News

Jul 31, 2010

प्रधानमन्त्री चयन अप्ठेरो मोडमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १५ - नयाँ प्रधानमन्त्रीका लागि संसद्‍मा भएको मतदानमा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्नेभन्दा तटस्थ बस्नेहरू 'शक्तिशाली' भएपछि नयाँ सरकार गठन अप्ठेरो मोडमा पुगेर अड्केको छ। पटक-पटकका चुनावमा कुनै पनि उम्मेदवारको प्रस्तावले स्पष्ट बहुमत पाएका छैनन्। प्रधानमन्त्रीका दुईजना उम्मेदवार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका रामचन्द्र पौडेलमध्ये एकले बहुमत नपाएसम्म चुनाव दोहोर्‍याइरहनुपर्ने कानुनी चक्रमा मुलुक फसेको छ। प्रधानमन्त्री चयनका लागि साउन १७ गते सोमबार अपराह्न ४ बजे तेस्रोपटक चुनाव हुँदैछ। यसअघिका दुई चुनावमा दाहाल र पौडेल दुवैको प्रस्ताव पराजित भइसकेको छ। संसद्मा प्रतिनिधित्व गर्ने २५ मध्ये २० दल तटस्थ बसेका कारण प्रधानमन्त्री चयन हुन नसकेको हो। ५ सय ९९ सदस्य रहेको व्यवस्थापिका-संसद्बाट प्रधानमन्त्री चुनिन संसद्‍मा भएको मतदानमा कम्तिमा तीन सयको समर्थन जुटाउनुपर्छ।

सुनसरी-मोरङमा दुई दिनदेखि विद्युत् आपूर्ति बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, १४ साउन : सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा दुई दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् आपूर्ति नहुँदा यस क्षेत्रका करिब पाँच सय उद्योगबाट उत्पादन हुन सकेको छैन । मोरङ व्यापार संघका अनुसार बिहीबार दिउँसोदेखि भारतको कटैयाबाट आयात गरिएको विद्युत् आपूर्ति बन्द भएको हो । संघका अध्यक्ष महेश जाजूले विद्युत् आपूर्ति नहुँदा जेनेरेटरबाट केही उत्पादन गरे पनि खर्चिलो भएकाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
भारतको कटैयाबाट आपूर्ति हुने ६५ मेगावाट विद्युत्को फारबिसगन्ज, कटिहार र किसनगन्ज सबस्टेसनमा राखिएका ट्रान्सफरमर बिग्रेपछि विद्युत् आपूर्ति हुन नसकेको प्राधिकरण दुहवी गि्रडका प्रमुख लक्ष्मी मुखियाले जानकारी दिए । तर, विद्युत् आपूर्ति व्यवस्था मिलाउन प्राधिकरणका क्षेत्रीय प्रमुख गणेश राज र जिल्ला प्रमुख सच्चिदानन्द यादवलाई सम्पर्क गर्न खोजे पनि उनीहरू नभेटिएको अध्यक्ष जाजूले गुनासो गरे । उनीहरू जिल्लाबाहिर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैदेशिक रोजगारमा जानेलाई परिचयपत्रको व्यवस्था

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रम तथा यातायात व्यवस्था मन्त्रालयले गैरकानुनी रुपमा बैदेशिक रोजगारमा जाने कार्य निरुत्साहित गर्न परिचयपत्र (आइडी कार्ड) को व्यवस्था गर्ने भएको छ।बैदेशिक रोजगारीका लागि जाने व्यक्तिलाई उसको परिचय खुल्ने कार्ड उपलव्ध गराइनेछ। यस्तो कार्ड सरकारी अनुमतिपत्र लिएर विदेश जाने कामदारले मात्र पाउने छन् ।परिचयपत्रमा कामदारको नाम, ठेगाना, उमेर उल्लेख गरिनेछ। पठाउने कम्पनीको नाम, ठेगाना, गएको मुलुक, लिने कम्पनी वा म्यानपावर एजेन्सी, कामको किसिमसमेत परियचपत्रमा उल्लेख गरिनेछ।श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद अफ्ताव आलमले परिचयपत्र वितरणपछि गैरकानुनी रुपमा विदेश जाने प्रवृत्तिमा सुधार आउने विश्वास गरेको बताएका छन् ।अहिलेसम्म विदेश जाने कामदारका लागि राहदानीबाहेक अन्य परिचय खुल्ने कागजात दिइने गरिएको छैन । राहदानीमा सबै कुरा उल्लेख नहुने र सधैं बोकेर हिंड्दासमेत सहज नहुने भएकाले छुट्टै परिचयपत्र उपलव्ध गराउन लागिएको हो । उक्त परिचयपत्र कामदारले सधैं बोकेर हिड्न मिल्ने प्रकारको बनाइनेछ।पछिल्लो तथ्याङ्कअनुसार करिब १७ लाख नेपाली सरकारी स्वीकृति लिएर विश्वका विभिन्न मुलुकमा काम गर्न पुगेका छन् । गैरकानुनी रुपमा जानेको संख्या पनि यही हाराहारीमा रहेको अनुमान गरिएको छ। गैरकानुनी रुपमा विदेशिने कामदारबाट सरकारले राजश्व लिन सक्दैन । यस्ता कामदारको विदेशमा मृत्यु भए वा अंगभंग भएमा सरकारले राहत तथा क्षतिपुर्ति पनि उपलव्ध गराउंदैन । अधिकांश नेपालीहरु भारतीय मार्ग हुँदै गैरकानुनी रुपमा तेस्रो मुलुक पुग्ने गरेका छन् ।

मुख्य सहित पाँच सचिवले कोसीको निरीक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा, श्रावण १५ - कोसीमा पानीको उतारचढाव र बिभिन्न स्थानमा कटान भइरहेका बेला नेपाल सरकारका मुख्य सचिव माधब घिमिरे सहित अन्य चारजना सचिवले शनिबार कोसी क्षेत्रको निरीक्षण गरेका छन् । भारतीय मन्त्री र उच्च अधिकारीहरुको कोसी तटबन्ध र ब्यारेजको सुरक्षाप्रति गम्भिरता बढीरहेका बेला आज नेपाल सरकारका मुख्य सचिव सहित उच्च अधिकारीहरुले कोसीको पुर्वी तटबन्धको अनुगमन गरेका हुन् ।
मुख्य सचिब सहितको टोलीले चतरादेखि कोसी ब्यारेज सम्मको पूर्वी तटबन्धको अनुगमन गर्नुका साथै कटान लागेको सुनसरीको पुल्थेगौडा क्षेत्रको पनि निरीक्षण गरेका थिए । टोलीमा मुख्य सचिव घिमिरेका अतिरिक्त सामान्य प्रसासन सचिव वालानन्द पौडेल , मन्त्री परिषद सचिवालयका सचिव लिलामणी पौडेल , सिंचाइ सचिव उमाकान्त झा र राष्ट्रिय सर्तकता केन्द्रका सचिव ताना गौतमसमेतको सहभागिता रहेको सुनसरीका स्थानिय बिकास अधिकारी प्रेम भटराइले जानकारी दिए ।

'एक मधेश एक प्रदेश' माओवादीलाई अमान्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १५,मधेशवादी दलले माग गरेको एक मधेश एक प्रदेशको नीति मान्य नहुने अडान माओवादीले राखेको छ। सिहंदरबारस्थित मधेशी जनाधिकार फोरमको संसदीय दलको कार्यालयमा भएको बैठकमा उसले मधेशवादी दलले राखेको एक मधेश एक प्रदेशको नीति स्वीकार्य नहुने स्पष्ट पारेको हो। माओवादी र मधेशवादी दलबिच मधेशवादी दलले राखेको प्रस्तावमाथि छलफल गर्न डाकिएको बैठक भर्खरै सकिएको छ।

सरकारले नियमविपरीत १० सचिव दरबन्दी कटौती गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ साउन : सरकारले नियमविपरीत १० सचिव दरबन्दी कटौती गर्ने निर्णय गरेको भन्दै सहसचिवहरूले आन्दोलन गर्ने तयारी गरेका छन् । सरकारले चार सचिवको पद कटौती गरिसकेको छ भने बाँकी ६ पद कटौती गर्ने नीतिगत निर्णय गरिसकेको छ । सो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै सहसचिवहरूले हस्ताक्षर अभियान थालेका छन् । निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् ।
यसअघि कानुन सेवाका सचिवलाई प्रशासन सेवामा ल्याउन लागिएको भन्दै सहसचिवहरू आन्दोलित भएका थिए । उनीहरूको आन्दोलनपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।
सरकारले सामान्य प्रशासन मन्त्रालयकै अगुवाइमा सचिव दरबन्दी कटौती गर्ने निर्णय गरेको हो । सो निर्णयका विरुद्ध सामान्यकै सहसचिवहरू पनि हस्ताक्षर अभियानमा लागेका छन् । सामान्य प्रशासन मन्त्रालयका सहसचिव उद्वव बाँस्कोटा, डा. हरि दाहाल तथा भूमिसुधार मन्त्रालयका सहसचिव लालमणि जोशीलगायतले हस्ताक्षर अभियान थालेका हुन् ।
कामचलाऊ सरकारले मुक्तकमैया पुनस्र्थापन केन्द्रीय समिति, शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय, काठमाडौं महानगरपालिका र मन्त्रिपरिषद् कार्यालयमा रहेको सचिव पद खारेज गर्ने निर्णय गरेको छ । दुई-दुईवटा सचिव रहेका शिक्षा, संस्कृति, अर्थ, स्थानीय विकास, भौतिक योजना तथा निर्माण र स्वास्थ्य मन्त्रालयमा पनि एक-एक सचिव पद खारेज गर्ने नीतिगत निर्णय गरेको छ । आन्दोलनको तयारीमा लागेका एक सहसचिवका अनुसार मुख्य सचिव माधव घिमिरेले नीतिगत रूपमा सचिव कटौती गरिएको स्थानमा पुनर्विचार गर्ने आश्वासन सहसचिवहरूलाई दिएका छन् । घिमिरेले यस सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरिने र त्यसको सुझाबका आधारमा थप निर्णय लिइनेसमेत बताएको ती सहसचिवले जानकारी दिए । उनले भने, 'मुख्य सचिवले दिएको आश्वासनलाई केही समय कुर्छौँ, पूरा नभए कडा आन्दोलन गर्छौँ।'

जिप दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परासी,नवलपरासीको पहाडी अर्खला गाउँ विकास समितिमा आज जिप दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । अर्खलाबाट दलदलेतर्फ आइरहेको लु१ज १८८० नम्बरको जिप सडकबाट एककिलोमिटर तल खसेर दुर्घटना भएको हो ।ग्रामीण भेकका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव भएकाले घाइतेको प्राथमिक उपचार गर्नसमेत कठिनाइ भएको छ ।दुर्घटनामा परी मृत्युहुने आठजनामध्ये अहिलेसम्म तीनजनाको सनाखत भएको छ । मृत्यु हुनेमा स्थानीय नीमप्रसाद रानाभाट, उनका नाती सौरभ रानाभाट र सोही स्थानका सूर्य प्रसादकी श्रीमती रहेको बताइएको छ ।घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत दलदलेबाट ३० किमी टाढा ग्रामीण भेकमा पर्दछ । घटनाको विस्तृत विवरण आउन सकेको छैन ।दुर्घटना परी आठजनाको मृत्यु भएको स्थानीयवासीले जानकारी गराए पनि अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेका कारण यसको पुष्टि भने हुन सकेको छैन ।

Jul 30, 2010

मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङको अधिवेशन सर्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/राई चन्द्र दुमी
मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङ (बुद्धि थापा) मनोजजंग थापासंग जोडिएर मिडीयाहरुमा चर्चामा आएपछि मोर्चाले एक पत्रकार सम्मेलन सम्पन्न गरेको छ । मोर्चाले अन्जु पन्त र हाँस्यब्यंग कलाकार शुसील थापा मगरलाई हङकङ ल्याएर एक च्यारेटी सो गर्दा बुद्धि थापा (क्षत्री) ले मोर्चालाई ठगी गरेकोबारे सही साँचो कुराको जानकारी गराउँन मोर्चाले पत्रकार सम्मेलन गर्नु परेको अध्यक्ष बसन्त थापा (मगर) ले जानकारी गराउँनुभयो । साथै कारणवस् मगर मुक्ति मोर्चा हङकङको अगष्ट १तारीख भनिएको प्रथम अधिवेशन अगष्ट १५ तारीख दिन २ बजे देखि सात बजे सम्म हुने जानकारी टेलिफोन मार्फत जानकारी गराउँनु भयो । अधिवेशनमा सहभागी हुन सभासद सुरेश आले मगर बिशेष अतिथि,प्रमुख अतिथि सन्तोष बुढा मगर,अतिथिहरुमा सुरेश आले मगर र बषन्त घर्ती मगर हङकङ आउँदै हुनुहुन्छ ।

संघिय लिम्बुवान राज्य परिषदले हङकङमा वृहत कार्यक्रम गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/नबराज काम्बाङ्ग
यही अगष्ट २२ गते “ नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान, ऐक्यवद्धताको आव्हान ” भन्ने शिर्षकमा वृहत गोलमेच सम्मलेलन कार्यक्रम मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा हुने भएको छ । सो कार्यक्रममा लिम्बुवानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरु र विभिन्न संगठनका प्रतिनिधहिरुलाई उपस्थितिको लागि परिषदको तर्फवाट हार्दिक अनुरोध गरिएको छ । वक्ताहरुलाई वोल्ने समय १५ मिनेट मात्र भएको जानकारी अनुरोध गरिएको छ ।

माओवादीद्वारा मोर्चाका मागबारे लिखित प्रतिबद्धता तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ साउन,प्रधानमन्त्रीका लागि तेस्रोपटक हुने निर्वाचनमा समर्थन जुटाउन माओवादीले संयुक्त लोकतान्त्रिक मोर्चाको अवधारणापत्र कार्यान्वयनबारे लिखित प्रतिबद्धता तयार पारेको छ । गोप्य राखिएको प्रतिबद्धतापत्रलाई मोर्चाले सकारात्मक रूपमा लिने र समर्थन गर्ने माओवादी विश्वास छ ।मोर्चालाई बुझाउने प्रतिबद्धतापत्र तयार गर्न माओवादीले केही दिनदेखि गृहकार्य थालेको भए पनि बिहीबार बसेको पदाधिकारी बैठकले अन्तिम रूप दिएको हो । प्रतिबद्धतापत्र दिएपछि सरकार गठनमा मोर्चाको समर्थन हुने माओवादी अपेक्षा छ । प्रतिबद्धतापत्र भने माओवादीले मोर्चालाई बुझाइसकेको छैन ।
'हामीले तयार पारेको प्रतिबद्धतापत्र मोर्चाले सकारात्मक रूपमा लिने अपेक्षा गरेका छौँ,' माओवादी स्थायी समिति सदस्य सिपी गजुरेलले बिहीबार नयाँ पत्रिकासँग भने, 'उहाँहरू -मधेसवादी दल) ले राखेको माग सम्बोधन भएकै आधारमा समर्थन गर्ने हो भने हामीलाई समर्थन नगर्ने कारण देखेका छैनौँ ।'
माओवादीले मधेसी मोर्चाले अगाडि सारेका मुद्दासँग आफ्नो पार्टीका मुद्दा पनि नजिक रहेको, कांग्रेस र मोर्चाबीच आधारभूत विषयमा समेत भिन्नता रहेको भन्दै समर्थनको अपेक्षा गरेको छ । 'कांग्रेससँग मोर्चाको आधारभूत विषयमा नै मतभिन्नता छ,' माओवादी सचिवसमेत रहेका गजुरेलले भने, 'यस्तो अवस्थामा माग सम्बोधन गर्ने माओवादी नै हो ।'
आफ्नो उम्मेदवार विजय गराउन माओवादीलाई ६३ मतको खाँचो छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा फोरम, फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावनाका ८२ सभासद् छन् । मधेसी मोर्चाको समर्थनबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री चयन हुने सम्भावना रहेको माओवादीले जनाएको छ । 'यो सम्भावना पूरा गर्न सक्नुपर्छ भन्ने हाम्रो सोचाइ छ,' माओवादीका एक स्थायी समिति सदस्यले बताए ।
प्रतिबद्धतापत्रमा के छ ?
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले विगतमा माओवादीले तयार पारेको सहमतिको आधारपत्र र मधेसी मोर्चासँग भएका छलफलका आधारमा प्रतिबद्धतापत्र तयार भएको बताए । मोर्चाले संविधान निर्माण, शान्तिप्रक्रिया र मधेसका मुद्दासमेत समेटिएको तीनबुँदे अवधारणापत्र सार्वजनिक गरेको थियो ।
माओवादीले मधेसी मोर्चाका मागमध्ये केही मुद्दामा असहमति राखेको छ भने केही मुद्दामा विकल्प दिएको स्रोतले बतायो । माओवादीले एक मधेस एक प्रदेश, सेनामा समूहगत प्रवेश, बहुलवाद, सेना समायोजनको अवधि र मापदण्डलगायतका विषयमा असहमति जनाएको छ ।
माओवादीले प्रतिबद्धतापत्रमा 'एक मधेस एक प्रदेश' नभई तराई मधेसभित्र एउटा 'मधेस प्रदेश' बनाउन सकिने संकेत दिएको छ । 'बहुलवाद' मा असहमति जनाउँदै माओवादीले बहुदलीय प्रतिस्पर्धामा आफ्नो सहमति रहने जनाएको छ । माओवादीले समायोजनको मापदण्ड अलग्गै हुने र सेना समायोजन संविधान घोषणपूर्व गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।
सेनामा समूहगत प्रवेशबारे पनि माओवादीको असहमति छ । सेनाको लोकतान्त्रीकरणसँग उसलाई समावेशीकरण गरेर लैजाने नीतिअनुसार समावेशीको सिद्धान्तका आधारमा मधेसी समुदायको प्रतिनिधित्व गराउने माओवादी भनाइ छ । समावेशी सिद्धान्तका आधारमा भर्ना गरेपछि सेनाभित्र मधेसी सेनाको छुट्टै इकाइ वा गण गठन गर्न सकिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
मधेसी मोर्चाको आवधारणापत्रमा सरकारले विगतमा मोर्चासँग गरेको आठबुँदे सहमतिको कार्यान्वयन, एक मधेस एक प्रदेश, राज्यका हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता, सेनामा समूहगत प्रवेश, संविधानसभाबाट आगामी चैतभित्र संविधान निर्माण, चार महिनाभित्र माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

