News

Dec 10, 2010

भ्रष्टाचार रोक्न महत्त्वाकांक्षी कार्ययोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ मंसिर,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भ्रष्टचारविरुद्धको महत्त्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेको छ । बिहीबारबाटै कार्ययोजना कार्यान्वयन भएको मुख्य सचिव माधव घिमिरेले बताएका छन् । कार्यालयले मन्त्रालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न भ्रष्टाचारविरुद्ध निकायगत कार्ययोजना ०६७ कार्यान्वयनमा ल्याएको हो । २७ मन्त्रालयसहित विभिन्न ३४ निकायका सचिव र प्रमुखको सहकार्यमा ल्याइएको यो योजना लागू भएसँगै प्रधानमन्त्री र मन्त्रीको तजबिजी अधिकार कटौती भएको छ ।
'जस्तोसुकै चुनौती आए पनि यो कार्ययोजना लागू गराएरै छोड्छौँ,' बिहीबार सिंहदरबारमा भ्रष्टाचारविरुद्धको कार्ययोजना सार्वजनिक गर्दै मुख्य सचिव घिमिरेले भने । सबै मन्त्रालयका सचिव सहभागी रहेको कार्यक्रममा मुख्य सचिव घिमिरेले कार्ययोजना दृढतापूर्वक लागू गर्न उनीहरूलाई कडा निर्देशनसमेत दिए । नेपालमा वर्षेनी भ्रष्टाचार बढेको अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक हुनुले सुशासनमा चुनौती रहेको उल्लेख गर्दै घिमिरेले भने, 'भ्रष्टाचार नियन्त्रणमा नेपाल सधैँ फेल हुँदै आएको छ, यो सरकारको पनि असफलता हो ।' ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार यस वर्ष नेपाल भ्रष्टाचारको सूचीमा १४७औँ स्थानमा छ । अघिल्लो वर्ष भने १४३औँ स्थानमा थियो ।

विश्वविद्यालय र क्याम्पसलाई ब्यारेकमा परिणत गर्ने दाहालको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धिविरुद्ध प्रतिक्रान्तिकारीका षड्यन्त्र अझै रहिरहे विश्वविद्यालय र क्याम्पसलाई 'ब्यारेक'मा परिणत गर्ने चेतावनी दिएका छन् । दाहालले विश्वविद्यालय र क्याम्पसलाई ब्यारेकमा परिणत गरेर नेपाली क्रान्तिलाई निर्णायक मोडमा पुर्‍याउने दाबी गरे । 'जुन षड्यन्त्र अहिले प्रतिक्रान्तिकारीबाट भएको छ, त्यो षड्यन्त्र अझै तीब्र र घनिभूत हुने हो भने हाम्रा सवै विश्वविद्यालयहरु, क्याम्पसहरु एउटा व्यारेकमा परिणत हुन जरुरी छ,' शुक्रबार कीर्तिपुरमा अनेरास्ववियु (क्रान्तिकारी)को सम्मेलन उदघाटन गर्दै दाहालले भने, 'जसले अन्तिमरुपमा प्रहार गर्न सकोस् र नेपाली क्रान्तिलाई निर्णायक मोडमा पुर्‍याउन सकियोस् ।'
दाहालले युवा विद्यार्थीहरु फौजीकृतरुपमा अगाडि नआउने हो भने प्रतिक्रान्तिकारीहरुले मुलुकलाई धरापमा पार्ने दाबी गरे । 'म तपाईंहरुलाई जरुरी पर्नेवित्तिकै सवै यूनिभर्सिटी व्यारेकमा परिणत हुन र विद्यार्थीहरु फौजमा परिणत हुन तम्तयार हुन आव्हान गर्दछु,' दाहालले भने । नेपाली क्रान्तिमा तुषारापात हुन नदिने उल्लेख गर्दै दाहालले क्रान्तिको आफ्नो दलले नयाँ मोडेल दिने बताए । उनले नेपाली क्रान्तिको उपलब्धी अपहरण गर्न देशभित्र र बाहिरका शक्तिहरुले षड्यन्त्र सुरु गरेको जिकिर गरे । दाहालले गोरखाको पालुङटारमा भएको छैटौं विस्तारित बैठककाक्रममा परिवर्तनलाई रोक्न खोज्ने शक्तिहरुले माओवादीलाई फुटाउन र कमजोर पार्न निकै ठूलो मिहिनेत गरेको आरोप लगाए । विस्तारित बैठकमा नेतृत्वका लागि तछाँडमछाड नगरेको दाबी गर्दै दाहालले ७ हजारले ७ दिनसम्म नेपाली क्रान्ति पूरा गर्न लोकतान्त्रिक बहस गरेको स्पष्ट पारे ।

