News

Aug 21, 2011

क्यानडामा वोइङ ७३७ चार्टर विमान दुर्घटना हुंदा १२ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यानडामा वोइङ ७३७ चार्टर विमान दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ । येलोनाइफ देखी रिजोलुट खाडी तर्फ गइरहेको उक्त विमानमा चालक दलका चार सहित १५ जना सवार थिए । त्यस क्षेत्रमा क्यानाडियन सेनाले तालिम लिइरहेको बताइएको छ । विमान के कारणले दुर्घटना भएको हो भन्ने कुरा खुल्न सकेको छैन ।

Aug 20, 2011

महिलाहरू भन्दा पुरुष बढी दिलदार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ३ - भनिन्छ, महिलाहरू कोमल र हृदयदार हुन्छन् । एक अध्ययनले भने यसलाई खण्डन गरेको छ । पुरुषले जब पहिलोपटक कुनै युवतीलाई मन पराउँछ, उसले आफ्नो हृदय दिइसकेको हुन्छ । यसो गर्नमा महिलालाई करिब ६ पटकको भेटघाट आवश्यक हुन्छ । नयाँ अनुसन्धानअनुसार महिलाको दाँजोमा पुरुषले छिटो आफ्नो माया सुम्पिने गरेका छन् । धेरैजसो पुरुष पहिलो भेटमै आफ्नो मस्तिष्कलाई मुटुको फैसला सुनाउन थाल्छन् । अध्ययनमा सामेल हरेक चारमध्ये एक पुरुषले पहिलो नजरमै प्रेम हुनेमा विश्वास राखे । अध्ययनमा महिला र पुरुषले पहिलो प्रेमबाट मुक्ति पाउन धेरै बढी समय लाग्ने बताए । पहिलो प्रेमबाट अलग हुँदा पुरुषलाई बढी दुःखी हुन्छ । महिला भने आफ्नो फैसलामा खुसी र यथार्थवादी रहन्छन् ।

एपेकबाट पूर्वयुवराज पारसको नाम हटाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ
हङकङ, भाद्र ३ - लुम्बिनी विकासका लागि तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) मा सहअध्यक्ष रहेका पूर्व युवराज पारस शाहको नाम हटाइएको छ । संस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित ९ सहअध्यक्ष थिए । फाउन्डेसनको आधिकारिक वेबसाइटमा उल्लेख भएका पदाधिकारीमा अहिले शाहको नाम भने छैन । उनको नाम किन हटाइयो भन्ने जानकारी समेत कतै उल्लेख छैन ।
संस्थाको आधिकारिता र विश्वनियताबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि शाहले नै आफ्नो नाम हटाउन लगाएको हुनसक्ने एक विश्लेषकले दाबी गरे । दुई विपरीत धारका माओवादी अध्यक्ष दाहाल र पूर्वयुवराज एउदै पदमा हुनुलाई विश्लेषकहरूले रहस्यमय बताउँदै आएका थिए । पूर्वयुवराजले आफू उक्त संस्थामा रहेको वा नरहेको भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । अघिल्लोपटक नेपाल भ्रमणका क्रममा फाउन्डेसनका उपाध्यक्ष जियाओ उनान लगायतको चिनियाँ टोलीले पूर्वयुवराज पारसलाई समेत भेटेको थियो । चिनियाँ टोलीले शाहसँग खिचाएको वेबसाइटमा उपलब्ध तस्बिरसमेत अहिले हटाइएको छ ।
हालै मलेसियामा आयोजित एपेकको बैठकमा सहभागी भएर नेपाल र्फकने क्रममा अध्यक्ष दाहाललाई पूर्वयुवराजको सदस्यताबारे पत्रकारहरूले राखेको जिज्ञासामा कसलाई राख्ने नराख्ने भन्ने जिम्मा संस्थाकै भएको बताएर उनी पन्छिएका थिए । फाउन्डेसनले शाहलाई आफ्नो वेबसाइटमा नेपालका युवराजकै रूपमा चिनाएको थियो । ज्ञानेन्द्र शाह पूर्वराजा भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्र प्रमुख हुने लेखिएको थियो । दाहाललाई भने नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टीको अध्यक्ष र विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा परिचय गराइएको छ । यसअघिका प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।
फाउन्डेसनमा अब ८ सहअध्यक्ष मात्र छन् । अध्यक्ष दाहालसँगै संस्थामा कोलिन हेसल्टिन, ज्याक रोजेन, कोर्न डबरान्सी, लियोन चार्नी, राम्जी सन्बार, स्टीभन क्लार्क, चियोन हिउ किङ छन् । हालै लुम्बिनीको भ्रमणमा आएका कोलिन वरिष्ठ अस्ट्रेलियन कूटनीतिज्ञ र डबरान्सी थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री हुन् । रोजेन, लियोन र क्लार्क अमेरिकी, हिउ किङ मलेसियाली र सन्बार बेलायती व्यवसायी हुन् । फाउन्डेसनमा उपाध्यक्ष जियाओ उनानबाहेक सबै गैरचिनियाँ छन् । एपेकले आफ्नो भनी उल्लेख गरेको टेलिफोन र फ्याक्स नम्बर हङकङ प्रहरी लाइसेन्स विभागको पुष्टि भएपछि बिहीबार हटाएको थियो ।

