News

Aug 23, 2008

प्रधानमन्त्री चीन प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओलम्पिक समापन समारोहमा सहभागी हुन आज शनिबार चीनको बेइजिङ प्रसथान गर्नुभएको छ । प्रधानमन्त्रीसँग उहाँकी पत्नी सीता, सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा, परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्य लगायत प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत सहित ११ जनाको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । आज राति १० बजे बेइजिङ पुग्नुहुने प्रधानमन्त्री प्रचण्डले पर्सि सोमबार चीनीयाँ राष्ट्रपति हु जिन्ताओसँग भेट्ने कार्यक्रम रहेको छ । त्यसैगरी प्रधानमन्त्रीले चीनमा रहँदा अरनिकोले बनाएको पैगोडा शैली घरहरुको अवलोकन गर्ने र चीनकै गे्रटवालको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । उहाँहरु आगामी भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एमालेसँग देखिएको बरियता बिबादलाई माओवादी पार्टीले समाधान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले र माओवादीबीच देखिएको मन्त्रीपरिषदको वरियता बिबाद मिल्ने दावी माओवादी नेता तथा कानुन मन्त्री देव गुरुङले गरेका छन् । कानुन मन्त्री तथा माओवादी सचिवालय सदस्य देव गुरुङले सरकार गठनमा एमालेसँग देखिएको बरियता बिबादलाई आफ्नो पार्टीले समाधान गर्ने बताएका छन् । भदौ ७ गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले वरियतामा देखिएको समस्या समाधान गर्न एमालेसँग आफ्नो पार्टीको छलफल जारी रहेको तथा प्राविधिक समस्या समाधान गर्न सकिने उल्लेख गरे । कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई भारतले अन्यथा लिनुनहुने तथा चीन भ्रमण गर्नु भारतलाई कम महत्व दिनु नभएको धारणा राखे । प्रधानमन्त्रीको भदौ ७ गतेको सम्वोधन जनआन्दोलन र जनादेशको भावना समेटेको दावी गर्दै गुरुङले प्रधानमन्त्रीको सम्वोधनले मुलुकमा १२ वर्षेदेखि रहेको रिक्तता पूरा भएको पनि बताए । एमालेबाट स्थानीय विकाश मन्त्रीमा प्रस्ताव गरिएका एमाले केन्द्रीय सदस्य रामचन्द्र झाले आफ्नो पार्टीलाई दोश्रो वरियता नदिए सरकारमा नजाने स्पष्ट पारे । मन्त्रीपरिषदमा अर्थ मन्त्री डा. बाबुराम भट्टराईलाई दोश्रो वरियता दिइएको प्रसङ्गमा झाले भने, 'पिएचडी गरेको भनेर भट्टराईलाई दोश्रो वरियता दिइएको होला, राजनीतिमा पिएचडीको त्यति अर्थ हुदैन ।' प्रधानमन्त्रीको चीन भ्रमण र सम्वोधनलाई आफ्नो पार्टीले सकारात्मकरुपमा लिएको पनि झाले कार्यक्रममा उल्लेख गरे । कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका महामन्त्री बिमलेन्द्र निधीले प्रधानमन्त्रीको सम्वोधन मिठो भए पनि आफ्नो पार्टी धेरै उत्साहित नभएको बताए । माओवादीले बिगतका सम्झौताहरुलाई कार्यन्वयन नगरेकाले प्रधानमन्त्रीको सम्वोधन पनि कार्यन्वयन हुनेमा शंका ब्यक्त गर्दै निधीले प्रधानमन्त्रीको चीन भ्रमण तेलको समस्या समाधान गर्नका लागि हुनसक्ने सम्भावना ब्यक्त गरे । 