग्य रेखा कोर्ने नयाँ संविधान निर्माण गर्न आज बिहीबार मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन सम्पन्न हुँदै छ। नेपालको ऐतिहासिक संविधानसभा निर्वाचनका लागि १ करोड ७६ लाख ११ हजार ८ सय ३२ जना मतदाता सहभागी रहने छन्। निर्वाचन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नेपालभरका कुल ९ हजार ८ सय २१ स्थानमा राखिएका २० हजार ८ सय ९० निर्वाचन केन्द्रमा मतदान गर्नेछन्।निर्वाचन आयोगले संविधानसभा निर्वाचन सफल बनाउनका लागि २ लाख ३४ हजार कर्मचारी परिचालन गरेको छ। त्यसैगरी ८ हजार ५ सय ६८ मतदाता स्वयंसेवक, २ सय ४० अनुगमनकर्ता र ४ हजार ७ सय २९ सहजकर्ता गरी १३ हजार ५ सय २९ जनालाई पनि परिचालन गरेको छ।

Apr 9, 2008

निर्वाचनपूर्व नै विजयी भएको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
निर्वाचन प्रचार प्रसारको अन्तिम दिन सोमबार नेकपा माओवादीले पनि धरानमा प्रदर्शन गरेको छ । दिउासो १२ बजेदेखि भानुचौकबाट शुरु भएको प्रदर्शन छाताचौक, लक्ष्मीचौक हुादै फेरि भानुचौकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादीका सुनसरी १ नं. क्षेत्रका इञ्चार्ज तथा कोचिला राज्य समितिका सदस्य मुक्साहाङ मेयाङबोले नेपाली जनताको गणतन्त्रको चाहानालाई माओवादीले मात्र पूरा गर्नसक्ने बताए । अन्य पार्टीहरुभन्दा आफ्नो पार्टीको दृष्टिकोण स्पष्ट भएकाले अबको नेपालको नेतृत्व माओवादीले गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नं. १ का प्रत्यक्षतर्फका उम्मेद्वार किरणकुमार राईले नेकपा माओवादीको स्पष्ट नीतिका कारण विजय सुनिश्चित भएको बताए । यो निर्वाचनको विषयवस्तुतर्फ दलहरुलाई माओवादीले नै ल्याएकाले माओवादी यसअघि नै विजयी भइसकेको बताए । निर्वाचनको अन्त्यमा धाधली हुन सक्नेतर्फ सचेत गराउादै कोही त्यसैगरी आए प्रतिकार गर्न आग्रह गरे । कार्यक्रममा समानुपातिकका उम्मेद्वार अकलबहादुर मेयाङबोले एमालेको किल्ला भत्काएर माओवादीले आफ्नो बनाउने बताउनुभयो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको - प्रेस विज्ञाप्ति


इतिहासमै पहिलो पटक नेपालमा संविधानसभाको निर्वाचन भोलि (२८ चैत्र) सम्पन्न हुन गइरहेको छ ।यो ऐतिहासिक अवसरमा अढाइसय वर्षेखि कुनै पनि संविधानले सम्बोधन नगरिएका नेपालका आदिवासी जनजाति, तर्राईवासी, दलित, महिला, अल्पसंख्यक आदि लगायत सम्पूर्ण नेपाली जनतालाई नयाँ उत्साहका साथ सहभागिताको लागि हार्दिक आव्हान गर्दछौ ।संविधानसभाको निर्वाचन निश्पक्ष, स्वच्छ र धाँधलीरहित ढंगले राज्यले गराउनु पर्दछ र यस अवसरमा सम्पूर्ण नेपाली जनताहरुले निर्धक्क र उत्साहकासाथ निवार्च नमा भाग लिन हामी आग्रह गर्दछौ । यो ऐतिहासिक संविधानसभालाई सफल बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः 'दापसिहतको खुकुरी' चुनाव चिन्ह लिएर आएको यहाँहरुलाई विधितै छ ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च राजतन्त्रको समूल अन्त्यसहित जातीय ऐतिहासिक पृष्ठभूमि, भाषा र क्षत्रे का आधारमा नेपालको पनु संरचना गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी 'नयाँ नेपालको लागि नया संविधान' भन्ने नारा लिएर आएका छौ ।यस्तो ऐतिहासिक अवसरमा मञ्च संविधानसभा विरुद्ध हुने हत्या, हिंसा, विस्फोट, आगजानी, अपहरण जस्ता सबै खाले क्रियाकलापहरुको घोर विरोध र भर्त्सना गर्दछ ।पुनः सम्पूर्ण नेपाली जनतालाई निर्धक्क र उत्साहका साथ संविधानसभाको निर्वाचनमा सहभागिताको लागि हार्दिक आव्हान गदछौ । र भोलि सम्पन्न हनु गइरहेको संविधानसभाको निर्वाचनमा सम्पूर्ण नेपाली जनताले विवेक पुर्याएर मतदान गर्न हार्दिक अनुरोध गर्दछौ ।
धन्यवाद !
.................................
(खगेन्द्र माखिम)
सचिवालय सदस्य
मितिः २०६४/१२/२७

