News

Dec 30, 2012

जनमत संग्रहद्धारा इजिप्टमा नयाँ संविधान लागू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जनमत संग्रहद्धारा इजिप्टमा नयाँ संविधान लागू भएको छ। संविधानको नयाँ मस्यौदामा इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले हस्ताक्षर गरेपछि त्यहाँ नयाँ संविधान लागू भएको हो । सो मस्यौदामा जनमत संग्रह गर्दा ६३ दशमलव ८० प्रतिशत मतदाताले मस्यौदका पक्षमा मत जाहेर गरेका थिए सो बमोजिम जनमत संग्रहले नयाँ संविधान अनुमोदन गरेको घोषणा भएपछि राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेर यसलाई वैधानिकता दिलाएका हुन् । उक्त संविधान राष्ट्रपति मुर्सीको दल मुस्लिम ब्रदरहुड र उसका साझेदार इस्लामिक दलको दबदबा रहेको संविधानसभाले मस्यौदा तयार पारेको हो । सो घोषणासंगै राष्ट्रपति मुर्सीले नयाँ संविधानले मुलुकमा राजनीतिक स्थिरता ल्याउने र राष्ट्रिय अर्थतन्त्रको संकटलाई यसले समाधान गर्ने विश्वास व्यक्त गरे । नयाँ संविधानप्रति विपक्षी दलहरूले असन्तुष्टि व्यक्त गर्दै उनीहरुले धर्मनिरपेक्ष अवधारणा राख्ने प्रतिपक्षी समूहले जनमत संग्रहमा धाँधली भएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी समूह नेसनल सेलभेसन फ्रन्टले धाँधलीको आरोप लगाउँदै संविधानको विरोधमा अभियान सञ्चालन गर्ने जनाएको छ ।

महिला हिंसा रोक्न बालुवाटारमा बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१५ पुस,देशमा महिला हिंसासम्बन्धी घटना बढ्दै गएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रहरी प्रमुख, मुख्य सचिव तथा केही मन्त्रालयका सचिवहरुलाई बोलाइएर छलफल थाल्नुभएको छ । छलफलका लागि प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरु र महिला सेलका अधिकारीहरु बिहान ९ बजे बालुवाटार प्रवेश गरेका छन् । महिलामाथि हिंसाका घटनाहरु बढेका र दोषीमाथि कारवाही नभएको भन्दै महिला अधिकारकर्मीहरुले शनिबार धर्ना दिएपछि प्रधानमन्त्रीले वास्तविकता बुझ्न भन्दै छलफलको आयोजना गर्नुभएको बालुवाटार स्रोतले अनलाइनखबरलाई बतायो

जनजाति नेताहरुको एक समूहले आज नयाँ पार्टी घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जनजाति नेताहरुको एक समूहले आज नयाँ पार्टी घोषणा गरेको छ । एमालेबाट छुट्टीएका नेताहरुको अगुवाइमा अशोक राई नेतृत्वमा पार्टी घोषणा भएको एक महिनापछि आज फेरी राई नेतृत्वमा असन्तुष्ट रहेका जनजाति अगुवाहरुको नेतृत्वमा सामाजिक लोकतान्त्रिक पार्टी घोषणा भएको हो । ७ सदस्यीय अध्यक्ष मण्डल सहित ६३ सदस्यीय समिति रहेको नयाँ पार्टीको नाम सामाजिक लोकतान्त्रिक पार्टी राखिएको छ । यसअघि अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी घोषणा भएको थियो । सामाजिक लोकतान्त्रिक पार्टीमा चैतन्य सुब्बा, पासाङ शेर्पा, कृष्ण भट्टचन, कुमार राई, महेन्द्र लावती लगायत सहभागी छन् । काठमाडौंको चावहिलस्थित एउटा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टीको घोषणा गरिएको हो ।

राष्ट्रपतिद्वारा पुन: पाँच दिनको म्याद थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि दलहरुलाई पुन: पाँच दिनको म्याद थप गरेका छन् । आज बिहान प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसँगको भेटमा उनीहरुले थप पाँच दिनको समय मागेपछि राष्ट्रपतिले म्याद थप गरेका हुन् । दलहरुले सहमतिको प्रयास भईरहेको भन्दै राष्ट्रपतिसँग पुन: पाँच दिनको समय माग गरेका थिए । प्रमुख चारदलका शीर्ष नेताहरुले पहिलो चरणमा सहमति गर्ने र दोस्रो चरणमा त्यसको कार्यान्वयन गर्ने गरी अब थपिने समयमा सहमति जुटाउने प्रतिबद्धता समेत जनाएका छन् । राष्ट्रपति कार्यालयबाट म्याद थपबारे जारी विज्ञप्ति ।

Dec 26, 2012

हङकङमा येले तङवे ५०७२ को महान चासोक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं / रविन लिङदेन आम्भु जेठा, 
हङकङ २४ डिसेम्वर, किरातीहरुको महान राष्ट्रिय चाड चासोक तङनाम (न्वागी पुजा) किरात याक्थुङ चुम्लुङको आयोजनामा आइतवार मंकिहिलमा भब्यतापूर्वक सम्पनन भएको छ । येले तङवे ५०७२ को तङनामको अवसरमा कार्यक्रमको विशेष अथिति माल्भिका सुव्बाले हङकङमा आफ्नो महान राष्ट्रिय चाड भब्य रुपले मनाएकोमा खुसि ब्यक्त गरिन । अहिलेको युवा पुस्ताले आफ्नो संस्कार सस्कृतिलाई भुल्दै गएकोले युवा पुस्ता सचेत हुनु पर्ने वताउदै आफ्नो संस्कार सस्कृतिलाई संरक्षण गर्दै लानु पर्ने सुव्वाले वताइन । चुम्लुङको सल्लाहकार टंक चोङवाङले तङनामको इतिहास वताउदै आदिम कालदेखि महान राष्ट्रिय चाडको रुपमा नेपालको पूर्वी लिम्बुवानमा चासोक मनाउदै आएको वताए । किरातीहरुले आदिमकाल देखी यस अवसरलाई विभिन्न नामले आफ्नो महान राष्ट्रिय चाडको रुपमा मनाउदै आएको पाइन्छ । लिम्बुवानको लिम्बु समुदायमा चासोक तङनाम को नामले चिनिन्छ भने किरात राईहरुमा (उधौंली पर्व) को रुपमा मनाउदै आएको पाइन्छ । यो चाड हिन्दु क्यालेण्डर अनुसार मंसिर पुर्णीमाको अवसरमा पर्न जान्छ । कृषी युगको शुरुवात संगै लिम्वुहरुको आदिम पूर्खा याक्थु«ङ सावायेत्हाङहरुले उनीहरुको चेली सिवेरा याक्थुङमा सिवेरा यावुङकेक्माले पहिलो अन्न रोपि फलाएर चासोक तङनाम (न्वागी पुजा) गरि खुवाएको खुसियालीमा उनलाई आसिर्वाद दिदैं मनाएका थिए । त्यहि खुसियाली लिम्बुवानमा चासोक तङनामको रुपमा मनाउदै आएको तथ्य पाईन्छ । वि. सं. १८३१ देखी लिम्बुवान भुभाग नेपाल एकीकरणको छलमा परे पछि नेपालमा किरात अन्य समुदायको दमन गर्दै हिन्दु करण गरे संग–संगै लिम्बुवानको महान चाडहरु घर पुजाको रुपमा घरभित्रै मात्र सिमित रहेको थियो । प्रजातन्त्र स्थापना पश्चात मात्र वाहिर आएको यस्ता राष्ट्रिय चाडहरु किरातीहरुको समुदायमा संसार भरिनै मनाइने गरिन्छ भने नेपाल सरकारबाट राष्ट्रिय उधौंली चाडको रुपमा मान्यता प्राप्त छ । चुम्लुङको अध्यक्ष त्रिभुवन लुङवाको अध्यक्षतामा भएको चासोक तङनामको कार्यक्रममा असली वनेमले लिम्वु भाष (याक्थुङ पान) बाट स्वागत मन्वब्य राखेकी थिइन । सचिव वरध्वोज ओख्रावु र ले तीन भाषा (नेपाली, अंग्रेजी र याक्थुङ) मा कार्यक्रम संचालन गरेका थिए । किरात याक्थुङ चुम्लुङले सन १९९६ देखी हङकङमा लगतार चासोक तङनाम मनाउदै आइरहेको छ । कार्यक्रममा हङकङका स्थानिय नेपाली कलाकारहरु राजु आङदेम्वे, काजिमान मास्वा, कला चेम्जोङ, भुपेन योङया, रोसा साम्सुहाङ, कमानध्वज लावती, सुधा इङनाम, हस्त लिवाङ लगायतका लाकारहरुले चासोक तङनामको गित गाएर स्वागत गरेका थिए भने केलाङ (ढोल नाच) पनि रहेको थियो ।

हङकङमा राजन मुकारुङको ‘दमिनी भीर’ विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, २६ डिसेम्बर। सिर्जनशील अराजकता साहित्यिक अभियानका अभियन्ता तथा कवि-साहित्यकार राजन मुकारुङका नयाँ कृति ‘दमिनी भीर’ हङकङमा विमोचन भएको छ। चाइवानस्थित आईकेटीएम कलेजमा मंगलवार सम्पन्न साहित्य गोष्ठी तथा भूपीजयन्तीको अवसरमा मुकारुङका उपन्यास दमिनी भीरलाई हङकङ नेपाली साहित्य परिषदका अध्यक्ष पशन तमू , नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे र सिर्जनाशील साहित्य समाज हङकङका अध्यक्ष हाङ युग अज्ञातले संयुक्तरुपमा विमोचन गरेका हुन्। मुकारुङका नयाँ उपन्यास दमिनी भीरसहित सात कृति प्रकाशित भएका छन्। किरात राई यायोक्खा काठमाडौंका निवर्तमान अध्यक्ष मुकारुङ २ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित धरानमा सम्पन्न सातौं यायोक्खा अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मानित भइसकेका छन्। नेपालबाट पहिलो पटक हङकङ आएका मुकारुङले हङकङबाटै आफ्नो दमिनी भीर सार्वजनिक गरेका हुन्। उपन्यास दमिनी भीरमा लेखनको परम्परागत ढाँचालाई तोड्ने प्रयास गरेको बताउने मुकारुङले २०५८ सालदेखि संविधानसभा विघटनसम्मको संक्रमणकालीन नेपालको असहज अवस्थाको चित्रण गरेको बताए।

सिन्जो आवे जापानको नयाँ प्रधानमन्त्री चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टोकियो- , पुस ११ - सिन्जो आवे जापानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । जापानको तल्लो सदन डायटले बुधबार उनलाई जापानको प्रधानमन्त्री निर्वाचित गरेको हो । डेढ साताअघि भएको आम निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । नयाँ निर्वाचनपछि बुधबार बसेको संसदको तल्लो सदन डायटको पहिलो अधिवेशनले उनलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको औपचारिक जानकारी गराइएको छ । आवे यसअघि पनि छोटो कार्यकालका लागि प्रधानमन्त्री थिए । संसदको तल्लो सदनमा भएको निर्वाचनमा आवेको पक्षमा ३ सय २८ र डेमोक्रेटिक पार्टीका नयाँ नेता बान्री केइदाको पक्षमा ५७ मत परेको थियो । लिबरल डेमोक्रेटिक पार्टी नेता ५८ वर्षीय अबे जापानका एक वरिष्ठ राजनीतिज्ञ हुन् । जापानमा नयाँ आर्थिक सुधार र चीनसँगको सम्बन्ध विस्तारको एजेण्डासहित आवे निर्वाचनमा गएका थिए । उनले जापानको आर्थिक मन्दीको उकास्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । यसैबीच निवर्तमान प्रधानमन्त्री योसिहिको नोदाले बुधबार नै राजीनामा दिएका छन् । नोदाको राजीनामापछि संसदको तल्लो सदनमा बुधबार आवेको नाम प्रस्ताव गरिएको थियो । नोदाको दल डेमोक्रेटिक पार्टीले एक साताअघि भएको चुनावमा पराजय भोगेको थियो । पराजयपछि उनले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए । ४ सय ८० सीटका लागि भएको निर्वाचनमा आवेको दल लिबरल डेमोक्रेटिक पार्टीले २ सय ९४ सीटसहित भारी बहुमत ल्याएको थियो ।

सडकमै विमान अवतरण, २ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१० पुस,म्यानमारमा एक बिमान सडकमा नै आपत्तकालिन अवतरण गरिएको छ । त्यसक्रममा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । ६० भन्दा बढी यात्रु बोकेर रंगुनबाट हान स्टेटको हिहो विमानस्थलका लागि उडेको एयर बगानको विमान रन वेबाट करिव ३ किलोमिटर टाढा सडकमा नै अवतरण गरिएको हो । विमानको एक इन्जिनमा आगो लागेकाले आकस्मिक अवतरण गर्नु परेको अधिकारीहरुले जनाएका छन् । अवतरणका क्रममा सडकमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएका छन् भने मारिने अर्का विमानमा रहेका ११ वर्षीय बालक छन् ।

चीनले विश्वको सबैभन्दा तिब्र गतिको र लामो रेलमार्ग सञ्चालनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
११ पुस,चीनले विश्वको सबैभन्दा तिब्र गतिको र लामो रेलमार्ग सञ्चालनमा ल्याएको छ । यो रेलमार्गले चीनको राजधानीले बेइजिङलाई देशको दक्षिणी भागको व्यवसायिक केन्द्र ग्वान्झाओसँग जोड्छ । चीनका पूर्वनेता माओत्से तुङको जन्मदिन २६ डिसेम्बरको अबसर पारेर बुधबार विहान बुलेट ट्रेन बेइजिङबाट खुलेको हो । सुरुमा ट्रेनको रफ्तार औसत ३ सय किलोमिटर प्रतिघन्टा हुन्छ, जसले यात्रामा लाग्ने समय आधा कम हुने बताइएको छ । यो मार्गको केही भागमा भने पहिल्यै सेवा सुचारु भएको थियो । करिब २ हजार २ सय ९८ किलोमिटरको यो रेलमार्गमा ३५ स्टेशन छ, जसमा ठूला शहरहरु वुखान र चांगशा पनि छन् । पहिले यो मार्ग हिड्न २२ घण्टा लाग्थ्यो भने अब १० घण्टा पनि नलाग्ने अधिकारीहरुले बताएका छन् । प्रविधीका रुपमा यो विश्वको सबैभन्दा अत्याधुनिक रेगमार्गमा एक हो’ एक चिनियाँ अधिकारीले भनेका छन् । चीन देशभर नै तिव्र गतिरको रेल नेटवर्क विस्तारमा जुटेको छ । यद्यपी दुर्घटना बढ्ने भन्दै यसको आलोचना समेत हुन गरेको छ ।

स्वाजिल्यान्डमा मिनी स्कर्ट लगाए ६ महिना जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मिनी स्कर्टले बलात्कार गर्न उक्साउने भन्दै स्वाजिल्यान्डका महिलाहरुलाई मिनी स्कर्ट लागउन प्रतिबन्ध लगाइएको छ । त्यहाँका महिलाहरुले अटेर गरेर मिनी स्कर्ट लगाएमा ६ महिना जेल सजाय हुने व्यवस्था गरिएको छ । अफ्रिकाको एक मात्र राष्ट्र स्वाजिल्यान्डमा राजाको प्रत्यक्ष शासन रहेको छ । समान अधिकार र सुरक्षाको माग गर्दै गत महिना मान्जिनीमा शहरका महिलाहरुले मिनी स्कर्ट लगाएर प्रदर्शन गरेपछि प्रहरीले मिनी स्कर्ट लगाउननै प्रतिबन्ध गरेको हो । यस्तो लुगाले बलात्कारीको काम सजिलो हुने भएकोले लगाउनै प्रतिबन्ध गरेको प्रहरी प्रवक्ता वेन्डी ल्हेताले बताएका छन् । मिनी स्कर्ट मात्रै नभएर नितम्ब देखिने जिन्स र ट्याङ्क टपहरुमा समेत प्रतिबन्ध लगाइएको छ । स्वाजिल्यान्डमा नै त्यहाँका राजाले युवती वस्त्रहीन भई नाचेको हेर्ने परम्परा भने रहेको छ ।

Dec 22, 2012

मधेसी मोर्चाले प्याकेजमा सहमतिका लागि ९ बुँदे शर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ पुस,संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्याकेजमा सहमतिका लागि ९ बुँदे शर्त अघि सारेको छ । मोर्चाको शनिबार सम्पन्न बैठकले पहिचान र समथ्र्यमा आधारित संघीयतावादी र संघीयता विरोधीहरुको द्वन्द्व नै अहिलेको प्रमुख द्वन्द्व भएको ठहर गरेको छ । मोर्चाले प्याकेजमा सहमतिका लागि अघि सारेको शर्तहरुमा विघठित संविधानसभाले गरेको सहमति, राज्य पुनःसंरचनासम्बन्धी समितिले तयार पारेको १४ तथा आयोगले तयार पारेको १० र अल्पमतको ६ प्रदेशको प्रस्तावलाई विवादकै रुपमा ग्रहण गरेर छलफल र अन्तिम निर्णयका लागि संविधानसभामा प्रस्तुत गर्नुपर्ने, संविधानसभाको कार्यकाल ५ वर्षको हुनु पर्ने र संविधान बनेपछि मात्र बाँकी अवधि संसद्मा रुपान्तरित गर्नुपर्ने र २०७० साल बैशाख मसान्तभित्र संविधानसभाको निर्वाचन सुनिश्चित हुनु पर्नेछ । यस्तै गत संविधानसभाको निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीमा अद्यावधिक गरेर दोस्रो संविधानसभाको निर्वाचन गराउनुपर्ने मधेसी मोर्चाको सर्त छ । प्याकेजमा सहमति भएपछि चुनावी सरकार गठनका लागि मधेसी मोर्चाले ३ विकल्प अघि पारेको छ । वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने पहिलो विकल्पका रुपमा अघि सारेको मोर्चाले दोस्रो विकल्पमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनका कुनै नेताको नेतृत्वमा सरकार गठनलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ । यस्तै प्रस्तावित प्याकेजका विषयमा सहमति भए चुनावी सरकारको नेतृत्वको अन्य विकल्पमा पनि छलफल गर्न सकिने मधेसी मोर्चाको तेस्रो विकल्प छ । मधेसी मोर्चाले प्याकेजमा सहमतिपछि बन्ने राष्ट्रिय सहमतिको सरकारले तोकिएको समयमा चुनाव गराउन नसके प्रधानमन्त्री स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था गर्नु पर्ने सर्त अघि सारेको छ । यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिका आधारमा संवैधानिक अंगहरुमा पदपूर्ति गर्ने र संविधानसभामा प्रत्यक्षतर्फ रहेको २ सय ४० सिटलाई कायमै राख्दै समानुपातिकको संख्या सहमतिका आधारमा तोक्नु पर्ने मधेसी मोर्चाको शर्त छ ।