मूल्यवृद्धि फिर्ता नलिए माओवादी आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी ले नेपाल आयल निगमले तीन दिनअघि पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। माओवादी प्रवक्ता दीनानाथ शर्माले बिहीबार विज्ञप्ति जारी गरेर पेट्रोल डिजेल मट्टीतेल र ग्यासको मूल्यमा गरिएको अपारदर्शी वृद्धि फिर्ता लिन माग गर्नुभएको छ। माओवादीले निगमभित्रको भ्रष्टाचार र चुहावट नियन्त्रणका विषयमा छानबिन गर्न सरकारसँग माग पनि गरेको छ। निगमभित्रको भ्रष्टाचार र चुहावटका कारण बेलाबेलामा जनतामाथि मूल्यवृद्धिको भार थोपरिएको भन्दै विज्ञप्तिमा भ्रष्टाचार र चुहावटको छानबिन गरी अपराधीहरुलाई कारबाही गर्न माग गरिएको छ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिले पारवहन भाडा र दाल चामल नुनलगायत उपभोग्य वस्तुको मूल्यसमेत बढ्न गई समग्र दैनिक जनजीवन नै अस्तव्यस्त हुने भन्दै माओवादीले मूल्यवृद्धिको निर्णय फिर्ता नलिए महँगीविरुद्धको आन्दोल गर्ने चेतावनी दिएको छ।यसैबीच संसद्का साना राजनीतिक दलहरुले कामचलाउ सरकारले पेट्रोलियम पदार्थमा अप्रत्याशित गरेको मूल्यवृद्धिको विरोध गर्दै निर्णय फिर्ता लिन माग गरेका छन्। फिर्ता नलिए त्यसका विरुद्ध प्रदर्शन गर्ने चेतावनीसमेत उनीहरुले दिए। ती दलले संसद्को अधिवेशन बोलाउन जनप्रतिनिधिहरुले नै पहल गर्नुपर्ने ठहर पनि गरेका छन्।सात दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले अन्तरिम संविधानको धारा ५१ ३ अनुसार जनप्रतिनिधिहरुले नै संसद्को अधिवेशन आ³वान गर्न राष्ट्रपतिमा समावेदन गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ।उपराष्ट्रपति परमानन्द झाले संविधानको मर्म र भावनाविपरीत हैसियत बिर्सिएर अभिव्यक्ति दिएकामा ती दलले आपत्ति प्रकट गरेका छन्। देशमा निरंकुश र अलोकतान्त्रिक शासनव्यवस्था स्थापित गर्नेलाई बल पुग्ने खालको अभिव्यक्तिले गर्दा उपराष्ट्रपति पदको गरिमामै गम्भीर आघात पुगेको ठहर साना सात दलले गरेका छन्। उपराष्ट्रपति झाले बुधबार राष्ट्रपतिलाई क्रियाशील बनाउन दलहरुलाई सुझाव दिनुभएको थियो।

युवती जिस्काउँदा बिरोध गर्ने ७२ महिला मजदुर निस्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थिनाभीर (जाजरकोट), मंसिर २४ - युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भएपछि जाजरकोट-डोल्पा सडक निर्माणमा कार्यरत ७२ महिला मजदुरहरुलाई ठेकेदारले एकैपटक कामवाट हटाएका छन् । उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । महिला मजदुरहरुले युवती जिस्काएकोमा विरोध जनाएपछि निष्कासन गरिएको बताएका छन् । रुकुमको आठविसकोट निवासी ती महिला श्रमिकलाई ठेकेदारले मंसिर १८ गते कामबाट हटाएका हुन् । जाजरकोटको भू-भागमा पर्ने ४५ किलामिटर खण्डमा खगेनकोट गाविसको वडा नं. ५ थिनाभीर वरपर काम गर्ने मजदूरहरु हटाइएका हुन् । हटाईनेहरुमा १८ जना जाजरकोटका पनि छन् । देशभर लैङ्गिक हिंसाविरुद्ध ऐक्यवद्धता र प्रतिवद्धता जनाई रहेकाबेला महिलाहरु कामबाट निकालिएका हुन् । उनीहरुले काम गरेको ज्याला समेत नपाएको गुनासो गरेका छन् ।

