News

Dec 2, 2009

फ्रेन्च लेखकलाई निकृष्ट यौन चित्रण पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेरिस/ लेखक जोनाथन लिट्टेलले आख्यानमा निकृष्ट सम्भोग चित्रण गरेबापत आफ्नो उपन्यास 'द काइन्ड्ली वन्' (दयालु व्यक्ति) मा १७औँ वाषिर्क 'ब्याड सेक्स इन फिक्सन पुरस्कार' जितेका छन् ।मौलिक रूपमा फ्रेन्च भाषामा प्रकाशित सो पुस्तकले २००६ मा गोनकोर्ट पुरस्कार जितेको थियो र युरोपमा १० लाखभन्दा बढी प्रति बिकेको थियो । साहित्य समीक्षाका निर्णयकर्ताले खराब सम्भोग पुरस्कार यस्तो अनुच्छेदका लागि प्रदान गरेका हुन्, जो यसरी सुरु भएको छ, 'गर्गनको टाउकोलेझैँ गरी सम्भोग मतिर हेरिरहेको थियो, मेरो जासुसी गरिरहेको थियो ।' लेखकका वारिसले यस पुरस्कारलाई स्वीकारेका छन् । तर, लेखकले प्रतिक्रिया दिन बाँकी नै छ । एक ठाउँमा लेखकले सम्भोगको सामनालाई 'हलुका किसिमले उमालिएको अन्डाभित्रबाट चम्चाले निकालेजस्तो गरी मेरो टाउको रित्याइदिने एकधक्का' का रूपमा चित्रित गरेका छन् । लिटरेरी रिभ्युले लिट्टेलको पुस्तकलाई 'उत्कृष्ट प्रतिभाको काम' भन्दै आफ्नो अनादरलाई लेखकले राम्रो हाँसोका रूपमा ग्रहण गर्ने आशा गरेका छन् । पुरस्कारका लागि छनोट गरिएकाहरूमा पाउल थोरो र संगीतकार निक केभ पनि थिए । गतवर्ष सो पुरस्कार रासल जोन्सनले 'सायर हेल'का लागि जितेका थिए । दिवंगत ख्यातिप्राप्त अमेरिकी उपन्यासकार जोन अप्डाइकले २००८ को एक समारोहमा आजीवन प्राप्त गरेको उपलब्धिका लागि पुरस्कार पाएका थिए ।

शासकीय स्वरूप र निर्वाचनप्रणालीबारे मतदानबाट टुङ्गो लगाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर १५ गते । संविधानसभाअन्तर्गत राज्यको शासकीय स्वरूप निर्धारण समितिमा दलहरूबीच सहमति हुन नसकेपछि शासकीय स्वरूप र निर्वाचनप्रणालीबारे मतदानबाट टुङ्गो लगाइने भएको छ ।
संविधानसभाका चारवटा दलले चार किसिमको शासकीय स्वरूप र चारै प्रकारका निर्वाचनप्रणालीमा आआˆनो अडान राखेपछि सहमति हुन नसकेको हो ।शासकीय स्वरूपमा एकीकृत नेकपा (माओवादी)ले सहमतीय राष्ट्रपति प्रणाली, नेपाली काङ्ग्रेसले संसदीय शासनप्रणाली, नेकपा -एमाले) ले प्रधानमन्त्रीय शासनप्रणाली र तराई-मधेस लोकतान्त्रिक पार्टीले व्यवस्थापिकाबाट निर्वाचित राष्ट्रपतीय शासनप्रणाली अगाडि सारेका छन् ।यसैगरी यी दलहरूले निर्वाचनप्रणालीमा पनि फरकफरक प्रणाली प्रस्ताव गरेका छन् । माओवादीले बहुसंसदीय प्रत्यक्ष समानुपातिक निर्वाचनप्रणाली, काङ्ग्रेसले मिश्रति निर्वाचनप्रणाली -समानान्तर), एमालेले मिश्रति सदस्य समानुपातिक निर्वाचनप्रणाली र तमलोपाले मिश्रति निर्वाचन प्रणाली अगाडि सारेका छन् ।समितिका सभापति शम्भु हजरा दुसाधको अध्यक्षतामा सोमबार बैठक बसेको र अर्को बैठक मङ्गलबार बिहान ९ बजे बस्ने सहमति भएको छ ।प्रादेशिक कार्यकारिणीको सम्बन्धमा सम्बन्धित प्रदेशको प्रदेश प्रमुखले प्रादेशिक व्यवस्थापिकाबाट निर्वाचित सदस्यलाई सर्वसम्मतिबाट, त्यसरी सम्भव नभए बहुमतबाट र त्यसरी पनि सम्भव नभएमा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ ।राष्ट्रप्रमुखले सम्बन्धित प्रदेशको मुख्यमन्त्रीसँग परामर्श गरेर प्रदेश प्रमुखको नियुक्ति गर्ने व्यवस्था गरिएको छ । प्रदेश प्रमुख पहिले कि मुख्यमन्त्री पहिले नियुक्त हुने भन्ने टुङ्गो लाग्न बाँकी नै छ ।संवैधानिक समितिको सोमबारै बसेको बैठकले समितिमा प्रस्तुत प्रस्तावमाथि दफावार छलफल सुरु गरेको छ । मङ्गलबार बस्ने बैठकमा राज्य र राष्ट्र नेपाल शीर्षकमा बहस हुनेछ भने संविधान मूल कानुन, सार्वभौमसत्ता, राजकीय सत्ताका विषयमा भने छलफल सकिएको छ ।सातौँपटक संविधान लेखनको कार्यतालिका परिवर्तन भएपछि पनि विभिन्न समितिले आˆना प्रारम्भिक मस्यौदा प्रस्ताव तयार पार्न बाँकी रहेकाले कार्यतालिकामा आठौँपटक पनि संशोधन हुने करिब पक्का भइसकेको छ ।