विकिलिक्सको नयाँ वर्षमा १० लाख दस्तावेज सार्वजनिक गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन (एजेन्सी), पुस ७ - विकिलिक्स ले नयाँ वर्ष २०१३ मा १० लाख दस्तावेज सार्वजनिक गर्दै छ । यसबाट संसारको हरेक मुलुक प्रभावित हुनेछ । 'अर्को वर्ष हाम्रा लागि निकै व्यस्तता लिएर आउने छ, हामीसँग १० लाख दस्तावेज जारी हुनका लागि तयार छन्, यसबाट हरेक मुलुक प्रभावित हुनेछ,' विकिलिक्स का संस्थापक जुलियन असान्जले लन्डनमा इक्वेडोर दूतावासको झ्यालबाट क्रिसमसको शुभकामना दिँदै भने । उनी बलात्कार र यौन हिंसाको आरोपमा स्विडेनमा सुपुर्दगी हुनबाट बच्न एक महिनादेखि इक्वेडोर दूतावासमा शरण लिइरहेका छन् । यो झ्यालबाट १९ अगस्टपछिको उनको यो पहिलो भाषण थियो । उनले वार्ता र सहमतिका लागि आफ्नो ढोका सदैव खुला रहेको बताएका छन् । 'वास्तविक लोकतन्त्र ह्वाइटहाउसमा छैन, क्यामेरामा छैन,' स्वतन्त्र नागरिकको तालीका गुन्जनबीच उनले भने, 'वास्तविक लोकतन्त्र झूटको विरुद्ध सत्यताको युद्धमा छ, जुन यी प्रमाण रूपी दस्तावेजले छर्लङ्ग पार्छ ।' उनले यो युद्धमा प्रोत्साहन स्वरूप शरण दिएकोमा इक्वेडोरका राष्ट्रपति रफाएल कोर्रीलाई धन्यवाद दिएका छन् । 'एकअर्काको नजिक हुने वर्षको सुन्दर क्ष्ाणमा स्वतन्त्र र खुला अभिव्यक्तिकै कारण दुःख पाइरहेका एक व्यक्तिलाई फेरि पनि समर्थनलाई दोहोर्‍याउँछौं,' इक्वेडोरका राजदूतद्वारा जारी सन्देशमा भनिएको छ, 'सत्ता जोगाउने लालसाले प्रेरित कथित प्रजातन्त्र र गोपनीयताको गुहार गर्नेहरूका अगाडि झुक्दैनौं, पारदर्शिताबिनाको संगठन, संस्था र मुलुक तानाशाहहरूको घर हो ।' विकिलिक्स का लागि काम गर्ने दुई महिलाले सन् २०१० मा असान्जमाथि बलात्कार एवं यौनशोषणको आरोप लगाएका थिए । स्विडेनको अभियोजन पक्षले यसबारेमा सोधपुछ गर्न चाहे पनि असान्जले सहमतिमा यौनसम्बन्ध भएको हुनाले यो कथित आरोपको खण्डन गर्दै आएका छन् । उनले यो अभियोगलाई आफूलाई सिध्याउने अमेरिकाको षड्यन्त्र बताएका छन् । अमेरिका र युरोपले असान्जलाई झुकाउन लगभग हरेक प्रकारका शक्तिशाली महिला अधिकारवादी संघसंस्था र समूहलाई खडा गरे पनि असान्जको मनोबलमा रत्तिभर प्रभाव परेको छैन । उनले आपसी सहमतिमा हुने यौनसम्बन्ध र बलात्कारबीचको भेद आफूलाई कसैले सिकाउनु नपर्ने बताउँदै आएका छन् ।

यौनधन्दा गर्ने १९ युवती र २१ युवक पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पोखरा, पुस ५ - प्रहरीले होटलहरुमा यौनधन्दा गर्नेमाथि कडाई गर्न थालेको छ। पछिल्ला केही दिनयता प्रहरीले पोखराको बाग्लुङ बसपार्क र लेकसाइडका होटलमा छापा मारी यौनकार्यमा संलग्न ४० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये १९ युवती र २१ पुरुष छन्। उनीहरुलाई विशेष सुराकीका आधारमा वडा प्रहरी कार्यालय बगर र बैदाम चौकीबाट गएका प्रहरीले विभिन्न होटलबाट रंगेहात पक्राउ गरेको हो। बाग्लुङ बसपार्क क्षेत्रका होटलबाट २४ जना र लेकसाइडका होटलबाट १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका धेरैजसो युवती २० वर्ष मुनिका छन्। उनीहरु पेशेवर यौनकर्मी भएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए। उनकाअनुसार पक्राउ परेका पुरुषहरु पोखरा घुम्न आएका बाहिरी जिल्लाका हुन्। 'सार्वजनिक सदाचार र सामाजिक मर्यादा कायम राख्ने क्रममा उनीहरुलाई अनैतिक क्रियाकलाप गरेकाले पक्राउ गरिएको हो,' पौडेलले नागरिकसँग भने,'उनीहरु सबैलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ।' प्रहरीले सार्वजनिक मुद्दामा बढीमा २५ दिन हिरासतमा राख्न पाउने व्यवस्था छ। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने र प्रमुख जिल्ला अधिकारीले बढीमा २८ हजार रुपैयाँसम्म जरिवानाको कारबाही गर्न सक्छन्। प्रहरी प्रवक्ता पौडेलकाअनुसार युवतीहरुले आफ्नै राजी-खुशीमा यौनकार्य गरेको बयान दिने गरेकाले दुवैपक्षलाई अश्लिल कार्यअन्तर्गत सार्वजनिम मुद्दा चल्ने गरेको छ। 'कोही युवतीले आफ्नो ईच्छा विपरित जोरजवर्जस्ती यौनकार्य गर्न बाध्य पारेको बयान दिए भने मानव बेचबिखन विरुद्वको कडा मुद्दा चलाउन सकिन्छ,' उनले भने,'युवतीहरु नै आफु सजिलै उम्कने गरी राजीखुशीमा यस्तो काम गरेको बयान दिन्छन्। ती पेशेवर भएकाले २५ दिनपछि छुटेर त्यही काममा फर्कन्छन्।' स्रोतकाअनुसार पक्राउ परेका पुरुष पोखरा घुम्न आउनेहरु धेरै छन्। धेरैजसो ३० वर्ष उमेर समूहका रहेको र उनीहरुले घर-परिवारलाई थाहा नदिन प्रहरीलाई अनुरोध गरिरहेका छन्।

केन्याको एक जातीय दंगामा कम्तीमा २८ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नौरोबी - दक्षिणपूर्वी केन्यामा भएको एक जातीय दंगामा कम्तीमा २८ जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिहरुले किपाओ गाउँमा गरेको आक्रमणमा २८ जनाको मृत्यु भएको प्रहरी प्रमुख आन्टोनी कामिटुले बताएका छन् । आदिवासी समूहबीचको दंगा ग्रीष्म ऋतुदेखि सुरु भएको थियो । हाल यी दुई समूहबीच थप तनाव बढेको हो । गत अगस्त र सेप्टेम्बर महिनामा भएको जातीय हिंसामा पनि एक सयभन्दा बढीको मृत्यु भएको थियो । तटीय प्रान्तीय प्रहरी प्रमुखले जातीय दंगाको पुष्टि गर्दै मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

Dec 21, 2012

बिश्व ध्वस्त हुन्छ भन्दै हल्ला फैलाउने एक हजार पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बिश्व ध्वस्त हुन्छ भन्दै हिँड्ने सयौँ व्यक्तिलाई चिनमा प्रहरिले पक्राउ गरेको छ । प्रहरीले दक्षिणपश्चिमी प्रान्त गुइझाउमा अलमाइटी गडका करिब ३५० सदस्य पक्राउ गरेको र उत्तरपश्चिमी किनघाइ प्रान्तमा ४०० व्यक्तिलाई गैरकानुनी रूपमा भेला भएको भएको अवस्थामा पक्राउ गरिएको उल्लेख गरेको छ । यस समुदायका सानो सङ्ख्याका व्यक्तिहरूलाई चीनभर पक्राउ गरिएको बताइएको छ । अलमाइटी गड समूहले शुक्रबारदेखि तीनदिनसम्म अन्धकार छाउने बताउँदै तथा आफ्ना सदस्यहरूलाई सत्ताधारी कम्युनिस्ट पार्टीलाई हटाउन आग्रह गरेका छन् । उनीहरूले कम्युनिस्ट पार्टीलाई ठूलो रातो ड्रागनको रूपमा सङ्केत गरेको राज्यद्वारा सञ्चालित ग्लोबल टाइम्सले समाचारमा उल्लेख गरेको छ । ग्लोबल टाइम्सले यस समूहले नयाँ युगमा महिला यसुले शासन गर्ने र विश्वलाई सुनामी तथा भूकम्पले तहसनहस गर्ने विश्वास गरेको पनि उल्लेख गरेको छ । चीनमा महाप्रलयको भविष्यवाणीको हल्ला व्यापक रूपमा फैलिएको छ । हलिउडमा तयार भएको महाप्रलयसम्बन्धी चलचित्र ‘‘२०१२’’ का कारण पनि यो हल्ला व्यापक भएको हो जसमा चीनका विषयमा पनि देखाइएको छ । यो चलचित्र माया सभ्यताको भविष्यवाणीबाट प्रभावित छ । चाइन युथ डेलीले अलमाइटी गडका महिला सदस्यहरूले पुरुषलाई आकर्षण गर्न यौनआकर्षण उपयोग गरेको आरोप लगाएको छ । यो समूह सन् १९९० मा स्थापना भएको हो र हालसम्म यो सरकारको दृष्टिबाट बाहिर परेको छ । त्यसै पनि चीन सरकार अनधिकृत धार्मिक समूहप्रति सहिष्णु छैन ।

दक्षिण कोरियामा पहिलो पटक महिला राष्ट्रपति चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ पुस, सोल । दक्षिण कोरियाको राष्ट्रपति पदमा पहिलो पटक महिला विजयी भएकी छन् । बुधबार सम्पन्न निर्वाचनमा पार्क ग्युन हाई राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । राष्ट्रपति पदमा निर्वाचित भएपछि पार्क ग्युनले देशबासीका नाममा सम्बोधन गर्दै आफ्नो विजय संगै देशको अर्थव्यवस्था मजबुद बनाउने विश्वास व्यक्त गरेकी छन् । आफ्नो जीत पछि दक्षिण कोरियाको राजधानी सोलमा सम्बोधन गर्दै पार्क ग्यून हाईले भनिन्-’यो आर्थिक संकट समाधानका लागि अव मेरो जिम्मेवारी आएको छ, यसलाई म आत्मसाथ गरेर अघि बढ्नेछु ।’ दक्षिण कोरियाको आर्थिक वृद्धिदर ५ दशमलब ५ प्रतिशत पुगेको भएपनि घट्दोक्रममा रहेको आर्थिक वृद्धिदर अहिले झन्डै २ प्रतिशतको हाराहारीमा छ । उनले लिबरल पार्टीका उम्मेदवार मुन जाई इनलाई हराउँदै राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । पार्क ग्युनले ५० दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी मुन जाई इनले ४९ दशमलव ९ प्रतिशत मत प्राप्त गर्दै झिनो मत अन्तरले पराजित भएका छन् । पूर्व तानाशाह पार्क चुंग हीकी छोरी पार्क ग्युनले आफ्नो छवीमा लागेको दाग मेटाउन कडा मेहनत गर्नु पर्ने राजनीतिक विश्लेषकहरुको ठहर छ ।

'नागरिक'मा आक्रमण गर्नेहरु सात दिन थुनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पुस ६ (नागरिक)- नागरिक दैनिकको कार्यालयमा हिजो भएको आक्रमणमा संलग्न १३ जना हुल्याहालाई प्रहरीले सार्वजनिक अपराध अभियोगमा अनुसन्धान प्रक्रिया सुरु गरेको छ। पक्राउ अभियुक्तहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी अनुसन्धानका लागि सात दिन म्याद पाएको छ। नेपाल रिपब्लिक मिडियाको सह-प्रकाशन शुक्रबार साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर हिजो शिव सेना नेपालको नाममा आएको जत्थाले कार्यालय कब्जामा लिएर आक्रमण गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको शंकामा १५ जनालाई पक्राउ गरे पनि दुई जना निर्दोष देखिएपछि रिहा गर्दै बाँकीलाई कुटपिट र तोडफोडको अभियोगमा हिरासतमा राखेको थियो। उनीहरु महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। काठमाडौं परिसरका प्रवक्ता धिरजप्रताप सिंहले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति पाएको बताए। घटनामा संलग्न अन्यको समेत खोजी शुरु गरिएको सिंहले बताए। हुल्याहा समूह पक्राउको विरोधमा शिव सेना नेपालले शुक्रबार नेपाल बन्द घोषणा गरे पनि कुनै प्रभाव परेन। प्रहरी स्रोतका अनुसार सञ्चारमाध्यममाथि आक्रमण गर्ने समूहलाई छुटाउन शुक्रबार एक समूह काठमाडौं परिसर पुगेर प्रहरीलाई दबाब दिएको थियो। प्रहरीले उनीहरु घटनामा संलग्न रहेको प्रमाण भएकाले कारबाही हुने जवाफ दिएपछि सो समूह आक्रमणकारीलाई कारबाहीबाट जोगाउन दबाब दिन काठमाडौंको प्रमुख जिल्ला अधिकारी भेट्न गएका थिए। तर पनि उनीहरु सफल भएनन्। सिडिओले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएपछि उनीहरुले गल्ती भएको स्वीकार्दै सार्वजनिक रुपमा माफी माग्न तयार भएको बताउँदै सिडिओलाई सहयोगका लागि आग्रह गरेका थिए। स्रोतका अनुसार सिडिओ चुडामणि शर्माले पीडितपक्ष राजी नभएसम्म केही गर्न नसक्ने बताउँदै 'नागरिक'मा गएर माफी माग्न सुझाव दिएका थिए । हिजो दिउँसो करिब ५० जनाको समूहमा रहेका हुल्याहाहरुले कार्यालयका सुरक्षा गार्ड र टेलिफोन सेटहरु कब्जामा लिएर रिसेप्सनमा रहेका कर्मचारीलाई दुर्व्यवहार गर्दै प्रधानसम्पादक किशोर नेपाल, नागरिककर्मी सुदर्शन सापकोटा, राजेन्द्र ज्ञवाली, विश्वमणी पोखरेल र स्वरुप आचार्यलाई कुटेका थिए। भिडियो खिच्ने प्रयास गर्दा नागरिकन्युजकर्मी मदन चौधरीलाई समेत आक्रमणकारीले तारो बनाएका थिए। प्रधान सम्पादक नेपाललाई सुरक्षा गार्ड श्याम फुयाँल लगायतका नागरिककर्मीले आक्रमणकारीबाट जोगाएका थिए। उनीहरुले कार्यालयमा रहेका पत्रिका च्यात्दै कार्यालयभित्रै आगो लगाउने प्रयास गरे पनि प्रहरीको हस्तक्षेपका कारण उनीहरु असफल भएका थिए। पक्राउ अभियुक्तहरुले शुक्रबार सप्ताहिकमा प्रकाशित सामाग्री सच्याउन आग्रह गर्दा समेत बेवास्ता गरेपछि दबाब दिन कार्यालयमै गएको बताएपनि प्रारम्भिक अनुसन्धानमा घटना नियोजित देखिएको छ। हिजो बिहानै उनीहरु भुगोलपार्क गएर शुक्रबार साप्ताहिकका वितरकलाई दबाब दिँदै पत्रिका खोस्ने प्रयास गरेका थिए । अन्य समूहको प्रतिवादपछि असफल उनीहरु सुन्धारा जेडिए कम्प्लेक्समा रहेको नेपाल रिपब्लिक मिडियाको कार्यालयमा आएका थिए। सार्वजनिक अपराध ऐन अभियोग लागेका उनीहरुलाई प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। प्रवक्ता सिंहले अभियुक्तहरुसँग बयान लिने क्रम शुरु भएको बताए ।

फेसबुकमा मेसेज गर्न एक डलर लाग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सन फ्रान्सिस्को, पुस ६ (एपी) - फेसबुकले आफ्नो साथी नरहेका मानिसलाई मेसेज पठाउँदा उनीहरुको इनबक्समा देखिने बनाउन एक अमेरिकी डलर लाग्ने व्यवस्थाको परीक्षण सुरु गरेको बताएको छ। फेसबुकले बिहीबारदेखि अमेरिकाका केही व्यक्तिहरुलाई यो सुविधा दिएर परीक्षण सुरु गरेको जनाएको छ। सन् २०११ मा सुरु गरिएको 'अदर' फोल्डरमा फेसबुकमा साथी नभएकाहरुले पठाउने मेसेज जाने गर्छ, जसलाई प्रयोगकर्ताले खासै हेर्ने गर्दैनन्। एक डलर तिरेपछि भने इनबक्समा नै मेसेज देखिने फेसबुकले जनाएको छ। शुल्क लिएपछि यसले स्पामबाट बच्न सहयोग गर्ने कम्पनीको दावी छ। यसअघि फेसबुकले गत अक्टोबरमा धेरै मान्छेलाई आफ्नो स्टायटस पढाउन पनि शुल्क लिने व्यवस्था गरेको थियो।