सोभराजले १४ वर्ष जेलमा बिताउनु पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १४- शुक्रवार सर्वोच्च अदालतको फैसलापछि अन्तरार्ष्ट्रिय रुपमा 'बिकिनी किलर' र 'सिरियल किलर'को उपनाम पाएका ६६ वर्षे सोभराजको अझै १४ वर्ष जेलमा बिताउनु पर्ने भएको छ। भारतीय बाबु र भियतनामी आमाबाट जन्मिएका सोभराजले अहिलेसम्म १२ व्यक्तिको हत्या गरेको अभियोगमा विभिन्न मुलुकमा दर्ता छन्। सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका सोभराजका अपराध नेपालमा मात्र सीमित छैनन्। सन् १९७६ देखी १९९७ सम्म उनी भारतको तिहार जेलमा बन्दी थिए। उनी भारतीय जेलवबाट भागेपछि पेरिसमा सेलिब्रेटी सरहको जीवन बिताइरहँदा नेपाल आइपुगेका थिए। हत्या अभियोगमा काठमाडौं प्रहरीद्वारा समातिएका सोभराजलाई अगष्ट १२, २००४ मा काठमाडौं जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
सोभराज १६ वर्षको उमेरबाट नै अपराधमा संलग्न थिए। १९ वर्षको उमेरमै चोरीको अभियोगमा उनी जेल परेका थिए। विभिन्न अपराधमा संलग्न भएपछि पुन पक्राउ हुने डरले उनी सन् १९७० मा भारतको मुम्बई पुगेका थिए। त्यो बेलामा उनकी श्रीमती क्यान्थल गर्भवति थिइन्। उनले भारतमै छोरीलाई जन्म दिइन्।भारतमा पनि उनले कार चोरी गर्ने कामलाइ निरन्तरता दिए। उनी विस्तारै जुवाको शौखिन बन्दै गए। सन १९७३ मा होटल अशोकामा रहेको गहनाको पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा उनी भारतमा पक्राउ परे। केही समयमै उनी पुन रिहा भए र पुन पक्राउ परे। उनी धरौटीमा रिहा भए र भारत छोडेर अफगानिस्तानतिर लागे। उनीहरुले अफगानीस्तानको भ्रमणमा आएका पर्यटकलाई लुट्न थाले। प्रहरीले उनलाई पक्राउ गर्यो। उनी हिरासतवाट भागेर अफगानीस्तानवाट इरान गए। उनले आफ्नी श्रीमतीलाई अफगानीस्तानमै छोडेर आएका थिए। श्रीमती भने फ्रान्स फर्किइन्।उनले विश्वका विभिन्न देशको भ्रमणका लागि १० वटा भन्दा बढी नक्कली पासपोर्ट बनाएका थिए। यसैको भरमा पूर्वी युरोप र मध्यपूर्वको भ्रमण गर्न सोभराज सफल भए। इस्तानवुलमा उनको भेट भाई आन्द्रेसंग भेट भयो। आन्द्रे टर्की र ग्रिसमा अपराध गरेर कुख्यात भइसकेका थिए। दुबै जना एथेन्समा पक्राउ परे। १८ वर्षको जेल सजाए पाएपनि उनी पुन जेलबाट भाग्न सफल भए।
त्यसपछि सोभराज लुटपाटका साथै हत्यामा समेत संलग्न हुन थाले। उनी थाइल्याण्ड आए। थाइल्याण्डमा उनले तीन जना महिलाको हत्या गरे। यसपछि उनको हत्याको श्रृंखला बढ्दै गयो। हङकगङ्गमा तीन जनाको हत्या गरेपछि उनी नेपाल छिरेका थिए। उनीहरुले नेपालमा २ जना पर्यटक महिलाको हत्या गरे अनी नक्कली पासपोर्टको सहयोगमा पुन थाइल्याण्ड फर्किएका थिए।थाइल्याण्डमा हत्यामा संलग्न भएको आशंकामा खोजी भइरहेको चाल पाएपछि उनी पुन भारतको कलकत्ता हान्निए। भारतमा रहेका इजरायली एभोनी ज्याकोभका हत्या गरी उसैको पासपोर्ट प्रयोग गर्दै उनी सिंगापुर छिरे र पछि पुन थाइल्याण्ड फर्किए। उनलाई हत्यामा संलग्न रहेको आशंका प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो। तर चलाख शोभराज त्यसै फुत्किए।उनी पुन भारतको मुम्बई आए। मुम्बइ बसाईमा उनले हत्याको श्रृखला जारी राखे। उनी अपरिचितसंग सहज रुपमा सम्बन्ध बढाउने र चांडै निकट भएर विष खुवाएर मार्थे। अनि अनुहार जलाएर लास फालिदिन्थे। महिला मार्दा उनी विकिनी सहित लास फालिदिन्थे। जसले गर्दा उनको उपनाम नै विकिनी किलर बन्न गयो।
भारतमा फेरि सोभराज पक्राउ परे। र हत्याको आरोपमा १२ वर्षको जेल सजाए पाए। उनी भारतको तिहार जेलमा बन्दी थिए। मार्च १९८६ मा उनले जेलभित्रै भब्य पार्टी दिए। प्रहरी सहित सबैलाई नसालु औषधि खुवाएर लठ्ठ पारेपछि उनी फरार भए।
२००३ सेप्टेम्बर १७ मा उनी अचानक काठमाडौंमा देखिएका थिए। सोभराज याक एण्ड यतिबाट बाहिरँदै गरेको तस्विर द हिमालयन टाइम्सले तस्विर सहित छापेपछि सोभराज काठमाडौंमा रहेको खुलेको थियो। त्यसपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्‍यो। हत्या र जाली पासपोर्ट प्रयोग गरेको आरोपमा उनीमाथि मुद्धा चल्यो र काठमाडौं जिल्ला अदालतको जन्मकैद र सर्वस्वहरणको फैसलापछि उनी केन्द्रिय कारागारमा बन्दीछन्। पछि पुनरावेदन अदालत पाटनले सोही फैसला सदर गरेको थियो भने शुक्रवार सर्वोच्च अदालतले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि ६६ वर्षे सोभराजको जेल जीवन लम्बिने निश्चित भएको हो। मुद्दा चलिरहँदा उनले ६ वर्ष जेल जीवन बताएका छन्। नेपाल कानुनअनुसार जन्मकैदस्वरुप २० वर्ष कैद हुने गर्छ।

खनालको रिट सर्वोच्चद्वारा खारेज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १४ - प्रधानमन्त्री पदको निर्वाचनमा आफ्नो उम्मेदवारी फिर्ता लिएका एमाले अध्यक्ष झलनाथ खनालले तेस्रो चरणको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै दायर रिट शुक्रबार सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश बलराम केसीको एकल इजलासले व्यवस्थापिका संसदको कार्यव्यवस्था नियमावलीको नियम ७ (८) संविधानसँग बाझिएको नदेखिएकाले अमान्य हुन नसक्ने उल्लेख गरेको छ । व्यवस्थापिका-संसदभित्रको काम कारबाही संविधानको धारा १०७ (२) बमोजिम हस्तक्षेप गर्न नमिल्ने पनि आदेशमा जनाइएको छ । व्यवस्थापिका-संसदमा साउन ५ गते भएको सो निर्वाचनमा प्रस्ताव पेस भइसकेपछि फिर्ता लिने कानुनी व्यवस्था नभएकाले अध्यक्ष खनालको उम्मेदवारी कायम गर्न माग गर्दै कुमार आचार्य, भविश्वर गुरुङ, रमेशप्रसाद खनाललगतका कानुन व्यावसायीले गत मङ्गलबार संयुक्तरूपमा रिट दायर गरेका थिए ।

कांग्रेस र एमालेबीच आरोप प्रत्यारोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले र काग्रेसका नेताहरुले सरकार गठनको अवस्थामा आएर दुई पार्टीले एक अर्कालाई धोका दिएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका यूवा नेता एवम् केन्द्रीय सदस्य योगेश भट्टराईले काग्रेसका प्रधानमन्त्री उमेदवार रामचन्द्र पौडेलको निवासमा भएको बार्तामा एमाले काग्रेसवीच एकीकृत नेकपा माओवादीले जसको नेतृत्वमा सरकार बन्छ त्यो दलको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्ने सहमति भएकोमा नेपाली काग्रेसले एमालेलाई माओवादीको समर्थन भएको अवस्थामा आफ्नो उमेदवार बनाएर धोका दिएको दावी गरे ।उनले भने-काग्रेसले रामचन्द्र पौडेलको निवासमा भएको सहमति अनुसार झलनाथ खनालको पक्षमा माओवादी समर्थन रहँदा पनि काग्रेसले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावनालाई तुहायो । काग्रेसमा अहिलेको छटपटाहट एमालेलाई धोका दिएका कारण उत्पन्न भएको हो ।नेकपा एमालेसँग अहिलेसम्म कसैले पनि औपचारिक रुपमा मत नमागेको खुलासा गर्दै भट्टराईले अहिलेकै अवस्थामा एमालेले १७ गतेको निर्वाचनमा पनि मत नहाल्ने स्पष्ट पारे ।शान्ति र संविधान निर्माण हुने विश्वासिलो बातावरण नबनेसम्म एमालेले कसैको पक्ष विपक्षमा मतदान नगर्ने भन्दै उनले यथास्थितिमा एमालेले मतदान गर्नु भनेको मुलुकलाई पुनः यूद्ध तर्फ धकेल्ने कदम हुने बताए ।

सेनाले झण्डै तीन हजारको संख्यामा भर्ना लिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १४- नेपाली सेनाले झण्डै तीन हजारको संख्यामा अधिकृत तथा पदिक पदमा भर्ना लिने तयारी गरेको छ। सर्वोच्च अदालतले सैन्य भर्नाको बाटो खुला गरेपछि जंगीअड्डाले आगामी साता भर्ना खोल्न लागेको हो। सैनिक प्रवक्ता सहायकरथि रमिन्द्र क्षेत्रीका अनुसार, सेनामा हाल आठ हजारजति पद रिक्त छ। भर्ना खोल्नुअघि कार्यरथी विभागले रिक्त पदको केन्द्रीकृत तथ्यांक अप्डेट गर्न मुलुकभरका बाहिनीलाई निर्देशन दिएको छ। रिक्त पदको एकीन तथ्यांक आउनासाथ जंगीअड्डाले भर्नाबारे विज्ञापन गर्ने तयारी गरेको छ। भर्नाका लागि मदेशी, जनजाति, उत्पीडित आदिको समावेशीकरण गर्न जंगीअड्डाले लोकसेवा आयोगका पदाधिकारीसँग गृहकार्यमा जुटेको छ।
भर्ती प्रकरण विवाद
• ०६३ मंसिर ५ : दुवै पक्षले थप सैन्य भर्ती गर्ने छैनन् र हातहतियार, गोलीगा तथा विष्फोटक पदार्थ ओसार पसार वा एक अर्का विरुद्ध सैनिक हर्कत गर्ने छैनन्। (बृहत् शान्ति-सम्झौतामा हस्ताक्षर)• ०६४ जेठ २ : रक्षाको स्वीकृति लिइ पहिलोपटक सैन्य भर्ती।
• ०६५ कात्तिक १७ : गोरखापत्रमा सैन्य भर्नासम्बन्धी विज्ञापन
• ०६५ पुस ९ : रक्षा मन्त्रालयबाट भर्ना प्रक्रिया स्थगन गर्न जंगीअड्डालाई परिपत्र
• ०६५ पुस १६ : भर्ना रोक्दा सेनाप्रति नकारात्मक भावना पैदा भई अराजक स्थिति उत्पन्न हुन सक्ने हुँदा रोक्न उचित नहुने बेहोरासहित जंगीअड्डाद्वारा मन्त्रालयलाई जवाफपत्र।
• ०६५ पुस २३ : सेनाको स्वीकृत दरबन्दी ९५,७५३ को परिधिभित्र रही भर्ना जारी गरेको अन्मिनलाई जानकारी।
• ०६५ माग २४ : भर्नामा छनोट भएकालाई नियुक्ति पत्र प्रदान गरी तालिममा पठाइएको।
• ०६६ वैशाख ६ : भर्ती प्रक्रिया नखोलेको, आठ जर्नेललाई स्वीकृति गर हाजिर गराइएको र राष्ट्रिय खेलकुदमा आदेश नमानेको भन्दै सेनापति कटवाललाई तत्कालीन सरकारद्वारा स्पष्टीकरण।
• ०६६ वैशाख २० : तत्कालीन सरकारबाट सेनापति कटवाललाई बर्खास्त, त्यसै रात राष्ट्रपतिबाट पुनबर्हाली र त्यसकै भोलिपल्ट प्रधानमन्त्रीबाट पुष्पकमल दाहालको राजीनामा।
• ०६७ वैशाख ६ : वीरेन्द्र सैनिक अस्पताल र सेनाको विकास निर्माण निर्देशनालयका तीन सय प्राविधिकमा भर्ना खुला। भर्नाविरुद्ध इन्हुरेडको वैशाख ६ मै रिट।
• वैशाख ३० गते : सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय।
• साउन १२ : सैन्य विवाद न्यायपालिकाको क्षेत्राधिकार भित्र नपर्ने भन्दै रिट खारेज

प्रहरीले हाकिमको घरमा छापा मार्ने र दोषीलाई कारबाही गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ साउन,सत्य सेवा सुरक्षणम् भन्दै नागरिकको सुरक्षा गर्ने कसम खाएका हजारौँ प्रहरीले हाकिमको घरमा बाथरुम सफा गर्ने र 'म्याडम'को वस्त्र धुने गरेको धेरै वर्ष भइसक्यो । प्रहरी संगठनभित्रको यो अत्याचारविरुद्ध गृह-प्रशासनले अब छापा मार्ने र दोषीलाई कारबाही गर्ने तयारी गरेको छ । प्रहरीका उच्च अधिकारीका घरमा नियमविपरीत राखिएका प्रहरी कामदार पत्ता लगाउन गृह-प्रशासन आफैंले छापा मार्ने तयारी गरेको हो । छापा मार्दा कसैको घरमा प्रहरीलाई घरेलु कामदार पाइएमा त्यस्ता प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्ने तयारीसमेत गृहले गरेको छ । राज्यको ढुकुटीबाट तलब खाने प्रहरी जवानलाई प्रहरीकै उच्च अधिकारीले विभिन्न बहानामा आफ्नो घरमा कामदारको रूपमा राख्दै आएका छन् । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बारम्बार पत्र लेखी घरेलु कामदार हटाउन निर्देशन दिए पनि पालना नभएपछि मन्त्रालय आफैं छापा मार्ने तयारीमा जुटेको हो । प्रहरी नियमले पनि अधिकृतहरूलाई कम अधिकार दिएको छैन । उनीहरूले प्रहरी जवानलाई व्यक्तिगत सुरक्षा, ड्राइभिङ तथा क्वाटरको काममा लगाउन पाउँछन् । तर, त्यतिले नपुगेर प्रहरीका उच्च अधिकारीहरूले विभिन्न बहानामा घरमा लगी घरेलु कामदारको रूपमा प्रयोग गरिरहेका छन् ।

Jul 29, 2010

पुरै अनुहारको प्रतिरोपण ट्रान्सप्लान्ट सफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसारमै पहिलो पटक पुरै अनुहारको प्रतिरोपण ‘ट्रान्सप्लान्ट’ सफल भएको छ। पहिलो पटक पुरा अनुहार प्रतिरोपण गराएपछि स्पेनबासी आंस्कर संचार माध्यमसामु प्रस्तुत भएका छन् ।पत्रकार भेटमा ३१ वर्षिय आंस्करले अनुहार दान गर्ने व्यक्तिको परिवार र बार्सिलोनाको बांल डे हैबांन युनिभर्सिटीका डाक्टरहरुलाई संचारमाध्यममार्फत धन्यवाद दिएका छन्।एक घटनामा गोली लागेपछि आंस्करको अनुहारको मांसपेसी, छाला, नाक र आँखा खराब भएको थियो । यही कारणबाट उनले पुरै अनुहार प्रतिरोपण गराउनु परेको हो ।डाक्टरहरुले यो अपरेशनपछि आंस्करको अनुहार ९० प्रतिशतसम्म सामान्य काम गर्न सक्ने आशा गरेका छन् ।पाँच वर्षअघि भएको उक्त दुर्घटनापछि आंस्करका लागि खाना, पिउन, सुत्न यहाँसम्म कि स्वास लिनसमेत कठिन भएको थियो । यो अपरेशनपछि आंस्करलाई अझै पनि बोल्न केही समस्या परिरहेको छ। यसका लागि उनले आगामी ६ महिनासम्म स्पीच थेरापी लिनुपर्नेछ।मिडियासँग कुरा गर्दै आंस्करले भने-अस्पतालमा मेरो रेखदेख गर्नेहरुका साथै म अपरेशन गर्ने डाक्टरहरु र आफ्ना आमाबुबालाई धन्यवाद दिन्छु जो लगातार मेरा साथ हुनुहुन्छ।२० मार्चमा ३० विशेषज्ञहरुको एक टिमले २४ घण्टासम्म चलेको एउटा अपरेशनको माध्यमबाट आंस्करलाई नयाँ अनुहार दिएका थिए । पुरै अनुहार प्रतिरोपण गरिएको यो नै संसारकै पहिलो प्रयास हो । यसअघि गरिएको अपरेशनहरुमा केही भाग मात्र प्रतिरोपित गर्न सकिएको थियो ।अनुहारको प्रतिरोपणसँग सम्बन्धित पहिलो अपरेशन सन् २००५ मा फ्रान्समा गरिएको थियो । ३८ वर्षिय इजाबैले डिनौरको अनुहार आफ्नै कुकरले क्षतविक्षत गरिदिएको थियो ।