'हामीले पनि चीनको भ्रमणलाई अन्यथा लिएका छैनौं' निधीले भने । एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको इतिहासमै नयाँ अध्याय थपेको दावी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणले भारतको हेपाहा र हैकमवादी प्रवृतिलाई चुनौती दिएको उल्लेख गरे । प्रधानमन्त्रीको सम्वोधन सकारात्मक भए पनि त्यो कार्यन्वयन गर्नु चुनौतीपूर्ण रहेको पनि प्रकाशको भनाइ थियो । कार्यक्रमका अर्का वक्ता राष्ट्रिय जनशक्ति पार्टीका नेता डा. प्रकाशशरण लोहनीले प्रधानमन्त्रीको सम्वोधन उचित भए पनि कार्यन्वयन हेर्न बाँकि रहेको धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डको पहिलो पटक संबोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका तिक्ततालाई बिर्सेर नयाँ नेपाल निर्माण अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । जनताका नाममा आज शनिबार पहिलो पटक संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र स्वतन्त्रतालाई दिगो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो नेतृत्वको सरकारले छोटो अवधिमै देशलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गदै प्रधानमन्त्री प्रचण्डले नेपाल नरहे नेपाली पनि नरहने बताउनुभयो । राष्ट्रिय गणतन्त्र र जनगणतन्त्रबीच सन्तुलन कायम गरी लोकतन्त्र र स्वतन्त्रतालाई दिगो बनाउने बताउदै उहाँले राजनीतिक दलहरुलाई संकीर्ण दलगत स्वार्थबाट माथि उठेर सम्वृद्ध नयाँ नेपाल निर्माणमा सहयोग गर्न आहृवान गर्नुभयो । नेपाली सेना, प्रहरी लगायत जनमुक्ति सेना र निजामती कर्मचारीहरुलाई पूर्वाग्रह नराखी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।पूर्वको कोशी नदी डुबानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पीडितहरुका लागि सरकारले तत्काल राहत प्रदान गर्ने आश्वासन दिनुभयो । साथै विगतका सरकारले विभिन्न पक्ष तथा समुदायसँग गरेका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाउनुभयो । जनताको आधारभूत आबश्यकतालाई नयाँ सरकारले बिशेष ध्यान दिने बताउदै उहाँले भष्ट्राचार निर्मूल गर्न बिशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । लोकतान्त्रिक मूल्य र मान्यतामाथि हुने प्रहारलाई निरुत्साहित गरी मानव अधिकार, विधिको शासन लगायत सक्षम न्याय प्रणाली अबको सरकारको प्राथमिकता हुने उहाँको भनाई थियो । औद्योगिक अर्थतन्त्र निर्माणमा मुख्य रुपले जोड दिने र बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने समेत उहाँले बताउनुभयो । द्वन्द्वको दिगो समाधान खोजी शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

डा उपेन्द्र महतोले ब्यक्तिगत तर्फबाट ५१ लाखको चेक हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गैर आवासीय नेपाली संघका अध्यक्ष डा उपेन्द्र महतोले आज नेपालका राष्टपति डा रामबरण यादवसंग शिस्चार भेट गनु भयो। भेटका अवसरमा उहाँले राष्टपतिलाई गैर आवासीय नेपाली संघको वारेमा जानकारि दिदै र यसले बिदेसमा छिरिएर रहेका सबै नेपालीहरुको एकिकृत गदै आएको पहलहको बारेमा समेत अवगत गराउनु भएको थियो।