Dec 18, 2012

नासाले चन्द्रमामा पठाएको दुई उपग्रह ध्वस्त गर्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वाशिंटन - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको अध्ययनको लागि पठाएको दुई वटा उपग्रहलाई त्यहीँ ध्वस्त गरेको छ । चन्द्रमाको उत्तरी ध्रुवको नजिक रहेको एक पहाडमा ठोक्काएर उक्त उपग्रहलाई ध्वस्त गरिएको हो । चन्द्रमाको संरचना जान्नको लागि उपग्रहलाई ध्वस्त पारिएको हो । समाचार एजेन्सी आरआईए नोवोस्तीको अनुसार ग्रेविटी रिकवरी एन्ड इन्टेरियर लेबोरेटरी (जीआरएआईएल) मिशनको 'ऐब्व' र 'फ्लो' नामको उपग्रह चन्द्रमाको कक्षमा नै रहेका थिए । त्यसैले मिशन इन्जिनियरले त्यसमा थोरै ईन्धन भरेका थिए । सोमबार एक विज्ञप्ति जारी गरि नाशाले यस्तो बताएको हो । ४९.६ करोड डलरको जीआरएआईएल मिशनको सुरुवात सेप्टेम्बर २०११ मा भएको थियो । उक्त दुई उपग्रहको मुख्य काम चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रको मापन गर्ने थियो जुन काम यही वर्षको मार्च देखि मे महिनामा पूरा भएको थियो ।

लिरामोको चासोक चियापान सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
थिवोङशा/रविन लिङदेन, हङकङ, १७ डिसेम्वर,किरातीहरुको राष्ट्रिय महान चाड चासोक ५०७२ (किरात उधौंली पर्व) लिम्बुवान राष्ट्रिय मोर्चाले चियापान समारोहको आयोजना गरि हङकङमा मनाएको छ । आइतवार याक एण्ड एती रेष्टुरेण्टमा भएको समारोहमा लिम्बुवान स्वायत्त राज्यको स्थापनाको कामना चासोकको अवसरमा मोर्चाको केन्द्रिय अध्यक्ष दिल पालुङवाले गरेका थिए । उनले सवैलाई सुस्वास्थय, दिर्घायु एवम सम्पन्नताको कामना गरे । लिम्बुवान स्थापनाको निम्ति लागि परिरहेको वताउदै आफ्नो कमिटि भित्र र संसार भरि छरिएर रहेका लिम्बुवानवासीहरुलाई पालुङवाले सौहार्दता ब्यक्त गरे । किरात याक्थुङ चुम्लुङ हङकङको निर्वतमान अध्यक्ष कृष्णराज लावतीले चासोकको शुभकामना व्यक्त गर्दै चाडैंनै लिम्बुवान स्थापनाको लागि जस्तो सुकै संघर्ष गर्न पनि लिम्बुवानवासी र संसार भरिको संघियतावादी हरु पछि नपर्ने वताए । आदिम कालदेखि लिम्बुवानमा व्यापक रुपले मंसिर पूर्णीमा चासोक तङनाम(न्वांगी चाड) को रुपमा मानाउने चलन रहेको छ । कृषी युगको शुरुवात देखि मान्न थालिएको यो चाडमा लिम्वुहरुको आदिम पूर्खा सावा येत्हाङहरुले उनीहरुको चेली सिवेरा याक्थुङमा सिवेरा यावुङकेक्माले पहिलो अन्न रोपि फलाएर खुवाएको खुसियालीमा उनलाई आसिर्वाद दिदैं मनाएका थिए । त्यहि खुसियाली लिम्बुवानमा चासोक तङनामको रुपमा मनाउदै आएको तथ्य पाईन्छ । यस चाडमा एकापसमा रिसईवी नहोस । सधैं सौहार्दता होस । सुस्वास्थ्य तथा सम्पन्नता होस् । आफुले सोचेको पुगोस भन्ने कामना गरिन्छ । किरातीहरुले आदिम कालदेखि मंसिर पूर्णेको अवसरलाई उधौंली पर्वको रुपमा मनाउदै आएको छ । उधौंली पर्व चासोक तङनाम(न्वांगी चाड)लाई राष्ट्रिय पर्वको रुपमा आफ्नो महान राष्ट्रिय चाडको रुपमा मनाउदै आएको पाइन्छ । तथापी, नेपाल एकिकरण संगैं हिन्दु बाहेक अन्य समुदायको दमन संग–संगै यस्ता चाडहरु ओझेल पर्दै गएको थियो । नेपालमा प्रजातन्त्र स्थापना पश्चात अत्याधिक रुपमा अघि वढेको महान राष्ट्रिय चाड किरातीहरुको समुदाय भित्र संसार भरिनै मनाइने गरिन्छ भने नेपाल सरकारबाट राष्ट्रिय चाडको रुपमा मान्यता प्राप्त भएको छ । लिम्वुवानको राष्ट्रिय महान चाडमा लिरामोले सद्भाव तथा सौहार्दता कायम रहोस र आफ्नो मनोकामना पुगोस भन्दै शुभकामना व्यक्त गर्दै विगत केहि वर्षदेखि हङकङमा चासोकको अवसरमा चियापान कार्यक्रम गर्दै आईरहेकोछ । मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले अध्यक्षता गरेको कार्यक्रम सचिव सुरेश सुव्वाले संचालन गरेका थिए । कार्यक्रमको अवसरमा चासोक सुभकामना उपस्थि विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुले ब्यक्त गरेका थिए ।

लिम्बुवानको शान्तिनगर झापामा लिम्बुवानी जनसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
झापा (लिम्बुवान) ३० मंसिर २०६९,मुलुक शून्यता र अन्यौलतामा रुमलिँदा पनि लिम्बुवान नसुतीकन जीवीत र जागै रहेको भन्दै मंसिर ३० गते झापाको शान्तिनगरमा लिम्बुवाानको जनसभा सम्पन्न भयो । जनसभाका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले सभालाई सम्बोधन गर्ने क्रममा लिम्बुवानको आन्दोलन जारी रहेको भन्दै कांग्रेस, एमाले र माओवादीहरुले संविधान सभाको भङ्ग गरी जनघाती, धोकबाजी गरेकोले एक विशाल वनभोजको ओयोजना गरेर ती दलका नेताहरुले ती एकात्मक दलहरु विघटन भएको घोषणा गर्दा राम्रो हुने धारणा राख्नु भयो । मुलुक शून्यता र अन्यौलतामा रुमलिएको अवस्थामा पनि लिम्बुवान नसुतीकन जीवीत र जागै रहेको भन्दै अध्यक्ष मिराकले कांग्रेस, एमाले र माओवादीहरुले अहिले चुनावको कुरा गर्नु हास्यास्पद कुरा भएको बताउनु भयो । वहाँले उनीहरुले साँच्चै नै चुनाव नै गर्न चाहेको भए ६ सय एक जना सभासदबीच जेठ १४ भित्र चुनाव गराउनचाहिँ किन डराएको भनी प्रतिप्रश्न गर्नुभयो । अध्यक्ष मिराकले थप भन्नुभयो– ‘‘यसरी उनीहरु संविधान सभाभित्र चुनाव गराउन डराएकाले नै संविधान सभा भङ्ग भएको हो ।’’ वहाँले थप भन्नु भयो– ‘‘अहिलेसम्मको आन्दोलन पहिचानको आन्दोलन भएकोले यो लिम्बुवान आन्दोलन विखण्डनको लागि नभई आफ्नो राज्य आफैले चलाउन पाउनुपर्छ भनेको हो ।’’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले जनसभालाई सम्बोधन गर्ने क्रममा संविधान सभा भङ्ग हुनुको मुख्य कारण संघीयता र लिम्बुवान कायम हुन नदिनको लागि भएको बताउनु भयो । वहाँले संविधान सभा भङ्ग गर्दा भङ्ग गर्ने ३ दलका शीर्ष नेताहरु आफै पनि असफल भएको दावी गर्नुभयो । साथै, मुलुक यसरी दिशाहीन अवस्थामा पुग्नुको मुख्य कारण पनि उक्त ३ दल नै रहेको बताउनु भयो । देशलाई सही मार्गमा लैजानको लागि पुनः पनि संविधान सभाको चुनाब गरेरमात्र बिग्रिएको कुरालाई सच्याउन विचार राख्दै महासिव माखिमले त्यसको लागि पुनः संविधान सभाकै चुनाव हुनुपर्ने बताउनु भयो । त्यसमा पनि छ सय एक नै सभासद हुने व्यवस्था हुनुपर्ने भन्दै त्यसमा कलिकति पनि कम गरिएमा र ३ प्रतिशत मत पाएमा मात्र राष्ट्रिय पार्टी हुने व्यवस्था भए सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनु भयो । महासचिव माखिमले अब भने संविधान सभामा दलका नेता नभई सभासदहरु निर्णायक हुने व्यवस्था हुनुपर्ने कुरमा जोड दिनुभयो । झापाको शान्तिनगरस्थित् बर्ने माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त विशाल लिम्बुवानी आमसभा गर्नुको प्रमुख उद्देश्य नेपालमा एकात्मकवादी चिन्तन हाबी भएका केही नेताहरुका कारण आत्मनिर्णयको अधिकारसहितको संघीय गणतान्त्रिक धर्म निरपेक्ष नेपालको परिकल्पना सफल हुन नसकिरहेको बिकराल स्थितिलाई यथासक्दो सम्बोधन गर्न जोडदार माग गर्दै यो आमसभा आयोजना गरिएकोे आयोजक परिषदले जनाएको छ । सभमा केन्द्रीय उपाध्यक्षद्वय ज्ञानबहादुर गुरुङ र ज्ञानु इम्बुङ; के. लिम्बुवानका महासचिव तथा एलभी कमाण्डर फक्ताङलुङ योङहाङ, केन्द्रीय महिला परिषद अध्यक्ष शान्ता योङहाङ, केन्द्रीय सदस्य, प्रेम घिमिरे, वैकल्पिक केन्द्रीय सदस्य दिलकेशर थापा, राष्ट्रिय पार्षद भानु भट्टराई, झापा जिल्ला अध्यक्ष मान बहादुर सावा, संघीय धिमाल स्वायत्त परिषदका मातृका धिमाल, राष्ट्रिय पार्षद भक्त खेवाङ र महिला नेतृ निश्चलता लावती लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम शुरुहुनु अघि अतिथतिहरुलाई कार्यक्रमस्थलमा स्वागत गर्दै ¥याली समेत गरिएको थियो सो जनसभा मञ्चसम्बद्ध शान्तिनगर गाउँ परिषदका अध्यक्ष बुद्ध माबोको अध्यक्षता र सचिव चन्द्र माबोको उद्घोषमा सम्पन्न भएको थियो । – डीबी आङ्बुङ लिम्बू, लिम्बुवान

Dec 14, 2012

उत्तर कोरियाले उन्हा-३ नामक रकेट परीक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अन्तराष्ट्रिय दबाबका बीच उत्तर कोरियाले उन्हा-३ नामक रकेट परीक्षण गरेको छ । उत्तर कोरियाले बुधबार लामो दूरीसम्म उडान भर्न सक्ने क्षमता भएको रकेट उन्हा–३ नामक परीक्षण गरेको बीबीसीले जनाएको छ । अमेरिका, जापान र दक्षिण कोरियाको आलोचनाका बीचमा उत्तर कोरियाले रकेट परीक्षण गरेको हो । उत्तर कोरियाको आलोचना गर्ने देशहरुले अन्तराष्ट्रिय शक्तिको वेवस्था गरेकाले यसले उसलाई ठूलो घाटा हुने समेत चेतावनी दिएका छन् । उत्तर कोरियाले रकेटको माध्यमबाट पृथ्वीको कक्षमा सफलतापूर्वक भू–उपग्रह तैनाथ गर्न सफल भएको बताएको छ । सन् २००९ मा संयुक्त राष्ट्रसंघले आगामी दिनमा उत्रेर कोरियाले परमाणु हतियार परीक्षण गर्न नपाउने प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघको प्रस्तावलाई समेत अवमूल्यन गर्दै रकेट परीक्षण गरेको भन्दै अमेरिकाले समेत यसले क्षेत्रीय सुरक्षामाथि चुनौतीको सामना उत्तर कोरियाले गर्नुपर्ने समेत चुनौती दिएको हो । उत्तर कोरियाले गत अप्रिलमा गरेको रकेट परीक्षण असफल भएपछि बुधबार अर्को रकेट परीक्षण गरेको हो । उत्तर कोरियाली मिडियाले ‘उन्हा–३ को दोस्रो संस्करणको परीक्षण १२ डिसेम्बरमा सोहे अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक सम्पन्न भयो ।’ भन्दै उल्लेख गरेका छन् ।

क्यानाडामा बन्यो अदृश्य हुने लुगा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
क्यानाडामा हाइपरस्टिल्थ बायोटेक्नोलजी कर्पोरेसन नामक एक कम्पनीले अदृश्य कपडा निर्माण गरेको ठोकुवा गरेको छ। उक्त कम्पनीले सो अदृश्य कपडाको नाम 'क्वान्टम स्टिल्थ' राखेको छ । सो कपडा निर्माणमा अमेरिकी रक्षा विभाग पेन्टागनले सहयोग गरिरहेको कम्पनीले जनाएको छ । निर्माण कम्पनीले उक्त अदृश्य कपडा ओढेपछि लगाउने मानिस अदृश्य हुने दाबी कम्पनीले गरेको छ । कम्पनीले युद्धमा प्रयोग गर्ने हेतुले कपडा निर्माण गरेको बतायो । कम्पनीका अनुसार यो कपडाले प्रकाशलाई बंग्याउने भएकाले लगाउने व्यक्ति अदृश्य हुन्छ । यो योजना अत्यन्त गोप्य भएको बताउँदै कपडा निर्माण गरिरहेको कम्पनी हाइपरस्टिल्थ बायोटेक्नोलजी कर्पोरेसनले यसबारे विस्तृत जानकारी दिन नसकिने जनाएको छ । कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत गाइ क्रेमरले कपडाको प्रभावकारितामा कुनै पनि शंका नगर्न अनुरोध गरेका छन् साथै शंका गरेता पनि आफुलाई त्यसको पर्वाह नभएको बताए । क्रेमरका अनुसार उक्त कपडाको प्रयोग गरेर दिउँसै शत्रुको भूभागमा राडार, नांगो आँखाबाट अदृश्य रहेर हमला गर्नु ठूलो उपलब्धी हुनेछ । हालैमात्र क्रेमरसँग समाचार संस्था सिएनएनले अन्तर्वार्ता लिएपश्चात अमेरिकाली सेनाले कम्पनीसँग कपडा बारे सोधिखोजी गरेको छ ।

भारतीय पहाडलाई ‘सगरमाथा’ भनेपछि सर्वत्र आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२९ मंसिर,अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)ले आफ्नो वेभसाइटमा भारतीय पहाडको तस्वीर राखेर त्यसलाई सगरमाथा बताएकोमा सर्वत्र आलोचना भएपछि गल्ती सच्याएको छ । नासाले आफ्नो आधिकारिक वेभसाइटमा राखेको तस्वीरलाई अन्तरीक्षबाट खिचिएको माउन्ट एभरेष्ट भनिएको थियो । तर, उक्त तस्वीर भारतको काश्मिर क्षेत्रको काराकोरम हिम श्रृंखलाको सासेर मुजताग रहेको पत्ता लागेपछि नासाले आफ्नो साइटबाट हटाएको हो । नेपालबाट कुन्द दीक्षीतले ट्वीटरमार्फत् उक्त तस्वीर सगरमाथा नभएको रहस्य खोलेपछि एक अमेरिकी अन्तरिक्ष यात्रीले सो तस्वीर सगरमाथा नभएर भारतको सासेर मुजताग भएको बताएका थिए । सामाजिक सञ्जालबाट तथ्य पत्तो लगाएपछि नासाले आफ्नो गल्ती स्वीकार गर्दै सो तस्वीर हटाएको छ । यसबारे नासाका प्रवक्ताले स्पष्ट पार्दै भनेका छन्-यो सगरमाथा होइन । यो सासेर मुजताग हो, जुन भारतको काश्मिर क्षेत्रको काराकोरम श्रृंखलामा पर्छ ।

Dec 12, 2012

किरात धर्मगुरु आत्मनन्द लिङदेनको ५९औं शुभजन्मोत्सव समपन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /रविन लिङदेन “आम्भु जेठा” 
हङकङ, ४ डिसेम्वर, किरात धर्मगुरु मुहिगुम अंसिमाङ आत्मनन्द लिङदेन “सेइङ”को ५९औं नोमाङ्गेना समारोह सम्पन्न भएको छ । याउमातेइ स्थित किरात धर्म तथा साहित्य उत्थान संघको आफ्नै माङहिममा धार्मिक विधि अन्र्तगत सोमवार साझ उक्त समारोह सम्पन्न भएको थियो । समारोहमा नुमाङगेना सेवा समिति नेपालका उपाध्यक्ष तथा किरात धर्म तथा सहित्य उत्थान संघ हङकङका निर्वतमान अध्यक्ष देउमान आङवोहाङले किरात धर्म र वर्तमान गुरु मुहिगुम अंसिमाङ आत्मनन्द लिङदेन “सेइङ”को वारेमा स्पष्ट पारेका थिए । किरात धर्मका वर्तमान गुरु मुहिगुम अंसिमाङ आत्मनन्द लिङदेन “सेइङ”को भनाइ उध्रित गर्दै किरातीहरु पछि परेको र अझै चनाखो नभएमा झन पछि पर्ने कुरा उनले वताए । किरात सस्कार संस्कृतीहरु किरातीहरुले ढिलो नगरि गुरुवाट लिनुपने वताए । गुरुवाट शिक्षा दिक्षा, धर्म सस्कार, सस्कृति लिने, सिक्ने कुरामा किरातीहरु पछि परेको र यस्तो कुरालाई किरातीहरुले मनन नगरे झन पछि पर्ने आङवोहाङले वताए । किरात धर्म तथा सहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्वाङको अध्यक्षतामा भएको ५९औं नोमाङ्गेना समारोहमा किरात धर्म सस्कार अनुसार साङदाङगेन सेवा सावा (दिक्षित गुरु) तुलकहाङ तुम्साबाट माङ भजन द्घारा समारोहको स्वागत भएको थियो । संघका उपाध्यक्ष तथा केन्द्रिय सदस्य खगेन्द्र कुमार गुरुङले कार्यक्र संचालन गरेका थिए भने उत्र वहादुर राई, हेम येङदेन, तुलक तुम्सा, अनिल आङवोहाङ “लाजेसा”, कार्यक्रमका अध्यक्ष मोहनमान नेम्वाङले सम्पूर्ण किरातीहरुको नाममा सेवा गरेका थिए । किरातीहरु माझ मंसिर १८ गते अङसीमाङ लिङदेन आत्मानन्द सेइङको शुभजन्मोत्सव एवं मुहिङगुम अङसिमामाङ साँवा पवित्रहाङमा लिङदेन नुमाङगेना सेवा गर्ने चलन छ । नेपालको इलाम जिल्ला स्थित लारुम्बा, माङसेवुङ केन्द्रिय किरात माङहिममा हरेक वर्ष लाखौं किरातीहरुको उपस्थितिमा वृहत कार्यक्रम हुने गर्दछ । अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५९औं शुभजन्मोत्सव एवं मुहिङगुम अङसिमामाङ साँवा पवित्रहाङमा लिङदेन नुमाङगेना सेवाको अवसरमा देश विदेशसमा रहेका सम्पूर्ण किरात धर्मावलम्विहरुलाई विश्व किरातीहरुको विश्व शान्ति एवं भावनात्मक एकताको शुभकामना सन्देश दिदै किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्वाङले समारोहको अन्त्य गरेका थिए ।

