News

Oct 23, 2008

सेना समायोजनबारे दलबीच विवाद, वैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजनका लागि विशेष समिति गठन गर्ने विषयमा दलहरुबीच देखिएको विवाद अन्त्यका लागि प्रमुख चार दलको वैठक आज बिहीबार पनि बस्ने भएको छ । वालुवाटारमा बस्ने माओवादी, कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरमका शीर्ष नेताहरुको वैठकमा समिति गठनबारे सहमतिको प्रयास गरिने दलका नेताहरुले बताएका छन् ।बैठकको समय भने तय भइनसकेको मधेशी जनअधिकार फोरमका अध्यक्ष एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले जानकारी दिनुभएको छ । माओवादीले शान्ति मन्त्रीको संयोजकत्वमा विषेश समिति गठन गर्ने प्रस्ताव राखे पनि काग्रेसले अस्विकार गरेपछि चार दलको हिजो बुधबारको वैठक बिनानिष्कर्ष टुङ्गएको थियो ।समिति गठनका विषयमा दलहरुबीच विवाद उत्पन्न भएपछि मन्त्रीपरिषदको बैठक स्थगित हुँदै आएको छ । विवादकै कारण समिति गठनका लागि हिजो बोलाइएको मन्त्री परिषदको वैठक अन्तिम समयमा आएर सारिएको थियो भने आज बिहान ८ बजेका लागि तय भएको बैठक पनि स्थगित भएको छ ।

गरुडा र इनरुवामा बम विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहटको गरुडा बैरिया गाउँ विकास समितिमा अज्ञात समूहले आज बिहीबार बिहान बम बिस्फोट गराएको छ । समनपुर-९ स्थित सडकमा सर्वसाधारणलाई लक्षित गरी गराइएको विस्फोटबाट स्थानीय दुइजनाको घरका शिशाहरु फुटेको प्रहरीले जनाएको छ ।बिस्फोटको जिम्मा तराइ राष्ट्रिय मुक्तिमोर्चा र तराइ आर्मीले लिएको छ । यसैगरी अज्ञात समूहले सुनसरीको इनरुवामा पनि राति बम विस्फोट गराएको छ । मोटरसाइकलमा आएको समूहले इनरुवा ३ स्थित विष्णु खड्काको घरमा बम विस्फोट गराएको हो । सडकबाट फालेको सकेट बम घरसँगै रहेको रुखमा लागेर विस्फोट भए पनि क्षति नभएको प्रहरीले जनाएको छ ।

भुटानी शरणार्थी समस्या समाधाननिम्ति वार्ता आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी नेपालका शरणार्थी शिविरमा विगत १८ वर्षदेखि कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई क्षतिपूर्तिसहित ससम्मान स्वदेश फर्काउन नेपाल, भुटान, भारत र भुटानी शरणार्थीसमेतको चौपक्षीय सहभागितामा वार्ताका लागि आग्रह गरिएको छ ।भुटानी शरणार्थी संयुक्त स्वदेश फिर्ता अभियान समितिले राजधानीमा पत्रकारसम्मेलन गरी उक्त आग्रह गरेको हो । यस्तो आग्रह यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गरिसकिएको समितिले जनाएको छ ।समितिले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानका लागि सातबँदे माग प्रस्तुत गर्दै वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा शरणार्थी समस्या समाधान गर्ने उल्लेख भएकोमा शरणार्थीहरूमा आफ्नो मुलुक जाने आशा बढेको जनाएको छ ।मागपत्रमा अमेरिकी सरकारले शरणर्थीहरूलाई तेस्रो मुलुक पुनर्वास गराउने नयाँ रणनीति सुरु गरेपछि केही शरणार्थी र कूटनीतिज्ञमा पनि भ्रम पैदा हुनुका साथै पारिवारिक बिखण्डन, आत्महत्या, विद्यार्थीमा शिक्षाप्रति अभिरुचि घट्नुजस्ता समस्या दिनानुदिन बढेको जनाइएको छ ।समितिका अनुसार प्रधानमन्त्री दाहालसमक्ष प्रस्तुत सातबुँदे मागमा चौपक्षीय सहभागितासहितको वार्ताको सुरुवात, शरणार्थीको घर फर्कने अधिकार सुनिश्चित तथा सुरक्षित, शरणार्थी समस्या समाधान अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिनुपर्ने, सरकारको भुटानी शरणर्ाथी समस्याप्रति स्पष्ट नीति हुनुपर्ने, शरणार्थी समस्या समाधानका लागि स्थायी आयोग गठन गरिनुपर्ने, राहतमा कटौती गर्न नहुने र शरणार्थीलाई तेस्रो मुलुक पुनस्थापना कार्यक्रम रोकिनुपर्ने रहेको छ ।