गायक महेश शिल्पकारको पहिलो गीतिसंग्रह आहृवानको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नव गायक महेश शिल्पकारको पहिलो प्रस्तुति स्वरुपको गीती एलबम ‘आहृवान’को हिजो बेलुकी जोर्डनस्थित कँगन रेस्टुरेन्टमा सँगीतमय वातावरणमा विमोचन
गरिएको छ । आदिवासी गीतकार समाज हङकङको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत केशव प्रसाद भट्टराईको हातबाट गीती एलबम आहृवान विमोचित भएको थियो । आदिवासी गीतकार समाज हङकङको आफ्नो औपचारिक गठनपछिको यो पहिलो कार्यक्रम थियो । समाजका सचिव अशोक राईबाट सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले गरेका थिए । विशेष अतिथिमा हङकङ नेपाली महासँघका नव निर्वाचित अध्यक्ष हेम लिम्बू र अन्य अतिथिहरुमा यनआरयन एसिया प्यासिफिक सँयोजक गणेश इजम, आदिवासी जनजाति महासँघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, श्रष्टा अतिथिमा सँगीतकार दिनेश सुब्बा, सँगीतकार तथा गायक नागेन्द्र श्रेष्ठ र गीतकार रामकृष्ण बान्तवासहित हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टँक सम्वाहाम्फे, अनेसास हङकङ च्याप्टरका अध्यक्ष पसन तमू, सृसासका सँस्थापक सचिव नरेश सुनुवार आदि थिए । सृसासका अध्यक्ष हाङयुग अज्ञातले स्वागत मन्तव्य दिएका थिए । आदिवासी गीतकार समाजले भविष्यमा फैलिएर जाओस भन्दै उपस्थिति अतिथिहरुलाई स्वागत गरेपछि अलि बेग्लै किसिमले पहिले प्रमुख अतिथि महावाणिज्यदूतको मन्तव्यको पालो राखिएको थियो । प्रमुख अतिथिपछि लगत्तै विशेष अतिथि महासँघका अध्यक्ष, यनआरयनको एसिया प्यासिफिक सँयोजक, जनजाति महासँघका अध्यक्ष, सँगीतकार सुब्बा, गीतकार बान्तवा र गायक महेश शिल्पकारले आआफ्ना मन्तव्यहरु दिएका थिए । उक्त औपचारिक कार्यक्रमको विर्सजन गर्ने क्रममा सभाका अध्यक्ष प्रदीप कन्दङवाले आदिवासी गीतकार समाज, हङकङको बारेमा छोटो चर्चा गर्दै एलबम आहृवान एउटा राम्रो तथा श्रवणीय एलबम भएको बताएका थिए । सम्पूर्ण वक्ताहरुले गायक शिल्पकारलाई वधाइ दिई भविष्यमा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
गीती एलबमको विमोचनको उक्त कार्यक्रममा सँगीतकार तथा गायक नागेन्द्र श्रेष्ठले प्रत्यक्ष साँगीतिक कार्यक्रम सञ्चालन गरेका थिए । उक्त चरणमा विभिन्न गीतहरु नागेन्द्र, महेशबाट गाइएका थिए । एलबम आहृवानमा नागेन्द्र श्रेष्ठबाट ७ वटा, दिनेश सुब्बाबाट २ वटा र न्हू बज्राचार्यबाट २ वटा गीतहरुमा सँगीत भरिएको छ । गीतकार रामकृष्ण बान्तोवाका ६ वटा, भूपेन्द्र खड्काका ३ वटा र राई चन्द्र दुमीका एउटा गीतमा शब्दहरु रहेका छन् ।
कार्यक्रम दिइएको समयभन्दा लगभग दुर्इ घण्टा ढिलो शुरु भएको भए पनि कार्यक्रम विहानीको ०४ बजेसम्म चलेको थियो । अनौपचारिक चरणमा विभिन्न कविहरुले कविता वाचन पनि गरेका थिए ।