लोकप्रिय साइट फेसबुक चलाउनेको संख्या ३५ करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर १७ ,सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुक प्रयोग गर्नेको संख्या ३५ करोड पुगेको छ। साइटका संस्थापक मार्क जुकेरवर्गले बुधबार सबै प्रयोगकर्तालाई खुला पत्र लेख्‍दै यस्तो दावी गरेका हुन्। प्रयोगकर्ताका सम्बन्धमा गरिएको यो दावी सही हो भने फेसबुक विश्व कै सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जालको साइट बन्नेछ। खुला पत्रमा प्रयोगकर्तामा भएको वृद्धिसँगै गोपनीयताको चुनौति थपिएको उल्लेख छ। फेसबुकमा प्रयोगकर्ताहरुले राख्‍ने जानकारी, सूचना, फोटो र भिडियो जोसुकैले हेर्न सक्ने भएकोले व्यक्तिको गोपनीयता भंग हुँदै गएको छ। फेसबुकको स्टाटस हेरेरै घरमा एक्लो भएको थाहा पाएर भारतको एक सहरमा एक युवती बलात्कृत भइन्। फेसबुकको रिलेसनसिप स्टाटसमा विवाहित लोग्नेले अविवाहित लेखेका कारण हत्या गरिएको समाचार पनि आयो। यस्तै समस्यालाई ध्यानमा राख्दै फेसबुकले अब गोपनीयतासम्बन्धी नयाँ नीति ल्याउने जुकेरवर्गको खुलापत्रमा उल्लेख छ। केही साताभित्र फेसबुकले प्रयोगकर्तालाई नयाँ प्राइभेसी सेटिङ समीक्षा गर्न र अपडेट गर्न लगाउँदैछ। आफ्ना कुन कुन सामाग्री क-कसलाई बाँड्ने वा हेर्न मिल्ने अनुमति दिने भन्ने छनौट तपाईँ आफै गर्नु हुन म अनुरोध गर्छु, जुकेरवर्गले आफ्नो पत्रमा भनेका छन्। यी सेटिङसँगै फेसबुकले क्षेत्रीय नेटवर्क पनि हटाउने भएको छ। यी नेटवर्कहरुमा धेरै सदस्य भएका कारण गोपनीयतामा असर पर्न सक्ने भन्दै हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ। सुरुमा फेसबुक विश्वविद्यालयका विद्यार्थीहरुको सञ्जालका लागि बनाइएको थियो। सर्वसाधारणलाई सार्वजनिक गर्ने बित्तिकै यसको लोकप्रियता चुलिएको हो। नेपालमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईलगायतका सेलिब्रिटीहरुले फेसबुकको प्रयोग गर्ने गरेको खबर गत वर्ष मिडियामा लगातार आएपछि यसको लोकप्रियता बढेको हो। पाँच वर्षअघि सुरु भएको फेसबुकका प्रयोगकर्ता अगस्त २००८ मा १० करोड मात्रै थियो। गत अप्रिलमा यसको संख्या २० करोड पुग्यो र गत १५ सेप्टेम्बरमा ३० करोड। यसको साढे दुई महिनामा नै ५ करोड प्रयोगकर्ता थपिएका छन्।