सहमतिको समयसीमा फेरि बढाउन प्रचण्डको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२७ मंसिर,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको समयसीमा बढाउन फेरि राष्ट्रपति रामबरण यादब समक्ष आग्रह गर्नुभएको छ । आज विहान शीतल निवासमा भेट्न जानुभएका प्रचण्डले अहिलेसम्म दलहरुबीच अहिलेसम्म भएको छलफलको जानकारी गराउँदै प्राप्त उपलब्धीका विषयमा राष्ट्रपतिसँग छलफल गर्नुभएको प्रचण्ड निकट स्रोतले जनाएको छ । उहाँले राष्ट्रपतिलाई अहिले दलहरुबीच औपचारीक छलफल नभएको र अनौपचारिक छलफल धेरै भएकोले आजको दिनभरमा निकास निकाल्ने तयारी भएको जानकारी गराउनुभएको थियो । आजको छलफलमा पनि निकास ननिस्किए केही दिन म्याद थप्न प्रचण्डले आग्रह गर्नुभएको थियो ।

Dec 11, 2012

मालीका प्रधानमन्त्रीको राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बमाको, मंसिर २६ (एएफपी)- यसअघि कू गरिसकेका नेता आमादोउ सानोगोको आदेशमा सैनिकहरुले घरैमा बन्दी बनाएपछि मालीका प्रधानमन्त्री चेइक मोदिबो डियाराले राजीनामा दिएका छन्। उनले राष्ट्रिय टेलिभिजनमा छोटो सम्बोधन गर्दै भने, 'म, चेइक मोडिबो डियारा, आफ्नो सरकारसँगै राजीनामा दिन्छु।' उनले राजीनामाको कारण भने बताएनन्। मालीका प्रधानमन्त्रीलाई सोमबार राति अबेर उनकै निवासमा सैनिकहरुले बन्दी बनाएका थिए। प्रधानमन्त्री पेरिस जाने तयारी गरिरहेको बेला राति करिब १० बजेतिर सैनिक आइपुगेका थिए। उनलाई कारमा राखी काटी सैनिक क्याम्पमा लगिएको थियो। मंगलबार बिहान ३ बजे मालीको राष्ट्रिय टेलिभिजनमाकेही समयमा प्रधानमन्त्रीले घोषणा गर्ने सूचना दिइएको थियो। माली पश्चिम अफ्रिकाको भूपरिवेष्ठत राष्ट्र हो।

चिनियाँ नोबेल शान्ति पुरस्कार विजेता लिउको रिहाइको पहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ, २१ मंसिर नोबेल पुरस्कार विजेता तथा चिनियाँ अधिकारकर्मीले राजद्रोहको अभियोगमा कारागारमा रहेका चिनियाँ नोबेल शान्ति पुरस्कार विजेता लिउ सियाबोको रिहाइको पहल थालेका छन् । पहलका क्रममा उनीहरूले नवनिर्वाचित चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केही महिनापछि चिनियाँ राष्ट्रपतिको पद सम्हाल्ने सी जिन्पिङलाई दुई छुट्टाछुट्टै पत्र लेखी सियाबोलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । चिनियाँ लेखक, वरिष्ठ अधिकारवादी तथा वकिलले बिहीबार नेता जिन्पिङलाई लेखेको पत्रमा चीनले विश्वमा एक शक्तिशाली राष्ट्रका रूपमा आफ्नो स्थान बनाइराख्न हाल जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइ आवश्यक रहेको औँल्याइएको छ । 'विगतका वर्षदेखि जेलमा राखिएका सियाबोविरुद्ध लगाइएको आरोप गलत छ, त्यसैले उनलाई विनासर्त रिहाइ गरिनुपर्छ,' पत्रमा भनिएको छ । चिनियाँ सरकारले हालैका दिनमा राजनीतिक सुधारको काम अघि सारेको भन्दै यसको प्रारम्भिक चरणमा उनीहरूको रिहाइ गरिनुपर्ने बताइएको छ । २१औँ शताब्दीमा पनि राजनीतिक सुधारको माग गरेकै आधारमा नागरिकलाई जेल सजाय दिनेजस्ता कार्यले विश्वको ठूलो एवं शक्तिशाली देश चीनलाई फाइदा नगर्ने पनि सो पत्रमा स्पष्ट गरिएको छ । चीनमा राजनीतिक सुधारको प्रसंग उठिरहेेको र राजनीतिक सुधारका लागि नयाँ नेता लाग्ने भन्ने समाचार बाहिर आइरहेको समयमा राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएकालाई तत्काल रिहा गर्न सके चीन सरकार र नयाँ नेतृत्व दुवैलाई राम्रो हुने पनि पत्रमा उल्लेख छ । चार वर्षअघि सियाबोले चीनमा मानवअधिकारको प्रत्याभूति र एक पार्टी प्रणालीमा सुधारको माग गरेकाले राज्यविरुद्धको अपराधको आरोपमा ११ वर्षको काराबासको सजाय भोगिरहेका छन् । थुनामै रहेको समयमा सन् २०१० मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । सो पुरस्कारको चीनले चर्को विरोध गर्दै आएको छ । यसअघि गत मंगलबार विश्वभरका एक सय ३४ नोबेल पुरस्कार विजेताले चिनियाँ कम्युनिस्ट पार्टीका नवनिर्वाचित राष्ट्रपति सी जिन्पिङलाई पत्र लेखी सियाबोको रिहाइको आग्रह गरेका थिए । सो पत्रको जवाफ दिँदै बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले चीन कानुनी शासनको पालना गर्ने राष्ट्र भएकाले सियाबोलाई चिनियाँ कानुनको उल्लंघन गरेको आधारमा निश्चित् समयका लागि जेलमा राखिएको प्रस्ट पारेका थिए । चिनियाँ लेखक मो यानले आगामी हप्ता यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गर्ने तयारी गरिरहेका वेला यो आग्रहपत्र सार्वजनिक भएको छ । यसैबीच सियाबोकी पत्नी लिउ सियाले समाचार संस्था एपीसँग कुरा गर्दै घरमा बन्दी हुनुपर्दा निकै तितो अनुभव भएको बताएकी थिइन् । घरमा हाल टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध पारिएको, बुबाआमा भेट्न तथा उपभोग्य सामान खरिदका लागि हप्ताको दुईपटक घरबाहिर निस्कन छुट दिइएको र महिनामा एकपटक मात्र श्रीमान्लाई भेट्ने अवसर प्रदान गरिएको अन्तर्वार्ताका क्रममा उनले बताइन् ।

प्रचण्डलाई झाप्पु हान्ने पदम जेलमुक्त / दाहालले नै तिरिदिए धरौटी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर २६ - काठमाडौं प्रशासन कार्यालयले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई २५ दिनअघि भृकुटीमन्डपमा झाप्पड हान्ने पदम कुँवरलाई मंगलबार मुक्त गरेको छ । एमाओवादी अध्यक्ष दाहालले नै कुँवरका लागि २८ हजार रुपैयाँ धरौटी प्रशासन कार्यालयमा जम्मा गरेपछि कुँवर मुक्त भएका हुन् । यसअघि सोमबार प्रशासनले २८ हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएकोमा धरौटी तिर्न नसक्दा कुँवर जेल चलान भएका थिए । प्रशासनले कुँवरलाई उनका भिनाजु भिम भारतीको जिम्मा लगाएको छ । एमाओवादी अध्यक्ष दाहालकै तर्फबाट धरौटी रकम आएपछि कुँवर थुनामुक्त भएको काठमाडौंका सिडिओ चुडामणि शर्माले जानकरी दिए । दाहालका सहयोगी शिव खकुरेल धरौटी रकम लिएर प्रशासन कार्यालय पुगेका थिए । सिडिओ शर्माका अनुसार कुँवरलाइ ७ दिनको तारेखमा छाडिएको छ । उनको अन्तिम फैसला हुन बाँकी छ । प्रशासन कार्यालयबाट भिम र पदम प्रहरीको गाडीमा केन्द्रिय कारागार गएका छन् । त्यहाँ अभिलेख राखेपछि उनी मुक्त हुनेछन् । विदेशीमा रहेका नेपालीहरुको दिएको धरौटी रकम लिएर प्रशासन पुगेका भिमलाई प्रशासनले धरौटी वाफतको रकम २८ हजार तिर्नु नपर्ने बताएको थियो । 'मलाई धरौटी तिर्नु पर्दैन्, माथीबाट यस्तो आदेश आएको छ भने' भिमले इकान्तिपुरलाइ भने । उनले अन्तिम घडीमा दहालले धरौटी तिरेकोमा आफुहरु सन्तुष्ट नभएको बताएका छन् । यसैगरी अब पदमले आफुलाई कुट्ने बिरुद्ध जाहेरी दिने पनि भिमले बताएका छन् । 'एउटा मुद्धा किनारा लाग्यो अब हामी अर्को मुद्धाको तयारीमा छौं' भीमले भने ।

बेलायतमा स्वरको नक्कल गर्ने जागिरबाट बर्खास्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायतमा रानी तथा राजाको स्वरको नक्कल गर्ने दुई रेडियो प्रस्तोतालाई जागिरबाट बर्खास्त गरिएको छ । गर्भवती भएकी बेलायतकी राजकुमारी क्याथरिन अस्पतालमा उपचाररत रहेको बेलामा ती दुई रेडियो प्रस्तोताले बेलायती रानी र राजाको स्वर नक्कल गरेर टेलिफोन गरेका थिए । उक्त घटना पश्चात उनीहरूको फोन उठाउने नर्स ज्यासिन्था साल्डानाले आत्महत्या गरिन् । नर्सले आत्महत्या गरेपछि उनीहरूलाई जागिरबाट निकालिएको हो । साल्डानालाई शुक्रबार मृत अवस्थामा फेला परिएको थियो । अस्ट्रेलियाको सिडनीमा रहेको 'टुडे एफएम का दुई प्रस्तोताले बेलायती महारानी एलिजावेथ द्वितीया र विलियम्सका पिता चाल्र्स भनेर हस्पिटलमा फोन गरेपछि सो घटना घटेको हो । टुडे एफएमले प्रस्तोतालाई अर्को सूचना नभएसम्म काममा नफर्कन निर्देशन दिइएको छ । धेरैले यसबाट राजपरिवारको गोपनीयता भंग भएको टिप्पणी गरेका थिए ।

एमाओवादीले दियो निकास खोज्ने जिम्मा चार नेतालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२६ मंसिर,एकीकृत नेकपा माओवादीले राजनीतिक निकासको उपाय खोज्ने जिम्मा आफ्नो पार्टीका चार शीर्ष नेतालाई दिएको छ । राष्ट्रपतिद्वारा दिइएको तेस्रो समयसीमा सकिने दिन बुधबारसम्म पनि सहमति नभए मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठवन्धनको निर्णयमा सरकारकै मुख्य घटक मधेसी मोर्चाले आपत्ति जनाएपछि आज बसेको माओवादीले बैठकले आफ्ना ४ नेतालाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको विघटित स्थायी समितिका सदस्यहरुसहितको बैठकले सहमतिका लागि अधिकमत् लचकता अपनाउने निर्णयसमेत गरेको छ । ‘देशलाई निकास दिन पार्टीहरुले नै पहल गर्नुपर्छ र त्यसका लागि दलहरुसँगको छलफललाई तिब्रता दिने निर्णय भएको छ’ -एमाओवादी प्रवक्ता अग्नि सापकोटाले अनलाइनखबरसँग भन्नुभयो- ‘निकासका विकल्पहरु खोज्ने जिम्मा शीर्ष नेताहरुलाई दिइएको छ ।’ शीर्ष चार नेतामा अध्यक्ष प्रचण्डसहित उपाध्यक्षद्धय प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र सचिव पोष्टबहादुर बोगटी छन् । बैठकले महाधिवेशनको तयारी र प्रचार-प्रसारका लागि जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ प्रवक्ता सापकोटाले बताउनुभयो ।

Dec 8, 2012

नेपालमा थप नयाँ १० शहरहरु थपिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले पाँच विकास क्षेत्रका दश स्थानमा नयाँ सहर विकासको अभियान अगाडि बढाएको छ । निर्माणाधीन पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा विकास गर्न लागिएको १० वटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ । यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसङ्ख्या आदिको आधारमा प्रस्तावित सहरको २० वर्षे गुरुयोजना एवम् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी चरणबद्धरुपमा आधुनिक सहरको निर्माण गर्ने कार्य थालनी भइसकेको छ । छनोट परेका स्थानमा पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको वैरेनी-गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साफेबगर र बैतडीको पाटन रहेका छन् । प्रत्येक सहरको आयोजना स्थलमा मध्यपहाडी नयाँ सहर आयोजना कार्यालय पनि स्थापना गर्ने तयारी भइरहेको छ । नयाँ सहर विकास आयोजना प्रमुख कृष्णराज पाण्डेका अनुसार रुकुमको चौरजहारी र अछामको साँफेबगरमा मुख्य-मुख्य भौतिक पूर्वाधार निर्माणको काम सुरु भइसकेको छ । यसैगरी, सामान्यरुपमा बसन्तपुर र धादिङको बैरेनीमा पनि भौतिक निर्माणको काम सुरु भएको छ । सहर निर्माणको यो अभियानले पाँचथरको फिदिम गाविसलाई समेट्ने छ । सो क्षेत्रमा १५ हजारको हाराहारीमा जनसङ्ख्याको बसोवास रहेको छ भने विसं २०९० सम्म एक लाख जनसङ्ख्यालाई बसोवास उपलब्ध गराउने योजना छ । यहाँको जनघनत्व प्रतिवर्ग किलोमिटर ३६४ रहेको छ । सडक यातायात पुगेको र खानेपानीको सुगम उपलब्धता भएको कारण सो क्षेत्रलाई उपयुक्त मानिएको हो । यसैगरी तेह्रथुमको बसन्तपुर गाविसमा नयाँ निर्माण गर्न लागिएको सहरमा कोसी राजमार्ग र मध्यपहाडी लोकमार्गको सडक यातायातको सेवा उपलब्ध छ । यहाँ २५२ व्यक्ति प्रतिवर्ग किमि जनघनत्व छ । यस स्थानमा हालको कृषि क्षेत्रको २५ प्रतिशत क्षेत्रलाई आवास र मिश्रति क्षेत्रमा परिणत गर्ने सरकारको योजना रहेको छ । बनेपा-बर्दिवास राजमार्ग र मध्यपहाडी लोकमार्ग खुर्कोट बजार भई सञ्चालनमा आइसकेको सिन्धुलीको खुर्कोट बजार पनि प्रस्तावित नयाँ सहरको योजनामा परेको छ । भीमेश्वर गाविसको १५.२५ वर्ग किलोमिटर क्षेत्रमा निर्माण गरिने यो सहरमा हाल जनघनत्व १३२ व्यक्ति प्रतिवर्ग किलोमिटर रहेको छ । सुनकोसी नदी किनारमा रहेको खुर्कोटमा अँधेरी खोलाबाट खानेपानी उपलब्ध गराउन सकिने र अरु आवश्यक भौतिक संरचनाको प्रारम्भिक उपलब्धता भइसकेको छ । जलयात्रा तथा पर्यटन विकासको प्रचुर सम्भावना रहेको यस स्थानमा विसं २०९० सम्म एक लाख जनसङ्ख्यालाई आवास सुविधा उपलब्ध गराइने लक्ष्य छ । यसैगरी पोखरा-काठमाडौ‌ पृथ्वी राजमार्ग तथा रसुवा-धुन्चे सडक सञ्जालले जाडिएको धादिङको बैरेनी गल्छी साधीखोला र त्रिशूली नदीको किनारमा अवस्थित छ । बैरेनी र कल्लेरी गाविसमा विस्तार गरिने सो सहर स्थानीय रुपमा आर्थिक केन्द्रको रुपमा विकास हुादै गएको छ । यस क्षेत्रमा १५० वटा जति व्यवसाय सञ्चालित छ । बन्दीपुर र भानु गाविसमा निर्माण गर्न लागिएको तनहुँको डुम्रे भन्सार काठमाडौ‌-पोखरा सडक खण्ड र डुम्रे बजारबाट लमजुङ जिल्लाको सदरमुकाम बेसीसहरसम्म सडक सञ्जाल जोडिएको छ । यस क्षेत्रमा हाल ३०९ व्यक्ति प्रतिवर्ग किमि जनघत्व छ । भानु गाविसमा चुादी खोलाले बनाएको फाँटका कारण कृषिको प्रचुर सम्भावना छ । बागलुङको बुर्तिवाङ पोखरा-बागलुङ तथा बुटवल-पाल्पाबाट सडक यातायातले जोडिएको छ । हाल प्रतिव्यक्ति २४१ व्यक्ति प्रतिवर्ग किमि जनघनत्व रहेको यस क्षेत्रमा हालको कृषि क्षेत्रको २५ प्रतिशत क्षेत्रलाई आवास क्षेत्रमा परिणत गर्ने सरकारको तयारी रहेको बुझिएको छ । कुमालेले भााडा बनाउने परम्परागत पेसा रहेको सो क्षेत्रमा विद्युत् सुविधा उपलब्ध भइसकेको छ । रुकुमको चौरजहारी हवाई यातायात तथा सुर्खेत-सल्यान सडक यातायातले जोडिएको छ । विजयेश्वरी गाविसमा पर्ने यो नयाँ सहरमा हाल ३०० व्यक्ति प्रतिवर्ग किलोमिटर जनघनत्व छ । यसैगरी दैलेखको राकम कणर्ाली सिगौडी र राकम कर्णाली गाविसमा अवस्थित छ । यो पुरानो बजार भएकाले सहजै सहरको रुपमा परिणत गर्न सकिने बताइन्छ । कर्णाली किनारमा अवस्थित यो ठाउा सुन्दर सहरमा स्थापित हुने सरकारको विश्वास छ । अत्यन्तै न्यून जनघनत्व रहेको यस स्थानमा खानेपानीको सहज उपलब्धता छ । यसैगरी अछामको साँफेबगर सिद्धेश्वर र मष्ठमाडौं गाविसमा अवस्थित छ र साँफेबगर हुादै सेती राजमार्ग र मध्यपहाडी लोकमार्गमा जोडिएका कारण यहाँ यातायात सहज छ । प्रतिवर्ग किलोमिटर १५३ प्रतिव्यक्ति जनघनत्व रहेको यो ठाउा प्राकृतिकरुपमा अत्यन्तै सुन्दर र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस्तै बैतडीको पाटन गाविसमा अवस्थित प्रस्तावित नयाँ सहर पाटन हवाई यातायात र सडक सञ्जालले जोडिएको छ । सुर्नयागाढ खोलाको किनारमा अवस्थित यो ठाउँको जनघनत्व २८७ व्यक्ति प्रतिवर्ग किलोमिटर छ । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा राखेको यस स्थानमा सडक निर्माणको लागि डिपीआरसमेत तयार गरिसकिएको छ । आयोजना प्रमुख पाण्डेका अनुसार डिपीआर तयार गर्न गत आर्थिक वर्षमा रु ५० लाख खर्च भइसकेको छ । प्रत्येक सहरमा भौतिक सुविधा निर्माणका लागि रु तीनदेखि पाँच अर्बसम्म खर्च लाग्ने बताइएको छ । सहर निर्माणका लागि पहिलो चरणमा गुरुयोजना तयार पार्नुपर्ने र आगामी आर्थिक वर्षभित्रमा गुरुयोजना तयार भइसक्ने आयोजना प्रमुख पाण्डेले जानकारी दिए । अहिले ट्रयाक खोल्ने काम भइरहेको एक हजार ७७६ किलोमिटर पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा पर्ने ती ठाउँमा नयाँ सहर निर्माणका लागि मुख्य-मुख्य पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ र आवश्यक पूर्वाधार निर्माण गर्न जग्गा अधिकरणको काम भइसकेको छ । ती स्थानमा पहिलो चरणमा खानेपानी, सडक, बिजुलीलगायतका पूर्वाधार निर्माणमा प्राथमिकता दिइने आयोजना प्रमुख पाण्डेले बताए । काठमाडौलगायतका ठूला सहरमा बढ्दो मानवीय चाप कम गर्ने उद्देश्यले सरकारले मध्यपहाडी लोकमार्गको छेउमा नयाँ सहर विकास गर्ने योजना ल्याएको हो । ती ठाउँमा सहरी पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइसराइको क्रम बढ्ने र बसोवासको चाप बढ्ने सरकारको विश्वास छ । नयाँ सहरका लागि विश्व बैंक, एसियाली विकास बैंकलगायतका वित्तीय स‌स्थाबाट सहयोग लिने सरकारको योजना छ ।