Apr 6, 2008

गोर्खालीहरूको सम्झनामा नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं, चैत २३
पहिलो र दोस्रो विश्वयुद्धमा बहादुरी कमाएका र वीरगति पाएका गोर्खालीहरूको सम्झनामा शनिबार 'पुर्खा दिवस' मनाइएको छ । चार वर्षघि हङकङबाट मनाउन थालिएको उक्त दिवस नेपालमा पहिलोचोटि आयोजना गरिएको हो । 'पहिलो र दोस्रो विश्वयुद्धमा गरी सत्तरी हजार गोर्खा (नेपाली) ले ज्यान गुमाएका थिए,' गोर्खा भूतपूव सैनिक संघ (गेसो) का महासचिव महेन्द्रलाल र्राईले भने । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) द्वारा आयोजित अन्तक्रिर्यामा उनले थपे, 'एक मृतक बराबर तीन जना घाइते हुने युद्धको सिद्धान्तअनुसार दुइ लाख दस हजार जना घाइते भएका थिए ।' विश्वयुद्धमा १ लाख ४० हजार गोर्खाली खाली हात फर्काइएका थिए । त्यही जनशक्तिलाई नेपाली कांग्रेसले उपयोग गरी २००७ सालको क्रान्ति सफल तुल्याएको गेसोले जनाएको छ ।अंग्रेज र भारतलाई खुसी पार्न १८१४ सालबाट नेपाली युवाहरू भाडाका रूपमा भर्ती गर्ने क्रम सुरु भएको हो । 'गाउमा रहेका युवाहरूलाई जबरजस्ती भर्ती जान उर्दी जारी गर्ने गर्थे,' अवकाशप्राप्त बेलायती सैनिकसमेत रहेका र्राईले भने । गोरा र नेपाली सैनिकबीच तलब, सुविधा, पेन्सन आदिमा विभेद गरिएकाले गेसोले डेढ दशकदेखि 'समानताको लर्डाईं' जारी राखेको उनले जनाए ।'हामीलाई बेचिएको हो तर गद्दामा पर्‍यौं,' बेलायती सेनामा कार्यरत सैनिक तथा साहित्यकार विश्वासदीप तिगेलाले भने- 'लाहुरे भनेका कडा हृदय भएको, मर्ने र मार्नेबाहेक केही जान्दैनन्' भन्ने मान्यता आज बदलिएको छ ।' त्यहा कार्यरत गोर्खाली सैनिकहरू अहिले खुला विश्वविद्यालयमार्फ उच्च अध्ययनमा जुटिरहेको उनले जनाए ।चलचित्रकर्मी नवीन सुब्बाले गोर्खा सैनिकलाई 'बहादुर र शूरवीर' को उपमा दिएर राजनीतिक स्वार्थसिद्धि गरिएको बताए । 'शूरवीरको पगरी दिएर बेलायत र नेपाल सरकारले राजनीतिक स्वार्थपूर्ति गर्दै आएका छन्,' उनले भने ।