वेलायतले बनायो २३ करोड पर्ने फोन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर १७, एक बेलायती कम्पनीले संसारकै सबैभन्दा महँगो फोन तयार गरेको छ। सुनबाट बनेको यो फोनमा दुई सय हिरा जोडिएको छ। कम्पनीले यसको मूल्य २३ करोड ५० लाख रुपैयाँ रहने जनाएको छ। लिभरपुलको कम्पनी गोल्ड स्ट्राइक इन्टरनेसनलका लागि स्टुआर्ट हग्सले डिजाइन गरेको यो मोबाइलमा २२ क्यारेट सुन प्रयोग भएको छ। फोनको अघिल्लो भागमा १ सय ३६ हिरा जोडिएको छ। एप्पलको लोगो पनि हिराबाटै बनाइएको छ। आइफोन थ्रीजी सुप्रिम नाम राखिएको मोबाइल तयार पार्न ११ महिनाभन्दा बढी समय लागेको कम्पनीले जनाएको छ। अस्ट्रियाका एक व्यवसायीको माग अनुसार यो फोन निर्माण गरिएको बताइएको छ।

माओवादीका कमाण्डरलाई तीन महिना जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२डिसेम्बर,२००९, शनिबार राती बाँकेको कोहलपुरस्थित बसपार्कबाट हतियारसहित प्रहरीले पक्राउ गरेका रोल्पाको मंगलसेनस्थित माओवादी जनमुक्ति सेनाको डिभिजनका ब्रि्रेड कमाण्डर दीपेन्द्रबहादुर शाही 'युगान्त'लाई बाँके प्रशासनले तीन महिना जेल चलान गर्ने आदेश दिएको छ । प्राप्त समाचार अनुसार शान्तिसुरक्षामा खलल पुर्‍याएको आरोपमा बाँके प्रशासनले उनलाई तीन महिना नजरबन्दमा राख्ने आदेश दिएको हो । आफ्ना चार जना अंगरक्षकका साथमा बसपार्क पुगेका शाहलाई एक थान चाइनिज माउजरसहित पक्राउ गरिएको हो । बाँके प्रहरीले उनलाई र्सार्वजनिक सुरक्षा ऐनअर्न्तर्गत सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । शाहीलाई छुटाउन अनमिनको चार सदस्यीय टोली नेपालगञ्ज पुगेको बताइएको छ । टोलीले प्रहरी प्रशासनसमक्ष शाहीलाई रिहा गर्न र मुद्दा नचलाउन आग्रह गरेको छ । यसैबीच माओवादीले शाहीलाई तत्काल रिहा गर्न माग गरेको छ । माओवादी जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रसाद खनाल 'बलदेव'ले शाहीलाई रिहा नगरेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार र गृह प्रशासनले लिनुपर्ने चेतावनी दिएका थिए ।