Dec 7, 2012

जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा शुक्रबार ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.३ म्याग्निच्युड मापन गरेको छ । राजधानी टोकियोसम्म भूकम्पको झड्का महसुस गरिएको बिबिसीले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । जापानको स्थानीय समयअनुसार साँझ ६ बजे सुनामी आउनसक्ने चेतावनी दिइएको छ । इवाते, फुकुसिमा र ओमोरी क्षेत्रमा पनि सुनामी आउनसक्ने बताइएको छ । तर अमेरिकी भूगर्भविभागले भने सुनामी आउने सम्भावना अति कम रहेको वताएको छ । गत वर्षको मार्च ११ मा मियागी क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परि १५ हजार भन्दा बढीको ज्यान गएको थियो । भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण आइसकेको छैन ।

माओवादीको महाधिवेशन आगामी माघ २० गते हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२२ मंसिर,एकीकृत नेकपा माओवादीको महाधिवेशन आगामी माघ २० गते हुने भएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले माघ २० गते मकवानपुरको हेटौडामा महाधिबेशन गर्ने निर्णय गरेको हो । बैठकले पुष मसान्त सम्ममा सबै जिल्लाको अधिवेशन गरिसक्ने र माघ २० गते केन्द्रीय महाधिवेसन गर्ने निर्णय गरेको एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न केही दिनमै बैठक बसेर कार्यविभाजन सहित समितिहरु गठन गर्ने र नेताहरु देशब्यापी प्रशिक्षणमा पुग्ने माओवादीले जनाएको छ । एकीकृत माओवादीले माघमा महाधिबेशन गर्ने घोषणा गरे पनि स्थान र मितिको टुंगो लगाएको थिएन् ।

नेपालका गैडा बचाउन गुगलको सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२२ मंसिर, एजेन्सी,इन्टरनेट कम्पनी गुगलले वन्यजन्तु संरक्षणको क्षेत्रमा पनि हात हालेको छ । गुगलको यो कदमबाट नेपाललाई समेत प्रत्यक्ष फाइदा पुग्नेछ, अर्थात् नेपालमा गैँडा, बाघ लगायतका वन्यजन्तुको संरक्षणमा समेत गुगलको यो सहयोग राशी उपयोग हुनेछ । संकटापन्न वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि भन्दै गुगलले एक अन्तर्राष्ट्रिय संस्थालाई ५० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको हो । विश्व वन्यजन्तु कोषलाई दिइएको उक्त सहयोग राशी संकटापन्न वन्यजन्तुको चोरीसिकार गर्ने तस्करहरुको निगरानी राख्ने मानव रहित जहाजको संचालनमा खर्च गरिने बताइएको छ । स्मरण रहोस्, विश्व वन्यजन्तु कोषले नेपालका तराई क्षेत्रमा वन्यजन्तु तस्करहरुको निगरानीका लागि मानव रहित जहाजको प्रयोग सुरु गरिसकेको छ, जसमार्फत राष्टिय निकुञ्ज क्षेत्रमाथिको आकाशबाट निकुञ्जका वन्यजन्तुको अनुगमनका साथै चोरसिकारीहरुको निगरानी गरिन्छ । वन्यजन्तु कोषले यस्ता मानवरहित जहाज विश्वभरीनै प्रयोगमा ल्याउने तयारी गरेको छ । गुगलको सहयोग राशीबाट मानवरहित जहाज ड्रन कार्यक्रमलाई एसिया र अफि्रकाका अरु देशमा समेत विस्तार गरी गैँडा, हात्ती, बाघ लगायतका संकटापन्न वन्यजन्तुको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै यो सहयोग राशी वन्यजन्तुको ट्यागिङ प्रविधि, सेन्सर, तथा अनुगमन सफ्टवेयर लगायतका क्षेत्रमा पनि खर्च गरिनेछ । गुगलले आफ्नो विश्वव्यापी प्रभाव अवार्ड अन्तरगत विश्व वन्यजन्तु कोषलाई सहयोग राशी प्रदान गरेको बताएको छ । कठीन मानवीय चुनौति सँग जुध्न नयाँ प्रविधि तथा सोँचका साथ काम गरिरहेका संस्थालाई यस्तो अवार्ड दिइने गुगलको भनाइ छ । गुगलले यो पाला वन्यजन्तु कोषसँगै अरु ६ संस्थालाई समेत यस्तो अवार्ड प्रदान गरेको छ ।

Dec 6, 2012

पारस फेरि पक्राउ, एक महिना सुधारगृहमा राख्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर २१ - थाइल्यान्डको फुकेट अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै एक महिना सुधारगृहमा राख्न आदेश दिएलगत्तै पूर्वयुवराज पारस शाह फेरि पक्राउ परेका छन्। एक महिनाअघि पर्यटकीय नगर फुकेटमा गाँजासहित पक्राउ परेर धरौटीमा १२ दिने तारेख धाइरहेका पारसलाई सोमबार अदालतले 'बैङ जो प्रिजन' (दुर्व्यसनीको आचरण सुधार्ने ठाउँ) पठाउने आदेश दिएको थियो। उच्च स्रोतका अनुसार सोमबारै छातीमा पीडा भएको भन्दै फुकेटस्थित बैंकक अस्पताल पुगेका पारसले स्वास्थ्य परीक्षणपछि थङ्गलर प्रहरीचौकीमा हाजिर भएर बयान दिएका थिए। स्वास्थ्य खराबीले सुधारगृहमा उपस्थित हुन नसकेको बयान दिएलगत्तै प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेर विमानमा राखेर बैंकक पठाएको स्रोतको दाबी छ। उच्च स्रोतका अनुसार पारसलाई सुखमभितमा आफू बसेको होटलको कोठा तोडफोड गरेको उजुरीका आधारमा फेरि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध २० लाख थाई भाट (झन्डै ५६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ) बराबरको क्षति पुर्‍याएको भन्दै होटल मालिकले उजुरी दिएका छन्। मंगलबार राति उनलाई थङ्लर प्रहरीचौकीबाट सिधै विमानबाट बैंकक पुर्‍याइएको स्रोतले जनायो। फुकेट अदालतले पारसलाई आउँदो मंगलबार (मंसिर २६) भित्र 'बैंङ जो प्रिजन' मा हाजिर हुन भनेको छ। उनीमाथि फुकेटमै भाडामा लिएको भिल्ला पनि तोडफोड गरेको आरोप पनि छ। दुई महिनाको अग्रीम भाडा बुझाइसकेकाले उक्त रकमबाट भिल्ला मर्मत गर्न पुग्ने देखेर यो आरोप भने अदालतसम्म नपुगेको स्रोतले जनायो। कात्तिक ७ गते फुकेटको एक होटलमा पुरुष र महिलाबीच झगडा चर्किएपछि होटल व्यवस्थापनले प्रहरी डाकेको थियो। छापा मार्दा पूर्वयुवराज पारस र एक थाई महिला भेटिए। पारस बसेको होटलको कोठामा त्यही क्रममा ३ दशमलव ४ ग्राम सुकेको गाँजा भेटिएको थियो। परिचय नखुलाइएकी ती महिलालाई माफी मागेकाले तत्काल छाडे पनि प्रहरीले पारसलाई पक्राउ गरेको थियो। उनले बरामद गाँजा आफ्नो नभएको दाबी गर्दै माफी नमाग्ने अडान लिएपछि घटना अदालत पुगेको थियो। एक रात प्रहरी हिरासतमा बिताएका पारसलाई एक थाई नागरिकले १० हजार थाई भाट धरौटी राखेर छुटाएका थिए। त्यसपछि प्रहरीले उनीमाथि फुकेट अदालतमा प्रतिबन्धित लागुऔषध बोकेको आरोपमा राहदानी जफत गरी मुद्दा चलाएको थियो। पूर्वयुवराज पारस पक्राउ परेको बारे थाइल्यान्ड प्रहरीले कात्तिक ११ गते बैंककस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो। लगत्तै उक्त खबर परराष्ट्र र गृह मन्त्रालयसम्म आएको थियो। परराष्ट्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्यसको औपचारिक जानकारी गराएको थियो। चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली हानेको विवादमा सार्वजनिक अपराध अभियोग खेपेका उनलाई जिल्ला प्रशासन कार्यालयले 'आइन्दा यस्तो नगर्ने' सर्तमा रिहा गरेलगत्तै उनी बैंकक गएका थिए। थाई राजपरिवारसँग पूर्वराजपरिवारको राम्रो सम्बन्धका कारण उनी सिंगापुरबाट थाइल्यान्ड सरेका थिए। स्रोतका अनुसार थाइल्यान्डका राजकुमार चुमासक कानोक्नानले पारसलाई सहयोग गर्दै आएका छन्। चुमासक पनि आफ्नो देशमा विवादित छविका हुन्। मध्यबैंककको सडकमा गोली चलाएर विवादमा तानिएका उनी युवतीसँगको सम्बन्धका कारण समेत बेलाबखत चर्चामा आउँछन्।

फिलिपिन्समा समुद्री आँधीका कारण हजार बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फिलिपिन्सको मिन्डानाओ टापुमा मंगलबार बिहान आएको बोफा नामक समुद्री आँधीमा परी एकसय भन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण देशका कयौं भागमा जनजीवन अस्तब्यस्त बनेको छ । समुद्री आँधीको प्रभाव क्षेत्र ठूलो रहेकाले हताहतीको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले बताएका छन् । बिबिसीले जनाए अनुसार आँधीले दक्षिणी फिलिपिन्सका अधिकांश शहरका घरहरु भत्केका छन् । त्यस्तै, आँधीको खतराबाट बाच्नको लागि ८७ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । फिलिपिन्सको मिन्डानाओ टापुमा २ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बोफा आँधी आज पशचिमी क्षेत्र पलावानतर्फ गइरहेको बताइएको छ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा गत वर्ष वासी नामक आँधीका कारण १ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु भएको थियो।

चार दलको बैठक निष्कर्षबिहीन, अर्को बैठक अनिश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२१ मंसिर,दलहरु आ-आफ्नो अडानमा कायमै रहेपछि प्रमुख चार दलको बैठक विना निष्कर्ष टुङ्गएिको छ । अब अर्को बैठक अहिले बस्ने टुङ्गो छैन । विशेष समितिको सचिवालय नयाँबानेश्वरमा बसेको बैठकमा सहमतीय सरकार गठनसहितका विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । बैठकमा कांग्रेस-एमालेले सहमतीय सरकार गठनमा जोड दिएका छन् भने माओवादी र मधेसी मोर्चाले प्याकेजमा सहमति भएपछि मात्र सहमतीय सरकार गठन गर्न सकिने बताएका छन् । ‘उहाँहरु सरकारको मात्र कुरा गर्नुभयो । हामीले प्याकेजमा सहमति गरौं भन्यौं’ एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो-’आज खासै ठोस एजेण्डा केन्द्रीत छलफल नै भएन ।’ बैठकमा कांग्रेस-एमालेले अब वार्ताबाट नभई आन्दोलनबाटै टुङ्गो लगाउने चेतावनी दिएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो-’अब वार्ताको औचित्य छैन, प्रतिपक्षले आन्दोलन गर्छ, सरकारले दमन गर्छ, जसले जित्छ त्यसैले टुङ्गो लगाउँछ ।’

भारतमा महिलालाई मोबाइल बोक्न प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतको बिहार राज्यस्थित एक गाउँमा महिलालाई मोबाइल बोक्नमा प्रतिबन्ध लागेको छ । मोबाइल फोनले गाउँको सामाजिक वातावरण बिगारेको ठहर गर्दै बिहारको सुन्दरबारी गाउँ परिषद्ले गाउँका महिलालाई मोबाइल फोन बोक्न नपाउने नियम मात्र बनाएन अटेर गरी मोबाइल प्रयोग गरेमा जरिवाना तिराउने फैसला समेत गरेको छ । गाउँ परिषदको निर्णय अनुसार यदि अविवाहित तरुनीले मोबाइल बोकेमा १० हजार भारु जरिवाना तिुर्नपर्नेछ । तर विवाहित महिलाको हकमा भने जरिवाना रकम धेरै कम अर्थात् २ हजार रुपैयाँ छ । मुस्लिम बाहुल्य रहेको सुन्दरबारी गाउँ पटना भन्दा ३८५ किलोमिटर पूर्वमा पर्छ । मोबाइल फोनका कारण किशोरी तथा युवतीहरु लभको चक्करमा फसेर भाग्ने क्रम बढिरहेको र विवाहित महिलाहरुले समेत दोश्रो पुरुषसँग अवैध सम्बन्ध गाँसिरहेको दाबी गर्दै महिलालाई मोबाइलबाट टाढा राख्ने निष्कर्षमा गाउँ परिषद् पुगेको हो ।

६७ वर्षीय एन्टी भाइरसका प्रमुख गलफ्रेन्डको साथमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिङ्टन - म्याकाफी भाइरस सफ्टवेयर कम्पनीका प्रमुख जोन म्याकाफीलाई इन्टरपोल एजेन्टहरुको सहयोगमा ग्वाटेमालाबाट पक्राउ गरिएको छ । ६७ वर्षीय म्याकाफीलाई २० वर्षीकी गलफ्रेन्ड साम भेनेगाससित पक्राउ गरिएको हो । एक छिमेकीको हत्या गरेको अभियोग लागेपछि उनी यसै साता आफ्नी गलफ्रेन्डसँग ग्वाटेमाला प्रवेश गरेका थिए । गत नोभेम्बर ११ मा बेलिजमा ग्रेगोरी फाउल गोली लागेर मृत अवस्थामा फेला परेका थिए । उक्त हत्याको आरोप रहेकाले म्याकाफीलाई बेलिजमै अथवा अमेरिका सुपुर्दगी गर्न सकिने प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले एपीलाई बताएका छन् । हत्यापछि फरार रहेका म्याकाफीले आफ्ना चार कुकुरलाई पनि गोली हानी मारेका थिए ।