मदन पुरस्कार झमककुमारी घिमिरेलाई प्रदान गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३ (नागरिक)- यस पटकको मदन पुरस्कार साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ। 'जीवन : काँडा कि फूल' नामक आत्मकथात्मक कृतिका लागि उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको छ। जगदम्बा पुरस्कार भने नेपाल भाषाका साहित्यकार दुर्गालाल श्रेष्ठलाई दिइने भएको छ। झमककुमारी घिमिरेको जन्म सन् १९८० मा कचिडे, धनकुटामा भएको हो। उनी प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रतिमष्तिस्क रोगद्वारा पीडित छिन्। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने उनी सुन्न र बुझ्नचाहिँ सक्छिन। दुवै खुट्टाका ३ औंला मात्र चल्ने उनले त्यही ३ औंलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ बैनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। केही पत्रिकामा उनका नियमित स्तम्भ पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु चौथालगायत् दर्जनौँ पुरस्कार एवम् सम्मान प्राप्त गरेकी छिन्।
झमक घिमिरेद्वारा लेखिएका पुस्तक यसप्रकार छन्-
सङ्कल्प
आफ्नै चिता अग्निशिखातिर
मान्छेभित्रका योद्धाहरू
सम्झनाका बाछिट्टाहरू
झमक घिमिरेका कविताहरू
जीवन काँडा कि फूल
अवसानपछिको आगमन
क्वाँटी सङ्ग्रह
स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो। गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू ४००० रहेकामा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,००० भएको छ।
२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।
रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू. १००,०००को पुरस्कार जगदम्बा श्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. २००,००० छ। २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए।
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बा श्री नेपाली भाषा, संस्कृति, साहित्यलगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्उने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो।