हङकङमा पुर्खादिवस भव्य रुपमा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई / अप्रेल ५, २००८
अप्रेल ५ तारिखका दिन प्रथम तथा दोश्रो विश्ययुद्ध एवं अन्य युद्धहरुमा मृत्युवरण गरेका पुर्खाहरुको स्मरणमा विगत ४ वर्षेखि हङकङमा आयोजना हुँदै आएको पुर्खादिवस यसपालि पनि बृहत नेपालीहरुको उपस्थिति एवं जनचासोका साथ गोर्खा सिमेट्री हङकङमा सम्पन्न भएको छ । कार्यक्रममा हङकङका सरकारी तथा नीजि विद्यालयका विधार्थीहरु, तिनका अभिभावक, विभिन्न सरकारी विद्यालयका प्रधानध्यापक, शिक्षक तथा स्थानीय नेता, भूपू सैनिकहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विश्वव्यापी रुपमा पुर्खादिवस सम्पन्न गर्दै लैजाने क्रमममा काठामाण्डौमा पनि आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा पहिलो पटक पुर्खादिवस सम्पन्न भएको छ । यता हङकङमा भने 'आत्माबलिदानी पुर्खाहरुलाई सधैँ सम्मानले सम्झौँ ।' भन्दै पुर्खादिवस २००८ सम्पन्न भएको थियो । कार्यक्रममा दोश्रो विश्य युद्धमा हताहत भएका पुर्खाहरुको नामावली रहेको समाधि पुस्तक अंक ३ समेत र्सार्वजानिक गरिएको थियो । गत वर्षप्रथम विश्वयुद्धमा हताहत भएका पुर्खाहरको नामावली तथा समाधिस्थलका बारेमा जानकारी समेटिएको समाधि अंक २ र्सार्वजानिक गरिएको थियो ।
स्थानीय विद्यालयहरुमा पुर्खादिवसलाई विद्यालयको वाषिर्क कार्यक्रम बनाइएको कारणले विद्यालयहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयहरुका विधार्थीहरुले तयार पारेका पुर्खा सम्बन्धि लेख रचनाहरका पाठ गर्नुका साथै उनीहरुले तयार पारेका लगभग ३ सय प्रोजक्ट वर्कहरु, विभिन्न युद्धका तस्बीरहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
पुर्खाहरुको सम्मानकालागि पुष्पगुच्छा अर्पण गरिएको थियो । यसरी पुष्पगुच्द्धा अर्पण गर्नेहरुमा आयोजकका साथै भूपू सैनिक संघका अध्यक्ष तथा अन्यपदाधिकारीहरु, हङकङ नेपाली महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीहरु, पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रिन्सिपल तथा भाइस प्रिन्सिपल एवं विधाथीहरु, पीके कलेजका शिक्षक तथा विधार्थीहरु, आइकेटी कलेजका शिक्षक तथा विधार्थीहरु, तुनकुन प्राथमिक विद्यालयका शिक्षक तथा विधार्थीहरु, डेलिया मेमोरियल स्कुलका विधार्थीहरु, सर एलिस कादुरी स्कुलका विधार्थीहरु, सगरमाथा किन्डर गार्टेनको प्रिन्सपल, शिक्षकहरु विधार्थी तथा तिनका अभिभावकहरुले सम्मानका साथ क्रम अनुसार पुष्प गुच्छा अर्पण गरेका थिए ।
गोर्खा सिमेट्री ट्रष्टको आयोजनामा तथा हङकङ नेपलीज फाउण्डेशनको संयोजन सम्पन्न भएको पुर्खादिवस २००८ कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष हेम तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू अतिथि रहनु भएको कार्यक्रममा गोर्खा समाधिस्थल रहेको सान तिन रुरल कमिटिका अध्यक्ष तथा डिष्ट्रिक काउन्सिलर मान फु वानको पनि उपस्थिति रहेको थियो । पुर्खालाई सम्मान चढाउने क्रममा उहाँले आफुले गोर्खाहरुसँग बिताएको क्षणहरुको स्मरण गर्दै समाधिस्थल संरक्षण तथा यसको विकासमा सहयोग गर्ने आश्वासन दिनु भएको थियो । उहाँले आफ्नो मन्तव्यको क्रममा गोर्खा सिमेट्री ट्रष्टसँग काम गरिरहेको जानकारी दिनु भएको थियो ।
ट्रष्टका अध्यक्ष एकराज र्राईले सम्बोधन गरेपछि शुभारम्भ भएको पुर्खादिवस २००८ लाई हेम तामाङ, हेम लिम्बूले समेत सम्मान मन्तव्य व्यक्त गर्नु भएको थियो । हङकङ शिक्षा विभागबाट प्रायोजित पुर्खादिवसमा आउन जानकालागि युनलङबाट ६ वटा बसको निशुल्क व्यवस्था गरिएको थियो । कार्यक्रम २ बजेदेखि शुभारम्भ भई ४ बजे समाप्त भएको थियो ।
आयोजक गोर्खा सिमेट्रीज ट्रष्टले पुर्खादिवसलाई विभिन्न देशहरुमा पनि सम्पन्न गर्दै लैजानकालागि पहल गर्ने एवं विशेष दुइ समरमा हताहत भएका गोर्खाहरुको स्मरणमा काठमाण्डौमा एक स्तम्भतल खडा गर्न पहल गर्ने जानकारी दिएको छ । यस वर्षमलेसिया तथा अष्ट्रेलियामा समेत पुर्खादिवस मनाइएको थियो । आगामी वर्षा युके तथा अन्यदेशहरुमा समेत आयोजना हुने भएको छ । पुर्खाहरुलाई सम्झने एक विशेष दिनको रुपमा यसको विकास गर्नु पर्ने अवधारण अगाडि बढ्ने अनुमान गरिएको छ ।