भेटका अवसरमा राष्टपतिले आफ्नो गैर आवासीय नेपालीहरु प्रति आफनो धेरै सदभाव रहेको जनाउँदै नेपालको रुपान्तरणकोलागी उनीहरुवाट विविध मा सहयोगको अपेछा गरेको बताउनु भयो । साथै उहांले कोशी नदिको तटवन्ध टुटेर आएको विप्तिमा सहयोग गर्न समेत गैर आवासीय नेपालीहरुलाई अनुरोध गनुभएको थियो । उक्त अवसरमा डा महतोले संघले यस संर्दभमा विस्वका विभिन्न मुलुकमा सहयोग परिचालन गर्न सुरु गरिसकेको जानकारि दिनु भएको थियो । आज आर्को एक समारोहमा डा महतोले कोशी नदिको तटबन्ध टुटदा प्रभावमा परेका नेपालीहरुको सहयोगार्थ आफनो ब्यक्तिगत तर्फबाट ५१ लाखको चेक नेपालका प्रधानमन्त्रि पुष्प कमल दाहाललाई हस्तातरण गर्नु भयो। यस अवसरमा उहाँले यो आफनो ब्यक्तिगत सहयोग भएको र संघले विभन्न मुलुकमा सहयोग जुटाउने कार्यमा अग्रसरता लिने जानकारी दिनु भएको थियो। यसै अवसरमा रुसमा कारोबार गर्ने अरुण ओझाले ३ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो। उक्त समारोहमा नेपालका विभिन्न औधोगीक ब्यापारिसँग सस्थाका प्रतिनिधिहरुले छुटा छुटै करिब १६ लाखको पिन चेक हस्तान्तरण गरेका थिए। उक्त अबसरमा डा महतोले गैर आवासीय नेपालीहरु नेपालको सखु दुखमा साथ दिने र आफनो सानो सहयोगले नेपालमा र नेपाल बाहिर बस्ने मित्रहरुलाई सहयोग गर्न अभिप्ररित गर्ने आशा गर्नुभयो । यस्तै उहाँले यो आफ्नो ब्यक्तिगत योगदान भएको र संघले विभिन्न मुलुकमा सबै प्रकारको सहयोगका लागी अपिल गर्न र सहयोगको समन्वय गरि संवन्धित ठाउंमा समयमै पु-याउने जानकरी दिनुभयो। उक्त अवसरमा प्रधानमन्त्रिले सहयोगका लागी धनयवाद दिंदै आफुले सपथ लिएकै दिन परेको यो ठूलो विपत्तिलाई चुनातिका रुपमा लिएको र सबैको सहयोगबाट मुलुक यस्ता आपत विपतबाट पार पाउने आशा गर्नु भएको थियो।

Aug 22, 2008

माओवादी र फोरमका आठ मन्त्रीहरुले मात्र सपथग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीपछि दोश्रो मर्यादामा आफ्नो मन्त्री हुनुपर्ने अडान राख्दै एमालेले आफूले मन्त्रीमा सिफारिश गरेकाहरुले सपथ नखाने अडान राखेपछि माओवादी र फोरमका आठ मन्त्रीहरुले मात्र सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चीन जानुभन्दा अघिल्लो दिन आठ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । भदौ ६ गते बेलुका सवा ६ बजे राष्ट्रपतिको कार्यलय शितलनिवासमा सपथ खाने मन्त्रीहरुमा ४ जना माओवादीका र ४ जना फोरमका छन् । ६ मन्त्रालय पाएको एमालेले मन्त्री परिषदमा दोश्रो मर्यादा नपाएको भन्दै सपथमा सहभागि भएन । एमालेले बामदेव गौतमलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने सिफारिश गरेको थियो तथा गौतमलाई प्रधानमन्त्रीपछिको मर्यादामा राखिनुपर्ने अडान राखेको छ । सपथ खाने मन्त्रीहरुमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्री उपेन्द्र यादव, रक्षामन्त्री रामबहादुर थापा बादल, आवास तथा भौतिक योजना मन्त्री बिजयकुमार गच्छेदार, संचारमन्त्री कृष्णबहादुर महरा, कृषि मन्त्री जयप्रकाश गुप्ता, न्याय मन्त्री देव गुरुङ र शिक्षा मन्त्री रेणु यादव छन् ।