विस्फोटमा परी नौजना सर्वसाधारण घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ राष्ट्रिय मुक्ति सेना र तराइ आर्मी नामक सशस्त्र समूहले धनुषाको जनकपुरस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएका छन् । विस्फोटमा परी नौजना सर्वसाधारण घाइते भएका छन् । कार्यालयको उत्तरपटि्ट बुधबार अपराह्न ग्यास सिलिन्डर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।विस्फोटबाट घाइते भएकाहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमा सात पुरुष र दुइ महिला रहेको प्रहरीले जनाएको छ ।

कतारबाट दुइ सयभन्दा बढी नेपाली फर्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारको दोहास्थित एक स्थानीय निर्माण कम्पनीमा कार्यरत २१९ जना नेपाली कम्पनी प्रशासनको उदासिनताबाट लामो समयसम्म पीडित भएपछि अब घर फर्कन पाउने संकेत देखिएको छ । नेपाली दूतावासले दिएको जानकारीअनुसार ती कामदारको बक्यौता तलब र घर फर्कनका लागि हवाइ टिकट प्रदान गर्न सम्बन्धित निकायले उक्त कम्पनीलाई आदेश दिइसकेको छ । ती नेपाली कामदारको भविष्यप्रति कम्पनीले कुनै पनि चासो नदेखाएपछि नेपाली दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा लगिएको थियो । कम्पनीमा कार्यरत चारजना बंगालीबाहेक अरू सबै नेपाली रहेका र उनीहरू सबैजना घर फर्कन चाहेको पीडितहरूले बताएका छन् । यसअघि त्यहाँका १० जना नेपाली कामदार स्वदेश फर्किसकेका छन् । कम्पनीले आवास अनुमति र गत तीन महिनादेखि काम नदिलाएपछि सबैजना फर्कन चाहेको र दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा पठाइएको राजदूत डा. सूर्यनाथ मिश्रलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ ।'उनीहरूका पक्षमा निर्णय भएको छ' डा. मिश्रले भन्नुभएको छ- 'आशा गरौँ उनीहरूले आफ्नो पाउनुपर्ने रकम र सुविधा लिएर छिट्टै फर्कन पाउनेछन् ।' उनीहरूलाई घर जानमा रहेको कानुनी कठिनाइको समस्या पनि समाधान हुने विश्वास राजदूत डा. मिश्रले व्यक्त गर्नुभयो ।

मोहन वैद्य किरणले संविधानसभा सदस्यबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले संविधानसभा सदस्यबाट राजीनामा दिनुभएको छ । वैद्यले आफू पार्टीको काममा व्यस्त रहनुपरेको कारण दर्साउँदै संविधानसभा अध्यक्ष सुवास नेम्बाङसमक्ष राजीनामा दिनुभएको हो । वैद्यले राजीनामा दिनुभएपछि अध्यक्ष नेम्बाङले उहाँलाई राजीनामामाथि सनाखत समेत गर्न लगाउनुभएको संसद सचिवालयले जनाएको छ । उहाँ समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधानसभा सदस्यमा मनोनीत हुनुभएको थियो । नेपालको अन्तरिम संविधानको धारा ६३ को उपधारा ७ क को ३ अनुसार निर्वाचित वा मनोनीत सदस्यको स्थान कुनै कारणले रिक्त भएमा त्यस्तो स्थान जुन प्रक्रियाद्वारा निर्वाचित वा मनोनीत भएको हो सोही प्रक्रियाद्वारा प्रचलित कानुनबमोजिम पूर्ति गरिने छ ।