तराई मुक्ती मोर्चा आजाद समुह र नेपाल सरकार बीच ६ वुंदे सहमती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त जनतान्त्रिक तराई मुक्ती मोर्चा आजाद समुह र नेपाल सरकार बीच ६ वुंदे सहमती भएको छ । रुपन्देहीको लुम्विनी स्थित होटल लेकमा शुक्रवार राती अवेर सकिएको पहिलो चरणको शान्ति वार्तामा आगामी वार्ता सम्मको अवधिमा मोर्चासँग भएका हातहतियारको विवरण सरकारलाई वुझाई वार्ताको क्रममा हतियार नै वुझाउने सहमती भएको छ । अर्को वार्ताको तिथि मिति भने आपसी समझदारीमा तय हुने भएको छ । वार्ता अवधिभर मोर्चाको वार्ता टोलीका सदस्यको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने र वार्ता अवधिभर नेपालको संविधान र कानुनले निषेध गरेका गतिविधि मोर्चाले वन्द गर्ने पनि सहमती भएको छ । त्यस्तै आस्थाका आधारमा पक्राउ परेका मोर्चाका नेता र कार्यक्रर्तालाई वार्ता अवधिभरमा मुद्धा फिर्ताको वातावरण तयार गरि रिहा गर्ने सहमती भएको छ । नेपाल सरकारको वार्ता टोलीको नेतृत्व शान्ति मन्त्रि पम्फा भुसालले गर्नुभएको थियो भने मोर्चाको नेतृत्व आजादले गर्नुभएको थियो । तराईमा हिंसारत मोर्चालाई सरकारले राजनितिक शक्तिको मान्यता दिएर शान्ति वार्ताको पत्र पठाएपछि त्यसलाई स्विकार्दै मोर्चाले आजादकै संयोजकत्वमा ७ सदस्यिय वार्ता टोली गठन गरेको थियो ।

इजरायलले पुन: नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- इजरायलले नेपाली कामदारलाई पुनः रोजगारीको अवसर प्रदान गर्ने भएको छ। सुसारे र कृषि मजदुरका निम्ति आकर्षक गन्तव्यका रुपमा रहेको इजरायल वैदेशिक रोजगार व्यवसायीहरुको अनियमितताका कारण दुई वर्षअघि बन्द भएको थियो। केही व्यवसायीले इजरायल जान चाहनेहरुसँग वास्तविक खर्चभन्दा ज्यादै धेरै रकम असुलेकाले त्यहाँको सरकारले नेपाली कामदार लिन बन्द गरेको हो। इजरायलमा रोजगारीमा जाने अवसर खुलाउन सरकारी स्तरमा पटकपटक भएका छलफल अन्ततः परिणाममुखी बनेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकृतले राससलाई बताए। यसैबीच, परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गाप्रसाद भट्टराईले नेपाली कामदारलाई पुनः कामको अवसर दिने इजरायली सरकारको निर्णयको पुष्टि गर्दै शीघ्र कार्यारम्भ हुने बताए। यसअघि चार हजारको हाराहारीमा नेपाली इजरायल जाने गरेका थिए। घरेलु कामदार र सुसारेका रुपमा त्यहाँ जानेमा महिलाको बाहुल्यता थियो।