कांग्रेसले १६ वटा प्रदेशसहितको अवधारणा संसद्मा बुझाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ मंसिर,कांग्रेसले १६ वटा प्रदेशसहितको अवधारणा संसद् सचिवालयमा बुझाउने भएको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले राज्य पुनर्संरचनामा १६ प्रदेशको प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले पार्टीको संशोधित विधानसमेत अनुमोदन गरेको छ ।उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको राज्य पुनर्संरचनाको प्रस्तावलाई नै कांग्रेस केन्द्रीय समतिको बैठकले सैद्धान्तिक अवधारणका रूपमा पेस गर्ने निर्णय गरेको हो । बैठकमा डा. रामशरण महत, नरहरि आचार्य, बलबहादुर केसीसहितका केन्द्रीय सदस्यले भने प्रदेशको संख्या धेरै नबनाउन आग्रह गर्दै धेरै प्रदेश राज्यले धान्न नसक्ने बताएका थिए । कांग्रेसले तयार पारेको अवधारणामा तराईमा पाँच, कणालीका पाँच, गण्डकीका ६ र धौलागिरिका चार जिल्लालाई अलग प्रदेश र अन्य आठ प्रदेश रहेका छन् । कांग्रेसको संविधानसभा राज्य पुनर्संरचना समितिले आफ्नो प्रतिवेदन तयार पार्न नसकेको भन्दै चौतर्फी आलोचना भएपछि उसले सदस्यहरूको असहमतिबीच नै सो अवधारणा तयार पारेको हो ।संसद्मा प्रतिनिधित्व गर्नेर् मुख्य दल माओवादी र एमालेले जातीय आधारमा प्रदेशहरूलाई विभाजन गर्ने प्रस्ताव अघि सारेको आरोप लगाउँदै आएको कांग्रेसले अन्य दुई दलभन्दा फरक प्रस्ताव तयार पारेको छ । यसअघि नै माओवादीले १४ प्रदेशको प्रस्ताव गरेको छ भने एमालेले १५ प्रदेशको प्रस्ताव गरेको छ ।
प्रस्तावित अवधारणमा कांग्रेसले प्रदेशको नामकरण भने गरेको छैन । नामकरण संविधानसभामा छलफलपछि मात्र गरिने कांग्रेसले बताएको छ । प्रस्तावित तराईका पाँच प्रदेशमध्ये कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङलाई एउटा प्रदेश मानिएको छ । त्यसैगरी रूपन्देही, नवलपरासी र कपिलवस्तुलाई एउटा, बारा, पर्सा र रौतहटलाई अर्को प्रदेशको सिफारिस गरिएको छ । त्यस्तै, धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरीको एउटा प्रदेश बनाइएको छ भने मोरङ, सुनसरी र झापाको अर्को प्रदेश बनाउने सिफारिस प्रस्ताव गरिएको छ । त्यसैगरी कणर्ाली, गण्डकी र धौलागिरिका जिल्लालाई भने अलगअलग प्रदेश सिफारिस गरिएको छ । कांग्रेसले काठमाडौं उपत्यकालाई एउटा प्रदेशमा राख्न सिफारिस गरेको छ ।त्यस्तै हिमाली तथा पहाडी जिल्लामध्ये खोटाङ, ओखलढुंगा, भोजपुर र सोलुखुम्बुलाई एउटा प्रदेश मानिएको छ भने तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामलाईर् छुट्टै प्रदेश बनाउने कांग्रेसको प्रस्तावमा छ । रामेछाप, सिन्धुली, दोलखा, काभ्रे र सिन्धुपाल्चोकलाई एक प्रदेश, रसुवा, नुवकोट, घादिङ चितवन र मकवानपुरको अर्को प्रदेश छ भने अर्धाखाँची, गुल्मी, पाल्पा र प्युठानको छुट्टै प्रदेश सिफारिस गरिएको छ । त्यस्तै रोल्पा, रुकुम, जाजरकोट, सल्यान, दैलेख र सुर्खेत एक ठाउँमा पारिएका छन् भने डडेल्धुरा, आछाम, बैतडी, डोटी र बाजुरालाई अर्को प्रदेश बनाउन कांग्रेसले प्रस्ताव गरेको छ । तर उदयपुर, संखुवासभा, ओखलढुंगासहितका केही जिल्लाको विषयमा केन्द्रीय सदस्यबीच विवाद जारी छ । विवाद बढेपछि नक्साङ्कनपछि गर्ने कांग्रेसले जनाएको छ । विवाद बढेपछि नक्सांकन पछि गर्ने कांग्रेसले जनाएको छ ।

चर्कियो माओवादीमा गणराज्य सीमा विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२डिसेम्बर,२००९, स्वायत्त गणराज्यको सीमांकनको बिषयमा विवाद उत्पन्न भएका कारण एकीकृत माओवादीको स्थायी समितिको बैठक आज बुधबार बिना निष्कर्ष टुँगिएको छ । पार्टी मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा बसेको बैठकमा गणराज्यको नामाकरण र सीमांकनको बिषयमा नेताहरुबीच मतभेद देखिएपछि निष्कर्षहीन बन्न पुगेको माओवादीस्रोतले जनाएको छ । भोलि बस्ने बैठकले सीमांकनका बारेमा निर्णय गर्ने माओवादीका प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो । स्वायत्त गणराज्यको बिषयमा एकीकृत माओवादीको शीर्ष नेतृत्वले पार्टीको जातीय तथा क्षेत्रीय मोर्चा र विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुसँग गरेको छलफलमा चर्को विवाद देखिएपछि यसबारे टुङ्गोमा पुग्न स्थायी समितिलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष प्रचण्डले स्वायत्त राज्यको नामांकन र सीमांकनमा विवाद नगर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आएका छन् । । प्रचण्डले गणराज्य घोषणामा जातीय पक्षलाई भन्दा वर्गीय पक्षलाई प्रधान बनाउनुपर्ने प्रस्तावसमेत पेश गरेका छन् । आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, जारी आन्दोलन लगायतका बिषयमा छलफल भएको माओवादीस्रोतले जनाएको छ । माओवादीले यही मंसिर २६ गतेबाट १३ गणराज्य घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।