सैन्य भर्ती रिट निवेदन नै खारेज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १२,नेपाली सेनाको सैन्य भर्ती विवाद न्यायपालिकाको अधिकार क्षेत्रभित्र नभएको ठहर गर्दै सर्बोच्चअदालतले त्यससम्बन्धी रिट निवेदन नै खारेज गरेको छ । न्यायाधीशद्वय बलराम केसी र गौरी ढकालको संयुक्त इजलासले बुधबार यस्तो फैसला गरेको हो । यो फैसलासँगै दुई वर्षदेखि चल्दै आएको सैन्य भर्ना विवाद समाधान भई नेपाली सेनालाई थप सैन्य भर्ती गर्न मार्गप्रशस्त भएको छ ।
'नेपालको न्यायसम्बन्धी अधिकारको प्रयोग गर्दा न्यायको मान्य सिद्धान्त अनुसार गर्नुपर्ने भन्ने स्पष्ट संवैधानिक व्यवस्था भएकोले धारा १०७ (२) को असाधारण अधिकार क्षेत्र अन्तर्गत सम्झौताबाट उत्पन्न विवादलाई यस अदालतले 'सेलेक्टिभ एप्रोच' गरी हेर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने', फैसलामा भनिएको छ ।
नेपाली सेनाको विज्ञापन सम्झौतासँग सम्बन्धित विवाद भएको र त्यस्तो विवाद विस्तृत शान्ति सम्झौताका पक्षहरू आफैँ र पक्षहरू समेत सम्मिलित संयुक्त अनुगमन समन्वय समितिले गर्ने भनी उपचारको व्यवस्था भएको हुँदा न्यायपालिकाको अधिकार क्षेत्रभित्र नपर्ने फैसलामा उल्लेख छ ।
यसैगरी, सर्बोच्चले विस्तृत शान्ति सम्झौता अन्तरिम संविधानमा समावेश गरिए पनि संविधानको अभिन्न अङ्ग नभएको पनि ठहर गरेको छ । 'सम्झौतालाई संविधानको पुस्तकमा समावेश गरी संविधानको कुनै धाराले सम्झौतालाई उल्लेख गरी संविधानको अनुसूचीमा राख्दैमा सम्झौताको हैसियत संविधानमा परिणत भई हाल्दैन', फैसलामा लेखिएको छ ।
अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताविपरीत नेपाली सेनाले थप सैन्य भर्ती गरेको आरोप लगाउँदै अधिकारकर्मी संस्था इन्हुरेड इन्टरनेसनलका कार्यकारी निर्देशक अधिवक्ता श्रीकृष्ण सुवेदीसमेतले सैन्य भर्ना रोक्न सर्बोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । त्यस रिटमा शान्ति सम्झौता पनि संविधानको अभिन्न अङ्ग भएको दाबी गरिएको थियो ।

क्यास्ट्रोले आफ्ना संस्मरणको पहिलो खण्ड प्रकाशित गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हवाना/ क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले आफ्ना संस्मरणको पहिलो खण्ड प्रकाशित गर्ने योजनाको खुलासा गरेका छन् । 'रणनीतिक विजय' नाम दिन लागिएको सो पुस्तक आगामी अगस्ट महिनामा प्रकाशित हुनेछ । पुस्तक कसरी सन् १९५८ मा क्यास्ट्रोको कमान्डमातहतमा रहेका केहीले क्युबाको सरकारी सेनालाई परास्त गरे भन्ने विषयमा केन्दि्रत रहनेछ । ८३ वषर्ीय क्यास्ट्रोले चार वर्षअघि आफ्ना भाइ राउललाई सत्ता हस्तान्तरण गरेपछि कैयौँ महिना यही पुस्तक लेख्न बिताएको बताए । २५ अध्यायमा विभाजित सो प्ुस्तकका कैयौँ शीर्षकमध्ये उनलाई मन परेको शीर्षक होः यसरी हराए तीन सयजनाले १० हजार जनालाई ।
यस खण्डमा तत्कालीन तानासास फुल्गेन्सियो बातिस्ताविरुद्ध लड्दाका तस्बिरहरू, नक्सा र गुरिल्ला युद्धका योजना पनि समावेश गरिएको छ । क्यास्ट्रो स्वयंको भनाइअनुसार, ७४ दिने अन्तिम धक्काको विस्तृत विवरण पनि यस पुस्तकमा हुनेछ । १९५८ अगस्तको पहिलो सातामा लस मार्सिडिसको युद्धमा जब बातिस्ता फौजले हारेपछिको अवस्थाको व्याख्या गर्दे क्यास्ट्रोले लेखेका छन्, 'आततायीको भाग्यको बिर्को त्यसैवेला बन्द भयो, उसको फौजको हार विशिष्ट प्रकारको थियो ।'
पुस्तकमा लेखिएको छ- विद्रोही फौजका ३१ जनाको ज्यान गयो, सरकारी फौजका तीन सय जवानको ज्यान गयो । उनीहरूले कैयौँलाई बन्दी बनाएर लगिएको देखे । विद्रोही सेनाले सरकारी सेनाबाट ठूलो संख्यामा हतियार र गोलीगठ्ठा कब्जामा लियो ।
'त्यसपछि विद्रोही सेना आफ्नो अन्तिम चरणको रणनीतिक आक्रमण गर्ने स्थितिमा आयो,' वयोवृद्ध कम्युनिस्ट क्रान्तिकारी क्यास्ट्रोले लेखेका छन् । युद्धले सारा मुलुक निल्यो र क्यास्ट्रोका विद्रोहीले १ जनवरी १९५९ मा हवाना नियन्त्रणमा लिए । बातिस्ता क्युबाबाट कुलेलम ठोके । रणनीतिक विजय नामक यस पुस्तकमा एक संक्षिप्त आत्मकथा पनि समेटिएको छ । यस खण्डमा क्यास्ट्रोले आफ्ना बाल्यकालको सम्झना गर्दै आफू कसरी गुरिल्ला लडाकु भएँ भन्ने बयान गरेका छन् । तर, उनले भनेका छन्, 'म मेरो बाल्यकाल, कैशोर्य तथा युवाकाल अनि म कसरी क्रान्तिकारी भएँ र युद्धमा होमिएँ भन्नेबारे सयौँ प्रश्नको उत्तर दिन प्रतीक्षा गर्न चाहन्नँ ।'
अर्को महिना ८४ वर्ष टेक्न लागेका क्यास्ट्रो सातपटक मात्र सार्वजनिक रूपमा देखा परेका थिए । उनले बताएअनुसार, उनी अब दोस्रो खण्डमा काम गर्नेछन् जसको नाम 'अन्तिम प्रत्याक्रमण' रहनेछ ।

दाहाल र पौडेललाई उम्मेद्‍वारी फिर्ता लिन खनालको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १३- नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति, संविधान जस्ता राष्ट्रिय विषय पूरा गर्न राष्ट्रिय सहमतिका लागि एमाले जोसुकै उम्मेदवारलाई पनि समर्थन गर्न तयार रहेको बताएका छन्। उनले पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैलाई उम्मेद्‍वारी फिर्ता लिन आग्रह पनि गरे। युवा सङ्घ केन्द्रीय समितिद्वारा आयोजित शान्ति र संविधानका लागि राष्ट्रिय सहमति विषयक विचार गोष्ठीमा उनले कङ्ग्रेस र एमाओवादीका प्रधान मन्त्रीका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको नयाँ आधार तयार गर्न पनि आह्‍वान गरे।“फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरेमा हात लागे शून्य भई त्यो दुर्भाग्य हुनेछ, दश महिना फेरि त्यसै खेर जानेछ”– अध्यक्ष खनालले भने।

बर्दिबास-सिमरा विद्युतीय रेल सञ्चालन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १३ - सरकारले पहिलो चरणमा प्रस्तावित पूर्व-पश्चिम रेलमार्गको बर्दिबास-सिमरा खण्ड निर्माण गरी विद्युतीय रेल सञ्चालन गर्ने भएको छ । पूर्व-पश्चिम तथा काठमाडौं- पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हालै पूरा गरी प्रतिवेदन दिएका परामर्शदाता राइट्स इन्डिया लिमिटेड र सिल्ट कन्सल्ट्यान्ट नेपाललाई भौतिक योजना तथा निर्माण मन्त्रालयले बर्दिबास-सिमरा खण्डको मात्र अनुमानित लागत तयार गर्न निर्देशन दिएको छ । पूर्व-पश्चिम तथा काठमाडौं-पोखरा रेलमार्ग निर्माण गर्न ८ खर्ब रुपैयाँ खर्च लाग्ने ज्यादै महत्त्वाकांक्षी र महँगो आयोजना भएकाले खण्डखण्ड गरी निर्माण गरी विद्युतीय रेल सञ्चालन गर्न पहिलो चरणमा १ सय २५ किमी लामो बर्दिबास-सिमरा क्षेत्र रोजेको हो ।

हलिउड अभिनेत्री ५५ वर्षको उमेरमा निर्वस्त्र सेसन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एजेन्सी/ पूर्व सुपरमोडल तथा हलिउड अभिनेत्री जेनिस डिकिन्सनले ५५ वर्षको उमेरमा क्यामराको अगाडि सबै कपडा खोलेकी छिन् । दुई बच्चाकी आमा जेनिस आफ्नो सुन्दरताको रहस्य नियमित व्यायाम, सन्तुलित भोजन र कस्मेटिक सर्जरी भएको बताउँछिन् । ३२ वर्षको उमेरमा पहिलोचोटि कस्मेटिक सर्जरी गरेकी उनले आफूलाई थुप्रैपटकको प्लास्टिक सर्जरीले कुनै असर नगरेको दाबी गर्छिन् । भन्छिन्, 'सुन्दरता कायम राख्नका लागि थुप्रैपटक प्लास्टिक सर्जरी गरेकी भए पनि यसले मलाई कुनै असर गरेको छैन । सर्जरी मेरा लागि बरदान साबित भएको छ ।' फोटो सेसनका क्रममा कपडा उतारेकी जेनिस ६ फुट ११ इन्च अग्ली छिन् । उनी आफूलाई आफ्नो शरीर निकै प्यारो लाग्ने बताउँछिन् । अनुहारमा बुढ्यौलीपन नदेखाउनका लागि अर्गानिक खाना निकै लाभदायक हुने अनुभव उनको छ ।

म्याराडोना अर्जेन्टाइन फुटबल टिमको प्रशिक्षक नरहने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्याराडोना अन्ततः अर्जेन्टाइन फुटबल टिमको प्रशिक्षक नरहने पक्का भएको छ। अर्जेन्टाइन फुटबल संघका अनुसार लिजेन्डर फुटबलर डिएगो म्याराडोनासँगको सम्झौता अब नबढाइने भएको छ।दक्षिण अफ्रिकामा सम्पन्न सन् दुई हजार दशको विश्व कपको क्वाटरफाइनलमा जर्मनीसँग चार शून्य गोलले पराजित भएपछि म्याराडोनाको प्रशिक्षकको करिअर धरापमा परेको थियो। तर अर्जेन्टाइन फुटबल संघले थप चार वर्षको लागि म्याराडोनालाई प्रशिक्षककै रुपमा राखिने र उनको प्रशिक्षण टिममा भने केही परिवर्तन गर्नुपर्ने सर्त अघि सारेको थियो।म्याराडोनाले उक्त सर्त नमानेपछि अर्जेन्टाइन फुटबल संघले अन्ततः म्याराडोनासँगको सम्झौता नबढाउने निर्णय गरेको हो। संघले हाललाई अर्जेन्टाइन अण्डर ट्वान्टी टिमका प्रशिक्षक टार्जिओ बाटिस्टालाई अर्जेन्टाइन टिमको प्रशिक्षकको जिम्मा दिइएको छ।

Jul 28, 2010

प्रधानमन्त्री चयन गर्न नियमावली संशोधनको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुईपटक निर्वाचन भइसक्दा समेत प्रधानमन्त्रीको चयन गर्न नसकेका कारण संविधानसभा (व्यवस्थापिका कार्य सञ्चालन) नियमावली नै त्रुटिपूर्ण रहेको कानुनव्यवसायीले प्रतिक्रिया दिएका छन् ।दलहरुबीच सहमतिको सम्भावना अझै नदेखिएकाले नियमावलीको व्यवस्था अनुरुप अघि बढ्दा निर्वाचन प्रक्रिया दोहोर्‍याउनु बाहेक अर्को परिणाम नआउने उनीहरुको भनाइ छ । यद्यपि, दलहरुबीच सहमति जुटाउन एकपक्षीय, द्विपक्षीय र बहुपक्षीय वार्ता र छलफल भइरहेका छन् ।धेरै समयसम्म मुलुकलाई सरकारविहीन अवस्थामा राख्न राम्रो नहुने र यसबाट लोकतन्त्रप्रति जनतामा निराशा प्रवाहित गर्ने भएकाले दलहरुले नियमावली संशोधन गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुने पनि कानुनव्यवसायीको ठहर छ ।

इस्लामावादमा विमान दुर्घटनामा १ सय ५२ वेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामावाद, श्रावण १२ - कराचीबाट इस्लामावादतर्फ जादै गरेको एयर ब्लू कम्पनीको विमान बुधबार दुर्घटना हुदा चालक दलका ६ सदस्य सहित १ सय ५२ जना वेपत्ता भएका छन् । उक्त विमान मारगाला पहाडमा दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण विमान पहाडमा ठोक्किएको एजेन्सीहरुले जनाएका छन् । उक्त विमान कम्पनीले खाडी देश तथा बिट्रेन र आन्तरिक उडान भर्दै आएको छ । स्थानीयले मारगाला पहाडी क्षेत्रमा धुवा उडेको देखेका स्थानीय अधिकारीले जनाएका छन् ।दुर्घटनास्थल सम्म पुग्न सडक नभएकाले उद्धारमा कठिन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध फुकुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १२- श्रम मन्त्रालयले इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध बुधबारदेखि फुकुवा गरेको छ। फुकुवाको सिफारिश सहितको पत्र बुधबार नै परराष्ट्र मन्त्रालयलाई पठाइएको छ भने सो को जानकारी आजै काठमाडौंस्थित अमेरिकी दूताबास पुर्‍याइँदैछ। ४० हजार बढी नेपाली कामदारलाई अप्ठ्यारो परेको भन्दै इराक फुकुवा गरे पनि नयाँ कामदारका लागि भने इराक खुला नगरिएको श्रम मन्त्रालयले जनाएको छ। इराकमाथि लगाइएको प्रतिबन्ध हटाइएको पत्र श्रमले परराष्ट्र मन्त्रालयलाई पठाएको र सो निर्णय आजै काठमाडौंस्थित अमेरिकी दूताबासलाई बुझाइने श्रम प्रवक्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिए।
इराकबारे श्रम मन्त्रालयले गरेको पाँच निर्णयको पूर्ण पाठ
१. नेपाल सरकारले भदौ १६ मा इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने।
२. नेपाली नागरिकका निमित्त जारी हुने राहदानीमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हटाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने।
३. प्रतिबन्ध हटेको जानकारी सहित इराकमा कार्यकरत नेपाली कामदारको सुरक्षा र उनीहरुको रोजगारीको निरन्तरताको निमित्त उच्चस्तरमा निरन्तर कुटनीतिक पहलको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने‍।
४. यसअघि इराकमा नेपाली कामदारलाई लगाउँदै आएको प्रतिबन्ध हटेता पनि नयाँ कामदार पठाउने सम्बन्धमा त्यहाँको सुरक्षा अवस्था नेपाली कामदाहरुको सुरक्षा तथा संरक्षणसँग सम्बन्धित विषयमा सिंहावलोकन गरी कामदारको प्रकृति तालिम संस्थागत रुपमा कामदार पठाउँदा तोक्नुपर्ने शुल्क तथा प्रवर्द्धनको अर्थ लगायतको लागत खर्च बीमा लगायतको मापदण्ड निर्धारण भएपछि अनुमतिको नयाँ प्रक्रिया अघि बढाउने।
५. प्रतिबन्ध फुकुवा भएको निर्णय परराष्ट्र मन्त्रालयमार्फत इराक सरकार तथा अमेरिकी सरकारलाई जानकारी गराउने।

बढ्यो हङ्कङ्गमा डिजिटल टिभी दर्शक ३३ प्रतिशतले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङ्कङ्गमा करिव १२ लाख ३० हजार परिवारले डिजिटल टेरेस्टि्रयल टिभी सेवा प्राप्त गर्ने गरेको एक ताजा सर्भेक्षणले देखाएका छ ।प्रतिशतको हिसावले यो ५३.४ प्रतिशत हुन आउँछ भने गत वर्ष यो सेवा प्राप्त गर्ने परिवारको सङ्ख्या ४०.२ प्रतिशत थियो । जुन महिनामा वाणिज्य र आर्थिक विकास व्यूरोले गरेको यो सर्भेक्षणले इन्टिग्रेटेड डिजिटल टिभीको प्रयोग उल्लेख्य रुपमा बढेको देखाएको छ । दर्शकहरुले रिसिभरको रुपमा सेट-टप बक्सलाई अधिकरुपमा प्रयोगमा ल्याएका छन् ।जुलाईको सुरुसम्म हङ्कङ्गमा २०८ मोडलका डिजिटल भिटी सिरिभरहरु प्रयोग गर्न अनुमति दिइएको छ । यसमध्ये १४२ थरी इन्टिग्रेटेड डिजिटल टिभी सेट छन् भने ६६ थरी सेट-टप बक्स छन् ।यो वर्षको अन्त्यसम्ममा ८५ प्रतिशत जनतामा पहुँच रहेकेा यो सेवालाई विस्तार गरी कम्तीमा ८९ प्रतिशत सम्मलाई पुर्याउने लक्ष्य राखिएको छ ।