कोसी बाढीबारे द्विपक्षीय बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढीबाट थप क्षति नपुगोस् भन्ने उद्देश्यले क्षत्रि्रस्त क्षेत्रको तत्काल पुनर्निर्माण र स्याहारसम्भार गर्न दुवै देशका पदाधिकारीहरू टुंगोमा पुगेका छन्। नेपाल सरकारको सिंचाइ विभागका उपमहानिर्देशक अनिल पोखरेलको नेतृत्वमा विराटनगर आएको सरकारी टोली र विहार राज्यको गंगा फलड्स कन्ट्रोल र्सकलका इन्जिनियर एचएस चौधरीको नेतृत्वको टोलीबीच बिहीबार सम्पन्न वार्तामा थप कटान हुन नदिन बाँधमा रहेका स्परहरूलाई तुरून्त मर्मत गरेर बलियो बनाउने निर्णयगरिएको हो।वार्तामा कोसी नदीको दुवैतर्फो बाँधलाई पुनरवलोकन गरेर सन् २००९ को वषाअगावै बाँध सशक्तीकरणको कार्य सम्पन्न गर्ने तथा दीघकालीन रूपमा एलक्स बन्डलाई के गर्नुपर्छ भन्ने विस्तृत अध्ययन गर्ने सहमति भएको उपमहानिर्देशक पोखरेलले बताउनुभयो। निरन्तर बालुवा थुप्रिएका कारण कोसी नदीको उचाइ बाँधभन्दा वरपरको सतहभन्दा अग्लो भइसकेको हुँदा दीघकालीन योजनाको आवश्यकता भइसकेको निर्णया पनि दुवै देशका अधिकारीहरू पुगेका छन्।बैठकमा मन्त्रालयका उपमहानिर्देशकद्वय पोखरेल र खोमराज दाहाल, पूर्वाञ्चल क्षेत्रीय सिंचाइका निर्देशक कमलराज रेग्मी, जलउत्पन्न प्रकोप कार्यालय विराटनगरका प्रमुख रामेश्वर खड्का तथा बिहारको पटनाबाट आएका गंगा लड्स कन्ट्रोल र्सकलका इन्जिनियर चौधरीसहित अन्य दुइ इन्जिनियरहरू पनि सहभागी थिए।

मन्त्रिपरिषद् गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका प्रमुख तीन राजनीतिक दल नेकपा (माओवादी), नेकपा (एमाले) र मधेसी जनअधिकार फोरमबीच मन्त्रालय बाँडफाँडका विषयमा बिहीबार सहमति भएपछि सरकार गठनको अन्योल अन्त्य भएको छ।
नीति तथा कार्यक्रममा हस्ताक्षर / बाँकी मन्त्रालय साना दललाई /कसलाई कुन मन्त्रालय
माओवादी
अर्थ,रक्षा,आवास तथा शहरी विकास,सञ्चार,कानुन,श्रम,शान्ति,वाणिज्य,पर्यटन
एमाले
गृह,जलस्रोत,स्थानीय,वन,महिला,युवा खेलकुद
फोरम
परराष्ट्र,कृषि,भौतिक योजना तथा निर्माण,स्वास्थ्य,शिक्षा,नागरिक उडड्यन (मध्ये एक)
प्रधानमन्त्रीको चयन भएको एक हप्तापछि मन्त्रालय बाँडफाँडसँगै राष्ट्रिय संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता, सरकार सञ्चालनको सामान्य विधि र मान्यता, राजनीतिक समन्वय समिति गठनसम्बन्धी दस्तावेजमा समेत तीन दलबीच हस्ताक्षर भएको छ।प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’, नेकपा -एमाले) का महासचिव झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले बिहीबार राति सिंहदरबारमा चारवटा दस्तावेजमा हस्ताक्षर गर्नुभएको थियो। तीन दलबीच भएको सहमतिअनुसार माओवादीले नौ, एमालेले ६ र फोरमले चारवटा मन्त्रालय पाउने भएका छन्।सहमतिअनुसार मन्त्रिपरिषद्को गठन र शपथग्रहण कार्यक्रम आज शुक्रबार नै हुनेछ। तीन दलले केही मन्त्रालयको स्वरूपमा पनि परिवर्तन गर्ने निर्णयगरेका छन्। आज शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रालयहरू अहिलेकै स्वरूपमा रहे पनि पछि मन्त्रिपरिषद्को बैठकले तीन दलको निर्णय अ नुसार मन्त्रालयको नाम र स्वरूपमा परिवर्तनको निर्णय गर्ने जनाइएको छ। यद्यपि केही मन्त्रालयको नामसमेत फेरेर तीन दलले मन्त्रालय भागबन्डा गरेका छन्।तीन दलबीच सहमति भएअनुसार नेकपा -माओवादी) ले अर्थ, रक्षा, आवास तथा शहरी विकास, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय व्यवस्था, श्रम तथा स्वरोजगार, शान्ति तथा पुनः निर्माण, वाणिज्य तथा आपूर्ति र पर्यटन तथा संस्कृति मन्त्रालय पाउने भएको छ। त्यसै गरी नेकपा (एमाले) को भागमा गृह, जलस्रोत, स्थानीय विकास, महिला बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकुद र वन तथा भू-संरक्षण मन्त्रालय, मधेसी जनअधिकार फोरमलाई परराष्ट्र, कृषि तथा सहकारी, भौतिक योजना तथा निर्माण मन्त्रालय छुट्टयँइएको छ। यसबाहेक फोरमले स्वास्थ्य, नागरिक उड्डयन र शिक्षामध्ये एउटा मन्त्रालय पाउने जनाइएको छ। त्यसबारे शुक्रबार बिहान टुंगो लगाइने बुझिएको छ।