Dec 4, 2012

आदिवासीले हङकङमा जनगणना तथ्याङ्क २०६८ जलायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /रविन लिङदेन, 
४ डिसेम्वर,आदिवासी जनजातिहरुले नेपालको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङक २०६८ लाई सोमवार साँझ नेपाली महासंघ हङकङको कार्यालयमा जलाएको छ । नेपालको अन्तरिम संविधानले धर्मनिरपेक्ष घोषणा गरिसकेकोलाई ८१ प्रतिशत हिन्दू धर्म मान्ने कपोल कल्पित संख्या देखाएर हिन्दू राज्य वनाउने षडयन्त्र गरेको, आदिवासी जनजातिको पहिचानलाई मेटाउने षडयन्त्र र कुचेष्टा गरेको भन्दै उक्त तथ्याङक जलाएको हो । तथ्याङक जलाउनु अघि नेपाली महावाणिज्यदूतावास हङकङ मार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेपाल आदिवासी जनजाती महासंघ हङकङले दिउसो एक ज्ञापनपत्र वुझाएको छ । आठ वुदे ज्ञापनपत्रमा, गत मंसिर १० गते सार्वजानिक गरेको जनगणनाको परिणाम मिथ्याङ्क, अविश्वसनीय, षडयन्त्रपूर्ण र आदिवासी जनजातिको पहिचान, भाषा, धर्म संस्कृतिलाई समूल नष्ट गर्ने उदेश्य अनुरुप आएको भन्दै महासंघले गंभिर असहमती र आपत्ति जनाएको छ । सरकारको यो तथ्याङकलाई (मिथ्याङ्क) समयमै सच्याउन जनजाति महासंघ हङक ङले नेपाल सरकारलाई अनुरोध गरेको छ । नसचिएको तथ्याङकको परिणामप्रति असहमति व्यक्त गर्दै चरणबद्घ आन्दोलन गर्ने समेत सचेत गराएको छ । आयोजक आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष एम. वी. थापामगरको अध्यक्षतामा भएको “जनगणना तथ्याङक २०६८ जलाउने कार्यक्रम” संचालन सदस्य नरेश सुनुवारले गरेका थिए । आदिवासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक भक्त वहादुर दुरा, आदिवासी जनजाति पत्रकार महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ, आदिवासी जनजाति युवा संघ हङकङका अध्यक्ष विजय प्रकाश लिम्बु अतिथि रहेका थिए ।

गायक भुपेन्द्र योङयाको गाउँमै तन्नेरी सिडी विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 सन् २०१२ डिसेम्बर १ शनिबारका दिन हङकङस्थित याउ मा तेर्इको हिन्सको सभाहलमा गायक भुपेन्द्र योङया (साक्थिम) को पहिलो लोक जुहारी एल्बम किरात याक्थुङ चुम्लुङ हङकङको संयोजनमा विमोचन सम्पन भएको छ । विमोचन कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष त्रिभुवन लम्फुङा लिम्बू,प्रमुख अतिथीमा हङकङ नेपाली महासंघको अध्यक्ष प्रदिप थापा,बिशेष अतिथीमा बरिष्ठ संगीतकार दिनेश सुब्बा र अतिथीहरुमा रिता गुरुङ,कृष्णराज लाओती,सुमित खडका,जे.बी.ओख्राबु,हस्त लिवाङ,प्रताप रार्इ,टंक सम्वाहाम्फे र खगेन्द्र लाओतीलार्इ आशन गराइएको थियो । अध्यक्ष,प्रमुख अथिती र बिशेष अथितीको बाहुलीबाट सीडी विमोचन गरिएको थियो । संगितकार दिनेश सुब्बाले बिशेष अथितिको आशाबाट भन्नुभयो - मैले गायक भुपेन्द्र योङयासंग गीतकार टंक सम्वाहाम्फेको गीतमा संगै काम गर्ने अवशर पाएको छु । त्यसैले उनी गायनमा मात्र नभएर संगीत पक्षमा पनि उतिक्कै राम्रा छन् । आउदा दिनहरुमा पनि अझ राम्रो काम गर्दै जाने सल्लाह सुझावका साथ एल्बम सफलताको कामना गर्नु भयो । प्रमुख अथिती प्रदिप थापाले पनि एल्वमको सफलताको कामना गर्नु भयो । गायकले आफ्नो भनाई राख्ने क्रममा कार्यक्रममा उपस्थित सम्पूर्ण धन्यवाद दिदै सीडी निर्माण सहयोग गर्ने सम्पूर्णलाई एकमुष्ट धन्यवाद दिनु भयो । सिडीको सबै गीतको लय शब्द तथा संकलन पनि आफ्नै भएको जानकारी दिएका थियो । सूर्यदिप लाओती,माण्डवी त्रिपाठी,जुना प्रसार्इ र आभा मुकारुङसंग स्वराकनमा साथ दिएका छन् । एल्वम बिक्रीबाट आएको आधा रकम अनाथ बालबालिकाको सहयोगार्थ दिने कुरा पनि बताउनु भयो । एल्बमको टार्इटल गीत गाउँमै तन्नेरी बोलको गीतमा हङकङका नृत्यकार धिरज लिम्बू र सुकु लिम्बूले नृत्य प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य फिल्म निर्देशक मौसम इम्बुङले गर्नुभएको थियो भने कार्यक्रम गायक राजु आङदेम्बेले सञ्चालन गरेका थिए ।

Dec 3, 2012

सीमा वार्ता गर्न नेपाली टोली दिल्लीतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १८ - नेपाल-भारत सीमा सुरक्षा बैठमा सहभागी हन नेपाली टोली आइतबार दिल्लीतर्फ लागेको छ । नयाँदिल्लीमा सोमबार सुरु हुने तीन दिने वार्तामा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले गर्दै छन् । टोलीमा वन्तका साथै डीआईजी सुरेन्द्रबहादुर शाह, राष्ट्रिय अनुसन्धान विभागमा डीआईजी देवराज भट्ट, गृह मन्त्रालयका उपसचिव शम्भु कोइरालालगायत ८ जना छन् । भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक प्रणय सहायेले टोलीको नेतृत्व गर्नेछन् । वार्तामा सीमा सुरक्षासम्बन्धी सबै प्रचलित विषयमा छलफल हुने भए पनि नेपाली पक्षले एसएसबीको नेपाली नागरिकप्रतिको व्यवहार सुधारको विषयलाई प्रमुखताका साथ उठाउने स्रोतले बतायो ।

खुमबहादुरको फैसला पुनरावलोकन नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१८ मंसिर,सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री खुमबहादुर खड्काको फैसला पुनरावलोकन नहुने फैसला सुनाएको छ । फैसला पुनरावलोकको माग गर्दै परेको निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीश खिलराज रेग्मी, न्यायाधीश गिरिसचन्द्र लाल र भरतबहादुर कार्कीको पूर्ण इजलासले सर्वोच्चको फैसला नै अन्तिम भएको भन्दै पुनरावलोकनको माग खारेज गरेको हो । इजलासले धरौटी राखेर तारेखमा छोड्न गरेको माग पनि खारेज गरेको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । सर्वोच्चले साउन ३० गते खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना र त्यती नै विगोको फैसला सुनाएको थियो । खड्कालाई भदौ ६ गते जेल चलान गरिएको थियो । अख्तियारले दावी गरेभन्दा बढी रकम फैसलामा देखाइएको र अन्य भ्रष्टाचारको मुद्धामा अख्तियार गरिएका नजिर भन्दा फरक नजिर लगाइएको भन्दै खड्काको तर्फबाट अधिवक्ता बालकृष्ण नेउपानले असोज २३ गते सर्वोच्चमा निवेदन दिनु भएको थियो ।

२५ दलको नयाँ राजनीतिक गठबन्धन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१८ मंसिर,निर्वाचन आयोगमा दर्ता भएका २५ राजनीतिक दलहरुले सत्तारुढ र विपक्षी गठबन्धनको विकल्पमा नयाँ गठबन्धन घोषणा गरेका छन् । गठबन्धनमा लोककल्याणकारी जनता पार्टी नेपाल, लिग नेपाल शान्ति एकता पार्टी, नेपाल जनसंघ पार्टी, राष्ट्रबादी एकता पार्टी, नेपाल राष्ट्रबादी एकता पार्टी, राष्ट्रबादी यूवा मोर्चा, नेपाल राष्ट्र जनकल्याण पार्टी, राष्ट्रिय एकता मञ्च, संयूक्त राष्ट्रबादी जातीय मुक्ती मोर्चा नेपाल, नेपाल दलित श्रमिक लोकतान्त्रिक पार्टी रहेका छन् । त्यसैगरी नेपाल शान्ति क्षेत्र परिषद, राष्ट्रिय विकास पार्टी, शिवसेना, नेकपा राष्ट्रबादी यूवा,श्रीराम हनुमान आराधना मण्डल नेपाल, हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल देशभक्त प्रजातान्त्रिक पार्टी, नेपा समता पार्टी, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय,नेपाल स्वतन्त्र नागरिक समाज, नागरिक रक्षा अधिकार दल, शाही यूवा शक्ती, क्रिएटिभ यूवा क्लब, जनप्रजातान्त्रिक पार्टी लगायतका पार्टी हरुसमेत सो गठबन्धनमा सहभागी छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी गठवन्धनले संविधानसभाको बिघठन पछि निर्वाचन आयोगमा दर्ता भएका सबै दलको हैसियत समान हुँदा हुँदै फेरि पनि तीन चार दललाई बोलाएर सहमतिका लागि समय दिनु असंवैधानिक भएको दावी गरको छ । गठबन्धनको तर्फबाट प्रधानमन्त्रीका लागि सिफारिस किशोरी महतोले सहमतिमा प्रधानमन्त्रीका लागी उमेदवारी दिएकोमा त्यसलाई बेवास्ता गरेर नयाँ आहृवान गर्नु संविधानकै अपमान भएको दावी गर्नुभयो ।

पुष्पाले जितिन् ‘सीएनएन हिरो २०१२’

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१८ मंसिर,जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् । अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् । सीएनएनले सवै प्रतिस्पर्धीलाई जनही ५० हजार डलर पनि दिएको छ । यो सँगै पुष्पाले आफनो अभियानका लागि ३ लाख डलर अर्थात करिव २ करोड ६४ लाख रुपैयाँ प्राप्त गरेकी छिन् । उपाधि लिन स्टेजमा पुग्दा पुष्पा भावबिभोर थिइन् । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।’ नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।

Nov 30, 2012

प्रधानमन्त्रीका लागि दरखास्त राष्ट्रपति कार्यालयमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 १४ मंसिर सहमतीय सरकारको नेतृत्व गर्ने होडबाजीमा कांग्रेस सभापति सुशील कोइरालादेखि राजावादी किशोरी महतोसम्मले आफ्नो दाबी गरेका छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतोले त बिहीबार आफूलाई ३६ वटा पार्टीको समर्थन रहेको भन्दै राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दरखास्त नै हालेका छन् । कांग्रेस सभापति कोइराला सहमतीय सरकारको नेतृत्व गर्न आन्तरिक तथा बाह्य छलफलमा छन् । यसबाहेक मधेसी दलका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, पञ्चायती पृष्ठभूमिका सूर्यबहादुर थापा पनि दौडधुपमै छन् । यसबाहेक नेकपा-माओवादीबाट रामबहादुर थापा बादल प्रस्तावित छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष तथा राजावादी महतोले त बिहीबार राष्ट्रपतिको कार्यालयमा निवेदन नै दर्ता गराए । राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतो लोककल्याणकारी जनता पार्टीका अध्यक्ष हुन् । आफूसँग निर्वाचन आयोगमा दर्ता भएका ३६ वटा पार्टीको समर्थन रहेको दाबीसहित उनले आफू नै प्रधानमन्त्रीको साझा उम्मेदवार भएको दाबी गरेका छन् । राष्ट्रपति कार्यालयमा हालेको उनको दरखास्त दर्ता नम्बर ८३६ छ । आफ्ना समर्थकसहित राष्ट्रपतिको कार्यालय पुगेका महतोले उम्मेदवारीको निवेदन दर्ता गरेका हुन् । उनको निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयका कर्मचारीबीच केहीबेर छलफलसमेत भएको थियो । उम्मेदवारीको निवेदन लिने निर्णय भएपछि कर्मचारीले दर्ता गरेका थिए । तर, राष्ट्रपतिसँग भेट्न भने समय मागे पनि उनले पाएनन् । निवेदन दर्ता गराएपछि महतोले भने, 'अब म प्रधानमन्त्री बन्ने पक्का भयो । मलाई निर्वाचन आयोगमा दर्ता भएका ३६ दलको समर्थन छ ।' उनले आफू प्रधानमन्त्री भएपछि हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने घोषणासमेत गरे । जनसंघ पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, राष्ट्रवादी पार्टी नेपाललगायतका पार्टीहरूले आफूलाई समर्थन गरेको उनको भनाइ छ । 

सूर्यबहादुर थापा लबिङमा 
प्रमुख दलहरूबीच सहमति नभएकै वेला पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापाले पनि प्रधानमन्त्री बन्ने चाहना राखेर लबिङ सुरु गरेका छन् । केही समययता भारतीय दूतावासमा उनको भेटघाट तीव्र भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूसँग पनि उनले सम्पर्क गर्दै आएका छन् । स्रोतका अनुसार आफ्ना केही निकट मान्छेहरूसँग थापाले प्रधानमन्त्री बन्ने चाहना प्रकट गर्ने गरेका छन् । विगतमा पटक-पटक प्रधानमन्त्री भइसकेका उनलाई राप्रपा र राजपाका नेताहरूले उम्मेदवारी घोषणा गर्न उचालेका छन् । प्रधानमन्त्रीको साझा उम्मेदवारीका लागि प्रमुख तीन दलमा सहमति हुन नसके तथा उमेर र राजनीतिक वरिष्ठताका कारण थापाले प्रधानमन्त्रीको अवसर पाउनुपर्ने राजपा नेताहरूको दाबी छ ।

चीन‍का सहरी जोडीले दोस्रो सन्तान जन्माउन पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रोयटर्स, मंसिर १३ (एजेन्सी)- चीनमा कायम रहेको एक सन्तान नीतिलाई परिमार्जन गर्न लागिएको परिवार नियोजन कार्यालयका अधिकारीले जानकारी दिएका छन्। संसारकै सबैभन्दा ठूलो जनसंख्या भएको मुलुकमा एक सन्तान नीतिका कारण जनसंख्या लगातार घट्दै आएको छ। यो नीति परिवर्तन भयो भने चीनका सहरी क्षेत्रका जोडीले दोस्रो सन्तान जन्माउन पाउनेछन्। यो सुविधा एउटै बच्चा नजन्माएका जोडीका लागि पनि लागू हुनेछ। चाइना डेलीले राष्ट्रिय जनसंख्या तथा परिवार नियोजन आयोगका पूर्व प्रमुखलाई उदृत गर्दै एक सन्तान नीति हट्न लागेको जनाए। अहिलेको प्रावधान अनुसार आफ्नो कोही नभएको अवस्थामा मात्र सहरी क्षेत्रका जोडीले दोस्रो सन्तान जन्माउन पाउँछन्। ग्रामीण क्षेत्रमा भने यो नीति लत्याउनेहरु कम छैनन्। सन् १९७९ मा जन्मदर नियन्त्रण गर्न लागू गरिएको नीतिले जनसंख्या नियन्त्रण सफलरुपमा गरेको थियो। तर, यसले त्यहाँ विभिन्नखाले समस्याहरु सिर्जना गर्‍यो। अहिले चीनको जनसंख्या १ अर्ब ३४ करोड छ। आर्थिकरुपमा सम्पन्न क्षेत्रमा नयाँ नीति छिटै लागू हुने बताइएको छ। जनसंख्या नियन्त्रण हुँदा चीनमा कामदार नपुग्ने स्थिति बन्दै गएकोमा अर्थविद्हरुले चिन्ता जनाउन थालेका छन्।

निगमलाई चीनबाट ६ वटा जहाज ल्याउने सम्झौता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १५ - नेपाल वायु सेवा निगमले आन्तरिक उडानका ६ जहाज ल्याउन चिनियाँ जहाज उत्पादक एभिक इन्टरनेसनल एसियासँग व्यापारिक सम्झौता गरेको छ । जहाज आउने अन्तिम सम्झौता नभए पनि यसले जहाज ल्याउने बाटो खुला गरेको छ । चीन सरकारले २ वटा अनुदान र ४ वटा सहुलियतपूर्ण ऋणमा जहाज दिन लागेको हो । यी जहाजको मूल्य करिब ३ अर्ब ९ करोड रुपैयाँ (३ करोड ५० लाख अमेरिकी डलर) हो । सम्झौताअनुसार चीन सरकारका तर्फबाट एभिकले ५८ सिट क्षमताको एउटा एमए ६० र १९ सिटको वाई १२ ई जहाज अनुदानमा ल्याउनेछ । एउटा एमए ६० र तीनवटा वाई १२ ई सहुलियतपूर्ण ऋणमा ल्याइन लागेको हो । सम्झौतामा मन्त्रालयका सहसचिव एवं निगम सञ्चालक समिति सदस्य रञ्जन कृष्ण अर्याल, निगमका कामु महाप्रबन्धक राजु केसी र चिनियाँ पक्षबाट एभिक इन्टरनेसनलका एसिया डाइरेक्टर याङ कुम बाङ र एभिकका नेपाल प्रतिनिधि सोङ सियाओ निङले हस्ताक्षर गरे । ३० वर्षमा तिर्ने गरी चीन सरकारले दिने ऋणको रकमबाट जहाज आउनेछ । ५ वर्ष साँवा र ब्याज तिर्नु पर्दैन,' केसीले भने, 'यो सम्झौतालाई जहाज ल्याउने परिपक्व कार्य भन्न सकिन्छ ।' जहाज खरिदमा सधैं विवादमा पर्ने निगमका लागि यसपाला सरकारकै अग्रसरतामा प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि यो सम्झौता भएको हो । निगमलाई यी जहाज सरकारले कसरी उपलब्ध गराउँछ भन्ने अझै प्रस्ट छैन । निगमले सरकारले खरिद गरेर उक्त रकम निगमको सेयरमा परिणत गर्न आग्रह गर्दै पत्र पठाएको छ । यसबारे सरकारले निर्णय गरिनसकेको पर्यटन मन्त्रालयका सचिव यज्ञ गौतमले बताए । अर्को चरणमा दुई सरकारबीच र अर्थ मन्त्रायले चीनको एक्जिम बैंकसँग सम्झौता गर्नुपर्छ । त्यसपछि दुई देशका नागरिक उड्डयन कार्यालयबीच पनि सम्झौता हुनुपर्छ । मन्त्रिपरिषद्को मंसिर १० को निर्णयपछिको विकास हो यो,' केसीले भने । यसमा जहाजका पार्टपुर्जा र चालक तथा प्राविधिकहरूको तालिम र जहाज मर्मतका लागि चाहिने पूर्वाधार पनि समावेश रहेको उनले बताए । जहाज ल्याउने विषयमा गम्भीर भए दुई देशको ऋण सम्झौता आगामी फेब्रुअरीको अन्तिमसम्ममा हुनसक्ने सम्झौताका क्रममा उपस्थित एक सदस्यले बताए । एभिकले ऋण सम्झौता भएको तीन महिनामा निगमलाई जहाज उपलब्ध गराउने बताएको छ । यो अवधिमा आउने जहाज अनुदानअन्तर्गतको हुन्छ । ऋण सहुलियतअन्तर्गतको जहाज त्यसको पाँच महिनामा दिने कम्पनीले जनाएको छ । यसअघि चीनले अनुदानमा ३ र ५ जहाज ऋण सहयोगमा दिने भनेको थियो । त्यसपछि फेरि अनुदानको जहाज नेपाललाई वाषिर्क रूपमा दिइने अनुदानमै मिलाएर दिने भनेपछि यी जहाज ल्याउने प्रक्रिया रोकिएको थियो । यिनै जहाज खरिदका विषयमा सहमति नजनाएपछि तत्कालीन अर्थ सचिव कृष्णहरि बाँस्कोटाको सरुवा भएको निकटवर्तीले बताए । हाल आएर नेपाल सरकारले १ दशमलव ७५ प्रतिशत ब्याजमा ऋण सरकारले लिएको ऋण निगमलाई साढे ६ देखि ८ प्रतिशतको बीचमा ब्याज लिएर उपलब्ध गराउने तयारी भइरहेको समेत स्रोतले बतायो । जहाज अभावका कारण बजार हिस्सा गुमाउँदै गएको निगमका लागि जहाज थपिए पनि सञ्चालनको चुनौती भने छ । दुर्गम क्षेत्रमा उड्ने जहाज आफैं मर्मत गर्न नसकेर निगमले दुई ट्वीनअटर यती एयरलाई भाडामा दिएको छ । नेपाली आकाशमा सफलतापूर्वक उडान गरिरहेका बुद्ध र यती एयरसँग प्रतिस्पर्धा गर्नु पनि खासै सजिलो नहुने निगमकै अधिकारी बाउँछन् । 'यी जहाज आएर सफलतापूर्वक चलाउन सकिएन भने निगमको अवस्था अझ बिग्रनेछ,' ती अधिकारीले भने ।