ब्राजिलको नयाँ टोली घोषणा, चर्चित खेलाडी बाहिरै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रियो द जेनेरियो, साउन ११,ब्राजिलका नयाँ प्रशिक्षक मानो मानेजले अमेरिकाविरुद्ध अर्को महिना हुने मैत्रीपूर्ण खेललाई सोमबार २४ सदस्यीय टोली घोषणा गरेका छन्। गत महिना विश्वकप बेला चर्चामा रहेका माइकोन, लुसियो र लुइस फाबियानोलाई केही आराम दिने भन्दै टोलीमा राखिएका छैनन्। अन्य तीन स्टार रोनाल्डिन्हो, रोनाल्डो र एड्रियानोले पनि टोलीमा प्रवेश पाएनन्। यी तीन स्टारले विश्वकप टोलीमा पर्न तत्कालिन प्रशिक्षक डुंगाको मन जित्न सकेका थिएनन्। यद्यपि मिलान स्ट्रार एलेसान्द्रो पाटोलाई टोलीमा बोलाइएको छ। बोलाइएका नयाँ खेलाडीमा म्यानचेस्टर युनाइटेडका रक्षक राफाल सिल्भा र लिभरपुलका लुकास पनि छन्। कोरेनथियन्सका पूर्वप्रशिक्षक मानेजले सोमबार पत्रकार सम्मेलनमार्फत टोलीको घोषणा गर्दै भने, 'मलाई थाहा छ यो समयमा मैले कस्तो महŒवपूर्ण पदको जिम्मेवारी सम्हालेको छु। टोली उद्धेश्य र सपना पूरा गर्नका लागि हामी त्यस्तै खाले टोलीको निर्माण गर्ने पक्षमा छौं।'
मानेजले प्रशिक्षणलाई कठिन कार्यको संज्ञा दिए। 'यो निश्चय नै गाह्रो काम हो। तर कठिन यात्राको सुरुवात गर्न जरुरी छ,' उनले भने। ब्राजिल फुटबल संघका अध्यक्ष रिकार्डो टेक्सियराले मानेजलाई पत्रकार सम्मलेन प्रस्तुत गर्दै उनलाई शुभकामना दिएका थिए। 'मानेजका बारेमा मैले बताइरहनु जरुरी छैन,' अध्यक्ष टेक्सियराले भने, 'उनको विगतका कामबारे सबैलाई थाहा छ। त्यसै कारण उनलाई नयाँ प्रशिक्षकका रूपमा चयन गर्‍यौं। टोली पुनर्निर्माणको योजनामा सहमत हुँदै २०१४ सम्म उनी टोलीमा रहेछन्। अध्यक्षले थपे, 'म उनलाई शुभकामना दिन्छु। सुखद वा दुःखद दुवै क्षणमा संघले उनलाई साथ दिनेछ।'

Jul 27, 2010

खनालको उम्मेद्‍वारी फिर्ता लिएको विरुद्ध रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११,प्रधान मन्त्री माधवकुमार नेपालले प्रधान मन्त्रीमा उम्मेद्‍वारी दिएका एमाले अध्यक्ष झलनाथ खनालको उम्मेद्‍वारी फिर्ता लिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। भविश्वर गुरुङ र रमेशप्रसाद खनालले उक्त रिट दर्ता गराएका हुन। साउन ५ गते भएको प्रधान मन्त्री चुनावमा एमाले अध्यक्ष खनालको उम्मेद्‍वारी प्रधान मन्त्री नेपालले फिर्ता लिएको घोषणा गरेका थिए। प्रधान मन्त्री नेपाल झलनाथको प्रस्तावक थिए। उम्मेद्‍वारी फिर्ता लिने/नलिनेबारे प्रस्तावकले मात्र निर्णय गर्न सक्ने व्यवस्था छ। उम्मेद्‍वारले चाहेरमात्र फिर्ता हुन वा नहुन सक्दैन।एमाले केन्द्रीय कमिटीले ४ सय १ नपुगेको अवस्थामा प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो। सोहीबमोजिम खनालका प्रस्तावक प्रधान मन्त्री नेपालले दुई तिहाइ बहुमत ४०१ नपुगेको भन्दै खनालको प्रस्ताव फिर्ता लिएका थिए।रिट हालेका अधिवक्ता गुरुङले भने- त्यो चुनाव संविधानको धारा ३८ (२) अन्तर्गत भएको हो र त्यसमा ३०० मत पुग्दा बहुमतको प्रधान मन्त्री चुनिने व्यवस्था छ तर खनालको पक्षमा सो धारा किन 'टेबुलेसन' भएन भन्ने प्रश्न रिटमा गरिएको छ।यो संविधान ठूलो कि पार्टीको निर्णय भन्ने कुरा हो, गुरुङले नागरिकन्युजसँग भने- भोलि रामचन्द्र पौडेलले ४०१ पाएर पनि प्रधान मन्त्री हुन्न भने के हुन्छ ?निवेदकहरु एमालेको कानून विभागसँग सम्बद्ध व्यक्ति हुन।

परराष्ट्र मन्त्रालयबाट पासपोर्ट लिनेको भीड उस्तै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिश्चित बनेपछि परराष्ट्र मन्त्रालयबाट अल्पकालीन म्यानुवल पासपोर्ट लिनेको संख्या दिनानुदिन बढ्न थालेको हो। बढ्दो संख्याले पासपोर्टका लागि फर्म बुझाउन र पासपोर्ट लिन समेत घन्टौं लाग्ने गरेको छ। अपि्रल १ अर्थात् चैत्र १९ देखि गत असारसम्ममा करिब २४ हजार ४ सयको संख्यामा पासपोर्ट वितरण भएकोमा साउन महिनाको शुरुआतसँगै दैनिक १२/१३ सयको संख्यामा वितरण हुन थालेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि दैनिक रुपमा औसत ८/९ सयको संख्यामा पासपोर्ट वितरण हुन्थ्यो।

भुटानी शरणार्थी सोमबारदेखि भोकहडतालमा उत्रिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, १० साउन,पूर्वीनेपालका भुटानी शरणार्थी सोमबारदेखि भोकहडतालमा उत्रिएका छन् । सातवटै शिविरका शरणार्थी रित्तो थाल बोकेर भोकहडतालमा उत्रिएका हुन् । शरणार्थी परिचयपत्र नपाएर राहत पाउनबाट वञ्चित शरणार्थीले सातवटै शिविरमा सुरु गरेको भोकहडतालमा बालबालिका, वृद्धवृद्धा र युवायुवती सहभागी छन् ।
सहायताका लागि पटक-पटक पहल गर्दासमेत दाता निकायबाट सुनुवाइ नभएपछि बाध्य भएर भोकहडतालमा उत्रनुपरेको राहत पीडित भुटानी शरणार्थी संघर्ष समितिका संयोजक नन्दु पौडेलले बताए । 'शरणार्थीलाई भोकै राख्नु मानवताविरुद्धको अपराधजस्तै हो,' संयोजक पौडेलले भने, 'राहत नपाएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।' उनले शरणार्थीको दर्जामा सूचीकृत गरी राहत नदिए तत्काल शिविरबाहिर निकाल्न सरकार र दाता निकायसँग आग्रह गरे ।
यसअघि असारको दोस्रो साता मानवीय सहायताको माग गर्दै पीडितहरूले शरणार्थी मामिलामा कार्यरत दाता निकायका कार्यालय बन्द गर्नुका साथै बेलडाँगी-२ स्थित शरणार्थी समन्वय एकाइ (आरसियू) र विश्व खाद्य कार्यक्रमको बेलडाँगीस्थित गोदाममा 'भात देऊ' भन्दै धर्ना दिएका थिए । अनेक बहानामा आफूहरूलाई राहतबाट वञ्चित गरिएको शरणार्थीको अनुभव छ । शिविरभित्र बसेपछि खाद्यान्न पाउनु आफूहरूको अधिकार भएको शरणार्थी युवा दीपेश चापागाईं बताउँछन् । 'सबैले पाएका ठाउँमा हामीले पनि पाउनुपर्छ,' उनले भने, 'नभए शरणार्थी होइनौ भनिदिनुपर्‍यो ।'
समितिका अनुसार, १८ वर्षदेखि पूर्वी नेपालमा बसेकामध्ये चार वर्गका तीन हजार एक सय ९० जना शरणार्थी नियमित सहायताबाट वञ्चित छन् । दर्ता नभएका सात सय ८० जना, नेपाल भुटान प्रमाणीकरण टोलीले छानबिनमा राखेका सात सय १७ जना, जनगणनामा छुट भएका आठ सय ५० जना र परिचयपत्र पाउन बाँकी आठ सय ४३ जना शरणार्थीलाई लामो समयदेखि खाद्यान्नलगायतका सहायता उपलब्ध गराइएको छैन ।

एनसेलद्वारा टेलिफोन शुल्कमा भारी कटौती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ११ - निजी क्षेत्रको पहिलो दूरसञ्चार सेवा प्रदायक कम्पनी स्पाइस नेपालले कुनै पनि नेटवर्कमा फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अब एनसेलबाट फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्नेछ । एनसेलले प्रिपेड मोबाइलबाट फोन गर्दा लाग्ने शुल्क घटाएको हो । नेपालको दूरसञ्चार क्षेत्रमा देखिएको प्रतिस्पर्धात्मक वातावरणले मूल्य घटेको हो । केही समयदेखि लगातार नयाँ योजना सार्वजनिक गरिरहेको एनसेलको यो महसुल दरले अन्यलाई पनि मूल्य घटाउन दबाब पर्नेछ । 'अर्को कम्पनीको नेटवर्कमा फोन गरेको २ रुपैयाँ १४ पैसादेखि २ रुपैयाँ ८३ पैसासम्म तिर्नु पर्थ्यो,' एनसेलकी सञ्चार प्रबन्धक सन्जू कोइरालाले भनिन्, 'अब कुनै पनि नेटवर्कमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्छ ।' यी शुल्क करबाहकेका हुन् । यसअघि एनसेलको प्रिपेडबाट फोन गर्दा विभिन्न नेटवर्कमा भिन्दाभिन्दै पैसा थियो ।

खनाल-नेपाल बीच बोलचाल बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११,प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्री उम्मेदवार प्रस्ताव लिएपछि दुई नेताबीच भेटघाट भएको छैन। पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार ४ सय १ सभासद्को हस्ताक्षर नपुगेकाले खनालको प्रस्ताव प्रधानमन्त्री नेपालले फिर्ता लिए पछि त्यसले पार्टीभित्रको सम्बन्ध चिस्याएको छ।
अध्यक्ष खनाल र प्रधानमन्त्री निकट स्रोतहरूका अनुसार अहिलेसम्म पार्टी कहिलेसम्म तटस्थ बस्नेबारे छलफलसमेत भएको छैन। ' खनालको प्रस्ताव फिर्ता लिने क्रममा आफूसँग आरामदायी बहुमत छ भन्ने शब्द दोहोर्‍याउँदै बदलाभावजस्तो गरी प्रधानमन्त्री माधवकुमार नेपालले अभिव्यक्ति दिए। प्राविधिक र समयका अभावमा थोरै मत नपुग्दा प्रस्ताव फिर्ता नलिएको भए हुन्थ्यो,' खनाल निकट एक नेताले भने।
तटस्थ वा कांग्रेस, माओवादीसँग सहकार्य गरेर जान नयाँ नीति तय गर्न केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुपर्ने नेपाल तथा केपी ओली पक्षधरको तर्क छ। तर, अध्यक्ष खनालले नै बैठक आह्वान गर्ने भएकाले त्यो सम्भावना देखिन्न।

मुलुकभर क्याम्पसका प्रमुखहरुको कार्यकक्षमा ताला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ११ - आन्दोलनरत ११ विद्यार्थी संगठनले मंगलबार मुलुकभर त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसका प्रमुखहरुको कार्यकक्षमा ताला लगाएका छन् । प्रवीणता प्रमाणपत्र तह हटाउने सरकारको निर्णययको विरोधमा तीन ठूला दल निकटबाहेकका अन्य विद्यार्थी संगठनले ताला लगाएका हुन् । उनीहरुले राजधानीका रत्नराज्य, ललितकला, पाटन, सानोठिमी, महेन्द्ररत्न लगायत अधिकांश क्याम्पसमा ताला लगाएका छन् ।
यस्तै, राजधानी बाहिरका वुटवल, भैरहवा, नेपालगन्ज, विराटनगर, भद्रपुरलगायत स्थानमा रहेका आङ्गिक क्याम्पसका प्रमुखको कार्यकक्षमा पनि ताला लगाएको अनेरास्ववियु पाँचौका अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । प्रमाणपत्र तह हटाउने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने ११ विद्यार्थी संगठनले बताएका छन् । माओवादी, कांग्रेस र एमाले निकट विद्यार्थी संगठनसँग त्रिभूवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेज गर्ने सहमति गरेको थियो ।

Jul 26, 2010

ज्ञानेन्द्रको कार्यक्रममा पत्रकार कुटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, श्रावण १० - पूर्व राजा ज्ञानेन्द्र शाहको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई सुरक्षाकर्मी र स्थानीयले सोमबार कुटपिट गरेका छन् । ज्ञानेन्द्र भक्तपुरस्थित चित्तपल-७ मा आयोजित महायज्ञको समापनमा पुगेका थिए । ज्ञानेन्द्रसँग प्रतिक्रिया लिन लाग्दा उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा यज्ञ व्यवस्थापन समितिका पदाधिकारीहरुले पत्रकारहरुलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको पत्रकार महासंघ काभ्रेका सभापति भोला थापाले बताए ।
कुटपिटबाट थापासहित काभ्रेस्थित कान्तिपुरकर्मी मनोज वस्नेतलाई चोट लागेको छ । यसैगरी भक्तपुरस्थित कान्तिपुरकर्मी मकर श्रेष्ठ र सगरमाथा टेलिभिजनको क्यामरा फुटाइएको छ । त्यहाँ भक्तपुर र काभ्रेका सञ्चारकर्मी रिपोर्टिङका लागि पुगेका थिए । सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको विरोधमा पत्रकार तथा स्थानीयवासीले प्रहरी र पूर्व राजाविरुद्ध नारावाजी गरेका थिए ।

माओवादीले जस्तोसुकै सहमति गरेर सरकार निर्माण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसदीय फोहोरी खेल भनेर विगतमा संसद्लाई आलोचना गर्दै आएको एकीकृत नेकपा (माओवादी) ले अन्ततः जस्तोसुकै सहमति गरेर भए पनि सरकार निर्माण गर्ने सबै तयारी पूरा गरेको छ। जसअनुसार सो पार्टी मधेसी मोर्चासँग सम्झौताको निकट पुगेको छ। माओवादीले आइतबार मधेसी मोर्चासँग वार्ता गरेर मोर्चाका मागहरुलाई स्वीकार गर्ने संकेत दिएको छ। माओवादीले आन्तरिक बैठकमा मधेसी मोर्चासँग मिलेर सरकार बनाएपछि सन् १९५० को नेपाल-भारत सन्धि संशोधन सीमाविवादजस्ता विषयलाई नउठाउने स्वीकार गरेको छ र मधेसी मोर्चाले उठाएका नागरिकता र सेनामा मधेसी समुदायको समूहगत प्रवेशको कुरालाई कार्यान्वयनमा लैजान कानुन संशोधन गर्न विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। नागरिकताका सम्बन्धमा माओवादीले पनि आफूहरु थप स्पष्ट हुन आवश्यक भएको बताएको छ।मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले राज्य पुनः संरचना आयोग गठन नगर्ने र नागरिकताको सम्बन्धमा मोर्चाले उठाएका मागमा माओवादी सकारात्मक भएको पत्रकारहरुलाई जानकारी दिनुभयो।

पोल्यान्डमा ४ सय कामदार नेपालीको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १०,नेपाली युवालाई युरोपेली मुलुक पोल्यान्डमा काम गर्न जाने बाटो खुलेको छ। वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई पोल्यान्ड कामदार पठाउन स्वीकृति दिएको छ। विभागले तीन कम्पनीलाई चार सय कामदार पठाउन स्वीकृति दिएको हो। विभागका अनुसार एलायन्स हुमन रिर्सोस, युनिभर्सल इन्टरनेसनल र ड्रिम अनलिमिटेड एन्ड कम्पनीले स्वीकृति पाएका हुन्। यी सबै कम्पनीले धेरैजसो कृषि कामदारको माग ल्याएका छन्। विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले सबै प्रक्रिया पूरा गरेपछि कामदार पठाउन स्वीकृति दिइएको जानकारी दिए।
उनले भिसालगायत शुल्क स्पस्ट भएपछि स्वीकृति दिएको बताए। उनका अनुसार यसमा २ सय ५० जना महिला र १ सय ५० जना पुरुष कामदार छन्। श्रम तथा यातायात मन्त्रालयले झन्डै दुई महिनाअघि पोल्यान्ड कामदार पठाउन खुल्ला गरेको थियो। विभागका अनुसार व्यक्तिगत रुपमा गतवर्ष १ सय २१ नेपाली पोल्यान्ड गएका थिए। विभागले स्वीकृति दिएपछि संस्थागत रुपमा कामदार जान पाउने भएका हुन्।
पोल्यान्ड कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक हो। सन् २००४ को मे महिनामा यसले युरोपेली संघ (इयु)को सदस्यता पाएको हो। त्यहाँको प्रतिव्यक्ति आय १३ हजार ७ सय ९९ अमेरिकी डलर छ। त्यहाँ हालसम्म थाइल्यान्ड र युक्रेनका कामदार गइरहेका छन्।

प्रमाणपत्र तह खारेजीको विरोधमा आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रवीणता प्रमाणपत्र तहमा तत्काल भर्ना खोल्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका ११ विद्यार्थी संगठनले देशभरका सम्पूर्ण उमाविमा तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेका छन्। विकल्प नखोजी तीन ठूला विद्यार्थी संगठनको सहमतिमा प्रमाणपत्र तह खारेज गरेको विरोधमा ती विद्यार्थी संगठनले २० गतेदेखि तालाबन्दी गर्ने निर्णय गरेका छन्। मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले सरकारले तत्काल प्रमाणपत्र तहमा भर्ना खुला नगरे देशव्यापी शैक्षिक आमहडताल गरिने चेतावनी दिनुभयो।११ विद्यार्थी संगठनको हिजो आइतबार बसेको बैठकले आज दिउँसो शान्ति बाटिकामा प्रचारात्मक कार्यक्रम गर्ने ११ गते देशभरका आंगिक क्याम्पसका क्याम्पसप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने १२ गते बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने १३ गते त्रिविका पदाधिकारीलाई भर्ना खोल्न अनुरोध गर्दै दबाब दिने १७ गते देशभरका निजी उमाविको लेखा शाखा र १८ गते प्राचार्यको कार्यकक्षमा तालाबन्दी गर्नेलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।यसैबीच ११ विद्यार्थी संगठनले आइतबार शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लसँग भेट गरी स्मरणपत्र बुझाएका थिए।