Apr 4, 2008

प्रायः उम्मेदवार जनजाति सुनसरी-१ मा

लिम्वूवान डट व्लगस्पोट डटकम,सुनसरी,
चैत २० - सुनसरी-१ मा अधिकांश दलले संविधानसभा निर्वाचनमा जनजातीय उम्मेदवार उठाएका छन् । एमालेका पूर्वनगरप्रमुख मनोजकुमार मेयाङ्बो, नेकपा माओवादीका किरण र्राई, जनमोर्चा नेपालका अशोक र्राई, नेकपा एकीकृतका राजेश बान्तवा, संघीय लिम्बुवान राज्यपरिषद्का स्वणिर्म हाङफोम्बो उम्मेदवार छन् । जनजातिकै मत पाउने अधारमा राप्रपाले मिनकुमार सुब्बालाई उम्मेदवार बनाएको छ ।
धरानमा जनसंख्या अनुपात जनजातीय बहुल छ । जनगणना तथ्यांकअनुसार यहा र्सवाधिक र्राई १८ हजार ५ सय, लिम्बु १३ हजार ५ सय, नेवार १० हजार ४ सय, गुरुङ २ हजार २ सय, मगर ३ हजार ३ सय, तामाङ ६ हजार ६३ को संख्यामा छन् । तथ्यांकले जनजातिको बाहुल्यता देखाए पनि यहाबाट हङकङ र बेलायत गएकाको संख्या पनि ठूलै छ ।
जनजातिको चर्को नारा दिने जनमुक्ति पार्टी भने दलितबाट रमेश गजमेरलाई उम्मेदवार बनाएको छ । कांग्रेसकी उमा बास्तोला एकमात्र महिला उम्मेदवार छिन् । यहा नेपाल सद्भावना पार्टी गोवर्धन साह पनि प्रतिस्पर्धामा छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ति