नेकपा (माओवादी) बाट डा. बाबुराम भट्टर्राईले अर्थ र रामबहादुर थापा ँबादल’ ले रक्षँ मन्त्रालय सम्हाल्नुहुने निश्चित जस्तै भएको छ भने एमालेबाट वामदेव गौतमले गृह, विष्णु पौडेल- जलस्रोत, रामचन्द्र झा- वन तथा भू-संरक्षण, सुरेन्द्र पाण्डे- स्थानीय विकास र किरण गुरङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पर्ने सम्भावना रहेको जनाइएको छ। भीम रावलले पनि एक मन्त्रालयको जिम्मेवारी पाउनुहुने जनाइएको छ। तर औपचारिक निर्णयआज बिहान बस्ने स्थायी कमिटीको बैठकले टुंगो लगाउने बताइएको छ। एमाले स्थायी कमिटीका एक सदस्यका अनुसार बिहीबारको सहमतिबाट एक-दुइवटा मन्त्रालय यताउता परेकाले व्यक्तिका बारेमा केही परिवर्तन हुन सक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ।फोरमबाट परराष्ट्रमन्त्री उपेन्द्र यादव हुने निश्चित भए पनि अन्य व्यक्तिका बारेमा भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ। तीन दलले लिएकाबाहेकका मन्त्रालय नेकपा -माले), सद्भावना पार्टीनेकपा (संयुक्त) लगायतलाई दिइने भएको छ।सत्तँसाझेदार तीन प्रमुख दलले नयाँ सरकारलाई राष्ट्रिय संयुक्त सरकारको नाम दिएका छन्। सो सरकारको प्राथमिक कार्यक्रममा राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय हितको संवर्द्धन, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, राज्यको पुनः संरचना, दिगो शान्ति एवम् शान्ति सुरक्षाको प्रत्याभूति, तात्कालिक राहत र पुनः निर्माण, आर्थिक, सामाजिक रूपान्तरणलगायतका विषय समेटिएका छन्।
साझा न्यूनतम कार्यक्रम
राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति, जलस्रोतको उपयोग र वैदेशिक सहयोगको परिचालन, नेपालको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितको आधारमा गरिने र राष्ट्रिय हितअनुकूल नभएका सन्धिसम्झौताहरूको पुनरवलोकन गरी आवश्यक सुधार गरिने राष्ट्रिय संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख छ।त्यसै गरी नेपालको आर्थिक विकास र जनताको जीवनस्तर उठाउन मित्रराष्ट्रहरू, संयुक्त राष्ट्रसंघ तथा दातृ निकायहरूको सहयोेग लिइने, नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूलाई स्वदेश फर्काउन र त्यसनिम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउन एकताबद्ध प्रयत्न गरिने कार्यक्रममा उल्लेख छ।संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र राज्यको पुनः संरचनालाई उच्च प्राथमिकता दिइने र त्यसका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संविधानका आधारभूत सिद्धान्त तय गरी साझेदारी र सहमतिको मान्यताअनुरूप आगामी दुइ वर्षभत्र नयाँ संविधान निर्माणको काम सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ।लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको घोषणासँग बाझिएका सबै कानुन, नियम र प्रचलनलाई खारेज गर्ने, सामन्तवादको समग्र समाप्ति, पूर्वराजा र राजपरिवारको सम्पत्तिको उपभोग, विदेशमा लुकाएर राखिएको सम्पत्ति खोजीलगायतका कामहरू दृढतापूर्वक अगाडि बढाइने, नयाँ संविधानको निर्माणमा संयुक्त भूमिका खेल्ने पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख छ।स्थानीय निकायको निर्वाचन नभएसम्म स्थानीय निकायलाई जनताप्रति उत्तरदायी बनाउन संविधानको परिधिमा रहेर राजनीतिक दलहरूको सहमतिको आधारमा सञ्चालनको अन्तरिम व्यवस्था गरिने र ती निकायहरूलाई साधनस्रोत सम्पन्न तुल्याउँदै स्वायत्त रूपमा सञ्चालन गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ।निजामती प्रशासन, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलगायतका सुरक्षानिकायहरूको सञ्चालन निष्पक्ष रूपमा प्रचलित ऐन, कानुन तथा नियमावलीको आधारमा गरिने र दलीय राजनीतिबाट मुक्त राखिनुका साथै यसको अनुगमनका लागि मन्त्रिपरिषद्मा अनुगमन कार्यदल गठन गरिने तथा प्रशासनलाई जनउत्तरदायी, सक्षम, निष्पक्ष, पारदर्शी तथा संघीय प्रणालीअनुरूप बनाउन प्रशासन पुनः संरचना आयोग गठन गरिने पनि संयुक्त साझा कार्यक्रममा उल्लेख छ।दिगो शान्ति र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि विस्तृत शान्ति, सम्झौतालगायतका सम्झौता, सहमति र निर्णयो कार्यान्वयन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याइने, सबै द्वन्द्व र समस्याहरूलाई वार्ता र संवादको आधारमा शान्तिपूर्ण किसिमले व्यवस्थापन र समाधान गरिनुका साथै नेपाल सरकार र नेकपा माओवादीबीच भएको सम्झौताका प्रावधानहरूअनुरूप ६ महिनाभित्र जनमुक्ति सेनाका लडाकूहरूको समायोजन तथा पुनर्स्थापना र हतियारको व्यवस्थापन गरिने कार्यक्रममा उल्लेख छ।संघीय लोकतान्त्रिक, गणतान्त्रिक मूल्य, मान्यता र परिस्थितिअनुरूप नयाँ राष्ट्रिय सुरक्षा नीति तय गर्न तथा सुरक्षा क्षेत्रको पुनः संरचना गर्न उच्चस्तरीय सुरक्षा आयोग गठन गरिने र शान्तिकालमा सेनालाई विकास निर्माणका काममा परिचालन गर्ने नीति लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।शान्तिसम्झौतामा उल्लेखित राष्ट्रिय शान्ति तथा पुनर्निर्माण आयोग, उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग, समावेशीकरणसमेतका लागि राज्यको पुनः संरचना आयोगसम्बन्धी उच्चस्तरीय सुझाव आयोग, बेपत्ता पारिएकाहरूको खोजी गर्ने आयोग, भूमिसुधार आयोग गठन गरिने पनि कार्यक्रममा उल्लेख छ।हिंसा र द्वन्द्वबाट पीडित तथा विस्थापितहरूको उद्धार, राहत, पुनर्स्थापना र सहायताका लागि विशेष कोषको व्यवस्था गरिने र पीडित क्षेत्रका जनतालाई राहत पुर्याउन सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने, द्वन्द्वका कारण नष्ट भएका भौतिक संरचनाहरूको निर्माणलाई उच्च प्रँथमिकता दिइने, मजदुर, सुकुम्बासी र गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराउने, प्राकृतिक प्रकोप र द्वन्द्वका कारण मर्कामा परेका तथा गरिबीको रेखामुनि रहेका साना किसान र साना घरेलु उद्यमीहरूले लिएको निश्चित सीमाको ऋण मिनाहा गर्ने पनि कार्यक्रममा उल्लेख छ।