समायोजनबारे सेनाको छुट्टै खाका तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ मंसिर,नेपाली सेनाले माओवादी लडाकु समायोजनको प्रारम्भिक खाका तयार पारेको छ । उसले लडाकुलाई व्यक्तिगत रूपमा मात्र सेनामा प्रवेश गराउने खाका तयार पारेको हो । नेपाली सेनाले लडाकुलाई सिपाही र सहयाक सेनानी (सेकेन्ड लेपटिनेन्ट) बाट मात्रै सेनामा प्रवेश गराउने प्रारम्भिक खाका तयार पारेको हो । तर, माओवादीले सेनामा समूहगत समायोजन हुनुपर्ने अडान राख्दै आएको छ । सेनाले आफ्नो खाका औपचारिक रूपमा सरकारलाई पेस भने गरेको छैन । मौखिक रूपमा भने सैनिक अधिकारीले प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्या भण्डारीलाई भेटेर आफ्नो खाकाबारे जानकारी गराएका छन् ।
माओवादीले अगाडि सारेको समायोजन मोडालिटी भने अस्वीकार गर्ने सैनिक अधिकारीहरूको आन्तरिक तयारी रहेको स्रोतले बतायो । माओवादीले लडाकु समायोजनका लागि तीनवटा मोडालिटी प्रस्तुत गरेको छ । सेनाको छुट्टै इकाइ गठन गरेर समायोजन गर्ने, नेपाली सेना र सशस्त्र प्रहरीको केही जनशक्ति लिएर लडाकुलाई त्यसमा समायोजन गर्ने र अहिले भएका सुरक्षा निकायमा लडाकुलाई समूहगत प्रवेश गराउने तीनवटा मोडालिटी माओवादीले अगाडि सारेको छ ।
नेपाली सेनाले भने माओवादी लडाकुलाई व्यक्तिगत प्रवेश गराएर छुट्टाछुट्टै ब्यारेकमा छरेर राख्ने खाका बनाएको छ । सैनिक स्रोतका अनुसार माओवादी लाडाकुको शिक्षा, जात र तालिम हेरेर छुट्टाछुट्टै ठाउँमा राख्ने सेनाको योजना छ । सेनाको देशभर पाँच ठाउँमा जातीय पल्टन छन् ।
माओवादी लडाकु भर्नामा उमेरको हदमा भने सेनाले लचिलो योजना बनाएको छ । सेनामा भर्ना हुन हाल १८ देखि २१ वर्षको उमेर पुगेको हुनुपर्ने प्रावधान छ । यही प्रावधानअनुसार समायोजन गरिएमा अधिकांश लडाकु अस्वीकृत हुनसक्छन् । तर, सेनाले ०५२ लाई उमेरको आधार बनाएर लडाकु भर्ना गर्न सकिने योजना बनाएको छ । यसरी समायोजन गरिएमा ०६७ सालसम्ममा लडाकुहरू नेपाली सेनामा प्रवेश गरेको १५ वर्ष पुगिसकेको हुनेछ । यो योजना लडाकुको हितमा रहेको सैनिक अधिकारीहरूको दाबी छ ।
यसैगरी सहायक सेनानीमा भर्ना हुन प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र सिपाहीका लागि आठ कक्षा पास गरेको हुनुपर्ने प्रावधान छ । सेनाले तयार पारेको व्यक्तिगत प्रवेशको खाकाअनुसार समायोजना गरिएमा अधिकांश लडाकु सिपाहीमा मात्र प्रवेशका लागि योग्य हुन्छन् । तर, सेनाले माओवादीमा प्रवेश गरेका भगौडा सैनिकलाई भने समायोजन गर्न नसकिने जनाएको छ ।