संविधानसभाको निर्वाचन हुन केहि दिन मात्र बाँकी रहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केही उमेदवारहरूलाई अज्ञात समुहबाट बारम्बार उमेदवारी फिर्ता लिन टेलिफोन धम्की दिने र मञ्चको चुनावी प्रचारप्रसारलाई जवर्जस्त रोक्ने दुश्प्रयास भइरहेकाले मञ्च सबै निकायलाई ध्यानाकर्षा गराउन चाहन्छ ।
संघीय लोकातान्त्रिक राष्ट्रिय मञ्चका सम्बद्ध संगठनहरू संघीय लिम्बुवान राज्य परिषद्, तामाङसालिङ स्वायत्त राज्य परिषद् र संयुक्त थारु रारिष्ट्रय मोर्चा -थरुहट स्वायत्त राज्य परिषद्) का उमेदवारहरू अहिले संविधानसभा निर्वाचनको मैदानमा रहेका छन् । यसरी चुनावी मैदानमा रहेका उमेदवारहरूलाई धम्की दिएर अढाइ्सय वर्षछि नेपालको राजनीतिमा एउटा वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीलाई गर्भमै तुहाउने गम्भीर षडयन्त्रको शुरुवात भएको छ ।
नेपाली राजनीतिमा मञ्चको उपस्थितिले अतालिएका प्रतिकृयावादी, सामन्तवादी, कथित ठूला र क्रान्तिकारीहरू संविधानसभाको निर्वाचनमा मञ्चको विजयलाई जवर्जस्त रोक्न यस्ता अति तल्लो स्तरको निक्रिष्ट कार्य गरिरहेको मञ्चको ठहर छ । नेपालका आदिवासी जनजाति, तराइवासी, दलित, महिला, अल्पसंख्यक लगायत सम्पूर्ण जनताको मुक्तिका लागि स्थापित संघीय लाके तान्त्रिक राष्टिय्र मञ्चले संविधानसभा जस्तो आफ्नो लागि आफै संविधान लख्ने जाने विधीमा सहभागी हनु बाट बञ्चित गराउन जनु षडयन्त्र हनु थालेको छ, त्यसबारेमा गम्भीर आपत्ति जनाउदै यस्तो खाले कृयाकलाप राक्ने र
कडा कार्यवाहीका लागि नेपाल सरकारलार्इ आगह्र गर्दै सम्पूर्ण मानवअधिकारवादी, प्रेस सबैलाई ध्यानाकषर्ण गराउन चाहन्छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च शान्तिपूर्ण स्वच्छ र धाँधलीरहित संविधानसभाका पक्षमा रहेकाले संविधानसभा विरुद्ध हुने सबैखालका क्रियाकलापहरूको पूर्ण बिरोध गर्दछ र सम्पूर्ण नेपाली जनता तथा राजनीतिक दलहरूलाई संयमित ढंगले धैर्यतापूर्वक संविधानसभा सम्पन्न गर्न हार्दिक आग्रह गर्दछ ।
.................................
(खगेन्द्र माखिम)
सचिवालय सदस्य
मितिः २०६४/१२/२२

Apr 2, 2008

वुटुवल नारायणघट सडक खण्डमा जनमुक्तिको जिप दुर्घटना, ३ मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
राष्ट्रिय जनमुक्ति पार्टीले नवलपरासी क्षेत्र न १ रतनपुर गाविसमा वुधवार चुनवी आमसभामा जीप लिएर जाँदै गर्दा वुटुवल नारायणघट सडक खण्डमा जिप दुर्घटना भई ३ जना कार्यकर्ताको मृत्यु भएको छ भने देड दर्जन कार्यकर्ताहरु सक्‍त घाइते भएका छन्।