देशका सबै क्षेत्रको सन्तुलित विकास तथा जनभावना र देशको आवश्यकताअनुरूप राष्ट्रिय योजना आयोगको संरचनाको पुनरवलोकन गरी रूपान्तरित गरिने र तत्कालीन तथा अल्पकालीन, मध्यकालीन र दीघकालीन विकासका कार्यक्रम तथा रणनीतिको पुनरवलोकन गरिने भएको छ।वैज्ञानिक भूमि सुधार र समग्र भूउपयोगको नीति लागू गर्दै जमिनमा भूमिहीन तथा जोताहा किसानको पहुँच कायम गरिने, राष्ट्रिय औद्योगिकरणलाई उच्च प्राथमिकता दिइने, जनतालाई सेवा प्रदान गर्नुपर्ने संस्थानहरूको व्यवस्थापन सुधार गरी सस्तो सुलभ र प्रभावकारी सेवा उपलब्ध गराउने, लोडसेडिङको अन्त्य र ग्रामीण विद्युतीकरणलाई विशेष जोड दिइने पनि कार्यक्रममा समावेश गरिएको छ।भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्याय सम्पादनसम्बन्धी निकायलाई सुदृढ र प्रभावकारी बनाइने, जनजाति, आदिवासी, दलित, पिछडिएका समुदायका जनताका लागि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विशेष कार्यक्रम लागू गर्ने, राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिने, आधारभूत स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा सुनिश्चित गर्ने, तर्राईमा पूवपश्चिम रेलमार्ग निर्माण तथा सञ्चालन, नयाँ अन्तर्राष्ट्रिय हवाई अड्डा निर्माण, विभिन्न किसिमका राजमार्ग निर्माण गर्ने पनि कार्यक्रममा समावेश गरिएको छ।कर्णाली क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, विकासका दृष्टिले पछाडि परेका मध्यपश्चिम र सुदूरपश्चिमलगायतका जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिने, पूरै देशलाई छुवाछूतमुक्त इलाका घोषणा गरिने, महिलाविरुद्धका सबै प्रकारका विभेद समाप्त गर्ने, युवाहरूको समस्यालाई समाधान गर्न युवा तथा खेलुकद मन्त्रालयको स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।अब बन्ने सरकारका मन्त्रीहरूले पदमा बहाल रहँदा र पदमुक्त भएपछि आ�नो सबै सम्पत्ति विवरण र्सार्वजनिक गर्नुपर्ने, मन्त्रीका आफन्त वा परिवारका सदस्यहरूका लागि कुनै किसिमको अनुचित सुविधा उपलब्ध गराउन नपाउने, कसैबाट महँगा उपहार र आर्थिक लाभ लिन नहुने, अनावश्यक र औचित्यहीन महँगा भ्रमण कार्यक्रममा संलग्न नहुने, मन्त्रिपरिषद्भित्र मतमतान्तर भएका विषयहरूमा र्सार्वजनिक विवाद नगर्ने, र्सार्वजनिक सञ्चारमाध्यमलाई निष्पक्ष राखी सबैका विचारलाई समान किसिमले प्रचार गर्ने व्यवस्था मिलाउनेलगायतका १९ बुँदे मन्त्रीहरूका लागि आचारसंहितासमेत बनाइएको छ।राष्ट्रिय संयुक्त सरकार सञ्चालनको सामान्य विधि र मान्यतामा मन्त्रिपरिषद्का सदस्यहरूबीच कम्तीमा हप्ताको एकपटक राष्ट्रिय सवालमा अनौपचारिक छलफल र समीक्षा गर्ने, मन्त्रीहरूले नियुक्त भएको एक हप्ताभित्र सम्पत्ति विवरण र्सार्वजनिक गर्ने, सरकारले संविधानसभा र नेपाली जनताप्रति पूर्ण रूपमा उत्तरदायी भई काम गर्नेलगायत १३ बुँदा रहेका छन्।संयुक्त सरकारलाई सुचारुरूपले अगाडि बढाउन राजनीतिक सहमति जुटाउन तथा नीति निर्णयलिने काममा सहयोग पुर्याउन माओवादी, एमाले र फोरमका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समिति पनि गठन गरिने भएको छ। समन्वय समितिको कार्यसम्पादनका लागि एक सचिवालय रहने, समन्वय समितिमा संयुक्त सरकारमा सहभागी राजनीतिक दलले तोकेका प्रतिनिधिहरू व्यवस्था गरिएको छ।