११ नेपाली विद्यार्थी दुई सातादेखि मोजाम्बिकमा बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १० - बेलायतबाट दक्षिण अफ्रिका लगिँदै गरेका ११ नेपाली विद्यार्थी दुई सातादेखि मोजाम्बिकमा बेपत्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई सन्तोस नामका नेपालीले रोजगारीको प्रलोभनमा दक्षिण अफ्रिका लैजान लागेका थिए । बेपत्ता हुनेमा राधा पौडेल, सन्ध्या लम्साल, किरण रिजाल, रेवतीप्रसाद नहर्की, भोजराज देवकोटा, राजेन्द्र रिजाल, विकास विश्वकर्मा, बुद्धि सापकोटा, सन्तोष पौडेललगायत छन् । उनीहरू पाँच महिनाअघि बेलायत पुगेका थिए । उनीहरूलाई अफ्रिका लैजान लागेका व्यक्तिको थर र ठेगाना खुल्न सकेको छैन ।

सभामुखसँगको भेटमा राष्ट्रपतिको चिन्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक संकट चुलिँदै जाँदा राष्ट्रपति डा.रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच सोमबार भेटवार्ता भएको छ। राष्ट्रपतिको सरकारी भवन शितल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलीय असहमझदारीका कारण संविधान निर्माणको कार्य अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।प्रधानमन्त्री निर्वाचनमा देखिएको जटिलताका कारण संविधान निर्माणको कार्य अघि बढ्न नसकेको भन्दै राष्ट्रपति यादवले निकासका लागि कसरी अघि बढ्ने भन्ने विषयमा सभामुख नेम्वाङ समक्ष जिज्ञासा राख्नुभयो।जवाफमा सभामुख नेम्वाङले जटिलता अन्त्यका लागि आफुले राजनीतिक दलहरुसँग छलफल र संवाद जारी राखेको जानकारी गराउनुभयो।

राजनीतिक संकट चुलिँदै जाँदा राष्ट्रपति डा.रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच सोमबार भेटवार्ता भएको छ। राष्ट्रपतिको सरकारी भवन शितल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलीय असहमझदारीका कारण संविधान निर्माणको कार्य अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।प्रधानमन्त्री निर्वाचनमा देखिएको जटिलताका कारण संविधान निर्माणको कार्य अघि बढ्न नसकेको भन्दै राष्ट्रपति यादवले निकासका लागि कसरी अघि बढ्ने भन्ने विषयमा सभामुख नेम्वाङ समक्ष जिज्ञासा राख्नुभयो।जवाफमा सभामुख नेम्वाङले जटिलता अन्त्यका लागि आफुले राजनीतिक दलहरुसँग छलफल र संवाद जारी राखेको जानकारी गराउनुभयो।

Jul 25, 2010

मधेशवादी दलहरुले कङ्ग्रेससँग लिखित दृष्टिकोण माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ९ - मधेशवादी दलहरुले नयाँ सरकार गठनका लागि नेपाली कङ्ग्रेससँग उनीहरुले उठाएका मुद्दामा लिखित दृष्टिकोण माग गरेका छन्। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र कङ्ग्रेसका नेताबीचको छलफलमा उनीहरुले यस्तो प्रतिवद्धता माग गरेका हुन्। मधेशका तमलोपा, सद्भावना र फोरम र फोरम लोकतान्त्रिक पार्टीको मोर्चा र कङ्ग्रेस नेताबीचको वैठक आज फेरि पनि बस्ने छ। छलफलमा मधेशवादी नेताहरुले नेकपा एमालेको समर्थन सबैभन्दा महत्वपूर्ण हुने भएकाले त्यसको लागि पहल गर्न सुझाव समेत दिएका छन्। 'बिहान भएको छलफल निक्कै सकारात्म भयो,' छलफलपछि नेपाली कङ्ग्रेसका नेता शेखर कोइरालाले नागरिकन्युजसँग भने, 'लोकतान्त्रिक गठवन्धनका लागि छलफल सकारात्मक वाटोमा छ।'छलफलमा मधेशी जनअधिकार फोरमा अध्यक्ष उपेन्द्र यादवले भने वामपन्थी एकतामा जोड दिएका थिए। उनको धारणाले मोर्चाको धारणा नै समान नरहेको पाइएको वैठकमा सहभागी एक नेताले बताए।

इराकमा कार्यरत नेपालीहरू घर फर्किने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ९ - इराक युद्धपछि अमेरिकी विशेष सुरक्षाअन्तर्गत इराकमा विभिन्न ठाउँमा कार्यरत नेपालीहरू अब घर फर्किने भएका छन् । इराकस्थित अमेरिकी आर्मीको सेन्ट्रल कमान्डले घर फर्किन उनीहरूलाई आपूर्ति गर्ने कम्पनीहरूलाई पत्राचार गरिसकेको छ । नेपाल सरकारले इराकमा काम गर्न प्रतिबन्ध लगाएको उसले नेपालीलाई फर्काउन लागेको हो । नेपालजस्तै फिलिपिन्सले पनि इराकमा काम गर्न प्रतिबन्ध लगाएकाले उनीहरू पनि फर्किने भएका छन् । इराकमा काम गर्न अनुमति दिएका देशका नागरिकलाई मात्र उसले लिने नीति लिएको छ ।
इराकको उत्तरी टिक्रिटमा कार्यरत भोजपुरका शुभ राईले कान्तिपुरसँग टेलिफोनमा कुरा गर्दै अमेरिकी आर्मीको इराक सेन्ट्रल कमान्डले २० दिने म्याद दिएकाले इराकमा कार्यरत सबै नेपाली फर्किनुपर्ने भएको बताए । साउन ४ मा जारी पत्रअनुसार नेपालीहरू साउन २३ गतेसम्म इराक छोड्नुपर्ने छ । राईले विभिन्न क्षेत्रमा गरी करिब ३० हजार नेपाली इराकमा कार्यरत भएको बताए । इराकमा आतंककारी समूहबाट ०६१ भदौमा १२ नेपालीको हत्या भएपछि सरकारले काम गर्न इराकमा प्रतिबन्ध लगाउँदै आएको छ । नेपाली राहदानीमा समेत इराकमा काम गर्न प्रतिबन्ध भन्ने वाक्यांश लेखिँदै आएको छ ।

एमआरपी विवादले सभासद्हरु पनि विभाजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेसिन रिडेबल पासपोर्ट एमआरपी कुन देशको कम्पनीलाई छाप्न दिने भन्ने विवाद एकपछि अर्को गर्दै पुनः संसद्को लेखासमितिमा पुगेपछि सभासद्हरु पनि विभाजित भएका छन्। सो समितिले तीन महिनाअगाडि सरकारले भारतीय कम्पनीलाई छाप्न दिने भनी गरेको निर्णय रद्द गरी टेन्डर प्रक्रियाद्वारा मेसिन रिडेबल पासपोर्ट छाप्न दिन निर्देशन दिएको थियो। सरकारले टेन्डर आह्वान गरी फ्रान्सेली कम्पनी ओबर्थरलाई छाप्न दिने निर्णय गरेको छ।सरकारको यो निर्णयबारे विवाद बढ्दै गएपछि केही सभासद्कै दबाबमा लेखासमितिका सभापति रामकृष्ण यादवले हिजो शनिबार बिहानै बैठक त बोलाउनुभयो तर त्यहाँ संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी) का एक सभासद् पनि उपस्थित भएनन्। माओवादी मात्र होइन नेकपा एमाले र नेपाली कांग्रेसका पनि अधिकांश सभासद् उपस्थित भएनन्। यद्यपि प्रतिनिधित्वका रुपमा मात्रै एमालेका लालबाबु पण्डित नेपाली कांग्रेसका दीपकुमार उपाध्याय र अजय चौरसिया भने उपस्थित थिए। बैठकमा तमलोपाका हृदयेश त्रिपाठी शिवनारायण उराव फोरमकी सुरुतीकुमारी साह फोरम लोकतान्त्रिकका प्रमोद गुप्ता राप्रपा नेपालका रामनारायण सिंह जनता दलकी गायत्री शाह र स्वयम् सभापति यादवको उपस्थितिले मात्र गणपूरक संख्या पुगेन।

हत्याको विरोधमा राप्ती अञ्चलमा दुईघण्टा चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ (देउखुरी),दाङको तुल्सीपुरस्थित तुल्सीपुर एफएमका अध्यक्ष देवीप्रसाद धितालको हत्याको विरोधमा आज राप्ती अञ्चलमा दुईघण्टा चक्काजाम गरिएको छ ।राप्ती बस व्यवसायी समितिका पूर्वअध्यक्ष समेत रहेका धितालको हत्याको विरोधमा आज बिहान ११ बजेदेखि १ बजेसम्म दुईघण्टा राप्तीका दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठानमा चक्काजाम आहृवान गरिएको छ ।हत्याको विरोधमा समितिका सबै कार्यालयले तीन दिनसम्मका लागि बन्दको आहृवान गरेका थिए ।उरहरीबाट तुल्सीपुर र्फकने क्रममा बिहीबार बेलुका अज्ञात समूहले धितालको गोली हानी हत्या गरेको थियो । अनुसन्धान जारी रहेको बताइए पनि आज चौथो दिनसम्म प्रहरीले कसैलाई पक्रन सकेको छैन ।यसैबीच, व्यवस्थापिका संसदका उपाध्यक्ष पूणकुमारी सुवेदीसहितको सभासद्को टोलीले सञ्चारउद्यमी एवम् रेडियो तुल्सीपुरका अध्यक्ष देवीप्रसाद धितालको गोली हानी हत्या भएको घटनाको आज बिहान जानकारी लिएको छ ।उपाध्यक्ष सहितको टोलीले हत्या गरिएका रेडियो तुलसीपुरका अध्यक्ष धितालका परिवारलाई भेटी जानकारी लिएको हो ।

सहमतीय सरकार बाबुराम भट्टराईले नेतृत्व गर्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा चुनिने प्रयास जारी राखेकै बेला उपाध्यक्ष बाबुराम भट्टराईले सहमतीय सरकार निर्माण भए आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । उनले बहुमतीय सरकारले शान्ति र संविधानलाई निष्कर्षमा नपुर्‍याउने बताउँदै सहमतीय सरकारमा जोड दिएका हुन् ।
'राष्ट्रिय सहमति जहाँ बन्छ, त्यहाँ हामी जानुपर्छ । म व्यक्तिगत रूपमा कुनै पदको आकांक्षी होइन । तर राष्ट्रिय सहमति बन्छ भने म प्रधानमन्त्रीका निम्ति तयार छु,' उनले शनिबार भने, 'म पदकै निम्ति मरिहत्ते गर्ने पक्षमा चाहिं छैन ।' उनले राजनीतिक दल र नेताको सत्ता/पदका लागि मरिमेट्ने प्रवृत्ति सहमतिको बाधक रहेको टिप्पणी पनि गरे ।
'अहिले पनि ३ सय १ को खेलमा होइन, राष्ट्रिय सहमतिमार्फ राष्ट्रिय सहमतिको सरकार बनाउन लाग्नुपर्छ,' उनले साउन १७ को तेस्रो निर्वाचनतर्फ औंल्याउँदै भने, 'यो १० दिनको समयमा गम्भीर ढंगले सोच्यौं भने यही प्रक्रिया वा अर्को प्रक्रियाबाट राष्ट्रिय संयुक्त सरकार बनाउन हामी सक्छौं ।'

अब नेपाली गीतहरू सित्तैमा बजाउन नपाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ९,अब सार्वजनिक स्थल वा माध्यममा नेपाली गीतहरू सित्तैमा बजाउन नपाइने भएको छ। भर्खर स्थापना भएको 'गीतकार संघ नेपाल'ले शनिबार एक भेला आयोजना गरी यो नियम लगाउन पहल गर्ने जानकारी दिएको हो। गीतकार कृष्णहरि बरालको अध्यक्षतामा स्थापना भएको संघमा सातजना गीतकारहरू रहेका छन्। जहिले पनि गीतकारहरू ओझेलमा पर्ने हुँदा, उनीहरूलाई अगाडि ल्याउन संघको स्थापना गरिएको जानकारी गराइयो। 'एउटा गीतबाट गायक र कम्पनीले लाखौं कमाउँछन्। तर त्यो गीतका रचनाकार गरिबीको मर्कामा परेको हुन्छ,' संघका अध्यक्ष कृष्णहरिले भने, 'अब गीतकारले पनि रोयल्टी पाउनुपर्छ।' नेपाल टेलिभिजन र रेडियो नेपालले मात्र रोयल्टी दिँदै आएकोमा अब निजी टेलिभिजन, एफएम र होटल-रेस्टुरेन्ट लगायतले पनि गीत बजाएमा रोयल्टी दिनुपर्ने नियम लगाइने उनले बताए। सिआरबिटीले दिइरहेको रोयल्टी बढाउनु पर्ने निष्कर्ष पनि गीतकारहरूको थियो।

इन्टरनेटको लतबाट बचाउने सफ्टवेयर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्टरनेट लतबाट मानिसलाई बचाउन दक्षिण कोरिया सरकारले एक अनौठो सफ्टवेयर उपलब्ध गराउने भएको छ । सफ्टवेयरको विशेषता के छ भने एक निश्चित समयपछि यसले व्यक्तिलाई इन्टरनेट प्रयोग गर्न दिँदैन । दक्षिण कोरियामा मानिसलाई इन्टरनेट लतबाट छुटाउन विशेष अभियान चलाउने तयारी गरिएको छ जसमा विशेषज्ञको माध्यमबाट काउन्सिलिङलगायतका अभियान थालिएका छन् ।सफ्टवेयर डेक्सटप र ल्यापटप दुवैका लागि आगामी वर्षदेखि उपलब्ध हुनेछ । यदि कोही प्रयोग कर्ताले दिनको चार घन्टा मात्र इन्टरनेट प्रयोग गर्न चाहन्छ भने तीन घन्टापछि यो सफ्टवेयरले इन्टरनेटको लाइन आफैँ काटिदिन्छ ।दक्षिण कोरियाली सरकारले कम्प्युटर गेम डिजाइन गर्ने कम्पनीलाई समेत मानिसलाई लत नलाग्ने किसिमका गेम बनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा करिब २० लाख मानिस इन्टरनेट लतको सिकार भएको अनुमान छ । इन्टरनेटको प्रयोग आवश्यकताभन्दा बढी हुन थालेको सिकायत बारम्बार आएपछि सरकारले यो कदम उठाएको बताइएको छ ।जुलाई महिनाको सुरुदेखि दक्षिण कोरियामा इन्टरनेटको प्रयोगका विषयमा व्यापक रूपमा बहस सुरु भएको थियो । अभिभावकले समेत इन्टरनेटको लतका कारण बच्चाहरूको देखभालमा बेवास्ता गर्न थालेको एक अध्ययनले देखाएको थियो । विशेषज्ञले भने यस किसिमको सरकारी कोसिसबाट सफलता मिल्न गाह्रो छ भनेका छन् किनिकि व्यक्तिले आफ्नो समयको प्रयोग कसरी गर्छ भन्ने कुरा उसको आफ्नै जिम्मेवारी हो ।

Jul 24, 2010

जापानमा आणविक सैन्य विमान दुर्घटना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो, क्रिप्टन ग्याससहित रेडियोधर्मी बोकेको जापानको एउटा मानवरहित सैन्य विमान प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले आज जनाएका छन् । दुर्घटनापछि प्रशान्त महासागरमा आणविक प्रदूषण खतरा नभएको दाबी ती अधिकारीहरुले गरेका छन् ।शुक्रबार टोकियोबाट एक हजार २०० किलोमिटर दक्षिणमा अवस्थित इओ जिमा द्वीपबाट बिहान सबेरै परीक्षण उडानमा रहेको एफ- १५ नामक लडाकू विमानको इन्जिनमा खरावी आएको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको जापानी रक्षा मन्त्रालयका एक अधिकारीले बताए ।उक्त मानवरहित विमानले ठूला जेट विमानहरुको इन्जिन चलाउन प्रयोग हुने क्रिप्टोन- ८५ नामक रेडियोधर्मी १०७.७ किलोबेक्वीरल तौल बोकी गन्तब्यतर्फ लागेको जापानी विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।क्रिप्टोन ग्यासको क्याप्सुल पानीमुनि फुटे पनि प्रसान्त महासागरको वातावरणमा खासै कुनै प्रभाव नपर्ने दाबी मन्त्रालयका ती अधिकारीले गरेका छन् ।मानिसले उक्त ग्यास सुंधे पनि मानिसको स्वास्थ्यमा खासै असर नपर्ने उनको भनाइ छ ।जापानको रक्षा मन्त्रालयको प्राविधिक अनुसन्धान तथा विकास संस्थाको स्वामित्वमा रहेको त्यस मानवरहित विमानको लम्बाइ ५.२ मिटर छ ।

अष्ट्रेलियाद्वारा २४ सै घण्टा समाचार दिने टिभी प्रशारण सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिड्नी,अष्ट्रेलियाको सरकारी लगानीको टेलिभिजन एबिसीले बिहीबारबाट २४ घण्टे समाचार प्रशारण सुरु गरेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ्ग कर्पोरेशनले एबिसी न्यूज-२४ ले अष्ट्रेलिया र विश्वका ताजा घटनाक्रम बारे निरन्तर र विज्ञापन सामेल नगरिकन समाचारहरु प्रशारण गर्ने बताएको छ । यसलाई फ्री-टू-एअर डिजिटल च्यानलमा प्राप्त गर्न सकिनेछ ।सरकारको यो चौबिस घण्टे समाचार सेवाले निजीक्षेत्रको केबल न्यूज स्काईसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । स्काई पिबिआई मिडिया, सेभेन मिडिया ग्रुप र बिटि्रस स्काई ब्रोडकास्टिङ्ग (मुर्दोक)को संयुक्त लगानीमा सञ्चालित छ ।स्काइ न्यूजले सरकारी प्रशारण सुरुवातप्रति विरोध दर्शाएको छ । स्काइको अष्ट्रेलिया र न्यूजिल्याण्डमा २५ लाख ग्राहकहरु छन् ।तर अष्ट्रेलियामै ६० समाचार कक्ष र १२ अन्तरराष्ट्रिय व्यूरोहरु भएको एबिसीको तुलनामा यसको साधन स्रोत ज्यादै न्यून छ ।