चिनियां नागरिक लिउ जिआवोलाई नोवेल शान्ति पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २४ - चिनियां नागरिक लिउ जिआवोलाई उनको अनुउपस्थितिमा नर्वेको ओस्लोमा नोवेल शान्ति पुरस्कार दिइएको छ । हाल जेलमा रहेका लिउलाई मानव अधिकार क्षेत्रमा कार्यवापत शान्ति पुरस्कार दिइएको हो । यसको चिनले विरोध गर्दै आएको छ । साथै चिनको आन्तरिक मामिला हस्तक्षेप भएको उसले ठहर गरेको छ । नोवेल शान्ति पुरस्कार वितरण समारोहमा करीब पचास राष्ट्रलाई निमन्त्रणा गरिए पनि चीन सरकारको दवावमा रसिया, साउदी अरविया र पाकिस्तान लगायत राष्ट्रका प्रतिनिधिहरु सहभागी भएका छैनन् ।

Dec 9, 2010

वाल कविता प्रतियोगिताको बिजारोपण हङ्कङ्मा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्कङ्
नोमेम्वर २१, आइतवार, स्थानीय जोर्डन फेरि स्ट्रिट हेवेन्ली पाथाको सभाकक्षमा सो सस्ंथाको आयोजनामा धारावाहिक अद्र्धवाषिक वाल विकास कार्यक्रम अनुरुप एन्जल भीम गुरुङ्गको सभापतित्वमा हङ्कङ्मा वाल कविता वाचन प्रतियोगिता पहिलो चोटी सुसम्पन्न भएको छ । तेह्रजना मसिना सोह्र बर्ष मुनिका प्रतियोगि र चारजना अप्रतियोगिहरुले भाग लिएको सो प्रतियोगितामा प्रमुख अतिथि नेपाली महासंघका अध्यक्ष प्रदिप थापाविभिन्न सघँ सस्थाका प्रतिनिधिहरुसाहित्यकारहरु पत्रकारहरु र अन्य विभिन्न व्यत्तिहरुको उपस्थित रहेको उक्त कार्यक्रमलाई साहित्यिक संयोजक कवि चन्द्र मादेन आन्छन्ले स्वागत मन्तब्य हेवेन्ली पाथका अध्यक्ष एन्जल वाल कुमार राईले वाल विकास कार्यक्रमको छोटो चर्चा र महासचिव एन्जल मोति चाम्लिङ्गले कार्यक्रमको उदघोषन गरेका थिए । त्रय साहित्यकारहरु राई चन्द्र दुमीकमल पौडेल र अशोक राईको निर्णायक मण्डलीले प्रथम-निङ्वा शत्ति मादेन नौबर्षको-” आमा” द्धितिय-सन्जिला गुरुङ्गबाह्र बर्षको- “सानो भएर के भो” त्रितिय-आयुश श्रेष्ठएघार बर्षको-एयर पोलुशनु र शान्तवना-प्रेमीशा शुव्वा सोह्र बर्ष को-रमेरो देश नेपाललाई्रु उत्कृष्ठ बाल कवि र कवयित्रीको उपाधिले घोषणा गरेको थियो ।
अन्य बाल प्रतियोगि कवि र कवयित्रीहरु पुजा गुरुङ्ग अस्मिता पुनसमिक्षा गुरुङ्गप्रेमन सुव्वा कपन राईप्रनिश राईश्याम गरुङ्गसन्दिप गुरुङ्ग र मैसम राईले भाग लिएका थिए भने अप्रतियोगि ठुला कवि र कवयित्रीहरु चन्द्र मादेन आन्छन् मोती चाम्लिङ्गभीम गुरुङ्ग र दिपा एवैछाले वाल शिक्षा कविता वाचन गरेका थिए । कार्यक्रमको वीचमा छ बर्ष वालिका निशाम् चेम्जोङ्गले आकर्षित मनोराजनात्मक नृत्य प्रस्तुत गरेका थिए भने निङ्वा शत्ति मादेनले भाइलोनको सुम्धुर धुन सुनाएका थिए ।
विजयी चारजना वाल कवि र कवयित्रीहरु लाई आगामी डिसेम्वर २६ आईतवारका दिन आयोजकको तर्फवाट वाहेक छुट्टै केवलपुरे किसान पुस्तकालय हङ्कङ् संचालक एंव अन्तराष्ट्रिय नेपाली साहित्इका का.वा. अध्यक्ष कमल पौडेलले आकर्षित पुरस्कारले विभुषित गरिने कुरा वाल विकास कार्यक्रमका संयोजक एंव पुर्व धरान माचका अध्यक्ष प्रेम सुव्वाले वताएका छन् ।