Oct 21, 2008

३४ सरकारी वेबसाइट हयाक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयमा राखिएका सरकारी वेब र्सभर’ मा विद्युत् रोकिँदा सरकारको आधिकारिक वेबसाइटसहित मन्त्रालय, विभाग र विभिन्न संस्थाका ३४ वटा वेबसाइट अवरुद्ध हुन पुगेका छन्। अवरुद्ध केही वेबसाइट सोमबारबाट सञ्चालनमा ल्याइए पनि धेरै साइट भने अझै सञ्चालनमा आउन सकेका छैनन्।वेब र्सभरमा दशैंबिदाको समयमा विद्युत् रोकिँदा अवरुद्ध भएका सरकारी साइटहरू पूर्ण् रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने बताइएको छ।मन्त्रालयले वेब र्सभर सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयस्थित राष्ट्रिय सूचनाप्रविधि केन्द्रलाई दिएको थियो।केन्द्रको आईटी शाखाका कम्प्युटर इन्जिनियर हीरागोपाल महर्जनका अनुसार अवरुद्ध भएका सरकारी वेबसाइटमा नौवटा मन्त्रालय, १० वटा विभाग र १५ वटा विभिन्न सरकारी संस्थाका रहेका छन्।विद्युत् प्रसारण रोकिँदा वेब र्सभर र ब्याकअप र्सभर दुवै ब्रि्रन गएकाले वेबसाइटमा राखिएका सबै सामग्री मेटिएको इन्जिनियर महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो।वेबसाइटमा पुनः सामग्री राख्न सबै मन्त्रालय, विभाग र संस्थाबाट सामग्री मगाइएको छ’, इन्जिनियर महर्जनले भन्नुभयो- अब केही दिनभित्र वेबसाइट पुरानै अवस्थामा ल्याइनेछ।’केन्द्रका अनुसार वातावरण, विज्ञान तथा प्रविधि, कृषि तथा सहकारी, जलस्रोत, भूमिसुधार तथा व्यवस्थापन, कानुन, वन तथा भूसंरक्षण, श्रम तथा यातायात र रक्षा गरी नौ मन्त्रालयका वेबसाइट पर्ूण्ारूपमा अवरुद्ध भएका छन्।सरकारी सूचना सहज रूपमा जनतासम्म पुर्याउन र विद्युतीय सुशासनलाई कार्यान्वयन गर्न सरकारले केही वर्षेखि आŠना मन्त्रालय, विभागका सूचना वेबसाइटमा उपलब्ध गराउँदै आएको थियो।मन्त्रालयको र्सभर बिग्रिँदा नेपाल सरकारको आधिकारिक वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट नेपाल जीओभी डट जीओभी डट एनपी पनि अवरुद्ध हुन पुगेको छ। सरकारी आधिकारिक वेबसाइटलाई सोमबारबाट सञ्चालनमा ल्याइए पनि सामग्री भने राखिएको छैन।हयाक गरिएको हो’राष्ट्रिय सूचनाप्रविधि केन्द्रले विद्युत् प्रसारण रोकिएका कारण र्सभर ब्रि्रन गई ३४ वेबसाइट अवरुद्ध भएको बताए पनि मन्त्रालयस्रोतले भने विदेशी हयाकरले मन्त्रालयको वेबर्सभर हयाक गरेको बताएको छ।स्रोतका अनुसार अवरुद्ध वेबसाइटमा हयाक बाइ अल्जेरिया युसुफ’ भन्ने सूचना हयाकरले प्रकाशित गरेका थिए। तर केन्द्रले पछि सो सूचना हटाएको दाबी स्रोतको छ।
-->