दलहरुबीच सहमति बन्न नसकेकोमा राष्ट्रपतिको चिन्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा.रामवरण यादवले दलहरुबीच सहमति बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री माधवकुमार नेपालसँग आज आफ्नै सरकारी भवन शितल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलीय असहमझदारीको कारण शान्ति र संविधान निर्माणको कार्य अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो।भेटमा प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीका कारण राजनीतिक सहमति बन्न नसकेको बताउनुभयो। उहाँले माओवादीले जेठ चौधको सहमति कार्यान्वयनमा उदासिनता कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाउनुभयो।

मधेशी मोर्चाको आधारपत्रमाथि कांग्रेसले छलफल प्रारम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ८ - सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबार सार्वजनिक गरेको आधारपत्रमाथि कांग्रेसले छलफल प्रारम्भ गरेको छ । शनिबार बसेको केन्द्रीय कार्य समिति बैठकमा प्रधानमन्त्रीका प्रत्यासी एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले आधारपत्र प्रस्तुत गरेका थिए । बैठकपछि कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले आधारपत्र सकारात्मक रहेको बताउँदै केही मुद्दामा गम्भिर छलफल आवश्यक रहेको बताए । त्यसमा छलफल गरी मधेशी मुद्दाका माग सम्वोधन गर्न पदाधिकारी र बार्ता टोलीको बैठक अहिले अपरान्ह बस्दैछ । मधेशी मोर्चाले मधेश आन्दोलनका क्रममा भएका २२ बूँदे र ८ बूँदे संझौता अक्षरश र भावना अनुसारुप कार्यन्वयन हुनुपर्ने, आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेशलगायतका बिषय आधारपत्रमा रहेको छ ।
त्यस्तै कांग्रेसले साउन १७ गतेको पूर्वनिर्धारित जिल्ला अधिवेशन प्रधानमन्त्रीका निर्वाचनका कारण २७ गते सारेको छ । केन्द्रीय समितिको शनिबार विहान बसेको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो ।
पार्टीको गाउँ, नगर अधिवेशन आइतवारदेखि सुरु हुदैछ । क्षेत्रीय अधिवेशन १५ र जिल्ला अधिवेशन १७ गते तोकिएको थियो । केन्द्रीय सदस्य पुर्ण वहादुर खडका अनुसार क्षेत्रिय अधिवेशनसम्म पूर्वनिर्धारित समयमै हुने र जिल्ला अधिवेशन मात्रै सारिएको जानकारी दिए ।

कङ्ग्रेसले पार्टीको जिल्ला अधिवेशन १० दिन लम्ब्याए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ८,कङ्ग्रेसले पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्ने समय १० दिन लम्ब्याएको छ। पूर्व निर्धारित कार्यक्रमअनुसार साउन ९ मा गाउँ कमिटीबाट सुरु भएर १७ साउनमा जिल्ला अधिवेशन सम्पन्न हुनुपर्थ्यो। राष्ट्रिय राजनीतिका कारण भन्दै यो कार्यक्रम लम्बाइएको हो। कङ्ग्रेसको १२ औं अधिवेशन भदौ १०-१४ मा हुने कार्यक्रम छ।शनिबार बसेको कङ्ग्रेस पदाधिकारी र केही केन्द्रीय समितिका सदस्यको बैठकले जिल्ला अधिवेशन साउन १७ सम्ममा सम्पन्न गर्नुपर्ने निर्णय गरेको हो। कङ्ग्रेसले आफ्ना संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधान मन्त्रीको उम्मेदवार बनाएको छ। साउन १७ गते प्रधान मन्त्रीका लागि तेस्रो चरणको निर्वाचन हुने भएकाले कङ्ग्रेस जिल्ला अधिवेशन सार्न बाध्य भएको हो।गाउँ इकाई गठनबाट प्रारम्भ हुने अधिवेशनका निम्ति यतिखेर कङ्ग्रेसका सबैजसो नेता, सांसद गृह जिल्लामै छन्।

Jul 23, 2010

नयाँ प्रधानमन्त्री निर्वाचित साउन १७ गते तेस्रो पटक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ७,दुई पटकसम्मको प्रयासमा नयाँ प्रधानमन्त्री निर्वाचित हुन नसकेपछि साउन १७ गते तेस्रो पटक प्रधानमन्त्री निर्वाचनको मिति तय गरिएको छ। शुक्रबार बसेको संसदको कार्यव्यवस्था समितिको बैठकले तेस्रो निर्वाचन १७ गते दिउसो ४ बजे गर्ने निर्णय गरेको छ। एमाले र मधेसवादी दलहरु बहुमतीय प्रणालीको मतदानमा भाग नलिएपछि दोस्रो चरणको निर्वाचनमा दुवै उम्मेदवारले समर्थन पाउन सकेनन्। १७ गतेको निर्वाचनमा पनि मधेसवादी दल र एमाले नै निर्णायक भूमिकामा रहनेछन्। मधेसवादी दलहरु मात्रै पनि माओवादीलाई समर्थन दिए माओवादी प्रत्यासी प्रधानमन्त्री हुने अवस्था थियो।

पुष्पकमल रामचन्द्र दोस्रो पटक पनि पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ७,प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दोस्रो पटक पनि पराजित भएका छन्। शुक्रवार साँझ भएको मतदानमा संसदको ठूलो हिस्सा तटस्थ रहँदा संसदले प्रधानमन्त्री छान्न नसकेको हो। बहुमत पुर्‍याउन ३ सय मत आवश्यक भए पनि दाहालले २ सय ४१ मत मात्र पाए।
उनको विपक्षमा १ सय १३ मत खसेको थियो। २ सय १८ सदस्य तटस्थ रहे। एमाले र मधेसवादी दलहरुले समर्थन नदिँदा दाहाल पराजित भएका हुन्। दाहालको प्रस्तावमा चुनाव हुँदा ५ सय ७२ सांसद उपस्थित थिए। संसदमा २ सय ३७ सदस्य रहेको माओवादीलाई प्रधानमन्त्री चयन हुन ६३ मतको आवश्यकता थियो। एमाले र ८२ मत भएका चार मधेसवादी दल दाहालको पक्षमा मतदान हुँदा तटस्थ रहे। पौडेलको प्रस्तावमा चुनाव हुँदा कूल ५ सय ७८ खसेको थियो। उनको पक्षमा १ सय २३ मत र विपक्षमा २ सय ४१ मत पर्‍यो। २ सय १४ सांसद तटस्थ रहे।शुक्रवारको चुनावमा पनि माओवादी अध्यक्ष दाहालले यसअघि पाए जति नै २ सय ४१ मत पाए। पौडेलले यसअघि १ सय १४ मत पाएका थिए। शुक्रवारको मतदानमा उनले यस अघिकोभन्दा एक मत कम पाए।दलहरुबीच सहमति जुट्न नसक्दा पाँच घण्टा ढिलो गरी संसदको बैठक सुरु भएको थियो।

हङकङमा कवियत्री केवल गंगा गुरुङको कविता संग्रह विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० जुलाई २१ तारीख बुधवारका दिन हङकङस्थित हेनरी जी ल्योङ कम्युनिटी हलमा सञ्चालित साहित्यिक कन्सर्टमा कवियत्री केवल गंगा गुरुङको कविता संग्रह "कविता केवल गंगा गुरुङका" को विमोचन प्राज्ञ तथा वरिष्ठ समालोचक ,उत्तरआधुनिक साहित्य लेखनका ब्याख्याता प्रा.डा.गोविन्दराज भट्टरार्इको वाहुलीबाट भयो । कवियत्री केवल गंगा गुरुङले हङकङमा चार वर्षको अवधिमा लेखिएका डायस्पोरीक चेतनाले युक्त कविताहरु उक्त संग्रहमा संग्रहित गरीएका छन् । साहित्यिक कन्सर्टमा नेपालका वरिष्ठ लेखकहरुमा मोमीला जाशी,अरुणा वैद्य,उषा शेरचन,सरुभक्त श्रेष्ठ,कृष्ण प्रसार्इ,महेन्द्रगुरुङ,राजेश्वर कार्की,महेश पौड्याल,नरेन्द्रराज गुरुङ,जयदेव भट्टरार्इ,डा.गोविन्दराज भट्टरार्इ हुनुहुन्छ भने त्यसैगरी सुकर्म समूहका सदस्यहरुमा डा.ध्रुवेस चन्द्र रेग्मी,प्रमोद उपाध्यय र श्याम नेपाली समावेश हुनुहुन्छ । नेपाली कलासाहित्य डटकमको पहलमा विश्वभरी नेपाली साहित्य,कला,संगीतको प्रचार प्रसार साथै विश्व साहित्य यात्राको पहिलो थालनी हङकङ हुदै कोरीया सम्मको यात्रा तय गरेको छ । र हङकङमा साहित्यिक कन्सर्ट सुकर्म वेण्डको संगीत गुञ्जनसंगै नेपालका वरिष्ठ कवि,कवियत्रीहरु आफ्नो कविता भब्यताका साथ वाचन गरेका थिए । उक्त कविता वाचनमा हङकङका कविहरु टंक सम्वाहाम्फे,देश सुब्बा,डि.बि.पालुङवा र वालकवि निङवा शक्ती मादेन सहभागी भएका थिए । हङकङका विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई आशनग्रहण गरार्इएको थियो भने कार्यक्रम नेपाली कलासाहित्य डटकम्,नेपाली साहित्य प्रतिष्ठान,हङकङ र एकिकृत समाज,हङकङको संयुक्त आयोजनामा गरिएको थियो । चौध जनाको वरिष्ठ साहित्य तथा संगीत टोली आज हङकङबाट कोरीया तिर प्रस्थान गर्दैछन् ।

Jul 22, 2010

भोकमरीग्रस्त देशमा नेपाल ५७ औँ देशमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ६- राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षाको अभावमा नेपालले पोषणयुक्त जनशक्तिको अभाव बेहोरिरहेको प्रतिवेदन सार्वजिनक गरेको छ। प्रतिवेदनमा ११ प्रतिशतले गरिबी घटेको उल्लेख छ। 'नेपालको खाद्य सुरक्षा' नामकरण गरिएको सो प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नेपालका धेरै जनता गरिबीको रेखामुनी रहेका, खाद्य सुरक्षाको अभाव भोग्नु परिरहेको र धेरै युवा बेरोजगार रहेको बताए।विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रिचार्ड रेगनले नेपालमा खाद्य सुरक्षाको अभावमा आर्थिक, सामाजिक समस्या उत्पन्न भइरहेको र त्यसलाई न्यूनीकरण गर्न राष्ट्रसङ्घले सहयोग गरिरहेको बताए।आयोगका सदस्य तथा खाद्य सुरक्षा अनुगमन प्रणालीका संयोजक डा. आरडी सिंहले नेपालको खाद्य सुरक्षाको अभावलाई न्यूनीकरण गर्न भोकमरीको समस्या भएका जिल्लाका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। प्रतिवेदनमा ८८ विकासोन्मुख मुलुकमध्येका भोकमरीग्रस्त देशमा नेपाल ५७ औँ देशमा रहेको उल्लेख छ।यसैगरी, खाद्य सुरक्षाको परिसूचकमा समेटिएका विश्वका १७७ मुलुकमध्ये नेपाल १४२ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

फेसबुकको सदस्य संख्या ५० करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामाजिक सञ्जाल वेभसाइट फेसबुकको सदस्य संख्या ५० करोड पुगेको छ । सन् २००४ मा सुरु भएको यो वेभसाइटले गत ६ महिनामा १० करोड नयाँ सदस्य थपिएका छन्।फेसबुकले भनेको छ कि यसले यो संख्यालाई एउटा ‘महत्वपूर्ण मूल्यको पत्थर’ मानेको छ। र उसले आफ्ना सदस्यका किस्सासँग विनम्र र प्रेरित महसुस गरिरहेको जनाएको छ।टेक्नोलजीका एक ब्लग ‘पकेट लिट’ का स्टुअर्ट माइल्सका अनुसार आजभोलि धेरै मानिस इन्टरनेटको प्रयोग गरिरहेका छन् र उनीहरु आफ्ना मित्रहरुलाई जानकारी बाँड्न चाहन्छन् ।स्टुअर्ट भन्छन्-फेसबुकको सुरुवात सामान्य थियो तर विस्तारै विस्तारै यसको लोकप्रीयता बढिरहेको छ र अचानक एकअर्कालाई फेसबुकमा आउनका लागि प्रेरित गर्न लागे ।माइल्सका अनुसार फेसबुकले ५० देखि ७५ करोडसम्म पुग्न धेरै समय लाग्ने छैन । जानकारहरुका अनुसार फेसबुकले एक दिन १०० करोडको संख्या पनि पार गर्नेछ।जसरी फेसबुकको लोकप्रीयता बढ्दोछ यसका प्रतिद्वन्दी लुप्त हुँदै गएका छन् । एक समय सामाजिक सञ्जालको संसारमा छाएको वेभसाइट माइस्पेस अब मात्र ६ करोड ५० लाख सदस्यमा सीमित बनेको छ।एउटा अर्को प्रतिद्वन्दी बेबोले पनि निकै कठिनाईको सामना गर्नु परेको छ। फेसबुकको अलावा ट्वीटर नै दोस्रो सामाजिक सञ्जाल वेभसाइट हो जुन लगातार अघि बढिरहेको छ।

प्रदीप ज्ञवालीले अध्यक्ष पुष्पकमल दाहाललाई भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ६ - एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बिहीबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेका छन् । ज्ञवाली एक्लै दाहालसहितका नेताहरुलाई भेट्न माओवादी संसदीय दलको कार्यालयमा पुगेका थिए । माओवादी नेताहरुलाई भेटेपछि उनले दलहरु फेरि सहमतितर्फ फर्कनुको विकल्प नभएको बताएका छन् । 'प्रचण्डजीसित प्रधानमन्त्री चयन कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो,' उनले भने, 'अब राजनीतिलाई फेरि पनि सहमतितर्फ फर्काउनुको विकल्प छैन, यो 'डेडलक'को चुनौतिलाई अवसरकोरुपमा लिनुपर्छ ।'
एमालेले दुई तिहाइ बहुमत ल्याउन नसकेको भन्दै बुधबार भएको प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी फिर्ता लिएको थियो । एमाले उम्मेदवार अध्यक्ष झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएपछि अब माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेता रामचन्द्र पौडेलबीच शुक्रबार पुनः निर्वाचन हुँदैछ ।
यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार केही साना दलहरुसँग भेट गरी आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन् । दाहालले राप्रपा नेपाल, सदभावना (सरिता गिरी समूह) र जनमुक्ति पार्टीसँग छलफल गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरुसँगको बैठक दाहालले जनमुक्ति पार्टीका एमएस थापा र सद्भावना पार्टी (आनन्दीदेवी) की सभासद सरिता गिरीसँग भेट गरे ।

म्याराडोनाले प्रशिक्षकमा निरन्तरता दिने मनस्थिति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्युनर्स आयर्स/ डिएगो म्याराडोनाले अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा आफूलाई निरन्तरता दिने मनस्थिति बनाएका छन् । आगामी साता अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष जुलियो ग्रोन्डोनासँग भेटेपछि उनले सो घोषणा गर्ने बताइएको छ । अर्जेन्टिनी सरकारद्वारा सञ्चालित समाचार संस्था टेलमका अनुसार ग्रोन्डोनाले आगामी साता म्याराडोनासँग भेट्दै छन् । स्थानीय पत्रिका ला नासियोनका अनुसार मंगलबार ग्रोन्डोनासँग टेलिफोनमा कुरा गरेपछि म्याराडोनाले आगामी २०१४ मा ब्राजिलमा हुने विश्वकपसम्मका लागि टोलीको कमान सम्हाल्न सहमति जनाएका हुन् । तर, महासंघले भने म्याराडोनाले सहमति दिएको विषयलाई आधिकारिता दिन चाहेको छैन ।
दक्षिण अपिmकामा सम्पन्न विश्वकपको क्वाटरफाइनलमा जर्मनीसँग हारेपछि म्याराडोनाले अहिलेसम्म सार्वजनिक रूपमा केही पनि बोलेका छैनन् । अहिले उनी भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजको निमन्त्रणामा त्यहाँ फुटबल क्लिनिक सञ्चालन गर्न आगामी मंगलबार त्यसतर्फ जाने तयारीमा छन् ।
अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेज भने खुला रूपमा म्याराडोनाको पक्षमा उभिएकी छिन् भने त्यहाँका सांसदहरूले राजधानीमा उनको सालिक बनाउनुपर्ने प्रस्तावसमेत राखिसकेका छन् । तर, कतिपयले म्याराडोनाको प्रशिक्षणमा रहेको अनुभवको कमीले जर्मनीसँग लज्जास्पद हार बेहोर्नुपरेको आरोप पनि लगाइरहेका छन् ।

माओवादी नेताले अध्यक्ष कमल थापासँग भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ६,अध्यक्ष पुष्पकमल दाहालसहितका माओवादी नेताले राप्रपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त पार्टीका अध्यक्ष कमल थापासँग भेटेका छन्। दाहाल, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले भोलि हुने प्रधान मन्त्रीको चुनावमा सहमति जुटाउन थापासँग छलफल गरेका थिए। तर थापाले उचित समयमा निर्णय गरिने जवाफ माओवादी नेताहरुलाई दिएको थाहा भएको छ।

शिक्षा परिषदले अनियमितता गरेको ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले उत्तर पुस्तिका छपाईको क्रममा उच्च माध्यामिक शिक्षा परिषदले अनियमितता गरेको ठहर गरेको छ। समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उत्तर पुस्तिकाको टेन्डरमा अनियमितता भएको विषयमा शिक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदनमाथि छलफल भएपछि समितिले यस्तो निष्कर्ष निकालेको हो।समितिले अनियमितता गरेको भन्दै परिषदका उपाध्यक्ष, सदस्य सचिव र लेखा प्रमुखलाई कारवाही गर्नका लागि सरकारलाई निर्देशन दिएको छ। कर्मचारीको मिलेमतोमा अनियमितता भएको भन्दै प्रचलित कानुन अनुसार कारवाही गर्न निर्देशन दिइएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो।समितिले आजको बैठकमा उच्चमाध्यामिक शिक्षा परिषदका उपाध्यक्ष उपेन्द्र कोइरालासँग स्पष्टिकरण लिएको छ। समितिका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै कोइरालाले शिक्षा मन्त्रालयले गठन गरेको छानविन समितिले गलत प्रतिवेदन बनाएको बताउनु भएको थियो। समितिले जवाफ चित्त बुझ्दो नभएको भन्दै शिक्षा मन्त्रालयको प्रतिवेदनको आधारमा कारवाहीको सिफारिस गरेको हो।लेखा समितिले थप छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। यसअघि समितिले उत्तर पुस्तिका गुणस्तरहिन भएको र आवश्यकता भन्दा कम भएको विषयमा शिक्षा मन्त्रालयलाई आयोग गठन गरी छानविन गर्न निर्देशन दिएको थियो।