चीनले नेपाललाई आवश्यक सहयोग गर्छ : चिनियाँ राजदूत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिनियाँ राजदूत याङ होउलानले नेपालको विकासमा चीनले आवश्यक साथ सहयोग दिने बताएका छन् । राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेपालका चिनियाँ राजदूत होउलानलले १९७० को दशकमा चीन पनि अहिलेको नेपाल जस्तै गुज्रिरहेको भन्दै यस्तो जनाएका हुन् । सो साक्षात्कार कार्यक्रममा होउलानले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चीनको धारणा पनि भारतको जस्तै रहेको बताए । नेपालको राजनीतिक स्थायीत्व चीन र भारत दुवैको लागि उपयुक्त भएको भन्दै दुवै देश कुनै पनि देशलाई नियन्त्रणमा राख्ने मनसायमा नरहेको स्पष्ट पारे । उनले नेपालको समस्या सहमतिबाटै समाधान हुनुपर्नेमा पनि दुवै देशको निचोड रहेको पनि उल्लेख गरे ।

Nov 28, 2012

विपक्षीले समय थप्न राष्ट्रपतिलाई आग्रह गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १३ - राष्ट्रपति ले दिएको सहमतिको सरकार निर्माण गर्ने समय सिमा सकिने बेला भइसक्दा पनि सहमति हुन नसकेपछि प्रमुख विपक्षी कांग्रेस एमालेबीच केही दिन अझै समय माग्ने समझदारी भएको छ । एमाले मुख्यालय बल्खुमा बसेको दुई दलको बैठकले आवश्यकता अनुसार राष्ट्रपति संगको भेटपछि समय माग्ने बिषयमा औपचारिक आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रपति ले दलहरुलाई दिएको एक साताको समयसिमा बिहीबार सकिदैछ । राष्ट्रपति लाई बिहीबार साँझ दलहरुले भेट्ने कार्यक्रम छ । बैठकपछि काग्रेस उपसभापति रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिबारे समिक्षा भएको र सहमतिका लागि समय माग्नेबारे कुरा भएको जानकारी दिए ।'भोलि समय सकिदैछ,छलफल जारी राख्दै सहमति भएन भने सिमा थप्नेबारे पनि कुरा भएको छ' पौडेलले भने,' राष्ट्रपति लाई भेटेपछि नै त्यो बारे निर्णय हुन्छ । प्रमुख दलहरुबीचको राष्ट्रपति को कदम संबैधानिक कि असंबैधानिक भन्ने विवादले गर्दा सहमति हुन सकेका छैन । सत्तारुढ र विपक्षी दुबै गठबन्धनले सरकारको नेतृत्व दाबी गरिरहेका छन् । दुबै पक्षको विवादले गर्दा एकसाता भित्र प्रमुख दलहरुबीच एउटा बाहेक अरु बैठक समेत भएको छैन । एजेण्डामा प्रवेश गरेर छलफल नै नभई राष्ट्रपति ले दिएको समयसिमा समाप्त हुन लागेको हो ।

भारतमा सत्यमेव जयतेका एक सहभागीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतिय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' का एक सहभागीको हत्या गरिएको छ । बलिउड अभिनेता आमिर खानको लोकप्रिय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' मा परिवारको इज्जतका लागि छोरीको हत्या गर्ने खाप पञ्चायतको निर्णय विरुद्धमा बोल्ने एक सहभागीलाई गोली हानी मारिएको हो । उक्त कार्यक्रममा सहभागी भएका अब्दुल हकिमलाई भारतको उत्तरप्रदेश राज्यमा रहेको बुलन्दसहरमा बिहीबार दिउँसै गोली हानिएको थियो । उनको हत्या भएको बेलामा उनी आफ्नी गर्भवती पत्‍नीको लागि औषधि लिन अस्पताल जाँदै थिए । घटनापछि कार्यक्रम संचालक आमिर खानले प्रतिक्रिया दिँदै अब्दुलको परिवारको सुरक्षा गर्न प्रहरीसँग माग गरेका छन् । अब्दुलकी पत्नी मेहाविसले गाउँलेहरुले आफू र आफ्नी छोरीलाई समेत मार्ने धम्की दिएको बताउँछिन् । खानले घटनाको भत्सर्ना गर्दै उनले यसको विरोध संभव भए जति सबै मञ्चमा गर्ने र पीडित परिवारलाई न्याय र राहत दिलाउन प्रयासरत रहने बताए ।

ग्यालेक्सी-२ नोट बिक्री ५० लाख नाघ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १३ - बिक्री सुरु गरेको एक महिनामै तीस लाख वटा बिक्री भएको सामसुङको पछिल्लो उत्पादन ग्यालेक्सी-२ नोट दुई महिनामा ५० लाख बिक्री भएको छ । सामसुङले बिज्ञप्ती जारी गर्दै यसलाई आफ्नो बिक्री इतिहासमा कोशेढुङ्गा भनेको छ । ५ दशमलब ५ ईन्च भएको सामसुङको यो पछिल्लो स्मार्टफोन यसको अघिल्ला उत्पादन भन्दा तीन गुणा तीव्र बिक्री भइरहेको छ । सामसुङले सुरुमा उत्पादन गरेको सामसुङ ग्यालेक्सी नोट ३० लाख बिक्री हुन ३० महिना लागेको थियो । सामसुङले ग्यालेक्सी-२ नोट दुई करोड बिक्री हुने अनुमान गरेको छ । यो अनुमान उसको पछिल्ला उत्पादनको बिक्रीका हिसाबले दोब्बर हो । एन्ड्रोइड ४ भएको यो फोन व्याट्री व्याकअप, धेरे एप्लीकेशन, राम्रो प्रोसेसर र ठूलो स्कि्रनका कारण चर्चित छ ।

मृत्यु पछि मर्लिनको तस्वीर १५ सय डलरमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कुनै जमानामा उत्कृष्ट अभिनेत्रीको रुपमा रहेकी हलिउड अभिनेत्री मर्लिन मुनरोको तस्वीर मरणोपरान्त १५ सय डलरमा बिक्री भएको छ । विद्यार्थी जीवनमा खिचिएको उनको तस्वीर शुक्रबार ब्रिटेनको ग्रेटर मेन्चेस्टर लिलामी प्रक्रियाबाट बिक्री भएको हो । उनले जीवनकालमा तीन जनासँग विवाह गरेकी थिइन् । तर मुनरोको कुनै पनि विवाह टिकाउ भने भएन । उनले सबै जनासँग डिभोर्स गरेकी थिइन् । अहिले बिक्रि भएको उक्त फोटो उनले १५ वर्षको उमेरमा खिचाएकी थिइन् । त्यति बेला उनी लस एन्जल्सको लारेफ एमर्सन जुनियर हाई स्कुलमा अध्ययन गर्थिन् । मुनरो अभिनेत्री मात्र नभएर राम्रो गायिका र मोडल समेत थिइन् । प्रतिभाशाली मानिने मुनरोको निधन ३६ वर्षकै उमेरमा भएको थियो ।

पारस शाह गाजा तस्करीको आरोपमा थाइल्यान्डमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्वयुवराज पारस शाह एक महिना अगाडी लागू औषध गाजाको विषयमा थाइल्यान्डमा पक्राउ परेको रहस्य खुलेको छ । हिन्दुहरुको महान पर्व दशैँले विश्वभरका नेपालीलाई छपक्कै छोपेका बेला पारस शाह थाइल्यान्डको पर्यटकीय सहर फुकेट बाट पक्राउ परेका थिए । केही समाचार संस्थाले उल्लेख गरे अनुसार पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवासमा थाइ प्रहरीले छापा मार्दा ३ दशमलब ४ ग्राम गाँजा फेला पारेपछि पारस पक्राउ परेका हुन् । एक महिना अघि पक्राउ परेका पारस अहिले थाइल्यान्डको आई अदालतमा लागुऔषध मुद्धाको तारेख धाइरहेका छन् । पारसलाई थाई प्रहरीले एक रात हिरासतमा राखेपछि त्यहाँका एक नागरिकले ठूलो रकम धरौटी राखेर पारसलाई जेलबाट भने छुटाउन सफल भएको बताइएको छ । त्यसरी पारस हिरासतबाट छुटे पनि अहिले अदालतमा तारेख भने धाइरहेका छन् । पारसले लागुऔषध कारोबारको आरोपमा थाई कानुन अनुसार तारेख धाएर यसको अन्तिम फैसला पर्खन तीन महिला लाग्छ । पारसको पासपोर्ट समेत त्यहाँको प्रहरीले जफत गरेको छ भने तारेखका लागि वारेस इन्कार गरेपछि अदालत समक्ष पारस स्वयम् धाइरहेका छन् । पारसले लागु औषध कारोबार गरेको प्रमाणित भए थाई कानुन अनुसार एक वर्ष कैद वा २० हजार भाट बराबरको जरिवान अथाव दुवै सजाय समेत भोग्नुपर्ने हुन्छ । राजतन्त्रात्मक देश थाइल्यान्डको कानुनमा एक नम्बरको लागुऔषध चरेस र हेरोइनसहित पक्राउ परेका लागुऔषध कारोबारीलाई त मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । तर पारस शाह भने गाजाको विषयमा पक्राउ परेकाले जेल र जरिवाना भन्दा ठूलो हुन नसक्ने व्यवस्था रहेको छ । यता, पारस पक्राउ परेको जानकारी नेपाली दूतावासलाई कात्तिक ११ मै गराइएको भए पनि अझै सम्म यसलाई गुपचुपमै राखिएको थियो । युवराज हुँदा देखिनै अपराध र चोरी जस्ता मुद्धामा नेपाल भित्रै पनि पटक पटमक नाम मुछिदै आएका पारस पूर्व युवराज बनेपछि समेत विभिन्न आपराधिक काण्डमा जोडिदै चर्चामा आईरहेका छन् । पारसको यो क्रियाकलापले भने थाइल्यान्डमा पुगेर समेत निरन्तरता पाएको छ । 

थप रहस्य यसरि फेला पर्‍यो 
गाँजा तस्करीको अभियोगमा थाईल्याण्डमा पक्राउ पछि जेलसम्म बसेका पूर्वयुवराज पारस शाह पक्राउ पर्दा एक्लै नभएर केटीसहित पक्राउ परेको रहस्य पनि खुलासा भएको छ । उनी नेपालीहरुको महान पर्व दशैंको बेला थाईल्याण्डमा लागू औषध गाजासहित पक्राउ परेका थिए । पक्राउ पछि उनले एक दिन त्यहाँ जेलसमेत बिताउनु परेको थियो भने दोस्रो दिन चाँही एक थाईल्याण्ड नागरिकले उनलाई धरौटीमा रिहा गरेका थिए । जो पारस शाह अहिले पनि अदालतको तारेख भने धाईरहेको बताइएको छ । सोही घटनाको सम्बन्धमा उनका थप रहस्यहरु खुल्दै गएको हो । थाई केही बेवसाइटहरुले उल्लेख गरे अनुसार सो क्रममा उनी पक्राउ पर्दा केटीसहित पक्राउ परेका थिए । तर केटीको नाम भने अहिलेसम्म खुलाइएको छैन । वेबसाइटहरुमा उल्लेख भएबमोजिम कोठामा पुरुष र महिलाबीच झगडापछि होटलवालाले प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात् त्यहाँ प्रहरी आएको र पछि विवाद मिलाउने क्रममा प्रतिबन्धित लागू औषध फेला परेको थियो । सो घटनामा ती नाम नखुलाइएकी महिलाले अपराध स्वीकार गरिसकेपनि पारसले भने स्वीकार गरेका छैनन् । पारसले त्यही घटनालाई लिएर दुई पटक अदालतको तारिख खेपिसकेका छन् । उनलाई थाई प्रहरीले ३.४ ग्राम गाँजा राखेको अभियोग लगाएको छ । थाई कानुन अनुसार लागु औषध मुद्धा छिनोफानो हुन ३ महिना लाग्नेछ ।

निलो चलचित्र उद्योग अनौठा तथ्यहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एक महिनाअघि सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यहाँको निलो चलचित्र उद्योग (पोर्न इन्डस्ट्री) बाराक ओबामाको समर्थनमा खुलेरै लागे । अमेरिकी निलो चलचित्र उद्योग विश्वको सबैभन्दा ठूलो उद्योग हो । त्यहाँ केही राज्यमा यो धन्दा पूर्ण रुपमा बैध छ । निलो चलचित्र उद्योगको केही जानकारीलाई हेर्ने हो भने अत्यासलाग्दो छ । हलिउड, बलिउडमा लगातार फिल्मको बजेट बढ्दो छ । निलो चलचित्र उद्योग पनि यसबाट टाढा छैन । सन् २००५ मा बनेको पिराटिस् सबैभन्दा महंगो पोर्न फिल्म हो । यसको कुल बजेट १ मिलियर डलर थियो । इन्टरनेटमा २.६ करोड पोर्न वेबसाइट छन, जब कि विश्वभरका वेबसाइटका १२ प्रतिशत सामाग्री पोर्न हुन्छ । यस्तै इन्टरनेटमा ट्रान्सफर हुने डाटामा ३० प्रतिशत त फोर्न नै हुन्छ भने पीक समयमा चल्तीका साइटहरुमा एक सय गीगाबाइटको दरमा पोर्न डाटा ट्रान्सफर हुन्छ । विश्वभर रहेक सेकेण्डमा करीब ३० हजार मानिस इन्टरनेटमा पोर्न फिल्म हेर्छन् भने अमेरिकामा रहेक ३९ मिनेटमा एक पोर्न भिडियो बन्छ । ‘अलटाइम १०’ को सर्वेले दिएको जानकारीअनुसार विश्वभरका २० प्रतिशत पुरुष कामकै क्रममा पोर्न भिडियो हेर्छन् भने २५ देखि ३३ प्रतिशत महिला इन्टरनेटमा पोर्न फिल्म हेर्न मन पराउँछन् । तर, जम्मा २ प्रतिशतले मात्र पैसा तिरेर वेबसाइटमा यस्ता भिडियो हेर्छन् । यो उद्योगमा पुरुषले भन्दा महिलाले बढी पैसा कमाउँछन् । महिला कलाकारहरु एक सीनका लागि ६ सयदेखि १ हजार डलरसम्म लिन्छन् भने पुरुषले १ सय ५० डलरसम्म । अर्को आश्चर्यजनक पुरा के छ भने पोर्नस्टारहरुमा एसटीडी -सेक्शुअलिटी ट्रान्समिटेड डिजिज) अर्थात यौनसँग जोडिएका समस्या आममानिसको अपेक्षाभन्दा ८० प्रतिशत कम हुन्छ । अमेरिकामा राजनेताहरु निलो चलचित्र उद्योगका बारेमा खुलेर बोल्न चाहँदैनन तर, समर्थन खोज्छन् । उत्तर कोरिया र इरानमा भने पोर्न भिडियो बनाउने र त्यसको ब्यापार गर्नेलाई मृत्युदण्ड दिइन्छ ।