चुम्लुङ महासचिवसंग लिम्वुवान संगठनहरुको भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२३ मार्च २००८ को वेलुका कियाचु हङकङको जनजागरण कायृक्रमको लागि हङकङ आउनु भएको अवसरमा कियाचु नेपालको महासचिव योगराज वनेम लिम्वुसंग
हङकङको लिम्वुजन्य संगठनहरु लिम्वुवान राष्ट्रिय मोर्चा र लिम्वुवान विकास परिषदको संयुक्त आयोजनामा उहा"को सम्मानमा जोर्डनस्थित चेलीवेटीमा रात्रिभोज कार्यक्रमको साथै लिम्वुवान स्वायत्तता राज्य प्राप्ति सम्वन्धमा व्यापक छलफल भएको थियो ।
महासचिवले छलफलको क्रममा नेपालमा भैरहेको आन्दोलन र लिम्वुवान स्वायत्त सवालमा नेपालमा व्यापक कार्यहरु भैरहेको वताउनु भयो । साथै लिम्वुवानको प्रतेक ९ जिल्लाहरुमा लिम्वुवान राज्यको वोर्ड राख्दै जाने निर्णय भएको वताउनु भयो । उहा"ले सवैलाई लिम्वुवानमा र्फकेर कार्य गर्न पनि आग्रह गर्नुभयो ।
लिम्वुवान विकास परिषदको अध्यक्ष प्रकाश यक्सोले ऐतिहासिक आधारमा लिम्वुवान क्षेत्रीय मोडालिटीमा निर्माण गर्न सकिने वताउनु भयो । त्यस्तै लामो समयदेखि लिम्वुवानको आवाज वोकेर हिड्नु हुने वीर नेम्वाङ पनि पानथर क्षेत्र नं. २ वाट उमेरद्वार हुनु भएकोमा उहा"लाई सवैले मतदान गर्नु र्सार्थकता रहने वताउनुभयो ।
जनजाति महासंघको अध्यक्ष भुपेन्द्र चेम्जोङले जातीय स्वायत्त चीनमा जनसंख्या
थोरै भएपनि आदिवासीको नाममा स्वायत्त राज्य भएको र नेपालमा पनि सम्भव हुने कुरा वताउनुभयो । अमन सोदेम्वा लिम्वुले रेकर्ड अनुसार मेचे, कोचे, राजवंशीको राज्य तथा आदिवासीको हैसियत आसामर् इण्डियामा भएको, लेप्चाहरुको सिक्किममा भएको, मधेसीहरुको मध्यदेश तथा विहार इण्डियामा भएको वताउनुभयो ।
सञ्चालनको क्रममा लिरामो महासचिव अविचन्द्र इङनामले लिम्वुवान आन्दोलनलाई सवै मिलेर उत्कर्षा पुर्याउनु पर्ने आग्रह गर्नुभयो ।
वोल्ने क्रममा लिरामोको अध्यक्ष दिल पालुङवा लिम्वुले अहिले लिम्वुवान आन्दोलनको क्रममा लिम्वुवानमा धेरै संगठनहरु भएतापनि सवैको एउटै उद्धेश्य लिम्वुवान राज्य प्राप्ति भएकोले सवै एकै ठाउ भएर अर्थात लिम्वुवान सञ्जालमा आवद्ध भएर लाग्नुपर्ने वताउनु भयो । उहाले लिम्वुवान संगठनहरु र सरकार विच भएको सम्झौतालाई लिरामोको आलोचनात्मक र्समर्थन रहेको र अव हुने संविधानको चुनावमा अवरोध नगर्ने र संविधानसभाले लिम्वुवान राज्य ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदान गर्ने कुरामा विश्वास गर्नुभयो । यदि सरकारले धोका दिएमा आफनो आन्दोलन जारी राख्दै अवस्था हेरि आन्दोलनको रणनितीहरु तय गर्दै जाने जानकारी गराउनुको साथै सवैलाई अहिलेदेखिनै संवेदनशील भएर लागिरहन आग्रह गर्नुभयो । त्यस्तै लिम्वुवान आन्दोलनको क्रममा कसैले दार्जिलिङको सुवास घिसिङ जस्तो नहुन चेतावनी दिनुभयो ।
वोल्ने क्रम गणेश इजम, नवराज काम्वाङ, हस्त मास्वा, नरकुमारी लिम्वु आदिले पनि गर्नुभएको थियो ।