Jul 21, 2010

सभामुखले साउन ७ गते निर्वाचन हुने जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री नेपालले भने हाम्रो पार्टीको केन्द्रीय कमिटीले अपेक्षा गरेको अनुरुपको संख्या (४०१) हामीले प्राप्त गरेनौँ। साउन ४ गतेको बैठकको निर्णयको आधारमा पार्टीको वफादार कार्यकर्ता भएकोले अहिले उम्मेदवारी फिर्ता लिने निर्णय गर्छौँ। प्रस्ताव फिर्ता भएकोले मतदानमा लगिएन। सभामुखले अब साउन ७ गते शुक्रबार दिउँसो १ बजे निर्वाचन हुने जानकारी दिएका छन्।

कांग्रेसका रामचन्द्र पौडेल पनि पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेसका रामचन्द्र पौडेल पनि पराजित भएका छन् । उनको पक्षमा १ सय २४, विपक्षमा २ सय ३५ र तटस्थमा २२८ मत परेको छ । मतदान प्रक्रियामा ५ सय ९७ सभासदमात्र उपस्थित छन् ।

प्रचण्डलाई प्रधानमन्त्री चयन गरियोस भन्ने प्रस्ताव अस्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री चयन गरियोस भन्ने प्रस्ताव अस्वीकृत भएको छ। संविधानसभा बानेश्वरमा जारी बैठकमा भएको मतदानमा प्रचण्डलाई प्रधानमन्त्री चयन गरियोस भन्ने पक्षमा २४२ मत परेको थियो भने हुन्न भन्नेको संख्या ११४ रहेको छ। कुल ५९२ सभासद उपस्थित रहेकोमा २३६ जना सभासदले आफ्नो मत हुन्न वा हुन्छ नभनी तटस्थ रहेको मत व्यक्त गरेका थिए ।अहिले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्री चयन गरियोस भन्ने प्रस्तावका पक्ष र विपक्षमा मतदान भइरहेको छ।यसअघि करिब दुई घण्टा ढिलो सुरुभएको बैठकमा एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा चयन गरियो भन्ने प्रस्ताव गर्नुभएको थियो। प्रस्तावहरुमाथि भएको छलफलपछि अध्यक्ष प्रचण्डको नाम फिर्ता लिन चाहे सकिने सभामुखले बताएपछि डा. भट्टराईले लिन अस्वीकार गर्नुभएपछि मतदान सुरु भएको हो ।यसैगरी नेपाली काँग्रेसका तर्फबाट बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीका संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नुभएको थियो। दुई तिहाइ मत सुनिश्चित भएमात्र प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णय एमालेले गरेपनि सहमतिको प्रक्रिया जारी रहेको बताउँदै माधवकुमार नेपालले अध्यक्ष खनालको प्रस्ताव गर्नुभएको थियो।नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्तद्वारा एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको र्समर्थन फिर्ता । तिनै दलले आफुहरु निर्वाचन प्रकृयामा सहभागी नहुने उल्लेख गरेका छन् । मालेको ९, संयुक्तको ५ र जनमोर्चाको ४ मत थियो ।

सभासद्द्वारा आत्महत्याको प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ५ - नयाँ प्रधानमन्त्री चयनका लागि सबै दलका सभासद्‍हरु संविधानसभामा केन्द्रित रहँदा नेकपा मालेका एक सभासद्‍ले आत्महत्याको प्रयास गरेकी छिन्। नेकपा मालेको सभासद् सारदा नेपालीले फिनेल खाएर आत्महत्याको प्रयास गरेकी हुन्।
बिहान ९ बजे फिनेल खाएकी सभासद्‍लाई उपचारका लागि निजामति अस्पतालमा लगिएको थियो। त्यहाँबाट उनलाई शिक्षण अस्पताल पठाइयो। शिक्षण अस्पतालमा उपचारपछि उनी खतराबाहिर रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी दीपक थापाले जानकारी दिए।स्रोतका अनुसार पार्टीका नेता तथा अध्यक्षले समेत पटक पटक पार्टीबाट निस्कासन गर्छु भनेकाले उनले आत्महत्याको प्रयास गरेकी हुन्। 'पार्टीले कारबाही गर्ने र पारिवारिक समस्या पनि देखिएको छ,' उनको आत्महत्या प्रयासबारे स्रोतले भन्यो, 'सफा गर्न राखिएको फिनेल खाएकी रहिछिन्।'

तेह्र विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ५- तेह्र विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र हटाउने निर्णयको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरका छन्। तेह्र विद्यार्थी सङ्गठनको आज बिहान बसेको बैठकले तय गरेको चारबुँदे आन्दोलनका कार्यक्रमहरूमा ७ गते देशभरका उच्च माविका विद्यार्थी, अविभावक, कर्मचारीको संयुक्त भेला गर्ने, ९ गते नागरिक समाज, विद्यार्थी सङ्गठन र अन्य विद्यार्थीसहित संयुक्तरूपमा सडकमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी १० गते सबै सरकारी उच्च माविको लेखा र १२ गते सबै सार्वजनिकसहित उच्चमाविको लेखामा तालाबन्दी गर्ने बैठकले निर्णय गरको छ।सबै सार्वजनिक उच्चमाविमा पाँचजना दरबन्दी हुनुपर्ने, २४० वटै निर्वाचन क्षेत्रमा राज्यले लगानी गर्नुपर्नेलगायत माग पूरा गर्नुपर्ने भन्दै १३ विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरको अनेरास्ववियुका महासचिव माधव ढुङ्गेलले बताए।

म्याराडोना आफ्नो भविष्यको बारेमा चुप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुनर्सआयर्स/ अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिएगो म्याराडोना अझै आफ्नो भविष्यको बारेमा केही बोल्न तयार भएका छैनन् । अघिल्लो साता अर्जेन्टिनी फुटबल महासंघले म्याराडोनासमक्ष २०१४ को विश्वकप फुटबलसम्मका लागि प्रशिक्षकको प्रस्ताव राखेको थियो । डेढ साताअघि दक्षिण अपिmकामा सम्पन्न विश्वकपमा अर्जेन्टिना जर्मनीसँग क्वाटरफाइनलमा ४-० को लज्जास्पद हार बेहोर्दै प्रतियोतिगाबाट बाहिरिएको थियो ।
विश्वकपको उपाधि दिलाउन नसके पनि म्याराडोना नै राष्ट्रिय टोलीका प्रशिक्षक हुनुपर्ने माग स्थानीय जनताबाट आएको थियो । अर्जेन्टिनी जनताको भावनाअनुरूपै संघका अध्यक्ष जलियो ग्रोन्डोनाले म्याराडानासमक्ष चार वर्षको प्रशिक्षक पदावधि प्रस्ताव राखेका हुन् । यता म्याराडोना भने विश्वकपपछि गुपचुप भएर बसेका छन् । सार्वजनिक रूपमा उनले केही पनि बोलेका छैनन् । संघको प्रस्ताव एकातिर राख्दै म्याराडोना भेनेजुएलाका राष्ट्रपति हुगो चाभेजको निमन्त्रणा स्विकार्दै त्यसतर्फ जाने भएका छन् । भेनेजुएलामा म्याराडोनाले स्थानीय फुटबलरलाई फुटबल टिप्स दिनेछन् ।

Jul 20, 2010

मुख्य तीन दलले छुट्टाछुट्टै उम्मेदवारी दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ४ - बहुमतीयभित्रैबाट सहमति खोज्ने बताएका मुख्य तीन दलले अन्ततः बुधबार हुने प्रधानमन्त्री निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । मंगलबार संसद् सचिवालयमा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका हुन् । माओवादीले दाहाल र एमालेले खनाललाई उम्मेदवार उठाउने निर्णय अन्तिम समयमा गरेका हुन् ।
माओवादी अध्यक्ष दाहालले दर्ता गराएको मनोनयपत्रको प्रस्तावकमा उपाध्यक्ष बाबुराम भट्टराई र समर्थकमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । यसैगरी कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा शेरबहादुर देउवा र समर्थकमा केवी गुरुङ छन् । पौडेललाई उम्मेदार बनाउने निर्णय कांग्रेसले तीन दिन अघि नै गरेको थियो ।
यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले पनि उम्मेदवारी दर्ता गराएका छन् । खनालको प्रस्तावक प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र समर्थक संसदीय दलका उपनेता विष्णु पौडेल छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उम्मेदवारी फिर्ता पनि नलिने र अन्य दललाई नसघाउने सर्तमा उम्मेदवार बनाइएको हो । एमाले अध्यक्ष खनाललाई भने दुई तिहाइ मत ल्याउने सर्तमा उम्मेदवार बनाइएको हो । दुई तिहाइ नभए उम्मेदवारी फिर्ता लिने निर्णय भएको एमाले सचिव शंकर पोखरेलले जानकारी दिए ।

खोलाले घर बगाउँदा एक परिवारका १० जना बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, साउन ४- अविरल वर्षापछि बढेको खोलाले घर बगाउँदा डोल्पामा एक परिवारका १० जना बेपत्ता भएका छन्। लह गाउँ विकास समिति- ५, करमगाडका लालबहादुर रोकायासहित उनका परिवारजन बेपत्ता भएका हुन्।
खोलाले अन्य तीन स्थानीयका घर बगाउनुका साथै करमगाड इलाका प्रहरी कार्यालयको सम्पूर्ण सामग्री बगाएको छ। मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार सोमबार राति करिब १ बजेतिर खोलामा बाढी बढ्दा लालबहादुरको घर बगाएको थियो।
घरमा सुतिरहेका लालबहादुरसहित उनका बुवा सोमे, आमा सुविधरा, श्रीमती मनिकला, ११ वर्षीय छोरा सूर्य, जेठो बुवाको छोरा कुन्दरे र नाम नखुलेका एक छोरा तथा अर्की एक काखेछोरीलाई खोलाले बगाएको कार्यालयका डिएसपी नरेशमान श्रेष्ठले बताए। साउने संक्रान्तिमा माइत आएका छोरी-ज्वाइँ पनि खोलामा बगेर बेपत्ता भएका छन्।

शिक्षा मन्त्रालयमा २ घन्टा धर्ना तथा सभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमाणपत्र तह हटाउने त्रिभुवन विश्वविद्यालयको निर्णयविरुद्ध विगत एक साताअघि आन्दोलन गर्दै आएका १३ विद्यार्थी संगठनले सोमबार शिक्षा मन्त्रालयमा २ घन्टा धर्ना तथा सभा गरेका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थीहरुले उक्त धर्ना सभा तथा प्रदर्शन गरेका हुन्। बिहान ११ देखि १ बजेसम्म गरिएको धर्ना तथा विरोध कार्यक्रममा विद्यार्थीहरुले \'विद्यार्थीको एउटै स्वर प्रमाणपत्र तहमा भर्ना खोल’ \'उच्च माध्यमिक तहमा लगानी वृद्धि गर’ जस्ता नारा लगाएका थिए।सो कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले भन्नुभयो- \'विद्यालय तहको शिक्षामा राज्यको दायित्व पूर्णतः कायम गर्नुपर्छ त्यसो हुँदा मात्र फेजआउट सहज हुन्छ।’कक्षा ९ १० ११ र १२ का विद्यार्थीहरुको उच्च शिक्षामा सहजतापूर्वक जानका निम्ति १३ विद्यार्थी संगठनले आन्दोलनमा सहभागी हुन गरिएको अपिलअनुसार ती विद्यार्थीले पनि १३ विद्यार्थी संगठनलाई सघाएका थिए।उक्त धर्ना सभा तथा प्रदर्शन कार्यक्रममा स्कुल तथा कलेजका सयौं विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। १३ विद्यार्थी संगठनहरुले आज धर्ना कार्यक्रम १ घन्टा थप गरी ११ देखि २ बजेसम्म गर्ने समेत अध्यक्ष न्यौपानेले बताउनुभयो।

Jul 19, 2010

पासपोर्ट छाप्न ओबर्थर टेक्नोलोजीलाई दिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमआरपी छपाइ गर्ने जिम्मा फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीलाई दिने निर्णयमा कुनै फेरबदल नहुने बताएको छ। ओबर्थरले उपलब्ध गराउने राहदानी कमसल खालको हुने तथा उक्त कम्पनीले पेस गरेको कागजात नक्कली भएको विषयमा परराष्ट्रमा परेको उजुरीउपर मन्त्रालयले छानबिन गर्दा कुनै किसिमको आरोप पनि पुष्टि हुन नसकेकाले एमआरपी छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई दिने मन्त्रालयको अघिल्लो निर्णयमा सदर हुने भएको हो।परराष्ट्र मन्त्रालयले बोलपत्र प्रतिस्पर्धामा फ्रान्सको ओबर्थर टेक्नोलोजीले एमआरपी छपाइको जिम्मा पाएको र सम्झौता गर्न आउनका लागि आ³वान गरिएको आशयपत्र जारी गरेको थियो।

पश्चिम बङ्गालमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दिल्ली, साउन ३,भारतको पश्चिम बङ्गालमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ। द्रुत गतिमा दौडिरहेको रेलले‍ अर्को रेललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी अरु ९० जना घाइते भएका छन्। मृत्यु तथा घाइते हुनेको सङ्ख्या बढ्न सक्ने एजेन्सीले बताएका छन्। एजेन्सीका अनुसार दुर्घटनामा तीन जना रेल कर्मचारी तथा अन्य यात्रुको पनि मृत्यु भएको छ। कोचविहार सियाडल उत्तरबङ्गा एक्सप्रेसको रेल भगालपुर राँची बाहाञ्चल एक्सप्रेससँग जुध्दा दुर्घटना भएको हो। दुर्घटना दिउसो २ बजे भएको जनाइएको छ।

जनक शिक्षाका १४३ जना कर्मचारीलाई निष्कासन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, श्रावण ३ - जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले केन्द्रमा कार्यरत १४३ जना कर्मचारीलाई निष्कासन गरेको छ । केन्द्रमा बढ्दो घाटा नियन्त्रण गर्न एवम् ओभरस्टाफिङ घटाउन दैनिक ज्यालादारीमा कार्यरत सानोठिमीस्थित केन्द्रीय कार्यालय तथा पोखरा, धनगढी, भैरहवा, नेपालगन्जलगायतका क्षेत्रीय कार्यालयका कर्मचारीलाई निष्कासन गरेको केन्द्रका प्रवन्ध सञ्चालक रामचन्द्र सिलवालले बताए ।
जनक शिक्षाको घाटा थेग्न नसक्ने अवस्थामा पुगेकाले यसलाई चुस्त पार्न व्यवस्थापनले ३२ वटा बुँदा तय गरी कार्य अगाडि बढाएको छ । त्यसभित्र बढी भएका कर्मचारी कटौती, अनावश्यक गाडीको प्रयोग रोकेर तेल जोगाउने, बाहिरबाट नयाँ काम ल्याउने, पाठयपुस्तक समयमै छाप्नेलगायतका कार्य रहेको सिलवालले बताए । केन्द्रलाई घाटाबाट जोगाएर आत्मनिर्भर बनाउने प्रयास थालेको बताउँदै उनले मासिक रु १० देखि १५ लाख नोक्सान कम गर्दै लगेको दाबी गरे ।

२१ वर्षीया महिलाले एकैपटक चारजना शिशुलाई जन्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुर,एकै पटकमा महिलाले कतिजना शिशुलाई जन्म दिन सक्छिन् ? एक, दुई, तीन, तर कञ्चनपुरको त्रिभुवनबस्ती गाविस-७ भानुबस्तीकी २१ वर्षीया महिलाले एकैपटक चारजना शिशुलाई जन्म दिएर सबैलाई आश्चर्यचकित पारेकी छिन् ।आइतबार राति ८.४५ बजे २१ वर्षीया कलावती पुजाराले पाँच/पाँच मिनेटको फरकमा चारजना शिशुलाई जन्म दिएकी हुन् ।गाउँमै रहेको स्वास्थ्यचौकीमा उनले शिशुलाई जन्म दिएको स्वास्थ्यकर्मीहरुले बताए । तीनजना शिशुको तौल ७०० ग्राम रहेको छ भने एकजना शिशुको तौल ५०० ग्राम रहेको स्थानीय धनबहादुर विकले बताए ।जन्मेका चार शिशुमध्ये दुईको मृत्यु भएको छ भने अरु दुईको अवस्था चिन्ताजनक रहेको स्वास्थ्यकर्मीहरुले बताए ।शिशुलाई जन्म दिने महिलाका परिवारको आर्थिक अवस्था कमजोर भएकाले बाँचेका दुवै शिशुको स्वास्थ्य उपचारका लागि सहयोग गर्न दातासँग माग गरेका छन् ।

माओवादीको समर्थन खनाललाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३,माओवादी पदाधिकारी बैठकले आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नरहे एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा भएको बैठकले आफ्नो नेतृत्वको सरकारका लागि पहल गर्ने र समर्थन नजुटे खनाललाई सघाउने निर्णय गरेको हो। 'हाम्रो नेतृत्वमा सरकारको पहल गर्छौं', माओवादी सचिव पोष्टबहादुर बोगटीले नागरिकन्युजसँग भने- 'सम्भव नभए एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वलाई समर्थन गर्ने निर्णय भएको छ।' माओवादीले गरेको निर्णयले बल्खुमा चलिरहेको एमाले केन्द्रीय कमिटीको बैठक प्रभावित भएको छ। प्रधानमन्त्रीको उम्मेदवार र समर्थन बारे निर्णय गर्न बसिरहेको एमाले केन्द्रीय कमिटीको बैठकलाई अब अध्यक्ष खनालको पक्षमा समर्थन जुटाउन सहज भएको छ।