Aug 19, 2011

गुगलले मोटोरोला १२ अर्ब ५० करोड डलरमा किन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, साउन ३१ (रोयटर्स)- गुगल इन्कपोर्रेसनले मोटोरोला मोबिलिटी होल्डिङ्ग इन्कपोर्रेसनलाई १२ अर्ब ५० करोड डलरमा किन्ने भएको छ। गुगलले मोबाइल सफ्टवेयर एन्ड्रोइडको बजार प्रवर्द्धन गर्न र एप्पललगायतका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न यो निर्णय गरेको जनाएको छ। गुगलले यसलाई हालसम्मकै ठूलो सम्झौता भनेको छ। यसका लागि गुगलले मोटोरोलालाई प्रतिकित्ता ४० डलर तिनेर्छ। यो मूल्य मोटोरोलाको शुक्रबार न्युयोर्क स्टक एक्सचेन्जमा कायम मूल्यभन्दा ६३ प्रतिशत बढी हो। 'यो सम्झौताबाट गुगलले हार्डवेयर सफ्टवेयर दुवै व्यवसायमा हात हाल्न खोजेको देखिन्छ,' बिजिपि पार्टनर्सका विश्लेषक कोलिन गिलिसले भने। समाचार सार्वजनिक भएपछि मोटोरोलाको सेयर मूल्य सोमबार ५९ प्रतिशत बढेको छ।
गुगलको मोबाइल सफ्टवेयर 'एन्ड्रोइड' ले विश्व स्मार्टफोन बजारको आधा हिस्सा लिएको छ। अनुसन्धान संस्था क्यानलिसले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार एसिया-प्रशान्त क्षेत्रमा यसको दबदबा छ। गुगलले २००५ मा खरिद गरेको 'एन्ड्रोइड'लाई २००८ मा स्मार्टफोनका लागि सार्वजनिक गरेको थियो।
अहिले एन्ड्रोइडको प्रयोग प्रायः सबै ठूला मोबाइल फोन निर्माताहरूले गरिरहेका छन्। जसमा एचटिसी, एलजी, मोटोरोला र सामसङ छन्। क्यानलिसले विभिन्न ५६ मुलुकको बजारलाई हेरेर प्रतिवेदन तयार पार्छ। त्यसमध्ये ३५ मुलुकमा 'एन्ड्रोइड' एक नम्बर स्मार्टफोन प्लेटफर्म रहेको उसले जनाएको छ। यसको बजारको हिस्सा ४८ प्रतिशत छ।
स्मार्टफोन बजारमा गुगलको सबैभन्दा नजिकको प्रतिस्पर्धी एप्पलको हिस्सा १९ प्रतिशतमात्र छ। एप्पलले पनि आफ्नो बजार हिस्सा बढाउन संसारको सबैभन्दा ठूलो मोबाइल निर्माता कम्पनी नोकियालाई पछाडि पारेको छ। स्मार्टफोनको मामलामा सामसङसमेत नोकियाको अगाडि आएको छ। क्यानलिसले नोकियाको कमजोरीको फाइदा उठाएर अघि बढ्न सामसङ अझै सक्षम नभएको विश्ले षण गरेको छ। 'नोकियाको कमजोरीको फाइदा उठाउँदै बजार विस्तार गर्ने सबैभन्दा ठूलो मौका सामसङले पाएको छ, तर अझैसम्म सामसङले विश्व बजारमा पकड जमाउन सकेको छैन, ' प्रतिवेदनमा छ। सामसङले यो वर्ष १ करोड ७० लाख वटा स्मार्टफोन बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ सय २१ प्रतिशतले बढी हो। कम्पनीले 'एन्ड्रोइड'बाहेक अन्य स्मार्टफोन पनि बिक्री गर्छ।
'एन्ड्रोइड' लोकप्रियताको घोडामा सवार भइरहेको छ, तर यसको बढ्दो लोकप्रियता गुगल र यसका निर्मातालाई टाउको दुखाइ पनि भएको छ। 'ओरेकल' कम्पनीले 'एन्ड्रोइड'विरुद्ध मुद्दा हालिदिएको छ। यो सफ्टवेयरमा मोबाइल ह्यान्डसेट निर्माता एप्पल र माइक्रोसफ्टले पनि दाबी गरेका छन्। माइक्रोसफ्ट र एन्ड्रोइड ह्यान्डसेट बनाउने केही कम्पनीबीच भएको सम्झौताले गर्दा उसले केही रकम त पाइरहेको छ। तर माइक्रोसफ्टले धेरै रकम माग गरिरहेको छ। माइक्रोसफ्टले आफूसँग नोर्टल प्याटेन्ट लाइसेन्स भएको दाबी गर्दै आएको छ। यही लाइसेन्सको बलमा गुगललाई पछार्न अघिल्लो महिना एप्पल, माइक्रोसफ्ट र ब्याल्कबेरी बनाउने रिसर्च इन मोसन(आरआइएम)ले गठजोड गरेका थिए। नोर्टलको प्याटेन्ट लाइसेन्सका कारण गुगललाई मोटो रकम कमाइ हुँदै आएको छ। अब यो गठजोडका कारण नयाँ कानुनी लडाइँ हुनसक्छ ।