Nov 26, 2012

किङ्स कलेज लन्डनको निष्कर्ष 'चुरोटको असर दिमागमा'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
किङ्स कलेज लन्डनले गरेको एक अध्ययनले चुरोटको असर दिमागमा समेत पर्ने निष्कर्ष निकालेको छ । किङ्स कलेजले गरेको अध्ययनअनुसार चुरोटको धुँवाले मानिसको दिमागमा मसेत असर पर्ने निष्कर्ष निकालेको हो । चुरोटको धुँवाले स्मरण शक्ति ह्रास हुनेदेखि अध्ययनको क्षमता घट्नेलगायतका समस्या हुने निष्कर्ष निकालेको हो । उक्त कलेजले चुरोट सेवन गर्ने मानिसमा हर्टआट्याएक र मस्तिष्कघातसमेत बढाउँने बताएको छ । कलेजले ८ हजार ८ सय मानिसमा गरिएको परीक्षणले मानिसको दिनमागमा नराम्रो असर पर्ने सार्वजनिक गरेको हो । अध्ययनका क्रममा किङ्स कलेजले अनुसन्धानमा सामेल गरिएका ८ हजार ८ सय मानिसका बीचमा विभिन्न अभ्यास समेत गराएका थिए । त्यस्ता अभ्यासमा चुरोट खाने र नखानेका बीचमा विभिन्न फरक स्वभाव पाइएको समेत सार्वजनिक भएको छ । अनुसन्धानले चुरोट नखाने मानिसहरु चुरोट खानेभन्दा तन्दुरुस्त देखिएको र चुरोटखानेहरु कमजोर भएको बताएको छ । किङ्स कलेजले लामो ८ वर्ष लगाएर अनुसन्धान सम्पन्न गरेको हो ।

पूर्वप्रेमीद्वारा साकिराविरुद्ध मुद्दा दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विश्वप्रसिद्ध गायिका साकिरालाई पूर्वप्रेमी एन्टोनियो डे ला रुआले २० करोड अमेरिकी डलरको दाबी गर्दै मुद्दा दायर गरेका छन् । एन्टोनीयोले उनीसँगको सम्बन्ध विच्छेद भएका कारण आफ्नो कारोबारी साझेदारीमा प्रतिकुल असर परेको आरोप लगाउँदै उक्त रकम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका हुन् । अर्जेन्टिनाका पूर्वराष्ट्रपति फेरनान्डो डे ला रुआका पुत्र एन्टोनियोले साकिराका साथ डेटिङमा रहँदा उनले प्रचारकका रुपमा आफ्नो करियर त्यागेका थिए । एन्टोनियोले साकिराको लाइव नेशनका साथ भएको सम्झौताअनुसार १८ प्रतिशत लाभांस माग गरेका छन् । लाइव नेशन विश्वको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी हो । ११ वर्षदेखि डेटिङमा रहेको यो जोडी अगस्ट २०१० मा अलग भएको थियो ।

नेपालको जनसंख्या २,६४,९४,५०४ पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
११ मंसिर,नेपालको जनसंख्या २ करेाड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५२ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।

Nov 22, 2012

अशोक राईको अध्यक्षतामा नयाँ पार्टी घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर ७ -एमालेका पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा एकल जातीय पहिचान पक्षधर पार्टीको घोषणा आज भएको छ । काठमाडौं नयाँबजारस्थित नेपा ब्याङकेटमा बहुपदीय संगठनात्मक संरचना हुने 'संघीय समाजवादी पार्टी' नामक दलको घोषणा गरिएको हो । अधिकांश नेकपा एमाले पक्षधरका नेता तथा कार्यकर्ता रहेको घोषणा कार्यक्रममा नेपाली कांग्रेसका केही पूर्व नेता सहभागी छन् । ९७ सदस्यीय कार्यसमिति सहित बनेको पार्टीमा ८ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना उपमहासचिव र ५ जना सचिव छन् । पार्टी उपाध्यक्षहरुमा विजय सुब्बा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, बीरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, महोम्मद रिजवान अन्सारी र गोपाल ठाकुर छन् । महासचिवमा एमालेकै पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ छन्। यसैगरी उपमहासचिवमा अजम्बर काङमाङ राई, राधा तिमल्सिना र नोर्साङ शेर्पा छन् भने सचिवहरुमा मीना गुरुङ, हीरालाल चौधरी, कर्ण बहादुर बुढामगर, रामसिंह यादव र डिबि नेपाली छन् । राज्य पुनर्संरचना गर्दा एकल जातीय पहिचानलाई आधार बनाउनुपर्ने अलग धारणा राख्दै एमालेलगायत दल त्यागेकाहरुको हिजोको बैठकले पार्टी नेतृत्वसँगै झन्डा र घोषणापत्र पारित गरेको थियो ।

चार महिनामा एक सय ६८ प्रहरी कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ मंसिर : पछिल्लो चार महिनामा महानगरीय प्रहरी आयुक्त कार्यालयअन्तर्गत कार्यरत दुई एसएसपीसहित एक सय ६८ प्रहरी कारबाहीमा परेका छन् । त्यसैगरी उत्कृष्ट काम गरेबापत् तीन सय २३ प्रहरी पुरस्कृत भएका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार साउनयता एक एसएसपीलाई निलम्बन गरिएको छ भने अर्का एसएसपीलाई ध्यानाकर्षण गराइएको छ । सुन र विदेशी मुद्रा तस्करीमा संलग्न भएको आशंकामा एसएसपी रविराज श्रेष्ठलाई निलम्बन गरिएको हो भने ध्यानाकर्षण गराइएका एसएसपीको नाम खुलाइएको छैन । त्यसैगरी दुई डिएसपी र तीन इन्सपेक्टर पनि यसअवधिमा कारबाहीमा परेका छन् । दुई डिएसपीलाई विभागीय कारबाही स्वरूप सचेत गराइएको छ । त्यस्तै एक इन्सपेक्टरलाई नसिहत दिइएको छ भने अन्य दुईलाई सचेत गराइएको छ । त्यस्तै आठ सई, १२ असई, ३४ हवल्दार, एक सय चार प्रहरी जवान र प्रहरी परिचर कारबाहीमा परेका छन् । आयुक्त कार्यालयका अनुसार चार महिनाको अवधिमा ८९ जनालाई रेकर्डमा जनिने गरी नसिहत दिइएको छ । १६ जना निलम्बनमा परेका छन् भने ११ जनाको पदोन्नती रोक्का गरिएको छ । त्यस्तै तीनजनाको ग्रेड रोक्का, ६ जनालाई तल्लो टाइम स्केलमा घटुवा, एकजनालाई तल्लो पदमा घटुवा गरिएको छ । दुईजनालाई बर्खास्त गरिएको र १५ जनालाई नोकरीबाट हटाइएको छ । त्यस्तै उत्कृष्ट कार्य गरेबापत् डिआइजीसहितका प्रहरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा डिआइजीका साथै १५ डिएसपी, ३० इन्सपेक्टर, ५८ सई, ५२ असई, ६० प्रहरी हवल्दार, एक सय ६ जना जवान र एक परिचर छन् । आयुक्त कार्यालयले पत्रकार सम्मेलन गरी बुधबार यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । आयुक्त कार्यालयले शून्यसहनशीलतालाई अपनाउँदै अनुगमन र सुपरीवेक्षणलाई थप बलियो बनाउने जनाएको छ । आन्तरिक शुद्धीकरणका लागि सुपरीवेक्षणलाई आफूले प्राथमिकतामा राखेको आयुक्त एआइजी नवराज ढकालले बताए । बुधबारको पत्रकार सम्मेलनमा दसैँ, तिहार तथा छठका अवसरमा लागू गरिएको सुरक्षा योजना र त्यसको नतिजाका बारेमा जानकारी दिइएको थियो । प्रहरीको सक्रियताका कारण उपत्यकाका तीनै जिल्लामा अघिल्लो वर्षको तुलनामा डाँका, चोरीलगायतका घटनामा कमी आएको प्रहरीको दाबी छ । ३० असोजदेखि ३० कात्तिकसम्म उपत्यकामा चार हजार एक सय ५५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुम्बई हमलाका दोषी पाकिस्तानी कसाबलाई फाँसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एजेन्सी, मुम्बई, ६ मंसिर : भारतको आर्थिक नगरी मुम्बईमा २६ नोभेम्बर २००८ मा भएको आतंककारी हमलाका एक मात्र जीवित दोषी मोहम्मद अजमल कसाबलाई बुधबार फाँसी दिइएको छ । कसाबलाई महाराष्ट्रको पुणेस्थित येरवडा जेलमा स्थानीय समयअनुसार बुधबार बिहान ७:३० बजे फाँसी दिइएको केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्धेले पुष्टि गरेका छन् । कसाबलाई येरवडा जेलमा दुई दिनअघि सारिएको थियो । कसाबलाई दिइने फाँसीसम्बन्धी योजना अत्यन्त गोप्य राखिएको थियो भने फाँसीको कारबाहीलाई सरकारले 'अपरेसन -एक्स' नाम दिएको छ । त्यस्तै, भारतको महाराष्ट्रका गृहमन्त्री आरआर पाटिलले बुधबार संवाददातालाई कसाबलाई मृत्युदण्ड दिइएको जानकारी दिएका थिए । मुम्बई हमलामा मारिएका नागरिकप्रतिको श्रद्धाञ्जलीका लागि कसाबलाई मृत्युदण्ड दिइएको गृहमन्त्री पाटिलले बताए । मुम्बईमा २००८ मा भएको आतंकवादी आक्रमणका उनी प्रमुख योजनाकार थिए । मुम्बईमा भएको सो आतंककारी हमलाको करिब चार वर्षपछि उनलाई बुधबार मृत्युदण्ड दिइएको हो । यसअघि उनले आफूलाई क्षमादान दिन गरेको अपिललाई भारतीय उच्च अदालतले अस्वीकार गरिदिएको थियो । अदालतको सो फैसलापछि पनि उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष मृत्युदण्ड खारेजीका लागि क्षमादान मागेर अपिल गरेका थिए । तर, मुम्बई घटनामा मारिएका परिवारका आफन्तले भने कसाबको योजनाबमोजिम नै मुम्बईमा हमला भएकाले उनलाई क्षमादान नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । समुद्रको बाटो हँुदै पाकिस्तानबाट मुम्बई आइपुगेका पाकिस्तानी आतंकवादी संगठन लस्कर-ए-तोएबासम्बद्ध १० जना हमलाकारीले मुम्बईका शिवाजी रेलवे स्टेसन, ताज होटललगायत विभिन्न स्थानमा गरेको शृंखलाबद्ध हमलामा एक सय ६६ नागरिकको ज्यान गएको थियो भने सयौँ मानिस घाइते भएका थिए । त्यसको प्रत्युत्तरमा सुरक्षाकर्मीले चलाएको करिब ६० घन्टे कारबाहीमा नौ हमलाकारी मारिएका थिए । तर, कसाब भने जिउँदै पक्राउ परेका थिए । पक्राउपछि उनलाई भारतको एक अदालतले २०१० मेमा दोषी ठहर गरेको थियो । तर, पछि उनले उच्च अदालतसमक्ष अपिल गरेका थिए । सिन्धेका अनुसार गृह मन्त्रालयले कसाबले मागेको क्षमादानको अपिल १६ अक्टोबरमा खारेज गरी राष्ट्रपति मुखर्जीसमक्ष पठाएको थियो । राष्ट्रपतिले पनि ५ नोभेम्बरमा कसाबले मागेको क्षमादान खारेज गरी सो फाइल पुनः गृह मन्त्रालय पठाएका थिए । सरकारले भने कसाबलाई २१ नोभेम्बरमा येरवडा जेलमा फाँसी दिने निर्णय गरिसकेको थियो । त्यस्तै, १९ नोभेम्बरमा कसाबलाई मुम्बईको आर्थर रोड जेलबाट पुणेको येरवडा जेलमा सारिएको थियो ।

आयोगमा एक सय चार दल दर्ता भए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ मंसिर : निर्वाचन आयोगमा संविधानसभा चुनावअघि र पछि गरी एक सय चारवटा दल दर्ता भएका छन् । यसमध्ये २९ दल संगठन विस्तार प्रयोजनका रूपमा थपिएका हुन् । यी दल वैशाखमा हुने अर्को संविधानसभा चुनावमा सहभागी हुनेछन् । संविधानसभापछि नयाँ-नयाँ दलहरू घोषणा हुने क्रम चलिरहेको छ । अचम्म लाग्ने नामका र नामै नसुनेका दलसमेत निर्वाचन आयोगमा दर्ता भएका छन् । दर्ता भएका पार्टीको नाम जातीय, क्षेत्रीय किसिमका समेत छन् । तर, केही पार्टी सार्वजनिक भए पनि निर्वाचन आयोगमा दर्ता भएका छैनन् । केहीलाई भने आयोगले दर्ता गरेको छैन । संविधानसभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा ७५ वटा पार्टी दर्ता भएका छन् । संविधानसभा चुनावपछि भने आयोगमा पार्टी दर्ताका लागि ३९ वटा निवेदन परेका छन् । तीमध्ये २९ वटालाई मात्र निर्वाचन आयोगले संगठन विस्तार प्रयोजनका लागि पार्टीका रूपमा दर्ता गरेको छ । ती दलले पनि तोकिएको प्रक्रिया पूरा गरेपछि वैशाखमा हुने अर्को संविधानसभाको चुनावमा भाग लिन पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ७ अनुसार नयाँ दल दर्ता भएको आयोगले जनाएको छ ।पार्टी  खोल्न र संगठन विस्तार गर्न पाउने संवैधानिक अधिकारअनुसार आयोगले दल दर्ता खुला राखेको छ ।

Nov 20, 2012

अध्यादेश रोकेकोमा राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मङ्सिर ५,सरकारले अनुमोदनका लागि पठाएका अध्यादेशहरु गैरकानुनी रुपमा रोकेको जिकिर गर्दै राष्ट्रपति रामवरण यादवविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर भएको छ। अधिवक्ता उद्धवप्रसाद चौलागाइँले दर्ता गरेको रिटको सुनुवाई भोलि हुने भएको छ। रिटमा राष्ट्रपतिले नेपाल स्वास्थ्य सेवा चौथो संशोधन (अध्यादेश २०६९), शिक्षा अध्यादेश २०६९, सत्य निरुपण तथा मेलमिलाप अध्यादेश र केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश रोक्नु गैरकानुनी भएको जिकिर गरिएको छ।

अन्तरिक्षबाट सुनीता फर्किइन् चार महिनापछि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कजाकिस्तान , मंसिर ५,चार महिना अन्तरिक्षमा बिताएपछि भारतीय मुलुकी अमेरिकी ४६ वर्षीया सुनीता विलियम्स सुरक्षित धर्तीमा फर्केकी छन् । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस मिसन एक्सपिडिसन ३३ की कमान्डर सुनीताले दुई सहकर्मीसँगका साथ १५ जुलाई अन्तरिक्षमा पुगेकी थिइन् । उनी अन्तरिक्षमा सबभन्दा बढी समय बिताउने महिला हुन् । विलियम्सले अहिलेसम्म अन्तरिक्षमा ३ सय २२ दिन बिताएको रेकर्ड बनाइसकेकी छन् । उनले यसअघि सन् २००६ मा अन्तरिक्षमा १ सय ९५ दिन बिताएकी थिइन् ।

अमेरिकाले बर्माको अर्थतन्त्र उकास्न सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाले बर्माको अर्थतन्त्र उकास्न सहयोग गर्ने र भविष्यको यात्राको सहयात्री बन्न पनि तयार रहेको बताउनुभएको छ । बर्माको रंगुन विश्वविद्यालयमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै ओबामाले समाजको माथिल्लो तहबाट गरिएको सुधारले यसको जग तयार गरेका जनताको भावना समेटिनु पर्ने अमेरिकी राष्ट्रपतिको भनाई थियो । तर, यसका लागि अझै लामो यात्रा तय गर्न बाँकी रहेको उनको भनाई थियो । रंगुन विश्वविद्यालय सन् १९८८ मा बर्माको तात्कालीन सैनिक सत्ता विरुद्धको आन्दोलनको केन्द्रविन्दु बनेको थियो । ओबामाले बर्माको राखिन क्षेत्रमा मुश्लिम र बौद्ध समुदायबीचको जातिय हिंसा अत्यका लागि समेत आग्रह गरे । यसअघि ६ घण्टे बर्माको ऐतिहासिक भ्रमणका क्रममा ओबामाले आफ्ना बर्मेली समकक्षी थिन सेन र प्रजातन्त्रबादी नेतृ आङ साङ सु चीसँग भेटवार्ता गरेका थिए । ओबामासँगको भेटका क्रममा सु ची ले अमेरिकी समर्थन प्रति धन्यवाद दिंर्दै अझै कठिन समय बाँकी रहेको उल्लेख गरेकी थिइन् । यसैबीच पहिलो बहालवाला अमेरिकी राष्ट्रपतिको रुपमा बर्मा भ्रमण पुग्ने ओबामाको भ्रमणकै क्रममा बर्माले विभिन्न राजबन्दी रिहा गरेको छ ।

विपक्षीको विरोधका बीच बजेट अध्यादेश सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ मंसिर,विपक्षीको विरोधका बीच सरकारले पूर्ण बजेटसम्वन्धी अध्यादेश राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन अनन्त र मुख्यसचिव लिलामणि पौडेलले शितल निवासमा पुगेर गत वर्षको बजेटको बास्तविक खर्चको दुई त्रितीयांश बराबरको बजेट बुझाउनु भएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले ८ महिनाका लागि ३ खर्ब ६४ करोड १० लाख ४४ हजारको बजेट पारित गरेको थियो । बजेटमा संविधानसभा निर्वाचनका लागि झण्डै १० अर्ब छुट्याइएको छ भने गत आर्थिक वर्षका चालू कार्यक्रमहरुका लागि पनि रकम विनियोजन गरिएको छ । मन्त्रालयको बजेटमा २७ प्रतिशतले कटौती गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । अध्यादेश बुझाएपछि अर्थमन्त्री पुनले तत्कालका लागि बजेटको समस्या समाधान भएको बताउनु भयो । ‘गत वर्षको बजेटको बास्तविक खर्चको दुई त्रितीयांश बराबरको बजेट पेश गरेका छौं’ उहाँले भन्नुभयो-’कम से कम अहिलेको जटिलता हल भएको छ । तर, छिटै दलहरु बसेर सहमति बनाएर पूर्ण बेजट ल्याउनुपर्छ । त्यसले मात्र देशको अर्थमन्त्रलाई गति दिन सक्छ ।’ पूर्ण बजेट ल्याउन राष्ट्रपति र गठवन्धनका अध्यक्ष प्रचण्डले प्रयास गरेपनि सहमति नजुटेकाले पूर्ण बेजट ल्याउन नसकिएको उहाँको भनाई छ ।