Jul 18, 2010

पृथ्वीको आयु ७ करोड वर्ष कम भएको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अहिलेसम्म वैज्ञानिकहरूले यो मानिरहेका थिए कि पृथ्वीको उत्पत्ति आजभन्दा ४.५३७ अर्ब वर्षपहिले भएको थियो । तर, एउटा नयाँ अध्ययनले पृथ्वीको आयु योभन्दा ७ करोड वर्ष कम भएको दाबी गरेको छ । क्याम्बि्रज विश्वविद्यालयले गरेको अध्ययनको यो निष्कर्ष नेचर जिओसाइन्स पत्रिकामा प्रकाशित भएको छ । जसमा पृथ्वीको आयु यसअघि दाबी गरिएको भन्दा ७ करोड वर्ष कम भएको दाबी गरिएको छ । पृथ्वीमा खसेको प्राचीन उल्कापिण्डबाट प्राप्त तथ्यअनुसार, यो अन्तर पत्ता लागेको अध्ययनको निष्कर्ष छ । यो तथ्य बाहिर आएपछि वैज्ञानिकहरू यसको विश्लेषणमा जुटेका छन् । यो अध्ययनभन्दा अघि वैज्ञानिकहरूले पृथ्वीको गठन प्रक्रियामा ३ करोड वर्ष लागेको मान्दै आएका थिए । तर, नयाँ अध्ययनले यो प्रक्रिया सय करोड वर्षमा मात्र सकिने र यसको कम्पनको गति पनि बढ्न सक्ने निष्कर्ष निकालेको छ ।

साना १० दलले माओवादीलाई समर्थन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २,आफ्नो नेतृत्वको सरकार गठनका लागि माओवादीले छलफल तीब्र पारेको छ। कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन नगर्ने जनाएको माओवादीले आइतबार साना १० दलसँग छलफल गरेको छ। १० दलले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको बाबुराम भट्टराईले बताए। 'बैठकमा सहभागी दलहरुले माओवादीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्', बैठकबाट बाहिरिएका भट्टराईले मिडियाकर्मीलाई भने- 'गणतन्त्र र संघीयताको पक्षमा वकालत गर्नेलाई सहमति दिने कुरा भयो।'सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन बैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापा सहभागी थिए। एकीकृतका महासचिव रामसिंह श्रीश, नेपा पार्टीका केशवमान शाक्य, संघीय लोकतान्त्रिक मञ्चको खगेन्द्र माखिम सहभागी थिए।गणतन्त्र, संघीयताको पक्षमा वकलात गर्दै आएका साना १० दलले सहमतिको सरकार गठनको समयमा पनि माओवादीलाई समर्थन गर्ने जनाएका थिए।

Jul 17, 2010

मञ्चसम्बद्ध लिम्बुवान मोरङको जिल्ला भेला सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति मोरङले असार २५ गत बेलबारीमा प्रथम जिल्ला साधारण भेला भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भेलाको उद्घाटन गर्दै संघीय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले पार्टीमा सिर्जित विवादमा निर्वाचन आयोगबाट आफ्नो पक्षलाई आधिकारिकता प्रदान भएको र सो आधिकारिकता संघीय गणतन्त्रवादी र लिम्बुवानवादी शक्तिको विजय भएको बताउनु भयो । साथै, लिङ्देनले अब लिम्बुवानको आन्दोलन थप उचाईकासाथ अघि बढ्ने जानकारी गराउँदै फेरि एकपल्ट लिम्बुवान विरोधीहरुको मखुण्डो उदाङ्गिएको खुलाशा गर्नुभयो । यसरी नै परिषदको उपाध्यक्ष ज्ञानबहादुर गुरुङ महिला परिषदका अध्यक्ष शान्ता योङहाङ र केन्द्रीय सदस्य अशोक चेम्जोङद्वारा उक्त भेलामा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । भेलामा मोरङ जिल्ला अध्यक्ष देउमान लिम्बूले साङ्गठानिक प्रतिवेदन, जिल्ला सदस्य भविराज तुम्साले कार्य योजना प्रस्ताव, एल्भी उपकमाण्डर रविन चेम्जोङले मोरङ जिल्लामा एलभीको साङ्गठानिक स्थिति, महिला केन्द्रीय सदस्य एविश्चा लाबुङले महिला सङ्गठनको प्रतिवेदन र सचिवालय सदस्य एवम् मोरङ जिल्ला आर्थिक समिति संयोजक बाङगाइ धिमालले मोरङ जिल्लाको आर्थिक प्रतिवेदन पेश गरेका थिए । यही भेलामा रस्मिता लिम्बूको अध्यक्षतामा संघीय लिम्बुवान महिला परिषद मोरङ जिल्ला कार्य समिति पुनर्गठन गरियो । साथै पदम लिम्बूलाई मोरङ जिल्लाको एलभी इन्चार्ज र भक्त लिबाङलाई सहइन्चार्जको जिम्मेवारी तोकियो । यस साधारण भेलाले लिम्बुवान मोरङ जिल्ला अन्तर्गतको विराटनगरमा विशाल लिम्बुवान आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभा गर्ने मिति र अन्य व्यवस्थापन बारे परिषद केन्द्रीय समितिसँग समन्वय गरेर जिल्ला कार्य समितिले जोडदारका साथ लागिपर्ने प्रस्तावसमेत पारित गरेको छ ।

एक हजार बिघा नेपाली भूमि अतिक्रमण भारतीय नागरिकले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तरी, १ साउन,सप्तरीको करिब एक हजार बिघा नेपाली भूमि अतिक्रमण गरेर भारतीय नागरिकले निर्बिघ्न रूपमा खेती गर्दै आएका छन् । वर्षौंदेखि नेपाली भूमिमा पसेर खेती गर्न थालेका भारतीयलाई हटाउन सरकारले कुनै पहल गरेको छैन । सप्तरीको लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म सात किलोमिटरको दुरीमा रहेको एक हजार विघाभन्दा बढी नेपाली भुमि भारतीयले अतिक्रमण गरेका हुन् । उनीहरुले सो क्षेत्रमा तीन दर्जनभन्दा बढी घर-टहरा निर्माण गरेका छन् भने दशगजा क्षेत्र मिचेर ग्रामिण सडकसमेत बनाएका छन् । लालापट्टी र गोविन्दपुर गाविस तथा भारतको विहार राज्यको राजपुर र न्यौर गाउको बीचमा रहेको दशगजा क्षेत्र पुरै भारतीयको कब्जामा छ । उनीहरुले त्यहाँ घरै बनाएर बसोबास गर्दैआएका छन् ।

मधेसी मोर्चाले साझा धारणा सार्वजनिक गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग भएको आठबुँदे सम्झौताको भावनाअनुरूप आगामी मंगलबारसम्म सरकारबारे विस्तृत छलफल गरी साझा धारणा सार्वजनिक गर्ने भएको छ । स्रोतका अनुसार मोर्चाको आइतबार बैठक बस्ने सम्भावना छ । हाल मोर्चामा फोरम (लोकतान्त्रिक) को २७, फोरमको २५, तमलोपाको २० र सद्भावनाको ९ गरी ८१ सभासद छन् । यसअघि तीन दलमा सीमित मोर्चा शुक्रबार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी र दुवै फोरम एकैठाउँमा बसेर मधेस राजनीतिको रणनीतिबारे छलफल गरेपछि ब्युँतिएको हो । मोर्चाको उक्त बैठक १४ महिनापछि भएको थियो ।

एक महिने दवाव मुलक आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आदिवासी जनजाती महासंघले प्रमुख दलहरु संबिधान निर्माणमा केन्द्रित नभएको र आदिवासी जनजातिले उठाउदै आएको माग प्रति गम्भिर नभएको भन्दै एक महिने दवाव मुलक आन्दोलनको घोषणा गरेको छ । महासंघले नयां संबिधानमा आदिवासी जनजातिहरुको अधिकार सँग संबन्धित आठ बुँदे, १२ बुँदे माग कार्यन्वय गराउन दवाव दिने उदेश्य यहि श्रावण २ गते देखि ३० गते सम्म प्रथम चरणको आन्दोलन घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा धर्ना ज्ञापनपत्र भित्तेलेखन, अन्तर्क्रिया, कोण सभा देखि देशभर चक्का जाम र अन्तमा उपत्याका नाका बन्दी सम्म रहेका छन् । महासंघले आन्दोलनका कार्यक्रम आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारि दिएको हो ।
महासंघले जातिय भाषिक र ऐतिहासिक पहिचानको आधारमा राज्यको पुनर्संरचना हुनु पर्ने, प्रस्तावित नारायणि सुन कोशी जडान प्रक्रिया खारेज गर्नुपर्ने, संबिधानसभामा सभासदहरुलाई व्हिप जारीगर्न बनेको ऐन तत्काल खारेज गर्नु पर्ने माग अघि सारेको छ । ३ दलहरुबिचको अन्तरद्वन्द्व तत्काल बन्द गरी संबिधान निर्माणको कार्यतालिकासार्वजानिक गरिनुपर्ने, संबिधानसभाको ११ वटा बिषयगत समितिको प्रतिवेदनमाथि आदीवासी जनजातीले राखेको मागलाई संबोधन गरिनुपर्ने लगायतका रहेका छन् ।

ब्राजिलियन खेलाडीले हत्या गरे प्रेमिकाको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रियो दि जेनेरियो/ ब्राजिलको प्रतिष्ठित क्लब फलेमिङगोका कप्तान तथा गोलरक्षक ब्रुनो सुजाले आपनै प्रेमिकाको हत्या गरी कुकुरलाई खुवाएका छन् । २५ वर्षीय बु्रनोले निलो चलचित्रकी नायिका तथा प्रेमिका एलिजाको केही दिनअघि हत्या गरेका हुन् । हत्याको कसैले सुइँको नपाऊन् भनेर ब्रुनोले एलिजाको लास सयौँको संख्यामा टुक्रा पारे । त्यसपछि उनले ती स-साना मासुका टुक्रा कुकुरसमक्ष राखिदिए ।
तर, ब्रुनोको कुकर्त लामो समयसम्म टिक्न पाएन । चलाखीपूर्ण अनुसन्धानपश्चात् ब्राजिलियन प्रहरीले ब्रुनोलाई एजिलाको हत्या अभियोगमा गिरपतार गर्न सफल रहयो । ब्राजिलियन प्रहरीले हत्याको अभियोगमा पाँच व्यक्ति हिरासतमा लिएका छन् । यसैगरी, प्रहरीले ब्रुनोकी श्रीमतीलाई समेत आपनो कब्जा लिएको छ ।
पछिल्लो वर्ष एलिजाको प्रेमप्रसंग विश्वकै महँगा खेलाडी क्रिस्टिएनो रोनाल्डोसँग चलेको थियो । रोनाल्डो र एजिलाबीचको सम्बन्ध छिट्टै सेलाएको थियो । रोनाल्डोसँग प्रेम असफल भएपछि निलो चलचित्रकी नायिका एलिजा ब्राजिलतिर लागेकी थिइन् । रियो दि जेनेरियोमा एलिजाको भेट ब्रुनोसँग एउटा पार्टीमा भएको थियो । ब्राजिलियन प्रहरीको प्रारम्भिक छानबिनअनुसार शारीरिक सम्बन्धका कारण ब्रुनोले एलिजाको हत्या गरेको उल्लेख छ । प्रहरीले एलिजा र ब्रुनोबीच लामो समयदेखि यौन सम्बन्ध रहेको बताएको छ । एलिजा गर्भवती भएपछि ब्रुनो सो मान्न तयार भएनन् । ब्रुनोले आपनो वैवाहिक जीवन संकटमा पर्ने जनाउँदै एजिलालाई गर्भ तुहाउने दबाब दिएका थिए ।
यता, एलिजाले प्रेमको चिनो मान्दै पहिलो सन्तानको भ्रुण हत्या नगर्ने चेतावनी दिइन् । सोही विषय लिएर दुवैबीच वादविवाद भएको प्रहरीले बतायो । यसैबीच, चार महिनाअघि एलिजाले आपनो पहिलो सन्तानका रूपमा छोरालाई जन्माएकी थिई । उनले सो बच्चाको पिताको नाम सीधै ब्रुनो हुन् भनेर सार्वजनिक गरिन् ।
व्यावसायिक फुटबल जीवनमा एलिजाको दाबीले निकै प्रभाव भएपछि ब्रुनोले उनको हत्या योजना बुनेको प्रहरीको भनाइ छ । त्यसपछि, अराजक समूहसँग मिलेर बु्रनोले एलिजाको अपहरण गरेका थिए । उनीहरूले समुद्रीकिनारमा लगेर एलिजालाई टर्चर गरेको थियो । त्यसपछि ब्रुनोले निर्मतापूर्वक एलिजको हत्या गरे । यसअघि गत अक्टोबरमा एलिजाले प्रहरीसमक्ष आपनो ज्यानको सुरक्षा नभएको रिट दर्ता गरेकी थिइन् ।

कलैयामा बम विस्फोट, ९ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाराको कलैयास्थित तरकारी बजारमा जनतान्त्रिक मधेस मुक्ति टाइगर्स तराईले शनिबार साँझ ६ बजे सकेट बम विस्फोट गराउँदा नौ जना घाइते भएका छन् ।घाइतेमध्ये मानिक ठाकुरको अवस्था चिन्ताजनक भएकाले वीरगन्ज अस्पताल लगिएको छ । अन्य घाइतेमा कलैया-१३ का जगदीश साह, कलैया-५ का रामपाल गोसाई, कलैया-६ की अनामिका कुमारी, कलैया-१० की समीना खातुन, सोनालाल राम, इनरसीदेवी लालमती देवी र प्रस्टोका-७ का विनोद मल्लिक रहेका छन् ।घटनाको जिम्मेवारी जनतान्त्रिक मधेस मुक्ति टाइगर्स बाराका इञ्चार्ज चन्द्रगुप्तले लिँदै प्रेसरकुकर बम विस्फोट गराएको दाबी गरेका छन् ।घटनास्थललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एमआरपी छनोट लेखा समितिमा पेस गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २,परराष्ट्र मन्त्रालयले एमआरपी छनोट प्रक्रियाका सम्पूर्ण कागजात आइतबार संसद्को सार्वजनिक लेखा समितिमा पेस गर्ने भएको छ। समितिले एमआरपी टेन्डरसम्बन्धी विवाद भएपछि मंगलबार परराष्ट्रलाई यससम्बन्धी सम्पूर्ण पेस गर्न निर्देशन दिएको थियो। समितिले दिएको पाँचदिने म्याद आइतबार सकिँदै छ। परराष्ट्रका सहप्रवक्ता हरिशचन्द्र घिमिरेले सम्भवत आइतबार लेखा समितिलाई कागजात बुझाइने जानकारी दिए।
समितिले एमआरपी टेन्डर पाएको फ्रान्सस्थित ओबरथर कम्पनीले मापदण्डबमोजिम कागजपत्र पेस गरे/नगरेको यथार्थ अध्ययन गर्न कागजात पेस गर्न निर्देशन दिएको हो। एमआरपी प्रक्रियासम्बन्धी जानाकार परराष्ट्रका एक अधिकारीले आइतबारै ओबरथरले ठेक्का पाउने/नपाउने निर्णय हुने सम्भावना व्यक्त गरेका छन्। ‘सम्भवतः आइतबारसम्म उजुरी सम्बन्धमा निर्णय हुनेछ,' ती अधिकारीले भने। सार्वजनिक खरिद ऐनअनुसार उजुरी दिएको पाँच दिनभित्र टेन्डर आह्वानकर्ताले त्यससम्बन्धी निर्णय लिइसक्नुपर्छ।

नेपालभर कर्कट सङ्क्रान्ति अर्थात् साउने सङ्क्रान्ति पर्व

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज नेपालभर कर्कट सङ्क्रान्ति अर्थात् साउने सङ्क्रान्ति पर्व स्नान, दान, तपस्या, होम, श्राद्ध आदि विशेष कार्यको प्रारम्भ गरी मनाइँदै छ । सौरमानअनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कटसङ्क्रान्ति भनिएको हो ।हिन्दूधर्म अनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन रहेको छ ।आजका दिन असारे वर्षात्, हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन अनुरूप यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ ।कण्डारक नामक राक्षसको फलफूल, नैवेद्य चढाएर पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।लुतो फाल्दा घरभित्र दूषित कीटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिँदैन ।यस वर्षको साउन महिनामा पाँचवटा सोमबार पनि परेकाले पुत्र नभएकालाई पुत्र प्राप्ति हुने, निर्धनलाई धन प्राप्ति हुने र अविद्यालाई विद्या प्राप्त हुने विश्वासअनुरूप शिवभक्तहरूले व्रत आरम्भ गरी शिवको पूजा आराधना गर्ने प्रचलन छ ।

कांग्रेस नेतृत्वलाई माओवादीले भने अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १ - प्रधानमन्त्रीका लागि संसदीय दलका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको कांग्रेस नेतृत्वलाई माओवादीले भने अस्वीकार गरेको छ । उसले ठूलो दलको नाताले आफ्नो दललाई सहयोग गर्न आग्रह गरेको छ ।
नयाँ सरकार आफ्नो नेतृत्वमा गठन गर्ने प्रयास थालेका माओवादी र कांग्रेसबीच शनिबार भएको छलफलमा कांग्रेसले राखेको प्रस्ताव माओवादीले अस्वीकार गरेको हो । 'शान्तिप्रक्रियादेखि संविधानसभाको निर्वाचनसम्म हामी (कांग्रेस) सँगै भएकाले सहयोग गर्न भनेर प्रस्ताव राख्यौं,' बैठकपछि कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले संवाददाताहरुसित भने, 'उहाँहरुको जवाफ सकारात्मक देखिएन, सहयोगी पनि छैन ।'
कांग्रेसले नयाँ सरकारका लागि पार्टीका तर्फबाट दलका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउँदै अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो । यसकै प्रयासस्वरुप कांग्रेसले पार्टी कार्यालय सानेपामा माओवादीलाई बोलाएको थियो । माओवादीले आफूहरुलाई सहयोग गर्न आग्रह गर्दै प्रतिपक्षमा बस्नु परे पनि संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यताअनुसार रहने बताए ।